438 जब तिमी आफ्नो हृदय परमेश्वरप्रति खोल्छौ
पद १
जब तिमीले परमेश्वरलाई बुझ्दैनौ
र उहाँको स्वभाव जान्दैनौ,
तिम्रा हृदय कहिल्यै उहाँप्रति साँच्चै खुल्न सक्दैन।
परमेश्वरलाई बुझेपछि,
उहाँको हृदयमा के छ बुझ्नेछौ,
र सारा विश्वास र ध्यानको साथ त्यसको स्वाद लिनेछौ।
पूर्व कोरस १
अलि-अलि गर्दै, दिनदिनै, जब उहाँको
हृदयको स्वाद लिन्छौ,
तिम्रो हृदय उहाँप्रति खुल्नेछ।
कोरस १
जब तिम्रो हृदय साँच्चै खुला हुन्छ,
तब आफ्नो रवाफी र स्वार्थी मागका
लाजमर्दोपन र निन्दनीयता देख्नेछौ।
पद २
जब तिम्रो हृदय साँच्चै खुला हुन्छ,
जब तिम्रो हृदय साँच्चै खुला हुन्छ,
उहाँको हृदयमा अनन्त संसार देख्नेछौ,
र अद्भुतताको क्षेत्रमा पस्नेछौ।
कोरस २
अन्धकार छैन, दुष्ट, छल छैन,
सबै इमानदार, विश्वासी र दयालु।
त्यहाँ केवल धार्मिकता र ज्योति देख्नेछौ,
जब आफ्नो हृदय उहाँप्रति खोल्छौ।
ब्रिज
उहाँ प्रेम, हेरचाह र करुणाले पूर्ण हुनुहुन्छ।
आनन्दको महसुस हुन्छ, जब उहाँप्रति हृदय खोल्छौ।
कोरस ३
उहाँको बुद्धि र सर्वशक्ति,
अख्तियार र प्रेमले संसार भर्छ।
उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,
के ले उहाँलाई आनन्द, के ले दुःख दिन्छ,
के ले उहाँमा गम र क्रोध ल्याउँछ,
यी सबै हेर्न सक्छौ,
जब उहाँप्रति हृदय खोल्छौ र उहाँलाई निम्तो दिन्छौ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३” बाट परिमार्जित