442 परमेश्वरसँगको सामान्य सम्बन्ध निकै महत्वपूर्ण छ
पद १
तिमीले गर्ने सबथोकमा तिम्रा अभिप्राय
सही छन्-छैनन् भनी जाँच गर्नैपर्छ।
परमेश्वरका माग अनुसार काम गर्न सकेमा,
उहाँसँगको तिम्रो सम्बन्ध सामान्य हुन्छ।
यो न्यूनतम मापदण्ड हो।
कोरस १
आफ्ना अभिप्राय भित्र हेर,
र गलत अभिप्राय उत्पन्न भएको पाएमा,
ती प्रति पिठ्यूँ फर्काउन
सक्षम होऊ र उहाँका वचन अनुसार काम गर;
यसरी तिमी परमेश्वरको अघि सही व्यक्ति बन्नेछौ,
सही व्यक्ति बन्नेछौ,
उहाँसँग तिम्रो सम्बन्ध सामान्य छ र जे गर्छौ,
आफ्नो खातिर नगरी, उहाँको खातिर गर्छौ
भनी यसले देखाउँछ।
पद २
तिमीले गर्ने र भन्ने सबथोकमा, हृदय सही पार्न,
कार्यमा धर्मी हुन सक्षम होऊ,
भावना र स्वेच्छा अनुसार काम नगर।
विश्वासीका आचरणका सिद्धान्त यिनै हुन्।
कोरस २
साना-साना कुराले व्यक्तिका
अभिप्राय र कद खुलासा गर्न सक्छन्,
साना-साना कुराले व्यक्तिका
अभिप्राय र कद खुलासा गर्न सक्छन्।
त्यसैले, परमेश्वरद्वारा सिद्ध पारिने मार्गमा
प्रवेश गर्नको लागि, सबैले
पहिला आफ्ना अभिप्राय र उहाँसँगको
सम्बन्ध सुधार गर्नैपर्छ।
पद ३
उहाँसँगको तिम्रो सम्बन्ध सामान्य भएपछि मात्र,
उहाँद्वारा सिद्ध पारिन सक्छौ;
तब मात्र उहाँको निराकरण, काट-छाँट, ताडना र शोधनले
तिमीमा इच्छित प्रभाव पाउन सक्छन्।
कोरस ३
अर्थात, मानिसले उहाँलाई हृदयमा राख्न सकेमा,
व्यक्तिगत लाभको पछि नलागेमा,
भविष्य बारे नसोचेमा र
जीवन प्रवेश गर्ने भार बोकेमा,
सत्यता पछ्याएमा, उहाँको काम पालन गरेमा—
तिमीले पछ्याउने लक्ष्य सही हुनेछन्,
उहाँसँग सम्बन्ध सामान्य हुनेछ।
उहाँद्वारा सिद्ध पारिन, लिइन सक्छौ-सक्तैनौ
भन्ने कुरा, 'उहाँसँग तिम्रो सम्बन्ध
सामान्य छ-छैन' मा भर पर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरसँग तेरो सम्बन्ध कस्तो छ?” बाट परिमार्जित