585 परमेश्वरद्वारा अझ सजिलो रूपमा सिद्ध पारिन बढी बोझ वहन गर
पद १
परमेश्वरको इच्छालाई जति वास्ता गर्छौ, त्यति बोझ बोक्छौ,
जति ठूलो बोझ बोक्छौ, अनुभव त्यति बढी समृद्ध हुनेछ।
उहाँको इच्छालाई वास्ता गर्दा,
उहाँले तिमीमाथि बोझ राखिदिनुहुनेछ,
कोरस १
तब तिमीलाई सुम्पनुभएका कार्यबारे
अन्तर्दृष्टि दिनुहुनेछ।
जब उहाँले यो बोझ दिनुहुन्छ, वचन खाने र पिउने
क्रममा, सब सम्बन्धित सत्यतालाई ध्यान दिनेछौ।
पद २
तिमीसँग अरू अनुयायीका स्थिति
सम्बन्धी बोझ छ भने,
यो उहाँले तिमीलाई सुम्पनुभएको बोझ हो,
र सधैँ आफ्नो दैनिक प्रार्थनामा यो बोझ बोक्नेछौ।
दैनिक प्रार्थनामा यो बोझ बोक्नेछौ।
कोरस २
उहाँले गर्नुभएको कुरा तिमीमाथि लादिएको छ,
र उहाँले गर्न चाहनुहुने कुरा गर्न इच्छुक छौ;
उहाँको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही हो।
उहाँको बोझलाई आफ्नो बोझको रूपमा लिनु भनेको यही हो।
पद ३
बोझ बोक्दै गर्दा जब उहाँका वचन खान्छौ, पिउँछौ,
तिनको सार बोध गर्न सक्छौ, मार्ग भेट्टाउन,
उहाँको इच्छालाई वास्ता गर्न सक्छौ।
उहाँको इच्छालाई वास्ता गर्न सक्छौ।
कोरस ३
प्रार्थनामा, उहाँले तिमीमाथि अझै बोझ राखिदिनुहोस्
र अझै महान् कार्य सुम्पिदिनुहोस् भनी कामना गर्नुपर्छ,
ताकि तिम्रो अगाडि, अभ्यास गर्न अझै धेरै मार्ग होस्;
वचन खाँदा, पिउँदा अझै
ठूलो प्रभाव होस्;
वचनको सार बुझ्न सक्षम होऊ;
र पवित्र आत्माद्वारा उत्प्रेरित हुन झन् सक्षम होऊ।
कोरस ४
वचन खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु,
उहाँको बोझ र सुम्पनुभएका कार्य स्वीकार्नु—
यी सब तिम्रो अघि मार्ग होस् भनी हो।
तिमीमा जति बढी बोझ हुन्छ,
उहाँद्वारा सिद्ध पारिन त्यति सजिलो हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सिद्धता हासिल गर्न परमेश्वरको इच्छाप्रति सचेत होऊ” बाट परिमार्जित