586 मौका गुमाऊ र तिमी सधैँ पछुताउनेछौ

पद १

परमेश्‍वरका वचन खाऊ र पिऊ, प्रार्थना अभ्यास गर,

उहाँको बोझ, सुम्पनुभएको सब कुरा स्वीकार,

यी सबथोक तिम्रो अघि बाटो होस् भनेर हो।

आज्ञाको लागि जति बोझ बोक्छौ,

त्यति सिद्ध पारिनेछौ।

केहीले बोलाइँदा पनि उहाँको सेवा गर्न चाहँदैनन्।

यी सुबिस्ता प्रेम गर्ने अल्छीहरू हुन्।


कोरस

अहिले उहाँद्वारा सिद्ध पारिने समय हो।

यो मौका लिएनौ भने, सधैँ पछुताउनेछौ,

कनान देश प्रवेश गर्न नसकेका मोशा जस्तै, जो

मृत्युको दिनसम्म पछुतोले भरिएका थिए।


पद २

जति सेवा गर्न भनिन्छ,

त्यति बढी अनुभव पाउनेछौ।

बोझ जति ठूलो हुन्छ, त्यति सिद्ध पारिनेछौ।

इमान्दार सेवा गर्दा, उहाँको बोझबारे सचेत हुनेछौ,

अझ बढी सिद्ध पारिने मौका हुनेछन्।

जति पवित्र आत्माले छुनुहुन्छ,

त्यति उहाँको बोझप्रति सचेत हुनेछौ,

त्यति उहाँद्वारा सिद्ध पारिनेछौ र लिइनेछौ।


पूर्व कोरस

अन्त्यमा, उहाँद्वारा प्रयोग हुन सकिने

व्यक्ति बन्न सक्षम हुनेछौ।


कोरस

अहिले उहाँद्वारा सिद्ध पारिने समय हो।

यो मौका लिएनौ भने, सधैँ पछुताउनेछौ,

कनान देश प्रवेश गर्न नसकेका मोशा जस्तै,

जो मृत्युको दिनसम्म पछुतोले भरिएका थिए।


पद ३

उहाँको बोझप्रति आजै सचेत हुनुपर्छ।

उहाँको धार्मिकता सबै माझ प्रकट नभएसम्म नपर्ख।

त्यतिबेला ढिलो हुनेछ, पछुतोले भरिनेछौ।

उहाँले सजाय दिनुभएन भने पनि

आफैले आफैलाई दिनेछौ।

इमान्दारीसाथ उहाँद्वारा सिद्ध पारिन नखोजेमा,

उहाँले काम गरिसक्नुभएपछि, धेरै ढिलो हुनेछ।


ब्रिज

तिम्रो इच्छा जति बलियो, प्रयास जति धेरै भए पनि,

उहाँले काम गरिरहनुभएको छैन भने, सिद्ध पारिनेछैनौ।


कोरस

अहिले उहाँद्वारा सिद्ध पारिने समय हो।

यो मौका लिएनौ भने, सधैँ पछुताउनेछौ,

कनान देश प्रवेश गर्न नसकेका मोशा जस्तै,

जो मृत्युको दिनसम्म पछुतोले भरिएका थिए।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ” बाट परिमार्जित

अघिल्लो: 585 परमेश्‍वरद्वारा अझ सजिलो रूपमा सिद्ध पारिन बढी बोझ वहन गर

अर्को: 587 परमेश्‍वरको लागि आफूलाई साँच्चै समर्पित गर्ने मानिसहरू धन्य हुन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्