२. आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको काम सम्बन्धी वचनहरू

५१. युगलाई समाप्त गर्ने परमेश्‍वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको हो, जसमा उहाँ अधार्मिक सबै कुरा प्रकट गर्नुहुन्छ, असङ्ख्य मानिसहरूको सार्वजनिक रूपमा न्याय गर्नुहुन्छ र उहाँलाई सच्चा रूपमा प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ। यस्तो स्वभावले मात्र त्यस युगलाई समाप्त गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरू सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्न सकिँदैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकट गर्न सकिन्छ। मानिसहरू आफूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र आफू साँचो रूपमा के हो त्यो देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र असङ्ख्य मानिसले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्‍वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। त्यसकारण, यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्‍वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्‍ने होइन। मानौँ, मानिसहरूका परिणाम प्रकट गर्ने आखिरी दिनहरूमा, परमेश्‍वर मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयाका साथ प्रेम गर्नुहुन्छ र तिनीहरूप्रति निरन्तर प्रेमिलो हुनुहुन्छ, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याई, बरु नरमपन, धैर्य र क्षमा देखाउनुहुन्छ र तिनीहरूका पाप जति नै गम्भीर भए पनि, कुनै धर्मी न्याय नगरी तिनीहरूलाई क्षमा गर्नुहुन्छ। त्यसोभए, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? यसलाई सधैँ मानिसहरूप्रति प्रेमिलो हुने न्यायाधीश, दयालु मुहार र कोमल हृदयको न्यायाधीशसँग तुलना गर्न सकिन्छ, जो मानिसहरूलाई उनीहरूले जस्तोसुकै अपराध गरेका भए पनि प्रेम गर्छ र तिनीहरू जोसुकै भए पनि तिनीहरूप्रति प्रेम र सहनशीलता देखाउँछ—त्यस्तो न्यायाधीशले कहिले चाहिँ न्यायसङ्गत फैसला गर्न सक्छ र? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

५२. मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्‍वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिएन। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्‍वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्‍वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्‍न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा पाप स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट मुक्ति दिन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासो गरे, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानिस अझै पनि परमेश्‍वरको प्रभुत्वको अन्तर्गत पूर्ण रूपमा समर्पित हुन असमर्थ छ भनी देखाउँदैन र? के ठ्याक्कै यही नै मानिसका शैतानी भ्रष्ट स्वभाव होइनन् र? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तँ तेरो हात अरू सबैका भन्दा माथि उठाउँथिस्, येशूको भन्दा पनि माथि उठाउँथिस्। अनि तँ ठूलो स्वरमा कराउँथिस्, “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर सदाका लागि शक्तिबाट खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तैँले अरू सबैको भन्दा चर्को स्वरमा पुकारिस्। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, तेरा भ्रष्ट स्वभावहरू प्रकट भए। तेरो पुकार रोकियो, र तैँले तेरो सङ्कल्प गुमाइस्। मानिसको भ्रष्टता यही नै हो; यो यस्तो कुरा हो, जुन पापभन्दा गहिरो छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्‍ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

५३. आज परमेश्‍वर तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले के थाहा पाउनुपर्छ भने, तँलाई दोषी ठहराउनुको उद्देश्य तैँले आफैलाई चिन्नु हो। उहाँ तँलाई दोषी ठहराउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, ताकि तँ आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, र यसभन्दा पनि बढी, ताकि तँ आफ्‍नो मूल्य जान्‍न सक्, र परमेश्‍वरका सबै कार्य धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरूअनुसार छन्, र उहाँ मानिसको मुक्तिसम्बन्धी आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने र मुक्ति दिनुहुने, अनि न्याय गर्नुहुने र सजाय पनि दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न हैसियतको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्‍ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि जुन न्याय र सजाय गर्नुहुन्छ त्यसमार्फत उहाँले आफ्नो मुक्ति प्रकट गर्ने अभिप्राय राख्नुहुन्छ भन्‍ने थाहा छैन भने, तैँले कामकुरा अनुभव गर्न सम्भव छैन, अनि तँ अघि बढिरहन त झनै सक्षम छैनस्। परमेश्‍वर मानिसहरूलाई ढाल्न वा नष्ट गर्न आउनुभएको होइन, बरु तिनीहरूलाई न्याय गर्न, श्राप दिन, सजाय दिन, र मुक्ति दिन आउनुभएको हो। उहाँको ६ हजार वर्षे व्यवस्थापनको योजना समाप्त नभएसम्म—उहाँले प्रत्येक वर्गको मानिसको परिणाम प्रकट गर्नुअघि—पृथ्वीमा परमेश्‍वरको काम पूर्ण रूपमा मुक्तिका खातिर हुन्छ; यसको उद्देश्य उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण रूपमा सिद्ध पार्नु र तिनीहरूलाई उहाँको प्रभुत्वअन्तर्गत समर्पण गर्न लगाउनु मात्रै हो। परमेश्‍वरले मानिसहरूलाई जसरी मुक्ति दिनुभए पनि, यो सबै तिनीहरूलाई तिनीहरूको पुरानो शैतानी प्रकृतिबाट अलग गराएर गरिन्छ; अर्थात्, उहाँ तिनीहरूलाई जीवन पछ्याउन लगाएर मुक्ति दिनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्न सम्भव हुनेछैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र मुक्ति स्वीकार गर्नका निम्ति मानिसले जीवन पछ्याउनैपर्छ। मानिसको नजरमा, मुक्ति भनेको परमेश्‍वरको प्रेम हो, र परमेश्‍वरको प्रेम सजाय, न्याय, र श्राप हुन सक्दैन; मुक्तिमा कृपा, दयाधर्म, र, यतिमात्र नभएर, सान्त्वनाका वचनहरू, साथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिष्‌हरू समावेश हुनैपर्छ। मानिसहरू के विश्‍वास गर्छन् भने, परमेश्‍वरले मानिसलाई मुक्ति दिँदा उसलाई उहाँका आशिष्‌ र अनुग्रहले प्रेरित गरेर त्यसो गर्नुहुन्छ, ताकि उसले आफ्नो हृदय परमेश्‍वरलाई दिन सकोस्। भन्नुको मतलब, उहाँले मानिसलाई छुनु नै उहाँले उसलाई मुक्ति दिनु हो। यस प्रकारको मुक्ति लेनदेन हो। परमेश्‍वरले मानिसलाई सय गुणा दिँदा मात्र ऊ परमेश्‍वरको नाउँसमक्ष आफूलाई समर्पण गर्न आउनेछ, र यसरी परमेश्‍वरलाई गर्व गराउनेछ र उहाँलाई महिमित पार्नेछ। मानवजातिप्रति परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानवजातिलाई मुक्ति दिनका निम्ति पृथ्वीमा काम गर्न आउनुभएको हो; यसमा कुनै झूट छैन। यदि यस्तो नभएको भए, उहाँ पक्कै पनि आफ्नो काम गर्न व्यक्तिगत रूपमा आउनुभएको हुनेथिएन। विगतमा, उहाँले मुक्ति दिने विधिमा सबैभन्दा धेरै कृपा र दयाधर्म देखाउनुहुन्थ्यो, यतिसम्म कि उहाँले सम्पूर्ण मानवजातिको बदलामा शैतानलाई आफ्नो सर्वस्व दिनुभयो। वर्तमान भनेको विगतजस्तो छँदै छैन: आज तिमीहरूको मुक्ति आखिरी दिनहरूमा हुन्छ, जब हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा दयाधर्म होइन, बरु सजाय र न्याय हो, ताकि मानिसलाई अझ पूर्ण रूपमा मुक्ति दिन सकियोस्। तसर्थ, तिमीहरूले सजाय, न्याय, र निर्दयी प्रहार मात्र प्राप्त गर्छौ, तर यो कुरा जानिराख: यस निर्दयी प्रहारमा अलिकति पनि दण्ड हुँदैन। मेरा वचनहरू जतिसुकै कठोर भए पनि, तिमीहरूमाथि केही त्यस्ता वचन मात्रै आइपर्छन् जुन तिमीहरूलाई पूर्ण रूपमा निर्दयी लाग्न सक्छन्, र म जतिसुकै रिसाएको भए पनि, तिमीहरूमाथि अझै पनि हप्काइका वचनहरू नै आइपर्छन्, र मेरो उद्देश्य तिमीहरूलाई हानि गर्नु वा मृत्युदण्ड दिनु होइन। के यी सबै तथ्य होइनन् र? आजकाल, चाहे त्यो धर्मी न्याय होस् वा निर्दयी शोधन र सजाय होस्, सबै कुरा मुक्तिका खातिर हो भन्ने जानिराख। आज हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने भए पनि वा सबै प्रकारका मानिस प्रकट गरिने भए पनि, परमेश्‍वरका सबै वचन र कामको उद्देश्य परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूलाई मुक्ति दिनु हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्न ल्याइन्छ, र निर्दयी शोधन उसलाई स्वच्छ पार्न गरिन्छ; कठोर वचनहरू वा ताडना दुवै शुद्ध गर्नका लागि गरिन्छन् र ती मुक्तिका खातिर हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्‌हरू त्याग्नुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

५४. मानिसले परमेश्‍वरको ज्ञान प्राप्त गर्न सकोस् भनेर, र उहाँको गवाहीका खातिर उहाँ न्याय र सजायको काम गर्नुहुन्छ। उहाँले मानिसको भ्रष्ट स्वभावलाई न्याय नगरी, मानिसले उहाँको धर्मी स्वभाव जान्नै सक्दैन, जसलाई कदापि चिढ्याउनु हुँदैन, न त मानिसले परमेश्‍वरबारे आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न नै सक्छ। उहाँ आफ्नो गवाहीका खातिर, र आफ्नो व्यवस्थापनका खातिर, आफ्नो सम्पूर्णता सार्वजनिक गर्नुहुन्छ, यसरी उहाँ सार्वजनिक रूपमा देखा परेर मानिसहरूलाई परमेश्‍वरको ज्ञान प्राप्त गर्न, स्वभावमा रूपान्तरित हुन, र परमेश्‍वरका लागि जोडदार साक्षी दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरको विभिन्न प्रकारका धेरै वटा काममार्फत हासिल गरिन्छ; मानिसको स्वभावमा त्यस्ता परिवर्तनहरू नआए, ऊ परमेश्‍वरको साक्षी दिन र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन असक्षम हुनेछ। मानिसको स्वभावको रूपान्तरणले मानिस शैतानको बन्धन र अन्धकारको प्रभावबाट मुक्त भएको छ, र साँच्चै नै परमेश्‍वरको कामको मोडेल र नमुना, परमेश्‍वरको साक्षी, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुने व्यक्ति बनेको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर आफ्नो काम गर्न पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसले उहाँको ज्ञान, उहाँप्रतिको समर्पण, र उहाँको गवाही हासिल गरोस् भनी माग गर्नुहुन्छ—मानिसले परमेश्‍वरको व्यावहारिक र सामान्य काम जान्नुपर्छ, ऊ मानिसका धारणाहरूअनुरूप नभएका उहाँका सबै वचन र कामप्रति समर्पित हुनुपर्छ, र उसले मानिसलाई मुक्ति दिन उहाँले गर्नुहुने सबै कामको, साथै मानिसलाई विजय गर्ने उहाँका सबै कार्यको साक्षी दिनुपर्छ। परमेश्‍वरको साक्षी दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस्तो प्रकारको गवाही मात्रै सटीक र व्यावहारिक हुन्छ, र यस्तो प्रकारको गवाहीले मात्रै शैतानलाई लज्जित पार्न सक्छ। परमेश्‍वर उहाँको न्याय, सजाय, र काटछाँट भोगेर उहाँलाई चिनेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँ शैतानद्वारा भ्रष्ट तुल्याइएकाहरूलाई उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँ स्वभाव परिवर्तन भएका, र यसरी उहाँका आशिष्‌हरू प्राप्त गरेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँलाई मानिसले मुखले गरेको प्रशंसा चाहिँदैन, न त उहाँलाई उहाँद्वारा मुक्ति नदिइएका शैतानको जमातको प्रशंसा र गवाही नै चाहिन्छ। जसले परमेश्‍वरलाई चिनेका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्, र जो आफ्नो स्वभावमा रूपान्तरित भएका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्। परमेश्‍वरले मानिसलाई जानाजानी उहाँको नामको बेइज्जत गर्न दिनुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरका लागि साक्षी दिन सक्छन्

५५. आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्‍वरविरुद्धको विरोधी शक्ति हो भन्‍नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्‍वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्‍दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्‍न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्‍वस्त हुन सक्छ, र त्यसमाथि परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्त्वपूर्ण ठान्दैनस्, यदि तँ सधैँ तीबाट जोगिने वा तीबाहिर खोजी गर्ने प्रयास गरिरहेको छस् भने, तँ घोर पापी होस् भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली र धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र साथै शुद्ध बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

५६. न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, प्राकृतिक रूपमा यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा मानिसले यो गर्न सक्दैन। न्याय भनेको मानवजातिलाई विजय गर्नका लागि सत्यताको प्रयोग भएको हुनाले, मानिसमाझ यो काम गर्नका लागि परमेश्‍वर अझै पनि देहधारी स्वरूपमा प्रकट हुनुहुनेछ भन्‍ने कुरामा कुनै प्रश्न छैन। अर्थात्, आखिरी दिनहरूका ख्रीष्टले सारा संसारभरिका मानिसहरूलाई सिकाउन र सबै सत्यता जान्ने तुल्याउन सत्यता प्रयोग गर्नुहुनेछ। परमेश्‍वरको न्यायको काम यही नै हो। परमेश्‍वरको दोस्रो देहधारणका सन्दर्भमा धेरैलाई असहज महसुस हुन्छ, किनकि न्यायको काम गर्नका लागि परमेश्‍वर देह बन्नुहुनेछ भन्‍ने कुरा विश्‍वास गर्न मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्‍वरको काम मानवका अपेक्षाहरूभन्दा प्रायः धेरै पर हुन्छ, र मानव दिमागलाई यो स्वीकार गर्न कठिन हुन्छ भन्‍ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीमा गोब्रेकीराहरू मात्र हुन्, जबकि परमेश्‍वर ब्रह्माण्ड भर्नुहुने सर्वोच्च हुनुहुन्छ; मानिसको दिमाग फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्‍वरका विचारहरूद्वारा निर्देशित कामको प्रत्येक कदम परमेश्‍वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने कोसिस गरिरहेका हुन्छन्, जसलाई म भन्छु, अन्त्यमा को हार्नेछ भन्ने कुरा स्वयम् सिद्ध छ। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्‍वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूले सत्यताको सामु आफ्ना शिरहरू झुकाउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्‍वरको कामको गति रोक्नै नसकिने छ। तैँले दिएको “योगदान” का कारण मात्रै उहाँले न्यायको काम फेरि दोहोऱ्याउनुहुने छैन, र अनि यति असल अवसरलाई जान दिएकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्‍वास गर्दैनस् भने, केवल तँलाई न्याय गर्नहेतु आकाशको ठूलो सेतो सिंहासनलाई पर्खी! तँलाई थाहा हुनैपर्छ कि सबै इस्राएलीहरूले येशूलाई इन्कार गरे र नकारे, तैपनि येशूले सबै मानवजातिलाई दिनुभएको छुटकाराको तथ्य सारा ब्रह्माण्डभर र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के यो परमेश्‍वरले धेरै पहिले हासिल गर्नुभएको तथ्य होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको हठी ठुटो होस् भनी म भन्दछु। येशूले तँजस्तो सत्यताप्रति अबफादार र आशिषमात्र खोज्ने झूटो विश्‍वासीलाई स्वीकार गर्नुहुनेछैन। त्यसविपरीत, दस हजारौँ वर्षसम्म जलिरहन उहाँले तँलाई बिना कुनै कृपा आगोको कुण्डमा फालिदिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

५७. परमेश्‍वर मानिसहरूलाई एकपछि अर्को गर्दै न्याय गर्नुहुन्न, न त तिनीहरूलाई एक-एक गरेर जाँच उत्तीर्ण गर्न लगाइन्छ; त्यसो गर्नु न्यायको काम हुँदैन। के सम्पूर्ण मानवजातिको भ्रष्टता उस्तै होइन र? के सम्पूर्ण मानवजातिको सार उस्तै होइन र? न्याय गरिने त मानवजातिको भ्रष्ट सार, शैतानद्वारा भ्रष्ट पारिएको मानिसको सार, र मानिसका सबै पाप हुन्। परमेश्‍वर मानिसका सानातिना र महत्त्वहीन गल्तीहरूलाई न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक हुन्छ, र यो विशेष गरी कुनै निश्चित व्यक्तिका लागि गरिँदैन। बरु, यो त सम्पूर्ण मानवजातिको न्यायको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहलाई न्याय गरिने काम हो। देहमा परमेश्‍वरद्वारा गरिएको काम भनेको सम्पूर्ण मानवजातिको कामको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहमा उहाँको प्रत्यक्ष काम प्रयोग गर्नु हो, जसपछि यो बिस्तारै फैलिन्छ। न्यायको काम पनि यस्तै हुन्छ। परमेश्‍वर कुनै निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, बरु सम्पूर्ण मानवजातिको अधार्मिकतालाई न्याय गर्नुहुन्छ, जस्तै मानिसले परमेश्‍वरको विरोध गर्नु, वा मानिसले उहाँको डर नमान्नु, वा मानिसले परमेश्‍वरको काममा बाधा दिनु। न्याय गरिने त परमेश्‍वरको विरोध गर्ने मानवजातिको सार हो, र यो न्यायको काम आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्‍वरको काम र वचन आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनअघिको न्यायको काम हो, जुन विगतमा मानिसहरूले आफ्ना धारणाहरूमा पालेका थिए। देहधारी परमेश्‍वरले हाल गरिरहेको काम ठ्याक्कै ठूलो सेतो सिंहासनअघिको न्याय हो। आजका देहधारी परमेश्‍वर आखिरी दिनहरूको दौरान सम्पूर्ण मानवजातिलाई न्याय गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। यो देह र यस देहको काम, वचन, र सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। यस देहको कामको दायरा सीमित भए पनि, र यसमा सम्पूर्ण ब्रह्माण्डलाई सिधै नसमेटे पनि, न्यायको कामको सार सम्पूर्ण मानवजातिको प्रत्यक्ष न्याय हो—यो काम चीनका चुनिएका मानिसहरूका खातिर मात्रै होइन, न त यो थोरै सङ्ख्याका मानिसका खातिर नै गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति बढी चाहिएको हुन्छ

५८. आज म जे वचनहरू बोल्छु ती मानिसका पापहरूको न्याय गर्न, मानिसको अधार्मिकताको न्याय गर्न, साथै मानिसको विद्रोहीपन अनि मानिसको कुटिलपन र छलीपनलाई श्राप दिनका लागि हुन्। मानिसका बोलीवचन र कार्यहरूमा परमेश्‍वरका अभिप्रायहरूअनुरूप नभएका सबै कुराको न्याय गरिनुपर्छ, र मानिसको सबै विद्रोहीपनलाई पापको रूपमा चित्रण गरिन्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा केन्द्रित हुन्छन्; उहाँ आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधार्मिकताको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसका सबै कुरूप मुहारहरूको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धर्मी स्वभावको प्रतिनिधित्व हो, र वास्तवमा उहाँको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभावहरू नै आजका वचनहरूको प्रसङ्ग हुन्—म तिनकै आधारमा बोल्छु, न्याय गर्छु, र विजयको काम गर्छु। यो मात्रै व्यावहारिक काम हो, र यसरी मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा उजागर गर्न सकिन्छ। यदि तँमा भ्रष्ट स्वभावको नामोनिसान नै छैन भने, परमेश्‍वरले तेरो न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई आफ्नो धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँसँग भ्रष्ट स्वभावहरू भएकाले, परमेश्‍वरले तँलाई त्यतिकै छोड्नुहुनेछैन, र यसमार्फत नै उहाँको पवित्रता देखिन्छ। यदि परमेश्‍वरले मानिसको फोहोरीपन र विद्रोहीपन अत्यन्तै धेरै छ भन्‍ने देख्नुभयो तर उहाँले बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, न त तेरो अधार्मिकताका लागि तँलाई सजाय नै दिनुभयो भने, यसले उहाँ परमेश्‍वर हुनुहुन्न भन्‍ने प्रमाणित गर्नेथियो, किनभने उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन; उहाँ मानिसजस्तै फोहोरी हुनुहुनेथियो। आज, तेरो फोहोरको कारणले गर्दा नै म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनको कारणले गर्दा नै म तँलाई सजाय दिन्छु। म तिमीहरूलाई मेरो शक्तिको धाक लगाइरहेको वा तिमीहरूलाई जानाजानी दमन गरिरहेको छैनँ; म यी कुराहरू गर्छु किनभने फोहोरको यो भूमिमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्ररी दूषित भएका छौ। फोहोरी ठाउँहरूमा बस्ने सुँगुर जस्तै, तिमीहरूले आफ्नो निष्ठा र मानवता गुमाएका छौ। तिमीहरूको फोहोर र भ्रष्टताको कारणले गर्दा नै तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि मेरो क्रोध खन्याउँछु। यी वचनहरूको न्यायको कारणले गर्दा नै तिमीहरूले परमेश्‍वर नै धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर नै पवित्र परमेश्‍वर हुनुहुन्छ भनेर देख्न सकेका छौ; उहाँको पवित्रता र उहाँको धार्मिकताको कारणले गर्दा नै उहाँ तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ; उहाँले मानवजातिको विद्रोहीपन देख्नुहुने हुनाले नै उहाँ आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले उहाँको पवित्रतालाई प्रकट गर्छ। उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, जो पवित्र र निष्खोट हुनुहुन्छ, तैपनि फोहोरको भूमिमा जिउनुहुन्छ भन्‍ने देखाउन यो नै पर्याप्त छ। यदि कुनै व्यक्ति अरूसँगै हिलोमा लडीबुडी गर्छ, र उसमा पवित्र कुरा केही पनि छैन, र उसमा कुनै धर्मी स्वभाव छैन भने, ऊ मानिसको अधार्मिकताको न्याय गर्न योग्य हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै उपयुक्त हुन्छ। एक-अर्काजस्तै बराबर फोहोरी भएका मानिसहरू आफूजस्तै मानिसहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्‍वर स्वयम्‌ले मात्रै सम्पूर्ण फोहोरी मानवजातिको न्याय गर्न सक्नुहुन्छ। मानिसले कसरी मानिसका पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्न सक्छ, र मानिसलाई दोषी ठहराउन मानिस कसरी योग्य हुन सक्छ? यदि परमेश्‍वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्नथ्यो भने, उहाँ कसरी धर्मी परमेश्‍वर स्वयम् हुन सक्नुहुन्छ? मानिसहरूले भ्रष्ट स्वभावहरू प्रकट गर्ने हुनाले नै परमेश्‍वर तिनीहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ, र त्यसपछि मात्र तिनीहरूले उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा देख्न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

५९. परमेश्‍वरले मानिसलाई सिद्ध पार्ने कार्य कुन माध्यमबाट पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभावमा मुख्य रूपमा धार्मिकता, क्रोध, प्रताप, न्याय र सराप समावेश हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध पार्नुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध पार्न सक्‍नुहुन्छ भनी प्रश्न गर्छन्। तिनीहरू भन्छन्, “यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई न्याय गर्नुभयो भने, के मानिस निन्दित हुनेथिएन? त्यसो भए ऊ कसरी अझै पनि सिद्ध पारिन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरको कामलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको विद्रोहीपन हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ कठोर रूपमा र मानिसका भावनालाई बिलकुलै ख्याल नगरी बोल्ने भए पनि, उहाँले मानिसभित्रका सबै कुरा खुलासा गर्नुहुन्छ, उहाँले केही कठोर वचनद्वारा मानिसभित्र हुने सारगत कुराहरू खुलासा गर्नुहुन्छ, तैपनि त्यस्तो न्यायद्वारा, उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको देह पापको र शैतानको हो, यो विद्रोही छ, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई आफैलाई चिन्‍न लगाउनका लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

६०. परमेश्‍वर मानिसलाई सिद्ध पार्न आफ्नो न्याय प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेमभित्र कति कुरा रहेको छ? त्यसमा न्याय, प्रताप, क्रोध, र श्राप छ। विगतमा परमेश्‍वरले मानिसलाई सराप्नुभएको भए पनि, उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हाल्नुभएन, बरु उक्त माध्यमलाई मानिसको आस्थालाई शोधन गर्नका लागि प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्यु हुने अवस्थामा पुर्‍याउनुभएन, बरु मानिसलाई सिद्ध पार्नका लागि काम गर्नुभयो। देहको सार त्यो हो जुन शैतानको हो—परमेश्‍वरले यो ठ्याक्कै सही भन्नुभयो—तर परमेश्‍वरले अगाडि बढाउनुभएका तथ्यहरू उहाँका वचनहरूअनुसार साकार हुँदैनन्। उहाँ तँलाई सराप्नुहुन्छ ताकि तैँले उहाँलाई प्रेम गर्न सकेस्, र ताकि तैँले देहको सार जान्न सकेस्; उहाँ तँलाई सजाय दिनुहुन्छ ताकि तँ ब्युँझन सकेस्, तैँले आफूभित्रका कमीहरू थाहा पाउन, र मानिसको नीचता र अयोग्यता थाहा पाउन सकेस्। तसर्थ, परमेश्‍वरका श्रापहरू, उहाँको न्याय, साथै उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध पार्नका निम्ति हुन्। आज परमेश्‍वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूमार्फत प्रकट गर्नुहुने धर्मी स्वभाव—यो सबै मानिसलाई सिद्ध पार्नका निम्ति हो। परमेश्‍वरको प्रेम यस्तो हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

६१. परमेश्‍वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्‍वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ, र तिमीहरूलाई उहाँको बुद्धिको कदर गराउनुहुन्छ। तिमीहरूले भित्री रूपमा केही पीडा भोगेको भए पनि, तिमीहरूको हृदयले सधैँ स्थिरता र शान्ति महसुस गर्छ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि तिमीहरूले आज परमेश्‍वरले तिमीहरूमा गर्नुहुने सबै काम प्रेम नै हो भनी देख्छौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्‍वरले तँलाई मुक्ति दिनको लागि तँलाई काटछाँट गर्नुहुन्छ, अनि तैँले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैँले पछि फर्केर हेर्नेछस्, र परमेश्‍वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैँले परमेश्‍वरका अभिप्रायहरूलाई साँच्चै बुझ्न सक्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

६२. अहिले भइरहेको काम मानिसहरूलाई शैतान र तिनीहरूको पुरानो पुर्खाविरुद्ध विद्रोह गर्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्नु र तिनीहरूलाई जीवनको सार बुझ्‍न सक्षम तुल्याउनु हो। यी बारम्बारका न्यायहरूले मानिसहरूको हृदय छेड्छन्। प्रत्येक न्याय तिनीहरूको नियतिसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ र त्यसको उद्देश्य तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न सकून् र यसरी जीवनलाई चिनून्, यो फोहोरी संसारलाई चिनून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई चिनून्, साथै शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिलाई पनि चिनून्। यस प्रकारको सजाय र न्याय जति बढी हुन्छ, मानिसको हृदयमा त्यति नै बढी चोट पुग्‍न सक्छ र उसको आत्मालाई त्यति नै बढी जागृत गर्न सकिन्छ। यस प्रकारको न्यायको लक्ष्य यी अत्यन्त भ्रष्ट पारिएका र सबैभन्दा गहन रूपमा भ्रममा परेका मानिसहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्‍ने कुरा थाहै छैन, परमेश्‍वर हुनुहुन्छ भन्‍ने थाहै छैन, र निश्चय नै ऊ मृत्युको रसातलमा सङ्घर्ष गरिरहेको छ भन्‍ने पनि थाहै छैन; ऊ आफू यस दुष्ट मानव नरकमा जिइरहेको कसरी थाहा पाउन सक्थ्यो र? ऊ आफ्नो यो दुर्गन्धित लास शैतानद्वारा भ्रष्ट पारिएपछि मृत्युको पातालमा खसेको कुरा कसरी थाहा पाउन सक्थ्यो? ऊ पृथ्वीमा रहेका सबै कुरा मर्मत गर्नै नसकिने गरी मानवजातिद्वारा धेरै पहिले बरबाद पारिएका छन् भनेर कसरी थाहा पाउन सक्थ्यो? अनि ऊ सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र आफूले मुक्ति दिन सक्ने भ्रष्ट तुल्याइएका मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर कसरी थाहा पाउन सक्थ्यो? मानिसले हरसम्‍भव शोधन र न्याय अनुभव गरेको भए पनि, उसको बोधो चेतना पूर्णतया अपरिवर्तित रहेको छ र त्यसले लगभग कुनै प्रतिक्रिया जनाएको छैन। मानिस कत्ति पतित छ! अनि यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो भए पनि, यो मानिसका लागि सबैभन्दा लाभदायक कुरा हो। मानिसहरूलाई यसरी न्याय गरिएन भने, नतिजा हासिल गर्न सकिनेथिएन, र मानिसहरूलाई दुःखको रसातलबाट मुक्ति दिन पूर्णतया असम्भव हुनेथ्यो। यस तरिकाले काम गरिएन भने, मानिसहरूलाई पातालबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथ्यो किनभने तिनीहरूको हृदय धेरै अघि मरिसकेको छ र तिनीहरूको आत्मालाई शैतानले धेरै पहिले कुल्चिएको छ। पतनको सबैभन्दा गहिरो तहमा डुबेका तिमीहरूलाई मुक्ति दिन तिमीहरूलाई जोडजोडले बोलाउनु आवश्यक हुन्छ, तिमीहरूलाई धेरै मेहनतका साथ न्याय गरिनुपर्छ; त्यसपछि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सकिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

६३. तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्ने, पूर्ण पार्ने र प्राप्त गर्ने कार्यले तिनीहरूको देहमा तरवार र चोटहरू, साथै अन्त्यहीन कष्ट, आगोको जलन, निर्दयी न्याय, सजाय, र श्रापहरू अनि असीम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानव व्यवस्थापन गर्ने कामको वास्तविक कथा र वास्तविकता यही हो। तर, यी सबै कुरा मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाण निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका खातिर हो। किनभने उहाँको काम मानवजातिका खातिर मात्र होइन, यो त सम्पूर्ण योजनाका खातिर पनि हो, साथै उहाँले मानवजाति सृष्टि गर्नुहुँदाको उहाँको मौलिक अभिप्राय पूरा गर्न पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभव कष्ट र आगोका परीक्षा हुन्, र मानिसको देहले तृष्णा गरेका मीठा र खुसीयालीका दिनहरू या त थोरै हुन्छन्, या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्‍वरसित सुन्दर समय बिताउने खुसीका क्षणहरूको आनन्द लिन त झनै सक्दैन। देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा जे उपभोग गर्छ त्यो परमेश्‍वरको सजायबाहेक अरू केही होइन, जसलाई मानिसले असंवेदनशील पाउँछ, मानौँ त्यसमा सामान्य समझ नै छैन। किनभने परमेश्‍वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुनेछ, जुन “मानिसप्रति असंवेदनशील हुन्छ”, र जसले मानिसका उल्लङ्घनहरू सहँदैन, र शत्रुहरूलाई घृणा गर्छ। परमेश्‍वरले कुनै पनि आवश्यक माध्यमद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँको काम अर्थात्, सारा मानवजातिको मुक्तिको काम, र पुरानो शैतानलाई नष्ट गर्ने काम समाप्त गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसलाई व्यवस्थापन गर्नुको उद्देश्य

६४. के तँ अब न्याय के हो र सत्यता के हो भनी बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय गरिनुप्रति आज्ञाकारितासाथ समर्पित हुन म तँलाई सुझाव दिन्छु, नत्र भने तैँले परमेश्‍वरको अनुमोदन पाउने वा उहाँद्वारा उहाँको राज्यभित्र ल्याइने अवसर कहिल्यै पाउनेछैनस्। न्याय स्वीकार मात्र गर्ने तर कहिल्यै शुद्ध गर्न नसकिने, अर्थात्, न्यायको कामका बीचमा भाग्नेहरूलाई परमेश्‍वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा झनै जघन्य र झनै धेरै हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र तिनीहरू परमेश्‍वरविरुद्धका विद्रोहीहरू हुन्। श्रम गर्नका लागि पनि लायक नभएका यी मानिसहरूले झनै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ, झन्, अनन्तकालसम्म जारी रहनेछ। परमेश्‍वरले कुनै बेला शब्दले बफादारी देखाएको तर त्यसपछि उहाँलाई धोका दिएको कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले आत्मा, प्राण, र शरीरका दण्डमार्फत प्रतिशोध पाउनेछन्। के परमेश्‍वरको धर्मी स्वभावको प्रकटीकरण ठ्याक्कै यही नै होइन र? के मानिसलाई न्याय र प्रकाश गर्ने परमेश्‍वरको उद्देश्य ठ्याक्कै यही होइन र? न्यायको समयावधिमा हरप्रकारका दुष्ट कार्य गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरू भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूलाई आफ्नो इच्छाअनुसार तिनीहरूका देहगत शरीरहरू नष्ट गर्न दिनुहुनेछ, र ती मानिसहरूका शरीरले लासहरूको दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनुपर्ने प्रतिशोध यस्तो हुन्छ। परमेश्‍वरले ती अबफादार झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई तिनीहरूका अभिलेख-पुस्तकहरूमा लेख्नुहुन्छ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुन्छ, ती अशुद्ध आत्माहरूलाई इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरू फोहोर पार्न दिनुहुनेछ, र तिनीहरूलाई कहिल्यै पुनर्जन्म नपाउने र तिनीहरूले फेरि कहिल्यै उज्यालो नदेख्ने तुल्याउनुहुनेछ। केही समयका निम्ति सेवा गर्ने तर अन्तसम्म बफादार नरहने ढोँगीहरूलाई परमेश्‍वरले दुष्टहरूमाझ सूचीकृत गर्नुहुन्छ, तिनीहरूलाई दुष्ट मानिसहरूसँग हिलोमा लडबडिन र विभिन्‍न किसिमका कुकर्मीसँग गिरोह निर्माण गर्न दिनुहुन्छ, र अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै बफादार नभएका वा आफ्नो कुनै सामर्थ्य योगदान नगरेकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई नष्ट गर्नुहुनेछ। तिनीहरू उप्रान्त पृथ्वीमा अस्तित्वमा रहनेछैनन्, र तिनीहरूले परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने बाटो त झनै प्राप्त गर्नेछैनन्। परमेश्‍वरले उहाँप्रति कहिल्यै निष्कपट नरहेका, तर उहाँसँग झाराटारुवा रूपमा व्यवहार गर्नुबाहेक अरू कुनै विकल्प नभएका जोकोहीलाई उहाँका मानिसहरूका लागि सेवा प्रदान गर्नेहरूमा सूचीकृत गर्नुहुन्छ। यस्ता मानिसहरूका सानो सङ्ख्या मात्र बाँच्नेछ, जबकि बहुसङ्ख्यकहरू मानकअनुरूप श्रम गर्न समेत नसक्‍नेहरूसँगै नष्ट हुनेछन्। अन्त्यमा, परमेश्‍वरसँग एउटै हृदय र मन भएकाहरू, परमेश्‍वरका मानिसहरू र पुत्रहरू, र धर्मगुरु हुनका लागि परमेश्‍वरद्वारा पूर्वनिर्धारित सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरको कामको परिष्कृत उपज हुन्। परमेश्‍वरले तोक्नुभएको कुनै पनि वर्गमा वर्गीकृत गर्न नसकिनेहरूलाई गैरविश्‍वासीहरूको श्रेणीका सूचीमा राखिनेछ, र तिनीहरूको परिणाम के हुनेछ भनेर तिमीहरूले निश्चय नै कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्‍नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्‍ने मार्ग केवल तिमीहरूकै छनोट हो। तिमीहरूले बुझ्नुपर्ने कुरा यो हो: परमेश्‍वरसँग गति मिलाउन नसक्ने कुनै पनि व्यक्तिलाई परमेश्‍वरको कामले पर्खँदैन, र परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि मानिसलाई कृपा देखाउँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

अघिल्लो: ग. राज्यको युग—आखिरी युगको सम्बन्धमा

अर्को: क. शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ भन्‍ने खुलासा सम्बन्धी वचनहरू

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्