७५. दुष्कर्मीलाई बहिष्कार गर्दा सिकेको कुरा
मार्च २०२१ मा, मैले एउटा मण्डलीमा अगुवाको रूपमा काम गरेँ। कामको जाँच गर्न मलजल कार्यका सुपरभाइजरसँग भेट्दा, मैले केही समूह अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूमाथि हैकम चलाउँदै र कर्तव्य निर्वाह गर्न अह्राउँदै हिँडेको, तर आफू भने हात बाँधेर बस्ने गरेको र नयाँ विश्वासीहरूलाई मलजल गर्ने नगरेको देखेँ। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्यमा सामना गर्ने वास्तविक समस्याहरूलाई बुझ्न प्रयास गर्दैनथे, त्यसकारण तिनीहरूले गर्ने मार्गदर्शनको काम भनेको केवल खोक्रा भाषणहरू दिनु र नियमहरू लाद्नु थियो, तर व्यवहारिक मार्ग बाँड्नु थिएन। सुपरभाइजर र मैले तिनीहरूसँग सङ्गति गर्यौँ, र समूहको नेतृत्व गर्नु भनेको मानिसहरूलाई काम अह्राउनु मात्रै होइन, तिनीहरूले नयाँ विश्वासीहरूलाई व्यावहारिक मलजल पनि प्रदान गर्नुपर्छ, र काममा रहेका समस्या र कठिनाइहरू पत्ता लगाउन सक्षम हुनुपर्छ। तर सङ्गति गरेको निकै दिनपछि पनि, तिनीहरूले कुनै वास्तविक काम गरेका थिएनन्। मैले यसबारेमा अनुसन्धान गरेँ र एक समूह अगुवा किन्ज्स्लीले बाधा र व्यवधान खडा गर्ने गरेको पत्ता लगाएँ। उनी आफू पनि अभ्यास गर्थिनन्, र अन्य टोली अगुवाहरूलाई यसो भन्दै उक्साउँथिन्, “मण्डली अगुवा र सुपरभाइजरले हामीलाई नयाँ विश्वासीहरूलाई मलजल गर्न अह्राउँछन्। यसले गर्दा मैले टोलीको काम फलोअप गर्ने समय नै हुँदैन—के त्यसको मतलब हामीले त्यो काम अबउप्रान्त गर्नु पर्दैन भन्ने हुँदैन र? अनि टोली अगुवाको कामचाहिँ के हो त?” त्यसपछि उनले भनिन्, “के तपाईंहरूलाई थाहा छ, यो सुपरभाइजर त सोखी मात्र हो नि? कसरी सोखीले व्यावसायिकलाई उचित रूपमा काम गर्न सिकाउन सक्छ?” जब सुपरभाइजरले टोली अगुवाहरूको कामको निरीक्षण गरिन् र समस्याहरू भेट्टाइन्, उनले निकै कठोर भएर बोलिन्, र त्यसपछि सुपरिवेक्षकले अहम् देखाउँदै तिनीहरूलाई हप्काइरहकी छिन् भनेर किन्ज्स्लीले आलोचना गरिन्, र यो कुरालाई दाजुभाइ-दिदीबहिनीहरूको माझमा समेत फैलाइन्। कुनै बुझाइबिनै उनले माथिका अगुवाहरूले सिद्धान्तभन्दा बाहिर गएर मान्छे छनौट गरे भनेर पनि आलोचना गरिन्। तर वास्तवमा, सिद्धान्तअनुसार नै सुपरभाइजरलाई प्रवर्धन र जगेर्ना गरिएको थियो। नयाँ विश्वासीहरूलाई मलजल गर्ने कार्यमा उनीसँग त्यति धेरै अनुभव थिएन, तर उनीसँग राम्रो क्षमता थियो, उनी सक्षम थिइन् र उनले आफ्नो कर्तव्यमा बोझ बोक्थिन्, र उनी वृद्धि-विकास हुन योग्य थिइन्। उनले समस्याहरू पत्ता लगाउन र काममा अगुवाइ पनि गर्न सक्थिन्, र नयाँ विश्वासीहरूलाई केही समय सिञ्चन गरिसकेपछि उनले केही प्रगति गरेकी थिइन्। तर किन्ज्स्लीले “सोखीले व्यावसायिकलाई सिकाउन सक्दैन” भन्दै सुपरभाइजरलाई आक्रमण गरिन् र उनी त्यो पदको योग्य छैनन् भनेर दाबी ग गरिन्। उनले माथिका अगुवाहरूले मानिसहरूलाई सिद्धान्तविपरीत नियुक्त गर्छन् भनेर झूटो हल्ला पनि फिँजाइन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले अगुवा र सुपरभाइजरको बारेमा पूर्वाग्रही दृष्टिकोण राख्थे, र कार्य गर्न मान्दैनथे। यसले गर्दा ती अगुवाहरूको कर्तव्यमा, र मण्डलीको काममा बाधा पुग्यो। यति मात्र होइन, किन्ज्स्लीले भेलाहरूमा नाममात्रको आत्मज्ञान सङ्गति गर्दै, कुटिल रूपमा अगुवाहरू र सुपरभाइजरलाई अपमान र आक्रमण पनि गर्थिन्। उदाहरणको लागि, उनले भनिन् कि माथिका अगुवाहरू र सुपरभाइजरसित उनले केही सुझावहरू राखिन् तर तिनीहरूमा कामको बुझाइ थिएन र उनका सुझावहरू लिएनन्। किन्ज्स्लीले आफूलाई जिद्दी गर्न मन लागेन, तर पछि उनको सल्लाह सही भएको थाहा भयो भनेर पनि भनिन्। तर वास्तवमा, तिनले जे भनिन्, त्यसमा कुनै सत्यता थिएन। नेतृत्वले उनको काम नबुझेको र उनको सुझावलाई नलिएर उनलाई बाधा दिइरहेको, र मण्डलीको हित कायम गरेकोमा उनलाई दबाइएको छ भन्ने देखाउनको लागि उनले जानीजानी आफ्नो सङ्गतिमा अस्पष्ट कुरा गर्थिन्, ताकि सबैले उनलाई सहानुभूति दिऊन् र उनको पक्ष लिऊन्।
किन्ज्स्लीले सधैँ अगुवा र सेवकहरूलाई अपमान र आलोचना गर्थिन्, र यसबारेमा दाजुभाइ-दिदीबहिनीहरूले उनलाई धेरैपटक सम्झाउँदै सङ्गति गरेका थिए, तर उनले कहिल्यै पनि यसबारेमा पश्चाताप गरिनन्। यो क्षणिक भ्रष्टता देखाउनु होइन, यो त उनको प्रकृति सारको समस्या हो। मलाई त्यस्तो व्यक्तिलाई खुलासा गर्ने परमेश्वरका वचनहरू याद आए। परमेश्वर भन्नुहुन्छ: “हैसियतका लागि प्रतिस्पर्धा गर्ने मामला मण्डलीमा प्राय: उत्पन्न भइरहने समस्या हो र यो देख्नु नौलो कुरा होइन। हैसियतका लागि प्रतिस्पर्धा गर्नुमा कस्ता स्थिति, व्यवहार र प्रकटीकरणहरू पर्छन्? हैसियतका लागि प्रतिस्पर्धा गर्नुका कस्ता प्रकटीकरणहरूलाई परमेश्वरको काम र मण्डलीको सामान्य व्यवस्थामा पुग्ने अवरोध र बाधाको समस्याको पाटो भन्न सकिन्छ? हामीले जुनै धारा वा वर्गबारे सङ्गति गरे पनि, त्यो कुरा धारा बाह्रमा ‘परमेश्वरको काम र मण्डलीहरूको सामान्य व्यवस्थामा अवरोध र बाधा पुऱ्याउने विविध मानिस, घटना, र कामकुराहरू’ बारे भनिएको कुरासित सम्बन्धित हुनैपर्छ। त्यसले अवरोध र बाधाको हदलाई समेट्नैपर्छ, अनि त्यो सङ्गति र विश्लेषण गर्न लायक हुने यो प्रकृतिसँग सम्बन्धित हुनैपर्छ। परमेश्वरको घरको काममा बाधा र अवरोध पुर्याउने प्रकृतिसित हैसियतको लागि प्रतिस्पर्धा गर्नुका कस्ता प्रकटीकरणहरू सम्बन्धित छन्? सबैभन्दा आम प्रकटीकरणचाहिँ, मण्डलीमा हैसियतको लागि मण्डली अगुवाहरूसित प्रतिस्पर्धा गर्नु हो, र यो प्रकटीकरण मुख्य गरी अगुवाहरूलाई बदनाम र निन्दा गर्नको लागि उनीहरूको गल्ती र त्रुटिहरूको र फाइदा उठाउने र उनीहरूको भ्रष्टताका प्रकटीकरणहरू र असफलताहरू, र उनीहरूको मानवता र क्षमतामा भएका कमीकमजोरी, विशेष गरी उनीहरूले आफ्ना काममा वा मानिसहरूलाई निराकरण गर्दा भएका विचलन र गरेका गल्तीहरूलाई जानीजानी खुलासा गर्ने कार्यहरूमार्फत् प्रकट हुन्छन्। हैसियतको लागि मण्डली अगुवाहरूसित प्रतिस्पर्धा गरिने प्रकटीकरणमध्ये, यो सबैभन्दा आम रूपमा देखिने र सबैभन्दा निर्लज्ज प्रकटीकरण हो। यसअलावा, मण्डली अगुवाहरूले आफ्नो काम जति नै राम्ररी गर्ने भए पनि, चाहे तिनीहरूले सिद्धान्तअनुसार कार्य गरून वा नगरून्, चाहे तिनीहरूको मानवतामा समस्या होस् कि नहोस्, तिनीहरू यी कुराहरूबारे चासो राख्दैनन्; तिनीहरू मण्डली अगुवाहरूको आज्ञापालन गर्दै गर्दैनन्। किन तिनीहरूले आज्ञापालन गर्दैनन् त? किनभने तिनीहरू मण्डली अगुवा बन्न चाहन्छन्, यो तिनीहरूको महत्वाकाङ्क्षा र चाहना हो, र यही कारणले गर्दा तिनीहरूले आज्ञापालन गर्न अस्वीकार गर्छन्। मण्डली अगुवाले जसरी काम गरे पनि वा जसरी समस्या सम्हाले पनि, तिनीहरू सधैँ उनका त्रुटिहरूको फाइदा उठाउँछन् र उनको निन्दा गर्छन्, र सानो कुरालाई ठूलो पार्न हदै पार गर्छन्, तथ्यहरूलाई बङ्ग्याउँछन् र तिललाई पहाड बनाउँछन्। यी अगुवाले जे गर्छन् त्यो सिद्धान्तअनुसार छ कि छैन, उनी सही व्यक्ति हुन् कि होइनन्, उनी सत्यताको पछि लाग्ने व्यक्ति हुन् कि होइनन्, उनको मानवतामा विवेक र समझ छ कि छैन भनेर मापन गर्न अगुवा र सेवकहरूको लागि परमेश्वरको घरले तय गरेका मापदण्डहरू तिनीहरूले प्रयोग गर्दैनन्। तिनीहरू यी सिद्धान्तहरूअनुसार मूल्याङ्कन गर्दैनन्। त्यसको सट्टा, तिनीहरूका आफ्नै अभिप्राय र उद्देश्यलाई सुहाउँदो तरिकाले बारम्बार सानातिना गल्ती खोतल्ने र फरक छुट्याउने, अगुवा वा सेवकहरूका विरुद्धमा प्रयोग गर्नका लागि समस्याहरू पत्ता लगाउँछन्, उनीहरूले गर्ने तर सत्यतासँग नमिल्ने कामहरूबारे उनीहरूको पिठ्यूँपछाडि सूचना फैलाउने वा उनीहरूका कमीकमजोरीबारे चर्चा चलाउने काम गर्छन्। उदाहरणको लागि, तिनीहरूले भन्न सक्छन्, ‘एकपटक फलानो अगुवाले यो गल्ती गरे र उनलाई माथिबाट काटछाँट गरियो, जसबारे तिमीहरू कसैलाई थाहा छैन—त्यसरी बहाना बनाउन त तिनीहरू सिपालु रहेछन्।’ यी अगुवा वा सेवकले परमेश्वरको घरबाट तालिम पाउँदैछन् कि छैनन् र उनीहरू योग्य अगुवा वा सेवक हुन् कि होइनन् भन्ने कुरालाई तिनीहरू बेवास्ता र नजरअन्दाज गर्छन्, बरु केवल उनीहरूको मूल्याङ्कन गर्छन्, तथ्यहरू बङ्ग्याउँछन्, र उनीहरूको पिठ्यूँपछाडि षड्यन्त्र रच्छन्। अनि तिनीहरू यी केका लागि गर्छन्? किनभने तिनीहरूले हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका छन्, होइन त? तिनीहरूले भन्ने र गर्ने हरेक कुराको उद्देश्य हुन्छ। तिनीहरूले मण्डलीको कामबारे सोचिरहेका हुँदैनन्, र अगुवा र सेवकहरूको बारेमा तिनीहरूले गरेको मूल्याङ्कन परमेश्वरका वचन वा सत्यतामा आधारित हुँदैन, परमेश्वरको घरका प्रबन्ध वा उहाँले मानिसको लागि तय गर्नुभएका सिद्धान्तहरूमा आधारित हुने त झन् कुरै भएन, बरु यो तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूमा आधारित हुन्छ” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवा र सेवकहरूका जिम्मेवारीहरू (१४))। परमेश्वरका वचनहरूबाट मैले के सिकेँ भने, यदि कसैले अगुवा र सेवकहरू सही मान्छे हुन् कि होइनन्, तिनीहरू मानिसहरूलाई जगेर्ना गर्ने परमेश्वरको घरका सिद्धान्तहरूअनुरूप छन् कि छैनन् भनेर नहेरी, केवल अन्धाधुन्ध रूपमा गल्ती कोट्याएर तिनीहरूको दोष खोज्ने प्रयास गर्ने, जानीजानी तिनीहरूको पिठ्युँपछाडि आलोचना गर्ने र होच्याउने, र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूउपर आक्रमण र दोषारोपण गर्न उक्साउने गर्छ भने, उसले मण्डलीको काममा बाधा दिइरहेको हुन्छ। यस्तो मानिसलाई खुलासा गरेर काबुमा राख्नुपर्छ, र गम्भीर अवस्थामा, मण्डलीबाट हटाउनुपर्छ। किन्ज्स्लीको व्यवहारको बारेमा तुलना गर्दा, उनले सुपरभाइजरले आफ्नो कर्तव्यमा नतिजाहरू निकालिरहेकी छिन् कि छैनन्, तिनको कामले मण्डलीको काममा फाइदा पुर्याइरहेको छ कि छैन, वा तिनी जगेर्ना गरिन योग्य छिन् कि छैनन् भन्ने कुरालाई हेरेकी थिइनन्। किन्ज्स्लीले केवल सुपरभाइजरको सीप आफ्नो भन्दा कम स्तरको छ भन्ने कुरालाई पक्रेर यसैको आधारमा सोखीले व्यावसायिकलाई मार्गदर्शन गर्न सक्दैन भन्ने विचार फैलाइन्। उनले आलोचना र आक्रमण गर्दै कलहको बिउ रोपिन्, र दाजुभाइ-दिदीबहिनीहरूलई अगुवा र सेवकहरूविरुद्ध पूर्वाग्रह पाल्ने र हामीले बन्दोबस्त गरेका काम अघि बढाउन नमान्ने बनाइन्। यसले हाम्रो सिञ्चन कार्यको प्रगतिमा बाधा दियो। यो किन्ज्स्लीले क्षणिक भ्रष्टता देखाएको अवस्था थिएन, यो त उनको सधैँ देखिने व्यवहार थियो। उनले मण्डली जीवनमा गम्भीर बाधा पुर्याइसकेकी थिइन्, र उनी कुनै पनि कर्तव्य पूरा गर्न योग्यकी थिइनन्। सिद्धान्तअनुसार मैले उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्थ्यो। त्यस मोडमा, अझै पनि उनले पश्चात्ताप नगरेमा, उनलाई मण्डलीबाट हटाइन्थ्यो। तर किन्ज्स्लीलाई बर्खास्त गर्नेबारेमा सोच्दा, उनले समूह अगुवाको रूपमा काम गरेको धेरै भयो र उनी राम्रो अभिनत्री हुन् भन्ने सोचेर म हिचकिचाएँ। दाजुभाइ-दिदीबहिनीहरूले उनको वास्तविकता त्यति राम्ररी देखेका थिएनन्, र कतिले त उनलाई आदर गर्थे। उनीसँग आफ्नो कर्तव्यप्रतिको बोझको बोध छ, उनी प्रेमिलो छिन् र उनमा न्यायको बोध छ भन्ने तिनीहरूलाई लाग्थ्यो। यदि म मण्डलीमा आबद्ध हुनेबित्तिकै मैले उनलाई बर्खास्त गरेँ भने, दाजुभाइ-दिदीबहिनीहरूले मलाई म निर्दयी र क्रूर छु भन्ने सोच्लान् कि? म दण्ड दिन अग्रसर व्यक्ति हुँ भन्लान् कि? के तिनीहरूले त्यसपछि मेरो नेतृत्वलाई अनुमोदन गर्लान्? त्यसमाथि, किन्ज्स्ली साँच्चै दुष्ट थिइन्, र उनीसित आगोमा घिउ थप्ने र पछाडि बसेर कलह मच्चाउने कैयौँ उपाय थिए। यदि मैले उनलाई रिस उठाएँ र उनले मतर्फ औँला फर्काइन्, र दाजुभाइ-दिदीबहिनीहरूको छेउमा मेरो आलोचना गरेर, तिनीहरूसँगको मेरो सम्बन्ध बिगार्दिन् भने, मेरो काम निकै कठिन हुनेथ्यो। मैले उनलाई बर्खास्त गर्न हतार गर्नु हुँदैन, बरु सुरुमा उनलाई काटछाँट र निराकरण गर्नुपर्छ, उनका कार्यहरूका सार र परिणामहरू खुलासा र छानबिन गर्नुपर्छ भन्ने मलाई लाग्यो। यदि उनले यसलाई स्विकारी परिवर्तन भइन् भने, उनले अझै एउटा मौका पाइनेथिन्। उनले त्यसो गरिनन्, र अगुवा र सेवकहरूको आलोचना गरिरहिन् भने पनि उनलाई प्रतिस्थापन गर्नलाई ढिला नै हुनेवाला त थिएन।
पछि, हाम्री उच्च अगुवा जुलिएट र मैले किन्ज्स्ली र अन्य धेरै समूह अगुवाहरूसँग भेट्यौँ, र परमेश्वरको घरमा मानिसहरू छनौट गर्ने सिद्धान्तहरूबारे, र सुपरभाइजरको बढुवाको पृष्ठभूमिबारे सङ्गति गर्यौं। तिनीहरूले यस अवधिमा देखाएको व्यवहारको बारेमा खुलासा र चिरफार गर्दै, मैले तिनीहरूले गरेका कार्यहरू सारगत रूपमा गुटबन्दी निर्माण, अगुवा र सेवकहरूमाथिको आलोचना र आक्रमण, र मण्डलीको कामप्रतिको अवरोध थियो भनेर बताएँ। यदि तिनीहरू परिवर्तन भएनन्, र अफवाह फैलाउने र अवरोध गर्ने काम गरिरहे भने, तिनीहरूलाई हटाइनेछ भनेर पनि बताएँ। केही टोली अगुवाहरूले यो कुरा स्विकारे, र आफ्नो बारेमा मनन गरे, र सुपरभाइजरसँग सहकार्य गरी सँगै मिलेर काम सम्पन्न गर्छौं भनी भने। किन्ज्स्लीले चाहिँ स्पष्ट कुरा गरिनन्। तर आश्चर्यको कुरो, केही दिनपछि नै, ती सुपरभाइजर व्यावसायिकलाई अगुवाइ गर्ने सोखी हुन्, र उच्च अगुवाहरूलाई मान्छे छनौट गर्नमा समस्या छ भनेर किन्ज्स्लीले अर्की एक सिस्टरलाई भनिन्। ती सिस्टरले उनको कुरा पत्याइनन्, बरु उनलाई केही सिद्धान्तहरूको बारेमा सङ्गति गरिन्। ती सिस्टरले आफ्नो कुरा नमानेको देख्दा, गाओ त्यही रोकिइन्। तर त्यसपछि, किन्ज्स्लीले अरू एकदुई जना टोली अगुवाहरूलाई आफ्नो पक्षमा ल्याउन र बहकाउन यसो भन्दै मेसेज पठाइन्, “अस्तिको अगुवाको सङ्गतिपछि म रक्षात्मक भएकी छु, मलाई निष्कासित गरिन्छ कि भन्ने डर भयो। के तपाईंहरूलाई पनि त्यस्तै लागेको छ? अहिले त मलाई एक शब्द बोल्ने पनि आँट आउँदैन। हामीले त सुझाव पनि दिन नसक्ने, फरक विचार पनि व्यक्त गर्न नसक्ने अवस्था भयो, र हामी बोल्यौं भने, हामीलाई बर्खास्त गरी मण्डलीबाट निकालिनेछ। अनि कसले फेरि सुझाव दिने आँट गर्छ र?” त्यसपछि उनले मण्डलीको राम्रो प्रगति नहुनुको कारण अगुवाहरूले सिद्धान्तअनुसार मानिसहरू नियुक्त नगर्नुसित जोडिएको छ भनेर भनिन्। यति मात्रै होइन, उनले वर्तमान सुपरभाइजर योग्य छैनन् भन्ने कुरा फैलाउनलाई ती सिद्धान्तहरू खोजी गर्ने नाउँमा त्यो सिद्धान्तसम्बन्धी कामको जिम्मेवार ब्रदरकहाँ गइन्। ती ब्रदरले परमेश्वरको घरमा मानिसहरूलाई छनौट गर्ने सिद्धान्तहरूको बारेमा र सुपरभाइजरको स्थितिको बारेमा उनीसित सङ्गति गरे। त्यो सङ्गतिपछि उनले आफूले कुरा बुझेको, सुपरभाइजरप्रति अबउप्रान्त पूर्वाग्रही नरहेको, र सुपरभाइजरसँग मिलेर काम गर्दै कर्तव्य पूरा गर्ने कुरा गरिन्। तर पछि, उनले अगुवा र सेवकहरूको विरुद्धमा तर्क गर्दै गुप्त रूपमा असम्मति फैलाइन्, “सबै दाजुभाइ-दिदीबहिनीहरूले यी सुपरभाइजरको पक्षमा कुरा गर्नुको कारण उच्च अगुवा जुलिएटले जबरजस्ती सहमति गराएकोले हुन सक्छ। जलिएटसित शक्ति छ, र अरूले उनको डर मान्छन्। मलाई डर छ, यदि मैले सुपरभाइजरका समस्याहरू रिपोर्ट गरिरहेँ भने, उनले मलाई पनि ख्रीष्टविरोधीलाई जस्तै व्यवहार गर्छिन् होला।” यसको वास्तविक अर्थ के हुन्छ भने, जुलिएटले मण्डलीका अरूहरूबाट सत्य कुरा लुकाइरहेकी थिइन्, र उनले समस्याहरूसम्बन्धी रिपोर्ट गर्नेहरूलाई दबाइरहेकी थिइन्। किन्ज्स्लीमा यस्ता प्रकटीकरणहरू भएको सुन्दा म स्तब्ध भएँ। मैले उनी त्यति कुटिल र धूर्त छिन् भनेर सोचिकी थिइनँ। धेरै मानिसहरूले उनीसँग सिद्धान्तहरूको विषयमा सङ्गति गरेका थिए, तर उनले त्यसलाई स्वीकार गर्न मानिनन्। अगुवा र सेवकहरूलाई आलोचना गर्ने आफ्नो व्यवहारको बारेमा उनीसित कुनै बुझाइ वा पश्चात्ताप थिएन, बरु उल्टै उनले मानिसहरूलाई धोका दिने र अगुवा र सेवकहरूलाई आक्रमण गर्ने कार्यमा अझै बढी जोड लगाइन्। के उनले शैतानको दासको रूपमा काम गर्दै थिइनन् र? मलाई निकै ठूलो पछुतो भयो। मैले उनलाई किन सुरुमै बर्खास्त गरिनँ? मैले किन त्यतिका दिनसम्म हिचकिचाएर उनलाई मानिसहरूलाई मूर्ख बनाउने थप मौका दिएँ? किन्ज्स्लीले सधैँ अगुवा र सेवकहरूलाई होच्याउने र आलोचना गर्ने गर्थिन्, र तिनीहरूको कर्तव्यमा बाधा दिन्थिन् भन्ने मलाई थाहा थियो, त्यसकारण मैले उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्थ्यो। तर अरूले मलाई के सोच्लान् भन्ने डरले, म सुरुमा सत्यता सङ्गति गर्दै उनलाई काटछाँट र निराकरण गर्छु, त्यसपछि उनले पश्चात्ताप गरिनन् भने उनलाई बर्खास्त गर्छु भन्ने चाहन्थेँ। त्यसो गर्नु पूर्णतया औचित्यपूर्ण हुनेछ र दाजुभाइ-दिदीबहिनीहरू पनि विश्वस्त हुनेछन्, र तिनीहरूले मलाई नराम्रो सोच्नेछैनन् भन्ने सोचेँ। मेरो नाम र हैसियतको रक्षा गर्न, मैले किन्ज्स्लीलाई रोक्ने काम गरिनँ, बरु उल्टै उनलाई मण्डलीको काममा बाधा दिन बेलगाम छोडिदिएँ। के म उनको दुष्कर्ममा सहभागी भइनँ र? मैले जे गरेँ, त्यसबारे सोच्दा मलाई साँच्चै गाह्रो भयो। मैले अगुवाको रूपमा आफ्नो जिम्मेवारी निभाएकी वा मण्डलीको काम रक्षा गरेकी छैन भन्ने लाग्यो। परमेश्वरले त्यस्तो कार्यलाई घृणा गर्नुहुन्छ। त्यसकारण आत्मचिन्तन गर्न र आफूलाई चिन्न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गर्दै, मैले परमेश्वरसँग प्रार्थना गरेँ।
भोलिपल्ट, मेरो भक्तिको समयमा, मैले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्वरका वचनहरूको यो खण्ड पढेँ, र यसले मलाई आफ्नो बारेमा अझै राम्ररी बुझ्न मदत गर्यो। परमेश्वरका वचनहरूले भन्छन्: “सत्यता सिद्धान्तहरू, परमेश्वरका आज्ञाहरू, र परमेश्वरको घरको कामलाई कसरी लिने, वा आफूले सामना गर्ने कुराहरू कसरी सम्हाल्ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्ने, परमेश्वरलाई कसरी सन्तुष्ट तुल्याउने, वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि, र कतै तिनीहरूको प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसहरूले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्ने कुरा थाहा पाउँछन् भने, तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसहरूले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठ हासिल गर्न दिन्छन्, वा तिनीहरूको बोली अख्तियारपूर्ण बन्छ र अझै धेरै मानिसहरूले तिनीहरूको कुरा मान्छन् भने, तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र, तिनीहरूले परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। के यो स्वार्थी र घृणित कुरा होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरले के खुलासा गर्नुभएको छ भने, ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियतलाई अत्यन्तै बहुमूल्य ठान्छन्, र तिनीहरूले गर्ने सबै कुरा त्यसकै लागि हुन्छ। तिनीहरूले आफ्नो हैसियतको निम्ति लाभदायक कुराहरू मात्रै गर्छन्; तिनीहरूको हित खतरामा पर्छ भन्ने तिनीहरूलाई लाग्यो भने, तिनीहरूले समस्याहरूप्रति आँखा चिम्लन्छन्। आफ्ना हितहरूको रक्षा गर्न तिनीहरूले बरु मण्डलीको हितमा हानि पुगेको देख्न रुचाउँछन्। के मेरो व्यवहार पनि ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै थिएन र? मण्डलीको सफाइ गर्नु परमेश्वरको घरको मापदण्ड हो भन्ने मलाई राम्ररी थाहा थियो, र परमेश्वरले धेरैपटक भन्नुभएको छ कि जब दुष्ट व्यक्तिले मण्डलीमा बाधा दिन्छ, तब अगुवा र सेवकहरूले त्यस्तो व्यक्तिलाई तह लगाइहाल्नुपर्छ—त्यसलाई पर्दाफास गर्नुपर्छ, नियन्त्रणमा राख्नुपर्छ वा हटाउनुपर्छ। किन्ज्स्लीको व्यवहारले मण्डलीको कामलाई बाधा पुर्याइसकेको थियो, त्यसकारण मैले उनलाई तुरुन्तै सम्हाल्नुपर्थ्यो। तर मलाई दाजुभाइ-दिदीबहिनीहरूले नराम्रो सोच्छन्, र अगुवाको रूपमा साथ दिँदैनन् भन्ने चिन्ता थियो। आफ्नै नाम र हैसियत रक्षा गर्नको लागि, मैले उनलाई केवल निराकरण र खुलासा गरेँ। उनले त्यो कुरा स्वीकार गरेकी छैनन् भन्ने मलाई थाहा थियो, तर पनि मैले उनलाई नियन्त्रण वा निष्कासन गरिनँ, त्यसकारण उनले निरन्तर कलह फैलाउने, र मण्डलीको काममा बाधा दिने काम गरिरहिन्। म आफ्नो रक्षा गर्न मण्डलीका हितहरूको बलिदान दिन तयार थिएँ। म अति धूर्त, स्वार्थी र घृणित थिएँ! मैले किन्ज्स्लीलाई सिद्धान्तअनुसार सम्हालिनँ, न त दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता बुझ्न र असल-खराब छुट्याउने समझ विकास गर्न नै अगुवाइ गरेँ। फलस्वरूप, केही उनको बहकाउमा परे, र उनको पक्षमा उभिए, जसले गर्दा मण्डलीको काममा बाधा र अवरोध पुग्यो। मलाई अत्यन्तै ग्लानि भयो, र पछुतोले भरिएँ। मलाई म अगुवासमेत हुन योग्य छैन भन्ने लाग्यो। अनि, मैले प्रार्थना गरेँ, “हे परमेश्वर, मण्डलीमा एक जना हानिकारक दुष्कर्मी देखा पर्यो, तर मैले मण्डलीका कामको सट्टा आफ्नै नाम र हैसियतको रक्षा गरेँ। म साँच्चै स्वार्थी रहेछु! म यस्तो घृणित तरिकाले जिउन चाहन्नँ। म तपाईंको अघि साँचो रूपमा पश्चात्ताप गर्न चाहन्छु।”
त्यसपछि, किन्ज्स्लीको समग्र व्यवहारको बारेमा थप जान्न मैले उनीसँग परिचित दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेँ। यसबारेमा अनुसन्धान गर्दा, मैले तिनीहरूमध्ये कतिलाई उनको वास्तविकता थाहा नभएको पाएँ; तिनीहरू उनीसित न्यायको बोध भएको र उनले मण्डलीको काम रक्षा गर्न सक्छिन् भन्ने सोच्थेँ। कतिलाई त उनका तरिकाहरूमा रहेको गल्ती थाहा थियो, तर तिनीहरू उनले सत्यता सिद्धान्तहरू नबुझेको कारण यस्तो भएको हो भन्ने सोच्थे। मैले तिनीहरूसँग न्यायको बोध भनेको के हो, र अहङ्कार रआत्मधार्मिकता भनेका के हुन्, र क्षणिक अपराध र व्यक्तिको प्रकृति सारबीच रहेको भिन्नताको बारेमा सङ्गति गरेँ। यसले तिनीहरूलाई थप समझशक्ति प्राप्त गर्न मदत गर्यो, र तिनीहरू उनलाई खुलासा गर्नको लागि खडा हुन तयार भए। तर किन्ज्स्लीको व्यवहारको बारेमा बुझ्न ब्रान्डनलाई भेट्दा, ब्रान्डनले कट्टर भई उनको प्रतिरक्षा गरे, र तुरुतै मलाई यस्तो जबाफ दिए, “तपाईं किन उनको बारेमा खोजीनिती चाहनुहुन्छ? उनले केही सुझाव मात्र त दिएकी थिइन्। तपाईंहरू किन उनीमाथि दोषारोपण गरिरहनुभएको छ? किन तपाईं अगुवा र सेवकहरू कुनै विचार भएको व्यक्तिलाई दमन गर्नुहुन्छ, र उसको अवस्था कठिन बनाउनुहुन्छ? यस्तो हो भने कसले सुझाव दिने आँट गर्छ र? तपाईंको यो अनुसन्धानले त मलाई आफ्नो फरक मत राख्नसमेत डराउने बनाएको छ। तपाईंहरू त ख्रीष्टविरोधीहरू जस्तै देखिनुहुन्छ, जसले फरक मत राख्न दिँदैनन्।” यो सबै कुरा सुन्दा म तीनछक परेँ। तिनले यस्तो कडा प्रतिक्रिया दिनेछन् र हामीले उनीप्रति अनुचित व्यवहार गरिरहेका छौं भनी भन्नेछन् भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मैले तिनीसँग धैर्यसाथ सङ्गति गर्न थालेँ, तर तिनले मेरो कुरा सुनेनन्; तिनी किन्ज्स्लीकै कुरामा विश्वास गर्थे, र समस्या हामी अगुवाहरूमा छ भन्ने सोच्थे। त्यो बेला मलाई साँच्चै हरेस लागेको थियो। मलाई लाग्यो, सत्यतासम्बन्धी मेरो बुझाइ सतही छ र ममा यस्ता मामिलाहरू सम्हाल्ने अनुभवको कमी छ, र यदि मैले यो कार्यलाई सम्हालिरहेँ भने, अरूले मेरो बारेमा पूर्वाग्रह पाल्नेछन्। त्यसपछि मलाई महसुस भयो कि मैले त फेरि आफ्नै हितको बारेमा विचार गर्न थालेछु, त्यसकारण मैले मनमनै परमेश्वरसँग प्रार्थना गरेँ र उहाँलाई विश्वास र शक्ति मागेँ। मलाई उहाँका वचनहरूको यो खण्ड याद आयो: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, हाम्रो कर्तव्यमा हामीले हाम्रो प्रतिष्ठा वा व्यक्तिगत फाइदालाई हेर्न सक्दैनौँ। हामीले मण्डलीका हितहरूलाई नै पहिलो प्राथमिकता दिनुपर्छ, परमेश्वरको छानबिनलाई स्विकार्नुपर्छ, र हाम्रो सम्पूर्ण हृदय सुम्पनुपर्छ। हाम्रो कर्तव्यले परमेश्वरको अनुमोदन प्राप्त गर्ने एउटै तरिका त्यही हो। अरूलाई चिढ्याइएला वा तिनीहरूले आफूविरुद्ध पूर्वाग्रह पाल्लान् भनी डराउँदै मैले सत्यता अभ्यास गर्ने कार्यलाई रोक्न सक्दिनथेँ। मैले त्यस्तो मामलालाई पहिले सम्हालेकी थिइनँ, तर मैले कम्तीम पनि आफ्नो कर्तव्यप्रति निष्ठावान भएर दाजुभाइ-दिदीबहिनीहरूसँग असल-खराब छुट्याउने समझबारे सङ्गति गर्न सक्दो गर्नुपर्थ्यो। ब्रान्डन किन्ज्स्लीको छलमा परेका थिए, र उनकै पक्षमा उभिएका थिए, किनभने उनले विभिन्न अवधारणाहरूको बीचमा अन्योल सिर्जना गरी मनोमानी आलोचान गर्ने र भ्रम छर्ने कार्यलाई “सत्य बोलेको” भन्ने पारेकी थिइन्। अगुवाहरूले उनका भ्रामक कुराहरूको पर्दाफास र भर्त्सना गरेको र उनलाई मानिसहरूमाथि आलोचना र दोषारोपण गर्न रोकेको कुरालाई उनले “सुझाव-सल्लाह र फरक मत निषेध गरेको” रूपमा लिइन्। साँचो जस्ता देखिने यी झूटहरू साँच्चै नै भ्रामक हुन्छन्। किन्ज्स्लीले तथ्य बङ्ग्याएकी थिइन्, पिठ्यूँपछडिबाट आलोचना गर्दै अगुवाहरूले सिद्धान्तविनै मानिसहरू छनौट गर्छन् भनेर भनेकी थिइन्। उनलाई मानिसहरू छनौट गर्ने सिद्धान्तहरूको बारेमा अगुवा र सेवकहरू अनि दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेका थिए, तर उनले ती कुरा स्वीकार गर्न नमानेकी मात्र होइन, बर उल्टै तथ्यहरूलाई समेत बङ्ग्याएकी थिइन् र अगुवाहरूले उनलाई सुझाव दिन नदिएर दबाउँदै र हर फरक मतलाई निषेध गर्दै आएका छन् भनी भनिरहेकी थिइन्। के त्यसो गर्नु तथ्यहरूलाई उल्ट्याउनु र अरूलाई गलत देखाउनु होइन र? उनी भन्थिन्, “मलाई त मण्डलीबाट निष्कासित भइन्छ भन्ने डर छ। अनि कसले फेरि सुझाव दिने आँट गर्छ र?” ती शब्दहरू उनको हृदयबाट निस्केका जस्ता देखिन्थे, तर तिनमा उनका दुष्ट अभिप्राय, आक्रमण र आलोचना लुकेका थिए। उनी दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रममा पारी अगुवाहरूसँग होड गर्नको लागि र अगुवा र सेवकहरूको काममा सहकार्य गर्न अस्वीकार गर्ने कार्यमा तिनीहरूलाई आफ्नो पक्षमा उभ्याउन चाहन्थिन्। उनले मण्डलीको काम बिथोलिरहेकी थिइन्। ब्रान्डनमा भित्री वास्तविकता थाहा थिएन र तिनी किन्ज्स्लीको कुराले छलमा परेका थिए। मैले तिनलाई प्रेमपूर्ण सहयोग र साथ दिनुपर्थ्यो। पछि सङ्गतिमार्फत, तिनले किन्ज्स्लीको वास्तविकता बुझे। तिनले आफूले सत्यताको खोजी नगरेकोले र आफूमा समझशक्तिको कमी भएकोले, गाओको रक्षा गरेको, र दुष्कर्मीको पक्षमा उभिएर कुरा गरेको महसुस गरे। सत्यता नबुझ्दा आफू कति दयनीय, र दुष्कर्म गर्ने कति खतरामा छु भनी तिनले बुझे। तिनले परिस्थिति सुधार्न सकेको देख्दा मलाई निकै खुशी लाग्यो।
पछि, केही सहकर्मी र मैले दाजुभाइ-दिदीबहिनीहरूसँग भेला भएर दुष्ट मानिसहरूलाई कसरी चिन्ने भन्नेबारे सङ्गति गर्यौं, र हामीले किन्ज्स्लीको सबै व्यवहारहरूको विश्लेषण गर्यौं। सबैले उनको वास्तविकता थाहा पाए, र हामीले भोट गरी लगभग सर्वसम्मतिले उनलाई मण्डलीबाट हटाउने निर्णय गर्यौं। भोटको बेला, तिनीहरूले आफूले सिकेका केही कुरा बताए। तिनीहरूले केही यस्ता कुरा बताए, “किन्ज्स्ली झूट रच्न र सत्य उल्ट्याउनमा विशेष रूपले खप्पिस थिइन्, र तिनले मण्डलीको हित रक्षा गर्ने नाममा अगुवा र सेवकहरूविरुद्ध जताततै आफ्नो पूर्वाग्रह फैलाइन्। यसले मण्डलीको कामलाई भताभुङ्ग बनाइदियो। अगुवाहरूले उनको जसरी खुलासा अनि काटछाँट र निराकरण गरे पनि, उनले यसबारेमा अलिकति पनि अफसोस वा पश्चात्ताप गरिनन्। उनमा दुष्ट सार छ।” अरूले यसो भने, “किन्ज्स्ली हेर्दा भलाद्मी देखिन्छिन्, तर तिनका शब्दहरू भ्रामक, कुटिल र दुष्ट रहेछन्। यो सङ्गति र विश्लेषण नगरेको भए, मैले उनको भित्री वास्तविकता थाहा पाउनेथिनँ। अब मैले सत्यता बुझ्नु र अरूलाई चिन्ने समझशक्ति हुनु कति महत्त्वपूर्ण हुन्छ भन्ने बुझेँ।” कतिपयले पहिले उनीद्वारा आफूहरू भ्रममा परेको, र उनले मण्डलीको काम रक्षा गरिरहेकी छिन् भन्ने ठानेको, तर उनले गुप्त रूपमा यति धेरै दुष्कर्म गरिरहेकी छिन् भन्ने चाल नपाएको बताए। तिनीहरूले आफूहरूमा उनको वास्तविकताको समझ नभएकोले उनको पक्षमा उभिएर सत्यताअनुरूप नरहेका कुराहरू बोलेको बताए। तिनीहरूले आत्मचिन्तन र पश्चात्ताप गर्नुपर्थ्यो। तिनीहरूले के पनि बुझेँ भने, परमेश्वरको धर्मी स्वभावले कुनै उल्लङ्घन सहँदैन—मण्डलीको काममा बाधा दिने दुष्कर्मीहरूलाई ढिलोचाँडो खुलासा गरेर अवश्य हटाइनेछ। दाजुभाइ-दिदीबहिनीहरूले त्यस्तो सङ्गति गरेको सुन्दा मलाई एकदमै खुसी लाग्यो।
यो अनुभवले मलाई के सिकायो भने, जब कुनै दुष्कर्मी मण्डलीमा देखा पर्छ, र मण्डलीको काममा बाधा र व्यवधान खडा गर्छ, तब अगुवा र सेवकहरूले यदि सत्यता अभ्यास गरेनन् र तिनीहरूलाई सिद्धान्तहरूअनुरूप सम्हालेनन्, बरु आफ्नै व्यक्तिगत चासोहरू रक्षा गर्दै बसे भने, त्यो सारगत रूपमा शैतानलाई मण्डलीको काममा नष्ट गर्न दिनु हो, त्यसको नोकर बनेर दुष्कर्म गर्नु र परमेश्वरको विरोध गर्नु हो। दुष्कर्मीहरूलाई मण्डलीबाट तुरुन्तै सफाइ गरेपछि, र दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता सिक्न र समझशक्ति प्राप्त गर्न अगुवाइ गरेपछि मात्रै, परमेश्वरको घरको कामको रक्षा गर्न र अगुवा वा सेवकको जिम्मेवारी पूरा गर्न सकिन्छ।