747 अय्यूबले कसरी परमेश्वरलाई आदर गर्न सके?
पद १
अय्यूबले परमेश्वरलाई कहिल्यै
देखेका वा उहाँको शिक्षा सुनेका थिएनन्,
तर उहाँलाई तिनी र तिनको हृदय ती मानिस भन्दा
धेरै मूल्यवान थिए जो केवल घमण्ड गर्न,
बलिदान चढाउने र गहन सिद्धान्तका कुरा मात्र गर्न सक्थे;
तिनीहरूसँग उहाँको साँचो ज्ञान थिएन,
उहाँको साँचो डर थिएन।
कोरस
अय्यूबले कसरी उहाँलाई आदर गर्न सके?
तिनको हृदय शुद्ध थियो, उहाँबाट लुकेको थिएन।
तिनको मानवत्व इमान्दार र दयालु थियो।
न्याय र सकारात्मक कुरालाई प्रेम गर्थे।
त्यस्तो मानिस मात्र उहाँको मार्ग पछ्याउन, डर मान्न,
दुष्टताबाट अलग बस्न सक्थ्यो।
यी अय्यूब थिए, अय्यूब थिए!
पद २
यस्तो मानिसले उहाँको सार्वभौमिकता,
अख्तियार र शक्ति देख्न सक्थ्यो।
तिनले उहाँको सार्वभौमिकता र प्रबन्धप्रति आज्ञापालन हासिल गर्न सके।
यस्तो मानिसले मात्र उहाँको साँच्चै प्रशंसा गर्न सक्थ्यो।
कारण तिनले परमेश्वरको आशिष् कहिल्यै खोजेनन्।
उहाँले तिनीमाथि विपत्ति ल्याउनुहुन्छ भनी कहिल्यै हेरेनन्।
पद ३
अय्यूब जान्दथे कि सबथोक उहाँकै हातले नियन्त्रित छन्
र मानिसले चिन्ता गर्नु भनेको मूर्खता,
अज्ञानता, तर्कहीनता र उहाँको
सार्वभौमिकता प्रति शङ्काको चिह्न हो।
उहाँलाई आदर नगरेको चिह्न हो यो।
अय्यूबको यो ज्ञान उहाँले चाहनुभएकै ज्ञान थियो।
कोरस
अय्यूबले कसरी उहाँलाई आदर गर्न सके?
तिनको हृदय शुद्ध थियो, उहाँबाट लुकेको थिएन।
तिनको मानवत्व इमान्दार र दयालु थियो।
न्याय र सकारात्मक कुरालाई प्रेम गर्थे।
त्यस्तो मानिस मात्र उहाँको मार्ग पछ्याउन, डर मान्न,
दुष्टताबाट अलग बस्न सक्थ्यो।
ब्रिज
अय्यूबले उहाँको काम अनुभव गर्न,
काम देख्न, वचन सुन्न पाएनन्।
उहाँप्रति तिनको मनोवृत्ति,
तिनको मानवत्व र पछ्याईको नतिजा थियो,
जुन आजका मानिसमा छैन। तसर्थ उहाँले
भन्नुभयो “पृथ्वीमा ऊ जस्तो, सिद्ध र सोझो कोही छैन।”
कोरस
अय्यूबले कसरी उहाँलाई आदर गर्न सके?
तिनको हृदय शुद्ध थियो, उहाँबाट लुकेको थिएन।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २” बाट परिमार्जित