971 मानिस परमेश्‍वरको सुरक्षा मुनि हुर्कन्छ

शुरुवात

शैतानले मानिसलाई भ्रष्ट तुल्याउँदा,

परमेश्‍वरले बेवास्ता गर्नुहुन्न।

ध्यान आकर्षित नगरी,

आवश्यक काम गर्नुहुन्छ।


पद १

उहाँले तिम्रो परिवार र

जन्मने मिति छान्नुहुन्छ।

तिमी संसारमा रुँदै आएको,

पहिलो शब्द बोलेको देख्नुहुन्छ,

तिमीले हिँड्न सिक्दा

लड्खडाउँदै पहिलो पाइला लिएको हेर्नुहुन्छ।


पद २

तिमी हुर्कदैँ जाँदा,

धेरै कुरा सामना गर्न सक्छौ;

केहि मन पराउनेछैनौ, जस्तै रोग र निराशा।

तर यो मार्ग हिँड्दै गर्दा,

तिम्रो जीवन उहाँको रेखदेखमा हुन्छ।

उहाँको नजरमा जिउनेछौ, हुर्कनेछौ, परिपक्क्व हुनेछौ।


कोरस १

उहाँको सबभन्दा महत्वपूर्ण कार्य

तिम्रो सुरक्षा सुनिश्चित गर्नु हो,

शैतानद्वारा निलिनेछैनौ

भनी सुनिश्चित गर्नु हो।

मानिसको जीवनको मार्गमा, सबले

खतरा र परिक्षा सामना गर्छन्,

कारण शैतान तिम्रो छेउमै छ,

तिमी शैतानको नजरमा छौ।


पद ३

जब विपत्तिले तिमीमाथि प्रहार गर्छन्,

जब शैतानको जालोमा फसेको हुन्छौ,

त्यसले आनन्द लिनेछ।

तर उहाँले मार्गदर्शन गर्नुहुन्छ,

मानिसको सुरक्षा, हर्ष र नियति नियन्त्रण गर्नुहुन्छ।


कोरस २

सबैलाई हातले डोर्याउनुहुन्छ,

हरक्षण सबैको हेरचाह गर्नुहुन्छ,

तिमीलाई छोड्नु नै भएको छैन।

मानिस यस्तो पृष्ठभूमीको साथ,

यस्तो वातावरणमा हुर्कन्छन्।

वास्तवमा मानिस उहाँकै हत्केलामा हुर्कन्छन्।


अन्त्य

उहाँका कार्यले मानिसलाई शान्ति, आनन्द दिन्छ;

ती उहाँ सामु जिउँछन्,

उहाँको मुक्ति सामान्य समझ साथ स्वीकार्छन्।

उहाँ विश्‍वासयोग्य, साँचो हुनुहुन्छ,

मानिसले जिवन र सबथोक सुम्पी,

विश्‍वास गर्नसक्ने एउटै परमेश्‍वर उहाँ नै हुनुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ६” बाट परिमार्जित

अघिल्लो: 968 परमेश्‍वरको स्वभाव पवित्र र त्रुटिरहित छ

अर्को: 972 परमेश्‍वरले मानिसको जीवनलाई निरन्तर मार्गदर्शन गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्