१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीन

विगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो भन्‍ने जस्तो लाग्थ्यो। परिणामस्वरूप, म धेरैजसो, नकारात्मक र निष्‍क्रिय स्थितिमा जिउँ। मैले आफूलाई कठिन लागेका कर्तव्यहरू अरूमाथि लाद्‍नको लागि प्रायजसो मेरो कमजोर क्षमतालाई बहानाको रूपमा प्रयोग गर्थेँ, र यसो गर्नु गलत होइन, मेरो क्षमता कमजोर भएकोले र मैले यो काम राम्ररी गर्न नसक्‍ने हुनाले, मैले अरूलाई काम गर्न लगाउँदा मैले मण्डलीको कामको बारेमा सोचिरहेकी हुन्छु भन्‍ने मलाई लाग्थ्यो। परमेश्‍वरका वचनहरू पढेर मात्र मैले काम-कुराहरूलाई मेरो आफ्नै अवधारणा र कल्पनाहरूबाट हेर्दो रहेछु भन्‍ने कुरा महसुस गर्दै मेरो यो गलत दृष्‍टिकोणलाई परिवर्तन गरेँ। मैले आफ्नै भ्रष्‍ट स्वभावको बारेमा पनि केही कुरा सिकेँ।

एक दिन, हाम्रो अगुवाले एक जना सिस्टरको सहायताको लागि चिठी लेख्‍न लगाउनुभयो। मसँग काम गर्ने सिस्टर अरू कुनै काममा व्यस्त हुनुहुन्थ्यो, त्यसैले उहाँले मलाई नै यो काम गर्न लगाउनुभयो। मैले तुरुन्त बहानाहरू बनाउन थालेँ: “मेरो क्षमता साह्रै कमजोर छ। म लेख्‍ने वा सम्पादन गर्ने काममा सिपालु छैन। तपाईंले नै गर्नुभयो भने राम्रो हुनेथियो।” त्यसरी मैले स्वतः कुनै पनि असजिलो काम आफ्नो सहकर्मीलाई दिइहाल्थेँ। पछि, उहाँले मलाई भन्‍नुभयो, “हामी भेट भएको दिनदेखि तपाईंले मलाई तपाईंको क्षमता राम्रो छैन भन्‍नुभएको सुनेकी छु। तर तपाईंसँग केही दिन बिताएपछि नै तपाईंले काममा रहेका केही समस्याहरूलाई पत्ता लगाउन सक्‍नुहुँदो रहेछ भन्‍ने मैले देखेँ। तपाईंको क्षमता त्यति कमजोर छ जस्तो मलाई लाग्दैन, तर जब-जब तपाईंले आफ्‍नो काममा कठिनाइको सामना गर्नुहुन्छ, तब-तब बेला तपाईंले सधैँ तपाईंसँग कमजोर क्षमता छ भनी भन्‍नुहुन्छ, र कहिलेकहीँ त तपाईंले आफ्नो कर्तव्य अरूमाथि लाद्‍ने काम समेत गर्नुहुन्छ। यसरी सधैँ नै तपाईंको क्षमता कमजोर छ भनेर भन्‍नुको पछाडि तपाईंको मनसाय के छ मलाई थाहा छैन—मलाई त लाग्छ तपाईंले वास्तवमा बहाना बनाइरहनुभएको छ!” उहाँले भन्‍नुभएको यो कुरा सुनेर म स्तब्ध बनेँ, तर मेरो हृदय विरोधले भरिएको थियो: “मैले मेरो क्षमता कमजोर छ भनी भन्दा मैले सत्य बोलेकी हुँ। तपाईंलाई तथ्यहरू थाहा छैन, र तपाईंले मलाई गलत बुझ्नुभएको छ।” पछि, किन मलाई सिस्टरले यसो भन्‍नुभयो भन्‍ने बारेमा मैले विचार गरेँ। मैले मेरो क्षमता कमजोर छ भनेर झूट बोलिरहेकी थिइनँ—यसमा मेरा मनसायहरू छन् भनेर उहाँले कसरी भन्‍न सक्नुभयो? मैले मेरो हृदयमा, यो कुरा पत्ता लगाउनै सकिनँ।

एक दिन, मेरा सहकर्मीहरूसँगको भेटघाटमा, मैले दाजुभाइ-दिदीबहिनीहरूलाई ममा भएको अन्योलको बारेमा बताएँ। मलाई मेरो क्षमता किन कमजोर छ जस्तो मलाई लाग्छ त्यसको बारेमा मैले एक-एक गर्दै कारणहरू दिएँ: उदाहरणको लागि, म असाध्यै ढिलो टाइपिङ गर्छु, मेरो लेख्‍ने शैली राम्रो छैन। हामीले लेख्‍ने काम गर्दा, टाइपिङ गर्ने काम र सम्पादनको काम धेरैजसो मेरो सहकर्मी सिस्टरले नै गर्नुहुन्थ्यो, र मण्डलीको काममा, उहाँले धेरै छिटो समस्याहरू पत्ता लगाउनुहुन्छ, जब कि म सुस्त छु, र यस्तै इत्यादि। मैले भनेको कुरा सुनिसकेपछि, हाम्रा अगुवा ब्रदर लीयुले भन्‍नुभयो, “सिस्टर, कसैको क्षमता राम्रो छ कि छैन भनेर हामीले यी कुराहरूको आधारमा नाप्छौं र? के यो सत्यतासँग मिल्छ? के यो परमेश्‍वरको इच्छासँग मिल्छ र? हामीलाई थाहा छ संसारका मानिसहरूले वरदानहरू र दिमागलाई धेरै मूल्यवान् ठान्छन्। जसले छिटो बुझ्न सक्छ, अभिव्यक्‍ति दिन सक्छ, र बाहिरी संसारका मामलाहरूलाई सम्‍हाल्‍न सिपालु हुन्छन् उनीहरूलाई नै राम्रो क्षमता भएका मानिसहरू ठानिन्छ, तर जो बोल्नमा ढिलो, अज्ञानी र अनपढ छन् उनीहरूलाई कमजोर क्षमता भएका मानिसहरू ठानिन्छ; अविश्‍वासीहरूले यसरी नै हेर्छन्। हामी परमेश्‍वरमा विश्‍वास गर्नेहरूले, परमेश्‍वरको वचनमा आधारित भएर हेर्नुपर्छ। के यस विषयमा हामीले परमेश्‍वरको इच्छा खोजेका छौं। कुनै पनि व्यक्तिको क्षमता राम्रो छ कि कमजोर छ भन्‍ने कुरालाई परमेश्‍वरले केको आधारमा नाप्‍नुहुन्छ? अनि राम्रो र नराम्रो क्षमता भनेको के हो?” मैले आफ्नो टाउको हल्लाइरहेकी थिएँ, अनि ब्रदर लीयुले सङ्गतिलाई जारी राख्‍नुभयो: “हामी परमेश्‍वरका वचनहरूको यो खण्ड पढौं: ‘हामीले मानिसहरूको क्षमतालाई कसरी मापन गर्छौँ? तिनीहरूले सत्यलाई कुन हदसम्म बुझ्छन् त्यसको आधारमा तिनीहरूको क्षमतालाई मापन गर्नु सबैभन्दा सही तरिका हो। केही मानिसहरू केही विशेषज्ञतालाई धेरै चाँडो सिक्छन्, तर जब तिनीहरूले सत्यता सुन्छन्, तिनीहरू अन्योलमा पर्छन् र उँघ्‍न थाल्छन्, यसले तिनीहरूलाई असमञ्जसमा पार्छ, तिनीहरूले सुनेको कुनै पनि कुरा सम्झँदैनन्, न त आफूले सुनेका कुरा नै तिनीहरूले बुझ्‍छन्—कमजोर क्षमता भनेको यही हो। केही मानिसहरूलाई यदि तैँले तिनीहरू कमजोर क्षमताका छन् भनेर भनिस् भने तिनीहरू असहमत हुन्छन्। तिनीहरूले आफू उच्च शिक्षित हुनु र जानकार हुनुको अर्थ असल क्षमताका हुनु हो भन्‍ने सोच्छन्। के असल शिक्षाले उच्च क्षमताको प्रदर्शन गर्छ त? यसले गर्दैन। तिनीहरूले कुन हदसम्म परमेश्‍वरको वचन र सत्यलाई बुझ्‍नन् भन्‍ने कुराको आधारमा मानिसहरूको क्षमता नापिन्छ। यो नै क्षमता नाप्ने सबैभन्दा स्तरीय, सबैभन्दा सही तरिका हो। अन्य कुनै माध्यमबाट कसैको क्षमता मापन गर्ने प्रयास गर्नुको केही फाइदा छैन। केही मानिसहरू सुभाषी र प्रखरबुद्धिका हुन्छन् र तिनीहरू अरूसँग राम्रो सम्बन्ध कायम राख्‍नमा साँच्‍चै सिपालु हुन्छन्—तर जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन् र प्रवचन सुन्छन्, तिनीहरूके केही पनि बुझ्दैनन्। जब तिनीहरूले आफ्ना अनुभव र गवाही बाँड्छन्, तिनीहरूले आफैँलाई केवल सिकारुको रूपमा प्रकट गर्छन्, र तिनीहरूसँग आत्मिक बुझाइ छैन भन्‍ने कुरा सबैले महसुस गर्न सक्छन्। यिनीहरू राम्रो क्षमता भएका मानिसहरू होइनन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो कर्तव्यलाई उचित तरिकाले पूरा गर्नको निम्ति सत्य बुझ्‍नु महत्त्वपूर्ण हुन्छ”)। परमेश्‍वरका यी वचनहरूबाट हामी के देख्‍छौं भने, कसैको क्षमता राम्रो छ कि कमजोर छ भन्‍ने कुरा परमेश्‍वरका वचनहरू बुझ्ने उसको क्षमतामा भर पर्छ। अविश्‍वासीहरूले कुनै व्यक्तिको क्षमता राम्रो छ वा ऊ वरदानप्राप्त र बाठो छ भनेर भन्‍दा यो अर्थमा भनेका हुँदैनन्। राम्रो क्षमता भएका मानिसहरूले परमेश्‍वरको वचन पढिसकेपछि परमेश्‍वरको इच्छा बुझ्छन्, तिनीहरूले अभ्यास गर्ने मार्ग भेट्टाउँछन् र तिनीहरू सत्यतामा प्रवेश गर्छन्, र परमेश्‍वरले भन्‍नुभएअनुसार अभ्यास गर्न सक्छन्। अर्कोतर्फ, कतिपय मानिसहरू बाठा देखिन्छन् र बाहिरी संसारका मामलाहरू सम्‍हाल्‍न सिपालु हुन्छन्—तर परमेश्‍वरका वचनहरूको सत्यताको सामना गर्ने बित्तिकै तिनीहरू तुरुन्तै अलमल्लमा पर्छन्। यस्ता मानिसहरूलाई राम्रो क्षमता भएका मानिसहरू भन्‍न सकिँदैन। यो कुरा कतिपय ज्ञानी, शिक्षित मानिसहरू कसरी बाहिरबाट वरदानप्राप्त र दिमाग भएको देखिन्छन्, तर परमेश्‍वरका वचनहरूको सत्यतालाई बुझ्न सक्‍दैनन् भन्‍ने जस्तै हो। तिनीहरूमध्ये कतिपयमा त अनौठो दृष्‍टिकोण समेत हुन्छन्। त्यसकारण धेरै पढेलेखेका, छिटो कुरा बुझ्ने, र सक्षम हुनु राम्रो क्षमता हुनुलाई जनाउँदैन, न त यी कसैको क्षमता नाप लिने मापदण्डहरू नै हुन्। मुख्य कुरा भनेको, मानिसहरूले आत्माको कुरा बुझ्छन् कि बुझ्दैनन्, तिनीहरूले सत्यतालाई बुझ्न सक्छन् कि सक्दैनन् भन्‍ने नै हो। कुनै व्यक्‍तिको क्षमता राम्रो छ कि छैन भनेर नाप्‍नको लागि हामी आफ्नो अवधारणा र कल्पनाहरूमा भर पर्नु हुँदैन!” यो सुनेर, मैले अचानक ज्योति देखेँ: मेरो विश्‍वास मेरा अवधारणाहरू र कल्पनाहरू बाहेक केही पनि होइन रहेछ—त्यो सत्यताअनुरूप छैन रहेछ भन्‍ने कुरा स्पष्ट भयो।

त्यसपछि, एक जना सिस्टरले परमेश्‍वरका वचनहरूबाट दुई वटा खण्ड भेट्टाउनुभयो र मलाई पढ्न लगाउनुभयो। परमेश्‍वरका वचनहरूले भन्छ: “परमेश्‍वरले मानिसहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा उनीहरूको उमेर कति हो, उनीहरू कस्तो वातावरणमा जन्मिए वा उनीहरू कति प्रतिभाशाली छन् भन्ने कुरामा भर पर्दैन। बरु, उहाँले मानिसहरूसँग सत्यताप्रतिको उनीहरूको मनोवृत्तिको आधारमा व्यवहार गर्नुहुन्छ, र यो मनोवृत्ति उनीहरूका स्वभावहरूसँग सम्बन्धित हुन्छ। यदि तँसँग सत्यताको बारेमा सही, स्वीकार र नम्रताको मनोवृत्ति छ भने, यदि तँ कम क्षमताको नै छस् भने पनि परमेश्‍वरले अझै पनि तँलाई अन्तर्ज्ञान दिनुहुनेछ र तँलाई केही प्राप्त गर्न दिनुहुनेछ। यदि तँ राम्रो क्षमताको छस्, तर सधैं अहङ्कारी हुन्छस्, आफू सही छु भनी निरन्तर सोचिरहन्छस्, र अरू कसैले भनेको कुनै पनि कुरालाई स्वीकार गर्न इच्छुक हुँदैनस् र सधैं त्यसको विरोध गरिरहन्छस् भने, परमेश्‍वरले तँभित्र काम गर्नुहुनेछैन। उहाँले यो व्यक्तिको स्वभाव नराम्रो छ र त्यो कुनै पनि कुरा प्राप्त गर्न लायकको छैन भन्‍नुहुनेछ, र कुनै बेला तँसँग भएका कुराहरू पनि उहाँले खोस्‍नुहुनेछ। यसैलाई खुलासा हुनु भनेर भनिन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गरेर मात्र व्यक्तिले सामान्य मानवता धारण गर्न सक्छ”)। “जब व्यक्ति गम्भीर, जिम्‍मेवार, समर्पित, र मेहनती व्यक्ति बन्‍न सक्छ, तब उचित तरिकाले काम पूरा हुनेछ। कहिलेकहीँ, तँसँग त्यस्तो हृदय हुँदैन, र तैँले दिनको उज्यालोजस्तो स्पष्ट रूपमा समस्या पत्ता लगाउन वा भेट्टाउन सक्दैनस्। यदि व्यक्तिसँग त्यस्तो हृदय हुन्थ्यो भने, पवित्र आत्‍माको प्रोत्साहन र अगुवाइद्वारा, तिनीहरूले समस्या पहिचान गर्न सक्नेथिए। यदि पवित्र आत्‍माले तँलाई अगुवाइ गर्नुभयो र कुनै न कुनै गल्ती भएको छ भन्‍ने भाव दिँदै तँलाई चेतना दिनुभयो, तैपनि तँसँग त्यस्तो हृदय छैन भने, तैँले अझै पनि समस्यालाई पहिचान गर्न सक्दैनस्। त्यसो भए, यसले के देखाउँछ त? यसले के देखाउँछ भने मानिसहरूले सहकार्य गर्नु अत्यन्तै महत्त्वपूर्ण छ; तिनीहरूको हृदय अत्यन्तै महत्त्वपूर्ण छ, र तिनीहरूले आफ्‍ना विचार र अभिप्रायहरू कता लगाउँछन् त्यो अत्यन्तै महत्त्वपूर्ण छ। मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा आफ्‍नो हृदयमा के राख्छन्, र तिनीहरूले कति शक्ति लगाउँछन् सो परमेश्‍वरले छानबिन गर्नुहुन्छ र देख्‍न सक्‍नुहुन्छ। मानिसहरूले आफूले गर्ने कार्यमा तिनीहरूको सारा हृदय र शक्ति लगाउनु निकै महत्त्वपूर्ण छ। सहकार्य पनि निकै महत्त्वपूर्ण तत्व हो। यदि मानिसहरूले आफूले पूरा गरेका कर्तव्यहरू र आफूले गरेका कुराहरूमा कुनै पछुतो नगर्ने, र परमेश्‍वरको निम्ति ऋणी नबन्‍ने प्रयास गरे भने मात्रै, तिनीहरूले आफ्‍नो सम्पूर्ण हृदय र शक्तिले काम गरिरहेका हुन्छन्(परमेश्‍वरको सङ्गति)। मैले परमेश्‍वरका वचनहरू पढिसकेपछि, सिस्टरले भन्‍नुभयो, “हामीले हाम्रो कर्तव्य पूरा गर्दा हाम्रो आचरण कस्तो छ त्यो नै महत्वपूर्ण कुरा हो। यदि हामीले हाम्रो कर्तव्य पूरा गर्दा हाम्रो मानसिकता ठीक छ, हामीले हाम्रो सम्पूर्ण हृदय र शक्ति लगाउन सक्छौं भने, परमेश्‍वरले देख्‍नुहुन्छ, र कर्तव्यप्रतिको हाम्रो आचरणाअनुसार हामीलाई व्यवहार गर्नुहुन्छ। हामीमा कमजोर क्षमता भए पनि, परमेश्‍वरले हामीलाई प्रकाश दिनुहुनेछ र अगुवाइ गर्नुहुनेछ। यदि हामी राम्रो क्षमताका छौं, तर हाम्रो मानसिकता सही छैन, र हामी मूल्य चुकाउन अनि परमेश्‍वरसँग सहकार्य गर्न तयार छैनौं, वा यदि हामी घमण्डी छौँ र आफैमा निहित हुन्छौं, वा ख्याति र सम्पत्तिको लागि मात्र काम गर्छौं भने, हामीले हाम्रो कर्तव्य ठीकसँग नगर्ने मात्र होइन तर हामी परमेश्‍वरद्वारा इन्कार गरिनेछौं। यो नै परमेश्‍वरको धार्मिकता हो। यदि हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरको वचनहरूद्वारा हेर्‍यौं भने, कसैको क्षमता साधारण हुन्छ तर उनीहरूको कर्तव्य पूरा गर्ने धारणा सही हुन्छ; समस्याको सामना गर्नु पर्दा, उनीहरूले त्यसको सत्यतालाई खोज्ने जिम्मा आफै लिन्छन्, र सिद्धान्तहरूमा प्रवेश गर्नेतिर ध्यान केन्द्रित गर्छन्, र उनीहरू आफ्नो कर्तव्य पूरा गर्ने काममा बढ्दोरूपमा प्रभावकारी बन्दैजान्छन्। त्यसै गरी यस्ता दाजुभाइ-दिदीबहिनीहरू पनि हुन्छन् जसलाई हेर्दा एकदम क्षमतावान् जस्ता देखिन्छन्, र जसले परमेश्‍वरका वचनहरूलाई विशुद्ध रूपमा बुझेका हुन्छन्, तर आफ्नो कर्तव्य पूरा गर्दा सानो सफलता पाएको बेला परमेश्‍वरको महिमा आफैले लिने घमण्डी, आत्मसन्तुष्ट, अरूको सल्लाह नमान्‍ने खालका हुन्छन्। उनीहरूले हरेक मौकामा आफूलाई राम्रो देखाउँछन्, फाइदा र ख्यातिको लागि संघर्ष गरिरहन्छन्। कतिले मण्डलीको काममा बाधा पुर्‍याउँछन् र उनीहरूको कर्तव्य गर्ने योग्यतालाई खोसिन्छ; कति त धेरै दुष्‍ट कामहरू गरेर ख्रीष्‍टविरोधी बन्‍न पुग्छन् र तिनीहरूलाई मण्डलीबाट निकालिन्छ। कुनै पनि व्यक्तिको क्षमता राम्रो भएको वा नभएको कारण उसले परमेश्‍वरद्वारा प्रशंसा पाउने वा नपाउने हुँदैन भन्‍ने कुरा यी तथ्यहरूले हामीलाई देखाउँछन्; मुख्य कुरा त उनीहरूले आफ्नो सम्पूर्ण हृदयले र मनले सत्यतालाई पछ्याउँदै आफ्ना कर्तव्यहरू पूरा गर्छन् कि गर्दैनन् भन्‍ने कुरा नै हो।”

त्यसपछि, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो अवधारणा र कल्पनाअनुसार आफैलाई परिभाषा गर्दा हुने खतराहरू र परिणामहरूको बारेमा आ-आफ्नो अनुभवहरू बाँड्न थाले। त्यसबेला मात्र मैले थाहा पाएँ कि सत्यता नबुझेकीले म कति मूर्ख बनेकी रहेछु; मैले सत्यतालाई खोजेकी छैन रहेछु, र आफैलाई क्षमता नभएकी भनेर आफ्नै धारणा र कल्पनामा बाँचेकी रहेछु, यहाँसम्‍म कि मैले त अलिकति गाह्रो कर्तव्य आयो भने तुरुन्त त्यो अरूलाई दिइहाल्‍ने गर्थेँ। मैले आफैलाई सुधार्ने प्रयास गरिनँ, र मैले परमेश्‍वरमा पनि भरोसा राखिनँ वा यी बाधाहरूलाई तोड्न कहिल्यै पनि मूल्य चुकाइन, यसले मलाई मैले गर्न सक्ने कर्तव्यहरू पूरा गर्न पनि असक्षम बनायो। म वास्तविक तालिम लिन, वा सत्यतामा र जीवनमा बढ्न नसक्‍ने मात्र भइन, तर यसले त मेरो कर्तव्यमा हुनुपर्ने प्रभावकारितालाई नै असर पार्‍यो। मसँग काम गर्नुहुने सिस्टरले कति छिटो समस्या पत्ता लगाउनुहुन्छ भन्‍ने बारेमा मैले विचार गर्थेँ। यो उहाँमा भएको क्षमतासँग जोडिएको भए तापनि, अझ महत्वपूर्ण कुरा, उहाँको आफ्नो कर्तव्यप्रति भएको सचेतना र जिम्मेवार आचरणको कारण उहाँ परमेश्‍वरमा भर पर्न सक्नुहुन्थ्यो र कठिनाइहरू आइपर्दा तिनको सामना सीधै गर्न सक्नुहुन्थ्यो। त्यसपछि मात्र उहाँले पवित्र आत्माको अन्तर्दृष्टि रो ज्योति पाउनुहुन्थ्यो। अर्कोतिर म भने समस्याको सामना गर्दा त्यसबाट भाग्न खोज्थें, र आफैलाई समस्याबाट उम्काउनको लागि कमजोर क्षमताको बहाना प्रयोग गर्थेँ। म परमेश्‍वरमा भर पर्दिनथिएँ र प्रासंगिक सत्यताको खोजी गरेर समस्याको समाधान गर्ने काम आफै गर्दिनथिएँ, जसको अर्थ मैले पवित्र आत्माको काम पाउन सक्दिनथिएँ। यसबाट, मैले परमेश्‍वर सबैप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ भन्‍ने देखेँ। सङ्गतिद्वारा मैले, यो पनि थाहा पाएँ कि परमेश्‍वरले हामीलाई हामीले जति सक्छौं त्यसको आधारमा हामीसँग माग्नुहुन्छ। उहाँले हामीलाई “गर्न नसक्ने काम गर्न कर गर्नुहुन्‍न।” मैले आफै सहि काम गर्नुपर्छ; मैले मेरो क्षमतामा ध्यान केन्द्रित गर्नुको सट्टा, मैले मेरो कर्तव्य पूरा गर्नको लागि मेरो सम्पूर्ण शक्ति लगाउनमा ध्यान केन्‍द्रित गर्नुपर्छ। मैले सत्यताका सिद्धान्तहरू खोज्नु र ध्यान दिनु पर्छ, अरूको बलियो पक्षहरूबाट सिक्नुपर्छ, अरूको सल्लाह सुन्‍नुपर्छ, र मैले जे अभ्यास गर्छु त्यसमा यसलाई लागू गर्नुपर्छ—र समय बित्दै जाँदा, मैले अवश्य नै फाइदा लिने र म वृद्धि हुनेथिएँ।

त्यसपछि, सिस्टरले मलाई गर्नुभएको आलोचना कानमा गुञ्‍जियो: “तपाईंले सधैँ मेरो क्षमता कमजोर छ भन्दा तपाईंको मनसाय के हुन्छ मलाई थाहा छैन।” उहाँले सही भन्‍नुभएको थियो—म सधैँ एकदम छिटो मेरो क्षमता कमजोर छ भनेर भन्‍ने गर्थेँ। मलाई कुन मनसाय र भ्रष्‍ट स्वभावले गोप्य रूपमा नियन्त्रण गरिरहेको थियो?

एक दिन मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तँ सहि व्यक्ति होस् कि होइनस् सो देख्‍नको लागि तैँले आफैलाई होसियारीको साथ जाँच गर्नुपर्छ। के मलाई मनमा राखेर तेरा उद्देश्यहरू र अभिप्रायहरू बनाएका छस्? के तेरा हरेक वचन र कार्यहरू मेरो उपस्थितिमा भनिन्छन् र गरिन्छन्? म तेरा सारा सोचाइ र विचारहरूलाई जाँच्छु। के तँ दोषी अनुभूति गर्दैनस्? अरूलाई देखाउनको लागि तैँले गलत आवरण धारण गर्छस् र तँ चुपचाप आत्म-धार्मिकताको भावलाई धारण गर्छस्; तैँले आफैलाई रक्षा गर्नको लागि यसो गर्छस्। तँ तेरो दुष्टतालाई ढाक-छोप गर्न यसो गर्छस्, र तँ त्यो दुष्टतालाई अरूमा लाद्‍नको लागि उपायहरू समेत सोच्छस्। तेरो हृदयमा के षड्यन्त्रले बास गर्छ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरका यी वचनहरू पढिसकेपछि, मैले आफ्‍नै बारेमा मनन गर्न थालेँ: मैले कहिले पनि नगरेको कर्तव्य गर्नु पर्दा, मैले सुरुमा दाजुभाइ-दिदीबहिनीहरूलाई भन्‍ने कुरा भनेको मेरो क्षमता कमजोर छ भन्‍ने नै हुन्थ्यो, किनकि मैले त्यो कर्तव्य राम्रोसँग गरिनँ भने उनीहरूले मलाई नराम्रो ठान्‍छन् भन्‍ने मलाई डर लाग्थ्यो। मैले आफ्नो ख्याति र हैसियतको लागि यस्तो गर्थेँ। यसको खास कारण थियो भने, यदि मैले नराम्रो गरेँ भने यो मेरो गल्ती होइन; मैले सके जति नगरेको होइन तर यो मेरो क्षमताभन्दा बाहिरको कुरा थियो भनेर भन्‍न पाउथें। मेरो पूरा कर्तव्य गर्ने क्रममा मैले कठिनाइको सामना गर्दा, म त्यसको सामना गरेर कष्‍ट भोग्न वा मूल्य चुकाउन तयार हुँदिनथिएँ। म जिम्‍मेवारीसँग डराउथें। त्यसकारण मैले आफ्नो कर्तव्य अरूमा हालिदिनको लागि, उनीहरूलाई म विवेकी र आफ्नो बारेमा सचेत छु भन्‍ने लगोस् भनेर मैले मेरो कमजोर क्षमतालाई बहानाको रूपमा प्रयोग गर्थेँ। हरेक पटक कठिनाइको सामना गर्नु पर्दा, मूल्य चुकाउनु पर्दा वा कुनै जिम्मेवारी बहन गर्नु पर्दा, म पछि हट्थें। खाममा, म यस्ता शैतानी अन्तरव्यक्‍तिगत दर्शनद्वारा बाँचिरहेकी थिएँ, “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्।” यो निकै बाठो कुरा जस्तो देखिन्थ्यो—आफ्नै छली माध्यम प्रयोग गरेर आफ्नो जिम्मेवारीबाट तर्किनु—तर वास्तविकतामा मैले सत्यता खोज्ने र बुझ्ने धेरै मौकाहरू गुमाएकी थिएँ। खासमा परमेश्‍वरले हामी प्रत्येकलाई दिनुहुने क्षमता त्यो उद्देश्‍यको लागि काफी हुन्छ; यद्यपि मैले पवित्र आत्माको काम प्राप्‍त गर्न सकूँ र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सकूँ भनेर मैले आफूले हासिल गर्न सक्ने आधारमा मेरो सम्पूर्ण हृदय र ऊर्जा लगाएकी थिइनँ; तर मैले यसको सट्टामा सधैँ नै सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई छल गर्न र ठग्नको लागि बहाना बनाउन मेरो कमजोर क्षमताको प्रयोग गर्थेँ। के यो एकदम दुष्‍ट र धूर्त होइन र? अनि यसरी मैले कसरी परमेश्‍वरको अगुवाइ पाउन सक्थेँ र?

परमेश्‍वरका वचनहरूले भन्छ, “‘मेरो योग्यता कम भए पनि, मसँग इमानदार हृदय छ।’ जब अधिकांश मानिसहरूले यो पङ्क्ति सुन्छन्, उनीहरूले राम्रो महसुस गर्छन्, होइन र? यस विषयले परमेश्‍वरले मानिसको लागि तय गर्नुभएका मापदण्डहरू सम्मिलित गर्छ। के-कस्ता मापदण्डहरू? यदि मानिसहरूमा योग्यताको कमी छ भने, त्यो संसारको अन्त्य होइन, तर उनीहरूमा इमानदार हृदय हुनुपर्छ र त्यसरी, उनीहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सक्छन्। तेरो परिस्थिति जस्तोसुकै भए पनि, तँ इमानदार व्यक्ति हुनुपर्छ, इमानदारीसाथ बोल्नुपर्छ, इमानदारीसाथ व्यवहार गर्नुपर्छ, तेरो सम्पूर्ण मनमस्तिष्कले आफ्नो कर्तव्य पूरा गर्न सक्‍नुपर्छ, र तँ विश्‍वासयोग्य हुनुपर्छ, र तँ आफ्नो कामबाट तर्किनुहुँदैन, धूर्त वा छली, चलाक हुनुहुँदैन, चलाकीद्वारा अरूबाट फाइदा उठाउनुहुँदैन वा घुमाएर कुरा गर्नुहुँदैन; तँ त्यस्तो व्यक्ति बन्‍नुपर्छ, जसले सत्यतलाई प्रेम गर्छ, र जो सत्यताको पछि लाग्छ। … तँ भन्छस्, ‘मेरो योग्यता कम छ, तर म हृदयमा इमानदार छु।’ तापनि जब तँमाथि कुनै काम-कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा यदि आफूले त्यो काम राम्रोसँगले पूरा नसके त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, यसकारण तँ त्यसबाट तर्किने बहानाहरू बनाउँछस् र त्यो गर्न अरूलाई सिफारिस गर्छस्। के यो एक इमानदार व्यक्तिको अभिव्यक्ति हो त? स्पष्ट रूपमै, यो होइन। त्यसो भए, एक इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? उनीहरूले स्वीकार र आज्ञापालन गर्नुपर्छ, र त्यसपछि परमेश्‍वरको इच्छा पूरा गर्नलाई आफ्ना कर्तव्यहरू आफ्नो क्षमताले भ्याएसम्म राम्ररी गर्नका निम्ति पूर्ण रूपमा समर्पित हुनुपर्छ। यो कुरा विभिन्न तरिकाले प्रकट गरिन्छ। एउटा तरिका के हो भने, तैँले इमानदारीसाथ आफ्नो कर्तव्यलाई स्वीकार गर्नुपर्छ, अरू कुनै कुराको बारेमा सोच्नु हुँदैन, र त्यसको बारेमा आधा हृदयको हुनु हुँदैन। तेरो आफ्नै फाइदा हुने गुप्त योजना नबना। यो इमानदारीको प्रकट रूप हो। अर्को तरिकाचाहिं तेरा सबै शक्ति र हृदय त्यसमा लगाउनु हो। तँ भन्छस्, ‘मैले गर्न सक्‍ने सबै कुरा यही हो; म सबै कुरा लगाउनेछु, र यसलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पण गर्छु।’ के यो इमानदारीको प्रकट रूप होइन र? तैँले आफूसित भएका सबै थोकहरू र आफूले गर्न सक्‍ने सबै कुराहरू समर्पण गर्छस्—यो इमानदारीको प्रकट रूप हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरू इमानदार भएर मात्र साँचो रूपमा खुसी हुन सक्छन्”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यास गर्ने बाटो दियो: मानिसको क्षमता राम्रो छ कि कमजोर छ भन्‍ने कुरालाई परमेश्‍वरले वास्ता गर्नुहुन्‍न; मुख्य कुरा त तिनीहरूसँग इमानदार हृदय छ कि छैन, तिनीहरूले सत्यतालाई स्वीकार गरेर अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्‍ने नै हो। मेरो क्षमता राम्रो नभए पनि, र सत्यताका कुराहरू बुझ्नमा म अलि ढिलो भए तापनि, र कहिले-कहिले धर्मसिद्धान्तलाई पछ्याए पनि, यदि मेरो हृदय इमानदार छ भने, र आफ्नो कर्तव्य पूरा गर्दा भ्रष्‍ट स्वभावलाई ठीक पार्न लगातार सत्यताको पछि लाग्छु भने, यदि परमेश्‍वरले भन्‍नुभएको काम गर्न म सकेसम्म प्रयास गर्छु भने, मैले परमेश्‍वरको मार्गदर्शन र आशिष पाउँछु, र विस्तारै सत्यता बुझ्न सक्छु। सत्यतामा प्रवेश गरेपछि म मेरो क्षमतासँग सम्‍बन्धी कमजोरीहरूलाई जित्‍न सक्‍नेछु, र मैले कुनै पनि कुराहरू अझ राम्ररी देख्‍न र बुझ्न सक्छु। परमेश्‍वरको इच्छा बुझेपछि, म मेरो कर्तव्य राम्ररी पूरा गर्नको लागि म परमेश्‍वरमा भर पर्न थालेँ। म नदेखिएका कुराहरू, नबुझेको कुरा अरूमा लाद्‍न मात्र छोडिन, तर मैले आफैले खोजी गर्ने र तिनमा काम गर्ने प्रयास गर्न थालेँ। परमेश्‍वरलाई धन्‍यवाद होस्! जब मैले परमेश्‍वरले भन्‍नुभएको जस्तै अभ्यास गरेँ, मैले पनि मेरा कर्तव्यका समस्याहरूलाई देख्‍न थालेँ—र कति पटक मेरो लागि तुलनात्मक रूपमा जटिल समस्याहरू अस्पष्ट रहे पनि, दाजुभाइ-दिदीबहिनीहरूसँग सत्यताका सिद्धान्तहरूको खोजी गरेर, ती क्रमिक रूपमा मेरो लागि स्पष्ट हुन थाले, र मैले कर्तव्य पूरा गर्दै गर्दा मलाई हलका र स्वतन्त्र भएको महसुस भयो।

परमेश्‍वरले मेरो लागि बन्दोबस्त गरिदिनुभएको वातावरणको कारण, मैले मेरा केही भ्रष्‍टता र कमजोरीहरूलाई बुझ्न सकेँ, र कसरी मेरो क्षमतासँग सम्‍बन्धी समस्याहरूको सामना गर्ने भन्‍ने बारेमा सचेत बन्‍न सकेँ। विगतमा कर्तव्य पूरा गर्दा, मैले सत्यतालाई खोजी गर्दिनथिएँ, वा मेरो भ्रष्‍ट स्वभावको समाधान गर्ने प्रयास गर्दिनथिएँ। मैले सधैँ मेरो अवधारणा र कल्पनाहरूद्वारा सबै कुराहरू हेर्थें जसले गर्दा म सधैँ आफ्‍नो बारेमा व्याख्या गर्ने, र मेरो क्षमता कमजोर छ भनेर उम्कन खोज्‍ने तुल्यायो। मेरो कर्तव्यको प्रस्तुति झारा टारुवा कामले भरिएको हुन्थ्यो, मैले मण्डलीको काममा बाधा पुर्‍याएकी थिएँ, र मेरो आफ्‍नै जीवनमा घाटा बेहोरेँ। अब मैले सबैको क्षमता परमेश्‍वरले पहिलेबाट नै राखिदिनुभएको हुन्छ र यो परमेश्‍वरको महिमित उद्देश्‍यको एउटा भाग हो भन्‍ने बुझेँ। मेरो क्षमता राम्रो वा नराम्रो भएको कुरामा सीमित हुनु हुँदैन। भविष्‍यमा, म सबै कुरामा सत्यताको खोजी गर्ने, सद्धान्तअनुसार हिँड्ने, र परमेश्‍वरलाई सन्तुष्‍ट पार्ने प्रयास गर्नेछु।

अघिल्लो: १६. मौनताको पछाडि

अर्को: १८. मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्