849 सिद्ध पारिएकाहरूलाई परमेश्‍वरका प्रतिज्ञाहरू

पद १

परमेश्‍वरका आशिष् र उत्तराधिकार

उहाँले सिद्ध पार्नुहुनेहरूले पाउनेछन्।

उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छः स्वीकार्छन्

र त्यही तिनीहरू भित्र जे छ, त्यो बन्छ।

उहाँका वचन तिनीहरू भित्र काम गरिएका छन्,

ताकि उहाँ जे हुनुहुन्छ,

जस्ताको तस्तै भित्र लिन सकून्,

र यसको कारण सत्यता जिउन सकून्।


पूर्व कोरस १

यस्तो व्यक्ति उहाँद्वारा सिद्ध पारिएको हुन्छ,

यस्तो व्यक्ति उहाँद्वारा लिइएको हुन्छ।


कोरस

केवल सिद्ध पारिएकाहरू मात्र

उहाँद्वारा दिइएका आशिष् पाउन योग्य छन्।

केवल सिद्ध पारिएकाहरू मात्र

उहाँद्वारा दिइएका आशिष् पाउन योग्य छन्।

सब आशिष् पाउन योग्य छन्,

सब आशिष् पाउन योग्य छन्।


पद २

उहाँको सम्पूर्ण प्रेम पाउनेछन्

र सबथोकमा उहाँको इच्छाअनुसारको काम गर्न सक्छन्।

उहाँको मार्गदर्शन पाउनेछन्,

उहाँको ज्योतिमा जिउनेछन्, अन्तर्दृष्टि पाउनेछन्,

उहाँले प्रेम गर्नुहुने स्वरूप जिउनेछन्,

क्रूसमा टाँगिएको पत्रुसले झैँ उहाँलाई प्रेम गर्नेछन्,

प्रेम चुक्ता गर्न मर्न योग्य हुनेछन्,

पत्रुसले झैँ महिमा पाउनेछन्।


पूर्व कोरस २

तिनलाई पृथ्वीमा सबले प्रेम, सम्मान गर्नेछन्।

हो, पृथ्वीमा सबले तिनलाई प्रशंसा गर्नेछन्।


कोरस

केवल सिद्ध पारिएकाहरू मात्र

उहाँद्वारा दिइएका आशिष् पाउन योग्य छन्।

केवल सिद्ध पारिएकाहरू मात्र

उहाँद्वारा दिइएका आशिष् पाउन योग्य छन्।


पद ३

तिनले मृत्युको बन्धनलाई जित्नेछन्,

शैतानलाई काम पूरा गर्ने मौका दिनेछैनन्।

पूरै समय उहाँको अधीनमा हुनेछन्,

ताजा र जीवन्त आत्मामा जिउनेछन्,

शब्द भन्दा बाहिरको उत्साह सहित,

मानौँ तिनले उहाँको महिमाको दिन देखेका छन्।

उहाँसँगै महिमा जित्नेछन् र तिनका

रूप उहाँका प्रिय सन्त झैँ हुनेछन्।


ब्रिज

पृथ्वीमा उहाँले प्रेम गर्नुहुने बन्नेछन्।

उहाँका प्रिय पुत्र बन्नेछन्।

स्वरूप बदली, देह पार गर्दै उहाँसँगै

तेस्रो स्वर्गमा आरोहण गर्नेछन्।


कोरस

केवल सिद्ध पारिएकाहरू मात्र

उहाँद्वारा दिइएका आशिष् पाउन योग्य छन्।

केवल सिद्ध पारिएकाहरू मात्र

उहाँद्वारा दिइएका आशिष् पाउन योग्य छन्,

सब आशिष् पाउन योग्य छन्,

सब आशिष् पाउन योग्य छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सिद्ध पारिएकाहरूका निम्ति दिइएका प्रतिज्ञाहरू” बाट परिमार्जित

अघिल्लो: 844 तिमी पत्रुसको मार्गमा हिँड्यौ भने मात्र परमेश्‍वरले तिमीलाई सिद्ध पार्नुहुनेछ

अर्को: 850 परमेश्‍वरको वास्तविकता र प्रेमिलो स्वभाव

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्