175 देहधारी परमेश्‍वरले मात्र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ

पद १

देहधारी परमेश्‍वर देहमा आउनुको एउटै

कारण भ्रष्ट मानवका आवश्यकता हो।

मुक्ति दिइनेलाई, आत्माको मूल्य

देहधारी परमेश्‍वरको भन्दा निकै कम हुन्छ।

देहधारी परमेश्‍वरले मात्र उसलाई मुक्ति दिनुहुन्छ।


पद २

आत्माको कामले ब्रह्माण्ड, सारा पहाड,

समुद्र, नदी र तलाउ समावेश गर्न सक्छ।

देहको काम उहाँ संलग्न हुनुभएको हरेक व्यक्तिसँग

अझ प्रभावकारी रूपमा सम्बन्धित हुन्छ।

देहधारी परमेश्‍वरले मात्र उसलाई मुक्ति दिनुहुन्छ।


पद ३

अनि उहाँको देहको मूर्तरूपलाई मानवले

झन् राम्ररी बुझ्न, विश्‍वास गर्न सक्छ।

उसको परमेश्‍वरबारे ज्ञान अझ गहन बनाई

आफ्नो कार्यको प्रगाढ छाप छोड्नुहुन्छ।


कोरस १

देहधारी परमेश्‍वरले मात्र उसलाई मुक्ति दिनुहुन्छ।

देहधारी परमेश्‍वरले मात्र उसलाई मुक्ति दिनुहुन्छ,

उसको पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिनुहुन्छ।

देहधारी परमेश्‍वरले उसलाई मुक्ति ल्याउनुहुनेछ।


पद ४

आत्माको काम रहस्यमय छ,

मानवलाई त्यो बुझ्न गाह्रो छ,

त्यसैले खोक्रा कल्पनामा मात्र भर पर्छन्।

तर देहको काम सामान्य र

वास्तविक छ, यसमा प्रशस्त बुद्धि छ।


पद ५

यो मानवको भौतिक आँखाले देखिने तथ्य हो,

उहाँको बुद्धि व्यक्तिगत रूपमा अनुभव गर्न सकिन्छ।

मानवले कल्पनाको प्रयोग गर्नै पर्दैन।

उहाँको देहको कामको सटीकता, मूल्य यही हो।


कोरस २

देहधारी परमेश्‍वरले मात्र उसलाई मुक्ति दिनुहुन्छ।

देहधारी परमेश्‍वरले मात्र उसलाई मुक्ति दिनुहुन्छ।

वास्तविक काम, मार्गदर्शन उसलाई उपयुक्त छ।

देहधारी परमेश्‍वरले उसलाई मुक्ति ल्याउनुहुनेछ।


पद ६

आत्माको कामले मानिसलाई छुन मात्र सक्छ,

वचन वा स्पष्ट निर्देशन दिन सक्दैन।

आत्माले अदृश्य काम मात्र गर्नुहुन्छ,

जुन मानवलाई कल्पना गर्न निकै गाह्रो छ।


पद ७

देहधारी परमेश्‍वरको काम निकै फरक छ।

यसमा स्पष्ट इच्छा, मार्गदर्शन,

मानवले पछ्याउन सक्ने लक्ष्य छ,

उसले देख्न, छुन सक्ने सटीक वचन छन्।

भ्रष्ट मानवलाई यो सबभन्दा मूल्यवान काम हो।


कोरस ३

देहधारी परमेश्‍वरले मात्र उसलाई मुक्ति दिनुहुन्छ।

देहधारी परमेश्‍वरले मात्र उसलाई मुक्ति दिनुहुन्छ।

वास्तविक कामले मात्र मानवलाई

भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन्छ।

देहधारी परमेश्‍वरले उसलाई मुक्ति ल्याउनुहुनेछ।

देहधारी परमेश्‍वरले मात्र उसलाई मुक्ति दिनुहुन्छ।

वास्तविक कामले मात्र मानवलाई

भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन्छ।

देहधारी परमेश्‍वरले उसलाई मुक्ति ल्याउनुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित

अघिल्लो: 172 परमेश्‍वर आफ्नो काम गर्न देहधारी हुनैपर्छ

अर्को: 176 मानवको आवश्यकताको कारण परमेश्‍वर काम गर्न देहधारी हुनुभयो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्