176 मानवको आवश्यकताको कारण परमेश्‍वर काम गर्न देहधारी हुनुभयो

शुरुवात

परमेश्‍वर इनाम वा फाइदासँग जोडिनुहुन्न,

भविष्यको फसल नभई आफूसँग हुनुपर्नेलाई कटनी गर्नुहुन्छ।

उहाँले गर्ने सबै, आफ्नो फाइदाको लागि नभई,

विशुद्ध मानवको लागि हो।


पद १

परमेश्‍वरको देहको कामको कठिनाई अकल्पनीय छ,

तर अन्त्यमा, आत्माले गर्ने

काम भन्दा धेरै फल दिन्छ।

देहले आत्माको महान पहिचान पाउन सक्नुहुन्न,

आत्माले जस्तो अलौकिक कार्य गर्न सक्नुहुन्न,

न त आत्माको जस्तो अख्तियार पाउन सक्नुहुन्छ।

यद्यपि, यो सामान्य देहले गर्ने कामको सार,

आत्माले प्रत्यक्ष गर्ने काम भन्दा श्रेष्ठ हुन्छ।

यो देहले सारा मानवको आवश्यकताको उत्तर दिनुहुन्छ।


कोरस

परमेश्‍वर देहधारी हुनुको एकमात्र कारण,

मानवको आवश्यकता हो, उहाँको होइन।

उहाँको बलिदान र दुःखकष्ट मानवको खातिर हो,

परमेश्‍वर आफ्नो लागि होइन।


पद २

सत्य खोज्ने र उहाँ देखा पर्नुहुने तृष्णा राख्ने सबैका लागि,

आत्माको कामले स्पर्श वा प्रेरणा

र अवर्णनीय आश्चर्यको भावना ल्याउन सक्छ।

उहाँ अपार र प्रशंसनीय हुनुभएको भावना,

जुन मानवले भेट्टाउन सक्तैन।

तर देहको कामले मानवलाई,

स्पष्ट वचन र वास्तविक लक्ष्य दिन्छ।

उहाँ वास्तविक, सामान्य, नम्र

र साधारण भएको आभास दिन्छ।


कोरस

परमेश्‍वर देहधारी हुनुको एकमात्र कारण,

मानवको आवश्यकता हो, उहाँको होइन।

उहाँको बलिदान र दुःखकष्ट मानवको खातिर हो,

परमेश्‍वर आफ्नो लागि होइन।


ब्रिज

धेरैजना उहाँसँग डराएपनि, धेरै उहाँसँग जोडिन सक्छन्।

मानवले उहाँको मुहार हेर्न, आवाज सुन्न सक्छन्

र उहाँलाई टाढाबाट हेर्नु पर्दैन।

यो देह मानवलाई पहुँचयोग्य छ,

उहाँ टाढा, बुझ्न नसकिने हुनुहुन्न।

उहाँ मानवको संसारमै हुनु भएकोले देख्न र सुन्न सकिने हुनुहुन्छ।


कोरस

परमेश्‍वर देहधारी हुनुको एकमात्र कारण,

मानवको आवश्यकता हो, उहाँको होइन।

उहाँको बलिदान र दुःखकष्ट मानवको खातिर हो,

परमेश्‍वर आफ्नो लागि होइन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित

अघिल्लो: 175 देहधारी परमेश्‍वरले मात्र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ

अर्को: 177 परमेश्‍वरको देहधारणको आवश्यकता

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्