15 परमेश्‍वर विजयी भएर फर्कनुभएको छ

पद १

सियोन! रमाऊ!

सियोन! गीत गाऊ!

परमेश्‍वर विजयी भएर फर्कनुभएको छ!

सबै मानिसहरू! पङ्क्तिमा बस!

सृष्टिका सबथोक! अब रोकिओ,

किनकि उहाँको व्यक्तित्व सारा ब्रह्माण्डको सामुन्ने छ,

र संसारको पूर्वमा देखा पर्छ!


कोरस १

आराधनामा घुँडा नटेक्ने आँट कसको?

उहाँलाई साँचो परमेश्‍वर नभन्ने आँट कसको?

आदरसाथ माथि नहेर्ने आँट कसको?

आदरसाथ माथि नहेर्ने आँट कसको?

प्रशंसा नदिने, नरमाउने आँट कसको?

उहाँका मानिसले उहाँको स्वर सुन्नेछन्।

प्रशंसा नदिने, नरमाउने आँट कसको?

उहाँका मानिसले उहाँको स्वर सुन्नेछन्।


पद २

पर्वत, नदी र सब थोक

अनन्त जयजयकार गर्नेछन्, निरन्तर उफ्रिनेछन्।

यस समय, कोही पछि हट्न वा

प्रतिरोधमा खडा हुन आँट गर्ने छैनन्।

यो उहाँको अद्भुत काम हो,

त्यो भन्दा बढी, उहाँको महान् शक्ति हो!


कोरस २

उहाँ सबै कुरालाई आफ्नो आदर गर्ने र अझ, आफ्नो प्रशंसा गर्ने बनाउनुहुनेछ।

यही हो उहाँको ६ हजार वर्षे व्यवस्थापन योजनाको अन्तिम लक्ष्य,

र यही हो उहाँको आदेश।

न कुनै मानिस न वस्तु न घटनाले

उहाँको प्रतिरोध वा विरोध गर्न उठ्ने आँट गर्नेछ।


ब्रिज

उहाँका सबै मानिस उहाँको पर्वतमा प्रवाहित हुनेछन्

र उहाँ सामु समर्पित हुनेछन्,

किनकि उहाँसँग प्रताप र न्याय छ र उहाँ

अख्तियार बोक्नुहुन्छ।

उहाँलाई कुनै कुरा गाह्रो हुनेछैन।

उहाँको मुखको वचनले सबै नष्ट गरिनेछन्,

सबै अस्तित्वमा आउनेछन् र पूर्ण पारिनेछन्।

यस्तो छ उहाँको महान् शक्ति र उहाँको अख्तियार।


अन्त्य

उहाँ शक्ति र अख्तियारले भरीपूर्ण हुनुभएकाले,

कसैले उहाँलाई बाधा दिने हिम्मत गर्दैन।

उहाँ पहिल्यै नै सबै कुरा र

विद्रोहिपनका छोरामाथि विजयी हुनुभएको छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२०” बाट परिमार्जित

अघिल्लो: 14 परमेश्‍वर महिमा साथ संसारको पूर्वमा देखा पर्नु भएको छ

अर्को: 16 परमेश्‍वरको पवित्र वासस्थान संसारमा आएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्