50 सर्वशक्तिमान् परमेश्‍वरको नाम संसारका सबै देशहरूमा साक्षी दिइन्छ

पद १

सर्वशक्तिमान् परमेश्‍वर,

राज्यका राजाको साक्षी दिइएदेखि,

उहाँको व्यवस्थापनको योजनाको

क्षेत्र ब्रह्माण्डभर फैलिएको छ।

उहाँको देखापराई चीनमा मात्र नभई,

सब भूमिमा साक्षी दिइएको छ।

तिनले पवित्र नाम पुकार्छन्,

उहाँसँग हर तरिकाबाट सङ्‍गति खोज्छन्,

उहाँको इच्छा बोध गर्छन्,

मण्डलीमा सँगै सेवा गर्छन्।

पवित्र आत्मा यसरी काम गर्नुहुन्छ।


कोरस

राज्यको राजा, सर्वशक्तिमान् परमेश्‍वरको

साक्षी दिइएको छ।

साँच्चै, सर्वशक्तिमान् परमेश्‍वरको नाम

सबै देशमा साक्षी दिइएको छ।


पद २

देशहरूका भाषा फरक-फरक छन्,

तर आत्मा एउटै हुनुहुन्छ,

मण्डलीहरूलाई जोड्नुहुन्छ,

परमेश्‍वरसँग एक हुनुहुन्छ, केहि फरक छैन।

पवित्र आत्माको स्वरले तिनलाई बिउँझाउँछ।

त्यो स्वर परमेश्‍वरको कृपाको हो।

र सबैले उहाँको पवित्र नाम पुकार्छन्।

गाउँछन्, प्रशंसा पनि गर्छन्।

आत्माको काममा विचलन नै छैन।

सबै सही बाटोमा दृढतापूर्वक हिँड्छन्।


पूर्व कोरस

तिनीहरू पछि नै हट्दैनन्।

त्यहाँ कैयौँ चमत्कार छन्

जुन कल्पना गर्न कठिन, बुझ्न असम्भव छ।


कोरस

राज्यको राजा, सर्वशक्तिमान् परमेश्‍वरको

साक्षी दिइएको छ।

साँच्चै, सर्वशक्तिमान् परमेश्‍वरको नाम

सबै देशमा साक्षी दिइएको छ।


पद ३

सर्वशक्तिमान् परमेश्‍वर

ब्रह्माण्डमा जीवनको राजा हुनुहुन्छ!

महिमित सिंहासनमा विराजमान

सारा संसारको न्याय गर्नुहुन्छ।

सबै देशमा प्रभुत्व र शासन गर्नुहुन्छ।

सबै घुँडा टेकी उहाँलाई प्रार्थना गर्छन्,

उहाँसँग नजिक हुन।

उहाँलाई जहिले देखि विश्‍वास गरेपनि

तिम्रो पद जति उच्च,

वरिष्ठता जति महान् भएपनि,

हृदयमा उहाँको विरोध गर्छौ भने,

उहाँद्वारा न्याय गरिनैपर्छ।


ब्रिज

उहाँ सामु लडेर पीडादायी बिन्ती गर्नेछौ।

यो वास्तवमा तिम्रा कर्मका फल हुन्।

यो विलाप आगो र गन्धकको

कुण्डमा पीडाको आवाज हो।

यो उहाँको फलामको लौरोबाट ताडना दिइएको आवाज हो।

यो ख्रीष्टको आसन अघिको न्याय हो।


कोरस

राज्यको राजा, सर्वशक्तिमान् परमेश्‍वरको

साक्षी दिइएको छ।

साँच्चै, सर्वशक्तिमान् परमेश्‍वरको नाम

सबै देशमा साक्षी दिइएको छ।

साँच्चै, सर्वशक्तिमान् परमेश्‍वरको नाम

सबै देशमा साक्षी दिइएको छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८” बाट परिमार्जित

अघिल्लो: 49 सारा पृथ्वी परमेश्‍वरको प्रशंसा गर्छ र रमाउँछ

अर्को: 51 मानिसले परमेश्‍वरसँग मिलनको आनन्द बाँड्दछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्