51 मानिसले परमेश्‍वरसँग मिलनको आनन्द बाँड्दछ

शुरुवात

परमेश्‍वरले ब्रह्माण्ड भर

काम सुरु गर्नुभएको छ;

मानिस अचानक बिउँझन्छन्,

केन्द्रको वरपर घुम्छन् जुन उहाँको काम हो।

तिनमा यात्रा गर्नुहुँदा,

शैतानबाट मुक्त हुन्छन्,

त्यसका हानिबाट सताइदैनन्,

यी दुःखबाट उम्कन्छन्।


कोरस

उहाँको दिन आइपुगेको कारण,

मानिस खुसीले भरिएका छन्;

उहाँको दिन आइपुगेको कारण,

तिनको शोक हराउँछ;

आकाशमा उदासीका बादल,

हावामा बिलाएका छन्,

परमेश्‍वरसँग मानिसले मिलनको

आनन्दद्वारा खुसी बाँड्छन्।


पद १

मानिसका कामको आनन्द लिनुहुन्छ,

उहाँ अब दुःखी हुनुहुन्न।

उहाँको दिन आउँदा, जीवन भएका सबथोकले

अस्तित्वका आधार फिर्ता पाउँछन्;

सबथोक फेरि जीवित हुन्छन्,

उहाँलाई आफ्नो अस्तित्वको आधारको रूपमा लिन्छन्,

कारण उहाँ सबथोकलाई जीवनले भर्नुहुन्छ,

तिनलाई चुपचाप हराउने पनि तुल्याउनुहुन्छ।

यसरी सबथोकले आज्ञा पर्खन्छन् र

उहाँका वचन र कामले प्रसन्न हुन्छन्।


कोरस

उहाँको दिन आइपुगेको कारण,

मानिस खुसीले भरिएका छन्;

उहाँको दिन आइपुगेको कारण,

तिनको शोक हराउँछ;

आकाशमा उदासीका बादल,

हावामा बिलाएका छन्,

परमेश्‍वरसँग मानिसले मिलनको

आनन्दद्वारा खुसी बाँड्छन्।


पद २

उहाँ सबथोक माझ सर्वोच्च हुनुहुन्छ,

तर मानिस माझ पनि जिउनुहुन्छ।

पृथ्वी र स्वर्गको सृष्टि प्रकट गर्न,

मानिसका कार्य प्रयोग गर्नुहुन्छ।

मानिसले उहाँ सामु ठूलो प्रशंसा गर्दा,

उहाँ सबथोक माझ उच्च हुनुहुन्छ;

तब सूर्यको तातो मुनि, यस्तो

लाग्छ कि पृथ्वीका फूल झन् सुन्दर हुन्छन्,

जमिनमा घाँस झन् हरियो हुन्छ,

र आकाश झन् निलो हुन्छ।


कोरस

उहाँको दिन आइपुगेको कारण,

मानिस खुसीले भरिएका छन्;

उहाँको दिन आइपुगेको कारण,

तिनको शोक हराउँछ;

आकाशमा उदासीका बादल,

हावामा बिलाएका छन्,

परमेश्‍वरसँग मानिसले मिलनको

आनन्दद्वारा खुसी बाँड्छन्।


अन्त्य

उहाँको आवाजकै कारण मानिस,

यता उता दौडन्छन्;

तिनको अनुहार आनन्दले चम्किन्छ, जीवन बढ्छन्।

उहाँ, कुनै मानव विचार बिना,

चुनिएका माझ काम गर्नुहुन्छ,

कारण यो काम आफै गर्नुहुन्छ, यो उहाँकै हो।

जब काम गर्नुहुन्छ, स्वर्ग, पृथ्वी र तिनमा

भएका सबथोक फेरि नयाँ हुन्छन्।

काम पूरा हुँदा, मानिस नवीकरण हुन्छ,

उप्रान्त, उहाँका मागबाट चिन्तित हुँदैन,

कारण खुसीका आवाज

पृथ्वीभर बज्छन्, र यो क्षणमा

उहाँले मानिसलाई आफ्ना आशिषहरू दिनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ३३” बाट परिमार्जित

अघिल्लो: 50 सर्वशक्तिमान् परमेश्‍वरको नाम संसारका सबै देशहरूमा साक्षी दिइन्छ

अर्को: 52 विजयी हुनुभई फर्कनुभएको परमेश्‍वरको प्रशंसा गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्