सत्यता पछ्याउनु भनेको के हो (१४)

हामीले परम्‍परागत संस्कृतिमा नैतिक आचरणसम्‍बन्धी गरिएका दाबीहरूको विषयमा सङ्गति र चिरफार गर्दै केही समय बितायौँ—के तिमीहरूले यसबारेमा कुनै वास्तविक अनुभव प्राप्त गरेका छौ? (यसभन्दा पहिले, मलाई नैतिक आचरणसम्‍बन्धी यी अभिव्यक्तिहरू सत्यता होइनन् भन्‍ने मात्रै थाहा थियो, तर यिनले मानवजातिलाई कति गहन रूपमा भ्रष्ट तुल्याएका छन् भन्‍ने कुरा थाहा थिएन। तपाईंको सङ्गति र काटछाँटबाट मात्रै मैले शैतानले मानिसहरूमा घुसाइदिएको नैतिक आचरणसम्‍बन्धी यी विभिन्‍न अभिव्यक्तिहरू मानिसहरूको नजरमा सही र असल देखिन्छन्, तर यी कुराले मान्छेका सोचहरू भ्रष्ट, शिथिल, र बन्दी बनाएका छन्, जसले गर्दा मानिसहरूले परमेश्‍वरलाई इन्कार र प्रतिरोध गर्छन्, र तिनीहरू उहाँबाट झन्झन् टाढा जान्छन् भन्‍ने महसुस गरेँ। शैतानले मानवजातिलाई आजको दिनसम्‍म यसरी नै चरणबद्ध रूपमा भ्रष्ट तुल्याएको छ।) यदि मैले यी कुराहरूबारे विस्तृत रूपमा सङ्गति नगरेको भए, के मानिसहरूले यी कुरा आफै चिन्‍न सक्थे? के तिनीहरूले नैतिक आचरणसम्‍बन्धी यी भनाइहरूको सार चिरफार गर्न सक्थे? (मानिसहरूले नैतिक आचरणसम्‍बन्धी यी अभिव्यक्तिहरूको सार चिरफार गर्न वा स्पष्ट रूपमा देख्‍न सक्दैनथे।) के लामो समयसम्‍म अनुभव गरिसकेपछि सक्थे? (मानिसहरूले नैतिक आचरणसम्‍बन्धी केही अभिव्यक्तिका समस्याहरू पहिचान गर्न सक्थे, तर यिनको सार तिनीहरूले स्पष्ट रूपमा विश्‍लेषण गर्न सक्दैनथे।) मानिसहरू प्रायजसो परम्‍परागत संस्कृतिका प्रचलित भनाइहरू र सत्यतालाई समान ठान्‍न र तिनलाई मिसाउन मन पराउँछन्, विशेष गरी बाहिरी रूपमा सत्यताजस्तो देखिने कुराहरू, वा मानव नैतिकता, तिनीहरूको विवेकका मापदण्डहरू, र मानव भावनाहरूसँग मिल्‍ने कुराहरूको सन्दर्भमा तिनीहरू त्यसो गर्छन्। सबैले यी सकारात्मक कुराहरू हुन् र यी सत्यताअनुरूप छन् भन्‍ने ठान्छन्, तर यी शैतानबाट आएका हुन् र यी वास्तवमा नकारात्मक कुराहरू हुन् भन्‍ने कसैले देख्‍न सक्दैनन्। अब, के शैतानले मान्छेमा घुसाइदिने कुनै पनि कुरा सकारात्मक कुरा हुन सक्छ? (सक्दैन।) ती कुराहरूमा केही सकारात्मक हुँदैन। बरु यसविपरीत, ती सबै नकारात्मक कुराहरू र शैतानी विषहरू हुन्। यसमा कुनै शङ्का छैन। त्यसोभए, के तिमीहरूले यी नकारात्मक कुराहरू र शैतानी विषहरू चिन्यौ र उजागर गर्‍यौ त? के तिमीहरूको मनमा त्यस्तो कुनै कुरा बाँकी छ जुन तिमीहरूले सही ठानेका परम्‍परागत संस्कृतिका यी कुराहरूजस्तै छ? यदि छ भने, यो बल्झिरहने हो, यो एक क्यान्सर हो! अब तिमीहरूले यस कुरामा अझै बढी सोचविचार गर्नुपर्छ, र तिमीहरूले आफ्‍नो दैनिक जीवनमा यसलाई होसियारीसाथ अवलोकन गर्नु र ध्यान दिनुपर्छ। अरूले भन्‍ने र तिमीहरूले सुन्‍ने कुरामा, तिमीहरूलाई प्रभाव पार्ने वा तिमीहरूलाई स्मरण हुने कुराहरूमा, वा तिमीहरूले हृदयमा ग्रहण गर्ने र बहुमूल्य ठान्‍ने कुराहरूमा परम्‍परागत संस्कृतिले वकालत गर्ने कुराहरूसँग मिल्‍ने कुनै कुरा छ कि हेर। यदि छ भने, तिमीहरूले त्यसलाई चिन्‍नु र चिरफार गर्नुपर्छ, र त्यसपछि त्यसलाई पूर्ण रूपमा परित्याग गर्नुपर्छ। यसले तिमीहरूको सत्यता पछ्याइमा फाइदा गर्नेछ।

कतिपय मानिसहरूले अनुभवसम्‍बन्धी गवाही लेखहरू लेख्‍ने क्रममा, “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने वाक्यांश प्रस्तुत गर्छन्—यो अभिव्यक्ति सही छ कि छैन, यो सकारात्मक कुरा हो कि नकारात्मक, र यो सत्यता, परमेश्‍वरका मापदण्डहरू, र मामलाहरू सम्‍हाल्‍ने क्रममा मानिसहरूमा हुनुपर्ने सिद्धान्तहरूसँग सम्‍बन्धित छ कि छैन भनेर तिमीहरूले पत्ता लगाउनुपर्छ। के “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने अभिव्यक्ति साँचो हो? के यो सत्यताअनुरूप छ? के यो परमेश्‍वरले स्थापित गर्नुभएका व्यवस्था र नियमहरूद्वारा पैदा भएको कुरा हो? के यो परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने तथ्यसँग सम्‍बन्धित छ? अब तिमीहरूले यो अभिव्यक्तिसम्‍बन्धी आफ्‍नो ज्ञान र बुझाइ बताओ। (मैले पनि पहिले यो भनाइ बोलेको छु, खास गरी मण्डलीको काम व्यवस्थापन गर्ने क्रममा। मानिसहरूलाई सिद्धान्तहरूअनुसार काममा लगाइएन भने, कहिलेकहीँ काम भताभुङ्ग हुन्छ। तिनीहरूलाई सिद्धान्तहरूअनुसार काममा लगाइयो भने, काम राम्ररी गर्न सकिन्छ। त्यो बेला, मैले मानिसहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छ भन्‍ने देखेँ, त्यसकारण मैले “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने यो वाक्यांश उद्धृत गरेँ। अब मलाई त्यतिखेर ममा परमेश्‍वरको सार्वभौमिकता र सर्वशक्तिमान्‌ताको बुझाइ थिएन रहेछ भन्‍ने थाहा भयो। म सधैँ मानिसहरूको भूमिकामा ध्यान दिन्थेँ, र मेरो हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन।) अरू कसले आफ्‍नो विचार बताउन चाहन्छ? (“सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने अभिव्यक्ति परमेश्‍वरप्रतिको गवाही होइन, यो त सफलता मानव प्रयासमै निर्भर हुन्छ जसरी मान्छेप्रति दिइएको गवाही हो। यो परमेश्‍वरको सार्वभौमिकता इन्कार गर्नु हो र यो शैतानको लागि गवाही दिनुसरह हो। यदि मानिसहरूको हृदयमा यो अभिव्यक्तिले जरा गाडेको छ भने, समय बित्दै जाँदा, तिनीहरूले समस्याहरू सामना गर्दा सफल हुनको लागि सही मानिसहरू मात्रै खोजे पुग्छ भन्‍ने सोच्छन्, र तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने वा उहाँमा भर् पर्ने गर्दैनन्। त्यसकारण, यो एक विकृत अभिव्यक्ति हो।) यो अभिव्यक्तिप्रति तिमीहरूको आधारभूत बुझाइ के रहेछ भने, यो सही वा सकारात्मक कुरा होइन, अनि यो सत्यता पनि अवश्यै होइन। त्यसोभए तिमीहरू किन यसको प्रयोग गर्छौ? यदि तिमीहरू यसलाई प्रयोग गर्छौ भने, त्यसले के समस्या प्रकट गर्छ? (हामीले यो अभिव्यक्तिको वास्तविकता बुझेका छैनौँ।) तिमीहरूमा यसको वास्तविकताको ज्ञान नहुनुको कारण के हो? के तिमीहरूले अझै पनि यो अभिव्यक्तिभित्र सही र मान्य कुरा छ भन्‍ने विश्‍वास गर्ने हुनाले हो? (हो।) अनि, यो अभिव्यक्तिमा के गलत छ? किन तिमीहरूले यसलाई सही वा सकारात्मक कुरा होइन भनी भन्छौ? सर्वप्रथम, हामी यो विभिन्‍न कुराहरूको वस्तुगत नियमहरूअनुरूप छ कि छैन हेरौँ। झट्ट हेर्दा, दिइएको कुनै काम गर्नेहरू मान्छे नै हुन् जस्तो देखिन्छ। तिनीहरूले नै काम मिलाउँछन्, तिनीहरूले नै काम गर्छन्, र तिनीहरूले नै यसको निगरानी गर्छन्। तिनीहरूले नै हरेक चरणमा महत्त्वपूर्ण भूमिका खेल्छन्, र तिनीहरूले नै अन्तिममा त्यो कामको परिणाम र प्रगति निर्धारित गर्छन्। बाहिरी रूपमा हेर्दा, यो कुराको कारण, विकासको प्रक्रिया, र परिणाम सबका सब मानिसहरूले नै निर्धारित गर्ने कुरा हो जस्तो देखिन्छ। तर वास्तवमा, यो सबमाथि शासन गर्ने र यो सब योजनाबद्ध गर्ने र मिलाउने को हो? के यो कार्यमा मानिसहरूको कुनै सम्‍बन्ध छ? के मानिसहरूले निष्क्रिय रूपमा नियति र आफ्‍ना सार्वभौमका योजनाबद्ध कुराहरू स्विकारिरहेका छन् कि सक्रिय रूपमा सबै कुराको नियन्त्रण आफ्‍नो हातमा लिइरहेका छन्? (तिनीहरूले निष्क्रिय रूपमा स्विकारिरहेका छन्।) मानिसहरू सबैले परमेश्‍वरको सार्वभौमिकता, योजनाबद्ध कार्य, र बन्दोबस्तहरू निष्क्रिय रूपमा स्विकारिरहेका छन्। यहाँ मानिसहरूले के भूमिका खेल्छन्? के तिनीहरू परमेश्‍वरको हातका कठपुतलीहरू होइनन् र? (हुन्।) मानिसहरू धागोद्वारा नचाइने कठपुतलीहरूजस्तै हुन्। तानिने धागोले नै तिनीहरूले के गर्छन् र कस्तो हाउभाउ प्रस्तुत गर्छन् भन्‍ने कुरा निर्धारित गर्छ। हरेक दिन मानिसहरू कहाँ जान्छन्, तिनीहरूले के भन्छन्, र के गर्छन्—यो सब कुरा कसको हातमा हुन्छ? (परमेश्‍वरको हातमा।) यो सब परमेश्‍वरको हातमा हुन्छ। मानिसहरूले निष्क्रिय रूपमा परमेश्‍वरको सार्वभौमिकता स्विकार्छन्। यो पूरै प्रक्रियाको दौरान, परमेश्‍वरले नै उहाँले के गर्नुहुनेछ, उहाँले कसैलाई खुलासा गर्नुहुनेछ कि गर्नुहुनेछैन, यस विषयमा उहाँले के-कस्ता परिवर्तन र प्रगतिहरू ल्याउनुहुनेछ र अन्तिम परिणाम कहिले र के हुनेछ, र उहाँले कसलाई खुलासा गर्नुहुनेछ वा हटाउनुहुनेछ भन्‍ने कुराहरू निर्धारित गर्नुहुनेछ; यस मामिलाबाट मानिसहरूले के-कस्ता पाठहरू सिक्‍नेछन्, के-कस्ता सत्यताहरू बुझ्‍नेछन् र यसमा तिनीहरूले परमेश्‍वरको के-कस्तो ज्ञान पाउनेछन्, उहाँले मानिसहरूको कुन-कुन दृष्टिकोणहरू परिवर्तन गर्नुहुनेछ, र तिनीहरूलाई कुन-कुन धारणाहरू त्याग्‍न लगाउनुहुनेछ त्यो सब उहाँले नै निर्धारित गर्नुहुन्छ। के परमेश्‍वरले गर्नुहुने यी सबै कुरा मानिसहरूले गर्न सक्छन्? के तिनीहरूले सक्छन्? (अहँ, सक्दैनन्।) मानिसहरूले सक्दैनन्। तिनीहरूले यी कुराहरू गर्न सक्दैनन्। कुनै पनि मामला विकास हुने सम्पूर्ण प्रक्रियामा, मानिसहरूले निष्क्रिय रूपमा र सचेत वा अचेत रूपमा काम मात्रै गरिरहेका हुन्छन्, तर कुनै पनि व्यक्तिले समग्र मामलाको कारण, प्रक्रिया, अन्तिम परिणाम, र हासिल गरिएका नतिजाहरूलाई पहिले नै देख्‍न सक्दैन, न त कुनै पनि व्यक्तिले यी कुराहरू नियन्त्रण गर्न नै सक्छ। यो सब कसले पहिले नै देख्‍न र नियन्त्रण गर्न सक्छ? परमेश्‍वरले मात्रै सक्‍नुहुन्छ! चाहे यो ब्रह्माण्डमा घट्ने महत्त्वपूर्ण घटना होस् वा कुनै पनि ग्रहको एउटा कुनामा घट्ने सानो घटना होस्, त्यो मानिसहरूको हातमा हुँदैन। सबै कुरामाथि शासन गर्ने नियमहरू वा सबै कुरा अघि बढ्ने प्रक्रिया र तिनका अन्तिम परिणामहरू कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्दैन। कसैले पनि सबै कुराको भविष्य पहिले नै देख्‍न वा के हुनेछ भनेर पूर्वानुमान गर्न सक्दैन, झन् सबै कुराको अन्तिम परिणाम नियन्त्रण गर्न सक्‍ने कुरै हुँदैन। सबै थोकमाथि सार्वभौम रहनुभएका परमेश्‍वरले मात्रै यो सब कुरामाथि नियन्त्रण र शासन गर्न सक्‍नुहुन्छ। मानिसहरूले पार्न सक्‍ने एउटै प्रभाव भनेको ठूलो वा सानो दुवैखाले वातावरणमा, र परमेश्‍वरले शासन गर्नुभएका, योजनाबद्ध गर्नुभएका, र बन्दोबस्त मिलाउनुभएका विभिन्‍न प्रकारका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको साथमा रही, विभिन्‍न भूमिकाहरू खेल्‍नु हो, र त्यो भूमिका सकारात्मक वा नकारात्मक जेसुकै हुनसक्छ। मानिसहरूले पार्ने प्रभाव र तिनीहरूले खेल्‍ने भूमिका यही हो। जब कुनै कुरा सफल हुँदैन, वा जब नतिजाहरू अपेक्षा गरिएझैँ असल हुँदैनन्, र जब परिणाम मानिसहरूले हेर्न चाहेजस्तो हुँदैन, र जब त्यो परिणामले तिनीहरूलाई साह्रै दुःखित तुल्याउँछ र शोक दिन्छ, तब यी कुराहरूमा पनि मानिसहरूको सार्वभौमिकता हुँदैन, यी कुराहरू तिनीहरूले पहिले नै देख्‍न सक्दैनन्, र यी कुराहरू तिनीहरूले नियन्त्रण गर्न पनि अवश्यै सक्दैनन्। यदि कुनै कुराको अन्तिम परिणाम एकदम राम्रो भयो भने, यदि यसले अत्यन्तै सकारात्मक र सक्रिय प्रभाव पार्‍यो भने, यदि यो मानिसहरूलाई एकदमै धेरै सुधार गर्ने किसिमको छ, र यसले तिनीहरूमा गहन प्रभाव पार्छ भने, यो परमेश्‍वरबाट आएको हुन्छ। यदि कुनै कुराले चाहेको परिणाम हासिल गर्दैन भने, यदि परिणाम त्यति राम्रो वा आशाजनक छैन भने, र यदि यसले मानिसहरूलाई सकारात्मक र सक्रिय प्रभाव पार्नुको सट्टा नकारात्मक प्रभाव पारेजस्तो देखिन्छ भने, यो सम्पूर्ण प्रक्रिया पनि परमेश्‍वरले नै योजनाबद्ध गर्नुभएको र मिलाउनुभएको हुन्छ। यसलाई कुनै पनि व्यक्तिले नियन्त्रण गरेको हुँदैन। हामी टाढाका कुराहरू नगरौँ; हामी मण्डलीमा जे देख्छौँ त्यसबारे कुरा गरौँ, जस्तै ख्रीष्टविरोधीहरू देखा पर्नु। ख्रीष्टविरोधीहरू अघि सरी काम गर्न थालेपछि, अनि अगुवा वा सेवकको पदमा बढुवा भएपछि, अनि मण्डलीमा महत्त्वपूर्ण काम लिएको क्षणदेखि दाजुभाइ-दिदीबहिनीहरूद्वारा तिनीहरूलाई ख्रीष्टविरोधीहरू भनेर प्रकाश गरिएको, खुट्याइएको र खुलासा गरिएको र अन्त्यमा हटाइएको र इन्कार गरिएको अवस्थासम्म—यो सम्पूर्ण प्रक्रियाको अवधिमा, धेरै मानिसहरू बहकिसकेका हुन्छन्, कतिले त ख्रीष्टविरोधीलाई पछ्याइसकेका समेत हुन्छन्, र ख्रीष्टविरोधीको प्रभावले गर्दा कतिले जीवन प्रवेशसम्‍बन्धी अनुभव गुमाइसकेका, र आदि इत्यादि कुराहरू भइसकेका हुन्छन्। यो सब कुरा शैतानका बाधाहरूबाट आउने भएको भए पनि र यो शैतानका दासहरूको काम भएको भए पनि, के यसको अर्थ परमेश्‍वरले यी कुराहरू घटित र विकसित भइरहेको देख्‍नुहुन्‍न र? के ख्रीष्टविरोधी देखा पर्दाका परिणामहरू के-के हुनेछन् भन्‍ने कुरा परमेश्‍वरलाई थाहा हुँदैन र? के ख्रीष्टविरोधीले मण्डलीमा र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा पार्ने असरबारे परमेश्‍वरलाई थाहा हुँदैन र? के यो सब मानिसहरूले पैदा गर्ने असफलताको परिणाम मात्रै हुन् त? जब यस्ता नकारात्मक कुराहरू देखा पर्छन्, तब मानिसहरूले प्राय यस्तो सोच्छन्, “अहो, शैतानले त्यहाँ परमेश्‍वरले नदेख्‍नुभएको कुराबाट फाइदा लुट्यो, र शैतानले त्यहाँ बाधा पुर्‍यायो।” यसको तात्पर्य के हुन्छ भने, “परमेश्‍वरले किन यी कुराहरू हेरिरहनुभएको थिएन? के परमेश्‍वरले सबैथोक नियाल्‍नुहुन्‍न र? के परमेश्‍वर सर्वव्यापी हुनुहुन्‍न र? के परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्‍न र? परमेश्‍वरको अख्तियार र शक्ति कहाँ गयो?” मानिसहरूको हृदयमा शङ्का पैदा हुन्छ। यी शङ्काहरूको स्रोत के हो? त्यो घटनाको परिणाम नकारात्मक र अवाञ्छित, अनि मानिसहरूले हेर्न नचाहेको, र तिनीहरूको धारणा र कल्‍पनाहरूसँग अझै कम मात्र मिल्‍ने प्रकारको हुन्छ, र यसले परमेश्‍वरमाथिको तिनीहरूको चोखो विश्‍वासमा प्रहार गर्छ। मानिसहरूले यसलाई बुझ्‍न सक्दैनन्, र यस्तो सोच्छन्: “यदि परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ र उहाँले सबै कुरा नियन्त्रण गर्नुहुन्छ भने, ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउनेजस्तो कार्य हाम्रै आँखाअगाडि किन हुन्छ? मण्डलीमा र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ किन त्यस्तो अवाञ्छित कुरा हुन्छ?” मानिसहरूको हृदयमा शङ्का पैदा हुन्छ, र “परमेश्‍वर सर्वशक्तिमान्‌ र सर्वव्यापी हुनुहुन्छ” भन्‍ने तिनीहरूको विश्‍वासमा चुनौती पुग्छ। अनि, जब परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासमा चुनौती पुग्छ, तब तैँले तिनीहरूलाई “तिमीहरूमा परमेश्‍वरसम्‍बन्धी धारणाहरू विकास हुनुपछाडि कसको दोष छ?” भनेर सोधिस् भने, तिनीहरूले भन्‍नेछन्, “यसको दोषी शैतान हो।” तर मानिसले शैतानलाई देख्‍न नसक्‍ने हुनाले, यो दोष अन्तिममा कसको काँधमा पर्छ? यो दोष ख्रीष्टविरोधी वा ख्रीष्टविरोधीहरूको समूहमा पर्छ। मानिसहरूले ख्रीष्टविरोधीको बहकाउमा परेका र जीवनमा घाटा बेहोरेकाहरू ख्रीष्टविरोधीको बहकाउमा पर्न लायक थिए भनेर भन्छन्। अन्त्यमा, मानिसहरूको समग्र बुझाइलाई कुन अभिव्यक्तिले प्रस्तुत गर्छ? “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ।” तिनीहरूले निकाल्‍ने निष्कर्ष यही हुन्छ। यसमा तिनीहरूले परमेश्‍वरलाई कहाँ राख्छन्? तिनीहरूले परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने कुरा बुझ्दैनन्, त्यसकारण तिनीहरूले सबै कुराको जस “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने खोक्रो सिद्धान्तको पोल्टामा हालिदिन्छन्।

जब मानिसहरूले आफ्‍नो वरिपरि तुलनात्मक रूपमा केही असल र सकारात्मक कुराहरू घटित भएको देख्छन्, जस्तै जब पवित्र आत्‍माले शक्तिशाली काम गर्नुहुन्छ, र सबैसँग ठूलो विश्‍वास हुन्छ, जब सतावट र संकष्टमा पनि कोही यहूदा नबनी मानिसहरू दह्रिलो गरी खडा हुन्छन्, र जब परमेश्‍वरको घरको सम्पत्तिमा र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा कुनै क्षति हुँदैन, तब मानिसहरू भन्छन्, “यो परमेश्‍वरको सुरक्षा हो। यो सफलता मानिसहरूले ल्याएको होइन; यो अवश्यै परमेश्‍वरको काम हो।” उदाहरणको लागि, मानौँ मानिसहरूले आफ्नो वरिपरि देखेका घटनाहरू अवाञ्छित कुराहरू हुन्छन्, मण्डली ठूलो रातो अजिङ्गरको दमन र पक्राउको शिकार बन्छ, र मण्डलीको सम्पत्ति शैतानद्वारा खोसिन्छ। मानौँ विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा क्षति हुन्छ, र परमेश्‍वरका चुनिएका मानिसहरू जताततै छरपष्ट हुन्छन्, र विस्थापित भएर घर फर्कन सक्दैनन्। मानौँ मण्डली जीवन ध्वस्त हुन्छ, र अबदेखि मण्डली सदस्यहरूले पहिलेको जस्तो मण्डली जीवन जिउन सक्दैनन्। मानौँ तिनीहरूले अबदेखि आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको साथमा आनन्द र खुसीले शान्तिपूर्ण सहअस्तित्वको जीवन जिउन अनि एकसाथ भेला हुँदै परमेश्‍वरका वचनहरू खान-पिउन र आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, र कतिपय दुष्ट मानिसहरू र अविश्‍वासीहरूले अरूलाई बहकाउन धारणाहरू फैलाउन थाल्छन्, जसले गर्दा तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वास गुमाउँछन् र तिनीहरू नकारात्मकता र कमजोरीमा डुब्छन्। त्यस्तो बेला, मानिसहरू गुनासो नगरी बस्‍न सक्दैनन्। तिनीहरूलाई परमेश्‍वरविरुद्ध गुनासो गर्ने आँट आउँदैन, त्यसकारण तिनीहरूले यसरी गुनासो गर्छन्: “फलानो-फलानो दुष्ट व्यक्ति हो, फलानो-फलानो शैतान हो, अनि फलानो-फलानो दियाबलस हो। तिनीहरू लापरवाही रूपमा भेला भएर पक्राउ नपरेका भए, हामी यसरी घर फर्कन नपाउने अवस्थामा पुग्‍नेथिएनौँ। तिनीहरूले त्यसो नगरेका भए, हामी अझै पनि खुसीसाथ मण्डली जीवन जिइरहेका, परमेश्‍वरका वचनहरू खाने-पिउने र आफ्‍नो कर्तव्य सामान्य रूपमै निर्वाह गरिरहेका हुनेथियौँ। यो सबै निश्‍चित व्यक्ति, निश्‍चित दियाबलस, निश्‍चित शैतान, वा निश्‍चित शैतानी शासनले गर्दा भएको हो।” मानिसहरूले परमेश्‍वरविरुद्ध कुनै पनि गुनासो पालेर राख्‍ने वा सम्पूर्ण परिस्थितिको दोष उहाँलाई लाउने आँट नगरे पनि, त्यो बेला तिनीहरूले परमेश्‍वरप्रति ठूलो पनि होइन, सानो पनि होइन, तर व्याख्या गर्नै नसकिने सन्देह विकास गरेका हुन्छन्। यी सन्देही सोचहरूबाट के-कस्ता कुराहरू आउनेछन्? मानिसहरूले भन्‍नेछन्, “यो अनुभवबाट मैले पाठ सिकेको छु। अबदेखि, म आफूले सामना गर्ने हरेक कुराबारे होसियारीसाथ विचार गर्नेछु र काम गर्नुभन्दा पहिले सोच्‍नेछु। म लापरवाही हुनेछैनँ, र म सजिलै कसैको भरोसा गर्नेछैनँ। म सबै परिस्थितिमा निकै होसियार हुनेछु र आफ्‍नो रक्षा गर्न सिक्‍नेछु।” के तिनीहरूको हृदयमा अझै पनि परमेश्‍वर हुनुहुन्छ? के तिनीहरू अझै परमेश्‍वरमा भर पर्छन् र उहाँमा विश्‍वास गर्छन्? कतिपय मानिसहरू भन्छन्, “मैले कसरी विश्‍वास गर्न सक्दिनँ र? म हृदयमा, अझै परमेश्‍वरमा विश्‍वास गर्छु, र अझै पनि ममा उहाँप्रति साँचो भरोसा छ।” तर कसैले थाहा नपाउने गरी तिनीहरू मनमनै भन्छन्, “म परमेश्‍वरका वचनहरू त्यति सजिलै पत्याउँदिनँ। परमेश्‍वरले सधैँ मानिसहरूलाई जाँच्‍नुहुन्छ र शोधन गर्नुहुन्छ। परमेश्‍वरको भरोसा गर्न सकिँदैन! हाम्रो आँखैअगाडि के भयो हेरौँ न। ठूलो रातो अजिङ्गरले हाम्रो मण्डलीका सदस्यहरू पक्राउ गर्‍यो। परमेश्‍वरले किन हामीलाई रक्षा गर्नुभएन? के परमेश्‍वरले आफ्‍नो घरका हितहरूमा हानि भएको हेर्न चाहनुहुन्छ? गैरविश्‍वासीहरूले मानिसहरूलाई छल गरिरहेका देख्दा के परमेश्‍वरलाई उदासीनता महसुस हुने हो? यदि परमेश्‍वरले साँच्‍चै यो कुरा देख्‍नुहुन्छ भने, किन वास्ता गर्नुहुन्‍न? उहाँले किन रोक्‍नु वा छेक्‍नुहुन्‍न? उहाँ किन हामीलाई अन्तर्दृष्टि दिनुहुन्‍न ताकि हामी आफूलाई छल्‍ने व्यक्ति दुष्ट व्यक्ति र गैरविश्‍वासी हो भन्‍ने कुरा पत्ता लगाएर जतिसक्दो चाँडो त्यसबाट आफूलाई टाढा राख्‍न, र यो सब परिणामहरूबाट बच्‍न सकौँ? जब गैरविश्‍वासीले मानिसहरूलाई छलिरहेको हुन्छ, तब परमेश्‍वरले किन हामीलाई रक्षा गर्नुहुन्‍न? एउटा शीघ्र चेतावनी नै भए पनि त्यो पर्याप्त हुन्थ्यो!” तिनीहरूले यी सब “किन” भन्‍ने प्रश्‍नहरूको उत्तर भेट्टाउँदैनन् र तिनीहरूले उत्तर भेट्टाउने पनि छैनन्। अन्त्यमा, यो अनुभव गरिसकेपछि, तिनीहरूले यस्तो निष्कर्ष निकाल्छन्: “मैले परमेश्‍वरमा भरोसा गर्नुपर्ने कुराहरूमा म उहाँमा भरोसा गर्नेछु, र मैले परमेश्‍वरमा भरोसा नगर्नुपर्ने कुराहरूमा म आफैमा भर पर्नेछु। म मूर्ख हुनु हुँदैन। एकअर्कालाई साथ र सहयोग दिनको लागि हामी विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू एक हुनुपर्छ। अरू सबै कुराको लागि, परमेश्‍वरलाई जे मन लाग्छ त्यही गर्नु दिनुपर्छ। हामीले यो कुरा नियन्त्रण गर्न सक्दैनौँ।” यदि ठूलो रातो अजिङ्गरले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्राउ गर्‍यो भने, मण्डलीको काम र मण्डली जीवनमा निकै ठूलो बाधा हुन्छ र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने कार्यमा ठूलो प्रभाव पर्छ। यो बेला अविश्‍वासी र ख्रीष्टविरोधीहरू देखा पर्छन् र झूटा शिक्षा र भ्रमहरू फैलाउँछन्, अगुवा र सेवकहरूले परमेश्‍वरका अभिप्रायविपरीत काम गरेर मानिसहरू पक्राउ परे भन्‍ने दाबी गर्दै बाधा दिन्छन् र बहकाउँछन्, अनि मानिसहरू यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरूको बहकाउमा पर्छन्। जब मानिसहरूका धारणा र कल्‍पना, र मानव भावनासँग नमिल्‍ने यी घटनाहरू घट्छन्, तब मानिसहरूले यिनबाट कहिल्यै पाठ सिक्दैनन्। मानिसहरूले कहिल्यै पनि यी घटनाहरूबाट परमेश्‍वरको सार्वभौमिकता, योजनाबद्ध कार्य, र स्वभाव बुझ्दैनन्। मानिसहरूले कहिल्यै पनि परमेश्‍वरका अभिप्रायहरू बुझ्‍न वा परमेश्‍वर तिनीहरूले यी घटनाहरूबाट के-कस्तो पाठ, के-कस्तो सुधार र के-कस्तो समझशक्ति प्राप्त गरून् भन्‍ने चाहनुहुन्छ त्यो बुझ्‍न सक्दैनन्। मानिसहरूलाई यीमध्ये कुनै पनि कुरा थाहा हुँदैन, र यी कुराहरू कसरी अनुभव गर्ने पनि तिनीहरूलाई थाहा हुँदैन। त्यसकारण, मानिसहरूले आफ्नो वरिपरि घटित भइरहेका सबै कुराहरूको हकमा “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने वाक्यांश साँच्‍चै नै ठीक छ, र यो वाक्यांश “परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ, परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ, र परमेश्‍वरले सबै कुरा जाँच गर्नुहुन्छ” भन्‍ने तथ्यभन्दा पनि बढी भरोसालायक र वास्तविक छ भनेर विश्‍वास गर्छन्। वास्तवमा, तिमीहरूले अझै पनि “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने भनाइ निकै वास्तविक छ, र सबै कुरा मानिसहरूले नै निर्धारित गर्छन्, र परमेश्‍वरले सबै कुरा निर्धारित गर्नुहुन्छ भनी भन्‍नु अलिक अस्पष्ट हुन्छ भन्‍ने विश्‍वास गर्छौ। मानिसहरू किन यो अस्पष्ट छ भन्‍ने सोच्छन्? किन मानिसहरू “परमेश्‍वरले सबै कुरा निर्धारित गर्नुहुन्छ” भन्‍ने अभिव्यक्ति पत्यारलाग्दो छैन भन्‍ने सोच्छन्? सिद्धान्तको हिसाबमा त यसको कारण भनेको मानिसहरूले सत्यता नबुझ्‍नु र परमेश्‍वरलाई नचिन्‍नु हो, तर वास्तवमा यसको कारण के हो त? (वास्तवमा, मानिसहरूले परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने कुरा स्विकार्ने वा विश्‍वास गर्ने गर्दैनन्।) मानिसहरूले परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने विश्‍वास गर्ने वा स्विकार्ने गर्दैनन् भनेर भन्‍नु सही हो, तर त्योभन्दा पनि विशिष्ट एउटा कारण छ, र त्यो “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने वाक्यांश हो। यसले असल र खराब कुरा हेर्ने मानिसहरूको दृष्टिकोण नै गलत छ भन्‍ने कुरा प्रकट गर्छ। मानिसहरूले तिनीहरूलाई शान्ति, आनन्द, आराम, र खुसी दिने कुराहरू नै असल कुराहरू हुन्, र ती कुराहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने विश्‍वास गर्छन्। कतिपय कुराहरूले मानिसहरूलाई असहज वा त्रासित तुल्याउँछन्, रुवाउँछन्, पीडा दिन्छन्, वा तिनीहरूलाई यति धेरै शोकले भर्छन् कि तिनीहरूलाई मर्न मन लाग्छ—कतिपय कुराहरूले मानिसहरूलाई सामान्य मण्डली जीवन कायम राख्‍न र आफ्‍नो कर्तव्य निर्वाह गर्ने सामान्य वातावरण कायम राख्‍न पनि असम्‍भव तुल्याउँछ। यस्ता कुराहरूलाई मानिसहरूले “खराब कुराहरू” भन्छन्। “खराब कुराहरू” भन्‍ने शब्‍दलाई उद्धरण चिन्हभित्र राखिनुपर्छ। के “खराब कुराहरू” ले मानिसहरूलाई असल प्रभाव पार्न सक्छन्? मानिसहरूले यी असल प्रभावहरू देख्‍न वा महसुस गर्न सक्दैनन्, त्यसकारण, तिनीहरूलाई लाग्छ कि परमेश्‍वरको सार्वभौमिकतामा रहेका “सबै कुरा” ले तिनीहरूलाई शान्ति, आनन्द, सन्तुष्टि, फाइदा, सुधार र नाफा दिने कुराहरू, अनि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास दह्रिलो बनाउने कुराहरू मात्रै पर्छन्। मानिसहरूले यी कुराहरू सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताभित्र पर्छन् भन्‍ने विश्‍वास गर्छन्। यसविपरीत, यदि झट्ट हेर्दा, केही कुराले मानिसहरूको जीवनमा कष्ट ल्याएको, र मण्डलीका हितहरूमा हानि गरेको देखिन्छ भने, र यदि केही मानिसहरू बहकिन्छन्, र कति जना त हटाइन्छन् समेत भने, र यदि कतिपयले नराम्रो घटनाहरू सामना गर्छन् र केही पीडा भोग्छन् भने, मानिसहरूले परमेश्‍वरको सार्वभौमिकतासँग यी कुराहरूको कुनै सम्‍बन्ध छैन, र यी शैतानका काम हुन् भन्‍ने विश्‍वास गर्छन्। यदि यी परमेश्‍वरका काम हुन्थे भने, यी नकारात्मक कुराहरू देखा पर्ने वा अस्तित्वमा रहने थिएनन् भनेर मानिसहरूले विश्‍वास गर्छन्, र मानिसहरूले यही कुरा नै निर्धारित गरेका हुन्छन्। त्यसकारण, “परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ” भन्‍ने वाक्यांशबारे मानिसहरूको बुझाइ एकतर्फी र सतही छ। यो मानव धारणाहरूमा सीमित छ, यो मानव भावनाहरूले भरिएको छ, र यो तथ्यहरूसँग मिल्दैन। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। परमेश्‍वरले हरप्रकारका कीरा-फट्याङ्ग्रा र चराचुरुङ्गी सृष्टि गर्नुभयो। कतिपय मानिसहरू भन्छन्, “मलाई विश्‍वास छ, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुरा महत्त्वपूर्ण छन्, ती सबै फाइदाजनक कीराहरू हुन्, र ती सबै असल छन्। मौरी परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र हरकिसिमका असल चराचुरुङ्गी परमेश्‍वरले सृष्टि गर्नुभएको हो। तर लामखुट्टेले सधैँ मानिसहरूलाई टोक्छ र रोग फैलाउँछ, त्यसकारण लामखुट्टे राम्रो होइन। सायद लामखुट्टे परमेश्‍वरले सृष्टि गर्नुभएको होइन होला।” के यो विकृत बुझाइ होइन र? वास्तवमा, सबै कुरा परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो। सृष्टिकर्ता परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, र जीवित र निर्जीव सबै कुरा परमेश्‍वरबाट आएका हुन्। मानिसहरूले आफ्‍ना धारणाहरूमा रही फाइदाजनक कीरा-फट्याङ्ग्रा, चराचुरुङ्गी, र अन्य फाइदाजनक प्राणीहरू मात्रै परमेश्‍वरबाट आएका हुन् भन्‍ने विश्‍वास गर्छन्—झिङ्गा, लामखुट्टे, उडुस, र केही मांसाहारी पशुहरूलाई मानिसहरूले विशेष हिंसात्‍मक मान्छन्, ती प्राणीहरू परमेश्‍वरबाट आएका होइनन् जस्ता देखिन्छन्, र ती परमेश्‍वरबाट आएका नै हुन् भने पनि ती असल होइनन् भन्‍ने तिनीहरू ठान्छन्। के यो मानव धारणा होइन र? मानिसहरूका विचार र धारणाहरूमा, यी कुराहरूलाई क्रमिक रूपमा व्यवस्थित ढङ्गले वर्गीकरण गरिएको हुन्छ: मान्छेलाई मन पर्ने वा तिनीहरूलाई फाइदा दिने कुराहरू सकारात्मक र परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरू हुन् भने, मान्छेलाई मन नपर्ने वा तिनीहरूलाई हानि गर्ने कुराहरू नकारात्मक र परमेश्‍वरले सृष्टि नगर्नुभएका कुराहरू हुन्, र ती कुराहरू सायद शैतानले सृष्टि गरेका वा प्रकृतिले पैदा गरेका कुराहरू हुन्। मानिसहरूले आफ्‍नो दिमागमा प्रायजसो अचेत रूपमा के विश्‍वास गर्छन् भने, “झिङ्गा, लामखुट्टे, र उडुसहरू असल कुराहरू होइनन्, त्यसकारण ती कुराहरूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको होइन। परमेश्‍वरले त्यस्ता कुराहरू अवश्यै सृष्टि गर्नुहुन्‍न।” या त तिनीहरूले यस्तो सोच्छन्, “सिंह र बाघहरूले सधैँ भेडा र बनघोडा खान्छन्, ती अति निर्दयी छन्। ती असल कुराहरू होइनन्। ब्‍वाँसाहरू कुटिल, धूर्त, आक्रमक, हिंसात्‍मक, र निर्दयी हुन्छन्। ब्‍वाँसाहरू खराब छन्, तर गाइ र भेडा असल छन्, र कुकुरहरू त झनै राम्रा छन्।” परमेश्‍वरले सृष्टि गर्नुभएको कुनै कुरा असल हो कि होइन भन्‍ने कुरा मान्छेको भावनात्मक खाँचो वा रुचिअनुसार मापन गरिँदैन—यी कुराहरूलाई यसरी मापन गरिनु हुँदैन। परमेश्‍वरले वनघोडा, मृग, र विभिन्‍न प्रकारका शाकाहारी जन्तुहरू, साथै एकैपटक टोकेर सिकार मार्न सक्‍ने केही सिकारी जन्तुहरूसहित सिंह, बाघ, चितुवा, र गोहीजस्ता विशेष हिंसात्‍मक मांसाहारी जन्तुहरूलगायत हरकिसिमका पशु-प्राणी सृष्टि गर्नुभयो। मानिसको नजरमा यी पशुहरू असल भए पनि खराब भए पनि, ती सबै परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो। कतिपय मानिसहरूले सिंहले वनघोडा खाएको देख्छन् र सोच्छन्, “अहो, बिचरा वनघोडा। सिंह कति हिंस्रक हुन्छ, त्यसले वनघोडा खान्छ।” तिनीहरूले ब्‍वाँसोले भेडा खाएको देख्दा, सोच्छन्, “ब्‍वाँसाहरू कति निर्दयी र कुटिल हुन्छन्। परमेश्‍वरले किन ब्‍वाँसाहरू सृष्टि गर्नुभएको? भेडाहरू कति राम्रा, दयालु, र नम्र हुन्छन्। परमेश्‍वरले किन नम्र पशु मात्र सृष्टि नगर्नुभएको? ब्‍वाँसाहरू भेडाका प्राकृतिक शत्रु हुन्, त्यसकारण परमेश्‍वरले किन ब्‍वाँसा र भेडा दुवै सृष्टि गर्नुभएको?” तिनीहरूले यसपछाडि रहेको रहस्य बुझ्दैनन् र सधैँ मानव धारणा र कल्‍पनाहरू बोकेर हिँड्छन्। जब मण्डलीका मानिसहरूलाई ख्रीष्टविरोधीहरूले बहकाउने घटनाहरू घट्छन्, तब कतिपय मानिसहरूले भन्छन्, “यदि परमेश्‍वरले यो मानवजातिलाई दया गर्नुहुन्छ भने, उहाँले किन शैतानलाई सृष्टि गर्नुभयो? उहाँले किन मानवजातिलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिनुहुन्छ? परमेश्‍वरले त हामीलाई चुन्‍नुभएको हो, तर किन उहाँले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा देखा पर्न दिनुहुन्छ?” तिमीहरूले बुझ्दैनौ, होइन त? यो परमेश्‍वरको सार्वभौमिकता हो। उहाँले यसरी नै सबै थोकमाथि शासन गर्नुहुन्छ, र उहाँले यी कुराहरूमाथि यसरी नै शासन गर्नुभयो भने मात्रै सबै थोक उहाँले तय गर्नुभएका नियमहरू र व्यवस्थामा सामान्य रूपले अस्तित्वमा रहन सक्छन्। यदि परमेश्‍वरले तँलाई रक्षा गर्नुहुन्थ्यो र मण्डलीमा ख्रीष्टविरोधीहरू देखा पर्न दिनुहुन्‍नथ्यो भने, के तैँले ख्रीष्टविरोधीहरू के हुन् भन्‍ने कुरा थाहा पाउनेथिस्? के तैँले ख्रीष्टविरोधीको स्वभाव कस्तो हुन्छ भन्‍ने कुरा जान्‍नेथिस्? यदि तँलाई ख्रीष्टविरोधीहरूलाई कसरी चिन्‍ने भन्‍नेबारेमा केही वचनहरू र धर्मसिद्धान्तहरू मात्रै बताइन्थ्यो, तर तैँले कहिल्यै ख्रीष्टविरोधी भेट्दैनथिस् भने, के तैँले ख्रीष्टविरोधी चिन्‍न सक्‍नेथिस्? (थिइनँ।) अवश्यै सक्‍नेथिनस्। यदि ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई देखा पर्ने अनुमति नदिइएको भए, तँ सधैँ हरितगृहको फूल जस्तै हुनेथिस्: तापक्रममा सानो परिवर्तन आउनेबित्तिकै, अलिकति चिसोले नै तँ ओइलिनेथिस्, र त्यसलाई सहन सक्‍नेथिनस्। त्यसकारण, यदि मानिसहरूले सत्यता बुझ्‍न चाहन्छन् भने, तिनीहरूले सबै वातावरणहरू, र परमेश्‍वरले शासन गर्नुहुने र योजनाबद्ध गर्नुहुने सबै मानिसहरू, घटनाहरू, र परिस्थितिहरू स्विकार्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ। “सबै मानिसहरू, घटनाहरू, र परिस्थितिहरू” ले सकारात्मक र नकारात्मक सबै कुरा समेट्छ, यसले तेरो धारणा र कल्‍पनाहरूसँग मिल्‍ने र नमिल्‍ने सबै कुरा समेट्छ। यसमा तैँले सकारात्मक ठानेका र तँलाई मननपर्ने नकारात्मक कुराहरू पनि पर्छन्, यसमा तेरा भावनाहरूसँग मिल्‍ने कुराहरू पर्छन्, र यसमा तेरा भावना वा रुचिसँग नमिल्‍ने कुराहरू पनि पर्छन्। तैँले यी सबै कुरा स्विकार्नुपर्छ। अनि, यी सबै कुरा स्विकार्नुको उद्देश्‍य के हो? यो तेरो ज्ञान निर्माण गर्न र अनुभव बढाउनको लागि होइन, बरु तँलाई अझै व्यावहारिक र ठोस रूपमा परमेश्‍वरका वचनहरूको ज्ञान लिन, सत्यता बुझ्‍न, र यी तथ्यहरूमार्फत परमेश्‍वरका वचनहरूको सत्यता र यथार्थता अनुभव गर्न सक्षम पार्नु हो। अन्ततः तँ परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍नेमा पक्‍का हुनेछस्, तैँले फरकफरक मानिसहरू, घटनाहरू, र परिस्थितिहरूबाट पाठ सिक्‍नेछस्, र यसरी तैँले आफूलाई अझै धेरै सत्यता बुझ्‍न सक्‍ने, अझै धेरै कुराहरूको वास्तविकता देख्‍न सक्‍ने, र आफूलाई ज्ञानले अझै धेरै सम्‍पन्‍न बनाउन सक्‍ने तुल्याउनेछस्। यसमार्फत हासिल हुने अन्तिम परिणाम यो हुन्छ कि तैँले फरकफरक मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको उदय र विकासबाट सृष्टिकर्ताको ज्ञान प्राप्त गर्न सक्‍नेछस्, तैँले उहाँको स्वभाव र सार बुझ्‍न सक्‍नेछस्, अनि तैँले उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबै थोकलाई योजनाबद्ध गर्नुहुन्छ भन्‍ने कुरा सिक्‍न सक्‍नेछस्।

तैँले आफ्‍नो वरिपरि देख्‍ने घटनाहरूलाई मानिसले असल ठाने पनि खराब ठाने पनि, ती तैँले चाहेका भए पनि नभए पनि, तिनले तँलाई आनन्द र खुसी दिए पनि वा शोक र पिडा दिए पनि, तैँले तिनलाई सिक्‍नुपर्ने पाठहरू र खोज्‍नुपर्ने सत्यताहरू समावेश रहेका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको रूपमा लिनुपर्छ, र तैँले तिनलाई परमेश्‍वरबाट आएका कुराहरूको रूपमा लिनुपर्छ। ती संयोगले घटित हुँदैनन्, मानिसहरूको कारणले ती घटित हुने गर्दैनन्, ती कुनै पनि व्यक्तिले गराएका होइनन्, र ती कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्‍ने कुरा होइनन्। यी सबै कुरामाथि परमेश्‍वरले शासन गर्नुहुन्छ; परमेश्‍वरले नै यी सबै कुरालाई योजनाबद्ध र बन्दोबस्त गर्नुहुन्छ। कुनै पनि घटना देखा पर्ने कुरा मानिसको इच्छामा निर्भर हुँदैन, न त कुनै व्यक्तिले चाहँदैमा उसले कुनै घटना नियन्त्रण गर्न नै सक्छ। सबै मानिसहरू, घटनाहरू, र परिस्थितिहरू अन्तिम परिणाममा नपुगेसम्‍म ती कुराहरूको देखापराइ, विकास, र रूपान्तरणको सम्पूर्ण प्रक्रियालाई परमेश्‍वरले नै शासन र योजनाबद्ध गर्नुहुन्छ। यदि तँ यो कुरामा विश्‍वास गर्दैनस् भने, मैले बोलेका वचन र सिद्धान्तहरूअनुसार परिस्थितिहरू अनुभव र अवलोकन गर्ने प्रयास गर्। मैले भनेको कुरा साँचो हो कि होइन हेर्। “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने तिमीहरूले सही ठानेको भनाइ सही हो कि “सबै मानिसहरू, घटना, र परिस्थितिहरू अन्तिम परिणाममा नपुगेसम्‍म ती कुराहरूको देखापराइ, विकास, र रूपान्तरणको सम्पूर्ण प्रक्रियालाई परमेश्‍वरले नै शासन र योजनाबद्ध गर्नुहुन्छ” भन्‍ने अभिव्यक्ति सही हो, त्यो हेर्। यी दुई अभिव्यक्तिमध्ये कुनचाहिँ सही, कुनचाहिँ तथ्यअनुरूप छ, कुनले मानिसहरूलाई सुधार हुन सहयोग गर्छ र फाइदा दिन्छ, र कुनले मानिसहरूलाई परमेश्‍वर चिन्‍न र उहाँमा साँचो विश्‍वास गर्न सक्षम पार्छ, त्यो हेर्। जब तैँले आफ्‍नो वरिपरि हुने सबै कुरालाई परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबै थोक योजनाबद्ध गर्नुहुन्छ भन्‍ने दृष्टिकोण र मनोवृत्तिसाथ अनुभव गर्छस्, तब तेरो हेराइ र दृष्टिकोण पूर्ण रूपमा फरक हुनेछ। यदि तैँले सबै कुरा र मामिलाहरूलाई “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भनाइको आधारमै हेरिरहिस् भने, सामान्य रूपमा भन्दा, जब तेरो जीवनमा कुनै कुरा आइपर्छ, तब तँ स्वतः र अनायासै सही र गलतको तर्कवितर्कमा अल्झन्छस्, परमेश्‍वरका वचनहरूअनुसार सत्यता सिद्धान्तहरू र उहाँका अभिप्रायहरूको खोजी गर्नुको सट्टा, तैँले मानिसहरूलाई जिम्‍मेवार तुल्याउने प्रयास गर्दै विभिन्‍न घटनाहरूका कारणहरू, र विभिन्‍न मामिलाहरूमा प्रतिकूल परिणामहरू ल्याउने कारकतत्वहरू विश्‍लेषण गर्नेछस्। “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने भनाइमा तैँले जति धेरै विश्‍वास गर्छस्, अविश्‍वासीहरूको दृष्टिकोणले तँलाई त्यति नै बढी नियन्त्रण गर्छ। त्यसपछि तैँले अनुभव गर्ने सबै कुराको अन्तिम परिणाम बढ्दो रूपमा सत्यतासँग बाझिनेछ, अनि परमेश्‍वरमाथिको तेरो विश्‍वास धर्मसिद्धान्त वा नारामा मात्रै सीमित हुनेछ। त्यो अवस्थामा, तँ पूर्ण रूपमा अविश्‍वासीमा परिणत भएको हुनेछस्। अर्को शब्‍दमा भन्दा, तैँले “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने भनाइमा जति धेरै विश्‍वास गर्छस्, त्यति नै तँ अविश्‍वासी होस् भन्‍ने कुरा प्रमाणित हुन्छ। यदि तेरो हृदयमा परमेश्‍वर वा परमेश्‍वरका वचनहरू छैनन् भने, यदि तँ परमेश्‍वरका कुनै पनि वचनहरू, सत्यता, वा सकारात्मक कुराहरूलाई मान्दैनस् वा स्विकार्दैनस् भने, यदि तेरो हृदयमा यी कुराहरूको निम्ति कुनै ठाउँ छैन भने, तेरो अन्तरात्माको गहिराइ पूर्ण रूपमा शैतानले ओगटेको र क्रमिक विकासको सिद्धान्त र भौतिकवादको सोचविचारले भरिएको छ, र ती सबै कुराहरू दियाबलसहरू र शैतानका दुष्ट शब्दहरू हुन्। तँ आफ्‍नो आँखाले देख्‍ने सबै तथ्यमा विश्‍वास गर्छस्, तर ब्रह्माण्डका सबै थोकमाथि शासन गर्नुहुने, कुनै व्यक्तिले देख्‍न नसक्‍ने उहाँ साँच्‍चै अस्तित्वमा हुनुहुन्छ भन्‍नेमा विश्‍वास गर्दैनस्। यदि तैँले सबै कुरालाई “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने भनाइको आधारमा हेर्छस् भने, तँ शैतान र भौतिकवादीहरूभन्दा फरक छैनस्। तर यदि तैँले सबै कुरालाई “संसारका सबै कुराको शासन र बन्दोबस्त परमेश्‍वरले गर्नुहुन्छ” भन्‍ने दृष्टिकोणबाट हेर्छस् भने, केही कुराहरू स्पष्ट रूपमा देख्‍न नसके पनि, परमेश्‍वरका वचनहरूभित्र तैँले आफ्‍नो वरिपरि भइरहेका निश्‍चित घटनाहरूको उत्तर खोज्‍न, मामिलाको मूलजड खोज्‍न, र समस्याको सार र सत्यता खोज्‍न सक्‍नेछस्। तैँले को सही र को गलत थियो भनेर अनुसन्धान गर्नेछैनस्, तैँले कसैलाई जिम्‍मेवार तुल्याउने प्रयास मात्रै गरिरहेको हुनेछैनस्; बरु, तैँले मामिलालाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्न, समस्याको मूलजड खोज्‍न, र विषयको चुरो कुरो पत्ता लगाउन सक्‍नेछस्, र मानिसहरू कहाँ असफल भए, तिनीहरूमा के कुराको कमी थियो, तिनीहरूले कुन भ्रष्ट स्वभाव प्रकट गरे, तिनीहरू कसरी विद्रोही बने, र तिनीहरूको कुन पक्ष सम्पूर्ण मामलामा परमेश्‍वरसँग नमिल्‍ने थियो भनेर खोज गर्न सक्‍नेछस्। तैँले यी कुराहरू गर्नुपछाडि परमेश्‍वरका अभिप्राय र उद्देश्यहरू के थिए, मानिसहरूमा उहाँले के हासिल गर्न चाहनुभएको थियो, उहाँले कस्ता परिणामहरू हासिल गर्न चाहनुभएको थियो, मानिसहरूले के-कस्ता फाइदाहरू प्राप्त गरून्, र मानिसहरूले कुन-कुन सिद्धान्तहरू पालन गरून् भन्‍ने उहाँको चाहना थियो भन्‍ने कुरा खोजी गर्न सक्‍नेछस्। जब तैँले कुनै निश्‍चित घटनालाई यी दृष्टिकोणहरूबाट देख्‍न र हेर्न सक्छस्, तब तेरो भित्री स्थिति परिवर्तन हुनेछ। परिस्थितिहरूप्रतिको तेरो दृष्टिकोणलाई परमेश्‍वरका वचनहरूले तँलाई थाहै नभई अगुवाइ र निर्देशित गर्नेछन्। परमेश्‍वरका वचनहरूमा तैँले अचेतन रूपमै अन्तर्दृष्टि र दिशानिर्देश प्राप्त गर्नेछस्, साथै तेरो जीवनमा त्यस्ता मामिलाहरू आइपर्दा तैँले पालना र अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू पनि प्राप्त गर्नेछस्। जब तँ साँच्‍चै यी सत्यता सिद्धान्तहरूमा प्रवेश गर्छस्, तब तँमा परमेश्‍वरमाथि साँचो विश्‍वास र भरोसा हुन्छ, तैँले इमानदारीसाथ प्रार्थना र अन्तर्बिन्ती गर्नेछस्, तँमा सच्चा समर्पण हुनेछ, र तैँले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्‍नेछस्—यसको अन्तिम परिणाम के हुनेछ? सम्पूर्ण घटनाभरि, तैँले मामिलाको सत्यता देख्‍नेछस्, पाठहरू सिक्‍नेछस्, तेरो जीवनमा आइपर्ने सबै कुरालाई सही रूपमा बुझ्‍न सक्‍नेछस्, र तैँले यो परमेश्‍वरका बन्दोबस्तहरूबाट आएको हो, र यसमा परमेश्‍वरको इच्छा छ भन्‍ने कुरा देख्‍न सक्‍नेछस्। अनि यसरी, मानिसहरूले प्रायजसो “नराम्रो कुराबाट राम्रो कुरा बनाउनु” भनेर भन्‍ने गरेजस्तै, तैँले मानिसहरूले निन्दा, तिरस्कार र घृणा गर्ने हरेक घटनालाई सकारात्मक कुराको रूपमा लिन सक्‍नेछस्, र यो घटनाको शासन र बन्दोबस्त परमेश्‍वरले गर्नुहुन्छ, र यो परमेश्‍वरबाट स्विकारिनुपर्छ भनी अनुमोदन गर्न सक्‍नेछस्। तैँले यसलाई परमेश्‍वरको परिश्रमी प्रयास, उहाँका अभिप्रायहरू, र उहाँका अपेक्षाहरूले भरिएको कुराको रूपमा लिनेछस्। यो अनुभव गर्ने प्रक्रियामा, तैँले समग्र मामिलालाई योजनाबद्ध गर्ने क्रममा परमेश्‍वरका के-कस्ता अभिप्रायहरू समावेश थिए भनेर अचेतन रूपमै बुझ्‍नेछस्। थाहै नपाई, तैँले उहाँका अभिप्रायहरू बुझ्‍नेछस् अनि बोध गर्नेछस्, र त्यस्तो भएपछि, तैँले थाहै नपाई यसभित्रका सत्यताहरू बुझ्‍नेछस्, र त्यो सम्पूर्ण घटनामा समावेश मानिसहरू र मामिलाहरू सबैलाई तैँले चिन्‍न सक्‍नेछस्। यदि समग्र घटनामा, तैँले समस्यालाई “संसारका सबै कुराको शासन र बन्दोबस्त परमेश्‍वरले गर्नुहुन्छ” भन्‍ने भनाइको आधारमा हेरिस् भने, यसबाट तैँले धेरै कुरा सिक्‍नेछस्। तैँले सत्यता प्राप्त गर्नेछस्, र परमेश्‍वरमाथिको साँचो विश्‍वास, र सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकताको बुझाइ प्राप्त गर्नेछस्। तैँले परमेश्‍वरका अभिप्रायहरू र यस विषयप्रतिका उहाँका परिश्रमिक विचारहरू प बुझ्‍नेछस्। अवश्य नै, तैँले पहिले तेरो चेतनामा मात्रै रहेको “परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ” भन्‍ने वाक्यांशको बुझाइ र अनुभव पनि प्राप्त गर्नेछस्। त्यो सम्पूर्ण घटनाभरि, तैँले समस्यालाई “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने दृष्टिकोणबाट हेरिस् भने, तैँले गुनासो गर्नेछस्, परमेश्‍वरलाई अवहेलना गर्नेछस्, र तँलाई परमेश्‍वर धेरै टाढा र अस्पष्ट हुनुहुन्छ भन्‍ने लाग्‍नेछ। “परमेश्‍वर” भन्‍ने शब्‍द, परमेश्‍वरको पहिचान, परमेश्‍वरको सार, र परमेश्‍वरबारेका सबै कुरा धेरै टाढाका र खोक्रा लाग्‍नेछन्। तँलाई त्यो सम्पूर्ण घटनाको घटाइ, विकास, र परिणाम सबै मानव चालबाजीमा निर्भर थियो, र सबै कुरालाई मानव तत्वले नै प्रभावित गरेका हुन् भन्‍ने लाग्‍नेछ। त्यसकारण, तैँले यी मामलाहरूबारे निरन्तर यस्तो सोच्दै चिन्तन गर्नेछस्, “यो चरणमा कसले गल्ती गर्‍यो? त्यो चरणमा कसले लापरवाही रूपमा नोक्‍सानी हुन दियो? कसले यो चरणमा बाधा, व्यवधान, र बरबादी ल्यायो? तिनीहरूले यसको मूल्य चुकाउने कुरा म सुनिश्‍चित गर्नेछु।” सधैँ सही र गलतबारे सोच्दै, र परमेश्‍वरका वचनहरू, सत्यता, सृष्टि गरिएको प्राणीले पूरा गर्नुपर्ने जिम्‍मेवारी, कर्तव्य, र दायित्वहरूलाई, र तैँले लिनुपर्ने दृष्टिकोण र अडानहरूलाई पूर्ण रूपमा बेवास्ता गर्दै, तँ सधैँ व्यक्तिहरू र मामिलाहरूमै अल्झिरहन्छस्। तेरो हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ हुँदैन। त्यो घटनाको सम्पूर्ण प्रक्रियामा, तँ र परमेश्‍वरबीच कुनै सम्‍बन्ध हुँदैन, न त तँ र परमेश्‍वरका वचनहरूबीच नै कुनै सम्‍बन्ध हुनेछ। भन्‍नुको अर्थ, कुनै कुरा सामना गर्दा, तँ मानिसहरू र परिस्थितिहरूमा मात्रै ध्यान दिनेछस्। तैँले त्यो मामिलासँग तुलना गर्नको लागि सत्यतासँग मिल्‍ने कुनै एउटा वचन पनि वा परमेश्‍वरबाट आउने सत्यताको कुनै एउटा अभिव्यक्ति पनि फेला पार्न सक्‍नेछैनस्, यसलाई परिस्थिति चिरफार गर्ने आधारको रूपमा प्रयोग गर्न सक्‍नेछैनस्, यो परिस्थितिबाट कुनै पनि पाठ सिक्‍ने वा समझशक्ति पाउनेछैनस्, अनि आफ्‍नो विश्‍वासलाई दह्रिलो बनाउन वा परमेश्‍वरलाई चिन्‍न सक्‍नेछैनस्। तैँले यीमध्ये केही पनि गर्न सक्‍नेछैनस्। त्यो सम्पूर्ण घटनाभरि, तँ “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने प्रचलित भनाइमै अल्झिरहनेछस्, जुन ठ्याक्‍कै रूपमा भन्दा, अविश्‍वासीहरूको तर्क र दृष्टिकोण हो। मानौँ, यसको ठीक उल्टो गरी, तैँले घटनाको सुरुदेखि नै, व्यक्ति सही छ कि गलत छ त्यो जाँच नगरी, व्यक्ति वा वस्तुलाई अधिक विश्‍लेषण नगरी, र मानिसहरू वा परिस्थितिहरूमा अत्यधिक रूपमा नअल्झी त्यो घटनालाई सृष्टि गरिएको प्राणीको दृष्टिकोणले स्विकार्न सक्छस्। अनि, मानौँ तैँले सक्रिय रूपमा परमेश्‍वरका वचनहरूमा उत्तरहरू खोज्छस्, सक्रिय रूपमा परमेश्‍वरको अघि प्रार्थना गर्छस् र उहाँमा भर पर्छस्, र परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ खोजी गर्छस्, र यसरी परमेश्‍वरलाई काम र योजनाहरू गर्न दिन्छस्। मानौँ तेरो मनोवृत्ति परमेश्‍वरको डर मान्ने र उहाँमा समर्पित हुने, सत्यताको तृष्णा गर्ने, र परमेश्‍वरसँग सक्रिय सहकार्य गर्ने किसिमको छ—त्यो अविश्‍वासीको दृष्टिकोण र मनोवृत्ति होइन, बरु परमेश्‍वरलाई पछ्याउने साँचो व्यक्तिमा हुनुपर्ने दृष्टिकोण र अडान हो। त्यस्तो दृष्टिकोण र अडानद्वारा, तैँले अनजानमै पहिले कहिल्यै अनुभव नगरेका कुराहरू प्राप्त गर्नेछस्, जुन ती तँसँग पहिले नभएका सत्यता वास्तविकताहरू हुन्। ती सत्यता वास्तविकताहरू वास्तवमा परमेश्‍वरले सम्पूर्ण घटनामाथिको आफ्‍नो सार्वभौमिकताद्वारा तँमा हासिल र प्राप्त गर्न चाहनुभएका प्रभावहरू हुन्। यदि परमेश्‍वरले आफूले हासिल गर्न चाहेको कुरा पूरा गर्नुभयो भने, उहाँले व्यर्थमा काम गर्नुभएको हुनेछैन किनभने उहाँले तँमा आफूले चाहेको प्रभाव हासिल गरिसक्‍नुभएको हुन्छ। यी प्रभावहरू के-के हुन्? परमेश्‍वर तैँले वास्तवमा के भइरहेको छ भनेर हेर्, र कुनै पनि घटना संयोगले हुँदैन, न त यो मानिसहरूले पैदा गरेको नै हुन्छ, बरु यसमा त परमेश्‍वरको हात हुन्छ भनेर बुझ् भन्‍ने चाहनुहुन्छ। उहाँ तैँले परमेश्‍वरको वास्तविक अस्तित्व अनुभव गर्, र सबै थोकको नियतिमाथि उहाँको सार्वभौमिकता रहेको र सबै थोकको नियति उहाँले योजनाबद्ध गर्नुभएको तथ्य बुझ्, र यो कुरा तथ्य हो, कुनै खोक्रो अभिव्यक्ति होइन भनेर बुझ् भन्‍ने चाहनुहुन्छ।

यदि, तैँले आफ्‍नो अनुभवद्वारा, परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबै थोकको नियति योजनाबद्ध गर्नुहुन्छ भन्‍ने कुरा महसुस गरिस् भने, तैँले पनि अय्यूबले जस्तै अभिव्यक्ति दिन सक्‍नेछस्: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चात्ताप गर्छु” (अय्यूब ४२:५-६)। के त्यो राम्रो अभिव्यक्ति हो? (हो।) यो अभिव्यक्ति सुन्दा अति राम्रो लाग्छ, र यो हृदयस्पर्शी छ। के तिमीहरू यो अभिव्यक्तिको सत्यता अनुभव गर्न चाहन्छौ? अय्यूबले यी शब्‍दहरू बोल्दा उसले कस्तो महसुस गरेको थियो के त्यो तिमीहरू बुझ्‍न चाहन्छौ? (चाहन्छौँ।) यो सामान्य इच्छा हो कि दह्रिलो इच्छा हो? (दह्रिलो इच्छा हो।) छोटकरीमा भन्दा, तिमीहरूसँग यस्तो सङ्कल्प र इच्छा हुन्छ। अनि, यो इच्छा कसरी पूरा गर्न सकिन्छ? यो कुरा मैले पहिले भनेजस्तै हो। तिमीहरूले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट हेर्नुपर्छ, र तिमीहरूको जीवनमा आइपर्ने सबै मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई परमेश्‍वर सबै थोकका शासक हुनुहुन्छ र सबै कुरा उहाँले नै नियन्त्रण र योजनाबद्ध गर्नुहुन्छ भन्‍ने दृष्टिकोणबाट हेर्नुपर्छ। तिमीहरूले यसबाट पाठ सिक्‍नुपर्छ, परमेश्‍वरले गर्नुहुने सबै कुराबाट उहाँका अभिप्रायहरू बुझ्‍नुपर्छ, र परमेश्‍वरले तँमा के हासिल गर्न र पूरा गर्न चाहनुहुन्छ त्यो पहिचान गर्नुपर्छ। त्यसो गरेर, चाँडै नै एकदिन, र भविष्यमा निकै चाँडो, तैँले पनि अय्यूबले यी शब्‍दहरू उच्चारण गर्दा जस्तो अनुभव गरेको थियो त्यस्तै अनुभव गर्नेछस्। जब तिमीहरूले अय्यूबले यी शब्‍दहरू बोल्दा जस्तो अनुभव गरेको थियो त्यस्तै अनुभव गर्न चाहन्छौ भनेर भनेको म सुन्छु, तब मलाई ९९ प्रतिशतभन्दा बढी मानिसहरूले यस्तो पहिले कहिल्यै अनुभव गरेका छैनन् भन्‍ने थाहा हुन्छ। त्यस्तो किन हो? त्यस्तो किन हो भने, तिमीहरू कहिल्यै पनि सृष्टि गरिएको प्राणीको स्थानमा उभिएका छैनौ र सृष्टिकर्ताले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबै थोकमाथि शासन चलाउनुहुन्छ भन्‍ने कुरा अय्यूबले जसरी कहिल्यै अनुभव गरेका छैनौ। यो सबै मानव अज्ञानता, मूर्खता, र विद्रोहीपनले, साथै शैतानले पैदा गरेको बहकाउ र भ्रष्टताले गर्दा भएको हो, जसले मानिसहरूलाई आफ्‍नो जीवनमा आइपर्ने सबै कुरालाई नचाहँदा नचाहँदै पनि अविश्‍वासीको दृष्टिकोणले हेर्ने, र आफ्‍ना वरिपरि घटित हुने कुराहरूलाई गैरविश्‍वासीहरूले आम रूपमा प्रयोग गर्ने विधि र सैद्धान्तिक आधारहरूद्वारा पहिचान गर्ने र सम्हाल्नेसमेत तुल्याउँछ। तिनीहरूले अन्तिममा निकाल्‍ने निष्कर्ष सत्यतासँग पटक्‍कै सम्‍बन्धित हुँदैन, र केही त सत्यताको विपरीतसमेत हुन्छ। यसले दीर्घकालमा मानिसहरूलाई सृष्टिकर्ताले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबै कुरालाई नियन्त्रण गर्नुहुन्छ भन्‍ने कुरा अनुभव गर्नबाट, र अय्यूबले यी शब्‍दहरू बोल्दा उसले अनुभव गरेको अनुभूति प्राप्त गर्नबाट रोक्छ। यदि तैँले अय्यूबको जस्तै ठूला वा साना परीक्षाहरू भोगेको छस्, र तैँले पहिले नै परमेश्‍वरको हातले काम गरेको र त्यसमार्फत परमेश्‍वरको सार्वभौमिकताको तथ्य अनुभव गरेको छस् भने, यदि तैँले परमेश्‍वरले यी कुराहरूमाथि शासन र योजनाबद्ध कार्य गर्नुका विशिष्ट अभिप्रायहरूका साथै मानिसहरूले पछ्याउनुपर्ने मार्ग पनि पहिचान गरेको छस् भने, अन्त्यमा, तैँले परमेश्‍वरले सम्पूर्ण घटनाभरि तँमा हासिल गर्न चाहनुभएका सकारात्मक प्रभावहरू, परमेश्‍वरले तँमाथि राख्‍नुभएका असल अभिप्राय र अपेक्षाहरू, र अन्य कुराहरू अनुभव गर्न सक्‍नेछस्। तैँले यो सब अनुभव गर्न सक्‍नेछस्। जब यो सब अनुभव गर्नेछस्, तब तैँले परमेश्‍वरले सत्यता बोल्‍न र तँलाई जीवन दिन सक्‍नुहुन्छ भन्‍ने मात्रै विश्‍वास गर्नेछैनस्, तैँले त सृष्टिकर्ता साँच्‍चै अस्तित्वमा हुनुहुन्छ भन्‍ने पनि मूर्त रूपमा महसुस गर्नेछस्, र सृष्टिकर्ताले सबै थोक सृष्टि गर्नुभयो र सबै थोकमाथि शासन गर्नुहुन्छ भन्‍ने तथ्य पनि महसुस गर्नेछस्। यी सब कुरा अनुभव गरिरहेको बेला, परमेश्‍वरमाथिको र सृष्टिकर्तामाथिको तेरो विश्‍वास बढ्नेछ। यसको साथै, यसले तँलाई तैँले सृष्टिकर्तासँग वास्तविक तरिकाले अन्तरक्रिया गरेको छस् भन्‍ने महसुस गराउनेछ, र यसले परमेश्‍वरमाथिको तेरो विश्‍वास, तेरो भरोसा, र तैँले परमेश्‍वरलाई कसरी पछ्याउँछस् भन्‍ने कुरा, साथै परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ र उहाँ सर्वव्यापी हुनुहुन्छ भन्‍ने तथ्य मूर्त र पूर्ण रूपमा पुष्टि गर्नेछ। जब तिमीहरूले यस्तो पुष्टि र अनुभूति प्राप्त गर्छौ, तब तिमीहरूलाई तिमीहरूको हृदय आनन्द र खुसीले भरिन्छ भन्‍ने लाग्छ कि पीडा र शोकले? (आनन्द र खुसीले।) यो अवश्यै आनन्द र खुसी हुनेछ! तैँले पहिले जति धेरै पीडा र शोक अनुभव गरेको भए पनि, यो धुवाँजस्तै हराएर जानेछ, र तेरो हृदय आनन्दले उल्‍लसित हुनेछ, अनि तँ खुसीले आनन्द लिँदै उफ्रनेछस्। जब सबै थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्य तैँले आफूमा साँच्‍चै पुष्टि भएको र अनुभव गरिएको देख्छस्, तब यो कुरा तैँले साँच्‍चै परमेश्‍वरलाई आमनेसामने भेटेको, हेरेको, र अन्तरक्रिया गरेको जस्तै हुनेछ। त्यो बेला, तँलाई पनि अय्यूबलाई जस्तै महसुस हुनेछ। त्यो बेला अय्यूबले के भनेको थियो? (“मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चात्ताप गर्छु।”) अय्यूबले विगतप्रतिको आफ्‍नो घृणा व्यक्त गर्न आफूलाई घिनाउँदै र पश्‍चात्ताप गर्दै आफ्‍नो बाहिरी व्यवहार र कार्य प्रस्तुत गर्‍यो, तर वास्तवमा, हृदयभित्र, ऊ आनन्दित र खुसी थियो। किन? किनभने उसले अनपेक्षित रूपमा सृष्टिकर्ताको अनुहार देखेको थियो, उहाँसँग आमनेसामने भएको थियो, र उसले एउटा घटनामा, एउटा अनुल्‍लेखनीय र सामान्य घटनामा परमेश्‍वरलाई भेटेको थियो। मलाई भन, कुन सृष्टि गरिएको प्राणीले, कुन परमेश्‍वरको अनुयायीले परमेश्‍वरलाई हेर्ने इच्छा गर्दैन र? जब त्यस्तो परिस्थिति देखा पर्छ, जब त्यस्तो घटना घट्छ, तब को खुसी अनि को हर्षित हुँदैन र? जोकोही उत्साहित हुन्छ; जोकसैले उत्साह र आनन्द महसुस गर्छ। यो तिनीहरूले बाँचुन्जेलसम्‍म कहिल्यै नबिर्सने कुरा बन्छ, र यो स्मरणयोग्य कुरा हुन्छ। यसबारेमा सोच त, के यसका लाभहरू धेरै छैनन् र? मलाई आशा छ, भविष्यमा तिमीहरूले साँच्‍चै यस्तो अनुभूति गर्न, यस्तो अनुभव प्राप्त गर्न, र यस्तो भेट जुराउन सक्‍नेछौ। जब व्यक्तिले साँच्‍चै परमेश्‍वरको अनुहार देख्छ र अय्यूबले यहोवा परमेश्‍वरलाई भेट्दा अनुभव गरेजस्तै अनुभव गर्छ, तब यो परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको कोसेढुङ्गो बन्छ। यो अत्यन्तै गज्जबको कुरा हो! हरेक व्यक्तिले यस्तै परिणाम र परिस्थिति अपेक्षा गर्छ, र हरेकले यस्तै अनुभव गर्ने र यस्तै भेट जुराउने आशा गर्छ। तँसँग पनि यस्तै आशाहरू भएकाले, तेरो वरिपरि घट्ने हरेक कुरा अनुभव गर्दा, तँसित सही दृष्टिकोण र अडान हुनुपर्छ, र तैँले परमेश्‍वरले सिकाउनुहुने र निर्देशन दिनुहुने तरिकामै सबै कुरा अनुभव गर्नु र बुझ्‍नुपर्छ, सबै कुरा परमेश्‍वरबाट स्वीकार गर्न सिक्‍नुपर्छ, र सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर परमेश्‍वरका वचनहरूअनुसार सबै कुरा हेर्नुपर्छ। यस तरिकाले, थाहै नपाई तेरो विश्‍वास झन्झन् ठूलो हुँदै जानेछ, र परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ र सबै थोकमाथि उहाँले नै शासन गर्नुहुन्छ भन्‍ने तथ्य तेरो हृदयमा क्रमिक रूपमा पुष्टि र प्रमाणित हुनेछ। जब यो सब कुरा तँमा पुष्टि हुन्छ, तब के तँ अझै पनि आफ्‍नो कदमा वृद्धि भएन भनेर चिन्ता गर्नेछस्? (गर्नेछैनँ।) तर अहिले तँलाई अलिक चिन्ता लाग्‍नु सामान्य नै हो, किनभने तँ अझै कदमा सानो छस्, र तैँले धेरै कुराको वास्तविकता देख्‍न सक्दैनस्—तैँले चिन्ता नगर्नु असम्‍भव हुन्छ, यसबाट जोगिन तँ सक्दैनस्। किनभने मानिसहरूभित्र त्यस्ता धेरै कुराहरू हुन्छन् जुन ज्ञानबाट, मानिसबाट, शैतानबाट, समाजबाट, र आदि इत्यादि कुराबाट आएका हुन्छन्। यी सबै कुराहरूले परमेश्‍वरलाई हेर्ने मानिसहरूको दृष्टिकोणमा र विभिन्‍न कुराहरू अनुभव गर्दा तिनीहरूले अपनाउनुपर्ने दृष्टिकोण र अडानमा गहन प्रभाव पार्छन्। त्यसकारण, आफूमा विभिन्‍न कुराहरू आइपर्दा सही अडान र दृष्टिकोण अपनाउन सक्‍नु सजिलो कुरा होइन। यसले तँलाई सकारात्मक कुराहरू मात्र होइन, नकारात्मक कुराहरू अनुभव गर्न पनि आवश्यक गराउँछ। यी नकारात्मक कुराहरूको सार चिनेर अनि बुझेर, तैँले अझै धेरै पाठ सिक्‍नेछस् र परमेश्‍वरको कार्य र उहाँको सर्वशक्तिमान्‌ता र सबै कुरामथि शासन गर्ने कार्यमा रहेको उहाँको बुद्धि बुझ्‍न सक्‍नेछस्।

अब, के तिमीहरूले “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने अभिव्यक्ति गलत हो भन्‍ने कुरा पूर्ण रूपमा बुझ्यौ? (हो, बुझ्यौँ।) के यो अभिव्यक्तिमा कुनै सही पक्ष छ? के यसमा कुनै मान्य तत्व छ? (अहँ, छैन।) पटक्‍कै छैन? (पटक्‍कै छैन।) पटक्‍कै छैन भनेर बुझ्‍नु सही हो। यो सैद्धान्तिक बुझाइ हो। त्यसोभए, तैँले अब वास्तविक जीवनमा, अवलोकन र अनुभवमार्फत, “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने यो अभिव्यक्ति त्रुटिपूर्ण र हास्यास्पद छ, र यो अविश्‍वासीको दृष्टिकोण हो भनेर पत्ता लगाउनेछस्। जब तैँले यो तथ्य पत्ता लगाउँछस्, र यो अभिव्यक्तिको त्रुटि देखाउन तथ्यहरू प्रयोग गर्न सक्छस्, तब तैँले यसलाई पूर्ण रूपमा त्याग्‍ने र पन्छाउनेछस्, र यसलाई अबउप्रान्त प्रयोग गर्नेछैनस्। तँ अहिलेसम्‍म यो बिन्दुमा पुगेको छैनस्। तैँले मैले भनेको कुरा स्विकारेको भए पनि, पछि परिस्थितिहरू सामना गर्दा, तैँले यस्तो सोच्नेछस्, “त्यो बेला मलाई ‘सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ’ भन्‍ने भनाइमा कुनै कुरा पनि सही छैन भन्‍ने लागेको थियो, तर अहिले किन मलाई यो अलिअलि सही लाग्छ?” तैँले फेरि भित्री रूपमा संघर्ष गर्न थाल्‍नेछस् र विरोधाभास महसुस गर्नेछस्। अनि, तैँले के गर्नुपर्छ? पहिलो, तैँले आफ्‍नो दृष्टिकोण परिवर्तन गर्नुपर्छ। यो अभिव्यक्तिमै लागिरहँदा आउने सबै विचार र दृष्टिकोणहरू त्यागिदे। यो अभिव्यक्तिबाट पैदा हुने सबै कार्यव्यवहारहरू छोडिदे। मानिसहरू वा मामिलाहरूमा अल्झेर नबस्। पहिले प्रार्थनामा परमेश्‍वरको अघि आइज, त्यसपछि परमेश्‍वरका वचनहरूमा आधार र सिद्धान्तहरू खोज्। खोजी गर्ने क्रममा, तैँले थाहै नपाई अन्तर्दृष्टि पाउनेछस् र सत्यता बुझ्‍नेछस्। आफैले सिद्धान्तहरू खोजी गर्दा यो तेरो लागि चुनौतीपूर्ण लाग्‍नसक्छ, त्यसकारण त्यो मामिलामा संलग्‍न हुने सबैलाई बोला र सबैसँग मिलेर परमेश्‍वरका वचनहरूमा आधार र सत्यता सिद्धान्तहरू खोजी गर्। त्यसपछि प्रार्थनासहित अध्ययन गर्, परमेश्‍वरका सम्‍बन्धित वचनहरू सङ्गति गर्, र ती कुराहरू तुलना गर्। परमेश्‍वरका वचनहरूसँग तुलना गरिसकेपछि, सही दृष्टिकोणहरू स्वीकार गर्, अनि गलत दृष्टिकोणहरू आफै जानेछन्। त्यसपछि, यी सिद्धान्तहरूअनुसार समस्याहरू समाधान गर् र सम्‍हाल्। यो विधि कस्तो लाग्यो? (राम्रो।) सत्यता खोजी गर्ने क्रममा, तैँले त्याग्‍नुपर्ने कुराहरू भनेका “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने दृष्टिकोणबाट पैदा हुने कार्यव्यवहारहरू हुन्। परमेश्‍वरका सम्‍बन्धित वचनहरू खोज् र परमेश्‍वरका वचनहरूअनुसार नै समस्याहरू समाधान गर् र सम्‍हाल्। यसरी सत्यता खोजी गरेर अनि समस्याहरू समाधान गरेर, तेरा गलत दृष्टिकोणहरू समाधान हुनेछन्। यदि तैँले परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार परिस्थितिहरू सम्‍हालिस् भने, मामिलाहरू सम्‍हाल्‍ने तेरो दिशा र शैली त्यहीअनुसार परिवर्तन हुनेछ। परिणामस्वरूप, त्यो मामिलाको परिणाम सहज दिशातर्फ विकसित हुनेछ। तैपनि, समस्याहरू समाधान गर्न र मामिलाहरू सम्‍हाल्‍न “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने दृष्टिकोण र विचार प्रयोग गर्दा त्यो घातक दिशातिर अघि बढ्छ। उदाहरणको लागि, जब ख्रीष्टविरोधीहरूले मण्डलीका मानिसहरूलाई बहकाउँछन्, तब यदि तिनीहरूले सत्यता खोजी गर्दैनन्, केवल मानिसहरू र मामिलाहरूमै बढी ध्यान दिन्छन्, सही र गलतबारे छलफल गर्छन्, र मानिसहरूलाई जिम्‍मेवार तुल्याउने काम गर्छन् भने, यसको अन्तिम परिणाम भनेकै केही व्यक्तिहरूलाई निराकरण गर्नु र उक्त मामिला समाधान भयो भनेर मान्‍नु हो। कतिपयले भन्‍न सक्छन्, “तपाईंले यो घातक दिशातिर गइरहेको छ भनेर भन्‍नुभयो, तर मैले त कुनै घातक परिणाम देखेको छैनँ। ख्रीष्टविरोधीहरूलाई हटाइएको छ, त्यसकारण के यो समस्या समाधान भएन र? यो घातक परिणाम कहाँ छ?” के यो अनुभवबाट सबैले पाठ सिके? के तिनीहरूले यसबाट सत्यता बुझे? के तिनीहरूले ख्रीष्टविरोधीहरूलाई चिन्‍न सक्छन्? के तिनीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्छन्? के तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता महसुस गरेका छन्? यी कुनै पनि सकारात्मक प्रभावहरू देखिएनन्। अर्कोतर्फ, मानिसहरू निरन्तर शैतानी दर्शनहरूअनुसार जिउँछन्, र एकअर्कालाई बाधा दिने, एकअर्काप्रति सतर्क हुने, र एकअर्कामाथि जिम्‍मेवारी थोपर्ने गर्छन्। कुनै परिस्थिति सामना गर्दा, तिनीहरू आफूलाई रक्षा गर्न हत्तारिन्छन् र यसरी आत्मसंरक्षण मात्रै खोजिहिँड्छन्। तिनीहरूलाई जिम्‍मेवारी लिन र निराकरणमा पर्न डर लाग्छ। तिनीहरूले कुनै पाठ सिक्दैनन् र तिनीहरूले परमेश्‍वरबाट कुनै कुरा पनि स्वीकार गर्दैनन्, परमेश्‍वरका अभिप्रायहरू खोजी गर्नु त परको कुरा हो। के यसरी मानिसहरूले जीवनवृद्धि गर्न सक्छन् त? अन्तिममा, मानिसहरूले आफ्‍ना अगुवाहरूको अगाडि के गर्नु हुन्छ वा के गर्नु हुँदैन, आफ्‍ना अगुवाहरूलाई खुसी पार्न के भन्‍नुपर्छ र के गर्नुपर्छ, अनि कुन शब्दहरू र कार्यहरूले अगुवाहरूलाई तिनीहरूलाई तिरस्कार र घृणा गर्ने तुल्याउँछ भन्‍ने मात्रै थाहा पाउँछन्। परिणामस्वरूप, मानिसहरू एकअर्काप्रति सतर्क बन्छन्, आफूलाई सुरक्षा घेराभित्र राख्‍छन्, देखावटी रूप धारण गर्छन्, र कसैसँग पनि खुलेर कुरा गर्दैनन्। यसरी ढाक्छोप गर्दा, सतर्क हुँदा, र देखावटी रूप धारण गर्दा, के मानिसहरू परमेश्‍वरअघि आएका हुन्छन्? अहँ, आएका हुँदैनन्। धेरै कुराहरू भोगेपछि, मानिसहरूले परिस्थितिहरूबाट जोगिन सिक्छन्, अनि तिनीहरूलाई अरूसँग कुराकानी गर्न र समस्याहरू सामना गर्न डर लाग्छ। अन्त्यमा, तिनीहरूले आफूलाई पूर्ण रूपमा ढाकेर राख्छन्, कसैसँग मन खोल्दैनन्, र तिनीहरूको हृदय परमेश्‍वरविहीन बन्छ। यसरी परमेश्‍वरमा विश्‍वास गर्नु पूर्ण रूपमा शैतानी दर्शनमा आधारित छ। तिनीहरूले जति धेरै अनुभव गरे पनि, तिनीहरूले कुनै पनि पाठ सिक्‍न र आफूलाई चिन्‍न सक्दैनन्, आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न सक्‍नु त परको कुरा हो। के तिनीहरूले यसरी सत्यता बुझ्‍न र परमेश्‍वर चिन्‍न सक्छन्? के तिनीहरूले साँचो पश्‍चात्ताप महसुस गर्न सक्छन्? अहँ, सक्दैनन्। बरु, तिनीहरूले एकअर्काप्रति सतर्क हुन, आफ्‍नो रक्षा गर्न, अरूको बोलीवचन र हाउभाउ ध्यानपूर्वक अवलोकन गर्न, र अवस्थाअनुसार चल्‍न सिक्छन्। तिनीहरूले विभिन्‍न चलाखीहरू सिक्छन् र अझै चलाख बन्छन्, अनि लडाइँ र झैझगडा सामना गर्न अझै सक्षम बन्छन्। समस्याहरू सामना गर्दा, तिनीहरू जिम्‍मेवारी लिनबाट भाग्छन् र त्यसलाई अरूको काँधमा हालिदिन्छन्। परमेश्‍वर, उहाँका वचनहरू, वा सत्यतासँग तिनीहरूको कुनै सम्‍बन्ध बाँकी रहँदैन। तिनीहरूको हृदय परमेश्‍वरबाट झन्झन् टाढा जान्छ। के यो घातक विकास होइन र? (हो।) यो घातक विकासतर्फको दिशा कसरी तय भयो? यदि मानिसहरूले परमेश्‍वरका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई हेर्छन्, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्छन् र कार्य गर्छन्, र सत्यतालाई आफ्‍नो सिद्धान्तको रूपमा लिन्छन् भने; यदि तिनीहरूले समस्या सामना गर्दा, आधारको रूपमा परमेश्‍वरका वचनहरू खोजी गरी ती वचनहरूमा उत्तर खोज्छन्, ती वचनहरूबाटै समस्याको जड पहिचान गर्छन् र ती कुराहरूलाई फेरि तुलना गर्छन्, र सबै समस्या र कठिनाइहरू समाधान गर्न उहाँका वचनहरू प्रयोग गर्छन् भने, परमेश्‍वरका वचनहरूले अगाडि बढ्ने बाटो प्रदान गर्छन्, ताकि तिनीहरूलाई बाधा र ठेस नलागोस्, वा तिनीहरू यी मामलाहरूको बन्धनमा नपरून्। अन्त्यमा, तिनीहरूले त्यस्ता मामलाहरूमा परमेश्‍वरले तय गर्नुभएको अभ्यासका सिद्धान्तहरू बुझ्नेछन् र पछ्याउने बाटो प्राप्त गर्नेछन्। चुनौतीहरू सामना गर्दा, यदि हरेकले परमेश्‍वरबाट आउने हरेक कुरा ग्रहण गर्दै र परमेश्‍वरमा भरोसा गर्न सिक्दै, उहाँको अघि आउँथे भने, र खोजी गर्ने प्रक्रियाको आधारको रूपमा सत्यता सिद्धान्तहरू भेट्टाउँथे भने, के मानिसहरू अझै पनि एकअर्काप्रति सतर्क हुन्थे र? के समस्याको जडलाई सम्बोधन नै नगरीकन, सबैजना अझै सही र गलतकै पछि लागिरहन्थे र? (अहँ, तिनीहरूले त्यसो गर्थेनन्।) यदि कुनै व्यक्तिले अझै सत्यता अभ्यास गर्दैन, बरु त्यस्तै कुराहरू नै पछ्याइरहन्छ भने, त्यस्ता व्यक्तिहरू सबैले इन्कार गर्ने एकलकाँटेहरू हुन्। यदि परिस्थितिहरू सामना गर्दा मानिसहरूले ती कुराहरू परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छन् भने, परिस्थिति सहज दिशातर्फ अघि बढ्नेछ। अनि अन्तिममा, मानिसहरूले परमेश्‍वरका वचनहरू बुझ्नेछन् र जान्‍नेछन्, र सत्यता प्राप्त गर्नेछन्। मानिसहरूले जे अभ्यास गर्नेछन्, त्यो सत्यता नै हुनेछ, र तिनीहरूले जे हासिल गर्नेछन्, त्यो सत्यता प्राप्त गर्ने र परमेश्‍वरको गवाही बन्‍ने सही लक्ष्य नै हुनेछ। तिनीहरूको विश्‍वास बढ्नेछ, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास बढ्नेछ, र तिनीहरूले उहाँको डर मान्ने हृदयको विकास गर्नेछन्। के यो सहज दिशातर्फको विकास होइन र? (हो।) केले यस्ता परिणामहरू ल्याउँछ? के मानिसहरूले हरेक मामलामा लिने दृष्टिकोण र अडान सही र सत्यताअनुरूप भएर यस्तो हुन्छ? (हो।) सरल र सीधा हिसाबमा भन्दा, यो दृष्टिकोण र अडानको अर्थ सबै कुरालाई परमेश्‍वरबाट स्विकार्नु हो, र यसले स्वाभाविक रूपमै सहज दिशातर्फको विकास र सहज कदमतर्फको विकास गराउँछ, र यसबाट स्वाभाविक रूपमै सत्यता बुझ्‍ने र परमेश्‍वर चिन्‍ने परिणाम हासिल हुन्छ। तर यदि मानिसहरूले कुराहरूलाई परमेश्‍वरबाट स्विकार्दैनन्, बरु मानव परिपेक्ष्य र शैतानी दर्शनहरूको दृष्टिकोणबाट हेर्छन्, र अझै पनि मामिलाहरू हेर्न शैतानी दर्शनमा भरोसा गर्छन्, र मानिसहरू र परिस्थितिहरूमै बढी ध्यान दिन्छन् भने, यसबाट पैदा हुने सबै कुरा घातक हुनेछन्। अनि, अन्तिम परिणाम यो हुनेछ कि कसैले पनि सत्यता बुझ्न र फाइदाहरू प्राप्त गर्न सक्‍नेछैन। यो परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनेर थाहा नहुनुको परिणाम हो। त्यसकारण, कतिपय मण्डलीहरूमा कर्तव्य निभाउने कतिपय मानिसहरूबीच सद्भावपूर्ण वातावरण हुँदैन। सधैँ एकअर्काप्रति शङ्का गरिन्छ, एकअर्काप्रति सतर्कता अपनाइन्छ, एकअर्कालाई दोष दिइन्छ, एकअर्कासँग प्रतिस्पर्धा गरिन्छ, र एकअर्कासँग विवाद गरिन्छ। तिनीहरू हृदयको गहिराइभित्र गुप्त रूपमा लडिरहेका हुन्छन्। यसले एउटा कुरा पुष्टि गर्छ: यो समूहमा सत्यता खोजी गर्ने, र मामिलाहरू सामना गर्दा ती कुरा परमेश्‍वरबाट आएका भनी स्विकार्ने एकजना पनि छैन। तिनीहरू सबै अविश्‍वासी हुन् र तिनीहरू सत्यता पछ्याउँदैनन्। यसविपरीत, कतिपय मण्डलीहरूमा, कतिपय मानिसहरू कदमा सानो र त्यति धेरै सत्यता नबुझ्‍ने भए पनि, तिनीहरूले सानो वा ठूलो हरेक परिस्थितिमा आइपर्ने मामिलाहरू परमेश्‍वरबाट आएका भनी साँच्‍चै स्विकार्न सक्छन्, र त्यसपछि तिनीहरू परमेश्‍वरका वचनहरूअनुसार अभ्यास र अनुभव गर्न, अनि परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सक्छन्। सँगसँगै आफ्‍नो कर्तव्य निभाउने यी मानिसहरू कहिलेकहीँ बाझ्‍ने, तर्क गर्ने, र झगडा गर्ने गरे पनि, तिनीहरूबीच एउटा त्यस्तो वातावरण हुन्छ, जुन वातावरण गैरविश्‍वासीहरूमाझ हुँदैन। जब तिनीहरू केही काम गर्न भेला हुन्छन्, तब यो परिवार वा नातेदारको भेलाजस्तै निकै सद्भावपूर्ण हुन्छ, तिनीहरूको हृदयबीच कुनै धाँदो हुँदैन, र तिनीहरू आफ्‍नो काममा एक भएर लाग्‍छन्। त्यस्तो सद्भावपूर्ण वातावरणले देखाउँछ कि त्यहाँ कम्तीमा पनि सुपरभाइजर वा मुख्य व्यक्तिहरूले समस्याहरू सामना गर्दा सत्यता खोजी गर्छन् र सही तरिकाले मामिलाहरू सम्‍हाल्छन्, र “सबै कुरालाई परमेश्‍वरबाट आएको भनी स्विकार्नु” भन्‍ने सिद्धान्त अपनाउने कुरामा तिनीहरूले साँच्‍चै नै परिणामहरू हासिल गरेका छन्। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूले सत्यता नपछ्याउने हुनाले वा परमेश्‍वरका वचनहरूलाई गम्‍भीर रूपमा नलिने हुनाले, वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरे पनि तिनीहरूले जीवन प्रवेश प्राप्त गरेका हुँदैनन्। तिनीहरू आफ्नो जीवनमा जेसुकै आइपरे पनि, त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्दैनन्, बरु यस्ता कुराहरू बुझ्‍नलाई सधैँ मानव धारणा र कल्‍पनाहरूमा भरोसा गर्छन्। तिनीहरूले परमेश्‍वरको काम अनुभव गर्न सक्दैनन्। मण्डलीमा, यदि आत्मिक बुझाइ भएका र परमेश्‍वरले बन्दोबस्त र पूर्वनिर्धारित गर्नुभएका धेरै कुराहरू देख्‍न सक्‍ने केही मानिसहरू छन् भने, तिनीहरूले परमेश्‍वरमा भरोसा गर्न, र सक्रिय रूपमा सत्यता खोज्‍न, सत्यता अभ्यास गर्न, र सत्यता सिद्धान्तअनुसार परिस्थितिहरू सम्‍हाल्‍न सक्छन्। त्यस्तो मण्डलीमा, पवित्र आत्‍माको कार्य हुने वातावरण पैदा हुन्छ। अवश्य नै, मानिसहरूले यो विशेष आनन्दमय सद्भावपूर्ण वातावरण अनुभव गर्न सक्छन्, र तिनीहरूको मानसिकता स्वाभाविक रूपमै उत्कृष्ट स्थितिमा हुन्छ। किटेरै भन्दा, मानिसहरूमाझ आपसी समझदारी हुन्छ, तिनीहरूको हृदयमा साझा आकाङ्क्षा, उद्देश्य, र खोजी गर्ने उत्प्रेरणा हुन्छ। यसको कारण, तिनीहरू एकजुट हुन सक्छन्। त्यस्तो मण्डलीमा, तैँले विशेष सद्भावपूर्ण वातावरण अनुभव गर्न सक्छस्। यस्तो वातावरणले मानिसहरूलाई आत्मविश्‍वासले भर्छ र प्रगति खोज्‍न उत्प्रेरित गर्छ। तिनीहरूलाई हृदयदेखि नै जाँगर आउँछ र परमेश्‍वमा अर्पित गर्नहेतु अनन्त ऊर्जा पाएझैँ महसुस हुन्छ। यो अनुभूति अत्यन्तै आनन्ददायी हुन्छ। यस्तो मण्डलीको भेलामा सहभागी हुने जोकोही यो वातावरणमा रमाउँछ र आत्मविश्‍वासको यो अनुभूतिमा गदगदाउँछ। त्यस्तो बेला तिनीहरूलाई परमेश्‍वरको अङ्गालोमा जिइरहेको, हरदिन उहाँको उपस्थितिमा रहेको महसुस हुन्छ। यो साँच्‍चै नै फरक अनुभव हुन्छ। पवित्र आत्‍माले काम नगर्नुभएका मण्डलीहरूमा, धेरैजसो मानिसहरू सत्यता पछ्याउनेहरू हुँदैनन्। परिस्थितिहरू आइपर्दा तिनीहरूले ती कुरा परमेश्‍वरबाट आएका भनी स्विकार्न सक्दैनन्, र तिनीहरू सधैँ सबै कुरा नियन्त्रण गर्न मानव तरिका र माध्यमहरूमा भर पर्छन्। त्यस्तो मण्डली झुण्डमा, मानिसहरूबीचका अनुभूतिहरू फरकफरक हुन्छन् र मानिसहरूबीचको सम्‍बन्ध र त्यसमाझ पैदा हुने वातावरण पनि फरक हुन्छ। तैँले पवित्र आत्‍माको कार्यको वातावरण, वा एकअर्कालाई प्रेम गर्ने वातावरण कदापि अनुभव गर्दैनस्। यसको सट्टामा, तैँले रूखोपन मात्रै अनुभव गर्न सक्छस्। भन्‍नुको अर्थ, मानिसहरू एकअर्काप्रति रूखो हुन्छन्। तिनीहरू एकअर्काप्रति सतर्क हुन्छन्, एकअर्कासँग विवाद गर्छन्, गुप्त रूपमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्छन्, र एकअर्कालाई जित्‍न लागिपर्छन्। कोही पनि अरूको अधीनमा बस्दैन, र तिनीहरू एकअर्कालाई दमन गर्ने, एक्ल्याउने, र दण्ड दिने गर्छन्। तिनीहरू रोजगारस्थल, व्यापारिक संसार, र राजनीतिक क्षेत्रका गैरविश्‍वासीहरूजस्तै हुन्, र यसले तँमा घृणा, तिरस्कार र डर पैदा गर्छ, सुरक्षाको कुनै अनुभूति दिँदैन। यदि तैँले मानिसहरूको कुनै समूहमा त्यस्तो महसुस गरिस् भने, तैँले “मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ” भन्‍ने अभिव्यक्तिको यथार्थता देख्‍नेछस्, र यसले तँलाई पवित्र आत्‍माको कार्यलाई अझै धेरै प्रेम गर्ने तुल्याउनेछ। पवित्र आत्‍माको कार्य नहुँदा, अर्थात्, जब मानव, शैतान, ज्ञान, वा अविश्‍वासीहरूको शासन चल्छ, तब वातावरण पूर्ण रूपमा फरक हुन्छ। यसले तँलाई असहज र आनन्दरहित महसुस गराउँछ, र तँलाई चाँडै नै बाधित र निराश पनि महसुस हुनेछ। यो अनुभूति शैतान र भ्रष्ट मानवजातिबाट आएको हुन्छ, र यो यथार्थ कुरा हो। अनि यससँगै यो विषयको सङ्गति यही टुङ्गिन्छ।

परम्‍परागत संस्कृतिको नैतिक आचरणसम्‍बन्धी अभिव्यक्तिहरूबारे, मैले पछिल्लोपटक “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने विषयमा सङ्गति गरेको थिएँ। त्यसै गरी आज म “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइबारे सङ्गति गर्नेछु। मैले यसभन्दा पहिलेको सङ्गति गरेको “सफलता-असफलता मानिसहरूमा निर्भर हुन्छ” भन्‍ने भनाइजस्तै, यो वाक्यांश पनि अवश्यै अविश्‍वासीहरूको दृष्टिकोण हो। मानिसहरूमाझ यस्तो अविश्‍वासीहरूको दृष्टिकोण व्याप्त हुन्छ र यो जहाँसुकै सुनिन्छ। मानिसहरूले आफ्नो बोली फुटेको क्षणदेखि नै मानिसहरू, अविश्‍वासीहरू, शैतान, र संसारबाट अनेक किसिमका भनाइहरू सिक्छन्। यो कुरा मानिसहरूलाई तिनीहरूका आमाबुबा र परिवारले के-कस्तो व्यवहार अँगाल्ने, के-कस्ता कुरा बोल्ने, के-कस्तो नैतिकता अपनाउने, के-कस्तो विचार र चरित्र धारण गर्ने, आदि इत्यादि सिकाउने प्रारम्‍भिक शिक्षाबाटै सुरु हुन्छ। समाजमा प्रवेश गरिसकेपछि पनि अझै व्यक्तिहरूले अचेत रूपमा शैतानका विभिन्‍न वाद र सिद्धान्तहरूको शिक्षा ग्रहण गर्छन्। “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्दै परिवार वा समाजले मानिसहरूमा हुनुपर्ने एउटा नैतिक आचरणको रूपमा यसलाई हरेक व्यक्तिमा हालिदिन्छ। यदि तँमा यो नैतिक आचरण छ भने, मानिसहरूले तँलाई आदर्शमय, सम्‍मानजनक, र इज्‍जतदार भन्छन्, र समाजले तेरो ठूलो आदर र सम्‍मान गर्छ। “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने वाक्यांश मानिसहरू र शैतानबाट आएको हुनाले, यो हामीले चिरफार गर्ने र चिन्‍ने विषय बन्छ, र अझै बढी रूपमा यो हामीले त्याग्‍ने विषय बन्छ। हामीले किन यो वाक्यांशलाई चिन्‍नु र त्याग्‍नुपर्छ? सुरुमा हामी यो वाक्यांश सही छ छैन र यसलाई पछ्याउने व्यक्ति सही हुन्छ हुँदैन त्यो जाँचौँ। के “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने नैतिक आचरण अँगाल्ने व्यक्ति साँच्‍चै आदर्शमय हुन्छ? के त्यस्तो व्यक्तिमा सत्यता वास्तविकता हुन्छ? के तिनीहरूमा सृष्टि गरिएको प्राणीमा हुनुपर्ने भनी परमेश्‍वरले भन्‍नुभएको मानवता र आचरणको सिद्धान्त हुन्छ? के तिमीहरू सबैले “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने वाक्यांश बुझ्छौ? सुरुमा यो वाक्यांशको अर्थ के हो आफ्‍नै शब्‍दमा व्याख्या गर। (यसको अर्थ जब कसैले आफूलाई कुनै काम दिन्छ, तब यसलाई पूरा गर्न कुनै प्रयास बाँकी राख्‍नु हुँदैन भन्‍ने हुन्छ।) के कुरा यही होइन र? यदि कसैले तँलाई कुनै काम दिन्छ भने, के उसले तेरो बारेमा आदरसाथ सोच्‍ने गरेको हुँदैन र? उसले तेरो बारेमा आदरसाथ सोच्‍ने, तँमाथि विश्‍वास गर्ने, र तँलाई विश्‍वासयोग्य ठान्‍ने गरेको हुन्छ। त्यसकारण, अरूले तँलाई जे गर्न लगाए पनि, तैँले त्यसमा सहमति जनाउनुपर्छ र तिनीहरूका मापदण्डअनुसार त्यो काम राम्ररी र पूरासँग गर्नुपर्छ, ताकि तिनीहरू खुसी र सन्तुष्ट हुन सकून्। त्यसो गरेर, तँ असल व्यक्ति बन्छस्। यसको तात्पर्य के हुन्छ भने तँलाई काम दिने व्यक्ति सन्तुष्ट भयो कि भएन भन्‍ने कुराले तँ असल व्यक्ति होस् कि होइनस् भन्‍ने कुरा निर्धारित गर्छ। के यसलाई यसरी व्याख्या गर्न सकिन्छ? (सकिन्छ।) त्यसोभए के अरूको नजरमा असल व्यक्ति बन्‍नु र समाजद्वारा पहिचान गरिनु सजिलो छैन र? (छ।) यो “सजिलो” छ भनी भन्‍नुको अर्थ के हो? यसको अर्थ मापदण्ड अत्यन्तै तल्‍लो स्तरको छ र आदर्शमय छैन भन्‍ने हुन्छ। यदि तैँले “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने नैतिक मापदण्ड पूरा गरिस् भने, तँलाई त्यस्ता मामलाहरूमा नैतिक आचरण भएको व्यक्ति ठानिन्छ। स्पष्टतः यसको अर्थ तैँले मानिसहरूबाट भरोसा र कामको जिम्मा पाउन लायक छस्, तँ प्रतिष्ठित व्यक्ति होस्, र तँ असल व्यक्ति होस् भन्‍ने हुन्छ। यो अभिव्यक्तिको अर्थ त्यही हो। के तिमीहरूलाई त्यस्तो लाग्दैन? के तिमीहरूसँग “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने वाक्यांशको मान्यता र मूल्याङ्कन मापदण्डप्रति कुनै आपत्ति छ? यदि तिमीहरूले यो अभिव्यक्तिलाई खण्डन गर्ने र यसको भ्रामात्मकता खुलासा गर्ने उदाहरण दिन सक्छौ भने, अर्थात्, वास्तविक उदाहरण प्रयोग गरी यो सही छैन भनेर प्रमाणित गर्न सक्छौ भने, यो अभिव्यक्तिको आधार रहनेछैन। अहिले, सिद्धान्तको हिसाबमा, तिमीहरूले यो अभिव्यक्ति अवश्यै गलत छ भन्‍ने विश्‍वास गरेका हुन सक्छौ किनभने यो सत्यता होइन र यो परमेश्‍वरबाट आएको होइन। यो अभिव्यक्तिलाई गलत साबित गर्न तिमीहरूले कसरी तथ्यहरू प्रयोग गर्न सक्छौ? उदाहरणको लागि, यदि तँ आज किनमेल गर्न जान नभ्याउने गरी व्यस्त छस् भने तैँले छिमेकीलाई यो काम गर्न लगाउन सक्छस्। तैँले तिनीहरूलाई कुन खानेकुरा, कति, र कहिले किन्‍ने भनेर भन्‍न सक्छस्। त्यसपछि, छिमेकीले तेरो अनुरोधअनुसार किनमेल गरेर ती सरसामान समयमै तँलाई ल्याइदिन्छन्। के यसलाई “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गरेको” भनिन्छ? के यसलाई आदरयोग्य बनेको मानिन्छ? यो त कान्छी औँलाको काम हो। के कसैलाई केही किन्‍न मदत गर्न सक्‍नुलाई उच्‍च नैतिक चरित्र मान्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरूले खराब कुराहरू गर्छन् कि गर्दैनन्, र तिनीहरूको चरित्र कस्तो छ भन्‍ने कुरा के “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्ने” तिनीहरूको क्षमतासँग कहीँकतै सम्‍बन्धित छ? यदि कुनै व्यक्तिले अरूले सुम्पेको सानो कुरा पूरा गर्न सक्दो गर्न सक्छ भने, के ऊसँग नैतिक आचरणको मापदण्ड हुन्छ? के त्यस्तो सानो काम पूरा गर्न सक्दा, के त्यसले ऊ साँच्‍चै उच्‍च नैतिक चरित्र भएको व्यक्ति हो भन्‍ने प्रमाणित गर्छ? कतिपय मानिसहरू भन्छन्, “यो व्यक्ति साँच्‍चै विश्‍वासयोग्य छ। जब उसलाई कुनै कुरा ल्याउन भनिन्छ, चाहे त्यो कुरा जे भए पनि वा जति भए पनि, उसले सधैँ त्यो लिएर आउँछ। ऊ भरपर्दो छ र उसँग असल नैतिक आचरण छ।” अरूले उसलाई यसरी नै हेर्छन् र मूल्याङ्कन गर्छन्। के त्यस्तो मूल्याङ्कन उचित हुन्छ? (अहँ, हुँदैन।) तिमीहरू दुईजना छिमेकी हौ। छिमेकीहरूले प्रायजसो एकअर्काविरुद्ध उठ्ने वा एकअर्कालाई हानि गर्ने गर्दैनन् किनभने तिनीहरू नियमित रूपमा भेट्ने गर्छन्। यदि कुनै विवाद आयो भने, पछि अन्तरक्रिया गर्न गाह्रो हुन्छ। सायद छिमेकीले तँलाई यही सोचेर सहयोग गरेको हुन सक्छ। यो सानो काम गर्न सहज रहेको, यसमा कठिनता नभएको, र यो काम गर्नुमा कुनै घाटा नभएको कारण पनि मदत गरेको हुन सक्छ। साथै, यसले तिनीहरूलाई राम्रो छाप छोड्न र राम्रो मर्यादा कायम राख्‍न मदत गरेको हुन्छ, जसबाट तिनीहरूलाई फाइदा नै हुन्छ। यसअलावा, तँलाई सानो सहयोग गरेर, के भविष्यमा तँसित सहयोग माग्‍न सजिलो हुँदैन र? सायद भविष्यमा तिनीहरूले तँलाई ठूलो सहयोग माग्‍नेछन्, र तँ त्यो पूरा गर्न बाध्य हुनेछस्। के यो व्यक्तिले आफ्नो विकल्‍प खुला राखिरहेको छैन र? जब मानिसहरूले एकअर्कालाई सहयोग र एकअर्कासँग अन्तरक्रिया र व्यवहार गर्छन्, त्यसमा एउटा उद्देश्य हुन्छ। यदि तिनीहरूले तँलाई केही काम नलाग्‍ने र पछि सहयोग माग्‍नुनपर्ने देखे भने, तिनीहरूले तँलाई यसमा सहयोग नगर्न सक्छन्। सायद तेरो परिवारमा डाक्टर, वकील, सरकारी अधिकारी, वा सामाजिक हैसियत भएका व्यक्तिहरू छन् होला, र यो कुरा उसको लागि कुनै हिसाबमा उपयोगी हुन सक्छ। तिनीहरूले आफ्‍ना विकल्‍पहरू खुला राख्‍न तँलाई सहयोग गर्न सक्छन्। सायद तिनीहरूले तँलाई भविष्यमा कहीँ प्रयोग गर्छन् होला, वा कम्तीमा पनि, तेरो घरबाट कुनै औजार मागेर चलाउन सहज हुन सक्छ। कहिलेकहीँ तैँले तिनीहरूलाई सानो सहयोग माग्छस् र केही दिनपछि तेरो घरमा तिनीहरू विभिन्‍न कुरा माग्‍न आउँछन्। केही नपाउने हो भने मानिसहरूले सिन्को पनि भाँच्दैनन्! तैँले तिनीहरूलाई कुनै सहयोग माग्दा तिनीहरूले कसरी तुरुन्तै सहजसाथ, मुस्कुराउँदै अनि केही नसोची सहमति जनाएका थिए, त्यो हेर्; वास्तवमा तिनीहरूले मनमा राम्रोसित हिसाबकिताब गरेका हुन्छन्, किनभने कसैको विचार पनि सरल हुँदैन। एकपटक, म मेरो लुगा सिलाउन एक ठाउँ गएको थिएँ। मेरो लुगा सिलाउने वृद्धा महिलाकी छोरी आफ्‍नो देश फर्किन लागेकी रहिछ। उसको छिमेकीको कार थियो, त्यसकारण त्यस वृद्धा महिलाले त्यो छिमेकीलाई एयरपोर्टमा आफ्‍नी छोरी लैजान भनेकी रहिछ ताकि ट्याक्सी भाडा तिर्न नपरोस्। त्यो छिमेकीले सहमत जनायो, र त्यो वृद्धा निकै खुसी भई। तर त्यो छिमेकी सरल व्यक्ति थिएन। उसले त्यो काम सित्तैँमा गर्न चाहेन। सहमति जनाएपछि, ऊ त्यहाँ बस्यो र बिस्तारै एउटा लुगा निकालेर भन्यो, “मेरो लुगा पनि सिलाइदिनुस्न?” वृद्धा महिला छक्‍क परी, र अनुहारमा यस्तो भाव आयो, “किन यो मान्छेले यस्तो सानो कुराको पनि फाइदा लिइरहेको छ? यसले त सहजसाथ सहमति जनाएको थियो, तर सित्तैँमा गर्न चाहेको रहेनछ।” एकदुई सेकेन्डपछि, तुरुन्तै वृद्धा महिलाले प्रतिक्रिया दिँदै भनी, “ठीक छ, त्यहाँ राखिदिनुस्, म सिलाइदिन्छु।” पैसाको कुरै भएन। हेर त कसैलाई एउटा सानो काम गर्न लगाएको सट्टा लुगा सिलाएर गुन फर्काउनुपर्‍यो। के यसको अर्थ कसैले मौका छोड्दैन भन्‍ने हुन्‍न र? व्यक्ति-व्यक्तिबीचको अन्तरक्रिया के सरल हुन्छ त? (अहँ, हुँदैन।) कुनै कुरा सरल हुँदैन। यो मानव समाजमा, हरेक व्यक्तिमा लेनदेनको मानसिकता हुन्छ, र हरेक व्यक्ति नै लेनदेनमा संलग्‍न हुन्छ। हरेकले अरूलाई केही न केही माग गर्छन् र तिनीहरू सबैले कुनै घाटा नबेहोरी अरूबाट फाइदा लिन चाहन्छन्। कतिपय मानिसहरू भन्छन्, “‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्ने’ मानिसहरूमध्ये, अरूको बेफाइदाबाट फाइदा लिन नखोज्‍नेहरू पनि धेरै हुन्छन्। तिनीहरूले राम्ररी काम गर्न सक्दो प्रयास गर्छन्, र ती मानिसहरूमा साँच्‍चै नै यो नैतिक आचरण हुन्छ।” यो अभिव्यक्ति गलत छ। तिनीहरूले धन, भौतिक सम्पत्ति, वा कुनै फाइदा खोज्दैनन् भने पनि प्रसिद्धि त अवश्यै खोज्छन्। यो “प्रसिद्धि” के हो? यसको अर्थ, “मैले मानिसहरूको काम गर्न तिनीहरूको भरोसा जितेको छु। मलाई काम सुम्पिने व्यक्ति साथमा भए नि नभए नि, मैले यसलाई राम्ररी पूरा गर्न सक्दो गरेँ भने, मेरो प्रतिष्ठा राम्रो हुनेछ। कम्तीमा पनि केही मानिसहरूले म असल व्यक्ति हुँ, उच्च चरित्र भएको, र अनुकरणलायक व्यक्ति हुँ भनी थाहा पाउनेछन्। मैले मानिसहरूमाझ स्थान लिन सक्छु र मानिसहरूको समूहमा राम्रो छाप बसाल्न सक्छु। यो सार्थक पनि छ!” अरू मानिसहरू भन्छन्, “‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर,’ र मानिसहरूले हामीलाई काम सुम्पेका हुनाले, तिनीहरू साथमा भए नि नभए नि, हामीले तिनीहरूको काम राम्ररी सम्हाल्नुपर्छ र अन्तिमसम्‍मै यसमा लागिरहनुपर्छ। हामीले दीर्घकालीन छाप छोड्न नसके नि, कम्तीमा तिनीहरूले हामीमा विश्‍वसनीयता छैन भनेर कुरा काट्न सक्दैनन्। हामीले भावी पुस्तालाई यस्तो पक्षपात र गम्भीर अन्याय हुन दिनु हुँदैन।” तिनीहरूले के खोजिरहेका हुन्छन्? तिनीहरूले अझै प्रसिद्धि खोजिरहेका हुन्छन्। कतिपय मानिसहरूले धन र सम्पत्तिलाई ठूलो महत्त्व दिन्छन्, र अरूले प्रसिद्धिलाई महत्त्व दिन्छन्। “प्रसिद्धि” भनेको के हो? मानिसहरूमाझ “प्रसिद्धि” का खास अभिव्यक्तिहरू के-के हुन्? यो असल व्यक्ति र उच्‍च नैतिक चरित्रवान्, सिद्ध, सद्‌गुणी वा सन्त भनेर चिनिनु हो। कतिपय मानिसहरू एउटा मामलामा “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्न” सफल भएकाले र तिनीहरूमा यस्तो नैतिक चरित्र हुने हुनाले, तिनीहरूलाई निरन्तर तारिफ गरिन्छ, र तिनीहरूको प्रसिद्धिबाट तिनीहरूका सन्तानले फाइदा पाउँछन्। हेर् त, त्यो कुरा तिनीहरूले अहिले प्राप्त गर्नेभन्दा बढी बहुमूल्य छ। त्यसकारण, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्नुपर्ने” तथाकथित नैतिक मापदण्ड पालना गर्ने जोकोहीको सुरुवात बिन्दु नै सरल हुँदैन। तिनीहरूले व्यक्तिको रूपमा आफ्‍नो दायित्व र जिम्‍मेवारी पूरा गर्ने प्रयास मात्रै गरिरहेका हुँदैनन्, बरु तिनीहरूले कि त व्यक्तिगत फाइदा कि त प्रतिष्ठाका लागि, कि त यो जीवन कि त आउँदो जीवनका लागि यो मापदण्ड पालना गरिरहेका हुन्छन्। अवश्‍य नै, अरूले आफ्‍नो कुरा काट्ने र बदनाम हुने अवस्थाबाट जोगिन चाहनेहरू पनि छन्। छोटकरीमा भन्दा, यस्तो कुरा गर्ने मानिसहरूको सुरुवात बिन्दु नै सरल हुँदैन, यो वास्तवमा मानवताको दृष्टिकोणबाट हुने सुरुवात बिन्दु होइन, न त यो मानवजातिको सामाजिक जिम्‍मेवारीबाट हुने सुरुवात बिन्दु नै हो। यस्ता कुराहरू गर्ने मानिसहरूको अभिप्राय र सुरुवात बिन्दुबाट हेर्दा, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने वाक्यांशलाई पालना गर्ने मानिसहरूमा सरल उद्देश्य कदापि हुँदैन।

अहिले भर्खरै, हामीले विभिन्‍न कुराहरू गर्ने मानिसहरूका अभिप्राय र उद्देश्यबाट र मानिसहरूका महत्वाकाङ्क्षा र इच्छाहरूबाट “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने नैतिक आचरणसम्बन्धी अभिव्यक्तिको चिरफार गर्यौँ। त्यो एउटा पक्ष थियो। अर्को पक्षबाट हेर्दा, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने वाक्यांशको एउटा अर्को त्रुटि छ। त्यो के हो? मानिसहरूले “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने व्यवहारलाई असीमित आदर्शको रूपमा लिन्छन्, तर अरूले सुम्पेका कुराहरू न्यायड्गत छन् कि छैनन् भनेर तिनीहरूले पत्ता लगाउनै सक्दैनन् भन्‍ने तिनीहरूलाई हेक्‍कै हुँदैन। यदि कसैले तँलाई सुम्पिने काम अत्यन्तै आम किसिमको, सहजै गर्न सकिने, उल्‍लेख गर्नसमेत लायक छैन भने, यसमा विश्‍वासिलोपनको कुरै आउँदैन, किनभने जब मानिसहरू एकअर्कासँग व्यवहार गर्दै आपसमा मिल्न थाल्छन्, तब एकअर्कालाई काम जिम्मा दिनु सामान्य कुरा हो। यो सिन्को भाँच्‍नुजत्तिकै सहज कुरा हो। कसैको नैतिक चरित्र आदर्शमय छ कि नीच छ त्यससँग यसको कुनै सम्‍बन्ध हुँदैन। यो कुरा त्यो स्तरमा पुग्दैन। तैपनि, यदि कसैले तँलाई सुम्पने काम अत्यन्तै महत्त्वपूर्ण छ, जीवन र मृत्युसँग, वा भाग्य वा भविष्यसँग सम्‍बन्धित हुने खालको ठूलो छ, र तैँले यसलाई नचिनी अझै पनि सामान्य मामिलाको रूपमा लिएर यो काम पूरा गर्न सक्दो गर्छस् भने, त्यहाँ समस्याहरू पैदा हुन सक्छन्। कस्ता समस्याहरू? यदि तँलाई सुम्पिएको काम उचित, उपयुक्त, न्यायसङ्गत, र सकारात्मक छ, र यसले अरूलाई कुनै हानि वा घाटा गराउँदैन भने वा मानवजातिमा कुनै नकारात्मक प्रभाव निम्त्याउँदैन भने, काम स्विकार्नु र त्यसलाई निष्ठापूर्वक पूरा गर्न सक्दो गर्नु ठीकै नै हुन्छ। यो तैँले पूरा गर्नुपर्ने जिम्‍मेवारी र पालना गर्नुपर्ने सिद्धान्त हो। तैपनि, यदि तैँले स्विकारेको काम न्यायसङ्गत छैन र यसले हानि, बाधा र विनाश गर्छ, वा अरू वा मानवजातिको ज्यानसमेत जान्छ, र यसलाई पूरा गर्न तँ अझै पनि निष्ठापूर्वक सक्दो प्रयास गर्छस् भने, यसले तेरो नैतिक चरित्रबारे के भन्छ? यो असल हो कि खराब हो? (खराब।) कुन तरिकाले यो खराब हो? कतिपय मानिसहरूले अन्यायी व्यक्तिलाई पछ्याउँछन् वा तिनीहरूको मित्र बन्छन्, र दुवैले एकअर्कालाई नजिकको साथी भन्छन्। यो साथी असल हो कि खराब हो भन्‍ने तिनीहरूलाई मतलब हुँदैन; यदि यो काम साथीले दिएको हो भने, यसलाई राम्ररी पूरा गर्न तिनीहरूले सक्दो प्रयास गर्छन्। यदि त्यो साथीले तिनीहरूलाई कसैलाई मार्‌ भनेर भन्यो भने, तिनीहरूले मार्छन्, कसैलाई हानि गर्न लगायो भने हानि गर्छन्, र कुनै कुरा नष्ट गर्न लगायो भने नष्ट गर्छन्। यो उसलाई उसको साथीले सुम्पेको काम हो भने, उसले राम्रो-नराम्रो के हो भनेर नबुझी र सोचविचार नगरी त्यो काम गर्छ। तिनीहरूलाई “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने आग्रह पूरा गरिरहेको छु जस्तो लाग्छ। यसले तिनीहरूको मानवता र नैतिक चरित्रबारे के भन्छ? यो असल हो कि खराब हो? (खराब।) खराब मानिसहरूले पनि “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्न” सक्छन्, तर अरूले तिनीहरूलाई दिएका काम र ती पूरा गर्न तिनीहरूले गर्ने सक्दो प्रयासहरू सबका सब दुष्ट र नकारात्मक कुराहरू हुन्छन्। यदि अरूले तँलाई सुम्पेको काम मानिसहरूलाई हानि गर्नु, मार्नु, अरूको सम्पत्ति चोर्नु, बदला लिनु, वा कानुन तोड्नु हो भने, के त्यो सही हुन्छ? (अहँ, हुँदैन।) यी सबै कुराहरू मानिसहरूलाई हानि गर्ने कुराहरू हुन्, ती दुष्कर्म र अपराधहरू हुन्। यदि कसैले तँलाई दुष्ट काम दिन्छ, र तँलाई अझै पनि “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर,” भनेर परम्‍परागत संस्कृतिको यो सिद्धान्त पालना गर्न लगाउँदै, “तिमीले मलाई यो काम सुम्पेको हुनाले, यसको अर्थ तिमीले मलाई भरोसा गर्छौ, मेरो आदर गर्छौ, र तिमी मलाई बाहिरको मान्छेको रूपमा नभई आफ्‍नै मान्छेको रूपमा, आफ्नै साथीको रूपमा व्यवहार गर्छौ। त्यसकारण, तिमीले मलाई जे सुम्पेको भए पनि त्यसलाई निष्ठापूर्वक पूरा गर्न म सक्दो प्रयास गर्नेछु। मेरो जीवनको कसम खाएरै भए नि म तिमीले सुम्पेको कुरा पूरा गर्नेछु, र म बोलेको कुराबाट पछि हट्नेछैनँ” भनेर भन्छ भने, त्यो कस्तो व्यक्ति हो? के त्यो साँच्‍चै बदमास होइन र? (हो।) त्यो ठूलो बदमास हो। त्यसोभए तैँले “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍नेजस्ता कुराहरूलाई कसरी लिनुपर्छ? यदि कसैले तँलाई सरल काम दिएको छ भने, मानिसहरूसँग व्यवहार गर्ने आम काम दिएको छ भने, तैँले त्यो काम पूरा गरे पनि, त्यसले तेरो नैतिक चरित्र आदर्शमय छ कि छैन भन्‍ने कुरा दर्साउँदैन। यदि कसैले तँलाई अत्यन्तै महत्त्वपूर्ण र ठूलो काम सुम्पेको छ भने, तैँले त्यो सकारात्मक हो कि नकारात्मक हो, र त्यो तेरो क्षमताले हासिल गर्न सक्‍ने कुरा हो कि होइन भनेर बुझ्‍नु अनिवार्य हुन्छ। यदि त्यो तैँले हासिल गर्न सक्‍ने कुरा होइन भने, जति सक्छस् त्यति गर्। यदि यो नकारात्मक र कानुन तोड्ने काम हो भने, यदि यसले अरूको हित वा जीवनमा हानि गर्छ, वा अरूको सम्‍भावना र आशासमेत नष्ट गर्छ, र पनि अझै तँ “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने नैतिक मापदण्ड पालना गर्छस् भने, तँ बदमास होस्। यी दृष्टिकोणहरूको आधारमा हेर्दा, मानिसहरूले आफूलाई सुम्पिइएको काम स्विकार्दा पालना गर्नुपर्ने सिद्धान्त “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइ हुनु हुँदैन। यो अभिव्यक्ति सही छैन, र यसमा ठूला त्रुटि र समस्याहरू छन् र यसले मानिसहरूलाई धेरै बहकाउँछ। यो अभिव्यक्तिलाई स्विकारेपछि, निस्सन्देह नै धेरै मानिसहरूले अरूको नैतिक आचरण मूल्याङ्कन गर्न, र अवश्य नै, आफैलाई नाप्‍न र आफ्‍नो नैतिकता काबूमा राख्‍न पनि यही भनाइ प्रयोग गर्छन्। तैपनि संसारमा अरूलाई काम सुम्पनलायक व्यक्ति को छ भन्‍ने तिनीहरूलाई थाहै हुँदैन, र थोरै मानिसहरूले मात्र अरूलाई अरूको निम्ति न्यायसङ्गत, सकारात्मक, र फाइदाजनक, मूल्यवान्, र मानवजातिमाझ समृद्धि ल्याउने काम सुम्पन्छन्। यसो गर्ने मानिसहरू कोही छैनन्। त्यसकारण, यदि तँ व्यक्तिको नैतिकताको गुणस्तर मापन गर्न “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने मापदण्ड प्रयोग गर्छस् भने, सूक्ष्म जाँच गर्नुपर्ने धेरै शङ्का र समस्याहरू पैदा हुने मात्र होइन, यसले मानिसहरूमा गलत अवधारणाका साथै मामिलाहरू सम्‍हाल्‍ने गलत सिद्धान्त र गलत दिशासमेत घुसाइदिन्छ, र यसरी यसले मानिसहरूलाई बहकाउँछ, हल न चलको बनाउँछ, र तिनीहरूको सोचलाई गलत निर्देशन गर्छ। त्यसकारण, तिमीहरूले यो अभिव्यक्तिलाई जसरी विश्‍लेषण वा चिरफार गरे पनि, यसको अस्तित्वको कुनै महत्त्व छैन, यो मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा होइन, र यसले कुनै पनि हिसाबमा मानिसहरूलाई फाइदा दिँदैन।

“अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने वाक्यांशमा अर्को पनि त्रुटि छ। यो अर्को दृष्टिकोणबाट हेर्दा, अरूलाई प्रयोग, चालबाजी, र नियन्त्रण गर्न चाहने दुष्ट मानिसहरूलाई, खराब स्वार्थ राख्‍ने, र समाजमा हैसियत र शक्ति भएका मानिसहरूलाई, यो अभिव्यक्तिले नाजायज फाइदा उठाउने अवसर, र अरूलाई प्रयोग, चालबाजी, र नियन्त्रण गर्ने बहाना दिन्छ। यसले तिनीहरूलाई रणनीतिक रूपमा मानिसहरूलाई काम लगाउन सक्षम पार्छ। तिनीहरूको लागि काम नगर्ने वा तिनीहरूको लागि सक्दो प्रयास नगर्नेहरू कामको जिम्मा दिन नसकिने र निष्ठापूर्वक काम पूरा गर्न नसक्‍ने मानिसहरू ठहरिन्छन्। तिनीहरूलाई नीच नैतिक आचरण भएका, भरोसालायक नरहेका, उच्‍च मान वा आदरलायक नरहेका, र समाजका तल्‍लोस्तरमा रहेका मानिसहरूको रूपमा नाम दिइन्छ। त्यस्ता मानिसहरूलाई पन्छाइन्छ। उदाहरणको लागि, यदि तेरो मालिकले तँलाई एउटा काम सुम्प्यो र तैँले “यो कुरा मेरो मालिकले उठाउनुभएको हुनाले, यो कुरा जेसुकै भए पनि यसमा म सहमत हुनुपर्छ। यो जति नै कठिन भए पनि, वा यसको लागि आगोपानी भएर जानुपर्ने भए पनि, मैले यो काम गर्नैपर्छ” भन्‍ने सोच्छस्, र त्यसैले तँ सहमत हुन्छस्। एक हिसाबमा, ऊ तेरो मालिक हो, र तैँले इन्कार गर्ने आँट गर्दैनस्। अर्को हिसाबमा, उसले तँलाई प्रायजसो यसो भन्दै दबाब दिइरहन्छ, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो प्रयास गर्नेहरू मात्रै असल सहकर्मीहरू हुन्।” तँलाई मानसिक तवरले अग्रिम रूपमा तयार गराउन धेरै पहिले नै उसले तँभित्र यो अवधारणा हालिदिएको हुन्छ। उसले कुनै पनि अनुरोध गर्नेबित्तिकै, तँ त्यो पालन गर्न बाध्य हुन्छस् र नाइँ भन्‍न सक्दैनस्; अन्यथा, तँलाई राम्रो हुनेछैन। त्यसकारण, तैँले उसको लागि काम गर्न आफ्‍नो सबै ऊर्जा लगाउनुपर्छ। यदि यो काम गर्न सजिलो छैन नै भने पनि, यो पूरा गर्न तैँले उपाय खोज्‍नुपर्छ। तैँले तेरो पहुँच प्रयोग गर्नुपर्छ, गुप्त तरिकाहरू अपनाउनुपर्छ, र उपहारमा पैसा खर्चनुपर्छ। तर अन्त्यमा काम पूरा भएपछि, तैँले खर्च भएको पैसा उल्‍लेख गर्न वा कुनै माग गर्न पाउनेछैनस्। बरु, तैँले यसो भन्‍नुपर्ने हुन्छ, “‘अरूले जिम्मा दिएको कुरा मानिसहरूले निष्ठापूर्वक पूरा गर्न सक्दो गर्नुपर्छ।’ तपाईंले मलाई उच्‍च आदर र ठूलो मान गर्नुहुन्छ, त्यसकारण मैले यो काम राम्ररी पूरा गर्न सक्दो प्रयास गर्नुपर्छ।” वास्तवमा, तैँले कति कठिनाइ र समस्या भोगिस् त्यो तँलाई मात्रै थाहा हुन्छ। यदि तँ यो काम गर्न सफल भइस् भने, मानिसहरूले तँमा उच्‍च नैतिक आचरण छ भनी भन्‍नेछन्। तर तँ असफल भइस् भने, मानिसहरूले तँलाई हेयको नजरले हेर्नेछन्, घृणा गर्नेछन्, र तैँले तिनीहरूको तिरस्कार सहनुपर्नेछ। तँ जुन सामाजिक वर्ग वा जनजातिको भए पनि, कसैले तँलाई काम सुम्प्यो भने, तैँले सक्दो गर्नुपर्छ र कुनै कसर बाँकी राख्‍नु हुँदैन, र तैँले इन्कार गर्नु हुँदैन। किन त्यस्तो हो? किनभने भनाइ नै यस्तो छ, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर।” तैँले कसैले जिम्मा दिएको कुरा स्विकारेको हुनाले, तैँले त्यो कुरालाई अन्तिमसम्‍मै निष्ठापूर्वक सम्हाल्नुपर्छ र त्यो कुरा सफलतापूर्वक, पूर्ण रूपमा र तँलाई जिम्मा दिनेको अनुमोदन मिल्ने गरी, पूरा हुने सुनिश्‍चित गर्नुपर्छ, र त्यसपछि उसलाई त्यो कुरा पूरा गरिएको जानकारी दिनुपर्छ। उसले यसबारेमा सोधखोज नगरे पनि, यो कुरा पूरा गर्न तैँले कुनै कसर बाँकी राख्‍नु हुँदैन। तँसँग कतिपय मानिसहरूको कुनै वास्तविक सम्‍बन्ध हुँदैन, जस्तै धेरै टाढाका नातेदारहरू। तिनीहरूले समाजमा तेरो राम्रो जागिर वा हैसियत र प्रतिष्ठा छ, वा तँमा केही प्रतिभा छ भन्‍ने देख्छन्, त्यसकारण तिनीहरूले तँलाई यो वा त्यो गर्न लगाउँछन्। के त्यो इन्कार गर्नु ठीक हुन्छ? वास्तवमा, त्यो पूर्ण रूपमा ठीक हुन्छ, तर मानिसहरूमाझको जटिल सामाजिक सम्‍बन्ध र “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइद्वारा प्रभावित समाजको विचारको दबाबको कारण, जब तँसँग कुनै सम्‍बन्ध नभएको त्यस्तो व्यक्तिले तँलाई काम गरिदिन अनुरोध गर्छ, तब तैँले यो सब गर्नुपर्ने हुन्छ। अवश्य नै, तैँले नगर्ने निर्णय पनि गर्न सक्छस्। यस तरिकाले, तैँले एक व्यक्तिलाई मात्रै चिढ्याउने वा केही आफन्तसँगको सम्‍बन्ध गुमाउने, वा केही आफन्तहरूद्वारा तँ बहिस्कृत हुने मात्र हुन्छ। तर फेरि, यसको के मतलब हुन्छ? वास्तवमा, यसको केही मतलब हुँदैन। तँ तिनीहरूसँग बस्दैनस्, र तेरो नियति तिनीहरूको हातमा छैन। त्यसोभए तैँले किन यसो गर्न इन्कार्न सक्दैनस्? एउटा अपरिहार्य कारण के हो भने “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने सामाजिक विचारले तँलाई बाँधिरहेको र दमन गरिरहेको हुन्छ। अर्थात्, समाजमा तँलाई प्राय “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्ने” नैतिक मापदण्ड र सार्वजनिक विचारले बन्धनमा पारिरहेको हुन्छ। तैँले आफूले जिम्मा पाएको काम निष्ठापूर्वक पूरा गर्न लागिपर्नु सामाजिक जिम्‍मेवारी वा सृष्टि गरिएको प्राणीको कर्तव्य र जिम्‍मेवारी पूरा गर्नुसँग सम्‍बन्धित हुँदैन। बरु यसमा त तँ नैतिक मापदण्डका अभिव्यक्तिहरू र सामाजिक विचारका अदृश्य साङ्‍लाहरूले बाँधिएको हुन्छस्। तँ किन यी कुराको बन्धनमा पर्ने सम्‍भावना हुन्छ? यसको एउटा कारण के हो भने, तैँले तेरा पुर्खाहरूले हस्तान्तरण गरेका यी नैतिक अभिव्यक्तिहरू सही हुन् कि गलत हुन्, र मानिसहरूले तिनलाई पालना गर्नुपर्छ कि पर्दैन भनेर छुट्याउन सक्दैनस्। अर्को कारण के हो भने, तँसँग परम्‍परागत संस्कृतिले ल्याएको सामाजिक दबाब र सामाजिक विचारबाट मुक्त हुने शक्ति र साहस छैन। फलस्वरूप, तँ यी कुराको बन्धन र तँलाई यिनले पार्ने प्रभावबाट मुक्त हुन सक्दैनस्। अर्को कारण के हो भने, समाजको कुनै पनि समुदाय वा समूहमा, मानिसहरूले आफूलाई अरूले उच्‍च नैतिक चरित्र भएको, असल, भरपर्दो, भरोसालायक, र काम सुम्पनयोग्य व्यक्ति ठानून् भन्‍ने चाहन्छन्। तिनीहरू सबै एउटा यस्तो छवि स्थापित गर्न चाहन्छन् जसले तिनीहरूको लागि सम्मान ल्यायोस् र जसले अरूलाई तिनीहरू निर्दयी वा अन्यग्रहीय होइनन्, भावना र बफादारी भएका हाडमासुले नै बनेका इज्‍जतदार व्यक्ति हुन् भनेर विश्‍वास दिलाओस्। यदि तँ समाजमा घुलमिल भएर तिनीहरूद्वारा स्विकारिन र अनुमोदित हुन चाहन्छस् भने, तैँले तिनीहरूसामु आफूलाई उच्‍च नैतिक चरित्र, इज्‍जत र विश्‍वसनीयता भएको व्यक्तिको रूपमा चिनाउनुपर्छ। त्यसैले, तिनीहरूले तँलाई जे-जस्तो अनुरोध गरे पनि, तैँले तिनीहरूलाई सन्तुष्ट पार्न, खुसी पार्न, अनि तँ उच्‍च नैतिक चरित्र भएको भरोसायोग्य व्यक्ति होस्, र मानिसहरू तँसँग सङ्गत गर्न चाहन्छन् भन्दै तिनीहरूलाई तेरो तारिफ गराउन सक्दो प्रयास गर्नुपर्छ। यसरी तैँले आफ्‍नो जीवनमा अस्तित्वबोध अनुभूति गर्छस्। यदि तँलाई समाजले, भीडले, र तेरा सहकर्मी र मित्रहरूले अनुमोदन गर्न सक्छन् भने, तैँले निकै पोषणयुक्त र सन्तुष्ट जीवन जिउनेछस्। तैपनि, यदि तँ तिनीहरूभन्दा फरक तरिकाले जिउँछस् भने, यदि तेरा विचार र दृष्टिकोणहरू तिनीहरूको भन्दा फरक छन् भने, यदि तेरो जीवनको बाटो तिनीहरूको भन्दा फरक छ भने, यदि कसैले पनि तँमा उच्‍च नैतिक चरित्र छ, तँ भरोसायोग्य, मामिलाहरू सुम्पनलायक, वा इज्जतदार छस् भन्दैन भने, र यदि तिनीहरू सबैले तँलाई त्याग्छन् र एक्ल्याउँछन् भने, तैँले निराश र दुःखित जीवन जिउनेछस्। तँलाई किन निराश र दुःख लाग्छ? किनभने तेरो आत्मसम्‍मानमा आघात पुगेको हुन्छ। तेरो आत्मसम्‍मान कहाँबाट आएको हुन्छ? यो समाजले र अधिकांश मानिसहरूले गर्ने अनुमोदन र स्वीकारबाट आएको हुन्छ। यदि तिनीहरूले तँलाई पटक्‍कै स्विकार्दैनन्, तँलाई अनुमोदन गर्दैनन्, तँलाई तारिफ वा सराहना गर्दैनन् भने, र यदि तिनीहरूले तँलाई कुनै आदरपूर्ण, स्नेही, वा सम्‍मानजनक नजरले हेर्दैनन् भने, तँलाई जीवनमा कुनै इज्जत छैन भन्‍ने महसुस हुन्छ। तँलाई आफू अत्यन्तै व्यर्थ भएको अनुभूति हुन्छ, र तँलाई अस्तित्वबोधको कुनै आभास हुँदैन। तँलाई तेरा मूल्य-मान्यता कहाँ छन् थाहा हुँदैन, र अन्त्यमा, कसरी जिउने तँलाई त्यो पनि थाहा हुँदैन। तेरो जीवन निराश र कष्टपूर्ण बन्छ। तँ सधैँ मानिसहरूले तँलाई स्विकारून् भनेर प्रयास गरिरहेको हुन्छस्, र तैँले सधैँ बहुसंख्यक मानिसहरूमाझ र समाजमा घुलमिल हुन खोजिरहेको हुन्छस्। त्यसकारण, त्यस्तो सामाजिक वातावरणमा जिउने जोकसैको लागि “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने नैतिक मापदण्ड पूरा गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो कुरा व्यक्तिको नैतिक चरित्र कस्तो छ र उसलाई अरूले स्विकार्छन् कि स्विकार्दैनन् भनेर मापन गर्ने महत्त्वपूर्ण सूचक पनि हो। तर के यो मापन मापदण्ड सही छ? अवश्यै छैन। वास्तवमा, यसलाई त हास्यास्पदसमेत भन्‍न सकिन्छ।

“अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने नैतिक अभिव्यक्तिमा चिन्‍नुपर्ने अर्को एउटा पक्ष पनि छ। यदि तँलाई सुम्पिएको कामले धेरै समय र ऊर्जा लिँदैन, र तेरो क्षमताभित्र पर्छ भने, वा यदि तँसँग सही वातावरण र अवस्था छ भने, मानव विवेक र समझको आधारमा तैँले अरूको लागि आफ्‍नो क्षमताले भ्याउञ्‍जेल केही कुराहरू गर्न र तिनीहरूको उचित र सही मागहरू पूरा गर्न सक्छस्। तैपनि, यदि तँलाई सुम्पिएको कामले तेरो धेरै समय र ऊर्जा लिन्छ, र तेरो धेरै समय बरबाद गर्छ, यहाँसम्‍म कि त्यसले तँलाई तेरो जीवन नै बलिदान गर्न लगाउँछ, र यो जीवनको तेरो जिम्‍मेवारी र दायित्व अनि सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो कर्तव्य नै व्यर्थ बनाइदिन्छ र तँलाई प्रतिस्थापन गरिन्छ भने, तैँले के गर्छस्? तैँले यसलाई इन्कार गर्नुपर्छ किनभने यो तेरो जिम्‍मेवारी वा दायित्व होइन। व्यक्तिको जीवनका जिम्‍मेवारी र दायित्वहरूको कुरा गर्दा, आमाबुबाको हेरचाह गर्ने र बालबच्‍चा हुर्काउने, अनि समाज र कानुनको मातहतमा रही सामाजिक जिम्‍मेवारीहरू पूरा गर्नेबाहेक, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले आफ्नो ऊर्जा, समय र जीवन सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गरेर बिताउनुपर्छ, कसैको काम जिम्मा लिएर आफ्नो समय र ऊर्जा सक्‍काउनु हुँदैन। यस्तो किन हुनुपर्छ भने व्यक्तिलाई परमेश्‍वरले सृष्टि गर्नुहुन्छ, उहाँले नै उसलाई जीवन दिनुहुन्छ, र संसारमा ल्याउनुहुन्छ, र ऊ अरूको लागि काम गर्न र जिम्‍मेवारी पूरा गर्नको लागि होइन। मानिसहरूले सबैभन्दा बढी परमेश्‍वरले सुम्पनुभएको कुरा नै स्विकार्नुपर्छ। परमेश्‍वरले सुम्पनुहुने कुरा मात्रै सच्‍चा कुरा हुन्छ, र मानिसले सुम्पने कुरा स्विकार्नु भनेको आफ्‍नो उचित कर्तव्य पूरा नगर्नु हो। तँलाई कुनै काम सुम्पेर त्यो कामको लागि तेरो बफादारी, ऊर्जा, समय, वा तेरो जवानी र सारा जीवन समर्पित गर्न लगाउन कोही योग्य हुँदैन। परमेश्‍वर मात्र मानिसहरूलाई सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्यनिर्वाह गर्न लगाउन योग्य हुनुहुन्छ। किन यस्तो हो? यदि तँलाई सुम्पिएको कामको लागि धेरै समय र ऊर्जा लाग्छ भने, यसले तँलाई सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो कर्तव्य निर्वाह गर्न र जीवनको सही मार्ग पछ्याउन समेतबाट बाधा दिन्छ। यसले तेरो जीवनको दिशा र उद्देश्य परिवर्तन गर्छ। यो असल कुरा होइन, बरु श्रापित कुरा हो। यदि यसले धेरै मात्रामा तेरो समय र ऊर्जा लिन्छ, र तेरो जवानी लुट्छ, तँलाई सत्यता र जीवन प्राप्त गर्ने अवसरबाट वञ्‍चित गर्छ भने, यस्तो प्रकृतिको कुनै पनि कामको जिम्मा कुनै व्यक्तिबाट मात्र आएको नभई शैतानबाटै आएको हुन्छ। यो मामिलालाई बुझ्‍ने अर्को तरिका यही हो। यदि कसैले तँलाई तेरो समय र ऊर्जा लिने र खेर फाल्‍ने काम सुम्पन्छ, र तँलाई तेरो जवानी र सारा जीवनसमेत बलिदान गर्न बाध्य पारेर तैँले सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निर्वाह गर्दै बिताउनुपर्ने तेरो समय खोसिलान्छ भने, त्यो व्यक्ति तेरो साथी नठहरिने मात्र होइन, त्यसलाई त तेरो शत्रु र विरोधीको रूपमा समेत लिन सकिन्छ। तेरो जीवनमा, तैँले परमेश्‍वरले तँलाई दिनुभएको आफ्ना आमाबुबा, छोराछोरी, र परिवारप्रतिको जिम्‍मेवारी पूरा गर्नेबाहेक, तेरो सारा समय र ऊर्जा सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निर्वाह गर्नमै समर्पित गर्नु र खर्चनुपर्छ। तँलाई कुनै काम सुम्पने बहानामा तेरो समय र ऊर्जा लिन वा बरबाद गर्न कोही पनि योग्य हुँदैन। यदि तैँले यो सल्‍लाह मान्दैनस् र कसैले सुम्पेको कुरा स्विकार्छस् जसले तेरो धेरै समय र ऊर्जा लिन्छ भने, सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निर्वाह गर्ने तेरो समय तुलनात्मक हिसाबले निकै घट्नेछ, र तँ त्यो समयबाट वञ्‍चित हुने र त्यो समय ओगटिनेसमेत हुनेछ। आफ्‍नो कर्तव्य निर्वाह गर्ने तेरो समय र ऊर्जाबाट तँ वञ्‍चित हुनुको अर्थ के हो? यसको अर्थ सत्यता पछ्याउने तेरो अवसर घटेको छ भन्‍ने हो। जब सत्यता पछ्याउने अवसर घट्छ, तब के यसको अर्थ मुक्ति पाउने तेरो अवसर पनि सानो भएको छ भन्‍ने हुँदैन र? (हो।) यो तेरो लागि आशिष् हो कि श्राप हो? (श्राप।) यो अवश्य नै श्राप हो। यो त एउटा प्रेमी भएको प्रेमिकाजस्तै हो, र प्रेमीले उसलाई भन्छ, “तिमीले परमेश्‍वरमा विश्‍वास गर्न सक्छौ, तर म सफल, धनी, र प्रभावशाली भइञ्जेलसम्म, र म तिमीलाई कार, घर, र ठूलो मोतीको औँठी किन्‍न सक्‍ने भइन्जेलसम्‍म, तिमीले मलाई पर्खिनुपर्छ, त्यसपछि मात्रै म तिमीलाई विवाह गर्नेछु।” केटीले भन्छे, “त्यसोभए यी केही वर्षको अवधिमा म परमेश्‍वरमा विश्‍वास वा आफ्‍नो कर्तव्य निर्वाह गर्नेछैनँ। सुरुमा म तिमीसँगै मेहनत गर्नेछु र तिमी धनी भइञ्जेल, तिमी प्रबन्धक बनेर आफ्‍ना इच्छाहरू पूरा गरुञ्जेल पर्खिनेछु, त्यसपछि मात्रै म आफ्‍नो कर्तव्य पूरा गर्नेछु।” यो केटी बाठी हो कि मूर्ख हो? (मूर्ख।) ऊ मूर्ख हो! तैँले त्यसलाई सफलता हासिल गर्न, धनी र शक्तिशाली बन्‍न, र ख्याति र सम्पत्ति कमाउन सहयोग गर्छस्, तर तैँले गुमाएको समय कसले पूर्ति गर्छ? तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गरेको हुँदैनस्, अनि यो घाटाको पूर्ति कसले गर्छ; यसको हर्जाना कसले बेहोर्छ? परमेश्‍वरमा विश्‍वास गरेको त्यो केही वर्षमा, तैँले जुन सत्यता प्राप्त गर्नुपर्ने थियो त्यो सत्यता प्राप्त गरेको छैनस्, र तैँले जुन जीवन प्राप्त गर्नुपर्ने थियो त्यो जीवन पनि प्राप्त गरेको छैनस्। यो सत्यता र यो जीवनको परिपूर्ति कसले गर्छ? कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास त गर्छन् तर सत्यता खोजी गर्दैनन्। यसको सट्टा, तिनीहरूले अरूले जिम्मा दिएको काम, चाहना, वा माग पूरा गर्नमै वर्षौँको समय बिताउँछन्। अन्त्यमा, तिनीहरूले केही प्राप्त नगर्ने मात्र होइन, बरु कर्तव्य निर्वाह गरेर सत्यता प्राप्त गर्ने अवसरसमेत गुमाउँछन्। तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्दैनन्; त्यो नोक्‍सानी धेरै ठूलो, र त्यो मूल्य अत्यधिक हुन्छ! के अरूको भरोसा नतोड्न र आफूलाई अरूले राम्रो भनून्, उच्‍च नैतिक चरित्रवान्, प्रतिष्ठित र भरोसायोग्य व्यक्ति ठानून् भनेर अनि सफलतापूर्वक “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर्न” को लागि परमेश्‍वरमा विश्‍वास गर्न र सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्न छोड्‍नु मूर्खता होइन र? कतिपय मानिसहरूले दुवै तरिका अपनाउने प्रयास पनि गर्छन्, अर्थात् एकातिर मानिसहरूलाई चित्त बुझाउने र अर्कोतिर केही कर्तव्य पूरा गर्न केही ऊर्जा प्रयोग गर्ने, अनि अरूलाई खुसी पार्ने तर परमेश्‍वरलाई पनि खुसी पार्न चाहने गर्छन्। अन्त्यमा के हुन्छ? तैँले मानिसहरूलाई खुसी पार्न त सक्छस्, तर सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो कर्तव्य पूरा हुँदैन, तैँले पटक्‍कै सत्यता बुझ्दैनस्, र तैँले धेरै कुरा गुमाउँछस्! तैँले मानिसहरूको लागि विश्‍वासयोग्य ढङ्गले काम गरिदिन सक्दो प्रयास गरे पनि, र अरूले तँलाई तैँले बोलेको कुरा पूरा गरिस् र तँ शिष्ट नैतिक आचरण भएको व्यक्ति होस् भनेर तारिफ गरे पनि, तैँले परमेश्‍वरबाट सत्यता प्राप्त गरेको हुँदैनस्, न त परमेश्‍वरको अनुमोदन वा स्वीकार नै प्राप्त गरेको हुन्छस्। यस्तो किन हुन्छ भने मानिसहरूको लागि विश्‍वासयोग्य ढङ्गले कामकुरा गरिदिन सक्दो प्रयास गर्नु परमेश्‍वरले मानवजातिलाई दिनुभएको मापदण्ड होइन, न त यो परमेश्‍वरले तँलाई सुम्पनुभएको काम नै हो। मानिसहरूको लागि विश्‍वासयोग्य ढङ्गले कामकुरा पूरा गरिदिनु उद्देश्यबाहिरको कुरा हो, यो आफ्‍नो उचित कर्तव्य पूरा गर्नु होइन, र यसको कुनै मूल्य वा महत्त्व हुँदैन। यो तारिफ गर्न लायक असल कार्य होइन। तैँले अरूको लागि आफ्‍नो धेरै ऊर्जा र समय खर्चेको छस्, तर यसो गर्दा तँलाई परमेश्‍वरले स्मरण नगर्नुहुने मात्र होइन, तैँले सत्यता पछ्याउने उत्कृष्ट अवसर र सृष्टि गरिएको प्राणीको रूपमा आफूले कर्तव्य निर्वाह गर्ने बहुमूल्‍य समय पनि गुमाएको हुन्छस्। जब तँ फर्केर सत्यता पछ्याउन र आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस्, तँ बूढो भइसकेको हुन्छस्, तँमा ऊर्जा र शारीरिक शक्तिको कमी भइसकेको हुन्छ, र तँ रोगले ग्रसित भइसकेको हुन्छस्। के यसो गर्नु सार्थक हुन्छ? अनि तैँले परमेश्‍वरको लागि आफैलाई कसरी अर्पित गर्न सक्छस्? तेरो बाँकी रहेको समय सत्यता खोजी गर्न र सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य निर्वाह गर्नका लागि प्रयोग गर्नु थकाइलाग्दो हुन्छ। तेरो शारीरिक क्षमताले साथ दिन सक्दैन, तेरो स्मरण शक्ति हराइसकेको हुन्छ, र तेरो ऊर्जा पनि राम्रो हुँदैन। तँ भेलाहरूमा प्रायजसो झुल्‍ने गर्छस्, र तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने प्रयास गर्दा तेरो शरीरमा सधैँ कठिनाइ र रोग आइपरिरहन्छ। त्यो बेला, तँलाई पछुतो हुनेछ। “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गरेर,” तैँले के नै प्राप्त गरेको हुन्छस् र? बढीमा, तैँले अरूसँग घुस लेनदेन गरेको र अरूबाट तारिफ पाएको हुनसक्छस्। तर मानिसहरूको तारिफको के काम हुन्छ र? के यसले परमेश्‍वरको अनुमोदनलाई प्रतिनिधित्व गर्न सक्छ र? यसले बिलकुलै प्रतिनिधित्व गर्न सक्दैन। त्यस्तो अवस्थामा, व्यक्तिबाट पाउने तारिफका वाक्यहरू व्यर्थ हुन्छन्। के तारिफ पाउनको लागि मुक्ति पाउने अवसर गुमाउनुको यति ठूलो पीडा सहनु सार्थक हुन्छ? त्यसकारण, अहिले मानिसहरूले के बुझ्‍नु आवश्यक छ? यदि कसैले तँलाई कुनै काम सुम्पन्छ भने, यो काम जेसुकै भए पनि, जबसम्म यो कार्य सृष्टि गरिएको प्राणीको रूपमा तैँले निर्वाह गर्नुपर्ने कर्तव्य वा परमेश्‍वरले तँलाई सुम्पनुभएको कामसँग सम्‍बन्धित हुँदैन, तबसम्म तँसँग यसलाई इन्कार गर्ने अधिकार हुन्छ किनभने यो तेरो दायित्व होइन, तेरो जिम्‍मेवारी हुनु त परको कुरा हो। कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “यदि मैले इन्कार गरेँ भने, मानिसहरूले ममा कमजोर नैतिकता छ, वा तिनीहरूले मलाई म राम्रो मित्र वा बफादार व्यक्ति होइन भनी भन्‍नेछन्।” यदि तँलाई यस्तो चिन्ता लाग्छ भने, अगाडि बढ् र त्यो काम गर्, अनि पछि, परिणामहरू के हुनेछन्, हेर्। कतिपय मानिसहरू यस्ता पनि छन् जसले आफ्‍नो कर्तव्य पूरा गरिरहेका हुनाले अरूको काम गरिसकेका छैनन् र त्यो कामलाई जारी राख्‍न पनि सक्दैनन्। तिनीहरूले सोच्छन्, “मैले यो काम अधुरो छोड्नु राम्रो होइन। व्यक्ति भएर, ममा विश्‍वसनीयता हुनुपर्छ। सुरुदेखि अन्त्यसम्‍मै काम गर्नुपर्छ अनि सुरुमा राम्रो गर्ने र अन्तिममा नराम्रो गर्ने गर्नु हुँदैन। यदि मैले गर्छु भनेर अरूलाई प्रतिज्ञा गरेको काम आधा पूरा भएको छ र म बाँकी काम गर्दिनँ भने, मैले यो कुरालाई अरूको अघि सही साबित गर्न सक्दिनँ, र यसमा सत्यनिष्ठाको कमी हुन्छ!” यदि तेरो मनमा यस्ता विचारहरू छन् र आफ्‍नो गर्व त्याग्‍न सक्दैनस् भने, तैँले अरूको लागि काम गर्न सक्छस्, र काम सकेपछि तैँले के प्राप्त गरेको छस् र तैँले बोलेको कुरा गर्दा र यस्तो सत्यनिष्ठा धारण गर्दा त्यो साँच्‍चै बहुमूल्य हुन्छ कि हुँदैन हेर्। के यसो गर्नु महत्त्वपूर्ण कुरामा ढिलाइ गर्नु होइन र? यदि यसले तँलाई आफ्‍नो कर्तव्य पूरा गर्नमा ढिलाइ गराउँछ र सत्यता प्राप्त गर्ने तेरो प्रयासमा असर पार्छ भने, यो त तेरो ज्यानको खतरा मोल्‍नुसरह हो, होइन र? यदि तँ नैतिक आचरणसम्‍बन्धी यी अभिव्यक्ति र मापदण्डहरूलाई सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निर्वाह गर्नु र सत्यता खोजी गर्नुभन्दा पनि महत्त्वपूर्ण ठान्छस् भने, तँ यी अभिव्यक्तिहरूको दासत्व र बन्धनबाट मुक्त हुन सक्दैनस्। यदि तैँले यी कुराहरूलाई चिन्छस् र यी कुराहरूको साँचो सारलाई स्पष्ट देख्छस्, र यी कुराहरू त्याग्‍ने निर्णय गर्छस्, र यी कुराहरूअनुसार जिउँदैनस् भने, नैतिक आचरणका यी अभिव्यक्तिहरूको दासत्व र बन्धनबाट तँ मुक्त हुने आशा हुन्छ। तँसँग सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने र सत्यता प्राप्त गर्ने आशा पनि हुन्छ।

यति धेरै सङ्गति गरेपछि, के तिमीहरूले व्यक्तिको नैतिकता मापन गर्ने “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने अभिव्यक्ति र मापदण्डबारे केही वास्तविकता बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए समग्रमा भन्दा, यो वाक्य सही हो कि गलत हो भनेर हामीले कति वटा पक्षबाट बुझ्‍नुपर्छ? पहिलो कुरा त, यो अभिव्यक्ति सत्यता वा परमेश्‍वरका वचनहरूअनुरूप छैन, र यो मानिसहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्त होइन भन्‍ने स्पष्ट छ। त्यसैले, तैँले यो मामिला कसरी सम्हाल्नुपर्छ? तँलाई जसले काम दिए पनि, तँसँग इन्कार गर्ने र यसो भन्‍ने अधिकार हुन्छ, “म तपाईंलाई सहयोग गर्न चाहन्‍नँ; म तपाईंप्रति निष्ठावान्‌ हुनुपर्छ भन्‍ने छैन।” कुनै बेला तैँले तिनीहरूले सुम्पेको काम स्वीकार गरेको थिइस्, तर अहिले तैँले कुरा बुझेर तँलाई सहयोग गर्न मन लागेन र यसो गर्नुपर्ने आवश्यकता वा दायित्व छैन भन्‍ने लाग्यो भने, कुरा त्यहीँ सन्किन्छ। के यो अभ्यासको सिद्धान्त होइन र? (हो।) तैँले “हुँदैन” भनेर इन्कार गर्न सक्छस्। दोस्रो कुरा, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइमा के त्रुटि छ? यदि कसैले तँलाई सहज रूपमा गर्न सकिने सरल काम दियो भने, यो मानिसहरूमाझ हुने सामान्य अन्तरक्रिया र कामकाज हो। यसको आधारमा तँ विश्‍वासयोग्य छस् कि छैनस् वा तँसँग उच्‍च नैतिक चरित्र छ कि छैन भनेर भन्‍न सकिँदैन, अनि यसलाई व्यक्तिको नैतिकता नाप्‍ने मापदण्डको रूपमा प्रयोग गर्न सकिँदैन। के त्यति धेरै मेहनत नलाग्‍ने काममा कसैलाई सहयोग गर्दा त्यसले त्यो व्यक्तिमा नैतिकता र विश्‍वसनीयता छ भन्‍ने इङ्गित गर्छ? यस्तै हुन्छ भन्‍ने हुँदैन, किनभने त्यो व्यक्तिले पर्दापछाडि कैयौँ खराब कामहरू गरेको हुन सक्छ। यदि तिनीहरूले कैयौँ खराब कामहरू गरेका छन्, तर थोरै मेहनतसाथ अरूलाई सघाउन केही काम गरेका छन् भने, के यसलाई उच्च नैतिक चरित्र भनेर मानिन्छ? (अहँ, मानिँदैन।) त्यसकारण, यो उदाहरणले “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने अभिव्यक्तिलाई गलत साबित गर्छ। यो सही छैन र यसलाई व्यक्तिको नैतिक आचरण मापन गर्ने मापदण्डको रूपमा प्रयोग गर्न सकिँदैन। कतिपय सामान्य कुराहरू सम्‍हाल्‍ने तरिका यही हो। त्यसोभए केही विशेष कुराहरूलाई चाहिँ कसरी सम्‍हाल्‍ने? यदि कसैले तँलाई तेरो क्षमताभन्दा बाहिरको कुनै विशेष महत्त्वपूर्ण काम दियो, र तँलाई त्यो थकाइलाग्दो र कठिन लाग्यो र तँ त्यो काम गर्न सक्दैनस् भने, तैँले दुःख नमानी इन्कार गर्न सक्छस्। यसको साथै, यदि कसैले तँलाई अनुचित, गैरकानुनी, वा अरूको हितमा हानि गर्ने किसिमको काम सुम्पन्छ भने, तैँले विशेष रूपमै तिनीहरूको लागि त्यो काम गर्नु हुँदैन। त्यसकारण, जब कसैले तँलाई कुनै काम सुम्पन्छ, तब तैँले खुट्याउनुपर्ने मुख्य कुरा के हो? एक हिसाबमा, तँलाई सुम्पिएको काम तँले तेरो जिम्‍मेवारी वा दायित्व हो कि होइन र तैँले त्यो काम स्विकार्नु पर्छ कि पर्दैन भन्‍ने कुरा खुट्याउनुपर्छ। अर्को हिसाबमा, काम स्विकारिसकेपछि, तैँले त्यो काम गरे पनि नगरे पनि, र त्यसलाई राम्ररी गरे पनि नराम्ररी गरे पनि, के त्यसमा विश्‍वासयोग्यता र व्यक्तिको नैतिकता समावेश हुन्छ? खुट्याउनुपर्ने मुख्य कुरा त्यही हो। खुट्याउनुपर्ने अर्को पक्ष भनेको सुम्पिएको कामको प्रकृति हो, यो उचित, कानुनी, सकारात्मक छ कि नकरात्मक छ भनेर जान्‍नु हो। तैँले यसलाई यी तीन पक्षहरूबाट खुट्याउनुपर्छ। अब, अहिले भर्खरै सङ्गति गरिएको विषयमा विचार गरेर यसको सारांश देओ अनि तिमीहरूका विचार र दृष्टिकोणहरूबारे छलफल गर। (“अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने नैतिक अभिव्यक्तिबारे कुरा गर्दा, पहिलो कुरा त, मानिसहरूले अरूको लागि काम गरिदिनु नै पर्छ भन्‍ने अनिवार्य हुँदैन, तिनीहरूले इन्कार पनि गर्न सक्छन्, र यो हरेक व्यक्तिको अधिकार हो। दोस्रो कुरा, यदि तिनीहरूले अरूले सुम्पेको काम स्विकारे नै भने पनि, तिनीहरूले यो काम गरे पनि नगरे पनि र तिनीहरूले यो काम राम्ररी गरे पनि नगरे पनि, यो कुरा तिनीहरूको नैतिकतासँग सम्‍बन्धित हुँदैन, र यसलाई व्यक्तिको नैतिक चरित्र मापन गर्ने मापदण्डको रूपमा प्रयोग गर्न सकिँदैन। यसको साथै, कसैलाई सुम्पिएको काम गैरकानुनी र अपराध हो भने, उसले त्यो काम साँच्‍चै नै गर्नु हुँदैन। तिनीहरूले त्यो काम गरे भने, त्यो दुष्ट कार्य गर्नु हुन्छ र तिनीहरूले दण्ड भोग्‍नेछन्। यी बुँदाहरूबाट, हामीले साँच्‍चै नै “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने दृष्टिकोणलाई गलत साबित गर्न सक्छौँ।) सबैभन्दा महत्त्वपूर्ण कुरा त यो अभिव्यक्ति नै गलत छ। यो कहाँ गलत छ? पहिलो कुरा, यसले मामिलाहरूलाई कसरी लिने र सम्‍हाल्‍ने भन्‍नेबारेमा लाद्‌ने सिद्धान्त नै गलत छ। साथै, व्यक्तिको नैतिक आचरण मापन गर्न यो अभिव्यक्तिको प्रयोग गर्नु पनि गलत छ। अझ भन्‍ने हो भने, व्यक्तिको नैतिक आचरण मापन गर्न, उसलाई बन्धनमा पार्न र रोकटोक गर्न, उसलाई विभिन्‍न कुराहरू गर्न लगाउन, र उसले लिन नपर्ने वा लिन इच्छा नगर्ने जिम्‍मेवारी लिन लगाउन उसको समय, ऊर्जा, र मूल्य चुकाउन लगाउनको लागि यो अभिव्यक्ति प्रयोग गर्नु भनेको एक किसिमको जबरजस्ती हो, र यो पनि गलत छ। “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइको मूल्य छैन र यो गलत छ भनी प्रमाणित गर्न यी केही त्रुटिहरू नै पर्याप्त छन्। अब, हामी यो कुराको छोटो सारसङ्झेप गरौँ। सर्वप्रथम, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइले मानिसहरूलाई अरूले सुम्पेको काम कसरी गर्ने भनेर बताउँछ। यसले के अर्थ दिन्छ भने, जब कसैले तँलाई कुनै काम सुम्पन्छ, तब यो उचित भए पनि नभए पनि, असल भए पनि खराब भए पनि, सकारात्मक भए पनि नकारात्मक भए पनि, जबसम्म यो काम तँलाई नै सुम्पिइएको हुन्छ, तबसम्म तैँले बोलेको कुरा पूरा गर्नुपर्छ। तिनीहरूलाई सन्तुष्ट पार्न त्यो काम राम्ररी र पूर्ण रूपमा पूरा गर्नु तेरो दायित्व हुन्छ। यस्तो व्यक्तिमा मात्रै विश्‍वसनीयता हुन्छ। यसले मानिसहरूलाई कुरै नबुझी काम गर्न बाध्य बनाउँछ, जुन आफैमा गलत छ, र यो सिद्धान्तहरूविरुद्ध जाने किसिमको गलत छ। दोस्रो कुरा, मानिसहरूले “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो” गर्छन् कि गर्दैनन् भन्‍ने मापदण्डलाई तिनीहरूको नैतिक आचरण मापन गर्ने आधारको रूपमा प्रयोग गरिन्छ। के यो मापन मापदण्डले अर्को गल्ती गरिरहेको हुँदैन र? यदि सबैले आफूलाई सुम्पिएको खराब वा दुष्ट कामहरू विश्‍वासयोग्य ढङ्गले पूरा गर्न सक्दो गर्छन् भने, के यो समाज उलटपुलट हुँदैन र? यसको साथै, यदि यो अभिव्यक्तिलाई मानिसहरूको नैतिक आचरण मापन गर्ने मापदण्डको रूपमा सधैँ प्रयोग गरिन्छ भने, यसले स्वाभाविक रूपमै मानिसहरूको विचारलाई बाँध्‍ने र नियन्त्रण गर्ने सामाजिक माहौल, आम जनमत, र सामाजिक दबाब सिर्जना गर्नेछ। अनि, यसबाट के-कस्ता परिणामहरू आउने हन्? “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइको कारण र समाजमा त्यस्तो आम जनमत विद्यमान हुने हुनाले, तँ सामाजिक दबाबमा पर्छस् र त्यस्ता परिस्थितिहरूमा तँ त्यसरी नै काम गर्न बाध्य हुन्छस्। तैँले गर्ने व्यवहारको तरिका स्वेच्छिक हुँदैन, यो तेरो आफ्नै क्षमताको दायराभित्र पर्दैन, र यो तैँले आफ्‍नो दायित्व पूरा गर्ने कार्य पनि होइन। तँ यो काम गर्न बाध्य हुन्छस्, र यो तेरो हृदयको माग हुँदैन, न त सामान्य मानवताको माग नै हुन्छ, र यो तेरो भावनात्मक सम्‍बन्ध कायम राख्‍ने माग पनि हुँदैन। यो सामाजिक दबाबले पैदा गरेको कुरा हुन्छ, जुन नैतिक अपहरणसरह हो। यदि तैँले अरूलाई गर्छु भनेर भनेको काम गर्न सकिनस् भने, तेरा आमाबुबा, परिवार, सहकर्मी र साथीहरूले यसो भन्दै तँलाई आलोचना गर्नेछन्, “तैँले के गर्न खोजिरहेको छस्? ‘अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर’ भनेर सबैले भन्छन्। तैँले त गर्छु भनेर पनि, किन काम पूरा गर्दैनस्? यदि तैँले गर्छु भनेको होस् भने, तैँले राम्ररी गरिदिनुपर्छ!” यो सुनेपछि, तँलाई पनि गल्ती गरेको छु जस्तो लाग्छ, त्यसकारण तैँले चुपचाप काम अघि बढाउँछस्। तर काम गर्दा तँलाई अझै पनि काम गर्न मन हुँदैन; तँसँग क्षमता हुँदैन, र तैँले यसलाई व्यवस्थित गर्न सक्दैनस्, तैपनि तैँले आफ्‍नो दाँत बाँधेरै भए नि यो काम गर्नुपर्ने हुन्छ। अन्त्यमा, तेरो पूरै परिवारले तँलाई यो काम गर्न सहयोग गर्छन्, तर यसमा धेरै पैसा र शक्ति लाग्छ, र दुःख हुन्छ र बल्‍लबल्‍ल यो काम समाप्त हुन्छ। तँलाई काम सुम्पने व्यक्ति त खुसी हुन्छ, तर तँ हृदयभरि ठूलो कष्ट सहेर लखतरान भएको हुन्छस्। तैँले हृदयमा मन नलागीनलागी र इच्छा नभईनभई यो काम गरेको भए पनि, तैँले हरेस खाँदैनस्, र अर्कोपटक यस्तै परिस्थिति आइपर्दा तँ फेरि त्यसै गर्छस्। किन यस्तो हुन्छ? किनभने तँ आत्मसम्मान चाहन्छस्, तँलाई अभिमान मन पर्छ, र साथमा तँ आम जनमतको दबाब सहन सक्दैनस्। कसैले तेरो गल्ती भेट्टाएन भने पनि, तैँले आफैलाई यसो भन्दै आलोचना गर्छस्, “मैले अरूको लागि जे गर्ने सहमति जनाएको थिएँ त्यो गरिनँ। म के गरिरहेको छु? मलाई आफैप्रति घृणा लाग्छ। के यो अनैतिक कार्य होइन र?” तैँले आफैलाई समेत जबरजस्ती गरिरहेको छस्; के तेरो मन पहिले नै बन्दी भइसकेको हो? (हो।) वास्तवमा, त्यो कामसँग तेरो अलिकति पनि सम्‍बन्ध हुँदैन। यो काम गरेर तैँले कुनै फाइदा वा सुधार प्राप्त गर्दैनस्। तैँले यो काम नगरे पनि केही हुँदैन, र एकदुई जनाले मात्रै तेरो आलोचना गर्नेछन्। तर त्यसले के फरक पर्छ र? त्यसले अलिकति पनि तेरो नियति परिवर्तन गर्दैन। मानिसहरूले तँलाई जे गर्न अनुरोध गरे पनि, जबसम्म त्यसले परमेश्‍वरका मापदण्डहरू पूरा गर्दैन, तबसम्म तैँले त्यसलाई इन्कार गर्न सक्छस्। यी तीन वटा बुँदाहरूको आधारमा “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइलाई चिरफार गरेपछि, के तिमीहरूले यो अभिव्यक्तिको सार बुझ्यौ त? (बुझ्यौँ।)

जब कसैले तँलाई कुनै काम सुम्पन्छ, तब तैँले कुन-कुन सिद्धान्तहरू पालना गर्नुपर्छ? के यस कार्यलाई अघि बढाउने सिद्धान्तहरू हुनुपर्दैन र? सत्यताको हिसाबमा यसको आधार के हो? अहिले भर्खरै, मैले सबैभन्दा महत्त्वपूर्ण बुँदा उल्‍लेख गरे, र त्यो बुँदा के हो भने, आमाबुबालाई हेरचाह गर्ने, छोराछोरी हुर्काउने, अनि कानुनको अधीनमा रही आफ्‍ना सामाजिक जिम्‍मेवारीहरू पूरा गर्ने कार्यबाहेक, कसैले सुम्पेको काम स्विकार्ने वा कसैको लागि काम गर्ने कुनै दायित्व हुँदैन र कसैको मामिला वा कसैले सुम्पेको कामको लागि जिउनु आवश्यक छैन। मानव जीवनको मूल्य र अर्थ सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्दा मात्रै पाउन सकिन्छ। त्यसबाहेक, कसैको लागि केही गरिदिनुमा अलिकति पनि अर्थ हुँदैन; यो सब व्यर्थको काम हो। त्यसकारण, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइ मानिसहरूले मानिसहरूमा लाद्‍ने कुरा मात्रै हो र परमेश्‍वरसँग यसको कुनै सम्‍बन्ध छैन। यो अभिव्यक्ति परमेश्‍वरले मानवलाई दिनुभएको मापदण्ड बिलकुलै होइन। यो कुरा त अरूले तँबाट नाजायज फाइदा उठाउने, नैतिक रूपमा तँलाई जबरजस्ती गर्ने, र तँलाई नियन्त्रण र बन्धनमा पार्ने कार्यबाट आउँछ। परमेश्‍वरले दिनुभएको काम वा सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउने कार्यसँग यसको अलिकति पनि सम्‍बन्ध छैन। कुरो बुझ्यौ? (बुझ्यौँ।) यो संसारमा, सम्पूर्ण ब्रह्माण्डमा, सृष्टि गरिएको प्राणीको रूपमा तिमीहरू परमेश्‍वर र परमेश्‍वरले सुम्पनुभएको कार्यप्रति निष्ठावान्‌ हुने, र मानवको रूपमा आफूले पाएको कर्तव्यप्रति निष्ठावान्‌ हुनेबाहेक, तेरो निष्ठा पाउनलायक केही पनि र कोही पनि छैन। स्पष्टै छ, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइ आचरण अँगाल्ने सिद्धान्त होइन। यो गलत छ र यसले सिद्धान्त उल्‍लङ्घन गर्छ। यदि कसैले तँलाई कुनै काम सुम्पन्छ भने, तैँले के गर्नुपर्छ? यदि तँलाई सुम्पिएको काम गर्न त्यति मेहनत लाग्दैन, जसको लागि तैँले बोल्‍नु मात्रै पर्छ वा सानो काम मात्रै गर्नुपर्छ, र तँसँग त्यसो गर्न चाहिने क्षमता छ भने, तैँले आफ्‍नो मानवता र करुणाको आधारमा सहयोग गर्न सक्छस्; यसलाई गलत मानिँदैन। यो सिद्धान्त हो। तैपनि, यदि तँलाई सुम्पिएको कामले तेरो धेरै समय र ऊर्जा लिन्छ, वा तेरो धेरै समय बरबादसमेत गर्छ भने, तँसँग इन्कार गर्ने अधिकार हुन्छ। तँलाई काम गर्न लगाउने चाहे तेरा आमाबुबा नै भए पनि, तँसँग अस्वीकार गर्ने अधिकार हुन्छ। तिनीहरूप्रति निष्ठावान्‌ हुनुपर्ने वा तिनीहरूले दिएको काम स्विकार्नुपर्ने कुनै आवश्यकता हुँदैन, यो तेरो अधिकार हो। अनि, यो अधिकार कहाँबाट आउँछ? यो अधिकार परमेश्‍वरले तँलाई दिनुभएको अधिकार हो। यो दोस्रो सिद्धान्त हो। तेस्रो सिद्धान्त के हो भने, यदि कसैले तँलाई कुनै काम दिन्छ, र यसको लागि धेरै समय र ऊर्जा लाग्दैन, तर यसले तेरो कर्तव्यमा बाधा वा असर पार्न, वा कर्तव्य पूरा गर्ने तेरो इच्छा वा परमेश्‍वरप्रतिको तेरो निष्ठा नष्ट गर्न सक्छ भने, यसलाई पनि तैँले इन्कार गर्नुपर्छ। यदि कसैले तँलाई सत्यता पछ्याउने कार्यमा असर गर्न सक्‍ने, सत्यता पछ्याउने तेरो इच्छा र सत्यता पछ्याउने तेरो गतिमा बाधा र व्यवधान ल्याउन सक्‍ने, र तँलाई आधा बाटोमा लत्तो छोड्ने बनाउन सक्‍ने काम जिम्मा दिन्छ भने, यसलाई तैँले अझै बढी रूपमा इन्कार गर्नुपर्छ। तेरो कर्तव्य निर्वाह वा सत्यता पछ्याउने कार्यमा असर गर्ने जुनसुकै कुरालाई तैँले इन्कार गर्नुपर्छ। यो तेरो अधिकार हो; तँसँग “नाइँ” भन्‍ने अधिकार छ। तैँले त्यसमा आफ्‍नो समय र शक्ति लगानी गर्नु आवश्यक छैन। तैँले अर्थ र मूल्य नभएका, अनि तेरो कर्तव्यमा, तेरो सत्यता पछ्याउने कार्यमा, वा तेरो मुक्तिमा सुधार नल्याउने र सहयोग वा फाइदा नपुर्‍याउने सबै कुरा इन्कार गर्न सक्छस्। के यसलाई सिद्धान्तको रूपमा लिन सकिन्छ? सकिन्छ, यो एक सिद्धान्त हो। त्यसोभए, यदि तिमीहरूले यी सिद्धान्तहरूअनुसार मापन गर्‍यौ भने, मानिसहरूले आफ्‍नो जीवनमा स्विकार्नुपर्ने कामहरू कहाँबाट आउन सक्छन्? (परमेश्‍वरबाट।) ठीक भन्यौ, ती परमेश्‍वरबाट मात्रै आउन सक्छन्। “परमेश्‍वरबाट” भन्‍ने शब्‍द तुलनात्मक रूपमा खोक्रो र टाढाको छ, त्यसकारण यो सुम्पिइने कुराचाहिँ वास्तवमा के हो त? (आफ्‍नो कर्तव्य निभाउने काम।) ठीक भन्यौ, यो भनेको मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गर्ने काम हो। परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै “तँ सुसमाचार प्रचार गर्न जा” “तँ मण्डली नेतृत्व गर्न जा,” वा “तँ लेखनको काम गर्न जा” भनेर भन्‍नु असम्‍भव हुन्छ। परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै त्यसो भन्‍नु असम्‍भव हुन्छ, तर परमेश्‍वरले तँलाई परमेश्‍वरको घरका बन्दोबस्तहरूद्वारा कर्तव्य सुम्पनुभएको हुन्छ। परमेश्‍वरको घरका सबै बन्दोबस्तहरू परमेश्‍वरबाट सुरु भएका र आएका हुन्छन्, त्यसकारण के परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै भन्‍नु आवश्यक हुन्छ त? तैँले परमेश्‍वरको सार्वभौमिकता र योजनाबद्ध कार्यबाट आएका मानिसहरू, घटनाहरू, र परिस्थितिहरू अनुभव गरिसकेको छस् र तैँले वास्तविक अनुभूति प्राप्त गरेको छस्। तैँले अनुभव गरेको कुरा परमेश्‍वरको काम, सत्यता, र उहाँको व्यवस्थापन योजनासँग सम्‍बन्धित छ। के यो सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनु होइन र? यो आफूलाई सुम्पिएको कुरा स्विकार्नुको एउटा पक्ष हो। अर्को पक्षबाट हेर्दा, परमेश्‍वरले सुम्पनुभएको कुराबाहेक, मानिसहरू अर्को एउटा कुराप्रति पनि निष्ठावान्‌ हुनुपर्छ। परमेश्‍वर मात्रै अटल विश्‍वासको योग्य हुनुहुन्छ; मानिसहरू यसको लायक छैनन्। तेरा पितापुर्खा, आमाबुबा, वा अग्रजहरूलगायत कोही पनि यसको लायक छैनन्। त्यसो किन हो? सबैभन्दा सर्वोच्च सत्यता के हो भने सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ताप्रति निष्ठावान्‌ हुनुपर्छ भन्‍ने कुरा एकदम प्राकृतिक र जायज हो। के तैँले यो सत्यता विश्‍लेषण गर्नुपर्छ र? पर्दैन, मानिसहरूसँग सम्बन्धित सबै कुरा परमेश्‍वरबाट आएका हुन्, त्यसकारण सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ताप्रति निष्ठावान्‌ हुनुपर्छ भन्‍ने कुरा एकदम प्राकृतिक र जायाज हो। यो मानिसहरूले सधैँ मनमा राख्‍नुपर्ने सर्वोच्‍च सत्यता हो! मानिसहरूले बुझ्‍नुपर्ने दोस्रो सत्यता के हो भने, परमेश्‍वरप्रति निष्ठावान्‌ भएर, मानिसहरूले परमेश्‍वरबाट प्राप्त गर्ने कुरा सत्यता, जीवन, र बाटो हो। तिनीहरूले प्राप्त गर्ने कुराहरू प्रचुर र प्रशस्त, पर्याप्त, र पोखिने गरी भरिपूर्ण हुन्छन्। जब मानिसहरूले सत्यता, जीवन, र बाटो प्राप्त गर्छन्, तब तिनीहरूको जीवन बहुमूल्य बन्छ। त्यसकारण, जब तँ परमेश्‍वरप्रति निष्ठावान्‌ हुन्छस्, तब तैँले दिएको समय, शक्ति र मूल्यको निम्ति सकारात्मक इनाम दिइनेछ, र तैँले कहिल्यै पछुताउनुपर्नेछैन। अहिलेसम्‍म, कतिपय मानिसहरूले परमेश्‍वरलाई पछ्याएको बीसतीस वर्ष भइसक्यो, र कतिले परमेश्‍वरलाई पछ्याएको तीन वा पाँचदश वर्ष भयो। मलाई लाग्छ तिनीहरूमध्ये धेरैलाई कुनै पछुतो छैन र केही न केही उपलब्धि मिलेको छ। सत्यतालाई प्रेम गर्ने मानिसहरूको कुरा गर्दा, तिनीहरूले परमेश्‍वरलाई जति धेरै पछ्याउँछन्, त्यति नै आफूमा धेरै कुराको कमी छ र सत्यता बहुमूल्‍य छ भन्‍ने अनुभूति गर्छन्। सत्यता पछ्याउने तिनीहरूको सङ्कल्प बढ्दै जान्छ, र तिनीहरूलाई आफूले परमेश्‍वरलाई धेरै ढिला स्विकारेजस्तो लाग्छ र तिनीहरूले तीनदेखि पाँच वा दश वर्षपहिले उहाँलाई स्विकारेको भए कति धेरै सत्यता बझ्थे होला भनेर सोच्छन्। अहिले कतिपय मानिसहरूले परमेश्‍वरलाई धेरै ढिलो स्विकारेकोमा पछुतो गर्छन्, र तिनीहरूले धेरै वर्ष सत्यता नै नखोजी परमेश्‍वरमा विश्‍वास गरेर समय बरबाद गरेकोमा, र आफ्‍नो कर्तव्य राम्ररी पूरा नै नगरी धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेकोमा पछुतो गर्छन्। छोटकरीमा भन्दा, व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको समय जे-जति भए पनि, तिनीहरू सबैले केही न केही पाउँछन् र सत्यता पछ्याउनु अत्यन्तै महत्त्वपूर्ण कुरा रहेछ भन्‍ने महसुस गर्छन्। यो दोस्रो सत्यता हो: परमेश्‍वरप्रति निष्ठावान्‌ भएर, मानिसहरूले परमेश्‍वरबाट प्राप्त गर्ने सबै कुरा भनेको सत्यता, बाटो, र जीवन हो, र तिनीहरूले मुक्ति पाउन सक्छन्, र शैतानको शक्तिको अधीनमा रहन छोड्छन्। तेस्रो सत्यता के हो भने, यदि मानिसहरूले परमेश्‍वरप्रति अनन्त निष्ठा हासिल गर्न सक्छन् भने, तिनीहरूको अन्तिम गन्तव्य के हुनेछ? (मुक्ति पाउनु र परमेश्‍वरको राज्यमा प्रवेश गर्ने गरी रहिरहनु।) जब मानिसहरूले परमेश्‍वरलाई पछ्याउँछन् र अन्तिममा मुक्ति पाउँछन्, तब तिनीहरूले पाउने गन्तव्य भनेको विनाशमा फालिएर नष्ट हुनु होइन, बरु नयाँ मानवको रूपमा रहन र निरन्तर जिइरहन पाउनु हो। यदि मानिसहरूले निरन्तर जिइरहन पाउँछन् भने, तिनीहरूले परमेश्‍वरलाई देख्‍ने आशा हुन्छ। त्यो कति ठूलो आशिष्‌ हो! परमेश्‍वरप्रति निष्ठावान्‌ हुने कुरामा, के मानिसहरूले यी तीन सत्यता बुझ्‍नु पर्याप्त हुन्छ? (हुन्छ।) मानिसहरूले अरूलाई पछ्याउँछन् र अरूप्रति निष्ठावान्‌ बन्छन् भने के-कस्ता फाइदाहरू हुन्छन्? यदि तँ अरूप्रति निष्ठावान्‌ छस् भने, मानिसहरूले तँमा असल नैतिकता छ भनेर भन्‍नेछन्। तैँले राम्रो प्रतिष्ठा पाउँछस्, र तँलाई यो सानो फाइदा मात्रै हुन्छ। के तैँले सत्य र जीवन प्राप्त गरेको हुन्छस् त? त्यो त तैँले कदापि प्राप्त गरेको हुँदैनस्। यदि तँ कसैप्रति निष्ठावान्‌ भइस् भने तिनीहरूले तँलाई के दिन सक्छन्? बढीमा, तिनीहरूले आफ्नो करियरमा द्रुत सफलता पाएको बेला तिनीहरूसँगको सङ्गतबाट तैँले केही फाइदा पाउलास्, त्यति त हो नि। त्यसको के मूल्य हुन्छ र? के त्यो खोक्रो कुरा होइन र? सत्यतासँग सम्‍बन्धित नरहेका कुराहरू तैँले जति धेरै प्राप्त गरे पनि ती व्यर्थ हुन्छन्। यसको साथै, यदि तैँले मानिसहरूलाई पछ्याइस् र तँ तिनीहरूप्रति निष्ठावान्‌ भइस् भने, त्यसका दुष्परिणामहरू हुन सक्छन्। तँ एक पीडित वा बलि बन्‍न सक्छस्। यदि तँ जोप्रति निष्ठावान्‌ छस् त्यो व्यक्ति सही बाटोमा हिँड्दैन, र तैँले त्यसलाई पछ्याइस् भने, के होला? के तँ सही मार्गमा हिँड्लास् त? (अहँ।) यदि तैँले तिनीहरूलाई पछ्याइस् भने, तँ पनि सही मार्गमा हिँड्नेछैनस्; तैँले तिनीहरूको कुरा मानेर दुष्टता गर्नेछस् र दण्ड भोग्‍न नरकसमेत जानेछस्, त्यसपछि त तँ सक्‍किनेछस्। यदि तँ कुनै व्यक्तिप्रति निष्ठावान्‌ छस् भने, तैँले जति धेरै सुकर्म गरे पनि, परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्। यदि तँ दियाबलस राजाहरू, शैतान, वा ख्रीष्टविरोधीहरूप्रति निष्ठावान्‌ हुन्छस् भने, तँ शैतानको सहकर्मी र नोकर बन्छस्। यसको परिणाम यो हुन्छ कि तँ शैतानसँगै गाडिनेछस् र शैतानको बलि बन्‍नेछस्। गैरविश्‍वासीहरू भन्छन्, “राजाको नजिक हुनु बाघसँग सुत्‍नुजस्तै खतरनाक हुन्छ।” तँ दियाबलस राजाहरूप्रति जति नै निष्ठावान्‌ भए पनि अन्त्यमा तिनीहरूले तँलाई प्रयोग गर्नेछन्, र त्यसपछि निल्‍नेछन् र पीडित बनाउनेछन्। तेरो जीवन सधैँ खतरामा हुनेछ। दियाबलस राजाहरू र शैतानप्रति निष्ठावान्‌ हुनुको नियति त्यस्तै हुन्छ। दियाबलस राजाहरू र शैतानले तँलाई कहिल्यै पनि जीवनको सही दिशा र उद्देश्य देखाउँदैनन्, र तँलाई जीवनको सही मार्गतिर डोर्‍याउँदैनन्। तिनीहरूबाट तैँले कहिल्यै सत्यता वा जीवन प्राप्त गर्नेछैनस्। तिनीहरूप्रतिको तेरो निष्ठाको अन्त्य भनेको कि त तँ तिनीहरूसँगै नष्ट हुनेछस् र तिनीहरूको बलि बन्‍नेछस्, कि त तँलाई तिनीहरूले फन्दामा पार्नेछन्, हानि गर्नेछन् र निल्‍नेछन्; यो सबै नरक जाने अन्तिम परिणाम हो। यो इन्कार्न नसकिने तथ्य हो। त्यसकारण, कुनै व्यक्ति चाहे व्यक्ति जति नै चर्चित र प्रख्यात होस् वा उसको प्रभाव जति ठूलो होस्, त्यो व्यक्ति तेरो निष्ठा र तेरो सम्पूर्ण जीवनत्यागको लायक हुँदैन। तिनीहरू त्यसलायक हुँदैनन्, र तिनीहरूसँग तेरो नियति बदल्‍ने वा हेरफेर गर्ने शक्ति हुँदैन। के यो सत्यता सिद्धान्त बुझ्‍नु मानिसहरूलाई पछ्याउने र तिनीहरूप्रति निष्ठावान्‌ हुने समस्या समाधान गर्न पर्याप्त छ? (छ।) तँलाई अरूले सुम्पेका कामहरूलाई के-कसो गर्ने भन्‍नेबारे तैँले पछ्याउनुपर्ने तीन सिद्धान्तहरू छन्, र परमेश्‍वरप्रतिको मानिसहरूको निष्ठाको मूल्य र महत्त्वबारे पनि तीन सिद्धान्तहरू सङ्गति गरिएको छ—के तिमीहरूले यी सबै सिद्धान्तहरू स्पष्ट बुझ्यौ? (बुझ्यौँ।) छोटकरीमा भन्दा, “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइलाई चिरफार गर्नुको उद्देश्‍य तिमीहरूलाई यसको मूर्खता र झूटलाई स्पष्ट देख्‍न सहयोग गर्नु हो ताकि तिमीहरूले यसलाई त्याग्‍न सक। तैपनि, त्यसलाई त्याग्‍नु मात्रै पर्याप्त हुँदैन; मानिसहरूले बुझ्‍नुपर्ने अभ्यासका सिद्धान्तहरू, साथै त्यस्तो विषयमा परमेश्‍वरका अभिप्रायहरू के छन् त्यसलाई बुझ्‍नु र जान्‍नु पनि जरुरी हुन्छ। “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने नैतिक अभिव्यक्तिको मुख्य विषयवस्तु लगभग यही हो। मैले यसलाई फरकफरक पक्ष र दृष्टिकोणबाट चिरफार गरेँ, र त्यसपछि परमेश्‍वरले मानिसहरूको लागि खुलासा गर्नुभएका अभ्यासका सिद्धान्तहरू, परमेश्‍वरका अभिप्रायहरू के हुन्, र मानिसहरूले बुझ्‍नुपर्ने सत्यताहरू के-के हुन् भन्‍नेबारे निर्दिष्ट रूपमा सङ्गति गरेँ। यी बुँदाहरू बुझेपछि, मानिसहरूले “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने नैतिक अभिव्यक्तिलाई कसरी चिन्‍ने भनेर आधारभूत रूपमै बुझेको हुनुपर्छ।

“अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने यो विषय चिरफार गर्दा यो निकै सरल लाग्छ, र मानिसहरूले सजिलै यसलाई चिन्‍न र बुझ्‍न सक्छन्। यो वाक्यांश नैतिकविद्‌हरूले मानिसहरूलाई सोचशून्य पार्न, तिनीहरूको विचारलाई बहकाउन, र सामान्य सोच बिथोल्नको लागि अघि सारेको अभिव्यक्ति पनि हो, र यो सामान्य मानव विवेक, समझ, वा सामान्य मानव आवश्यकतामा आधारित छैन। त्यस्ता विचारहरू तथाकथित विचारक र नैतिकविद्‌हरूले सदाचारको रूपमा अघि सारेका कुराहरू हुन्। ती आधारहीन र निरर्थक मात्रै छैनन्, ती अनैतिक पनि छन्। किन तिनलाई अनैतिक मानिन्छ? किनभने ती सामान्य मानवताका आवश्यकताहरूबाट आएका होइनन्, तिनलाई मानव क्षमताको दायराबाट हासिल गर्न सकिँदैन, र ती मानिसले पूरा गर्नुपर्ने दायित्व वा कर्तव्य होइनन्। यी तथाकथित नैतिकविद्‌हरूले “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने वाक्यलाई मानिसहरूलाई आफ्नो व्यवहार अँगाल्न लगाउने मापदण्डको रूपमा कठोर रूपमा लागू गर्छन्, र एक किसिमको सामाजिक वातावरण र आम जनमत सिर्जना गर्छन्। त्यसपछि मानिसहरू यो आम जनमतको दमनमा पर्छन्, र तिनीहरू यसरी नै जिउन बाध्य हुन्छन्। यसरी, थाहै नपाई मानिसहरूको सोचलाई यस्तो शैतानी सोचले गाँजेको हुन्छ। व्यक्तिका विचारहरू गाँजिएपछि, यो अभिव्यक्ति र जनमतले प्रष्टसितै तिनीहरूको व्यवहारलाई पनि गाँज्छ। यो गाँज्‍नु भनेको के हो? यसको अर्थ मानिसहरूले के गर्ने त्यो छनौट गर्न सक्दैनन्, तिनीहरूले मानव प्रकृतिका इच्छा र मागहरू स्वतन्त्र रूपमा पछ्याउन सक्दैनन्, र तिनीहरूले आफूले चाहेको कुरा गर्न आफ्‍नो विवेक र समझका मागहरू पछ्याउन सक्दैनन्। बरु यसको सट्टा, तिनीहरू विकृत विचार, मानिसहरूले चिन्‍न नसक्‍ने वा आफूलाई मुक्त गर्न नसक्‍ने वैचारिक सिद्धान्त र सामाजिक विचारबाट बाधित हुन्छन् र गाँजिन्छन्। मानिसहरू अचेत रूपमै यस्तो सामाजिक वातावरणमा र माहौलमा जिउँछन् र यसबाट मुक्त हुन सक्दैनन्। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, यदि तिनीहरूले यी अभिव्यक्तिहरूका विकृति र गल्तीहरू स्पष्ट बुझ्‍न सक्दैनन् भने, र यदि तिनीहरूले आफ्ना विचारहरू यी अभिव्यक्तिहरूद्वारा गाँजिँदा हुने हानि र परिणामहरू देख्‍न सक्दैनन् भने, तिनीहरू परम्‍परागत संस्कृति र सामाजिक विचारले पैदा गरेका बाधा, बन्धन, र दबाबबाट कहिल्यै मुक्त हुन सक्दैनन्। तिनीहरू यी कुराहरूमा भर परेर मात्रै बाँच्‍न सक्‍नेछन्। यी कुराहरूमा भर परेर मानिसहरू जिउनुको कारण के हो भने, तिनीहरूलाई सही मार्ग के हो, र आफ्नो व्यवहारको दिशा र उद्देश्य के हो भन्‍ने थाहा हुँदैन, न त तिनीहरूलाई के-कसरी आफूलाई व्यवहारमा ढाल्‍ने भन्‍ने सिद्धान्तहरू नै थाहा हुन्छ। तिनीहरू स्वाभाविक र निष्क्रिय रूपमा परम्‍परागत संस्कृतिका विभिन्‍न नैतिक अभिव्यक्तिहरूद्वारा बहकाइन्छन्, अनि यी गलत सिद्धान्तहरूद्वारा गलत रूपमा निर्देशित हुन्छन् र नियन्त्रित हुन्छन्। जब मानिसहरूले सत्यता बुझ्छन्, तिनीहरूलाई यी विधर्म र भ्रमहरू चिनेर इन्कार गर्न सहज हुन्छ। तिनीहरू शैतानले निर्माण गरेको समाजको विचार, अवस्था र वातावरणको बन्धन, अपहरण र शोषणमा पनि पर्दैनन्। यस तरिकाले, तिनीहरूको जीवनको दिशा र उद्देश्य पूर्ण रूपान्तरित हुन्छ, र तिनीहरू परमेश्‍वरका मापदण्ड र परमेश्‍वरका वचनहरूअनुसार जिउन र अस्तित्वमा रहन सक्छन्। तिनीहरू विभिन्‍न शैतानी सिद्धान्त र परम्‍परागत संस्कृतिका विभिन्‍न भ्रमहरूद्वारा बहकिन वा बन्धनमा पर्न छोड्छन्। जब मानिसहरूले नैतिक आचरणसम्‍बन्धी परम्‍परागत संस्कृतिका विभिन्‍न अभिव्यक्तिहरूलाई पूर्ण रूपमा त्याग्छन्, त्यही बेला नै तिनीहरूले आफूलाई शैतानको भ्रष्टता, बहकाइ, र बन्धनबाट पूर्ण मुक्त गर्छन्। यस आधारमा, जब तिनीहरूले सत्यता बुझ्छन् र जब तिनीहरूले परमेश्‍वरले मान्छेका लागि तोक्नुहुने र प्रदान गर्नुहुने अभ्यासका सिद्धान्तहरू बुझ्छन्, तब तिनीहरूका जीवन उद्देश्य पूर्ण रूपमा रूपान्तरित हुन्छ र तिनीहरूले नयाँ जीवन पाउँछन्। जब तिनीहरूसँग नयाँ जीवन हुन्छ, तब तिनीहरू नव-जीवित जन्‍मेको मानिसहरू हुन्छन् र नयाँ व्यक्ति बनेका हुन्छन्। तिनीहरूका मनमा रहेका विचारहरू शैतानले हालिदिएका विभिन्‍न विधर्म र भ्रमहरूले भरिन छोडेका हुन्छन्, र त्यसको सट्टा सत्यताले नै यी शैतानी कुराहरूको स्थान लिएको हुन्छ, त्यसैले तत्पश्‍चात परमेश्‍वरका वचनहरूको अगुवाइमा, तिनीहरूभित्र सत्यता जीवन बन्छ, र त्यसले नै तिनीहरूलाई मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने, र के-कसरी आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने भनेर अगुवाइ र नियन्त्रण गर्छ। अनि, तिनीहरू मानव जीवनको सही मार्गमा हिँड्छन् र ज्योतिमा जिउन सक्छन्। के यो परमेश्‍वरका वचनहरूमार्फत पुनर्जन्‍म पाउनुजस्तै होइन र? ल त, अब ठीकै छ, आजको सङ्गति यहीँ समाप्त गरौँ।

जुलाई २, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (१३)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (१५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्