सत्यता वास्तविकता भनेको के हो?

परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू धेरै छन्, तर सत्यता पछ्याउनेहरू थोरै छन्। कुनै व्यक्तिले सत्यता पछ्याउँछ पछ्याउँदैन भनेर कसरी खुट्याउन सकिन्छ? कुनै व्यक्ति सत्यता पछ्याउने व्यक्ति होइन भनेर कसरी मूल्याङ्कन गर्न सकिन्छ? मानौँ कसैले परमेश्‍वरमा विश्‍वास गरेको सातआठ वर्ष भयो। ऊ धर्मसिद्धान्तका धेरै वचनहरू बोल्‍न सक्छ, उसको मुख आत्मिक शब्‍दहरूले भरिपूर्ण हुन्छ, ऊ प्राय अरूलाई सहयोग गर्छ, ऊ निकै जोसिलो देखिन्छ, विविध कुरा त्याग्‍न सक्छ, र उत्साहसाथ कर्तव्य पूरा गर्छ। तर उसले सत्यता अभ्यास गरेको खासै देखिँदैन र उसले जीवन प्रवेशका वास्तविक अनुभवहरूबारे छलफल गर्न सक्दैन, झन् उसको जीवन स्वभावमा परिवर्तन आएको देख्‍न सकिने त कुरै नगरौँ। यस्तो व्यक्तिले सत्यता खोजी गर्दैन भनेर निश्‍चितसाथ भन्‍न सकिन्छ। यदि कसैले साँचो रूपमा सत्यतालाई प्रेम गर्छ भने, एक समयपछि, उसले आफ्‍नो बुझाइबारे कुरा गर्न सक्छ, र कम्तीमा पनि केही कुरामा सिद्धान्तअनुसार काम गर्न सक्छ; उसमा जीवन प्रवेशको केही अनुभव हुन सक्छ, र कम्तीमा पनि उसको व्यवहारमा केही न केही परिवर्तन आउनेछ। सत्यता पछ्याउनेहरूको आत्मिक स्थितिमा निरन्तर सुधार हुँदै हुन्छ, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास क्रमिक रूपमा बढ्दै जान्छ, तिनीहरूले आफूले प्रकट गर्ने कुरा र आफ्नो भ्रष्ट स्वभावबारे केही बुझेका हुन्छन्, र तिनीहरूले परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ भन्‍नबारे व्यक्तिगत अनुभव र सच्‍चा अन्तर्दृष्टि पाएका हुन्छन्। यी सबै कुराहरू तिनीहरूमा क्रमिक रूपमा बढ्दै जान्छन्। यदि तैँले कुनै व्यक्तिमा यी कुराहरू प्रकट भएको देखिस् भने, त्यो सत्यता पछ्याउने व्यक्ति हो भनेर तैँले निश्‍चयसाथ थाहा पाउन सक्छस्। मानिसहरू पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्दा निकै उत्साहित हुन्छन्, तर तिनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासबारे केही पनि थाहा हुँदैन। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्नु भनेको असल व्यक्ति बन्नु र सही मार्ग हिँड्नु हो भन्ठान्छन्। पछि, परमेश्‍वरका वचनहरू खाएर, पिएर, अनि प्रवचन र सङ्गतिहरू सुनेर, तिनीहरू विविध मामलाहरू खुट्ट्याउन सक्षम हुन्छन्। तिनीहरूले मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छन् र तिनलाई समाधान गर्न उनीहरूले सत्यता खोज्नुपर्छ, र उनीहरूले परमेश्‍वरको मुक्ति स्विकार्नुपर्छ भन्ने थाहा पाउँछन्, र यसरी तिनीहरूले परमेश्‍वरमाथि विश्‍वास गर्नुको अर्थ बुझ्छन्। तिनीहरूले बिस्तारै परमेश्‍वरको काम र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायबारे केही बुझाइ प्राप्त गर्छन्। यो ज्ञान अलिअलि गर्दै सञ्चित हुन्छ, र तिनीहरू बिस्तारै परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग हिँड्छन्। सत्यता वास्तविकताबारे तिनीहरूको बुझाइ र अनुभव बिस्तारै उच्च हुन्छ, र तिनीहरू शाब्दिक व्याख्या वा धर्मसिद्धान्तका वचनमा अल्झिँदैनन्। यदि व्यक्तिले धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेको छ र निरन्तर धर्मसिद्धान्तका वचनहरू भट्याउँछ, परमेश्‍वरमाथिको विश्‍वासबारे प्रायजसो केही थेगोहरू बोल्छ, अनि उसको आस्था पनि राम्रै भइरहेको देखिन्छ, तर ऊ जीवन अनुभवबारे वा आफूलाई जान्नेबारे बोल्न सक्दैन, र ऊ गैरविश्‍वासी र दुष्ट मानिसहरू खुट्ट्याउन सक्दैन भने, यदि उसमा यी समस्याहरू छन् भने, यसले उसलाई परमेश्‍वरको काम थाहा छैन भन्ने अर्थ दिन्छ, र परमेश्‍वरमा विश्‍वास गरेका केही वर्षहरूमा उसले सत्यता पछ्याएको छैन भन्ने निर्क्यौल गर्न सकिन्छ। यो एकदमै प्रस्ट सङ्केत हो।

कुनै अगुवा वा सेवकमा सत्यता वास्तविकता छ छैन भनी मापन गर्नको लागि, पहिला उसको सङ्गतिमा साँचो गवाही र नयाँ ज्योति छ छैन, त्यो हेर्। तैँले धेरै वर्षदेखि नदेखेका मानिसहरू भेट्दा, सुरुमा उसको सङ्गति नौलो र ताजा महसुस हुन सक्छ, किनभने उसले प्रवचन सुनेपछि नयाँ ज्योतिद्वारा बोल्न सक्छ। तर तिनीहरूसँग दुईतीन दिन बिताएपछि, तिनीहरू विगतका ससाना अनुभव र गवाहीहरूबारे, र परमेश्‍वरले तिनीहरूलाई कसरी मुक्ति दिनुभयो र कसरी अनुग्रह र आशिष् प्रदान गर्नुभभयो भन्‍नेबारे फेरि बोल्न थाल्छन्। एक हप्ता नपुग्दै, तिनीहरूले फेरि पनि आफूले यसअघि कुरा गरेका बाह्य अनुभव र ज्ञानबारे दोहोर्‍याएर कुरा गर्छन्। के यो प्रगति हो? एकै नजरमा त्यो प्रगति होइन भनेर तैँले देख्‍न सक्छस्। धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू धर्मसिद्धान्तका थुप्रै वचनहरूद्वारा सुसज्जित हुन्छन् र केही सही कुराहरू बोल्न सक्छन्, तर परिस्थितिहरू आइपर्दा, तिनीहरू अझै दुविधामा पर्छन् र त्यो दुविधा सम्हाल्न सक्दैनन्। तिनीहरूले सत्यता सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, न त मानिसहरू खुट्ट्याउन नै सक्छन्। के यो प्रगति हो? (होइन।) यो प्रगति होइन। तिनीहरूले धेरै वर्ष कर्तव्य निभाएका भए पनि, तैँले तिनीहरूलाई परमेश्‍वरप्रति बफादारी हासिल गर्‍यौ गरेनौँ भनेर सोधिस् भने, तिनीहरू आफै त्यो कुरा बुझ्दैनन्। जे भए पनि, तिनीहरू हरेक भेलामा समयमै पुग्छन् र तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य निभाउने गरेको देखिन्छ। तर यदि तैँले तिनीहरूमा कुनै साँचो रूपान्तरण आएको छ छैन भनी सोधिस् भने, तिनीहरू प्रस्ट जवाफ दिन सक्दैनन्। यो समस्या हो। यसले तिनीहरू सत्यता बुझ्दैनन् भन्ने देखाउँछ। यदि तिनीहरूले सत्यता बुझेका भए, यी समस्याहरू प्रस्ट रूपमा बुझ्न सक्थे। कतिपय मानिसहरूले आफ्नो कर्तव्यबाट केही नतिजाहरू हात पार्छन्, तर यदि तैँले तिनीहरूलाई किन कर्तव्य निभाएको भनी सोधिस् भने, तिनीहरूले सृष्टि गरिएका प्राणीहरूले कर्तव्य निर्वाह गर्नुपर्छ भनेर मात्र भन्न सक्छन्, विस्तृत कुरा प्रस्ट पार्न सक्दैनन्। यदि तैँले तिनीहरूको कर्तव्यपालनमा अभ्यासका सिद्धान्तहरू छन् छैनन् भनेर सोधिस् भने, तिनीहरू त्यो कुरा निर्क्योल गर्न सक्दैनन्। तँ के भन्छस्, के तिनीहरू पर्याप्त मात्रामा कर्तव्यपालन गर्न सक्छन्? (अहँ, सक्दैनन्।) यो प्रगति होइन। के कुनै प्रगति नगर्नु चिन्ताजनक कुरा होइन र? यदि तैँले तिनीहरूलाई कर्तव्य निभाउँदा काटछाँटमा पर्नुलाई कसरी लिन्छौ भनेर सोधिस् भने, तिनीहरूले त्यो सुन्छौँ, आज्ञापालन गर्छौँ, र प्रतिरोध गर्दैनौँ भन्छन्। धेरै वर्षपहिले तिनीहरूसँग यो सिद्धान्त थियो, र अहिले पनि यही सिद्धान्त छ, यो परिवर्तन भएको छैन। जे भए पनि, तिनीहरू आफूलाई जे गर्नू भनियो त्यही मात्र गर्छन्। यदि तैँले तिनीहरूलाई काटछाँटबाट कुनै बुझाइ प्राप्त गरेका छौ कि, तिनीहरूमा विद्रोही स्थिति र भ्रष्ट प्रकृति भएको पत्ता लगाएका छौ कि, वा तिनीहरूको आत्मज्ञान थप गहन बनेको छ कि भनेर सोधिस् भने, त्यसबारे तिनीहरूलाई कति पनि थाहा वा बुझाइ हुँदैन। हरहालतमा, तिनीहरू एउटै नियम पालना गर्छन्: काटछाँट सामना गर्दा, आज्ञापालन गर्ने, मानसिकता समायोजित पार्ने, प्रतिरोध वा आफूलाई सही साबित गर्नमा नलाग्‍ने, बरु सहने र चुपचाप आज्ञापलन गर्ने। यो तिनीहरूको पहिलेको दृष्टिकोण थियो, र यो अहिले झनै प्रगाढ बनेको छ। के यो सत्यता प्राप्त गर्नुको प्रकटीकरण हो त? (होइन।) परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, यी मानिसहरू सत्यताको कुनै पनि पक्षको वास्तविकतामा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले सत्यताको कुनै पनि पक्षका सिद्धान्तहरू पक्‍कासित बुझेका हुँदैनन्। तिनीहरूलाई “केही आइपर्दा तिमीले सत्यता अभ्यास गर्नैपर्छ, सत्यता सिद्धान्तहरू पक्‍कासित बुझ्नुपर्छ, र यो क्षेत्रबाट विचलित हुनु हुँदैन” भनेर भनिए पनि, केही आइपर्दा तिनीहरू अझै पनि सत्यता सिद्धान्तहरू खोज्न जान्दैनन्, मिहिनपूर्वक सावधान बन्दैनन्, र अल्याङ्टल्याङ गर्छन्। देख्दा त तिनीहरूले व्यापक निर्देशन पालना गरेको, आज्ञाकारी भएर सुनेको, झारा नटारी आफ्नो हातको काम राम्ररी गरेको, र तिनीहरू मण्डलीका हितहरू रक्षा गर्न सक्षम रहेजस्तो देखिन्छ, तर के तिनीहरू सत्यताको हरेक पक्षका विस्तृत कुराहरू बुझ्छन् त? के तिनीहरू ती कुरा अभ्यास गर्न सक्छन् त? यो मानिसहरूमा सत्यताको हरेक पक्षको साँचो ज्ञान र अनुभव छ छैन भन्नेमा भर पर्छ। तिनीहरूलाई सत्यताको हरेक पक्षबीचको सम्बन्ध, वा केही आइपर्दा खासगरी सत्यताका कुन पक्षहरू र कुन स्थिति संलग्न हुन्छन्, वा कुन स्वभावले त्यो स्थिति निम्त्याएको हो भन्नेबारे जान्दैनन्। यदि कोही दुईजनाले एउटै कुरा बोलेमा, तिनीहरूलाई ती दुई मानिसहरूको प्रकृतिबीचको भिन्नता थाहा हुँदैन, न त तिनीहरूसित कस्तो व्यवहार गर्ने भन्ने नै थाहा हुन्छ। के यो सत्यता बुझ्नु हो त? यो सत्यता बुझ्नु होइन। यदि तैँले तीनपाँच वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छस्, तर तँलाई यी सत्यताहरूको व्यावहारिक पाटो नै थाहा छैन भने, र यदि तैँले आठदश वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छस्, तर तँलाई अझै पनि त्यो कुरा थाहै छैन भने, तैँले सत्यता प्राप्त गरेकै छैनस्। अहिले तिमीहरूमा केको कमी छ? धेरैजसो मानिसहरू युद्धमा लडेझैँ गरी परमेश्‍वरमा विश्‍वास गर्छन्, र अन्त्यसम्‍मै “परमेश्‍वरमा विश्‍वास” भन्ने शब्दहरूमा अडिग रहन सके आफू सफल हुने सोच्छन्। तर तिनीहरू सत्यता खोज्ने वा स्विकार्ने पहल गर्दैनन्; तिनीहरू आफ्नो कर्तव्य राम्ररी निभाउन, आफ्नो गवाहीमा खरो उत्रन, र शत्रु शैतानलाई हराउन असफल हुन्छन्; र तिनीहरूले सत्यता र जीवन प्राप्त गरेका छैनन्। कस्तो ठूलो भूल! कस्तो दयनीय कुरो, तिनीहरूले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेर पनि कुनै जीवन अनुभव प्राप्त गरेका छैनन्। मानिसहरू यस्तो स्थितिमा फस्दा, देखावटी रूपमा मात्र हरदिन व्यस्त रहन्छन्, केही नियमहरू पालना गर्छन्, यस क्षेत्रका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्दैनन्, र आफ्नो काम सम्‍पन्‍न गर्छन्। मानिसको नजरमा यो उचित मानिन्छ, र तैँले सत्यताद्वारा यो स्थिति मापन गर्ने हो भने, तिनीहरूले ठूलो भूल गरेका हुँदैनन्। यस्तो विश्‍वासबारे तँलाई के लाग्छ? (परमेश्‍वरलाई यो मन पर्दैन।) यो जवाफ त धर्मसिद्धान्त मात्र हो। तेरो आफ्नै दृष्टिकोणबाट, यस्तो विश्‍वासले सत्यता हासिल गर्न सक्दैन, किनकि तैँले कहिल्यै प्रगति गर्दैनस्। परमेश्‍वरको घरले एक समय परमेश्‍वरलाई चिन्ने सत्यताबारे बोलेपछि, तँ परमेश्‍वरलाई चिन्नमा केन्द्रित हुन्छस्; त्यसले स्वभाव परिवर्तनबारे कुरा गर्दा, तँ स्वभाव परिवर्तनमा केन्द्रित हुन्छस्; त्यसले देहधारी परमेश्‍वरलाई चिन्नेबारे कुरा गर्दा, तँ देहधारी परमेश्‍वरलाई चिन्नमा केन्द्रित हुन्छस्; त्यसले परमेश्‍वरको कामका दर्शनहरूबारे कुरा गर्दा, तँ दर्शनहरूसम्बन्धी सत्यताहरूमा केन्द्रित हुन्छस्; त्यसले सुसमाचार फैलाउने सत्यताहरूबारे कुरा गर्दा, तँ सत्यताको यो पक्षमा केन्द्रित हुन्छस्। परमेश्‍वरको घरले जे भन्छ तँ त्यही सुन्छस् र बुझ्छस्, त्यसैले तँलाई भरणपोषण गर्न कसैले पनि प्रवचनहरू नसुनाउँदा, के तँसित तेरो आफ्नै मार्ग हुनेछ? के तँ अझै पनि अगाडि बढ्न सक्नेछस्? अनि, तँ कसरी हिँड्नेछस्? उदाहरणको लागि, मानिसहरूले भेलाहरूमा परमेश्‍वरप्रतिको समर्पण के हो भन्नेबारे सङ्गति गर्दा, तँ यसो भन्छस्, “ममा यसको गहिरो अनुभव छैन, मलाई परमेश्‍वरप्रतिको समर्पण अत्यन्तै महत्त्वपूर्ण छ भन्ने मात्र लाग्छ।” मानिसहरूले तँलाई परमेश्‍वरप्रति समर्पित कसरी हुने भनी सोध्दा, तँ भन्छस्, “परमेश्‍वरप्रति समर्पित हुनु भनेको आफूलाई केही आइपर्दा परमेश्‍वरले के भन्नुहुन्छ भन्नेबारे सोच्नु, र उहाँका वचनहरूअनुसार अभ्यास गर्नु हो।” मानिसहरूले तँलाई थप विस्तारमा सङ्गति गर्न अनुरोध गर्दा, र आफूलाई केही आइपर्दा केही गर्न सकिएन भने के गर्ने, वा आफ्ना व्यक्तिगत हितहरू संलग्न हुँदा के गर्ने भनी सोध्दा, तँ “मैले ती कुराहरू अहिलेसम्म अनुभव गरेको छैन” भन्छस्। यसको मतलब। तैँले अझै प्रवेश प्राप्त गरेको छैनस्। केहीबेर, परमेश्‍वरको घरले परमेश्‍वरलाई चिन्ने सत्यताहरूबारे बोल्छ। अनि, कुनै व्यक्तिले तँलाई परमेश्‍वरबारे तेरो ज्ञान बढेको छ छैन भनी सोधेमा, तँ भन्छस्, “मेरो ज्ञान बढेको छ। मलाई लाग्छ, परमेश्‍वरलाई चिन्नु नै परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि मानिसहरूलाई परमेश्‍वरबारे थाहा छैन भने, तिनीहरूले सधैँ परमेश्‍वरको स्वभाव चिढ्याउनेछन्, र सधैँ यसो गरेमा, तिनीहरू अन्धकारमा फस्नेछन्, सतही शब्दहरू मात्र बोल्न सक्षम हुनेछन्, र तिनीहरूले कुनै पनि सत्यता बुझ्नेछैनन्, तिनीहरू अविश्‍वासीजस्तै हुनेछन्—तिनीहरूले सधैँ सत्यताको विरोध गर्ने, र सधैँ परमेश्‍वरको प्रतिरोध गर्ने काम गर्नेछन्।” त्यो व्यक्तिले फेरि सोध्छ, “त्यसोभए, तिमी परमेश्‍वरलाई कसरी चिन्छौ? तिमीले परमेश्‍वरको काम, परमेश्‍वरको सार्वभौमिकता, र दैनिक जीवनमा परमेश्‍वरको मार्गदर्शन अनुभव गर्दा, तिमी कुन कुराहरूलाई परमेश्‍वरले तिमीलाई मार्गदर्शन गर्नुभएको रूपमा चिन्छौ, र के कुराहरूमा परमेश्‍वरको सार्वभौमिकता प्रस्ट रूपमा अनुभूति गर्न सक्छौ? अनि, परमेश्‍वरको सार्वभौमिकतालाई तिमी कसरी बुझ्छौ? वास्तविक जीवनमा, तिमीलाई हुने आभास र अनुभूतिको आधारमा, तिमी परमेश्‍वरको सार्वभौमिकतामा उहाँको स्वभावको कुन पक्ष देख्छौ?” यदि तैँले केही भन्न सकिनस् भने, यसले तँमा कुनै अनुभव छैन भन्ने प्रमाणित गर्छ। यदि तैँले “म एउटा कुरामा परमेश्‍वरको मार्गदर्शन अनुभव गर्छु” भनेर भन्छस् भने, त्यो एउटा अनुभूति मात्र हो, यसको अर्थ तँसित परमेश्‍वरबारे ज्ञान छ भन्ने होइन। खासमा, वास्तविक जीवनमा, सबथोक परमेश्‍वरले शासन र बन्दोबस्त र पूर्वनिर्धारण गर्नुहुन्छ। यदि मानिसहरूले धेरै अनुभव गरेका छन् भने, तिनीहरूले कुनै कुरा पनि सरल छैन, र सबै कुरा मानिसहरूले पाठ सिक्न, परमेश्‍वरको सार्वभौमिकता र उहाँको सर्वशक्तिमान्‌ता देख्न, र अन्त्यमा परमेश्‍वरको स्वभाव चिन्न सकून् भन्‍ने हेतुले हुन्छ भनेर महसुस गर्न सक्छन्। तैँले यो नतिजा हासिल गरेपछि मात्र परमेश्‍वरको इच्छाबमोजिम उहाँमा समर्पित हुन जान्नेछस्, र त्यसपछि तैँले आफ्नो अभ्यासमा अघि बढ्ने मार्ग पूर्णतया भेट्टाउनेछस्। यो स्तरको अनुभवद्वारा व्यक्तिको आस्था झन्झन् बलियो बन्ने मात्र होइन, सबैभन्दा महत्त्वपूर्ण कुरा त उसमा परमेश्‍वरको स्वभावबारे बुझाइ पनि हुन्छ, र ऊ परमेश्‍वरमा समर्पित हुन जान्दछ। यही नै सत्यता प्राप्त गर्नु हो।

कतिपय मानिसहरूको सत्यता पछ्याइमा सधैँ विचलनहरू हुन्छन्; आफ्नो प्रदर्शन गर्नको निम्ति तिनीहरू सधैँ केही आत्मिक धर्मसिद्धान्त र खोक्रा सिद्धान्तहरूबारे खोक्रो कुरा गर्नमा केन्द्रित हुन्छन्। तिमीहरूलाई यस्तो पछ्याइबारे के लाग्छ? तिमीहरूलाई आफू सत्यता पछ्याउने व्यक्ति हो भन्ने लागे पनि नलागे पनि, अहिलेको सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न भनेको तिमीहरूले कुनै व्यावहारिक कुराहरू, अर्थात् व्याहारिक ज्ञान प्राप्त गरेका छौ छैनौ भन्ने हो। (मैले केही ज्ञान प्राप्त गरेको छु।) तैँले के प्राप्त गरेको छस्? के तँ यसलाई मूल्याङ्कन गर्न सक्छस्? (मैले मानिसहरू शैतानद्वारा कसरी भ्रष्ट तुल्याइएका छन् भन्नेबारे र यो दुष्ट संसारबारे केही बुझाइ र अन्तर्ज्ञान प्राप्त गरेको छु।) तैँले अलिअलि ज्ञान प्राप्त गरेको छस्। त्यसोभए, के यो ज्ञानले तेरो जीवन दिशा, तेरो जीवन लक्ष्य, र तेरो वास्तविक जीवनका व्यवहार अँगाल्‍ने सिद्धान्तहरू बदल्न सक्छ? तँ जुनसुकै समूहका मानिसहरूमाझ जिए पनि, के यो ज्ञान वा तैँले बुझेका सत्यताहरूले तेरो जीवन र जीवन लक्ष्य प्रभावित पार्न सक्छन्? यदि तिनले तँलाई पूर्ण रूपमा बदल्न सक्दैनन् भने, तेरो भनाइ र गराइमा कम्तीमा केही परिवर्तन र केही संयम हुनैपर्छ। अहिले, कदको हिसाबले के तिमीहरूमध्ये धेरैजसो अझै यही तहमा अल्झिएका छैनौ र? (छौँ।) यसको लागि वृद्धि आवश्यक पर्छ। यदि सत्यताबारे तेरो बुझाइ अति सतही छ भने, त्यसको काम छैन, र थोरै धर्मसिद्धान्त बोल्न र थोरै संयमित हुन सकेर मात्र पनि काम छैन। तैँले सत्यता अभ्यास गर्ने मार्ग प्राप्त गर्न र तेरो जीवन लक्ष्य परिवर्तन गर्न सक्षम हुनलाई सत्यता बुझ्नैपर्छ। यदि तैँले बुझ्ने सबै सत्यता र तैँले सुनेका सबै प्रवचनहरू तेरो हृदयमा ग्रहण भइसकेका छन् र तिनले तेरो जीवनमा प्रभाव पार्न, तेरो व्यवहारको दिशा र लक्ष्य परिवर्तन गर्न, अनि तेरो व्यवहारका सिद्धान्तहरू परिवर्तन गर्न सक्छन् भने, के यो थोरै संयम अपनाउनुभन्दा बढी प्रभावकारी हुँदैन र? अहिले, तिमीहरू संयम अपनाउनु र नियमहरू पालना गर्नुमै अल्झिएका छौ—के सक्रिय रूपमा अभ्यास र प्रवेश गर्ने मार्ग यही हो त? कदापि होइन। यदि तँ सधैँभरि संयम अपनाउन र नियमहरू पालना गर्नमै अल्झिरहन्छस् भने, यसको परिणाम के हुनेछ? के तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्? के तँ साँच्चिकै बदलिनेछस्? यसअलावा, संयमित हुने र नियमहरू पालना गर्ने क्रममा, के तैँले सत्यता अभ्यासमा कुनै नतिजा प्राप्त गरेको हुनेछस्? बिलकुलै हुनेछैनस्। त्यसकारण, अझै पनि सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता बुझ्नमा ध्यान दिनु नै हो। संयमित हुनु र नियमहरू पालना गर्नुको अर्थ तँ सत्यता बुझ्छस् भन्ने होइन, तँ सत्यता अभ्यास गरिरहेको छस् भन्ने त झनै होइन। जीवनभर संयमित हुनु अनि नियमहरू पालना गर्नुले सत्यता बुझ्नु र सत्यता अभ्यास गर्नुको नतिजा दिन सक्नेछैन। यो व्यर्थ छ! त्यसकारण, संयमित भएर र नियमहरू पालना गरेर व्यक्तिले जतिसुकै दुःख सहे पनि, त्यसको कति पनि महत्त्व वा अर्थ हुँदैन।

प्रवचनहरू सुनेर सत्यता बुझेपछि, के तिमीहरूले कुनै वास्तविक परिवर्तन अनुभव गरेका छौ? उदाहरणको लागि, यसअघि तैँले भ्रामक ज्ञान र सिद्धान्तहरू, अनि ख्याति, लाभ र हैसियत पछ्याएको कुरा परमेश्‍वरमाथिको विश्‍वास होइन, यो त धार्मिक विश्‍वासमा पर्ने कुरा हो, र ख्याति, लाभ र हैसियत पछ्याउनु तुच्छ कुरा हो, र यदि तँ त्यसरी जिउँछस् र व्यवहार गर्छस् भने, तँ पूर्णतया राक्षस बन्नेछस् जो नरक जानुपर्छ, र त्यसरी जिउनु अत्यन्तै पीडादायी हुन्छ भनेर सोच्नु। के तिमीहरूमा यस्तो अनुभव र ज्ञान छ? तेरो व्यक्तिगत अनुभव के छ? ज्ञान अनि ख्याति, लाभ र हैसियत पछ्याउनु अति थकाइलाग्दो छ! तँलाई लाग्छ, अविश्‍वासीहरूमाझ जिउँदा धेरै विवादहरू आउँछन्, धेरै समस्या हुन्छ, र जीवन थकाइलाग्दो र अति पीडादायी हुन्छ। अनि, तँ भन्छस्, “म यसरी जिउन सक्दिनँ। यदि मैले तिनीहरूजस्तै गरी जिएँ भने, म तिनीहरू जतिकै पीडामा हुनेछु। म तिनीहरूको जीवनशैलीबाट अलग्गिनुपर्छ।” के यो तेरो खुद अनुभव हो? तैँले भ्रष्ट मानवजातिले कति पनि सत्यता स्विकार्दैन, तिनीहरू सबै बस झगडा गर्छन्, योजना रच्छन्, र एकअर्कालाई ठग्ने कोसिस गर्छन्, तिनीहरू भित्रभित्रै एकअर्कालाई कमजोर पार्छन्, र थोरै नाफाको लागि पनि एकअर्कालाई रगतपच्छे पार्छन् भन्ने गहिरो अनुभव गरेको छस्। तैँले तिनीहरूमध्ये कोही पनि जीवनको सही मार्ग हिँड्न चाहँदैन, बरु तिनीहरू काम गर्न चालबाजी र योजनाहरूमा भर पर्छन् भन्ने अनुभव गरेको छस्। यस्तो परिवेशमा जिउँदा तँलाई सबैभन्दा बढी के अनुभूति हुन्छ? तँलाई यो संसारमा कुनै निष्पक्षता वा धार्मिकता छैन, यो संसार अति दुष्ट र अँध्यारो छ, र मानिसहरू यहाँ पिशाचझैँ जिउँछन् भन्ने अनुभूति हुन्छ। तँ सोच्छस्, यदि तैँले असल व्यक्ति हुने कोसिस गर्ने हो भने, त्यो सजिलो हुनेछैन र तैँले त्यसो गर्न सक्‍नेछैनस्। तँलाई लाग्छ, यदि तँ यो संसार अनुकूल बन्न चाहिस् भने, तैँले पिशाच बनेर पिशाचझैँ जिउन पनि आवश्यक हुन्छ, ताकि तैँले पिशाचहरूको समूहमा मिसिन र सामाजिक प्रवृत्तिहरूसँग जोडिन सक्‍नेछस्; एक गाँस खाना खान र आफ्नो जीविका र अस्तित्व सुनिश्‍चित गर्नको निम्ति, तैँले तिनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ र आफ्नो इच्छाविपरीतका कुराहरू भन्नु र गर्नुपर्नेछ। हरदिन यसरी जिउँदा अत्यन्तै थकाइ लाग्नेछ, तर यदि तँ त्यसरी जिइनस् भने, मानिसहरूले तँलाई बहिष्कार गर्नेछन्, र तँसित बाँच्ने कुनै उपाय नै हुनेछैन। यस्तो जियाइ परिवेशमा, तैँले के अनुभव गरेको हुन्छस्? पीडा, व्यथा, र असहायता। तैँले मानिसहरूबीचको दुष्टता, क्रूरता, र अन्धकार अनुभव गरेको छस्, तँ मानव जीवनको ज्योति देख्न सक्दैनस्। जब तैँले परमेश्‍वरमा विश्‍वास गरेर परमेश्‍वरका वचनहरू पढ्नमा ध्यान दिइस्, तैँले के अनुभव गरिस्? (मैले हृदयमा सत्यता बुझेँ, मलाई परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो भन्ने महसुस भयो, र मलाई हृदयमा आराम महसुस भयो।) परमेश्‍वरको घरमा जिउँदा, तैँले आनन्दित महसुस गर्छस्, तँलाई परमेश्‍वरका आशिष्‌हरू मिल्छ, र तैँले धेरै सत्यता बुझ्न सक्छस्; दाजुभाइ-दिदीबहिनीहरूसँग हुँदा, तिमीहरूले एकअर्कालाई सहयोग र साथ दिन, एकअर्काप्रति समान व्यवहार गर्न, र एकअर्कासित सद्‌भावमा जिउन सक्छौ। हरदिन, तँ हृदयमा ढुक्क, अनि स्वतन्त्र र मुक्त अनुभूति गर्छस्। तैँले धोका पाउनेबारे चिन्ता लिनुपर्दैन र तँ अरूको दमन र दुर्व्यवहारमा पर्न छोड्छस्। दुष्टकर्मीहरू क्रमैसित खुलासा र निष्कासित हुँदै जान्छन्, र तिनीहरूको सङ्ख्या निरन्तर घट्दै जान्छ। परमेश्‍वरको घरमा सत्यता र परमेश्‍वरको शासन चल्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले बिनारोकतोक स्वतन्त्र रूपमा बोल्न सक्छन्, तिनीहरूसित चुन्ने अधिकार र दुष्ट मानिसहरूलाई खुलासा गर्ने अधिकार हुन्छ। सत्यता नस्विकार्ने र दुष्टता गर्न सक्ने थप क्षमता भएकाहरू बिस्तारै निष्कासित हुँदै जान्छन्। त्यस्तो कुनै घटना छैन जहाँ मानिसहरू परमेश्‍वरको घरमा सतावट वा दमनमा परेका होऊन्। कुनै मामला छ भने त्यसबारे सबैले छलफल गर्छन्। कुनै समस्या भए, त्यसलाई समाधान गर्न अगुवा र सेवकहरू सत्यता सङ्गति गर्छन्। मानिसहरूले बिस्तारै सत्यता बुझ्दै जान्छन्, र ती अराजक कुराहरू घट्दै जान्छन्। परमेश्‍वरका चुनिएका मानिसहरू सबैजना सत्यता स्विकार्न, सत्यताद्वारा नियन्त्रित हुन र आफ्नो बोलीवचन र कर्ममा केही बदलाव ल्याउन सक्‍ने हुन्छन्। कसैले दुष्टता गरेमा, हरव्यक्तिले त्यसलाई प्रस्टसित देख्न र त्यसबारे रिपोर्ट गर्न सक्छ। त्यसकारण, परमेश्‍वरको घरमा दुष्ट मानिसहरूको सङ्ख्या कमभन्दा कम हुन्छ। अब तँलाई झन्झन् परमेश्‍वरको घर साँच्चिकै राम्रो छ भन्ने अनुभूति हुन्छ—त्यहाँ, दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई प्रेम गर्छन् र कठिनाइ वा विचलनमा परेका जोकोहीले मद्दत पाउन सक्छ; जोसँग कठिनाइहरू छन् उसले तिनलाई समाधान गराउन सक्छ, र समाधान गर्न नसकिने समस्याहरू छन् भने, मानिसहरूले परमेश्‍वरतर्फ हेर्न र उहाँमाथि भर पर्न, र उहाँका वचनहरूअनुसार तिनलाई समाधान गर्न सक्छन्। परमेश्‍वरको घरमा जिउँदा तँलाई आनन्दित र आशावादी महसुस हुन्छ, र तैँले ज्योति देख्न, र पूर्ण रूपमा परमेश्‍वरको प्रेम र मुक्तिको आनन्द लिन सक्छस्। मानिसहरूको जीवनको प्रगतिको लागि यो वातावरण निकै लाभदायी हुन्छ। मण्डलीमा, अर्थात् सत्यता भएको यो परिवेशमा जिएर, तैँले बिस्तारै सत्यता बुझ्न सक्छस्, तेरो हृदय क्रमैसित अझ उज्यालो बन्‍दै जान्छ, अनि तैँले स्वतन्त्र र मुक्त अनुभूति गर्नेछस्। सत्यता बुझेर प्राप्त हुने नतिजाहरू यिनै हुन्। सत्यता प्राप्त गरेका मानिसहरूमा एउटा प्रस्ट विशेषता हुन्छ: तिनीहरू तुलनात्मक रूपमा स्वतन्त्र र मुक्त हुन्छन्। तिनीहरूले संयमित हुनु पर्दैन, सत्यताले नै तिनीहरूका बोलीवचन र कर्म प्रभावित पार्नेछ, र त्यसले तिनीहरूको जीवन मार्ग र जीवन दिशा परिवर्तन गर्नेछ। तँभित्र परमेश्‍वरप्रति डर मान्‍ने हृदय उत्पन्न हुँदा, र तँलाई परमेश्‍वरप्रति डर मान्‍ने हृदयले मार्गदर्शन गर्दा, तैँले गर्ने कामको प्रकृति पहिले तैँले आत्मनियन्त्रण र संयम अपनाउँदाको बेलाको भन्दा पूरै फरक हुनेछ। यी परिस्थितिहरूमा, यदि तँलाई हैसियत दिइन्थ्यो र तँसित अरूलाई सताउने अवसर र सही अवस्था हुन्थ्यो भने, के तैँले अझै पनि त्यसो गर्थिस्? (गर्दिनथेँ।) किन गर्थिनस्? के तँसित मानिसहरूलाई सताउने योजना नभएर हो, कि त्यसो गर्ने क्षमता नभएर हो? (मेरो स्वभाव बदलिएको हुने भएर हो।) ठिक भनिस्, तँमा परमेश्‍वरप्रति डर मान्‍ने हृदय हुनेछ, र तेरा कार्यहरूले सिद्धान्त र न्यूनतम मापदण्ड पूरा गर्नेछन्। यो क्षणमा, जे-जस्ता प्रलोभनहरू सामना गरे पनि, तैँले हृदयबाट यसो भन्न सक्नेछस्, “यसो गर्दा परमेश्‍वर खुसी हुनुहुन्न, र म परमेश्‍वरलाई चिढ्याउने कामहरू गर्न सक्दिनँ।” तेरो कद स्वत: यो चरणमा पुग्नेछ, र तैँले यस्ता शब्दहरू भन्न सक्नेछस्। यतिखेर, के तिमीहरू यो चरण यति स्वस्फूर्त रूपमा हासिल गर्न सक्छौ? (अहिले नै त सक्दैनौँ।) यसले प्रमाणित गर्छ कि सत्यताले तँभित्र अझै प्रभाव पारेको छैन; यसले तेरो व्यवहार मात्र संयमित पार्छ, तर दह्रिलो रूपमा तेरो हृदय काबुमा राख्न, वा तेरो जीवन दिशा बदल्न सक्दैन, न त तेरो व्यवहारका सिद्धान्त र लक्ष्य नै बदल्न सक्छ।

अब त तिमीहरू सबैले परमेश्‍वरमाथिको विश्‍वासमा सत्यता पछ्याउन ध्यान दिन थालिसकेका छौ, त्यसैले तिमीहरू के कुरालाई आफ्नो आचरणको आधार बनाउँछौ? विवेक, मानव आचरणको न्यूनतम मापदण्ड, र नैतिकतालाई। यी कुराहरू सत्यताबाट कति टाढा छन्? के विवेक, मानव आचरणको न्यूनतम मापदण्ड, र नैतिकता सत्यतासँग सम्बन्धित छन्? त्यसबाट टाढा छन्। बढीमा, विवेकलाई आचरणको आधार बनाउँदा, तँ असल व्यक्ति हुन्छस्, तर त्यो परमेश्‍वरको मापदण्डभन्दा निकै तल हुन्छ। परमेश्‍वरको मापदण्ड त मानिसहरूले सत्यतालाई आफ्नो आचरणको आधार बनाऊन् र उहाँका वचनहरूद्वारा जिऊन् भन्ने हो। जब परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले सत्यता बोध गर्न, बुझ्न र अभ्यास गर्न, अनि आफूलाई सत्यताका सिद्धान्तअनुसार संयमित पार्न सक्छ, ऊ बढिसकेको हुनेछ। यदि ऊ सत्यता पछ्याउँदैन भने, ऊ कहिल्यै बढ्नेवाला छैन। केही मानिसहरूले सत्यता पछ्याउन थालेका छन्, र तिनीहरूमा यस्तो दृढसङ्कल्प छ, “मैले सत्यताप्रति सक्दो कोसिस गर्नुपर्छ र परमेश्‍वरका वचन र सत्यताअनुसार अभ्यास गर्न, नियमअनुसार काम गर्ने, सिद्धान्त र दायराहरूमा रहेर व्यवहार गर्न, अनि आफूलाई परमेश्‍वरको स्वभाव चिढ्याउन वा परमेश्‍वरविरुद्ध पाप गर्नबाट रोक्‍न प्रयास गर्नुपर्छ, र त्यसो गर्न मलाई आफ्नो व्यवस्थापन, नियन्त्रण वा सुपरिवेक्षण गर्न कसैको खाँचो पर्नु हुँदैन। म कसैको सुपरिवेक्षणमा नभए पनि, यदि केही काम गर्दा, परमेश्‍वरको स्वभाव चिढिनेछ, परमेश्‍वरप्रति डर मान्‍ने हृदय हुनेछैन, र त्यसबाट परमेश्‍वर चिढिनुहुनेछ भने, म त्यो काम कदापि गर्नेछैन। मेरो हृदयमा त्यो विचार आए पनि, म आफूलाई संयमित पार्न सक्छु—मैले किमार्थ त्यसो गर्नु हुँदैन।” यो सक्रिय र सकारात्मक स्थिति हो। उदाहरणको लागि, मानौँ परमेश्‍वरको घरले कुनै व्यक्तिलाई कुनै मूल्यवान् वस्तुको रक्षा गर्न अह्राउँछ, र यसबारे थोरै मानिसहरूलाई मात्र थाहा हुन्छ। अरू मानिसहरूले यो मामलाबारे थाहा पाउँदा, त्यो व्यक्तिले उक्त वस्तुको राम्रो हेरचाह गर्न, त्यसबारे चासो राख्न, र त्यसलाई हराउन, बिग्रिन, चोरिन वा बर्बाद हुनबाट जोगाउन सक्छ। सँगसँगै, उसले लोभी हुने र स्वामित्व जमाउने बानी छोड्न पनि सक्छ, र हृदयमा उक्त वस्तुलाई पवित्र ठान्छ। के यो असल व्यक्ति होइन र? वर्तमान दृष्टिकोणबाट हेर्दा, ऊ असल व्यक्ति हो भन्न सकिन्छ किनभने उसमा उक्त वस्तु हिनामिना गर्ने कुनै विचार वा सोच छैन। एक कदम अगाडि बढेर हेर्दा, ऊ आफ्नो पदप्रति पूर्ण बफादारीसाथ उक्त वस्तुको सुरक्षा गर्न, अनि सम्पूर्ण हृदयले र आफ्नो क्षमताले भ्याएसम्म यो जिम्मेवारी बोक्न सक्षम छ, र यो भन्न सकिन्छ कि ऊ त्यसमा आफ्नो सारा हृदय लगाइरहेको छ, र आफ्नो काम राम्ररी गरिरहेको छ। तर एक दिन परिस्थिति बदलिन्छ। यो मामलाबारे जानकार केही मानिसहरू पक्राउ परी जेल जान्छन्, अनि केहीलाई अन्यत्र सरुवा गरिन्छ। उक्त वस्तुबारे थाहा भएकामध्ये त्यो व्यक्ति मात्र बाँकी रहन्छ। यी परिस्थितिहरूमा, के उसको परिवेश बदलिएको हुँदैन र? हो, उसको परिवेश बदलिएको हुन्छ, र परीक्षा आइसकेको हुन्छ। सुरुमा, उसको हृदय अविचलित रहन्छ, र उसले अझै पनि अरू केही नसोची गम्भीरता र जिम्मेवारीपूर्वक उक्त वस्तुको सुरक्षा गर्छ। पछि, उसले त्यसबारे जानकार मानिसहरू बेपत्ता भए भन्ने सुन्छ। त्यसपछि पनि उसले सोच्छ, “म यो वस्तुबारे कुनै पनि योजना रच्न सक्दिनँ; मैले निरन्तर यसको राम्रो सुरक्षा गर्नैपर्छ। मानिसहरूलाई यसबारे थाहा नभए पनि, परमेश्‍वरलाई थाहा छ!” के यो असल व्यक्ति होइन र? (हालको समयमा ऊ अझै असल व्यक्ति नै देखिन्छ।) ऊ किन असल व्यक्ति देखिन्छ? किनभने, असल व्यक्ति हुने मापदण्डद्वारा मापन गर्दा, यदि कोही यो स्तरमा पुग्न सक्छ भने, ऊ पहिल्यै निकै असल छ। तर एक दिन, उसको परिवारमा ठूलो सङ्कट आइपर्छ, उसलाई पैसाको जरूरत पर्छ, र ऊसँग पर्याप्त पैसा हुँदैन। उसको परिवेश फेरि बदलिएको छ, र परिवेश बदलिँदा, पुन: एकपटक उसको परीक्षाको समय आएको हुन्छ। सुरुमा, उसले अझै पनि पैसा सापट लिनेबारे सोच्छ, तर दुईतीन वटा प्रयास असफल भएपछि उसको हृदय अशान्त बन्छ: “के मेरो स्वामित्वमा एउटा अमूल्य वस्तु छैन र? मसित मेरो आँखैअगाडि केही पैसा हुँदाहुँदै, के मैले पैसा सापट माग्नु मूर्खता होइन र? म यो वस्तुको रक्षा गरिरहेको छु भनेर कसैलाई थाहा छैन। त्यसअलावा, यो वस्तुले धुलो मात्र थुपारिरहेको छ। के मैले यसलाई प्रयोग गर्नु नै ठिक होइन र? मैले प्रयोग गर्दा नै ठिक होला!” त्यसपछि उसमा राम्रो, तार्किक सोच पलाउँछ, “के यो मेरो लागि परमेश्‍वरले तयार गर्नुभएको होइन र? परमेश्‍वर मलाई अनुग्रह देखाइरहनुभएको छ, परमेश्‍वरलाई धन्यवाद होस्!” ऊ यसबारे जति धेरै सोच्छ, त्यति नै उसले यो गर्नु उचित छ भन्‍ने महसुस गर्छ। दुईतीन दिन मनन गरेपछि, तिनीहरूलाई हृदयमा ढुक्क महसुस हुन्छ, र उसलाई आफ्नो विवेकले घोच्दैन। अन्त्यमा, उसले निर्णय गर्छ, “म यो पैसा चलाइदिन्छु!” के भयो? (उसको सोचाइमा परिवर्तन देखिन थाल्यो।) कसरी उसको सोचाइमा यो परिवर्तन आयो? (त्यो परिवेशले गराएको हो।) त्यसोभए, के उक्त परिवेशमा समस्या छ? के परिवेशले उसलाई परिवर्तन गराएको हो? (होइन।) त्यसोभए हामी यसलाई कसरी सही रूपमा व्याख्या गर्न सक्छौँ? उसको परिवेश यसअघि दुईचोटि परिवर्तन हुँदा उसको हृदय त्यतिखेर किन डगमगाएन? (त्यतिखेर चरम गरिबी र निराशाको समय आइसकेको थिएन।) यो अवस्थामा पुग्नुअघि, व्यक्तिको साँचो भित्री सोच र साँचो स्वभाव खुलासा हुनेछैन। त्यो बेला, के हामीले यस्तो व्यक्ति परमेश्‍वरप्रति बफादार छ भन्न मिल्छ? उसले सत्यतालाई प्रेम गर्छ भन्न मिल्छ? हामी त्यसो भन्न सक्छौँ, किनभने उसले भेटी रक्षा गर्दा, आफ्नो सारा हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्न सक्यो, र उसमा अन्य विचार वा सक्रिय सोचहरू आएनन्। उसले उक्त वस्तुबारे कहिल्यै कुनै योजना रचेन—कस्तो महान् व्यक्ति! तर जब उसको जियाइ परिवेश बदलियो र उसलाई पासोमा परेको र उम्कने मार्ग नभएको महसुस भयो, तब उसका सक्रिय सोचहरू देखा परे, अनि उसले भेटीबारे योजना रच्न थाल्यो। खासमा, यसअघि उसमा यी सोचहरू नभएको होइन, बरु तिनलाई उसले आफ्नो हृदयमा लुकाएको थियो। उपयुक्त वातावरण सामना भएपछि, उसका सोचहरू मूल फुटेझैँ स्वत: बाहिर आए। अनि अन्त्यमा, उसले यसका “आधारहरू” समेत भेट्टायो, र यो उसको लागि परमेश्‍वरले तयार गर्नुभएको हो भनेरसमेत भन्यो। के यी “आधारहरू” भेटिँदा उसको दुष्ट प्रकृति पर्दाफास भएन र? उसका बफादारी, असलपन, र न्यायको भावना कहाँ गए? (ती हराए।) त्यसोभए, के यसअघिका उसका प्रकटीकरणहरू नाटक मात्र थिए त? ती नाटक थिएनन्; ती पनि स्वाभाविक प्रकटीकरण नै थिए, तर गहन प्रकटीकरण थिएनन्। ती सबैभन्दा बाह्य प्रकटीकरणहरू थिए, ती सतही रूपमा देखिने कुराहरू थिए। मानवतासम्बन्धी सतही रूपमा देखिने कुराहरूबारे केही भ्रमहरू छन्, र कहिलेकाहीँ मानिसहरू त्यो कुरालाई भित्रैसम्‍म देख्न सक्दैनन् र सजिलै बहकिन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू छ महिना वा एक वर्षसम्म राम्ररी कर्तव्य निभाइरहेका देखिन्छन्, तर एक वर्षपछि तिनीहरू नकारात्मक बन्छन्। अनि दुई वर्षपछि, तिनीहरू भागेर अधर्मी संसारमा फर्कन सक्छन्; केही पैसा कमाउन फर्कन्छन् भने केहीचाहिँ आफ्नो जीवन जिउन फर्कन्छन्। त्यसैले, तैँले कुनै व्यक्तिको छ महिना वा एक वर्षको कार्यप्रदर्शनको आधारमा ऊ परमेश्‍वरप्रति इमानदारीसाथ अर्पित हुने व्यक्ति हो भनी निर्धारण गर्नु गलत हुनेछ। ती छ महिना वा एक वर्षसम्म उसले देखाउने व्यवहार त वास्तवमा एक भ्रम, र एक क्षणिक उत्साह हुन्छ। केही परिवेश र प्रलोभनहरू सामना गर्नुपर्दा, उसको साँचो मुहार, र परमेश्‍वरमाथिको विश्‍वासपछाडिको उसको अभिप्रायमा रहेका दूषित कुराहरू पर्दाफास भइहाल्छन्। के यो तथ्य होइन र? ऊ बिलकुलै परिवर्तन भएको हुँदैन। परमेश्‍वर मानिसहरूमा ठ्याक्कै के परिवर्तन गर्न चाहनुहुन्छ? परमेश्‍वर मानिसहरूलाई सत्यता स्विकार्न लगाएर कस्ता समस्याहरू समाधान गर्न चाहनुहुन्छ? (मानिसको प्रकृतिभित्रका कुराहरू।) ठिक भनिस्, समाधान गर्नैपर्ने भनेका मानिसको प्रकृतिभित्रका कुराहरू हुन्। आफूलाई केही पनि आइपरेको छैन भने, मानिसहरूले आधारभूत नैतिक मापदण्ड पूरा गर्छन् र अरूको फाइदा उठाउँदैनन्। विशेषगरी बुढापाकाहरू प्राय यसो भन्ने गर्छन्, “अरूको सम्पत्तिमा आँखा नलगाउनू, अनि आफ्नो सम्पत्ति जोगाउनू।” यसको मतलब, आफ्ना सामानहरू यतिकै अरूलाई नदिनू, अनि लोभी बन्ने वा अरू मानिसहरूको सम्पत्तिप्रति लालायित हुने काम नगर्नू। यो सत्यताभन्दा तल हुन्छ, तर सामान्य मानवतामा हुनुपर्ने कुरा यही हो। अनि, के मानिसहरूले यो हासिल गर्न सक्छन् त? (सक्दैनन्।) मानिसहरू यति पनि हासिल गर्न सक्दैनन्, तैपनि तिनीहरू लालसा नराख्नू भन्छन्। आफूभित्र लालसा पैदा हुनुपहिले नै अरू मानिसहरूको सम्पत्ति खोस्नु—यो व्यक्तिको प्रकृति हाबी हुनुको नतिजा हो। परिवेशले मिल्यो भने, मानिसहरूले त्यसबारे सोच्नु पनि पर्दैन, तिनीहरूले आफूभित्रको दुष्ट प्रकृति, र आफ्नो क्रूर, लोभी, र छली स्वभाव प्रकट गर्नेछन्। मैले भर्खरै उल्लेख गरेको उदाहरणमा भेटी हिनामिना गर्ने व्यक्तिबारे भन्नुपर्दा—उसका कुन विचार र प्रकटीकरणहरू छली थिए? (उसले यो परमेश्‍वरले तयार गर्नुभएको हो र उसको लागि बाटो खोल्‍नुभएको हो भन्दै परमेश्‍वरको भेटी चोर्‍यो।) यो छली कुरा हो, यो आफूलाई साथै अरूलाई पनि छल्नु हो। उसले आफैलाई छल गर्‍यो र परमेश्‍वरलाई पनि छल गर्न खोज्यो। उसले आफैलाई फुस्ल्याउन र आफ्नो विवेक शान्त पार्न यी मिठा बोलीहरू प्रयोग गर्‍यो, ताकि ऊ विवेकको दोषबाट पन्छिन सकोस्। अझ भन्‍ने हो भने, उसले आफ्नै लागि यो सुन्दर झूट रच्यो, र यो झूटमार्फत परमेश्‍वरलाई मूर्ख तुल्याउन र छल्न चाह्यो। के यो छलपूर्ण छैन र? (छ।) यो छलपूर्ण छ। जब तैँले यस्ता परिवेशहरू सामना गर्छस्, र जब तेरो प्रकृतिले यस्ता सोचहरू जन्माउँछ र तँमा केही गर्ने चाहना जगाउँछ, तब सर्वप्रथम तेरो विवेकले तँभित्र काम गर्नेछ, र त्यसपछि तैँले बुझेको सत्यताले पनि तँभित्र काम गर्नेछ, र तँलाई यस्तो सोचेर तँ कतै पुग्दैनस्, यो नीच र दुष्ट कुरा हो, र तैँले सोचेको र विश्‍वास गरेको कुरा सत्यता होइन भन्ने महसुस गराउनेछ। तँसित यो काम गर्ने अस्थायी आवेग भए पनि, परमेश्‍वरलाई प्रार्थना गरेपछि, तैँले यस्तो सोच्‍नेछस्, “म यो गर्न सक्दिनँ; यसले परमेश्‍वरलाई चिढ्याउनेछ। यो दुष्ट कुरा हो! यसो गर्नु सत्यताबमोजिम हुँदैन, अनि के यो परमेश्‍वरलाई छलेको हुँदैन र? म कहिल्यै यसो गर्न सक्दिनँ। यो पवित्र मानिएको कुरा हो, यो परमेश्‍वरको हो, र यसलाई कदापि छुनु हुँदैन। यसबारे कसैलाई थाहा नभएर परमेश्‍वरलाई मात्र थाहा भएको भए पनि, यसबारे परमेश्‍वरलाई मात्र थाहा भएकोले, मैले यसलाई कदापि छुन मिल्दैन।” यदि व्यक्तिले यसरी सोच्न सक्छ भने, उसमा साँचो कद छ। यदि ऊ असल अभिप्राय र नैतिक मापदण्डमा भर पर्छ भने, के उसले आफूलाई काबुमा राख्न सक्छ र? के उसले भेटी नचोर्ने प्रत्याभूति गर्न सक्छ र? (सक्दैन।) यो कुरा पूरा गर्न व्यक्तिमा के हुनैपर्छ? (ऊसँग हृदयमा परमेश्‍वरप्रति डर हुनैपर्छ।) तैँले बुझ्ने सत्यताहरू, परमेश्‍वरबारेको तेरो ज्ञान, र तेरो हृदयमा परमेश्‍वरप्रतिको डरले मात्र तेरा हृदय र कार्यहरू संयमित पार्न, र तैँले कुन मार्ग रोज्छस् र कसरी परमेश्‍वरको इच्छाबमोजिम आचरण अँगाल्छस् भन्‍ने कुरा निर्धारण गर्न सक्छन्। सत्यता र परमेश्‍वरका वचनहरूबाहेक, के अरू कुनै कुराले मानिसहरूलाई यो हासिल गर्न मद्दत गर्न सक्छ? अहँ, सक्दैन। यो केवल एउटै उपाय हो; यसले तँलाई परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग रहन सक्षम पार्न सक्छ। तैँले जस्तोसुकै परिवेशहरू सामना गरे पनि, चाहे ती परीक्षा हुन् वा प्रलोभन, तिनले परमेश्‍वरप्रतिको तेरो बफादारी र समर्पण बदल्न सक्दैनन्। तैँले आफ्नो सङ्कल्प बलियो पारेपछि, त्यो कहिल्यै परिवर्तन हुनेछैन। तैँले जतिसुकै कठिन परिवेश सामना गरे पनि, त्यो तेरो लागि अत्यन्तै ठूलो प्रलोभन भए पनि, तेरो सङ्कल्प अपरिवर्तित रहनेछ, र तेरा काम गर्ने सिद्धान्तहरू पनि अपरिवर्तित रहनेछन्। यसरी, तँ आफ्नो गवाहीमा खरो उत्रिनेछस्, र तैँले सत्यता प्राप्त गर्नेछस्। परमेश्‍वरले यस मामलामा फेरि तेरो परीक्षा लिनुहुनेछैन। तैँले यसलाई पार गरेको हुनेछस् र तँ खरो उत्रेको हुनेछस्। के यतिखेर धेरैजसो मानिसहरू यो कदमा पुग्न सक्छन्? (सक्दैनन्।) तिनीहरू अझै यो कदमा पुग्न सक्दैनन्, जसले सत्यता तिनीहरूको जीवन बनेको छैन भन्ने प्रमाणित गर्छ। त्यसोभए अहिले के कुराहरूचाहिँ तिनीहरूको जीवन के बनेका छन् त? दुनियाँसित व्यवहार गर्ने शैतानका दर्शनहरू, शैतानका विषहरू, र केही मानव नैसर्गिक प्रवृत्तिहरू, अर्थात् नैतिकता र मानव आचरणको न्युनतम मापदण्ड, साथै परमेश्‍वरमा विश्‍वास गरेपछि तिनीहरूले प्राप्त गरेका केही आत्मिक धर्मसिद्धान्त र अभिव्यक्तिहरूमा अल्झिने प्रवृत्तिहरू। यी कुराहरू बुझेपछि, मानिसहरूले सधैँ यस्तो सोच्छन्, “मैले सत्यता प्राप्त गरेको छु। परमेश्‍वरमाथिको विश्‍वासमा मैले धेरै कुरा बुझेको छु। म बदलिएको छु र मैले केही न केही प्राप्त गरेको छु।” अनि, तिनीहरूले प्राप्त गरेको कुरा के हो? वास्तवमा, त्यो त सतही कुराहरू मात्र हो। त्यो तिनीहरूको व्यवहारमा केही संयम अपनाउनु र तिनीहरूको व्यवहारलाई केही बढी नियमन गरिनु मात्र हो। साथै, तिनीहरूले आफ्नो मन र हृदयमा थप सकारात्मक तरिकाले मनन गर्न र सकारात्मक कुराहरूबारे बढी सोच्न सक्छन्। तिनीहरूको परिवेशको प्रभावको कारण, प्राय प्रवचनहरू सुन्दा, साथै कर्तव्यहरू निभाउँदा, अनि बारम्बार सकारात्मक कुराहरूको सम्पर्कमा रहँदा, तिनीहरूलाई केही सकारात्मक प्रभाव पर्नेछ। मण्डलीको परिवेशले मानिसहरूमा ल्याउने लाभ र परिवर्तनहरू यिनै हुन्। तर सत्यताले मानिसहरूमा ल्याउने परिवर्तनहरू कति ठूला वा कति धेरै हुन्छन्? यो तिनीहरूको पछ्याइमा भर पर्छ। यदि तँ साँच्चिकै सत्यता पछ्याउने व्यक्ति होस् भने, सत्यताको व्यावहारिक पक्षको सन्दर्भमा, तैँले सधैँ केही न केही प्राप्त गर्नेछस्, र तैँले हरेक चरणमा केही उपलब्धि र केही बुझाइ प्राप्त गर्नेछस्। हृदयमा, मानिसहरू आफूले केही प्राप्त गरेको छु छुइनँ भन्‍ने कुरा बुझ्छन् र अनुभूति गर्छन्। अनि, अहिले धेरैजसो मानिसहरूले के अनुभूति गर्छन्? तिनीहरूले आफ्नो असल अभिप्रायको आधारमा प्राय लगनसाथ र स्वेच्छाले केही असल कार्यहरू, अर्थात् मानिसहरूले विवेक र समझ भएको भनी विश्‍वास गर्ने कार्यहरू, र आफू आरोपित वा आलोचित नहुने कार्यहरू गरिरहेको छु भन्ने अनुभूति गर्छन्। तर ती असल कार्यहरू भए पनि, ती सत्यता अभ्यास हुन् भनेर भन्न मिल्दैन। के वास्तविकता यही होइन र? (हो।) धेरैजसो मानिसहरूसित तिनीहरूका कार्यहरूको एउटा आधारभूत सिद्धान्त हुन्छ, जुन तिनीहरूको विवेकअनुसार व्यवहार गर्नु हो। तिनीहरू सत्यता अत्यन्तै गहन,‍ र अत्यन्तै अमूर्त, र मानिसहरूबाट निकै टाढा रहेको देखिन्छ भन्ने अनुभूति गर्छन्। मानिसहरू सत्यतालाई राम्ररी बुझ्दैनन् र प्रस्ट रूपमा व्याख्या गर्न सक्दैनन्, त्यसैले तिनीहरू आफ्नो विवेकअनुसार मात्र कार्य गर्छन्, र दिनानुदिन अल्याङटल्याङ गरिरहन्छन्। कतिपय मानिसहरूमा विवेकको कुनै चेतनासमेत हुँदैन, र तिनीहरू विवेकका मापदण्डअनुसार कार्य गर्दैनन्। कतिपय मानिसहरू कर्तव्य निभाउँछन् तर बिलकुलै नतिजा प्राप्त गर्दैनन्; तिनीहरू परमेश्‍वरको अनुग्रह सित्तैमा लिइरहेका हुन्छन् तर त्यसको बदलामा केही पनि दिइरहेका हुँदैनन्, र तिनीहरूलाई हृदयमा कुनै ग्लानि हुँदैन। के यी मानिसहरूमा विवेक र समझ हुन्छ? तैँले “यसरी जिउनु कस्तो लाग्छ?” भनी तिनीहरूलाई सोधिस् भने, तिनीहरू भन्छन्, “परमेश्‍वरको इच्छा ज्यादै ठूलो छ, म त्यहाँसम्म पुग्न सक्दिनँ। जे होस्, म इमानदारीसाथ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हुँ, र मैले दुष्टता गरेको छैन। मलाई हृदयमा शान्ति महसुस हुन्छ।” के यस्ता मानिसहरू सत्यता अभ्यास गर्छन्? तिनीहरूले आफ्नो कर्तव्य निभाउने भए पनि, के तिनीहरू इमानदारीसाथ आफूलाई परमेश्‍वरप्रति अर्पित गरिरहेका हुन्छन्? मान्छेको दृष्टिकोणबाट, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले कुनै नतिजा ल्याउँदैनन्। के परमेश्‍वरले तिनीहरूलाई अनुमोदन गर्न सक्नुहुन्छ? तिनीहरूले भन्लान्, “म विवेकको आधारमा कर्तव्य निभाउँछु, म निष्क्रिय छैन, अल्छी पनि छैन, र म मूल्य चुकाउँछु।” तर के यो विवेकको मापदण्डले तिनीहरूले सत्यता अभ्यास गरिरहेको जनाउँछ त? समय हुँदा, तिमीहरूले मनन गर्नुपर्छ, सँगै सङ्गति गर्न एउटा विषय उठाउनुपर्छ, र सत्यता अभ्यास गर्न कस्तो व्यवहार गर्नुपर्छ भनी हेर्नुपर्छ। विवेकको मापदण्ड, वा असल व्यक्ति हुने र असल व्यवहार धारण गर्ने मापदण्डमै सीमित नहो। मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुनुमै सन्तुष्ट नहो। तैँले सत्यताको उचाइ पछ्याउनुपर्छ र त्यसमा प्रवेश गर्नुपर्छ। यसो गरे मात्र तँ परमेश्‍वरको इच्छा पूरा गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्। यदि तँ सधैँ आफ्नो विवेक सन्तुष्ट पार्न खोज्छस्, र आफूले नैतिक मापदण्ड नतोडुन्जेल ठिकै गरिरहेको छु भन्ने सोच्छस् भने, काम गर्दा तँ सधैँ यही दायराभित्र रहनेछस्, र यो दायराबाहिर जानेछैनस्, र त्यसको मतलब सत्यताको तँसित कहिल्यै कुनै सम्बन्ध हुनेछैन। यदि सत्यतासँग तेरा कर्म र वचनको कहिल्यै कुनै सम्बन्ध हुँदैन भने, के तँ अझै पनि सत्यता प्राप्त गर्न सक्छस् र? तँलाई सत्यता प्राप्त गर्न कठिन हुनेछ।

प्राचीन समयमा, विद्वानहरूले प्रायजसो “कन्फ्युसियसको सङ्ग्रह,” “ताओ ते चिङ” र “थ्री क्यारेक्टर क्लासिक” जस्ता पुस्तकहरू अध्ययन गर्थे। तिनीहरू धर्मशास्‍त्र वाचन गरेझैँ गरी दिनभरी टाउको हल्लाउँथे, र तिनीहरूका मुखमा पुराना भनाइहरू सधैँ झुण्डिन्थे। थोरै पुस्तकहरू पढेपछि अनि ताङ र सङ वंशका केही कविताहरू पढेपछि, तिनीहरू आफूलाई ज्ञानी ठान्थे र आफूलाई निकै प्रभावशाली सोचेर अरूलाई पढाउँदै दिन बिताउँथे। तिनीहरू पूरै जीवनभर न्यायोचित काम गर्न सक्दैनथे र आफूले पढेका सन्तहरूका केही पुस्तकहरूको आधारमा आफ्नो आचरण अँगाल्थे। तिनीहरू केही पनि बुझ्दैनथे, र केही पनि पत्ता लगाउन सक्दैनथे। तिनीहरू अल्याङ्टल्याङ गरेर जीवन बिताउँथे, र केही पनि हासिल गर्दैनथे। तैपनि, तिनीहरू आफूले धेरै बुझेको र आफू अरूभन्दा उच्च भएको सोच्दै हृदयमा आफैप्रति खुसी हुन्थे। एउटा वाक्यांश छ, “अरूभन्दा आफू नै सद्‌गुणी”—यो सही हो, र तिमीहरू यस्तो स्थितिमा कदापि जिउनु हुँदैन। कतिपय मानिसहरू हृदयमा सधैँ आफूसँग ज्ञान, परोपकार, र धार्मिकता भएको महसुस गर्छन्। फलस्वरूप, तिनीहरू अरूभन्दा आफू नै सद्‌गुणी रहेको महसुस गर्छन्, र आफू असल व्यक्ति र भद्रभलादमी कहलिन पूर्ण योग्य भएको ठान्छन्। कतिपय मानिसहरू बफादारीलाई अत्यन्तै महत्त्व दिन्छन् र आफ्ना साथीहरूका निम्ति गोली थाप्न तयार हुन्छन्। कतिपय मानिसहरू विवेकलाई अत्यन्तै महत्त्व दिन्छन् र “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्ने वचन पूरा गर्न सक्छन्। कतिपय मानिसहरू बिहे गर्दैनन्, र आत्मचिन्तनमार्फत आफ्नो मन र शरीर विकास गर्छन्, अनि अमरता पछ्याउँछन्। कतिपय मानिसहरू आफूलाई सन्तहरूका पुस्तक पढ्नमा पूर्ण समर्पित गर्छन् र बाह्य मामलाहरूमा कुनै ध्यान दिँदैनन्। के यी तथाकथित असल मानिसहरू साँच्चिकै असल हुन्छन् त? तिनीहरू आफ्नो ज्ञानको आधारमा जिउँछन्, र आफ्नो बोली र व्यवहारमा थोरै विवेक लगाउँछन्, त्यसैले के यी मानिसहरूमा सत्यता वास्तविकता छ भनेर मान्न सकिन्छ त? के तिनीहरूले दुष्टता गर्दैनन् भनेर साँच्चिकै प्रत्याभूति गर्न सकिन्छ त? कतिपय मानिसहरू अरूप्रति असल अभिप्राय राख्छन्, र बारम्बार परोपकार र सहयोग प्रदान गर्छन्, त्यसैले तिनीहरू आफू महान् परोपकारी भएको विश्‍वास गर्छन्। तर के सधैँ परम्परागत संस्कृतिका दाबीहरूको भरमा कुनै व्यक्तिलाई असल वा दुष्ट भनी मूल्याङ्कन गर्दा सही हुन्छ? सधैँ नैतिक मापदण्डको आधारमा अरूलाई मूल्याङ्कन गर्नु र आफ्नो प्रदर्शन गर्नु भनेको अरूभन्दा आफू नै सद्‌गुणी भन्‍ने सोच्नु हो। के अरूभन्दा आफू नै सद्‌गुणी भन्‍ने सोच्‍ने यी मानिसहरूमा सत्यता हुन्छ? के तिनीहरू सत्यता स्विकार्न र त्यसप्रति समर्पित हुन सक्छन्? निश्‍चय नै सक्दैनन्। यदि तिनीहरूले शक्ति र हैसियत प्राप्त गर्ने हो भने, के तिनीहरूले परमेश्‍वरको विरोध गर्न र उहाँमा विश्‍वास गर्नेहरूलाई क्रूरतापूर्वक सताउन सक्छन्? तिनीहरू यसो गर्न सक्षम हुन्छन्, र यसले चित्रण गर्छ कि तिनीहरूको प्रकृतिमा अझै पनि दुर्भाव छ, र तिनीहरूसँग शैतानी प्रकृति छ। यसको आधारमा के निर्क्योल गर्न सकिन्छ भने, सधैँ ज्ञान र परम्परागत संस्कृतिको आधारमा जिउनेहरू सबैजना दुष्टता गर्न र परमेश्‍वरलाई प्रतिरोध गर्न सक्‍ने पाखण्डीहरू हुन्। कतिपय मानिसहरूले वर्षौँ परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, तर आश्‍चर्यको कुरा, तिनीहरू परम्परागत संस्कृति र ज्ञानको भित्री कुरा खुट्ट्याउन सक्दैनन्। तिनीहरू सारमा यी कुराहरू शैतानी दर्शन, तर्क, र कानुनहरू हुन, र यी कुराहरू मानिसहरूलाई हानि गर्ने ज्ञान र संस्कृति हुन् भनी पूर्ण रूपमा बुझ्न सक्दैनन्। के यस्ता मानिसहरूमा सत्यता वास्तविकता हुन्छ त? जो मानिसहरू परम्परागत संस्कृति र ज्ञानलाई भित्रैसम्‍म बुझ्न र खुट्ट्याउन सक्दैनन्, तिनीहरू बिलकुलै सत्यता नबुझ्ने र अलिकति पनि सत्यता वास्तविकता नभएका मानिसहरू हुन्। कतिपय मानिसहरू कुनैकुनै ज्ञानले मानिसहरूलाई असल हुन पनि मद्दत गर्न सक्छ र यस्ता ज्ञानले मानिसहरूलाई असल कार्यहरू गर्न सिकाउँछ भन्ने सोच्छन्। यो अत्यन्तै गलत हो। ज्ञान जीवन होइन; यो एकप्रकारको नियम हो, यसले सत्यताको विरोध गर्छ, र यो एउटा भ्रम हो। व्यक्तिको ज्ञान जतिसुकै उच्च वा गहन भए पनि, उसले मानवजातिको भ्रष्ट सार, वा उसको आफ्नै प्रकृति, वा भ्रष्ट मानवजाति के हो भन्‍ने कुरा भित्रैसम्‍म देख्न सक्दैन। तब उसको ज्ञानको के काम भयो त? के यो सबैभन्दा सतही र भ्रमपूर्ण धर्मसिद्धान्त होइन र? कन्फ्युसियसवादी सिद्धान्त र “ताओ ते चिङ” जस्तै—यी तथाकथित पुराना चिनियाँ सन्तहरूको पुस्तकका कुराहरू भ्रमपूर्ण हुन्छन्, ती मानिसहरूलाई बहकाउने झूटहरू हुन्, ती पाखण्डी झूटो शिक्षा र भ्रमहरू हुन्, र ती शैतानी बिष र तर्कहरू हुन्। कतिपय मानिसहरू यी कुराहरूलाई सत्यताझैँ आराधना गर्छन्—के तिनीहरू परमेश्‍वरका विश्‍वासी नै हुन् त? यदि तँ हृदयभित्र परमेश्‍वरमा विश्‍वास गर्छस् र हरदिन प्रवचनहरू सुन्छस् र परमेश्‍वरका वचनहरू पढ्छस् भने, तँ किन सत्यता बुझ्न सक्दैनस्? तँ किन सत्यतालाई तेरो पछ्याइको लक्ष्य बनाउन सक्दैनस्? यी मानिसहरू सबैभन्दा मूर्ख र पूर्ण अज्ञानी मानिसहरू हुन्, यिनीहरू मानव खोल ओढेका पशुहरू हुन्, र तिनीहरू अमानवहरू हुन्।

सत्यता के हो? सर्वप्रथम त यो निर्क्यौल गर्नुपर्छ कि, दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू सत्यता होइनन्, अनि सेलिब्रेटी र महान् व्यक्तित्वहरूका आदर्श वाक्यहरू पनि सत्यता होइनन्। कन्फ्युसियसवाद र ताओवादका भनाइहरू, भ्रष्ट मानवजातिले पुर्खाबाट प्राप्त गरेर आम रूपमा मान्यता दिएका असल व्यवहार र कार्यहरू, मानिसहरूको मनलाई मार्गदर्शन गर्ने कुरा र सिद्धान्तहरू, र यस्तै अन्य कुराहरू—यी कुनै पनि कुरा सत्यता होइनन्। के अरूलाई मद्दत गरेर आनन्द लिनु सत्यता हो? (होइन।) अरूलाई मद्दत र परोपकार गरेर आनन्द लिनु असल कार्य हो, र न्यानो हृदय भएको व्यक्ति कम्तीमा पनि दयालु र अरूमाथि दया गर्न सक्षम हुन्छ—तर यो किन सत्यताबमोजिम छैन? (तिनीहरूले मानिसहरूलाई जे-जसरी मद्दत गर्छन्, त्यसमा कुनै सिद्धान्तहरू छैनन्।) के सिद्धान्तबिना मानिसहरूलाई मद्दत गर्नु असल व्यक्ति हुनु हो त? यो त मानिसहरूलाई खुसी पार्नु र सबैसँग मिल्न खोज्नु हो। अनि, के आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउनु सत्यता हो त? (अहँ, होइन।) आफ्ना आमाबुबाको भक्त हुनु सही र सकारात्मक कुरा हो, तर हामी किन यो सत्यता होइन भन्ने गर्छौँ? (किनभने मानिसहरू सिद्धान्तद्वारा आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउँदैनन् र तिनीहरू आफ्ना आमाबुबाहरू साँच्चिकै कस्ता मानिस हुन् भनी खुट्ट्याउन सक्दैनन्।) व्यक्तिले आफ्ना आमाबुबालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सत्यतासँग सम्बन्धित छ। तेरा बुबाआमाले परमेश्‍वरमा विश्‍वास गर्छन् र तँलाई राम्रो व्यवहार गर्छन् भने, के तँ तिनीहरूको भक्त हुनुपर्छ? (हुनुपर्छ।) अनि, तँ कसरी भक्त हुन्छस्? तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूभन्दा फरक व्यवहार गर्छस्। तँ तिनीहरूले भन्‍ने हरेक कुरा मान्छस्, र तिनीहरू पाका उमेरका छन् भने, तिनीहरूको हेरचाह गर्न तँ तिनीहरूसँगै बस्नुपर्छ, जसले तँलाई कर्तव्य निर्वाह गर्न जानबाट रोक्छ। के यसो गर्नु ठिक हो? (होइन।) त्यस्तो बेला तैँले के गर्नुपर्छ? यो परिस्‍थितिमा निर्भर हुन्छ। यदि तैँले घरनजिकै रहेर कर्तव्य निर्वाह गर्दै तिनीहरूको हेरचाह गर्न सक्छस् र तेरा बुबाआमाले परमेश्‍वरमाथिको तेरो विश्‍वासको विरोध गर्दैनन् भने, तैँले छोरा वा छोरीको रूपमा तेरो जिम्‍मेवारी पूरा गर्नुपर्छ र बुबाआमालाई केही काममा सघाउनुपर्छ। तिनीहरू बिरामी छन् भने, तिनीहरूको हेरचाह गर्; यदि कुनै कुराले तिनीहरूलाई समस्यामा पारिरहेको छ भने, तिनीहरूलाई सान्त्वना दे; यदि तेरो आर्थिक स्थिति राम्रो छ भने, तेरो गच्छेअनुसार तिनीहरूलाई पौष्टिक तत्वहरू किनिदे। तर यदि तँ कर्तव्यमा व्यस्त छस्, तेरा बुबाआमालाई हेरचाह गर्ने कोही पनि छैन, अनि तिनीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्छन् भने तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? आमाबुबाको भक्त सन्तान बन्‍नु सत्यता होइन, यो त मानव जिम्‍मेवारी र दायित्व मात्रै हो, त्यसकारण तेरो दायित्व तेरो कर्तव्यसँग बाझिन्छ भने तैँले के गर्नुपर्छ? (कर्तव्यलाई प्राथमिकता दिनुपर्छ; कर्तव्यलाई पहिलो स्थानमा राख्‍नुपर्छ।) दायित्व व्यक्तिको कर्तव्य नै हो भन्‍ने हुँदैन। कर्तव्य निभाउने निर्णय गर्नु सत्यता अभ्यास गर्नु हो, तर दायित्व पूरा गर्नु सत्यता अभ्यास गर्नु होइन। यदि तेरो यो अवस्था छ भने, तैँले यो जिम्‍मेवारी वा दायित्व पूरा गर्न सक्छस्, तर वर्तमान अवस्था प्रतिकूल छ भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “मैले कर्तव्य पूरा गर्नैपर्छ—त्यो सत्यता अभ्यास गर्नु हो। आमाबुबाप्रति भक्तिभाव देखाउनु विवेकअनुसार जिउनु हो तर त्यो सत्यता अभ्यासभन्दा तल हुन्छ।” त्यसैले, तैँले कर्तव्यलाई प्राथमिकता दिनुपर्छ र यसैको परिपालन गर्नुपर्छ। यदि अहिले तँसँग कुनै कर्तव्य छैन, र घरबाट टाढा काम गर्दैनस्, र आमाबुबाको नजिकै बस्छस् भने, तिनीहरूको हेरचाह गर्ने उपाय लगा। तिनीहरूलाई अलिक राम्ररी जिउन र तिनीहरूको कष्ट कम गर्न मदत गर्न सक्दो गर्। तर यो कुरा तेरा आमाबुबा कस्ता मानिसहरू हुन् त्यसमा पनि भर पर्छ। यदि तेरा आमाबुबाको मानवता खराब छ र तिनीहरू तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट निरन्तर बाधा दिइरहन्छन् भने, र यदि तिनीहरूले तँलाई परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निर्वाह गर्नबाट टाढा लागिरहन्छन् भने, तैँले के गर्नुपर्छ? तैँले कुन सत्यता अभ्यास गर्नुपर्छ? (इन्कार।) यस्तो बेलामा, तैँले तिनीहरूलाई इन्कार गर्नैपर्छ। तैँले आफ्‍नो दायित्व पूरा गरेको छस्। तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसकारण तँसँग तिनीहरूलाई सन्तानीय आदर देखाउने कुनै दायित्व छैन। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, तिनीहरू तेरो परिवार र आमाबुबा हुन्। तर विश्‍वास गर्दैनन् भने, तिमीहरू फरकफरक मार्ग हिँडिरहेका छौ: तिनीहरू शैतानमा विश्‍वास गर्छन् र दियाबलस राजाको आराधना गर्छन्, र शैतानको मार्ग हिँड्छन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूभन्दा फरक मार्ग हिँड्ने मानिसहरू हुन्। तिमीहरू अब परिवार रहँदैनौ। तिनीहरू परमेश्‍वरका विश्‍वासीहरूलाई आफ्‍ना विरोधी र शत्रुहरू मान्छन्, त्यसकारण तँसँग तिनीहरूलाई हेरचाह गर्ने कुनै दायित्व बाँकी हुँदैन र तैँले तिनीहरूसँग पूरै सम्‍बन्ध तोड्नुपर्छ। कुनचाहिँ सत्यता हो: आमाबुबाको भक्ति गर्नु कि कर्तव्य निभाउनु? अवश्य नै, कर्तव्य निभाउनुचाहिँ सत्यता हो। परमेश्‍वरको घरमा कर्तव्य निभाउनु भनेको केवल दायित्व पूरा गर्नु र आफूले गर्नुपर्ने काम गर्नु मात्रै होइन। यो त सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनु हो। यसमा परमेश्‍वरको आज्ञा समावेश हुन्छ; यो तेरो दायित्व र जिम्‍मेवारी हो। यो साँचो जिम्‍मेवारी हो, अर्थात् सृष्टिकर्ताको अघि आफ्‍नो जिम्‍मेवारी र दायित्व पूरा गर्नु। यो सृष्टिकर्ताले मानिसहरूलाई दिनुभएको मापदण्ड हो, र यो जीवनको ठूलो विषय हो। तर आमाबुबाप्रति सन्तानीय आदर देखाउनु छोराछोरीको जिम्‍मेवारी र दायित्व मात्रै हो। यो निश्‍चय नै परमेश्‍वरले आज्ञा गर्नुभएको होइन, यो परमेश्‍वरको मापदण्डबमोजिम हुने त परको कुरा हो। त्यसकारण, आमाबुबालाई सन्तानीय आदर देखाउनु र कर्तव्य निभाउनुबीचमा, निस्सन्देह नै कर्तव्य निभाउनु मात्रै सत्यता अभ्यास गर्नु हो। सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु नै सत्यता हो, र यो हामीले पूरा गर्नैपर्ने कर्तव्य हो। आमाबुबाप्रति सन्तानीय आदर देखाउनु भनेको मानिसहरूप्रति भक्ति देखाउनु हो। यसको अर्थ व्यक्तिले आफ्‍नो कर्तव्य निभाउँदै छ भन्‍ने हुँदैन, न त यसबाट उसले सत्यता अभ्यास गरिरहेको छ भन्‍ने नै बुझिन्छ। यी कुराहरूबारे यसरी सङ्गति गरेपछि, तिमीहरू आफैले यी कुराहरूबीच भिन्नता छुट्याउन सक्नुपर्छ, र के सत्यता हो र के सत्यता होइन भनी जान्नुपर्छ। अब मानिसहरू अरू कस्ता कुराहरूलाई सत्यताको रूपमा सम्मान गर्छन् भनी सोच त। (समाजमा प्रायजसो “सकारात्मक ऊर्जा” भन्ने शब्दावली प्रयोग गरिन्छ; यो पनि एउटा नकारात्मक कुरा हो र सत्यता होइन।) अविश्‍वासीहरू जे कुराहरू बोल्छन्, तीमध्ये धेरैजसो दियाबलस प्रकृतिका कुराहरू हुन्। “सकारात्मक ऊर्जा” भन्ने शब्दावली कुन पृष्ठभूमिबाट आएको हो? समाजमा उब्जिने यी चर्चित भनाइ, अनौठा सिद्धान्त, वा प्रचलित शब्दहरू सबैको पृष्ठभूमि हुन्छ। के तिमीहरूलाई यो नयाँ शब्दावली कहाँबाट उब्जिएको हो भन्ने थाहा छ? चीनमा, सामाजिक परिवेश झन्झन् दुष्ट बन्दै गएको छ, र मानिसहरू दुष्टताको वकालत गर्छन्। दियाबलसहरूले जे भने वा गरे पनि मानिसहरू पालना गर्छन्। कतिपय मानिसहरूले यो सहन नसकेर यसबारे टिप्पणी गरे पनि, त्यो काम लाग्दैन, र कसैले वास्ता गर्दैन। चीनमा, दुष्टता एउटा प्रचलन नै बनेको छ, र मानिसहरूको कुनै समूहले पनि यो दुष्ट प्रचचलन रोक्न सक्दैन। हरेकलाई देशको नैतिकता दिनानुदिन पतन भइरहेको अनुभूति हुन्छ। सबै शक्ति दुष्ट राक्षसहरूको पकडमा छ, र तिनीहरूले नै देश र जनतामाथि नियन्त्रण जमाउँछन्। दियाबलसहरूले आफूले चाहेको जे पनि गर्छन्, तिनीहरूलाई कसैले रोक्न सक्दैन। मानिसहरूलाई मूर्ख बनाउन, शक्तिमा रहेकाहरूले धेरै भ्रमपूर्ण कामहरू गरेर मानिसहरूलाई बहकाएका र धोका दिएका छन्, र तिनीहरू यी सबै कार्यहरू सकारात्मक ऊर्जामै पर्ने दाबीसमेत गर्छन्। “सकारात्मक ऊर्जा” यही पृष्ठभूमिबाट उत्पन्न भएको हो। अनि, अविश्‍वासीहरूले “सकारात्मक ऊर्जा” भन्नुको अर्थ के हो? यो तिनीहरूले भन्ने गरेको सिधापन वा एकप्रकारको असल व्यवहार हो। तर वास्तवमा, के यो सकारात्मक ऊर्जाले समाजमा प्रभाव पार्न सक्छ त? के यसले दुष्ट प्रचलनहरूको बाढी रोक्न सक्छ त? के यसले दुष्ट प्रचलनहरू विकास हुने प्रवृत्ति रोक्न सक्छ त? सक्दैन; यसले केही पनि बदल्न सक्दैन। यसले किन केही पनि बदल्न सक्दैन? “सकारात्मक ऊर्जा” भन्ने शब्दावली निकै शक्तिशाली सुनिन्छ, तैपनि यसले किन केही पनि बदल्न वा कुनै पनि समस्या हल गर्न सक्दैन? यसले त बच्चाहरू दिनभरि इन्टरनेटमा बस्ने लतको समस्यासमेत बदल्न वा समाधान गर्न सक्दैन। विगतमा, मानिसहरूबीच अझै पनि थोरै स्नेह र थोरै विवेक र समझ बाँकी थियो, र छिमेकीहरूबीच अझै पनि थोरै शिष्टाचार हुन्थ्यो, तर अहिले स्थिति फरक छ। मानव सम्बन्धहरू परिवर्तनशील र अस्थिर बनेका छन्, मानिसहरू एकअर्काप्रति नौला बनेका छन्। मानिसहरू आफ्ना छिमेकीहरू दुर्घटनामा परेको देख्दा वास्तासमेत गर्दैनन्, न त कसैले मद्दत माग्दा मद्दत गर्ने आँट नै गर्छन्। यसमा समस्या के हो? के सकारात्मक ऊर्जा नभएर मानिसहरू यस्ता बन्ने हुन्? के पहिलेचाहिँ समाजमा सकारात्मक ऊर्जा भएको हो त? होइन, पहिले पनि समाज उस्तै थियो। “सकारात्मक ऊर्जा” भनेको एउटा मिठो शब्दावली मात्र हो, यसमा कुनै व्यावहारिकता छैन। यो एक खोक्रो सिद्धान्त हो जसको कुनै प्रभावकारिता छैन।

ल भन त, को बढी खराब हो: पहिलेका मानिस कि अहिलेका मानिस? (अहिलेका मानिसहरू बढी खराब छन्।) तँ यो कुरा कसरी मापन गर्छस्? तेरो दृष्टिकोणअनुसार आजका मानिसहरू कठोर हृदयका, र पारिवारिक प्रेम र साँचो मित्रता नभएका छन्, बफादारी वा विवेकबारे कसैलाई वास्ता छैन, र तिनीहरू सधैँ यसो भन्ने गर्छन्, “विवेकको मूल्य कति हो?” “विवेक के हो र? पैसा कमाउनुचाहिँ पहिलो कुरा हो!” तँलाई मानिसहरूले विवेक गुमाएका छन्, र अहिले मानिसहरूले सामान बेच्दा पूरै पैसा फिर्ता नदिनु र कालो धन कमाउनु सामान्य कुरा हो, र सबैजना एकअर्कालाई ठग्ने र लुट्ने गर्छन् भन्ने लाग्छ। तर अर्कोतर्फ, तँ प्राचीन समयका दक्ष व्यापारीहरू सामान बेच्दा सिद्धान्तहरू अपनाउँथे, र तिनीहरू तोकिएको मूल्यमै सामान बेच्थे, आफ्ना साना ठूला सबै ग्राहकहरूप्रति इमानदार व्यावहार गर्थे, र कसैलाई ठग्दैनथे भन्ने विश्‍वास गर्छस्। त्यसकारण, तँलाई पहिलेका मानिसहरू अहिलेका भन्दा धेरै राम्रा थिए भन्ने लाग्छ। त्यसोभए यो “राम्रा” ले के जनाउँछ त? यो वास्तवमा विवेक र तिनीहरूले जिउने व्यवहारमा आधारित हुन्छ। यदि तँ मानिसहरूलाई यसको आधारमा मापन गर्छस् भने, विगतका मानिसहरू अहिलेका भन्दा राम्रा थिए। विगतका मानिसहरू बढी सरल र सोझा थिए, र तिनीहरूमा विवेक र सर्मको बोध थियो। तिनीहरूमा आचरणको न्युनतम मापदण्ड थियो र तिनीहरू कम्तीमा पनि विवेकहीन हुने कुनै काम गर्दैनथे, न त मानिसहरूबाट आलोचित हुने वा आफ्नो बदनाम हुने काम नै गर्थे। आजका मानिसहरू यी कुराहरू वास्ता गर्दैनन्; तिनीहरूमा सर्मको बोध नै छैन। तिनीहरू पैसा कमाउन र आफ्नो नाम राख्न मात्र चाहन्छन्। यही कारणले गर्दा, आजका मानिसहरू पूर्ण रूपमा खराब छन् भन्ने गरिन्छ। त्यसोभए, आजका मानिसहरू कसरी यस्तो खराब बने त? के तिनीहरू एकपछि अर्को पुस्ता हुँदै, प्राचीन समयदेखि हालसम्म विकसित हुँदै आएका होइनन् र? आजका मानिसहरू प्राचीन समयका भन्दा फरक छैनन्। तिनीहरूको वंशाणु र स्वरूप परिवर्तन भएका छैनन्। यति मात्र हो कि तिनीहरूको जियाइ अवस्था प्राचीन समयमा भन्दा राम्रो भएको छ। आज, मानिसहरू धेरै जटिल कुराहरू सिक्छन् र तिनीहरु धेरै क्षेत्रमा दक्ष छन्, तिनीहरूको ज्ञान प्राचीन समयका मानिसहरूको भन्दा उच्च छ, तिनीहरूमा प्राचीन समयका मानिसहरूमा भन्दा धेरै सीप छ, र तिनीहरूमा अहङ्कारको भावना छ। यदि हामीले त्यसलाई यो दृष्टिकोणबाट हेर्‍यौँ भने, के आजका मानिसहरू पहिलेका भन्दा खराब छन् भन्नु सही हुन्छ? हामी यो भनाइ सही र सत्यताबमोजिम छ छैन भनी कसरी मूल्याङ्कन गर्न सक्छौँ? त्यसलाई यसरी व्याख्या गरौँ: यदि तँ इतिहाससम्बन्धी नाटकहरू हेर्छस् भने, ती साम्राज्य अदालत जियाङशु[क]बारे भए पनि वा साधारण मानिसहरूको जीवनबारे भए पनि, त्यसका घटनाक्रमहरू द्वन्द्वले नै भरिएका हुनेछन्। यो मानवताको साँचो पक्ष हो। मानिसहरू एकअर्कासँग शक्ति र चाहनाको लागि जीवन वा मरणको सङ्घर्ष लड्छन्। यसमा, मानव प्रकृति पूर्ण र प्रस्ट रूपमा खुलासा हुन्छ र त्यो ठ्याक्कै शैतानकै जस्तो हुन्छ। त्यसैले, के तैँले देखेका अहिले भइरहेका ती सबै कुराहरू एक समय मात्र देखा परेका हुन् भन्नु साँचो हो त? के मानिसहरू धर्तीका केही स्थानहरू अशुभ भएकाले, र त्यहाँ अपवित्र राक्षसहरू बस्ने हुनाले, त्यस ठाउँमा उग्र लडाइँ लड्छन् र? कि ती मानिसहरूमा खराब वंशाणु भएर तिनीहरूको प्रकृति आक्रोशित बनेको हो? (दुइटै होइनन्।) त्यसोभए यी द्वन्द्वहरू कसरी उत्पन्न हुन्छन् त? ती सबै द्वन्द्वहरू शक्ति, हैसियत, र आफ्नो हितको लागि लडिएका हुन्। सामाजिक स्तर उच्चदेखि निम्न जे-जस्तो भए पनि, मानिसहरू सधैँ निरन्तर लडाइँ र प्रतिस्पर्धा गर्दै आएका छन्, थकित नभएसम्म लड्दै र आफ्नो जीवन जोखिममा राखेर प्रतिस्पर्धा गर्दै आएका छन्। यी घटनाहरूबाट हामी के देख्न सक्छौँ? सम्पूर्ण मानव इतिहासको विकासका यी सूक्ष्म कुराहरू र ऐतिहासिक तथ्यहरूको परिप्रेक्ष्यबाट हेर्दा, मानवजातिको प्रकृति कहिल्यै परिवर्तन भएको छैन। मानिसहरू शैतानी शक्तिको प्रभावमा बाँचुन्जेल, प्रत्येक युग र चरणको जीवनको विषयवस्तु उस्तै रहन्छ, र त्यसको सार पनि उस्तै रहन्छ। किनभने मानव द्वन्द्वका लक्ष्य, कारण, र जडहरू सधैँ उही हुन्छन्—ती सबै शक्ति, हैसियत, र आखिर आफ्नै हितको निम्ति लडिएका हुन्। द्वन्द्वका सबै माध्यमहरू एउटै स्रोतबाट पैदा हुन्छन्—त्यो हो, शैतानको प्रकृति र स्वभाव। अनि, मानव द्वन्द्वका माध्यम र विधिहरू किन अपरिवर्तित रहेका छन्? यो पूर्णतया मानव प्रकृतिका कारणले गर्दा हो। मानिसहरू दिमाग खियाएर हरतरिकाले झगडा गर्ने र एकअर्कालाई हानि पुर्‍याउने, एकअर्कालाई छल्ने, धोका दिने, र ठग्ने गर्छन्—तिनीहरू अनेकथरीका छली विधिहरू प्रयोग गर्छन्। चाहे ठूला राजनीतिक सङ्घर्षहरूमा होस् वा साधारण परिवारहरूमाझको द्वन्द्वमा, तिनीहरू सधैँ आफ्नै हितको लागि लडिरहेका हुन्छन्। मानवताको साँचो रूप, र मानवजातिको साँचो रङ यही हो। विकसित हुँदै अहिलेको अवस्थामा आइपुगेको मानवजाति अझै पनि उही मानवजाति हो र मानवजातिलाई भ्रष्ट तुल्याउने शैतान पनि उही हो। बाहिरी परिवेश बिस्तारै परिवर्तन भइरहेको भए पनि, यसको अर्थ यो होइन कि मानव प्रकृति परिवर्तन भएको छ। मानव द्वन्द्वका विधि र माध्यमहरू परिवर्तन भएका हुन सक्छन्, तर मान्छेको लडाकु प्रकृति र यी द्वन्द्वहरूको सुरुवाती बिन्दु बिलकुलै परिवर्तन भएका छैनन्। मान्छेमा अझै एउटै प्रकृति छ, र यी द्वन्द्वहरूको अझै एउटै लक्ष्य र एउटै स्रोत छ—यी कुराहरू बिलकुलै परिवर्तन भएका छैनन्। तिमीहरूले भन्यौ, विगतका मानिसहरू राम्रा थिए। तर तिनीहरू कुन हिसाबले राम्रा थिए? तिनीहरू परम्परागत संस्कृतिद्वारा अलि संयमित थिए, त्यसैले तिनीहरू धेरथोर रूपमा केही असल कार्यहरू गर्न सक्षम हुन्थे। अहिले मानवजाति विकसित भएर आजको दिनसम्म आइपुगेको छ, तर जीवनको गुणस्तर जति नै उच्च भए पनि, मानिसहरूले जतिसुकै ज्ञान र शिक्षा प्राप्त गरे पनि, वा जतिसुकै अनुभव बटुले पनि, मानव प्रकृति बदलिएको छैन। यसअलावा, समाजको विकासक्रमसँगै मानव प्रकृतिका प्रकटीकरणहरू झन्झन् दुष्ट, भद्दा, र नैतिकहीन बन्दै गएका छन्। परमेश्‍वरले जतिसुकै वचनहरू बोल्नुभए पनि वा उहाँले जतिसुकै सत्यताहरू व्यक्त गर्नुभए पनि, मानिसहरू तिनलाई बेवास्ता गर्छन्। मानिसहरू सत्यतालाई बिलकुलै प्रेम गर्दैनन्, तिनीहरू त सत्यताप्रति झनै प्रतिकूल भएका छन् र तिनीहरू सत्यतालाई झनै बढी घृणा गर्छन्। के अहिले समाजमा असल काम गर्ने कोही मानिसहरू छन् त? (छन्, तर पहिलेभन्दा कम।) त्यसोभए, के तैँले यी मानिसहरू राम्रा छन्, र तिनीहरू खराब बनेका छैनन् भन्न मिल्छ त? (मिल्दैन।) के तिनीहरू निश्‍चय नै शून्यतामा जिइरहेका छन् त? अनि, तिनीहरू कस्ता असल कार्यहरू गर्ने गर्छन्? ती असल व्यवहार र असल अभिप्रायहरू मात्र हुन्। यदि तँ तिनीहरूसित परमेश्‍वरमा विश्‍वास गर्ने मामलाहरूबारे, जस्तै असल व्यक्ति हुन र परमेश्‍वरलाई आराधना गर्न परमेश्‍वरमा विश्‍वास गर्नेबारे, कुरा गर्छस् भने, तिनीहरूका प्रतिक्रियाहरू नियाल्ने गर्। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको खण्डमा तिनीहरू सरकारको उत्पीडनमा पर्नेछन् भनी सुनेमा, तिनीहरूले तँलाई शत्रुझैँ व्यवहार गर्नेछन् र तेरो गिल्ला गर्नेछन्। यदि तेरो खोजी भइरहेको छ र तँलाई सताइँदै छ, अनि तैँले तिनीहरूको घरमा अलि समय लुक्ने कोसिस गरिस् भने, तिनीहरूले तेरो उजुरी गरेर तँलाई सरकारको हातमा सुम्पनेछन्। तिनीहरू कार दुर्घटनाको घाइतेको ज्यान जोगाउन उसलाई अस्पताल पुर्‍याउनेछन्, तैपनि परमेश्‍वरमा विश्‍वास गर्ने असल व्यक्तिलाई दुष्ट राक्षसहरूको हातमा थम्याउने काम पनि गर्नेछन्, अनि त्यहाँ उसलाई दुर्व्यवहार गरिनेछ र सताएर मारिनेछ। तँ यसलाई कसरी प्रस्ट्याउँछस्? कुन व्यवहारले तिनीहरूको प्रकृति झल्काउँछ? त्यो पछिल्लोचाहिँ तिनीहरूको प्रकृति हो। तिनीहरू केही मानिसहरूलाई बचाउँछन्, र केही मानिसहरूलाई खतरनाक परिस्थितिमा पनि पुर्‍याउँछन्। के यस्ता मानिसहरू मानव हुन् कि राक्षस? यदि कुनै एक दिन मात्र पनि कुनै व्यक्तिले आफ्नो शैतानी प्रकृति फाल्दैन भने, उसले दुष्टता गर्न र परमेश्‍वरको प्रतिरोध गर्न सक्छ। अनि, उसले परमेश्‍वरलाई प्रतिरोध गर्न सक्छ भने, ऊ असल व्यक्ति होइन। के यो भनाइ सही हो? (हो।) यसमा के कुरा सही छ? (उसले अभ्यास गर्ने कुरा सत्यता होइन। उसका बाहिरी कार्य र व्यवहार जति राम्रा भए पनि, उसको प्रकृति परमेश्‍वरप्रति शत्रुवत्‌ हुन्छ।) उसको प्रकृति परमेश्‍वरप्रति शत्रुवत हुन्छ। यो भनाइ साँचो हो। हामी यो भनाइलाई कसरी प्रस्ट्याउन सक्छौँ? हामी किन परमेश्‍वरप्रति शत्रुवत्‌ व्यक्ति असल व्यक्ति होइन भन्ने गर्छौँ? (परमेश्‍वर सबै सकारात्मक कुराहरूको प्रतीक हुनुहुन्छ। यदि कुनै व्यक्ति परमेश्‍वरप्रति शत्रुवत्‌ हुन सक्छ भने, ऊभित्रको सबै कुरा नकारात्मक हुन्छ।) सिद्धान्तत: कुरा त्यही हो, र त्यो भनाइ साँचो हो। कुनै व्यक्ति बाहिरी रूपमा जति नै असल वा भक्त देखिन सके पनि, उसले अरूलाई मद्दत गरेर जतिसुकै आनन्द लिए पनि वा ऊ अरूप्रति जतिसुकै दयालु भए पनि, यदि सकारात्मक कुराहरू सुन्दा उसले प्रतिकूलता र विरोध महसुस गर्छ, र यदि सत्यता सुन्दा ऊ त्यसलाई स्विकार्न सक्दैन र त्यसप्रति प्रतिकूल बन्छ भने, ऊ कस्तो व्यक्ति हो? ऊ असल व्यक्ति होइन। सकारात्मक कुरा र सत्यताप्रति शत्रु रहेका मानिसहरू असल मानिस होइनन्। सामान्यतया, तँ यसो भन्न सक्छस्। अवश्य नै, यसभित्र धेरै कुराहरू छन्। म एउटा उदाहरण दिन्छु, त्यसपछि यो भनाइ किन सत्यता हो भनेर तैँले बुझ्नेछस्। जस्तै, कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य निभाउने भएर आफ्नो परिवार त्याग्छन्। तिनीहरूले यही कारणले चर्चा कमाउँछन् र सरकारले बारम्बार तिनीहरूको घर खानतलास गर्छ, तिनीहरूका आमाबुबालाई दमन गर्छ, र तिनीहरूलाई सरकारसामु सुम्पन आमाबुबालाई धम्क्याउनेसमेत गर्छ। सारा छिमेकीहरू यसो भन्दै तिनीहरूबारे कुरा गर्छन्, “यो व्यक्तिमा विवेक छैन। ऊ आफ्ना पाका आमाबुबाको वास्ता गर्दैन। ऊ अनुत्तरदायी सन्तान त हो नै, उसले आमाबुबालाई धेरै समस्यामा समेत पार्छ। ऊ अनुत्तरदायी सन्तान हो!” के यी कुनै शब्द सत्यतासँग मिल्छन्? (मिल्दैनन्।) तर के यी सबै शब्दहरू अविश्‍वासीहरूको नजरमा सही मानिँदैन र? अविश्‍वासीहरू यो नै यसलाई हेर्ने सबैभन्दा मान्य र व्यावहारिक तरिका हो, र यो मानव नैतिकतासँग मिल्दो, र मानव आचरणका मापदण्डबमोजिम छ भन्ठान्छन्। यी मापदण्डहरूमा आमाबुबाप्रति सन्तानीय आदर कसरी देखाउने, वृद्धावस्थामा उनीहरूको हेरचाह कसरी गर्ने, अनि दाहसंस्कार कसरी गर्ने, वा उनीहरूको मायाको ऋण कसरी तिर्नेजस्ता जतिसुकै कुराहरू समेटिएका भए पनि, र यी मापदण्डहरू सत्यतासँग मिले पनि नमिले पनि, अविश्‍वासीहरूको नजरमा, ती सकारात्मक कुराहरू हुन्, ती सकारात्मक ऊर्जा र सही कुरा हुन्, र ती सबै गुटका मानिसहरूको नजरमा दोषरहित हुन्छन्। अविश्‍वासीहरूको लागि त मानिसहरूले जिउने मापदण्डहरू यिनै हुन्, र तिनीहरूको हृदयमा पर्याप्त मात्रामा असल हुनलाई तैँले यिनै कामहरू गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गरेर सत्यता बुझ्नुअघि, के तैँले पनि यस्तो आचरण नै असल व्यक्ति हुनु हो भनेर विश्‍वास गर्थिनस् र? (गर्थेँ।) साथै, तैँले यी कुराहरूद्वारा नै आफूलाई मूल्याङ्कन गर्ने र संयमित पार्ने कामसमेत गर्थिस्, र तैँले आफूलाई यस्तो व्यक्ति हुन आवश्यक गराउँथिस्। यदि तँ असल व्यक्ति हुन चाहेको भए, तैँले आफ्ना आचरणका मापदण्डहरूमा आफ्ना आमाबुबाप्रति कसरी उत्तरदायी हुने, उनीहरूको चिन्ता कसरी घटाउने, उनीहरूलाई कसरी इज्जत र श्रेय दिने, र आफ्ना पुर्खाहरूलाई कसरी महिमा दिने भन्‍नेजस्ता कुराहरू निश्‍चय नै समावेश गरेको थिइस् होला। तेरो हृदयमा भएका आचरणका मापदण्डहरू र तेरो आचरणका निर्देशनहरू यिनै थिए। तर तैँले परमेश्‍वरका वचन र उहाँका प्रवचनहरू सुनेपछि, तेरो दृष्टिकोण बदलिन थाल्यो, र तैँले बुझिस् कि सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउन तैँले सबथोक त्याग्नुपर्छ, र परमेश्‍वर मानिसहरूले आफूलाई यस्तै आचरणमा ढालून् भन्‍ने मापदण्ड दिनुहुन्छ। सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु नै सत्यता हो भनी तँ निश्‍चित हुनुअघि, तैँले आफू आमाबुबाप्रति उत्तरदायी हुनुपर्छ भन्ने सोच्थिस्, तर तँलाई तैँले सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनुपर्छ भन्ने पनि लाग्थ्यो, र तँ भित्री रूपमा दोधारमा थिइस्। परमेश्‍वरका वचनहरूको निरन्तरको मलजल र रखवारीमार्फत, तैँले बिस्तारै सत्यता बुझिस्, र त्यसपछि नै तैँले सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउनु पूर्णतया स्वाभाविक र न्यायसङ्गत कुरा हो भन्ने महसुस गरिस्। आजको दिनसम्ममा, धेरै मानिसहरूले सत्यता स्विकार्न र मान्छेको परम्परागत धारणा र कल्पनाहरूमा भएका आचरणका मापदण्डहरू पूरै त्याग्न सकेका छन्। अनि यी कुराहरू पूरै त्यागेपछि, अबउप्रान्त तैँले परमेश्‍वरलाई पछ्याउँदा र सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य निभाउँदा, तँ अविश्‍वासीहरूका आलोचना र निन्दाका वचनहरूद्वारा बाधित हुनेछैनस्, बरु तिनलाई सजिलै मिल्काउन सक्छस्। त्यसोभए, ती पुराना, परम्परागत धारणाहरू तेरो हृदयबाट किन हराएका हुन् त? तँ खराब बनेको पो हो कि? के तेरो हृदय कठोर बनेको र तेरो विवेक हराएको हो? (होइन।) खासमा, तेरो विवेक परिवर्तन भएको होइन, तँ अझै पनि उही व्यक्ति होस्, तेरो व्यक्तित्व, प्राथमिकता, र विवेक र नैतिकताका मापदण्डहरू परिवर्तन भएका छैनन्। त्यसोभए, अविश्‍वासीहरूले आलोचना र निन्दाका ती वचनहरू बोल्दा, तँलाई किन दुःख वा पीडा महसुस हुँदैन, बरु हृदयमा शान्ति र खुसी महसुस हुन्छ? यो निकै ठूलो रूपान्तरण हो, तँ कसरी यस्तो भइस्? (परमेश्‍वरका वचनहरू खाएर पिएर, अनि केही सत्यताहरू बुझेर, मैले मूल्याङ्कनका सही मापदण्डहरू पाएको छु, र तिनीहरूका कुराहरू भ्रम मात्र हुन् भनी खुट्ट्याउन सकेको छु।) अविश्‍वासीहरू यसो भनेर हामीबारे अफवाह फैलाउँछन्, “यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, आफ्ना परिवारको हेरचाह गर्दैनन्, र असाध्यै कठोर बन्छन्—तिनीहरू नृशंस पशुझैँ बन्छन्।” बाहिरी रूपमा त्यस्तो देखिएला, तर त्यो वास्तविकता होइन। दृष्टिहीन मानिसहरूले देख्नै नसक्ने एउटा मूलभूत समस्या छ। के मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, सत्यताले तिनीहरूलाई साँच्चिकै कठोर हृदयको बनाउन सक्छ त? (सक्दैन।) त्यसोभए, यहाँ साँच्चिकै के भइरहेको छ? (विविध कुराहरूबारे ती विश्‍वासीहरूको दृष्टिकोण परिवर्तन भएको छ; तिनीहरूले सत्यता बुझेका छन् र समझशक्ति प्राप्त गरेका छन्।) यो त परमेश्‍वरका वचनहरू खाएर पिएर प्राप्त भएको नतिजा हो। अनि, यो नतिजा कसरी हासिल हुन्छ? विवध कुराहरूबारे तेरो दृष्टिकोण के कुराले परिवर्तन गरायो? त्यो कहिले परिवर्तन हुन थाल्यो? परमेश्‍वरका वचनहरूले नै मानिसहरूको दृष्टिकोण परिवर्तन गर्छन्, र यसरी जीवन र विविध मामलाबारे तिनीहरूको सबै दृष्टिकोण बदलिदिन्छन्, र अविश्‍वासीहरूको दृष्टिकोणभन्दा फरक बनाइदिन्छन्।

विगतमा, मानिसहरू सधैँ आफ्‍नो विवेकअनुसार काम गर्थे र अरूलाई मापन गर्न यसैको प्रयोग गर्थे। मानिसहरूले निरन्तर विवेकको जाँच पास गर्नुपर्थ्यो, तिनीहरूलाई सधैँ अफवाह एउटा डरलाग्दो कुरा हो भन्ने महसुस हुन्थ्यो, र तिनीहरू अरूले हाँसोमा उडाउँलान् कि वा प्रतिष्ठा खराब होला कि, वा आफूलाई “विवेकहीन वा खराब व्यक्ति” भनेर भनिएला कि भनेर डराउँथे। त्यसकारण, परिवेशमा समायोजित हुनकै लागि तिनीहरू मन नभईनभई कतिपय कुराहरू भन्न र गर्न बाध्य हुन्थे। अहिले यी कुराहरूलाई कसरी मापन गर्नुपर्छ? (सत्यता सिद्धान्तहरूद्वारा मापन गर्नुपर्छ।) विगतमा मानिसहरूको जीवन अविश्‍वासीहरूको धारणा र भ्रमहरूले बाँधिएको बेला, अवस्था कस्तो थियो? तँ सानै हुँदादेखि, तेरा आमाबुबाले उदाहरण देखाउँदै तँलाई यस्ता शब्‍दहरू सिकाइरहे: “ठूलो भएपछि, तैँले हामीलाई गर्वित तुल्याउनुपर्छ; हाम्रो परिवारको इज्‍जत बढाउनुपर्छ!” तेरो लागि यी शब्दहरू के बन्दै आएका छन्? प्रोत्साहन कि प्रतिबन्ध? सकारात्मक प्रभाव कि एक प्रकारको नकारात्मक नियन्त्रण? वास्तवमा ती एक प्रकारको नियन्त्रण हुन्। मानिसहरूले सही र असल ठान्‍ने गरेका केही अभिव्यक्ति वा सिद्धान्तका आधारमा तेरा आमाबुबाले तेरो लागि उद्देश्य तय गरिदिन्छन्, र तँलाई त्यही उद्देश्यमा केन्द्रित भएर जिउन लगाउँछन्, र अन्त्यमा तैँले आफ्‍नो स्वतन्त्रता गुमाउँछस्। तैँले किन यसरी आफ्‍नो स्वतन्त्रता गुमाउँछस् र तँ यसको नियन्त्रणमा पर्छस्? किनभने मानिसहरूले आफ्‍नो परिवारको इज्‍जत बढाउनु राम्रो कुरा हो भन्‍ने सोच्छन्। यदि तैँले त्यस्तै खालको विचार गर्दैनस् वा आफ्‍नो परिवारको आदर बढाउने काम गर्न चाहँदैनस् भने, तँलाई धर्तीको भार, र निकम्मा मानिसको रूपमा हेरिन्छ, र मानिसहरूले तँलाई नीच ठान्‍नेछन्। सफल हुनका लागि, तैँले मेहनतसाथ अध्ययन गर्नुपर्छ, अझै धेरै सीप बटुल्‍नुपर्छ, र तेरो कुल-खानदानको मानसम्‍मान बढाउनुपर्छ। त्यसरी, भविष्यमा मानिसहरूले तँलाई हेप्‍नेछैनन्। के यो उद्देश्यको लागि तैँले गर्ने सबै कुरा वास्तवमा तँलाई बाँध्‍ने साङ्ला मात्रै होइनन् र? (हुन्।) तेरा आमाबुबाले तँलाई सफलताको पछि लाग्‍न र परिवारमा इज्‍जत ल्याउन आदेश दिने हुनाले, र तैँले असल जीवन जिउन अनि तेरो परिवारलाई गर्व गर्ने मौका दिन सक् भनेर तेरै सर्वोत्तम हितको लागि काम गरिरहेका हुने हुनाले, तँ यस्तो जीवनशैलीको पछि लाग्‍नु स्वाभाविक कुरा हो। तर वास्तवमा, यी कुराहरू एक किसिमका समस्या र बन्धन हुन्। जब मानिसहरूले सत्यता बुझेका हुँदैनन्, तब तिनीहरूले यी कुराहरूलाई सकारात्मक चीज, सत्यता, र सही मार्ग हुन् भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले यी कुराहरू चुपचाप स्विकार्छन्, र लागू वा पालना गर्छन्, अनि तिनीहरू आफ्ना आमाबुबाका यी यी शब्‍द र मापदण्डहरू पूर्ण रूपमा पालना गर्छन्। यदि तँ यी शब्‍दहरूअनुसार जिउँदै कठिन परिश्रम गर्छस् र आफ्‍नो जवानी र सारा जीवन तिनीहरूकै निम्ति सुम्पन्छस्, र अन्तिममा शिखरमा पुग्छस्, असल जीवन जिउँछस्, र आफ्‍नो परिवारलाई गौरवान्वित तुल्याउँछस् भने, अरू मानिसहरूको नजरमा तँ निकै उत्कृष्ट हुन सक्छस्, तर भित्री रूपमा भने झन्झन् खोक्रो भइरहेको हुन्छस्। तँलाई जीवनको अर्थ के हो, वा भविष्यको गन्तव्य कस्तो छ, वा जीवनमा मानिसहरूले कस्तो मार्ग लिनुपर्छ भन्‍ने थाहा हुँदैन। तैँले जीवनका जुन रहस्यहरूको उत्तर खोजी गर्न, अनि जान्‍न र बुझ्‍न चाहेको छस्, त्यसलाई बुझेको वा प्राप्त गरेको हुँदैनस्। के तँ वास्तवमा तेरा आमाबुबाको असल अभिप्रायद्वारा बरबाद भएको हुँदैनस् र? के तेरो जवानी र तेरो सारा जीवन तेरा आमाबुबाले “तेरै सर्वोत्तम हितको लागि” भनेर तय गरेका मापदण्डहरूद्वारा बरबाद भएका हुँदैनन् र? (हुन्छन्।) त्यसकारण, तेरा आमाबुबाले “तेरै सर्वोत्तम हितको लागि” तय गरेका मापदण्डहरू सही हुन् कि गलत? सायद तेरा आमाबुबाले साँच्‍चै नै तेरै सर्वोत्तम हितको लागि काम गरिरहेका छौँ भन्‍ने सोच्छन् होला, तर के तिनीहरू सत्यता बुझ्‍ने मानिसहरू हुन्? के तिनीहरूसँग सत्यता हुन्छ? (हुँदैन।) धेरै मानिसहरू सारा जीवनभर आफ्‍ना आमाबुबाका भनाइहरूमा अल्झिरहन्छन्, “तैँले हामीलाई गर्वित तुल्याउनुपर्छ, र परिवारको इज्‍जत बढाउनुपर्छ”—भन्‍ने शब्‍दहरूले तिनीहरूलाई उत्प्रेरित गर्छन्, र तिनीहरूलाई जीवनभर प्रभाव पार्छन्। आमाबुबाले “तेरै सर्वोत्तम हितको लागि” भनेर भन्दा, यो कुरा व्यक्तिको जीवनको एउटा उत्प्रेरणा बन्छ, र यसले उसलाई अघि बढ्ने दिशा र उद्देश्य दिन्छ। फलस्वरूप, व्यक्तिको जीवन जति नै आकर्षक भए पनि, जति नै प्रतिष्ठित र सफल भए पनि, उसको जीवन वास्तवमा बरबाद भएको हुन्छ। के यो त्यस्तै होइन र? (हो।) के यसको अर्थ कुनै व्यक्ति आफ्‍ना आमाबुबाका मापदण्डहरूअनुसार जिएन भने, ऊ बरबाद हुँदैन भन्‍ने हो? होइन; उसको पनि आफ्‍नै उद्देश्य हुन्छ। त्यो उद्देश्य के हो? यो अझै पनि त्यस्तै नै हुन्छ, अर्थात् “असल जीवन जिएर आफ्‍ना आमाबुबालाई गर्वित तुल्याउनु,” तिनीहरूलाई आमाबुबाले यसो गर्न लगाएकाले होइन कि, बरु तिनीहरूले नै अरू कतैबाट यो उद्देश्य स्वीकार गरेका हुन्छन्। तिनीहरू अझै पनि यी शब्‍दहरूअनुसार जिउन, र आफ्‍नो परिवारलाई गर्वित तुल्याउन, अनि शिखरमा पुगेर आदरणीय र प्रतिष्ठित व्यक्ति बन्‍न चाहन्छन्। तिनीहरूको उद्देश्य परिवर्तन भएको हुँदैन; तिनीहरू अझै पनि यी कुराहरू हासिल गर्ने प्रयासमा सारा जीवन अर्पित गर्ने र सारा जीवन जिउने गर्छन्। त्यसकारण, जब मानिसहरू सत्यता बुझ्दैनन्, समाजमा हाबी रहेका धेरै तथाकथित सही सिद्धान्त, सही अभिव्यक्ति, र सही दृष्टिकोणहरू स्विकार्छन्, तब तिनीहरू ती सही कुराहरूलाई आफ्‍नो जीवनका प्रयत्‍नहरूको दिशा, जग, र उत्प्रेरणामा रूपान्तरण गर्छन्। अन्त्यमा, मानिसहरू यी उद्देश्यहरूका लागि कुनै सम्झौता नगरी र कुनै कसर बाँकी नराखी जीवन जिउँछन्, सारा जीवनभर र मृत्युसम्‍मै संघर्ष गर्छन्, अनि कतिपय त मृत्युको मुखमा पुग्दा पनि सत्यता खोजी गर्न अनिच्‍छुक हुन्छन्। मानिसहरू कस्तो दयनीय जीवन जिउँछन्! तर सत्यता बुझेपछि, के तैँले यी तथाकथित सही कुराहरू, सही शिक्षाहरू, र सही भनाइहरू, साथै तेरा आमाबुबाले तँबाट आस गरेका कुराहरूलाई क्रमिक रूपमा छोड्दैनस् र? तैँले यी तथाकथित सही कुराहरूलाई क्रमिक रूपमा छोड्दै गएपछि, र तैँले विभिन्‍न कुराहरू मापन गर्ने मापदण्डको रूपमा परम्‍परागत संस्कृतिमा आधारित भनाइहरूलाई लिन छोडेपछि, के तँ यी अभिव्यक्तिहरूको बन्धनबाट मुक्त भएको हुँदैनस् र? अनि, यदि तँ यी कुराहरूको बन्धनमा छैनस् भने, के तँ स्वतन्त्र रूपमा जिउँछस् त? तँ पूर्ण रूपमा स्वतन्त्र नहुन सक्छस्, तर कम्तीमा पनि ती साङ्‍लाहरू खुकुला भएका हुनेछन्। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसहरू अझै पनि थुप्रै धारणा, कल्पना, अभिप्राय, र अशुद्धता, साथै दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू, छली सोच, भ्रष्ट, प्रकृति, आदि इत्यादि कुराहरू बोक्छन्। जब यी समस्याहरू समाधान हुन्छन्, र जब मानिसहरू पूर्णतया सत्यताद्वारा जिउन सक्छन्, तब तिनीहरू परमेश्‍वरसामु जिउनेछन् र तिनीहरू साँच्चै मुक्त र स्वतन्त्र हुनेछन्।

अहिले सत्यता पछ्याउने र प्राप्त गर्ने सन्दर्भमा पहिलो प्राथमिकता के हो? त्यो सुरुमा तँलाई यसअघि सही लागेका र परम्परागत धारणाभित्र पर्ने भ्रमपूर्ण मिथ्या कुराहरू र भनाइहरूलाई विश्‍लेषण गर्ने, अनि तिनको सार पूर्ण रूपमा बुझेपछि तिनलाई हटाउने हो। यी कुराहरू मानिसहरूलाई बाँध्ने पहिलो तहका जन्जिरहरू हुन्। अब, तिमीहरूले यीमध्ये कति कुराहरूलाई अझै आफ्नो हृदयमा राख्छौ? के तिमीहरूले तिनलाई पूर्ण रूपमा हटाएका छौ? (पूर्ण रूपमा हटाएका छैनौँ।) के यी कुराहरूलाई हटाउन सजिलो छ? उदाहरणको लागि, कतिपय मानिसहरू कर्तव्य निभाउन चाहन्छन् तर आफ्ना आमाबुबालाई आदर गर्नैपर्छ भन्ने महसुस पनि गर्छन्, र त्यसमा भावना संलग्न हुन्छ। यदि तँ निरन्तर आफ्ना भावनाहरू काटछाँट गरिरहन्छस्, र आफूलाई आमाबुबा र परिवारबारे नसोच्न र परमेश्‍वरबारे मात्र सोच्न र सत्यतामा ध्यान दिन भनिरहन्छस्, तर तँ अझै पनि आफ्ना आमाबुबाबारे नसोची बस्नै सक्दैनस् भने, यसले मूलभूत समस्या समाधान गर्न सक्दैन। यो समस्या समाधान गर्न, तैँले आफूलाई सही लागेका कुराहरू, साथै तेरा पुर्खाहरूबाट आएका र मानव धारणासँग मिल्ने भनाइ, ज्ञान र सिद्धान्तहरूलाई विश्‍लेषण गर्नुपर्छ। यसअलावा, आमाबुबालाई सम्हाल्ने सन्दर्भमा, तैँले सन्तानको रूपमा तिनीहरूलाई हेरचाह गर्ने दायित्वहरू पूरा गर्छस् गर्दैनस् भन्ने कुरा पूर्णतया तेरा व्यक्तिगत अवस्था र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा आधारित हुनुपर्छ। के यसबाट उक्त मामला एकदमै प्रस्ट हुँदैन र? कतिपय मानिसहरू आफ्ना आमाबुबालाई छाड्दा आफू आमाबुबाप्रति एकदमै ऋणी रहेको र आफूले आमाबुबाको लागि केही पनि नगरेको अनुभूति गर्छन्। तर सँगै बस्दा, तिनीहरू आमाबुबाप्रति रत्तीभर कर्तव्यनिष्ठ हुँदैनन्, र कुनै पनि दायित्व पूरा गर्दैनन्। के यस्तो व्यक्ति साँच्चिकै कर्तव्यनिष्ठ व्यक्ति हो त? यो त खोक्रो कुराहरू बोल्‍नु हो। तैँले जेसुकै गरे पनि, जेसुकै सोचे पनि, वा जेसुकै योजना गरे पनि, ती कुराहरू महत्त्वपूर्ण होइनन्। महत्त्वपूर्ण कुरा त तैँले सम्पूर्ण सृष्टि गरिएका प्राणीहरू परमेश्‍वरका हातमा हुन्छन् भनी बुझ्न र साँच्चिकै विश्‍वास गर्न सक्छस् सक्दैनस् भन्ने हो। कतिपय आमाबुबाले ठूलो र समृद्ध परिवारको घरायसी आनन्द र खुसी पाउने आशिष् र नियति पाएका हुन्छन्। यो परमेश्‍वरको सार्वभौमिकता हो, र यो तिनीहरूलाई परमेश्‍वरले दिनुहुने आशिष् हो। कतिपय आमाबुबाको यो नियति हुँदैन; परमेश्‍वरले तिनीहरूको लागि यस्तो बन्दोबस्त गर्नुभएको हुँदैन। तिनीहरूले सुखी परिवार पाउने, वा आफ्ना सन्तान आफ्नै छेउमा रहने आशिष् पाएका हुँदैनन्। यो परमेश्‍वरको योजनाबद्ध कार्य हो र मानिसहरूले यसमा दबाब दिन सक्दैनन्। जे होस्, अन्तत: सन्तानीय भक्तिको सन्दर्भमा, मानिसहरूमा कम्तीमा समर्पणको मानसिकता हुनैपर्छ। यदि परिस्थितिले साथ दियो र तँसित त्यसो गर्ने अवस्था भयो भने, तैँले आमाबुबालाई सन्तानीय भक्ति देखाउन सक्छस्। यदि परिस्थितिले साथ दिएन र तँसित त्यसो गर्ने अवस्था छैन भने, जबरजस्ती गर्ने कोसिस नगर्—यसलाई के भनिन्छ? (समर्पण।) यसलाई समर्पण भनिन्छ। यो समर्पण कसरी आउँछ? यो समर्पणको आधार के हो? यो परमेश्‍वरले बन्दोबस्त र शासन गर्नुहुने यी सबै कुराहरूमा आधारित हुन्छ। मानिसहरूलाई रोज्ने चाहना हुन सक्छ, तर तिनीहरूले त्यसो गर्न सक्दैनन्, तिनीहरूलाई रोज्ने अधिकार हुँदैन, र तिनीहरू समर्पित हुनुपर्छ। जब तँलाई मानिसहरू समर्पित हुनुपर्छ र सबथोक परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको हुन्छ भन्ने अनुभूति हुन्छ, के तँलाई हृदयमा शान्ति अनुभूति हुँदैन र? (हुन्छ।) तब के तेरो विवेकले अझै घोच्नेछ र? त्यसले त्यसउप्रान्त निरन्तर घोच्नेछैन, र आमाबुबाप्रति आफू कर्तव्यनिष्ठ नभएको कुरा तँभित्र हाबी हुनेछैन। कहिलेकाहीँ तैँले यसबारे अझै सोच्न सक्छस् किनकि ती मानवताभित्रका केही सामान्य सोच र प्रवृत्तिहरू हुन्, र तीबाट कोही पनि पन्छिन सक्दैन। उदाहरणको लागि, आफ्नी आमा बिरामी भएको देखेपछि, सामान्य मानिसहरू दुखी हुन्छन् र उनको सट्टामा आफूले दुःख भोग्न पाए हुन्थ्यो भन्ने कामना गर्छन्। कतिपय मानिसहरू भन्छन्, “मैले आफ्नो जुनी केही वर्ष छोट्याएर आमालाई निको पार्न सक्ने भए पनि हुन्थ्यो!” यो मानवताको सकारात्मक पक्ष हो; यो मानव नैसर्गिक प्रवृत्ति हो। त्यसैले, तँ तेरी आमा बिरामी भएको देखेर दुखी हुँदा, के यो दुःखको भावना समस्या हो? अहँ, होइन, किनकि यो सामान्य मानवतामा हुनुपर्ने कुरा नै हो। हृदयमा दुखी हुनु राम्रो कुरा हो; यसले तँमा हृदय र मानवता छ भन्ने प्रमाणित गर्छ। यो संसारमा, परमेश्‍वरले तेरो सबैभन्दा नजिक हुन बन्दोबस्त गर्नुभएको व्यक्ति तेरी आमा नै हो। यदि ऊ बिरामी भई र पीडामा छे, तर तँ उदासीन छस् भने, के तँ अझै मानव नै हुन्छस् र? यदि तैँले यसो भनिस् रे, “ममा उहाँप्रति कुनै भावना छैन र उहाँको पीडाबारे कुनै पनि भावना छैन, मलाई त परमेश्‍वरलाई पीडा हुँदा मात्र पीडा हुन्छ!” के यो भनाइ साँचो हो? यो साँचो होइन; यो झूटो हो। तेरी आमाले तँलाई जन्माई, त्यतिका वर्ष हुर्काई, ऊ तेरो सबैभन्दा निकट व्यक्ति हो, र उसले तँलाई सबैभन्दा बढी प्रेम गर्छे। ऊ बिरामी भएर पीडामा हुँदा, यदि तँलाई हृदयमा दुख लाग्दैन भने, तेरो हृदय निकै कठोर हुनुपर्छ! यो सामान्य होइन; यस्तो व्यक्ति बन्ने कोसिस नगर्। यसबारे दुःखी हुनु सामान्य कुरा हो, तर यदि यही दुःखको कारण तैँले कर्तव्य निभाउन छोड्छस् र परमेश्‍वरबारे गुनासो गर्छस् भने, के यो सामान्य हो? (अहँ, यो सामान्य होइन।) यो किन सामान्य होइन? किनकि तेरो सोच सत्यतासँग मिल्दैन र त्यो सामान्य मानवतामा हुनुपर्ने कुरा होइन, त्यो सामान्य होइन। मानिसहरूमा शैतानको प्रकृति हुन्छ, तिनीहरू आफ्नो भ्रष्ट स्वभावमा जिउँछन्, त्यसैले तिनीहरूले अचानक मानसिक बिरामी भएझैँ गरी सत्यता उल्लङ्घन गर्न र आफ्नो विवेक र समझ गुमाउन सक्छन्। यो सामान्य होइन, तर यो कसरी उत्पन्न हुन्छ? यो मानिसहरूको भ्रष्ट स्वभावले गराउँछ। तिनीहरूको भ्रष्ट स्वभाव प्रकट भएपछि, तिनीहरूले जहिले र जहाँसुकै परमेश्‍वरको प्रतिरोध गर्न सक्छन्, र तिनीहरूले सत्यतासँग नमिल्ने र अनायसै जहिले र जहाँसुकै परमेश्‍वरविरुद्ध विद्रोह गर्ने केही कुराहरू सोच्न सक्छन्। यो कुरा यस्तै नै हुन्छ।

भ्रष्ट मानवजाति सबैमा भावनाहरू हुन्छन् र तिनीहरू प्रायजसो ती भावनाहरूबाट बाधित हुन्छन्, जसले गर्दा तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन वा सत्यता सिद्धान्तहरूबमोजिम कार्य गर्न असक्षम हुन्छन्। परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न, व्यक्तिले भावनासम्बन्धी समस्या समाधान गर्नैपर्छ। ती कस्ता भावनाहरू हुन् जसले मानिसहरूलाई सत्यता अभ्यास गर्नमा सबैभन्दा बाधा पुर्‍याउँछन् र जसलाई हटाइनैपर्छ? कस्ता भावनाहरू सामान्य मानवतामा हुनुपर्ने कुराको पाटो हुन् र समस्या होइनन्? अनि, कस्ता भावनाहरू भ्रष्ट स्वभावमा पर्छन्? यी कुराहरू प्रस्ट रूपमा खुट्ट्याउनैपर्छ। उदाहरणको लागि, मानौँ तेरो बच्चा दुर्व्यवहारमा परेको छ, र आमाको नाताले, तँ आफ्नो बच्चाको रक्षा गर्छस् र यसबारे कुरा गर्न तेरो बच्चालाई दुर्व्यवहार गर्ने परिवार खोज्दै जान्छस्—के यो सामान्य हो? त्यो तेरो बच्चा भएकोले, तैँले उसलाई रक्षा गर्नु उचित र सामान्य हो। तर यदि तेरो बच्चाले अरू बच्चाहरूलाई दुर्व्यवहार गर्छ भने, यदि उसले सुशील स्वभावका बच्चाहरूलाई समेत दुर्व्यवहार गर्छ, र तैँले यो देखेर पनि बेवास्ता गर्छस्, र तँलाई आफ्नो बच्चा ज्यादै राम्रो छ भन्ने विश्‍वास लाग्छ, र तैँले गोप्य रूपमा उसलाई अरूलाई कुट्नसमेत सिकाउँछस्, अनि अरू मानिसहरू तँसँग विवाद गर्न आउँदा, तँ तेरो बच्चाकै बचाउ गर्छस् भने, के यो व्यवहार सही हो? अहँ, होइन। यो व्यवहारमा के समस्या छ? यो भावनाद्वारा परिचालित छ। मैले यो भावनाद्वारा परिचालित छ भनेर किन भन्दै छु? तँलाई अरूले तेरो बच्चालाई दुर्व्यवहार गर्नु अस्वीकार्य लाग्छ, र तेरो बच्चालाई थोरै दुख परेमा, तँ तुरुन्तै उक्त समस्या समाधान गर्न र स्पष्टीकरण माग्न जान्छस्, तर तँ किन तेरो बच्चाले अरू मानिसका बच्चाहरूलाई दुर्व्यवहार गरेको देख्दैनस्? तँ अरूलाई कुट्न आफ्नो बच्चालाई हौस्याउनेसमेत गर्छस्, के त्यो दुराशयी कुरा होइन र? यसो गर्ने मानिसहरूको स्वभाव दुराशयी हुन्छ। यसलाई भावनाको सन्दर्भमा कसरी प्रस्ट्याउन सकिन्छ? भावनाहरू विशेषतः कस्ता हुन्छन्? अवश्यै सकारात्मक हुँदैनन्। यो भौतिक सम्‍बन्ध र देहका रुचिहरू सन्तुष्ट पार्ने कार्यमा केन्द्रित हुनु हो। पक्षपात गर्नु, अरू मानिसका कमीकमजोरी बचाउ गर्नु, आसक्तिपन देखाउनु, पुलपुल्याउनु, र लिप्त हुनु, यी सबै नै भावनाहरूमा पर्छन्। कतिपय मानिसहरूले भावनाहरूलाई धेरै महत्त्व दिन्छन्, तिनीहरू आफूमाथि जेसुकै आइपरे पनि त्यसप्रति आफ्‍नो भावनाको आधारमा प्रतिक्रिया जनाउँछन्; तिनीहरूलाई हृदयमा यो गलत हो भन्‍ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू वस्तुनिष्ठ हुन सक्दैनन्, सिद्धान्तअनुसार काम गर्नु त परको कुरा हो। जब मानिसहरू सधैँ भावनाद्वारा बाधित हुन्छन्, के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? त्यो त अत्यन्तै कठिन छ! धेरै मानिसहरूले सत्यता अभ्यास गर्न नसक्‍नुको कारण भावनाहरू नै हुन्छ; तिनीहरू भावनाहरूलाई विशेष महत्त्व दिन्छन्, र तिनलाई पहिलो स्थानमा राख्छन्। के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् त? अवश्यै होइनन्। सारमा, भावनाहरू के हुन्? ती एकप्रकारका भ्रष्ट स्वभाव हुन्। भावनाहरूको प्रकटीकरणलाई कैयौँ शब्‍दहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, भौतिक सम्‍बन्धहरूको परिपालन, र पक्षपात; भावनाहरू भनेका यिनै हुन्। मानिसहरूले भावनाहरू बोक्‍नु र तिनमा जिउनुका सम्भावित परिणामहरू के-के हुन्? परमेश्‍वरले किन मानिसहरूका भावनाहरूलाई सबभन्दा बढी घृणा गर्नुहुन्छ? कतिपय मानिसहरू सधैँ आफ्‍ना भावनाहरूद्वारा बाधित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्, र चाहेर पनि तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन सक्दैनन् त्यसैले तिनीहरू भावनाद्वारा प्रताडित हुन्छन्। धेरै मानिसहरूले सत्यता बुझेर पनि यसलाई अभ्यास गर्न सक्दैनन्; यो पनि तिनीहरू भावनाहरूद्वारा बाधित भएकोले गर्दा हो। उदाहरणको लागि, कतिपय मानिसहरू घर छाडेर कर्तव्य निभाउन जान्छन्, तर तिनीहरू दिनरात सधैँ परिवारबारे सोचिरहेका हुन्छन् र राम्ररी कर्तव्य निभाउन सक्दैनन्। के यो समस्या होइन र? कतिपय मानिसहरूले कसैलाई गोप्य रूपमा मन पराएका हुन्छन्, र तिनीहरूको हृदयमा त्यो व्यक्तिको लागि मात्र ठाउँ हुन्छ, र त्यसले तिनीहरूको कर्तव्यपालनमा प्रभाव पार्छ। के यो समस्या होइन र? कतिपय मानिसहरू कसैलाई प्रशंसा गर्छन् र आदर्श मान्छन्; तिनीहरू त्यो व्यक्तिबाहेक अरू कसैको कुरा सुन्दैनन्, यतिसम्म कि तिनीहरू परमेश्‍वरको कुरासमेत सुन्दैनन्। अरू कसैले तिनीहरूसँग सत्यता सङ्गति गरे पनि, तिनीहरू त्यो स्विकार्दैनन्; तिनीहरू त त्यो व्यक्तिको कुरा, अर्थात् आफ्नो आदर्शको कुरा मात्र सुन्छन्। कति मानिसहरूको हृदयमा कुनै आदर्श व्यक्ति हुन्छ, र तिनीहरू अरूलाई त्यो आदर्शबारे बोल्न वा उसलाई छुन दिँदैनन्। यदि कसैले त्यो आदर्श व्यक्तिका समस्याहरूबारे बोलेमा तिनीहरू रिसाउँछन्, तिनीहरूलाई त आफ्नो आदर्श व्यक्तिको बचाउ गर्नुपर्छ र त्यस्तो बोल्ने व्यक्तिको कुरा उल्टाउनुपर्छ। तिनीहरू आफ्नो आदर्श व्यक्तिलाई अन्यायमा पर्न दिँदैनन् र आफ्नो आदर्श व्यक्तिको छवि जोगाउन आफ्नो शक्तिले भ्याएको सबथोक गर्छन्; तिनीहरूका शब्दमार्फत, तिनीहरूका आदर्श व्यक्तिका गल्तीहरू सही बन्छन्, र तिनीहरू मानिसहरूलाई साँचो कुरा बोल्न वा उनीहरूको खुलासा गर्न दिँदैनन्। यो न्याय होइन; यिनलाई त भावनाहरू भनिन्छ। के भावनाहरू आफ्ना परिवारप्रति मात्र लक्षित हुन्छन्? (होइन।) भावनाहरू फराकिला हुन्छन्; यी एकप्रकारका भ्रष्ट स्वभाव हुन्, यी परिवारका सदस्यहरूबीच हुने दैहिक सम्बन्ध मात्र होइनन्, त्यो दायरामा मात्र यी सीमित हुँदैनन्। यिनमा तँभन्दा उच्चपदस्थ व्यक्ति, वा तँलाई निगाह देखाउने वा मद्दत गर्ने व्यक्ति, वा तँसँग सबैभन्दा निकट सम्बन्ध भएको वा तँसँग मिल्ने व्यक्ति, वा तेरो गाउँले वा साथी, वा तैँले प्रशंसा गर्ने कुनै व्यक्तिसमेत हुन सक्छ—यो स्थिर हुँदैन। अनि, के भावनाहरू हटाउनु आफ्ना आमाबुबा वा परिवारबारे नसोच्नुजतिकै सजिलो हुन्छ त? (हुँदैन।) के भावनाहरू हटाउनु त्यति सजिलो छ त? धेरैजसो मानिसहरू ३० को दशकमा पुगेर स्वतन्त्र रूपमा जिउन सक्ने भएपछि तिनीहरूलाई घरको याद पहिलेजति आउँदैन, र ४० को दशकमा पुग्दा, यो पूर्णतया सामान्य बन्छ। मानिसहरू वयस्कतामा नपुगुन्जेल, तिनीहरूलाई घरको धेरै याद आउँछ र तिनीहरू आमाबुबालाई छाड्न सक्दैनन् किनकि तिनीहरूमा अझै स्वतन्त्र रूपमा जिउने क्षमता हुँदैन। परिवार र आमाबुबाको याद आउनु सामान्य हो। यो भावनाको मामला होइन। काम गर्ने कुरामा तेरो मनोवृत्ति र दृष्टिकोण भावनाहरूद्वारा दूषित भयो भने मात्र त्यो भावनाहरूको मामला बन्छ। तँ र तेरा आमाबुबाबीच दैहिक स्तरको सम्बन्ध हुन्छ र तिमीहरू धेरै वर्षसम्म सँगै बसेका हुन्छौ, त्यसैले तँलाई आमाबुबाको याद आउनु सामान्य हो। कतिपय मानिसहरू आफूलाई आमाबुबाको याद बिलकुलै आउँदैन भन्छन्, तर सायद तिनीहरूले भर्खरै मात्र घर छाडेका र जता हेरे पनि ताजा र नौलो देखेर, तिनीहरू अन्तत: आमाबुबाको कचकचबाट उम्केका हुन सक्छन्, र तिनीहरूमाथि कसैले पनि नियन्त्रण जमाउन खोजिरहेको हुँदैन, त्यसकारण तिनीहरू खुसी रहेका हुन सक्छन्। तर के खुसी हुनुको अर्थ तिनीहरूमा कुनै भावना नै छैन भन्ने हो? अहँ, होइन। कति मानिसहरू भन्छन्, “मैले धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको छु, र मैले केही सत्यताहरू बुझेको छु। म भावनाहरूद्वारा बिलकुलै बाधित नभई कर्तव्य निर्वाह गर्छु र मसित कुनै भावनाहरू बाँकी छैनन्।” के यो भनाइ व्यावहारिक छ? यो त सत्यता नबुझ्ने व्यक्तिको कुरा हो भन्ने प्रस्ट छ। जब मानिसहरू धेरै प्रवचनहरू सुन्छन्, केही वचन र धर्मसिद्धान्तहरू बुझ्छन्, र केही आत्मिक सिद्धान्तहरूबारे बोल्न सक्छन्, तब तिनीहरू सोच्छन्, “मेरो कद वृद्धि भएको छ र मैले धेरै सत्यताहरू बुझेको छु। यदि म पक्राउ परेँ भने, म यहूदा हुनेछैन। मसँग कम्तीमा यो आस्था र सङ्कल्प छ। के यो कद होइन र? पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्नेबेलाको मेरो उत्साहबारे सोच्दा, म मेरो सारा जीवन परमेश्‍वरलाई समर्पित गर्न इच्छुक थिएँ। त्यो उत्साह र त्यो शपथ बदलिएको छैन, त्यो कति पनि धरमराएको छैन। के यो प्रगति होइन र?” के यो देखावटी कुरा होइन र? (हो।) यी सबै देखावटी कुराहरू हुन्। यदि मानिसहरू साँच्चिकै प्रगति गर्न चाहन्छन् भने, तिनीहरूले सत्यता बुझ्नैपर्छ। के धर्मसिद्धान्त र आत्मिक सिद्धान्तहरूबारे कुरा गर्न सक्नुले साँचो परिवर्तन ल्याउन सक्छ? (अहँ, सक्दैन।) यदि तँ तेरा आफ्नै समस्याहरूसमेत समाधान गर्न सक्दैनस् र कुनै पनि सत्यता अभ्यास गर्न सक्दैनस् भने, के तँ अरूको लागि लाभदायक हुन सक्छस्? केवल प्रवचनहरू सुन्नु र धर्मसिद्धान्तहरू मात्र बुझ्नु बेकार छ; तैँले परमेश्‍वरका वचनहरूचाहिँ अभ्यास र अनुभव गर्नुपर्छ। तैँले सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्नुपर्छ; त्यसपछि मात्र तँमा वास्तविकता हुनेछ। तैँले सत्यता अभ्यास गरिस् भने मात्र त्यसलाई अझ गहन रूपमा बुझ्न सक्छस्, तैँले साँच्चिकै सत्यता बुझेपछि मात्र त्यसलाई प्राप्त गर्न सक्छस्, र तैँले सत्यता प्राप्त गरेर मात्र तेरो वृद्धि हुन सक्छ।

मैले तिमीहरूसँग सङ्गति गरेर सत्यता के हो र सही वचनहरू के हुन् भनी खुट्ट्याउन मद्दत गरेपछि, अहिले तिमीहरूले के बुझेका छौ? (हामीले परिस्थितिहरूलाई सत्यता सिद्धान्तहरूको आधारमा हेर्नुपर्छ, र सामान्यतया बाहिरी रूपमा देखिने असल व्यवहार वा आत्मिक धर्मसिद्धान्तहरूलाई सत्यताको रूपमा लिन मिल्दैन भन्ने बुझेका छौँ।) असल व्यवहार र सही भनाइहरूले व्यक्तिलाई बदल्न सक्दैन। ती जतिसुकै साँचो भए पनि, ती सत्यता होइनन्, र तिनको सत्यतासँग कुनै सम्बन्ध हुँदैन। यदि तँ सधैँ तीसँगै टाँसिन्छस् र तिनलाई सत्यताको रूपमा हेर्छस् भने, तैँले कहिल्यै सत्यता बुझ्नेछैनस् र कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्। यो एउटा पक्ष हो। अर्को पक्ष पनि छ, त्यो हो: के आत्मिक धर्मसिद्धान्तहरूले व्यक्तिलाई सत्यता बुझ्न सक्षम तुल्याउन सक्छन्? (अहँ, सक्दैनन्।) किन? हुन त सबै आत्मिक धर्मसिद्धान्तहरूलाई सही वचन मान्न सकिन्छ, तर तिनले व्यक्तिका भ्रष्ट स्वभावहरू बदल्न सक्दैनन्। त्यसोभए, व्यक्तिका भ्रष्ट स्वभावहरू बदल्न ठ्याक्कै केमाथि भर पर्न सकिन्छ? कति मानिसहरूले सत्यतामाथि भर पर्नू भन्छन्, कतिले सत्यता बुझ्ने र स्विकार्ने कार्यमा भर पर्नू भन्छन्, र कति अन्यले सत्यता अभ्यास गर्ने कार्यमा भर पर्नू भन्छन्। के यी वचनहरू सही हुन् त? शाब्दिक दृष्टिकोणबाट हेर्दा, ती सबैका सही पक्ष छन्, तर ती सबैभन्दा सतही धर्मसिद्धान्तहरू हुन्; यी धर्मसिद्धान्तहरूले तँलाई मुक्ति दिन वा तेरा कठिनाइहरू समाधान गर्न सक्दैनन्। तँलाई कुनै परिस्थिति आइपरेर मानिसहरूले तैँले सत्यता स्विकार्नैपर्छ भनेमा, तैँले यसो भन्नेछस्, “म यसलाई कसरी स्विकारूँ? मसँग कठिनाइहरू छन्, र म तिनलाई त्याग्न सक्दिनँ!” के यी धर्मसिद्धान्तहरू तेरो सत्यता अभ्यासको मार्ग बन्न सक्छन्? (अहँ, सक्दैनन्।) कति मानिसहरू भन्छन्, कुनै परिस्थिति सामना गर्नुपरे, तैँले परमेश्‍वरका वचनहरू धेरै खाने र पिउने गर्नुपर्छ। तैँले यो कुरा धेरैपटक सुनेको छस्, तर त्यसले तेरा कुन समस्याहरू समाधान गरेको छ? परमेश्‍वरका वचनहरू धेरै खानु र पिउनु ठिक हो, तर तैँले परमेश्‍वरका वचनका कुन पक्ष खानु र पिउनुपर्छ? तैँले तिनलाई तेरा कठिनाइहरूसँग कसरी जोड्नुपर्छ? अनि, तिनलाई तेरा कठिनाइहरूसँग जोडेपछि, तैँले ती कठिनाइ कसरी समाधान गर्छस्? यसमा अभ्यासको मार्ग के हो? आफ्ना कठिनाइहरू समाधान गर्न तैँले सत्यताको कुन पक्ष प्रयोग गर्नुपर्छ? के यी वास्तविक समस्याहरू होइनन् र? (हुन्।) यी वास्तविक समस्याहरू हुन्। त्यसकारण, सही धर्मसिद्धान्तहरूले मानिसहरूका व्यावहारिक कठिनाइहरू समाधान गर्न सक्दैनन्, मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्ने त कुरै छाडौँ। अनि, मानिसहरूका भ्रष्ट स्वभावहरू ठ्याक्कै के कुराले समाधान गर्न सक्छ? सबैलाई थाहा छ, सत्यताले मात्र मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सक्छ, तर यदि मानिसहरूले सत्यता के हो भनी बुझ्दैनन् भने, वा यदि तिनीहरूले सत्यता खोज्दैनन् वा स्विकार्दैनन् भने, के तिनीहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सकिन्छ त? (सकिँदैन।) त्यसकारण, व्यक्तिका भ्रष्ट स्वभावहरू समाधान गर्न उसले परमेश्‍वरको काम अनुभव गर्नैपर्छ। यसको मतलब, परमेश्‍वरको न्याय र सजाय अनुभव गरेर मात्र व्यक्तिका भ्रष्ट स्वभावहरू शुद्ध पार्न सकिन्छ। यसले मानिसहरूलाई नतिजा प्राप्त गर्नको निम्ति सत्यता पछ्याउन र परमेश्‍वरको काममा सहकार्य गर्न आवश्यक गराउँछ। यदि तँ सत्यता पछ्याउँदैनस् र आत्मिक धर्मसिद्धान्तहरू बुझ्नमा मात्र ध्यान दिन्छस्, ती सत्यता हुन् होइनन् भनेरसमेत थाहा पाउँदैनस्, बरू तिनैलाई सत्यताको रूपमा स्विकार्छस् भने, के यसले तेरा भ्रष्ट स्वभावहरू समाधान गर्न सक्छ त? यसअलावा, यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले भ्रष्ट स्वभाव प्रकट गर्दा, के तँ त्यसलाई चिन्‍न सक्छस् त? के तँ त्यसलाई परमेश्‍वरका वचनहरूसित तुलना गर्न सक्छस् त? शतप्रतिशत सक्दैनस्। तैँले आँखा चिम्लेर नियमहरू लागू गर्न सक्छस्, र त्यसमा तेरा भ्रष्ट स्वभावहरू समाधान गर्ने क्षमता झनै कम हुन्छ। भ्रष्ट स्वभावहरू समाधान गर्नुमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, मानिसहरूले सत्यता बुझ्नैपर्छ। यतिखेर, धेरैजसो मानिसहरू धर्मसिद्धान्तहरूलाई सत्यता मान्छन् र सत्यता के हो भनी बुझ्दैनन। मैले भर्खरै उल्लेख गरेको भावनाको उदाहरणमा, आमाको पहिलो शैली बच्चालाई दुर्व्यवहारबाट जोगाउनु थियो, जुन न्यायसङ्गत छ। तिमीहरूको दृष्टिकोणमा, “यी भावनाहरू हुन्; तैँले त्यसो गर्नु हुँदैन। यस्तो व्यवहारलाई आलोचना र निन्दा गर्नैपर्छ।” तिमीहरू सत्यता संलग्न नहुने कुराहरू, सत्यतासँग असम्बन्धित कुराहरू, र खासमा, मानिसहरूले भित्री मनबाट गर्नुपर्ने केही कुराहरूलाई सत्यता उल्लङ्घन गर्ने कुराहरूको रूपमा परिभाषित गर्छौ, र त्यसपछि तिनलाई इन्कार गर्छौ। तिमीहरू यो सिद्धान्त पालना गर्नु नै सत्यता अभ्यास गर्नु हो भन्ठान्छौ। जहाँसम्म आफ्नो बच्चाले अरू मानिसहरूका छोराछोरीलाई दुर्व्यवहार गरेको बेवास्ता गर्ने आमाको दोस्रो शैलीको कुरा छ, त्यसमा साँच्चिकै भ्रष्ट स्वभाव खुलासा गर्ने र सत्यता अभ्यास गर्ने कुरा संलग्न हुँदा, तँ “त्यो दुष्ट्याइँ गर्नु होइन भने, त्यति ठूलो समस्या होइन” भन्‍ने सोच्छस्। तँसित किन यस्तो सोच र बुझाइ भएको हो? (किनभने हामी सत्यता बुझ्दैनौँ।) समस्या यसैमा छ! त्यसैले, मानिसहरू सत्यता नबुझ्ने भएकै कारण, तिनीहरू धेरैजसो समय आफूले सही ठानेका शैलीहरू रोज्छन्, र आफूले सत्यता अभ्यास गरिरहेको ठान्छन्। मानिसहरू सत्यता नबुझ्ने भएकै कारण, तिनीहरू नियमहरू लागू र पालना गर्न मात्र सक्छन्, र मामलाहरू आइपर्दा, तिनीहरू तिनलाई सम्हाल्न जान्दैनन्, त्यसैले तिनीहरू नियमहरू पालना गर्नुलाई सत्यता अभ्यास गर्नु मान्छन्। के यसरी परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले जीवनमा प्रगति गर्न सक्छन्? के तिनीहरू सत्यता बुझ्न र वास्तविकताभित्र प्रवेश गर्न सक्छन्? धेरै मानिसहरू शब्द र सिद्धान्तहरूबारे बोल्न सक्नु नै सत्यता बुझ्नु र परमेश्‍वरको सन्तोषजनक विश्‍वासी हुनु हो भन्ने विश्‍वास गर्छन्। त्यसोभए, तिनीहरू किन अझै धेरै मामलाहरूमा भ्रष्ट स्वभावहरू प्रकट गर्छन्? तिनीहरू किन आफूलाई आइपर्ने व्यावहारिक समस्याहरू समाधान गर्न सक्दैनन्? यसले प्रमाणित गर्छ कि शब्द र सिद्धान्तहरूबारे कुरा गर्न सक्नु भनेको सत्यता बुझ्नु बिलकुलै होइन। तैँले जतिसुकै धर्मसिद्धान्तहरूबारे बोल्न सक्ने भए पनि, यसले तैँले सत्यता प्राप्त गरेको छस् भन्ने प्रमाणित गर्दैन। तैँले व्यावहारिक समस्याहरू समाधान गर्न र अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्‍नुपर्छ, त्यो मात्र साँच्चिकै सत्यता बुझ्नु हो। धेरै मानिसहरू सोच्छन्, तिनीहरूले कर्तव्य निर्वाह गर्न, कष्ट भोग्न, र मूल्य चुकाउन सकुन्जेल, तिनीहरूले जे-जस्ता भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, त्यो ठूलो समस्या होइन। तिनीहरू सोच्छन्, तिनीहरूले कर्तव्य निर्वाह गर्न, कष्ट भोग्न, र परमेश्‍वरबारे गुनासो नगर्न सकुन्जेल, तिनीहरू परमेश्‍वरप्रति प्रेम गरिरहेका र बफादारी देखाइरहेका हुन्छन्। कैयौँ समय, मानिसहरूले सत्यता नबुझकै कारण केही असल अभिप्रायहरू देखाउने गर्छन्, तर वास्तवमा तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्‍याइरहेका हुन्छन्, तैपनि तिनीहरू आफूले परमेश्‍वरका हितहरू र परमेश्‍वरको घर रक्षा गरिरहेको सोच्छन्। यहाँ, के भइरहेको छ? यस्तो किन हुन्छ भने, मानिसहरू सत्यता बुझ्दैनन् र तिनीहरूमा सत्यताबारे व्यावहारिक ज्ञान हुँदैन, जसले निरन्तर तिनीहरूलाई सत्यताविपरीतका कामहरू गर्नतर्फ अग्रसर गराउँछ। यसैबीच, तिनीहरू आफूले सही काम गरेको, सत्यता अभ्यास गरेको, र परमेश्‍वरको इच्छा पूरा गरेको सोच्छन्। यो नै तिनीहरूको सबभन्दा ठूलो कठिनाइ हो। तर यो कठिनाइ भए पनि, यसलाई समाधान गर्ने सधैँ एउटा उपाय हुन्छ। त्यो एउटै उपाय के हो भने, जबजब तैँले कुनै समस्या सामना गर्छस् र कुनै भ्रष्ट स्वभाव प्रकट गर्छस्, तबतब त्यसलाई बुझ्न तैँले आफूमाथि चिन्तन गर्नुपर्छ र सत्यता खोज्नुपर्छ। तँभित्रै भ्रष्ट स्वभावहरू हुन्जेल, तँभित्र धेरै प्रकारका स्थितिहरू उत्पन्न हुनेछन्। जब मानिसहरू फरक परिवेश र स्थितिमा जिउँछन्, तब तिनीहरूले केही सोच, दृष्टिकोण र अभिप्रायहरू प्रकट गर्छन्—ती तिनीहरूका साँचो भित्री स्थितिहरू हुन्। तैँले मानिसहरूका सोच, दृष्टिकोण र अभिप्रायहरू हेरेर तिनीहरूका स्वभावहरू देख्‍न र तिनीहरूका प्रकृति थाहा पाउन सक्छस्। यसरी आफूमाथि चिन्तन गरेर अनि अरूको भित्री रूप खुट्ट्याएर नतिजा प्राप्त गर्न सजिलो हुन्छ। तैँले तेरा भ्रष्ट स्वभावहरू थाहा पाएर अनि तिनको सार पूर्ण रूपमा बुझेर मात्र, आफूलाई पूर्ण रूपमा चिन्न सक्छस्। त्यसपछि, स्वतः तँसित आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नको लागि सत्यता खोज्‍ने मार्ग हुनेछ। मानिसरूले सत्यता स्विकार्न सकुन्जेल, तिनीहरूका भ्रष्ट स्वभावहरू शुद्ध पार्न सकिन्छ, र तिनीहरूको भ्रष्टताको समस्या सजिलै समाधान गर्न सकिन्छ। यदि मानिसहरू सत्यता स्विकार्न सक्दैनन् भने, तिनीहरूको जीवन स्वभावमा कहिल्यै परिवर्तन आउनेछैन। अब, तिमीहरू सबैजना सत्यता पछ्याउन इच्छुक छौ, त्यसैले तिमीहरूले सत्यतामै ध्यान दिनुपर्छ।

मानिसहरूको प्रकृति समाधान गर्न, हामीले त्यसको मूलजड र मानिसहरूको स्वभाव खोतल्नुपर्छ, मानिसहरूको कार्यशैली मात्रै हेर्नु हुँदैन। हामीले वस्तुगत कारण र अवस्थाहरूमा जोड दिनुको साटो त्यसलाई सत्यतासँग तुलना गर्नुपर्छ। परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएको सत्यता मानिसहरूका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छ। यसअघि उल्लेख गरिएको भावनाको उदाहरण नै लिऔँ: मानिसहरू कहिलेकाहीँ आफ्ना आमाबुबा वा घरको याद आउनु भावनाहरू हुन् भन्ठान्छन्। के यी भावनाहरू परमेश्‍वरले भन्नुभएका भावनाहरूजस्तै हुन् त? (होइनन्।) त्यसोभए, तैँले बुझ्ने भावनाहरूलाई परमेश्‍वरले भन्नुभएका भावनाहरूको समान रूपमा कुरा गर्न सकिँदैन। तैँले भनेका भावनाहरू सामान्य मानव स्थितिका कुराहरू हुन्, ती भ्रष्ट स्वभावमा पर्दैनन्। यदि तँ आफ्नो दैहिक आफन्तलाई आदर्श व्यक्ति मान्छस्, र यसले गर्दा तँ परमेश्‍वरलाई पछ्याउँदैनस् वा उहाँप्रति समर्पित हुँदैनस् भने, तेरा भावनाहरू निकै बलिया छन्, र यो कुरा भ्रष्ट स्वभावमा पर्छ। त्यसकारण, यो मामलामा तँसित सत्यताबारे विशुद्ध बुझाइ छ छैन भन्ने कुरा संलग्न हुन्छ। जब तँ घरको याद आउनु वा आमाबुबाप्रति अलिकति दया देखाउनुलाई भावनाको रूपमा लिन्छस्, तब के यो सत्यताबारे विकृत बुझाइ होइन र? खासमा, तैँले जे बुझ्छस्, त्यो सत्यता होइन, र यो सत्यतासँग मेल खाँदैन; यो त बाह्य कुरा मात्र हो। परमेश्‍वरले भन्नुभएका भावनाहरू के हुन्? ती यसअघि उल्लेखित आमाले आफ्नो बच्चालाई गर्ने व्यवहारको दोस्रो शैली हो, र यो कृपावादको स्थिति र कसैलाई सिद्धान्तहीन रूपमा सुरक्षा दिनु हो। ती परमेश्‍वरले खुलासा गर्नुहुने भावनाहरू, अर्थात् यो मामलामा उक्त आमाका भ्रष्ट स्वभावका प्रकटीकरण हुन्। के ती दुई शैलीहरू अत्यन्तै फरक छैनन् र? पहिलो शैली सामान्य घटना हो, र त्यसलाई काँटछाँट, उजागर र विश्‍लेषण गर्न आवश्यक छैन, र त्यसलाई सत्यतासँग तुलना गर्न, वा सत्यताको कुनै निश्‍चित पक्ष अभ्यास गर्न वा कुनै कुरा त्याग्न त झनै आवश्यक छैन। त्यसोभए, के यो शैली उचित छ? के यस तरिकाले व्यवहार गर्नु जरूरी छ? जरूरी छैन; यो शैलीमा सही वा गलत भन्ने हुँदैन। दोस्रो शैलीमा स्वभाव संलग्न हुन्छ। अनि, कस्ता भावनाका प्रकटीकरणहरूमा भ्रष्ट स्वभावहरू संलग्न हुन्छन्? (कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन बचाउ, दैहिक सम्बन्धहरूको परिपालन, र न्यायको कमीपन।) परमेश्‍वरले भन्नुहुने “भावनाहरू” मा हुने कुराहरू यिनै हुन्। यदि तँ यति कुरा बुझ्न सक्छस् र यी कुराहरूलाई आफूसँग साँच्चिकै जोड्न सक्छस् भने, तैँले यी भ्रष्ट स्वभावहरू समाधान गर्नमा प्रयत्न लगाउनुपर्छ। तँ यी भावनाहरूद्वारा बाधित हुन छोडेपछि मात्र, तेरा सबै कार्यहरू सत्यता अभ्यास हुनेछन्। त्यसपछि तैँले भावनाहरूले समेट्ने भनेर बुझेका स्थितिहरू परमेश्‍वरले भन्नुभएका “भावनाहरू” सँग पूर्ण मेल खानेछन्। तैँले बुझ्ने सत्यता यही हुनेछ। यदि तँलाई भावनाहरू के हुन् भन्नेबारे सङ्गति गर्न लगाइयो, र तैँले उक्त आमाको पहिलो शैलीबारे कुरा गरिस् भने, यो सत्यता नबुझ्नुको प्रकटीकरण हो। यदि तैँले उक्त आमाको दोस्रो शैलीबारे सङ्गति गरिस् र उसको भ्रष्ट स्वभाव विश्‍लेषण गरिस् भने, तैँले सत्यता बुझ्छस्। यदि तैँले सङ्गति गर्ने, अनुभव गर्ने र बुझ्ने कुराहरू परमेश्‍वरका वचनहरूको सत्यतासँग मिल्छन्, र तिनमा कुनै विरोधाभास वा बेमेल छैन भने, यसले तँ परमेश्‍वरका वचनहरू बुझ्छस्, तैँले तिनको अर्थ थाहा पाएको छस्, तैँले तिनलाई बुझेको छस्, र तँ तिनलाई अभ्यास र लागू गर्न सक्छस् भन्ने प्रमाणित गर्छ। त्यसपछि त तैँले सत्यता र जीवन प्राप्त गरिसकेको हुनेछस्, र यसको आशय तँ यसअघि नै सत्यता वास्तविकताभित्र प्रवेश गरिसकेको हुनेछस् भन्‍ने हो। त्यसबेला, तैँले फेरि यस्तो कुरा देखिस् भने, त्यसलाई खुट्ट्याउन सक्नेछस्, र कस्ता प्रकटीकरणहरू सामान्य हुन्, र कस्ताचाहिँ भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् भनी थाहा पाउनेछस्, अनि तँ यसबारे हृदयमा पूर्ण रूपमा प्रस्ट हुनेछस्। के यो तरिकाले तेरा कार्यहरू सही हुनेछैनन् र? के तेरा कार्यहरू सत्यतासँग मिल्नेछैनन् र? के तँसित सत्यता वास्तविकता हुनेछैन र? यदि तँ सही तरिकाले कार्य गर्छस् र सत्यता बुझ्छस् भने, के तैँले सङ्गति गर्ने तेरा बुझाइ र अनुभवहरूले अरूलाई मद्दत गर्न र अरूका कठिनाइहरू समाधान गर्न सक्नेछैनन् र? (सक्नेछन्।) यो सत्यताको व्यावहारिक पक्ष हो।

कतिपय मानिसहरू कमजोर क्षमताको कारण, राम्ररी कर्तव्य निर्वाह गर्दैनन्, तर तिनीहरू सधैँ त्यो विवेकको कमीले हो भन्छन्। कुनचाहिँ व्याख्या सही छ? (तिनीहरूमा कमजोर क्षमता छ।) कहिलेकाहीँ, कुनै व्यक्तिले कर्तव्य निर्वाह गर्दा, उसले त्यो व्यावसायिक ज्ञानका आधारभूत कुराहरू बुझ्न सक्छ, तर त्यसका अझ विशिष्ट पक्षहरू बुझ्न सक्दैन, किनभने उसले यसअघि तीबारे कहिल्यै थाहा पाएको हुँदैन। उसको अगुवाले उसलाई लापरवाह, झाराटारुवा, चतुर र कामचोर भन्छ, तर वास्तवमा, उसमा व्यावसायिक ज्ञान नभएको, र उसले ती कुराहरू सिकिनसकेको मात्र हो, र उसले सक्दो प्रयास गर्न थालिसकेको छ। तर उसको अगुवाले भन्छ, ऊ लापरवाह र झाराटारुवा छ—यो तथ्यहरूसँग मिल्दैन। यो शब्दावलीको जथाभाबी प्रयोग र जथाभाबी ठप्पा भिराउने काम हो। मानिसहरू किन जथाभाबी रूपमा शब्दावली प्रयोग गर्ने र अरूलाई ठप्पा भिराउने गर्छन्? के यो तिनीहरूले सत्यता नबुझ्ने भएर होइन र? कतिपय मानिसहरूले पक्कै पनि हो भन्नेछन्, कतिपयले यो तिनीहरूमा कमजोर क्षमता भएर तिनीहरू ज्यादै अन्यौल भएकाले हो भन्छन्, अनि अरू कतिपयले तिनीहरूको मानवता अति दुष्ट भएकोले र तिनीहरूमा गलत अभिप्रायहरू भएकोले हो भन्छन्। कुनचाहिँ व्याख्या सही हो? खासमा, यी तीनओटै स्थितिहरू हुन्छन्, र खास घटनाअनुसार नै मूल्याङ्कन गर्नुपर्छ। यदि यो तिनीहरूले सत्यता नबुझेर भएको रहेछ, तर कसैले यो तिनीहरूमा कमजोर क्षमता भएर तिनीहरू ज्यादै अन्यौल रहेकाले हो भन्छ भने, यी शब्दहरू सही होइनन्। यदि यो तिनीहरूको दुष्ट मानवता र गोप्य मनसायहरूले निम्त्याएको हो भन्ने प्रस्ट छ, तर कसैले यो तिनीहरूमा कमजोर क्षमता भएर तिनीहरू ज्यादै अन्यौल रहेकाले हो भन्छ भने, यो तथ्यहरूलाई बङ्ग्याउनु हो, र यसले दुष्ट मानिसहरूलाई उम्कन मदत गर्ने सम्भावना हुन्छ। मानिसहरूले सत्यता नबुझेर सिर्जना भएका अन्य घटनाहरू पनि हुन्छन्, तर अरूले ती घटनाहरू ती मानिसहरूको दुष्ट मानवताले निम्त्याएको हो भन्छन्। परिस्थितिलाई हेर्ने यो शैली सही होइन, र तिनीहरूले असल मानिसहरूलाई दुष्ट मानिसहरूलाई झैँ व्यवहार गर्ने सम्भावना हुन्छ, र यसबाट खराब परिणामहरू निम्तिनेछन्। धेरै मानिसहरू यी कुराहरू खुट्ट्याउन र समस्याको सार पूर्ण रूपमा बुझ्न सक्दैनन्। तिनीहरू आँखा चिम्लेर नियमहरू लागू गर्छन् र आफ्नै विचारको आधारमा निष्कर्षहरू निकाल्छन्, त्यसपछि आफूमा समझशक्ति छ र कुराहरू प्रस्टै देख्‍न सक्छु भन्ने महसुस गर्छन्। के यो अहङ्कार र आत्मधार्मिकता होइन र? यदि कसैमा खराब मानवता छ, र उसले मानिसहरूलाई जथाभाबी आफ्नै गोप्य मनसायको आधारमा ठप्पा भिराउने र निन्दा गर्ने गर्छ भने, यो दुष्ट व्यक्तिको प्रकृति हो। यस्ता मानिसहरू अल्पसङ्ख्यामा हुन्छन्; धेरैजसो मानिसहरू आफूले सत्यता नबुझ्ने भएर यस्तो काम गर्छन्। सत्यता नबुझ्नेहरू जथाभाबी नियमहरू लागू गर्छन् र जथाभाबी आत्मिक शब्दहरू प्रयोग गर्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूको मानवतामा समस्या भएको प्रस्ट देखिन्छ, तिनीहरू सधैँ सुस्ताउने उपाय रच्छन् र कर्तव्य निभाउँदा प्रयत्न लगाउँदैनन्, तर समझशक्ति नभएकाहरू यो कमजोर क्षमता हो भन्छन्। कतिपय मानिसहरूमा प्रस्ट रूपमा न्यायको भावना हुन्छ, र सिद्धान्तहरू उल्लङ्घन गर्ने कुनै कुरा देख्दा तिनीहरूले त्यो कुरा उठाउँछन् र मण्डलीका हितहरू रक्षा गर्छन्, तर तिनीहरू सत्यता नबुझ्नेहरूबाट प्रायजसो अहङ्कारी र आत्मधर्मी कहलिन्छन्, र तिनीहरूलाई दुष्ट मानिसहरूको रूपमा समेत व्यवहार गरिन्छ, र यो कुरा असल मानिसहरूप्रति साँच्चिकै अन्याय गर्नु हो। कतिपय मानिसहरूको कद प्रस्ट रूपमै सानो हुन्छ, र तिनीहरू आफ्ना भावनाहरूद्वारा बाधित हुँदा क्षणिक रूपमा कमजोर बन्छन्, तर सत्यता नबुझ्ने मानिसहरूले तिनीहरूलाई ज्यादै तीब्र भावना भएका र परमेश्‍वरप्रति इमानदार हृदय नभएका भनी चित्रण गरिदिन्छन्। सत्यता नभएका मानिसहरू यस्तै हुन्छन्—पृष्ठभूमि वा वास्तविक परिस्थितिबारे विचार नगरी, तिनीहरू निरन्तर जथाभाबी रूपमा नियमहरू लागू गर्ने, छिनमै एउटा कुरा र छिनमै अर्को बोल्‍ने गर्छन्। के यस्ता मानिसहरूले सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन्? (सक्दैनन्।) सत्यता नबुझ्ने मानिसहरूले समस्याहरू समाधान गर्ने कोसिस गर्दा, तिनीहरूले सही ओखती तोक्‍न सक्दैनन्। यो त तिनीहरूले पेटको बिरामीलाई टाउकोको उपचार गरिदिएजस्तै हुन्छ; तिनीहरूले समस्याको जड पत्ता लगाउनै सक्दैनन्। तिनीहरूले समस्याको जड कहाँ छ वा परमेश्‍वरका वचनहरूले के भन्छन् र के जनाउँछन् भनी बुझ्दैनन्। यो सत्यता नबुझ्नु हो। के तिमीहरू अब सत्यता धेरै बुझ्छौ कि थोरै? (थोरै।) उदाहरणको लागि, मानौँ कसैले सोध्छ, “तँलाई यो मामला आइपर्दा तँ किन समर्पित हुन सक्दैनस्?” अनि, मानिसहरूले प्रायजसो “किनकि म परमेश्‍वरलाई चिन्दिनँ” भन्छन्! के यो व्याख्या सही हो? कहिलेकाहीँ यो सही हुन्छ र कहिलेकाहीँ हुँदैन। बढीजसो यो सही हुँदैन, र यो जथाभाबी ठप्पा भिराउनु मात्र हो। मानिसहरू थोरैथोरै आत्मिक शब्दावली बुझ्छन्, अनि तिनीहरूले त्यसलाई लागू गर्छन् र जथाभावी ठप्‍पा भिराउने काम गर्छन्, र फलस्वरूप, धेरै समस्याहरू उत्पन्न हुन्छन्। कतिचाहिँ गलत व्याख्या हुन्छन् र कतिचाहिँ आलोचना हुन्छन्, र यसले हानिकारक नतिजाहरू ल्याउँछ, र अराजकतासमेत निम्त्याउँछ। जब आत्मिक बुझाइ नभएकाहरूले केही कुरा सिक्छन्, तिनीहरूले त्यसलाई जथाभाबी लागू गर्दै प्रयोग गर्छन्। अनि, तिनीहरूले सबैभन्दा धेरै गल्तीहरू गर्ने सम्भावना हुन्छ र तिनीहरूले सिद्धान्तसम्बन्धी गल्तीहरू धेरै गर्न सक्छन्। जबकि, बोध क्षमता भएका मानिसहरूले पनि थोरै गल्तीहरू गर्न सक्छन्, तर यी गल्तीहरू सिद्धान्तसम्बन्धी समस्याहरू हुँदैनन् र तिनीहरूले यी गल्तीहरूबाट पाठ सिक्न सक्छन्। यदि मानिसहरूमा तर्कहीन बोध छ भने, यदि तिनीहरू परमेश्‍वरका वचनहरू पढ्दा तिनलाई गलत व्याख्या गर्छन् भने, यदि तिनीहरूले प्रवचनहरू सुन्ने क्रममा तिनीहरूको बोधमा विचलन हुन्छ भने, र यदि तिनीहरूले दोष कोट्याउने र सानातिना गल्तीहरू खोतल्ने सम्भावना छ भने, यो निकै समस्याजनक कुरा हो। तिनीहरूलाई सत्यता वास्तविकताभित्र प्रवेश गर्न असम्भव हुने मात्र नभई, समयक्रममा तिनीहरूले लापरवाहीपूर्वक कार्य गर्न र मण्डलीको काम बाधा पुर्‍याउनसमेत थाल्नेछन्। यो गम्भीर परिणाम हो।

अब तिमीहरूले मनन गर्नुपर्छ: के तिमीहरूले प्रायजसो कुरा गर्ने वचन, धर्मसिद्धान्त र आत्मिक सिद्धान्तहरू सत्यता हुन्? के तिमीहरू सत्यता बुझ्छौ, कि धर्मसिद्धान्तहरू मात्र बुझ्छौ? तिमीहरूको बुझाइभित्र कतिवटा सत्यता वास्तविकताहरू छन्? यी कुराहरू बुझेपछि, तिमीहरूले साँच्चिकै आत्मज्ञान प्राप्त गर्नेछौ र आफ्नो दायरा थाहा पाउनेछौ। उदाहरणको लागि, तिमीहरूले कसरी इमानदार व्यक्ति हुने भन्ने सत्यताहरूबारे धेरै सङ्गति गरेका छौ, तर के तिमीहरूले तिनलाई साँच्चिकै बुझेका छौ? सायद तिमीहरूले केही वचनहरू सङ्गति गर्न र केही बुझाइबारे बोल्न सक्छौ होला, तर तिमीहरू यस्ता कतिवटा वास्तविकताहरूमा प्रवेश गरेका छौ? के तिमीहरू अब साँच्चिकै इमानदार व्यक्ति हौ त? के तिमीहरू यसबारे प्रस्ट रूपमा कुरा गर्न सक्छौ? कतिपय मानिसहरू भन्छन्, “इमानदार व्यक्ति हुनु भनेको झूट नबोल्नु, आफ्नो मनमा जे छ त्यही बोल्नु, केही पनि नलुकाउनु, र केही पनि नपन्छाउनु हो। इमानदार व्यक्ति हुने मापदण्ड यही हो।” यो अभिव्यक्ति तिमीहरूलाई कस्तो लाग्छ? के यो सत्यतासँग मेल खान्छ? (खाँदैन।) तँ शब्द र धर्मसिद्धान्तहरूबारे बोल्न सक्छस्, तर अभ्यासका विवरणहरू वा विशिष्ट समस्याहरूको कुरो आउँदा, तँ केही बोल्न सक्दैनस्। यो सत्यता बुझ्नु होइन। मानिसहरू सत्यता बुझ्दैनन्, तर सधैँ यस्तो सोच्छन्, “म निकै बुझ्ने भइसकेको छु, तर परमेश्‍वरले मलाई प्रयोग गर्नुहुन्न। यदि परमेश्‍वरले मलाई प्रयोग गर्नुभयो र म मण्डलीको अगुवा बनेँ भने, मैले हरेक दाजुभाइ-दिदीबहिनीले सत्यता बुझेको सुनिश्‍चित गरिदिन्थेँ।” के यो धेरै ठूलो गफ होइन र? के तँमा साँच्चिकै त्यो क्षमता छ त? के आत्मप्रशंसा र घमण्ड गर्न सक्ने मानिसहरू इमानदार मानिस हुन् त? यी मानिसहरू सत्यता बुझ्दैनन्, तैपनि धाकरवाफ र फाइँफुट्टी लगाउँछन्—के तिनीहरू दयनीय होइनन् र? (हो, दयनीय हुन्।) तिमीहरू अहिले धेरै प्रवचनहरू सुनिरहेका छौ, तर यदि तिमीहरू कहिल्यै सत्यता बुझ्दैनौ भने, ढिलोचाँडो तिमीहरू फरिसीहरूकै मार्ग हिँड्नेछौ, र त्यसपछि आधुनिक फरिसी हुनेछौ। के यस्तो हुन सम्भव छैन र? (छ।) यो बिलकुलै सम्भव छ। मानिसहरूको शैतानी प्रकृति गहिरो गरी गाडिएको हुन्छ। यदि तिनीहरूले केही ज्ञान वा शिक्षा आर्जन गरेर केही सही सिद्धान्त र ठूलाठूला प्रवचनहरू सुनाउन सक्छन् भने, तिनीहरू फरिसी बन्ने सम्भावना धेरै हुन्छ। यदि तँ फरिसी बन्न वा फरिसीसँग एउटै मार्ग हिँड्न चाहँदैनस् भने, यसबाट जोगिने एउटै उपाय भनेको सत्यता बुझ्ने र वास्तविकतामा प्रवेश गर्ने प्रयत्न गर्नु, र आफूले बुझेका धर्मसिद्धान्तहरूलाई सत्यता वास्तविकतामा परिणत गर्नु हो। अनि, के कुरालाई इमानदार व्यक्ति हुने सत्यता साँच्चिकै बुझेको मानिन्छ? यो कुरालाई तिमीहरू आफैले मनन गर्नुपर्छ र केही फुर्सद हुँदा यसबारे सङ्गति गर्नुपर्छ। इमानदार व्यक्ति भनेको ठ्याक्कै के हो? परमेश्‍वरले भन्‍नुभएको इमानदार व्यक्तिको लागि उहाँका वचनहरूमा के-कस्ता मापदण्डहरू छन्? परमेश्‍वरले आवश्यक गराउनुहुने यी मानकहरूमध्ये मानिसहरूले कुन-कुन अभ्यास गर्न सक्छन्? परमेश्‍वरले भन्नुभएको इमानदार व्यक्ति कस्तो हुन्छ? इमानदार व्यक्ति हुनुले मानिसहरूका भ्रष्ट स्वभावहरूको कुन पक्षप्रति लक्षित गर्छ? के यी प्रश्‍नहरू उजागर गर्न लायक छैनन् र? परमेश्‍वरले मानिसहरूलाई अभ्यास गर्न आवश्यक गराउनुहुने वचन र सत्यताहरू मानिसहरूको कार्यशैली वा व्यवहारप्रति लक्षित हुँदैनन्। ती त मानिसहरूका शैतानी प्रकृति र स्वभावहरूप्रति लक्षित हुन्छन्। त्यसकारण यी वचनहरूलाई सत्यता मानिन्छ। यदि तिनको एउटै मात्र उद्देश्य मानिसहरूको व्यवहार परिवर्तन गर्ने र मानिसहरूलाई सोच्न सिकाउने हुन्थ्यो भने, ती सत्यता हुन्थेनन्, ती एकप्रकारका सिद्धान्त मात्र हुन्थे। यो भन्न सकिन्छ कि, कुनै पनि शिक्षकले मानिसहरूमाथि अलिअलि प्रभाव पार्न र तिनीहरूको व्यवहार अलिअलि परिवर्तन गर्न सक्छ, अनि यही शिक्षालाई अभ्यास र सारांशीकरण गरेर, मानिसहरूको व्यवहारलाई क्रमिक रूपमा नियमन गर्न सकिन्छ। यसप्रकारको ज्ञान धेरै छ, तर यी कुराहरू सत्यता होइनन् किनभने तिनले मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सक्दैनन्, न त तिनले तिनीहरूका पापहरूको मूलजडसम्बन्धी समस्या नै समाधान गर्न सक्छन्। परमेश्‍वरका वचनहरूले मात्र मानिसहरूको भ्रष्टता शुद्धीकरण र समाधान गर्न सक्छन्, परमेश्‍वरका वचनहरूले मात्र मानिसहरूका शैतानी प्रकृतिहरू पूर्ण रूपमा समाधान गर्न सक्छन्, त्यसकारण, परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। परमेश्‍वरका वचनहरूको सत्यताको साँचो महत्त्व के हो? यो कुरा मनन गर्न, सोच्न, र बारम्बार मिलेर सङ्गति गर्न योग्य छ। यो कुरा कहिल्यै नबिर्सी: मानिसहरूको व्यवहार मात्र परिवर्तन गर्न सक्ने कुराहरू सत्यता होइनन्; ती ज्ञान र नियमकानुन मात्र हुन्। सत्यताले मानिसहरूको व्यवहार मात्र नभई तिनीहरूका भ्रष्ट स्वभावहरू पनि परिवर्तन गर्न सक्छ। यसअलावा, यसले तिनीहरूका विचार र धारणाहरू परिवर्तन गर्न सक्छ, र यो कुनै व्यक्तिको जीवन बन्न सक्छ। सत्यता त्यही हो। अहिले, प्रस्ट रूपमा यो मामला बुझ्न सक्ने मानिसहरू ज्यादै कम छन्। धेरै मानिसहरू त व्यवहार नियमन गर्ने र बाहिरी रूपमा शालीन जीवन जिउन सक्षम तुल्याउने ती कुरा सत्यता होइनन्, र ती सबै ज्ञान, धर्मसिद्धान्त, र शैतानी दर्शनहरू हुन् भनेर कहिल्यै थाहा पाउँदैनन्। जब मानिसहरूले ती कुराहरू स्विकार्छन्, तब तिनीहरूको बाहिरी व्यवहार झन्झन् आदर्शमयी, सम्मानित, र परिष्कृत बने पनि, तिनीहरूको हृदय कपट र दुष्टताले भरिन्छ, र झन्झन् कालो बन्दै जान्छ। यी कुरा शैतानका विष र सिद्धान्तहरू हुन्, यी मानिसहरूलाई बहकाउन र भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने कुराहरू हुन्। यी बिलकुलै सत्यता होइनन्, र यी परमेश्‍वरबाट आउँदैनन्। मानिसहरूलाई इमानदार, मुक्त, र स्वतन्त्र बन्न सक्षम पार्ने, अनि सृष्टिकर्तालाई चिन्न, परमेश्‍वरको डर मान्ने हृदय धारण गर्न, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्षम पार्ने कुराहरू मात्र सत्यता हुन्। तैँले जे-जस्तो दृष्टिकोण स्विकारे पनि र जुनै मार्ग पछ्याए पनि, यदि तेरो व्यवहारमा सुधार आउँछ र तैँले चर्चा पाउँछस्, तर तँमा एकदमै कम मात्रमा मात्र परमेश्‍वरको डर मान्ने हृदय छ र एकदमै कम मात्रामा मात्र परमेश्‍वरप्रतिको साँचो आस्था छ, अनि परमेश्‍वरसँगको तेरो सम्बन्ध एकदमै कमजोर छ, र तेरो हृदय परमेश्‍वरबाट झन्झन् टाढा भाग्छ भने, तँ जुन कुराहरूमा टाँसिइरहन्छस्, ती कुराहरू सकारात्मक कुरा होइनन् र ती सत्यता पनि निश्‍चय नै होइनन्। यदि तैँले कुनै मार्ग वा जीवनशैली रोज्छस् र केही कुराहरू स्विकार्छस्, अनि यी कुराहरूले तँलाई साँचो र इमानदार बन्ने, सकारात्मक कुराहरू प्रेम गर्ने, अनि दुष्ट र नकारात्मक कुराहरू घृणा गर्ने, परमेश्‍वरको डर मान्ने हृदय धारण गर्ने र सृष्टिकर्ताका सार्वभौमिकता र बन्दोबस्तहरू स्वेच्छाले स्विकार्ने तुल्याउँछन् भने, यी कुराहरू सत्यता हुन्, र यी साँच्चिकै परमेश्‍वरबाट आउँछन्। तिमीहरूले यी मापदण्डअनुसार परिस्थितिहरू मापन गर्न सक्छौ। केही धर्मसिद्धान्तहरू छन्, जुन धेरै मानिसहरूले बोल्न सक्छन् र धेरै वर्षदेखि बोल्दै आएका छन्। तर यी कुराहरू धेरै पटक बोलिएपछि पनि, मानिसहरूका भित्री स्वभावहरू परिवर्तन भएका हुँदैनन्, तिनीहरूका स्थितिहरू कति पनि परिवर्तन भएका हुँदैनन्, र मानिसहरूका दृष्टिकोण, सोच्ने शैली, र तिनीहरूका कार्यका सुरु बिन्दु र अभिप्रायहरू कुनै रूपमा पनि परिवर्तन भएका हुँदैनन्। त्यसैले तैँले चाँचाँडो ती कुराहरू त्याग्नुपर्छ र तीसँग टाँसिन छोड्नुपर्छ; ती निश्‍चय नै सत्यता होइनन्। मानिसहरूले पहिलोपटक केही वचनहरू अभ्यास गर्न सुरु गर्दा, त्यो श्रमसाध्य र कठिन लाग्छ र तिनीहरूले सिद्धान्तहरू बुझ्न सक्दैनन्। तर तिनीहरूले एक समय ती कुराहरू अनुभव र अभ्यास गरेपछि, तिनीहरूलाई महसुस हुन्छ, तिनीहरूका भित्री स्थितिहरूमा सुधार आएका छन्, तिनीहरूका हृदय परमेश्‍वरसँग नजिकिएका छन्, तिनीहरूसँग परमेश्‍वरको डर मान्ने र परमेश्‍वरको त्रास मान्ने हृदय छन्, तिनीहरूलाई केही आइपर्दा तिनीहरू खासै हठी वा विद्रोही हुँदैनन्, तिनीहरूका व्यक्तिगत अभिप्राय र चाहनाहरू त्यति बलिया छैनन्, र तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन सक्छन्। यो सकारात्मक स्थिति हो; यी वचनहरू सत्यता हुन्, र यी सही मार्ग हुन्। तिमीहरूले यी सिद्धान्तहरूको आधारमा परिस्थितिहरूको वास्तविकता खुट्ट्याउन सक्छौ। सत्यतालाई एउटै वाक्यमा परिभाषित गर्न सजिलो हुँदैन। यदि मैले त्यसलाई एक वाक्यमा परिभाषित गरेँ, र त्यो सुनेर तिमीहरूले सत्यता बुझ्न सक्यौ भने, त्यो राम्रो हुनेछ। तर यदि तिमीहरूले त्यसलाई पालना गर्नुपर्ने नियम र धर्मसिद्धान्तको रूपमा लियौ भने त्यो समस्याजनक हुनेछ—त्यो आत्मिक बुझाइ हुनु होइन। त्यसैले मैले तिमीहरूलाई यी सिद्धान्तहरू दिएको छु, र तिमीहरूले यी सिद्धान्तहरूअनुसार तुलना, अनुभव र अभ्यास गरेर अनुभवात्मक ज्ञान हासिल गर्नुपर्छ। यी सिद्धान्तहरूको आधारमा कार्य गर्ने र आफूलाई व्यवहारमा ढाल्ने काम मात्र नगर्, तैँले यिनै सिद्धान्तहरूअनुसार मानिसहरू र परिस्थितिलाई हेर्ने र मानिसहरूलाई मूल्याङ्कन गर्ने काम पनि गर्नुपर्छ। यो तरिकाले अनुभव र अभ्यास गरेर, तैँले सत्यता के हो भन्ने कुरा थाहा पाउनेछस्। यदि मानिसहरूले सत्यता के हो भनी बुझ्दैनन्, र यदि तिनीहरूलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी थाहा छैन भने, के तिनीहरूले जीवन प्राप्त गर्न सक्छन् र? के तिनीहरूले जीवन स्वभाव परिवर्तन गर्न सक्छन् र? परमेश्‍वरले उहाँका वचनहरूमा मानिसहरूको लागि अघि सार्नुभएका मापदण्डहरू त्यति उच्च मापदण्डहरू होइनन्, र ती निकै सरल छन्, तैपनि यदि तँ सत्यताको निहित अर्थ के हो, वा सत्यतामा कति व्यावहारिक कुरा समावेश हुन्छ भनी बुझ्दैनस्, र तैँले सत्यतालाई शब्द र सिद्धान्तहरूको हिसाबमा मात्र बुझ्छस् भने, तँ परमेश्‍वरले मानिसहरूलाई प्रवेश गर्न आवश्यक गराउनुभएका सत्यता वास्तविकताहरूमा प्रवेश गर्न कहिल्यै सक्षम हुनेछैनस।

मे २६, २०१७

फुटनोटहरू:

क. जियाङशु एउटा चिनियाँ शब्द हो जसले प्राचीन समयमा चीनमा रहेको मार्सल आर्ट र अपराधीहरूको काल्पनिक संसार जनाउँछ।

अघिल्लो: छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

अर्को: मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्