1024 शुद्ध पारिएकाहरू मात्रै विश्राममा प्रवेश गर्नेछन्
पद १
भविष्यको मानवजाति
आदम र हव्वाकै सन्तति हुनेछ,
तर शैतानको राज्यक्षेत्रमा बाँच्ने मानव हुनेछैनन्।
बरु मुक्त र शुद्ध पारिएका मानव हुनेछन्।
यो मानवजाति
न्याय गरिएको, सजाय दिइएको,
र पवित्र हुनेछ।
यी मानव मौलिक रूपका मानवजस्ता हुनेछैनन्,
बरु सुरुका आदम र हव्वाभन्दा भिन्न मानवजस्तै हुनेछन्।
पद २
यी मानव शैतानद्वारा भ्रष्ट तुल्याइएका
मध्येबाट नै चुनिएका हुनेछन्
र जो अन्ततः परमेश्वरको न्याय र सजायको
समयमा दृढ उभिएका छन्, ती हुनेछन्;
भ्रष्ट मानवजाति बीच रहेका
ती अन्तिम मानव समूह रहनेछन्।
यी मानव मात्रै परमेश्वरसँग
अन्तिम विश्राममा प्रवेश गर्न पाउनेछन्।
पद ३
जो आखिरी दिनहरूमा उहाँको न्याय र
सजायको कामको क्रममा दृढ उभिन सक्छन्,
अर्थात्, शुद्धीकरणको अन्तिम कामको क्रममा, ती नै उहाँसँग
अन्तिम विश्राममा प्रवेश गर्नेछन्।
विश्राममा प्रवेश गर्नेहरू, उहाँको शुद्धीकरणको अन्तिम
कामबाट गुज्रिएपछि शैतानको प्रभावबाट मुक्त भएका र उहाँद्वारा
प्राप्त गरिएका हुनेछन्।
यी अन्ततः परमेश्वरद्वारा प्राप्त गरिएका मानव
अन्तिम विश्राममा प्रवेश गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट परिमार्जित