343 परमेश्‍वरलाई नचिन्नेहरू उहाँको विरोध गर्छन्

शुरुवात

परमेश्‍वरको कामको लक्ष्य नबुझ्ने

व्यक्ति नै उहाँको विरोध गर्ने व्यक्ति हो।

बुझेर पनि उहाँलाई सन्तुष्ट नपार्ने व्यक्ति

अझ बढी विरोधी हो।


पद १

मण्डलीका मानिस दिनभर बाइबल वाचन गर्छन्,

तर ती मध्ये कोही उहाँको काम बुझ्दैनन्।

कोही उहाँलाई चिन्न सक्तैनन्,

न उहाँको इच्छामा एकचित्त हुन सक्छन्।

तिनीहरू बेकार, नीच मानिस हुन्,

उहाँलाई पाठ पढाउन माथि उभिएका,

उहाँको ध्वजा बोक्दै उहाँकै विरोध गर्छन्।

आस्थाको दाबी गर्दै मानवता निल्छन्।


पद २

यी आत्मा-निल्ने दुष्टहरू

मानिसलाई सही मार्गमा हिँड्नबाट रोक्छन्।

उहाँको खोजी गर्नेलाई बाधा दिने ठेस लाग्ने ढुङ्गा हुन् ती।

तिनीहरू “स्वस्थ संरचना” का झैँ देखिएपनि,

तिनलाई पछ्याउनेले कसरी जानुन् कि

तिनीहरू परमेश्‍वर र ख्रीष्ट विरोधी,

मानव आत्मा निल्ने दियाबलस हुन्?


कोरस

परमेश्‍वरलाई नचिन्ने,

उहाँलाई मान्ने तर नजान्ने,

उहाँलाई पछ्याउने तर पालन नगर्ने,

उहाँको अनुग्रहमा रमाउने तर

साक्षीको रूपमा खडा हुन नसक्ने,

सबै उहाँका विरोधमा छन्।


पद ३

उहाँको उपस्थितिमा आफूलाई उच्च सम्मानमा राख्ने,

मानिस मध्येका

सबैभन्दा नीच हुन्,

जबकि आफूलाई विनम्र राख्ने

सबैभन्दा सम्मानित हुन्।

जसले आफूलाई परमेश्‍वरको काम थाहा छ भनी

ठान्छन् र ठूलो प्रदर्शनको साथ घोषणा गर्छन्,

अज्ञानी, अहङ्कारी, घमण्डी हुन्छन्;

उहाँको गवाही रहित हुन्छन्।


कोरस

परमेश्‍वरलाई नचिन्ने,

उहाँलाई मान्ने तर नजान्ने,

उहाँलाई पछ्याउने तर पालन नगर्ने,

उहाँको अनुग्रहमा रमाउने तर

साक्षीको रूपमा खडा हुन नसक्ने,

सबै उहाँका विरोधमा छन्।


ब्रिज

उहाँको इच्छा नबुझ्ने,

बुझ्ने तर सत्यता अभ्यास नगर्ने,

उहाँका वचन खाने र पिउने तैपनि अवज्ञा गर्ने,

विरोधी हुन्।

देहधारी परमेश्‍वरको धारणा भएका र

उहाँको विद्रोह गर्ने मन भएका,

उहाँको साक्षी दिन नसक्ने,

उहाँलाई नचिन्ने,

गलत राय बनाउने,

उहाँका विरोधी हुन्।


कोरस

परमेश्‍वरलाई नचिन्ने,

उहाँलाई मान्ने तर नजान्ने,

उहाँलाई पछ्याउने तर पालन नगर्ने,

उहाँको अनुग्रहमा रमाउने तर

साक्षीको रूपमा खडा हुन नसक्ने,

सबै उहाँका विरोधमा छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्” बाट परिमार्जित

अघिल्लो: 339 तिमी को प्रति वफादार छौ?

अर्को: 345 तिमी किन यति अहङ्कारी छौ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्