755 शैतानलाई पराजित गर्नेहरूलाई मात्र मुक्ति दिइन्छ
शुरुवात
मानिसलाई मुक्ति दिन बाँकि हुँदा,
तिनका जीवन शैतानले नियन्त्रण गरेको हुन्छ।
सबै शैतानका कैदी हुन्।
पद १
यी कैदीसँग स्वतन्त्रता हुँदैन,
शैतानले नत्यागी ती परमेश्वरको
आराधना गर्न योग्य हुँदैनन्।
शैतानले नजिकबाट खेदाइरहेको हुन्छ।
त्यसको भयानक आक्रमण
भोगेकोले, तिनमा खुसी,
सामान्य अस्तित्वको अधिकार र
आत्मसम्मान पनि हुँदैन।
कोरस
यस जीवन-मृत्युको लडाइँमा, तिमी शैतानसँग
लड्न विश्वास, समर्पणता, र उहाँको डरलाई
हतियार बनाई खडा हुनैपर्छ।
यी सबका साथ शैतानलाई घुँडा टेकाउन सक्छौ।
जब त्यसलाई पूरै पराजित गर्छौ,
भाग्ने, डरपोक हुने तुल्याउँछौ।
त्यसले आक्रमण गर्ने, आरोप लाउनेछैन।
अनि मात्र मुक्ति पाउनेछौ, स्वतन्त्र हुनेछौ।
पद २
शैतानबाट छुट्टिन कटिबद्ध छौ,
तर सही हतियारले सुसज्जित छैनौ भने,
खतरामै रहनेछौ।
यातना पाउनेछौ, शक्तिहीन बनाइनेछौ,
अझै गवाही दिन सक्नेछैनौ,
त्यसका आरोप, आक्रमणमा फसेको र आफूलाई पूरै स्वतन्त्र बनाउन असक्षम हुनेछौ।
तब मुक्तिको आशा निकै थोरै हुनेछ।
ब्रिज
उहाँको कामको अन्त्यको घोषणा गरिँदा,
स्वतन्त्र हुन असमर्थ, मौका वा
आशाबिना, शैतानको पकडमै हुनेछौ,
त्यस्ता मानिस शैतानको कैदमा हुनेछन्।
कोरस
यस जीवन-मृत्युको लडाइँमा, तिमी शैतानसँग
लड्न विश्वास, समर्पणता, र उहाँको डरलाई
हतियार बनाई खडा हुनैपर्छ।
यी सबका साथ शैतानलाई घुँडा टेकाउन सक्छौ।
जब त्यसलाई पूरै पराजित गर्छौ,
भाग्ने, डरपोक हुने तुल्याउँछौ।
त्यसले आक्रमण गर्ने, आरोप लाउनेछैन।
अनि मात्र मुक्ति पाउनेछौ, स्वतन्त्र हुनेछौ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २” बाट परिमार्जित