विद्रोहीले पश्चात्ताप गर्छ
गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्वासको जग हो र हामीले विश्वासीहरूको हैसियतमा बाइबल पालन...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
म सानो छँदा, मेरो खुट्टा यति धेरै दुख्थ्यो कि म हिँड्न सक्दिनथेँ, त्यसैले मेरी आमाले मलाई प्रभु येशूकहाँ ल्याउनुभयो। अचम्मको कुरा, एक महिनाभन्दा कम समयमै मेरो खुट्टा चमत्कारिक रूपमा निको भयो। प्रभुको प्रेमको बदला चुकाउन, मैले सन् १९९७ मा स्कुल छोडेँ र उत्साहपूर्वक प्रभुको लागि आफूलाई समर्पित गर्न थालेँ। त्यसको केही समयपछि नै, मण्डलीले मलाई संवर्धन गर्नुपर्ने एक महत्त्वपूर्ण पात्रको रूपमा पहिचान गऱ्याे। एल्डर छुले मलाई बारम्बार विभिन्न मण्डलीहरूमा प्रचार गर्न लैजानुहुन्थ्यो। त्यस समयमा, पाष्टर र एल्डरहरूले प्रभुको दिन आउनै लागेको छ, र हामीले बुद्धिमती कन्याहरूले दियोको तेल तयार पारेर प्रभुको आगमनको प्रतीक्षा गरेजस्तै गर्नुपर्छ भनेर बारम्बार भन्नुहुन्थ्यो। उहाँहरूले यसो पनि भन्नुहुन्थ्यो, “बाइबलमा यस्तो लेखिएको छ, ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्नेछन्, र तिनीहरूले पनि, जसले उहाँलाई घोचे: र उहाँका कारण पृथ्वीका सब कुलहरूले विलाप गर्नेछन्’ (प्रकाश १:७)। जब आखिरी दिनहरूमा प्रभु फर्कनुहुन्छ, उहाँ ठूलो महिमाका साथ बादल सहित आउनुहुनेछ र उहाँलाई भेट्न भनेर हामीलाई आकाश माथि उठाउनुहुनेछ। हामी स्वर्गको राज्यमा प्रवेश गर्नेछौँ र अनन्त आशिष्को आनन्द लिनेछौँ। गैरविश्वासीहरू विपत्तिमा परेर रुनेछन् र दाह्रा किट्नेछन्।” एल्डर र पाष्टरहरूका उत्साहजनक उपदेशहरू सुनेर, म तुरुन्तै प्रभु ठूलो महिमाका साथ बादल सहित पृथ्वीमा ओर्लनुहुँदा हामी सबै खुसीसाथ उहाँको वरिपरि जम्मा भइरहेको कल्पना गर्थेँ। त्यस्तो उत्साहजनक दृश्यको विचारले म कति उत्साही थिएँ भन्ने तपाईं कल्पना गर्न सक्नुहुन्छ।
त्यसपछि, सन् १९९९ को सुरुतिरको एक दिन, एल्डर छु र इलाकाका एल्डर हेले सहकर्मीहरूलाई सँगै बोलाएर यसो भन्नुभयो: “अहिले ‘पूर्वीय ज्योति’ भनिने एउटा नयाँ मण्डली खडा भएको छ र त्यसले प्रभु पहिले नै देह बनेर फर्किसक्नुभएको, वचनहरू व्यक्त गरिरहनु भएको, र परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको भन्ने दाबी गर्छ। तर यो कसरी हुन सक्छ? धर्मशास्त्रले स्पष्ट रूपमा प्रभु बादलमा ओर्लनुहुनेछ भन्छ, तर तिनीहरू प्रभु देहधारी भएर फर्कनुभयो भन्ने दाबी गर्छन्। यो बाइबलसँग मेल खाँदैन, त्यसैले तिमीहरूले तिनीहरूका प्रवचनहरू सुन्नु हुँदैन वा तिनीहरूका किताबहरू पढ्नु हुँदैन, अतिथि सत्कारको त कुरै छोडौँ। जसले तिनीहरूलाई अतिथि-सत्कार गर्छ, उसलाई मण्डलीबाट निष्कासित गरिनेछ!” उहाँहरूले त्यसो भन्दा, मैले सोचेँ: “एल्डरहरू वर्षौंदेखि विश्वासी हुनुहुन्छ र बाइबलमा निपुण हुनुहुन्छ, त्यसैले उहाँहरू पक्कै सही हुनुहुन्छ। अझ के भने, धर्मशास्त्रले स्पष्ट रूपमा प्रभु बादलमा ओर्लनुहुनेछ भन्छ, त्यसोभए उहाँ कसरी देहधारी भएर आउन सक्नुहुन्छ र? मेरो कद अझै सानै छ, त्यसैले मैले पूर्वीय ज्योतिका मानिसहरूको सम्पर्कमा आउनु हुँदैन, नत्र म बहकाइन सक्छु।” तर त्यसको केही समयपछि नै, मेरा धेरै सहकर्मीहरू र साथी विश्वासीहरू पूर्वीय ज्योतिमा परिवर्तित भए। एल्डर हेले हामीले यी सहकर्मी र विश्वासीहरूसँग सम्बन्ध तोड्नुपर्छ भन्नेमा जोड दिनुभयो। उहाँले हामीलाई कसैलाई पनि पूर्वीय ज्योतिमा परिवर्तित हुन नदिनु भन्ने खबर सबै मण्डलीहरूमा फैलाउन पनि आग्रह गर्नुभयो। त्यसपछि, म आफ्नो रेखदेखमा रहेका सबै सङ्गति-स्थलहरूमा गएँ र मण्डलीहरूलाई बन्द गरेँ। मैले बारम्बार यो कुरामा पनि जोड दिएँ: “जब प्रभु आउनुहुन्छ, उहाँ बादलमा आउनुहुनेछ, देहको रूपमा होइन। प्रभु देहधारी भएर फर्कनुभयो भनी दाबी गर्ने कुनै पनि प्रचार झूटो हो।” यो सुनेर, विश्वासीहरू सबैले टाउको हल्लाए र अरू कोही सुसमाचार प्रचार गर्न आएमा आफूहरूले उसलाई धपाइदिने बताए। ब्रदर-सिस्टरहरूलाई पूर्वीय ज्योतिको प्रचार सुन्नबाट रोक्नका लागि, मैले मण्डलीहरू बन्द गर्न नरोकिईकन काम गरेँ। तर मेरो सक्दो प्रयासका बाबजुद, सहकर्मी र विश्वासीहरू निरन्तर रूपमा पूर्वीय ज्योतिमा परिवर्तित भइरहेका थिए।
एक दिन, म एक जना सहकर्मीको घरमा हुँदा, उहाँले मलाई सहकर्मी ली र अरू विश्वासीहरूले पूर्वीय ज्योतिका बारेमा अनुसन्धान गरिरहेका बताउनुभयो। म र केही अरू सहकर्मीहरू तिनीहरूलाई रोक्न हतारहतार गयौँ। मैले तिनीहरूलाई भनेँ: “धर्मशास्त्रहरूले प्रभु बादल सहित ओर्लनुहुने र सबैले उहाँको आगमनलाई देख्ने कुरा बताउँछन्। पूर्वीय ज्योतिका मानिसहरूले प्रभु देहधारी भएर फर्कनुभएको भनी प्रचार गर्दा हामीले विश्वास गर्न मिल्दैन।” अचम्मको कुरा, मेरो मुखबाट शब्द निस्कन नपाउँदै, तिनीहरूमध्ये एक जनाले भने: “तिनीहरूले प्रचार गरेको कुरा धेरै अन्तर्दृष्टिपूर्ण छ र यो बाइबलसँग मेल खान्छ। हामीले किन सुन्न मिल्दैन? परमेश्वरको काम कसले बुझ्न सक्छ र? मलाई लाग्छ हामीले अनुसन्धान जारी राख्नुपर्छ।” त्यो सुनेर म चिन्तित भएँ र तिनीहरूलाई रोक्ने प्रयास गर्दै थिएँ, तर त्यत्तिकैमा, अचानक मेरो घाँटी बाँधियो र मलाई अकस्मात खोकी लाग्यो। मेरो अनुहार चुकन्दरजस्तै रातो भयो र आँखाबाट आँसुको धारा बग्न थाल्यो—मैले एउटा शब्द पनि बोल्न सकिनँ। त्यहाँ भएका सबै जना छक्क परेर हेरिरहे। मेरा सहकर्मीहरूले हतार-हतार मलाई एक गिलास पानी ल्याइदिए, तर पानी पिएपछि पनि मेरो खोकी रोकिएन। म साँच्चै आत्तिएकी थिएँ र प्रभुलाई मेरो खोकी रोकिदिनुहोस् भनी निरन्तर प्रार्थना गरिरहेँ। मेरो स्थिति देखेर, अर्का सहकर्मीले मेरो सट्टामा बोल्न जारी राखे, तर केही शब्द बोलेपछि, उनले हतारमा सभा टुङ्ग्याए। त्यो एकदमै अप्ठ्यारो दृश्य थियो। पछि म सोच्न बाध्य भएँ: “म त प्रभुको मार्गको रक्षा गर्दै थिएँ र बगालको सुरक्षा गर्दै थिएँ, त्यसोभए सबैभन्दा महत्त्वपूर्ण क्षणमा मलाई किन अकस्मात खोकी लाग्यो? प्रभुले मेरो प्रार्थना किन सुन्नुभएन? के मेरा शब्दहरू उहाँको अभिप्रायअनुसार नभएका होलान् त?” त्यसको केही समयपछि नै, म बिरामी परेँ। मेरो टाउको दुख्यो, रिङ्गटा लाग्यो, र पेटमा असहज महसुस भयो। ओछ्यानमा कमजोर र शिथिल भएर पल्टिरहँदा, मैले प्रभुलाई बारम्बार पुकारेँ। तर मैले जति नै बिन्ती गरे पनि, मेरो अवस्थामा सुधार आएन। म सोच्न बाध्य भएँ: “के म प्रभुप्रति पर्याप्त समर्पित छैन र? मैले उहाँको बगालको रक्षा गर्न सक्दो प्रयास गरेकी छु, त्यसोभए म किन बिरामी परेँ?” मैले जवाफ खोज्दै धेरै दिमाग खियाएँ, तर मैले केही बुझ्न सकिनँ।
सन् १९९९ को शरद ऋतुमा, एल्डर हे मण्डली बन्द गरेर फर्किने क्रममा कार दुर्घटनामा पर्नुभयो। उहाँ दुर्घटनामा बेहोस हुनुभयो र टाउकोमा गम्भीर चोट लाग्यो, अनि धेरै दिनसम्म गम्भीर अवस्थामा रहेपछि बल्ल स्थिर हुनुभयो। यो सुनेर म छक्क परेँ: एल्डर हेले वर्षौंदेखि प्रभुको लागि सुखदुःखमा काम गर्नुभएको थियो, र उहाँले बगालको रक्षा गर्न र विश्वासीहरूलाई पूर्वीय ज्योति स्वीकार गर्नबाट रोक्न, टाढाको यात्रा र कष्ट भोग्नुभएको थियो। उहाँलाई यस्तो किन भयो होला? तर मैले यसबारे छोटकरीमा मात्र विचार गरेँ र त्यसपछि त्यो सोचलाई पन्छाएँ। त्यसको केही महिनापछि एक दिउँसो, मैले अरू केही विश्वासीहरू पूर्वीय ज्योतिबारे अनुसन्धान गरिरहेका छन् भन्ने सुनेँ, त्यसैले म र दुई जना सिस्टरहरू हतार-हतार हाम्रो साइकलमा गयौँ र तिनीहरूलाई धम्काउन र रोक्न धेरै आधारहीन अफवाहहरू र भ्रमपूर्ण कुराहरू बतायौँ। यो कुराले तिनीहरू डराए र तिनीहरूले अबदेखि पूर्वीय ज्योतिका प्रवचनहरू नसुन्ने बताए। त्यो सुनेपछि मात्रै मैले अन्ततः अलिकति राहत महसुस गरेँ। तर त्यसपछि, म साइकलमा घर फर्किँदै गर्दा, ओरालोमा पुग्दा, मैले अचानक सन्तुलन गुमाएँ, मेरो आँखाअगाडि अँध्यारो छायो, र म आफ्नो साइकलसहित दुई मिटर पर भुइँमा पछारिएँ। मलाई तुरुन्तै रिङ्गटा लाग्यो र मेरो पूरै शरीर दुख्यो। त्यो दुर्घटनामा मेरो देब्रे काँधको हड्डी भाँचिएको थियो, र यो अचानक भएको दुर्घटनाले मलाई हैरान र अलमल्लमा पार्यो: “के प्रभु येशूले हामीलाई शान्ति र आनन्द प्रदान गर्नुहुन्न र? मैले प्रभुको मार्गको रक्षा गर्दा र उहाँको बगालको सुरक्षा गर्दा मलाई यस्तो किन भयो? के मैले प्रतिरोध गरिरहेको यो पूर्वीय ज्योति नै साँच्चै प्रभुको पुनरागमन होला त? तर बाइबलले स्पष्ट रूपमा प्रभु बादलमा ओर्लनुहुनेछ भन्ने कुरा व्यक्त गर्छ, र पूर्वीय ज्योतिले उहाँ देहधारी भएर फर्कनुभएको छ भन्ने गवाही दिन्छ। यो साँचो मार्ग हुन सक्दैन! के म प्रभुप्रति पर्याप्त समर्पित नभएकीले उहाँले मलाई जाँच्दै हुनुहुन्छ? वा के मैले कुनै तरिकाले उहाँलाई चिढ्याएकी छु त?” म साँच्चै अलमलिएकी थिएँ र प्रभुको अभिप्राय बुझ्न सकिनँ। त्यसपछि, मैले भित्रभित्रै झन्-झन् अँध्यारो र रित्तो महसुस गरेँ। मैले बाइबल पढ्दा कुनै अन्तर्दृष्टि पाइनँ र मसँग आफ्ना प्रवचनहरूमा भन्नका लागि केही कुरा थिएन। मेरा प्रार्थनाहरू पनि सुक्खा र नीरस लाग्थे। मलाई यस्तो लाग्थ्यो, मानौँ अब प्रभु मेरो साथमा हुनुहुन्न। हाम्रा धेरै विश्वासीहरू पनि आफ्नो आस्थामा निरुत्साहित हुँदै गइरहेका थिए। सङ्गतिहरूका दौरान, धेरैजसो मानिसहरू घरव्यवहारका कुरा गर्ने वा झुल्ने गर्थे, र धेरै सहकर्मी र विश्वासीहरू त मण्डली छोडेर सांसारिक जगतमा फर्किसकेका थिए। मलाई सबैभन्दा निराश तुल्याउने कुराचाहिँ मेरा सहकर्मीहरूबीचको इर्ष्या र विवाद थियो। भेलाहरूमा, एल्डरहरू र सहकर्मीहरू ससाना कुरामा पनि चर्को झगडा गर्थे र रिसाएर छुट्टिन्थे। जब मैले यो सबै देखेँ, मण्डलीको अवस्था यस्तो कसरी भयो होला भनेर मैले बुझ्नै सकिनँ। मलाई सङ्गतिदेखि दिक्क लाग्न थाल्यो र मैले पनि सांसारिक जीवनमा फर्कने विचार गर्न थालेँ।
त्यसपछि, सन् २००२ को एक दिन, मेरी आमाले उत्साहित हुँदै मलाई भन्नुभयो: “लामो समयदेखि प्रतीक्षा गरिएका प्रभुको पुनरागमन भइसकेको छ उहाँ वचनहरू व्यक्त गर्न र न्यायको काम गर्न देहधारी हुनुभएको छ।” यो सुनेर म तीनछक परेँ। के यो पूर्वीय ज्योतिले प्रचार गरिरहेको कुरा थिएन र? के मेरी आमा पूर्वीय ज्योतिमा परिवर्तित हुनुभएको थियो? उहाँले कुरा सिध्याउन नपाउँदै, मैले उहाँलाई सोधेँ: “तपाईंलाई प्रभु येशू फर्कनुभएको छ भनेर कसले भन्यो? के तपाईंले जब प्रभु आउनुहुन्छ, उहाँ महिमाका साथ बादलमा ओर्लनुहुनेछ र यसले स्वर्ग र पृथ्वी हल्लाउनेछ भन्ने कुरा बाइबलले स्पष्ट रूपमा बताउँछ भन्ने बिर्सनुभयो? तपाईं प्रभु फर्कनुभएको छ भन्नुहुन्छ, त्यसोभए हामीले किन यी कुनै पनि ठूला चिन्हहरू देखेका छैनौँ त? तपाईं प्रभु न्यायको काम गर्न देहधारी हुनुभएको छ भन्नुहुन्छ, तर यो कसरी हुन सक्छ? तपाईंले जे सुन्यो त्यही पत्याउनु हुँदैन।” म कति जिद्दी छु भन्ने देखेर, मेरी आमा आफ्नो कोठाभित्र जानुभयो र एउटा उत्कृष्ट गाता भएको किताब लिएर निस्कनुभयो। उहाँले उत्सुक हुँदै भन्नुभयो: “सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। यी उहाँले व्यक्त गर्नुभएका नयाँ वचनहरू हुन्। यो पढ अनि तिमीले बुझ्नेछौ।” त्यो किताब बिलकुलै नयाँ थियो र गातामा सुनौला ठूला अक्षरहरूमा “वचन देहमा देखा पर्नुहुन्छ” भन्ने शीर्षक छापिएको थियो। मलाई तुरुन्तै पादरीहरूको चेतावनी याद आयो: “तिमीहरूले तिनीहरूको किताब पढ्नु हुँदैन। यदि पढ्यौ भने, तिमीहरू बहकाउमा पर्नेछौ।” त्यसैले मैले भनेँ: “आमा, तपाईंले यी कुराहरूमा विश्वास गर्नु हुँदैन। तपाईंले बाइबल धेरै पढ्नुभएको छैन, तर म बाइबलमा पोख्त छु र मैले धेरै आत्मिक जागृति सभाहरूमा भाग लिएकी छु। के तपाईंलाई साँच्चै मलाई भन्दा बढी थाहा छ जस्तो लाग्छ? यदि तपाईं आस्थाबाट भड्किनुभयो भने, तपाईंले मण्डलीमा बिताएका यी सबै वर्षहरू खेर जानेछैनन् र?” मैले आमालाई पूर्वीय ज्योतिमा नलाग्न सम्झाउने प्रयास गरिरहेँ। तर मैले जे भने पनि, मेरी आमा टसको मस हुनुभएन वा उहाँले आफ्नो विचार अलिकति पनि बदल्नुभएन। उहाँले मलाई हृदयदेखि नै यसो पनि भन्नुभयो: “सर्वशक्तिमान् परमेश्वर नै वास्तवमा हामीले सधैँभरि तृष्णा गरिरहेका प्रभु येशू हुनुहुन्छ। उहाँ बोल्न र काम गर्न फेरि एकपटक देह बन्नुभएका परमेश्वरका आत्मा हुनुहुन्छ। ‘वचन देहमा देखा पर्नुहुन्छ’ परमेश्वर स्वयम्ले आखिरी दिनहरूमा बोल्नुभएका वचनहरू हुन् र यसले बाइबलका सबै रहस्यहरू खोल्छ। तिमीले सर्वशक्तिमान् परमेश्वरका वचनहरू कहिल्यै पढेकी छैनौ, त्यसोभए ती फर्कनुभएका प्रभुका वचन होइनन् भनेर तिमीलाई कसरी थाहा भयो? बाइबलले भन्छ: ‘विश्वास सुनाइबाट आउँछ’ (रोमी १०:१७)। तिमीले आफ्ना आँखा र कान बन्द गरेकी छ्यौ भने तिमी कसरी प्रभुलाई स्वागत गर्ने अपेक्षा गर्छ्यौ? विचार गर त: यदि प्रभु साँच्चै फर्कनुभएको हो, र तिमीले उहाँलाई स्वागत गरिनौ भने, त्यो मौका गुमाएकोमा तिमीलाई पछुतो हुनेछैन र?” उहाँले भनेको कुरा सुनेपछि, मैले कुनै उचित जवाफ सोच्न सकिनँ, त्यसैले मैले झनक्क रिसाउँदै जवाफ दिएँ: “म यो किताब पढ्दिनँ, म बाइबल मात्र पढ्छु। हामीले प्रभुको यति धेरै अनुग्रहको आनन्द लिएका छौँ—म कृतघ्न बन्न सक्दिनँ! तपाईंले जे भने पनि, म प्रभुलाई धोका दिनेछैन!” मेरो यस्तो रवैया देखेर, उहाँले निराशामा सुस्केरा हाल्नुभयो र बेलुकाको खाना बनाउन उठ्नुभयो। त्यसको केही समयपछि, मैले भान्साबाट मधुर सङ्गीतको आवाज सुनेँ। त्यो गीतको धुन सुन्दर थियो, तर जब मैले ध्यान दिएर सुनेँ, मैले के महसुस गरेँ भने यो मैले पहिले सिकेका भजनहरूमध्ये कुनै पनि होइन। यो मेरी आमाले मलाई सुनाउनका लागि बजाउनुभएको हो भन्ने मलाई थाहा भयो, त्यसैले म तुरुन्तै बाहिर निस्केँ। त्यसपछि, मेरी आमाले घरमा धेरै भजनहरू बजाउन थाल्नुभयो, र राति, म उहाँले मेरालागि आँसु झार्दै प्रार्थना गरिरहेकी सुन्थेँ। म सोच्न बाध्य भएँ: “मेरी आमा दृढ इच्छाशक्ति भएकी व्यक्ति हुनुहुन्छ, उहाँले प्रभुलाई स्वागत गर्ने विषयमा पक्कै पनि लगनशील भएर खोजी गर्नुभएको हुनुपर्छ। के पूर्वीय ज्योति साँच्चै प्रभु येशूको पुनरागमन होला त? नत्र, मेरी आमा मेरा लागि प्रार्थना गर्दा किन यति चिन्तित र व्याकुल हुनुहुन्छ?” तर त्यसपछि मैले पाष्टर र एल्डरहरूले भनेको कुरा सम्झेँ र मैले प्रभुको मार्गमा लागिरहने र हार नमान्ने निर्णय गरेँ। त्यसपछि, म मेरी आमाबाट झन् टाढा भएँ।
एक दिन, म बैठक कोठाको सोफामा बसिरहेको बेला मेरी आमाले आफ्नो कोठामा फेरि एउटा भजन बजाउनुभयो। भजनका शब्दहरूले मलाई आकर्षित गरे:
१ मानव जातिको कार्यको खातिर परमेश्वरले धेरै अनिदा रातहरू बिताउनुभएको छ। माथिको उचाइदेखि तलका गहिराइहरूसम्म, उहाँ मानिससँग पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म जिउन जीवित नरकमा ओर्लनुभएको छ जहाँ मानिस बस्छ, उहाँले मानिसबीचको जीर्णताको कहिल्यै गुनासो गर्नुभएन, र उहाँले मानिसको विद्रोहीपनका लागि कहिल्यै उसको निन्दा गर्नुभएको छैन, तर उहाँले आफ्नो काम व्यक्तिगत रूपमा गर्ने क्रममा सबैभन्दा ठूलो अपमान सहनुहुन्छ। परमेश्वर कसरी नरकको हुन सक्नुहुन्छ? उहाँले आफ्नो जीवन कसरी नरकमा बिताउन सक्नुहुन्छ? तर सारा मानवजातिले चाँडै विश्राम पाउन सकून् भनी सम्पूर्ण मानव जातिको खातिर उहाँले पृथ्वीमा आउनका निम्ति अपमान सहनुभएको छ र अन्याय सहनुभएको छ, र मानिसलाई मुक्त गर्न व्यक्तिगत रूपमा “नरक” र “पाताल” मा, बाघको खोरमा पस्नुभएको छ। मानिस कसरी परमेश्वरको विरोध गर्न योग्यको छ? परमेश्वरबारे गुनासो गर्नुपर्ने के कारण ऊसँग छ? ऊसँग परमेश्वरलाई सामना गर्ने धृष्टता कसरी हुन सक्छ?
२ स्वर्गका परमेश्वर भ्रष्टताको यो अत्यन्तै फोहोर देशमा आउनुभएको छ, र उहाँले कहिल्यै पनि आफ्ना गुनासाहरू पोखाउनुभएको छैन, वा मानिसको विषयमा गुनासो गर्नुभएको छैन, तर बरु चुपचाप मानिसका बरबादीहरू र थिचोमिचो स्वीकार गर्नुहुन्छ। उहाँले मानिसका विवेकहीन मागहरूलाई कहिल्यै प्रतिकार गर्नुभएको छैन, उहाँले कहिल्यै मानिसबाट अनावश्यक मागहरू गर्नुभएको छैन, र उहाँले कहिल्यै मानिसबाट अनुचित मागहरू गर्नुभएको छैन; उहाँले कुनै गुनासो नगरी मानिसका निम्ति आवश्यक सबै काम गर्नुहुन्छ: शिक्षा दिने, अन्तर्दृष्टि दिने, निन्दा गर्ने, वचनहरूको शोधन, स्मरण गराउने, अर्ती दिने, सान्त्वना दिने, न्याय गर्ने, र प्रकट गर्ने। उहाँको कुन कदम मानिसको जीवनका लागि रहेन? उहाँले मानिसका सम्भावनाहरू र भाग्यलाई हटाउनुभएको भए पनि, परमेश्वरले चाल्नुभएको कुनचाहिँ कदम मानिसको भाग्यका लागि होइन? तीमध्ये कुनचाहिँ मानिसको अस्तित्वको लागि होइन? तीमध्ये कुनचाहिँ मानिसलाई यो कष्ट र रातको कालो जस्तो अन्धकारको दमनबाट मुक्त गर्नका निम्ति होइन? तीमध्ये कुनचाहिँ मानिसका लागि होइन? परमेश्वरको हृदयलाई कसले बुझ्न सक्छ, जुन प्रेमिलो आमाको जस्तो हृदय हो? परमेश्वरको उत्सुक हृदयलाई कसले बुझ्न सक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (९)
यो भजनका शब्दहरू गहनरूपमा मसँग बोले। म प्रभु येशूले मानवजातिलाई छुटकारा दिन कसरी देहधारण गर्नुभयो भनी सोच्न बाध्य भएँ। उहाँ रोमी सरकारद्वारा खेदो र सतावटमा पर्नुभयो, धार्मिक संसारद्वारा निन्दित हुँदै त्यागिनुभयो, र संसारद्वारा उहाँको खिल्ली उडाइयो र निन्दा गरियो। यी सबैका बाबजुद, उहाँले मानिसहरूलाई आपूर्ति गर्न र खुवाउन सत्यताहरू व्यक्त गरिरहनुभयो, तिनीहरूलाई निको पार्नुभयो र तिनीहरूका दुष्टात्माहरू धपाउनुभयो, र अन्ततः मानवजातिका लागि अनन्त पापबलिका रूपमा क्रूसमा टाँगिनुभयो, र सम्पूर्ण मानवजातिलाई पापबाट छुटकारा दिनुभयो। जब मैले मानवजातिका लागि प्रभु येशूको प्रेमका बारेमा सोचेँ र त्यसलाई मानिसका खातिर परमेश्वरले कसरी दुःख भोग्नुहुन्छ भनी बताउने यो भजनका शब्दहरूसँग तुलना गरेँ, मेरो भावशून्य र कठोर भएको हृदयमा गहिरो हलचल भयो र मेरो आँखाबाट आँसुका धारा बग्न थाले। “के सर्वशक्तिमान् परमेश्वर साँच्चै फर्कनुभएको प्रभु येशू हुन सक्नुहुन्छ? परमेश्वरबाहेक अरू कसले यस्ता वचनहरू व्यक्त गर्न सक्छ? मानिसको लागि यस्तो मूल्य अरू कसले चुकाउन सक्छ?” त्यसपछि, मैले अर्को भजन सुनेँ: “आखिर, निर्दोषहरू स्तब्ध बनेका छन्; परमेश्वरले किन सधैँ उनीहरूका लागि परिस्थितिहरू कठिन बनाउनुपर्छ? कमजोर मानिसमा धैर्यको कमी हुन्छ; किन उनीहरूप्रति परमेश्वरको क्रोध कहिल्यै कम हुँदैन? कमजोर र शक्तिहीन मानिसमा अब थोरै पनि सामर्थ्य हुँदैन; किन परमेश्वरले सधैँ उसको विद्रोहीपनका लागि उसलाई हप्काउनुपर्छ? स्वर्गका परमेश्वरका धम्कीहरूको सामना गर्न सक्ने को छ र? आखिर, मानिस कमजोर छ, र अत्यन्तै कष्टको अवस्थामा छ, परमेश्वरले आफ्नो क्रोधलाई उहाँको मुटुमा धकेल्नुभएको छ, यसैले कि मानिसले बिस्तारै आफ्नो बारेमा मनन गर्न सकोस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। यी शब्दहरूले ममाथि गहिरो प्रभाव पारे। ती शब्दहरूले मानवजातिका लागि परमेश्वरको गहिरो चिन्ता र हेरचाहका बारेमा बताउँथे, जुन एउटी आमाले आफ्नो आज्ञा नमान्ने सन्तानले उनको हृदय तोडेपछि पनि, ऊ आफू रहेको कुहिरोबाट बाहिर निस्कन्छ र आफ्नो छेउमा फर्कन्छ भन्ने आशामा निरन्तर बोलाइरहनुजस्तै हो। मलाई यी वचनहरू परमेश्वरकै आवाज हुन् भन्ने लाग्यो। म त्यस अवधिमा मेरी आमासँग असहमत भएका सबै क्षणहरू सम्झन बाध्य भएँ: उहाँले मलाई जति सम्झाउने प्रयास गरे पनि, म सुन्दिनथेँ। जब उहाँले मेरा लागि परमेश्वरको वचनका पाठ र भजनहरू बजाउनुहुन्थ्यो, म परमेश्वरको नयाँ कामको अनुसन्धान गर्ने अलिकति पनि अभिप्राय नराखी प्रतिरोध समेत गर्थेँ र सुन्नबाट पन्छिन्थेँ। के म एउटी इसाई नै थिएँ र? त्यसपछि, मेरी आमाले भजनहरू बजाउँदा म त्यति प्रतिरोधी भइनँ।
एक दिन, मैले यो भजन सुनेँ: “सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नुपर्छ र पवित्र आत्माको ईशनिन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ)। यो सुनेपछि, म अचानक चिन्तित भएँ: “यदि सर्वशक्तिमान् परमेश्वर साँच्चै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भने, के म उहाँलाई स्वीकार नगरेकोमा दण्डित त हुन्नँ? परमेश्वरलाई चिढ़्याउनु एउटा गम्भीर कुरा हो—यो एउटा यस्तो पाप हो जुन न त यस जीवनमा न त आउँदो संसारमा क्षमा हुनेछ!” मैले प्रभु येशूले भन्नुभएको कुरा पनि सोचेँ: “धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू आशिषित् हुन्: किनकि तिनीहरू भरपूर हुनेछन्” (मत्ती ५:६)। प्रभु येशूले हामीलाई सत्यको खोजी र तृष्णा गरेर मात्र हामीले परमेश्वरको प्रशस्त भरणपोषण प्राप्त गर्न सक्छौँ भनी सिकाउनुभयो। तर यदि मैले पूर्वीय ज्योतिको अनुसन्धान गरेँ र बहकाइएँ भने, के मेरो वर्षौंदेखिको आस्था खेर जानेछैन र? म दोधारमा परिरहेँ र के गर्ने भनेर निर्णय गर्न सकिनँ, त्यसैले म प्रार्थनामा प्रभु समक्ष आएँ: “हे प्रभु, म साँच्चै द्विविधामा परेकी छु। यी वचनहरू तपाईंको आवाजजस्तो लाग्छन्, तर म के कुरले डराउँछु भने यदि म गलत भएँ भने, मैले तपाईंलाई धोका दिइरहेकी हुन सक्छु। प्रभु, मलाई सर्वशक्तिमान् परमेश्वर फर्कनुभएका तपाईं नै हो कि होइन भन्ने थाहा छैन। यदि यो साँच्चै तपाईंको काम हो भने, कृपया मलाई अन्तर्दृष्टि र ज्योति दिनुहोस्। यदि होइन भने, कृपया मेरो सुरक्षा गर्नुहोस् र मलाई यसको विरुद्धमा आफ्नो अडानमा खडा हुन मद्दत गर्नुहोस्।”
केही दिनपछि, मेरी आमाले फेरि ‘वचन देहमा देखा पर्नुहुन्छ’ किताब निकालेर मलाई भन्नुभयो: “सर्वशक्तिमान् परमेश्वरका वचनहरू राम्ररी पढ, अनि उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर तिमीले थाहा पाउनेछ्यौ। यदि तिमीले अनुसन्धान गरिनौ भने, उहाँ नै फर्कनुभएका प्रभु हो कि होइन भनेर तिमीलाई कसरी थाहा हुन्छ? यो एउटा भव्य भोजजस्तै हो: यदि तिमीले कुनै खानेकुरालाई हेऱ्याै मात्र तर त्यसलाई खाइनौ भने, तिमीलाई त्यसको स्वाद कस्तो छ भनेर कहिल्यै थाहा हुनेछैन। हामी साँचो परमेश्वरमा विश्वास गर्छौँ, त्यसोभए तिमी केदेखि डराउँछ्यौ? म तिम्री आमा हुँ—के म तिमीलाई हानि गर्छु होला जस्तो लाग्छ?” मेरी आमाका शब्दहरू निकै विश्वासलाग्दा थिए। मैले सोचेँ, “हो त, मैले पाष्टर र एल्डरहरूका कुरा मात्रै सुनेकी छु र उहाँहरूका शब्दहरू सुगारटाइ गरेकी छु, मैले कहिल्यै सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेकी छैन वा पूर्वीय ज्योतिका प्रवचनहरू सुनेकी छैन। त्यसोभए सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हो कि होइन भनेर मलाई कसरी थाहा हुन्छ र? के मैले बाइबल पढेर नै प्रभु येशू मुक्तिदाता हुनुहुन्छ भनी पुष्टि गरेकी थिइनँ र?” यस्तो सोचेर, मैले किताब उठाएर पल्टाएर हेर्न थालेँ। मैले सर्वशक्तिमान् परमेश्वरले यसो भन्नुभएको देखेँ: “सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्वासी नहुन र आफैलाई अति उच्च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ)। यो गम्भीर अर्ती पढेर, म बेचैन हुन र डराउन थालेँ, र सोचेँ: “के यी साँच्चै परमेश्वरकै वचनहरू होलान् त? नत्रभए यसले यही नै जीवनको वचन र सत्यताको मार्ग हो भनेर किन भन्थ्यो र? यदि यसको सानोभन्दा सानो अंश मात्र पनि मानिसहरूको विश्वास र बाइबलसँग मेल खान्छ भने मानिसहरूलाई खोजी गरिरहन किन आग्रह गर्थ्यो र?” मैले यसबारे अनुसन्धान गर्ने निर्णय गरेँ। नत्र, मैले प्रभुलाई स्वागत गर्ने मौका गुमाउन सक्थेँ, र त्यसबेला पछुताउनुबाहेक केही हुनेथिएन। त्यसैले मैले पढ्न जारी राखेँ र यो खण्डमा आइपुगेँ: “म आशा गर्छु, परमेश्वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्वरलाई फेरि क्रूसमा टाँग्नु हुँदैन। तैँले परमेश्वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो। हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन। हामीले परमेश्वरको वास्तविक कार्यबारे सोच्नुपर्छ, र परमेश्वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पालन गर्नुपर्छ भनी नजानेका तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा बगेर सधैँ अन्तै जाने नगर वा आफै दिवा सपनामा बगेर नजाओ। व्यावहारिक विषयहरूमा अझ बढी सोचविचार गर्नु नै राम्रो हुन्छ!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। यो पढेर म अलि अलमल्ल परेँ। बाइबलमा, प्रभु ठूलो महिमाका साथ बादलमा फर्कनुहुनेछ भनी स्पष्ट रूपमा लेखिएको छ, त्यसोभए यो खण्डले यस्तो किन भन्यो: “हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन,” र “तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने दिनको सधैँ तृष्णा गर्दै नबहक वा वा दिवास्वप्नमा नहराओ”? के प्रभु साँच्चै बादलमा फर्कनुहुनेछैन र? वास्तवमा के भइरहेको थियो? मैले यो कुरा मनमा धेरै पटक खेलाएँ तर पनि बुझ्न सकिनँ। त्यसपछि मलाई याद आयो सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नेहरू हाम्रो घरमा धेरै आउनुहुन्थ्यो, त्यसैले मैले उहाँहरूलाई सोध्न सक्थेँ र उहाँहरूले के भन्नुहुन्छ भनेर हेर्न सक्थेँ।
एक दिन, सर्वशक्तिमान् परमेश्वरको मण्डलीकी सिस्टर मु यु हाम्रो घरमा आउनुभयो र मैले उहाँलाई आफ्नो अलमलबारे बताएँ। उहाँ मुस्कुराउनुभयो र जवाफ दिनुभयो: “हो, यो साँचो हो कि बाइबलले प्रभु बादलमा फर्कनुहुनेछ भनी उल्लेख गर्छ, तर उहाँ कसरी फर्कनुहुनेछ भन्नेबारे बाइबलमा अरू अगमवाणीहरू पनि छन्। ‘जसरी बिजुली पूर्वबाट चम्किँदा, पश्चिमसम्मै चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ’ (मत्ती २४:२७)। ‘किनभने जसरी बिजुली, आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर सुरुमा उसले धेरै कुराहरूको कष्ट भोग्नैपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनैपर्छ’ (लूका १७:२४-२५)। अनि, ‘यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ’ (लूका १२:४०)। ‘त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु र म कुन समय तिमीहरूकहाँ आउनेछु तिमीहरूले थाहा पाउनेछैनौ’ (प्रकाश ३:३)। ‘हेर, म चोरजस्तै आउँछु’ (प्रकाश १६:१५)। ‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ’ (मत्ती २५:६)। साथै, ‘हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ’ (प्रकाश ३:२०)। यी पदहरूमा, प्रभुले ‘मानिसको पुत्रको आगमन,’ ‘मानिसको पुत्र आउँछ,’ र ‘मानिसको पुत्र आफ्नो दिनमा हुनेछ’ भनी किन बारबार जोड दिनुहुन्छ? ‘मानिसको पुत्र’ भन्नाले केलाई बुझाउँछ? यसले परमेश्वरको आत्मा मानिसको पुत्रको रूपमा देह बन्नुलाई बुझाउँछ। परमेश्वरको आत्मालाई मात्रै मानिसको पुत्र भन्न सकिँदैन। साथै, प्रभुले बारम्बार उहाँ ‘चोरजस्तै’ फर्कनुहुनेछ भनी उल्लेख गर्नुहुन्छ, ‘अनि मध्यरातमा एउटा चिच्याहट सुनियो:’ यसले के सङ्केत गर्छ भने जब प्रभु येशू फर्कनुहुन्छ, उहाँ चुपचाप आउनुहुनेछ, उहाँ मानिसको पुत्रको रूपमा देहधारी हुनुहुनेछ र कसैले के भयो भनेर थाहा नपाउँदै गुप्त रूपमा ओर्लनुहुनेछ। यो ठ्याक्कै, परमेश्वरको आत्मा प्रभु येशूको रूपमा देहधारी भएर देखा पर्न र काम गर्न आउनुभएको जस्तै हो। प्रभु येशू एक सामान्य व्यक्तिजस्तै देखिनुहुन्थ्यो, र उहाँले प्रचार गर्दै चारैतिर यात्रा गर्नुभयो, तर कसैले पनि उहाँ देहधारी परमेश्वर हुनुहुन्छ, उहाँ ख्रीष्टकै प्रकटीकरण हुनुहुन्छ भनेर चिनेन। त्यसैले, हामी पूर्ण रूपमा के कुरामा निश्चिन्त हुन सक्छौँ भने जब प्रभु आखिरी दिनहरूमा फर्कनुहुन्छ, उहाँ देखा पर्न र काम गर्न मानिसको पुत्रका रूपमा देहधारी भएर आउनुहुनेछ।” मु युले यसो भन्दा म साँच्चै छक्क परेँ। पाष्टर र एल्डरहरूले प्रायः भन्नुहुन्थ्यो “मानिसको पुत्र” ले प्रभु येशूलाई बुझाउँछ, प्रभुको पुनरागमनलाई होइन। मैले मनमनै सोचेँ: “पाष्टर र एल्डरहरू बाइबलमा निपुण हुनुहुन्छ, त्यसैले उहाँहरू गलत हुन सक्नुहुन्न। मु यु सायद बाइबलसँग परिचित थिइनन् र गल्ती गरिन्।” यो महसुस गरेर, मैले हतारिँदै भनेँ: “मु यु, पाष्टर र एल्डरहरूले हामीलाई भन्नुभयो, ‘मानिसको पुत्र’ ले प्रभु येशूलाई बुझाउँछ, देहमा फर्कनुभएको प्रभुलाई होइन।” उहाँले धैर्यपूर्वक जवाफ दिनुभयो: “सिस्टर, यी सबै पदहरूले स्पष्ट रूपमा बताउँछन् ती प्रभु येशूको पुनरागमनका अगमवाणीहरू हुन्। बुझ्ने क्षमता भएको जो कोहीले पनि यो कुरा स्पष्ट रूपमा बुझ्छ। यसले प्रभु येशूलाई कसरी बुझाउन सक्छ र? के पाष्टर र एल्डरहरूले प्रभुका वचनहरूको गलत व्याख्या गरिरहेका छैनन् र? साथै, लूकाको सुसमाचार, १७:२४-२५ मा हेर्नुहोस्: ‘किनभने जसरी बिजुली, आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। तर सुरुमा उसले धेरै कुराहरूको कष्ट भोग्नैपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनैपर्छ।’ यी पदहरूमा, प्रभुले उहाँको पुनरागमनमा अवस्था कस्तो हुनेछ भनी अगमवाणी गरिरहनुभएको छ। यदि प्रभु ठूलो महिमाका साथ बादल सहित फर्कनुभयो भने, तब सबै जना पक्कै पनि भयभीत हुँदै भुइँमा लड्नेछन्। त्यसबेला कसले प्रभुको प्रतिरोध गर्ने र उहाँलाई इन्कार गर्ने आँट गर्छ र? तब त्यो अगमवाणी, ‘तर सुरुमा उसले धेरै कुराहरूको कष्ट भोग्नैपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनैपर्छ’ कसरी पूरा हुन्छ र? त्यसैले प्रभुका वचनहरूअनुसार, उहाँ मानिसको पुत्रका रूपमा देहधारी भएर फर्कनुहुनेछ भन्नेमा कुनै शङ्का छैन। आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्वरको देखापराइ र कामले प्रभु येशूका अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्छ।”
मु युको सङ्गति सुनेपछि, मलाई साँच्चै लाज लाग्यो। उहाँको सङ्गति सुस्थापित थियो र यसले मलाई पूर्ण रूपमा विश्वस्त बनायो। अन्ततः मैले प्रभु येशूले आफ्नो पुनरागमनको बारेमा बोल्नुहुँदा, उहाँले किन सधैँ “मानिसको पुत्रको आगमन,” “मानिसको पुत्र आउँछ,” र “मानिसको पुत्र आफ्नो दिनमा हुनेछ” भनी उल्लेख गर्नुहुन्थ्यो भन्ने बुझेँ। उहाँले हामीलाई मानिसको पुत्रको रूपमा देखा परेर काम गर्दै, उहाँ देहमा फर्कनुहुनेछ भनी बताउन “मानिसको पुत्र” भन्ने शब्दमा बारम्बार जोड दिनुभयो। मलाई अचम्म लाग्यो मैले बाइबल राम्ररी जानेकी र अक्सर अरू मानिसहरूलाई यसको व्याख्या गर्ने भए तापनि, उहाँ मानिसको पुत्रको रूपमा देखा परेर काम गर्न फर्कनुहुनेछ भनी यति स्पष्ट रूपमा लेखिएको कुरा मैले कहिल्यै याद गरेकी रहेनछु। मैले पाष्टर र एल्डरहरूले भनेको कुरालाई अन्धाधुन्ध विश्वास गरेकी थिएँ। म आफ्नो विश्वासमा साँच्चै अल्मलिएकी रहेछु, र मेरो वर्षौँ देखिको बाइबल अध्ययन व्यर्थै गएछ। मैले प्रभुका वचनहरू अलिकति पनि बुझेकी रहेनछु र अझै पनि अन्धाधुन्ध रूपमा अहङ्कारी भएर आफ्नै फैसला गरिरहेकी थिएँ। मसँग कुनै समझ नै रहेनछ! म आफूले आफ्नो हृदय शान्त पारेर मु युको सङ्गति सुन्न सकेकोमा खुसी थिएँ। यदि मैले पाष्टर र एल्डरहरूका मात्र कुरा सुनेकी भए, म अझै पनि बादलहरूतिर हेर्दै, प्रभु तिनैमाथि ओर्लनुहुनेछ भनी पर्खिरहेकी हुन्थेँ, र अन्तमा, म परमेश्वरद्वारा त्यागिने र हटाइनेथिएँ। मु युले आफ्नो सङ्गति जारी राख्दै भनिन्: “आखिरी दिनहरूमा परमेश्वरको पुनरागमन दुई चरणमा हुन्छ। पहिलो, उहाँ देह बन्नुहुन्छ र गुप्त रूपमा आउनुहुन्छ, अनि, पछि, उहाँ बादलमा आउनुहुनेछ र खुलेआम रूपमा देखा पर्नुहुनेछ। सर्वशक्तिमान् परमेश्वरको देहिक देखापराइ र काम अहिले भइरहेको छ—यो उहाँको पुनरागमनको पहिलो चरण हो, जहाँ उहाँ गुप्त रूपमा आउनुहुन्छ र काम गर्नुहुन्छ। उहाँ सत्यता व्यक्त गर्दै आफ्नो न्यायको काम गरिरहनुभएको छ, ताकि उहाँले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन, अनि मानिसलाई पूर्ण रूपमा पापबाट मुक्त हुन र पवित्र बन्न दिन सक्नुहोओस्। साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने र उहाँको देखापराइको तृष्णा गर्नेहरूले, सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा परमेश्वरको आवाज चिन्न सक्छन्, उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनी निश्चित गर्न सक्छन्, र उहाँतिर फर्कन सक्छन्। तिनीहरू सबै बुद्धिमती कन्याहरू हुन् जो परमेश्वरको सिंहासनसामु माथि उठाइलगिएका छन् र अहिले परमेश्वरका वचनहरूको न्याय र शुद्धीकरण प्राप्त गर्दै र अनुभव गर्दैछन्। त्यसैले हामीले यस समयमा प्रभुलाई खुलेआम रूपमा बादलसहित देखा पर्नुभएको देख्न सम्भव छैन। परमेश्वरले विजेताहरूको एउटा समूह बनाइसक्नुभएपछि मात्र, उहाँले देहधारी भएर गर्ने गुप्त कामको अन्त्य हुनेछ। त्यसपछि मात्र उहाँले मानवजातिमाथि महाविपत्तिहरू ल्याउनुहुनेछ, असललाई इनाम दिनुहुनेछ र दुष्टलाई दण्ड दिनुहुनेछ, र अन्तमा बादल सहित ओर्लनुहुनेछ, र आफूलाई सबै राष्ट्र र मानिसहरूसामु प्रकट गर्नुहुनेछ। त्यतिबेला, पहिले सर्वशक्तिमान् परमेश्वरको निन्दा र प्रतिरोध गरेकाहरू पश्चात्तापले भरिनेछन्, तिनीहरूले आफूहरू फर्कनुभएका प्रभु येशूको प्रतिरोध गरिरहेका रहेछौँ भन्ने देख्दा महाविपत्तिहरूमा आफ्नो छाती पिट्नेछन्, रुनेछन् र दाह्रा किट्नेछन्। यसले प्रकाशमा भएको यो अगमवाणीलाई पूर्ण रूपमा पूरा गर्छ: ‘हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्नेछन्, र तिनीहरूले पनि, जसले उहाँलाई घोचे: र उहाँका कारण पृथ्वीका सब कुलहरूले विलाप गर्नेछन्’ (प्रकाश १:७)।”
त्यसपछि, मु युले मेरा लागि सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड पढिन्: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्यको देखापराइको समय हुनेछ। सायद त्यो क्षण तेरा निम्ति ठूलो उत्साहको समय हुनेछ, तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्ने समय तँ दण्ड भोग्नलाई नरक जाने समय पनि हो भनी जान्नुपर्छ। त्यो परमेश्वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणाको समय हुनेछ र त्यो परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्नुअघि नै परमेश्वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू र चिन्हहरू नखोज्नेहरू, अनि यसरी शुद्ध पारिएकाहरू परमेश्वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गराइएका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्ने विश्वासमा अड्डी कस्नेहरू मात्र अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग जारी गर्नुहुने येशूलाई मान्दैनन्। यसकारण, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ भनेर भन्न सकिन्छ। तिनीहरू अति जिद्दी, आफैमा अति आत्मविश्वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्नुपर्छ र पवित्र आत्माको ईशनिन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ)। सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुनेपछि, मैले आफ्नो घमण्डलाई पन्छाएँ र अन्ततः मैले आफूले प्रभुको आगमनका बारेमा धेरै धारणाहरू र कल्पनाहरू पालेकी रहेछु भन्ने बुझेँ। मैले ती सबै वर्षभरि प्रभुलाई बादलमा ओर्लनुभएको नदेखिकन पर्खनु कुनै अचम्मको कुरा थिएन। उहाँ पहिले देहधारी भएर गुप्त रूपमा फर्कनुहुने रहेछ, मानवजातिलाई मुक्ति दिन आफ्ना वचनहरू व्यक्त गर्नुहुने रहेछ, र महाविपत्तिहरू सुरु हुनुअघि विजेताहरूको एउटा समूह बनाउनुहुने रहेछ। त्यसपछि मात्र उहाँ बादलसहित आउनुहुने र खुलेआम रूपमा देखा पर्नुहुने रहेछ। तर म पादरीवर्गद्वारा भ्रमित भएकी थिएँ, सन्दर्भ अनुसार खण्डहरू निकाल्दै बाइबलका शब्दहरूमा अल्झिरहेकी थिएँ। मैले प्रभुलाई स्वागत गर्ने मौका झण्डैझण्डै गुमाएँ, र उहाँद्वारा लगभग त्यागिने अवस्थामा थिएँ। त्यो साँच्चै खतरनाक थियो!
मु युले आफ्नो सङ्गति जारी राखिन्: “हामी सबैलाई थाहा छ २,००० वर्ष पहिले, सबै इस्राएलीहरू मसीहको प्रतीक्षामा थिए, तर जब प्रभु येशू आएर काम गर्नुभयो, फरिसीहरू धर्मशास्त्रका शब्दहरूमै अल्झिरहे, र मसीहको आगमनका बारेमा धारणाहरूले भरिएका थिए। तिनीहरू के विश्वास गर्थे भने जब परमेश्वर आउनुहुन्छ, उहाँलाई मसीह भनिनेछ। तिनीहरूले सोचे उहाँ एक कुलीन परिवारमा जन्मनुहुनेछ, उहाँमा राजकीय हैसियत र शक्ति हुनेछ, र उहाँले तिनीहरूलाई रोमी सरकारको शासनबाट मुक्त गर्नुहुनेछ। तर जब प्रभु येशू आउनुभयो, उहाँलाई मसीह भनिएन। उहाँ साधारण मानिसहरूको परिवारमा जन्मनुभयो, एउटा गोठमा जन्मिनुभयो, साथै उहाँलाई सताइयो र खेदो समेत गरियो। त्यसैले तिनीहरूले उहाँलाई इन्कार र निन्दा गरे, र अन्ततः उहाँलाई क्रूसमा टाँग्न लगाए। यो घृणित पाप गरेर, तिनीहरूले परमेश्वरको श्राप र दण्ड भोगे जसले गर्दा इस्राएलीहरू २,००० वर्षसम्म अधीनतामा परे। यो साँच्चै दर्दनाक पाठ हो! तिनीहरूको असफलताको मूल कारण विचारणीय छ। यदि हामीले यसबारे अन्तर्दृष्टि प्राप्त गरेनौँ भने, प्रभुको आगमनको प्रतीक्षा गर्ने महान् मामिलामा हामीले फरिसीहरूले जस्तै परमेश्वर-प्रतिरोधी मार्ग अपनाउने सम्भावना छ।” जब मु युले बोलिसकिन्, उनले मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूको अर्को खण्ड देखाइन्: “के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भन्ने लाग्छ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेकाका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव मध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास वाहियात र हास्यास्पद छैन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ)। मु युले सङ्गति गर्दै भनिन्: “सर्वशक्तिमान् परमेश्वरले फरिसीहरूको प्रभु येशूप्रतिको प्रतिरोधको सार र मूल कारणलाई प्रकट गर्नुभएको छ। फरिसीहरू स्वभावैले हठी र अहङ्कारी थिए, तिनीहरू सत्यताप्रति वितृष्ण थिए, र त्यसलाई घृणा गर्थे। त्यति मात्र होइन, तिनीहरूले परमेश्वरको कामलाई बुझेनन् र धर्मशास्त्रका शब्दहरूमा अल्झिरहे, र आफ्नै धारणाहरू र कल्पनाहरूअनुसार परमेश्वरको देखापराइ र काममाथि आफै फैसला गरे। प्रभु येशूले धेरै सत्यताहरू व्यक्त गर्नुहुँदा र प्रशस्त चमत्कार र अद्भुत कार्यहरू गर्नुहुँदा पनि, तिनीहरूले यसबारे अलिकति पनि खोजी गरेनन् वा यसलाई स्वीकार गरेनन्। तिनीहरू हठी रूपमा धर्मशास्त्रका शब्दहरूमा अडिग रहे, र उहाँलाई निन्दा गर्न र प्रतिरोध गर्न हरेक मोडमा प्रभुलाई आफ्नो पकडमा पार्ने दाउ खोजे, र अन्ततः उहाँलाई क्रूसमा टाँग्न लगाए। त्यसैले, आखिरी दिनहरूमा प्रभुको आगमनप्रतिको हाम्रो दृष्टिकोणमा, हामीले फरिसीहरूको असफलताको क्रूर पाठबाट सिक्नुपर्छ, हाम्रा धारणाहरू र कल्पनाहरूलाई त्याग्नुपर्छ, र परमेश्वरको देखापराइ र कामको अनुसन्धान गर्नुपर्छ। यसो गरेर मात्र हामीले प्रभुलाई स्वागत गर्ने आशा गर्न सक्छौँ। वर्तमान समयको धार्मिक संसारका पाष्टर र एल्डरहरू फरिसीहरू जस्तै छन्। जब तिनीहरू मानिसहरूले प्रभुको आगमनको गवाही दिएको सुन्छन्, तिनीहरू यसबारे अलिकति पनि खोजी वा अनुसन्धान गर्दैनन् र हठपूर्वक प्रभु बादलमा आउनुहुने बाइबलको खण्डमै अल्झिरहन्छन् तिनीहरू ‘जो प्रभु येशू हुँ भनी दाबी गर्छ तर बादलमा आउँदैन, ऊ झूटो ख्रीष्ट हो,’ भन्छन्, र मनमानी ढङ्गले सर्वशक्तिमान् परमेश्वरको प्रतिरोध र निन्दा गर्छन्, र सक्रिय रूपमा विश्वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्छन्। यदि तिनीहरूले कहिल्यै पश्चात्ताप गरेनन् भने, तिनीहरूलाई आखिरी दिनहरूमा परमेश्वरको कामद्वारा झूटा विश्वासीहरू र ख्रीष्ट विरोधीहरूको रूपमा प्रकट गरिनेछ, र परमेश्वरको मुक्तिको काम समाप्त भएपछि, तिनीहरू अभूतपूर्व महाविपत्तिहरूमा दबिन पुग्दा रुनेछन् र दाह्रा किट्नेछन्।”
यो सुनेपछि म डराएर काँप्न थालेँ। मैले आफ्नो व्यवहारलाई उनले भनेको कुरासँग तुलना गरेँ: प्रभुलाई स्वागत गर्ने कुरामा म बाइबलका शब्दहरूमा अल्झिएकी थिएँ, र आफ्नै धारणाहरूका आधारमा, प्रभु बादलसहित आउनुहुनेछ भनी विश्वास गरेकी थिएँ। जब मैले मानिसहरूले प्रभु येशू फर्कनुभएको छ भनी प्रचार गरेको सुनेँ, मैले यसबारे अनुसन्धान नगर्नुका साथै, म अन्धाधुन्ध रूपमा पाष्टर र एल्डरहरूसँगै त्यसको प्रतिरोध र निन्दा गर्नतिर लागेँ, सर्वशक्तिमान् परमेश्वरलाई बदनाम गर्न र निन्दा गर्न सबै प्रकारका अफवाहहरू फैलाएँ, र विश्वासीहरूलाई भ्रमित पारेँ र तिनीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोकेँ। मेरो व्यवहार र प्रभु येशूलाई प्रतिरोध गर्ने ती फरिसीहरूको व्यवहारमा कुनै भिन्नता थिएन। म एक आधुनिक-दिनकी फरिसी थिएँ, विश्वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने एउटा अवरोध थिएँ। यदि परमेश्वरको कृपा वा मु युले मलाई परमेश्वरको आवाज सुन्ने बनाउन मसँग सत्यतामा सङ्गति नगरेकी भए, मजस्तो हठी र कट्टर व्यक्ति अन्ततः परमेश्वरद्वारा त्यागिने, हटाइने, श्रापित हुने, र दण्डित हुने मात्र थिएँ। म आफ्नो अलमललाई बुझ्न चाहन्थेँ, त्यसैले मैले मु युबाट जान्न चाहेँ: “प्रभु पहिले आफ्नो काम गुप्त रूपमा गर्न देह बन्नुभएको छ भने, हामी कसरी सर्वशक्तिमान् परमेश्वर नै देहधारी परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ भन्ने सुनिश्चित गर्न सक्छौँ त?” मु युले मेरो लागि सर्वशक्तिमान् परमेश्वरका वचनहरूका केही थप खण्डहरू पढिन्: “‘देहधारण’ भनेको देहमा परमेश्वरको देखापराइ हो; परमेश्वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहका स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण, उहाँ परमेश्वरको देहधारण हुनुभएकाले, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्वरको देहधारणको तात्पर्य भनेको परमेश्वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्वर उहाँको सारमा नै देह बन्नुहुन्छ, मानिस बन्नुहुन्छ भन्ने हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरद्वारा बास गरिएको देहको सार)। “देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, र ख्रीष्ट परमेश्वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्नताको कारण के हो भने ख्रीष्ट दैहिक हुनुहुन्न, बरु आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवै छ। उहाँको ईश्वरत्व कुनै पनि मानिससँग छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई कायम राख्छ, जबकि उहाँको ईश्वरत्वले परमेश्वर स्वयम्को काम गर्दछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो)। “जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँग परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। पढिसकेपछि, मु युले सङ्गति गरिन्: “सर्वशक्तिमान् परमेश्वरका वचनहरूले हामीलाई स्पष्ट रूपमा के बताउँछन् भने देहधारणको अर्थ परमेश्वरको आत्मा एक सामान्य व्यक्ति बन्न देह धारण गर्नुहुन्छ, र सत्यता व्यक्त गर्न र काम गर्न संसारमा देखा पर्नुहुन्छ भन्ने हो। बाहिरी रूपमा, ख्रीष्ट एक सामान्य व्यक्तिजस्तै देखिनुहुन्छ, तर परमेश्वरको आत्मा उहाँभित्र रहनुहुन्छ—उहाँ परमेश्वरको आत्माको मूर्तरूप हुनुहुन्छ। त्यसैले ख्रीष्टमा सामान्य मानवता मात्र नभएर, उहाँमा पूर्ण ईश्वरत्व पनि हुन्छ, जसको अर्थ हो परमेश्वरको अन्तर्निहित स्वभाव, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको अख्तियार, सर्वशक्तिमान्ता, र बुद्धि सबै उहाँको देहधारी देहभित्र साकार भएको छ। ख्रीष्ट स्वयम् परमेश्वर, सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले, ख्रीष्टले कुनै पनि बेला सत्यता व्यक्त गर्न र रहस्यहरू खोल्न, परमेश्वरको स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो व्यक्त गर्न, र मानवजातिलाई छुटकारा दिने र मुक्ति दिने काम गर्न सक्नुहुन्छ। यो ठ्याक्कै प्रभु येशू परमेश्वरको देहधारी हुनुभए जस्तै हो—उहाँ ख्रीष्ट हुनुहुन्थ्यो। बाहिरी रूपमा उहाँ एक सामान्य व्यक्तिजस्तै देखिनुभई पृथ्वीमा मानिसहरूका बीचमा साँच्चै बस्नुभए तापनि, उहाँ जुनसुकै बेला सत्यता व्यक्त गर्न र स्वर्गको राज्यका रहस्यहरू प्रकट गर्न सक्षम हुनुभयो, र उहाँले मानवजातिलाई पश्चात्तापको मार्ग प्रदान गर्नुभयो। प्रभु येशूले मानिसका पापहरू क्षमा गर्नुभयो र परमेश्वरको प्रेमिलो र कृपालु स्वभाव व्यक्त गर्नुभयो। उहाँले धेरै चमत्कार र अद्भुत कार्यहरू पनि गर्नुभयो: उहाँले बिरामीलाई निको पार्नुभयो, दुष्टात्माहरू धपाउनुभयो, मरेकाहरूलाई जीवित पार्नुभयो, बतास र समुद्रलाई शान्त पार्नुभयो, पाँच वटा रोटी र दुई वटा माछाले ५,००० लाई खुवाउनुभयो, इत्यादि। प्रभु येशूका वचन र काम परमेश्वरको अख्तियार र शक्तिको पूर्ण प्रकटीकरण थियो। प्रभु येशूका वचन र कामका आधारमा हामी सबैले उहाँ नै ख्रीष्ट र देहधारी परमेश्वर हुनुहुन्थ्यो भनी पुष्टि गर्यौँ। त्यसैले उहाँ देहधारी परमेश्वर हो कि होइन भनी पुष्टि गर्दा, हामीले हाम्रो मूल्याङ्कनमा उहाँको बाहिरी रूप, उहाँ कुन परिवारमा जन्मनुभयो, उहाँको हैसियत वा शक्ति थियो कि थिएन, वा उहाँलाई अरूले समर्थन गरे वा इन्कार गरे भन्ने कुरालाई आधार नबनाई, बरू पूर्ण रूपमा उहाँले सत्यता व्यक्त गर्न र परमेश्वरको काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरालाई आधार बनाउनुपर्छ। त्यो नै मुख्य कुरा हो। जबसम्म उहाँले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्नुभयो, तब उहाँ बाहिरी रूपमा जतिसुकै सामान्य देखिए पनि, र उहाँलाई जतिसुकै निन्दा र इन्कार गरिए पनि, उहाँ निर्विवाद रूपमा देहधारी परमेश्वर, ख्रीष्ट नै हुनुहुन्थ्यो। आफ्नो काम गर्न देखा पर्नुभएदेखि, सर्वशक्तिमान् परमेश्वरले लाखौँ वचनहरू व्यक्त गर्नुभएको छ र परमेश्वरको व्यवस्थापन योजनाका सबै रहस्यहरू खोल्नुभएको छ। उहाँले परमेश्वरको व्यवस्थापन योजनाको उद्देश्य, उहाँको कामको तीन चरण पछाडिको सत्यता, परमेश्वरका देहधारणहरू र नामहरूको रहस्य, बाइबल पछाडिको सत्यता, आखिरी दिनहरूमा परमेश्वरको न्यायको कामले मानिसहरूलाई कसरी शुद्ध गर्छ र मुक्ति दिन्छ, हरेक प्रकारका मानिसहरूको परिणाम र गन्तव्य, पृथ्वीमा ख्रीष्टको राज्य कसरी साकार हुन्छ, र अरू धेरै कुराहरू प्रकट गर्नुभएको छ। र यति मात्र होइन, सर्वशक्तिमान् परमेश्वरले अन्य धेरै कुराहरूका साथमा मानिसहरूको परमेश्वर-प्रतिरोधी, शैतानी प्रकृति र विभिन्न भ्रष्ट स्वभावहरूको न्याय र खुलासा गरिरहनुभएको छ अनि मानिसहरूलाई पापबाट मुक्त हुने र मुक्ति पाउने मार्ग पनि देखाइरहनुभएको छ। सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका सत्यताहरू यति प्रशस्त छन्—उहाँले हामीलाई मुक्ति प्राप्त गर्न आवश्यक पर्ने सत्यताका सबै पक्षहरू व्यक्त गर्नुभएको छ, र यीमध्ये कुनै पनि रहस्य वा सत्यता मानिसले पहिले कहिल्यै सुनेको थिएन। परमेश्वरका चुनिएका मानिसहरूले अहिले उहाँका वचनहरूको न्याय र सजाय अनुभव गरिरहेका छन्, र तिनीहरू सबैले आफ्नो भ्रष्ट स्वभावको केही वास्तविक बुझाइ र परमेश्वरको धर्मी र प्रतापी स्वभावको ज्ञान प्राप्त गरेका छन्। तिनीहरू बिस्तारै पापको बन्धन र नियन्त्रणबाट मुक्त हुँदैछन्, र आफ्नो जीवन स्वभाव विभिन्न स्तरमा परिवर्तन गरेका छन्। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर र आखिरी दिनहरूमा उहाँको काम व्यक्तिगत रूपमा अनुभव गरेर मात्र हामी सबैले सर्वशक्तिमान् परमेश्वर देहधारी परमेश्वर र आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ भनी जानेका छौँ।”
सर्वशक्तिमान् परमेश्वरका वचनहरू र मु युको सङ्गति अन्तर्दृष्टि दिने खालको थियो। मैले के बुझेँ भने सर्वशक्तिमान् परमेश्वर देहधारी परमेश्वर नै हुनुहुन्छ भनी निर्धारण गर्ने मुख्य कुरा उहाँले सत्यताहरू व्यक्त गर्न, मुक्तिको काम गर्न, र उहाँले परमेश्वरको स्वभाव र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ सो व्यक्त गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्नेमा निर्भर गर्दछ। कस्तो देखियो भने सर्वशक्तिमान् परमेश्वर साँच्चै देहधारी परमेश्वर, फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, नत्र, अरू कसले सन्देशपत्रको मुठा खोल्न र सात वटा मोहर तोड्न र यी सबै लुकेका रहस्य र सत्यताहरू प्रकट गर्न सक्छ र? परमेश्वर नभए, कसले मानवजातिलाई पापको बन्धन र साङ्लाबाट मुक्ति दिन सक्छ र?
मु युले भन्दै गइन्: “यो वर्तमान देखापराइमा, परमेश्वरले मुख्य रूपमा उहाँको आगमनको साँचो रूपमा तृष्णा गर्ने र उहाँको आवाज सुन्न सक्नेहरूलाई पहिचान गर्न आफ्ना वचनहरू व्यक्त गरिरहनुभएको छ। प्रभु येशूले भन्नुभयो: ‘मेरा भेडाले मेरो आवाज सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्’ (यूहन्ना १०:२७)। परमेश्वरका सबै भेडाहरू सत्यताको तृष्णा गर्छन्। जब तिनीहरू कसैले प्रभु फर्कनुभयो भनी प्रचार गरेको सुन्छन्, तिनीहरू साँचो मार्गको खोजी र अनुसन्धान गर्छन्। जब तिनीहरू सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्छन्, तिनीहरूले परमेश्वरको आवाजलाई चिन्छन्, तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गर्छन् र पछ्याउँछन्, र मुक्तिको मौका पाउँछन्। जो परमेश्वरका भेडा होइनन्, तिनीहरूले परमेश्वरको आवाज चिन्न सक्दैनन्, र तिनीहरूले आखिरी दिनहरूमा परमेश्वरको कामको न्याय र निन्दासमेत गर्छन्। अन्ततः, तिनीहरूले पाउनुपर्ने दण्ड पाउनेछन्। त्यसैले, परमेश्वरले आखिरी दिनहरूमा हरेक प्रकारका मानिसलाई प्रकट गर्न आफ्ना वचनहरू प्रयोग गर्नुहुन्छ, तिनीहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ, त्यसपछि उहाँले असललाई इनाम दिनुहुनेछ र दुष्टलाई दण्ड दिनुहुनेछ। यसले परमेश्वरको धर्मी स्वभावलाई पूर्ण रूपमा प्रकट गर्छ।” यो सुनेर, मैले आफ्नो शिर निहुराएँ र मेरो अनुहारबाट आँसुका धारा बग्न थाले। मलाई आफूले साँच्चै परमेश्वरको प्रतिरोध गरेकी रहेछु भन्ने थाहा भयो। मैले पहिलो पटक मानिसहरूले प्रभु फर्कनुभयो भनी प्रचार गर्दा सुनेको समयबारे सोचेँ। मैले खोजी वा अनुसन्धान गरेकी थिइनँ, मैले पाष्टर र एल्डरहरूको अन्धाधुन्ध आज्ञापालन मात्र गरेकी थिएँ, विश्वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्न अफवाहहरू फैलाउँदै तर्साएकी थिएँ। परिणामस्वरूप, मलाई अचानक खोकी लाग्यो जसले गर्दा म बोल्नै सकिनँ, म बिरामी परेँ, मेरो काँधको हड्डीसमेत भाँचियो, र एल्डर हे कार दुर्घटनामा पर्नुभयो। मैले यीमध्ये कुनै पनि दुर्घटनाहरू मात्रै होइन रहेनछन् भन्ने महसुस गरेँ। ती सबै परमेश्वरको प्रतिरोध गरेकोमा पाएका दण्ड र प्रतिफल थिए! तर म यति संवेदनहीन भएकी थिएँ कि मलाई ब्यूँझनुपर्छ भन्ने थाहा थिएन। मैले म प्रभुको मार्गको रक्षा गर्दैछु र बगालको सुरक्षा गर्दैछु भन्ने सोच्दै, परमेश्वरको देखापराइ र कामको निन्दा र प्रतिरोध गरिरहेँ। म कति संवेदनहीन रहेछु! मैले सपनामा पनि सोचेकी थिइनँ मैले निरन्तर निन्दा गरेकाे, दोष लगाएकाे, र प्रतिरोध गरेको पूर्वीय ज्योति नै वास्तवमा मैले लामो समयदेखि प्रतीक्षा गरिरहेका प्रभु येशू हुनुहुन्थ्यो! मैले अवर्णनीय पीडा र पछुतो महसुस गरेँ। मैले आफू यति अन्धी र मूर्ख भएकीमा, परमेश्वरको कामलाई स्वीकार नगरीकनै उहाँमा विश्वास गरेकोमा, र परमेश्वरको प्रतिरोध र निन्दा गर्न अनि विश्वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्न एल्डरहरूको पछि लागेकोमा आफैलाई घृणा गरेँ। मेरो व्यवहारको आधारमा, म साँच्चै परमेश्वरद्वारा दण्डित हुन योग्य थिएँ। तर परमेश्वरले मप्रति मेरो अपराधअनुसारको व्यवहार गर्नुभएन, र उहाँले मलाई अझै पनि उहाँको आवाज सुन्ने मौका दिनुभएको थियो। उहाँले मेरो संवेदनहीन, हठी हृदय बिस्तारै ब्यूँझियोस् र अन्तर्दृष्टि प्राप्त गरोस् भनेर मेरी आमालाई बारम्बार मेरा लागि उहाँका वचनहरूका भजनहरू बजाउन लगाउनुभयो र मु युलाई मसँग सत्यतामा सङ्गति गर्न लगाउनुभयो, त्यसैले मैले उहाँको देखापराइ र कामलाई स्वीकार गरेँ। उहाँको कृपा र मुक्तिका लागि सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद!
त्यसपछि, मैले तीव्र इच्छाकासाथ उत्सुकतापूर्वक सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेँ। उहाँका वचनहरूद्वारा, मैले हरेक युगमा उहाँको नामको अर्थ, बाइबल पछाडिको सत्यता, शैतानले कसरी मानवजातिलाई भ्रष्ट तुल्याएको छ, र परमेश्वरले कसरी मानवजातिलाई मुक्ति दिनुहुन्छ भन्ने कुरा सिकेँ। मैले मानिसको पापीपन र परमेश्वरप्रतिको प्रतिरोधको मूल कारण हाम्रो शैतानी प्रकृति हो, र भ्रष्टाचारलाई त्याग्न र मुक्ति प्राप्त गर्न कसरी खोजी गर्ने, लगायत अन्य धेरै कुराहरू पनि सिकेँ। मैले देखेँ सर्वशक्तिमान् परमेश्वरका वचन र कामले प्रभु येशूले भन्नुभएको कुरालाई पूर्ण रूपमा पूरा गर्छ: “अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)। सर्वशक्तिमान् परमेश्वरका वचनहरूले मेरा धेरै अलमल र धारणाहरू समाधान गरिदिए र ती परमेश्वरका व्यक्तिगत वाणीहरू रहेछन् भन्नेमा म पूर्ण रूपमा निश्चित भएँ। सर्वशक्तिमान् परमेश्वर नै मैले लामो समयदेखि प्रतीक्षा गरिरहेका फर्कनुभएका प्रभु येशू हुनुहुन्थ्यो। मैले लामो समयदेखि हराएको बच्चाको अन्ततः आफ्नी आमासँग पुनर्मिलन भएजस्तो महसुस गरेँ। मैले परमेश्वरका वचनहरूको किताबलाई अँगालो हालेर रुनबाट आफूलाई रोक्न सकिनँ। मैले आफू यति अन्धी भएकोमा, आफूले परमेश्वरलाई नचिनेकोमा, आफूले आखिरी दिनहरूमा उहाँको कामलाई विवेकहीन भई प्रतिरोध र निन्दा गरेकोमा, आफू विश्वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने एउटा अड्चन र बाधा बनेकोमा, र परमेश्वरको प्रतिरोध गर्ने र उहाँसँग लड्ने व्यक्ति बनेकोमा आफैलाई घृणा गरेँ। यो बुझेपछि, मैले गहिरो पछुतो महसुस गरेँ, र सकेसम्म चाँडो सुसमाचार प्रचार गर्न सुरु गर्ने, आफूले भ्रममा पारेका र बाधा दिएकाहरूलाई परमेश्वरसामु ल्याउने, र परमेश्वरको हृदयलाई सान्त्वना दिनआफ्ना विगतका अपराधहरू सुधार्ने सङ्कल्प गरेँ। त्यसपछि, म सुसमाचार प्रचार गर्नेहरूको समूहमा सामेल भएँ। सुसमाचार प्रचार गर्दा, म सर्वशक्तिमान् परमेश्वरका वचनहरू प्रचार गर्थेँ, अरूलाई परमेश्वरको आवाज सुन्न मद्दत गर्थेँ, र प्रायः सम्भावित सुसमाचार ग्रहणकर्ताहरूलाई म कसरी बाइबलका शब्दहरूमा अल्झिरहन्थेँ र परमेश्वरको प्रतिरोधमा दुष्ट कार्यहरू गर्थेँ भनेर बताउँथेँ। मैले तिनीहरूलाई मेरो विगतका असफलताका पाठहरूबाट सिक्न आग्रह गरेँ। धेरै भन्दा धेरै मानिसहरूले आखिरी दिनहरूमा परमेश्वरको काम स्वीकार गरेको देखेर, म धेरै खुसी, स्थिर, र शान्त महसुस गर्थेँ।
परमेश्वरको प्रतिरोध गर्नेदेखि उहाँका वचनहरूद्वारा पराजित नभएसम्मको आफूले यात्रा गरेको बाटोलाई फर्केर हेर्दा, म के देख्न सक्छु भने परमेश्वरले मेरा लागि खर्च गर्नुभएको हृदयको रगत अत्यधिक थियो! म जतिसुकै विद्रोही भए तापनि, परमेश्वरले मलाई त्याग्नुभएन र उहाँले मलाई उहाँको आवाज सुन्न र उहाँलाई स्वागत गर्न समेत दिनुभयो। त्यो मेरो लागि परमेश्वरको महान् प्रेम र मुक्ति थियो! सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्वासको जग हो र हामीले विश्वासीहरूको हैसियतमा बाइबल पालन...
रिचार्ड, अमेरिकामेरो जन्म क्याथोलिक परिवारमा भएको थियो। म १३ वर्षको हुँदा प्रश्नोत्तरी अध्ययन गर्न थालेँ र बप्तिस्मा लिएर आधिकारिक रूपमा...
मैले बालक छँदा नै मेरा आमाबुबाको पछि लागेर प्रभुलाई विश्वास गरेकी थिएँ। पछि, म शिक्षक बनेँ, अनि इसाई र नैतिक शिक्षासम्बन्धी पाठ्यक्रमहरू...
“उहाँले सारा पृथ्वीलाई अनुसन्धान गर्नुहुन्छ, सबै थोकहरूलाई आज्ञा गर्नुहुन्छ, र मानिसका सबै शब्दहरू र कामहरूलाई हेर्नुहुन्छ। उहाँले उहाँको...