मैले परमेश्‍वर देखा पर्नुभएको देखेको छु

15 फ्रेवुअरी 2022

म कोरियाली प्रेसबाइटेरियन मण्डलीको सदस्य थिएँ। मेरी छोरी बिरामी भएपछि हाम्रो परिवारका सबै जना विश्‍वासी भए। त्यसपछि, मेरी छोरीको स्वास्थ्यमा दिनदिनै सुधार हुन थाल्यो। प्रभु येशूको कृपाको लागि म अत्यन्तै कृतज्ञ भएँ। मैले त्यसउप्रान्त प्रभुलाई निष्ठापूर्वक पछ्याउँछु, उहाँले चाहनुभएजस्तो व्यक्ति बन्‍न र उहाँलाई खुसी तुल्याउन कडा मेहनत गर्छु भनेर वाचा गरेँ। आफू काममा जति नै व्यस्त भए पनि मैले मण्डली सेवा कहिल्यै छुटाइनँ, मैले सधैँ दान र भेटी चढाएँ अनि मण्डली गतिविधिमा सक्रियतापूर्वक भाग लिएँ। मेरो धेरैजसो समय बाइबल पढ्नमा र मण्डली गतिविधिमा बित्थ्यो, परिवार, साथीसँगी, सहकर्मी र अन्यले आयोजना गरेका डिनर र जमघटहरूमा म बिरलै मात्र जान्थेँ। त्यसैले, तिनीहरू मसँग बेखुसी थिए। विश्‍वासी भएपछि मैले रक्सी र चुरोट पिउन छोडी त्यसउप्रान्त तिनीहरूसित पार्टीहरूमा नजाँदा केही साथीहरूले मेरो गिल्ला गर्दै भन्थे, “तिमी चर्च जान खुबै मन पराउँछौ, हामीलाई भन त, दिनहुँ चर्च गएर तिमीलाई के फाइदा हुन्छ? तिम्रो यो आस्थाको उद्देश्य के हो?” सत्य भन्दा, प्रश्‍नमाथि प्रश्‍न ओइरिँदा, के भन्‍ने हो मलाई केही थाहा भएन। तर तिनीहरूका प्रश्‍नले गर्दा, मैले वास्तवमै मनन गर्न थालेँ: साँच्‍चै मेरो विश्‍वास केको लागि? के परमेश्‍वरलाई मेरी छोरी निको पारिमाग्‍नलाई हो वा मेरो परिवारको सुस्वास्थ्यका लागि? के केवल बाइबल पढ्नु र दिनहुँ मण्डली धाउनु नै विश्‍वास गर्नु हो त? मलाई वास्तवमै थाहा थिएन। मैले यी प्रश्‍नहरू मेरा मण्डलीका पादरीलाई सोधेँ। तिनीहरू सबैका जवाफ हुबहु एउटै थिए: हाम्रो विश्‍वास प्रभुको मुक्तिको अनुग्रहका लागि हो, र उहाँ फर्कनुभएपछि उहाँले हामीलाई अनन्त जीवन दिन स्वर्गमा उठाइलैजानुहुनेछ। त्यस प्रकारको जवाफले मेरो अन्योल हट्नेजस्तो देखिन्थ्यो, तर त्यसले अर्को प्रश्‍न खडा गऱ्यो: अनि, कसरी म स्वर्गमा प्रवेश गर्छु त? तिनीहरूले मलाई भने, “रोमी १०:१० भन्छ, ‘किनभने धार्मिकताको लागि मानिसले हृदयले विश्‍वास गर्छ; र मुक्तिको लागि मुखले स्वीकार गर्छ।’ यसको अर्थ, प्रभुले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ, त्यसैले हामी विश्‍वासद्वारा मुक्ति पाउँछौँ, अनि प्रभु फर्की आउनुभएपछि उहाँले हामीलाई सिधै राज्यमा लैजानुहुनेछ। तसर्थ, तपाईंसित विश्‍वास भइन्जेल, स्वर्ग प्रवेश गर्नका लागि चिन्ता गर्नु पर्दैन।” म सोच्दैथिएँ, परमेश्‍वर पवित्र हुनुहुन्छ र बाइबल भन्छ “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन” (हिब्रू १२:१४)। प्रभुले हामी पवित्र भएको अपेक्षा गर्नुहुन्छ, तर म पापमा जिइरहेको थिएँ र उहाँका वचनहरू अभ्यास गर्न सकिनँ। कसरी म राज्यको योग्य थिएँ र? प्रभु येशूले हामीलाई भन्‍नुभयो: “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान्‌ आज्ञा हो। र दोस्रोचाहिँ यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ” (मत्ती २२:३७-३९)। तर दैनिक जीवनमा, प्रेम गर्नुपर्ने त्यो सामान्य मापदण्ड जति नै प्रयास गरे पनि मैले गर्न नसक्‍ने कुरा थियो। मैले प्रभुलाईभन्दा धेरै आफ्नो परिवारलाई प्रेम गरेँ, र आफूलाईभन्दा धेरै अरूलाई साँचो अर्थमा प्रेम गर्न सकिनँ। मेरा साथीहरू र परिवारले मेरो हाँसो उडाउँदा, सहनशील र धेर्य हुनुको सट्टा म रुष्ट भएँ। मैले हिब्रू १०:११ लाई पनि सम्झेँ, जसमा भनिएको छ “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।” प्रभुले अपेक्षा गर्नुभएको कुरा मलाई थाहा थियो तर मैले त्यो गर्न सकिनँ। म पापमा जिइरहेँ र पापको ज्याला मृत्यु हो। यदि त्यस्तो हो भने, मैले भोग्‍ने परिणाम अविश्‍वासीहरूको भन्दा फरक कसरी होला? मैले बुझिनँ। यसले गर्दा मैले के सोचेँ भने, राज्यमा प्रवेश गर्नु पादरीले भनेजस्तो सजिलो हुन सक्दैन, तर म कसरी स्वर्गमा प्रवेश गर्न र अनन्त जीवन प्राप्त गर्न सक्छु भनेर मलाई अझै थाहा थिएन। मैले अझै पनि मार्ग पाएको थिइनँ। मैले पादरी र मण्डलीका साथीहरूलाई प्रश्‍न सोधिरहेँ, तर कसैसित पनि स्पष्ट जवाफ थिएन। तिनीहरूले मलाई किन अचानक यस्तो अनौठो प्रश्‍न गरेको भनेर मात्र सोधे, यसरी नै मानिसहरूले वर्षौंदेखि विश्‍वास अभ्यास गर्दै आएका छन् भनेर भने। म अझै पनि सदाझैँ अलमल्ल थिएँ, तसर्थ, मैले चारैवटा सुसमाचार पुस्तकहरू पुनः पढ्ने निर्णय गरेँ, प्रभु येशूका वचनहरूमा अवश्य जवाफ हुनुपर्छ भनेर सोचेँ।

सन् २००८ को एक दिन, मैले यी पदहरू पढेँ: “येशूले उनलाई भन्‍नुभयो, पुनरुत्थान, र जीवन म नै हुँ: जसले मलाई विश्‍वास गर्छ, ऊ मर्‍यो भने पनि जिउँनेछ: अनि जो ममा जिउँछ र विश्‍वास गर्छ, ऊ कहिल्यै मर्नेछैन। तिमी यो कुरा विश्‍वास गर्छौ?” (यूहन्‍ना ११:२५-२६)। यी पदहरू पढ्दा म जिल्ल परेँ। किन प्रभुले हामी बाँच्नुपर्छ र उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍नुभएको? विश्‍वासीहरूको रूपमा के हामी सबै जीवित छैनौं र? उहाँमा विश्‍वास गरिरहेका छैनौं र? के प्रभुले हामीलाई केही कारणले मृत ठान्‍नुहुन्छ? यस कुराले मेरो मनमा अनेकौं प्रश्‍नहरू खडा गऱ्यो। केही समय, मैले हरेक खाली समय यसबारे अलमल्ल परेरै बिताएँ, तर यसको साँचो अर्थ कहिल्यै बुझ्न सकिनँ। फेरि म प्रश्‍नहरू लिएर पादरी र मण्डलीका अन्य सदस्यहरूकहाँ गएँ, तिनीहरूसित प्रश्‍नको उत्तर थिएन, तिनीहरूले मेरो समर्पणलाई खिसी गरे। तर, प्रभुले भन्‍नुभएको कुरामा केही गहिरो अर्थ लुकेको छ भन्‍ने मलाई लागिरह्यो।

त्यसपछि एकपटक, मैले मत्तीको सुसमाचार पुस्तकमा यो कुरा पढेँ: “अनि उहाँका चेलाहरूमध्ये अर्कोले उहाँलाई भन्यो, प्रभु, पहिले मेरो बुबालाई गाड्न दिनुहोस्। तर येशूले तिनलाई भन्‍नुभयो, मेरो पछि लाग; र मरेकालाई नै आफ्‍नो मुर्दा गाड्न देऊ” (मत्ती ८:२१-२२)। मैले “मरेकालाई नै आफ्‍नो मुर्दा गाड्न देऊ,” भन्‍ने वाक्यांश देख्दा, म अलिक अन्योलमा परेँ। किन प्रभुले मानिसहरूलाई मरेका भन्‍नुभएको, त्यतिबेला जीवित को थिए त? प्रभुले हामीलाई जिउँदो ठान्‍नुभयो कि मरेको? बाइबलमा पापको ज्याला मृत्यु हो र हामी पापमा जिइरहेका छौं भनेर बताइएको कुराबारे मैले सोचेँ। प्रभुले “मरेका” भन्‍नुको अर्थ त्यही थियो त? यदि त्यसो हो भने, कसरी म जीवनमा आउन सक्छु र कसरी राज्यमा प्रवेश गर्न सक्छु त? मेरो मनभरि प्रश्‍न थियो जसको उत्तर मलाई थाहा थिएन। तर भित्रदेखि म एउटा कुराबारे स्पष्ट थिएँ: यी कुराहरू प्रभुले भन्‍नुभएको हुनाले, त्यसको जवाफ बाइबलमा कतै न कतै अवश्य हुनुपर्छ। तसर्थ, मैले विश्‍वास गुमाइनँ र उत्तर खोजिरहेँ।

प्रभुको मार्गदर्शनको लागि म कृतज्ञ छु। केही महिनापछि, उहाँले भन्‍नुभएको अर्को कुरा पढेँ: “साँचो-साँचो म तिमीलाई भन्छु, त्यो घडी आउँदै छ, र त्यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरको पुत्रको आवाज सुन्‍नेछन्: र सुन्‍नेहरू बाँच्‍नेछन्” (यूहन्‍ना ५:२५)। यो कुरा पढ्दा, मलाई तुरुन्तै कुन कुरा स्पष्ट भयो भने, परमेश्‍वरको आवाज सुन्दा मरेकाहरू जीवनमा फर्किआउँछन्। मैले खोजिरहेको जवाफ त्यही हो भनेर म पक्‍का भएँ! तर म अझै अलिक अन्योलमा थिएँ, मैले धेरै अघि नै प्रभुको आवाज सुनेको थिएँ तर अझै पनि पापको बन्धनबाट मुक्त भएको छुइनँ भनेर मैले सोचेँ। के म जीवितमा गनिन्छु त? “सुन्‍नेहरू जिउनेछन्” भन्‍नाले कुन कुरालाई बुझाइरहेको थियो? कसरी मानिसहरू जीवनमा आउँछन्? के प्रभुले फर्किआउनुभएपछि हामीले सुन्‍नुपर्ने अझ धेरै कुरा बताउनुहुन्छ? र यदि त्यसो हो भने, कसरी हामी परमेश्‍वरको आवाज सुन सक्छौं? हामी त्यो कहाँ सुन्‍न सक्छौँ? मैले त्यो बुझ्न सकिनँ, त्यसैले प्रभुलाई प्रार्थना गरेँ, “हे प्रभु, कृपया जतिसक्दो चाँडो मलाई तपाईंको आवाज सुन्‍न दिनुहोस्। म मृत हुन चाहन्‍नँ। कृपया मलाई जिउन मदत गर्नुहोस्।”

त्यसपछि, मण्डली सेवाहरूमा जाँदा, पाष्टरहरूले कतै आफ्ना उपदेशमा प्रभुको पुनरागमन वा प्रभुको आवाजबारे कुनै कुरा बताउँछन् कि भनेर ध्यान दिन थालेँ। मलाई के कुराले साँच्‍चै निराश पार्‍यो भने, तिनीहरूले गर्ने भनेकै हामीलाई अपधर्मदेखि जोगिनुहोस्, अनि हेर्नुहोस् र पर्खनुहोस भनेर बताउनु थियो तर प्रभुको पुनरागमनबारे पटक्‍कै केही भन्दैनथे। मैले यी कुराबारे मण्डलीको देखरेख गर्ने केही मुख्य व्यक्तिहरूलाई पनि सोधेँ, तर मैले निरन्तर यी प्रश्‍नहरू सोध्‍नु भनेको विश्‍वासको कमीले गर्दा हो, र म थोमाजस्तै छु भनेर तिनीहरूले भने। तिनीहरूले मलाई परपरै गर्न थाले। त्यसपछि, मसित सधैँ मिल्ने मण्डलीका अन्य सदस्यहरू पनि टाढिन थाले, तिनीहरूले मलाई अलग्याए। १८ वर्षदेखि रहेको त्यो मण्डलीलाई अन्ततः मैले छोडेँ। म दिनभरि सीबीएस र सीटीएस नेटवर्कहरूका कार्यक्रमहरू हेर्थेँ, र यसरी प्रसिद्ध पाष्टरहरूका उपदेशबाट परमेश्‍वरको आवाज सुन्‍ने आशा गरेँ। मैले करिब ६ महिनासम्म यसो गरेँ, यी कार्यक्रमहरू प्रायः दैनिक १० घण्टा वा बढी हेर्ने गर्थेँ। मैले वास्तवमै धेरै उपदेशहरू सुनेँ, तर मैले अझै पनि आफूले चाहेका जवाफ पाइनँ। तिनीहरूले प्रभु चाँडै आउनुहुँदै छ र हामीले हेर्नू र पर्खनू भनेर भनेको मात्र मैले निरन्तर सुनिरहेँ। तर म प्रश्‍नहरूको थुप्रोले उकुसमुकुस थिएँ। सबै पाष्टरहरू प्रभु आउन लाग्‍नुभएको छ भनेर मात्र भन्थे, तर कहिले? अनि किन अहिलेसम्म हामीले उहाँलाई स्वागत गरेका छैनौँ? मैले ती दिनहरूमा निरन्तर प्रभुलाई यसो भन्दै प्रार्थना गरिरहेको थिएँ, “हे प्रभु! मैले यत्तिका समयसम्म तपाईंको बाटो कुरिरहेको छु, आफ्नो जीवनकालमै तपाईंलाई स्वागत गर्ने र तपाईंको आवाज सुन्‍ने आशा साँचेको छु। हे प्रभु, तपाईं कहिले आउनुहुँदै छ? कृपया मलाई तपाईंको आवाज सुन्‍न दिनुहोस्।”

सन् २०१३ मा, मार्च महिनाको एक दिन, हाम्रो बिल्डिङको प्रवेशद्वारमा, एक जना यस्तै ७० वर्षजत्तिका देखिने पाको व्यक्ति मतिर आए, र मलाई चोसुन इल्बो अखबारको ग्राहक बन्‍न आग्रह गरे। मैले सोचेँ, अहिले सबैसित सेलफोन र कम्प्युटर छ, कसले पो अखबार पढ्छ र? त्यसैले, मैले तिनको प्रस्तावलाई “अहँ” भन्दिएँ। तर केही दिनसम्म तिनले मलाई देख्दैपिच्छे ग्राहक बन्‍न आग्रह गरिरहे। मैले अस्वीकार गरिरहेँ। तर अचम्मको कुरा, एक महिनापछि एलिभेटरमा मेरो उही व्यक्तिसित जम्काभेट भयो। यस्तो लाग्थ्यो, तिनले मलाई नै पर्खिरहेका थिए। तिनले मलाई देखेर मुस्कुराए र नमस्कार भने, त्यसपछि ग्राहक बन्‍न आग्रह गरे। म सोच्दैथिएँ, किन यी व्यक्तिले मलाई यत्तिका समयदेखि अखबार बेच्ने प्रयास गरिरहेका छन्। असल बन्‍न खोज्दै म ग्राहक बनिदिएँ, तर विभिन्‍न कारणले गर्दा केही समयसम्म मलाई त्यो अखबार पढ्ने फुर्सद भएन। त्यसपछि, मे महिनाको सुरुतिर एक बिहान पत्रिका आएपछि, मैले लिएँ र सदाझैँ सरसरती मुख्य समाचारहरूमा आँखा डुलाएँ। त्यहाँ एउटा कुरा देखेर मेरो आँखा खुलेको खुलै रह्यो। त्यसमा भनिएको थियो, “प्रभु येशू फर्कनुभयो—राज्यको युगमा वचनहरू व्यक्त गर्नुहुँदै सर्वशक्तिमान् परमेश्‍वर।” म स्तब्ध भएँ—के? प्रभु फर्कनुभयो? सर्वशक्तिमान् परमेश्‍वर? राज्यको युग? के त्यो साँचो हुन सक्छ? त्यतिबेला म भावनै भावनामा रुमलिएको थिएँ—अति उत्साहित थिएँ। अन्त्यमा मैले प्रभुको पुनरागमनको खबर भेट्टाएँ। तर त्यसपछि मैले कतै यो झूटो समाचार पो हो कि भनेर सोचेँ। मैले पृष्ठको पुछारमा हेरेँ र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको फोन नम्बर र ठेगाना, र मण्डलीका केही पुस्तकहरूको नाउँ देखेँ। यसलाई सावधानीपूर्वक जाँच्नु महत्त्वपूर्ण छ जस्तो लाग्यो, किनभने प्रभुको पुनरागमन वास्तवमै ठूलो कुरा थियो। मैले अखबारमा भेट्टाएको नम्बरमा तुरुन्तै फोन गरेँ। एक जना सिस्टरले फोन उठाइन् र मैले तिनलाई सोधेँ, “के यो अखबारमा छापिएको कुरा साँचो हो? के प्रभु फर्किसक्‍नुभएको छ? के यी वचनहरू वास्तवमै परमेश्‍वरका वचनहरू हुन्?” तिनले भनिन्, “हजुर, साँचो हो।” सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सिस्टरहरू किम र पियाओले मसित भेट्ने समय मिलाए अनि तिनीहरूले मसित परमेश्‍वरको कामका तीन चरणबारे सङ्गति गरे। सिस्टर किमले भनिन्, “शैतानले आदम र हव्वालाई भ्रष्ट पारेदेखि नै मानिस पापमा जिइरहेको, शैतानका शक्तिहरूको वशमा पहेको, शैतानद्वारा नचाइएको र क्षति पुर्‍याइएको छ। परमेश्‍वरले मानवजातिलाई शैतानको प्रभावबाट पूर्ण मुक्ति दिन तीन चरणका काम गर्नुभएको छ, ती हुन, व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। यी, कामका तीन विभिन्‍न चरणहरू हुन्, तर ती सबै एउटै परमेश्‍वरद्वारा गरिएका हुन्। परमेश्‍वरको कामको प्रत्येक चरण भ्रष्ट मानवताको लागि चाहिने कुरामा आधारित छ, अनि अझ गहन र उच्‍च काम गर्न प्रत्येक चरण अघिल्लो चरणको जगमा निर्मित भएको छ।” अनि, तिनले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढिन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन, तर सम्पूर्णको केवल एक भागलाई मात्र प्रतिनिधित्व गर्दछ। यहोवाको नाउँले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्ने तथ्यले परमेश्‍वर व्यवस्थाको अधीनमा मात्र परमेश्‍वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्‍वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्‍वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्‍वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्‍नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। त्यसकारण, यदि परमेश्‍वरले व्यवस्थाको युगमा मात्र काम गर्नुभएको थियो भने, मानिसले परमेश्‍वरलाई निम्नलिखित परिभाषाभित्र सीमित तुल्याउनेथियो, ‘परमेश्‍वर मन्दिरमा बस्नुहुने परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरको सेवा गर्न हामीले पूजाहारीको पोसाक लगाउनुपर्छ र मन्दिरभित्र प्रवेश गर्नुपर्दछ।’ यदि अनुग्रहको युगमा यो काम कहिल्यै नभएको भए र व्यवस्थाको युग अहिलेसम्म जारी नै रहेको भए मानिसले परमेश्‍वर दयालु र प्रेमिलो पनि हुनुहुन्छ भनी जान्ने थिएन। यदि व्यवस्थाको युगमा काम नगरिएको भए, त्यसको साटो अनुग्रहको युगमा मात्र काम भएको भए, परमेश्‍वरले मानिसलाई छुटकारा दिन र मानिसका पापहरू क्षमा गर्न मात्र सक्नुहुन्छ भनेर मात्रै मानिसले जान्नेथिए। मानिसले उहाँ पवित्र र निर्दोष हुनुहुन्छ, र मानिसको खातिर उहाँले आफैलाई बलिदान गर्न र क्रूसमा टाँगिन सक्‍नुहुन्छ भनेर मात्र जान्नेथियो। मानिसले यी सबै कुराहरू मात्र जान्नेथियो, तर अरू केही पनि बुझेको हुनेथिएन। त्यसकारण हरेक परमेश्‍वरको स्वभावको एउटा भागलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगमा, अनि अनुग्रहको युगमा, र यस वर्तमान चरणमा परमेश्‍वरको स्वभावका कुन-कुन पक्षहरूको प्रतिनिधित्व गरियो भन्ने सम्बन्धमा चाहिँ: जब ती सबै तीन चरणहरूलाई एकट्ठा गरिन्छ, तब मात्र परमेश्‍वरको स्वभावको सम्पूर्णता प्रकट हुन सक्दछ। मानिसले तीन वटै चरणहरूलाई जानिसकेपछि मात्रै उसले यसलाई पूर्ण रूपमा बुझ्‍न सक्छ। यी तीन चरणमध्ये कुनैलाई पनि हटाउन सकिँदैन। तैंले यी तीन चरणको कार्यलाई बुझिस् भने मात्र परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा बुझ्नेछस्। परमेश्‍वरले व्यवस्थाको युगमा उहाँको आफ्नो काम पूरा गर्नुभयो भन्ने तथ्यले उहाँ व्यवस्थाको अधीनमा हुनुहुने परमेश्‍वर मात्र हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दैन, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभयो भन्ने तथ्यको अर्थ परमेश्‍वरले मानवजातिलाई सधैँ छुटकारा दिइरहनुहुन्छ भन्ने हुँदैन। यी सबै मानिसका निष्कर्षहरू हुन्। अनुग्रहको युग समाप्त भइसकेपछि, तैंले परमेश्‍वर केवल क्रूसको स्वामित्वमा हुनुहुन्छ र क्रूसले मात्र परमेश्‍वरको मुक्तिलाई प्रतिनिधित्व गर्दछ भन्न सक्दैनस्। त्यसो गर्नु भनेको परमेश्‍वरलाई परिभाषित गर्नु हो। वर्तमान चरणमा, परमेश्‍वरले मुख्य रूपमा वचनको काम गरिरहनुभएको छ, तर तँ परमेश्‍वर मानिसप्रति कहिल्यै कृपालु हुनुभएको छैन र उहाँले सजाय र न्याय मात्र ल्याउनुभएको छ भन्न सक्दैनस्। आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, जसले मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिको माझमा मुक्तिका सबै काम समाप्त भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकार अनुसार वर्गमा छुट्ट्याउन सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्‍वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)”)। त्यसपछि सिस्टर किमले मसित थप सङ्गति गरिन् र मैले के सिकेँ भने, परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनालाई तीन युग अर्थात् तीन चरणमा विभाजन गरिएको छ—व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। व्यवस्थाको युगमा, मानिसहरूले पाप के हो भनेर थाहा पाऊन् भनी यहोवाले व्यवस्था जारी गर्नुभयो। अनुग्रहको युगमा, प्रभु येशूले छुटकाराको काम पूरा गर्नुभयो। उहाँ मानवजातिको लागि क्रूसमा टाङिगनुभयो, हाम्रो पाप क्षमा गर्नुभयो, व्यवस्थाअन्तर्गत दोषी ठहरिने र मृत्युदण्ड हुने सजायबाट मुक्त गराउनुभयो। राज्यको युगमा, सर्वशक्तिमान् परमेश्‍वरले मानिसको पापको जडलाई उखेल्न, हामीलाई पूर्ण रूपले धुन, मुक्ति दिन र परमेश्‍वरको राज्यमा लैजान न्यायको काम गरिरहनुभएको छ। कामका यी तीन चरणहरू बेग्लाबेग्लै युगमा पूरा हुन्छन् र तिनमा फरकफरक कुराहरू समावेश छन्, तर ती सब एउटै परमेश्‍वरले गर्नुहुन्छ। बेग्लाबेग्लै युगमा बेग्लाबेग्लै काम गर्ने एउटै परमेश्‍वर हुनुहुन्छ। यो कुरा बुझ्दा मैले साँच्‍चै अन्तर्दृष्टि पाएँ।

त्यसपछि, सिस्टर पियाओले मसित सर्वशक्तिमान् परमेश्‍वरले कसरी आफ्नो न्यायको कामद्वारा मानिसहरूलाई धुनुहुन्छ भन्‍नेबारे सङ्गति गरिन्। तिनले परमेश्‍वरका वचनहरूको एउटा खण्ड मलाई पढेर सुनाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो” (वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ”)। त्यसपछि, सिस्टर पियाओले मलाई बताइन्, “सर्वशक्तिमान् परमेश्‍वरले मानिसहरूलाई न्याय गर्न र धुन सत्यता प्रयोग गर्नुहुन्छ। उहाँले लाखौं वचनहरू व्यक्त गर्नुभएको छ, त्यसले बाइबलका रहस्यहरू प्रकट गर्छ र परमेश्‍वरको कामको गवाही दिन्छ, अनि त्यसले मानिसको पापीपनको जड र हाम्रो भ्रष्टताको सत्यता खुलासा गर्छ। केही वचनहरू स्वभाव परिवर्तन र जीवन प्रवेशबारे छन्, र केहीचाहिँ मानिसहरूको परिणाम निर्धारित गर्नेजस्ता कुराबारे छन्। यी सबै सत्यता हुन्, सबै परमेश्‍वरबाट आएका हुन्। यसले हामीलाई परमेश्‍वरको धार्मिकता, पवित्र स्वभाव र उहाँको बुद्धि देखाउँछ। उहाँका वचनहरू पढ्ने जोकोहीले त्यसको अख्तियार र शक्ति महसुस गर्न सक्छ। परमेश्‍वरले सबै कुरा देख्‍नुहुन्छ र उहाँलाई मात्र भ्रष्ट मानवजातिको अघिपछिको कुरा थाहा छ। परमेश्‍वरले हाम्रो सबै सोच, दृष्टिकोण, विचार र भ्रष्ट स्थितिलाई एकदमै स्पष्टसित र अति व्यावहारिक शब्दहरूमा खुलासा गर्नुहुन्छ। उहाँले यस भ्रष्टताको सारलाई पनि खुलासा र चिरफार गर्नुहुन्छ, मानवजातिको पापीपन र परमेश्‍वरप्रतिको विरोधलाई पूर्ण रूपले जरैदेखि उखेल्नुहुन्छ।” तिनले यसो पनि भनिन्, “परमेश्‍वरका वचनहरूको न्याय, प्रकाश र शोधनमार्फत हामी हाम्रो शैतानी भ्रष्टताको सत्यताबारे केही बुझाइ प्राप्त गर्छौं। त्यसपछि, आफू कत्ति अहङ्कारी, धूर्त, स्वार्थी र घृणित रहेछौं भनेर बुझ्छौं, मतलब, हामीले भन्‍ने र गर्ने हरेक कुरा भ्रष्टतामा आधारित छ र हामी अलिकति पनि मानव स्वरूपमा जिउँदैनौँ। नाउँ र हैसियतको लागि लड्नु, षड्यन्त्रमा मुछिनु, झूट बोल्नु र छल गर्नु, ईर्ष्या र घृणा गर्नु, परमेश्‍वरप्रति समर्पित नभई विश्‍वास गर्नु, अत्यधिक चाहनाहरू पाल्नु, परीक्षा वा कठिनाइ आइपर्दा परमेश्‍वरलाई दोष दिनु र विरोध गर्नु, यी सबै त्यसका उदाहरण हुन्। हामी परमेश्‍वरको न्याय र सजायमार्फत केही सत्यताहरू बुझ्छौँ अनि सकारात्मक र नकारात्मक कुराबीचको भिन्‍नता छुट्याउँछौँ। हामीले उल्लङ्घन नसहने परमेश्‍वरको धार्मिक स्वभावबारे पनि धेरै कुरा थाहा पाउँछौँ, र हामी बिस्तारै परमेश्‍वरलाई आदर गर्न र उहाँप्रति समर्पित हुन थाल्छौँ। हामी पश्‍चात्ताप गर्न, उहाँको न्याय र सजाय स्वीकार्न र उहाँका वचनहरू पालन गर्न सक्षम हुन्छौँ।” तिनले यसो पनि भनिन्, “परमेश्‍वरका वचनहरूले हाम्रो खुलासा नगरी, केवल प्रार्थना र पाप-स्वीकारमा मात्र भर पर्दै, चिन्तनमार्फत मात्र हामीले कहिल्यै त्यो बुझाइ प्राप्त गर्न वा हाम्रो पापको जडलाई उखेल्न सक्‍नेथिएनौँ। अनुभवमार्फत, हामी के पनि बुझ्छौँ भने, परमेश्‍वरको न्याय मानिसप्रतिको उहाँको सबैभन्दा साँचो प्रेम र उत्कृष्ट मुक्ति हो, र त्यो व्यावहारिक कामबिना, हाम्रा भ्रष्ट स्वभावहरू कहिल्यै धुन सकिँदैन। त्यसैले, परमेश्‍वरका आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्नु नै राज्यमा प्रवेश गर्ने एकमात्र मार्ग हो।” त्यसपछि, तिनले मलाई परमेश्‍वरका वचनहरूको न्यायबारे तिनीहरूको व्यक्तिगत गवाही सुनाइन्। ती सबै एकदमै व्यावहारिक थिए। म भन्‍न सक्छु, सर्वशक्तिमान् परमेश्‍वरको काम नै मलाई आत्मिक तवरमा ठ्याक्‍कै चाहिएकै कुरा थियो, मतलब, परमेश्‍वरका आखिरी दिनहरूको कामले मानिसलाई परिवर्तन गर्न र धुन सक्छ, र परमेश्‍वरको न्याय स्वीकार गर्नु नै राज्यमा प्रवेश गर्ने एकमात्र मार्ग हो।

त्यसपछि केही दिनसम्म ती सिस्टरहरूले मलाई किन अहिले धार्मिक संसार यत्तिको उजाड छ र पाष्टरहरूका उपदेशहरू किन निरस हुँदै छन् भनेर पनि बताए। त्यसमा बाइबलपछाडिको वास्तविक कहानी, परमेश्‍वरको देहधारणको रहस्य र अर्थ पनि थिए। मलाई लाग्यो, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा धेरै कुरा छन् र ती वचनले धेरै रहस्यहरूबारे मेरो आँखा खोलिदिए। यो कुरा जाँचेपछि, मैले खुसीसाथ सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको मुक्तिलाई स्वीकार गरेँ।

यी सिस्टरहरूले मलाई परमेश्‍वरका वचनहरूका केही पुस्तकहरू दिए। घर पुगेपछि मैले ती पुस्तकमध्ये एउटा खोलेर हेरेँ, थुमाद्वारा खोलिएको चर्मपत्र। मैले सबैभन्दा पहिला त्यसको प्राक्‍कथनमा परमेश्‍वरका केही वचनहरू देखेँ: “धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू ‘परमेश्‍वर’ शब्द र ‘परमेश्‍वरको कार्य’ जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिनेको कारणले यस्तो भएको हो अनि उहाँको कार्यलाई जान्ने कुरा त परै जाओस्। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँसम्बन्धी तिनीहरूका आफ्नै विश्‍वासमा अल्मलिएको हुनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिंदैनन्, र यो पूर्ण रूपमा तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कुरा धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा भएको हो। यसप्रकारले, तिनीहरूले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्नु पर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँका कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, र तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। ‘परमेश्‍वरप्रतिको विश्‍वास’ भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा यो सबैभन्दा सरल धारणा हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु उस्तै होइन; बरु, यो बलियो धार्मिक संकेतसहितको साधारण किसिमको विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न छन्ः परमेश्‍वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र ‘परमेश्‍वरप्रतिको विश्‍वास’ भन्न सकिन्छ” (वचन देहमा देखा पर्नुहुन्छ)। परमेश्‍वरका वचनहरू विस्तृत र व्यावहारिक छन् र तिनले परमेश्‍वरमा विश्‍वास गर्नुको साँचो अर्थ देखाउँछन्। मैले बुझेँ, विश्‍वासको लागि परमेश्‍वरका वचनहरू र कामलाई अनुभव गर्नु आवश्यक छ ताकि हामीले भ्रष्टता त्याग्‍न, सत्यता प्राप्त गर्न र परमेश्‍वरलाई चिन्‍न सकौँ। त्यो मात्र साँचो विश्‍वास हो। विश्‍वास भनेको दिनहुँ प्रार्थना गर्नु र मण्डली धाइरहनु हो भनेर म सोच्थेँ। दुःखको कुरा, आफू विश्‍वासको सही मार्गमा छु कि छुइनँ भनेर मैले कहिल्यै बुझ्न सकिनँ, त्यसैले, त्यतिन्जेल मैले ठक्‍कर मात्र खाएँ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्दा, म त छाँगोबाट खसेँ, मैले पहिला अँगालेको विश्‍वासको मार्ग त पूर्ण रूपले गलत रहेछ। त्यसपछि, मैले विषयसूचीमा “के तँ जीवित भएको व्यक्ति होस्?” भन्‍ने शीर्षक देखेँ। त्यसले मेरो ध्यान खिंच्यो र तुरुन्तै त्यही हेर्नतिर लागेँ। त्यसमा परमेश्‍वरका यी वचनहरू थिए: “परमेश्‍वरले मानिसको सृष्टि गर्नुभयो तर त्यसपछि मानिसलाई शैतानले भ्रष्ट बनायो, यसरी भ्रष्ट बनायो कि मानिसहरू ‘मृत मानवहरू’ बने। तसर्थ तँ बदलिसकेपछि अब फेरि यी ‘मृत मानवहरू’ जस्तो रहनेछैनस्। मानिसहरूका आत्मालाई जलाउने र पुनर्जन्म लिने तुल्याउने परमेश्‍वरका वचनहरू नै हुन् र जब मानिसहरूका आत्माको पुनर्जन्म हुन्छ तब तिनीहरू जीवित भएका हुनेछन्। जब म ‘मृतक मानवहरू’ को बारेमा कुरा गर्छु, मैले आत्मा नभएका लासहरूको बारेमा, जसका आत्माहरू तिनीहरूभित्र मरिसकेका हुन्छन् त्यस्ता मानिसहरूका बारेमा कुरा गरिरहेको हुन्छ। जब मानिसहरूका आत्मामा जीवनको झिल्का बल्छ, तब मानिसहरू जीवित हुन्छन्। पहिले कुरा गरिएका सन्तहरूले ती मानिसहरूलाई जनाउँछ जो जीवित भएका छन्, ती व्यक्तिहरू जो शैतानको प्रभावमा थिए तर तिनीहरूले शैतानलाई पराजित गरे। …

… ‘मृत व्यक्तिहरू’ ती व्यक्तिहरू हुन् जसले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो आत्मामा चेतनाशून्य छन् र परमेश्‍वरको वचनहरू बुझ्दैनन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो सत्यताको अभ्यास गर्दैनन् र जोसँग परमेश्‍वरप्रति रत्तीभर बफादारीता छैन, र तिनीहरू ती व्यक्तिहरू हुन् जो शैतानको अधिकार क्षेत्र अन्तर्गत जिउँछन् र शैतानद्वारा शोषित हुन्छन्। मृत व्यक्तिहरूले सत्यताको विरोधमा उभिएर, परमेश्‍वरको विरुद्ध विद्रोह गरेर अनि तुच्छ, घृणायोग्य, दुष्ट, पाशविक, छली तथा धोखेबाज बनेर आफूलाई प्रकट गर्छन्। त्यस्ता व्यक्तिहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने गरे तापनि तिनीहरू परमेश्‍वरको वचनहरू अनुरूप जिउन सक्दैनन्; तिनीहरू जीवित भए तापनि तिनीहरू केवल हिँड्ने र सास फेर्ने लासहरू हुन्। मृत व्यक्तिहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न पूर्ण रूपमा असक्षम हुन्छन्, पूर्ण रूपमा उहाँको आज्ञापालन गर्ने कुरा त परै जाओस्। तिनीहरूले उहाँ विरुद्ध छल गर्न, उहाँको निन्दा गर्न, उहाँलाई धोखा दिन मात्रै सक्छन्, र तिनीहरूले आफू जिउने तरिका मार्फत जे ल्याउँछन् ती सबैले शैतानको प्रकृति प्रकट गर्छन्। यदि मानिसहरूले जीवित प्राणीहरू बन्न र परमेश्‍वरको साक्षी बन्न अनि परमेश्‍वरद्वारा स्वीकृत हुन चाहन्छन् भने तिनीहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्नुपर्छ; तिनीहरू खुशीसाथ उहाँको न्याय र सजायको अधीनमा रहनुपर्छ र परमेश्‍वरको काटछाँट र उहाँको निराकरणलाई खुशीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि मात्र परमेश्‍वरले अनिवार्य गर्नुभएको सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्‍नेछन्, अनि त्यसपछि तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ; तिनीहरूलाई परमेश्‍वरले न्याय र सजाय गरिसक्‍नुभएको हुन्छ, तिनीहरू आफूलाई समर्पित गर्न इच्छुक हुन्छन् र परमेश्‍वरको लागि आफ्नो जीवन त्याग्न खुशी हुन्छन् र तिनीहरूले खुशीसाथ आफ्नो पूरा जीवन परमेश्‍वरमा समर्पित गर्छन्। जब जीवितहरूले परमेश्‍वरको साक्षी दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचार कार्य फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरको हृदय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्” (वचन देहमा देखा पर्नुहुन्छ)। यो खण्ड पढेपछि, मैले यत्तिका वर्षदेखि खोजिरहेको जावफ यही हो भनेर मलाई हृदयबाटै थाहा भयो। अन्त्यमा मलाई “मरेको” हुनु वा “बाँच्नु” को अर्थ थाहा भयो। परमेश्‍वरले आदम र हव्वालाई सृष्टि गर्नुहुँदा, तिनीहरू परमेश्‍वरको कुरा सुन्‍न, उहाँलाई प्रकट गर्न र उहाँको महिमा गाउन सक्थे। तिनीहरू आत्मासहितका जीवित मानिस थिए। त्यसपछि, शैतानले तिनीहरूलाई परमेश्‍वरलाई धोका दिन प्रलोभनमा पाऱ्यो र तिनीहरू शैतानको शक्तिको वशमा परी पापमा जिउन थाले, र त्यसरी मानवजाति झन् झनै भ्रष्ट भए, शैतानको सबै प्रकारका विषहरू हामीभित्र पस्यो। हामी पापमा झन् गहिरोसित भाँसिएका छौँ, परमेश्‍वरलाई नकार्छौं, इन्कार र विरोध गर्छौं, शैतानी स्वभावहरूअनुसार जिउँछौँ। परमेश्‍वरले सुरुमा बनाउनुभएको जस्तो हामी छँदै छैनौँ। पापमा र शैतानको शक्तिको वशमा जिउने सबैलाई परमेश्‍वर मरेको ठान्‍नुहुन्छ, मरेकाहरू शैतानका हुन् र तिनीहरूले परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू परमेश्‍वरको राज्यका लागि योग्य छैनन्। परमेश्‍वरबाट मुक्ति पाउनेहरू नै जीवितहरू हुन्। तिनीहरूको भ्रष्टता परमेश्‍वरको न्याय र सजायमार्फत धोइएको हुन्छ। तिनीहरूले पाप र शैतानका शक्तिहरू त्याग्छन् र परमेश्‍वरविरुद्ध विद्रोह र विरोध गर्न छोड्छन्। परमेश्‍वरले जसरी बोल्नुभए पनि र जसरी काम गर्नुभए पनि, तिनीहरूले त्यो सुन्‍न र पालन गर्न सक्छन्। जीवितहरूले परमेश्‍वरको गवाही दिन र महिमा गाउन सक्छन्, परमेश्‍वरको स्वीकृति प्राप्त गर्न र उहाँको राज्यमा प्रवेश गर्न सक्‍नेहरू तिनीहरू मात्रै हुन्। जीवित हुनका लागि, हामीले सर्वशक्तिमान् परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरू स्वीकार गर्नुपर्छ र उहाँको न्याय अनुभव गर्नुपर्छ, अन्त्यमा हामीले धोइएर आफ्नो विवेक र तर्कशक्ति पुनः प्राप्त गर्नुपर्छ, सृष्टिकर्ताको आज्ञापालन गर्नुपर्छ, परमेश्‍वरका वचनहरू अभ्यास गर्नुपर्छ, अनि परमेश्‍वरलाई आदर गर्नु र उहाँको गवाही दिनुपर्छ। साँच्‍चै जीवनमा फर्किआउने व्यक्ति यिनै हुन्, जो राज्यमा प्रवेश गर्न र अनन्त जीवन प्राप्त गर्न सक्छन। त्यस मोडमा, मैले प्रभुले यसो भन्‍नुको अर्थ वास्तवमै बुझेँ “पुनरुत्थान, र जीवन म नै हुँ: जसले मलाई विश्‍वास गर्छ, ऊ मर्‍यो भने पनि जिउँनेछ: अनि जो ममा जिउँछ र विश्‍वास गर्छ, ऊ कहिल्यै मर्नेछैन” (यूहन्‍ना ११:२५-२६)। यसको अर्थ त्यही हो। यी सब बुझेपछि मेरो मन उज्यालो भएको महसुस भयो।

त्यसपछि, मैले अर्को लेख पढेँ, त्यसको शीर्षक छ, “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ।” यसले ममा एकदमै गहिरो प्रभाव पारेको छ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्‍त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै हो, र यो एक मात्र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा स्वीकार गरिनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृती प्राप्त गर्नेछैनस्, र स्वर्गको राज्यको ढोकामा प्रवेश गर्न कहिल्यै पनि योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियमहरूको, अक्षरहरूको नियन्त्रणमा हुनेहरू, र इतिहासको बन्धनमा बाँधिनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त जीवनको अनन्त बाटोलाई नै पाउनेछन्। यो यसैले हो किनभने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी होइन तर हजारौं वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जसलाई जीवनको पानी दिइएको छैन तिनीहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, अनि नरकका पुत्रहरू रहनेछन्। त्यसोभए, तिनीहरूले परमेश्‍वरलाई कसरी देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर काम-कुराहरूलाई यथास्थितिमा राख्‍ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सँधै परमेश्‍वरकै विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लेर आउने छालहरू अनि बेरिएर आउने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मुर्खतामा टाँसिदै र केही पनि नगरिकन, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छ? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि के तिनले तँलाई स्वर्ग लैजान सक्छ? तैँले तेरो हातमा जे लिएको छस् ती तँलाई अस्थाई सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छ र ती मानव जिन्दगी जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई प्रतिबिम्बित गर्ने तुल्याउँदैन? के यसले तँलाई आफैभित्र समावेश रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफैले आफैलाई स्वर्ग लैजान सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अझै पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड् अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ त्यो देख्‍नको लागि हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्” (वचन देहमा देखा पर्नुहुन्छ)। यसले साँच्‍चै मलाई अत्यन्तै ठूलो प्रभाव पाऱ्यो। मलाई लाग्यो, यो अत्यन्तै आधिकारिक र शक्तिशाली छ, यी वचनहरू परमेश्‍वरबाट मात्र आउन सक्छन्। प्रभु येशूले भन्‍नुभएको यो कुरा मैले सम्झेँ, “म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्‍ना १४:६)। त्यति नै हो। परमेश्‍वरबाहेक, कसले पो राज्यको प्रवेशद्वारमा शासन गर्न सक्ला र? यदि हामी अनन्त जीवन चाहन्छौँ भने, हामीले आखिरी दिनहरूका ख्रीष्टले ल्याउनुभएको अनन्त जीवनको मार्गलाई स्वीकार गर्नुपर्छ। त्यसको अर्थ, फर्कनुभएका प्रभु येशूले व्यक्त गर्नुभएका सत्यताहरू हुन्, राज्यमा प्रवेश गर्ने हाम्रा आशाहरूलाई साकार पार्ने एकमात्र तरिका त्यही हो। मैले राज्यमा प्रवेश गर्ने मार्ग भेट्टाउन सकेकोमा आफूलाई भाग्यशाली ठानेँ। म अत्यन्तै उत्साहमा थिएँ। मैले परमेश्‍वरका वचनहरूलाई भोको मानिसले खानेकुरा भेट्टाएझैँ गरी पढेँ र त्यसले ममा अत्यन्तै गहिरो प्रभाव पाऱ्यो। जति धेरै पढेँ, उति नै धेरै ती सत्यता हुन्, र ती कुनै पाष्टर वा धर्मविद्‍बाट आउन सक्दैनन् भनेर मलाई थाहा भयो। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले मेरो भौंतारिरहेको र भोको आत्मालाई पोषण दिए, र मैले अखबार बेच्ने ती पाको व्यक्तिबारे फर्केर सोचेँ। तिनले मलाई ग्राहक बन्‍न आग्रह गरिरहे र त्यसैको कारण मैले अन्त्यमा परमेश्‍वरको आवाज सुनेँ। म तिनलाई धन्यवाद दिन चाहन्थेँ, तर फेरि तिनलाई कहिल्यै फेला पार्न सकिनँ। अनि मैले यो, परमेश्‍वरका अद्भुत कार्यहरूद्वारा नै भएको हो भनेर बुझेँ। ती व्यक्तिले मलाई ग्राहक बन्‍न आग्रह गरिरहेका थिए, जसले मलाई परमेश्‍वरको आवाज सुन्‍न र उहाँको पुनरागमनलाई स्वागत गर्न मदत गऱ्यो। यो परमेश्‍वरको मार्गदर्शन र मेरो लागि उहाँको प्रेम थियो। म साँच्‍चै परमेश्‍वरप्रति कृतज्ञ छु। मैले परमेश्‍वरको आवाज सुन्‍न सकेकोमा र आफ्नै जीवनकालमा उहाँ देखा पर्नुभएको देख्‍न सकेकोमा आफू एकदमै आशिषित् भएको महसुस गरेँ। यो, परमेश्‍वरको कृपा र अनुग्रह अनि त्योभन्दा पनि, उहाँले मलाई दिनुभएको मुक्ति हो। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

नाम र लाभ खोज्नेबारे आत्मसमीक्षा

सन् २०२१ को मे महिनामा मैले मलजल टोली अगुवाको रूपमा जिम्मेवारी सम्हालेँ। ब्रदर-सिस्टरहरूको दुई समूहलाई मलजल गर्ने जिम्मेवारी मेरो थियो, र...

आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

मनको गाँठो फुकाउँदा

चुन्यु, चीन गत वसन्त ऋतुको कुरा हो, म मण्डीलमा सुससमाचार सुनाउने कर्तव्यमा खटिएकी थिएँ। त्यतिबेला, सिस्टर वाङ सुसमाचार डिकन चयन हुनुभएको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्