परमेश्वरको आवाज सुन्नु र प्रभुलाई स्वागत गर्नु
लुइस, दक्षिण कोरियासर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् १९९८ मा, मेरो कजन, याङ, मलाई प्रभु येशूको सुसमाचार सुनाउन आउनुभयो। उहाँले मेरो लागि बाइबलको एउटा प्रति ल्याउनुभयो, र मलाई भन्नुभयो कि सम्पूर्ण बाइबल परमेश्वरद्वारा प्रेरित छ, कि यसभित्र भएको हरेक कुरा परमेश्वरको वचन हो, र यसभित्र परमेश्वरको राज्य र अनन्त जीवनको मार्ग छ। अनन्त जीवन प्राप्त गर्न सक्छु भन्ने सुनेर मेरो जिज्ञासा तुरुन्तै जाग्यो, र त्यसपछि, मैले समय पाउँदा बाइबल पढ्न थालेँ। मैले चाँडै नै प्रभु येशू मानवजातिको उद्धारक हुनुहुन्छ भनी थाहा पाएँ, र उहाँलाई स्वीकार गरेँ। आफ्नो खोजीमा म जोसिलो भएकोले, पछि म एक सहकर्मी बनेँ र मण्डलीमा सुसमाचार प्रचार गर्न र प्रचार-प्रवचन दिन थालेँ। मैले बाइबल नै मेरो विश्वासको जग र मार्गदर्शक हो भनी दृढतासाथ विश्वास गरेँ।
केही वर्षपछि, मण्डली उजाड भयो र पवित्र आत्माको काम महसुस गर्न झन्-झन् गाह्रो हुन थाल्यो। धेरैजसो विश्वासीहरू नकारात्मक र कमजोर भए, तिनीहरूको विश्वास चिसो भइसकेको थियो, र धेरैजना त सांसारिक संसारमा समेत फर्किए। यो सबैको सामना गर्दा मैले चिन्तित र असहाय महसुस गरेँ, र मेरो हृदयमा कमजोरी थियो। के प्रभुले हामीलाई त्याग्नुभएको हो त? तर जब-जब मैले प्रभुले भन्नुभएको कुरा सम्झन्थेँ, “अन्त्यसम्मै थेग्न सक्नेले मुक्ति पाउनेछ” (मत्ती १०:२२)। मेरो हृदय अझ स्थिर हुन्थ्यो। मैले विश्वास गरेँ कि प्रभुले उहाँलाई साँचो हृदयले पछ्याउनेहरूलाई दुर्व्यवहार गर्नुहुनेछैन, र प्रभुको लागि आफूलाई समर्पित गरिरहेँ। मैले अक्सर हृदयमा प्रार्थना गर्थेँ र हाम्रो विश्वासलाई बलियो बनाइदिनुहोस् भनी प्रभुसँग माग्थेँ। यही समयमा पूर्वीय बिजुली नामक एक मण्डली देखा पर्यो। तिनीहरूले प्रभु फर्किसक्नुभएको, सत्यताहरू व्यक्त गरिरहनुभएको, र आखिरी दिनहरूमा न्यायको काम गरिरहनुभएको छ भनी गवाही दिए। प्रभुमा रहेका धेरै भाइ-बहिनीहरू पूर्वीय बिजुलीमा लागे, र यसले मलाई दुःखी बनायो। मैले स्वीकार गर्न विशेष गरी गाह्रो मानेको कुरा के थियो भने, पूर्वीय बिजुलीका मानिसहरूले बाइबलमा परमेश्वर र मानिस दुवैका वचनहरू समावेश छन् भन्थे। मैले सोचेँ, “बाइबलले स्पष्ट रूपमा बताउँछ, ‘सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट दिइएको हो’ (२ तिमोथी ३:१६)। बाइबलमा भएका सबै कुरा परमेश्वरको वचन हो, पास्टर र एल्डरहरूले सधैँ यही भन्छन्। त्यसोभए के पूर्वीय बिजुलीले भनेको कुराले बाइबलको खण्डन गर्नु र प्रभुलाई धोका दिनु होइन र?” यसकारण, म पूर्वीय बिजुलीप्रति धेरै प्रतिरोधी र सतर्क थिएँ। त्यसबेलादेखि, हाम्रा अधिकांश भेलाहरू कसरी पूर्वीय बिजुली विरुद्ध सतर्क रहने र त्यसलाई रोक्ने, र कसरी मण्डलीलाई आफ्नो बगाल गुमाउनबाट जोगाउने भन्नेबारे छलफलमा बित्थ्यो। पूर्वीय बिजुलीका मानिसहरूलाई हाम्रा भेडाहरू चोर्नबाट रोक्नको लागि, मैले मेरा भाइ-बहिनीहरूलाई भनेँ: “बाइबल पूर्ण रूपमा परमेश्वरद्वारा प्रेरित छ, र परमेश्वरका सबै वचनहरू यसैमा छन्। यदि हामी परमेश्वरमा विश्वास गर्छौं भने, हामी बाइबलबाट अलग हुन सक्दैनौं। त्यसो गर्नु विधर्म हुनेछ।” यसो गरेर, मैले तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामको खोजी गर्नबाट रोक्ने आशा गरेको थिएँ, तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरिरहे।
एक पटक, मण्डलीको भेलाबाट घर फर्केपछि, मैले मेरी श्रीमतीले आँटा मुछिरहेको देखेँ, र उहाँको छेउमा साठी वर्षजतिकी एक महिला बसेर उहाँसँग सङ्गति गरिरहनुभएको थियो। उहाँ सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नुहुन्छ होला भनी मैले अनुमान गरेँ, र मेरो अनुहार अँध्यारो भयो, अनि मैले भनेँ, “तिमीहरूले बाइबललाई इन्कार गर्यौ र त्याग्यौ, तैपनि आफूलाई परमेश्वरमा विश्वास गर्ने दाबी गर्छौ? यहाँबाट गइहाल्नुस्!” ती सिस्टरले धैर्यतापूर्वक मलाई भन्नुभयो, “भाइ, नरिसाउनुहोस्। अन्धाधुन्ध निष्कर्षमा नपुग्नुहोस्। हामी पनि पहिले बाइबल पढ्थ्यौं र त्यो पदलाई ‘सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट दिइएको हो’ (२ तिमोथी ३:१६)। बाइबलका सबै वचनहरू परमेश्वरका वचन हुन् भनी बुझ्दथ्यौँ। पछि मात्र हामीले यो व्याख्या सही छैन भन्ने महसुस गर्यौँ।” “तिम्रो के प्रमाण छ?” मैले तिरस्कारपूर्वक सोधेँ। ती सिस्टरले भन्नुभयो, “उदाहरणको लागि, लूकाको सुसमाचारमा यसो भनिएको छ: ‘हाम्रो माझमा सबैभन्दा निश्चित रूपमा विश्वास गरिएका ती कुराहरूलाई उपयुक्त रूपमा घोषणा गर्ने काम धेरैले जिम्मा लिएका छन्, र सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवक रहेकाहरूले ती कुराहरू हाम्रा हातमा सुम्पिदिएका छन्’ (लूका १:१-२)। के यसको मतलब लूकाको सुसमाचार लूकाले आफ्नो अनुभव र अनुसन्धानबाट लेखेका हुन् भन्ने होइन र? लूकाले त्यस समयमा देखेका र सुनेका केही तथ्यहरू मात्र लेखे। यो मानिसले लेखेको पुस्तक हो, त्यसोभए हामी कसरी यो सबै परमेश्वरको वचन हो भन्न सक्छौँ र? परमेश्वरद्वारा प्रेरित कुराहरू मानिसद्वारा अनुभव गरिनु वा मानवीय विचारहरूसँग मिसिनु आवश्यक हुँदैन। यी दुई स्पष्ट रूपमा फरक छन्।” ती सिस्टरका कुराहरू केही हदसम्म तार्किक थिए। मैले एक सास लिएँ र ती सिस्टरलाई आँखाको कुनाबाट हेरेँ, सोच्दै: “उहाँ वृद्ध हुनुहुन्छ र खासै शिक्षित देखिनुहुन्न, तैपनि उहाँसँग यस्तो अन्तर्दृष्टि छ। अविश्वसनीय!” एकछिनको लागि मैले उहाँले भनेको कुराको जवाफ सोच्न सकिनँ, र मेरो अनुहार रातो भयो। मैले उहाँको कुरा सुनिरहेँ भने मलाई बहकाइन्छ कि भन्ने चिन्ता लाग्यो, त्यसैले मैले खोकेर भनेँ: “भयो, हाम्रो विश्वास फरक छ। फेरि यहाँ नआउनुहोस्।” यसो भन्दै मैले ती सिस्टरलाई ढोका बाहिर धकेलिदिएँ। उहाँले मलाई प्रभु फर्कनुभएको हो कि होइन भनी निर्धारण गर्न सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न बारम्बार सल्लाह दिनुभयो, तर मैले आफ्नो हृदय उहाँको लागि बन्द गरेँ। म सुन्न चाहन्नथेँ। आँखामा आँसु लिएर उहाँले निकै गम्भीरतापूर्वक भन्नुभयो, “भाइ, कृपया यसबारे फेरि सोच्नुहोस्!…” उहाँका शब्दहरूको निष्कपटता सुनेर, उहाँका आँखामा साँचो भाव र जाडोको हावामा उहाँको कमजोर शरीर देखेर, मेरो हृदयमा छुराले घोचेजस्तो भयो, र मलाई यो कस्तो अनुभूति हो भन्ने थाहा भएन। तर मैले सम्झेँ कि बाइबलका सबै वचनहरू परमेश्वरका हुन्, र यसबाट विचलित हुनु परमेश्वरमा विश्वास गर्नु होइन। तिनीहरूले प्रचार गरेको कुरा बाइबलभन्दा बाहिर थियो, तैपनि तिनीहरू भेडा चोर्न हाम्रो मण्डलीमा आएका थिए। मैले तिनीहरूले प्रचार गरेको कुरा सुन्न सक्दिनथेँ, र मैले आफ्नो अडानमा दृढ रहनुपर्छ। त्यसपछि, म अझै पनि आफ्नो सोचाइ र कामहरूप्रति ढुक्क थिएँ, र बगाललाई “जोगाउन” कुनै कसर बाँकी राखिनँ। तैपनि, जब-जब सर्वशक्तिमान् परमेश्वरको मण्डलीको कसैको कुरा उठ्थ्यो, मलाई डर लाग्थ्यो। तिनीहरूको सङ्गति तर्कसङ्गत हुन्थ्यो र खण्डन गर्न गाह्रो हुन्थ्यो। हामीसँग कडा नीति अपनाउनुबाहेक अरू कुनै उपाय थिएन, र तिनीहरूको कुरा नसुन्ने, तिनीहरूका किताबहरू नपढ्ने, वा तिनीहरूसँग अन्तरक्रिया नगर्ने नीति लागू गर्यौं।
देख्दादेख्दै सन् २००४ को शरद ऋतुको सुरुतिरको कुरा हो। मेरो कजन, याङले मलाई फोन गरेर जरुरी काम परेको कुरा बताउनुभयो। म हतारिएर गएँ, र मेरो कजनले मलाई भाइ वाङ छुवान्याङसँग परिचय गराइदिनुभयो। उहाँले छुवान्याङ एक प्रचारक हुनुहुन्छ भन्नुभयो, र हामीलाई प्रभुको बारेमा हाम्रो बुझाइलाई लिएर कुराकानी गर्न भन्नुभयो। म साँच्चै खुसी थिएँ, र अभिवादनपछि, मेरो कजनले मलाई एउटा बाइबल दिनुभयो र दुईवटा मोटा हार्डकभर किताबहरू निकाल्नुभयो। मैले हेरेँ, र आवरणमा लेखिएको थियो: वचन देहमा देखा पर्नुहुन्छ। यो त पूर्वीय बिजुलीको किताब पो रहेछ! म जुरुक्क उठेँ, र भनेँ: “याङ, तिमीले पूर्वीय बिजुलीलाई स्वीकार गर्यौ?” मेरो कजन मुसुक्क हाँस्नुभयो र भन्नुभयो: “हो। मैले आज तपाईंलाई यहाँ बोलाउनुको कारण तपाईंहरूसँग सङ्गति गर्न चाहन्थेँ। म आशा गर्छु कि तपाईंले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामबारे खोजी-अनुसन्धान गर्नुहुनेछ।” त्यसबेला, मैले पास्टर र एल्डरहरूले सधैँ भन्ने गरेको कुरा सम्झेँ कि बाइबल पूर्ण रूपमा परमेश्वरद्वारा प्रेरित छ, र परमेश्वरका सबै वचनहरू यसैमा छन्। पूर्वीय बिजुलीका शिक्षाहरू बाइबलभन्दा बाहिर थिए, तिनीहरू प्रभुका शिक्षाहरूबाट अलग भए। कुनै पनि हालतमा हामीले तिनीहरूलाई सुन्नु हुँदैन। हाम्रो सबैभन्दा उत्तम उपाय तिनीहरूबाट तर्कनु थियो। त्यसैले मैले घरमा केही काम छ भनेर बहाना बनाएँ। मेरो कजनले शान्त भावमा भन्नुभयो, “तपाईं किन सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने कसैलाई देख्नेबित्तिकै भाग्नुहुन्छ? यदि तपाईंसँग सत्यता छ भने, बहकिनुहुन्छ कि भनेर किन डराउनुहुन्छ? जब तपाईं यहाँ आइसक्नुभयो भने, किन आफ्नो हृदयलाई शान्त पारेर अलिकति खोजी नगर्ने त?” मसँग आफ्नो सिटमा फर्कनुबाहेक अरू कुनै उपाय थिएन, तर मेरो मनमा उथलपुथल मच्चियो: “आज यो परिस्थितिलाई मैले कसरी सामना गर्ने होला?” मैले आफ्नो हृदयमा प्रभुलाई मनमनै प्रार्थना गरेँ: “हे प्रभु! म यो परिस्थिति तपाईंलाई सुम्पन्छु। कृपया मलाई सुरक्षा दिनुहोस् र डोऱ्याउनुहोस्।” त्यसपछि, मेरो कजनले ‘वचन देहमा देखा पर्नुहुन्छ’ उठाउनुभयो र सर्वशक्तिमान् परमेश्वरको वचनको एक खण्ड पढ्नुभयो: “म तिमीहरूलाई परमेश्वरप्रतिको विश्वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। स्वेच्छाचारी रूपमा निचोडमा नपुग; त्योभन्दा पनि, परमेश्वरमाथिको विश्वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्नुपर्छ कि परमेश्वरमा विश्वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तैपनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्ने वा यसको निन्दा गर्नेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै समझ भएका र सत्यतालाई स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्वासी नहुन र आफैलाई अति उच्च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ)। म बाहिरबाट हेर्दा अविचलित जस्तो देखिएर बसेँ, तर वास्तवमा त्यस किताबका शब्दहरूले मेरो मनमा छाप पारेका थिए। यी सबै मागहरू प्रभु येशूका वचनहरू अनुरूप थिए। प्रभुले भन्नुभयो: “आत्मामा गरिब हुनेहरू आशिषित हुन्: किनभने स्वर्गको राज्य तिनीहरूकै हो” (मत्ती ५:३)। परमेश्वरमा विश्वास गर्नेहरूको मनोवृत्ति नम्रता र खोजीको हुनुपर्छ। मैले खोजी वा अनुसन्धान नगरी अन्धाधुन्ध पूर्वीय बिजुलीलाई दोषी ठहराएँ र न्याय गरेँ। म साँच्चै अहङ्कारी र आत्म-धर्मी थिएँ। मैले दोषी महसुस गरेँ, र मनमनै सोचेँ: “यी वचनहरू केही विशेष छन्, तिनीहरू प्रभुका शिक्षाहरूजस्तै छन्। के यी साँच्चै फर्कनुभएका प्रभुले बोल्नुभएका वचनहरू हुन सक्छन् त?” मैले सर्वशक्तिमान् परमेश्वरको मण्डलीका मानिसहरूसँग अन्तरक्रिया गरेका सबै क्षणहरू पनि सम्झेँ: तिनीहरू मर्यादित र इमानदार थिए, तिनीहरूले प्रेमपूर्वक सुसमाचार फैलाउँथे, धैर्यवान् थिए, र प्रश्नहरूको जवाफ दिँदा तिनीहरूका स्पष्टीकरणहरू विशेष गरी तर्कपूर्ण र चित्तबुझ्दो हुन्थे। पवित्र आत्माको कामविना तिनीहरूले आफै यो कसरी हासिल गर्न सक्थे र? यसले सर्वशक्तिमान् परमेश्वरको मार्ग निश्चय नै विशेष थियो भनी देखाउँथ्यो। यदि सर्वशक्तिमान् परमेश्वर साँच्चै फर्कनुभएका प्रभु येशू हुनुहुन्थ्यो भने, र मैले खोजी वा अनुसन्धान गरिनँ भने, के म प्रभुको आगमनलाई स्वागत गर्ने मौका गुमाइरहेको र अन्तमा उहाँद्वारा त्यागिएको हुनेछुइनँ र? मैले सोचेँ: “मैले हठी हुन छोड्नुपर्छ। प्रभु साँच्चै आउनुभएको छ कि छैन भनेर आज खोजी किन नगर्ने त? तब म स्पष्ट हुनेछु।” मैले एकछिन सोचेँ, अनि दृढतापूर्वक भनेँ: “तपाईंले पढ्नुभएका वचनहरू निश्चय नै राम्रा र धेरै विशेष थिए। तर मैले बुझिनँ। बाइबल इसाई धर्मको धर्मशास्त्र हो। दुई हजार वर्षभन्दा बढी समयदेखि, धार्मिक संसारले सधैँ विश्वास गर्दै आएको छ कि बाइबल पूर्ण रूपमा परमेश्वरद्वारा प्रेरित छ, र बाइबलमा लेखिएका सबै कुरा परमेश्वरको वचन हो, र त्यसैले बाइबलले प्रभुको प्रतिनिधित्व गर्छ। मैले इसाई भएको यतिका वर्षसम्म यसलाई सत्य मानेँ, तर अब तपाईंहरू बाइबलमा परमेश्वर र मानिस दुवैका वचनहरू छन् भन्नुहुन्छ। के यो बाइबललाई इन्कार गर्नु होइन र? यो त प्रभुलाई इन्कार गर्नु, उहाँलाई धोका दिनु, र घृणित ईश्वर-निन्दा हो!” छुवान्याङले धैर्यतापूर्वक भन्नुभयो: “बाइबल पूर्ण रूपमा परमेश्वरद्वारा प्रेरित छ भन्नु वास्तविकतासँग मेल खान्छ त? प्रमाणको रूपमा हामीसँग प्रभुका कुन वचनहरू छन्? प्रभु येशूले कहिल-यै पनि बाइबल पूर्ण रूपमा परमेश्वरद्वारा प्रेरित छ भन्नुभएन, र पवित्र आत्माले पनि यस्तो गवाही दिनुभएन। पावलले भनेको कुराले बाइबलप्रतिको उनको आफ्नै बुझाइलाई मात्र प्रतिनिधित्व गर्छ, र परमेश्वरको प्रतिनिधित्व कदापि गर्दैन।” म स्तब्ध भएँ। उहाँले भन्नुभएको कुरामा दम थियो—मैले यो कुरा किन कहिल्यै बुझिनँ होला? त्यसपछि, छुवान्याङले सोध्नुभयो: “पावलले भने, ‘सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट दिइएको हो’ (२ तिमोथी ३:१६)। जब उनले ‘धर्मशास्त्र’ भन्छन्, के उनले वास्तवमा सम्पूर्ण बाइबललाई जनाइरहेका छन्, वा केवल त्यसको एउटा अंशलाई?” मैले पूर्ण विश्वस्त भएर भनेँ, “उनको मतलब सम्पूर्ण बाइबल नै हो।” छुवान्याङले भन्दै जानुभयो: “वास्तवमा, पावलले २ तिमोथी प्रभु आउनुभएको ६० वर्षपछि लेखेका थिए, र त्यस समयमा, नयाँ करार सङ्कलन भइसकेको थिएन, केवल पुरानो करार थियो। प्रभु आउनुभएको ९० वर्षपछि, यूहन्नाले पात्मोस टापुमा देखेका दर्शनहरू लेखे, जुन पछि प्रकाशको पुस्तक बन्यो। प्रभु आउनुभएको ३०० वर्षपछि, नाइसियाको एउटा सभामा, विभिन्न देशका धार्मिक अगुवाहरूले चेलाहरूका धेरै पत्रहरूमध्येबाट चार सुसमाचार र केही अन्य पत्रहरू छाने, र यूहन्नाको प्रकाशको पुस्तकसँगै, तिनीहरूलाई नयाँ करारको रूपमा सङ्कलन गरे। त्यसपछि, तिनीहरूले पुरानो र नयाँ करारलाई एउटै पुस्तकमा मिलाए, जुन आज हामीले पढ्ने सम्पूर्ण पुरानो र नयाँ करार हो। नयाँ करार ईस्वी सम्बत् ३०० पछि सङ्कलन गरिएको थियो, र पावलले २ तिमोथी ईस्वी सम्बत् ६० पछि लेखेका थिए, जुन नयाँ करार सङ्कलन हुनुभन्दा २०० वर्षभन्दा बढी समयअघिको कुरा हो। यसबाट, हामी देख्न सक्छौँ कि जब पावलले भने, ‘सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट दिइएको हो,’ उनले जनाइरहेको धर्मशास्त्रमा नयाँ करार समावेश थिएन।” यो सुनेपछि, मेरो टाउको अनायासै हल्लियो र मैले भनेँ: “यदि पावलले भनिरहेको धर्मशास्त्रमा नयाँ करार समावेश थिएन भने, त्यसोभए उहाँको मतलब पुरानो करार नै हुनुपर्छ।” छुवान्याङले भन्नुभयो: “हो, तर पुरानो करार पनि पूर्ण रूपमा परमेश्वरद्वारा प्रेरित थिएन। हामीले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेपछि यो स्पष्ट हुनेछ।”
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “बाइबलमा कति भागहरू छन् तँलाई थाहा हुनुपर्दछ; पुरानो नियममा उत्पत्ति, प्रस्थान…, आदि छन् र त्यहाँ अगमवाणीहरूका पुस्तकहरू पनि छन् जुन अगमवक्ताहरूले लेखेका थिए। अन्त्यमा, पुरानो नियम मलाकीको पुस्तकमा गएर समाप्त हुन्छ। … अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; तिनीहरू त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। उत्पत्ति र प्रस्थानका पुस्तकहरूको तुलना यशैया र दानिएलका पुस्तकहरूसँग गर्न नसकिएझैं, यी पुस्तकहरूले यहोवाले खडा गर्नुभएका अगमवक्ताहरूले बोलेका भविष्यवाणीको स्थान लिन सक्दैनन्। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। “बाइबलमा भएका सबै कुरा परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्वरको कार्यको अघिल्ला दुई चरणहरूको अभिलेख राखिएको छ, जसमा एउटा अंश अगमवक्ताहरूको अगमवाणीको अभिलेख हो, र अर्को अंश परमेश्वरले सबै युगहरूमा प्रयोग गर्नुभएका मानिसहरूद्वारा लेखिएका अनुभव र ज्ञान हुन्। मानवीय अनुभवहरू मानवीय धारणा र ज्ञानद्वारा प्रभावित भएका हुन्छन् र यो टार्न नसकिने कुरा हो। बाइबलका धेरैजसो पुस्तकहरूमा मानवीय धारणा, मानवीय पूर्वाग्रह, र मानवका विकृत बुझाइहरू छन्। अवश्य नै, धेरैजसो वचनहरू पवित्र आत्माको अन्तर्ज्ञान र ज्योतिका परिणाम हुन्, र ती सही बुझाइहरू हुन्—तर पनि ती सत्यताको पूर्णतः सही अभिव्यक्ति हुन् भनेर भन्न सकिँदैन। कुनै चीजको बारेमा तिनीहरूको दृष्टिकोण व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान, वा पवित्र आत्माको अन्तर्ज्ञानबाहेक अरू केही हुँदैन। अगमवक्ताहरूका अगमवाणीहरूलाई व्यक्तिगत तवरमा परमेश्वरले निर्देशित गर्नुभएको थियो: यशैया, दानियल, एज्रा, यर्मिया र इजकिएललगायतका भविष्यवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका हुन्; यी व्यक्तिहरू द्रष्टा थिए, तिनीहरूले भविष्यवाणी गर्ने आत्मा पाएका थिए, र तिनीहरू सबै पुरानो करारका अगमवक्ताहरू थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा पाएका यी व्यक्तिहरूले थुप्रै भविष्यवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष निर्देशन दिनुभएको थियो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३))। त्यसपछि, छुवान्याङले सङ्गति गर्नुभयो: “सर्वशक्तिमान् परमेश्वरका वचनहरू एकदमै स्पष्ट छन्। अगमवक्ताहरूका भविष्यवाणीहरू पवित्र आत्माद्वारा व्यक्तिगत रूपमा निर्देशित थिए, र अगमवक्ताहरूद्वारा सुनाइएका थिए। यी परमेश्वरका वचनहरू हुन्, र यिनले परमेश्वरको ठीक-ठीक अर्थ बताउँछन्। परमेश्वरद्वारा प्रेरित वचनहरू बाइबलमा सधैँ स्पष्ट रूपमा चिन्ह लगाइएका हुन्छन्; उदाहरणको लागि, यशैयाको सुरुमा यसो भनिएको छ, ‘आमोजको छोरा यशैयाले पाएको दर्शन’ (यशैया १:१)। यर्मियाको सुरुमा यसो भनिएको छ, ‘जसकहाँ यहोवाको वचन आयो’ (यर्मिया १:२)। मानिसहरूले कुन वचनहरू परमेश्वरद्वारा प्रेरित हुन् भनी निश्चित हुनको लागि केवल ध्यान दिए पुग्छ। परमेश्वरका वचनहरू र अगमवक्ताहरूका भविष्यवाणीहरूबाहेक, पुरानो करारको बाँकी अंशहरू मानिसहरूले परमेश्वरको काम अनुभव गरेपछि लेखेका विवरणहरू हुन्। यीमध्ये धेरैजसो स्मरणका अभिलेखहरू हुन्, र यी अनुभवहरू र वचनहरू सबै मानिसहरूबाट आएका हुन्, हामी तिनीहरूलाई परमेश्वरका वचनहरू भन्न सक्दैनौं, त्यसैले तिनीहरूमा मानवीय विचारहरू मिसिनु स्वाभाविकै हो। जस्तै २ शमूएल २४:१ मा यसो भनिएको छ, ‘र फेरि इस्राएलविरुद्ध यहोवाको रिस दन्कियो, र उहाँले दाऊदलाई तिनीहरूविरुद्ध उक्साउनुभयो, अनि तिनले इस्राएल र यहूदाको जनगणना गर्न जाओ भनेर भने।’ तैपनि, १ इतिहास २१:१ मा यसो भनिएको छ: ‘अनि शैतान इस्राएलविरुद्ध खडा भयो, र दाऊदलाई इस्राएलको जनगणना गर्न उक्सायो।’ यी दुवै पदहरूले दाऊदले इस्राएलको गणना गरेको कुराको अभिलेख राख्छन्। एक ठाउँमा यहोवा परमेश्वरले दाऊदलाई इस्राएलको गणना गर्न उक्साउनुभयो भनिएको छ, र अर्को ठाउँमा शैतानले दाऊदलाई उक्सायो भनिएको छ। यदि यो परमेश्वरद्वारा प्रेरित थियो भने, यति ठूलो भिन्नता कसरी हुन सक्छ? यदि सम्पूर्ण पुरानो करार परमेश्वरद्वारा प्रेरित थियो भने, के परमेश्वरले एउटै घटनाको कथालाई प्रेरणा दिँदा गल्ती गर्नुहुन्थ्यो होला र?” छुवान्याङका कुराहरू सुनेपछि, मेरो मन निकै खुल्यो, र मेरो हठी मानसिक प्रतिरक्षा भत्किन थाल्यो। मैले भनेँ: “यदि पुरानो करार पूर्ण रूपमा परमेश्वरद्वारा प्रेरित थिएन भने, त्यसोभए हामीले नयाँ करारलाई पनि पूर्ण रूपमा परमेश्वरको वचन मान्न सक्दैनौं, किनभने ती सबै प्रेरितहरूका अभिलेखहरू हुन्।” छुवान्याङले खुसी हुँदै भन्नुभयो: “परमेश्वरलाई धन्यवाद, तपाईंको बुझाइ सही छ। वास्तवमा, नयाँ करारमा, केवल प्रभु येशूका वचनहरू र प्रकाशको पुस्तकमा भएको भविष्यवाणी मात्र परमेश्वरका वचनहरू हुन्। बाँकी चेलाहरू, फरिसीहरू, साधारण मानिसहरू, सिपाहीहरू, र दियाबलसका वचनहरू छन्। के बाइबलमा भएको हरेक कुरा परमेश्वरको वचन हो भन्नु हाँस्यास्पद होइन र? के यो ईश्वर-निन्दा होइन र?”
त्यसपछि, छुवान्याङले मलाई सर्वशक्तिमान् परमेश्वरको वचनको अर्को खण्ड पढेर सुनाउनुभयो: “आज, मानिसहरू बाइबल नै परमेश्वर हुनुहुन्छ र परमेश्वर नै बाइबल हुनुहुन्छ भनेर विश्वास गर्छन्। साथै, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्वरले भन्नुभएको थियो भनेर विश्वास गर्छन्। परमेश्वरमा विश्वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूको अभिलेख थिए। यो मानिसको विकृत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्दृष्टिबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्दृष्टिका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। ती पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र त्यो समयका अन्य मण्डलीहरूका लागि लेखिएका थिए। … यदि मानिसहरूले पावलका जस्ता पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा हेर्छन्, र तिनलाई परमेश्वरका रूपमा आराधना गर्छन् भने, तिनीहरूमा खुट्ट्याइको अत्यन्तै कमी छ भनेर मात्र भन्न सकिन्छ। अझै गम्भीर रूपमा भन्दा, के यो केवल ईश्वरनिन्दा होइन र? कुनै मानिसले कसरी परमेश्वरको तर्फबाट बोल्न सक्थ्यो र? अनि कसरी मानिसहरू एउटा मान्छेका पत्रहरू र उसले बोलेका शब्दहरूका अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक भएझैँ गरी झुक्न सक्थे र? के कुनै मानिसले परमेश्वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्वरको तर्फबाट बोल्न सक्छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (३))। मैले जति सुनेँ त्यति नै बुझ्दै गएँ। मैले पछुतो मान्दै भनेँ: “पहिले, पावलले यी वचनहरू कुन सन्दर्भमा बोलेका थिए भन्ने मैले बुझेको थिइनँ। मैले सोचेको थिएँ कि बाइबल पूर्ण रूपमा परमेश्वरद्वारा प्रेरित छ, र यसका वचनहरू सबै परमेश्वरका हुन्, र बाइबलमा विश्वास गर्नु नै परमेश्वरमा विश्वास गर्नु हो। यो व्याख्या कत्ति विकृत रहेछ! मैले बाइबलमा भएका मानिसहरूका वचनहरूलाई परमेश्वरको वचनको रूपमा लिने जिद्दी गरेँ, र मैले यिनैलाई आफ्नो विश्वासको आधार बनाएँ। के यो प्रभुको मार्गबाट भड्किनु होइन र?”
त्यसपछि छुवान्याङले सङ्गति गर्नुभयो, “बाइबल परमेश्वरको कामको गवाही मात्र हो। यो एउटा ऐतिहासिक पुस्तक र व्यवस्थाको युग र अनुग्रहको युगको दौडान परमेश्वरको कामको अभिलेख हो। यसलाई परमेश्वरसँग बराबरीमा कसरी राख्न सकिन्छ र? त्यसैले प्रभु येशूले फरिसीहरूलाई हप्काउनुहुँदै भन्नुभयो: ‘शास्त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं’ (यूहन्ना ५:३९-४०)। बाइबल परमेश्वरको गवाही मात्र हो, यसमा अनन्त जीवन छैन। केवल परमेश्वरले मात्र मानिसहरूलाई अनन्त जीवन दिन सक्नुहुन्छ!” मेरो कजनले यो पनि सङ्गति गर्नुभएको थियो भन्ने मलाई याद छ कि बाइबल पढेर, हामी व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्वरको कामलाई बुझ्छौं, हामीलाई थाहा हुन्छ कि ब्रह्माण्डका सबै थोक परमेश्वरले सृष्टि गर्नुभएको हो, परमेश्वरले कसरी मानवजातिलाई डोऱ्याउन व्यवस्था जारी गर्नुभयो, र हामीले पृथ्वीमा कसरी जिउनुपर्छ र परमेश्वरको आराधना गर्नुपर्छ। हामीलाई पाप के हो, र परमेश्वरले कस्ता मानिसहरूलाई आशिष् वा श्राप दिनुहुन्छ भनी थाहा हुन्छ। हामीले हाम्रा पापहरू कसरी स्वीकार गर्ने र प्रभुमा पश्चात्ताप गर्ने, कसरी नम्र, धैर्यवान, क्षमाशील हुने, र आफ्नो क्रूस उठाएर प्रभुलाई कसरी पछ्याउने भनेर पनि जान्दछौं। हामी प्रभु येशूको हामीप्रतिको असीम करुणा र प्रेम देख्छौं, र बुझ्छौं कि प्रभु येशूमा विश्वास गरेर र उहाँको सामु आएर मात्र हामी परमेश्वरको प्रचुर अनुग्रह र सत्यताको आनन्द लिन सक्छौं। तर आखिरी दिनहरूमा परमेश्वरले कुन सत्यताहरू व्यक्त गर्नुहुनेछ, र परमेश्वरले मानिसको भ्रष्टतालाई कसरी न्याय र शुद्ध गर्नुहुनेछ, र हाम्रो पापको जडलाई कसरी समाधान गर्नुहुनेछ भन्नेबारेमा, हामीलाई अलिकति पनि थाहा छैन किनभने यी सत्यताहरू बाइबलमा लेखिएका थिएनन्। प्रभु येशूको छुटकाराको कामको जगमा, आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्वरले परमेश्वरको घरबाट सुरु हुने न्यायको काम गर्नुभएको छ, मानवतालाई शुद्ध गर्ने बारे सबै सत्यता व्यक्त गर्नुभएको छ, र भ्रष्ट मानवताको शैतानी स्वभाव र प्रकृतिलाई प्रकाश पार्नुभएको छ, ताकि हाम्रो भ्रष्टता शुद्ध होस् र हामी परमेश्वरलाई प्रेम गर्ने र उहाँमा समर्पित हुने मानिसहरू बनौं, र हामीलाई परमेश्वरको स्वभाव पवित्र, धर्मी र अपराध नसहने छ भनी चिनाइएको छ। यी वचनहरू अनन्त जीवनको साँचो मार्ग हुन् र तिनीहरूले प्रभु येशूको भविष्यवाणीलाई पूर्ण रूपमा पूरा गर्छन्: “अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ” (यूहन्ना १६:१२-१३)। यो पुस्तक, ‘वचन देहमा देखा पर्नुहुन्छ’, प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएको वचन हो जुन पवित्र आत्माले सबै मण्डलीहरूलाई बोल्नुहुन्छ। यो थुमाले खोल्नुभएको मुठा हो। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर, धार्मिक संसारका परमेश्वरमा साँचो विश्वास गर्नेहरूले परमेश्वरको आवाजलाई चिनेका छन्, सर्वशक्तिमान् परमेश्वरतर्फ फर्केका छन्, र थुमाका पदचापहरूलाई पछ्याएका छन्।
मेरो कजनले यसो भन्नुभएपछि, छुवान्याङले सर्वशक्तिमान् परमेश्वरको वचनको अर्को खण्ड पढ्नुभयो: “आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बसेको परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस् र? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरूको खोजी गर्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्न तँलाई सहयोग गर्न सक्ने दर्शनशास्त्रका शब्दहरू होइनन्, ती तँलाई सिद्ध पार्ने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई सचिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूलाई बोध गर्ने तुल्याउँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ)। यी वचनहरू सुनेपछि, मेरो हृदय निकै हल्लियो। परमेश्वरको काम सधैँ अगाडि बढिरहन्छ, र परमेश्वरको वचन असीमित छ। परमेश्वरका वचनहरू र उहाँको कामलाई बाइबलद्वारा सीमित गर्न सकिँदैन। यदि मैले आफ्नै धार्मिक धारणाहरूलाई पक्रिराखेको भए, अन्तमा घाटामा पर्ने मै हुने थिएँ। मैले सोचेँ कि एक इसाईको रूपमा यतिका वर्षमा मैले कत्ति धेरै बाइबल ज्ञान जम्मा गरेको थिएँ, तापनि मसँग सत्यता वा परमेश्वरको बारेमा अलिकति पनि बुझाइ थिएन। यसको विपरीत, म झन्-झन् अहङ्कारी बनिरहेको थिएँ। प्रभु फर्किसक्नुभएको थियो, तर मैले खोजी-अनुसन्धान नगर्नुका साथै, बाइबलका शब्दहरू प्रयोग गरेर सर्वशक्तिमान् परमेश्वरको देखापराइ र कामको प्रतिरोध र न्यायसमेत गरेँ। म ठ्याक्कै प्रभु येशूको प्रतिरोध गर्ने फरिसीहरू जस्तै थिएँ। म साँच्चै अन्धो रहेछु र परमेश्वरलाई चिनेको रहेनछु! मैले आफ्ना धारणाहरूलाई पक्रिराख्नु मात्र होइन, अरूलाई खोजी गर्नबाट समेत रोकेँ। के यो अवरोध र बाधा पुऱ्याउनु थिएन र? यदि अरूले प्रभुलाई स्वागत गर्न वा उहाँको नयाँ कामलाई पछ्याउन सकेनन् भने, तिनीहरूले परमेश्वरको राज्यमा प्रवेश गर्ने मौका गुमाउने थिए। म अरूलाई नरकमा तानिरहेको थिएँ र परमेश्वरको प्रतिरोध गरिरहेको थिएँ! मैले यस्तो ठूलो दुष्टता गरेको थिएँ, तैपनि परमेश्वरले मलाई दया देखाउनुभयो र उहाँको आवाज सुन्न दिनुभयो। यो साँच्चै परमेश्वरको मुक्ति थियो! त्यसपछि, हामीले बाइबलको बारेमा सङ्गति गरिरह्यौं। हामीले अनुग्रहको युगको मण्डली किन उजाड भयो, परमेश्वरले मानवतालाई बचाउन तीन चरणको काम कसरी गर्नुहुन्छ, र अन्य धेरै विषयहरूमा पनि कुरा गर्यौं।
त्यसपछिको समयमा, मैले सर्वशक्तिमान् परमेश्वरका धेरै वचनहरू पढेँ। मैले जति धेरै पढेँ, म त्यति नै विश्वस्त भएँ कि यो परमेश्वरको आवाज हो, कि सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँ नै आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ। वास्तवमा, स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग बाइबलमा पाइँदैन—केवल सर्वशक्तिमान् परमेश्वरले मात्र मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ। मैले खुसीसाथ सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। पछि, मेरी श्रीमतीले पनि यसलाई स्वीकार गर्नुभयो। हामीले सँगै सुसमाचार प्रचार गर्यौं र हाम्रो मण्डलीका केही इमानदार सदस्यहरूलाई परमेश्वरको घरमा ल्यायौं। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
लुइस, दक्षिण कोरियासर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक...
By Danchun, the United States सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्वासका माध्यमहरू (ख्रीष्टियन...
जनवरी २०२८ मा एक दिन मैले सिस्टर जिए र सिस्टर चेनलाई अनलाइनमा भेटेँ, र तिनीहरूसँग बाइबलको बारेमा पृथक अन्तर्ज्ञान रहेछ। तिनीहरूको सङ्गति...
वाङ लेइ, चीन म र मेरी श्रीमती १९९५ मा इसाई बन्यौं, र त्यहाँदेखि नै हामी हाम्रो खोजीमा अत्यन्तै उत्सुक थियौं, र चाँडै नै हामी सोला फाइड...