मैले आखिरी दिनहरूमा झुटा कुराहरूमा विश्वास गरेकी कारण येशू ख्रीष्टको उद्धार झन्डै गुमाएँ

21 फेब्रुअरी 2021

ली शेंगमेई, दक्षिण कोरियाद्वारा

परिचय

जब उनले प्रभुको पुनरागमनको खबर सुनिन्, उनी आखिरी दिनहरूमा हुने परमेश्‍वरको कामको गम्भीरतासाथ खोजी र अनुसन्धान गर्न चाहन्थिन्, तर उनी सीसीपीका झुटा कुराहरूको धोकामा परेकी थिइन् र आखिरी दिनहरूमा प्रभुको मुक्ति झन्डै गुमाइन्। त्यसपछि, प्रभुको अचम्मको मार्गनिर्देशन अन्तर्गत उनले केही सत्यताहरू बुझिन्, उनले सीसीपीको झुट थाहा पाइन्, र उनले प्रभुको पुनरागमनलाई स्वागत गरिन्। प्रभुलाई स्वागत गर्न आफ्नो यात्रामा उनले वास्तवमा के भोगिन्? अनि आखिरमा कसरी प्रभुसित उनको पुनर्मिलन भयो? हामी एकसाथ मिलेर उनका अद्भुत अनुभवहरू बारेमा पढौं।

अगस्त २०१७ मा, मेरो पिठिउँ अचानक दुख्न थाल्यो, र पीडा झन्-झन् बढदै गयो। त्यसले मण्डलीमा मेरो सेवामा बाधा देला भनी मलाई डर लागेको थियो, र त्यसैले म उपचारका लागि मालिस गर्ने क्लिनिकमा गएँ। त्यहीं नै मैले मिसनरी भाई झेङलाई भेटें। भाई झेङलाई बाइबलका खण्डहरूको राम्रा जानकारीहरू थाह थियो र धर्मशास्त्रको बारेमा तिनका सङ्गतिहरू अत्यन्तै अन्तर्दृष्टिमय थिए। उनले सङ्गति दिएको सुनेर, मैले प्रकाशको पुस्तकका अगमवाणीहरू कसरी पूरा हुनुपर्छ, र प्रभुलाई स्वागत गर्न कसरी एक बुद्धिमती कन्या हुनुपर्छ भन्नेबारे केही कुराहरू बुझ्न सकें। मैले धेरै वर्षसम्म बिहानको प्रार्थना सेवाहरूमा उपस्थित भएर बुझेको भन्दा धेरै कुरा केही दिनमा नै बुझें, र प्रभुले मेरो निम्ति यो समय मिलाइदिनु-भएकोमा मैले मेरो हृदयको गहिराइबाटै प्रभुलाई धन्यवाद दिएँ।

एक दिन भाई झेङ र म प्रभुको पुनरागमनको विषयमा कुरा गरिरहेका थियौं, त्यस बेला तिनले मलाई खुसी हुँदै प्रभु येशू पहिले नै सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टको रूपमा आइसक्नु-भएको कुरा बताए। यस समाचारले म अत्यन्त उत्साहित भएँ—म प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्नेछु भनी मैले सपनामा पनि सोचेकी थिइनँ! त्यसपछि भाई झेङले मलाई दुईवटा भिडियो देखाए, “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको उत्पत्ति र विकास” र “परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो।” यी भिडियोहरू हेरेर, मैले थाहा पाएँ कि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली आखिरी दिनहरूमा हुने परमेश्‍वरको देहधारणको देखा पराइ र कामबाट उत्पन्न भएको हो, र यो परमेश्‍वर आफैले स्थापना गर्नुभएको हो, र यो व्यक्तिगत रूपमा स्वयम् परमेश्‍वरद्वारा डोऱ्याइन्छ र गोठालो गरिन्छ।

त्यसपछि भाई झेङले मलाई सङ्गति दिँदै भने, “हामी मानवजातिलाई शैतानद्वारा भ्रष्ट पारिएपछि, परमेश्‍वरले शैतानलाई हराउन र हामीलाई पूर्ण रूपमा मुक्ति दिनका लागि तीन चरणका कार्यहरू गर्न थाल्नुभयोःपहिलो चरणमा, व्यवस्थाको युगको काम गर्न परमेश्‍वरले ‘यहोवा’ नाउँ धारण गर्नुभयो, उहाँले प्रताप र क्रोधको आफ्नो स्वभाव व्यक्त गर्नुभयो र उहाँले मानिसहरूलाई पाप के हो भनेर जान्ने अनुमति दिनुभयो; दोस्रो चरणमा, अनुग्रहको युगको काम गर्न परमेश्‍वरले ‘येशू’ नाउँ धारण गर्नुभयो, उहाँले दया र करुणाको आफ्नो स्वभाव व्यक्त गर्नुभयो, र उहाँले मानिसहरूलाई आफ्ना पापहरू स्वीकार गर्ने र पश्चात्ताप गर्ने आदेश दिनुभयो; तेस्रो चरणमा, परमेश्‍वरले राज्यको युगको काम गर्नका लागि ‘सर्वशक्तिमान्‌ परमेश्‍वर’को नाउँ धारण गर्नुभएको छ, उहाँले आफ्नो धार्मिकता, महिमा, न्याय र सरापको आफ्नो स्वभाव व्यक्त गर्नुहुन्छ, र उहाँले मानिसलाई पापबाट छुटकारा पाउने बाटो देखाउनुहुन्छ। यी तीन चरणका कामहरू विभिन्न युगहरूमा गरिन्छ, प्रत्येक युगको काम फरक हुन्छ, र हरेक युगमा परमेश्‍वरले व्यक्त गर्नुभएको स्वभाव भिन्नै हुन्छ, तर ती सबै एउटै परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनका लागि गर्नुभएका कामहरू हुन्। आखिरी दिनहरूमा, प्रभु येशूको छुटकाराको कामको जगमा परमेश्‍वर एकचोटि फेरि देहमा फर्कनुभएको छ, र उहाँले ती सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ, जसले मानिसलाई मुक्ति पाउने योग्यको बनाउन सक्छ, र उहाँले परमेश्‍वरको घरानाबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ। आखिरी दिनहरूको परमेश्‍वरको कार्यसित कदम मिलाउँदै हामी थुमाको कदमसँग कदम मिलाइरहेका र स्वर्गको भोजमा सहभागी भइरहेका हुन्छौं।” भाई झेङले परमेश्‍वरको कामका यी रहस्यहरूको विषयमा सङ्गति दिएका सुनेपछि, मलाई लाग्यो कि तिनको सङ्गति परमेश्‍वरकै मार्गनिर्देशनबाट आएको हो, अन्यथा तिनले कसरी त्यति धेरै बुझ्न सक्थे? मैले सर्वशक्तिमान्‌ परमेश्‍वर फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी मेरो हृदयको गहिराइबाटै महसुस गरें, अनि त्यसैले मैले आखिरी दिनहरूको सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यको अनुसन्धान गर्ने निर्णय गरें।

त्यसकारण आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यको अनुसन्धान गर्न सकूँ भनी म अनलाइन गएँ र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइट खोजें। जब मैले “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली” भन्ने शब्दहरू टाइप गरेर लेखें, तब मैले चीनमा अवस्थित धेरैवटा वेबसाइटहरू देखें। उत्सुकताको कारण, मैले तीमध्ये एउटामा क्लिक गरें, र आश्चर्यचकित भएँ, किनकि त्यो सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा नकारात्मक टिप्पणीहरूले भरिएको थियो, जसमध्ये अधिकांश सीसीपी सरकारले गरेको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा र दोषका कुराहरू थिए, त्यसमा सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसहरूका परिवारहरू तोड्छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ख्रीष्टियानहरूले सुसमाचार प्रचार गर्नका लागि आफ्नो परिवारलाई त्याग्दछन्, आदि कुराहरू भनिएको थियो। ती कुराहरू पढेर म छक्क परें, र मैले सर्वशक्तिमान्‌ परमेश्‍वर फर्केर आउनुभएका प्रभु येशू नै हुनुहुन्छ कि भनी शङ्का गर्न थालें। म आफ्नो विश्वासबाट तर्केर जाउँली कि भनी म डराएँ, मेरो हृदय अशान्त भयो। तर त्यसबेला मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले बनाएका भिडियोहरू सम्झें, जुन मैले हेरेकी थिएँ र भाई झेङले केही दिन अघि सङ्गति दिएका थिए, मैले धेरै सत्यता र रहस्यहरू बुझ्न सकेकी, मेरो आत्माका लागि धेरै कुरा प्रदान गरिएको महसुस गरेकी सोचें। विशेष गरी, मैले सोचें कि आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरले गर्नुहुने न्याय र सजायको काम वास्तवमा हामी भ्रष्ट मानवजातिलाई पापबाट स्वतन्त्र गराउन र शुद्ध पार्नका निम्ति आवश्यक थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू कति आधिकारिक र शक्तिशाली थिए भनी म मेरो हृदयको गहिराइबाट महसुस गर्न सक्थें, मानौं ती स्वयम् परमेश्‍वरका आवाज थिए; यदि सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्चै फर्केर आउनुभएका प्रभु हुनुहुन्छ भन्ने एक मौका छ र मैले त्यस कुराको अनुसन्धान गर्दिनथें भने, के म आखिरी दिनहरूमा प्रभुको मुक्ति गुमाउने थिइनँ र? तर जब त्यति धेरै नकारात्मक जानकारीको सामना गर्नुपर्दा मैले के गर्नुपर्थ्यो? के मैले त्यो हेरिरहनुपर्थ्यो? मैले जति धेरै त्यसको बारेमा सोचें, त्यत्ति नै बढी तोडिएको र निरुत्साहित भएको महसुस गरें, र यो निर्णय कसरी लिने भनी मलाई थाहा थिएन।

पछिबाट मैले मेरा पास्टरकी श्रीमतीलाई भेटें र यसबारे सबै कुरा भनें। उनले मलाई आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई अनुसन्धान नगर्ने सल्लाह दिइन् र मलाई सूचनाका केही अङ्शहरू पठाइन् जसमा सीसीपीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गरेको थियो, त्यसले मलाई अझै अलमल्ल र निराश बनायो। मैले यसबारे बारम्बार सोचें, तर अझै पनि मलाई भड्केर जाने डर लाग्यो, र मैले भाई झेंगलाई सन्देश पठाउँदै म केही समयसम्म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको अनुसन्धान गर्नेछैन भनें। भाई झेङले मेरो निर्णयलाई सम्मान गरे अनि उनले मलाई प्रभुको इच्छा खोज्ने आग्रह गरे। मलाई थाहा भएन किन हो, जब मैले आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको अनुसन्धान नगर्ने निर्णय गरें, तब मलाई अचानक अवर्णनीय क्षति भएको अनुभूति भयो।

अर्को तीन महिनामा म मेरो मण्डलीको हरेक सेवामा उपस्थित भएँ। तापनि, पास्टरले सधैं त्यही पुरानो कुरा मात्र भनिरहे, उनको प्रवचनबाट हामीमध्ये कसैले पनि कुनै आनन्द पाएनौं, र मेरो आत्माले झन् बढी अँध्यारो र दुःख महसुस गऱ्यो। त्यस बेला, आर्थिक कठिनाइहरूको कारण मण्डली अस्तव्यस्त स्थितिमा थियो। पास्टर र सबै डिकनहरू रुपैयाँपैसाको विषयमा निरन्तर बहस गरिरहेका थिए र त्यसैको कारण एक पटक दुई जना डिकनबीच हानाहान भयो। पास्टर र डिकनहरूले मण्डलीको आत्मिक जीवनमा प्रगति भइरहेको छ कि छैन भन्ने कुरामा ध्यान नदिएका अनि पैसा र ओहदाको विषयमा झगडा गरिरहेको देखेर मलाई साह्रै निराश महसुस भयो र मण्डलीमा त्यस्तो कुरा कसरी हुन सक्छ, वा दाजुभाई र दिदी-बहिनीहरूमा दयाको यति धेरै कमी कसरी हुन सक्छ भनी मैले बुझ्न सकिनँ। जब-जब यस्तो कुरा हुन्थ्यो, तब म भाई झेङको सेवा र सङ्गतिमा गएकी कुरा विचार गर्थें। भाई झेङ ज्यादै धार्मिक चरित्रका व्यक्ति थिए, जसका सङ्गतिहरू सधैं अन्तर्दृष्टिमय हुन्थे र जोसँग पवित्र आत्माको अगुवाइ थियो, र मैले उनको सन्देश सुनेर धेरै कुरा प्राप्त गरें। के यो सम्भव छ कि भाई झेङले जुन सर्वशक्तिमान्‌ परमेश्‍वरको गवाही दिए उहाँ साँच्चै फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ? तर यदि त्यस्तो हो भने, सीसीपीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा गरेका सबै नकारात्मक प्रचार-प्रसारहरू के थियो? असहाय महसुस गर्दै मैले प्रभुसित यसरी प्रार्थना मात्र गर्न सकें “हे प्रभु! म अहिले आफू बिलकुलै हराएको महसुस गर्दछु र म भड्केर जाउँली र तपाईंद्वारा त्यागिन्छु भनी डराउँछु। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्चै फर्किआउनुभएको तपाईं नै हो भने, म तपाईंसँग बिन्ती गर्दछु, मलाई तपाईंको सामु फर्काएर लैजानुहोस्…।”

डिसेम्बर २०१७ मा एक दिन, बहिनी जिन र मैले बाइबल अध्ययन गर्न भर्खर चीनबाट आएकी बहिनी कीनको घरमा भेट्ने प्रबन्ध मिलायौं। बहिनी कीन बाइबलमा निकै निपुण थिइन्; चाहे चारवटा सुसमाचारका पुस्तकहरू होस् वा प्रकाशको पुस्तकको बारेमा, उनले जहिल्यै पनि अन्तर्दृष्टिमय सङ्गतिहरू दिइन्, र मलाई उनको कुरा सुन्न आनन्द लाग्थ्यो। हामीले चीनमा परमेश्‍वरमाथि आस्था राख्ने बारेमा छलफल गऱ्यौं र बहिनी कीनले भनिन्, “चीनमा आस्था राख्ने स्वतन्त्रता छैन। विशेष गरी हालैका वर्षहरूमा, सीसीपी सरकारद्वारा ख्रीष्टियानहरूलाई सताउने काम झन्-झन् खराब हुँदै गएको छ। त्यसले ख्रीष्टियानहरूको निन्दा गर्न अनलाइन झुटा कुराहरू फैलाउने मात्र नगरेर धेरैवटा घरेलु मण्डलीहरू बन्द पनि गरेको छ। धेरै जना पास्टरहरू पक्राउ परेका छन्, धेरै मण्डलीहरू तितरबितर भएका छन्, र त्यहाँ धेरैवटा मण्डली भवनहरू र क्रूसहरू पनि तोडिएका छन्। सीसीपी सरकारले धार्मिक आस्थामाथि गरेको सतावटको विश्वव्यापी मानव अधिकार संगठनहरूले धेरै चिन्ता र कडा निन्दा गरेको छ।” यो मेरो लागि ठूलो आश्चर्यको रूपमा आयो। चीनमा प्रभुको मार्गलाई यति धेरै सताइएको थियो भन्ने मलाई कहिल्यै पनि थाहा थिएन­ चीनमा प्रभुलाई विश्वास गर्नु धेरै गाह्रो भएको हुन सक्छ! बहिनी कीनले अझै भनिन्, “सत्य बाटोले सधैं सतावट भोगेको छ। चीनमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले भोगेको सतावट सबैभन्दा नराम्रो छ, तर मण्डली धेरै चाँडोचाँडो बढेको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार धेरैवटा पराय देशहरूमा फैलिएको छ, र धेरैभन्दा धेरै मानिसहरूले आखिरी दिनहरूका परमेश्‍वरको सुसमाचार स्वीकारेका छन्, जसले ‘परमेश्‍वरको कुरा वृद्धि हुनेछ र मानिसको इच्‍छा घट्नेछ।’ भन्ने वचनहरू पूरा गर्दछ।” मेरो निम्ति अझ ठुलो अचम्मको कुरा के भयो भने, बहिनी कीनले भनिन् कि उनी चीनमा छँदा एकजना साथीले उनलाई आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यको बारेमा गवाही दिएकी थिइन् र उनले पहिले नै केही समयदेखि यसको खोजी गरिसकेकी थिइन्, र कोरिया आइपुगेदेखि नै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली खोजिरहेकी थिइन्। उनको यो कुरा सुनेर मैले सोचें: “सीसीपीले गरेको नकारात्मक प्रचार सुनेपछि मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको अनुसन्धान गर्ने आँट भएन, तापनि बहिनी कीन अझै पनि यसको खोजी र अनुसन्धान गर्न चाहन्छिन्। प्रभु येशूले भन्नुभयो, ‘आत्मामा गरिब हुनेहरू धन्यका हुन्: किनभने स्वर्गको राज्य तिनीहरूकै हो(मत्ती ५:३)। मैले त्यसको अनुसन्धान गर्न छोडिदिएँ, र एक खुल्ला मनका जिज्ञासु व्यक्तिले त्यस्तो व्यवहार गर्दैन। के मैले आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यको अनुसन्धान गरिरहनुपर्छ? के मैले आज यी दुई बहिनीलाई भेटनु प्रभुले निर्देशित गर्नुभएको हो?” र यसैले तिनीहरूलाई पहिले मैले कसरी सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको अनुसन्धान गरें र इन्टरनेटमा झुटा कुराहरू देखें भनी बताएँ। बहिनी जिनले भनिन्, “के हामी प्रभुमा विश्वास गर्नेहरू उहाँलाई स्वागत गर्न इच्छुक छैनौं? अहिले प्रभु येशूको पुनरागमनको प्रचार गर्ने कसैलाई भेट्न धेरै गाह्रो भएको छ, त्यसैले हामीले पहिले यसको बारेमा सबै कुरा थाहा पाउनुपर्छ। हामीले इन्टरनेटका ती झुटा कुराहरूमा अन्धाधुन्ध विश्वास गर्नुहुँदैन। यदि सर्वशक्तिमान्‌ परमेश्‍वर फर्किआउनु-भएका प्रभु येशू हुनुहुन्छ भन्ने एक मौका छ र हामी यसलाई अनुसन्धान गर्न अस्वीकार गर्छौं भने, प्रभुको आगमनलाई स्वागत गर्ने मौका गुमाएकोमा हामीले गरेको पछुतो धेरै ढिलो हुनेछ!” बहिनी कीनले मलाई उनीहरूसँगै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा जाने आग्रह गरिन्। ती दुई बहिनीको कुरा सुनेपछि प्रभुले मलाई दोस्रो मौका दिइरहनुभएको छ जस्तो लाग्यो, र म फेरि यो मौका गुमाउन सक्दिनँ भनी जान्दथें! पछिबाट, म भाई झेङसित सम्पर्कमा रहें, र मैले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यको अनुसन्धान गर्ने निर्णय गरें।

तोकिएको दिनमा, बहिनी कीन र म चाँडै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा आइपुग्यौं र भाई-बहिनीहरूले हामीलाई न्यानो स्वागत गरे। एउटी बहिनीले मेरो लागि “स्वर्गीय राज्यको मेरो सपना” नामक सुसमाचार चलचित्र देखाइन्। त्यो चलचित्र एकजना कोरियाली, पास्टर सोंगको बारेमा थियो, जसले प्रभुको आगमनको अति चाहना गर्थे, र जब उनले चीनमा पूर्वको ज्योतिले प्रभु येशू पहिले नै फर्किसक्नुभएको गवाही दिइरहेका छ भनी सुने, तब उनी साँचो मार्गको खोजी गर्न चीन गए। धेरै अवरोधहरूपछि, पास्टर सोंगले अन्त्यमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्दछन्, तर उनले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू परमेश्‍वरको आवाज हो भनेर पहिचान गरेपछि जब थप अनुसन्धान गर्न लागेका थिए, उनलाई सीसीपी सरकारद्वारा अचानक पक्राउ गरियो र उनलाई दक्षिण कोरिया फिर्ता गरियो। त्यसपछि, पास्टर सोंगले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको सुसमाचार वेबसाइट अनलाइन फेला पार्ने मौका पाउँछन् र उनले एकचोटि फेरि मण्डलीसँग सम्पर्क गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भाई-बहिनीहरूले दिएको सङ्गति र साक्षीहरूद्वारा पास्टर सोंग सर्वशक्तिमान्‌ परमेश्‍वर फर्किआउनुभएका प्रभु येशू हुनुहुन्छ भनी पूर्णतया निश्चित हुन्छन् र उनले खुसीसाथ सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूका कामलाई स्वीकार गर्छन्। यो चलचित्र हेरेपछि, म भावनाले भरिएँ, र भनें, “चीनमा परमेश्‍वरमाथि विश्वास गर्न धेरै गाह्रो छ, र प्रत्येक विश्वासीले त्यसो गरेर उनीहरूका आफ्नै ज्यान जोखिममा पार्छन्! तर सीसीपी सरकारले ख्रीष्टियानहरूलाई यति धेरै किन सताउनु पर्छ? र तिनीहरू भन्छन् कि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ख्रीष्टियानहरूले सुसमाचार प्रचार गर्नका निम्ति आफ्ना परिवारहरूलाई छोड्छन्, जसले उनीहरूको परिवारलाई तोड्दछ­ यी सबैको सत्यता के हो?”

बहिनीले धैर्यतापूर्वक सङ्गति दिइन्, र भनिन्, “दिदी, यो तपाईंले उठाउनुएको महत्त्वपूर्ण प्रश्न हो। एकचोटि हामीले सीसीपीको सारमा हेरेपछि हामी अब सीसीपीका झुटा कुराहरूद्वारा धोका खाँदैनौं। हामी सबैलाई थाहा छ कि सीसीपी एक नास्तिक शासन हो, जसले परमेश्‍वरको अस्तित्वलाई कहिल्यै पनि मान्यता दिंदैन; यसको नारा भनेको सबै धार्मिक आस्थालाई ध्वस्त पार्नु र चीनलाई नास्तिक क्षेत्र बनाउनु हो। आफ्नो तानाशाही शासन सुदृढ पार्न सीसीपीले मानिसहरूलाई परमेश्‍वरमा विश्वास गर्न र सही मार्ग अनुसरण गर्नबाट रोक्छ। यसले सधैं परमेश्‍वरलाई इन्कार गर्दछ र सार्वजनिक रूपमा परमेश्‍वरको विरोध र निन्दा गर्दछ, र यी कार्यहरू त्यसको दुष्ट सारद्वारा निर्धारित गरिन्छ। यसैले सीसीपीले किन ख्रीष्टियानहरूको त्यत्ति धेरै निन्दा र खेदो गर्न चाहन्छ? सर्वप्रथम, आउनुहोस् हामी हेरौं, सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनले के प्रकट गर्दछ। सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्नुभयो, ‘शैतानले मानिसहरूलाई छल गरेर आफ्‍नो प्रतिष्ठा निर्माण गर्छ, र यसले बारम्बार आफैलाई धार्मिकताको अग्रगामी र आदर्शको रूपमा स्थापित गर्छ। धार्मिकताको रक्षा गर्ने झूटो बहाना गर्दै, यसले मानिसहरूलाई हानि गर्छ, तिनीहरूको प्राण निल्छ, अनि मानिसलाई अचेत बनाउन, धोका दिन र उक्साउन हरेक किसिमका माध्यमहरूको प्रयोग गर्छ। यसको उद्देश्य भनेको मानिसलाई यसका दुष्ट चाल स्वीकार गर्न र त्यसमा साथ दिन लगाउनु, परमेश्‍वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्ने कार्यमा आफूसँगै मानिसलाई संलग्‍न गराउनु हो। तैपनि, जब कसैले यसका युक्तिहरू र षडयन्त्रहरूलाई देख्छ र यसका खराब विशेषताहरूलाई देख्छ, अनि जब कसैले यसद्वारा निरन्तर कुल्चिइन र यसद्वारा मूर्ख तुल्याइन वा यसको वशमा निरन्तर पर्न, वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब त्यसको वास्तविक अनुहार प्रकट गर्नको लागि, अर्थात् दुष्ट, आक्रमक, कुरूप र जङ्गली अनुहार प्रकट गर्नको लागि पहिले सन्त का जस्तैलाग्ने त्यसका विशेषताहरू परिवर्तन गर्छ र त्यसको झूटो मुकुण्डोलाई च्यात्छ। त्यसलाई पछ्याउन इन्कार गर्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्नेबाहेक यसले अरू केही चाहँदैन’ (वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)।”

त्यसपछि ती बहिनीले सङ्गति दिइन्। “सीसीपी शैतानको भूतात्माहरूको एउटा गिरोह हो, जसले स्वर्गको विपरीत काम गर्छ र जसले उग्र रूपमा परमेश्‍वरको विरोध गर्दछ। सत्तामा आएदेखि नै सीसीपी आफ्नो शासन कायम राख्न झुट् र हिंसामा भर पारेको छ; चीनले अन्य देशहरूलाई आफ्नो देशमा धार्मिक आस्थाको स्वतन्त्रता छ भनी घोषणा गर्दछ, तर चीनले आफ्नो जनतालाई निरन्तर नास्तिकवाद, विकासवाद र भौतिकवादको शिक्षा दिन्छ, यसैकारण चीनका मानिसहरूले युवावस्थादेखि नै परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्दछन्। सीसीपीले सत्यताप्रति र परमेश्‍वरप्रति घोर घृणा राख्दछ र यो ख्रीष्टियानहरूको विरोधी हो। यसले सधैं ख्रीष्टियानहरूलाई विशेष गरी क्याथोलिकहरूलाई सबैभन्दा बढी तिरस्कार र घृणा गरेको छ, र धार्मिक आस्थालाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने र चीनलाई नास्तिक क्षेत्रको रूपमा निर्माण गर्ने आशामा यसले एकपछि अर्को उत्पीडन र पक्राउ अभियान चलाएको छ। १९९१ मा सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट—देखा पर्नु भएर आफ्नो कामको सुरुआत गर्नुभएदेखि यता सबै धर्म र सम्प्रदायहरूबाट आएका प्रभुका सबै विश्वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सुनेका छन् र ती परमेश्‍वरकै आवाज हुन् भनी निश्चित भएका छन्। तिनीहरू एक-एक गरी सर्वशक्तिमान्‌ परमेश्‍वरतिर फर्केका छन्, र तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्छन् र साक्षी दिन्छन्। बीस वटाभन्दा बढी विचित्र वर्षमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूका काम मुख्यभूमि चीनको सम्पूर्ण भागमा फैलिएको छ र विदेशमा विभिन्न ठाउँमा एकपछि अर्को गर्दै सर्वशक्तिमान्‌ परमेश्‍वरका मण्डलीहरू स्थापना भएका छन्। सीसीपीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मानिसहरूलाई जित्न सक्छ भन्ने देखेको छ, र मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउनेछन् र त्यसपछि सीसीपीको दुष्ट सार बुझ्नेछन् र त्यसलाई अस्वीकार गर्नेछन् भनी डराएको छ। यसरी जनतालाई सधैंभरि नियन्त्रण गर्ने त्यसको व्यर्थको आशा र संसारमा अधिपत्य जमाउने त्यसको क्रूर अभिलाषा पूर्ण रूपमा ध्वस्त पारिनेछ। त्यसैले आफ्नो तानाशाही शासन कायम राख्न सीसीपीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई क्रुरतापूर्वक दमन गर्छ र सताउँछ, र त्यसले ख्रीष्टियानहरूलाई पक्राउ गर्छ। यसले यतिसम्म गर्छ कि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गर्न र बदनाम गराउन अनलाइनमा हरप्रकारका झुटा कुराहरू गर्छ, यसरी मानिसहरूलाई धोका दिन र झुक्याउन सकिन्छ भनी आशा राख्छ, ताकि सबैले त्यसका झुटा कुराहरू र अफवाहहरूलाई विश्वास गर्दछन्, यसको साथसाथै परमेश्‍वरका आखिरी दिनहरूका कामलाई इन्कार, घृणा र विरोध गर्दछन्। सीसीपी सरकारले गरेको क्रूर उत्पीडन र सतावटले गर्दा धेरै जना ख्रीष्टियानहरूलाई अवैधानिक रूपमा कैद गरिएको छ र क्रूर यातना भोग्नु परेको छ, कति जना सतावटको कारण मरेका छन्। त्यहाँ धेरै यस्ता ख्रीष्टियानहरू पनि छन् जो सीसीपीद्वारा पक्राउ पर्नबाट जोगिनका निम्ति आफ्नो घर छोडेर भागेका छन्। तिनीहरूका परिवारहरू टुक्रिएका छन् र तिनीहरू आफ्नो घर फर्कन सक्दैनन्, र कतिलाई विदेश भाग्न बाध्य तुल्याइएको छ। सीसीपीको क्रूर सतावटकै कारण धेरैवटा ख्रीष्टियान परिवारहरू टुक्रिएका छन्, तापनि यसले त्यसको दोष पीडितहरूलाई लगाउँछ, ख्रीष्टियानहरूका परिवारहरू परमेश्‍वरमा विश्वास गरेकोले र सुसमाचारको प्रचार गरेको कारण टुक्रिएका हुन् भन्छन्­ के यो तथ्यको प्रत्यक्ष विकृति र सत्यको गलत व्याख्या होइन र? बहिनी, यदि हामीसँग सीसीपीको परमेश्‍वर-विरोधी शैतानी सारलाई बुझ्न सक्दैनौं भने, जब प्रभुको पुनरागमनलाई स्वागत गर्ने कुरा आउँछ, तब हामीले सीसीपीको झुटा कुरालाई पत्याउने सम्भावना हुन्छ र हामी परमेश्‍वरको काममा शङ्का गर्नेछौं, र यसरी हामीले साँचो मुक्ति पाउने हाम्रो मौका नष्ट हुन्छ। अनि के यसको अर्थ शैतानका धूर्त योजनाहरूमा फस्नु हुने थिएन र?”

बहिनीको सङ्गति सुनेपछि मैले अचानक ज्योति देखें। “यसकारण सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ख्रीष्टियानहरूले आफ्ना परिवारलाई त्याग्छन् भन्ने कुरा हुँदैन,” मैले सोचें, “तर त्यसको साटो सीसीपीले सताउने र पक्राउ गर्ने गरेकोले उनीहरूका निम्ति आफ्नो घर छोडेर जानु र डुलुवा भएर हिँड्नुबाहेक अर्को विकल्प छैन। सीसीपी ख्रीष्टियानहरूको परिवार भत्काउने जिम्मेवार प्रमुख अपराधी हो, र पनि यसले अझै झुटो बोल्छ, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्वास गर्दा परिवारहरू तोडिन्छ भन्दछ। सीसीपी साँच्चै अति दुष्ट र निर्लज्ज छ!”

त्यसपछि ती बहिनीले आफ्नो सङ्गति जारी राखिन्। “सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूमा देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, ती सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ जसले मानवजातिलाई साँचो मुक्ति प्राप्त गर्ने, हाम्रो भ्रष्टता न्याय गर्ने र प्रकट गर्ने अनुमति दिन्छ, यसैले कि हामी पापबाट मुक्त हुन सकौं, र उहाँले हामीलाई परमेश्‍वरको राज्यभित्र लैजानुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ख्रीष्टियानहरूले परमेश्‍वरका वचनहरूबाट केही सत्यताहरू बुझ्छन् र हामीलाई थाहा छ कि, मानिसहरूलाई मुक्ति दिनका लागि परमेश्‍वरले सावधानीसाथ प्रयास गर्नुहुन्छ। आखिरी दिनहरूमा धेरैभन्दा धेरै मानिसहरूले परमेश्‍वरको मुक्ति पाऊन् भनी हामी दुई हजार वर्ष अगाडि येशूको सुसमाचार प्रचार गर्ने चेलाहरू र प्रेरितहरूले जस्तै जहीं गए पनि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न हामी आफ्नो परिवार र सबै सांसारिक थोकहरू छोड्छौं। यो पूर्ण रूपमा सत्यको अनुरूप हो, र यो परमेश्‍वरको इच्छासित मिल्ने र परमेश्‍वरका निम्ति अति प्रशंसनीय एक उत्तम र धार्मिक कार्य हो! किनकि, जसरी प्रभु येशूले अनुग्रहको युगमा भन्नुभयो: ‘सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर(मर्कूस १६:१५)। ‘तिमीहरूमध्येमा जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन(लूका १४:३३)। यसको बारेमा सोच्नुहोस्: यदि येशूका चेलाहरू र प्रेरितहरूले तिनीहरू जहाँ-जहाँ गए त्यहाँ प्रभुको सुसमाचार प्रचार नगरेका र प्रभुको साक्षी नदिएका भए हामीमध्ये कसले प्रभु येशूको मुक्ति प्राप्त गर्न सक्थ्यो होला? अब, प्रभु येशू फर्केर आउनुभएको छ, र मानिसलाई मुक्ति दिन उहाँले आफ्ना वाणीहरू बोल्दै हुनुहुन्छ। यदि आखिरी दिनहरूका परमेश्‍वरको कामलाई स्वीकार गर्ने हरेक भाई-बहिनी परमेश्‍वरमा विश्वास गरेर घरमा नै बसिरहन्छन् र परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन कहीं पनि जाँदैनन् भने के उनीहरूका कार्यहरू परमेश्‍वरको इच्छा अनुरूप हुन्छ? अनि त्यस्तो हुन्थ्यो भने हाम्रा निम्ति आखिरी दिनहरूका परमेश्‍वरको मुक्ति प्राप्त गर्ने मौका कसरी हुने थियो? यो भन्न सकिन्छ कि, मानिसको मुक्ति दिने परमेश्‍वरको सुसमाचार प्रचार गर्न र साक्षी दिनका निम्ति एक ख्रीष्टियानले आफ्नो परिवार र सबै शारीरिक सुखविलासहरू त्याग्छ भने उसले प्रभुका वचनहरू अभ्यास गरिरहेको हुन्छ, र यो एक सकारात्मक कुरा हो। परमेश्‍वरका हरेक साँचो विश्वासीले यस किसिमको व्यवहारलाई अनुमोदन र स्वीकार गर्दछ, र तिनीहरूले त्यस्ता व्यक्तिलाई अनुकरण गर्नुपर्ने व्यक्तिको रूपमा लिन्छन्। त्यसबाहेक, कुनै पनि प्रजातान्त्रिक राष्ट्रले उनीहरूको निन्दा गर्दैन, तर त्यसको विपरीत, प्रभुका लागि आफैलाई समर्पण गर्ने र खर्च गर्ने यस प्रकारको व्यवहारको अत्यधिक सहयोगी हुनेछ र अनुमोदन गर्नेछ। यद्यपि सीसीपीले सुसमाचार प्रचार गर्न आफ्नो घर छोड्ने ख्रीष्टियानहरूको निन्दा गर्न र दोष लगाउन चर्को रूपले झुटो बोल्छ र परमेश्‍वरमा आफ्नो विश्वासले गर्दा सुसमाचार प्रचार गर्ने ख्रीष्टियानहरूको विषयमा तिनीहरूले आफ्ना परिवारहरू त्याग्छन् र तिनीहरूकै कारण तिनीहरूका परिवारहरू तोडिन्छन् भन्दै तिनीहरूमाथि दोष लगाउँछन्। यसो गरेर, सीसीपीले सत्यको गलत व्याख्या गर्दैछ र के सही र के गलत हो भन्ने कुरामा मानिसहरूलाई भ्रममा पारेको छ, र यो मानिसहरूलाई धोका दिने दियावलस शैतानको झुटो अफवाह हो! सीसीपीले बिनाकारण जानीजानी ख्रीष्टियानहरूलाई आक्रमण गर्दछ, दोषी ठहराउँछ र पक्राउ गर्छ, अनि यो सीसीपी वास्तवमा शैतानी शासन हो भन्ने पूर्ण प्रमाण हो, र सीसीपीको सार भनेको शैतानका भूतात्माहरूको एउटा समूह हो जसले परमेश्‍वरको विरोध गर्छ र उहाँलाई घृणा गर्छ! साँचो मार्गले सधैं दुःखकष्ट भोगेको छ, र जति नै बढी कुनै मार्ग सतावट र अस्वीकार गरिन्छ, त्यति नै बढी यो वास्तविक मार्ग हो भनी निश्चित हुन्छ, जसले प्रभु येशूका वचनहरू ठिकसँग पूरा गर्दछः ‘किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरुमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। बहिनी, जब हामीले सत्य मार्गको अनुसन्धान गर्ने क्रममा सीसीपीका झुटहरू भेट्छौं त्यही बेला परमेश्‍वरले हाम्रो विश्वासको जाँच गरिरहनुभएको हुन्छ। यदि हामी सीसीपीका झुटहरूको कारण परमेश्‍वरमाथि शङ्का गर्छौं र डराउँछौं, यति सम्म कि सही मार्गको अनुसन्धान गर्ने हिम्मत गर्दैनौं भने, हामी प्रभुको पुनरागमनलाई स्वागत गर्ने र परमेश्‍वरको मुक्ति प्राप्त गर्ने आफ्नो मौका गुमाउनेछौं।”

जब मैले यो सुनें, मैले सोचें: “हो, यदि येशूका चेलाहरू र प्रेरितहरूले सबै कुरा त्यागेर सुसमाचार प्रचार गर्न आफ्ना घरहरू नछोडेका भए हामी प्रभुको सुसमाचार ग्रहण गर्न सक्ने थिएनौं। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भाई-बहिनीहरू घर र परिवारलाई छोडेर परमेश्‍वरको राज्यको सुसमाचार फैलाउन विभिन्न देशहरूमा यात्रा गर्छन्, ठिक त्यसरी नै जसरी येशूका चेलाहरू, प्रेरितहरू र त्यस बेलाका मिसनरीहरूले सबै कुरा त्यागेर प्रभु येशूको सुसमाचार फैलाउन पृथ्वीका सबै देशहरूमा गएका थिए­यो एउटा असल र धार्मिक काम हो, र यो अनुकरण गर्न लायकको छ। यद्यपि सीसीपीले सुसमाचार प्रचार गर्ने ख्रीष्टियानहरूलाई आफ्नो परिवारलाई त्याग्नेहरू भनेर झुटो आरोप लगाए पनि­यो वास्तवमा तथ्यलाई विकृत बनाइएको हो!” एक पटक मैले सीसीपीको झुटको वास्तविकता स्पष्ट रूपमा देखेकी थिएँ, मैले मेरो हृदयको गहिराइदेखि नै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा मेरा सबै भ्रमहरू र आशंकाहरू हटाएँ र म अन्त्यको दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको काममा ध्यान दिन चाहेँ।

पछिबाट, म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा अर्को सेवामा भाग लिँदा एउटी बहिनीले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको खण्ड पढेर सुनाइन्: “किनकि हामीहरू परमेश्‍वरको पाइलाहरूलाई खोजिरहेका छौं, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएको नयाँ वचन हुन्छ, परमेश्‍वरको आवाज त्यहाँ हुन्छ, र जहाँ परमेश्‍वरको पाइलाहरू हुन्छ, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ देखा पर्नुहुन्छ, त्यहाँ बाटो, सत्य र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले ‘परमेश्‍वर बाटो, सत्य र जीवन हुनुहुन्छ’ भन्ने ‘वचनहरू’ लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरको पाइलाहरू भेट्टाइएका छन् भनी विश्वास गर्दैनन्, र अझै तिनीहरूले परमेश्‍वर देखा पर्नुलाई स्वीकार गर्छन् भन्ने कुरा त परै जाओस्। कस्तो गम्भीर भुल!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)

परमेश्‍वरको वचन सुनेपछि मलाई आफैसित लाज लाग्यो। जब प्रभुको पुनरागमनको जाँच गर्ने कुरा आउँछ हामीले परमेश्‍वरको आवाज सुन्नुमा धेरै ध्यान दिनुपर्छ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वाणी स्पष्टसँग सुनेकी थिएँ, र मलाई परमेश्‍वरको कार्यका तीन चरणहरू र मानवजातिलाई मुक्ति दिने उहाँको व्यवस्थापनको योजनाबारे थाहा थियो, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्य छन् र तिनमा शक्ति र अधिकार छन् भनी मैले स्वीकार गरें, तापनि मैले परमेश्‍वरको वचन पालन गरेकी थिइनँ, बरु सीसीपीको झुट र अफवाहलाई विश्वास गरेकी थिएँ, र म मेरो पुरानो मण्डलीमा फर्किसकेकी थिएँ। यदि यो परमेश्‍वरको मार्गनिर्देशन र अगुवाइ हुँदैनथ्यो भने म आखिरी दिनहरूमा परमेश्‍वरको मुक्ति गुमाउनै लागेको स्थितिमा पुग्ने थिएँ। परमेश्‍वरको कृपा र दयाले गर्दा मात्र मैले अन्त्यका दिनहरूमा परमेश्‍वरको कामको अनुसन्धान जारी राख्न सकें। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर र भाई-बहिनीहरूले दिएका सङ्गतिको कुरा सुनेपछि मैले सीसीपीको दुष्ट सारलाई बुझ्न सकें, म सतर्क भएँ, मैले साँचो मार्ग खोजें र अनुसन्धान गरें, मैले थुमाको कदमसँग कदम मिलाएर हिंडें, र म परमेश्‍वरप्रति कृतज्ञताले भरिएको थिएँ। मैले पछि ती भाई-बहिनीहरूका गवाहीका केही अरू भिडियोहरू हेरें, जसले सीसीपी सरकारको क्रूर सतावट भोगेर पनि सत्यतालाई त्याग्न इन्कार गर्दै उनीहरूले दिएका साक्षी र देखाएका दृढ संकल्पको कारण मैले उनीहरूको ठुलो प्रशंसा गरें, र सर्वशक्तिमान्‌ परमेश्‍वरको पछि लाग्ने मेरो विश्वास अझै बलियो भएको थियो।

१० फरवरी, २०१८ म औपचारिक रूपमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा सामेल भएँ र मैले अघि कहिल्यै महसुस नगरेको आनन्द महसुस गरें। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सेवाहरूमा भाग लिंदा मैले पूर्ण रूपमा नयाँ मण्डलीको जीवन अनुभव गरें जुन मेरो पुरानो मण्डलीको भन्दा बिलकुलै फरक थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू प्रचुर र प्रशस्त छन्; जब म परमेश्‍वरका वचनहरू पढ्छु, म प्राय: पवित्र आत्माको अन्तर्दृष्टिको आनन्द लिन्छु, मेरो जीवन र मेरो आत्माका लागि प्रावधान गरिएको छ, र अहिले मलाई लाग्छ कि मसँग जीवनमा समर्थन र आशा छ। आखिरी दिनहरूमा प्रभु येशूको आगमनलाई स्वागत गर्न म सक्षम भएको छु किनकि परमेश्‍वरले मलाई उठाउनुभयो र मलाई अनुग्रह गर्नुभयो, र मलाई मुक्ति दिनुभएकोमा म परमेश्‍वरलाई धेरै धन्यवाद दिन्छु। अब, मेरो तीव्र इच्छा सत्यले आफैलाई सुसज्जित पार्नु र प्रभुको आगमनका लागि उत्सुक हुनेहरू, तर सीसीपीको झुटको धोकामा परेकाहरू सबैलाई परमेश्‍वरको आखिरी दिनहरूका कामको गवाही दिन हतार गर्नु हो। म यो गर्न चाहन्छु, यसैले तिनीहरूले पनि सीसीपीको परमेश्‍वरको विरोध गर्ने वास्तविक रङ्गहरू देख्न सकून्, शैतानको धूर्त योजनाहरू देखून्, र कुनै बाधाबिना आखिरी दिनहरूका परमेश्‍वरको काम अनुसन्धान गर्न सकून्, र तिनीहरूले आखिरी दिनहरूमा परमेश्‍वरको मुक्ति पाउन सकून्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे

युटिंग, जापान द्वारा प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें,...

त्रीएकत्वको रहस्य खुलासा

म २० वर्षअघि एक जना एल्डर मार्फत इसाई भएको थिएँ। उहाँले मलाई ब्रह्माण्डका सबै कुरामध्ये साँचो परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, जसले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्