झूटा ख्रीष्टहरूप्रति सतर्क रहँदा मैले सिकेका पाठहरू

25 फेब्रुअरी 2023

म घर-मण्डलीको एक सहकर्मी थिएँ। सन् २००० को एक दिन, उच्‍च अगुवाहरूले एउटा सहकर्मी बैठक बोलाए। तिनीहरूले भने, “आखिरी दिनहरूमा, मानिसहरूलाई छल्न झूटा ख्रीष्टहरू देखा पर्छन्। कतिले पूर्वीय ज्योतिको प्रचार गरिरहेका छन्, र तिनीहरूको प्रचार निकै उच्‍च देखिन्छ। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर पनि भन्छन्। तिनीहरूको कुरा नसुन्‍नुहोस्, र तिनीहरूको सम्पर्कमा नआउनुहोस्। पूर्वीय ज्योतिका मानिसहरूलाई मण्डली पसेर भेडाहरू चोर्न नदिन तपाईंहरूले सतर्कता अपनाउनुपर्छ। बाइबलले स्पष्ट रूपमा भन्छ, ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। यी पदहरू प्रभु येशूको आगमनका चिन्‍हहरू हुन्। यसले विश्‍वासीहरूलाई आखिरी दिनहरूमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई छल गर्न झूटा ख्रीष्टहरूले ठूल्ठूला आश्‍चर्यकर्महरू देखाउनेछन् भनेर पनि चेतावनी दिन्छ, त्यसकारण हामीले विश्‍वासमा दह्रिलो जग बसाल्‍नुपर्छ र पूर्वीय ज्योतिका प्रवचनहरू सुन्‍नु हुँदैन। अन्यथा, तपाईंहरूले झूटा ख्रीष्टहरूलाई पछ्याई प्रभुलाई स्वागत गर्ने मौका गुमाउनुहुनेछ।” सहकर्मीहरू सबैले यस विषयमा छलफल गरे र प्रभुको पुनरागमन नभएसम्‍म बगालको रक्षा गर्न चाहेको कुरा बताए। मलाई पनि प्रभुलाई स्वागत गर्ने कुरामा लापरवाही गर्नु हुँदैन, र हामी झूटाख्रीष्टहरूप्रति सतर्क हुनुपर्छ, नत्र हामी छलमा पर्छौँ भन्‍ने लाग्यो। भोलिपल्ट, मैले अगुवाहरूको निर्देशन पालना गर्दै म इन्‍चार्ज रहेका भेलास्थलहरूमा गएँ, र विश्‍वासीहरूलाई झूटा ख्रीष्टहरूबारे सचेत रहन, र अपरिचितहरू, खास गरी पूर्वीय ज्योतिको प्रचार गर्नेहरूलाई स्वागत नगर्न अनुरोध गरेँ। उच्‍च तहका सहकर्मी नै भए पनि, यदि तिनीहरूले परमेश्‍वर नयाँ काम गर्न आउनुभएको छ भनेर प्रचार गरे भने, तिनीहरूलाई स्वागत नगर्नू, नत्र, झूटा ख्रीष्टहरूको छलमा परेकाहरूले प्रभुमा विश्‍वास गरेको व्यर्थ होला भनेर भनेँ। त्यो बेला, सबैले हामी पूर्वीय ज्योतिका प्रवचनहरू कहिल्यै सुन्दैनौँ भनेर भने।

केही महिनापछि, हाम्रा अगुवाहरूले उच्‍च तहका सहकर्मीहरूले पूर्वीय ज्योति स्विकारेका छन्, तिनीहरूलाई कहिल्यै स्वागत नगर्नू नत्र छलमा पर्नुहुन्छ भनेर हामीलाई भने। मैले सोचेँ, “तिनीहरू बाइबलप्रति निकै परिचित रहेका उच्‍च तहका सहकर्मीहरू हुन्। तिनीहरूले हामीलाई पूर्वीय ज्योतिसँग सम्पर्क गर्न मनाही गरेका थिए। तिनीहरूले कसरी यसलाई स्विकार्न सके?” मैले यो कुरा बुझ्‍न सकिनँ, तर फेरि, तिनीहरूले जे गरे पनि, मैले प्रभुको मार्ग पालन गर्दै बगालको रक्षा गर्नुपर्थ्यो। त्यसपछि, एउटा भेलामा मैले ब्रदर-सिस्टरहरूलाई ती दुई उच्‍च तहका सहकर्मीहरूलाई स्वागत नगर्नुहोस् भनेर भनेँ। एक दिन, सहकर्मी सियाओ एक जना ब्रदर लिएर मेरो घर आए, र म तुरुन्तै सतर्क भएँ। उच्‍च अगुवाहरूले सहकर्मी सियाओले पूर्वीय ज्योति ग्रहण गरेका छन् भनेर भनेका थिए। मैले तिनको छलमा परी प्रभुलाई धोका दिनु हुँदैनथ्यो। त्यसैले, त्यस दिन तिनीहरूले मसँग जे-जसरी सङ्गति गरे पनि, मैले उदासीनता देखाउँदै तिनीहरूको कुरा बेवास्ता गरेँ। अन्तिममा तिनीहरू जान बाध्य भए। तिनीहरू गएको देख्दा, मैले राहतको सास फेरेँ। म तिनीहरूको छलमा नपरेकोमा खुशी थिएँ। पछि, हाम्रो मण्डलीका ब्रदर झाङ मिङ्‌यी पनि मलाई सुसमाचार सुनाउन आए, तर म लुकेँ र तिनलाई सम्‍हाल्‍न मेरी श्रीमतीलाई अह्राएँ, अनि छलमा नपर्न उनलाई तिनको सङ्गति नसुन भनेँ। पछि, हाम्रो मण्डलीको परिस्थिति झन्झन्न् खराब हुँदै गयो। हाम्रा प्रचारक बासी उक्तिहरू प्रयोग गर्दै बोल्थे र नयाँ ज्योतिको कुरा गर्न सक्दैनथे, र हामीसँग पवित्र आत्‍माको काम थिएन। ब्रदर-सिस्टरहरूले जीवनको भरणपोषण प्राप्त गर्दैनथे, आत्मिक रूपमा तिनीहरू सबै अँधेरो, निष्क्रिय, र कमजोर थिए, र तिनीहरूलाई भेलाहरूमा सहभागी हुन मन लाग्दैनथ्यो। सहभागी हुने धेरैजसोले नियम मात्रै पालन गरिरहेका हुन्थे, र कुराकानीको मुख्य विषय परिवार, काम, र यस्तै कुरा हुन्थे। म अन्योल थिएँ। पहिले पवित्र आत्‍माको अगुवाइ पाएको मण्डली कसरी यस्तो बन्‍न सक्यो मलाई थाहै थिएन, तर यसको मूल कारणड वा समाधान पनि मलाई थाहा थिएन। मैले प्रभुको शिक्षा पालन गर्नुपर्छ र प्रभुको आगमनको प्रतीक्षा गर्नुपर्छ भन्‍ने मात्रै थाहा थियो।

दुई वर्षपछि, धेरैभन्दा धेरै मानिसहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनाए। तिनीहरू भन्थे, “प्रभु येशूले भन्नुभयो, ‘खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि त्यो तिमीहरूको निम्ति खोलिनेछ(मत्ती ७:७)। हामीले खोजी र अनुसन्धान गरेपछि मात्रै कुनै मार्ग साँचो हो, होइन भनेर थाहा पाउन सक्छौँ। हामीले खोजी गरेनौँ भने, कसरी प्रभुलाई स्वागत गर्न सक्छौँ?” त्यो बेला, मलाई तिनीहरूको कुरा सही लाग्यो, तर झूटा ख्रीष्टहरूको छलमा पर्छु भन्‍ने डरले, मैले यो निर्णय गरेँ, “प्रभु नयाँ काम गर्न आउनुभएको छ भनेर प्रचार गर्ने कसैको कुरा म सुन्दिनँ।” अनि त्यसरी नै मैले हरदिन चोरहरूप्रति सचेत रहेझैँ सतर्क भएर बिताउन थालेँ। प्रचारकहरू आइरहेका देखेँ भने म लुक्थेँ, तर सधैँझैँ तिनीहरू सुसमाचार प्रचार गर्न मेरो घर आउँथे। म सोच्थेँ, “मैले जति इन्कार गरे पनि, तिनीहरू आउँछन्। कसरी तिनीहरूमा यति धेरै विश्‍वास र प्रेम हुन सक्छ?” मलाई अलि आत्मधिक्‍कार महसुस हुन्थ्यो। तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्थे, र पनि म तिनीहरूसँग यस्तो व्यवहार गर्थेँ। यो प्रभुको इच्‍छाअनुरूप थिएन। तर फेरि, हाम्रा अगुवाहरूले हामीलाई पूर्वीय ज्योतिका प्रवचनहरू सुन्‍नु हुँदैन भनेर बारम्‍बार भनेका थिए। यदि म छलमा परे, प्रभुमा विश्‍वास गर्दै मैले वर्षौंसम्‍म भोगेको कष्ट व्यर्थ हुन्थ्यो। मैले प्रभुको मार्ग पालन गर्नुपर्थ्यो र अर्को सुसमाचार कहिल्यै स्विकार्नु हुँदैनथ्यो। प्रचार गर्न जोसुकै आए पनि, मैले सुन्‍नु हुँदैनथ्यो। त्यसैले मैले पूर्वीय ज्योतिका प्रवचनहरूको खोजी वा अनुसन्धान कहिल्यै गरिनँ।

पछि, मेरो मण्डलीका ब्रदर-सिस्टरहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्विकारे, मेरी श्रीमतीले समेत स्विकारिन्। तिनीहरूले प्रायः मलाई भनिरहन्थे, प्रभु येशूमा विश्‍वास गर्नु परमेश्‍वरको छुटकाराको काम मात्र स्विकार्नु हो। यदि परमेश्‍वरको आखिरी दिनहरूको काम नपछ्याउने हो भने, हामीले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गरेका हुँदैनौँ, र हामीले थुमाका पाइलाहरू पछ्याएका हुँदैनौँ। म छक्‍क परेँ। यी वर्षहरूमा, मण्डली झन्झन् उजाड बनेको थियो, धेरै मानिसहरू नकारात्मक र कमजोर भई तिनीहरूको विश्‍वास सेलाएको थियो, सहकर्मीहरूसमेत भेलाहरूमा आउँदैनथे, र मण्डलीमा पवित्र आत्‍माको काम आउन छोडेको थियो। तर सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका मानिसहरू मलाई सुसमाचार सुनाइरहेका थिए, र मैले जति नै तिनीहरूलाई इन्कारे पनि, तिनीहरू आउँथे। पवित्र आत्‍माको कार्य नभएको भए, तिनीहरूमा कसरी यति ठूलो प्रेम र धैर्यता हुन सक्थ्यो? के पूर्वीय ज्योति साँच्‍चै नै परमेश्‍वरको काम हो? वास्तविकता बुझ्‍नको लागि, म मेरी श्रीमती घरमा नहुँदा कसैले नदेखी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्थेँ। एक दिन, मैले यो खण्ड भेटेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “येशूमा विश्‍वास गर्ने कसैले पनि अरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै नै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृढ निश्‍चयता र बाइबलअनुरूप छ, त्यसकारण तैँले यी वचनहरूको १०,००० औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। अझै पनि म तँलाई नम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदर हुँदा पनि तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, र तिनीहरू जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)। सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढेपछि, मेरो हृदयमा हलचल मच्‍चियो। यस सत्य थियो। प्रभुको विश्‍वासीको रूपमा, ममा खोजी गर्ने तर्कशक्ति, साथै नम्रता हुनुपर्थ्यो। कसैलाई आलोचना गर्न वा दोष दिन म योग्य थिइनँ। वर्षौँदेखि, धेरै मानिसहरूले मलाई सुसमाचार सुनाएका थिए, र परमेश्‍वरले नयाँ चरणको काम गरिरहनुभएको गवाही दिएका थिए, तर मैले यसलाई स्विकारिनँ, र ममा खोजी गर्ने विनम्रताको पूर्ण कमी थियो। यो मेरा धारणाहरूसँग मिले पनि नमिले पनि, मैले नम्रतासाथ खोजी गर्नुपर्थ्यो। यी वचनहरूमध्ये दश हजारमा एउटै मात्रै बाइबलअनुरूप भए पनि, मैले दश हजारको यो एक भागलाई खोजी र अनुसन्धान गर्नुपर्थ्यो, यसलाई इन्कार्नु हुँदैनथ्यो। मेरी श्रीमतीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेपछि तिनको स्थितिमा ठूलो परिवर्तन आएकोबारे पनि मैले सोचेँ। उनी हरदिन सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्थिन्, र सक्रिय भई भेलामा सहभागी हुने र सुसमाचार प्रचार गर्ने गर्थिन्। मलाई म गलत पो छु कि भन्‍ने लाग्‍न थाल्यो। के सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ? मैले अर्कोपटक कसैले मलाई सुसमाचार सुनाए, इन्कार नगर्ने निर्णय गरेँ।

एक दिन, ब्रदर लिन मुगुवाङ मलाई फेरि सुसमाचार प्रचार गर्न आए। त्यो बेला, तिनले मलाई सोधे, “अहिले तपाईंको आत्मिक स्थिति कस्तो छ?” मैले विवश हुँदै भनेँ, “मेरो आत्मा अन्धकारमा छ, म प्रवचन सुनाउन सक्दिनँ, र मेरा ब्रदर-सिस्टरहरूले भरणपोषण प्राप्त गर्न सक्दैनन्। प्रभुले हामीलाई स्वर्गको राज्यमा लैजाने दिन कुर्नेबाहेक मसँग कुनै विकल्‍प छैन।” मगुवाङनले भने, “प्रभु येशूले भन्नुभयो, ‘मैले दिने पानी जसले पिउँछ ऊ कहिल्यै तिर्खाउनेछैन; तर मैले उसलाई दिने पानी अनन्‍त जीवनमा उम्रिनिस्कने पानीको इनार हुनेछ(यूहन्‍ना ४:१४)। परमेश्‍वर अटुट र अपार जीवनको स्रोत हुनुहुन्छ। प्रभुका विश्‍वासीहरूले जिउँदो पानीको मुहानबाट पिएर तृप्त हुनुपर्छ, तर अहिले, तपाईंको प्रचारमा कुनै नयाँ ज्योति छैन, र ब्रदर-सिस्टरहरू आत्मिक रूपमा तृषित, निष्क्रिय, र कमजोर छन्। मण्डलीमा पवित्र आत्‍माको काम प्राप्त हुन छोडेको छ भन्‍ने स्पष्ट छ। अनि, के तपाईंले प्रभुको पुनरागमन कुर्नु उहाँको इच्‍छाअनुरूप छ? प्रभुले तपाईंलाई त्याग्‍नुहुन्‍न भनेर तपाईं पक्‍का हुनुहुन्छ?” मुगुवाङका प्रश्‍नहरूले मलाई अवाक् तुल्याए। यसरी प्रभुको प्रतीक्षा गर्नु सही होइन रहेछ, तर मैले प्रभु येशूका शिक्षाहरू पनि पालन गरिरहेको थिएँ। त्यसैले मैले भनेँ, “बाइबलले स्पष्ट रूपमै भन्छ, ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। यी दुई पदले हामीलाई स्पष्टसित भन्छन्, आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्नेछन्, र प्रभु आउनुभएको छ भन्‍ने कुनै पनि दाबी झूटो हो। मैले त प्रभुका शिक्षाहरू पालन गरिरहेको छु। अरूले मलाई प्रभुको पुनरागमनबारे प्रचार गर्दा मैले अनुसन्धान नगरेको तथ्यमा कुनै समस्या छ?” मुगुवाङले भने, “प्रभु येशूले आखिरी दिनहरूमा फेरि आउनेछु भनेर स्पष्टै भन्‍नुभएको छ, तर प्रभु आउनुभएको दाबी गलत हो भनेर तपाईं भन्‍नुहुन्छ। के यो प्रभुका वचनहरूलाई इन्कार्नु, र आखिरी दिनहरूको उहाँको पुनरागमनलाई इन्कार र निन्दा गर्नु होइन र? हामी आखिरी दिनहरूमा हुने प्रभुको पुनरागमनबारे विचार गरौँ। झूटा ख्रीष्टहरू देखा पर्छन्, त्यसैले यसको अर्थ ख्रीष्‍ट अवश्य नै आउनुहुनेछ। प्रभु येशू देहधारी भई आउनुहुँदा, यदि हामी अन्धाधुन्ध झूटा ख्रीष्टहरूप्रति सचेत हुन्छौं, र सुन्‍न वा पढ्न इन्कार गर्छौँ भने, के हामीले प्रभु येशूलाई ढोका बन्द गरिरहेका हुँदैनौँ र? त्यसरी हामीले प्रभुलाई कसरी स्वागत गर्न सक्छौं? आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्ने तथ्यको कारण, छलमा पर्छु भनेर डर मानेर मात्र हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा साँचो ख्रीष्‍ट र झूटा ख्रीष्टहरूबीच भिन्‍नता छुट्याउन सिक्‍नु हो। यसले तपाईंलाई झूटा ख्रीष्टहरूको छलमा पर्नबाट बचाउनेछ।” एकदम सही हो। तिनीहरूलाई चिन्‍न सिक्‍नु नै महत्त्वपूर्ण कुरा हो!

यो सुनेपछि मेरो हृदय उज्यालो भयो। तिनको सङ्गति अर्थपूर्ण थियो। यदि म अन्धाधुन्ध झूटा ख्रीष्टहरूप्रति सतर्क र भयभीत भएँ, र मैले सुन्‍न र खोजी वा अनुसन्धान गर्न मानिनँ भने, र सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भने, के मैले स्वर्गको राज्यमा प्रवेश गर्ने मौका गुमाउँथिनँ र? त्यसैले मैले तुरुन्तै सोधेँ, “त्यसो भए, झूटा ख्रीष्टहरूलाई कसरी चिन्‍न सकिन्छ?” मुगुवाङले भने, “बाइबलको अगमवाणी प्रभु येशूले मानिसहरूलाई दिनुभएको चेतावनी हो। आखिरी दिनहरूमा, मानिसहरूलाई छल्न झूटा ख्रीष्टहरू देखा पर्नेछन्, तर प्रभु येशूले हामीलाई मान्छे चिन्‍ने एउटा महत्त्वपूर्ण सिद्धान्त बताउनुभएको छ, त्यो के हो भने झूटा ख्रीष्टहरूले चिन्‍ह र अचम्‍मका कामहरू देखाई मानिसहरूलाई छल्छन्। त्यसैले आखिरी दिनहरूमा ख्रीष्‍ट आश्‍चर्यकर्महरूविनै आउनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुनुपर्छ, किनकि परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ, यो कहिल्यै पुरानो हुँदैन, र कहिल्यै दोहोरिँदैन। यो सधैँ नयाँ र उच्‍च काम हुन्छ। आखिरी दिनहरूमा ख्रीष्‍ट न्यायको काम गर्न र मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिनको लागि सत्यता व्यक्त गर्न आउनुहुन्छ। तर झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरूमा परमेश्‍वरको सार हुँदैन। तिनीहरू सबै दुष्टात्‍माहरू हुन्। त्यसैले, तिनीहरूसँग कुनै सत्यता हुँदैन, र तिनीहरूले सत्यता व्यक्त गर्न सक्दैनन्। तिनीहरूले मानिसहरूलाई छल्न प्रभुको नक्‍कल गर्न र आश्‍चर्यकर्महरू देखाउन मात्रै सक्छन्। हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा खण्ड पढ्यौँ भने यो कुरा बुझ्छौँ। ‘वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएका येशू मै हुँ भनी दाबी गर्छ भने, यो त येशूलाई नक्‍कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। … मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ’(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु)। मुगुवाङले फेरि भने, “सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन अत्यन्तै स्पष्ट छन्। आश्‍चर्यकर्महरू गर्दै, बिरामीहरू निको पार्दै, र भूतहरू धपाउँदै आफूलाई फर्किआएका प्रभु येशू हुँ भनी दाबी गर्नेहरू अवश्य नै झूटा ख्रीष्टहरू हुन्, किनकि प्रभु येशूले पहिले नै त्यस्तो काम गरिसक्‍नुभएको छ, र परमेश्‍वरको काम कहिल्यै दोहोरिँदैन। प्रभु येशू काम गर्न आउनुहुँदा, उहाँले व्यवस्थाको युगको काम दोहोर्‍याउनुभएन। बरु, परमेश्‍वरको मुक्तिको कामको योजना, र मानवजातिका आवश्यकताअनुसार, उहाँले छुटकाराको काम गर्नुभयो। उहाँलाई मानवजातिको अनन्त पापबलिको रूपमा क्रूसमा टाँगियो, यसरी उहाँले मानवजातिलाई पापबाट छुटकारा दिनुभयो, व्यवस्थाको युग अन्त्य गरी अनुग्रहको युग सुरुवात गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वरले देहमा देखा परी काम गर्नुहुन्छ, र कुनै पनि चिन्‍ह र अचम्‍मका कामहरू हुनेछैनन्। प्रभु येशूको कामको जगमा रही, उहाँले अझै उच्‍च र गहन कामको चरण, आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ, र यसमा उहाँले मानिसहरूको पापको न्याय र शु्द्धीकरण गर्न सत्यता व्यक्त गर्नुहुन्छ, हामीलाई पापबाट पूर्णमुक्त गर्नुहुन्छ, ताकि हामी परमेश्‍वरकहाँ फर्की उहाँको राज्यमा जान सकौँ। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायले अनुग्रहको युग अन्त्य गरी राज्यको युग सुरु गर्छ। यो काम प्रभु येशूको छुटकाराको कामभन्दा फरक छ, र यो दोहोरिँदैन। यसबाट, हामीले परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ, कहिल्यै पुरानो हुँदैन भन्‍ने देख्‍न सक्छौँ। परमेश्‍वरको कामको सबैभन्दा स्पष्ट विशेषता, अर्थात् नवीनता यही हो। आफ्‍नो कामको हर चरणमा, परमेश्‍वरले नयाँ वचन व्यक्त गर्नुहुन्छ, नयाँ युग सुरु गर्नुहुन्छ, र मानिसहरूलाई त्यस युगसुहाउँदो मार्ग र अभ्यासको दिशा देखाउनुहुन्छ, ताकि मानिसहरू चरणबद्ध रूपमा पापमुक्त हुन र परमेश्‍वरको राज्यमा ल्याइन सकून्। यसविपरीत, झूटा ख्रीष्टहरूले सत्यता व्यक्त गर्न वा नयाँ काम गर्न कदापि सक्दैनन्, र निश्‍चय नै मानिसहरूलाई धुन वा मुक्ति दिन पनि सक्दैनन्। तिनीहरूले प्रभु येशूले गर्नुभएको कामको नक्‍कल मात्र गर्दै मानिसहरूलाई छल्न ससाना चिन्‍ह र अचम्‍मका कामहरू देखाउँछन्। सत्यताको यो पक्ष बुझेर हामी यो सिद्धान्तमा पोख्त भएपछि, झूटा ख्रीष्टहरूको छलमा पर्छु भनेर डराउनु जरुरी छैन।”

मुगुवाङको सङ्गति सुनेर, मैले अचानक के महसुस गरेँ भने, “परमेश्‍वरको कामको विशेषता नै नवीनता हो। हो। परमेश्‍वरले व्यवस्थाको युगमा र अनुग्रहको युगमा गर्नुभएका काम पूरै फरक थिए। एउटामा, उहाँले मान्छेलाई पृथ्वीमा जिउन डोर्‍याउनुभयो र तिनीहरूलाई व्यवस्था र आज्ञाहरू पालन गर्न सिकाउनुभयो, र अर्कोमा, उहाँ सारा मानवजातिलाई छुटकारा दिन क्रूसमा टाँगिनुभयो। परमेश्‍वरको आखिरी दिनहरूको काम प्रभु येशूले गर्नुभएको कामभन्दा अवश्य फरक छ। यो नयाँ विन्दुबाट सुरु गरिएको नयाँ काम हो। यो सङ्गति अत्यन्तै स्पष्ट छ।” त्यस बेला, मैले मन खोलेर तिनलाई भनेँ, “तपाईंको सङ्गति अत्यन्तै व्यावहारिक छ, र म अब यो कुरा राम्ररी बुझ्‍न सक्छु। झूटा ख्रीष्टहरूले नयाँ काम गर्न सक्दैनन्, तिनीहरूले मानिसहरूलाई छल्न चिन्‍ह र अचम्‍मका कामहरू देखाउँदै परमेश्‍वरको विगतको काम मात्रै नक्‍कल गर्न सक्छन्। तर मैले अझै पनि एउटा कुरा बुझेको छैनँ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै आखिरी दिनहरूका ख्रीष्‍ट, फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनी हामी कसरी निश्‍चित हुन सक्छौँ?”

मुगुवाङले खुशी हुँदै भने, “तपाईंको प्रश्‍न राम्रो छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले हाम्रा सबै अन्योल हल गर्न सक्छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढेमा हामीले यो कुरा बुझ्‍नेछौँ।” सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त मानिसको माझमा आफ्‍नो काम अघि बढाउने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन दिन सक्‍ने देह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचन पढेपछि, मुगुवाङले यसो भन्दै सङ्गति दिए, “सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ कि हुन्‍न भनेर निर्धारित गर्न, हामीले बाह्य रूपलाई होइन, सारलाई हेर्नुपर्छ। जब स्वर्गका परमेश्‍वर पृथ्वीमा आएर साधारण देह धारण गरी मानव बन्‍नुहुन्छ, र मानिसहरूमाझ देखा परी काम गर्नुहुन्छ, तब उहाँ ख्रीष्ट हुनुहुन्छ। बाह्य रूपमा, ख्रीष्‍ट साधारण र सामान्य व्यक्ति हुनुहुन्छ, उहाँको दैनिक जीवन सामान्य व्यक्तिको झैँ हुन्छ, साथै उहाँमा सामान्य व्यक्तिका झैँ सुख र दुःख हुन्छन्। आनन्ददायी कुराले उहाँलाई खुशी पार्छ र चोट पुर्‍याउने कुराले दुःखी पार्छ। तर ख्रीष्‍ट जति नै साधारण र सामान्य देखिनुभए पनि, उहाँको जीवनको सार मानवको भन्दा पूर्ण फरक हुन्छ। ख्रीष्ट परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्छ, ख्रीष्‍टभित्र परमेश्‍वरका आत्मा वास गर्नुहुन्छ, र ख्रीष्‍ट पूरै ईश्‍वरीय हुनुहुन्छ, त्यसैले कुनै पनि बेला उहाँले सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, उहाँले मानव भ्रष्टतालाई खुलासा र चिरफार गर्न सक्‍नुहुन्छ, उहाँले मानिसहरूलाई आफ्‍ना पाप त्यागी परमेश्‍वरको मुक्ति पाउने मार्ग र दिशा देखाउन सक्‍नुहुन्छ, र उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन सक्‍नुहुन्छ। परमेश्‍वरले जे व्यक्त र प्रकट गर्नुहुन्छ, त्यो परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो हो, र उहाँले परमेश्‍वर स्वयम्‌को काम गर्नुहुन्छ। यी कुराहरू कुनै पनि मानवले पाउन वा हासिल गर्न सक्दैन। अनुग्रहको युगमा, जब परमेश्‍वर पहिलोपटक देहधारी हुनुभयो, बाह्य रूपमा, उहाँ साधारण परिवारमा जन्‍मेका साधारण र सामान्य व्यक्ति हुनुहुन्थ्यो, उहाँसित सामाजिक हैसियत वा उच्‍च र आदर्श छवि थिएन, तर प्रभु येशूको सार परमेश्‍वर नै थियो। उहाँले हामीलाई स्वर्गीय राज्यको सुसमाचार र पश्‍चात्तापको मार्ग दिनुभयो, मानिसहरूलाई भरणपोषण र रेखदेख गर्न उहाँले कुनै पनि क्षण र कुनै पनि स्थानमा सत्यता व्यक्त गर्नुहुन्थ्यो, र अन्तिममा मानवजातिको लागि क्रूसमा टाँगिएर उहाँले सबै मानिसहरूलाई छुटकारा दिनुभयो, यसरी मानिसहरूको पाप क्षमा हुन सक्यो र मानिसहरू बाँच्‍न र विकसित भइरहन योग्य भए। प्रभु येशूका वचनहरू र कामबाट हामी उहाँ देहधारी परमेश्‍वर अर्थात् ख्रीष्ट हुनुहुन्थ्यो भनेर निश्‍चित हुन सक्छौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ कि हुन्‍न भनेर निर्धारित गर्न, हामीले उहाँका वचनहरू र कामलाई पनि हेर्नुपर्छ। आखिरी दिनहरूमा, प्रभु येशूको छुटकाराको कामको आधारमा करोडौँ वचनहरू व्यक्त गर्न र हजारौँ वर्षदेखि लुकेर रहेका बाइबलका रहस्यहरू प्रकट गर्न सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ, जस्तै देहधारण, कामका तीन चरणहरू, परमेश्‍वरका नामहरू, आदि इत्यादिका रहस्यहरू। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसलाई शैतानले गरेको भ्रष्टताको सार र सत्यताको पनि न्याय र खुलासा गर्नुहुन्छ, र पश्‍चात्ताप र परिवर्तनको मार्ग औँल्याउनुहुन्छ, जस्तै साँचो पश्‍चात्ताप कसरी हासिल गर्ने, सामान्य मानवतामा कसरी जिउने, परमेश्‍वरले कसलाई मन पराउनुहुन्छ र कसलाई घिनाउनुहुन्छ, कस्ता मानिसहरूलाई मुक्ति दिइन्छ र कस्तालाई हटाइन्छ, मानवजातिको अन्त्य र गन्तव्य, अनि राज्यको सुन्दरता। सर्वशक्तिमान् परमेश्‍वरले मानवजातिलाई मुक्ति पाउन चाहिने सबै सत्यताहरू व्याख्या गर्नुहुन्छ ताकि मानिसहरूले मार्ग भेट्न सकून्, शैतानको बन्धनबाट मुक्त भई स्वभाव परिवर्तन गर्न र परमेश्‍वरको मुक्ति पाउन सकून्। यसले प्रभु येशूको यो वचन पूर्ण रूपमा पूरा गर्छ, ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। प्रकाशको पुस्तकको यो अगमवाणी पनि पूरा गर्छ, ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश अध्याय २, ३)। विचार गरौँ त। भ्रष्ट मानवजातिमाझ कसले यी सबै सत्यता र रहस्यहरू प्रकट गर्न सक्थ्यो? मानिसहरूलाई पूरै शुद्ध पार्न र मुक्ति दिन कसले न्यायको काम गर्न सक्थ्यो? मानिसहरूको परिणाम निर्धारित गर्ने र तिनीहरूलाई सुन्दर गन्तव्य दिने क्षमता कोसँग छ? परमेश्‍वरबाहेक, कसैसँग पनि यो अख्‍तियार वा शक्ति छैन। हृदय र आत्मा भएकाहरू सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू पढेपछि विश्‍वस्त हुन्छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर हृदयदेखि नै निश्‍चित हुन्छन्। यसमा कुनै शङ्का छैन।” सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र कामले सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएका आखिरी दिनहरूका ख्रीष्‍ट हुनुहुन्छ भनेर पूर्ण प्रमाणित गर्छन्।

यी कुराहरू सुनेपछि मेरो हृदय उज्यालो भयो, अनि भावुक हुँदै, मैले ती ब्रदरलाई भनेँ, “तपाईंको सङ्गति सुनेपछि, अब म साँचो ख्रीष्‍ट र झूटा ख्रीष्टहरूबीच भिन्‍नता छुट्याउन सक्छु, र ख्रीष्‍ट को हुनुहुन्छ भनेर कसरी निर्धारित गर्ने मलाई थाहा भयो। ख्रीष्‍टमा परमेश्‍वरको सार हुन्छ, उहाँले सत्यता व्यक्त गर्न र परमेश्‍वरको काम गर्न सक्‍नुहुन्छ, र मानिसहरूलाई धुन र मुक्ति दिन सक्‍नुहुन्छ। तर झूटा ख्रीष्टहरू परमेश्‍वरका देहधारण होइनन् र तिनीहरूमा ईश्‍वरीय सार हुँदैन, त्यसैले तिनीहरू सत्यता व्यक्त गर्न वा मानिसहरूलाई मुक्ति दिने काम गर्न सक्दैनन्। तिनीहरू परमेश्‍वरको विगतको काम नक्‍कल गरी चिन्‍ह र अचम्‍मका कामहरू देखाउँदै मानिसहरूलाई छल्न मात्रै सक्छन्।” मैले यसो भनेको सुनेर, मुगुवाङले इमान्दारीपूर्वक भने, “परमेश्‍वर धन्यवाद! तपाईंले यसरी बुझ्‍न सक्‍नु साँच्‍चै नै परमेश्‍वरको कृपा र अनुग्रह हो। देहधारी परमेश्‍वर देखा परी काम गर्नुहुँदा, जति धेरै मानिसहरूले उहाँलाई इन्कारे पनि वा दोष दिए पनि, सम्पूर्ण मानवजातिले नै उहाँलाई इन्कारे पनि, उहाँ अझै परमेश्‍वर र ख्रीष्‍ट नै हुनुहुन्छ। झूटा ख्रीष्टहरूले आफूबारे जसरी गवाही दिए पनि, तिनीहरू झूटा हुन्छन्, र टिक्‍न सक्दैनन्।” वास्तविक कुरो झूटो हुन सक्दैन, र झूट वास्तविक हुन सक्दैन। यो कसैले पनि नकार्न नसक्‍ने तथ्य हो।

त्यसपछि, मुगुवाङले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड सुनाए, र त्यसले मलाई परमेश्‍वरका तीन चरणको कामको रहस्यबारे केही बुझ्‍न मद्दत गर्‍यो, र सर्वशक्तिमान्‌ परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर मलाई अझ विश्‍वस्त तुल्यायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “यहोवाको कामपछि, येशू मानिसहरूको माझमा आफ्‍नो काम गर्न देह बन्नुभयो। उहाँको काम एकलै गरिएको थिएन, तर यहोवाको कामको जगमाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगको निम्ति गरिएको काम थियो जुन परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्‍वर अर्को युगको लागि आफ्नो काम गर्न अघि बढ्नुभयो, किनकि परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्य सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिने नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, तब सधैँ नयाँ सुरुआत हुनु पर्दछ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसले जसरी उहाँको विरोध गरे पनि, परमेश्‍वरले सधैँ आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। मुगुवाङले सङ्गति गर्दै भने, “सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट थाहा हुन्छ कि मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामका तीन चरणहरू छन्। यी चरणहरू अलग्गै अस्तित्वमा रहँदैनन। हरेक चरणको काम अघिल्‍लो चरणको जगमा गरिन्छ, एकपछि अर्कोमा ती काम झन्झन् गहन र उच्‍च हुँदै जान्छन्, यसरी अन्त्यमा, मानिसहरू पापबाट पूर्ण मुक्त हुन्छन् र परमेश्‍वरको राज्यमा ल्याइन्छन्। व्यवस्थाको युगमा, परमेश्‍वरले मानवजातिलाई पृथ्वीमा जिउन अगुवाइ गर्न, मान्छेलाई पाप के हो र यहोवा परमेश्‍वरको आराधना कसरी गर्ने सो सिकाउन व्यवस्था जारी गर्नुभयो। अनुग्रहको युगमा, मान्छेलाई पश्‍चात्तापको मार्ग दिन परमेश्‍वर देह भई आउनुभयो, क्रूसीकरणको काम पूरा गरेर सारा मानवजातिलाई छुटकारा दिनुभयो, हाम्रो पाप क्षमा गर्नुभयो, र हामीलाई अनुग्रहद्वारा मुक्ति दिनुभयो अनि हामी व्यवस्थाद्वारा फेरि दोषी नठहराइने भयौँ। तर प्रभु येशूको काम छुटकाराको काम अर्थात् मानिसको पापक्षमाको काम मात्रै हो। हाम्रो पापी प्रकृति अझै जस्ताको त्यस्तै रहेको छ, र हामी अझै पापमा, शैतानको शक्तिको अधीनमा जिउँछौँ। राज्यको युगमा, सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, उहाँले मान्छेलाई पूरै शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्दै न्यायको काम गर्नुहुन्छ, ताकि हामी शैतानको प्रभावबाट मुक्त भई परमेश्‍वरको राज्यमा प्रवेश गर्न सकौँ। यसबाट, हामीले परमेश्‍वरको कामको हरेक चरण मानवजातिका आवश्यकताहरूमा आधारित हुन्छ भनी देख्‍न सक्छौँ। ती कहिल्यै दोहोरिँदैनन् वा एकअर्कासँग बाझिँदैनन्, र ती सबैले हामीलाई पापबाट पूर्ण मुक्ति दिन्छन्, ताकि हामी परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन सकौँ। कामका यी तीन चरणहरू मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजना हुन्। आखिरी दिनहरूको न्यायको काम परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तिम चरण हो। यदि मानिसहरूले आखिरी दिनहरूका ख्रीष्‍टको न्याय र शुद्धीकरण स्विकारेनन् भने, तिनीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्न कहिल्यै योग्य हुनेछैनन्।”

तिनको सङ्गति सुनेपछि, मेरो हृदय अझै बढी उज्यालो भयो। अहिले मलाई परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन तीन चरणका काम गर्नुहुन्छ भन्‍ने थाहा भयो। कामको हरेक चरण अघिल्‍लोभन्दा गहन हुन्छ, र तिनले अन्तिममा मान्छेलाई पापबाट मुक्ति दिन्छन्। यो सङ्गति बाइबल र तथ्यहरू दुवैसँग मिल्दो थियो। मैले प्रभुमा विश्‍वास गरेको धेरै वर्ष भएको थियो, तर त्यस्तो प्रवचन कहिल्यै सुनेको थिइनँ। कुनै पनि पाष्टर वा प्रचारकले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामबारे यति विस्तृतमा बताएको थिएन। मलाई मेरो अहङ्कार, अनि अगुवा र सहकर्मीहरूका भ्रममाथिको मेरो अन्धाधुन्ध भरोसाप्रति घृणा जाग्यो। मैले धेरै वर्षदेखि परमेश्‍वरको आखिरी दिनहरूको काम इन्कार गर्दै आएको थिएँ। म कति अज्ञानी रहेछु! यसरी त मैले प्रभुलाई स्वागत गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने मौका गुमाउँथे। त्यसैले, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्न जारी राख्‍ने निर्णय गरेँ। जानुभन्दा पहिले, मुगुवाङले मलाई परमेश्‍वरको वचनको एउटा पुस्तक दिए।

त्यसपछि, मैले उत्सुकतासाथ सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न थालेँ, र मैले धेरै सत्यता र रहस्यहरू बुझेँ, र मैले जति पढेँ त्यति नै मलाई सर्वशक्तिमान्‌ परमेश्‍वर फर्कनुभएका प्रभु येशू, देखा पर्नुभएका आखिरी दिनहरूका ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने विश्‍वास लाग्दै गयो। त्यहाँदेखि, मैले औपचारिक रूपमै सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम ग्रहण गरेँ। प्रभुलाई स्वागत गर्न पाउँदा म खुशी पनि र लज्‍जित पनि थिएँ। विगत केही वर्षदेखि, ब्रदर-सिस्टरहरूले मलाई बारम्‍बार सुसमाचार सुनाएका थिए, तर म जिद्दी थिएँ। मैले खोजी र अनुसन्धान गर्नु त कता हो कता, तिनीहरूलाई शत्रुसमेत मानेँ। मैले मण्डलीको ढोका थुनी अरूलाई प्रभुको आवाज सुन्‍न र उहाँलाई स्वागत गर्नबाट समेत रोकेँ। मैले दुष्कर्म गरिरहेको थिएँ! प्रभु येशूले देखा परेर काम गर्न थाल्‍नुहुँदा, प्रभुलाई पछ्याउनबाट विश्‍वासीहरूलाई रोक्‍न फरिसीहरूले प्रभु येशूलाई विरोध र दोषारोपण गर्ने हरप्रकारका भ्रमहरू फैलाए। मैले गरेको काम फरिसीहरूको भन्दा फरक थिएन। म परमेश्‍वरको श्राप र दण्ड पाउन साँच्‍चै लायक थिएँ। तर परमेश्‍वरले मेरा अपराधहरू सम्‍झनुभएन, र मलाई सुसमाचार सुनाउन बारम्‍बार ब्रदर-सिस्टरहरूलाई पठाउनुभयो, र अन्ततः मैले परमेश्‍वरको आवाज सुनेँ। मप्रतिको परमेश्‍वरको प्रेम र कृपा अत्यन्तै महान् थिए! ममा विवेक र समझशक्ति हुनुपर्थ्यो, र मैले प्रभुको पुनरागमनको तृष्णा गर्ने तर अफवाहहरूको छलमा परेकाहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउनुपर्थ्यो, ताकि मैले तिनीहरूलाई परमेश्‍वरको घरमा ल्याई परमेश्‍वरको हृदयलाई सान्त्वना दिन सकूँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कलेजो क्यान्सरबाट सिकेका पाठहरू

लि योङ्ग, चीनम इसाई भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धेरै पटक पक्राउ परेँ तर मैले कहिल्यै प्रभुलाई विश्‍वासघात गरिनँ। मैले केही...

मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्