जब प्रभु येशू फेरि आउनुहुन्छ, हामी कसरी थाहा पाउन सक्छौं?

21 फेब्रुअरी 2021

शिनजीद्वारा

चारवटा ब्लड मुनहरू देखा परेका छन्, र भूकम्प, अनिकाल र महामारीजस्ता विपत्तिहरू बढ्नु सामान्य भएका छन्। प्रभुको पुनरागमनका अगमवाणीहरू मुख्यत: पूरा भइरहेका छन्, र कसै-कसैले उहाँ अघिबाटै आइसक्नुभएको छ भनी खुल्लमखुल्ला अनलाइनमा गवाही दिएका छन्। केही भाई-बहिनीहरू अलमल्ल परेका छन्, किनकि बाइबलमा यो स्पष्टसँग लेखिएको छः “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ(मत्ती २४:३६)। प्रभु फर्केर आउनुभएको छ भनी तिनीहरू कसरी जान्दछन्? के उहाँ साँच्चै फर्कनुभएको छ? उहाँलाई स्वागत गर्न सक्नका निम्ति हामीले के गर्नुपर्छ? आउनुहोस्, यही प्रश्नमा हामी एकसाथ सङ्गति गरौं।

तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ”—यसको अर्थ के हो?

यस बाइबल पदको आधारमा केही भाई-बहिनीहरू विश्वास गर्छन्, “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ,” जब प्रभु फर्कनुहुन्छ, त्यो कसैलाई पनि थाहा हुनेछैन। यसैले प्रभुको पुनरागमनको खबर फैलाउने मानिसहरूका दाबीहरूलाई तिनीहरूमध्ये कसैले पनि विश्वास वा विचार गर्दैनन्। के यो साँच्चै सही बुझाइ हो, वा होइन? के यो प्रभुको इच्छासँग मेल खान्छ? प्रभु येशूले एक पटक अगमवाणी गर्नुभयो, “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। धर्मशास्त्रका यी पङ्क्तिहरूबाट हामी देख्न सक्छौं कि आखिरी दिनहरूमा प्रभु फर्कनुभएपछि, उहाँले आफ्ना वचनहरूद्वारा हाम्रो ढोका ढकढक्याउनुहुनेछ, र हामीलाई बाहिर आएर “दुलहा आउँदैछन्” भन्ने मानवीय पुकारसहित उहाँलाई अभिवादन गर्न लाउनुहुनेछ। कोही मानिसहरू छन् जसले हामीलाई प्रभुको आगमनको समाचार बताउँछन्, यसले यही देखाउँदछ कि जब उहाँ आउनुभएको हुन्छ तब उहाँले निश्चय मानिसहरूलाई जानकारी दिनुहुन्छ। स्पष्ट छ “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ” लाई प्रभुको आगमनपछि कसैले पनि जान्दैन भनी बुझ्नु पूर्ण रूपमा गलत हुन्छ।

त्यसैले, हामीले धर्मशास्त्रको यो खण्डलाई कसरी सही प्रकारले व्याख्या गर्नुपर्दछ? हामी यी पदहरूलाई एकसाथ जोड्न सक्छौं: “अब अञ्‍जीरको रूखको दृष्टान्तबाट सिक; जब त्यसका हाँगा कलिला हुन्छन् र पातहरू निस्कन्छन्, ग्रीष्म ऋतु नजिक छ भनी तिमीहरू थाहा पाउँछौ: त्यसकारण यसरी नै तिमीहरूले पनि जब यी सबै कुराहरू देख्नेछौ, यो नजिकै छ, ढोकैमा समेत छ भनी जान। साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुराहरू पूरा नहोउञ्‍जेलसम्म यो पुस्ता बित्नेछैन। स्वर्ग र पृथ्वी बित्नेछन्, तर मेरा वचनहरू बित्नेछैनन्। तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ(मत्ती २४:३२-३६)। “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(मत्ती २४:४४)। अनि प्रकाश ३:३ ले भन्छ, “त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु र म कुन समय तिमीहरूकहाँ आउनेछु तिमीहरूले थाहा पाउनेछैनौ।” यी खण्डहरूले हामीलाई प्रभुको पुनरागमनको बारेमा बताउन शुभ-अशुभ संकेतहरू प्रयोग गर्छन्। तिनीहरूले भन्छन् कि “मानिसको पुत्र” “चोर आएझैं आउनेछन्।” साँच्चै “मानिसका पुत्र” ले देहधारी परमेश्वरलाई जनाउँछ; आत्मिक शरीरलाई मानिसको पुत्र भन्न सकिंदैन। केवल प्रभु येशूजस्तो कोही व्यक्ति­ परमेश्वरका आत्मा धारण गर्नुभएको शरीरलाई, जो अति व्यावहारिक काम गर्न मानिसहरूका माझमा आउनु भएको छ, जोसँग सामान्य मानवता छ­ उहाँलाई मानिसको पुत्र भन्न सकिन्छ। “चोरझैं” कोअर्थ लुकेर अनि गोप्य रूपमा आउनु हो भन्ने हुन्छ। यसबाट यो प्रस्ट हुन्छ कि प्रभुको पुनरागमन हुँदा उहाँ मानिसका पुत्रको रूपमा देहमा गोप्य रूपमा ओर्लनुहुनेछ। उहाँ गोप्य रूपमा ओर्लनुहुने भएकोले हामी उहाँलाई सजिलै चिन्न सक्दैनौं, किनकि परमेश्वर देहधारी शरीरको रूपमा देखा पर्नुहुने दिन र घडी सबैका निम्ति अज्ञात छ। अर्थात्, “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ,” भन्नुको अर्थ प्रभुको पुनरागमनको सठिक समय कसैले पनि जान्दैन। तापनि, उहाँ बोल्न र काम गर्न आउनुभएपछि त्यहाँ निश्चित रूपमा केही मानिसहरू हुनेछन् जसले यो थाहा पाउनेछन्, र हामी जाग्नु पर्ने बेला यही नै हो। जब हामी मानिसहरूले प्रभुको पुनरागमनको बारेमा सुसमाचार फैलाइरहेका सुन्छौं, हामीले खोज्नुपर्छ र अनुसन्धान गर्नुपर्छ; तब मात्र हामी प्रभुलाई स्वागत गर्न सक्छौं र उहाँको साथमा खान सक्छौं। तापनि, अहिले हामी जागेका छैनौं भन्ने मात्र होइन तर अरूले प्रभुको पुनरागमनको खबर फैलाएको सुनेर हामी त्यसको खोजी वा अनुसन्धान गर्दैनौं। त्यसो गरेर, के हामीले प्रभुको इच्छालाई गलत प्रकारले बुझेका छैनौं? आउनुहोस्, हामी परमेश्वरका वचनहरूका केही थप खण्डहरू पढौं, र हामी धर्मशास्त्रका यी खण्डहरूको बुझाई प्राप्त गर्नेछौं।

सर्वशक्तिमान् परमेश्वरले भन्नुभएको छ: “मिर्मिरे उषासँगै, मानवजातिका भिडहरूलाई थाहै नभई, परमेश्‍वर पृथ्वीमा आउनुभयो र आफ्नो जीवन देहमा सुरु गर्नुभयो। यस क्षणको आगमनको बारेमा मानिसहरू अनभिज्ञ थिए। शायद तिनीहरू गहिरो निद्रामा थिए; शायद सजग रहेर जागा रहेका धेरैले पर्खिरहेका थिए र शायद धेरैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चुपचाप प्रार्थना गरिरहेका थिए। तैपनि, यति धेरै मानिसहरूमाझ, एक जनालाई पनि परमेश्‍वर पहिले नै पृथ्वीमा आउसक्नुभयो भन्‍ने कुरा थाहै भएन।(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (४))। “सुरुमा, जब येशूले आफ्‍नो सेवकाइलाई आधिकारिक रूपमा सुरु गर्न बाँकी नै थियो, उहाँलाई पछ्याउने चेलाहरूजस्तै उहाँ पनि कहिलेकहीँ मन्दिरका भेलाहरूमा जानुहुन्थ्यो, र भजनहरू गाउनुहुन्थ्यो, प्रशंसा चढाउनुहुन्थ्यो, र पुरानो करार पढ्नुहुन्थ्यो। उहाँ बप्तिस्मा लिएर बाहिर निस्‍कनुभएपछि, आत्मा आधिकारिक रूपमै उहाँमाथि आउनुभयो र उहाँको पहिचान र उहाँले लिनुपर्ने सेवकाइलाई प्रकट गर्दै काम गर्न थाल्‍नुभयो। यसभन्दा पहिले, कसैले पनि उहाँको पहिचान जानेको थिएन, र मरियम बाहेक, यूहन्‍नालाई समेत थाहा थिएन। बप्तिस्मा लिनुहुँदा येशू २९ वर्षको हुनुहुन्थ्यो। उहाँको बप्तिस्मा पूरा भइसकेपछि, आकाश खोलिए, अनि एउटा आवाजले भन्यो: ‘यो मेरो प्रिय पुत्र हो, जसमा म अति प्रसन्न छु।‘ येशूले बप्तिस्मा लिनुभएपछि, पवित्र आत्माले यसरी उहाँको गवाही दिन थाल्‍नुभयो। २९ वर्षको उमेरमा बप्तिस्मा लिनुभन्दा पहिले, खाने बेलामा खाने, सामान्य रूपमै सुत्‍ने र वस्‍त्र लगाउने जस्ता कार्य गर्दै उहाँले सामान्य व्यक्तिको जीवन जिउनुभयो, अनि उहाँको बारेमा केही पनि अरूभन्दा फरक थिएन, यद्यपि यो मानिसको देहको नजरको लागि मात्रै थियो। … उहाँको बप्तिस्मा हुनुभन्दा पहिले उहाँले के गर्नुभयो त्यसको बारेमा बाइबलले विवरण दिँदैन किनभने उहाँले बप्तिस्मा लिनुभन्दा पहिले यो काम गर्नुभएन। उहाँ एक साधारण मानिस मात्रै हुनुहुन्थ्यो र सामान्य मानिसको प्रतिनिधित्व गर्नुभयो; येशूले आफ्‍नो सेवकाइ गर्न सुरु गर्नुभन्दा पहिले, उहाँ सामान्य मानिसहरूभन्दा फरक हुनुहुन्‍नथियो, र अरूले उहाँमा कुनै भिन्‍नता देख्‍न सक्दैनथिए। उहाँ २९ वर्ष पुग्‍नुभएपछि मात्रै उहाँ परमेश्‍वरको कार्यको एउटा चरण पूरा गर्न आउनुभएको हो भन्‍ने येशूलाई थाहा भयो; त्योभन्दा पहिले, उहाँ स्वयमलाई यो थाहा थिएन, किनभने परमेश्‍वरले गर्नुभएको कार्य अलौकिक थिएन।(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा)

हामी सर्वशक्तिमान् परमेश्वरका वचनहरूबाट देख्न सक्छौं कि परमेश्वर देहधारी शरीरको रूपमा कहिले पृथ्वीमा ओर्लनुहुन्छ भनी कसैले पनि जान्दैन; मानिसको पुत्रलाई पनि थाहा छैन। केवल परमेश्वरको आत्माले मात्र यो जान्नुहुन्छ। तापनि, जब परमेश्वरले उहाँको आफ्नो काम गर्न थाल्नुहुन्छ, पवित्र आत्माले देहधारी परमेश्वरको कामको गवाही दिनुहुन्छ, र त्यसपछि परमेश्वरका अनुयायीहरूलाई सुसमाचार प्रचार गर्न प्रयोग गर्नुहुन्छ; तब मानिसहरूले यो बिस्तारै थाहा पाउँछन्। यो सुरुमा भएको जस्तै हुन्छ, मसीहको आगमनबारे भविष्यवाणी गर्न यहोवा परमेश्वरले एक जना अगमवक्तालाई प्रयोग गर्नुभयो, तर मसीह कहिले वा कहाँ आउनुहुनेछ भन्ने कुरा यहोवालाई मात्र थाहा थियो। जब प्रभु येशू काम गर्न देहमा फर्कनुभयो, त्यसबेला उहाँ आफैलाई पनि उहाँ मसीह हुनुहुन्छ, उहाँ छुटकारा दिने काम गर्न आउनुभएको हो भनी थाहा थिएन। उहाँले सामान्य मानिसजस्तो साधारण जीवन जिउनुभयो। अन्य मानिसहरूलाई पनि प्रभु येशू ख्रीष्ट, देहधारी परमेश्वर स्वयम् हुनुहुन्छ भनी थाहा थिएन। प्रभु येशूको बप्तिस्मापछि पवित्र आत्माले उहाँको साक्षी दिन थाल्नुभयो र प्रभु येशूले मानव पश्चात्तापका निम्ति मार्ग व्यक्त गर्न थाल्नुभयो, परमेश्वरका चिह्नहरू र चमत्कारहरू देखाउनुभयो, र बिरामीहरूलाई निको पार्नुभयो र भूतहरू निकाल्नुभयो। केही मानिसहरूले प्रभु येशू नै मसीह हुनुहुन्छ भनी बिस्तारै चिन्न थाले। पत्रुस र यूहन्नाले जस्तै जस-जसले पहिले प्रभु येशूको छुटकाराको कामलाई ग्रहण गरे, तिनीहरू प्रभुको सुसमाचार फैलाउँदै सबै ठाउँतिर जान थाले। यसरी प्रभुको मुक्ति धेरैभन्दा धेरै मानिसहरूले थाहा पाए, र यो युगयुगबाट हस्तान्तरण हुँदै आजको दिनसम्म आइपुगेको छ। अहिले संसारको प्रत्येक भागमा विश्वासीहरू छन्।

प्रभु येशूले पनि आखिरी दिनहरूका निम्ति यस्तो भविष्यवाणी गर्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्ना १२:४८)। अनि बाइबलमा लेखिएको छः “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ(१ पत्रुस ४:१७)। जब प्रभु फेरि आउनुहुन्छ, उहाँले हाम्रा कदअनुसार त्यस्ता सत्यताहरू प्रकट गर्नुहुन्छ जुन अनुग्रहको युगको भन्दा असङ्ख्य र उच्च हुन्छ। उहाँले आफ्ना वचनहरूद्वारा हाम्रो न्याय गर्नुहुन्छ र हामीलाई सफा पार्नुहुन्छ, यसैले हामी पापको बन्धनबाट मुक्त हुन सक्छौं र त्यसरी शुद्ध र रूपान्तरित हुन सक्छौं। त्यसकारण, जब प्रभु आखिरी दिनहरूमा देखा पर्न र काम गर्न फर्केर आउनुहुन्छ, त्यहाँ निश्चित रूपमा कोही हुन्छन् जसले परमेश्वरको आवाज सुन्छन् र उहाँको काम स्वीकार्छन्, र त्यसपछि प्रभुको पुनरागमनको सुसमाचार फैलाउन संसारका चार कुनाको यात्रा गर्छन्। यो हामीले पहिले प्रभुमा विश्वास प्राप्त गरेको जस्तो हो; अरूले राज्यको सुसमाचार फैलाएको सुनेर मात्र हामीले त्यसलाई स्वीकार गऱ्यौं। जसरी बाइबलमा लेखिएको छ, “यसैले तब विश्‍वास सुनाइबाट आउँछ र ख्रीष्टको वचन सुनाइबाट” (रोमी १०:१७)

त्यसकारण, जब हामी प्रभुको पुनरागमनको खबर सुन्छौं, हामीले यसलाई अन्धाधुन्ध रूपमा अस्वीकार गर्नुहुँदैन; हामीले खुल्ला मनले खोजी गर्नुपर्दछ, प्रभु फर्केर आउनुभएपछि प्रभुले के काम गर्नुभएको छ, र उहाँले कस्ता वचनहरू बोल्नुभएको छ भनी सुसमाचार प्रचार गर्नेहरूलाई सोध्नुपर्दछ। यदि उनीहरूका साक्षीहरू प्रभुका अगमवाणीहरूसँग मिल्छन् भने, त्यसद्वारा उहाँ साँच्चै देखा पर्न र काम गर्न फर्केर आउनुभएको छ भन्ने प्रमाणित हुन्छ, र त्यस कुरालाई स्वीकार गरेर अनि अधीनमा बसेर हामी प्रभुलाई स्वागत गरिरहेका हुन्छौं। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “किनकि हामीहरू परमेश्‍वरको पाइलाहरूलाई खोजिरहेका छौं, यसले हामीलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएको नयाँ वचन हुन्छ, परमेश्‍वरको आवाज त्यहाँ हुन्छ, र जहाँ परमेश्‍वरको पाइलाहरू हुन्छ, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ देखा पर्नुहुन्छ, त्यहाँ बाटो, सत्य र जीवन अस्तित्वमा हुन्छ। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले ‘परमेश्‍वर बाटो, सत्य र जीवन हुनुहुन्छ’ भन्ने ‘वचनहरू’ लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरको पाइलाहरू भेट्टाइएका छन् भनी विश्वास गर्दैनन्, र अझै तिनीहरूले परमेश्‍वर देखा पर्नुलाई स्वीकार गर्छन् भन्ने कुरा त परै जाओस्। कस्तो गम्भीर भुल!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)

सम्पूर्ण संसारभरि, केवल सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रभु फर्केर आउनुभएको छ भनी खुल्लमखुल्ला गवाही दिइरहेको छ­ अर्थात्, आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यता प्रकट गर्नुभएको छ र मानिसहरूको न्याय गर्ने र सफा गर्ने काम गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्वरका अधिकांश वाणीहरू वचन देहमा देखा पर्नुहुन्छ पुस्तकमा अभिलेख राखिएकाछन्। परमेश्वरका वचनहरूले सत्यका सबै पक्षहरू स्पष्ट पारेका छन्। तिनले परमेश्वरका देहधारणहरूका रहस्यहरू, बाइबलका भित्री सत्यहरू, मानवजातिका लागि परमेश्वरको छ हजार वर्षको व्यवस्थापन योजनाको उद्देश्य, उहाँको काम र मानिसका काम बीचको भिन्नता, साथै परमेश्वरले कसरी मानिसहरूको न्याय गर्नुहुन्छ र सफा पार्नुहुन्छ, मानिसहरूले परमेश्वरलाई कसरी चिन्नुपर्दछ, परमेश्वरले सबै मानिसको परिणाम र गन्तव्य कसरी निर्धारित गर्नुहुन्छ, र यस्तै कुराहरूको बारेमा स्पष्ट रूपमा बताउँछन्। यी सत्यताहरू सबै परमेश्वरको आफ्नै कामसँग सम्बन्धित छन्; ती सबै रहस्यहरू हुन् जसले हाम्रा लागि मुक्तिको मार्ग स्पष्ट रूपमा औंल्याउँछन्। हामी यो साँच्चै पवित्र आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा हो कि होइन, र कहीं यो साँच्चै आखिरी दिनहरूका परमेश्वरले उहाँको घरानाबाट सुरु गर्दै उहाँको न्यायको काम गर्नुभएको हो कि होइन भनी देख्न खोजीमा लाग्नुपर्छ। यसरी हामी सर्वशक्तिमान् परमेश्वर वास्तवमै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ कि हुनुहुन्न भनी सत्य साबित गर्न सक्छौं। म विश्वास गर्छु कि जबसम्म हामीमा खोजी गर्ने आकांक्षा हुन्छ, परमेश्वरले हामीलाई प्रभुको पुनरागमनलाई स्वागत गर्न अगुवाइ गर्नुहुनेछ! जसरी प्रभु येशूले भन्नुभयो, “आत्मामा गरिब हुनेहरू धन्यका हुन्: किनभने स्वर्गको राज्य तिनीहरूकै हो(मत्ती ५:३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

शुद्ध मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्छन्

सारा, अमेरिका जब मैले प्रभुमा विश्‍वास गरेँ, तब मैले प्रायजसो के सुन्‍ने गर्थेँ भने, प्रभुले हामीलाई हाम्रा छिमेकीलाई पनि आफूलाई जस्तै...

प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे

युटिंग, जापान द्वारा प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्