मैले बल्‍ल परमेश्‍वरको आवाज सुनेँ

25 फेब्रुअरी 2023

जवान छँदा मैले विभिन्‍न काम गरेँ। म भेनेजुएलाको सुक्रे राज्य सरकारको भुक्तानी सुपरभाइजर थिएँ। मैले हरेक दिन भुक्तानी समस्याहरू र धेरै मानिसका मागहरू सम्‍हाल्‍नुपर्थ्यो। म विधान परिषदका मानव स्रोतसाधन अधिकारी पनि थिएँ, र केही समयसम्म, मैले वयस्क रात्रि स्कुलमा कम्प्युटर सिकाएँ। मेरा सबै पदमा एउटा कुरा मिल्थ्यो—धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क। म काममा दैनिक ध्यान दिन्थेँ, र म निकै व्यस्त भए पनि, मेरो जीवन सधैँ निकै शान्तिपूर्ण थियो। अचानक महामारी फैलिएपछि, मैले अरूसँग अन्तरक्रिया गर्न पाइनँ र मेरो आम्दानी खानाको आधा खर्च बेहोर्न पनि पुग्दैनथ्यो। मेरो जीवन सङ्कटमा पर्‍यो। खानेकुरा किन्‍न म लाइन बस्‍नुपर्थ्यो, र ग्याँस किन्‍न तीन दिन लाइन लाग्नुपर्थ्यो। त्यो बेला, म सान्त्वना खोज्न प्रभुका वचनहरू हेर्थेँ। मेरा छिमेकी पनि विश्‍वासी थिए, र हामी भेट्दा कसरी यी सबै विपत्तिबारे बाइबलमा अगमवाणी गरिएको छ, र यी सब महाविपत्तिको स्रोत मानिसको दुष्टता र भ्रष्टता नै हो भनेर कुरा गर्थ्यौँ। हामी आखिरी दिनहरूमा थियौँ, र बाइबलले प्रभु येशू हामीलाई न्याय गर्न यही बेला आउनुहुनेछ भनेर अगमवाणी गरेको थियो, त्यसकारण हामी परमेश्‍वरको सुरक्षा र मुक्ति पाउन उहाँको पक्षमा फर्किनुपर्थ्यो। म हरेक दिन, बुद्धि र डोऱ्याइ माग्न परमेश्‍वरलाई प्रार्थना गर्थेँ। म परमेश्‍वरलाई चिन्‍न चाहन्थेँ, र मैले उहाँलाई खोज्‍नुपर्थ्यो, किनभने परमेश्‍वरको वचनद्वारा मात्रै म सान्त्वना पाउन, पाप गर्न छोड्न, अनि परमेश्‍वरलाई आनन्दित तुल्याउने व्यक्ति बन्‍न सक्थेँ। त्यसकारण मैले बाइबल खोलेँ र परमेश्‍वरलाई अन्तर्दृष्टि मागेँ। मैले भजनसंग्रह र हितोपदेशको पुस्तक, साथै प्रभु येशूको डाँडाको उपदेश पढेँ, तैपनि मैले लिनुपर्ने मार्ग भेटिनँ। मलाई के गर्ने-गर्ने भयो र मेरो आर्थिक समस्या झन्-झन् खराब हुँदै गयो। मेरो जीवन सङ्कटमा परिरहेको थियो र परिवार धान्न सकिरहेको थिइनँ। मेरी छोरीलाई खाँचो पर्दा, उनलाई सहयोग गर्न सकिनँ। म निकै दुःखी थिएँ, र उनलाई यी कठिनाइहरू क्षणिक हुन् भनेर सान्त्वना दिनेबाहेक केही गर्न सक्दिनथिएँ, तर मलाई समेत यो कुरा विश्‍वास लाग्दैनथ्यो। मेरो हृदयमा उदासी छाएको थियो। के गर्ने मलाई थाहा थिएन। म अर्को देशमा बसाइँ सरेर अरू कुनै समाधान खोज्‍न चाहन्थेँ, तर महामारीको कारण मैले चाहिने सबै कागजात वा पासपोर्ट जुटाउन सकेको थिइनँ। मेरो लागि सबै कुरा झन्-झन् कठिन हुँदै गइरहेको थियो। ठिक त्यही बेला, मेरी श्रीमतीले मसँग बस्‍न चाहँदिनँ भनेर भनिन्। ममाथि त्यो अन्तिम प्रहार थियो। मलाई आफू ढल्‍न लागेको, मेरो जीवनको कुनै अर्थ छैन जस्तो लाग्यो। मलाई डिप्रेसन भयो—म असाध्यै पीडामा थिएँ। म धेरै रोएँ र कैयौँ रात सुतिनँ। परमेश्‍वरलाई प्रार्थना गरेर मात्रै थोरै भए पनि शान्ति पाउन सक्थेँ।

त्यसपछि एक दिन, मलाई वाट्स्एपमा मेसेज आयो। एउटी सिस्टरले मलाई परमेश्‍वरको वचन सुन्‍न इसाई कक्षामा आबद्ध हुन निम्तो दिइन्, र अध्ययन गर्न चाहनुहुन्छ कि भनेर सोधिन्। मैले चाहन्छु भनेँ, र उनले मलाई अध्ययन समूहमा संलग्‍न गरिन्। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुन्‍ने मौका पाएपछि, मलाई यो परमेश्‍वरले मेरो प्रार्थनाको उत्तर दिनुभएको हो जस्तो लाग्यो। सर्वशक्तिमान्‌ परमेश्‍वरका अख्तियारपूर्ण वाणीहरूप्रति म आकर्षित भएँ, र यी वचनहरूले ममा भएका धेरै शङ्का र धारणाहरू हटाइदिए। मैले परमेश्‍वर फर्किसक्‍नुभएको छ र नयाँ काम गरिरहनुभएको छ भन्‍ने सिकेँ। यसले मलाई ठूलो प्रभाव पाऱ्यो। मैले आफ्नो आश्‍चर्य, आनन्द, र जिज्ञासाबीच, परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजना र मानवजातिलाई मुक्ति दिने उहाँका तीन चरणको काम, उहाँले हरेक युगमा फरक-फरक नाम (यहोवा, येशू, र सर्वशक्तिमान्‌ परमेश्‍वर) लिनुहुन्छ, र उहाँले हरेक युगमा गर्नुहुने कामको अर्थबारे सिकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई आकर्षित गरे—म अत्यन्तै खुसी थिएँ। म अझै बढी सत्यताहरू सिकेर अरूलाई बताउन चाहन्थेँ, त्यसकारण मैले खुसीसाथ छिमेकीहरूलाई प्रभु येशू फर्किसक्‍नुभएको छ भन्दै सुसमाचार सुनाएँ। मलाई परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनेपछि कुनै पनि विश्‍वासी खुसी हुनेछ, सत्यता खोजेर खुसीसाथ सुसमाचार स्विकार्नेछ भन्‍ने लागेको थियो। तर कुरा ठिक उल्टो भयो। तिनीहरूले मलाई सोधे, “यो कुनै पनि कुरा बाइबलमा छैन, यो कहाँ सुन्यौ?” म तिनीहरूलाई भन्थेँ, “मैले यो कुरा अनलाइन अध्ययन समूहबाट सिकेको हुँ, र मैले यसबारे भर्खरै अध्ययन गर्न थालेको हुँ, त्यसकारण मेरो ज्ञान सीमित छ, तर सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई साँच्‍चै आकर्षित गरेका छन्।” तिनीहरूले मलाई होसियार हुनू, र आखिरी दिनहरूमा धेरै झूटा ख्रीष्टहरू खडा हुनेछन् भनेर भने। त्यसपछि तिनीहरूले मलाई बाइबलका केही वचन पठाए: “अनि यदि कसैले तिमीहरूलाई हेर त ख्रीष्‍ट यहाँ हुनुहुन्छ; वा, ऊ हेर, उहाँ त्यहाँ हुनुहुन्छ भनी बतायो भने, नपत्याओ: किनभने झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्, र सम्‍भव भएमा चुनिएका जनहरूलाई समेत लोभ्याउनका लागि तिनीहरूले चिन्‍ह र अचम्‍मका कामहरू देखाउनेछन्। तर ध्यान देओ: हेर, मैले तिमीहरूलाई सबै कुराको बारेमा अग्रिम बताएको छु(मर्कूस १३:२१-२३)। मैले झूटो धर्म अनुसन्धान गरिरहेको छु, र प्राविधिकरूपले उन्नत २१औँ शताब्दीमा, यदि प्रभु येशू फर्किसक्‍नुभएको हो भने, उहाँले अवश्य सारा विश्‍व हल्‍लाउने ठूलो आश्‍चर्यकाम देखाउनुहुनेथ्यो, तर त्यस्तो केही भएको छैन भनेर तिनीहरूले भने। साथै, प्रभु येशू देखापर्नुभएको छैन र उहाँले बिरामी निको पार्नुभएको, मरेकोलाई बिउँताउनुभएको छैन, र यस्तै इत्यादि घटना घटेका छैनन्, त्यसको अर्थ प्रभु फर्केर आउनुभएको छैन भनी भने। तिनीहरूले त्यसो भनेको सुन्दा, मेरो मनभरि शङ्का जाग्यो। प्रभु येशूलाई धोका दिन्छु कि भन्‍ने मलाई डर लाग्यो। छलमा परेर झूटो ख्रीष्टलाई पछ्याउँछु भन्‍ने मलाई चिन्ता भयो। त्यो बेला मलाई अझै पनि प्रभु येशू बादलको सवारीमा फर्केर आउनुहुनेछ अनि हरेक व्यक्तिलाई उसको पापअनुसार न्याय गर्न ठूलो सेतो सिंहासनमा बस्‍नुहुनेछ भन्‍ने विश्‍वास थियो, तर सुसमाचार प्रचारकहरूले परमेश्‍वर देह बन्‍नुभएको छ र उहाँले हाम्रो पापको न्याय गर्न वचनहरू बोलिरहनुभएको छ भनेर भने। यी सब कुराले मेरो मनमा द्वन्द्व पैदा गरे र मलाई अझै असहज बनाए। साँझको प्रवचन कहिले आउला भन्‍ने लागिरहेको र यो अनुसन्धान गरिरहन मन लागेको भए पनि, छिमेकीहरूले भनेको कुराले मेरो हृदय छेडेको थियो, त्यसकारण म सतर्क भइरहेको थिएँ। प्रवचन सुरु भएपछि, मैले समूह छोड्ने निर्णय गरेँ।

मैले वाट्सएपमा समूह छोड्नुको कारण लेखेँ, आफ्नो चिन्ताका विषयहरू, आफूलाई झूटो ख्रीष्टको बहकाउमा पर्ने डर लागेको कुरा बताएँ, र छिमेकीहरूले मलाई पठाएका बाइबल पदहरू समावेश गरेँ। मेसेज पठाएर समूह छोड्न लागेको बेला, मेरो सेलफोनमा चार्ज छैन र यो बन्द हुनलागेको छ भन्‍ने नोटिफिकेसन आयो। म छक्‍क परेँ, किनभने म भेलाअघि सधैँ फोन चार्ज गर्थेँ, त्यसोभए किन ब्याट्री अचानक सकियो? तर मैले मनमा निर्णय गरिसकेको थिएँ। मनमनै भनेँ, ख्रीष्‍ट आउनुभएको हो भने किन ठूल्ठूला आश्‍चर्यकामहरू भएनन्? मैले फेरि फोन चार्जमा राखेँ र फोन थोरै चार्ज भएपछि मेसेज पठाउने निर्णय गरेँ। ब्याट्री ५% चार्ज भएपछि, मैले फोन खोलेँ र समूहमा पठाइएका केही बाइबल पदहरू देखेँ। जिज्ञासा जागेर मैले ती पदहरू पढेँ: “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। ब्रदर-सिस्टरहरूले यसो भन्दै सङ्गति दिए, “परमेश्‍वरको वचनबाट हामी के देख्‍न सक्छौँ भने, प्रभु फर्कनुहुँदा, ढोका ढकढक्याउनुहुनेछ, र वचनहरूद्वारा आफ्‍ना भेडाहरूलाई बोलाउनुहुनेछ। हामीले प्रभुलाई स्वागत गर्न सक्छौँ कि सक्दैनौँ भन्‍ने कुरा मुख्यतः हामी उहाँको आवाज सुन्न सक्छौँ कि सक्दैनौँ त्यसमा निर्भर हुन्छ। ढोका खोलेर उहाँलाई स्वागत गर्न र उहाँसँग खानपान गर्न हामीले प्रभुको आवाज सुन्‍न सक्‍नुपर्छ। त्यसकारण कसैले प्रभु फर्कनुभएको छ भनेर गवाही दिएको सुन्‍नुभयो भने, ढोका बन्द नगर्नुहोस् वा छलमा पर्छु भनेर नडराउनुहोस्, तर बुद्धिमती कन्या बन्नुहोस्—प्रभुको आवाज सुन्‍नु महत्त्वपूर्ण छ।” त्यसपछि एक जना सिस्टरले समूहमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पठाएकी देखेँ। “वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएका येशू मै हुँ भनी दाबी गर्छ भने, यो त येशूलाई नक्‍कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। … मानिसका धारणाहरूअनुसार, परमेश्‍वरले सँधै चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुपर्छ, सँधै बिरामीहरू निको पार्नुपर्छ र भूतप्रेतहरू धपाउनुपर्छ, र सधैँ येशूजस्तै हुनुपर्छ। तर यसपटक, परमेश्‍वर यस्तो हुनुहुन्‍न। आखिरी दिनहरूमा, यदि अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभएको भए, र अझै पनि भूतप्रेतहरू धपाउनुभएको भए र बिरामीहरू निको पार्नुभएको भए—यदि उहाँले येशूले गर्नुभएजस्तै ठ्याक्‍कै त्यही गर्नुभएको भए—परमेश्‍वरले उही काम दोहोर्‍याउनुभएको हुनेथ्यो, र येशूका कामको कुनै महत्त्व वा मूल्य रहँदैनथ्यो। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्‍न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई चाँडै नै दुष्ट आत्माहरूले नक्‍कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरिका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्‍कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र अरूको सङ्गतिले मलाई अचम्भित तुल्याए। मैले चाहेका सबै उत्तर तिनमा थिए। मैले मनमनै यो पूर्णरूपमा साँचो हो भनेर भनेँ। परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ, कहिल्यै पुरानो हुनुहुन्‍न, र उहाँ सधैँ नयाँ काम गर्नुहुन्छ। उहाँ कहिल्यै आफ्‍नो पुरानो काम दोहोऱ्याउनुहुन्‍न। प्रभु येशूले व्यवस्थाको युगको काम दोहोऱ्याउनुभएन, त्यसकारण परमेश्‍वरले फर्केर आउनुहुँदा किन अनुग्रहको युगकै काम गर्नुहुनेछ र? अहिले सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ, र उहाँले नयाँ युग सुरु गर्नुभएको छ, र राज्यको युगको नयाँ काम गरिरहनुभएको छ। यो काम पहिले कहिल्यै गरिएको छैन। सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई चेतावनीसमेत दिनुभएको छ, “वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएका येशू मै हुँ भनी दाबी गर्छ भने, यो त येशूलाई नक्‍कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी मात्र हुनेछ।” दुष्ट आत्‍माहरूले मात्रै परमेश्‍वरको विगत कामको नक्‍कल गर्छन्, र मानिसहरूलाई बहकाउन चमत्कारहरू गर्ने परमेश्‍वर हुँ भनी नाटक गर्छन्। यसले मलाई निकै अन्तर्दृष्टि दियो। मैले झूटा ख्रीष्टहरूलाई कसरी चिन्ने र राज्यको युगमा परमेश्‍वरले चिन्‍ह र अचम्‍मका कामहरू नगर्नुका वास्तविक कारण जानेँ। आखिरी दिनहरूमा, परमेश्‍वरले सत्यताहरू व्यक्त गरेर मानवजातिलाई न्याय गर्ने, शुद्ध पार्ने, र मुक्ति दिने काम गर्नुहुन्छ, र मानिसलाई आफ्‍नो राज्यमा लैजानुहुन्छ। त्यो बुझेपछि, म भेलाहरूमा सहभागी भइरहेँ।

पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “येशूमा विश्‍वास गर्ने कसैले पनि अरूलाई सराप्दैन वा निन्दा गर्दैन। तिमीहरू सबै नै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृढ निश्‍चयता र बाइबलअनुरूप छ, त्यसकारण तैँले यी वचनहरूको १०,००० औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। अझै पनि म तँलाई नम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तेरो हृदयमा यति थोरै आदर हुँदा पनि तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, र तिनीहरू जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, ‘यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन’ वा ‘यिनी मानिसहरूलाई धोका दिने झुटा ख्रीष्ट हुन्’ भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरू देखा पर्ने भएकोले गर्दा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरूले आफू छलमा पर्ने डरले गर्दा पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा गर्नु हुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्य होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने, आखिरी दिनहरूमा हुने परमेश्‍वरको पुनरागमनबारे हामी बुद्धिमती कन्याहरूजस्तै हुनुपर्छ, हतारमा ख्रीष्‍टको आगमनलाई इन्कार गर्नु हुँदैन। आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्छन् भन्दैमा हामी परमेश्‍वरका नयाँ काम र वचनहरूलाई अन्धाधुन्ध इन्कार गर्न र निन्‍दा गर्न सक्छौँ भन्‍ने होइन। हामीले परमेश्‍वरको आवाज सुन्‍न, र नम्र भई खोज्ने मनोवृत्ति राखेर परमेश्‍वरको काम अनुसन्धान गर्न सिक्‍नुपर्छ। परमेश्‍वरको आवाज सुन्‍ने र प्रभुलाई स्वागत गर्ने एकमात्र तरिका त्यही हो। नत्र भने, हामीले परमेश्‍वरको मुक्ति गुमाउनेछौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?” सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने छिमेकीहरूले बताएका गलत दृष्टिकोणहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको काम अनुसन्धान गर्नबाट रोक्दा, मैले हतारमा स्वीकार गरेको रहेछु। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबारे गहिरिएर बुझ्‍ने वा मेरा प्रश्‍नहरूको उत्तर खोज्‍न सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका मानिसहरूलाई सोध्ने प्रयास गरिनँ। मैले आवेगमा आएर समूह त्याग्ने र साँचो मार्ग अनुसन्धान गर्न छोड्ने निर्णय गरेँ। मेरो आवेगले गर्दा मैले झण्डै परमेश्‍वरका आखिरी दिनहरूको मुक्ति गुमाएँ। त्यसपछि मलाई अन्योल हुँदा र शङ्का उब्जिँदा म आवेगमा आउनु हुँदैनथ्यो वा हतारमा निर्णय गर्नु हुँदैनथ्यो, तर सतर्क हुनुपर्थ्यो, सधैँ परमेश्‍वरलाई प्रार्थना गरेर सत्यता खोज्नुपर्थ्यो भनेर थाहा भयो। मैले परमेश्‍वरको वचनलाई आदर गर्नुपर्थ्यो र नम्र भई खोज्नुपर्थ्यो, ताकि उहाँको डोऱ्याइद्वारा परमेश्‍वरको आवाज चिनेर प्रभुको पुनरागमनलाई स्वागत गर्न सकूँ। हरेक दिन सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाने र पिउने गर्दा मैले बाइबललाई अझै गहनरूपमा बुझेँ, त्यसकारण म यो परमेश्‍वरका आखिरी दिनहरूको आगमन र काम हो भनेर निश्‍चित भएँ, र मैले कुनै हिचकिचाहटविना सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्विकारेँ।

एक दिन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका अर्का दुई खण्ड पढेँ। “यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त मानिसको माझमा आफ्‍नो काम अघि बढाउने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्‍टको आधिकारिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ। यसरी, यदि तँ जीवनको बाटोलाई साँचो रूपमा खोज्‍न चाहन्छस् भने, तैँले पहिले परमेश्‍वर पृथ्वीमा आउनुभएर मानिसलाई जीवनको बाटो दिने काम गर्नुहुन्छ भन्‍ने कुरा स्वीकार गर्नैपर्छ, र मानिसलाई जीवनको बाटो दिनको लागि आखिरी दिनहरूमा उहाँ आउनुहुन्छ भनेर तैँले स्वीकार गर्नैपर्छ। यो विगत होइन; यो कुरा आज भइरहेको छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने हामी बाहिरी रूप हेरेर झूटा ख्रीष्‍ट र साँचो ख्रीष्‍ट छुट्याउन सक्दैनौँ, र हामीले तिनीहरूको सार हेर्नुपर्छ, अर्थात् तिनीहरूले परमेश्‍वरको काम गर्न सक्छन् कि सक्दैनन्, अनि परमेश्‍वरको वचन र स्वभाव व्यक्त गर्न सक्छन् कि सक्दैनन् त्यो हेरेर निर्धारित गर्नुपर्छ। परमेश्‍वर देह बन्‍नुभएको छ, उहाँले सत्यता व्यक्त गरिरहनुभएको छ, र आफ्‍नो काम गरिरहनुभएको छ। उहाँले प्रकट गर्नुहुने सबै कुरा परमेश्‍वरसँग जे छ त्यो र उहाँ जे हुनुहुन्छ त्यही हो—यो पूर्णतया परमेश्‍वरको स्वभाव, र मानिसहरूलाई मुक्ति दिन उहाँले गर्नुहुने काम हो। यी सबै कुरा मानिसमा हुँदैनन वा मानिसले हासिल गर्न सक्दैनन्। त्यसकारण, कुनै व्यक्ति ख्रीष्‍ट हो कि होइन भनेर निर्धारित गर्ने सबैभन्दा सटीक तरिका भनेको उसले परमेश्‍वरको काम गर्न अनि उहाँका वचन र स्वभाव व्यक्त गर्न सक्छ कि सक्दैन भनेर हेर्नु हो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको काम अनुसन्धान गर्दा र उहाँको वचन पढ्दाको त्यो अवधिमा, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा प्रकट गरिएका मानिसप्रति उहाँको प्रेमबाहेक, परमेश्‍वरको धार्मिकता, क्रोध, र प्रताप पनि देखेँ। उहाँका वचनहरू हाम्रो हृदयभित्रको भ्रष्टतालाई चिरफार गर्ने, हाम्रो परमेश्‍वरविरोधी शैतानी प्रकृति खुलासा गर्ने धारिलो तरवारजस्तै हुन्। हामी उहाँका वचनहरूद्वारा हाम्रो भित्री भ्रष्टता, साथै हामीले आफ्नो विश्‍वासमा लिनैपर्ने मार्ग प्रत्यक्षरूपमा देख्‍न सक्छौँ। हामी उहाँका वचनहरू अभ्यास गरेर, क्रमिकरूपमा आफ्नो भ्रष्ट स्वभाव हटाउन र सामान्य मानवतामा जिउन सक्छौँ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले सत्यताका धेरै रहस्यहरू प्रकट गर्छन् र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको ६००० वर्षे व्यवस्थापन योजनाबारे हामीलाई सिक्ने मौका दिन्छन्। यी कुराहरू बाइबलमा वा कुनै पनि धर्ममा भेट्टाउन सकिँदैन। यी सबै परमेश्‍वरले आखिरी दिनहरूमा मानवजातिका लागि प्रकट गर्नुहुने सत्यताका रहस्यहरू, र मानिसहरूले पहिले नसुनेका वा नदेखेका कुरा हुन्। परमेश्‍वरबाहेक, अरू कुनै व्यक्ति वा महान् व्यक्तित्वले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन सक्दैन। देहधारी परमेश्‍वरले मात्रै सत्यता व्यक्त गर्न, मानिसलाई न्याय र शुद्ध गर्ने काम गर्न, अनि हामीलाई बाटो, सत्यता, र जीवन दिन सक्‍नुहुन्छ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट उहाँ आखिरी दिनहरूका ख्रीष्‍ट, स्वर्ग, पृथ्वी, र यावत् थोक सृष्टि गर्नुहुने परमेश्‍वर, पृथ्वीमा मानिसको जीवनलाई मार्गदर्शन गर्न व्यवस्था जारी गर्ने परमेश्‍वर, सारा मानवजातिलाई छुटकारा दिन क्रूसमा टाँगिनुहुने परमेश्‍वर, र अझै, हामीलाई पापबाट मुक्ति दिन आखिरी दिनहरूमा फर्कनुभएका परमेश्‍वर हुनुहुन्छ भनेर पुष्टि गरेँ। निस्सन्देह, परमेश्‍वर नै सुरु र अन्त्य हुनुहुन्छ, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। ती झूटा ख्रीष्टहरू ठग हुन् जो ढिलो-चाँडो पतन हुनेछन् किनभने तिनीहरू सत्यता व्यक्त गर्न सक्दैनन्, परमेश्‍वरको नयाँ काम गर्न सक्दैनन्, र मानिसहरूलाई भ्रष्टता त्याग्‍न र मुक्ति पाउन डोर्‍याउन सक्दैनन्। तिनीहरूले गर्न सक्‍ने भनेकै मानिसहरूलाई बहकाउन र भ्रष्ट पार्न परमेश्‍वरको विगतको काम नक्‍कल गर्नु मात्र हो। अहिले, आखिरी दिनहरूका ख्रीष्‍ट सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यता व्यक्त गरिरहनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गरेर न्यायको काम गरिरहनुभएको छ। उहाँले मानिसहरूको भ्रष्टता धोएर परिवर्तन गरिरहनुभएको छ, र मानवजातिलाई पापबाट मुक्ति दिइरहनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको काम र वचनहरूले उहाँ नै साँचो परमेश्‍वरको देखापराइ हुनुहुन्छ भनेर पूर्णतया प्रमाणित गर्छ। यसमा कुनै शङ्का छैन।

पहिले, म मेरा धारणाहरूमा अल्झिरहेको थिएँ। म परमेश्‍वरले आखिरी दिनहरूमा आकाशमा ठूलो सेतो सिंहासनमा बसेर मानिसको पापको न्याय गर्नुहुन्छ भन्‍ने सोच्थेँ, तर त्यसपछि भेलामार्फत र परमेश्‍वरका वचनहरू पढेर, मेरो यो धारणा सच्चियो। किनभने परमेश्‍वरले मानिसहरूलाई आखिरी दिनहरूमा कसरी आफ्‍नो न्यायको कामद्वारा शुद्ध गर्नुहुन्छ भनेर मैले थाहा पाएँ। प्रभु येशूले यसो भन्‍नुभएको रहेछ: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। एक दिन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा यो पढेँ। “मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। मैले के सिकेँ भने परमेश्‍वरले देहधारी बनेर आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ र मानवजातिलाई परिवर्तन गर्न र मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसको शैतानी प्रकृतिलाई प्रकट गर्दै बोलिसक्‍नुभएको छ, र त्यस प्रकृतिमा अहङ्कार, धूर्तता, र दुष्टताजस्ता कुरा पर्छन्। उहाँले मानिसको स्वार्थ र लोभ पनि प्रकट गर्नुभएको छ, र उहाँका न्यायका वचनहरूद्वारा मानिसहरूलाई आफ्‍नो भ्रष्टताको सत्यता देख्‍न, आफूलाई घृणा गर्न, परमेश्‍वरसामु पश्‍चात्ताप गर्न, र परमेश्‍वरप्रति आदर देखाउन र समर्पण गर्न मौका दिनुभएको छ। मानिसको शैतानी प्रकृति हटाउने एकमात्र तरिका भनेको सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम मात्र हो। कुनै मानिसले त्यो गर्न सक्दैन। त्यति बेला मलाई के महसुस भयो भने परमेश्‍वरले आकाशमा ठूलो सेतो सिंहासनबाट हरेक व्यक्तिलाई न्याय गर्नुभएको भए, शैतानद्वारा भ्रष्ट तुल्याइएका सारा मानवजातिमध्ये कसैले पनि मुक्ति पाउने मौका पाउनेथिएन। किनभने सबै मानवजातिलाई शैतानको भ्रष्टताले ढाकेको छ। प्रभु येशूको क्रूसको मुक्तिद्वारा, हामीलाई छुटकारा दिइएको र हाम्रो पाप क्षमा गरिएको भए पनि, हामी अझै पापी नै छौँ। हामी पाप गर्ने अनि स्विकार्ने चक्रमा जिउँछौँ। यदि हामीले न्याय अनुभव गरेनौँ भने, हाम्रो भ्रष्टता पखालिनेछैन, र अन्तिममा, परमेश्‍वरले हामीलाई दोषी ठहराएर हटाउनुहुनेछ। परमेश्‍वरका वचनहरूद्वारा सिधै न्याय र खुलासा गरिएर मात्रै हामी आफूलाई साँचोरूपमा चिन्‍न र भ्रष्टताबाट शुद्ध पारिन सक्छौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर यसो भन्‍नुहुन्छ, “यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ।”

एकपटक मैले भेलामा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई निकै भावुक बनायो। “सत्यतालाई नबुझ्नेहरूले सदैव अरूहरूलाई पछ्याउँछन्‌: यदि मानिसहरूले यो पवित्र आत्माको कार्य हो भनी भन्छन्‌ भने, तैँले पनि यो पवित्र आत्माको कार्य हो भनी भन्छस्‌; यदि मानिसहरूले यो दुष्टात्माको कार्य हो भनी भन्छन्‌ भने, तँ पनि शङ्कालु हुन्छस्‌, वा यो दुष्टात्माको कार्य हो भनी भन्छस्‌। तँ सदैव अरूहरूको कुराहरूलाई सुगारटाइ गर्छस्‌, र आफैँ केही कुरा छुट्ट्याउन असक्षम हुन्छस्‌, न त तँ आफ्नै लागि सोच्न समर्थ हुन्छस्‌। यो कुनै अडान बिनाको व्यक्ति हो, जो भिन्नता छुट्ट्याउन असमर्थ छ—यस्तो व्यक्ति एक निकम्मा नालायक हुन्छ! तँ सदैव अरूहरूको कुराहरू दोहोर्याउँछस्‌: आज यस्तो भनिन्छ कि यो पवित्र आत्माको कार्य हो, तर यस्तो सम्भावना छ कि कुनै दिन कसैले भन्नेछ कि यो पवित्र आत्माको कार्य होइन, र वास्तवमा यो मानिसको कार्यभन्दा बाहेक अरू केही होइन—तापनि तँ यसलाई छुट्ट्याउन सक्दैनस्‌, र अरूहरूद्वारा यो कुरा बताइएको तँ प्रत्यक्षदर्शी हुँदा, तैँले पनि त्यही कुरा भन्छस्‌। यो वास्तवमा पवित्र आत्माको कार्य हो, तर तँ यो मानिसको कार्य हो भनी भन्छस्‌; के तँ पवित्र आत्माको कार्यको विरुद्धमा निन्दा गर्नेहरूमध्ये एक हुँदैनस्‌ र? यसमा, तैँले भिन्नता छुट्ट्याउन नसकेको कारणले गर्दा परमेश्‍वरलाई विरोध गरेको छैनस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌)। परमेश्‍वरका वचनहरूले हामीलाई साँचो मार्ग अनुसन्धान गर्दा अरूको कुरा अन्धाधुन्ध नसुन्न अनि मानव धारणा र कल्‍पनाहरूअनुसार परमेश्‍वरको कामको मूल्याङ्कन नगर्न चेतावनी दिएका छन्। यसले हामीलाई प्रभुको मार्गबाट बहकाउन सक्छ र अन्ततः परमेश्‍वरद्वारा इन्कार गरिन र हटाइन, अनि मुक्ति पाउने मौका गुमाउन लगाउँछ। यो दुःखलाग्दो वास्तविकता हामी जो कसैलाई हुन सक्ने कुरा हो। म कति मूर्ख र आवेगमा आउने व्यक्ति थिएँ भनेर सोच्दा मलाई लाज लाग्यो। परमेश्‍वरको आवाज सुनेर अनि यी वचनहरूमा अख्तियार र सत्यता छन् भन्‍ने लागेर पनि, म छिमेकीहरूको प्रभावमा परेँ, अनि तिनीहरूको कुराले बहकिएँ? मैले आफ्नो मूर्खताको कारण झण्डै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली छोडेँ, प्रभु येशूको पुनरागमनलाई स्वागत गर्ने मौका गुमाएँ र मुक्ति पाउने मौका बरबाद गरेँ! मेरो अन्धोपन र अज्ञानताले जीवनमा त्यस्तो भयानक परिणाम ल्याउन सक्थ्यो! मैले के बुझेँ भने म सधैँ बुद्धिमती कन्या बन्‍नुपर्छ। हामीले परमेश्‍वरको आवाज सुन्दा, शङ्का गर्नु हुँदैन। हामीले अन्तर्दृष्टि र मार्गदर्शन माग्न, र अरूको कुरा अन्धाधुन्ध नसुन्न, परमेश्‍वरलाई हृदयदेखि प्रार्थना गर्नैपर्छ, किनभने हामी सबै सृष्टि गरिएका प्राणी हौँ र हामीसँग सत्यता छैन। पत्रुसले प्रभु येशूका वचनहरू सुनेर प्रभुलाई पछ्याएका जस्तै हामीले सधैँ परमेश्‍वरका वचनहरू पछ्याउनुपर्छ। मैले आफ्नो पहिलेको मूर्खता र अज्ञानताबारे सोचेर सर्वशक्तिमान् परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्ना गल्तीहरूका निम्ति क्षमा मागेँ। मलाई म सर्वशक्तिमान्‌ परमेश्‍वर, उहाँका वचनहरूको न्याय र मुक्ति स्विकार्न तयार छु भन्ने लाग्यो।

त्यहाँदेखि, मैले दिनहुँ सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्दै आएको छु। कमजोर हुँदा, म परमेश्‍वरलाई विश्‍वास र बल माग्छु, ताकि म ठेस लागेर नलडूँ। परमेश्‍वरको डोऱ्याइ र सहयोगद्वारा, अहिले म मेरो डिप्रेसनलाई जितेर सकारात्मक व्यक्ति बनेको छु। मैले नयाँ जागिर पनि पाएको छु। मलाई यो सब परमेश्‍वरको अचम्मलाग्दा बन्दोबस्तहरूले गर्दा भएको हो भन्ने लाग्छ। क्रमिकरूपमा, मेरो जीवनमा निकै सुधार आएको छ। सबैभन्दा महत्त्वपूर्ण, म दिनहुँ सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खान-पिउन, र अरूसँग भेला भएर सङ्गति गर्न पाउँछु। अहिले मैले सुसमाचार सुनाउन र परमेश्‍वरको वचनको गवाही दिनको लागि साँचो मार्गको तृष्णा गर्ने साँचो विश्‍वासीहरूलाई परमेश्‍वरको आवाज सुन्‍न र उहाँको आखिरी दिनहरूको मुक्ति स्विकार्न सहयोग गर्न थालेको छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले आखिरी दिनहरूमा झुटा कुराहरूमा विश्वास गरेकी कारण येशू ख्रीष्टको उद्धार झन्डै गुमाएँ

ली शेंगमेई, दक्षिण कोरियाद्वारा परिचय जब उनले प्रभुको पुनरागमनको खबर सुनिन्, उनी आखिरी दिनहरूमा हुने परमेश्‍वरको कामको गम्भीरतासाथ खोजी र...

अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्‍वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्