परमेश्‍वरतर्फ फर्किन झूटहरू पन्छाउनु

13 डिसेम्बर 2020

By Kemu, South Korea

२०१७ को सुरुमा मेरी श्रीमती र छोरी दक्षिण कोरियामा मसँगै बस्‍न आए। म अत्यन्तै खुशी थिएँ, तैपनि मेरी श्रीमतीलाई यहाँको वातावरणमा साँच्चिकै बानी परेको थिएन किनभने यहाँको जीवनशैली र भाषा फरक थियो। खासमा, उनले आफ्ना बुढेसकालका बाबुआमा र आफूले मन पराएको काम छोडेकी थिइन्, अनि कुनै साथी बिनाको एक नौलो ठाउँमा आएकी थिइन्। उनको लागि सबै कुरा अपरिचित थियो। उनी सँधै निराश हुन्थिन् र त्यति धेरै बोल्दैन थिइन्। मैले उनलाई छटपटाइरहेको देख्थें, तर कसरी सान्त्वना दिने थाहा थिएन। मार्चमा एक दिन उनले परमेश्‍वरमा विश्‍वास गर्न थालेको र भेलाहरूमा सहभागी हुन थालेको बताइन्। मलाई यो कुरा अति उत्तम लाग्यो। मेरो हजुरआमा पनि विश्‍वासी नै हुनुहुन्थ्यो। मलाई कुनै आपत्ति थिएन। केही समयपछि मैले याद गरें, कि उनी सँधै राम्रो मनस्थितिमा हुन्थिन् र उनको सम्पूर्ण आचरण पहिलेभन्दा एकदम फरक भयो। म धेरै खुसी थिएँ। समय बित्दै जाँदा म उनको मण्डलीको बारेमा उत्सुक भएँ र यसले कसैमा यति ठूलो परिवर्तन कसरी ल्याउन सक्छ भनेर अचम्ममा परेँ।

एक दिन मैले उनलाई उनी कुन मण्डलीमा सहभागी भइरहेकी छिन् भनेर सोधेँ। उनले यो सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली हो भनिन्। त्यसले मलाई तुरुन्तै शेन्डोंगमा २०१४ मा भएको झाओयुआन घटनाको बारेमा सोच्न बाध्य पार्‍यो र म वास्तवमै रिसाएँ। मैले उनलाई एकदम कडा रूपमा भनें, “ती विश्‍वासीहरूसँग अब तिम्रो केही सम्बन्ध हुन सक्दैन। यदि फेरि उनीहरूसँग तिमी सम्पर्कमा आएको देखेँ भने म तिम्रो फोन फुटाइदिन्छु!” उनले आफ्नो अनुहारमा एक अचम्मित भाव ल्याइन र म किन उनको बाटोमा उभिएको भनेर सोधिन्। मैले रिसाएर भनेँ, “किन? यो तिम्रो आफ्नै र हाम्रो परिवारको भलाइको लागि हो। तिमीलाई थाहा छैन कि चिनियाँ कम्युनिस्ट पार्टीले गम्भीरताका साथ सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई नियन्त्रण र दमन गरिरहेको छ? तिमीलाई मेइ २८, २०१४ को झाओयुआन घटनाको बारेमा थाहा छैन? यस घटनाका मुख्य दोषी झांग लिडोङ् यस मण्डलीका सदस्य थिए भनेर अनलाइनमा भनिएको छ। यदि तिमी ती मानिसहरूसँग समय बिताउँछ्यौ भने के तिमी आफैलाई सिंहको मुखमा राख्दैछैनौ र?” उनले दृढ भएर जवाफ दिइन्, “झांग लिडोङ् र ती अन्य मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा थिएनन्—त्यो अनलाइनको कुरामा तपाईं विश्‍वास नगर्नुहोस्। म दुई महिनादेखि मण्डलीका दाजुभाइ तथा दिदीबहिनीहरूसँग सम्पर्कमा छु र तिनीहरू सबै भद्र किसिमका मानिस हुन् जो अरूप्रति दयालु र इमान्दार छन्। जब कसैलाई कठिनाइ हुन्छ तिनीहरू एक-अर्कालाई मद्दत गर्छन्। वास्तवमा अनलाइनमा भनेजस्तो केही होइन।” तर उनको त्यो सबै कुरा सुन्ने बित्तिकै मैले जवाफ दिएँ, “अनलाइनमा आफै हेर, त्यसपछि तिमीलाई थाहा हुन्छ म सही छु कि छैन भनेर।”

त्यसपछि मेरी श्रीमतीले मलाई सिटमा बसाएर भनिन्, “तपाईं राम्रोसँग विचार गर्ने मान्छे हुनुहुन्छ। तपाईंले यो कुरालाई तार्किक रूपले हल गर्नुपर्छ र तथ्य अनुसार बोल्नुपर्छ—तपाईं कथाको एक पक्ष मात्र सुन्न त सक्नुहुन्न नि!” उनले यो पनि भनिन्, “के तपाईंलाई याद छैन १९८९ को तियानानमेन स्क्वायरको प्रदर्शन? विद्यार्थीहरूले देशभक्तिपूर्वक भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका थिए र प्रजातान्त्रिक स्वतन्त्रताको लागि संघर्ष गरिरहेका थिए, तर चिनियाँ कम्युनिस्ट पार्टीले केही अज्ञात व्यक्तिहरूलाई विद्यार्थी भएको बहाना गर्न लगायो र त्यसपछि उनीहरूलाई चीजहरू फुटाउन, लुट्न र जलाउन लगायो, अनि सैन्य गाडीहरू पल्टाउन लगायो। उनीहरूले धेरै अराजकता सिर्जना गरे, र त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीले ती अपराधहरूका लागि विद्यार्थीहरूलाई झूटा आरोप लगायो। त्यस पछि चिनियाँ कम्युनिस्ट पार्टीले प्रसारण तरङ्गमा उनीहरूको रिपोर्टको बाढी ल्याउन सीसीटीभी र रेडियो जस्ता संचार माध्यमको प्रयोग गर्यो, ती विद्यार्थीहरूलाई प्रतिक्रियावादी विद्रोहीको रूपमा निन्दा गर्यो, र त्यसपछि हजारौं जिउँदा र सास फेरिरहेका विद्यार्थीहरूलाई तिनीहरूका ट्याङ्कहरूले पिस्यो।” त्यसपछि उनले थपिन्, “चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास बारे जान्ने जो कोहीलाई थाहा छ कि यो एउटा तानाशाही हो जसको इतिहास न्याय-विरोधी रहेको छ। जब कसैका फरक राजनीतिक विचार वा दृष्टिकोण हुन्छ उनीहरूले जहिले पनि ती समूह र मानिसहरूलाई प्रहार गरेका र दोषी ठहराएका छन्, अझ तिनीहरूलाई दमन गर्ने वा मेटाउने गरेका छन्। जब-जब चिनियाँ कम्युनिस्ट पार्टीले हिंस्रक रूपमा धार्मिक विश्‍वास, लोकतान्त्रिक अधिकारको आन्दोलन, वा जातीय अल्पसंख्यक आन्दोलनलाई दबाएको छ, सुरुमा उनीहरूले झूटा मुद्दाहरू बनाउँछन्, र मानिसहरूलाई उत्तेजित गर्दै, ठूलो सार्वजनिक कोलाहल पैदा गर्छन्, र त्यसपछि तिनीहरूले हिंस्रक दमनको प्रयोग गर्छन्। यो एक तथ्य हो।” “मेइ २८ को झाओयुआन घटना केवल चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई फसाएको हो—तिनीहरूले होसियारीसाथ अर्को झूटो मुद्दा बनाए।” तर मैले उनको कुरा सुन्दै सुनिन। मैले रिसाएर भनें, “मलाई मतलब छैन। तिमी अब सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न सक्दिनौ। मैले हाम्रो परिवारको सुरक्षाको बारेमा विचार गर्नुपर्छ र म तिमी र हाम्री छोरीलाई कुनै पनि हानिबाट जोगाउन चाहन्छु। मलाई अरू केही पनि चिन्ता छैन। म तिमीलाई अन्तिम पटक भन्दैछु: उनीहरूसँग अब तिम्रो केही सम्बन्ध हुन सक्दैन। घरमै बस र एउटी असल श्रीमती र आमा बन, नत्र तिमीलाई थुनेकोमा मलाई दोष नलगाउनू।” त्यसपछि मैले ढोका ढ्याम्म थुनिदिएँ र घरबाट बाहिर गएँ।

सडकमा हिँड्दै गर्दा मलाई साँच्चिकै अनौठो डर लाग्यो। विवाह भएको १० वर्षसम्ममा म उनीसँग त्यसरी कहिल्यै रिसाएको थिइन। भेटघाटदेखि, प्रेम गर्ने, गल्लीमा हिँड्ने र विवाह गर्नेसम्म, हामीले धेरै कुराको सामना गरेका थियौं: हाम्रा बुवा आमाको विरोध, सांस्कृतिक भिन्नता, उमेर भिन्नता, र एक लामो दूरीको सम्बन्ध। हामीले सबै कठिन समयहरू पार गरेका थियौं र उनले हाम्रो परिवारको लागि वर्षौंदेखि धेरै पीडा भोगेकी थिइन्। यो देख्दा मलाई साँच्चिकै चोट पुग्थ्यो, तर उनले परमेश्‍वरमा विश्‍वास गरेकोले गर्दा मात्रै यी सबै कुरा तहसनहस गरेको थिएँ। मैले त्यस्तो गर्नु हुँदैनथ्यो भन्ने मलाई थाहा थियो तर मैले पत्ता लगाएको थिएँ कि यो हाम्रो परिवारको हितको लागि थियो। उनी मलाई किन बुझ्न सक्दिनन्? मैले मेरो फोनमा हेरें र हामी तीन जनाको खुसीयालीको फोटो देखेँ जसमा हाम्री छोरीले मीठो मुस्कान दिइरहेकी थिइन्। मैले आफैलाई भनें, “म यस परिवारको अभिभावक हुँ र मैले उनीहरूको संरक्षण गर्नुपर्छ। तिनीहरूलाई कसैले चोट पुर्‍याउन नसकोस्।”

त्यसपछिका दिनहरूमा, म मेरी श्रीमतीको मप्रतिका भावनाहरूमा चोट पुग्छ कि भनेर डराएँ, त्यसैले मैले उनलाई परमेश्‍वरको बारेमा मसँग केही कुरा नगर्न भनें। हामी बाहिरबाट हेर्दा सामान्य रूपमा अगाडी बढेको देखिन्थ्यो, तैपनि हाम्रो बीचमा एउटा खाडल बन्दै गइसकेको थियो।

एक दिन म कामबाट फर्केर ढोकाभित्र छिरेको मात्र थिएँ, मैले कोठाबाट आएको हर्षोल्लासपूर्ण सङ्गीतको आवाज, र मेरी श्रीमती र छोरीको प्रसन्न हाँसोको खित्का सुनें। जिज्ञासु हुँदै, मैले सोचेँ, “मैले यतिका समयसम्म घरमा यस्तो रमाइलो स्वर सुनेको थिइन। अहिले कस्तो खालको गीतले उनीहरूलाई यति खुशी पार्न सक्यो?” मैले एकदमै शान्त चालमा ढोका खोलेँ र कम्प्युटर स्क्रिनमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीद्वारा उत्पादित एक नृत्य र गीतको भिडियो देखेँ, परमेश्‍वरको साँचो प्रेम। छ जना युवतीहरू खुशीका साथ नाचिरहेका थिए र भावुक भई गाउँदै थिए, र विशेष गरी उनीहरूको अनुहारमा यस्तो आनन्दमय मुस्कान भरिएको थियो कि त्यसले मलाई तुरुन्तै भित्र तान्यो। म जिज्ञासाले भरिएर सोच्दै थिएँ, “यो कस्तो किसिमको मण्डली हो, अनि तिनीहरू कस्ता खालका मानिसहरू हुन्? किन यो गीत र नृत्य यति सङ्क्रामक छ र यस्तो सुखदायक? यदि तिनीहरू वास्तवमै खराब मानिसहरू थिए भने, उनीहरूको त्यस्तो दयालु, साँचो मुस्कान कसरी हुन सक्थ्यो?” मेरी छोरीले मलाई भित्र पसेको देखिन् र मेरा लागि अर्को गीत र नृत्य भिडियो बजाउन मेरी श्रीमतीलाई भनिन्, जसको नाम थियो परमेश्‍वरले आफ्नो महिमा पूर्वमा ल्याउनुभएको छ। मैले उनलाई रोक्न सकिन—त्यस्तो खुशीको वातावरण हाम्रो घरमा त्यसबेला आउन गाह्रो थियो। मेरी छोरीलाई समातेर म श्रीमतीको छेउमा बसेँ र हेर्न थालें। म भिडियोद्वारा वास्तवमै आकर्षित भएँ, जसमा ट्याप नृत्य जस्तै शैली थियो र नृत्य गर्नेहरू उडिरहेका चीलजस्तै सुन्दरतापूर्वक चलिरहेका थिए। यो भव्य थियो र यसमा बलियो आकर्षण थियो।

मलाई यति मोहित भएको देखेर, मेरी श्रीमतीले मलाई भनिन्, “यो सबै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ तथा दिदीबहिनीहरूले बनाएका हुन्। तिनीहरूमध्ये कोही पनि पेसेवर होइनन्।” अचम्मित हुँदै, म जिज्ञासु भएँ “यो कसरी सम्भव छ? पेशागत प्रशिक्षणविना मानिस कसरी यति अविश्वसनीय रूपमा राम्रो नाच्न सक्छन्? र यी भिडियोहरूमा यस्तो सकरात्मक भावना छ। तिनीहरू ऊर्जा वर्धक, प्रभावशाली, र उत्साहजनक छन्। दुष्ट मानिसहरूको यस्तो सकारात्मक ऊर्जा कसरी हुन सक्छ?” “मैले अनलाइनमा देखेको भन्दा किन यो पूरै फरक छ? हैन यो के हुँदैछ?” मेरी श्रीमतीले मुस्कुराउँदै भनिन्, “यो आश्‍चर्यजनक छ! परमेश्‍वरको आफ्नै काम र निर्देशनविना, के गैर-पेसेवरहरू त्यसरी नाच्न सक्लान् त? यदि तपाईंले उनीहरूले बनाएका चलचित्रहरू हेर्नुभयो भने त तपाईं अझ चकित हुनुहुनेथियो। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको काम पवित्र आत्माको हो—यसमा परमेश्‍वरको आशीर्वाद छ। त्यसकारण तिनीहरूका नृत्य र चलचित्रहरू यति राम्रा बनेका छन्, र उनीहरूले आफ्‍ना चलचित्रमा बताएका सत्यताले मानिसलाई फाइदा हुन्छ।” उनले यो पनि भनिन्, “अनलाइनको त्यो सबै नकारात्मक प्रचार केवल चिनियाँ कम्युनिस्ट पार्टीले मण्डलीको बारेमा फैलाएको झूट हो। तिनीहरू बिलकुल सत्य होइनन्। चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गर्दछ र मानिसहरूलाई बहकाउने, तिनीहरूलाई यो अस्वीकार गराउने र शत्रुको रूपमा हेर्न लगाउने गर्दछ। त्यसो भएपछि उनीहरूले परमेश्‍वरको कामको बारेमा अनुसन्धान गर्नेछैनन् र परमेश्‍वरको मुक्ति गुमाउनेछन्।”

उनले भनेको कुराले मेरो उत्सुकता जगायो। मलाई जिज्ञासा भयो कि यो कस्तो किसिमको मण्डली हो र अनलाइनमा भनेको कुरा सही थियो वा थिएन। मैले उनको विश्‍वासको अभ्यासलाई निरन्तरता दिन छोडी दिनुपर्छ कि पर्दैन भन्ने नै मलाई थाहा थिएन। मेरो मनमा फेरि त्यही द्वन्द्व चल्यो। यो आन्तरिक संघर्षको एक अवधिपछि, मैले आफै यसलाई जाँच्ने निर्णय गरें। म द्वारपालको रूपमा काम गर्न सक्थें। यदि मैले मण्डलीका मानिसहरूले अनुचित रूपले व्यवहार गरेको देखेँ वा मैले तिनीहरूलाई कुनै पनि अनुपयुक्त कार्य गरेको देखेँ भने, म उनलाई तुरुन्तै त्यहाँबाट बाहिर लैजान्छु र उनलाई कहिल्यै फिर्ता जान दिन्न। यदि अनलाइनमा भनेको जस्तो थिएन भने, म अब उनको बाटोमा उभिने छैन। त्यो सप्ताहन्तमा, म मेरी श्रीमतीकहाँ गएँ र उनलाई भनें कि म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा जान र हेर्न चाहन्छु—उनी छक्क परिन् र खुसी पनि भइन्।

जब हामी त्यहाँ पुग्यौं दाजुभाइ तथा दिदीबहिनीहरूले हामीलाई न्यानो स्वागत गरे, र उनीहरूले जसरी कुराकानी गरे त्यसबाट मैले महसुस गरें कि उनीहरू दयालु र निष्कपट थिए। मेरो व्याकुलता र सावधानी बिस्तारै आराम भयो। त्यसपछि एउटी बहिनीले एउटा साङ्गीतिक नाटक बजाइन् जसको नाम थियो जियाओझेनको कथा। मैले यसलाई चासोका साथ हेरें। जियाओझेनले भोगेका सबै उतार-चढाउहरू देखेर मेरो मन छोयो र यसले मलाई आफ्नै जीवनको बारेमा सोच्न लगायो। सानो छँदा हाम्रो परिवारमाथि भएका कुराहरूको कारणले, म एक ठाउँबाट अर्को ठाउँमा भौँतारिन्थें, सबै प्रकारको बदमासी र अपमान एवं उदासीनता सहँदै केवल बाँच्नको लागि हिँड्थें। र अब म एउटा जीविका चलाउन कडा परिश्रम गर्दैथिएँ र वर्षौंदेखि सबै प्रकारका चीजहरू, धेरै उतार-चढाउहरू भोगेको थिएँ, अनि म थकित र दु:खी महसुस गर्थें, तर मेरी श्रीमती र साथीहरूको अगाडि मैले बलियो भएको अभिनय गर्थें। मेरो हृदयमा भएको पीडालाई साँच्चिकै कसले पो थाहा पाउन सक्थ्यो र? साङ्गीतिक नाटकको अन्ततिर यो गीत गाइयो: “सर्वशक्तिमान्‌ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टित छन्‌; त्यसैगरी, यी मानिसहरूसँग दिक्क हुनुहुन्छ जससँग चेतनाको अभाव छ, किनकि मानवबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनु परेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न, तेरो लागि पानी र खाना ल्याउन र तँलाई ब्यूँझाउन, ताकि तँ अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्‌। जब तँ थाक्छस् र जब यो संसारको कठोर विडम्बनाका केही कुरा महसुस गर्न थाल्छस्, तब तँ हताश नबन्, नरू। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई स्वीकार्नुहुनेछ(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। गाइएको प्रत्येक धुन आमाले आफ्नो लामो समयदेखि गुमाएको बच्चालाई हात फैलाएको जस्तो महसुस भयो। मैले त प्रेमको आह्वान महसुस गरें—म अविश्वसनीय रूपमा उत्प्रेरित भएँ। समाप्त भएपछि, मैले साँच्चिकै इमानदारीपूर्वक भनें, “यो यस्तो अद्भुत साङ्गीतिक नाटक छ!” मेरी श्रीमतीले मलाई हेरिन् र ठूलो भावनाले मलाई भनिन्, “जियाओजेनको कथाले तपाईंलाई छुनु भनेको परमेश्‍वरले तपाईंलाई उत्प्रेरित गरिरहनुभएको थियो भन्‍ने हो!” “मलाई थाहा छ कि मई २८ को झाओयुआन घटनाले तपाइँमा असर गरेको थियो र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका बारेमा तपाईंमा धेरै गलत बुझाइहरू छन्। तपाईं हाम्रो सुरक्षाको लागि चिन्तित हुनुहुन्छ भन्ने पनि मलाई थाहा छ, त्यसकारण आज हामी त्यो घटनामा वास्तवमा के भएको थियो भन्ने देख्न र बुझ्न सक्छौं।”

त्यसपछि ती दाजुभाइ तथा दिदीबहिनीहरूले मेरो लागि एउटा भिडियो बजाए, मेइ २८ को झाओयुआन घटना पछाडिको सत्यको खुलासा। यसले घटनाका धेरै प्रमुख शङ्कास्पद पक्षहरू खुलासा गर्यो र त्यसपछि तिनीहरूलाई तह-तह गरेर विश्लेषण गर्यो। यसले चिनियाँ कम्युनिस्ट पार्टीका झूटहरू खोलेर तथ्यहरू उजागर गर्यो। मैले देखेँ कि प्रतिवादी झांग लिडोंग र झांग फ्यानले अदालतलाई स्पष्ट रूपमा भनेका थिए, “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीसँग मेरो कहिल्यै पनि सम्पर्क थिएन। राज्यले झाओ वेसनको सर्वशक्तिमान्‌ परमेश्‍वरमाथि आक्रमण गर्दछ, हामीले विश्‍वास गर्ने सर्वशक्तिमान्‌ परमेश्‍वरमाथि होइन।” तिनीहरूले आफूहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सदस्यहरू थिए भन्ने कुरा आफ्नै मुखले अस्वीकार गरे, र तिनीहरू मण्डलीसँग पूर्णतया असम्बन्धित थिए भनेर भने। तर चिनियाँ कम्युनिस्ट पार्टीले आरोपित व्यक्तिको गवाहीलाई बेवास्ता गर्यो र सत्यको अपव्याख्या गर्दै तथ्यको विरुद्ध गयो, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका मानिसले नै अपराध गरेका थिए भन्ने दाबी गरिरह्यो। के त्यो सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई निर्लज्जतापूर्वक बदनाम गर्ने एउटा प्रष्ट झूट थिएन त?

त्यसपछि एउटी बहिनीले मलाई यो सङ्गति बताइन्: “चिनियाँ कम्युनिस्ट पार्टी वर्षौंदेखि आफ्नो भ्रमका लागि कुख्यात छ र यसको देश र विदेशमा एक भयानक प्रतिष्ठा छ। विश्‍वभरि, धेरैभन्दा धेरै मानिसहरूले यसको वास्तविकता बुझ्न सक्छन् र अब सायद कसैले यसलाई विश्‍वास गर्दैन।” उनले थपिन्, “हामी सबैलाई थाहा छ कि कम्युनिस्ट पार्टीले चीनमा निरङ्कुश शासन गर्छ। त्यहाँ न्यायिक स्वायत्तता वा प्रेस स्वतन्त्रता छैन। चिनियाँ संचार माध्यम र अदालतहरू पूर्णरूपमा चिनियाँ कम्युनिस्ट पार्टी सरकारद्वारा नियन्त्रित छन् र यसको अधिनायकवादका लागि केवल मुखपत्र र उपकरणहरू हुन्। यो व्यापक रूपमा बुझिएको तथ्य हो। झाओयुआन घटनाको तीन दिनपछि, अदालतको कुनै सुनुवाइ वा निर्णयविना नै, चिनियाँ कम्युनिस्ट पार्टीले सार्वजनिक दोष जारी गर्न टिभी र अनलाइन संचार माध्यमहरूको प्रयोग गर्‍यो। मध्य-जूनमा, उनीहरूले आफ्नो ‘एक-सय-दिने युद्ध’ सुरु गरे, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली विरुद्ध दमन र आक्रमण गर्न खुल्लमखुल्ला सशस्त्र प्रहरीहरू परिचालन गरे। तिनीहरूले मण्डलीलाई लक्षित गर्दै राष्ट्रव्यापी व्यापक खोजहरू गरे र इसाईहरूलाई गिरफ्तार गरे। यो स्पष्ट छ कि मई २८ को शेन्डोंगको झाओयुआन घटना चिनियाँ कम्युनिस्ट पार्टीको झूटो मुद्दा थियो जुन धार्मिक विश्‍वासलाई दबाउनका लागि र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई नष्ट गर्न बनाइएको थियो।”

यो सुनेर, मैले सोचेँ: “चिनियाँ कम्युनिस्ट पार्टी अति घृणास्पद छ। यसले सत्यको अपव्याख्या गर्छ, वास्तविकतालाई बिगार्छ, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई फसाउँछ ताकि सत्य कुरा नजान्ने मानिसहरू, यसका झूटहरूबाट बहकिऊन् र मण्डलीलाई गलत रूपमा बुझुन्। म पनि चिनियाँ कम्युनिस्ट पार्टीका झूटहरूले बहकाइएको छु। तर मैले अझै पनि बुझ्न नसकेको कुरा के हो भने चिनियाँ कम्युनिस्ट पार्टीले किन यति धेरै पागलपनले मण्डलीलाई सताएको होला र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई त्यो हत्याको मुद्दा लगाउन, र यसका सदस्यहरूलाई पक्रन किन यस्तो ठूलो दुःख गरेको होला। वास्तवमा के हुँदैछ?” यो विचारमा, मैले आफ्नो द्विविधा बताएँ

र एउटी बहिनीले जवाफ दिइन्, “चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई अति पागलपनले दमन गर्छ र यसमाथि मुद्दा चलाउन एउटा झूटो हत्याको मुद्दा बनायो किनभने यो एक नास्तिक पार्टी हो। यसका संस्थापक कार्ल मार्क्स एक शैतानवादी थिए र चिनियाँ कम्युनिस्ट पार्टी सबै धार्मिक विश्‍वासहरू मेटाउन चाहन्छ ताकि मानिसहरू यसलाई आफ्नो उद्धारक मान्न, यसमा विश्‍वास गरून् र यसप्रति समर्पित हुन्। मार्क्स वास्तविक जीवनका दानव थिए जसले परमेश्‍वरलाई विरोध गरे।” उनले यो पनि भनिन्, “चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएदेखि यसले परमेश्‍वरको खुल्लमखुल्ला इन्कार गरेको छ, आलोचना गरेको छ, र निन्दा गरेको छ र यसले इसाई धर्मलाई एउटा पन्थ भन्छ। यसले बाइबललाई पन्थको साहित्य भनेर जफत गर्छ र नष्ट गर्छ र धार्मिक समूहहरूलाई पन्थहरू भन्दछ ताकि त्यसले उनीहरूलाई दमन गर्न सकोस्। अब आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वर चीनमा देखा पर्नुभएको छ र वचन शरीरमा देखा पर्नुहुन्छमा धेरै सत्यताहरू व्यक्त गर्दै काम गर्नुहुन्छ। यस पुस्तकले सबै धर्महरू र व्यक्तिगत सम्प्रदायहरूलाई हल्लाएको छ। सत्यलाई प्रेम गर्ने धेरै सच्चा विश्‍वासीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन् र ती वचनहरू सत्य र परमेश्‍वरका आवाज हुन् भन्ने, र सर्वशक्तिमान्‌ परमेश्‍वर फर्किनुभएको प्रभु येशू हुनुहुन्छ भन्ने बुझेका छन्। एकपछि अर्को गर्दै, तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेका छन् र परमेश्‍वरको सिंहासनको सामुन्ने आएका छन्।” “मात्र २० वर्षमा मुख्य भूमि चीनका लाखौँ मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूका कामलाई स्विकारेका छन्। धेरै भन्दा धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरमाथि विश्‍वास गरेका छन् जबकी अब कसैले पनि यसलाई विश्‍वास नगर्ने वा नपछ्याउने हुनाले, चिनियाँ कम्युनिस्ट पार्टी रिसाएको छ। यसले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको निन्दा गर्दछ र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई फसाउन झूटहरू बनाउँछ। यसले थुप्रै गोप्य कागजातहरू जारी गरेको छ र सशस्त्र प्रहरीका समूहलाई परिचालन गरेको छ। यो पूरै चीनभरि मण्डलीका इसाईहरूलाई गिरफ्तार गरी दमन गर्ने अभिप्रायमा छ आखिरी दिनहरूमा परमेश्‍वरका सुसमाचार रोक्ने व्यर्थ प्रयासमा छ। यसले परमेश्‍वरको काम र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई कुल्चिने कोसिस गर्दैछ। यसले सत्य र परमेश्‍वरलाई घृणा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको शैतानिक, राक्षसी प्रकृतिलाई स्पष्ट रूपमा उजागर गर्दछ। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, ‘त्यसले परमेश्‍वरमा भएका सबै कुरा मेटाउन र फेरि अशुद्ध पार्ने र उहाँको हत्या गर्ने इच्छा गर्छ; यसले उहाँको काम बिगार्न र त्यसमा बाधा पुर्‍याउन चाहन्छ। यसले कसरी परमेश्‍वरलाई समान दर्जाको हुन दिन्छ र? पृथ्वीमा मानिसहरू बीचको काममा परमेश्‍वरले ‘हस्तक्षेप’ गर्नुभएको यसले कसरी सहन सक्छ? यसले कसरी परमेश्‍वरलाई त्यसको घिनलाग्दो अनुहार उदाङ्गो पार्ने अनुमति दिन सक्छ? यसले परमेश्‍वरलाई कसरी त्यसको काम लथालिङ्ग पार्ने अनुमति दिन सक्छ? क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्‍वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्च पराक्रमको अगि झुक्न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्ने कि रुने कसैलाई केही थाहा छैन, र यसको बारेमा कुरा गर्नु साँच्चै गाह्रो छ। के यसको सार यही होइन र?(वचन शरीरमा देखा पर्नुहुन्छको “काम र प्रवेश (७)”)।”

बहिनीले त्यसपछि मेरो लागि एक चलचित्र लगाइन्, साम्यवादका झूटहरू। यसमा परमेश्‍वरका वचनको एक अंश थियो जसले मलाई वास्तवमै उत्प्रेरित गर्‍यो। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्‍न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौँ। परमेश्‍वरको कामलाई रोक्‍नेहरू, परमेश्‍वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्‍वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्‍वरले दण्ड दिनुहुनेछ। परमेश्‍वरको कामको अवहेलना गर्नेलाई नरकमा पठाइनेछ; परमेश्‍वरको कामको अवहेलना गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन(वचन शरीरमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ”)। मैले उहाँका यी वचनहरूबाट परमेश्‍वरको अख्तियार र प्रताप महसुस गर्न सकेँ। कुनै पनि मानिसले परमेश्‍वरको काममा बाधा पुर्याउन सक्दै-सक्दैन। यद्यपि चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई बदनाम गर्न र यसको निन्दा गर्न यथासक्दो गरिरहेको छ, मण्डलीबाट इसाईहरूलाई पागलपनमा पक्रने र सताउने गरिरहेको छ, तिनीहरू अझै पनि परमेश्‍वरलाई पछ्याउन र उहाँको सुसमाचार फैलाउनमा लागिपरेका छन्। तिनीहरू धेरै भन्दा धेरै सुसमाचार चलचित्र, समूह-गायन प्रदर्शन, र नृत्य भिडियोहरू बनाउँदैछन्, र धेरै भन्दा धेरै मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्दैछन्। मानिसबाट केही कुरा पनि यस्तो तीव्र अत्याचारको बीच यति छिटो बढ्न सक्दैन। मलाई थाहा थियो कि यो निश्चित रूपमा परमेश्‍वरबाट आएको हो र साँचो तरिका हो, र खोजी गर्न लायक थियो। यो सबै बुझ्दै जाँदा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा मेरो शङ्का र गलत बुझाइको समाधान भयो र मलाई मेरो हृदयबाट ठूलो भारी हटाइएको जस्तो महसुस भयो।

म मेरी श्रीमतीतिर फर्केँ र भने, “तिमीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु सही थियो। म अज्ञानी थिएँ र ममा विवेकको कमी थियो र मैले अन्धाधुन्ध रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको झूटमा विश्‍वास गरें र तिम्रो बाटोमा उभिएँ। म एकदमै गलत थिएँ।” उनका आँखामा आँसु भरिएर आए र उनले भावनाका साथ भनिन्, “परमेश्‍वरलाई धन्यवाद छ कि तपाईंले चिनियाँ कम्युनिस्ट पार्टीका झूटहरू बुझ्न सक्नुभयो र भ्रमको कुहिरोबाट बाहिर आउनुभयो। यो परमेश्‍वरको मार्गदर्शन र नेतृत्व हो!”

त्यसपछि, म कहिलेकाहीँ मेरी श्रीमतीको साथमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले बनाएको भिडियोहरू हेर्थें, र मैले उनको विश्‍वासको बारेमा उनको कुरा सुन्थें। पछि, म गम्भीर बिरामी भएँ र मण्डलीका दाजुभाइ तथा दिदीबहिनीहरू हेरविचार गर्न आए र हामीलाई धेरै मद्दत गरे। यस्तो चिसो, उदासीन समाजमा, ती दाजुभाइ तथा दिदीबहिनीहरूको निष्कपट सहयोगले मलाई वास्तवमै हामी एउटै सुखी परिवारमा छौं भन्‍नेजस्तो महसुस भयो। उनीहरूलाई चिनेको केही समयपछि, मैले बुझेँ कि तिनीहरू सबै अति दयालु मानिस हुन् जो आफ्ना कुराकानीका लागि परमेश्‍वरको वचनमा भर पर्थे, आफ्ना बोली र कार्यहरूमा निष्कपट, सीधा र मर्यादीता थिए। तिनीहरू मसँग काम गर्ने मानिसहरूभन्दा बिलकुलै फरक थिए—संसारमा त्यस्ता व्यक्तिहरू कमै मात्र बाँकी होलान्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनले मानिसहरूलाई परिवर्तन गर्न र हामीलाई सही मार्गमा डोर्याउन सक्छ भन्ने मलाई लाग्यो। र यो मण्डली पनि यति धेरै प्रेमले भरिएको छ कि, यसले मानिसहरूलाई भित्रैदेखि न्यानो महसुस गराउँछ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूका कामलाई खुशीसाथ स्विकारेँ। म त्यस बेलाको बारेमा सोच्छु जब म चिनियाँ कम्युनिस्ट पार्टीको झूटले अन्धो भएको थिएँ र मेरी श्रीमतीको विश्‍वासको बाटोमा उभिएको थिएँ, तर पनि परमेश्‍वरले मलाई मुक्ति दिन छोड्नुभएन। परमेश्‍वरका वचनहरूमार्फत दाजुभाइ तथा दिदीबहिनीहरू मसँग बोले, परमेश्‍वरले मलाई चिनियाँ कम्युनिस्ट पार्टीका झूटहरू बुझ्न र तीनका पछाडि रहेको भयङ्कर सत्य स्पष्ट रूपमा देख्न अनुमति दिनुभयो। उहाँले मलाई आफ्नो अगाडि डोर्याउनुभयो। म परमेश्‍वरले मेरो लागि गर्नुभएको उद्धारको निम्ति धन्यवाद दिन्छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो?

१९९८ मा, मेरो काकाको छोरा याङ्ग मलाई प्रभु येशूको सुसमाचार सुनाउन आए। तिनले मेरो लागि एउटा बाइबल पनि ल्याइदिएका रहेछन्, र सारा बाइबल...

विद्रोहीले पश्चात्ताप गर्छ

गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्‍वासको जग हो र हामीले विश्‍वासीहरूको हैसियतमा बाइबल पालन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्