ठूलो सेतो सिंहासनको न्याय सुरु भएको छ

27 फेब्रुअरी 2023

विश्‍वास गरेपछि, मैले प्रार्थना गर्न र बाइबल पढ्न सिक्‍न थालेँ र दैनिक जीवनमा प्रभुका वचनहरू पछ्याउन सक्दो प्रयास गर्थेँ। पछि, मैले आखिरी दिनहरूको न्यायको बारेमा अनलाइनमा गएर भिडियोहरू हेरेँ। ती भिडियोहरूमा प्रकाशको पुस्तकको यो अगमवाणी उल्‍लेख गरिएको थियो: “अनि मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्‍नुहुनेलाई देखेँ, जसको सामनेदेखि पृथ्वी र स्वर्ग भागे; र तिनीहरूको निम्ति कुनै ठाउँ पाइएन। अनि मैले मरेका साना र ठूलालाई परमेश्‍वरको अघि खडा भएका देखेँ; अनि पुस्तकहरू खोलिए: र अर्को पुस्तक खोलियो, जुन जीवनको पुस्तक थियो: र मरेकाहरूलाई पुस्तकहरूमा लेखिएका कुराहरू अनुसार, तिनीहरूका कामहरूबमोजिम नै न्याय गरियो(प्रकाश २०:११-१२)। आखिरी दिनहरूमा प्रभु येशू सेतो वस्‍त्र लगाएर ठूलो सेतो सिंहासनमा बस्‍नुहुन्छ र सबै जनाले उहाँको अघि घुँडा टेक्‍नेछन्। उहाँले हरेक व्यक्तिलाई उसको कर्म अनुसार न्याय गर्नुहुन्छ। पापीहरू दण्डित हुन नरक जानेछन्, र धर्मीहरू राज्यमा उठाइलगिनेछन्। यी भिडियोहरूले मेरो मन प्रभुले गर्नुहुने न्यायका दृश्यहरूले भरिदिए। उहाँको आखिरी दिनहरूको न्याय भिडियोहरूमा भनिएजस्तै हुनेछ भनेर मैले विश्‍वास गरेको थिएँ। मैले प्रभुका शिक्षाहरूलाई पछ्याउने सङ्कल्प गरेँ ताकि उहाँ हाम्रो न्याय गर्न आउनुहुँदा, उहाँले मलाई राज्यमा स्वागत गर्नुहुनेछ।

सन् २००४ मा इन्डोनेशियामा एउटा भयानक सुनामी आयो जसमा दुई लाख भन्दा बढी मानिसहरूको मृत्यु भयो। यो परमेश्‍वरको क्रोध हो र उहाँले न्यायको दिन चाँडै आउनेछ भनेर हामीलाई चेतावनी दिइरहनुभएको छ भन्‍ने मलाई महसुस भयो। मेरो विश्‍वासका सारा वर्षहरूमा, मैले प्रभुका शिक्षाहरूलाई अभ्यास गर्न सक्दो प्रयास गरेकी थिएँ, तर मैले उहाँका वचनहरूलाई अभ्यास गर्न वा अरूलाई आफैलाई जत्तिकै प्रेम गर्न सक्दिनथिएँ। मेरी सासूले मेरी नन्दसँग मेरो बारेमा कुरा काट्दा मलाई रिस उठ्थ्यो र यसको लागि म उनलाई तिरस्कार गर्थेँ। म सम्पत्तिको लोभ गर्थेँ र सांसारिक प्रचलनहरू पछ्याउँथेँ। बाइबलले भन्छ: “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। परमेश्‍वर पवित्र हुनुहुन्छ र अपवित्रहरूले परमेश्‍वरको मुहार देख्‍न सक्दैनन्। तर म सधैँ पाप गर्दै स्वीकार गरिरहेकी हुन्थेँ र पापबाट मुक्त भएकी नै थिइनँ। के फर्कनुभएका प्रभुले मलाई न्याय गरेर नरक पठाउनुहुनेछ? त्यसकारण मैले पाप गर्ने समस्यालाई कसरी समाधान गर्ने भनेर केही पाष्टरहरूलाई सोधेँ। तिनीहरूले भने, “हामीले प्रभुसँग प्रार्थना गर्छौँ र पाप स्वीकार गरेर पश्‍चात्ताप गर्छौँ भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुनेछ।” तर यसले मेरो समस्या समाधान गरेन। मैले पहिले जस्तै पाप गरिरहेँ र स्वीकार गरिरहेँ। हरेक पटक पाप गर्दा मलाई डर लाग्थ्यो। आखिरी दिनहरूमा प्रभु हाम्रो काम अनुसार हामीलाई एक-एक गरी न्याय गर्न आउनुहुनेछ। यदि मैले पाप गरिरहेँ भने मलाई न्याय गरेर दोषी ठहराइनेछ। म कसरी राज्यमा प्रवेश गर्न सक्‍नेछु? म अत्यन्तै चिन्तित हुन्थेँ।

सन् २०१८ को फेब्रुअरीमा, मेरो श्रीमान अनलाइन भेलाहरूमा सहभागी हुन थाल्‍नुभयो। उहाँ हरेक दिन खुशी देखिनुहुन्थ्यो र आफ्‍नो विश्‍वासमा निकै सक्रिय हुन थाल्‍नुभयो। यसले गर्दा मलाई तिनीहरूले भेलाहरूमा के कुरा गर्दा रहेछन् भनेर जान्‍न मन लाग्यो। एक दिन, मेरो श्रीमानले मलाई भन्‍नुभयो, “प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्‍नुभएको छ। उहाँले न्यायको काम गरिरहनुभएको छ।” म चकित भएँ। यदि प्रभु येशू फर्केर आइसक्‍नुभएको भए, उहाँले आकाशमा ठूलो सेतो सिंहासनमा बसेर हामीलाई एक-एक गरी न्याय गरिरहनुभएको हुनेथियो। यो घटना देखिएको छैन, त्यसकारण कसरी आखिरी दिनहरूको न्यायको काम सुरु भइसकेको हुन सक्छ? मैले यो कुरा भन्दा मेरो श्रीमानले हाँस्दै भन्‍नुभयो, “परमेश्‍वरको आखिरी दिनहरूको न्याय हामीले कल्‍पना गरेको जस्तो होइन। परमेश्‍वर देह बनेर पृथ्वीमा आउनुभएको छ र उहाँले हामीलाई न्याय गर्न सत्यता व्यक्त गरिरहनुभएको छ।” मेरो शङ्का बढ्यो र मैले सोचेँ: प्रभुले कसरी वचनहरू व्यक्त गरेर हामीलाई न्याय गर्न सक्‍नुहुन्छ? कुनै पाष्टर वा अगुवाले त्यस्तो भनेको मैले सुनेकी छैन। मेरो श्रीमानले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई भर्खरै मात्र स्वीकार गर्नुभएको हुनाले यस कुरालाई राम्ररी व्याख्या गर्न सक्‍नुभएन, त्यसकारण उहाँले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका मानिसहरूसँग भेट्नू भनी भन्‍नुभयो। सुरुमा मलाई मन लागेको थिएन, तर मेरो श्रीमान सोचविचार गर्ने र आफ्‍नो विश्‍वासमा उत्सुक व्यक्ति हुनुहुन्छ, उहाँले प्रभु फर्केर आइसक्‍नुभएको छ र न्यायको काम गरिरहनुभएको छ भन्‍ने विश्‍वास गर्नुहुन्छ भन्‍ने सोच्दा उहाँले पक्‍कै पनि सही कारणले यो निर्णय गर्नुभएको हो भन्‍ने ठानेँ। प्रभु साँच्‍चै फर्केर आउनुभएको हो कि होइन भनेर पत्ता लगाउन, म तिनीहरूको भेलाहरूमा सहभागी हुन सहमत भएँ।

भेलामा, मण्डलीकी सिस्टर लीयूले मेरो प्रश्‍नको विषयमा सङ्गति गरिन्: “प्रकाशको पुस्तकमा उल्‍लेख गरिएको ठूलो सेतो सिंहासनको न्याय यूहन्‍नाले पत्मोस टापूमा देखेको दर्शन थियो जुन दर्शनले आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने कामको बारेमा अगमवाणी गर्छ। यसले परमेश्‍वरको कामका तथ्यहरूलाई देखाएन। हामीले हाम्रा धारणा र कल्‍पनाहरू प्रयोग गरेर यो अगमवाणी बुझ्‍ने प्रयास गर्न मिल्दैन। बाइबलले भन्छ: ‘सबभन्दा पहिले यो जान कि पवित्रशास्त्रका कुनै पनि अगमवाणीलाई व्यक्तिगत रूपमा अर्थ्याउनु हुँदैन। किनकि पुरानो समयमा मानिसको इच्छाअनुसार अगमवाणी आएन: तर पवित्र आत्माको छुवाइद्वारा परमेश्‍वरका मानिसहरूले बोले(२ पत्रुस १:२०-२१)। अगमवाणीहरूको हकमा हामीमा परमेश्‍वरको डर मान्‍ने हृदय हुनुपर्छ। अगमवाणीहरू परमेश्‍वरबाट आएका हुन्छन् र ती रहस्यमय हुन्छन्, त्यसकारण परमेश्‍वरले मात्रै त्यसको अर्थ प्रकट गर्न सक्‍नुहुन्छ। ती पूरा भएपछि मात्रै मानिसहरूले तिनलाई बुझ्‍न सक्छन्। यदि हामीले तिनलाई शाब्दिक रूपमा अर्थ्यायौँ भने, हामीले परमेश्‍वरको कामलाई सीमित पार्ने र परमेश्‍वरलाई चिढ्याउने खतरा हुन्छ। फरिसीहरूले धर्मशास्‍त्रलाई शाब्दिक रूपमा अर्थ्याउँथे, अनि मसीह दरबारमा जन्‍मनुहुनेछ र उहाँले सत्ता लिनुहुनेछ भन्‍ने कल्‍पना गर्थे। तर यसको ठीक विपरीत भयो। प्रभु दरबारमा नजन्‍मिनुभएको मात्र होइन, तर सिकर्मीको छोराको रूपमा डुँडमा जन्‍मनुभयो, र उहाँ साँच्‍चै नै शक्तिको साथ आउनुभएको थिएन। फरिसीहरू जिद्दी भएर आफ्‍ना धारणाहरूमा लागिरहे र प्रभुलाई मसीहको रूपमा स्वीकार गर्न मानेनन्। तिनीहरूले उहाँका वचनहरू र कार्यमा अख्‍तियार र शक्ति छन् र ती परमेश्‍वरबाट आएका हुन् भन्‍ने देखेका थिए, तैपनि तिनीहरूले उहाँलाई विरोध गरे र दोष दिए। तिनीहरूले अन्त्यमा प्रभुलाई क्रूसमा टाँग्‍न लगाए। तिनीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याए र परमेश्‍वरद्वारा श्रापित र दण्डित भए। हामीले फरिसीहरूबाट सिक्‍नुपर्छ र हाम्रा आफ्‍नै धारणाहरूको आधारमा अगमवाणीहरूलाई बुझ्‍ने र परमेश्‍वरको कामलाई सीमित गर्ने प्रयास गर्नु हुँदैन।”

यस सिस्टरले भनेको कुरा अन्तर्दृष्टिपूर्ण, र बाइबल अनुरूप लाग्यो। अगमवाणीहरू परमेश्‍वरबाट आएका हुन्छन्, र उहाँका विचारहरू मानिसका भन्दा उच्‍च हुन्छन्। परमेश्‍वरको बुद्धि मानिसको भन्दा उच्‍च हुन्छ। अगमवाणीहरू कसरी पूरा हुनेछन् भन्‍ने कुरा परमेश्‍वरलाई मात्रै थाहा हुन्छ। मानिसले कसरी परमेश्‍वरको कामलाई कहिल्यै बुझ्‍न सक्छ र? मैले परमेश्‍वरको कामलाई आफ्‍नै धारणाहरूद्वारा सीमित गर्नु हुँदैन भन्‍ने महसुस गरेँ। मैले सिस्टरलाई सोधेँ, “तपाईंले परमेश्‍वर आखिरी दिनहरूमा देहधारी हुनुभएको छ र पृथ्वीमा आउनुभएको छ, र उहाँले सत्यता व्यक्त गर्दै न्यायको काम गरिरहनुभएको छ भनेर गवाही दिनुहुन्छ। यसको अर्थ के हो? यो कसरी बाइबलमा उल्‍लेख गरिएको ठूलो सेतो सिंहासनको न्यायसँग सम्‍बन्धित छ?”

सिस्टरले बाइबलबाट यी पदहरू निकालिन्: “र मैले अर्को स्वर्गदूत आकाशको बीचमा उडेको देखेँ, जोसँग पृथ्वीमा बास गर्नेहरूलाई प्रचार गर्नको लागि अनन्त सुसमाचार थियो, र हरेक जाति, कुल, भाषा, र मानिसहरूलाई, तिनले उच्‍च सोरमा भने, परमेश्‍वरको डर मान, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको घडी आएको छ(प्रकाश १४:६-७)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ(यूहन्‍ना ५:२२)। “र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ(यूहन्‍ना ५:२७)। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। अनि १ पत्रुसको यो पद: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। त्यसपछि उनले यसो भन्दै सङ्गति दिइन्: “यी पदहरूले यी कुराहरू उल्‍लेख गर्छन्: ‘जोसँग पृथ्वीमा बास गर्नेहरूलाई प्रचार गर्नको लागि अनन्त सुसमाचार थियो,’ ‘किनकि उहाँको न्यायको घडी आएको छ,’ र ‘परमेश्‍वरको घरबाटै न्याय सुरू हुनुपर्छ।’ हामी परमेश्‍वर आखिरी दिनहरूमा आफ्‍नो न्यायको काम गर्न आउनुहुन्छ भन्‍ने देख्छौँ। एउटा पदमा यसो पनि भनिएको छ, ‘तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ।’ ‘पुत्र’ र ‘मानिसको पुत्र’ ले मानवबाट जन्‍मेको र सामान्य मानवता भएको व्यक्तिलाई जनाउँछ। प्रभु येशू जस्तै, बाहिरबाट हेर्दा उहाँ साधारण व्यक्तिजस्तो देखिनुभए तापनि, उहाँभित्र परमेश्‍वरका आत्मा र ईश्‍वरीय सार छ। न त परमेश्‍वरका आत्मालाई न त उहाँको आत्मिक शरीरलाई मानिसको पुत्र भनेर भन्‍न सकिन्छ। यी पदहरूले के प्रमाणित गर्छन् भने परमेश्‍वर आखिरी दिनहरूमा सत्यता व्यक्त गर्न र न्यायको काम गर्न मानिसका पुत्रको रूपमा देहधारी हुनुहुन्छ र यो न्याय परमेश्‍वरको घरबाट सुरु हुन्छ। यसको अर्थ परमेश्‍वरको आवाज सुनेर उहाँको सिंहासनको अघि आउनेहरूलाई नै पहिले न्याय गरिनेछ।”

उनले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूका केही खण्डहरू पढिन्: “परमेश्‍वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्नुहुन्न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार र मानिसका सारा पापहरूलाई हो। मानिसका तुच्छ र सानातिना गल्तीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक छ र यसलाई कुनै निश्चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्‍वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिँदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्‍वरले निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्‍वरप्रतिको मानिसको विरोध वा उहाँप्रति मानिसको अनादर वा परमेश्‍वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्‍वरलाई विरोध गर्ने मानिसको सार हो र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्‍वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्‍पना गरेका थिए। देहधारी परमेश्‍वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ)। “आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। किन आजको सजाय र न्यायलाई आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अघि हुने न्याय हो भनेर भनिन्छ? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्‍ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्‍नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्‍नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्‍न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा आज्ञापालन गर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट काम गर्नेहरू दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (१))। “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)

त्यसपछि सिस्टरले यसो भन्दै सङ्गति दिइन्, “परमेश्‍वरले हामीले कल्‍पना गरेजस्तो आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्‍न, अर्थात् हरेकले घुँडा टेक्‍ने र परमेश्‍वरले हाम्रो एक-एक पाप प्रकट गर्ने, त्यसपछि हामी स्वर्ग जान्छौँ कि आगोको भट्टीमा जान्छौँ भनेर निर्णय गर्ने भन्‍ने हुँदैन। यदि परमेश्‍वरले मानिसलाई यसरी न्याय गर्नुभयो भने, स्वर्गको राज्यमा प्रवेश गर्न कोही पनि योग्य हुँदैनथियो। हामी शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएका छौँ र शैतानी स्वभावले भरिएका छौँ, त्यसकारण प्रभुमा विश्‍वास गरेपछि हामीले केही असल काम गर्न, दयालु व्यवहार गर्न, र सुसमाचार फैलाउने र प्रभुको लागि परिश्रम गर्ने गर्न सक्छौँ, तर हामीभित्र अझै पनि पापी प्रकृति यथावत् रहेको हुन्छ। हामी अझै पनि पाप गर्दै र स्वीकार गर्दै बसिरहेका हुन्छौँ र हामीले प्रभुका शिक्षाहरूलाई पालना गर्न सक्दैनौँ। प्रभुले हामीले चाहेको कुरा गर्नुभएन भने हामी उहाँलाई दोष दिन्छौँ। हामी आफ्‍नै हित र प्रतिष्ठाको लागि झूट बोल्छौँ र छल गर्छौँ। हाम्रा हितहरूमा असर पर्दा हामी मानिसहरूलाई घृणा गर्छौँ र तिनीहरूसँग बदला लिन्छौँ … बाइबलले भन्छ, ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। के हामी जस्तो पापी मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्? यदि परमेश्‍वरले हामीलाई हाम्रो वर्तमान बानीबेहोराको आधारमा न्याय गर्नुभयो र दोषी ठहर्‍याउनुभयो भने, के हामी सबै दण्डित र भस्‍म हुनेछैनौँ र? मानवजातिलाई एक पटक सधैँको लागि पापबाट मुक्ति दिनको लागि, परमेश्‍वर फेरि पनि मानिसका पुत्रको रूपमा देहधारी भएर आखिरी दिनहरूमा आउनुभएको छ। उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ, जसले मानवजातिलाई न्याय गर्न र शुद्ध पार्न सत्यता व्यक्त गर्नुहुन्छ र काम गर्नुहुन्छ। प्रकाशको पुस्तकमा उल्‍लेख गरिएको ठूलो सेतो सिंहासनको न्याय यही हो। परमेश्‍वरले आफ्‍नो न्यायको काम सुरुमा मानिसलाई शुद्ध पार्न र मुक्ति दिन अनि विजेताहरूको समूह निर्माण गर्न देह बनेर अनि सत्यता व्यक्त गरेर गर्नुहुन्छ। त्यसपछि उहाँले महाविपत्तिहरू ल्याउनुहुन्छ, जसमा असललाई इनाम दिनुहुन्छ र दुष्टलाई दण्ड दिनुहुन्छ, र दुष्ट पुरानो युगलाई नष्ट गर्नुहुन्छ। अन्तिममा, उहाँ सबै मानिसहरूकहाँ देखा पर्नुहुनेछ, त्यसपछि उहाँको न्यायको काम समाप्त हुनेछ। ठूला-ठूला विपत्तिहरू सुरु हुने बेला ठूलो सेतो सिंहासनको न्याय सुरु हुने बेला होइन, तर यो समाप्त हुने बेला हो। त्यो बेला, उहाँको गुप्त कामको दौरान परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको न्यायद्वारा भ्रष्ट स्वभाव शुद्ध पारिएका सबै मानिसहरू परमेश्‍वरको सुरक्षा पाएर विपत्तिहरूमा बाँच्‍नेछन्, र उहाँले तिनीहरूलाई आफ्‍नो राज्यमा लैजानुहुनेछ। उहाँको गुप्त कामको अवधिमा सर्वशक्तिमान्‌ परमेश्‍वरलाई इन्कार गर्ने र दोष दिने मानिसहरू पहिले कहिल्यै नदेखिएका विपत्तिहरूद्वारा परास्त हुनेछन्, र दण्डित भएर बिलौना गर्नेछन् र दाह्रा किट्नेछन्।”

उनको सङ्गति सुनेपछि मेरो हृदय उज्यालो भयो। परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम मैले कल्‍पना गरेजस्तो परमेश्‍वर आकाशमा ठूलो सेतो सिंहासनमा बसेर मानिसहरूलाई एक-एक गरी न्याय गर्ने अनि तिनीहरूलाई स्वर्गमा वा नरकमा पठाउने गरी हुने रहेनछ। परमेश्‍वरको न्यायको काम चरणबद्ध रूपमा हुन्छ। सुरुमा, उहाँले मानिसको पापी प्रकृतिलाई उखालेर फ्याँक्‍न, तिनीहरूलाई शुद्ध पार्न र मुक्ति दिनको लागि सत्यता व्यक्त गर्नुहुन्छ र तिनीहरूलाई पश्‍चात्ताप गर्ने र परिवर्तन हुने मौका दिनुहुन्छ। त्यसपछि उहाँ असललाई इनाम र दुष्टलाई दण्ड दिन खुलेआम देखा पर्नुहुनेछ। मैले ठूलो सेतो सिंहासनको बारेमा कल्‍पना गरेको दृश्य परमेश्‍वरको न्यायको कामको समाप्तिको दृश्य हुने रहेछ। यदि हामीले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न त्यो बेलासम्‍म पर्खियौँ भने, धेरै ढिला भइसकेको हुनेछ र मैले मुक्ति पाउने मौका गुमाउनेछु। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा सोधखोज गर्नु नै उचित हुन्छ भन्‍ने महसुस गरेँ। त्यसकारण मैले सिस्टरलाई सोधेँ, “परमेश्‍वरले कसरी आफ्‍ना वचनहरूद्वारा मानिसहरूलाई न्याय गर्नुहुन्छ र धुनुहुन्छ?”

उनले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा खण्ड पढिन्। “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)

उनले यसो भन्दै सङ्गतिलाई जारी राखिन्, “मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्न सत्यता व्यक्त गर्ने क्रममा, परमेश्‍वरले एक-दुई वटा शब्‍दहरू बोल्‍ने वा केही खण्डहरू लेख्‍ने मात्रै गर्नुहुन्‍न। बरु, उहाँले मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ। उहाँले शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले मानिसलाई कसरी मुक्ति दिनुहुन्छ, परमेश्‍वरले कसलाई आशिष्‌ दिनुहुन्छ, कसलाई हटाउनुहुन्छ, कसले मुक्ति पाएर राज्यमा प्रवेश गर्न पाउँछ, र यस्तै इत्यादि सत्यताहरू प्रकट गर्नुहुन्छ। उहाँले विशेष गरी मानिसको परमेश्‍वरलाई विरोध गर्ने शैतानी प्रकृतिलाई खुलासा र विश्‍लेषण गर्नुहुन्छ र हामीले आफूमा बोक्‍ने सबै शैतानी स्वभाव र विषहरूलाई पूर्ण रूपमा प्रकट गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूको प्रकाश र न्यायमा हामी शैतानले हामीलाई गरेको भ्रष्टताको सत्यतालाई देख्‍न सक्छौँ। हामीले हाम्रो पापी, परमेश्‍वर-विरोधी प्रकृति र यसको जडलाई चिन्छौँ, र हाम्रा शैतानी स्वभावहरूले हामीमा कति गहिरो जरा गाडेका छन्, जस्तै अहङ्कार, छलीपन, दुष्टता, र सत्यतालाई घृणा गर्नु, ती कुरा देख्छौँ। उदाहरणको लागि, हामीले प्रभुको लागि मेहनत गर्न, र अविश्‍वासीहरूको गिल्‍ला र निन्दा सहन सके पनि, र हामीलाई जेल लगिँदा समेत हामीले प्रभुलाई इन्कार नगर्ने वा राज्यको सुसमाचार प्रचार गर्न नछोड्ने भए पनि, जब संकष्टहरूले प्रहार गर्छन् र हाम्रो भविष्यको आशा धमिलो बन्छ, तब हामी गुनासो गर्छौँ र परमेश्‍वरलाई दोष दिन्छौँ, हामीले गरेका प्रयासहरूप्रति पछुतो गर्छौँ, र हामीले परमेश्‍वरलाई इन्कार गरी धोका दिने समेत गर्न सक्छौँ। हामीले गरेका प्रयासहरू परमेश्‍वरको अनुग्रह र आशिष्‌हरू प्राप्त गर्नको लागि, र मुकुट र इनाम पाउनको लागि मात्रै थिए भन्‍ने हामी देख्छौँ। त्यस्ता प्रयासहरू अशुद्ध हुन्छन्। हामीले त परमेश्‍वरसँग कारोबार गरिरहेका र प्रभुलाई धोका दिइरहेका मात्रै हुन्छौँ। त्यसपछि मात्रै हामीले शैतानद्वारा हामी कति भ्रष्ट तुल्याइएका छौँ, अनि हामीले परमेश्‍वरको आदर गर्दैनौँ र हामीमा विवेक र समझ छैन भन्‍ने कुरा थाहा पाउँछौँ। परमेश्‍वरको न्याय र सजाय अनुभव गरेपछि, हामीले परमेश्‍वरको धर्मी, र प्रतापी स्वभावलाई चिन्‍न थाल्छौँ। हामीले परमेश्‍वरलाई आदर गर्न थाल्छौँ, साँचो रूपमा आफूलाई घृणा गर्न थाल्‍नेछौँ, अनि आफ्‍नो देहलाई त्यागेर सत्यताको अभ्यास गर्न तयार हुन्छौँ। हाम्रो भ्रष्टताहरू धोइन थाल्छन्, र हामी साँचो मानव स्वरूपमा जिउन थाल्छौँ। वर्षौँदेखि परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएकाहरूलाई हृदयको अन्तस्करणबाट नै के थाहा हुन्छ भने परमेश्‍वरको न्यायले साँच्‍चै नै मानिसहरूलाई शुद्ध पार्न र परिवर्तन गर्न सक्छ, र यो मानिसप्रतिको उहाँको प्रेम र मुक्ति हो।”

मैले उनको सङ्गतिबाट परमेश्‍वरको न्यायको काम कति व्यावहारिक छ भन्‍ने देखेँ। हाम्रो भ्रष्टता र हाम्रो पापको जडलाई न्याय र खुलासा गर्न, हामीलाई परिवर्तनको बाटो देखाउन, र हामीलाई शुद्ध पार्न र मुक्ति दिनको लागि नै परमेश्‍वरले वास्तवमा वचनहरू व्यक्त गर्नुहुन्छ। पहिले म जब-जब पाप गर्थेँ, तब-तब म मलाई क्षमा गर्नुहोस् भनी प्रभुलाई अनुरोध गर्थेँ, तर त्यसपछि म फेरि पाप नगरी बस्‍न सक्दिनथिएँ किनभने मैले परमेश्‍वरको आखिरी दिनहरूको न्यायलाई स्वीकार गरेकी थिइनँ। मैले अब बल्‍ल पापबाट मुक्त हुने र शुद्ध हुने मार्ग भेट्टाएकी छु।

त्यसपछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू, साथै ब्रदर-सिस्टरहरूले लेखेका धेरै गवाहीहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् र तिनले मानिसहरूलाई शुद्ध पार्न र परिवर्तन गर्न सक्छन् भन्‍ने कुरामा म विश्‍वस्त भएकी छु। मैले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर पहिचान गरेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। अहिले सोच्छु, म त ठूलो सेतो सिंहासनको न्याय गर्न प्रभु आउनुहुनेछ भनेर प्रतीक्षा गर्दै कल्‍पनामा जिइरहेकी रहेछु। परमेश्‍वर सत्यता व्यक्त गर्न पहिले नै गुप्तमा आइसक्‍नुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम सुरु गर्नुभएको छ भन्‍ने मलाई थाहा थिएन। मैले झण्डै परमेश्‍वरको आखिरी दिनहरूको मुक्तिलाई छुटाएँ! परमेश्‍वरले मलाई उहाँको आवाज सुन्‍ने, उहाँको सिंहासनको अघि उठाइलगिने र ख्रीष्‍टको आसन अगाडि न्याय गरिने र शुद्ध पारिने मौका दिनुभएकोमा म उहाँको कृपा र दयाको लागि धन्यवाद दिन्छु। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

शुद्ध मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्छन्

सारा, अमेरिका जब मैले प्रभुमा विश्‍वास गरेँ, तब मैले प्रायजसो के सुन्‍ने गर्थेँ भने, प्रभुले हामीलाई हाम्रा छिमेकीलाई पनि आफूलाई जस्तै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्