साँचो मार्गको अनुसन्धान गर्दा मैले अनुभव गरेको कुरा

27 फेब्रुअरी 2023

मैले बालक छँदा नै मेरा आमाबुबाको पछि लागेर प्रभुलाई विश्‍वास गरेकी थिएँ। पछि, म शिक्षक बनेँ, अनि इसाई र नैतिक शिक्षासम्‍बन्धी पाठ्यक्रमहरू पढाएँ। अहिले, म उत्तर सुमात्राको एउटा सार्वजनिक माध्यमिक विद्यालयमा पढाउँछु। २०२० को मार्च महिनामा एक रात, मैले मेरा विद्यार्थीहरूलाई पढाउनको लागि उदाहरणको रूपमा चलाउन प्रवचनहरू खोज्नलाई युटुब खोलेँ। मैले राती अबेरसम्‍म धेरैवटा प्रवचनहरू हेरेँ, तर ती सबै पुरानो, धेरै हेरिएका थिए, र तीबाट कुनै पनि ज्योति प्राप्त भएन। ती हेरिसकेपछि मलाई नियाँस्रो लाग्यो। त्यसपछि, मैले एउटा इसाई चलचित्र देखेँ, कति सुन्दर आवाज। यो चलचित्रले तुरुन्तै मेरो ध्यान खिच्यो। भिडियोमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू देखेँ र प्रभु कसरी फर्केर आउनुहुन्छ भन्‍ने बारेमा केही सङ्गति सुनेँ, जुन मैले कहिल्यै सुनेकी थिइनँ। मैले यसभन्दा पहिले केही इसाई चलचित्रहरू हेरेकी थिएँ, तर यसरी मलाई चकित पार्ने चलचित्र कहिल्यै हेरेकी थिइनँ। त्यसपछि, मैले परमेश्‍वरको नाम परिवर्तन भएको छ?! भन्‍ने अर्को चलचित्र हेरेँ, र यो चलचित्रले मलाई जिज्ञासु तुल्यायो, त्यसकारण मैले त्यो अन्तिमसम्‍मै हेरेँ। त्यो रात, चलचित्रमा देखेका कुराहरूबारे सोचेर, मलाई पटक्‍कै निद्रा लागेन। के परमेश्‍वरको नाम साँच्‍चै परिवर्तन भएको छ? मलाई यो विशेष गरी जान्‍न मन लाग्यो। के यो कथा मात्रै हो कि, वा चलचित्रले दाबी गरेको कुरा सही हो, अनि परमेश्‍वर पहिले नै फर्केर आइसक्‍नुभएको छ? के तिनीहरूले पढेका वचनहरू साँच्‍चै परमेश्‍वरका वचन हुन्? यदि परमेश्‍वर फर्केर आउनुभएको हो, र उहाँको नाम परिवर्तन भएको हो भने, र मैले यसलाई छुटाएँ भने त के त्यो भयानक कुरा हुनेछैन र? म यी प्रश्‍नहरूको उत्तरहरू पाउन एकदमै उत्सुक भएँ।

पछि, महामारीको कारण मैले घरमै बसेर काम गर्नुपर्ने भयो, त्यसकारण मसँग यी चलचित्रहरू अनलाइन हेर्ने प्रशस्‍त समय भयो। म निकै खुसी थिएँ, किनभने मैले यस्ता राम्रा इसाई चलचित्रहरू कहिल्यै देखेकी थिइनँ। मैले यी चलचित्र फेसबुकमा सेयर गरेँ ताकि अरूले पनि ती हेर्न सकून्। धेरै मानिसहरूले मन पर्‍यो भनेर कमेन्ट गरे, तर कतिपय कमेन्टमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई आक्रमण गरिएको पनि देखेँ अनि एक जना पाष्टरले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा केही पनि पोस्ट नगर्न सल्‍लाह दिए। पहिले त मलाई यी सबै चलचित्रहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका हुन् भन्‍ने थाहा थिएन। पाष्टरले भनेपछि मात्रै मलाई थाहा भयो। उत्सुकता जागेर, मैले इन्टरनेटमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली खोजी गरेँ, र “राज्य अवरोहणको सुसमाचार” नामक वेबसाइट भेट्टाएँ। मैले वेबसाइटमा राखिएको सामग्री पढ्न थालेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू देखेँ। “राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनशक्ति पुन: प्राप्त गर्न थाल्छन्। पृथ्वीका स्थिति परिवर्तनहरूको कारण, एउटा मुलुक र अर्को मुलुक बीचका सिमानाहरू पनि सर्न थाल्छन्। मैले अगमवाणी गरेको छु: जब एउटा मुलुकबाट अर्को मुलुक विभाजित हुन्छ, र एउटा मुलुक अर्को मुलुकसँग जोडिन्छ, यही नै सारा राष्ट्रहरूलाई टुक्राटुक्रा हुने गरी मैले प्रहार गर्ने समय हुनेछ। यो समयमा, म सारा सृष्टिको नवीकरण गर्नेछु र सम्पूर्ण ब्रह्माण्डको पुनर्विभाजन गर्नेछु, र यसरी ब्रह्माण्डलाई व्यवस्थित गरेर पुरानोलाई नयाँमा रूपान्तरित गर्नेछु—मेरो योजना यही हो र मेरा कामहरू यिनै हुन्। जब राष्ट्रहरू र संसारका मानिसहरू मेरो सिंहासनअघि फर्कन्छन्, तब म स्वर्गका सारा प्रचुरता लिनेछु र मानव संसारलाई प्रदान गर्नेछु, ताकि मैले गर्दा संसार अतुलनीय प्रचुरताले भरियोस्। तर पुरानो संसार अस्तित्वमा रहुन्जेल, यसका राष्ट्रहरूमाथि म मेरो क्रोध बर्साउनेछु, ब्रह्माण्डभरि म खुल्लमखुल्ला मेरा प्रशासनिक आदेशहरू जारी गर्नेछु, र तिनलाई उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिनेछु:

मैले बोल्‍नको लागि ब्रह्माण्डतर्फ मेरो मुहार फर्काउँदा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरू देख्छन्। मेरो इच्‍छाविरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई लिन्छु र तिनलाई नयाँ बनाउनेछु, र मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्—आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहनेछैनन् र संसारका यावत् थोकहरू नवीकरण हुनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूको पुनर्विभाजन हुनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जाऊन् र ती सबै मलाई आराधना गर्ने राज्य बनून्; पृथ्वीका सारा राष्ट्रहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसको स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त पारिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो प्रज्वलित अग्‍निद्वारा सखाप पारिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू विभिन्‍न हदमा मेरा कार्यहरूद्वारा जितिनेछन् र मेरो राज्यमा फर्कनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार भई आउनुहुने पवित्र एउटै उहाँको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएकाहरू सबै नष्ट हुनेछन्; आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जे-जसरी अपराधमुक्त गरेका हुन्‍छन् सोही कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। अनि, म आफैलाई असंख्य मानिसहरू र असंख्य राष्ट्रहरूसमक्ष प्रकट गर्नेछु, र सारा मानवजातिले आफ्‍नै आँखाले देख्‍ने गरी म आफ्‍नै आवाजमा पृथ्वीतर्फ उच्‍च सोरले कराउनेछु र तिनीहरूको निम्ति मैले गरेको मेरो महान् कार्य पूरा भएको घोषणा गर्नेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६)। यी वचनहरूले मेरो मुटु हल्‍लाए, र मलाई यो थरथर कामेको महसुस भयो। यी वचनहरूको अख्‍तियारले मलाई झड्‍का दियो। यी वचनहरूमा कुनै पनि अपराध नसहने प्रताप लुकेको थियो। मलाई यी वचनहरूमा अख्‍तियार र शक्ति छ, र कुनै पनि मानिसले यी वचनहरू भन्‍न सक्दैन, त्यसकारण ती परमेश्‍वरबाट आएका जस्तो देखिन्छ भन्ने लाग्यो। यो अनुभूतिलाई म शब्‍दमा व्यक्त गर्न सक्दिनँ। यसका साथै, मलाई अलिक अन्योल पनि भएको थियो। मैले सोचेँ, “यी चलचित्रका पात्रहरू सबै चिनियाँ छन्, त्यसैले के यी चलचित्रहरू चिनियाँ मानिसहरूले बनाएका हुन्? चीन त नास्तिक पार्टीले शासन गरेको देश हो, र चिनियाँ मानिसहरूले सामान्यतया धूप बाल्‍ने अनि बुद्ध र मूर्तिहरू पुज्‍ने गर्छन्। के प्रभु चीनमा फर्केर आउनुभएको हुन सक्छ? के यी वचनहरू साँच्‍चै परमेश्‍वरका वचन हुन्?” म अत्यन्तै अन्योलमा परेँ। मलाई जति अन्योल भयो, वास्तविकता के रहेछ भनेर जान्‍न त्यति नै मन लाग्यो। त्यसकारण, वेबसाइटमा राखिएको सम्पर्क जानकारीमार्फत, मैले एक जना सिस्टरलाई सम्पर्क गरेँ। उनले मलाई भेलामा सहभागी हुने कि भनेर सोधिन्। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन र सत्यताबारे अझै धेरै जान्‍न चाहन्छु भनेर भनेँ, त्यसकारण उनले मलाई अनलाइन भेला समूहमा आबद्ध हुन सहयोग गरिन्, र मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पनि पढेर सुनाइन् अनि परमेश्‍वरको देहधारणका रहस्यहरू र परमेश्‍वरका तीन चरणको कामबारे सङ्गति दिइन्। मैले उनको सङ्गति ध्यान दिएर सुनेँ र मेरो अन्योलताको उत्तर भेट्टाएँ, अनि प्रभु साँच्‍चै फर्केर आउनुभएको छ, र उहाँ देहधारी शरीर लिएर आउनुभएको छ भन्‍ने केही खुसीका सुन्दर खबरहरू पनि प्राप्त गरेँ। म पक्‍कै पनि उत्साहित भएँ होला। तर केही समयपछि नै, मलाई फेरि पनि धर्मकापाष्टरबाट बाधा र अवरोध आयो।

एक जना पाष्टरले मलाई फेसबुकमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई आक्रमण गर्दै केही शब्दहरू लेखेर पठाए, र भने, “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली झूटो शिक्षा हो। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचन हुन् भनी भन्छन्, तर ती वचनहरू बाइबलमा छैनन्। इसाई भएको हुनाले, तिमीले बाइबलभन्दा बाहिर परमेश्‍वरको कुनै वचन छैन भनेर जान्‍नुपर्छ, र अहिले नै तिनीहरूबाट टाढा भइहाल्नुहोस्!” समूहका अरू ब्रदर-सिस्टरहरूले पनि पाष्टरबाट सन्देशहरू प्राप्त गरे। पहिले मसँग राम्रो सम्‍बन्ध भएका कतिपय मानिसहरूले पाष्टरको कुरा सुनेपछि भेला समूह छोडे र मलाई पनि त्यसै गर्न सुझाव दिए। सुरुमा त, मलाई निकै अन्योल भएको थियो। मैले सोचेँ, “तिनी पाष्टर हुन् र मैले भन्दा बढी बाइबल जानेका छन्। सायद तिनले भनेको कुरा सही पो हो कि?” त्यसकारण मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली साँच्‍चै झूटो हो कि होइन भनेर पत्ता लगाउन मन लाग्यो। पाष्टरले यति हल्‍का रूपमा भनेको कुरामा मलाई विश्‍वास लागेन, किनभने मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पढेकी थिएँ, र मलाई यी वचनहरू साँच्‍चै नै सत्यता हुन् भन्‍ने लागेको थियो। यी वचनहरूमा अख्‍तियार थियो र यी परमेश्‍वरको आवाजजस्तो लाग्थ्यो। तर यी वचनहरू साँच्‍चै नै बाइबलभन्दा बाहिरका थिए, त्यसकारण वास्तविकता के हो? मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीकी सिस्टर एल्सालाई सोधेँ। उनले मलाई बाइबलको एउटा पद पठाइन्। यो यूहन्‍नाको सुसमाचारको २१ अध्यायको २५ पद थियो, “येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो।” सिस्टर एल्साले मलाई यसो भन्दै सङ्गति दिइन्, “यो पदबाट हामी के बुझ्न सक्छौँ भने प्रभु येशूका वचन र कार्यहरू बाइबलमा पूर्ण रूपमा लेखिएको छैन। त्यो बेला, प्रेरित यूहन्‍ना प्रभु येशूको साथमा थिए, र उनले बाइबलमा लेखिएका भन्दा अझ धेरै प्रभु येशूका वचनहरू सुनेका थिए। अब, यसबारे सोचौँ। प्रभु येशूले काम गर्नुहुँदा, कम्तीमा पनि तीन वर्षसम्‍म प्रवचन सुनाउनुभयो। यदि उहाँले दिनमा एक घण्टा बोल्‍नुभएको भए, तीन वर्षमा कति धेरै वचनहरू बोल्‍नुहुनेथियो होला? कसैले गन्ती गर्न सक्‍नेभन्दा धेरै। कसरी उहाँका वचनहरू बाइबलमा लेखिएका वचनहरू मात्रै हुन सक्छन्? वास्तवमा, बाइबलमा भएका परमेश्‍वरका वचनहरू अत्यन्तै सीमित छन्। यी वचनहरू परमेश्‍वरले त्यो अवधिमा बोल्‍नुभएका सबै वचन अवश्य नै होइनन्। यो इन्कार गर्न नसकिने तथ्य हो। पाष्टर भन्छन्, ‘बाइबलभन्दा बाहिर परमेश्‍वरको कुनै वचन छैन।’ तिनले यसो भन्नुको के आधार छ त?” त्यो सुनेपछि मैले सोचेँ, “हो त, पाष्टरले भनेको कुरा तथ्यहरूसँग मेल खाँदैन। यो त गलत छ।” मैले बाइबल पढेकी थिएँ, तर यूहन्‍नाको सुसमाचारको यो पदलाई कहिल्यै ध्यान दिएकी थिइनँ। त्यसपछि मात्रै मलाई के महसुस भयो भने, यो पदले हामीलाई परमेश्‍वरका सबै वचनहरू बाइबलमा छैनन् भनेर पहिल्यै बताइसकेको रहेछ। त्यसपछि सिस्टर एल्साले मलाई थप केही बाइबल पदहरू पठाइन्। उनले मलाई यूहन्‍ना १६:१२-१३ पठाइन्, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ।” अनि प्रकाशको पुस्तकका केही पदहरू पठाइन्। “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश २:७)। “अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातमा बाहिर र भित्र लेखेर सात वटा मोहोरहरू लगाइएको एउटा पुस्तक मैले देखेँ। र एउटा शक्तिशाली स्वर्गदूतले ‘यो पुस्तक खोल्न र यो मोहोर हटाउन को योग्य छ?’ भनेर उच्‍च सोरमा भनिरहेको मैले देखेँ। र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि कतै पनि त्यो पुस्तक न त खोल्न सक्ने कुनै मानिस थियो न त हेर्न सक्ने न। अनि म निकै रोएँ, किनभने न त त्यो पुस्तकलाई खोल्‍न र पढ्न योग्य कुनै मानिस भेटियो न त त्यसलाई हेर्ने। अनि धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, नरोऊ: हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्(प्रकाश ५:१-५)। हामीले ती बाइबल पदहरू पढेपछि, सिस्टर एल्साले यसो भन्दै सङ्गति दिइन्, “प्रभु येशूका वचनहरू अत्यन्तै स्पष्ट छन्: उहाँसँग अझै पनि हामीलाई बताउने अझ धेरै कुरा छन्, तर त्यो बेला मानिसहरूको कद स्वीकार गर्नै नसक्ने सानो थियो, त्यसकारण हामी सबैलाई सत्यतामा अगुवाइ गर्न आखिरी दिनहरूमा सत्यताका आत्मा आउनुहुनेछ, जसको अर्थ प्रभु येशूको पुनरागमन भएपछि, उहाँले अझै धेरै सत्यता व्यक्त गर्नुहुनेछ र आउनेवाला कुराको बारेमा हामीलाई बताउनुहुनेछ। यसले परमेश्‍वरसँग बाइबलभन्दा बाहिरको नयाँ काम र वचनहरू छन् भन्‍ने प्रमाणित गर्छ। त्यसकारण मानिसहरूले कसरी यसो भन्‍न सक्छन्, ‘परमेश्‍वरका सबै वचनहरू बाइबलमा नै छन्, र बाइबलभन्दा बाहिर परमेश्‍वरको कुनै पनि वचन वा काम छैन?’ के यो परमेश्‍वरको वचनलाई इन्कार गर्नु होइन र?” उनको सङ्गति सुनेपछि मैले के बुझेँ भने पाष्टरले परमेश्‍वरका वचनहरू र काम बाइबलमा सीमित छन् भनेर भन्नु गलत हो, र परमेश्‍वरले बाइबलमा लेखिएको भन्दा कता हो कता धेरै वचनहरू आखिरी दिनहरूमा बोल्‍नुहुनेछ। कसैले पनि बेह्रिएको चर्मपत्र खोल्‍न वा पढ्न सक्दैन भनेर प्रकाशको पुस्तकले भन्छ, त्यसकारण चर्मपत्र पक्‍कै पनि बाइबल होइन, किनभने हामी हरेक दिन बाइबल पढ्न सक्छौँ। जब प्रभु येशूको पुनरागमन हुन्छ, तब उहाँले चर्मपत्र खोल्‍नुहुन्छ र हामीलाई यसभित्रका कुराहरू बताउनुहुन्छ। यसले मलाई के कुरा स्पष्ट पार्‍यो भने परमेश्‍वरले बाइबलभन्दा बाहिर नयाँ वचनहरू बोल्‍नुहुनेछ।

त्यसपछि, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पढ्यौँ। “बाइबलमा लेखिएका कुराहरू सीमित छन्; तिनले पूर्ण रूपमा परमेश्‍वरको कामको प्रतिनिधित्व गर्न सक्दैनन्। सुसमाचारका चार वटा पुस्तकहरूमा जम्मा एक सयभन्दा कम अध्यायहरू छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू छन्, जस्तै येशूले अञ्‍जीरको रूखलाई सराप दिनुभएको, पत्रुसले प्रभुलाई तीन पल्ट इन्कार गरेको, येशू क्रूसको मृत्यु र पुनरुत्थानपछि चेलाहरूकहाँ देखापर्नुभएको, उपवासको बारेमा सिकाउनुभएको, प्रार्थनाको बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदको बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरू नियुक्त गर्नुभएको, र यस्तै अरू। तापनि, मानिसले ती कुरालाई धन जत्तिकै महत्त्व दिन्छ, तिनलाई आजको कामको विरुद्ध तुलना पनि गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएका सबै कामहरू यति मात्र थिए, परमेश्‍वरले यति मात्र गर्न सक्‍नुहुन्थ्यो, त्योभन्दा बढी केही पनि गर्न सक्‍नुहुन्‍नथियो भनी विश्‍वास गर्छन्। के यो हास्यास्पद छैन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१))। “त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अनुग्रहको युगमा अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, अरूहरूलाई कस्तो व्यवहार गर्ने र यस्तै अरूहरू विषयहरूमा शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युग थियो र चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्‍वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्‍चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्‍वरको इच्छा कसरी पूरा गर्न खोज्ने भन्‍नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्‍वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई बाइबल त ऐतिहासिक पुस्तक मात्रै हो भन्‍ने कुरा बुझ्‍न सहयोग गरे। यसमा परमेश्‍वरले व्यवस्थाको युग र अनुग्रहको युगमा गर्नुभएका दुई चरणका कामहरूको विवरण लेखिएको छ, अनि पुरानो करार र नयाँ दुवै करार परमेश्‍वरले काम गर्नुभएको धेरै वर्षपछि मानिसहरूले सङ्कलन गरेका हुन्। परमेश्‍वरले काम गर्नुभएपछि मात्रै यसका विवरणहरू बाइबलमा लेखिएका थिए। त्यसकारण, परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू र कामबारे बाइबलमा अग्रिम रूपमा लेख्‍न सकिँदैनथियो। यदि हामीले परमेश्‍वरलाई बाइबलमा सीमित गर्छौँ र बाइबलभन्दा बाहिर परमेश्‍वरको कुनै पनि वचन छैन भनी सोच्छौँ भने, यो अत्यन्तै निरर्थक सोचाइ हो। मैले प्रभुमा विश्‍वास गरेको दशकौँ भएको थियो, तर त्यस बेला मात्रै मैले बाइबल के हो भनेर बुझेँ! त्यसपछि, सिस्टर एल्साले आफ्‍नो सङ्गतिलाई जारी राखिन्। उनले भनिन्, “परमेश्‍वर जीवनको स्रोत हुनुहुन्छ, र उहाँका वचनहरू असीमित र अनन्त छन्। सृष्टिदेखि अहिलेसम्‍म, परमेश्‍वरले सधैँ बोल्दै, काम गर्दै, मानिसहरूलाई भरणपोषण गर्न र मुक्ति दिन अगुवाइ गर्दै आउनुभएको छ। परमेश्‍वरको कामलाई कुनै व्यक्ति वा थोकले कहिल्यै सीमित पारेको छैन, झन् बाइबलले सीमित गर्नु त परै जाओस्। परमेश्‍वरले आफ्‍नो व्यवस्थापन योजना र मानिसका आवश्यकताहरूको आधारमा नयाँ वचनहरू बोल्‍नुहुन्छ र नयाँ काम गर्नुहुन्छ, अनि उहाँका वचनहरू र काम कहिल्यै पनि दोहोरिँदैनन्। व्यवस्थाको युगमा, यहोवा परमेश्‍वरले मानिसहरूलाई पृथ्वीमा जिउन अगुवाइ गर्न व्यवस्था जारी गर्नुभयो र धेरै वचनहरू बोल्‍नुभयो। तर अनुग्रहको युगमा, प्रभु येशूले पश्‍चात्तापको मार्ग प्रचार गर्नुभयो, मानवजातिलाई छुटकारा दिन काम गर्नुभयो, अनि धेरै कुरा भन्नुभयो। यी वचनहरू पुरानो करारमा लेखिएका छैनन् र पूर्ण रूपमा त्योभन्दा बाहिर छन्। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर प्रभु येशूको कामको आधारमा सत्यता व्यक्त गर्न, परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्न आउनुभएको छ, जुन कामले मानवजातिलाई पाप र यसको बन्धनबाट पूर्ण रूपमा शुद्ध पार्छ र मुक्ति दिन्छ, र मानिसहरूलाई परमेश्‍वरको राज्यमा ल्याउँछ। यो अझ नयाँ र उच्‍च तहको काम हो, जुन बाइबलमा अग्रिम रूपमा लेखिनु असम्‍भव छ। यदि हामीले परमेश्‍वरको कामलाई मूल्याङ्कन गर्न र सीमित पार्न अन्धाधुन्ध बाइबल प्रयोग गर्‍यौँ भने, हामी प्रभु येशूलाई विरोध गर्ने फरिसीहरूजस्तै परमेश्‍वरको विरोध गर्ने मानिसहरू बन्छौँ। तिनीहरू जिद्दी गर्दै धर्मशास्‍त्रमा लागिरहे, प्रभु येशूका वचनहरू र काम पुरानो करारभन्दा बाहिरका भएकोले उहाँको तीव्र निन्दा र विरोध गरे, र अन्त्यमा प्रभु येशूलाई क्रूसमा टाँगे। यो अति दुःखद कुरा थियो!” त्यसपछि, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका अरू दुईवटा खण्ड पढ्यौँ। “यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले यति लगनशीलताको साथ व्यवस्थाको शब्‍द-शब्द पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्‍त्रको एक-एक शब्‍दप्रति आशक्त भए, तर तिनीहरूले न त मेरो इच्‍छालाई ध्यान दिए न त मेरो कामका चरण र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ लाग्‍ने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्‍ने हदसम्‍म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक वचनको प्रतिष्ठालाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलि त्याग्‍न रुचाए, जबकि येशूले मृत्युसम्मै धर्मशास्‍त्रको सिद्धान्त पालन गर्नुभएन। के तिनीहरू सबै नै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ)। “त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। उनले आफ्‍नो सङ्गतिलाई जारी राखिन्, “पाष्टर र एल्डरहरू प्रभु येशूलाई विरोध गर्ने फरिसीहरूजस्तै हुन्। तिनीहरू अन्धाधुन्ध बाइबलको पूजा गर्छन्, र बाइबललाई परमेश्‍वरको रूपमा लिन्छन्। तिनीहरू सधैँ बाइबलको रक्षा गर्छन्, तर परमेश्‍वरका पाइलाहरू कहिल्यै पछ्याउँदैनन्, र कतै यो परमेश्‍वरको आवाज पो हो कि भनेर हेर्न कहिल्यै ध्यान दिँदैनन्। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू र कामका विवरण बाइबलमा लेखिएका छैनन् भन्‍ने ठान्छन्, त्यसकारण तिनीहरूले उत्तेजित भएर यसको निन्दा र विरोध गर्छन्, अनि मानिसहरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोक्‍ने प्रयास गर्छन्। के तिनीहरू अहिलेका फरिसीहरू होइनन् र? तिनीहरूले के कुरा देख्‍न सक्दैनन् भने, बाइबल परमेश्‍वरको विगतको कामको विवरण मात्रै हो, परमेश्‍वरमा विश्‍वास गर्नेहरूले पढ्नैपर्ने पुस्तक हो, तर बाइबलले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन, न त यसले मानिसहरूलाई मुक्ति दिन परमेश्‍वरको पक्षमा काम नै गर्न सक्छ। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तर पनि बाइबल र परमेश्‍वरको विगतका वचनहरू र कामलाई मात्रै पछ्याउँछन् भने, तिनीहरूले सत्यता र जीवन प्राप्त गर्न सक्दैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका पाइलाहरूलाई पछ्याउनु र हामीलाई पापबाट मुक्त गर्ने सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायलाई स्वीकार गर्नु हो। त्यसपछि मात्रै हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौँ। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका यी सबै सत्यताहरू पवित्र आत्‍माले मण्डलीहरूलाई दिनुभएका वचन हुन्। यी वचनहरूले मात्रै मानिसहरूलाई पूर्ण रूपमा धुन र मुक्ति दिन सक्छन्, र परमेश्‍वरले आखिरी दिनहरूमा मानिसहरूलाई दिनुहुने अनन्त जीवनको मार्ग यही मात्रै हो। यदि हामीले कामको यो चरणलाई पछ्याउन सकेनौँ भने, परमेश्‍वरले हामीलाई त्याग्‍नुहुनेछ र हटाउनुहुनेछ, अनि हामी विपत्तिमा परेर दण्डित हुनेछौँ।” मलाई सिस्टरको सङ्गतिबाट धेरै कुरा प्राप्त गरेँ जस्तो लाग्यो। मैले बाइबलको बारेमा वस्तुगत बुझाइ प्राप्त गरेपछि, मलाई बाधा भएको महसुस हुन छोड्यो। यसबाट मैले के देखेँ भने परमेश्‍वर हरेकपटक देखा पर्नुहुँदा र काम गर्नुहुँदा, धर्मका अगुवाहरू परमेश्‍वरलाई विरोध गर्छन् र उहाँको शत्रु बन्छन्। तिनीहरूले आफ्ना हितहरूको रक्षा गर्न, परमेश्‍वरको कामलाई निन्दा गर्न र मानिसहरूलाई साँचो मार्ग स्वीकार गर्नबाट रोक्‍नको लागि अनेक किसिमका भ्रमहरू सृजना गर्छन्। यदि तपाईं सत्यता बुझ्‍नुहुन्‍न र सही-गलत छुट्याउन सक्‍नुहुन्‍न भने, तिनीहरूको निन्दाले तपाईंलाई छलमा पार्नेछ, परमेश्‍वरलाई विरोध गर्न र इन्कार गर्नमा तपाईंले तिनीहरूलाई पछ्याउनुहुनेछ, र परमेश्‍वरको मुक्ति गुमाउनुहुनेछ, जुन अत्यन्तै दुःखलाग्दो कुरा हो। मैले मनमनै भनेँ, “मैले आफूलाई सत्यताले सुसज्‍जित पार्नुपर्छ र सही-गलत छुट्याउन सिक्‍नुपर्छ। म परमेश्‍वरलाई इन्कार गर्न चाहन्‍नँ।”

करिब एक महिनापछि, अर्का पाष्टरले मलाई मेसेन्जर र वाट्स्एपबाट दिक्क पारिरहेका थिए। तिनले भने, “प्रभु येशू दुई हजार वर्षपहिले जन्‍मनुभएको थियो, जुन घटनाले बाइबलको अगमवाणी पूरा गऱ्यो। अहिले, तपाईं प्रभु महिलाको रूपमा फर्केर आउनुभएको छ भनेर भन्‍नुहुन्छ। प्रभु महिलाको रूपमा आउनुहुन्छ भनेर बाइबलमा कुनै अगमवाणी दिइएको छ? प्रभु देहधारी भएर आउनु असम्‍भव छ, झन् उहाँ महिलाको रूपमा आउने कुरा त परै जाओस्। तपाईंले विश्‍वास गर्ने सर्वशक्तिमान्‌ परमेश्‍वर त व्यक्ति हो।” यसका साथै, अरू दुई जना पाष्टरले पनि मलाई सँगै आक्रमण गरे। मैले गलत विश्‍वास गरेकी छु भन्दै तिनीहरूले मेरो आलोचना र निन्दा गरे। मैले तिनीहरूलाई भनेँ, हामीले परमेश्‍वरलाई परिभाषित गर्न सक्दैनौँ। परमेश्‍वरको सार आत्मा हो। उहाँको कामको आवश्यकताले गर्दा मात्रै उहाँ देह बन्‍नुभयो र पुरुषको रूप लिनुभयो। हामी सर्वशक्तिमान्‌ परमेश्‍वरलाई उहाँको देहगत स्वरूपको कारणले नभई, उहाँमा परमेश्‍वरको दैविक सार भएकोले र उहाँ सत्यता व्यक्त गर्न सक्षम हुनुभएकोले विश्‍वास गर्छौँ।

मैले सिस्टर एल्सालाई पनि सोधेँ, र उनले मसँग यस्तो सङ्गति गरिन्, “बाइबलका धेरै अगमवाणीहरूले आखिरी दिनहरूमा परमेश्‍वरको देहधारण मानिसको पुत्रको रूपमा हुन्छ भनेर भनेका छन्, जस्तै ‘मानिसको पुत्रको आगमन,’ ‘मानिसको पुत्र प्रकट हुन्छ,’ र ‘मानिसको पुत्र आउँछ अहिले, सर्वशक्तिमान्‌ परमेश्‍वर सत्यता व्यक्त गर्न र आखिरी दिनहरूको न्यायको काम गर्न आउनुभएको छ, जुन कुराले यी अगमवाणीहरू पूरा गर्छ। आखिरी दिनहरूमा परमेश्‍वर महिलाको रूपमा आउनुहुने कुरा मानव धारणाहरूसँग मेल खाँदैन, तर परमेश्‍वरको काम हाम्रा धारणाहरूसँग जति अमिल्दा हुन्छन्, यसमा त्यति नै धेरै रहस्य हुन्छन् र यो त्यति नै महत्त्वपूर्ण हुन्छ। परमेश्‍वर महिलाको रूपमा देहधारी भएर आउनुका सत्यता र रहस्यहरू के-के हुन्? हामी सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढौँ र पत्ता लगाऔँ।” आफ्‍नो कुरा समाप्त गरेपछि, मेरी सिस्टरले मलाई परमेश्‍वरको वचन पठाइन्। “परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यसपटक परमेश्‍वर आउनुहुँदा, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र स्‍त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। … परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता हुँदैन। उहाँले आफ्‍नो इच्‍छाअनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्धहरूको अधीनमा हुनुहुन्‍न, उहाँ त विशेष स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुईपटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिमपटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले देख्‍ने गरी व्यक्तिगत रूपमै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍नेथ्यो। यसभन्दा पहिले, सारा मानवजातिले परमेश्‍वर पुरुष मात्रै हुन सक्‍नुहुन्छ र स्‍त्रीलाई परमेश्‍वर भनेर भन्‍न सकिँदैन भनेर विश्‍वास गर्‍यो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। “यदि परमेश्‍वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्‍वर झैं पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्‍वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्‍वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्‍वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्‍वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वर केवल पुरुषहरूका परमेश्‍वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्‍वर पनि हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। सिस्टर एल्साले आफ्‍नो सङ्गतिलाई यसो भन्दै जारी राखिन्, “परमेश्‍वर आत्मा हुनुहुन्छ, तर उहाँले मानिसको पुत्रको रूपमा देहधारण गर्नुहुँदा, लिङ्ग पहिचानसहित मानव रूप लिनुपर्छ। पहिलोपटक, परमेश्‍वर पुरुषको रूपमा देहधारी हुनुभयो, र आखिरी दिनहरूमा उहाँ महिला बन्‍नुहुन्छ। मानिसहरूले परमेश्‍वरलाई अझै राम्ररी बुझून् र उहाँलाई सीमित गर्नु हुँदैन भनेर जानून् भनी उहाँ यसो गर्नुहुन्छ। सुरुमा, परमेश्‍वरले मानिसलाई आफ्‍नै स्वरूपमा सृष्टि गर्नुभयो, पुरुषलाई मात्रै होइन, तर महिलालाई पनि। त्यसकारण, देहधारी परमेश्‍वर पुरुष र स्त्री दुवै हुन सक्‍नुहुन्छ। यदि देहधारी परमेश्‍वर सधैँ पुरुष नै हुनुभयो भने, मानिसहरूले परमेश्‍वर सधैँ पुरुष नै हुनुहुन्छ भनेर निर्धारण गर्नेछन्, गल्तीबस परमेश्‍वर पुरुषहरूका परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरले महिलालाई होइन, पुरुषलाई मात्रै मुक्ति दिनुहुन्छ भनी सोच्नेछन्। के यो परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु होइन र? परमेश्‍वरको नजरमा, पुरुष र स्त्री बराबर छन्। परमेश्‍वरले पुरुष र स्‍त्री दुवैलाई मुक्ति दिनुहुन्छ, किनभने पुरुष र स्‍त्री दुवैलाई सृष्टि गर्ने परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वर पुरुषको रूपमा देहधारी भए पनि महिलाको रूपमा भए पनि, उहाँ परमेश्‍वर नै हुनुहुन्छ, र परमेश्‍वरको सार कहिल्यै परिवर्तन हुनेछैन, अनि उहाँले अझै पनि सत्यता व्यक्त गर्न र मानिसलाई मुक्ति दिने काम पूरा गर्न सक्‍नुहुन्छ। परमेश्‍वर महिलाको रूपमा देहधारी हुनुभएकै भरमा हामीले परमेश्‍वरको देहधारण, आगमन, र कार्यलाई इन्कार गर्नु हुँदैन।”

पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पढेँ र ती वचनले मेरो हृदय उज्यालो पारे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “तिमीहरूको ‘असम्भव’ भन्ने विचारलाई छोडिदेओ! मानिसहरूले जति धेरै कुनै कुरा असम्भव छ भन्ने विश्‍वास गर्छन्, त्यति नै धेरै त्यस्तै हुने सम्भावना हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका विचारहरू मानिसको विचारहरूभन्दा उच्च छन्, र परमेश्‍वरको कामले मानिसका सोचाइ र धारणाका सीमाहरूलाई नाघ्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसमा त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसको धारणाहरू र कल्पनाभन्दा जति धेरै बाहिर हुन्छ, त्यसमा त्यति नै धेरै परमेश्‍वरको इच्छा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)। “परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुहुँदा, उहाँले यसको बारेमा कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ)। सिस्टर एल्साले मलाई यो कुरा स्मरण गराइन्, “विगतलाई फर्केर हेर्दा, परमेश्‍वरको काम मानव धारणाहरूसँग प्रायः मिल्दैन। यदि मानिसहरूले सत्यता खोजी गरेनन् भने, अति सजिलै परमेश्‍वरलाई विरोध गर्न सक्छन्। उदाहरणको लागि, प्रभु येशू आउनुभयो र डुँडमा जन्‍मनुभयो। के यो मानव धारणासँग मिल्यो? प्रभु येशू नासरतका हुनुहुन्थ्यो, र उहाँलाई मसीह भनिँदैनथियो। के यो मानव धारणासँग मिल्यो? प्रभु येशू परमेश्‍वर हुनुहुन्थ्यो, तर उहाँ मन्दिरमा प्रवेश गर्नुहुन्‍नथियो वा विश्राम दिन पालना गर्नुहुन्‍नथियो, र उहाँलाई खेदो गरेर क्रूसमा टाँगियो। के यो मानव धारणासँग मिल्यो? प्रभु येशूको देखापराइ र कामका धेरै कुरा मानिसहरूका धारणासँग मिलेका थिएनन्। के त्यसोभए हामी प्रभु येशू परमेश्‍वर हुनुहुन्‍न भनेर भन्‍न सक्छौँ? सक्दैनौँ। प्रभु येशू परमेश्‍वरको देखापराइ, मसीहको आगमन हुनुहुन्थ्यो। त्यसोभए किन धेरै मानिसहरूले उहाँलाई चिनेनन्, र उहाँको निन्दा र विरोध गरे? के मानिसहरूले परमेश्‍वरलाई मूल्याङ्कन गर्न आफ्‍ना धारणा र कल्‍पनाहरू प्रयोग गरेकोले होइन र? फरिसीहरू सबैले प्रभु येशू नासरी, सिकर्मीका छोरा हुनुहुन्छ, परमेश्‍वर हुनुहुन्न भनी भने, अन्त्यमा, तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे, र परमेश्‍वरले तिनीहरूलाई श्राप र दण्ड दिनुभयो। आज, धर्मका पाष्टर र एल्डरहरूले आफ्‍ना धारणा र कल्पनाहरूको आधारमा परमेश्‍वरलाई सीमित गर्छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरको कामलाई इन्कार र विरोध गर्छन्, यो त फरिसीहरूको गल्ती दोहोर्‍याउनु र प्रभुलाई फेरि क्रूसमा टाँग्‍नु हो। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र उहाँले कुनै बन्धनविना आफ्‍नो योजनाअनुसार काम गर्नुहुन्छ। परमेश्‍वरले जे गर्नुभए पनि, उहाँसँग बुद्धि छ, र परमेश्‍वरले कहाँ काम गर्नुपर्छ वा उहाँ कसरी देखा पर्नुपर्छ भनेर सीमित गर्न हामीले आफ्ना धारणा र कल्‍पनाहरू प्रयोग गर्नु हुँदैन। परमेश्‍वरप्रतिको हाम्रो मनोवृत्ति आज्ञाकारी हुनुपर्छ। आज्ञाकारी हुनु भनेको परमेश्‍वरका वचनहरू र कामलाई स्वीकार गर्नु, साथै उहाँका वचनहरू र कामद्वारा परमेश्‍वरलाई बुझ्‍नु हो, तर परमेश्‍वरलाई परिभाषित गर्न र सीमित गर्नका लागि हाम्रा धारणा र कल्‍पनाहरूको प्रयोग गर्नु, र परमेश्‍वरले यो वा त्यो गर्न सक्‍नुहुन्‍न भनेर भन्‍नु होइन, जुन अत्यन्तै विवेकहीन कुरा हो।”

त्यसपछि, सिस्टर एल्साले मलाई परमेश्‍वरको वचनका थप दुईवटा खण्ड पढेर सुनाइन्। “यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्‍वर स्वयम्‌को स्वरूपको प्रतिस्थापन हो भन्ने होइन; परमेश्‍वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्‍नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। उनले आफ्‍नो सङ्गति जारी राखिन्, “परमेश्‍वरको देहधारी रूप पुरुष होस् कि स्त्री, त्यसले केही फरक पार्दैन, र उहाँ कस्तो देखिनुहुन्छ, त्यसले केही फरक पार्दैन। महत्त्वपूर्ण कुरा भनेको उहाँले भन्‍नुभएको कुरा सत्यता हो कि होइन, उहाँले परमेश्‍वरको स्वभाव व्यक्त गर्नुहुन्छ कि गर्नुहुन्‍न, र उहाँले मानवजातिलाई मुक्ति दिने काम गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने हो। महत्त्वपूर्ण कुरा यही नै हो। उदाहरणको लागि, हामी बिरामी भएर डाक्टरकहाँ गयौँ भने, डाक्टरले हाम्रो रोग निको पार्न सक्छ कि सक्दैन भन्‍ने कुरामा हामी ध्यान दिन्छौँ, डाक्टर पुरुष हो कि स्‍त्री हो भन्‍ने कुरामा होइन। यदि हामी पुरुष डाक्टरले मात्र रोगको उपचार गर्न सक्छ, तर महिला डाक्टरले सक्दैन भनेर भन्छौँ भने, के त्यो हास्यास्पद कुरा हुँदैन र? त्यसकारण, उहाँले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्‍नुहुन्छ भने, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ।” तर धर्मका पाष्टरहरूले परमेश्‍वरको आवाज सुन्दैनन् वा साँचो मार्ग खोजी गर्दैनन्, र परमेश्‍वर महिलाको रूपमा देहधारी हुनुभएको छ भनी सुन्दा, त्यसलाई इन्कार र निन्दा गर्छन्, र प्रभुलाई स्वागत गर्नबाट मानिसहरूलाई रोक्‍न धारणाहरू फैलाउँछन्। यो भयानक गल्ती हो। मलाई बाधा दिनबाट तिनीहरूलाई रोक्‍न, मैले मेरो पुरानो मण्डलीका पाष्टर र एल्डरहरूलगायत मलाई बाधा दिन प्रयास गर्ने सबै मानिसहरूलाई ब्‍लक गरेँ। मैले प्रभुलाई स्वागत गरिरहेकी छु भन्‍ने कुरामा पूर्ण विश्‍वास गरेँ, अनि पाष्टर र एल्डरहरूले मलाई जसरी बाधा दिए पनि, म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउनेथिएँ।

अप्रिल २०२० देखि मेरी छोरी र म मण्डली जान छोड्यौँ। दुई महिनापछि, त्यस मण्डलीका पाष्टरले मलाई आक्रमण गर्न थाले। सुरुमा, तिनी मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भेलाहरूमा सहभागी नहुनका लागि मनाउन मेरो घरमा आए, र तिनको मण्डलीका भेलाहरू नै पर्याप्त छन् भनेर भने। मैले गलत मार्ग लिएकी छु र म फर्केर आउनुपर्छ भनेर तिनले मेरा श्रीमानलाई पनि भने। मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍न लगाउन तिनले मेरो छोरालाई समेत उक्‍साउने प्रयास गरे। मेरा श्रीमान र छोराछोरी पाष्टरको शैलीको विरुद्धमा थिए। मेरा छोराछोरीले भने, म तिनीहरूलाई सुसमाचार सुनाउथेँ, र तिनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासबारे बताउथेँ, त्यसकारण तिनीहरू सबैलाई मैले राम्ररी विचार गरेर नै सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गर्ने निर्णय गरेकी हुँ भन्‍ने लागेको थियो। पछि, एल्डरहरूले मलाई धम्की दिए, म मण्डली गाइनँ भने, मलाई बहिष्कार गरिनेछ र ब्रदर-सिस्टरहरूले मलाई इन्कार गर्नेछन् भनेर भने। मैले दृढतासाथ भनेँ, “मण्डलीले मलाई बहिष्कार नै गर्‍यो भने पनि, म सर्वशक्तिमान्‌ परमेश्‍वरमा नै विश्‍वास गर्नेछु।” पछि, तिनीहरूले मेरो स्कूलका प्रमुखहरूलाई मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेको कुरा बताएछन्, किनभने उनीहरूले मलाई कारबाही गर्छन् भन्‍ने तिनीहरूलाई लागेको रहेछ, तर प्राचार्यले तिनीहरूको कुरा बेवास्ता गरे। धार्मिक संसारले सत्यतालाई सधैँ इन्कार गरेको छ र दोष दिएको छ भनेर सिस्टर एल्साले मलाई बताएको कुरा याद आयो। दुई हजार वर्षपहिले, प्रभु येशूले मानवजातिलाई छुटकारा दिन सत्यता व्यक्त गर्नुभएको थियो, र यहूदी धर्मले, विशेष गरी धार्मिक अगुवाहरू, मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू र फरिसीहरूले उहाँलाई निन्दा र इन्कार गरेका थिए। तिनीहरूले आफ्‍नो पद र आम्दानीलाई कायम राख्‍न प्रभु येशूलाई आक्रमण र निन्दा गरे, र मानिसहरूलाई धोका दिए र प्रभुलाई पछ्याउनबाट तिनीहरूलाई रोके। तिनीहरू सबै परमेश्‍वरलाई विरोध गर्ने र मानिसहरूलाई बरबाद गर्ने ख्रीष्टविरोधीहरू थिए। आज, धार्मिक संसारका धेरैजसो पाष्टर र एल्डरहरू यहूदी धर्मका फरिसीहरूजस्तै छन्। आफ्‍नो पद र आम्दानी जोगाउन, तिनीहरूले उत्तेजित भई सर्वशक्तिमान्‌ परमेश्‍वरको देखापराइ र कामको निन्दा र विरोध गर्छन्, अनि विश्‍वासीहरूलाई साँचो मार्ग खोजी गर्नबाट रोक्‍ने प्रयास गर्छन्। तिनीहरू परमेश्‍वरले प्रकट गर्नुभएका ख्रीष्टविरोधीहरू पनि हुन्। त्यसपछि प्रभु येशूले फरिसीहरूलाई सराप दिनुहुँदा भन्नुभएको वचन मलाई याद आयो, “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१५)। धर्मका पाष्टर र एल्डरहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने थाहा हुन्छ, तर तिनीहरू ती स्वीकार गर्दैनन्। तिनीहरू मानिसहरूको पूजा र भेटीमा रमाउन चाहन्छन्, त्यसकारण आफ्ना पद कायम राख्‍नको लागि, तिनीहरूले हामीलाई प्रभुलाई स्वागत गर्न र परमेश्‍वरको राज्यमा प्रवेश गर्नबाट रोक्छन्। ख्रीष्टविरोधीहरूले गर्ने यही हो। तिनीहरू सबै, मानिसहरूको प्राण निल्‍ने पिशाच हुन्, र परमेश्‍वरले तिनीहरूलाई सराप्‍नुहुनेछ, र तिनीहरूलाई पछ्याउनेहरू पनि नरक जानेछन् र दण्डित हुनेछन्।

मलाई अझै पनि पाष्टर र एल्डरहरूले आक्रमण गर्ने र बाधा दिने गरेका भए पनि, तिनीहरूले जे-जस्तो भ्रम फैलाए पनि, अबउसो मलाई असर गर्दैन, किनभने सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता, र मानिसहरूलाई शुद्ध पार्ने र मुक्ति दिने अनन्त जीवनका बाटो हुन् भन्‍ने मलाई थाहा छ। परमेश्‍वरको देखापराइको तृष्णा गर्ने जोकोहीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नु मात्रै पर्छ, त्यसपछि उसले परमेश्‍वरको आवाजलाई चिन्छ अनि ऊ सर्वशक्तिमान्‌ परमेश्‍वरको सिंहासनतर्फ फर्किन्छ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एक डाक्टरको निर्णय

म सानो छँदा, मेरो परिवार निकै गरिब थियो। मेरी आमा पक्षाघातले ओछ्यान पर्नुभएको थियो, र वर्षभरि औषधि खानुपर्थ्यो, अनि मेरा बुबाले गाउँबाहिर...

आफ्‍नै परिवारको कैदी

मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई २०१९ मा स्वीकार गरेँ। परमेश्‍वरको वचन पढेर, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने...

शैतानको जाँचमाथि विजय

मेरो नाम डेभिड हो, र मेरो जन्‍म इसाई परिवारमा भएको हो। मैले सानैदेखि मेरो आमाबुबासँग प्रभुलाई विश्‍वास गर्दै आएको थिएँ। ठूलो भएपछि, मैले...

पाष्टरको दुष्टतालाई देख्दा

क्षीयोचि, म्यान्मार मैले सेप्टेम्बर २०२० मा एक जना सिस्टरलाई अनलाइन भेटेँ। उनले मलाई प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्