परमेश्‍वरको नाम साँच्चै रहस्यमय छ

21 फेब्रुअरी 2021

By Jack, Canada

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “प्रत्येक युगमा, परमेश्‍वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले सारा अनन्तताभरि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्‍वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एक निश्चित युगमा परमेश्‍वरको स्वभावको अस्थायी पक्षको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व मात्रै गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्‍वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। परमेश्‍वरले हरेक युगमा लिनुहुने नामको अर्थ हुन्छ भन्ने उहाँका वचनहरूले हामीलाई देखाउँछन्। हरेक नामले एउटा युगको, कामको एक चरणको प्रतिनिधित्व गर्दछ। उहाँको कामको आवश्यकता अनुसार परमेश्‍वरका नामहरू परिवर्तन हुन्छन्, तर उहाँका नामहरू जसरी परिवर्तन भए पनि, उहाँका स्वभाव र सार अपरिवर्तनीय छन्। परमेश्‍वर त सधैँ परमेश्‍वर नै हुनुहुन्छ। म बाइबलको शाब्दिक अर्थमा नै टाँसिने गर्थें। मेरा धारणाहरूमा अडिग रहेर, मैले प्रभु येशूको नाम कहिल्यै परिवर्तन हुन सक्दैन भन्ने सोच्थें। त्यसपछि मैले एउटा चलचित्र हेरें र परमेश्‍वरका नामहरूको रहस्य जानें, र थुमाका पाइलाहरू पछ्याउँनका लागि मेरा धारणाहरूलाई जान दिएँ।

म एक इसाई परिवारमा जन्मेको थिएँ र म सानो छँदादेखि नै मेरो परिवारले मलाई प्रभु येशू एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, र म उहाँको नाममा प्रार्थना गरेर मात्र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु भनेर बताउँथे। जब म ठूलो भएँ म ईश्वरीय विद्यालयमा गएँ, र हाम्रो पाष्टरले प्रायजसो हामीलाई भन्थे, “येशू ख्रीष्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ। उहाँको नाम कहिल्यै पनि परिवर्तन हुनेछैन। किनभने बाइबलमा यसो भनिएको छ ‘येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ’ (हिब्रू १३:८)। त्यसैले हामीले हरबखत प्रभु येशूको नामलाई कायम राख्नुपर्दछ र जब उहाँ आउनुहुन्छ अवश्य पनि हाम्रो उठाई हुन्छ।” यी शब्दहरूले प्रभुमाथिको मेरो विश्‍वासलाई अझ ठोस बनाए र मैले उत्साहका साथ आफैलाई समर्पित गरें ताकि प्रभु आउनुहुँदा मलाई राज्यमा लगियोस्।

अप्रिल २०१५ मा ईश्वरीय विद्यालयबाट स्नातक गरेपछि मैले स्थानीय विश्‍वासीहरूलाई अगुवाइ गर्नथालें। तर सेवाहरूमा दयनीय रूपमा न्यून उपस्थिति थियो, मण्डलीका प्रबन्धकले भेटीहरू घट्दै गइरहेको र खर्च पनि धान्न नसक्ने छ भन्‍ने देखे, त्यसैले उनले विश्‍वासीहरूलाई ऋण दिन सुरु गरे। जब उनीहरूले ब्याजसहित चुक्ता गर्न सक्दैनथिए, तब वित्तीय अधिकारीले उनीहरूसँग झगडा गर्थे र त्यसपछि तिनीहरू सेवाहरूमा वास्तवमै उपस्थित हुन चाहेनन्।

मण्डलीलाई पुनर्जीवित पार्ने प्रयासमा मैले स्थानीय मानिसहरूमा सुसमाचार फैलाउन थालें। मैले विश्‍वासीहरूकहाँ गृह-भ्रमणहरू गरें र उनीहरूका लागि भेलाहरूको आयोजना गरें। मेरो काममा प्रगति गर्नको लागि मलाई मार्गदर्शन दिन परमेश्‍वरलाई अनुरोध गर्दै, म हप्तामा दुई वा तीन पटक उपवास बस्थें र प्रार्थना पनि गर्थें। तर मैले जति कडा परिश्रम गरे पनि, मण्डलीमा उपस्थिति अझै न्यून नै थियो। मण्डलीलाई यस्तो सुनसान अवस्थामा देखेर मेरो हृदय कमजोर भयो र मेरो विश्‍वास झन्-झन् कम हुँदै गयो। त्यसपछि मैले प्रार्थना, धर्मशास्त्रको पढाई र उपवासको मेरो प्रयासलाई दोब्बर बनाएँ। साथै मैले केही धार्मिक चलचित्रहरू डाउनलोड गरें र हेरेँ, तर मैले अझै पनि पवित्र आत्माको काम महसुस गर्न सकिन। मैले अझै आत्मिक रूपमा रित्तो र अन्धकारमा भएको महसुस गरें। मेरो पीडामा, मैले प्रभुलाई पुकारेँ: “हे प्रभु! बाइबलले जबसम्म हामी तपाईंको नाममा माग्छौं, तपाईंले हामीलाई दिनुहुनेछ भनेर भन्छ। मण्डली झन्-झन् सुनसान छ। म तपाईंको नाममा यसरी प्रार्थना गर्दै आइरहेको छु, तब किन म तपाईंको उपस्थितिलाई महसुस गर्न सक्दिन? प्रभु, तपाईं कहाँ हुनुहुन्छ?” खुसीको कुरा, परमेश्‍वरले मेरो प्रार्थना सुन्नुभयो।

फेब्रुअरी २०१६ मा एक दिन मैले युट्यूबमा बाइबलको रहस्यबारे खुलासा भन्ने एउटा चलचित्र फेला पारें। यसले अत्यन्तै स्पष्ट रूपमा बाइबलको रहस्यको वर्णन गर्‍यो। यो हेरेपछि मलाई बाइबलको नयाँ बुझाइ प्राप्त भयो र यसले मेरो हृदय उज्यालो बनायो। तर म ती वचनहरू कहाँबाट आएका थिए भन्ने कुराले अचम्मित थिएँ। तिनीहरू बाइबलमा त थिएनन्! पछि मैले त्यो भिडियो डाउनलोड गरें र त्यसलाई धेरै पटक हेरेँ, र जति धेरै मैले यसलाई हेरेँ त्यति नै मलाई यो मन पर्‍यो। त्यो सङ्गति बाइबल अनुरूप नै थियो। यो पूर्वीय ज्योतिद्वारा सिर्जना गरिएको हो भन्ने मैले थाहा पाएँ, त्यसैले मैले पूर्वीय ज्योति चलचित्रहरूको खोजी गरिरहें र परमेश्‍वरको नाम परिवर्तन भएको छ?! भन्ने एक चलचित्र अचानक भेट्टाएँ! शीर्षकले मलाई वास्तवमै आकर्षित गर्‍यो त्यसैले मैले यसलाई तुरुन्तै डाउनलोड गरेर हेरिहालेँ। लगभग आधा तिर यसले जब आखिरी दिनहरूमा परमेश्‍वर आउनुहुन्छ उहाँ येशू कहलाइनुहुन्न तर उहाँले एउटा नयाँ नाम पाउनुहुनेछ भनेर भन्‍यो। यो मेरो लागि एउटा ठूलो झट्का थियो। मैले सोचेँ, “यो सत्य हुन सक्दैन! बाइबलले अत्यन्तै स्पष्ट रूपमा भनेको छ ‘येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ’ (हिब्रू १३:८)। परमेश्‍वरको नाम कसरी परिवर्तन हुनसक्छ? पछिल्ला दुई सहस्राब्दीदेखि हरेक विश्‍वासीले प्रभु येशूको नाममा प्रार्थना र काम गर्दै आएका छन्। त्यो कहिल्यै परिवर्तन भएको छैन। पूर्वीय ज्योतिले कसरी परमेश्‍वरको नाम परिवर्तन भएको छ भनी भन्न सक्छ?”

त्यसपछि मैले फिल्ममा बहिनी याङ्गबाट यो सङ्गति सुनेँ: “बाइबल भन्छ, ‘येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ।’ यसको अर्थ परमेश्‍वरको स्वभाव र उहाँको सार अनन्त र अपरिवर्तनीय छन् भन्‍ने हो। यसको अर्थ उहाँको नाम कहिल्यै पनि परिवर्तन हुँदैन भन्‍ने होइन।” सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “केही मानिसहरू छन्, जसले परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भनी भन्छन्। यो सही हो, तर त्यसले परमेश्‍वरको स्वभाव र उहाँको सारको अपरिवर्तनीयतालाई बुझाउँछ। उहाँको नाउँ र काममा हुने परिवर्तनले उहाँको सार परिवर्तन भएको बुझाउँदैन; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँले आफ्नो छ हजार वर्षको प्रबन्ध योजना पूरा गर्न सक्नुहुन्छ? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम अपरिवर्तनीय छ भने, के उहाँले मानव जातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथियो? यदि परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भने, उहाँले किन पहिले नै दुई युगको काम गरिसक्नुभयो? … अनि यसैले ‘परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न’ भन्ने शब्दहरूले उहाँको कामलाई बुझाउँछ, अनि ‘परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ’ भन्ने शब्दहरूले परमेश्‍वरमा अन्तर्निहित रूपमा के छ र को हुनुहुन्छ भन्ने बुझाउँछ। जे सुकै होस्, तैँले छ हजार वर्षको कामलाई एक मात्र बिन्दुमा कब्जा गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूमा सीमित गर्न सक्दैनस्। त्यसो गर्नु मानिसको मूर्खता हो। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँलाई जनाउन सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्ने सङ्केत हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। त्यसपछि बहिनी याङ्गले भनिन्: “मानिसजातिलाई मुक्ति दिने परमेश्‍वरको कार्यको क्रममा, उहाँले विभिन्न युगमा फरक-फरक काम गर्नुहुन्छ र फरक-फरक नाम लिनुहुन्छ। तर परमेश्‍वरको सार कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वर त सदैव परमेश्‍वर नै हुनुहुनेछ। अर्थात, परमेश्‍वरको नाम यहोवा वा येशू जेसुकै भएपनि, उहाँको सार उही हुन्छ। सधैँ उही परमेश्‍वरले काम गरिरहनुभएको छ। यहूदी फरिसीहरूलाई परमेश्‍वरको काम एक युगबाट अर्को युगमा परिवर्तन हुँदा उहाँको नाम पनि परिवर्तन हुन्छ भन्ने थाहा थिएन। उनीहरूले केवल यहोवा नै तिनीहरूका परमेश्‍वर, तिनीहरूका मुक्तिदाता हुनुहुन्छ भन्ने सोचे। पुस्तौंसम्म तिनीहरू यो विश्‍वासमा अडिग थिए कि ‘केवल यहोवा नै परमेश्‍वर हुनुहुन्छ; यहोवा बाहेक अरू कोही मुक्तिदाता छैन।’ त्यसकारण जब परमेश्‍वरले येशूको नाममा छुटकाराको काम गर्नुभयो, तिनीहरूले पागलपूर्ण रूपमा उहाँको निन्दा गरे र विरोध गरे र अन्तमा उहाँलाई क्रूसमा चढाए। तिनीहरूले घोर अपराध गरे र परमेश्‍वरले उनीहरूलाई दण्ड दिनुभयो। कसैले पनि परमेश्‍वरको बुद्धि बुझ्न सक्दैन, र कसैले पनि परमेश्‍वरलाई सीमित गर्न सक्दैन। आखिरी दिनहरूमा, यदि हामी परमेश्‍वरले आफ्नो काम र नाम परिवर्तन गर्नुभएको छ भनी परमेश्‍वरको सार वा एकमात्र परमेश्‍वरले गर्नुभएको कामलाई अस्वीकार गर्छौं भने त्यो निरर्थक र अज्ञानी कुरा हुन्छ! प्रत्येक युगमा परमेश्‍वरले लिनुहुने नामको अर्थ हुन्छ र यो मानिसका लागि ठूलो मुक्ति हो।”

चलचित्रको यस बिन्दुमा मैले परमेश्‍वरको नाम परिवर्तन हुन सक्छ र बाइबलको “येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ” भन्ने हरफले परमेश्‍वरको अपरिवर्तित सार र स्वभावलाई जनाउँदछ भन्‍ने बुझेँ, तर यसको मतलब परमेश्‍वरको नाम र काम कहिल्यै पनि परिवर्तन हुँदैन भन्ने होइन। उहाँको कामको आवश्यकता अनुसार परमेश्‍वरको नाम परिवर्तन हुन्छ। परमेश्‍वरको नाम कहिल्यै पनि बदलिने छैन भनेर सोच्दै, म बाइबलको शाब्दिक अर्थबाट मात्र कुराहरू बुझ्दै आइरहेको थिएँ—त्यो मेरो कल्पना मात्र थियो भन्ने मैले बुझेँ! फरिसीहरूले यहोवा नै तिनीहरूका परमेश्‍वर हुनुहुन्छ र यहोवाको नाम कहिल्यै परिवर्तन हुँदैन भनेर जोड दिन्थे। त्यसैले तिनीहरूले प्रभु येशू काम गर्न आउनुहुँदा मसीह भनेर नकहलाइने कोही पनि परमेश्‍वर हुनुहुन्न भनी विश्‍वास गरे। उनीहरूले उच्छृङ्खल रूपमा प्रभु येशूको विरोध पनि गरे र उहाँलाई दोषी पनि ठहराए, अनि आखिरमा उहाँको मुक्ति गुमाए। मैले आफ्नै विचारहरूलाई एकातिर राखेर चलचित्रको सङ्गतिलाई गम्भीरतापूर्वक सुन्नुपर्छ भन्ने महसुस गरेँ ताकि फरिसीहरू जस्तो आफ्नै कल्पनाले गर्दा म प्रभुको विरोधमा खडा हुन नपरोस्।

त्यसपछि मुख्य पात्रले अर्को प्रश्न उठायो: “त्यसोभए प्रत्येक युगमा परमेश्‍वरको नामको महत्त्व के हुन्छ?” मैले मनमनै सोचेँ, “यो ठूलो प्रश्न हो, र मलाई पनि थाहा छैन। उनीहरूले प्रत्येक युगको लागि परमेश्‍वरको नयाँ नामको अर्थ हुन्छ र यो सबै मानिसजातिको लागि मुक्ति हो भनेर सङ्गति गरे, त्यसोभए परमेश्‍वरका नामहरूको खास महत्त्व के हो?” प्रचारकहरूमध्ये एक, बहिनी फेङ्गले परमेश्‍वरका केही वचनहरू पढिन्। “मैले इस्राएलमा मेरो काम गर्दा ‘यहोवा’ नाउँ धारण गरेँ र यसको अर्थ (परमेश्‍वरले चुन्नुभएको) इस्राएलीहरूको परमेश्‍वर भन्ने हुन्छ, जसले मानिसलाई टिठ्याउनुहुन्छ, मानिसलाई सराप दिनुहुन्छ, मानिसको जीवनको मार्गदर्शन गर्नुहुन्छ; त्यो परमेश्‍वर जसले महान्‌ शक्ति धारण गर्नुहुन्छ र जो बुद्धिले पूर्ण हुनुहुन्छ। ‘येशू’ इम्मानुएल हुनुहुन्छ, जसको अर्थ प्रेमले पूर्ण र करुणाले पूर्ण पाप बलि भन्ने हुन्छ र जसले मानिसलाई उद्धार गर्नुहुन्छ। उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँले अनुग्रहको युग प्रतिनिधित्व गर्नुहुन्छ र उहाँले व्यवस्थापन योजनाको कामको एक हिस्साको मात्र प्रतिनिधित्व गर्न सक्नुहुन्छ। … येशूको नाउँ अनुग्रहको युगका मानिसहरूलाई नयाँ जन्म दिन र मुक्त गर्न अस्तित्वमा आयो, र यो समग्र मानवजातिको उद्धारको निम्ति एउटा विशेष नाउँ हो। यसैले, येशूको नाउँले उद्धारको कामको प्रतिनिधित्व गर्छ, र अनुग्रहको युगलाई सूचित गर्छ। यहोवा नाउँ व्यवस्थाको अधीनमा बसेका इस्राएलका मानिसहरूको निम्ति विशेष नाउँ हो। कामको हरेक युग र हरेक चरणमा, मेरो नाउँ आधारहीन छैन, तर यसले प्रतिनिधिमूलक महत्त्व राख्छ: हरेक नाउँले एउटा युगको प्रतिनिधित्व गर्छ। ‘यहोवा’ ले व्यवस्थाको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो इस्राएलको मानिसहरूले आराधना गर्ने परमेश्‍वरको निम्ति आदरार्थी कुरा हो। ‘येशू’ ले अनुग्रहको युगको प्रतिनिधित्व गर्नुहुन्छ, र यो अनुग्रहको युगको अवधिमा उद्धार पाएकाहरू सबैका परमेश्‍वरको नाउँ हो। यदि मानिसले अझै आखिरी दिनहरूको अवधिमा मुक्तिदाता येशूको आगमनको चाह गर्छ, र अझै उहाँले यहूदियामा बहन गर्नुभएको स्वरूपमा उहाँ आउनुभएको अपेक्षा गर्छ भने, सम्पूर्ण हजार वर्षको व्यवस्थापन योजना उद्धारको युगमा रोकिन्थ्यो, र अलिकता पनि अघि बढ्न सक्दैनथ्यो। यसको अलावा, आखिरी दिनहरू कहिल्यै आउने थिएन, र त्यो युगको अन्त कहिल्यै हुने थिएन। किनभने मुक्तिदाता येशू मानवजातिको उद्धार र मुक्तिको निम्ति मात्र हुनुहुन्छ। अनुग्रहको युगका सबै पापीहरूका खातिर मात्र मैले येशूको नाउँ धारण गरेँ, तर मैले समग्र मानवजातिलाई अन्तमा ल्याउने नाउँ यो होइन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

त्यसपछि बहिनी फेङ्ले यो सङ्गति गरिन्, “व्यवस्थाको युगमा, परमेश्‍वरको नाम यहोवा थियो। त्यसले प्रताप, क्रोध, श्राप र कृपाको स्वभावहरूको प्रतिनिधित्व गर्दछ जुन उहाँले त्यस युगका मानिसहरूलाई व्यक्त गर्नुभयो। परमेश्‍वरले व्यवस्थाको युगमा यहोवाको नामबाट आफ्नो काम सुरु गर्नुभयो। उहाँले व्यवस्था र आदेशहरू जारी गर्नुभयो र पृथ्वीमा मानिसजातिलाई उनीहरूको जीवनमा नेतृत्व गर्नुभयो। उहाँले उनीहरूलाई व्यवस्थाको कडाइका साथ पालन गर्न तथा उहाँको आराधना गर्न र उहाँलाई उच्च पार्न माग गर्नुभयो। ज-जसले व्यवस्था पालन गर्थे तिनीहरूमा परमेश्‍वरको आशिष र अनुग्रह हुन्थ्यो तर व्यवस्था तोड्नेहरूलाई ढुङ्गाले हानेर मारिन्थ्यो वा स्वर्गको आगोले भस्म पारिन्थ्यो। यसकारण व्यवस्थाको अधीनमा इस्राएलीहरूले निष्ठापूर्वक यसको पालना गरे र यहोवाको नामलाई पवित्र मानी सम्मान गरे, र हजारौं वर्षसम्म यहोवाको मार्गदर्शनमा रहे। व्यवस्थाको युगको अन्त्यसम्ममा, मानिसहरू बढ्दो रूपमा भ्रष्ट र पापी भएका थिए र व्यवस्थाको पालना गर्न सकेनन्। सबै जना यसलाई तोडेकोमा दण्डको निरन्तर खतरामा थिए। त्यसैले परमेश्‍वरले येशूको नाममा छुटकाराको कामको चरणको सुरुवात गर्नुभयो। उहाँले व्यवस्थाको युग समाप्त गर्नुभयो र अनुग्रहको युग सुरु गर्नुभयो। अनुग्रहको युगमा, येशूले प्रेम र कृपाको स्वभावहरू व्यक्त गर्नुभयो। उहाँले मानिसमाथि असीम अनुग्रह प्रदान गर्नुभयो, र अन्त्यमा शैतानबाट मानिसलाई छुट्कारा दिन क्रूसमा टाँगिनुभयो। त्यसपछि, मानिसले येशूको नाममा प्रार्थना गर्न, येशूको नामलाई पवित्र रूपमा आराधना गर्न, र परमेश्‍वरको पापक्षमा अनि असीम अनुग्रहको आनन्द लिन थाले। प्रत्येक युगमा परमेश्‍वरले लिने नामले विशेष महत्त्व राख्छ भन्ने कुरा हामी परमेश्‍वरका पहिलेका कामका दुई चरणहरूबाट देख्दछौं। तिनले काम र त्यस युगमा परमेश्‍वरले व्यक्त गर्नुभएको स्वभावको प्रतिनिधित्व गर्दछन्। अनुग्रहको युगमा, यदि प्रभु आउनुहुँदा उहाँलाई येशूको सट्टा यहोवा भनिएको भए, परमेश्‍वरको काम व्यवस्थाको युगसँगै रोकिनेथियो। भ्रष्ट मानिसजातिले कहिल्यै परमेश्‍वरको छुटकारा पाउने थिएन, तर व्यवस्था उल्लङ्घन गरेकोमा दोषी ठहरिने र दण्डित हुनेथियो। त्यस्तै गरी, यदि आखिरी दिनहरूमा प्रभुको नाम अझै पनि येशू थियो भने, भ्रष्ट मानिसजातिले तिनीहरूका पापहरूको लागि क्षमा मात्रै पाउने थिए। उनीहरू कहिल्यै पनि शुद्धीकरण प्राप्त गरेर परमेश्‍वरको राज्यमा प्रवेश गर्ने थिएनन्। किनभने प्रभु येशू ख्रीष्टको छुट्कारा मार्फत मानवजातिको पाप क्षमा गरिएको छ, तर तिनीहरूको पापी प्रकृति बाँकी नै हुन्छ। तिनीहरूले निरन्तर पाप गर्छन् र परमेश्‍वरको विरोध गर्दछन् र पूर्ण रूपमा परमेश्‍वरद्वारा प्राप्त गरिएका छैनन्। यसै कारण प्रभु येशूको कामको जगमा—पापबाट मानिसलाई पूरै मुक्ति दिनको लागि मानिसजातिलाई न्याय गर्न र शुद्ध पार्न आखिरी दिनहरूमा परमेश्‍वर फेरि देहधारी हुनुहुन्छ र एक नयाँ चरणको काम गर्नुहुन्छ। उहाँले राज्यको युग सुरु गर्नुभयो र अनुग्रहको युग समाप्त गर्नुभयो। परमेश्‍वरको काम अगाडि बढेको छ र युग परिवर्तन भएको छ। उहाँको काम फरक छ। त्यसै अनुसार उहाँको नाम परिवर्तन भएको छ।”

यस बिन्दुमा मैले सोचेँ, “जब हरेक युगमा परमेश्‍वरले नयाँ नाम लिनुहुन्छ यसको पछाडि अर्थ लुकेको हुन्छ। प्रत्येक नामले एउटा युगको प्रतिनिधित्व गर्दछ। व्यवस्थाको युगमा परमेश्‍वरले अपनाउनुभएको नाम यहोवाले, परमेश्‍वरको प्रताप, क्रोध, श्राप र कृपाका स्वभावहरूको प्रतिनिधित्व गर्थ्यो। अनुग्रहको युगमा उहाँले लिनुभएको नाम येशूले, उहाँको कृपालु र प्रेमिलो स्वभावहरूको प्रतिनिधित्व गर्दछ। आखिरी दिनहरूमा, परमेश्‍वर मानिसजातिको शुद्धीकरण र पूर्ण मुक्तिको काम गर्न आउनुहुन्छ। जब परमेश्‍वरको काम परिवर्तन हुन्छ, तब उहाँको नाम पनि परिवर्तन हुन्छ। परमेश्‍वरको नाममा यति धेरै रहस्यहरू छन् भनेर मैले कहिल्यै कल्पना गरेको थिइन।” मेरो रुचि भर्खरै बढ्दै थियो, त्यसैले मैले भिडियो हेर्न जारी राखेँ।

त्यसपछि, बहिनी फेङ्गले आखिरी दिनहरूमा परमेश्‍वरको नाम सर्वशक्तिमान्‌ परमेश्‍वर हो भनेर सङ्गति गरिन् र प्रकाश १:८ को सन्दर्भ जोडिन्: “सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ।” साथै प्रकाश ११:१६–१७ ले भन्छ: “अनि परमेश्‍वरका सामने आ-आफ्‍नो आसनमा बसेका चार जना र बीस जना एल्डरहरूले यसो भन्दै लम्पसार परी परमेश्‍वरको आराधना गरे, हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, जे छन्, र थिए, र आउनेछन्, हामी तपाईंलाई धन्यवाद दिन्छौं; किनभने तपाईंले आफ्‍नो महान् शक्ति लिनुभएको छ, र शासन गर्नुभएको छ।” प्रकाशमा अन्य धेरै अगमवाणीहरू छन् जस्तै ४:८, १६:७, र १९:६ जसले आखिरी दिनहरूमा परमेश्‍वरको नयाँ नाम “सर्वशक्तिमान्” हुनेछ भनेर भन्छन् जुन सर्वशक्तिमान्‌ परमेश्‍वर पनि हो,

मैले सुनिरहेको बेलामा पुष्टिको लागि मेरो बाइबल पल्टाउँथेँ, र ती सबैमा, “सर्वशक्तिमान्” नाम भएको पाएँ। स्तब्ध भइ, मैले सोचेँ, “आखिरी दिनहरूको परमेश्‍वरको नाम धेरै पहिले नै बाइबलमा स्पष्ट रूपमा उल्लेख गरिएको थियो, र प्रकाशमा चार जीवित प्राणीहरूले रातदिन यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे ‘पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर जो थियो, रछ, र आउनेछ(प्रकाश ४:८)। उनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको नामको प्रशंसा गरिरहेका थिए! ‘सर्वशक्तिमान्’ नाम अन्य धेरै स्थानहरूमा उल्लेख गरिएको छ। आखिरी दिनहरूमा ‘सर्वशक्तिमान्‌ परमेश्‍वर’ भन्‍ने नाम पूर्ण रूपमा प्रकाशको अगमवाणीहरू अनुरूप छ! मैले यतिका वर्षसम्म प्रभुमा विश्‍वास गरेको छु र यति धेरै धर्मशास्त्र पढेको छु—मैले कसरी यी रहस्यहरूलाई छुटाउन सकेँ?”

मैले हेरिरहेँ र सुसमाचार फैलाउने एक जना पात्रले यसो भनेको देखेँ: “परमेश्‍वर ज्ञानी परमेश्‍वर हुनुहुन्छ, र उहाँले गर्नुहुने हरेक कुराको ठूलो महत्त्व हुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नामले आखिरी दिनहरूमा उहाँले व्यक्त गर्नुहुने आफ्नो काम र स्वभावलाई पूर्ण प्रतिनिधित्व गर्दछ। परमेश्‍वरले व्यक्तिगत रूपमा यी रहस्यहरू हामीलाई उजागर नगर्नुभएको भए, हामीले बाइबल पढ्न जति वर्ष खर्च गरेको भएपनि हामी तिनीहरूलाई बुझ्न सक्दैनथियौँ।” त्यसपछि उनले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा अनुच्‍छेद पढे। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “म कुनै समय यहोवाको रूपमा चिनिन्थें। मलाई कुनै समय मसीह भनिन्थ्यो र मानिसहरूले प्रेम र आदरसाथ मलाई मुक्तिदाता येशू भनी पुकार्थे। यद्यपि, आज म यस उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइन; म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युगको अन्त ल्याउने परमेश्‍वर हुँ। म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो समग्र स्वभावले पूर्ण भएको, र अधिकार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै पनि मसँग सम्बद्ध भएका छैनन्, मलाई कहिल्यै चिनेका छैनन् र सदैव मेरो स्वभावप्रति अनभिज्ञ भएका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म नै एक जनाले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसमा देखा पर्नुहुने र मानिसहरू माझ गुप्त परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिस माझ सत्य र वास्तविक रूपमा उज्ज्वल सूर्य र प्रज्वलित ज्वालाजस्तै शक्ति र अधिकारले पूर्ण भएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ। यसरी, आखिरी दिनहरूको अवधिका सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ र म सारा मानवजातिमाथि विजय हासिल गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ भनी देख्नेछन्। म कुनै समय मानिसको निम्ति पापबलि थिएँ, तर म आखिरी दिनहरूमा सबै थोकलाई भस्म गर्ने सूर्यको ज्वालाका साथसाथै सबै थोकलाई उदाङ्गो पार्ने धार्मिकताको सूर्य पनि भएको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूका मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र यो स्वभाव हासिल गरेँ ताकि म धर्मी परमेश्‍वर, उज्वल सूर्य, प्रज्वलित ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो रूप देख्न सकून्: म इस्राएलीहरूको मात्र परमेश्‍वर होइन, र म उद्धारकर्ता मात्र होइन; म स्वर्गहरू, पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

त्यसपछि उनले सङ्गति गरे, “आखिरी दिनहरूमा, परमेश्‍वरले सर्वशक्तिमान्‌ परमेश्‍वरको नामबाट राज्यको युगको उहाँको न्यायको काम गर्नुहुन्छ। उहाँले मानिसको पाप गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने शैतानी प्रकृतिको पर्दाफास गर्न, र हाम्रो अनाज्ञाकारीता र अधर्मको न्याय गर्न सत्य व्यक्त गर्नुहुन्छ ताकि हामी यी वचनहरूमार्फत हाम्रो प्रकृति र हाम्रो सार जान्न सकौँ, शैतानले हामीलाई कति गहिरोरूपमा भ्रष्ट परेको छ भन्ने सत्यता जान्न सकौँ, हाम्रो भ्रष्टाताको जड बुझ्न सकौँ, र परमेश्‍वरको धर्मी, उल्‍लङ्घन गर्न नसकिने स्वभाव जान्न सकौँ। हाम्रा स्वभावहरू परिवर्तन गर्न पनि उहाँले हाम्रो लागि बाटो औंल्याउनुहुन्छ ताकि हामीले दुष्टतालाई त्याग्न सकौँ, सत्यको खोजी गर्न सकौँ, हाम्रो स्वभाव बदल्न सकौँ र परमेश्‍वरद्वारा मुक्ति पाउन सकौँ। “परमेश्‍वर मानवजातिलाई न्याय गर्न र शुद्ध पार्न, हामीलाई हाम्रो प्रकार अनुसार विभाजन गर्न, र असललाई इनाम दिन र दुष्टलाई दण्ड दिन, भ्रष्ट मानिसजातिलाई पापबाट पूर्णतया मुक्त गर्न र परमेश्‍वरको ६,०००-वर्षे व्यवस्थापन योजना पूरा गर्नका लागि आउनुभएको छ। आखिरी दिनहरूमा परमेश्‍वर उहाँको धर्मी, प्रतापी, अपमान नसहने क्रोधित स्वभावका साथ देखा पर्नुभएको छ। उहाँले खुला रूपमा आफ्नो अन्तर्निहित स्वभाव, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो सबैको लागि प्रदर्शन गर्नुभएको छ। हामीलाई पूर्ण रूपमा पापबाट मुक्त गर्न र मानिसको वास्तविक रूप पुनर्स्थापित गर्नका लागि, उहाँ मानवजातिका सबै भ्रष्टता र अधर्मको न्याय गर्न र सजाय दिन आउनुभएको छ।” उहाँले सबै थोक सृष्टि मात्र गर्नुभएन, तर सबै कुरामाथि शासन पनि गर्नुहुन्छ भनेर सबैले बुझून् भन्ने उहाँ चाहनुहुन्छ। उहाँ मानिसजातिको पापबलि मात्र हुनुहुन्नथियो, तर उहाँ हामीलाई सिद्ध गर्न, परिवर्तन गर्न र शुद्ध गर्न पनि सक्षम हुनुहुन्छ। उहाँ पहिलो र पछिल्‍लो हुनुहुन्छ। कसैले पनि उहाँको चमत्कार वा उहाँका कार्यहरूलाई बुझ्न सक्दैन। त्यसैले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर नाम एकदम उपयुक्त छ। यो नामको लागि प्रार्थना गर्ने र उहाँका वचनहरू पढ्ने जो-कोहीले पवित्र आत्माको मार्गदर्शन र काम प्राप्त गर्न सक्छ, र जीवनको लागि परमेश्‍वरको प्रशस्त खाना र पानीको आनन्द लिन सक्छ। धार्मिक संसारले अहिले विनाशको सामना गरिरहेको छ। मानिसहरूको विश्‍वास चिसिँदै छ, तिनीहरू कमजोर छन् र सांसारिक कुराहरूको आकाङ्क्षा गर्छन्, प्रचारकहरू सुक्खा छन्, र मानिसहरू प्रार्थनामा उत्प्रेरित हुँदैनन्। त्यसमाथि, धेरै भन्दा धेरै मानिसहरू सांसारिक प्रलोभनहरूको पासोमा परिरहेका छन्। उनीहरूले थुमाको गतिलाई पछ्याउन सकेका छैनन् र जीवित पानीको खानपान प्राप्त गर्न सक्दैनन्। तिनीहरू अन्धकारमा छन् र आफ्नो बाटो बिराउँछन्।”

यो देख्नु मेरो लागि अत्यन्तै उत्साहजनक कुरा थियो—सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू वास्तवमा अत्यन्तै अख्तियारपूर्ण छन्, विशेषगरी यो: “मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा चीज छैन र प्रज्वलित आगोद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा चीज छैन। अन्तमा, मेरा वचनहरूको कारणले सबै जातिहरूलाई आशिष्‌ दिइनेछ, र मेरो वचनहरूको कारणले टुक्रा-टुक्रा पारिनेछ।” यी शब्दहरू परमेश्‍वरको प्रताप र धार्मिकताले भरिएका छन्। परमेश्‍वर बाहेक अरू कसैले पनि अधिकार र प्रतापले यति धेरै पूर्ण कुरा भन्न सक्दैन। मलाई प्रभु येशू वास्तवमा फर्कनुभएको छ भन्ने यो कुरा परमेश्‍वरको आवाज नै हो भन्‍ने थाहा थियो! मैले मेरो सेवा र घर भेटहरूमा धेरै दिएको थिएँ ताकि विश्‍वासीहरूले प्रभुको कुरा सुनून् र सेवाहरूमा सहभागी होऊन्। मैले हप्तामा दुई वा तीन पटक उपवास बस्‍ने र प्रार्थना समेत गर्ने गर्थेँ, तर मण्डली जागृति हुँदै भएन। मेरो आफ्नै विश्‍वास पनि हराउँदै थियो र मैले मेरो साथमा प्रभु हुनुहुन्छ भन्‍ने महसुस गर्न सकिन। अब मलाई थाहा भयो परमेश्‍वरले सर्वशक्तिमान्‌ परमेश्‍वरको नामद्वारा मानिसजातिलाई न्याय गर्न र शुद्ध पार्नको लागि नयाँ चरणको कार्य गर्दै हुनुहुन्छ। हामी प्रभुमा विश्‍वास गर्नेहरूले परमेश्‍वरको नयाँ कामको गतिलाई पछ्याउन सकिरहेका थिएनौं। हामीले परमेश्‍वरका वर्तमान वचनहरूको खानपान वा आत्माको मार्गदर्शन पाएनौं। हामी अन्धकारमा पर्यौं। आखिरी दिनहरूका सर्वशक्तिमान्‌ परमेश्‍वरको मुक्तिलाई स्वीकार गरेर र उहाँको नाममा प्रार्थना गरेर र उहाँका वचनहरू पढेर मात्र हामी पवित्र आत्माको मार्गदर्शन र काम प्राप्त गर्न सक्छौं।

उनीहरूले चलचित्रको अन्तमा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको अर्को अंश पढे। “यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणसम्म, यी तीन चरणले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्यलाई एउटै लहरमा गाँस्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्‍वर सधैँ मानव जातिको व्यवस्थापन गर्ने काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगहरूमा र विभिन्न स्थानहरूमा हुने कार्यका तीन चरणहरू आत्माले गर्नुहुने काम नै हुन् भन्‍ने कुरा स्पष्ट छ। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्‍वरकै विरोधमा खडा हुन्छन्। अब, यसले तँलाई पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्‍वरको, एउटै आत्माको काम हो भनी बुझ्न सक्ने बनाउँछ। यस कुरामा कुनै शङ्का छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))। तब मैले त्योभन्दा पनि बढी के बुझेँ भने, यहोवा, येशू र सर्वशक्तिमान्‌ परमेश्‍वर सबै एउटै परमेश्‍वर हुनुहुन्छ। प्रत्येक युगमा परमेश्‍वरको फरक नाम हुन्छ र उहाँले फरक काम गर्नुहुन्छ, तर उहाँले सधैँ मानिसहरूको आवश्यकताको आधारमा काम गर्नुहुन्छ। यी रहस्यहरू खोल्नको लागि केवल परमेश्‍वर सक्षम हुनुहुन्छ र मेरो हृदयमा मलाई सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्किनुभएको प्रभु येशू हुनुहुन्छ भन्ने थाहा थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरको नामलाई स्वीकार गर्नु प्रभु येशूलाई धोका दिनु होइन, बरु यो थुमाको पाइलासँगै हिँड्नु हो। प्रकाशले भनेको जस्तै, “यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्(प्रकाश १४:४)

म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसँग सम्पर्कमा आएँ। उनीहरूसँग भेला भएर अनि सङ्गति गरेर मैले केही सत्यताहरू बुझेँ र मेरो विश्‍वासमा भएका धेरै अन्यौलताहरू समाधान भएका छन्। मैले धेरै आत्मिक भोजन प्राप्त गरें। म वास्तवमा सिंहासनको अगाडि लगिएको र थुमाको भोजमा उपस्थित भएको महसुस गर्दछु। म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई साँच्चै धन्यवाद दिन्छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

शुद्ध मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्छन्

सारा, अमेरिका जब मैले प्रभुमा विश्‍वास गरेँ, तब मैले प्रायजसो के सुन्‍ने गर्थेँ भने, प्रभुले हामीलाई हाम्रा छिमेकीलाई पनि आफूलाई जस्तै...

अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्‍वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।

“चोरिएको” आशिष

सन् २०१२ को मार्चको कुरा हो। कुन दिन सुरु भयो मलाई थाहा छैन, तर बेलुकीको खानापछि हरेक दिन मेरी श्रीमती हतार-हतार आफ्‍नो काम सकाउँथिन्, र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्