विद्रोहीले पश्चात्ताप गर्छ

27 फेब्रुअरी 2023

गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्‍वासको जग हो र हामीले विश्‍वासीहरूको हैसियतमा बाइबल पालन गर्नुपर्छ भन्ने गर्थे। ती शब्दहरू मेरो हृदयमा जरा गाढेर बसे, र मैले सोचें, मैले बाइबल निकै पढ्नु आवश्यक छ, र मैले यो बुझें भने, मलाई विश्‍वासको मार्ग प्राप्त हुन्छ। त्यसैले, बाइबल बारम्बार पढें र सल्लाह-सुझाव लिन एल्डरहरूकहाँ निकै धाएँ। एक जना एल्डरले दिएका प्रोत्साहनका यी शब्दहरू म सम्झन्छु: “बाइबलप्रति तपाईंको लगाव भएकोले प्रभुले अवश्यै एक दिन तपाईंलाई महत्वपूर्ण स्थान दिनुहुन्छ।” नयाँ विश्‍वासीको रूपमा, यी शब्दहरू सुन्दा म असाध्यै रोमाञ्चित भएँ। यसले मलाई अझ धेरै बाइबलको भक्त बनायो। त्यसपछि, मैले हरेक बिहान ४ बजे उठेर बाइबल पढ्न थालें, र घरभरि मलाई मनपर्ने बाइबल पदहरू टाँसेको थिएँ। समय पाउनसाथ म बाइबल खण्डहरू पढ्थें या याद गर्थें। यदि प्रभु राति फर्कनुभयो भने, म हातमा बाइबल च्यापेर उहाँलाई स्वागत गर्न सक्छु भन्ने सोचेर राति सुत्दा समेत सिरानीमुनि बाइबल राख्थें। मूलतः म बाइबलबाट अलग हुनै सक्दिनथिएँ।

होस्ट: त्यो त हदै हो।

गु वेनकिंग: हो नि। केही वर्षपछि, म हाम्रो शहरमा ३०० भन्दा धेरै भेलास्थलहरूको जिम्मेवारी सम्हाल्ने क्यारिज्म्याटिक्सको मुख्य सहकर्मीहरूमध्ये एक थिएँ, म बाइबलमा यत्ति साह्रो डुबेको थिएँ कि दाजुभाइ-दिदीबहिनीहरूलाई सधैं यसो भन्ने गर्थें: प्रभु येशूले भन्नुभयो, “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ(मत्ती ४:४)। म तिनीहरूसित यसो भन्दै सङ्गति गर्थें, परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन्, त्यसैले, बाइबल पढ्नु भनेको हाम्रो दैनिक भोजन जत्तिकै महत्वपूर्ण छ, बाइबल हाम्रो विश्‍वासको जग हो, तसर्थ जे जसो भए पनि हामीले यो पालन गर्नपर्छ, र यसो गर्नु साँचो विश्‍वासी बन्नु हो।

होस्ट: आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्‍वरको कामबारे तपाईंले कहिले सुन्नुभयो?

गु वेनकिंग: सन् १९९७ मा। उत्तर-पूर्वी चीनका धेरै मण्डलीहरूका सदस्यहरूले एकपछि अर्को गर्दै सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरिरहेका थिए। हाम्रा एक जना अगुवाले हतार-हतार सहकर्मीहरूको सभा डाके, सभामा उनले हामीलाई पूर्वीय ज्योतिलाई बदनाम गराउने एक थुप्रो अफवाह देखाए र भने, “अहिल पूर्वीय ज्योति भनिने मण्डली निस्केको छ। तिनीहरूले प्रभु येशू सर्वशक्तिमान् परमेश्‍वरको रूपमा देहमा आउनुभएको छ र उहाँले नयाँ वचनहरू बोल्नुभएको छ र चर्मपत्रको मुठो खोल्नुभएको छ भनेर भन्छन्। तिनीहरू बाइबल पुरानो भइसकेको छ र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नु नै पोषण प्राप्त गर्ने एकमात्र मार्ग हो भन्छन्। कसरी तिनीहरू त्यो भन्न सक्छन्? हजारौं वर्षदेखि, प्रभुमा विश्‍वास गर्नेहरू सबैले बाइबल पढ्दै आइरहेका छन्। परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन् र यसबाहिरका कुनै पनि कुरा परमेश्‍वरको वचन होइन। हामी सधैं बाइबलप्रति वफादार रहनैपर्छ। त्यसबाट अलग हुनु भनेको प्रभुलाई धोका दिनु हो र उहाँ आउनुहुँदा हामीलाई मुक्ति दिनुहुन्न।” त्यतिबेला, म उहाँको कुरामा शतप्रतिशत सहमत थिएँ, र सोचें, “सही हो। हाम्रो विश्‍वासमा भएका सबै कुरा बाइबलमा आधारित छन्। पूर्वीय ज्योतिका मानिसहरू त यसलाई पढ्दैनन् पनि, त्यसैले के तिनीहरू प्रभुको मार्गबाट तर्केर जाँदैनन् त? मैले दाजुभाइ-दिदीबहिनीहरूलाई बाइबल कायम राख्न र यसबाट कहिल्यै तर्केर नजान डोऱ्याउनुपर्छ।” यी अगुवाले यस्ता सभाहरू तीन दिन बोलाए, अनि पूर्वीय ज्योतिबाट कसरी सुरक्षित रहने र त्यसको कसरी विरोध गर्ने भनेर चर्चा गरे। ती सभाहरूपछि, मेरो जिम्मेवारी झन् बढेको महसुस गरें। मण्डलीलाई जोगाउनका लागि, यसलाई किल्लाबन्दी गर्न र पूर्वीय ज्योतिलाई विरोध गर्न मैले अन्य सहकर्मीहरूसँगै धेरै प्रयास गरें। हरेक सेवामा, हामीले यसबाट कसरी सुरक्षित रहने भनेर कुरा गर्‍यौं अनि मैले दाजुभाइ-दिदीबहिनीहरूलाई पूर्वीय ज्योतिलाई हाम्रो मण्डलीका भेडाहरू चोरी गर्नदेखि रोक्न परमेश्‍वरलाई बिन्ती गर्दै उपवास बस्नुपर्छ र प्रार्थना गर्नुपर्छ भनेर समेत बताएँ।

होस्ट: यति हुँदाहुँदै पनि के कसैले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई जाँच गर्‍यो?

गु वेनकिंग: हजुर। त्यसको लगत्तै, एक जना सिस्टरले मलाई के भनिन् भने, अहिले एक जना सहकर्मीले पूर्वीय ज्योतिमा विश्‍वास गर्छन्, अनि उनको भेलास्थलका सबैभन्दा जोसिला सदस्यहरू उनकै पछि लागेर गएका छन्। यसले मलाई साह्रै चिन्तित बनायो र र केही नखाई हतारपतार उनको भेलास्थलतिर लागें र त्यहाँ भेला हुने ४० जनामध्ये १९ जना गायब थिए।

होस्ट: ती उन्नाइस जनाले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गरेका थिए।

गु वेनकिंग: सही हो। कुरा के थियो भने, ती १९ जना त्यस भेलास्थलका सबैभन्दा भक्त सदस्यहरू थिए, त्यसैले ती असल भेडाहरूको चोरीले म साह्रै खिन्न भएँ। मलाई लाग्यो, पूर्वीय ज्योति साँच्चै खतरनाक छ, तिनीहरूले केवल केही दिनभित्रै ती असल भेडाहरूलाई चोरेर लगे। त्यसैले, ती दाजुभाइ-दिदीबहिनीहरूलाई रोक्न म तुरुन्तै तिनीहरूकहाँ गएँ, र यसो भनें, “पूर्वीय ज्योतिले प्रभु आउनुभएको छ र उहाँले नयाँ वचनहरू बोल्नुभएको छ भनेर दाबी गर्छ, तर यो साँचो होइन। परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन् र त्यसबाहेकका अन्य कुनै पनि कुरा गर्नु प्रभुको मार्गबाट हट्नु हो, अनि प्रभु आउनुहुँदा तिनीहरू राज्यमा प्रवेश गर्नेछैनन्। तब के त्यत्तिका वर्ष विश्‍वासमा रहेको व्यर्थ हुँदैन त?” मैले उनीहरूलाई तुरुन्तै प्रभुमा पश्चात्ताप गर्न आग्रह गरें।

होस्ट: उनीहरूले कस्तो प्रतिक्रया देखाए?

गु वेनकिंग: त्यतिबेला मलाई उनीहरूले मेरो कुरा सुन्नेछन् भने लाग्यो, तर अचम्म, झाङ थर भएकी सिस्टरले भनिन्, “ब्रदर गु, परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन् भन्ने तपाईंको दाबी तथ्यपूर्ण छैन। यूहन्ना २१:२५ यसो भन्छ, ‘येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो।’ यस पदले हामीलाई प्रभु येशूले गर्नुभएका र भन्नुभएका सबै कुरा बाइबलमा लिपिबद्ध गरिएन भनेर देखाउँछ। अनि प्रकाशको पुस्तकले के अगमवाणी गर्छ भने, प्रभु फर्कनुहुँदा, उहाँले चर्मपत्रको मुठो खोल्नुहुनेछ र सातवटा मोहरहरू तोड्नुहुनेछ र अझ धेरै कुरा मण्डलीहरूलाई बताउनुहुनेछ। स्पष्टै छ, आखिरी दिनहरूको लागि परमेश्‍वरका नयाँ वचनहरू सम्भवतः पहिल्यै बाइबलमा लेख्न सकिनेथिएन, त्यसैले, परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन् भन्ने तपाईंको दाबीमा कुनै तुक छैन।” त्यतिबेला, यसको कसरी खण्डन गर्ने भनेर मलाई साँच्चै थाहा भएन। मैले सोचें, “सही हो। त्यो बाइबल पद एकदमै स्पष्ट छ, तर किन मैले पहिला यसबारे कहिल्यै सोचिनँ?” त्यसपछि, सिस्टर झाङले भन्दै गइन्, “सर्वशक्तिमान् परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। उहाँले मानिसजातिलाई न्याय गर्ने, धुने र पूर्णरूपमा मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुभएको छ। यी सत्यताहरू पवित्र आत्माले मण्डलीहरूलाई दिनुभएका वचनहरू हून्। यो प्रकाशको पुस्तकमा अगमवाणी गरिएको चर्मपत्रको मुठो खोल्ने काम हो।” सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नु प्रभुलाई धोका दिनु होइन बरु परमेश्‍वरको आवाज सुन्नु र थुमाको पाइला पछ्याउनु हो भनेर पनि उनले भनिन्। प्रकाशको पुस्तकमा यसै भनिएको छ, “यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्(प्रकाश १४:४)। उनले मलाई पनि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्न प्रोत्साहन दिइन्, र नम्रतापूर्वक खोजी गर्नु परमेश्‍वरको आवाज सुन्ने र प्रभुको पुनरागमनलाई स्वागत गर्ने एकमात्र मार्ग हो भनेर भनिन्।

होस्ट: त्यो कुरा निकै तार्किक जस्तो छ।

गु वेनकिंग: हो त।

होस्ट: तपाईंले त्यतिबेला के सोच्नुभयो?

गु वेनकिंग: मैले उनलाई फर्काएर ल्याउनेबारे मात्र एकोहोरो ध्यान दिइरहेको थिएँ, त्यसैले उनको सङ्गति मेरो दिमागमै घुसेन। मैले झ्वाट्टै बाइबल उठाएँ र उनलाई ताक्दै भनें: “मलाई बाइबलबारे थाहा छ—मैले खोजी गर्नु आवश्यक छैन! बाइबलबाहिरका कुनै पनि कुरा अपसिद्धान्त हो र तपाईंले मुक्ति पाउनुहुन्न!” मैले एक हप्तासम्म दिनहुँ गएर उनीहरूको मन फर्काउने प्रयास गरें। तर मैले जेसुकै भने पनि, उनीहरू सबै जना सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउन सङ्कल्पित थिए। मैले एक जनालाई पनि फर्काएर ल्याउन सकिनँ।

होस्ट: त्यो त अचम्म हो, होइन त?

गु वेनकिंग: हो नि। म घर गएँ र पूर्वीय ज्योतिको पछि लाग्ने सबै मण्डली सदस्यहरूबारे सोच्दा, म अलमल्ल परें। उनीहरूले एकपटक पूर्वीय ज्योतिको पुस्तक पढेपछि, जे जस्तो अवस्थामा पनि उनीहरूको हृदय किन परिवर्तन गर्न सकिंदैन? के हाम्रा अगुवाले भने जस्तै, तिनीहरूको पुस्तकमा साँच्चै कुनै प्रकारको नशालु पदार्थ छ? तर तिनीहरू पूर्णतया सामान्य देखिन्थे, पटक्कै विचलित थिएनन्, र एकदमै चल्तापुर्जा र विश्‍वस्त थिए। उनीहरूको सङ्गति अन्तर्दृष्टिपूर्ण थियो र खण्डन गर्न सकिँदैनथ्यो। म साह्रै अन्योलमा परें। पूर्वीय ज्योतिको पुस्तकमा त्यस्तो के चाहिं लेखिएको रहेछ भनेर म हेर्न चाहन्थें। तर म बाइबलबाहिरका कुनै पनि कुरा प्रभुप्रति धोका हो र मैले मुक्ति पाउँदिनँ भनेर सोचें, त्यसैले तिनीहरूको पुस्तक पढ्ने आँट गरिनँ। पछि मैले ती १९ जना व्यक्तिहरूलाई चर्चमा प्रतिबन्ध लगाएँ र अरू सबैलाई उनीहरूसित कुनै पनि प्रकारको सम्बन्ध नराख्न आग्रह गरें। विशेषगरी मैले सहकर्मीहरूलाई आफ्नो बगालको राम्ररी निगरानी गर्न र पूर्वीय ज्योतिलाई स्वीकार्ने जोकोहीलाई तुरुन्तै निष्कासित गर्न आग्रह गरें।

होस्ट: मण्डलीलाई किल्लाबन्दी गर्ने ती चरम तरिकाहरू हुन्। यसको प्रतिफल कस्तो भयो?

गु वेनकिंग: मैले त्यति राम्रो काम गरिनँ। मैले मण्डलीलाई अलग राख्न कडा परिश्रम गरें, तर झन् झन् धेरै दाजुभाइ-दिदीबहिनीहरू पूर्वीय ज्योतिमा प्रवेश गरिरहेका थिए। प्रायः हरेक दिन कोही न कोही प्रवेश गरिरहेका थिए—मैले त्यसलाई रोक्न सकिनँ। त्यसबेला म त्यस कुराले साह्रै हैरान भएँ। तिनीहरूलाई फर्काइल्याउन मैले निकै धेरै समयसम्म प्रयास गरिरहेको थिएँ, तर एक जनालाई पनि विश्‍वस्त पार्न सकिनँ। मलाई अचम्म लागेको कुरा के हो भने, केही समय नबित्दै, मसँग काम गर्ने ब्रदर वाङ समेत पूर्वीय ज्योतिमा लागे। यो त साह्रै अचम्म भयो भनेर सोचें। ब्रदर वाङले पनि मैले जस्तै गरेका थिए, उनी सधैं पूर्वीय ज्योतिदेखि कसरी सुरक्षित रहने भन्नेबारे कुरा गर्थे। उनी पनि त्यसमै लाग्लान् भन्ने मैले कहिल्यै सोचेको थिइनँ। उनलाई केरकार गर्न म उनको घर गएँ र मलाई असाध्यै रिस उठेको थियो। मैले भनें, “पूर्वीय ज्योति बाइबलको कुराभन्दा अलग हो भनेर तपाईंलाई राम्ररी थाहा छ। तपाईंले कसरी यसमा विश्‍वास गर्न सक्नुहुन्छ?” उनको जवाफ थियो, “ब्रदर गु, मैले पनि पहिला हाम्रा अगुवाको कुरा सुनें, र पूर्वीय ज्योतिलाई जाँच गर्दै गरिनँ। मैले अन्धाधुन्ध यसको विरोध र निन्दा गरें। तर सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेपछि, यसले बाइबलका थुप्रै रहस्यहरू खुलासा गरेको र हामीलाई पाप धुने मार्ग दिएको मैले देखें। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता र परमेश्‍वरको आवाज हुन्। उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। तपाईंले पनि उहाँका वचनहरू पढ्नुपर्छ—” तर त्यति नै बेला मैले उनको कुरा तुरुन्तै काटें, र भनें, “भयो भयो! तपाईं त झुक्नुभयो नै—मलाई पनि त्यसै नगराउनुहोस्। तपाईंले मलाई जे भन्नुभए पनि मलाई कुनै सरोकार छैन। मैले त्यो पुस्तक पढ्ने त कुरै आउँदैन!” मैले ढोका ड्याम्मै तानिराखेर त्यहाँ बाट झोंकिएर निस्कें। अर्को मण्डलीका १०० जनाभन्दा धेरै सदस्यहरू पूर्वीय ज्योतिमा लागेको अनि अन्य धेरै सहकर्मीहरूले उनीहरूको क्षेत्रमा असल भेडाहरू हरेक दिन पूर्वीय ज्योतिले चोरिरहेको र तिनीहरूलाई फर्काइल्याउन नसकेको भनी बताइरहेको कुरा पछि मैले सहकर्मी लिऊबाट सुनें। यो खबरले म साह्रै स्तब्ध भएँ। यो कसरी यत्ति भयानक हुन सक्छ र प्रभु साँच्चै फर्कनुभएको छ कि भनेर सोचें। नत्र यत्तिका धेरै मानिसहरूले यसलाई किन स्वीकार्छन् र यसमा यस्तो विश्‍वास किन गर्छन्?

होस्ट: त्यसो हुँदा, के तपाईंले यसलाई जाँच्ने विचार गर्नुभयो?

गु वेनकिंग: अहँ, म आफ्ना धारणाहरूमा असाध्यै अल्झिएको थिएँ। म सोच्ने गर्थें, तिनीहरूले बाइबल पटक्कै पढ्दैनन्, र हाम्रो विश्‍वास बाइबलमा आधारित हुनुपर्छ, त्यसैले तिनीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनन्। यसलाई जाँच्ने कुरा मेरो मनमा आउँदै आएन।

होस्ट: त्यतिबेला तपाईंले ती सबै दाजुभाइ-दिदीबहिनीहरूलाई फर्काइल्याइन किन नसकिएको होला भनेर सोच्नुभयो?

गु वेनकिंग: सोचें, तर मैले त्यो बुझ्नै सकिनँ। त्यतिबेला मलाई यस्तो लाग्यो, पूर्वीय ज्योतिमा विश्‍वास गरेपछि तिनीहरूले मैलेभन्दा राम्ररी बाइबल बुझेजस्तो देखिन्थ्यो, र तिनीहरूलाई के भन्ने भनेर मलाई थाहा भएन। त्यस वर्षको सेप्टेम्बर महिनाको कुरा सम्झन्छु, हाम्रो मण्डलीका मुख्य सहकर्मी ब्रदर ली आफ्नी पत्नीसहित पूर्वीय ज्योतिमा लागे। यो खबर सुन्नसाथ मैले बाइबल टिपें र अन्य चार जना सहकर्मीहरू लिएर उनीहरूलाई भेट्न गएँ। त्यहाँ पुगेपछि, मैले उनीहरूलाई एक शब्द पनि बोल्न नदिई चिच्याएर भनें, “तपाईंको पनि दिमाग बिग्रियो क्या? प्रभु येशूले तपाईंलाई यत्ति धेरै अनुग्रह गर्नुभएको छ—तपाईंले बिर्सनुभयो? तपाईंले कसरी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्न सक्नुभयो? तिनीहरूले तपाईंलाई के दिए? तिनीहरूले तपाईंलाई कत्ति पैसा दिए?” अचम्मको कुरा, ब्रदर लीले मुस्कुराउँदै भने, “तिनीहरूले हामीलाई पैसा होइन सत्यता र जीवन दिए।” त्यस कुराले म झनै रिसाएँ र भनें, “तिनीहरूले कसरी तपाईंलाई जीवन दिन सक्छ? बाइबलबाहिरका कुनै पनि कुरा प्रभुप्रति धोका हो। के सत्यता र जीवनको कुरा गर्नुभएको?” प्रत्युत्तरमा उनले मलाई अचानक प्रश्न सोधे: “लौ भन्नुहोस् त, सत्यता र जीवन परमेश्‍वरबाट आउँछ कि बाइबलबाट? प्रभु येशूले फरिसीहरूलाई हप्काउनुहुँदा के भन्नुभयो? ‘शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं(यूहन्‍ना ५:३९-४०)। उहाँका वचनहरू एकदमै स्पष्ट थिए। बाइबलले परमेश्‍वरको गवाही दिन्छ तर यसमा अनन्त जीवन छैन। बाइबलभित्र अनन्त जीवन खोज्नु भूल हो। ख्रीष्ट मात्र बाटो, सत्यता र जीवन हुनुहुन्छ, अनि ख्रीष्टलाई पछ्याएर र उहाँका काम र वचनहरू पालन गरेर मात्र हामी सत्यता र अनन्त जीवन प्राप्त गर्न सक्छौं।” उनको कुरामा के भन्ने भनेर मलाई वास्तवमै थाहा भएन। मलाई एक प्रकारको अप्ठ्यारो महसुस भयो। म सोच्दैथिएँ, उनले जहिले पनि मैले प्रचार गरेको सुन्ने गर्थे, तर अहिले किन उनले मेरो खण्डन गर्दै मलाई व्याख्या गर्दैछन्? मैले यत्तिका वर्ष बाइबल पढे पनि, कसरी तिनीहरूलाई प्रभुमा विश्‍वासबारे मलाईभन्दा धेरै थाहा हुन सक्यो?

होस्ट: बाइबल ज्ञानलाई आफ्नो शक्तिको रूपमा प्रयोग गर्ने व्यक्तिलाई अहङ्कार छोड्न र नम्रतापूर्वक खोजी गर्न गाह्रो हुन्छ।

गु वेनकिंग: साँचो हो। त्यसैले, मैले अत्यन्तै अतार्किक कुरा गरेर यसो भन्दै जवाफ दिएँ, “तपाईंको कुराको मलाई कुनै वास्ता छैन। बाइबल नपढ्ने जोकोही नरकमा जानेछ।” त्यसपछि मसँगै जाने अन्य चार जना सहकर्मीहरूले पनि तिनीहरूलाई फकाउँदै र धम्काउँदै विश्‍वस्त पार्न खोजे, तर हामीले जेसुकै भने पनि, ब्रदर ली र उनकी पत्नी सर्वशक्तिमान् परमेश्‍वरप्रतिको विश्‍वासबाट टसमस भएनन्। मैले घर पुगेपछि, उनले भनेका कुरा र पूर्वीय ज्योतिमा लाग्ने अरू मानिसहरूबारे सोचें। मलाई बाइबलबारे तिनीहरूलाई भन्दा धेरै थाहा हुने गर्थ्यो र तिनीहरूले मेरा उपदेशहरू सुन्ने गर्थे, तर पूर्वीय ज्योतिमा लागेको केही दिनमै, तिनीहरूले केही शब्दहरू बोलेरै मेरो मुख बन्द गर्न सके। के भइरहेको थियो? के पूर्वीय ज्योति वास्तवमा साँचो मार्ग हो? तर मैले तुरुन्तै त्यो सोचाइलाई पन्छाइहालें। यो हुनै सक्दैन, बाइबलबाहिरका कुनै पनि कुरा प्रभुप्रति धोका हो भन्ने मलाई लाग्यो। मैले बाइबलमा अडिक रहने अनि प्रभुको पुनरागमन र स्वर्ग लगिन प्रतीक्षा गर्ने निर्णय गरें।

होस्ट: त्यतिबेला, ती सबै भक्त मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकारेका र फर्केर नआएको देख्दा के तपाईंले त्यसबारे चिन्तन गर्नुभयो?

गु वेनकिंग: जेहोस्, त्यतिबेला, यदि मसित खोजी गर्ने मन वा परमेश्‍वरप्रति श्रद्धा भएको भए, उहाँलाई त्यति विघ्न विरोध गर्ने थिइनँ। मैले धेरै भन्दा धेरै मानिसहरूले पूर्वीय ज्योतिलाई स्वीकारिरहेको देखें र मैले उप्रान्त उपदेशहरू समेत दिइरहेको थिइनँ। पूर्वीय ज्योति विरुद्धका एक थुप्रो सामग्रीहरू भेटेको थिएँ अनि सहकर्मीहरूका सभाहरू र आइतबारका सेवाहरूमा ती सामग्रीबारे चर्चा गरिरहेको थिएँ। मैले सबैलाई धम्काएँ ताकि तिनीहरूले पूर्वीय ज्योतिबारे जाँच्ने हिम्मत नगरून्, अनि अन्य मण्डलीका अगुवाहरू र सहकर्मीहरूसित मिलेर त्यसको सामना गर्ने काम समेत गरें। यदि कसैले मण्डलीको कुनै सदस्यलाई पूर्वीय ज्योतिमा लगाउने प्रयास गरिरहेको मैले सुनें भने, तुरुन्तै गएर तिनीहरूलाई धपाउँथें। कोही बेला बाइकमा जाँदा ढिलो हुन्छ भनेर म ट्याक्सी लिएर शहरको एक छेउदेखि अर्को छेउसम्म गएर पूर्वीय ज्योतिका मानिसहरूलाई धपाउँथें। त्यतिबेला मलाई लाग्यो, मैले प्रभुको मार्ग र बगालको रक्षा गरिरहेको छु, र यसका निम्ति म आफ्नो जीवन अर्पण गर्न समेत तयार थिएँ। तर मैले के बुझ्न सकिनँ भने, मैले जति धेरै यसविरुद्ध सङ्घर्ष गरें, किन त्यति नै धेरै घटनाहरू मण्डलीमा घटे।

होस्ट: घटनाहरू?

गु वेनकिंग: हजुर। अगस्ट १९९९ मा, हामीले सामुहिक बप्तिस्मा गर्दै गर्दा, निकै जना मानिसहरूलाई गिरफ्तार गरेर पुलिस चौकी लगियो। त्यसपछि अगस्ट २००० मा, बप्तिस्मा गराउँदै गर्दा म र अन्य तीन जना सहकर्मीहरूलाई गिरफ्तार गरियो। मेरो घरको पनि खनतलासी लिइयो र मण्डलीका सबै भेटीहरू प्रहरीले लग्यो। हिरासतमा रहँदा, केही वर्षहरूभित्र मण्डलीमा घटेका सबै घटनाहरूबारे सोचें। मलाई सधैं उपदेशहरू दिन र प्रचार गर्न निम्त्याउने एल्डरहरू, सिस्टर जियाङ र ब्रदर वुले बगालको सुरक्षा गर्न प्रयास गरिरहेका थिए, त्यसैले तिनीहरूले पूर्वीय ज्योतिलाई रोक्न आफ्नो मण्डलीलाई अलग्याए। तिनीहरू असाध्यै भक्त इसाईहरू थिए, तर स्तब्ध पार्ने कुरा, तिनीहरू दुवै जनालाई क्यान्सर लाग्यो र दुःखद मृत्य भयो। अनि सन् ९९९८ मा एक पटक, मण्डलीका २०० जनाभन्दा धेरै प्रमुख कार्यकर्ताहरूको ठूलो भेलामा, एक जनालाई अचानक भूत लाग्यो, र सबैले जसरी प्रार्थना गरे पनि कसैले त्यसलाई धपाउन सकेनन्। मेरो मनमा एकपछि अर्को घटना झलझली आइरह्यो, र मण्डलीमा यति साह्रो कष्ट किन छ भनेर मैले बुझ्न सकिनँ। मैले यत्तिका वर्षसम्म प्रभुलाई पछ्याउँदा, जागिर र परिवार त्यागेको थिएँ, प्रभुका निम्ति कडा परिश्रम गरें। मैले मण्डलीमा सबै प्रकारको कामको शीर्षमा रहेर काम गरें अनि प्रभुको मार्ग र बगालको रक्षा गर्न कडा परिश्रम गरें। किन प्रभुले मलाई सुरक्षा र आशिष दिइरहनुभएको थिएन? जति धेरै पूर्वीय ज्योतिसित लडाइँ गरें, त्यति नै धेरै किन मैले पीडा भोगें र चिन्ताको घेरामा परें? के पूर्वीय ज्योतिबारे मेरो सोचाइ गलत हो त? के प्रभु वास्तवमै आउनुभएको छ? सात दिन हिरासतम रहँदा, सायदै सुत्न सकें। म एकदमै दयनीय हालतमा थिएँ। मण्डलीमा के भइरहेको छ भनेर मैले शीर-पुच्छर केही थाहा पाउन सकिनँ। त्यसपछि मैले यसो भन्दै प्रभुलाई प्रार्थना गरें, “हे प्रभु, मण्डलीमा धेरै घटनाहरू घटेका छन्। यी सबैको पछाडि के कारण छ? के मैले गलत गरिरहेको छु?”

म जेलमुक्त भएपछि, मण्डली त झनै उजाड हुँदै गइरहेको देखें—मुटु छियाछिया भयो। मैले प्रभुलाई फेरि प्रार्थना गरें: “हे प्रभु! किन मण्डली यस हालतमा छ? तपाईंको अनमोल रगतले गर्दा मण्डली बनिएको छ, त्यसोभए किन तपाईं यसलाई अपमान गर्नुहुँदैछ? हे प्रभु, म साह्रै पीडामा छु। बगाल छरपस्ट हुँदैछ अनि म जति धेरै पूर्वीय ज्योतिसित लडाइँ गर्छु त्यति नै धेरै गडबडी मण्डलीमा बढ्दैछ। यी सबै कुरालाई कसरी जोगाउने र मण्डलीलाई पुनर्जीवित पार्ने, मलाई थाहा छैन। हे प्रभु, मेरो लागि बाटो खोलिदिनुहोस्!” तर मैले जसरी प्रार्थना गरे तापनि, मण्डली अस्तव्यस्त रहिरह्यो। सहकर्मीहरू चारैतिर तितरबितर भएका थिए र गिरफ्तार हुने डरले लुकिरहेका थिए। मण्डली लथालिङ्ग भयो र उपस्थिति घट्दै गइरहेको थियो। के प्रचार गर्ने भनेर मलाई थाहा भएन अनि बुधबार र आइतबार उपदेशहरू दिन डर लाग्यो। मैले बोल्दा दाजुभाइ-दिदीबहिनीहरू झकाउँथे र यसबारे मैले केही गर्न सकिनँ। के विषयमा प्रार्थना गर्नु, मलाई थाहा भएन र मेरो विश्‍वास सेलिंदै जाँदैथियो। अचानक, अरूले कसैले गरेन भने पनि म प्रभुप्रति विश्‍वास र प्रेम कायम राख्नेछु भन्ने मेरो पहिलाको सङ्कल्प मसित नभएको मैले पाएँ। म बिस्तारै पतित हुँदै गइरहेको थिएँ। मैले टिभी र चलचित्रहरू हेर्न थालें, अनि महाजोङ र पोकर समेत खेल्न जानें। म पापमा जिइरहेको थिएँ र त्यसबाट उम्कन सकिनँ। म सधैं बाइबल च्यापेर आफ्नो घरको ढोकामा उभिइरहेको हुन्थें, अविश्‍वसनीय रूपमा दुःखी र हराएको महसुस गर्थें। कसरी अघि बढ्ने मलाई केही थाहा थिएन…। धेरै पटक प्रभुसामु घुँडा टेकेर रूँदै उहाँलाई यसो भन्दै पुकारें, “हे प्रभु येशू, तपाईं कहाँ हुनुहुन्छ? म त मरेतुल्य छु। हे प्रभु, मलाई बचाउनुहोस्, मण्डलीलाई बचाउनुहोस्।”

होस्ट: यस्तो लाग्छ, तपाईं अत्यन्तै गाह्रो स्थितिमा हुनुहुन्थ्यो।

गु वेनकिंग: हो नि। त्यसपछि, सन् २००२ मा म खराबीको चरम सीमामा पुगेको बेला, दक्षिण चीनबाट ब्रदर झाऊले मलाई केही भक्ति अध्ययनका लागि बोलाए। यो सुनेर मैले परमेश्‍वरलाई हार्दिक धन्यवाद चढाएँ। त्यतिबेला मेरो जीवनमा निकै सङ्घर्ष चलिरहेको थियो, त्यसैले, पुनः शक्ति प्राप्त गर्न म यस मौकाको फाइदा उठाउन इच्छुक थिएँ। त्यहाँ पुगेर के देखें भने, तिनीहरूले विगत दुई वर्षअघिको भन्दा राम्रो गरिरहेका रहेछन्। तिनीहरूको विश्‍वास अझ धेरै बलियो भएको थियो। मलाई देखेर, तिनीहरूले दया देखाए र प्रोत्साहन दिए, परिवार जस्तै महसुस गराए। म अत्यन्तै प्रेरित भएँ। भोलिपल्ट, ब्रदर झाऊले मसित भलाकुसारी गरे, उनले स्पष्टैसित मलाई के कठिनाइ भइरहेको छ भनेर सोधे। मैले कुनै कुरा नलुकाई मण्डलीमा भइरहेको कुराबारे उनलाई बताएँ। मैले बताइसकेपछि, उनले यो सङ्गति गरे: “अहिले तपाईंको मण्डलीले मात्र शक्ति गुमाइरहेको होइन। सबै ठाउँका मण्डलीहरूमा यस्तै भइरहेको छ। विश्‍वासीहरूको विश्‍वास र प्रेम सेलाउँदैछ र तिनीहरूलाई तिनीहरूको पापको लागि ताडना दिइएको छैन। सहकर्मीहरूसँग प्रचार गर्ने केही कुरा छैन र तिनीहरू ईर्ष्यापूर्ण झगडा र अन्तरकलहमा मुछिएका छन्। मण्डलीहरू टुक्रिँदैछन्—त्यहाँ लामो समयदेखि परमेश्‍वरको बास छैन।” सबै मण्डलीहरू यत्ति धेरै उजाड किन भएका हुन् भनेर पनि उनले मलाई बताए।

होस्ट: उनले के भने?

गु वेनकिंग: उनले मलाई आमोसको पुस्तकको अध्याय ८, पद ११ पढेर सुनाए। यहोवा परमेश्‍वरले भन्‍नुभयो, “हेर, ती दिनहरू आउँछन् … जब म मुलुकभरि अनिकाल पठाउनेछु, त्यो रोटीको अनिकाल होइन, न त पानीको तृष्णाको हो, तर यहोवाको वचन सुन्‍न नपाउने अनिकाल हुनेछ।” त्यसपछि उनले भने, “हामी यो पदबाट के बुझ्न सक्छौं भने, यस ‘अनिकाल’ को एउटा कारण मानिसहरूले परमेश्‍वरका वचनहरू अभ्यास नगर्नु हो। यो, व्यवस्थाको युगमा भएको घटना जस्तै हो, त्यतिबेला मुख्य पुजारी, शास्त्री र फरिसीहरूले यहोवाको व्यवस्थाको पालन नगरी मानव परम्पराहरू मात्र पालन गरिरहेका थिए। तिनीहरूले खोटपूर्ण भेटी चढाइरहेका थिए अनि मन्दिरमा खुल्लमखुल्ला पशुहरू बेचिरहेका र पैसाको कारोबार गरिरहेका थिए, र यसलाई डाकूहरूको ओडार बनाइरहेका थिए, त्यसैले परमेश्‍वरले त्यसलाई घृणा गर्नुभयो र त्याग्नुभयो। यसमा परमेश्‍वरको काम नभएपछि, मानिसहरूले यहाँ जे मन लाग्यो त्यही गरे र तिनीहरूलाई पापको लागि ताडना दिइएन। मन्दिर बन्जर बन्यो। त्यसको प्रमुख कारण भनेको धार्मिक अगुवाहरूले यहोवाका आज्ञाहरू पालन नगर्नु र प्रभुको मार्गबाट तर्किनु थियो। अर्को कारण के थियो भने, परमेश्‍वरले नयाँ चरणको काम गरिरहनुभएको थियो, त्यसैले पवित्र आत्माको काम परिवर्तन भएको थियो। प्रभु येशूले मन्दिरबाहिर अनुग्रहको युग सुरु गर्नुभएको थियो, अनि उहाँलाई पछ्याउने मानिसहरूले सिंचन र पोषण प्राप्त गर्नसक्थे। तिनीहरूले प्रार्थना गरे र प्रभुसामु आफ्नो पाप स्वीकार गरे भने, तिनीहरूका पापहरू क्षमा हुन्थ्यो अनि तिनीहरूले प्रभुले दिनुहुने सबै अनुग्रह र शान्ति प्राप्त गर्नसक्थे। तर त्यसको सट्टा, उहाँको कामलाई नस्वीकार्ने मुख्य पुजारी, शास्त्री र फरिसीहरूले उहाँको विरोध र निन्दा गरे अनि तिनीहरूलाई पछ्याउन जोर गर्नेहरू स्वभाविकरूपमा परमेश्‍वरको कामद्वारा त्यागिए र मेटाइए, र यसरी अन्धकार र उजाड स्थितिमा जाकिए।”

होस्ट: तपाईंलाई यो सङ्गति कस्तो लाग्यो?

गु वेनकिंग: त्यतिबेला, मलाई त्यो असाध्यै अन्तर्दृष्टिपूर्ण लाग्यो, तर म अन्योल पनि थिएँ र सोचें, “मैले ती सबै अनेकौं पटक बाइबलमा पढेको छु, तर त्यसलाई पहिला किन त्यसरी हेरिनँ? अनि त्यहाँ सबै दाजुभाइ-दिदीबहिनीहरू एकदमै जवान छन्, तर कसरी तिनीहरूले यस समस्याबारे यस्तो राम्रो अन्तर्दृष्टि प्राप्त गर्छन्?” तिनीहरूले त्यो कसरी बुझे भनेर मैले सोचें। मैले ध्यान दिएर सुनिरहें। त्यसपछि ब्रदर झाऊले भने, “व्यवस्थाको युगमा जुन कारणले मन्दिरको पतन भएको थियो, ठीक त्यसरी नै आज मण्डलीहरू यस स्थितिमा हुनुको कारण परमेश्‍वरले नयाँ चरणको काम गरिरहनुभएकोले गर्दा हो।” उनको यो कुरा सुन्दा, म त चकित भएँ र तिनीहरू पूर्वीय ज्योतिमा लागेका होलान् भन्ने मलाई लाग्यो। तिनीहरूले सिकाउने कुरा साह्रै धूर्त हुन्छ भनेर सबैले भन्थे—मलाई पनि मूर्ख बनायो भने के होला? म असाध्यै घबराएँ र बेचैन भएँ: मैले तिनीहरूको कुरा सुन्ने कि नसुन्ने?

होस्ट: तपाईंले पक्कै पनि सुन्ने निर्णय गर्नुभयो होला।

गु वेनकिंग: सही हो। त्यतिबेला, म मण्डलीको समस्या समाधन गर्न मात्र चाहन्थें। त्यत्तिका वर्षहरूमा, चीन र विदेशका कुनै पनि पाष्टरहरू र एल्डरहरूले, जसरी बाइबल पढे पनि, उपवास बसे पनि र प्रार्थना गरे पनि पटक्कै मदत गर्न सकेनन्। मण्डली खस्कँदै गइरहेको थियो। तर ती दाजुभाइ-दिदीबहिनीहरू विश्‍वास र प्रेमले भरिपूर्ण थिए र तिनीहरूको सङ्गति अन्तरर्दृष्टिपूर्ण थियो। पवित्र आत्माको काम र मार्गदर्शनबिना कसैले पनि त्यति राम्रो काम गर्न सक्नेथिएन। त्यसैले मलाई लाग्यो, यदि मैले तिनीहरूको सङ्गति मार्फत मण्डलीलाई पुनर्जीवित पार्न सकें भने, हामीसँग अझै आशा रहन्छ। म यस मौकाको फाइदा उठाउन चाहन्थें, र तिनीहरू पूर्वीय ज्योतिमा लागेकै भए तापनि म डराउनु पर्दैनथियो, किनभने मलाई बाइबल थाहा थियो र म तर्किन सक्दिनथिएँ। मैले यसबारे यसरी सोच्दा, तिनीहरूले भनेको कुरा बाइबलअनुसार छ कि छैन भनेर जाँच्न बाइबल पल्टाउँदै कुरा सुन्न थालें।

होस्ट: तपाईंले कुरा सुन्नुभयो तर तपाईं निकै रक्षात्मक हुनुहुन्थ्यो।

गु वेनकिंग: हजुर। ब्रदर झाऊले आमोस ४:७-८ पढेर सङ्गति गरिरहे: “कटनी गर्ने समय तीन महिना बाँकी छँदै मैले तिमीहरूदेखि वर्षा पनि रोकेको छु: र मैले एउटा सहरमा पानी पारेँ र अर्को सहरमा पानी पारिनँः एक ठाउँमा पानी पर्‍यो र पानी परेको ठाउँ सुकेन। यसरी दुई वा तीन सहरहरू एउटा सहरमा पानी पिउनलाई भौतारिए; तर तिनीहरू तृप्त भएन: तापनि तिमीहरू मकहाँ फर्केनौ, यहोवाले भन्‍नुभयो।” उनले यसलाई यसरी व्याख्या गरे, “यस पदले एउटा शहरमा पानी पर्ने र अर्को शहरमा चाहिं खडेरी पर्ने कुरा बताउँछ। यो ‘पानी’-ले पवित्र आत्माको कामलाई जनाउँछ। परमेश्‍वरले सबै ठाउँबाट पवित्र आत्माको काम लिनुहुन्छ र उहाँको नयाँ काम स्वीकार्नेहरूलाई दिनुहुन्छ। परमेश्‍वरको पाइलामा हिंड्नेहरूलाई पवित्र आत्माका वचनहरूबाट पोषण र उहाँको काम प्राप्त हुन्छ। तर परमेश्‍वरको नयाँ काम नस्वीकार्नेहरू परमेश्‍वरको कामको दौरान स्वभावतः हटाइनेछन् र अन्धकारमा जिउँछन्।” उहाँको सङ्गतिको यस बिन्दुमा, मैले यसबारे अझ धेरै बुझ्न थालें। परमेश्‍वरले नयाँ काम गरिरहनुभएको र पवित्र आत्माको काम परिवर्तन गरिएकोले गर्दा मण्डली बन्जर भएको रहेछ भनेर मैले बुझें। मैले त्यत्तिका वर्षहरूमा परमेश्‍वरको उपस्थिति महसुस नगर्नु, र यस्तो घोर आत्मिक अन्धकार महसुस गर्नु कुनै अचम्मको कुरा होइन मानौं म अनन्त खाडलमा खसेको छु र मेरो कुनै आशा छैन। म असाध्यै दुःखमा जिइरहेको थिएँ। परमेश्‍वरको पाइलामा हिँड्ने र पवित्र आत्माको काम र मार्गदर्शन फेरि प्राप्त गर्नेबारे सोच्दै मैले ब्रदर झाऊलाई उत्सुकतासाथ सोधें, “कसरी हामी थुमाको पाइलामा चल्न सक्छौं र पवित्र आत्माको काम प्राप्त गर्न सक्छौं?” उनले मलाई भने, “यो कुरा प्रकाशको पुस्तकमा सात पटक अगमवाणी गरिएको छ, ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश अध्याय २, ३)। यो अगमवाणीले हामीलाई के बताउँछ भने, आखिरी दिनहरूमा परमेश्‍वर मण्डलीहरूसित बोल्नुहुनेछ, र परमेश्‍वरको आवाज सुन्ने सबै जना उहाँको पाइलमा हिंड्नेछन् र थुमाको विवाह भोजमा सरिक हुनेछन्।” त्यसपछि उनले एउटा पुस्तक निकाले र यसो भन्दै गए, “यस पुस्तकमा पवित्र आत्माले मण्डलीहरूलाई भन्नुभएका वचनहरू छन्। यो पढ्नुहोस्, सबै कुरा बुझ्नुहुनेछ।” मैले लिएँ र देखें वचन देहमा देखा पर्नुहुन्छ। के यो त पूर्वीय ज्योतिको पुस्तक होइन र? एकछिन त म स्तब्ध भएँ र सोचें, “मैले तिनीहरूसित पाँच वर्षदेखि काँधमा काँध मिलाएर काम गरिरहेको छु, तर अहिलेसम्म तिनीहरूसित आमने-सामने कहिल्यै भएको छैन।” मैले ती सबै दाजुभाइ-दिदीबहिनीहरूबारे सोचें, जसले पूर्वीय ज्योतिको कुरा नसुनेको भए विश्‍वस्त हुनसक्दैनन् थिए। म एकदमै घबराएँ, मेरो मुटु ढुकढुक भयो। मैले प्रार्थन गरें, “हे प्रभु, कृपया मेरो रक्षा गर्नुहोस्। म बाइबलबाट तर्किन सक्दिनँ, जेसुकै होस् म तपाईंको मार्गबाट तर्किन सक्दिनँ।” त्यसैले मैले सोधें, “यस किताबमा परमेश्‍वरका वचनहरू कसरी हुन सक्छ? परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन् र त्यसबाहेक अरू कुनै कुरा परमेश्‍वरको वचन होइन। बाइबलबाट अलग कुरा अपसिद्धान्त हो—प्रभुप्रति धोका हो।” म त्यहाँ थप बस्नै सकिनँ, त्यसैले जुरुक्कै उठें र तिनीहरूको कुरा पूरा सुनिनँ।

होस्ट: तपाईंले मण्डली उजाड हुनुको कारणबारे त्यो सङ्गति सुन्नु त अन्तर्दृष्टि थियो।

गु वेनकिंग: हजुर, यो साँचो हो भनेर मलाई मनमा थाहा थियो।

होस्ट: तर तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्दा रहेछन् भनेर थाहा पाएपछि तपाईंले तिनीहरूको कुरा उप्रान्त सुन्न सक्नुभएन।

गु वेनकिंग: सही हो। म त्यसको विरोधमा थिएँ र मसित थुप्रै धारणाहरू थिए। मैले त्यस्तो विरोध गरेको र सङ्गति सुन्न छोडेको देखेर तिनीहरू सबैले घुँडा टेके र मेरो निम्ति रुँदै प्रार्थना गरे, र मलाई अन्तर्दृष्टि दिन र परमेश्‍वरको कार्य बुझाउन उहाँलाई बिन्ती चढाए। म छेउमा उभिरहेको थिएँ, अनि तिनीहरूको मनै छुने प्रार्थनाहरू सुन्दा मेरो मन पग्लियो। म सोच्दैथिएँ, पवित्र आत्माको कार्यबिना कसरी कोही व्यक्ति यत्ति प्रेमिलो हुन सक्छ र? त्यस मोडमा, म बिस्तारै शान्त हुँदै गएँ र मेरो केही प्रतिरोधको भावनालाई काबूमा ल्याएँ। तिनीहरूले प्रार्थना गरिसकेपछि, ब्रदर झाऊले मलाई आफ्नै केही अनुभव बताए। उनले भने, “तपाईंलाई कस्तो लागेको छ, म बुझ्छु। म पनि पहिला तपाईं जस्तै थिएँ—मैले परमेश्‍वरका आखिरी दिनहरूको कामलाई विरोध गरें। मैले पाष्टरहरू र एल्डहरू सँगसँगै लागेर सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको आलोचना गरें र त्यसविरुद्ध कलम चलाएँ। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नदेखि रोक्न धम्की समेत दिएँ। परमेश्‍वरको विरोध र निन्दा गर्न मैले धेरै कुरा गरें, यसो गरेर प्रभुको मार्गको रक्षा गरेको र आफूलाई भक्त ठानिरहेको थिएँ। मैले परमेश्‍वरमा विश्‍वास त गरें तर उहाँलाई चिनिनँ अनि म कठोर र अहङ्कारी थिएँ। यदि परमेश्‍वरबाट सजाय र ताडना नपाएको भए, उहाँका आधिकारिक र मनछुने वचनहरू नसुनेको भए, म कहिल्यै समर्पित हुनेथिइनँ।” परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन् र त्यसबाहेकका कुनै पनि कुरा परमेश्‍वरको वचन होइन, त्यसैले बाइबलबाट अलगिनु भनेको पाखण्डपन हो भनेर आफूले सधैं सोच्ने गर्थे भन्ने कुरा पनि उनले बताए। त्यसपछि उनले यो कुरा कसरी तुकबिनाको हो र यो कसरी तथ्यहरूअनुरूप छैन भनेर बताउने सर्वशक्तिमान् परमेश्‍वरका केही वचनहरू पढे। सुरुमा त म एकदमै अलमल्लमा परें र यो कसरी तथ्यपूर्ण होइन भनेर सोचें। त्यसपछि उनले भने, “तपाईंलाई बाइबल राम्ररी थाहा छ, त्यसैले, प्रभुले काम पूरा गर्नुभएको वर्षौंपछि मानिसहरूले यसलाई सङ्कलन गरेको हो भनेर तपाईंलाई अवश्यै थाहा हुनुपर्ने हो, र त्यसको अर्थ, केही विषयहरू यसमा गाभिएका छैनन्। परमेश्‍वरले अगमवक्ताहरू मार्फत दिनुभएका केही वचनहरू पुरानो करारमा पूर्णतया लिपिबद्ध गरिएनन्, तर ती एपोक्रिफा-मा राखिए, जस्तै कि एज्राका अगमवाणीहरू।” उनले के पनि बताए भने, अनुग्रहको युगमा प्रभु येशूका सबै कार्य र वचनहरू धर्मशास्त्रमा लिपिबद्ध गरिएनन्। उहाँले आधिकारिकरूपमा साढे तीन वर्ष काम गर्नुभयो, अनि उहाँले त्यस दौरान कति कुरा भन्नुभयो र कति उपदेशहरू दिनुभयो भन्ने कसलाई थाहा छ र। यदि हामीले चारवटा सुसमाचार पुस्तकमा भएको प्रभु येशूका सबै वचनहरूलाई एकसाथ मिलायौं भने, उहाँले ती केही घण्टाभित्रै बोलिसक्नु हुनेथियो। उहाँले साढे तीन वर्षसम्म बोल्नुभएका कुरासित तुलना गर्दा ती एकदमै कम्ती हुन्। अनि यूहन्नाको पुस्तकमा बताइएको छ, “येशूले अरू धेरै कुराहरू पनि गर्नुभयो, जसलाई एक-एक गरीलेखिएमा, मलाई लाग्छ कि लेखिएका पुस्तकहरू संसारभरिमा पनि अटाउन सक्दैनथियो” (यूहन्‍ना २१:२५)। उनले मलाई बाइबल बाहिरका कुनै पनि कुरा परमेश्‍वरको वचन होइन र यो तथ्यपरक हो भन्ने कुरा के साँच्चै सत्य हुन सक्छ त भनेर सोधे। अनि यो कुरा प्रकाशको पुस्तकमा धेरै पटक अगमवाणी गरिएको छ, “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश अध्याय २, ३)। यसले आखिरी दिनहरूमा प्रभुले मण्डलीहरूलाई भन्नुहुने कुरा धेरै छन् भन्ने प्रमाणित गर्छ। आखिरी दिनहरूको लागि ती वचनहरू कसरी बाइबलमा पहिल्यै लेखिएका हुन सक्छन् र? प्रकाशको पुस्तकले पनि थुमाले मोहर लगाइएको चर्मपत्रको मुठो खोल्नुहुनेछ भनेर भविष्यवाणी गर्छ, अनि थुमाले मात्र त्यो मोहर खोल्न सक्नुहुन्छ। के त्यो चर्मपत्रका सामग्री पहिल्यै बाइबलमा लिपिबद्ध गरिएको हुन सक्थ्यो? अवश्यै सक्नेथिएन। त्यसैले, परमेश्‍वरका सबै वचनहरू बाइबलमा छन् भन्ने पाष्टरहरूको दाबी के तर्कसङ्गत छ त? के त्यसो गर्नु पररमेश्‍वरका वचनहरूलाई इन्कार र निन्दा गर्नु होइन र?

होस्ट: उहाँको त्यो सङ्गति सुन्दा तपाईंलाई कस्तो लागिरहेको थियो?

गु वेनकिंग: त्यस मोडमा म पूर्ण विश्‍वस्त थिएँ। थुमाले आखिरी दिनहरूमा सात वटा मोहरहरू तोडेर चर्मपत्रको मुठो खोल्नुहुनेछ भनेर प्रकाशको पुस्तकले स्पष्टसित अगमवाणी गरेको कुरा साँचो हो भन्ने मलाई थाहा भयो। त्यसैले, त्यो निर्दिष्ट सामग्री कसरी पहिल्यै बाइबलमा लिपिबद्ध गरिएको हुन सक्छ र? बाइबलबाहिर परमेश्‍वरका वचनहरू छैनन् भनेर जोर दिनु मेरो भूल थियो भन्ने मलाई महसुस भयो।

होस्ट: तपाईंले मानिसहरूलाई पूर्वीय ज्योतिबारे जाँच गर्नदेखि रोक्नुहुँदा, केही मानिसहरूले त्यसबारे पहिल्यै तपाईंसित सामान्य सङ्गति गरिसकेका थिए भनेर तपाईंले एक पटक भन्नुभएको कुरा मलाई याद छ।

गु वेनकिंग: हजुर, तिनीहरूले मलाई अलिकति बताएका थिए। तर म एकदमै अहङ्कारी थिएँ र मैले तिनीहरूको सङ्गति सुनिनँ। तैपनि, ब्रदर झाऊको सङ्गति असाध्यै स्पष्ट थियो। उनले मलाई भने, बाइबल परमेश्‍वरको कार्यको एउटा ऐतिहासिक विवरण मात्र हो, अनि परमेश्‍वरले एक चरणको काम पूरा गर्नुभएपछि पुरानो र नयाँ दुवै करारहरूलाई मानिसहरूले सङ्कलन गरेका हुन्। परमेश्‍वरले बाइबलअनुसार काम गर्नुहुन्न न त यसमा सीमित हुनुहुन्छ। परमेश्‍वरले आफ्नै व्यवस्थापन योजना र मानिसजातिका आवश्यकताअनुसार काम गर्नुहुन्छ। प्रभु येशू आउनुहुँदा, उहाँले पुरानो करारअनुसार काम गर्नुभएन, बरु उहाँ त्यतिबेलाको धर्मशास्त्रभन्दा बाहिर जानुभयो, पश्चात्तापको मार्गबारे प्रचार गर्नुभयो, बिरामीहरू निको पार्नुभयो, भूतहरू धपाउनुभयो, अरूलाई सात गुणा सत्तरी पटक माफ दिनुपर्छ भनेर मानिसहरूलाई सिकाउनुभयो, विश्राम दिन मान्नुभएन आदि। अन्त्यमा, उहाँ छुटकाराको काम पूरा गर्दै क्रूसमा टाङ्गिनुभयो। तर यीमध्ये कुनै पनि कुरा पुरानो करारमा पाउन सकिंदैन। यीमध्ये केही त हिब्रू धर्मशास्त्रको व्यवस्थासित बाझिएको जस्तो समेत देखिन्छ। यदि हामीले बाइबलबाहिरका कुनै पनि कुरा पाखण्डपन हो भन्ने पाष्टरहरूको भनाइलाई पछ्यायौं भने, के त्यसले पनि प्रभु येशूको कामलाई निन्दा गरेको हुँदैन र? परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। उहाँको प्रचुरताले सबै कुरा समेट्छ। त्यसैले, उहाँले बाइबलमा लिपिबद्ध सीमित कार्य मात्र गर्न सक्नुहुन्छ भन्ने कुरा के साँचो हुन सक्छ त? परमेश्‍वरले बाइबलबाहिर नयाँ काम गर्न वा नयाँ वचनहरू बोल्न सक्नुहुन्न भन्ने कुरा के साँचो हो? के त्यसो गर्नु परमेश्‍वरलाई सीमाङ्कन र निन्दा गर्नु होइन र? फरिसीहरूले प्रभु येशूलाई निन्दा गर्न हिब्रू धर्मशास्त्र प्रयोग गरे, त्यो धर्मशास्त्र बाहिरको कुरा हो, पखण्डपन हो भने। उहाँले व्यक्त गर्नुभएका सत्यताहरूलाई तिनीहरूले इन्कार र निन्दा गरे, अनि उहाँलाई क्रूसमा टाँग्न मिलेमतो गरे र परमेश्‍वरद्वारा श्रापित र दण्डित भए। अहिले, सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ र मानिसजातिलाई धुने र मुक्ति दिने सबै सत्यताहरू व्यक्त गर्नुभएको छ। यी, पवित्र आत्माले मण्डलीहरूलाई दिनुभएका वचनहरू हुन्, र यो परमेश्‍वरले हामीलाई दिनुभएको अनन्त जीवनको मार्ग हो। यदि हामीले नसुनी र नखोजी परमेश्‍वरको काम र आखिरी दिनहरूको वचनहरूलाई विरोध र निन्दा गर्दै अन्धाधुन्ध बाइबलमा झुण्डिरहन्छौं भने, के त्यो फरिसीहरूकै जस्तो गल्ती गरिरहेका हुँदैन र? यसो गर्दा त हामी परमेश्‍वरबाट हटाइनेछौं!

होस्ट: हो त, नतिजाहरू भयानक हुन्छन्।

गु वेनकिंग: अवश्यै हुन्छन्। उहाँबाट यो सङ्गति सुन्दा मलाई डर लाग्यो, अनि प्रभु येशूले भन्नुभएको कुरा याद आयो: “जसले मानिसको पुत्रको विरुद्धमा वचन बोल्‍नेछ, उसलाई क्षमा दिइनेछ: तर जसले पवित्र आत्माको विरुद्धमा ईश्‍वर-निन्दा गर्छ, उसलाई क्षमा गरिनेछैन(लूका १२:१०)। यसबारे सोच्दा मैले के थाहा पाएँ भने, यदि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू वास्तवमै परमेश्‍वरबाट आएका हुन् भने, ती पवित्र आत्माका वचनहरू हुन्, र यदि मैले उहाँका काम र वचनहरूलाई पाखण्डपन भनें भने, के त्यो पवित्र आत्माको निन्दा गरेको हुँदैन र? तब त मैले यो जुनी त के अर्को जुनीमा पनि क्षमा पाउन सक्दिनँ! त्यसैले मैले थाहा पाएँ कि म यसको विरोध गरिरहन सक्दिनँ, बरु मैले यसको खोजी र अनुसन्धान गर्नुपर्छ।

होस्ट: त्यसोभए, तपाईंले हृदय पुरै परिवर्तन गर्नुभयो।

गु वेनकिंग: हजुर, गरें। त्यसपछि, ब्रदर झाऊले मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको केही खण्डहरू पढेर सुनाए। “धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा, कामकुराहरू के यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणको गवाही भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै बुझाइ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको परमेश्‍वरको कामका दुई चरणहरू प्रस्तुत गर्छ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यलाई वर्णन गर्छ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामको अभिलेख गर्छ जुन सुसमाचारका चार पुस्तकहरूका साथै पावलको काममा पनि उल्लिखित छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वरको खोजी गर्नुको अर्थ के हो तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तँ परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने तर परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मृत अक्षर र धर्मसिद्धान्तहरू वा इतिहास बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा, र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद्‌ होस् भने तैँले बाइबल पढ्न सक्‍नेथिइस्—तर तँ पुरातत्वविद्‌ होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४))। “येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। … मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१))। जब मैले यी वचनहरू सुनें, ती एकदमै आधिकारिक भएको मैले महसुस गरें। विश्‍वासमा रहेको यत्तिका वर्षहरूमा, मैले विदेशी र चिनियाँ पादरीहरूबाट धेरै उपदेशहरू सुनेको थिएँ, र आध्यात्मिक सम्बन्धी केही पुस्तकहरू पढेको थिएँ, तर यत्तिका स्पष्ट र विस्तृत तवरमा कसैले बाइबलको व्याख्या गरेको कहिल्यै देखेको थिइनँ। यो मेरो लागि साह्रै अन्तर्दृष्टिपूर्ण थियो। मैले बुझें, बाइबल परमेश्‍वरको कामको एउटा ऐतिहासिक विवरण मात्र हो, यो, परमेश्‍वरले कार्य पूरा गर्नुभएपछि अस्तित्वमा आएको हो। तर मैले परमेश्‍वरलाई बाइबलको दायराभित्र सीमित पारेको थिएँ, उहाँले बाइबलबाहिर कुनै काम गर्नुहुन्न वा नयाँ वचनहरू बोल्नुहुन्न भनेर सोचें। म अति मूर्ख भएको थिएँ! त्यसपछि मैले के थाहा पाएँ भने, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू वास्तवमै परमेश्‍वरबाट आएका हुन्, ती पवित्र आत्माका बोली हुन् र मैले केही खोजी गर्नुपर्छ, नत्र, प्रभुलाई स्वागत गर्ने मौका गुमाउँछु र पछुतो गर्ने समय रहनेछैन। त्यसपछि, मैले तुरुन्तै प्रार्थना गर्दै प्रभुलाई मार्गदर्शन मागें।

होस्ट: परमेश्‍वरलाई धन्यवाद होस्! त्यस मोडमा, तपाईंले बाइबलबारे सही दृष्टिकोण पाउनुभयो।

गु वेनकिंग: हजुर। तर मसित अझै केही प्रश्नहरू थिए। प्रभु येशूले आफू बादलमा आउनुहुने र सबै मानिसहरूकहाँ खुल्लारूपले देखा पर्नुहुने कुरा स्पष्टसित बताउनुभएको थियो, तर मैले अझसम्म त्यो भएको देखेको थिइनँ। तिनीहरूले चाहिं उहाँ आइसक्नुभएको छ अनि उहाँ देहमा हुनुहुन्छ र नयाँ वचनहरू बोलिरहनुभएको छ भनेर भनिरहेका थिए। त्यसकारण, प्रभुको दोस्रो आगमन देहमा हुन्छ भन्ने के कुनै बाइबलीय अगमवाणी छ त? मैले यसबारे ब्रदर झाऊलाई सोधें।

होस्ट: उनले के भने?

गु वेनकिंग: उनले भने, प्रभु बादलमा आउनुहुनेछ र सबैकहाँ खुल्लारूपले देखा पर्नुहुनेछ भनेर बाइबलमा केही अगमवाणीहरू गरिएका छन्, तर उहाँ गोप्यरूपले देहमा आउनुहुनेछ भनिएका केही अगमवाणीहरू पनि छन्। प्रभु येशूले भन्नुभयो, “हेर, म चोरजस्तै आउँछु(प्रकाश १६:१५)। “नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:३७)। “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(मत्ती २४:४४)। “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। यी सबै पदहरूले मानिसको पुत्रको आगमनबारे बताउँछन्, अनि “मानिसको पुत्र” को अर्थ हो सामान्य मानवतासहितको मासु र रगतले बनिएको व्यक्तिको जन्म हुनु। यदि उहाँ सबै मानिसहरूकहाँ देखापर्न आत्मिक रूपमा बादलमा आउनुभएको भए, उहाँलाई देखेर सबै जना डराउनेथिए र हतारिएर दण्डवत् गर्नेथिए। कसले पो उहाँको विरोध वा इन्कार गर्ने आँट गर्नेथिए र? उहाँ फर्कनुहुँदा के उहाँले धेरै पीडा भोग्नुहुने र यस पुस्ताले इन्कार गर्ने थियो र? अवश्यै त्यस्तो हुनेथिएन। प्रभु येशूले उहाँ दुई विभिन्न तरिकामा फर्कनुहुनेछ भनेर अगमवाणी गर्नुभयो। पहिला, विपत्तिहरू आउनुअघि विजयीहरूको समूह खडा गर्नका लागि उहाँ सत्यताहरू व्यक्त गर्न र परमेश्‍वरको घरबाट सुरु गरेर न्यायको कार्य गर्न गोप्यरूपले देहमा आउनुहुनेथियो। अनि विपत्तिहरूपछि, प्रभु येशू बादलमा आउनुहुनेछ र खुल्लारूपले सबैकहाँ देखा पर्नुहुनेछ। प्रभु येशू गोप्यरूपले देहमा आउनुहुँदा यदि हामीले परमेश्‍वरको कामलाई स्वीकार नगरी उहाँलाई बादलमा हेर्न पर्खेर मात्र बस्छौं भने, प्रभुले हामीलाई इन्कार गर्न सक्नुहुन्छ! उनको सङ्गतिले मेरो पुरै होश खोलिदियो। मानिसको पुत्रले देहमा हुनुहुने परमेश्‍वरलाई जनाउँछ भनेर मैले बुझें। मैले वर्षौंदेखि अरूसित ती बाइबल पदहरूबारे निकै कुरा गरें, तिनीहरूलाई प्रभु चोरझैं आउनुहुनेछ भनेर बताएँ, प्रभुको प्रतीक्षा गर्दै सतर्क रहनू र प्रार्थना गर्नू भनें, तर त्यसमा प्रभु गोप्यरूपले आउनुहुन्छ भनेर अगमवाणी गरेको कुरा मैले देखिनँ।

होस्ट: तपाईंले त्यसबाट नयाँ बुझाइ प्राप्त गर्नुभयो।

गु वेनकिंग: हजुर। त्यस मोडमा, मैले बुझें कि त्यत्तिका वर्षहरूदेखि मैले बाइबल पढिरहेको थिएँ, मैले केवल यसको शाब्दिक अर्थ बुझेको रहेछु, तर ती अगमवाणीहरूपछि लुकेको वास्तविक अर्थलाई बुझेकै रहेनछु। त्यसपछि मैले ब्रदर झाऊलाई अर्को प्रश्न सोधें। मैले भनें, “प्रभु येशू मानिसजातिको लागि पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो र उहाँले हाम्रा पापहरू पखाल्नुभएको छ। एक जना पापीको हैसियतमा मेरा पापहरू क्षमा गरिएका छन्, त्यसैले, उहाँ आउनुहुँदा म स्वर्गको राज्यमा सिधै लगिनेछु। किन परमेश्‍वरले मुक्तिको लागि अर्को चरणको काम गर्नु आवश्यक छ र?” प्रत्युत्तरमा, उनले मलाई सोधे, “तपाईं भन्नुहुन्छ, तपाईंका पापहरू क्षमा भएकोले राज्यमा प्रवेश गर्न सक्नुहुन्छ, तर प्रभुका वचनहरूमा यस कुराको कुनै आधार छ? उहाँले केवल हाम्रो पापहरू क्षमा गर्नुभयो, तर हाम्रा पापहरू क्षमा भएकोले हामी राज्यमा प्रवेश गर्न सक्छौं भनेर कहिल्यै भन्नुभएन। यो त मानव धारणा मात्र हो। हाम्रो पापहरू क्षमा हुनुको अर्थ उहाँले हामीलाई उप्रान्त पापीको रूपमा हेर्नुहुन्न भन्ने हो, तर हामी पापमुक्त हुन्छौं भन्ने होइन। विशेषगरी यसको अर्थ हामी शुद्ध हुन्छौं वा हामी उप्रान्त पाप गर्दैनौं वा परमेश्‍वरको विरोध गर्दैनौं भन्ने त हुँदै होइन। राज्यमा प्रवेश गर्न सक्नेहरूको सन्दर्भमा प्रभु येशूले स्पष्टसित बताउनुभयो: ‘मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२१-२३)। अगमवाणी गर्ने र प्रभुको नाउँमा भूतहरू धपाउने मानिसहरूका पाप पनि क्षमा गरिएका थिएनन् र? त्यसोभए, किन प्रभुले तिनीहरूलाई कहिल्यै चिन्दिनँ भन्नुहुनेथियो र दुष्कर्मीहरूको रूपमा निन्दा गर्नुहुनेथियो र? यी वचनहरूले के देखाउँछन् भने, पापमा जिउने सबै जनालाई, तिनीहरूले प्रभुको नाउँमा सेवा गरे तापनि, अन्ततः निन्दा गरिनेथिए र परमेश्‍वरको राज्यको निम्तो अयोग्य ठहराइनेथिए।” ब्रदर झाऊले मेरो प्रश्नको उत्तर दिन सर्वशक्तिमान् परमेश्‍वरका केही वचनहरू पढे। “भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा)। “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। त्यसपछि उन सङ्गति गरे, “लामो समयदेखिको विश्‍वासीहरूको हैसियतमा हामी सबै जना एउटा कुरामा स्पष्ट छौं। विश्‍वास प्राप्त गरेपछि, पाप गर्दा, त्यसलाई प्रभुमा स्वीकारेर र पश्चात्ताप गरेर क्षमा पाउन सकिन्छ। तर हामीले कुन कुरा नकार्न सक्दैनौं भने, हामी हर समय झुट नबोली र पाप नगरी सक्दै सक्दैनौं। हामी दिनमा पाप गरेर राति स्वीकार गर्ने चक्रमा जिउँछौं, त्यसबाट उम्कन सक्दैनौं।”

होस्ट: एकदमै सही। वास्तवमा, प्रभुमा विश्‍वास गर्ने सबै जना यो अवस्थामा जिउँछन्।

गु वेनकिंग: “किनभने अहिले प्रभुले छुटकाराको काम मात्र गर्नुभयो, आखिरी दिनहरूको लागि न्याय र शुद्धीकरणको कार्य गर्नुभएको छैन। हाम्रा पापहरू क्षमा गरिएका छन् तर पनि हामीसँग पापपूर्ण प्रकृति अझै छ। हाम्रा शैतानी प्रकृति र स्वभावहरू हटेका छैनन्, अनि यी कुराहरू पापभन्दा धेरै गहिरोसित गढिएका छन्। ती, हाम्रा पाप र परमेश्‍वरप्रति विरोधका जड हुन्।” ब्रदर झाऊले केही उदाहरणहरू पनि दिए, उनले भने कि हामी अहङ्कारी, धूर्त र दुष्ट छौं, र हामी शैतानी स्वभावअनुसार जिउँछौं, त्यसकारण, हामी जहिले पनि झुटो बोल्छौं र छल गर्छौं, आफ्नै मात्र भलाइ चिताउँछौं र आडम्बर देखाउँछौं। नाम र दामको लागि लडाइँ गर्छौं, ईर्ष्यालु र घृणित छौं। हामीले विपत्ति वा घरेलु समस्याहरू भोग्नुपर्दा, परमेश्‍वरलाई गलत ठान्छौं र दोष दिन्छौं, यहाँसम्म कि कोही बेला त उहाँलाई इन्कार गर्छौ र धोका दिन्छौं। विशेषगरी परमेश्‍वरको कार्य हाम्रा धारणाहरूसित मेल नखाँदा, हामी जानाजानी परमेश्‍वरको विरोध र निन्दा गर्छौं। अहिले प्रभु येशू देहमा फर्कनुभएको छ र उहाँले सत्यताहरू व्यक्त गर्नुभएको छ अनि आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ, र लामो समयदेखि विश्‍वासमा रहेकाहरूले उहाँलाई आफ्नै धारणाहरूअनुसार सीमाङ्कन गरिरहेका छन्, उहाँले बाइबलबाहिर नयाँ वचनहरू बोल्नुहुन्न वा उहाँ देहमा काम गर्न आउनुहुन्न भनिरहेका छन्। तिनीहरूलाई परमेश्‍वरको कामबारे खोजी गर्ने वा त्यसप्रति समर्पित हुने कुनै चासो छैन, अनि तिनीहरूसित परमेश्‍वरप्रति श्रद्धा छैन। त्यसको सट्टा, तिनीहरूले यसको विरोध र निन्दा मात्र गर्छन्, हठी र अहङ्कारी हुँदै परमेश्‍वर विरुद्ध काम गर्छन्। परमेश्‍वर पवित्र हुनुहुन्छ, त्यसैले, कसरी उहाँले आफ्नो विरोध गर्ने र शैतान पक्षका व्यक्तिहरूलाई उहाँको राज्यमा प्रवेश गर्न दिनुहुन्छ र? त्यसैले, मानिसजातिका आवश्यकताअनुसार परमेश्‍वरले प्रभु येशूको छुटकाराको कामको आधारमा हामीलाई पापमुक्त बनाउने चरणको कार्य गरिरहनुभएको छ, न्याय गर्न र हाम्रा भ्रष्ट स्वभावहरू धुन सत्यताहरू व्यक्त गरिरहनुभएको छ। राज्यको युगमा सर्वशक्तिमान् परमेश्‍वरले मानिसलाई धुने र मुक्ति दिने सबै सत्यताहरू व्यक्त गरिरहनुभएको छ, र आफ्नो व्यवस्थापन योजनाका सबै रहस्यहरू प्रकट गर्नुभएको छ, जस्तै, उहाँका व्यवस्थापन योजनाका लक्ष्यहरू, उहाँका तीन चरणका कार्यहरूको भित्री मर्म, देहधारण पछाडिका रहस्यहरू, बाइबल र मानिसहरूको भावी गन्तव्यहरूबारेको सत्यता। उहाँले मानिसजातिको भ्रष्टता अनि हाम्रो पापी अवस्था र परमेश्‍वरप्रति विरोधको जडबारेका सत्यताहरू पनि खुलासा गर्नुभएको छ, र यसरी हाम्रा स्वभावहरू परिवर्तन गर्ने र साँचो अर्थमा पश्चात्ताप गर्ने मार्ग हामीलाई देखाइरहनुभएको छ। यसले प्रभु येशूको यो भविष्यवाणी पूरा गर्छ: “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। सर्वशक्तिमान् परमेश्‍वरले हाम्रो पापपूर्ण प्रकृति हटाउन यी सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँका वचनहरूको न्याय स्वीकार गर्नेहरू सबैलाई धोइनेछ, अनि विपत्तिहरू आउँदा परमेश्‍वरले रक्षा गर्नुहुनेछ र तिनीहरू उहाँको राज्यमा प्रवेश गर्नेछन्।

होस्ट: के ब्रदर झाऊको सङ्गतिबाट तपाईंले आफ्नो प्रश्नको जवाफ पाउनुभयो त?

गु वेनकिंग: मैले उनको सङ्गति सुनेपछि त्यसबारे अझ राम्ररी बुझें। अनुग्रहको युगमा, प्रभु येशूले मानिसजातिलाई पापबाट छुटकारा दिएर छुटकाराको काम मात्र गर्नुभयो। राज्यको युगमा चाहिं सर्वशक्तिमान् परमेश्‍वरले उहाँको न्याय कार्यका लगि सत्यताहरू व्यक्त गर्नुहुन्छ, अनि हाम्रो पापपूर्ण प्रकृति हटाइनेछ, पापबाट पूर्ण मुक्ति पाइनेछ र धोइनेछ। त्यत्तिका वर्षदेखि विश्‍वासी भए तापनि कसरी म साँच्चै पापको नियन्त्रणमा थिएँ भनेर सोचें। विशेषगरी हालका वर्षहरूमा, म एक अविश्‍वासीझै झन् धेरै भ्रष्ट भएको थिएँ। मैले टिभी र चलचित्रहरू हेरिरहेको थिएँ, माहजोङ खेलिरहेको थिएँ। म त्यतिकै लन्ठिएर हिँडिरहेको थिएँ, पापको फन्दामा परेको थिएँ। आफू परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य नभएको मैले महसुस गरें।

होस्ट: त्यसलाई तपाईंको स्थितिसित जोड्दा त्यसको नतिजा अवश्यै प्रेरणादायी र विचारणीय भएको हुनुपर्छ।

गु वेनकिंग: हजुर। यसबारे फर्केर सोच्दा, पापमा जिइएका ती दिनहरू साह्रै पीडादायी थिए, अनि यसबाट कसरी उम्कने मलाई थाहा थिएन। आखिर मैले पापको बन्धनबाट मुक्त हुन, धोइन र अन्त्यमा मुक्ति पाउन परमेश्‍वरका आखिरी दिनहरूको न्याय कार्यलाई स्वीकार्नुपर्छ भनेर बुझें। म सोच्दै थिएँ, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले पाप गर्दै स्वीकार्ने चक्रको जडलाई स्पष्टसित प्रकट गर्छन् र परमेश्‍वरको कार्यको भित्री मर्मलाई देखाउँछन्, र यसरी धोइने र राज्यमा प्रवेश गर्ने मार्ग प्रकट गरिदिन्छन्। परमेश्‍वरले मात्र उहाँको कार्यबारे एकदमै स्पष्टसित बताउन सक्नुहुन्छ, अनि परमेश्‍वरले मात्र मानिसजातिलाई मुक्ति दिन सक्नुहुन्छ। यस मोडमा, मलाई अझ पक्का भयो कि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता र परमेश्‍वरका वचन हुन्। त्यसपछि केही दिनसम्म मैले हरेक दिन परमेश्‍वरका वचनहरू भोकाएर खाएँ, र सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर म तुरुन्तै निश्चित भइहालें।

होस्ट: अन्ततः प्रभुलाई स्वागत गर्न तपाईं अवश्यै उत्साहित भएको हुनुपर्छ।

गु वेनकिंग: अवश्यै भएँ। तर त्यतिबेला मलाई पुरै पछुतो पनि भयो। मैले सपनामा पनि सोचेको थिइनँ कि यत्तिका वर्षसम्म मैले विरोध र निन्दा गरेका सर्वशक्तिमान् परमेश्‍वर नै वास्तवमा मैले प्रतीक्षा गरिरहेका प्रभु येशू हुनुहुँदो रहेछ, र मैले निन्दा गर्दै आइरहेको वचन देहमा देखा पर्नुहुन्छ चाहिं परमेश्‍वरका वचनहरू रहेछन्। म यत्ति साह्रो मूर्ख र अन्धो भएकोमा आफूलाई घृणा गरें, कुरा बुझ्नु यत्तिका समय लाग्यो। मैले वचन देहमा देखा पर्नुहुन्छलाई छातीमा टाँसे र सुँक-सुँक रोएँ।

होस्ट: तपाईंले प्रभुलाई त्यसरी स्वागत गरूँला भनेर कहिल्यै सोच्नुभएको थिएन, होइन त?

गु वेनकिंग: हजुर, यो त एकदमै छक्कलाग्दो कुरा थियो मेरो लागि। परमेश्‍वरमा विश्‍वास गरेर पनि उहाँलाई नचिनेकोमा, अहङ्कारी र विद्रोही भएकोमा, अनि आफ्नै धारणाहरूले गर्दा उहाँलाई सीमाङ्कन गरेकोमा, परमेश्‍वर काम गर्न देहमा फर्कनुहुन्छ भनेर विश्‍वास नगरेकोमा मैलै आफूलाई असाध्यै घृणा गरें। त्योभन्दा पनि खराब, मैले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन, परमेश्‍वरका आखिरी दिनहरूको कार्यबारे अनुसन्धान गर्नदेखि रोक्न निन्दनीय सामग्रीहरू प्रयोग गरें। मैले गरेको कामको आधारमा त म परमेश्‍वरबाट धिक्कारिन साँच्चै योग्यको छु। तर मेरा अपराधहरूको लागि मलाई जुन प्रकारले व्यवहार गरिनुपर्ने थियो, त्यसको सट्टा उहाँले मलाई दया देखाउनुभयो। उहाँले मलाई उहाँका आवाज सुन्न र उहाँका आखिरी दिनहरूको मुक्ति प्राप्त गर्न दिनुभयो। उहाँको प्रेम अति अपार छ!

त्यसपछि मैले ती दाजुभाइ-दिदीबहिनीहरूसँग नियमित भेला गर्न थालें। सबै जनाले मिलेर भजन गायौं र परमेश्‍वरको प्रशंसा गर्‍यौं अनि परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्‍यौं। त्यस प्रकारको मण्डली जीवनले मलाई पवित्र आत्माले ल्याउने आनन्द पुनः खोजी गर्न र प्रभुको आगमनसितै आउने शान्ति प्राप्त गर्न मदत गर्‍यो। मलाई स्मरण छ, एक पटक मैले परमेश्‍वरका वचनहरूको वाचन सुनेपछि म असाध्यै प्रेरित भएको थिएँ: “यही समयतिर, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्‍वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई बुझ्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको नसुने पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता नदेखे पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीका मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई हेर्न दिनु र उहाँलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुनत यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिसजस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जानेथियो; यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र विपत्तिमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नुपर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट बच्न असम्भव हुनेथियो। यदि यी साधारण देह नजन्मिएको भए, तिमीहरू सबै त्यो स्थितिमा हुनेथियौ जहाँ बाँच्न नसकेर जीवनको भीख माग्नेथियौ र मर्न नसकेर मृत्यु माग्नेथियौ; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ तर बरु, तेरा घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुनेथिइस्। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिमा मौका हुनेथिएन; र यदि यीदेहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यी साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदा प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ)। म यो भाग सम्झन्छु: “यदि यी साधारण देह नजन्मिएको भए, तिमीहरू सबै त्यो स्थितिमा हुनेथियौ जहाँ बाँच्न नसकेर जीवनको भीख माग्नेथियौ र मर्न नसकेर मृत्यु माग्नेथियौ; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ तर बरु, तेरा घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुनेथिइस्।” यो सुन्दा म असाध्यै प्रेरित भएको थिएँ। मसित प्रभु नहुनुभएका दिनहरूबारे सोचें। मण्डली सुनसान लाग्थ्यो अनि दाजुभाइ-दिदीबहिनीहरूको विश्‍वास सेलाउँदै थियो। तिनीहरूका उपदेशहरूबाट कसैलाई प्रेरणा मिलिरहेको थिएन र त्यहाँ ईर्ष्या र झगडा थियो। सबै जना पापमा जिइरहेका थिए र त्यसबाट उम्कन नसक्ने गरी जिउँदो लाश भएर जिइरहेका थिए। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूले मलाई पुनर्जीवन दिए र मेरो पक्षमा परमेश्‍वरलाई ल्याएर मलाई आनन्द फर्काइदिए। मैले परमेश्‍वरको कामबारे केही आधारभूत बुझाइ पनि प्राप्त गरें। परमेश्‍वरको देहधारण र वचनबिना, बाइबलका रहस्यहरू र उहाँका देहधारणको प्रकटीकरणबिना, म अझै पनि हठी भई आफ्नै धारणाहरूमा झुण्डिरहेको हुनेथिएँ भनेर पक्का छु। मैले परमेश्‍वरविरुद्ध कत्ति धेरै खराबी गर्थें होला, कसलाई थाहा! परमेश्‍वरको देहधारण हाम्रो लागि अत्यन्तै अनमोल भएको छ!

होस्ट: हजुर। तपाईंले पक्कै पनि केही जटिल अनुभवहरू गरेको हुनुपर्छ।

गु वेनकिंग: हो, गरें। मैले प्रभुको पुनरागमन र नयाँ काम गर्नुभएको कुराबारे वर्षौंअघि सुनेको थिएँ, तर म आफ्ना धारणाहरूमा यत्ति धेरै हठी थिएँ कि त्यसबारे खोजी र अनुसन्धान गर्न इन्कार गरें। ती पाँच वर्षभित्र, धेरै दाजुभाइ-दिदीबहिनीले मलाई सङ्गति गरे र यसबारे जाँच गर्न आग्रह गरे, तर मैले सुनेर पनि नसुनेझैं गरें। मैले यसबारे खोजी र अनुसन्धान गर्न इन्कार मात्र गरिनँ, यसको विरोध र निन्दा पनि गरें। साथै, मैले अरूलाई बहकाएँ र तिनीहरूको बाटोको काँडा बनें, त्यसैले, तिनीहरूले प्रभुलाई स्वागत गर्ने मौका गुमाए। के तब पनि म विश्‍वासी भन्न लायक थिएँ र? के मैले फेरि पनि परमेश्‍वरलाई क्रूसमा कीला ठोकेर फरिसीहरूले जस्तै उहाँको विरोध गरिरहेको थिइनँ र? मैले विश्‍वासीको रूपमा बिताएका वर्षहरूभरि परमेश्‍वरबाट धेरै अनुग्रह पाएको थिएँ, तर प्रभु फर्किआउनुहुँदा मैले उहाँलाई चिनिनँ। मैले पुरै पाँच वर्ष उहाँसित घमासन लडाइँ समेत गरें। पाँच वर्षसम्म मैले प्रायः अक्षम्य कामहरू गरें। म एकदमै विद्रोही हुँ।

होस्ट: आफूले कत्ति ठूलो गल्ती गरेको रहेछु भनेर थाहा पाउनु असाध्यै पीडादायी हुन्छ।

गु वेनकिंग: आफूले गरेका अनगिन्ती पापहरूबारे सोच्दा अनि परमेश्‍वरको कृपा र सहनशीलतालाई देख्दा, परमेश्‍वरसँग नजर जुझाउन नसकेर लुक्ने ठाउँ कहीं नपाएको मलाई महसुस हुन्छ। मैले परमेश्‍वरका वचनहरूको पुस्तकलाई अँठ्याएँ, घुँडा टेकें र रुँदै प्रार्थना गरें। मैले भनें, “हे सर्वशक्तिमान् परमेश्‍वर! म असाध्यै विद्रोही र विरोधी भए तापनि तपाईंले मलाई कहिल्यै प्रहार गर्नुभएन। तपाईंले मलाई पश्चात्ताप गर्ने मौका दिनुभयो। तपाईंको कृपाको ऋण कसरी तिर्ने, मलाई थाहा छैन। हे सर्वशक्तिमान् परमेश्‍वर, म तपाईंलाई केवल यही बिन्ती गर्न चाहन्छु कि, तपाईंको प्रेमको साटो तिर्न आफ्नो बाँकी जीवनलाई प्रयोग सकूँ, आफ्नो भएभरको शक्ति लगाएर मैले तपाईंदेखि टाढा राखेका मानिसहरू जो अहिलेसम्म तपाईंसामु, तपाईंको घरमा फर्किआएका छैनन्, तिनीहरूलाई ल्याउन सकूँ र तपाईंलाई राहत दिन सकूँ।” अहिले पनि, परमेश्‍वरसित लडाइँ गरेका ती दिनहरूबारे सोच्दा, छुराले मुटुमा घोचेजस्तो हुन्छ। यी वचनहरूले मलाई असाध्यै असर गर्छन्: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। परमेश्‍वरका वचनहरूले सही तरिकामा मलाई परिभाषित गर्छन्। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरलाई होइन, बरू शाब्दिक अक्षर, सिद्धान्त र धारणाहरू पालन गर्न डोर्‍याइरहेको थिएँ। मैले आखिरी दिनहरूमा परमेश्‍वरको कार्यलाई विरोध गरेर बाइबलको महिमा गरें। मेरो बहकाउमा परेर दाजुभाइ-दिदीबहिनीहरूले बाइबलको शाब्दिक कुराहरूलाई अन्धाधुन्ध पक्रिरहे र परमेश्‍वरका आखिरी दिनहरूको कार्यलाई स्वीकार गर्ने आँट गरेनन्। यो त मैले तिनीहरूमाथि गरेको हानि र ल्याएको महाविपत्ति थियो। फरिसीहरू आफ्नो धर्मशास्त्रमा झुण्डिरहे र प्रभुलाई क्रूसमा कीला ठोके, र यसरी जघन्य पाप गरे। अनि म पनि बाइबलमा झुण्डिरहेको थिएँ, सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्यलाई निन्दा गरें, विशेषगरी फेरि परमेश्‍वरलाई क्रूसमा टाँगें। मैले आधुनिक समयका फरिसीको भूमिका निर्वाह गरिरहेको थिएँ। म हजारौं पटक मरे तापनि मैले आफ्ना पापहरूको क्षतिपूर्ति कहिल्यै गर्न सक्दिनँथिएँ।

होस्ट: यसले तपाईंलाई सधैंभरि सताउनेछ।

गु वेनकिंग: हजुर। अहिले मेरो चाहना भनेकै सत्यको पछि लाग्न, आफ्नो कर्तव्य गर्न र परमेश्‍वरको ऋण तिर्नका लागि सुसमाचार बाँड्न सक्दो गर्नु हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभुको पुनरागमनको रहस्य

By Li Chunmei, South Korea मैले २०१२ मा प्रभुमा विश्‍वास गरें। मैले प्रायजसो पाष्टरले भेलाहरूमा यसो भनेको सुन्थें, “बाइबलले भन्छ, ‘ए...

जब प्रभु येशू फेरि आउनुहुन्छ, हामी कसरी थाहा पाउन सक्छौं?

शिनजीद्वारा चारवटा ब्लड मुनहरू देखा परेका छन्, र भूकम्प, अनिकाल र महामारीजस्ता विपत्तिहरू बढ्नु सामान्य भएका छन्। प्रभुको पुनरागमनका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्