ईर्ष्यालाई महानताले हटाऔं

11 अक्टोबर 2021

फु डान, चीन

केही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको थियो। समयसँगै मैले के थाहा पाएँ भने युवा उमेरकै भए पनि उनी राम्रो क्षमता भएकी र धेरै सक्षम थिइन्। समस्याहरू आइपर्दा उनले सत्यताको अभ्यास गर्थिन् र सत्यताको सिद्धान्तहरूको खोजीमा ध्यान केन्द्रित गर्थिन्। म उनको सक्षमता वा कार्य क्षमताको बराबरी थिइनँ। म उनको निकै प्रशंसा गर्दथें र उनी प्रतिभाशाली रहेको महसुस हुन्थ्यो। एकपटक सहकर्मीहरूको बैठकमा एकजना अगुवाले मलाई यो मण्डलीमा सत्यको अनुसरण गर्ने र उच्च क्षमता भएको कोही मानिस छ कि भनेर सोधिन्। मैले उनलाई विना सङ्कोच सिस्टर जियाओजीको सबल पक्षहरूको बारेमा बताएँ। लगत्तै ती अगुवाले उनलाई सहकर्मीहरूको बैठकमा आमन्त्रण गरिन् र उनलाई आगामी धेरै बैठकहरूमा जान पनि अनुरोध गरिन्। मैले बिस्तारै केही असहज महसुस गर्न थालें, मैले सोचें “सँधै बैठकहरूमा उपस्थित हुने म नै थिएँ र अगुवाले मण्डलीको कार्य बारेमा मसँग छलफल गर्थिन्। अहिले उनी जियाओजीलाई जान भनिरहेकी छिन्। लाग्छ उनी जियाओजीलाई प्रशिक्षण दिन खोज्दैछिन्। यदि मलाई थाहा हुन्थ्यो त म उनको बलियो पक्षहरू बताउने नै थिइनँ।” उनको कारणले नै मलाई बिर्सिएको र पछाडि छोडिएको जस्तो मलाई लाग्यो। मलाई झन् झन् नराम्रो लाग्दै गयो र चुपचाप मभित्र एउटा सोच बनिरहेको थियो, ती अगुवाले उनलाई सरुवा गरिदिइन् भने धेरै राम्रो हुन्थ्यो। जबसम्म हामी एकसाथ हुँदैनथ्यौं म उनीभन्दा खराब देखिन्नथें, र तब सायद ती अगुवाले मसँग नै कुराहरूमा छलफल गर्थिन् होली। तर मलाई थाहा भयो जियाओजीलाई यति छिटै सरुवा गरिने छैन। मेरो हृदयमा कुनै भारी चिजले थिचिरहेको जस्तो मलाई लाग्यो। त्यति मात्र होइन, म मान्नको लागि तयार पनि थिइनँ। मैले चुपचाप आफूलाई परमेश्‍वरको वचनहरूमा लगाएँ, तिनलाई अझ धेरै पढें, याद गरें र चिन्तन मनन गरें, ताकि सत्यको सङ्गतिमा उनलाई उछिनेर मैले आफूलाई साबित गर्न सकूँ। तर मेरो मनसाय गलत थियो। मैले त केवल हैसियतको लागि उनीसँग होडबाजी गर्दै थिएँ, त्यसैले मेरो कर्तव्यमा पवित्र आत्माको कार्य थिएन। म कुनै पनि समस्या बुझ्न वा हल गर्न सक्दिनथें।

एकपटक केही सिस्टरहरूलाई मण्डलीको डीकनको रूपमा चुनिए। तर उनीहरू चिन्तित देखिए, जीवन प्रवेश बारेमा अरुको व्यहारिक समस्या हल गर्न आफूहरूमा सत्य पर्याप्त ज्ञान छैन भन्ने उनीहरूमा थियो। उनीहरू यो पद ग्रहण गर्न चाहँदैनथे। यो सुनेर मैले सोचें, “उनीहरूको स्थिति हल गर्न मैले परमेश्‍वरको कुन वचनहरू बारेमा सङ्गति गर्न सक्छु ताकि सबैले सिस्टर जियाओजी मभन्दा धेरै उत्तम छैनन् भन्ने देख्न सकून्।” ती सिस्टरहरूले आफ्नो कुरा सक्ने बित्तिकै, परमेश्‍वरको वचनहरूको केही अंश पढ्नको लागि म दौडें र अनि सङ्गति गर्न लागें। तर म केवल देखावटी गर्न र आफूलाई आदरले हेरियोस् भन्ने चाहन्थें, परमेश्‍वरको अगाडि आफूलाई चुपचाप समर्पित र सत्यको खोजी गरी त्यो समस्याको जड खोज्न होइन। मेरो सङ्गति सतही भइदियो। कुनै प्रतिक्रियाविना उनीहरूलाई त्यहाँ बसेको देख्नु साच्चै नै असहज अवस्था थियो। के भन्ने नभन्ने मलाई नै थाहा भएन। तब सिस्टर जियाओजीले हाम्रो कर्तव्य गर्नुको अर्थमा सङ्गति गर्न थालिन्, र आफ्नो अनुभव तथा बुझाइ र परमेश्‍वरको इच्छाको बारेमा बताइन्। सिस्टरहरूको आँखामा आँसु आयो र त्यो कर्तव्य स्वीकार गर्ने संकल्प गरे। उनीहरूले जियाओजीलाई प्रशंसनीय नजरले हेरेको देख्दा मलाई नमिठो लाग्यो। उनी आउनुभन्दा पहिले सबैले मलाई धेरै स्वीकार्थे तर उनी मण्डलीमा सामेल भएलगत्तै हरेक कुरामा उनी अब्बल हुँदै गइन्। अगुवाले उनलाई महत्व दिइन्, र दाजुभाई तथा दिदीबहिनीहरूले उनलाई आदरले हेर्न थाले, र म आफू लामो समयदेखि अगुवा रहेको भए पनि उनको बराबरी गर्न सकिनँ। अरुले मेरो बारेमा के सोच्छन् होला भन्ने मलाई चिन्ता थियो। के उनीहरूले मसँग सत्यको यथार्थताको कमी छ भन्ने होलान् र? के मैले तुलनात्मक हिसाबले उनलाई राम्रो देखाएँ? त्यो समयमा यही कुराले मेरो सोच खाएको थियो। सिस्टर जियाओजीले मेरो गर्जन चोरिरहेकी छिन् भन्ने मलाई लाग्यो र मैले उनको ईर्ष्या गर्न थालें। कहिलेकाहीं मैले उनलाई हाम्रो मण्डलीबाट बाहिर निकाल्न सके पनि हुन्थ्यो भन्ने मेरो मनमा आउँथ्यो। मैले दिमाग खियाएँ, तर कुनै उपाय निकाल्न सकिनँ। मलाई के पनि लाग्यो भने म परमेश्‍वरबाट टाढा भइरहेको छु र मेरो आत्मा अन्धकारमा खसिरहेको छ। परमेश्‍वरको वचनहरू बारेको मेरो सङ्गतिले उनीहरूलाई कुनै ज्योति दिन सकेन र मैले अरुलाई उनीहरूको समस्यामा मद्दत गर्न सकिनँ। म अझै पनि हरेक दिन आफ्नो कर्तव्य गर्थें, तर म यातना र पीडामा थिएँ। मैले मेरो स्थितिलाई परमेश्‍वरको अगाडि प्रार्थनामा ल्याएँ, उहाँको इच्छा बुझ्ने र मेरो आफ्नै भ्रष्टता थाहा पाउने मार्गदर्शन गर्न उहाँसमक्ष अनुनय गरें।

पछि मैले परमेश्‍वरको यी वचनहरू पढें: “मण्डली अगुवा बन्‍नको लागि, व्यक्तिले समस्याहरू समाधान गर्न सत्यताको प्रयोग गर्न सिक्‍नुपर्ने मात्रै हुँदैन, उसले त मानिसहरूको प्रतिभा पत्ता लगाएर त्यसको वृद्धि-विकास पनि गर्न सक्‍नुपर्छ, र त्यस्तो व्यक्तिलाई दबाउने वा डाहा गर्ने गर्नु हुँदै हुँदैन। त्यसरी कर्तव्य पूरा गर्नु मापदण्डअनुरूप हुन्छ, र त्यसो गर्ने अगुवा र सेवकहरू मापदण्डअनुसारका हुन्छन्। यदि तँ सबै कुरामा सिद्धान्तहरूअनुसार गर्न सक्‍ने गरी वृद्धि हुन्छस् भने, तँ आफ्‍नो बफादारिताको स्तरमा बाँचिरहेको हुनेछस्। कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नोको बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्‍ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको कर्तव्यहरूको बारेमा वा परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरको वचनहरू तुरुन्त मभित्र प्रवेश गर्यो। तिनले मेरो सही स्थितिको उजागर गरे। मेरो सिस्टरको उच्च क्षमता र व्यवहारिक सङ्गति देख्दा, अगुवाले उनलाई महत्व दिएको र अरुले आदरपूर्वक हेरेको पाउँदा, मलाई डाह भयो, र उनलाई बहिष्कार गरें। उनले चाँडै मण्डली छोडेर गए हुन्थ्यो भन्ने लाग्न थाल्यो। यसले मण्डलीको कार्य वा परमेश्‍वरको घरको हितमा कसरी असर गर्नेछ भन्ने मैले विचार गरिनँ। मैले दुष्टता बाहेक केही देखाइनँ, र खासगरी स्वार्थी र नीच थिएँ। मभित्र सामान्य मानवीयता पनि थिएन। त्यो तरिकाले मेरो कर्तव्य गर्दा परमेश्‍वरलाई घृणा कसरी हुन सक्दैनथ्यो र? मैले आफ्नो कर्तव्यमा पवित्र आत्माको मार्गदर्शन गुमाएँ र म अन्धकारमा खसें। त्यो परमेश्‍वरको धर्मी स्वभाव थियो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरें हैसियतलाई छोड्न, सामान्य मानवीय जीवन जिउन, र मेरो सिस्टरसँग मिलेर राम्रोसँग कार्य गर्न मार्गदर्शन गर्न उहाँलाई अनुनय गरें।

तब मैले परमेश्‍वरको यी वचनहरू पढें: “यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले असल व्यक्तिको पक्षमा वकालत गर्छस् र त्यस व्यक्तिलाई मलजल वा जगेर्ना गरी सक्षम तुल्याउँछस र परमेश्‍वरको घरमा प्रतिभा भएको अर्को व्यक्ति थपिँदा, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। मैले अझ धेरै पछुतो र दोषी महसुस गरें। परमेश्‍वरले धेरै मानिसले सत्यको अनुसरण गर्दै माथि उठुन् र परमेश्‍वरसित सहकार्य गरुन् भन्ने चाहनुहुन्छ। म एउटा मण्डली अगुवा थिएँ, तर परमेश्‍वरको हृदयले चाहेको कुरा मसँग थिएन। जब मैले त्यस प्रकारका व्यक्तिलाई मण्डलीमा कार्य गरेको देख्थें, मलाई यस बारेमा बेखुशी मात्र भएन, बरु झन् ईर्ष्यालु भएँ र आफ्नो हैसियतको बारेमा चिन्ता गर्न थालें। मभित्र एउटा व्यक्तिमा हुनुपर्ने आधारभूत विवेक र तर्क पनि थिएन। म एउटा अगुवा हुन पूर्णरूपमा अयोग्य रहेको मैले देखें र आफू कति धेरै स्वार्थी रहेछु भन्नेमा घृणा लाग्यो। सिस्टर जियाओजीसँग राम्रो क्षमता थियो र सङ्गतिमार्फत् समस्याहरू हल गर्थिन्, त्यसैले उनी मण्डलीको कार्य र दाजुभाई तथा दिदीबहिनीहरूको जीवनको लागि असल थिइन्। मैले उनलाई सहयोग गर्नुपर्थ्यो र उनको बलियो पक्षबाट सिक्नुपर्थ्यो। हाम्रो कर्तव्यमा उनीसँग मिलेर राम्रोसँग कार्य गर्नु नै परमेश्‍वरको इच्छालाई बुझ्ने एकमात्र मार्ग थियो। मैले परमेश्‍वरको इच्छालाई बुझे पनि, मभित्र अझै पनि थोरै ईर्ष्या रहेको महसुस गरें जब मैले अरुले सिस्टर जियाओजीलाई स्वीकार गरेको देख्थें, तर म परमेश्‍वरलाई प्रार्थना गर्थे र आफूलाई इन्कार गर्थें। परमेश्‍वरको अगाडि जिउन र आफ्नो कर्तव्य राम्रोसँग गर्न मैले ध्यान केन्द्रित गरें, र कसलाई आदरले हेरियो भन्ने बारेमा धेरै सोच्न छोडिदिएँ, र मैले धेरै कम ईर्ष्यालु भएको महसुस गरें। समस्या आइपर्दा सत्य खोजी गर्न र उनीसँग छलफल गर्न म सक्षम भएँ, र सत्यको सिद्धान्तहरूलाई एकसाथ खोज्दै मेरो कमजोरी हटाउन उनको बलियो पक्षहरूको उपयोग गरें। मैले धेरै स्वतन्त्र र सहज महसुस गरें। केही परिवर्तनको अनुभव गरेपछि, मलाई लाग्यो मेरो ईर्ष्यालु प्रकृतिमा सुधार आएको छ, तर जब मैले अर्को परिस्थितिको सामना गरें, र यसले मेरो शैतानी प्रकृति कति गहिरोसँग गाडिएको छ भन्ने देखायो, म अचम्ममा परें मलाई शुद्ध हुनको लागि अझै धेरै परमेश्‍वरको न्याय र सजायबाट गुज्रनु जरुरी थियो।

एकपटक जियाओजी र म सहकर्मीहरूको एउटा बैठकमा गयौं जहाँ अगुवाले मलाई छोटो अभिवादन गरिन् र त्यसपछि जियाओजीसँग मण्डलीको कार्यमा छलफल गर्न सुरू गरिन्। म केवल छेउमा बसेर पाँचौ चक्का जस्तो महसुस गरिरहेको थिएँ, र मेरो मुड निकै छिटो खराब भयो। मैले जियाओजीतिर असन्तुष्ट नजरले हेरें र शंकालु हुन बाहेक केही गर्न सकिनँ, मैले सोचें, “अब अगुवाले मभन्दा बढी तिमीलाई महत्व दिन्छिन्। तिमी मण्डलीमा र अगुवाको आँखामा सुनको बच्चा हौं, र म केवल तुलनात्मक हिसाबले तिमीलाई राम्रो देखाउँछु।” पछि मैले सुनें कि ती अगुवाले जियाओजीलाई अर्को क्षेत्रमा प्रवचनमा उपस्थित हुने र केही प्रशिक्षण लिने व्यवस्था गरेकी रहिछन्। यो सुनेर मलाई बिल्कुलै खुशी लागेन। “उनले किन जियाओजी जाउन् भन्ने चाहिन्, म होइन?” मैले सोचें। “के म त्यति खराब छु? के म थोरै प्रशिक्षणको लायक पनि छैन र?” मलाई लज्जित महसुस भयो र मलाई चिसो पानीले भिजाएको जस्तो लाग्यो। मैले अलिकति पनि यसलाई स्वीकार गर्न सकिरहेको थिइनँ, मैले पनि उनले जत्तिकै आफ्नो कर्तव्यमा आफूलाई होमेको छु भन्ने मनमा आइरह्यो, तर म पछाडि छोडिएको थिएँ, जबकि उनी प्रवचन सुन्नलाई गइन्। मैले पूर्णत: उपेक्षित महसुस गरें र मैले जेसुकै गरे पनि उनी बराबरी कहिल्यै हुन सक्दिन भन्ने लाग्यो। आफूलाई जति धेरै यसरी तुलना गर्थें, झन् धेरै नराम्रो महसुस गर्थें, र म फेरि ईर्ष्या र रिसको भावनामा जिउन थालें। अगुवाले हामीलाई अलग-अलग काम गराउन्, ताकि मलाई पनि खडा हुने मौका मिलोस् भन्ने मभित्र व्यग्र चाहना भइरहेको थियो।

त्यसको केही समयलगत्तै, जियाओजीको पति गम्भीर बिरामी भए। यो उनको लागि निकै कठिन समय थियो। मैले उनलाई सान्तवना दिँदै यो परीक्षाको घडीमा परमेश्‍वरको प्रार्थना गर्न र उहाँको इच्छा खोज्न प्रेरित गरें, तर मैले यो नसोची रहन सकिनँ, “उनी साच्चै नै आफ्नो शिखरमा छिन्। अहिले उनी शोधन हुँदैछिन् र खराब स्थितिमा छिन्, त्यसैले यो आफूलाई देखाउने मेरो मौका हुनेछ। यदि उनले आफ्नो स्थितिमा सुधार ल्याइन् भने मैले कहिल्यै पनि त्यो मौका भेट्ने छैन। मैले आशा गरें यो शोधन उनको लागि केही समय चलोस्। त्यसपछि सबैले देख्नेछन् सामान्य अवस्थामा मात्र उनी राम्रोसँग सङ्गति गर्छिन्, तर उनी परमेश्‍वरको वचनहरूको यथार्थतामा जिउन सक्दिनन्। त्यसपछि त अरुले उनलाई त्यति धेरै प्रशंसा गर्ने छैनन्। अगुवाले पनि देख्न सक्नेछिन् उनीसँग सत्यको यथार्थताको कमी छ र त्यसपछि उनलाई अरु प्रशिक्षण गर्ने छैनन्। र त्यसपछि स्वभाविक रूपमा अरुले मलाई उच्च ठान्नेछन्।” मैले वास्तवमा आफ्ने मनोस्थिति बारेमा धेरै सोचिनँ, बरु त्यो सोचलाई जारी राखें। एकदिन दुईजना सिस्टरहरूले जियायोजीको चिन्ता गर्दै उनको बारेमा सोधे, र मैले उनी निकै कठिन स्थितिमा छिन्, र उनको सङ्गति प्रायः धेरै राम्रो हुने गरे पनि, उनी परीक्षाबाट गुज्रनु पर्दा नकारात्मक भएकी छिन् र वास्तविक कद हराएको छ भनिदिएँ। यसो भनिसकेपछि मलाई बेचैन महसुस भयो। उनको कुरा काट्न र उनलाई नीचा देखाउन मैले कुराहरूलाई बढाइचढाइँ गर्दै थिएँ। तर जब ती सिस्टरहरूले मेरो कुरा पत्याएको देखें, म भित्रभित्रै खुशी भएँ। मलाई लाग्यो अब उनीहरूले जियाओजीको धेरै प्रशंसा गर्ने छैनन्। तर जब मैले उनलाई पछि देखें, उनी धेरै नै पीडामा भए पनि र प्रार्थना गर्दा सँधै रुने गरे पनि, उनले यसलाई आफ्नो कर्तव्यमा बिल्कुलै हस्तक्षेप गर्न दिइनन्। मैले एकदमै दोषी बाहेक केही महसुस गरिनँ। त्यो परीक्षा सामना गर्दा पीडामा नहुनु र केही कमजोरी महसुस नगर्नु निकै कठिन हुन्थ्यो। यदि मसँग साच्चै मानवीयता भएको भए मैले उनको लागि प्रार्थना गर्ने थिएँ, र उनलाई मद्दत र सहयोग गर्न सक्नेजति सबै गर्ने थिएँ। तर मैले के गरेको थिएँ र? मलाई यसबारेमा निकै नराम्रो लाग्यो। म परमेश्‍वरको अगाडि प्रार्थनामा आएँ, र भनें, “हे परमेश्‍वर! म अति धेरै नै ईर्ष्यालु छु। मैले सिस्टर जियाको कुरा काटें र उनलाई निचा देखाएँ, ताकि म उनीभन्दा अगाडि जान सकूँ। म उनको पीडामा पनि खुशी भएँ, र उनी नकारात्मक होउन् र ठक्कर खाउन् भने व्यग्र प्रतीक्षा गरें। मभित्र पूर्ण रूपमा मानवीयताको कमी छ। परमेश्‍वर, कृपया मलाई मागर्दशन गर्नुहोस् र मेरो भ्रष्टता थाहा पाउन र मेरो शैतानी स्वभावबाट मुक्त हुन मलाई अन्तर्दृष्टि प्रदान गर्नुहोस्।”

मैले मेरो प्रार्थना पछि परमेश्‍वरको यी वचनहरू पढें: “यदि केही मानिसले कसैलाई आफूभन्दा अझ असल देखे भने, तिनीहरूले उनीहरूलाई दमन गर्छन्, अरूले तिनीहरूलाई धेरै ठूलो रूपमा नहेरून्, र कसैभन्दा कोही राम्रो छैन भनी देखाउन तिनीहरूको बारेमा झूटो हल्ला फैलाउँछन् भने, त्यो अहङ्कार र स्व-धार्मिकता साथै धूर्तता, छलीपन र कुटिलपनको भ्रष्ट स्वभाव हो, र यी मानिसहरू आफ्ना लक्ष्यहरू प्राप्त गर्न कुनै कुरामा रोकिँदैनन्। तिनीहरू यस्तै प्रकारले जिउँछन् र अझै पनि तिनीहरू आफूलाई महान् हुन् र तिनीहरू असल मानिसहरू हुन् भनी सोच्छन्। तापनि, के तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुन्छ? सबैभन्दा पहिले, यी विषयहरूका प्रकृतिहरूको दृष्टिकोणबाट भन्नुपर्दा, के यस तरिकाले काम गर्ने मानिसहरूले आफूलाई उचित लागेअनुसार कार्य गर्दैनन् र? के तिनीहरूले परमेश्‍वरको परिवारको बारेमा विचार गर्छन्? तिनीहरू परमेश्‍वरको परिवारले भोग्न पर्ने हानिको कुनै परवाह नगरी आफ्नै भावनाहरूको बारेमा मात्र सोच्छन् र केवल आफ्ना लक्ष्यहरू हासिल गर्न चाहन्छन्। यस्ता मानिसहरू अहङ्कारी र आफैलाई सोझो ठान्ने मात्र हुँदैनन्, तिनीहरू स्वार्थी र घृणित पनि हुन्छन्; तिनीहरू परमेश्‍वरको अभिप्रायलाई पटक्कै ध्यान नदिने हुन्छन्, र निस्सन्देह, यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैनन्। यसैकारण, कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी तिनीहरू आफूले जे चाहन्छन् त्यही गर्छन् र कुनै कारणविना लापरवाही काम गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्ता मानिसहरूले कस्ता-कस्ता नतिजाहरू भोग्छन्? तिनीहरू समस्यामा हुनेछन्, हैन? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत ख्याति र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र विश्‍वासघाती हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, मुख्य समस्या के हो भने, त्यस्ता मानिसहरूको हृदय अलिकति पनि परमेश्‍वरको भय मान्ने हुँदैन। तिनीहरू परमेश्‍वरको भय मान्दैनन्, तिनीहरू आफैलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक पक्षलाई परमेश्‍वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्‍वर सबैभन्दा कम उल्लेखयोग्य र अति नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै हैसियत नै हुँदैन। … के तिमीहरू यस किसिमको मानिस डरलाग्दो हुन्छ भनी भन्छौ, कि भन्दैनौ? परमेश्‍वरलाई आदर नगर्ने मानिस कस्तो किसिमको व्यक्ति हो? के तिनीहरू अहङ्कारी होइनन्? के तिनीहरू शैतान होइनन्? कस्ता-कस्ता कुराहरूले परमेश्‍वरलाई आदर गर्दैन? जनावरहरू बाहेक, परमेश्‍वरलाई आदर नगर्नेहरूमा सबै भूतात्माहरू, शैतान, प्रधान स्वर्गदूत र परमेश्‍वरसँग झगडा गर्नेहरू पर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। यो पढेर साच्चै नै हृदय छोयो। म ठ्याक्कै त्यस्तै प्रकारको व्यक्ति थिएँ। मलाई थाहा थियो सिस्टर जियाओजीमा राम्रो क्षमता छ, सत्य अनुसरण गर्छिन् र प्रशिक्षित हुन योग्य छिन्, तर जब मैले अगुवाले उनलाई महत्व दिएको र भेलाहरूको लागि पठाउन चाहेको देखें, मेरो सन्तुलन बिग्रियो। मलाई लाग्यो मलाई गलत गरिँदैछ र मैले यो स्वीकार गर्न सकिनँ। मलाई उनीप्रति ईर्ष्या र रिस जाग्यो र अगुवाले उनलाई सरुवा गरिदिउन् भन्ने अति नै चाहन्थें। जब उनी कमजोर थिइन् र परीक्षाबाट गुज्रदा पीडामा थिइन्, मैले उनलाई मद्दत गरेजस्तो गरें, तर उनको पीडामा खुशी भएँ। म उनी नकारात्मक भएको चाहन्थें, ताकि मसँग त्यो चम्किलो प्रकाश होस्। मैले आफूलाई उठाउन अरुको अगाडि उनलाई नराम्रो भनें र निचा देखाएँ, ताकि म अगाडि खडा हुन सकूँ। मैले वर्षौंसम्म परमेश्‍वरमा विश्‍वास गरेको थिएँ तर उहाँको लागि कुनै श्रद्धा थिएन। म ईष्यालु थिएँ र केवल आफ्नो हैसियत जोगाउन नराम्रो कार्यहरू गरें। म धेरै नीच र दुर्भावनाले भरिएको थिएँ। म संकीर्ण सोच भएको, बेकारको, नीच र तुच्छ थिएँ! शैतानबाट म कसरी भिन्न थिएँ र? शैतानले मात्र सबै कुरा राम्रोसँग चलेको देख्दा सहँदैन, र मानिसहरू नकारात्मक होउन्, परमेश्‍वरबाट पर रहुन्, र परमेश्‍वरलाई धोका दिउन् भन्ने चाहन्छ। म स्पष्ट रूपमा शैतानको लुटेराले जस्तो कार्य गरिरहेको थिएँ, मण्डलीको काममा बाधा गरिरहेको थिएँ। मैले परमेश्‍वरको घरलाई कमजोर बनाइरहेको थिएँ र दुष्ट कार्य गरिरहेको थिएँ, परमेश्‍वरको विरुद्ध शैतानको साथ उभिइरहेको थिएँ! यसो भए पनि, मैले आफ्नो बारेमा धेरै नै सोचें। मसँग सत्यको यथार्थताको स्पष्ट अभाव थियो र मेरो क्षमता सिस्टर जियाओजीको बराबरी थिएन। म जहिले पनि हैसियतको लागि होडबाजी गर्थे, उनीभन्दा अघि हुन चाहन्थें। म धेरै घमण्डी थिएँ र ममा आत्म-जागरुकताको कमी थियो! त्यो बिन्दुमा, मैले वास्तवमा नै आफैलाई घृणा गरें र मेरो शैतानी स्वभावबाट तुरुन्त मुक्त हुन चाहें।

त्यसपछि मैले परमेश्‍वरको वचनहरूमा यो कुरा पढें: “परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा भ्रष्‍ट बनाइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा उसलाई भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिसले स्वाभाविक रूपमा परमेश्‍वरको अनुसरण गर्थ्यो र उहाँको वचनहरू सुनेपछि तिनीहरूको पालन गर्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक चेतना, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा अस्वस्थ बनाइएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको आज्ञाकारीता र प्रेम गुमाएको छ। मानिसको चेतना अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्‍नै भएन, र यो परमेश्‍वरको इच्छा अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो”)। यसले मलाई के बुझ्न मद्दत गर्यो भने म सदैव परमेश्‍वरको विरुद्ध विद्रोह र प्रतिवाद गरिरहेको थिएँ, भ्रष्टतामा जिइरहेको थिएँ, किनकि म शैतानद्वारा भ्रष्ट गरिएको थिएँ। म शैतानी सिद्धान्त र तर्कमा डुबेको थिएँ, जस्तो कि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “समस्त ब्रह्माण्डमा, सर्वोच्‍च शासन गर्ने म मात्र हुँ,” “महापुरुष एक जना मात्रै हुन सक्छ,” “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ,” र यस्तै यस्तै। मैले शैतानको यी भनाइहरू स्वीकारेको थिएँ, र मेरो दृष्टिकोण, बाँच्नको लागी नियम, र तर्क विकृत गरिएको थियो। मलाई अझ धेरै अहंकारी र दुष्ट बनाइरहेको थियो, मानवीयताबाट वञ्चित गराइरहेको थियो। शैतानको यी विषहरूबाट नियन्त्रित भएर, म केवल नाम र हैसियत खोज्न चाहन्थें, र मलाई सम्मानले हेरियोस् भन्ने चाहन्थें। म कुनै पनि भीडमा छुट्टै देखिन चाहन्थें, र मभन्दा अरु अगाडि गएको हेर्न चाहन्नथें। यदि कोही अघि पुग्यो भने म प्रतिस्पर्धी हुन खोजिहाल्थें। यदि मैले अरुलाई उछिन्न सकिन भने ईर्ष्यालु र रिसाहा हुन्थें वा मेरो आफ्नो लक्ष्यमा पुग्न गलत तरिकाले कार्यहरू पनि गर्थें। मैले अहङ्कार, छल र दुष्टता जस्ता शैतानी स्वभावहरू बाहेक अरु केही देखाइनँ। मैले आफ्नो कर्तव्य गरिरहेको दाबी गर्थें, तर वास्तवमा मैले आफ्नै लागि काम गरिरहेको थिएँ, दुष्ट कार्य गरिरहेको थिएँ र परमेश्‍वरलाई प्रतिरोध गरिरहेको थिएँ। मैले ती ख्रीष्ट-विरोधीहरूको बारेमा सोचें जसलाई निष्कासन गरिएको थियो। उनीहरू ती व्यक्तिसँग ईर्ष्या र कटुटा देखाउँथे जसले सत्यताको अनुसरण गर्थे वा परमेश्‍वरको इच्छालाई ख्याल गर्थे, र उनीहरूको हैसियतको लागि खतरा पैदा गर्नेहरूसँग छेउको काँडा हो जस्तो व्यवहार गर्थे। उनीहरू दमनकारी र द्वेषले भरिएका थिए, र अरुलाई मण्डलीबाट पनि निकाल्न चाहन्थे, ताकि उनीहरूले सर्वोच्च शासन गर्न सकून्। यति धेरै दुष्ट कर्म गरेकोले उनीहरू अन्ततः मण्डलीबाट निकालिए। ख्रीष्ट-विरोधीहरूले जस्तो मैले द्वेषपूर्ण वा ठूलो दुष्ट कार्य गरेको थिइनँ, तर ईर्ष्यालु थिएँ र म अहंकारी, दुष्ट प्रकृतिले नियन्त्रित गरिएको थिएँ। मैले आफ्नो हैसियत बनाइराख्नको लागि सिस्टर जियाओजीलाई बहिष्कार गरें र उनकोको कुरा काटें। म परमेश्‍वरको विरुद्ध रहेको ख्रीष्ट-विरोधीको मार्गमा थिएँ। परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि उल्लङ्घन सहन गर्दैन। मलाई थाहा थियो मैले पश्चताप गरिनँ भने मलाई परमेश्‍वरले अस्वीकार गर्दै हटाउनुहुनेछ। यो मेरो लागि निकै डरलाग्दो कुरा थियो। मलाई थाहा थियो परमेश्‍वरले आफ्नो कठोर न्यायले मलाई रक्षा गरिरहनु भएको छ। नत्र, मैले आफैलाई नियाल्ने थिइनँ, अनि पछुताउने कार्य पनि ढिलो हुन्थ्यो, जतिबेला मैले साच्चै नै केही दृष्ट कार्य गरिसकेको हुन्थें। जब मैले परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गरें, म साँच्चै नै प्रभावित भएँ, मैले परमेश्‍वरलाई प्रार्थना गरें, पश्चताप र परिवर्तन हुन तयार भएँ।

एक दिन मैले आफ्नो भक्तिमा परमेश्‍वरको यी वचनहरू पढें: “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, प्रतिष्ठा, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य पूरा गर्दै गरेको व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य पूरा गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? यो त आफ्नो कर्तव्य पूरा गरेको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, परमेश्‍वरको आफ्नै हितको बारेमा सोच्नुपर्छ, अनि उहाँको कामको बारेमा सोच्नुपर्छ र यी सोचहरूलाई सबैभन्दा पहिलो र प्रमुख ठान्‍नुपर्छ; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी हेर्छन् सो बारेमा सोच्न सक्छस्। … यसको साथै, यदि तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्छस्, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउँछस्, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउँछस्, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउँछस्, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्छस् भने, र परमेश्‍वर र उहाँको घरको हितलाई सबैभन्दा अगाडि राख्छस् भने, तैँले केही समय यसलाई अनुभव गरिसकेपछि यो जीवन जिउने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र संकीर्ण सोच राख्नु वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मान पूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँदछ। यसो गरेमा म सन्तुष्ट हुनेछु” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय २१”)। मैले परमेश्‍वरको वचनहरूलाई कसरी बुझें भने, परमेश्‍वरले सबैको क्षमता र उनीहरूले कुन भूमिका पूरा गर्न सक्छन् भन्ने कुरा पूर्वनिर्धारित गर्नुहुन्छ। हामीले ती कुराहरूको लागि होडबाजी वा संघर्ष गर्न सक्दैनौं। जब अरू कसैसँग राम्रो क्षमता हुन्छ, जब परमेश्‍वरले म रुख नभएर घाँस हुनुपर्छ भनी पूर्वनिर्धारित गर्नुहुन्छ मैले केवल घाँसको पात बन्नुपर्छ र त्यो भूमिका खुशीसाथ निर्वाह गर्नुपर्छ। म अब हैसियतलाई लिएर अरुसँग होडबाजी गर्न चाहन्नथेँ, बरु मेरो स्वार्थी चाहनाहरू त्याग्न चाहन्थें र शैतानी स्वभावअनुसार जिउन चाहन्नथें, परमेश्‍वरको घरको हितलाई पहिले राख्न चाहन्थें, र विनम्र भएर सहीरूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्थें। त्यो नै ज्योतिमा जिउने यो एकमात्र बाटो हो। मैले आफ्नो भ्रष्टताको बारेमा सिस्टरहरूसँग खुलेर कुरा गरें र सिस्टर जियाओजीसँग माफी मागें। जब उनले मेरो दुर्भावनापूर्ण इरादा र कार्यहरू थाहा पाइन्, उनले मलाई बिल्कुलै दोष दिइनन्, बरु मलाई मद्दत गर्न सत्यमा सङ्गति गरिन्। म साच्चै नै प्रभावित भएँ। मभित्र मानवीयता नभएको र उनलाई चोट पुर्याएको कुरामा पनि मलाई घृणा लाग्यो। मैले पछि परमेश्‍वरलाई प्रार्थना गर्दै हैसियतको लागि षड्यन्त्र नगर्ने र मेरो कर्तव्य राम्रोसँग पूरा गर्ने प्रण गरें।

एक महिनापछि जियाओजी आफ्नो यात्राबाट फर्किइन्, र सभाहरूमा उनले सिकेका कुरा बाँडिन्। उनको सङ्गति साच्चै नै शिक्षाप्रद र लाभदायक थियो, तर जब मैले अरुले ध्यानपूर्वक सुनेको देखें, मलाई फेरि त्यो असजिलो भावनाले समात्यो। म फेरि हैसियतको लागि संघर्ष गर्दै रहेको र ईर्ष्यालु भइरहेको महसुस गरें, त्यसैले मैले आफूलाई अलग राख्न तुरुन्त परमेश्‍वरलाई प्रार्थना गरें। उपदेशमा मैले सुनेको केही कुरा मैले स्मरण गरें, परमेश्‍वरको सेवा गर्ने एउटा विवेकी व्यक्ति ईर्ष्यालु हुँदैन, बरु, आफूभन्दा अरु अझ राम्रो बनुन् भन्ने आशा राख्नेछ, ताकि अझ धेरै मानिसहरूले परमेश्‍वरको बोझ बाँड्न मद्दत गर्न सकून्। यस्तो व्यक्तिले मात्र परमेश्‍वरले कसैलाई प्राप्त गर्नुहुँदा आनन्द लिन सक्छ। मलाई के महसुस भयो भने उनले उपदेश सुन्ने आफ्नो यात्राबाट धेरै कुरा सिकेको छिन्, र उनी अरुलाई मलजल गर्न र मद्दत गर्न सक्छिन्। यो सबैको लागि सत्य बुझ्नको लागि राम्रो थियो र यसले परमेश्‍वरलाई राहत दिलाउने थियो। मैले उनीबाट सिक्नु र उनको बलियो पक्षहरूलाई मेरो कर्तव्यमा उपयोग गर्नुपर्थ्यो। त्यो अति नै जरुरी थियो। जब मैले प्रार्थना गरें र त्यस तरिकाले आफूलाई इन्कार गरें, मैले धेरै सहज महसुस गरें। दाजुभाई तथा दिदीबहिनीहरूले जे सोचे पनि र मण्डलीमा मेरो जुनसुकै स्थान भए पनि त्यो मेरो लागि अब महत्वपूर्ण थिएन। म बस शान्त भएँ र उनको सङ्गति सुनें, र अन्तर्दृष्टि प्राप्त गरें। हाम्रो कार्यमा सत्यको सिद्धान्त खोज्न मैले उनीसँग मिलेर कार्य गरें। त्यसपछि जब म अगुवाले उनीसँग केही कुरामा छलफल गरेको देख्थें, मलाई ठीक लाग्थ्यो र ईर्ष्या जाग्दैनथ्यो। यो मेरो लागि एउटा ठूलो राहत थियो। मैले व्यक्तिगत रूपमा के अनुभव गरें भने जब मैले आफ्नो ईर्ष्यालाई छोडें मैले धेरै सहज र उत्कृष्ट महसुस गरें र समयसँगै मैले मानवीय गुण भएको जीवन जिउन सक्षम भएँ। परमेश्‍वरको वचनहरूका न्याय र सजायले म केही बदलिएको छु। म मेरो मुक्तिको लागि परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीनईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्