हैसियतबाट स्वतन्त्रता पाउने

13 अक्टोबर 2021

डोङ्ग एन, फ्रान्स

वर्ष २०१९ मा म मण्डली अगुवा बनेँ। म आफ्नै तरिकाले कामकुराहरू गर्थेँ, म आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिएँ, र मैले सही मानिसलाई सही काममा खटाइनँ। यसले गर्दा मण्डलीको जीवनमा प्रभाव पऱ्यो। मलाई हुनसम्म ग्‍लानि भयो। त्यसकारण मैले मण्डलीको काम राम्ररी गर्ने सङ्कल्‍प गरेँ। त्यतिबेला, दुई जना टोली नेताहरूलाई पुनः खटाइनुपर्ने थियो तर उनीहरूको ठाउँमा राख्न मैले कुनै व्यक्ति भेट्टाउन सकिनँ। मलाई अत्यन्तै चिन्ता लाग्यो र सोचेँ, “यदि मैले यी पदका लागि उपयुक्त व्यक्ति भेट्टाउन सकिनँ भने, मेरो अगुवाले मलाई म व्यावहारिक काम गर्न सक्दिनँ भन्‍ने ठान्‍नेछन्। यदि मेरो सट्टामा अर्कैलाई राखियो भने के गर्ने?” मैले मेरो दिमाग खियाएँ त्यसपछि सिस्टर झाङ्गबारे विचार गरेँ: तिनी असल क्षमता भएको र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने व्यक्ति थिइन्। तिनी राम्रो समूह अगुवा बन्‍ने थिइन्। यो कुरा सोचेपछि, मैले राहतको सास फेरेँ मलाई लाग्यो, मैले त्यो पद पूर्ति गर्ने व्यक्ति भेट्टाएकी छु, र काममा सही व्यक्ति भएपछि अब मेरो काम अझै सहज हुनेछ।

तर ठीक त्यहीबेला अर्को मण्डलीको अगुवा सिस्टर लीले मलाई फोन गरेर के भनिन् भने, उनको मण्डली नयाँ विश्‍वासीहरूले भरिएको छ र तिनीहरूलाई पानी हाल्‍ने पर्याप्त मानिसहरू छैनन्। उनले नयाँ विश्‍वासीहरूलाई पानी हाल्‍ने कामको रेखदेख गर्न सिस्टर झाङलाई उनको मण्डलीमा खटाउन सकिन्छ कि भनेर मसँग कुरा गर्न चाहेकी थिइन्। म यस विचारको पूर्ण विरोधमा थिएँ। मैले सोचेँ, “हाम्रो मण्डलीलाई चाहिँ चाहिँदैन र? यदि सिस्टर झाङलाई अन्य कतै खटाइयो भने, हामीले के गर्ने होला? यदि मैले कसैलाई समूह अगुवा हुन भेट्टाउन सकिनँ भने र मैले यो काम सम्‍हाल्‍न सकिनँ भने, म प्रतिस्थापित समेत हुन सक्छु!” मैले केही नभनेको देखेर, सिस्टर लीले भनिन्, “तपाईँको मण्डलीमा धेरैजसो लामो समयेधि विश्‍वासमा भएका विश्‍वासीहरू छन् र उनीहरू विश्‍वसमा दह्रिला छन्। यदि सिस्टर झाङलाई स्थानान्तर गरियो तपाईँ सधैँ केवल अरू कसैलाई तालिम दिन सक्नुहुन्छ। तपाईँको काम त्यति धेरै प्रभावित हुनेछैन।” मैले साँच्‍चै यो कुरा सुन्‍न चाहेकी थिइनँ र मलाई निकै विरोधको अनुभूति भयो। मैले विचार गरेँ, “तपाईँले त हल्कासित कुरा गर्नु हुँदैछ मानौँ कसैलाई तालिम दिनु सहज कुरा हो।” सिस्टर लीको मण्डलीलाई सहायता चाहिएको छ भनेर मलाई थाहा थियो, तर म मेरो भ्रष्ट स्वभावको नियन्त्रणमा थिएँ। उनले जेसुकै भने पनि मैले उनलाई उनले चाहेको कुरा दिन मानिनँ। तिनी स्वार्थी छिन् र आफ्‍नै मण्डलीको बारेमा मात्रै विचार गर्छिन् भन्‍ने सोच्दै मैले उनलाई पनि दोष दिएँ। त्यस विचारप्रति म कत्ति विरोधी छु भन्ने देखेर सिस्टर लीले जोड दिन छोडिन्। त्यो कलपछि मलाई अत्यन्तै बेचैन भयो र जसले अनुरोध गरे पनि म सिस्टर झाङलाई हातबाट उम्कन दिनेछैन भनेर मनमनै सङ्कल्‍प गरेँ। भोलीपल्ट यस विषयमा मसँग कुरा गर्न मेरा अगुवा आइन्। हाम्रो मण्डलीमा मानिसहरूको कसरी कमी छ र हामीले सामना गरिरहेका सबै कठिनाइहरूबारे मैले बताएँ। त्यस विषयमा अगुवाले आधार नपाओस् भनेर मैले हाम्रा कठिनाइहरूबारे कुरा गरिरहेँ। आखिरमा उनले केही भन्न सकिनन् र यस मामिलालाई जोड दिइनन्। यसमा मलाई खुशी लाग्यो: मैले सिस्टर झाङलाई राख्‍न सकेँ। त्यो साँझ मैले केही डिकनहरूलाई भेटेर सिस्टर झाङलाई बढुवा गर्नेबारे छलफल गरेँ। तैपनि मैले सिस्टर लीले उनको मण्डलीमा सामना गरिरहेका कठिनाइहरूबारेवा सिस्टर झाङलाई अर्को काममा खटाउनको लागि अनुरोध गर्न हाम्रो आफ्नै अगुवा आउनुभएको कुरा उल्लेख गरिनँ। के भएको थियो ती सबै कुरा मैले तिनीहरूलाई नबताएको हुनाले, तिनीहरू सबैले सिस्टर झाङ्गलाई समूह अगुवा बनाउन सहमति जनाए। मलाई आफैप्रति खुशी लागिरहेको मात्रै के थियो, म र मेरो सहकर्मीसँग कुरा गर्न हाम्रो अगुवा अचानक आउनुभयो। अन्तमा, कामको आवश्यकताअनुसार सिस्टर झाङलाई अर्को काममा खटाइने निर्णय गरिएको थियो। यस कुरामा सबै जनाले सहमति जनाएको देख्दा मैले विरोध गर्न सकिनँ, तर यसमा म साँच्चै खुसी थिइनँ; कसैले मेरो दाहिने हात च्वाट्टै काटिदिएको जस्तो लाग्यो। त्यसको केही दिनसम्म यी सब घटनाबारे सोच्दा मलाई नमिठो लाग्यो। मलाई मेरो कर्तव्य गर्न पनि त्यति मन लागेन। यस मामिलाबारे बारम्‍बार सोच्दै म राती सुत्‍न नसकेर कोल्टे फेर्दै बसिरहन्थेँ। अन्त्यमा यसो भन्दै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे प्यारो परमेश्‍वर, म आफ्नो पद जोगाउन सिस्टर झाङलाई जान दिन अनिच्छुक भइरहेको छु। म यो कुरालाई हटाउनै सक्दिनँ। हे प्यारो परमेश्‍वर, यस परिस्थितिबाट पार हुन कृपया मलाई मार्गदर्शन गर्नुहोस् र डोऱ्याउनुहोस्। बिन्ती छ, मलाई आफूलाई त्याग्‍न र अलि चिन्न सक्ने तुल्याउनुहोस्।”

यो प्रार्थना गरेपछि मैले परमेश्‍वरका वचनहरू यो पढेँ: “मानिसले सत्यताको अभ्यास बिरलै गर्छन्, तिनीहरूले प्रायजसो सत्यतालाई पिठिउँ फर्काउँछन्, र स्वार्थी र घृणित भ्रष्ट शैतानी स्वभावमा जिउँछन्। तिनीहरूले आफ्नो इज्जत, सम्मान, हैसियत, र हितको खोजी गर्छन् र तिनीहरूले सत्यता पाएका छैनन्। यसकारण तिनीहरूको दु:ख धेरै ठूलो हुन्छ, तिनीहरूका चिन्ता धेरै हुन्छन्, र तिनीहरूका बाधाहरू अनगन्ती हुन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो कर्तव्य पूरा गरेको अनुभवद्वारा नै जीवन प्रवेशको सुरुवात हुनुपर्छ”)। “निर्दयी मानवजाति! मौन सहमति र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सौभाग्यको निम्ति लुछाचुँडी गर्नु, पारस्परिक हत्या गर्नु—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवारहरू, छोराहरू र छोरीहरूको खातिर, आफ्नो जीविकोपार्जनको, भविष्य, प्रत्याशाहरू, ओहदा, महत्वाकांक्षा, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै रुचिहरूबाट काम नगर्नेहरू कति मानिसहरू छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरू व्यक्तिहरूलाई थिचोमिचो गर्दैन वा बहिष्‍कार गर्दैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छेडे। परमेश्‍वरले शैतानद्वारा मानिसजातिको भ्रष्टताको कुरूपता, ख्याति र सम्पत्तिको खातिर मानिसहरूको होडबाजीलाई प्रकट गर्नुभयो—मेरो स्थिति ठीक यस्तै थियो। यी सिस्टर झाङको मामिलामा मैले के प्रकट गरेको थिएँ, त्यसबारे विचार गरेँ। अगुवाको रूपमा रहेको मेरो पदलाई रक्षा गर्न मैले समग्रममा परमेश्‍वरको भवनको कामलाई अवहेलना गरेको थिएँ, किनभने यदि हामीले सिस्टर झाङलाई गुमायौं भने हाम्रो मण्डलीको काममा प्रभाव पर्नेथियो र मैले अगुवाको मेरो पदलाई गुमाउनेछु भन्‍ने मलाई डर थियो। त्यसैले जब मेरो अगुवा सिस्टर झाङको लागि अनुरोध गर्न आइन्, त्यसलाई इन्कार गर्न मैले हर कारण देखाएँ। मैले निर्णय गर्दै सिस्टर झाङका कर्तव्यहरू मिलाउने कार्यमा अगुवाइ गरेँ। मैले सिस्टर ली र मेरो अगुवालाई छल गर्ने प्रयास गरेँ र डिकनहरूको आँखा छल्‍नको लागि युक्ति अपनाएँ। आफ्‍नो ख्याति र हैसियतलाई जोगाउन मैले धेरै प्रयास गरेँ र आफ्नो दिमाग खियाएँ। म कत्ति स्वार्थी, घृणित र छली थिएँ! त्यसले मलाई पशुजगतका जङ्गली जनावरहरूको स्मरण गरायो। तिनीहरू क्षेत्र र खानेकुराको लागि आपसमा झगडा गर्ने र एकअर्कालाई मार्ने गर्छन्, र सबैभन्दा बलियोकै जीत हुन्छ। म पनि त्यस्तै थिएँ: मानिसहरूमाथि नियन्त्रण जमाउन होड गर्दै र आफ्नो पद जोगाउने प्रयास गर्दै, म पूर्ण रूपमा मानवताहीन जङ्गली जनावर जस्तै बनेको थिएँ। मेरो व्यवहार कति डरलाग्दो भएको थियो भन्‍ने मैले चाल पाएँ। मैले बोझ बोकिरहेको र हाम्रो मण्डलीको कामलाई विचार गरिरहेको जस्तो देखिए पनि, वास्तवमा मैले गहिरिएर आफ्‍नै पदको बारेमा विचार गरिरहेकी थिएँ। परमेश्‍वरका वचनहरूले प्रकट गरेको जस्तै: “आफ्नै रुचिहरूबाट काम नगर्नेहरू कति मानिसहरू छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरू व्यक्तिहरूलाई थिचोमिचो गर्दैन वा बहिष्‍कार गर्दैन?” सुरुदेखि अन्तसम्‍मै, मैले सिस्टर झाङलाई पठाउन अनिच्छुक भएर उनलाई नियन्त्रण गर्ने प्रयास गरिरह को थिएँ। मैले उनलाई हाम्रो सदस्य ठान्दै उनको कर्तव्यबारे हामीले नै निर्णय गर्नपर्छ भन्ने सोचेँ। यसको रेखदेख गर्ने म नै हुनुपर्थ्यो र कसैलाई पनि हस्तक्षेप गर्ने अनुमति थिएन। मैले भर्खर म कति अहङ्कारी भएकी थिएँ भनेर देखेँ। मैले मेरो मानवता र समझ, सादापन र सरलपन गुमाएकी थिएँ! त्यही बेला मैले धार्मिक मानिसहरूलाई सुसमाचार प्रचार गरेको, पाष्टरहरूले आफ्नो मण्डलीका धेरै सदस्यहरूले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरिरहेका देखेका, र तिनीहरूको पदहरू अस्थिर हुँदै गइरहेका कुराबारे सोचेँ। तिनीहरूले मानिसहरूलाई साँचो मार्गलाई अनुसन्धान गर्नबाट रोक्‍न आफूले सक्‍ने जति गरे। तिनीहरूले सुसमाचार प्रचार गर्नेहरूलाई आक्रमण गर्नुका साथै लाजै नमानी विश्‍वासीहरूलाई आफ्नो बगाल भएको र उनीहरूलाई कसलै चोरेर लैजाँदैन भनेर दाबी समेत गरे। त्यसपछि मलाई के थाहा भयो भने, सामान्यता, मेरो व्यवहार ती पाष्टरहरूको व्यवहारभन्दा फरक थिएन। म आफ्नो पद र जीविकालाई कायम राख्न दाजुभाई-दिदीबहिनीहरूलाई आफ्नो नियन्त्रणा राख्न चाहन्थेँ र उनीहरूलाई अन्य कतै अरू काममा खटाउन परमेश्‍वरको भवनलाई दिँदिनँ थिएँ। मैले परमेश्‍वरका भेडालाई पकडमा राख्‍ने र यी मानिसहरूको निम्ति परमेश्‍वरसँग होड गर्ने प्रयास गरिरहेकी थिएँ! यस्तो विचारले मलाई डर लाग्न थाल्यो। डर काँप्दै परमेश्‍वरसामु गएर प्रार्थना गरेँ: “हे प्यारो परमेश्‍वर, मैले गलत गरेको छु। मैले तपाईँको प्रतिरोध गरेको छु र म तपाईँलाई पश्‍चात्ताप गर्न चाहन्छु।”

त्यसको केही समयपछि परमेश्‍वरले फेरि एकपटक मलाई जाँच्ने परिस्थितिको प्रबन्ध गर्नुभयो। अर्को मण्डलीका अगुवाले कागजात सम्पादनको काम रेखदेख गर्न सक्ने कसैलाई तुरुन्तै पठाइदिन अनुरोध गर्दै सन्देश पठाए। यो काममा हाम्रो मण्डलीकी सिस्टर चेन सिपालु छिन् र उनले आफ्‍नो कर्तव्य जिम्‍मेवारी लिएको ती अगुवाले सुनेकी थिइन्, त्यसकारण सिस्टर चेनले यो पद लिन सक्छिन् कि भनेर उनले सोधिन्। यसको लागि सिस्टर चेन सोह्रै आना ठीक व्यक्ति हुन् भन्‍ने मलाई राम्ररी थाहा थियो, तर तिनी हाम्रो मण्डलीको प्रचारक थिइन र तिनी त्यस काममा पनि सिपालु थिइन्। यदि सिस्टर चेनको स्थानान्तर भएमा के हुनेथ्यो र यसको परिणामस्वरूप के हाम्रो सुसमाचारको काममा धक्का पुग्यो? मैले व्यवहारिक काम गर्न नसकेको कारण मलाई अगुवाले निराकरण गरे भने, के हुनेथ्यो? मैले आफ्‍नो पदलाई समेत कायम राख्‍न सक्दिनँ होला। यदि तिनीहरूले अरू नै कसैलाई छाने भने राम्रो हुनेथ्यो भन्‍ने मैले निर्णय लिएँ, त्यसकारण मैले त्यस अगुवाको सन्देशको जवाफ दिन जानी-जानी हेलचेक्र्याइँ गरेँ। त्यसपछि अचानक मलाई के महसुस भयो भने, “म आफ्नो पद जोगाउन म सिस्टरलाई झाङलाई जान दिन इच्छुक भइरहेको थिइनँ। यस पटक म यत्तिसाह्रो बाधक बन्न सक्दिनँ।” तर मलाई अझै पनि साँच्‍चै पीडा र अन्योल महसुस भयो। मैले सोचेँ, “कसैलाई अर्को काममा खटाउनुपर्ने हुँदा म किन यत्ति साह्रो प्रतिरोध गर्छु? म सधैँ हाम्रो काममा बाधा पुग्ने र मेरो पद गुम्नेबारे चिन्ता गरिरहेकी हुन्छु। ख्याति र हैसियतका बन्धन र बाधाहरूबाट म कसरी मुक्त हुन सक्छु?” त्यसपछि मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ, मैले उहाँलाई म हैसियतको पछि लाग्नुको गहिराई बुझ्न, र आफ्नो देह त्याग्‍न र सत्यता अभ्यास गर्न मदतको लागि मार्गदर्शन र डोर्‍याइ मागेँ।

मैले मेरो भक्तिको समयमा परमेश्‍वरको वचनहरूको यो खण्ड पढेँ: “ख्रीष्ट-विरोधीहरूको व्यवहारको सार भनेको हैसियत प्राप्त गर्ने, मानिसहरूको मन जित्‍ने र मानिसहरूलाई तिनीहरूको पछि लाग्‍ने र पूजा गर्ने तुल्याउनको लागि विभिन्‍न माध्यम र विधिहरूको निरन्तर प्रयोग गर्नु हो। तिनीहरूले आफ्नो हृदयको गहिराइमा मानवजातिको लागि परमेश्‍वरसँग जानी-जानी होड गरिरहेका नहुन सक्छन्, तर एउटा कुरा निश्‍चित छ: तिनीहरूले मानवको लागि परमेश्‍वरसँग होड नगरे पनि, तिनीहरूले अझै पनि मानवको बीचमा हैसियत र शक्ति प्राप्त गर्न चाहन्छन्। एक दिन तिनीहरूले हैसियतको लागि परमेश्‍वरसँग होड गरिरहेका छन् भन्‍ने तिनीहरूले पत्ता लगाए पनि, र तिनीहरूले आफैलाई लगाम लगाए पनि, मानिसहरूका बीचमा हैसियत प्राप्त गर्न र सबैको मान्यता प्राप्त गर्न तिनीहरूले अरू विधिहरूको प्रयोग गर्छन्। छोटकरीमा भन्दा, ख्रीष्ट-विरोधीहरूले गर्ने सबै कुरामा तिनीहरूले विश्‍वासयोग्य ढङ्गले आफ्‍नो कर्तव्य पूरा गरिरहेका छन् भन्‍ने देखिए पनि, र तिनीहरू परमेश्‍वरका साँचो अनुयायीहरू हुन् भन्‍ने जस्तो देखिए पनि, मानिसहरूलाई नियन्त्रण गर्ने—अनि तिनीहरूका बीचमा हैसियत र शक्ति प्राप्त गर्ने—तिनीहरूको महत्वाकांक्षा कहिल्यै परिवर्तन हुनेछैन। परमेश्‍वरले जे भन्‍नुभए पनि वा गर्नुभए पनि, र उहाँले मानिसहरूलाई जे गर्न लगाउनुभए पनि, तिनीहरूले जे गर्नुपर्ने हो त्यो गर्दैनन् वा उहाँका वचनहरू र मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दैनन्, न त उहाँका वाणीहरू र सत्यतालाई बुझेको परिणामस्वरूप तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको खोजीलाई नै त्याग्छन्; सम्पूर्ण रूपमा, तिनीहरूको महत्वाकांक्षाले तिनीहरूलाई खान्छ, तिनीहरूको बानीबेहोरा र विचारहरूलाई नियन्त्रण र निर्देशित गर्छ, र तिनीहरूले हिँड्ने मार्ग निर्धारित गर्छ। ख्रीष्ट-विरोधीको संक्षेप व्याख्या यही हो। यहाँ के कुरालाई जोड दिइएको छ त? कतिपय मानिसहरूले यसो भनेर प्रश्‍न गर्छन्, ‘के ख्रीष्ट-विरोधीहरू भनेका मानिसहरूलाई प्राप्त गर्नको निम्ति परमेश्‍वरसँग होडबाजी गर्ने, र उहाँलाई स्वीकार नगर्ने मानिसहरू होइनन् र?’ तिनीहरूले परमेश्‍वरलाई पहिचान गर्न सक्छन्, तिनीहरूले उहाँको अस्तित्वलाई साँचो रूपमा पहिचान गर्न र विश्‍वास गर्न सक्छन्, अनि तिनीहरू उहाँलाई पछ्याउन र सत्यताको खोजी गर्न इच्‍छुक हुन सक्छन्, तर एउटा कुरा कहिल्यै परिवर्तन हुनेछैन: तिनीहरूले शक्ति र हैसियतसम्‍बन्धी तिनीहरूको महत्वाकांक्षालाई कहिल्यै त्याग्‍नेछैनन्, न त तिनीहरूले आफ्नो वातावरण वा तिनीहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिको कारण नै ती कुराको खोजीलाई त्याग्‍नेछन्। ख्रीष्ट-विरोधीहरूको विशेषताहरू यिनै हुन्। व्यक्तिले जति धेरै कष्ट भोगेको भए पनि, तिनीहरूले जति नै धेरै सत्यता बुझेका भए पनि, तिनीहरू जति धेरै सत्यता वास्तविकताहरूमा प्रवेश गरेका भए पनि, र तिनीहरूमा परमेश्‍वरको बारेमा जाति धेरै ज्ञान भए पनि, यी बाहिरी घटनाक्रम र प्रकटीकरणहरूभन्दा बाहिर, तिनीहरूले हैसियत र शक्तिको निम्ति रहेको तिनीहरूको महत्वाकांक्षा र खोजीलाई तिनीहरूले कहिल्यै बसमा राख्‍ने वा त्याग्‍ने गर्दैनन्, र ठीक यही कुराले तिनीहरूको प्रकृति सारलाई निर्धारित गर्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई ख्रीष्ट-विरोधीहरूका रूपमा परिभाषित गर्नुभएको तथ्यमा कुनै पनि गल्ती छैन; यस कुरालाई तिनीहरूको प्रकृति सारले नै निर्धारित गरेको हुन्छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले मानिसहरूलाई छल गर्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्”)। परमेश्‍वरले ख्रीष्ट-विरोधीहरूकोस्वभाव र चरित्रहरूलाई प्रकट गर्नुभयो, उनीहरू शक्ति र हैसियत मन पराउँछन् र ती कुरालाई जिउने कारणको रूपमा लिन्छन्। तिनीहरूको हरेक कामको जड र उत्प्रेरणा भनेको ख्यातिो, सम्प्तत्ति र हैसियतको अत्याधिक चाहना हो, यहाँसम्‍म कि तिनीहरू परमेश्‍वरको भेडालाई आफ्नो ठान्छन्, परमेश्‍वरको विरोध गर्छन् र पश्चात्ताप गर्न पटक्कै मान्दैनन्, आखिरमा तिनीहरूलाई खुलासा गरिन्छ र हहटाइन्छ। परमेश्‍वरका वचनहरू मनन गर्दा मलाई डर लाग्‍न थाल्यो। मलाई मेरो हैसियत साँच्‍चै मन पर्थ्योम। पहिलो पटक मैले आफ्नो पद जोगाउन सिस्टर झाङलाई अर्को काममा खटाउन अस्वीकार गरेको थिएँ। यसपटक, म आफ्नो पदको खातिर सिस्टर चेनलाई जान दिन इच्छुक भइरहेको थिइनँ। मैले मेरो हैसियतबारे मात्रै सोचेँ र जे होस् मैले परमेश्‍वरको इच्‍छालाई विचार गरिनँ, परमेश्‍वरको घरको कामबारे सोच्ने कुरा त झन् परै जाओस्। परमेश्‍वरको भवनको काममा हानी पुर्‍याएर समेत मैले आफ्नो पदलाई कायम राख्‍ने अठोट गरेकी थिएँ, र मेरो हैसियतको खातिर मानिसहरूबारे परमेश्‍वरसँग होड समेत गर्न पछि परेकी थिइनँ। परमेश्‍वरप्रतिको मेरो श्रद्धा कहाँ थियो? मेरो विश्‍वास परमेश्‍वरमा थिएन; मैले हैसियत र शक्तिमाथि विश्‍वास गरेको थिएँ, र के त्यो ख्रीष्ट-विरोधीको स्वभाव थिएन र? सिस्टर चेन कागजातहरू सम्पादन गर्न सिपालु छिन् र उनलाई त्यस्तो काम मन पर्छ भन्‍ने मलाई राम्ररी थाहा थियो। तर आफ्नो पदलाई जोगाउन, मैले उनलाई उनको धारणा सोधिनँ न त उनलाई उनको सामर्थ्य अनुसारको उचित कर्तव्यमा नै खटाएँ, बरु त्यसको सट्टा मैले उनको मालिक जस्तो व्यवहार गरेकी थिएँ र उनलाई अर्को मण्डलीमा उनको कर्तव्य गर्न जान दिन मानिनँ। मैले मण्डलीलाई मेरो आफ्‍नै क्षेत्रको रूपमा लिइरहेकी थिएँ र मैले नभनिकन कोही पनि अर्को काममा खटाइनेवाला थिएन। के मैले ख्रीष्ट-विरोधीले जस्तै मानिसहरूलाई पिँजडामा राख्‍न र नियन्त्रण गर्न प्रयास गरिरहेकी थिइनँ र? मेरो पदलाई आफ्‍नो पकडमा राख्‍नको लागि, मैले क्षमतावान् र सामर्थ्य भएका दाजुभाई-दिदीबहिनीहरूलाई हाम्रै मण्डलीमा राख्ने प्रयोस गरेँ। मैले तिनीहरूलाई मेरो आफ्‍नै सम्पत्तिको रूपमा लिएँ र तिनीहरूमाथि शासन गरेँ, मैले आफ्नो पदको खातिर धेरै मानिसहरूले कडा परिश्रम गरून् भन्‍ने चाहेँ। परमेश्‍वरले साँच्‍चै नै मेरो यो महत्वाकांक्षालाई घिनाउनुभयो र म श्राप पाउन योग्यको भएँ! मैले के देखेँ भने, परमेश्‍वरलाई विश्‍वास गरेको यत्तिका वर्षमा पनि पछ्याइप्रतिको मेरा दृष्टिकोणहरू परिवर्तन नै भएका थिएनन्, म ख्याति, भाग्य र हैसियतको चाहनाले बाँधिएको थिएँ र ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेको थिएँ। त्यसपछि मलाई मैले पहिला चिनेको एक जना ख्रीष्टविरोधीको याद आयो। ऊ सधैँ ख्याति, भाग्य र हैसियतको पछि लाग्थ्यो र आफू अगुवा बनेपछि उसले आफ्नो पदलाई बलियो बनाउने प्रयास गऱ्यो, उसले मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्यो अनि आफ्‍नै स्वतन्त्र क्षेत्र स्थापना गर्ने प्रयास गऱ्यो। जे होस्, उसले सत्यता स्वीकार गरेन र तानाशाहले जस्तो व्यवहार गर्थ्यो। उसले परमेश्‍वरको भवनको काममा गम्भीर अवरोधहरू ल्यायो, र अन्त्यम तिनलाई खुलासा गरियो र हटाइयो। मलाई के थाहा भयो भने, ख्याति, भाग्य र हैसियतको पछि लाग्नु ख्रीष्ट-विरोधीहरूको मार्ग रहेछ र त्यसले नरकमा पुर्‍याउँछ! मलाई मेरो शैतानी स्वभावलाई चिनाउन र म गलत मार्गमा छु भनेर देखाउन परमेश्‍वरले मलाई खुलासा गर्नको लागि बारम्‍बार परिस्थितिहरूको प्रबन्ध गर्नुभयो ताकि म समयमा नै पछि फर्केर आऊँ। यी परिस्थितिहरू ममाथि आइपरेको न्याय थिए तर त्योभन्दा पनि बढी ती परमेश्‍वरबाटको महान् प्रेम र मुक्ति थिए! परमेश्‍वरले गर्नुभएको कडा प्रयासहरू बारे ध्यानपूर्वक विचार गर्दा, म झुक्न थालेँ र उप्रान्त त्यस्ता परिस्थितिहरूप्रति विरोधी भाव राख्न छोडेँ। परमेश्‍वरले प्रबन्ध गर्नुभएका सबै कुरा ठ्याक्कै मलाई चाहिएको कुरा हुन् भनेर मैले महसुस गरेँ। म साँच्‍चै नै पश्‍चात्ताप गर्न र ती परिस्थितिहरूलाई समर्पित हृदयले अनुभव गर्न चाहन्थेँ।

पछि मैले परमेश्‍वरका वचनहरू भएका दुईवटा खण्ड पढें। “कर्तव्य भनेको के हो? कर्तव्य भनेको तैँले व्यवस्थापन गर्ने कुरा होइन—यो तेरो आफ्‍नै जागिर वा तेरो आफ्‍नै काम होइन; बरु, यो त परमेश्‍वरको काम हो। परमेश्‍वरको कामलाई तेरो सहकार्यको आवश्यकता पर्छ, जसले तेरो कर्तव्य पैदा गर्छ। मानिसले सहकार्य गर्नैपर्ने परमेश्‍वरको कामको भाग नै मानिसको कर्तव्य हो। कर्तव्य भनेको परमेश्‍वरको कामको भाग हो—यो तेरो जागिर होइन, वा तेरो घरायसी कामकाज वा तेरो जीवनको व्यक्तिगत कामकाज पनि होइन। तेरो कर्तव्य बाहिरी मामलाहरूसँग सम्‍बन्धित भए पनि वा भित्री मामलाहरूसँग सम्‍बन्धित भए पनि, यो परमेश्‍वरको घरको काम हो, यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो, र यो परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा हो। यो तेरो व्यक्तिगत कामकाज होइन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ”)। “तैँले जस्तोसुकै कर्तव्य निर्वाह गरे पनि, तैँले यो परमेश्‍वरका मापदण्डहरूअनुसार नै गर्नुपर्छ। उदाहरणको लागि, यदि तँ मण्डली अगुवाको रूपमा चुनिएको छस् भने, तेरो कर्तव्य भनेको मण्डलीको नेतृत्व लिनु हो—तैँले यसलाई आफ्नो कर्तव्यको रूपमा लिन्छस् भने, तैँले यो काम कसरी गर्नुपर्छ त? (परमेश्‍वरका मापदण्डहरूअनुसार।) परमेश्‍वरका मापदण्डहरूअनुसार काम गर्नु भनेर भन्‍नु नै यसलाई बताउने आम तरिका हो। यसका विशिष्ट विवरणहरू के-के हुन् त? पहिलो, तैँले यो कर्तव्य हो, पद होइन भन्‍ने कुरा जान्‍नुपर्छ। यदि तँलाई आफूले पद लिएको छु भन्‍ने लाग्छ भने यसले समस्याहरू उत्पन्‍न गर्नेछ। तैपनि, यदि तैँले ‘मैले मण्डलीको अगुवा बन्‍ने निर्णय गरेको छु, त्यसकारण म अरूभन्दा एक चरण तल बस्‍नु आवश्यक छ; तपाईंहरू सबै मभन्दा माथि र मभन्दा ठूलो हुनुहुन्छ’ भनेर भन्छस् भने, यो पनि गलत मनोवृत्ति नै हो; यदि तैँले सत्यता बुझ्दैनस् भने, जति नै धेरै बहाना बनाए पनि तँलाई कुनै फाइदा हुनेछैन। बरु, तँसँग यसको बारेमा उचित बुझाइ हुनुपर्छ। पहिलो कुरा, यो कर्तव्य अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने तैँले जान्‍नुपर्छ। मण्डलीमा दर्जनौं मानिसहरू हुन्छन्, र तैँले यी मानिसहरूलाई परमेश्‍वरको अघि कसरी ल्याउने र तिनीहरूमध्ये धेरैजसोलाई कसरी सत्यता बुझ्‍न र सत्यता वास्तविकतामा प्रवेश गर्न लगाउने सो बारेमा विचार गर्नुपर्छ। यसको साथै, कमजोर, निष्क्रिय मानिसहरूलाई तैँले कमजोर र निष्क्रिय बन्‍न छोडाउनुपर्छ, ताकि तिनीहरूले सक्रिय रूपमा आफ्‍ना कर्तव्यहरू पूरा गर्न सकून्, र आफ्‍ना कर्तव्यहरू पूरा गर्न सक्‍नेहरू सबैका हकमा भन्दा, तैँले तिनीहरूलाई त्यसो गर्न लगाउनुपर्छ र तिनीहरूबाट तिनीहरूको सर्वोत्तम कार्यप्रदर्शन गराउनुपर्छ। तिनीहरूलाई आफ्‍ना कर्तव्यहरू पूरा गर्नेसम्‍बन्धी सत्यताहरू बुझा ताकि तिनीहरू ती कर्तव्यहरू पूरा गर्ने क्रममा लापरवाही नहोऊन्, तिनीहरूले तिनलाई राम्ररी पूरा गरून्, र परमेश्‍वरसँग तिनीहरूले सामान्य सम्‍बन्ध कायम राख्‍न सकून्। वाधा र अशान्ति पैदा गर्नेहरू वा धेरै वर्षदेखि परमेश्‍वरलाई विश्‍वास गरेका तर दुष्ट मानवता बोकेर हिँड्नेहरू पनि हुन्छन्; यी मानिसहरूका हकमा भन्दा, तैँले निराकरण गर्नुपर्नेहरूलाई निराकरण गर्नुपर्छ, र हटाइनुपर्नेहरूलाई हटाउनुपर्छ, यसरी हरेक व्यक्तिको लागि उसको प्रकारअनुसार उचित बन्दोबस्त गर्नुपर्छ। तुलनात्मक रूपमा असल मानवता भएका, थोरै भए पनि क्षमता भएका, कामको एउटा पक्षको निम्ति जिम्‍मेवारी लिन सक्‍ने मण्डलीका थोरै मानिसहरूका हकमा भन्दा, तिनीहरूको उचित जगेर्ना गरिनुपर्छ। … तैँले तिनीहरूको व्यक्तिगत क्षमताको पूर्ण सदुपयोग गर्दै र तिनीहरूले के गर्न सक्छन्, तिनीहरूको क्षमताको गुणस्तर, तिनीहरूको उमेर कति भयो, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको कति भयो त्यसअनुसार तिनीहरूका लागि सुहाउँदा कर्तव्यहरू मिलाउँदै तैँले हरेक व्यक्तिको सर्वोत्तम उपयोग गर्नुपर्छ। तैँले हरेक प्रकारको व्यक्तिको लागि सोही व्यक्तिअनुरूप नै गरी तयार गरिएको योजना प्रस्तुत गर्नुपर्छ र व्यक्तिअनुसार यसलाई हेरफेर गर्नुपर्छ, ताकि तिनीहरूले परमेश्‍वरको घरमा आफ्‍ना कर्तव्यहरू पूरा गर्न सकून् र तिनीहरूले सर्वोत्तम हदमा आफ्नो कार्य पूरा गर्न सकून्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?”)। परमेश्‍वर वचनहरूले मलाई के देखाए भने कर्तव्य भनेको आफ्नो व्यक्तिगत उद्यम होइन। हाम्रो कर्तव्य परमेश्‍वरबाट आउँछ र हामीले यसलाई उहाँको चाहनाअनुसार पूरा गर्नुपर्छ। मानिसहरूलाई तालिम दिनु परमेश्‍वरले अगुवाहरूबाट चाहनुहुने काम हो। परमेश्‍वरले उहाँको कामको लागि सबै प्रकारका सिपालु मानिसहरू तयार गर्नुभएको छ र मण्डली अगुवा भएको हैसियतले मैले आफ्नो कर्तव्य उहाँको चाहना र सिद्धान्तहरूअनुसार पूरा गर्नुपर्छ। यदि मैले कुनै प्रतिभावान् व्यक्ति भेट्टाएँ भने, मैले तिनीहरूलाई तालिम दिनुपर्छ र सिफारिस गर्नुपर्छ, ताकि हरेकले ठीक ठाउँमा आफ्‍नो शक्तिको पूर्ण सदुपयोग गर्न सकून्, आफ्‍नो कर्तव्य पूरा गर्न सकून्, अनि सुसमाचारको कामलाई अझ राम्ररी फैलाउन आ-आफ्नो कार्य पूरा गर्न सकून्। यो मात्रै परमेश्‍वरको इच्‍छाअनुरूप हो र दाजुभाई-दिदीबहिनीहरूले गर्न चाहने कुरा पनि यही हो। मैले परमेश्‍वरको इच्‍छालाई बुझेपछि, मैले सिस्टर चेनलाई पठाउनेछु भनेर पुष्टि गर्दै अर्को मण्डलीको अगुवालाई सन्देश पठाएँ। यसरी अभ्यास गर्न थालेपछि मैले मनमा अझै बढी सहजता महसुस गरेँ। त्यसपछि मैले परमेश्‍वरका आशिष्‌हरू देखेँ। म त छक्‍क परेँ, किनभने त्यो वर्षको नोभेम्बर महिनामा हाम्रो सुसमाचार कार्यबाट हामीले प्राप्त गरेका नयाँ विश्‍वासीहरूको सङ्ख्या अघिल्‍लो महिनाको भन्दा तीन गुणा बढी भयो। यो परमेश्‍वरको कार्यद्वारा हासिल भएको हो भन्‍ने मलाई थाहा थियो र म उहाँलाई धन्यवाद नदिई र प्रशंसा नगरी बस्‍न सकिनँ!

पहिला मैले ख्याति र भाग्यको निम्ति होड गर्ने वा ख्याति, भाग्य र हैसियतको पछि लाग्नेप्रति मलाई कहिल्यै घृणा लाग्दैनथ्यो। भ्रष्टताबारे शैतानद्वारा भ्रष्ट तुल्याइएका हरेकलाई देखेरहामी सबैको स्वभाव उस्तै हुन्छ र यो केही दिनमा परिवर्तन गर्न सकिने कुरा होइन भन्‍ने मैले सोचेँ। त्यसले मलाई समस्या समाधान गर्न सत्यता खोजी गर्नबाट रोक्यो। परमेश्‍वरका वचनहरूको न्याय र सजायबाट गुज्रेपछि, अनि परीक्षा र खुलासा गरिएपछि ती कुराहरूको पछि लाग्नुको सारबारे मैले बल्‍ल केही सुझबुझ प्राप्त गरेँ। त्यस्ता कुराहरूको पछि लाग्‍नु भनेको परमेश्‍वरको विरोध गर्नु हो भन्‍ने मैले बुझेँ र मैले मेरो हृदयदेखि नै आफूलाई घृणा गर्न थालेँ। सत्यताको पछि लाग्न, पश्चात्ताप गर्न र परिवर्तन हुन म इच्छुक भएँ। परमेश्‍वरको कामले गर्दा नै अहिले मैले मेरो देहलाई त्याग्‍न र केही सत्यता अभ्यास गर्न सकेको छु। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

चापलुसीबाट के आउँछ

सन् २०१९ मा म वाङसँगै काम गर्ने अगुवा चयन भए। हाम्रो अन्तरक्रियाको क्रममा, मैले थाहा पाएँ कि उनले चीनमा धेरै वर्ष नेतृत्व पदमा सेवा गरेका र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्