नाम र लाभका लागि लडेका ती दिनहरू

15 मार्च 2022

मैले गत जून महिनामा मण्डलीको मलजल गर्ने कामको जिम्मेवारी सम्हालेँ, र मलजल गर्ने कर्मचारीहरूको अभावले गर्दा हाम्रो काम प्रभावित भइरहेको थियो। म यसबारे निकै चिन्तित थिएँ। मैले सोचेँ, यदि मैले यो अभाव पूर्ति गरिनँ भने व्यावहारिक काम नगरेको भनेर अगुवाहरूले सोच्न सक्छन्। म यसबारे चिन्तित भइरहेकी बेला एक जना अगुवाले मलाई एकजना कर्मचारीको प्रस्ताव गर्दै भर्खरै सरुवा भएकी सिस्टर सियायोदानले मलजलको काम गर्न सक्ने बताइन्। त्यो सुनेर म पुलकित भएँ र मेरो मन निकै हलुका भयो। मैले तुरुन्तै सिस्टर सियायोदानसँग भेट्ने प्रबन्ध मिलाएँ। उनलाई तालिम दिन र हाम्रो मलजलको कामलाई छिटो सुधार गर्न, मैले उनलाई सिद्धान्तहरूसँग परिचित गराउन केही मानिसहरू खोजेँ र उनको प्रगतिलाई प्राथमिकतामा राखेँ। केही समय नबित्दै, ती अगुवाले के सन्देश पठाइन् भने सिस्टर झोउलाई भिडियो बनाउने काममा मदत गर्न सिस्टर सियायोदानको आवश्यकता परेको छ, र सिस्टर सियायोदान त्यतै जान्छिन्। त्यो सुनेर म ट्वाल्लै परेँ। मैले उनलाई सम्पर्क गर्नेदेखि लिएर उनका कर्तव्य प्रबन्ध गर्नेसम्मका सबै कुरा व्यक्तिगत तवरमा मिलाएकी थिएँ, र हाम्रो काम सुधार गर्न म उनलाई छिटोभन्दा छिटो तयार पार्न चाहन्थेँ, तर सिस्टर झोउले बीचैमा बाधा हालिन्। मलाई मदत गर्न अरू कसैलाई खोज्नुपर्ने भयो, र कोही पाउन नसकेमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सकिंदैनथ्य़ो। अगुवाहरूले मलाई के सोच्ने होलान्? यसबाहेक, यदि सिस्टर सियायोदान प्रशिक्षित भएमा सबैले सिस्टर झोउ सक्षम छिन् भनेर सोच्नेथिए, र मेरो प्रयास व्यर्थ हुनेथ्यो। मैले उनलाई रोक्ने तरिका खोज्न चाहेँ। त्यसैले, मैले अगुवालाई जवाफ दिँदै यसो भनेँ, हामीलाई मलजल गर्ने कर्मचारीको नितान्त खाँचो छ र हामीले मानिसहरूको क्षमता आँकलन गर्नुपर्छ। सिस्टर सियायोदानले पहिलेपनि मलजल गर्ने काम गरेकी हुनाले उनलाई त्यही कर्तव्यमा राख्न उनीहरूले सिस्टर झोउसित कुरा गरून् भन्ने म चाहन्थेँ। दुई दिनपछि के जवाफ पाएँ भने, सिस्टर सियायोदानसित कलेज जीवनदेखि नै चित्र सम्पादनमा राम्रो अनुभव रहेकोले उनीसँग भिडियो निर्माणको राम्रो जग छ। उनलाई पनि त्यसमा रुचि छ, त्यसैले समग्रमा, उनी भिडियो निर्माण कार्यमा नै धेरै उपयुक्त छिन्। म निकै निराश भएँ र सोचेँ, यदि सिस्टर झोउले उनलाई नसोधेकी भए, सिस्टर सियायोदानले त्यो गर्नेबारे कहिल्यै सोच्ने थिइनन्। तर त्यो निर्णय भइसकेको कुरा थियो, त्यसैले मैले अरू कसैलाई खोज्नुथियो, त्यो पनि छिटो नत्र हाम्रो काममा धक्का पुग्नेथियो र अगुवाले पक्कै पनि मैले व्यवहारिक काम गरेकी छुइनँ भन्नेथिइन्। मैले अन्य मण्डली सदस्यहरूको समीक्षा गरेँ र राम्रो क्षमता भएका केही सिस्टरहरू भेट्टाएँ जसले राम्रो खोजी गर्थे र त्यस कामको लागि योग्य थिए। तिनीहरूमध्ये, सिस्टर याङ मिलनसार र कुरा गर्न सजिलो व्यक्ति थिइन्, र नयाँ विश्‍वासीहरूले उनीसँग भेला हुन मन पराउँथे। उनी त्यस पदका लागि उपयुक्त थिइन्। म निकै खुसी भएँ र सिस्टर याङलाई विशेष ध्यान दिएर ती सिस्टरहरूलाई तालिम दिन थालेँ। मैले सोचेँ, मैले यस पटक साँच्चै राम्रो गर्नुपर्छ र सकेसम्म चाँडो उनलाई जगेर्ना गर्नुपर्छ ताकि सबैले म सक्षम छु भनेर बुझून्।

एक दिन भेलामा, अर्की अगुवाले सिस्टर सियायोदानबारे सोधिन् र भित्रभित्रै मेरो मन चसक्क दुख्यो। म उनलाई सिस्टर झोउले सिस्टर सियायोदानलाई भिडियो निर्माणका लागि लगिन् भनेर बताउन चाहन्थेँ ताकि उनले झोउलाई निराकरण गरून् र सिस्टर सियायोदानलाई फिर्ता ल्याउन मलाई मदत गरून्। त्यसपछि मसँग मलजल गर्ने अर्को मदतगार हुनेछ र हामी अझ राम्रो गर्नेछौँ। त्यसैले, मैले यी अगुवालाई सिस्टर झोउले सिस्ट सियायोदानलाई भिडियो निर्माण सिकाउन लगेकी सबै कुरा बताएँ र मैल उनलाई पहिला प्रशिक्षण दिइरहेकी थिएँ, तर सिस्टर झोउले उनलाई मबाट खोसेर लगिन् भनेर जोड दिएँ। उनले भनिन्, “परमेश्‍वरको घर एउटै एकाइ हो र विभाजित गर्न सकिँदैन। उनलाई जहाँ पठाइए पनि त्यो हाम्रै कामको लागि हो र भिडियो निर्माणमा धेरै मानिस चाहिन्छ, त्यसैले हामीले लड्नुहुँदैन। सिस्टर सियायोदानलाई त्यस काममा खटाइएको हुनाले हामीले त्यो स्वीकार गर्नुपर्छ।” त्यो साँचो हो भनेर मलाई थाहा थियो, तर अगुवाले मेरो पक्ष नलिएको देख्दा म निराश भएँ। हामीले जगेर्ना गरेका केही सिस्टरहरूले मलजलको काम गर्न थाले, त्यसैले, मलाई मेरो प्रयास खेर गएको छैन र म अगुवाहरूको नजरमा राम्रो देखिनेछु भन्ने मलाई लाग्यो। तर आश्चर्यको कुरा, एक दिन मलजल टोली अगुवा सिस्टर लीले सिस्टर झोउले सिस्टर याङलाई भिडियो निर्माणको लागि चाहेको कुरा मलाई बताइन्। मलाई झनक्क रीस उठ्यो। मैले सिस्टर याङलाई पहिले नै तालिम दिइसकेको छु, अब सिस्टर झोउले उनलाई किन लैजाने? उनले पहिले सिस्टर सियायोदानलाई लगिन् र अहिले सिस्टर याङलाई लैजान चाहन्छिन्। मैले मेहनत गरेका सबै कुरा उनी लैजान्छिन् र मलाई केही पनि छोड्दिनन्। के मेरो सबै प्रयास व्यर्थ भएनन् र? मेरो मन उकुसमुकुस भयो र सिस्टर लीलाई कड्कँदै भनेँ, “के तपाईं सिस्टर झोउसँग सङ्गति गर्न सक्नुहुन्न? सिस्टर याङले पहिले नै मलजलको काम गरिरहेकी छिन्, त्यसैले सिस्टर झोउलाई अरू कोही खोज्न लगाउनुहोस्।” के गर्ने के नगर्ने हुँदै उनले भनिन्, “मलजल गर्ने र भिडियो निर्माण गर्ने दुवै काम वास्तवमै महत्त्वपूर्ण छन्। परमेश्‍वरको घरको काममा कुन कुरा सबैभन्दा लाभदायी छ भनेर हामीले थप छलफल गर्नुपर्छ।” मैले सोचेँ: “के थप छलफल? सिस्टर झोउले मलाई चाहिएका मानिसहरू लैजाँदैछिन्, मैले आफ्ना कुनै पनि प्रशिक्षार्थीलाई राख्न पाउँदिन, त्यसैले सबैले मेरो बारेमा के सोच्लान्? जे भएपनि, यस पटक मैले नेतृत्वसँग कुरा गर्नुपर्छ र उनीहरूलाई यसबारे छलफल गर्न लगाउनुपर्छ, नत्र यो साँच्चै अपमानजनक हुनेछ।”

म घर पुग्नासाथ उनीहरूलाई चिठी लेख्न लागेकी थिएँ, तर के लेख्ने मलाई थाहा थिएन। आ भइहाल्यो भन्ने मलाई लाग्यो। मैले सिस्टर याङसँग सीधै कुरा गर्नुपर्छ र उनलाई मलजलको काम गरिरहनू भन्नुपर्छ, ताकि म उनलाई राखिराख्न सकूँ। मैले सिस्टर याङलाई पत्र लेख्न लागेकी थिएँ, मेरो दिमाग शून्य भयो र के भन्ने थाहा भएन। मलाई साह्रै असहज महसुस भयो र पहिला के भएको थियो सबै कुराबारे फेरि सोचेँ। मेरा प्रशिक्षार्थीहरूलाई सिस्टर झोउकहाँ स्थानान्तरण गर्दा म किन रिसाएकी थिएँ र नेतृत्वलाई गुनासो समेत गर्न चाहेँ? सिस्टर याङलाई फिर्ता पाउन म किन यति दृढ थिएँ? अनि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आफूलाई शान्त पार्न थालेँ र परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “परमेश्‍वरको घरमा, जबसम्म मानिसहरू सत्यको पछि लाग्छन्, तबसम्म उनीहरू परमेश्‍वरको सामु एकतामा हुन्छन्, विभाजित हुँदैनन्, र उनीहरूको एउटै साझा लक्ष्य हुन्छ, र त्यो हो: आफ्नो कर्तव्य पूरा गर्नु, आफ्नो काम गर्नु, सत्यका सिद्धान्तहरूअनुसार काम गर्नु, र परमेश्‍वरको इच्छा पूरा गर्नु। यदि तेरा उद्देश्यहरू यसतर्फ लक्षित छैनन् तर तेरो आफ्नै लागि, तेरा आफ्नै स्वार्थी अभिलाषाहरू पूरा गर्नका लागि लक्षित छन् भने, यो भ्रष्ट शैतानी स्वभावको प्रकटीकरण हो। परमेश्‍वरको घरमा, व्यक्तिको कर्तव्य सत्यको सिद्धान्तअनुसार गरिन्छ। अविश्‍वासीहरूका कार्यहरू उनीहरूका शैतानी स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। यी दुई अति फरक मार्गहरू हुन्। अविश्‍वासीहरूमाझ, प्रत्येक व्यक्तिले आफ्ना कुरा आफैसँग गर्छ, प्रत्येकसँग आफ्नै उद्देश्य र योजनाहरू हुन्छन्, प्रत्येक व्यक्ति आफ्नै स्वार्थका लागि जिउँछ। यसरी उनीहरू आफूले लिन सक्‍ने कुनै पनि फाइदाका लागि लड्न बाध्य हुन्छन्। उनीहरू पूर्ण रूपले भिन्‍न, विभाजित, बेमेलको अवस्थामा हुन्छन्, किनकि उनीहरूको साझा लक्ष्य हुँदैन। तैपनि उनीहरूको उद्देश्यको प्रकृति एउटै हुन्छ—उनीहरू सबै आफ्नै लागि कार्य गर्छन्। यसमा, सत्यले शासन गर्दैन, शैतानको भ्रष्ट स्वभावसँग पूर्ण शक्ति र प्रभुत्व हुन्छ, आफूमाथिको आफ्नो नियन्त्रण भ्रष्ट शैतानी स्वभावद्वारा खोसिएको हुन्छ—जसको परिणामस्वरूप उनीहरू पापमा अझ गहिरो गरी डुब्छन्। परमेश्‍वरको घरमा, यदि तिमीहरूका कार्यहरूको सिद्धान्त, तरिका, प्रेरणा, र सुरुआत बिन्दु अविश्‍वासीहरूका भन्दा फरक हुँदैन भने, यदि तिमीहरूका कार्यहरू पनि भ्रष्ट शैतानी स्वभावको चलाकी, नियन्त्रण र दाउपेचको अधीनमा हुन्छ र सुरुआती बिन्दु तिमीहरूका आफ्नै स्वार्थहरू, घमन्ड र प्रतिष्ठा हुन्छ भने, तिमीहरूले गरेका कर्तव्य अविश्‍वासीहरूका कार्यहरूभन्दा फरक हुँदैनन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्ना कर्तव्यहरूमा कसरी परमेश्‍वरका वचनहरू अनुभव गर्ने”)। “निर्दयी मानवजाति! मौन सहमति र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सम्पत्तिको निम्ति लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवारहरू, छोराहरू र छोरीहरूको खातिर, आफ्नो जीविकोपार्जनको, भविष्य, प्रत्याशाहरू, ओहदा, महत्वाकांक्षा, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै रुचिहरूबाट काम नगर्नेहरू कति मानिसहरू छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरूलाई थिचोमिचो गर्दैनन् वा बहिष्‍कार गर्दैनन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ)। त्यसपछि, मैले हिजोआज कस्तो काम गरिरहेकी छु भनेर सोचेँ। के म आफ्नो इज्जत र हैसियतका लागि अरूसँग लड्ने स्थितिमा थिइनँ र? एक जना अगुवाले मलाई सिस्टर सियायोदानलाई जगेर्ना गर्न भनिन् र मेरो पहिलो सोच त्यसले हाम्रो मलजल टोलीको नतिजा राम्रो बनाउन र मेरा सीप प्रदर्शित गराउन सक्नेछ अनि अगुवाहरूको अनुमोदन प्राप्त गर्न सक्छु भन्ने थियो, त्यसैले मैले उनलाई तालिम दिन कुनै कसर बाँकी छोडिनँ। उनलाई भिडियो निर्माणमा सरुवा गरिँदैछ भनेर सुन्दा, यदि मैले अर्को राम्रो कर्मचारी भेट्टाउन सकिनँ भने हाम्रो काममा धक्का पुग्छ, त्यसपछि म नेतृत्वको अगाडि नराम्रो देखिनेछु र मेरो पद गुम्नेछ भनेर म डराएँ। म सिस्टर झोउविरुद्ध पक्षपाती भएँ र नेतृत्वलाई मेरो पक्षमा उभिन र सिस्टर झोउलाई निराकरण गर्न लगाउन प्रयास गरेँ। त्यसपछि, सिस्टर याङको सरुवा हुन लागेको सुनेपछि म सिस्टर लीसित कड्किएँ, सिस्टर याङलाई राख्न सिस्टर झोउसँग कुरा नगरेकोमा उनलाई दोष लगाएँ, र नेतृत्वलाई गुनासो गर्न र उनलाई फिर्ता लिन समेत चाहेँ, र मैले सबै ब्रदर-सिस्टरहरूसँग मेरो हैसियत र छवि कायम राख्नलाई नै यो गरेकी थिएँ। मैले अविश्‍वासीले जस्तै व्यवहार गरिरहेकी थिएँ, आफ्नो नाम र हैसियतको लागि लडेँ, शैतानी स्वभावमा जिएँ। परमेश्‍वरको घरले मानिसहरूलाई जगेर्ना गर्छ ताकि ब्रदर-सिस्टरहरूले आफ्नो क्षमताको सदुपयोग गर्न सकून् र सुसमाचार सुनाउने आफ्नो भूमिका निर्वाह गर्न सकून्। तर मैले मानिसहरूलाई जगेर्ना गर्ने कर्तव्यलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यमको रूपमा लिइरहेकी थिएँ, आफ्नो इज्जत र हैसियत जोगाउन अरूसँग होडबाजी गरेँ। त्यो सामान्य मानवता होइन! किन म सधैँ आफ्नो इज्जत र हैसियतको लागि अरू मानिसहरूसँग लडिरहेकी छु भनेर मैले आफैलाई प्रश्न सोध्नुथियो।

मैले खोजी गर्दा, परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूका माझमा मण्डलीको नेतृत्व पदहरू तथा ख्यातिको निम्ति प्रतिस्पर्धा गर्छन्, तब परमेश्‍वरको मण्डलीको काम तथा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई तिनीहरूले कति नराम्रोसित क्षति पुर्याउन सक्लान् भनी तिनीहरूले विचार गर्दैनन्। तिनीहरूले आफ्ना महत्वाकांक्षाहरू र चाहनाहरूलाई सन्तुष्ट गर्न सकिन्छ कि सकिँदैन, अनि तिनीहरूका आफ्नै ओहोदा र ख्यातिको निम्ति कुनै खतरा छ कि छैन भनेर मात्र विचार गर्छन्। सबैतिर भएको मण्डलीहरूमा अनि परमेश्‍वरका चुनिएका मानिसहरूको माझमा तिनीहरूको भूमिका अरू केही नभई शैतानका कारिन्दाहरू हुनु हो। तिनीहरू साँचो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू होइनन्, न त परमेश्‍वरलाई पछ्याउने मानिसहरू नै हुन्, झन् सत्यतालाई प्रेम र स्वीकार गर्ने मानिसहरू हुने त परको कुरा हो। त्यसैकारण, जब तिनीहरूका अभिप्रायहरू र लक्ष्यहरू हासिल हुँदैन, तब तिनीहरूको पहिलो तरिका भनेको सत्यतालाई खोजी गर्नु वा यसलाई आज्ञापालन सहित अघि बढाउनु भन्‍ने हुँदैन। यसको साटोमा, यो हरेक तहका अगुवाहरूसित कसरी लड्ने, कसरी परमेश्‍वरको चुनिएका मानिसहरूको निम्ति परमेश्‍वरको घर र ख्रीष्टसित लड्ने, कसरी मण्डलीमा आफ्नो दृढ आधार छ भनी सुनिश्चित हुने अनि कसरी ओहोदा हासिल गर्ने भनी सोच्न आफ्नो दिमाग खियाउनु हो। तिनीहरूले ओहोदा हासिल गर्ने आफ्नो लडाइँमा आफूलाई असफल हुन दिँदैनन् अनि तिनीहरूको लक्ष्य परमेश्‍वरका चुनिएकाहरूमाथि नियन्त्रण हासिल गर्नु हो। तिनीहरूले दिन र रात चासो लिने कुराहरू यिनै हुन्।” “ख्रीष्टविरोधीहरूले सत्यताका सिद्धान्तहरू, परमेश्‍वरका आदेशहरू अनि परमेश्‍वरको घरको कामलाई कसरी लिने अथवा तिनीहरूले सामना गरेका कुनै पनि कुरालाई कसरी निराकरण गर्ने भनी गम्भीर ध्यान दिन्छन्। तिनीहरूले कसरी परमेश्‍वरको इच्छालाई पूरा गर्ने, कसरी परमेश्‍वरको घरका चासोहरूलाई नष्ट हुनदेखि रोक्ने, कसरी परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने वा कसरी ब्रदर र सिस्टरहरूलाई लाभ पुर्याउने भनी ध्यान दिँदैनन्; तिनीहरूले ध्यान दिने कुराहरू यी होइनन्। ख्रीष्टविरोधीहरूले ध्यान दिने कुराहरू भनेका, कुनै कुराले तिनीहरूको आफ्नै ओहोदा र ख्यातिलाई असर पर्छ कि पार्दैन, अनि तिनीहरूको प्रतिष्ठा घट्न सक्छ कि सक्दैन भन्ने कुराहरू हुन्। यदि सत्यताका सिद्धान्तहरू अनुसार कुनै कार्य गर्दा त्यसले मण्डलीको कामलाई फाइदा पुर्याउँछ र ब्रदर तथा सिस्टरहरूलाई फाइदा पुर्याउँछ, तर तिनीहरूको आफ्नै ख्यातिलाई नराम्रोसित असर पुर्याउँछ र धेरै मानिसहरूलाई तिनीहरूको साँचो अवस्था र तिनीहरूसित कस्तो प्रकारको प्रकृति र सार छ भनी महसुस गराउँछ भने, तिनीहरूले पक्कै पनि सत्यताका सिद्धान्तहरू अनुसार काम गर्नेछैनन्। यदि कुनै निश्चित प्रकारले काम गर्दा त्यसले तिनीहरूलाई परमेश्‍वरको घरभित्र उच्च प्रतिष्ठा हासिल गर्न सक्षम तुल्याउँछ, यस क्रममा धेरै मानिसहरूलाई तिनीहरूको गुण गाउन लगाउँछ, सराहना र प्रशंसा गर्न लगाउँछ अनि तिनीहरूका वचनहरूलाई अख्तियारयुक्त तुल्याउँछ अनि धेरै मानिसहरूलाई तिनीहरूको अधीनमा हुने तुल्याउँछ भने तिनीहरूले त्यस्तै प्रकारले काम गर्न रोज्नेछन्, नत्रभने तिनीहरूले परमेश्‍वरका घरको वा ब्रदर र सिस्टरहरूका चासोहरूको बिलकुल ध्यान दिनेछैनन् अनि त्यसपछि तिनीहरूले आफ्नै चासोहरूलाई पनि लत्याउनेछन्। यो ख्रीष्टविरोधीहरूको प्रकृति र सार हो। के यो स्वार्थी र नीच कुरा होइन र? कुनै पनि परिस्थितिमा, ख्रीष्टविरोधीहरूले ओहोदा र ख्याति सबैभन्दा ठूलो महत्त्वको रूपमा हेर्छन्, कसैले तिनीहरूसित प्रतिस्पर्धा गर्न सक्दैनन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन)”)। परमेश्‍वरले ख्रीष्टविरोधीहरूलाई अति स्वार्थी, आफ्नो हितलाई सबैभन्दा माथि राख्ने व्यक्तिको रूपमा खुलासा गर्नुहुन्छ। यदि कसैले तिनीहरूको नाम र हैसियतमा धक्का पुऱ्यायो भने, उनीहरूसँग लड्न तिनीहरू आफ्नो दिमाग खियाउँछन्, परमेश्‍वरको घरलाई फाइदा हुने कुराबारे तिनहरू कुनै विचार गर्दैनन्। मैले आत्मसमीक्षा गरेँ र ख्रीष्टविरोधी जस्तै काम गरिरहेको रहेछु भनेर महसुस गरेँ। मैले सिस्टर सियायोदान र सिस्टर याङलाई मेरो आफ्नै प्रयोगको लागि तालिम दिन र मेरो कार्य प्रस्तुतिलाई सुधार गर्न अनि अगुवाहरूको अनुमोदन प्राप्त गर्न उनीहरूलाई फिर्ता ल्याउन चाहन्थेँ। सिस्टर झोउले उनीहरूलाई स्थानान्तरण गर्दा र मेरो प्रतिष्ठामा धक्का पुऱ्याउँदा, म उनीसँग सिधै लड्न चाहन्थेँ, मेरो व्यवहारले ब्रदर-सिस्टरहरू र परमेश्‍वरको घरको हितलाई हानि पुऱ्याउन सक्छ भनेर सोचिनँ। मैले आफ्नै हितबारे मात्र सोचिरहेकी थिएँ। म एकदमै स्वार्थी थिएँ, मसँग मानवता र तर्कशक्ति छँदैथिएन। ब्रदर-सिस्टरहरू परमेश्‍वरका हुन्उ—नीहरू कसैको निजी सम्पत्ति होइनन्। उनीहरूको क्षमता र शक्ति सबै परमेश्‍वरद्वारा निर्धारित थिए, र उहाँको कामको लागि उनीहरूलाई ती दिइएका थिए। “तेरो र मेरो” वा “जसले मह काड्छ उसैले हात चाट्छ” भन्ने कुरा आउँदैन। परमेश्‍वरको घरमा जहाँ आवश्यकता पर्छ त्यहीँ मानिसहरू जानुपर्छ। त्यो स्पष्टै सही कुरा हो। सिस्टर झोउले सिद्धान्त पालन गर्नु र मानिसहरूलाई उनीहरूको क्षमताअनुसार परमेश्‍वरको घरका लागि प्रशिक्षण दिनु व्यावहारिक र उचित थियो। तर मैले पहिला ती दुई सिस्टरहरूमा आँखा गाढेँ, त्यसैले उनीहरूलाई कसैले छुनुहुँदैन भन्ने सोच पालेँ र परमेश्‍वरको घरको लागि मानिसहरूलाई तालिम दिँदा समेत, उनीहरूलाई आफ्नो व्यक्तिगत सम्पत्ति, मेरो व्यक्तिगत सहायकहरू जस्तै व्यवहार गरेँ, आफ्नै महत्वाकाङ्क्षा र चाहना पूरा गर्न उनीहरूलाई प्रयोग गरेँ। सिस्टर झोउको कार्यले मेरो नाम र हैसियतमा धक्का पुऱ्याउँदा, मैले उनलाई रोक्न चाल चल्ने प्रयास गरेँ र आफ्नो कुण्ठालाई ओकलेँ। के त्यो “यी मेरा भेडा हुन् र कसैले चोर्न सक्दैन” भनी दाबी गर्ने चर्चका पादरी जस्तै हुनु होइन र? पाष्टर र एल्डरहरूले विश्‍वासीहरूबीच आफ्नो हैसियत कायम राख्न र आफ्नो जीविकोपार्जन जोगाउन परमेश्‍वरको कामको आलोचना र निन्दा गर्छन्। तिनीहरूले विश्‍वासीहरूलाई साँचो मार्गबारे अनुसन्धान गर्नबाट रोक्छन्, मण्डलीहरूलाई तिनीहरू आफ्नो मुठीमा बलियोगरि नियन्त्रणमा राख्छन्। मैले तालिम दिएकाहरूलाई म पनि बलियोगरि आफ्नो मुट्ठीमा राख्न चाहन्थेँ र यसरी मैले अगुवाहरूको अनुमोदन पाउन र मण्डली सदस्यहरूको सम्मान प्राप्त गर्न, अनि उनीहरूलाई सरुवा हुन नदिन खोजेँ। कसरी म ती कपटी, धूर्त पादरी सदस्यहरूभन्दा फरक थिएँ र? के म परमेश्‍वरविरुद्धको ख्रीष्टविरोधी मार्गमा थिइनँ र? यो कुरा थाहा पाउँदा म त खङ्ग्रङ्ग भएँ। म कति स्वार्थी र घृणित रहेछु भनेर बुझेँ, मैले परमेश्‍वरको घरको कामलाई पटक्कै कायम गरिरहेकी थिइनँ, तर आफ्नै हितलाई मात्र ध्यान दिइरहेकी थिएँ। नाम र हैसियत कमाउने चाहनाले अरू केही देखिनँ—कति खतरनाक। मैले मण्डलीबाट निकालिएका ख्रीष्टरोधीहरूबारे सोचेँ। पश्चत्ताप नगरी नाम र हैसियतको पछि लागेका कारण र असाध्यै खराब काम गर्न पुगेकाले गर्दा तिनीहरूलाई निष्कासित गरिएको थियो। यदि म त्यही मार्गमा लागिरहेँ भने मेरो नतिजा पनि त्यस्तै हुनेछ भन्ने मलाई थाहा थियो।

मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “तँलाई कहिले निरन्तर प्रतिस्पर्धा गर्ने चाहना हुन्छ त्यो थाहा हुनुपर्छ। त्यसलाई समाधान नगरी छोडियो भने, तेरो प्रतिस्पर्धा गर्ने चाहनाले खराब चीजहरूतिर मात्र डोऱ्याउँछ, त्यसैले सत्यताको खोजी गर्नको लागि समय खेर नफाल्, तेरो प्रतिस्पर्धात्मकतालाई कोपिलामा नै चुँडाइदे, र यो प्रतिस्पर्धात्मक व्यवहारको स्थानमा सत्यताको अभ्यास गर। जब तैँले सत्यताको अभ्यास गर्छस्, तेरो प्रतिस्पर्धात्मकता, अनियन्त्रित आकांक्षाहरू, र चाहनाहरू पूर्ण रूपमा कम हुनेछन्, र परमेश्‍वरको घरको काममा बाधा दिनेछैनन्। यसरी, तेरा कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ र प्रशंसा गर्नुहुनेछ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन)”)। यसले मलाई अभ्यासको मार्ग दियो। म आफ्नो व्यक्तिगत हितका लागि लडिरहेकी बेला, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्थ्यो र आफूलाई त्याग्नुपर्थ्यो, आफ्ना इच्छाहरू छोड्नुपर्थ्यो, सत्यताका सिद्धान्त खोजी त्यसको पालन गर्नुपर्थ्यो। सिस्टर सियायोदान र सिस्टर याङलाई जहाँ खटाइए पनि, मानिसहरूलाई जगेर्ना गर्नु परमेश्‍वरको घरका लागि थियो, र कर्तव्य पालन गर्नु र परमेश्‍वरको गवाही दिनु हाम्रो अन्तिम लक्ष्य थियो। आफ्नो नाम र हैसियतको लागि नलडेर म खुसी हुनुपर्छ। र परमेश्‍वरको घरमा जगेर्ना गर्ने सिद्धान्त छ। यो, मण्डलीको कामको आवश्यकतामा आधारित हुन्छ, अनि मानिसहरूको क्षमताअनुसार हुन्छ। कुनै पनि कर्तव्यका लागि मानिसहरूको योग्यता उनीहरूको क्षमताको आधारमा निर्धारण गर्नुपर्छ। यदि कसैसँग धेरै प्रतिभा छन् भने, जुन कुरामा उसको सबैभन्दा राम्रो क्षमता छ, उसले त्यही काम गर्नुपर्छ। यदि कुनै कर्तव्यमा धेरै मानिसहरू चाहिएको छ, त्यस्ता मानिसहरू पाउन गाह्रो छ र त्यो पदपूर्ति गर्ने अरू कोही छैन, र साथै ती व्यक्ति तयार र इच्छुक छन् भने, उनलाई त्यही कर्तव्यमा लगाउनुपर्छ। भिडियो निर्माणका लागि क्षमता र योग्यता भएका मानिसहरू धेरै हुँदैनन्। तर मलजल गर्ने कामका हकमा, शुद्ध बुझाइ भएका र राम्रो सङ्गति गर्ने प्रेमिलो र धैर्यवान व्यक्तिले त्यो कर्तव्य राम्ररी गर्न सक्छन्। हामीसँग भिडियो निर्माणभन्दा मलजल गर्ने कर्तव्यका लागि धेरै कर्मचारी छन्। सिस्टर सियायोदानले कलेजमा चित्र सम्पादन गर्थिन्, त्यसैले उनीसँग भिडियो निर्माणको लागि केही सीप थिए। उनी पनि त्यसबारे सिक्न इच्छुक थिइन्, त्यसैले, सिस्टर झोउले उनलाई त्यस कर्तव्यमा राख्नु व्यावहारिक थियो। मैले सिस्टर सियायोदानलाई प्रशिक्षार्थीको रूपमा गुमाए पनि, जगेर्ना गर्नका लागि अरू ब्रदर-सिस्टरहरू भेट्टाउन सक्थेँ। मलाई अलि बढी समय र प्रयास मात्र आवश्यक पर्थ्यो। यी सबै बुझेपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, आफ्नो मनसाय सच्याउन र कर्तव्यमा सिद्धान्तहरू पालन गर्न तयार भएँ। यदि सिस्टर याङसँग भिडियो निर्माण गर्ने क्षमता छ भने त्यो स्वीकार्न अनि आफ्नो इज्जत र हैसियतका लागि सिस्टर झोउसँग संघर्ष गर्न छोड्न म तयार थिएँ।

सिस्टर झोउले केही दिनपछि अर्को मण्डलीले उनका लागि दुई जना कर्मचारी पठाइएकोले उनलाई अब सिस्टर सियायोदान र सिस्टर याङको आवश्यकता नपरेको भनी खबर पठाइन्। उनीहरूलाई सम्बन्धित उपयुक्त काममा फेरि लगाउन सकिने उनले बताइन्। यो परमेश्‍वरले नै प्रबन्ध गर्नुभएको हो भनेर म निश्चित थिएँ। मैले इमानदारीसाथ आफ्ना महत्वाकाङ्क्षा र चाहनालाई त्याग्दा कामकुरा परिवर्तन भयो। ती सबै कुरामा म हाँसोको पात्र भइरहेकी थिएँ। त्यो साँच्चै लाजमर्दो कुरा थियो। त्यसपछि, मैले ती सिस्टरहरूलाई मलजल गर्ने कर्तव्यमा फर्कने प्रबन्ध मिलाएँ। त्यसको केही समयपछि नै, अर्की मण्डली अगुवाले सिस्टर याङलाई लेखन कर्तव्यका लागि लैजाँदैछिन् भन्ने मैले सुनेँ। मैले सोचेँ, सिस्टर याङ मलजल गर्ने काममा एकदमै राम्रो छिन्, त्यसैले उनलाई किन त्यो कर्तव्यबाट अन्त कतै पठाउने? म उनीसग कुरा गर्न र उनलाई मलजल गर्ने कर्तव्यमा नै बस्नू भन्न चाहन्थेँ। यदि उनले लेखन कर्तव्य सम्हालिन् भने, के मेरो सबै प्रयास खेर जाँदैनन् र? यी सोचाइ आउँदा, फेरि नाम र हैसियतको लागि लडिरहेकी छु भन्ने मलाई महसुस भय़ो, त्यसैले, मैले तुरुन्तै प्रार्थना गरेँ, आफूलाई त्याग्न र परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्न मलाई मार्गदर्शन दिनुहोस् भनी परमेश्‍वरलाई बिन्ती बिसाएँ। सिस्टर याङलाई जहाँ पठाइए पनि, त्यो पक्कै पनि मण्डलीको आवश्यकताको लागि हुनेथियो। मैले नाम र हैसियतको लागि काम नगरी त्यो स्वीकार गर्नुपर्थ्यो। त्यसरी सोच्दा मलाई धेरै सहज महसुस भयो। पछि मैले ती अगुवालाई देखेँ र उनले भनिन्, उनले हालै सिस्टर याङका केही गवाही पढेकी थिइन्, र ती व्यावहारिक र राम्रोसित लेखिएका थिए। सिस्टर याङलाई पनि लेख लेख्न मन पर्थ्यो र उनका निबन्धहरू सुव्यवस्थित र अन्तरदृष्टिपूर्ण थिए। उनी त्यो कर्तव्यको लागि एकदमै उपयुक्त देखिन्थिन्। त्यो सुनेर म रिसाइनँ वा निराश भइनँ, तर मुस्कुराउँदै भनेँ, “परमेश्‍वरलाई धन्यवाद! मलाई थाहा छ, पहिले भएको भए म नाम र हैसियतको लागि लड्नेथिएँ, तर परमेश्‍वरको वचनमा प्रकट भएको कुरा मार्फत, म कति स्वार्थी छु, त्यसलाई परमेश्‍वर कत्ति घृणा गर्नुहुन्छ भनेर मैले बुझेकी छु, र जुनसुकै प्रबन्ध भए पनि, त्यो सिद्धान्तमा आधारित हुन्छ, भनेर मलाई थाहा छ। सिस्टर याङ राम्रो लेखिका हुन्, त्यसैले, उनलाई लेखन कर्तव्यमा खटाउनु परमेश्‍वरको इच्छा हो र मलाई कुनै आपत्ति छैन।” मेरो कुरा सुनेर अगुवा मुस्कुराइन्।

यो अनुभवले मलाई साँच्चै के देखायो भने, आफ्नो नाम र हैसियतको लागि लड्नुको सट्टा परमेश्‍वरको घर र ब्रदर-सिस्टरहरूको हितलाई विचार गर्दा मलाई सहज र हृदयमा शान्ति अनुभूति भयो। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्