ईर्ष्याको उपचार

11 अक्टोबर 2021

क्षुन्‍क्‍वी, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको फोहोर छ, र यो अशुद्ध कुरा हो। मानिसहरू देहको मनोरञ्जनको अति नै लोभ गर्दछन् र देहका प्रकटीकरणहरू धेरै छन्; यसैकारण परमेश्‍वरले मानिसको देहलाई केही हदसम्म तुच्छ ठान्नुहुन्छ। जब मानिसहरूले शैतानका फोहोर र भ्रष्ट थोकहरू फ्याँक्छन्, तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्छन्। तर यदि तिनीहरूले अझै आफूलाई फोहोर र भ्रष्टताबाट अलग गर्दैनन् भने, तिनीहरू अझै पनि शैतानको अधिकार क्षेत्रमा जिइरहेका हुन्छन्। मानिसहरूले गर्ने गुप्त सहायता, छलकपट र कुटिलपन सबै शैतानका कुराहरू हुन्। परमेश्‍वरले दिनुहुने मुक्ति तँलाई शैतानका यिनै कुराहरूबाट मुक्त गर्नका निम्ति हो। परमेश्‍वरको काम गलत हुन सक्दैन; यो सबै मानिसहरूलाई अन्धकारबाट मुक्त गर्नका लागि गरिन्छ। जब तैँले एक निश्चित बिन्दुसम्‍म विश्‍वास गरेको छस् र आफूलाई देहको भ्रष्टताबाट अलग गर्न सक्छस्, र अब उप्रान्त यो भ्रष्टताको बन्धनमा रहँदैनस्, तब के तैँले मुक्ति पाएको हुँदैनस् र? जब तँ शैतानको अधिकार क्षेत्रमा जिउँछस् तब तँ परमेश्‍वरलाई प्रकट गर्न असमर्थ हुन्छस्, तँ कुनै फोहोर वस्तु हुन्छस् र परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्। तँलाई शुद्ध पारिएपछि र सिद्ध बनाइएपछि, तँ पवित्र हुनेछस्, तँ एक सामान्य मानिस हुनेछस्, र तैँले परमेश्‍वरबाट आशिष् पाउनेछस् र तँ परमेश्‍वरका निम्ति आनन्दको मानिस बन्‍नेछस्” (वचन देहमा देखा पर्नुहुन्छको “अभ्यास (२)”)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेको कुरा भनेको हामीसँग ईर्ष्यालु सङ्घर्ष तथा अन्तरवैयक्तिक विवाद हुन्छन् किनभने हामी शैतानबाट भ्रष्‍ट बनाइएका छौँ, र हामी सबै कपटी र दुष्‍ट शैतानी स्वभावसँगै बाँच्छौ र धेरै स्वार्थी पनि छौँ। ईर्ष्यालु भएर म जिएको पनि एउटा समय थियो, जसमा म मानिसहरूविरुद्ध निरन्तर योजना बनाउँथे र ख्याति र प्राप्तिका लागि प्रयत्नशील थिए। यसरी जिउनु भनेको पीडादायी हो, तर मैले आफूलाई मुक्त बनाउन सकिनँ। म अलिकति परिवर्तन हुनसक्नु र त्यो पीडाबाट उम्किनसक्नुमा यसको सम्पूर्ण श्रेय परमेश्‍वरको न्याय र सजायलाई जान्छ।

सन् २०१७ को जुन महिनाको कुरा हो, भेला हुने केही ठाउँहरूका लागि मण्डलीको जीवनको जिम्मेवारीसहित, मलाई मण्डलीमा टोली अगुवाको कर्तव्य दिइएको थियो। उक्त कर्तव्य पाएकोमा म एकदमै खुशी थिए र परेमश्‍वरले मलाई उठाउँदै हुनुहुन्छ, र परमेश्‍वरको प्रेमलाई तिर्न मैले कर्तव्यलाई राम्ररी निभाउनुपर्छ भन्ने भान भएको थियो। त्यसपछिका भेलाहरूमा म सङ्गतिमा एकदमै सक्रिय भएँ र जब मैले दाजुभाइ र दिदीबहिनीहरूले समस्या भोगेको, वा खराब अवस्थामा देख्थेँ, म सङ्गति गर्नका लागि परमेश्‍वरका वचनहरू खोज्थेँ र समस्याको समाधान गर्थे। केही समयपछि अरुले मलाई सकारात्मक रूपमा लिन थाले र भेलाहरूमा सङ्गतिको माध्यमबाट म व्यावहारिक सवालहरूको समाधान गर्नसक्छु, म मेरो कर्तव्यको लागि जिम्मेवारी लिन्छु र दाजुभाइ तथा दिदीबहिनीप्रति मायालु छु भनेर भनेँ। यो सुनेपछि म आफूसँग एकदमै खुशी भए।

त्यसको केही समयपछि, मैले मण्डलीको अगुवाका लागि चुनाव हुँदैछ भन्ने कुरा सुनेँ र सोचेँ, “सबैले मेरो बारेमा राम्रो सोच्छन्, त्यसैले यो पदका लागि म योग्य हुनसक्छु। यदि म निर्वाचित भएँ भने, दाजुभाइ र दिदीबहिनीहरूले त मलाई झनै धेरै आदर गर्नेछन्।” पछि, चुनावबाट म र सिस्टर याङ्ग दुवै मनोनित भयौँ। उनले मभन्दा अलिकति धेरै मत पाएकी थिइन् जसले गर्दा म अलिकति झस्किएँ। मैले सोचेँ, “म मेरो कर्तव्यप्रति जिम्मेवार छु र म व्यावहारिक काम गर्नसक्छु। उनले मभन्दा धेरै मत कसरी ल्याउन सक्छिन्?” तर त्यसपछि मैले सोचेँ, “यो मनोनयन मात्रै हो, अन्तिम निर्वाचन होइन। मसँग अझै मौका बाँकी छ। मैले आफूलाई अब सत्यताबाट सुसज्जित बनाउनुपर्छ र अरुलाई उनीहरूको जीवन प्रवेशमा भएका कठिनाइहरू समाधान गर्न अझ धेरै सहयोग गर्नुपर्छ ताकि मेरो तुलनामा उनीसँग केही पनि छैन भनेर सबैले देखुन्, त्यसपछि त म निर्वाचित हुने पक्का!” अघिल्लो भेलामा सिस्टर वाङ्गले ल्याएको एउटा समाधान हुन नसकेको समस्याको बारेमा मैले सोचेँ, त्यसैले उनीसँगको अर्को सङ्गतिका लागि उपयुक्त हुने परमेश्‍वरका केही वचनहरू हतार-हतार तयारी गरे। जब भेला हुने दिन आयो, म हाम्रो बैठक स्थलमा गए, तर म पुग्दानपुग्दै मैले सिस्टर वाङ्गसँग सिस्टर याङ्गले सङ्गति गरेको देखेँ। म एकदमै दुःखी भए। मैले सोचेँ, “म आज यहाँ सङ्गतिमा उनको समस्या समाधान गर्न आएकी थिएँ र तिमीले पहिले बाजी मार्‍यौँ! यदि तिमीले यसको समाधान गरिसक्यौँ भने म के गर्न सक्छु भनेर कसरी देखाउन सक्छु?” सिस्टर याङ्गको सङ्गतिपछि सिस्टर वाङ्गको अनुहारमा निश्चय नै मुस्कान छायो र सहमतिमा अन्य दाजुभाइ र दिदीबहिनीहरूले टाउको हल्लाए। यो हेर्न मलाई वास्तवमै खुशी लागेन। उनले मेरो महिमा लुटिन् भनेर सोच्दै, म सिस्टर याङ्गप्रति ईर्ष्यालु भए। मैले सोचेँ, “यो भेलामा तिमी आउनुअघि, सबैले मेरो सङ्गति सुन्न चाहान्थे। तर अहिले सबैजना तिमीलाई नै मान्छन् र मेरो बारेमा अलिकति पनि सोच्दैनन्।” त्यति बेला सबैजना सङ्गतिमा खुशी-खुशी सहभागी भएका थिए, तर मैले त्यो सहन सकिन र बाहिर निस्किए।

जब म घर पुगेँ म खाटमा दुःखी हुँदै बसेँ, जति त्यसको बारेमा चिन्ता गर्थेँ, उति नै दुःखी हुन्थिएँ। मैले सोचेँ, “यदि यस्तै चलिरह्यो भने, अगुवा हुने मेरो सम्भावना एकदमै झिनो बन्नेछ। यसरी हुँदैन, म सङ्गतिमा अझै सक्रिय हुनैपर्छ। अब पनि म उनीसँग हारिरहन सक्दिनँ।” पछि चिनियाँ कम्युनिस्ट पार्टीले गरेको अत्याचारलाई लिएर सिस्टर जियाङ्ग व्यग्र र आफ्नो कर्तव्यको दिशामा लाचार रहेका भएको पाएँ, अनि भेला अघि नै उनीसँग सङ्गति गर्न मैले परमेश्‍वरका केही वचनहरू हतार—हतार खोजी गरेँ। भोलिपल्ट म भेला हुने ठाउँमा अगाडि नै पुगेँ, तर अचम्म, सिस्टर याङ्ग त मभन्दा पनि अगाडि नै त्यहाँ पुगिसकेकी रहिछन् र सिस्टर जियाङ्गसँग सङ्गति गर्दै रहिछिन्। म निराश बनेँ र सोचेँ, “तिमीले यस्तो फेरि पनि कसरी गर्न सक्यौ? तिम्रो सङ्गतिमा के कस्तो कमजोरी छ भनेर मैले हेर्नैपर्छ। तिम्रो सङ्गतिले सबैकुरा समेट्छ भनेर म विश्‍वासै गर्न सक्दिन।” नचाहेरै पनि, म उनले के भन्छिन् भनेर उनीहरूको छेउमा गएर बसेँ। जब मैले सुने, मैले सिस्टर याङ्गले परमेश्‍वरको वचनहरूको सन्दर्भमा अभ्यासका केही मार्गहरूको बारेमा सङ्गति गरेको पाएँ, तर उनले सिस्टर जियाङ्गको कमजोरी र नकारात्मकताको मूल कारणको बारेमा कुरा गरेकी थिइनन्। मैले सोचेँ, “मेरो बुझाइ बताउन र सिस्टर याङ्गको प्रभाव घटाउनका लागि मैले यो मौकालाई भरपूर प्रयोग गर्नुपर्छ।” यो क्षणमा, मैले यसो भन्दै मेरो सङ्गति सुनाउन हतारिएँ, “सिस्टर, नकारात्मक अवस्थाको समाधान गर्नका लागि अभ्यासको पथ मात्र पर्याप्‍त हुँदैन। परमेश्‍वरले उहाँबाट छानिएका मानिसहरूलाई सिद्ध पार्न ठूलो रातो अजिङ्गरलाई प्रतिभारको रूपमा कसरी प्रयोग गर्नुहुन्छ भन्नेसँग सम्बन्धित सत्यताको बुझाइ पनि हामीसँग हुनुपर्छ। परमेश्‍वरको कार्य, सर्वशक्तिमान् क्षमता र बुद्धिको बुझाइले मात्रै हामी नकारात्मक अवस्थाबाट बाहिर आउन सक्छौँ। आऔँ परमेश्‍वरका केही वचनहरू सँगै पढौँ।” सिस्टर जियाङ्गले आफ्नो टाउको हल्लाउँदै गर्दा, मैले छड्के नजर सिस्टर याङ्गतिर घुमाए र उनलाई अलि पर अप्ठ्यारो मान्दै बसेको देखेँ। मैले भर्खरै युद्ध जितेको जस्तो महसुस गरेँ र सोचेँ, “मानिसहरूले तुलना गर्ने हो भने कसको सङ्गति वास्तवमा प्रभावकारी छ भनेर देख्न सक्छन्। म मेरो शिरलाई फेरि उठाउन सक्छु, र यसले म खराब छुइनँ भनेर प्रमाणित गर्छ।” त्यसपछि म मेरो कर्तव्यमा झन् धेरै सक्रिय हुन थालेँ। कोही खराब अवस्थामा छ वा अप्ठ्यारोको सामना गरेरहेको छ भनेर सुन्ने बित्तिकै, म अलिकति समय खेर नफाली परमेश्‍वरका वचनहरू खोज्थेँ, टिपोट गर्थे, र उनीहरूसँग सङ्गति गर्थे। जब कसैले सहमतिमा टाउको हल्लाउँथ्यो रोमाञ्चित हुन्थे, र जब कुनै पनि प्रतिक्रिया आउँदेनथ्यो म सहनै नसक्ने गरी व्यग्र हुन्थे, म जति धेरै आकुल हुन्थिए, अरुको अवस्था बुझ्न वा समाधान गर्न त्यति नै अक्षम हुन्थे। म झन्-झन् थकित महसुस गर्थे, र सोच्थेँ, “यदि यसरी नै चलिरह्यो भने दाजुभाइ र दिदीबहिनीहरूले मसँग सत्यताको वास्तविकता छैन भनेर जरुर भन्नेछन् र उनीहरूले मलाई अगुवाको रूपमा निर्वाचित गराउने छैनन्।” विशेषगरी मैले सिस्टर याङ्गले दाजुभाइ तथा दिदीबहिनीहरू सहमत हुने व्यावहारिक सङ्गति गरेको देखेँपछि, म झनै क्षुब्ध भए। मेरो ईर्ष्या र यसलाई स्वीकार गर्न नसक्ने मेरो अक्षमता सतहमा आयो। मैले उनलाई घृणा गर्न थालेँ र उनीसँग बोल्न पनि मन लाग्न छोड्यो। म ख्याति र प्राप्तिको लागि लडाइँ गरिरहेको अवस्थामा थिए। यो मेरो लागि एकदमै पीडादायी थियो। मैले परमेश्‍वरका वचनहरूबाट कुनै पनि अन्तर्दृष्टि पाइरहेकी थिइनँ, र प्रार्थना गर्दा म गर्नका लागि मात्रै प्रार्थना गर्थें र मलाई म परमेश्‍वरबाट टाढा-टाढा जाँदैछु भन्ने महसुस भयो।

पछि मैले परमेश्‍वरको प्रार्थना गरेँ र उहाँको अन्तर्दृष्टिका लागि अनुरोध गरेँ ताकि म मेरो भ्रष्‍ट स्वभाव बुझ्न र त्यो खराब अवस्थाबाट बाहिर आउन सकुँ। मेरो भ्रष्‍ट अवस्थाको बुझाइ मैले परमेश्‍वरका वचनहरूबाट मात्रै पाएँ। यी वचनहरूले यसो भन्छन्: “कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नोको बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्‍ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको कर्तव्यहरूको बारेमा वा परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले असल व्यक्तिको पक्षमा वकालत गर्छस् र त्यस व्यक्तिलाई मलजल वा जगेर्ना गरी सक्षम तुल्याउँछस र परमेश्‍वरको घरमा प्रतिभा भएको अर्को व्यक्ति थपिँदा, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरू पढेँपछि म लज्जित भएँ र सबै ईर्ष्यालु कुराहरू, मैले ख्याति र प्राप्तिका लागि गरेका सबै सङ्घर्षको बारेमा सोचेँ। मण्डलीमा अगुवा चुन्नका लागि निर्वाचन हुँदैछ भन्ने सुन्नासाथ मलाई उक्त पदका लागि एकदमै ठूलो चाह थियो, र मनोनयनका दौरान जब सिस्टर याङ्गले मभन्दा बढी मत पाएको मैले देखेँ मैले उनलाई प्रतिद्वन्द्वीको रूपमा हेर्न थाले, चुपचाप उनीविरुद्ध लड्दै र प्रतिस्पर्धा गर्दै। सत्यको बारेमा सङ्गतिमार्फत दाजुभाइ र दिदीबहिनीहरूको समस्या उनले समाधान गरेको देख्दा मलाई ईर्ष्या लाग्यो। उनले मेरो महिमा चोरेको जस्तो, नेतृत्वका लागि मेरो मौकामाथि धावा बोलेको जस्तो मैले ठानेँ। उनको सङ्गतिमा गल्ती र कमजोरी खोज्दै, म उनीविरुद्ध चुपचाप लड्न थालेँ। आफूलाई बढाइचढाइ गर्दै म उनलाई गोप्य रूपमा सानो देखाएँ, र उनको कर्तव्यको दौरान उनको सकारात्मकतालाई घटाएँ। जब उनलाई जित्न सक्दिन भन्ने मलाई आभाष भयो म उनीसँग चिढिन थालेँ र उनको कुरामा सहमत पनि हुन मन लागेको थिएन। म ख्याति र प्राप्तिका लागि प्रयत्नशील थिए र मेरो कर्तव्यको दौरान ईर्ष्यालु भएकी थिए। मैले उनको निन्दा गरेँ र उनलाई बहिष्कार गरेँ। मैले शैतानी व्यवहार मात्रै देखाएँ। म एकदमै स्वार्थी, नीच, र दुष्‍ट थिए। म मेरो जीवनलाई शैतानी स्वभावहरूमा आधारित बनाइरहेकी थिए, अरुलाई हानि मात्रै नभई, क्षुब्ध र पीडामा जिउँदै थिए। यसले मलाई तीन राज्यहरूको झ्यौ युको प्रेम कथाको याद दिलायो। ऊ एकदमै सङ्कीर्ण थियो, सधैँ झुजे लियाङ्गको ईर्ष्या गरिरहने, र मृत्यु हुनुभन्दा ठीक अगाडि उसले भन्यो, “लुको जन्म भएपछि, लियाङ्गको के आवश्यकता छ र?” उ रिस लिएरै मर्‍यो। के ती ईर्ष्याका डरलाग्दा परिणाम थिएनन् र? म उस्तै थिएँ भनेर मैले बोध गरेँ, म हैसियत पाउनका लागि मेरा प्रयासहरूमा ईर्ष्यालु थिएँ, यसले मेरो आफ्नै जीवन प्रवेशलाई मात्रै रोकिरहेको थिएन, बरु अरुलाई पनि हानि पुर्‍याइरहेको थियो। मसँग मानवता पूर्ण रूपमा थिएन। यो खराब र परमेश्‍वरको लागि घृणायोग्य थियो। वास्तवमा, मेरा कमजोर पक्षहरूलाई सुधार गर्नका लागि उनको गुणबाट सिक्ने आशा गर्दै, परमेश्‍वरले मलाई मभन्दा उच्च क्षमता भएको व्यक्तिसँग नजिकै रहने प्रबन्ध मिलाइदिनुभएको थियो। तर मैले लडाइँ र तुलना मात्रै गरेँ। अन्त्यमा मैले केही पनि प्राप्‍त गरिनँ र एकदमै पीडामा थिएँ। म एकदमै मूर्ख थिएँ। अनि, परमेश्‍वरको घरमा सत्यताको शासन चल्छ, र अगुवाहरूको चयनका लागि सिद्धान्तहरू छन्। कम्तीमा पनि, सत्यतालाई स्वीकार तथा अभ्यास गर्ने असल मानवता भएका केही व्यक्तिहरू छन्, तर, म सधैँ ईर्ष्यालु थिए, ख्याति र प्राप्तिका लागि सधैँ प्रतिस्पर्धा गरे, र कुनै पनि मानवता जिइरहेकी थिइनँ। यसले मलाई अगुवाको लागि अयोग्य बनायो। मैले लड्न रोक्नुपर्छ, सत्यको अभ्यासमा केन्द्रित हुनुपर्छ र परमेश्‍वरका वचनहरूअनुसार जिउनुपर्छ भन्ने मलाई थाहा थियो। त्यो मात्रै उपयुक्त मार्ग थियो। यो सबै बुझेपछि मैले साँच्चै हलुका महसुस गरेँ।

निर्वाचनको दिनमा मैले यो भनेर प्रार्थन गरेँ: “हे परमेश्‍वर! परिणाम जे भए पनि, म हजुरको आज्ञा मान्न इच्छुक छु, र म निष्पक्ष रूपमा मत हाल्छु।” तर जब वास्तवमै मत हाल्ने समय आयो म अझै हिचकिचाइरहेकी थिएँ। मैले सोचेँ, “यदि मैले सिस्टर याङ्गलाई मत दिएँ र उनले निर्वाचन जितिन् भने, मेरो बारेमा अरुले के सोच्लान्? उनीहरूले म उनको बराबरी होइन भनेर पक्कै भन्नेछन्।” त्यति नै बेला मेरो दिमागमा परमेश्‍वरका यी वचनहरू आए: “तैँले यी कुराहरूलाई छोडिदिन र पन्छाउन, अन्य व्यक्तिहरूलाई सिफारिस गर्न, अनि तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा गौरव प्राप्त गर्ने अवसर भेटाएको बेलामा फाइदा लिनको लागि संघर्ष वा हतार गर्ने नगर्। तैँले पछि हट्न सिक्नुपर्छ, तर आफ्नो कर्तव्य निर्वाह गर्न भने ढिलाइ गर्नु हुँदैन। यस्तो व्यक्ति बन्नू जो चुपचाप गुमनाम रहेर काम गर्छ, र जसले बफादारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहँदा अन्य व्यक्तिहरूलाई धाक देखाउँदै हिँड्दैन। तैँले आफ्नो प्रतिष्ठा र हैसियतलाई जति धेरै छाडिदिन्छस्, र तैँले आफ्ना चासोहरूलाई जति धेरै छाडिदिन्छस्, तँ त्यति नै धेरै शान्त हुनेछस् र तेरो हृदयभित्र त्यति नै धेरै ठाउँ खुला हुनेछ अनि तेरो अवस्था त्यति नै धेरै सुध्रनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। यसले मैले सोचेँ, “मैले परमेश्‍वरका वचनहरूको अभ्यास गर्नुपर्छ। म मेरो प्रतिष्ठा र हैसियतका लागि बाँचिरहन सक्दिनँ।” मैले सिस्टर याङ्गको क्षमता राम्रो छ र उनको सङ्गति पनि व्यावहारिक छ, त्यसैले उनलाई अगुवाको रूपमा पाउनु मण्डलीका साथै दाजुभाइ र दिदीबहिनीहरूको जीवन प्रवेशका लागि लाभदायक हुन्छ भनेर सोचेँ। मैले सत्यको अभ्यास गर्नुथियो र मण्डलीको हितलाई कायम राख्नुथियो। अनि त्यसैले, मैले उनैलाई मत दिएँ। उनी अगुवाको रूपमा निर्वाचित भइन् र यो कुरालाई लिएर म एकदमै शान्त र स्थिर थिएँ। मैले अन्ततः सत्यको अभ्यास गर्न पाएँ जस्तो महसुस गरेँ। परमेश्‍वरलाई धन्यवाद होस्।

अलिपछि, सन् २०१८ को अप्रिलमा, मण्डलीका कामका लागि जिम्मेवार अन्य केही दाजुभाइ तथा दिदीबहिनीहरूसँग काम गर्ने गरी मलाई मण्डलीको अगुवाको रूपमा छनौट गरियो। शुरुमा, हामीले मण्डलीका सबै कामका बारेमा छलफल गर्‍यौँ र सहज तरिकाले सहकार्य गर्‍यौँ। तर केही समयपछि, हाम्रो लेखन कार्यको अभिभारा सम्हाल्दै आएकी सिस्टर लिसँग राम्रो क्षमता भएको र उनले कुराहरू पनि चाँडै सिक्नसक्ने कुरा मनन गरेँ। उनको सङ्गति अरुका लागि अन्तर्दृष्टियुक्त र शैक्षिक हुन्थ्यो। म उनको साँच्चै प्रशंसा गर्थेँ तर केही ईर्ष्या पनि लाग्यो। उनीभन्दा पछि पर्नु नपरोस् भनेर केही सीप र सिद्धान्त सिक्नका लागि, उनको कार्यक्षेत्रमा पर्ने कामहरूमा म सहभागी हुने बाटो खोज्न थालेँ। एकदिन मैले हाम्रो अगुवाको चिठ्ठी पाएँ जसमा अर्को क्षेत्रको मण्डलीको एउटा काम गर्नका लागि कोही चाहिएको र यसका लागि सिस्टर ली ठीक रहे, नरहेको कुरा सोधिएको थियो। अगुवाले मलाई उनको लेखाजोखा गर्न पनि आग्रह गरिएको थियो। मेरो ईर्ष्या बढेर आकाश छोयो, र मैले सोचेँ, “उनीहरू सिस्टर ली लाई अगाडि बढाउन चाहान्छन्। उनीसँग राम्रो क्षमता छ र उनी कुराहरू पनि चाँडै सिक्छिन्, तर उनी विश्‍वासी भएको धेरै समय भएको छैन र उनको जीवन प्रवेश पनि सतही छ। उनीसँगको तुलनामा म कहाँ पछि परेँ र? मलाई किन नपठाउने? यदि सिस्टर लीले त्यो भूमिकामा काम गरिन् भने, अरुले मेरो बारेमा के सोच्लान्? उनीहरूले पक्कै उनलाई नै मभन्दा राम्रो ठान्नेछन्।” यी सोचहरूले मलाई झन्‌भन्दा झन् असहज बनायो, र त्यसपछि मैले उनलाई देख्दा नदेखेजस्तो गरेँ। मैले गरेको यस्तो व्यवहार उनलाई अप्ठ्यारो भयो र पहिले जस्तो उनले मसँग कुराहरू छलफल गर्न छोडिन्। केही दिनपछि मैले दाजुभाइ र दिदीबहिनीहरूबाट सिस्टर लीको लेखाजोखाको नतिजा पाएँ, र सबै सकारात्मक कुरा देख्दा, उनीहरूले मलाईभन्दा राम्रो कुरा भन्दा, मलाई साँच्चै ईर्ष्या लाग्यो। म अगुवा थिएँ, तर मैले मेरो सहकर्मी सरह पनि भइनँ। मेरो लागि यो कति लाजमर्दो थियो! यसको बारेमा मैले सोच्दा मैले झनभन्दा झन् असहज महसुस गरे। अर्की सिस्टरलाई सुनाउनका लागि मैले कुरा बनाएँ, “तिम्रो लेखाजोखा के हो यस्तो? तिमीसँग कुनै विवेक छैन। सिस्टर लिले प्रगति गरेकी हुन्, तर उनको जीवन प्रवेश सतही छ। तिमीले उनी एकदमै ठीक रहेको जस्तो देखायौ, तर यदि उनी अर्को मण्डलीमा गइन् र उनले व्यावहारिक काम गर्न नसकेर उनीहरूको काममा ढिलाइ भयो भने, त्यो दुष्ट्याइ तिम्रो भागमा आउनेछ!” मबाट यस्तो कुरा सुनेपछि उनी अलिकति आत्तिइन्। उनले वास्तविक परिस्थितिको आधारमा लेखेको तर सम्पूर्ण कुरा नहेरेको, र उनले यसबारे फेरि विचार गर्ने कुरा बताइन्। मैले जे गर्न चाहेकी थिएँ त्यो मैले गरेँ, तर पनि म खुशी हुन सकिनँ। विशेषगरी, जब मैले सिस्टर ली लाई देखेँ, मलाई साह्रै लज्जाबोध भयो र मलाई साँच्चै ग्लानी भयो। मैले केही नराम्रो गरेकी थिएँ, केही लाजमर्दो, र मैले उनको आँखामा आँखा मिलाएर हेर्न सकिनँ। म अलिकति निराश भएको देखेर, उनी मतिर आइन् र चिन्ता गर्दै भनिन्, “केही नराम्रो भयो र?” उनले त्यसो भनेको सुन्दा मलाई झनै धेरै ग्लानी महसुस भयो, त्यसैले मैले हिकहिकाउँदै भने, “अ-अ,” त्यसपछि म अर्को कोठातिर दौडिएँ र परमेश्‍वरको प्रार्थना गर्न घुँडा टेकेँ। मैले भने, “हे परमेश्‍वर, म कति धेरै मूर्ख छु। सिस्टर ली को बारेमा सबैको मूल्याङ्कन देखेँपछि मलाई उनको ईर्ष्या लाग्यो र उनको ढाड पछाडि उनलाई खसाल्ने पनि काम गरेँ। परमेश्‍वर, मलाई थाहा छ तपाईँ यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ, तर म मेरो भ्रष्‍ट स्वभावले बाध्य छु। मैले आफूलाई सम्हाल्न सकिनँ। परमेश्‍वर, मलाई अन्तर्दृष्टि दिनुहोस्, ताकि म आफूलाई साँच्चै चिन्न सकुँ र मेरो भ्रष्‍ट स्वभावअनुसार जिउन बन्द गर्न सकुँ।” प्रार्थना गरेपछि केही हकुला महसुस गर्दै मैले कम्प्युटर खोले र परमेश्‍वरका वचनहरूको एक जोडी अनुच्छेद पढेँ।

परमेश्‍वरका वचनहरूले भन्छ, “यदि केही मानिसले कसैलाई आफूभन्दा अझ असल देखे भने, तिनीहरूले उनीहरूलाई दमन गर्छन्, अरूले तिनीहरूलाई धेरै ठूलो रूपमा नहेरून्, र कसैभन्दा कोही राम्रो छैन भनी देखाउन तिनीहरूको बारेमा झूटो हल्ला फैलाउँछन् भने, त्यो अहङ्कार र स्व-धार्मिकता साथै धूर्तता, छलीपन र कुटिलपनको भ्रष्ट स्वभाव हो, र यी मानिसहरू आफ्ना लक्ष्यहरू प्राप्त गर्न कुनै कुरामा रोकिँदैनन्। तिनीहरू यस्तै प्रकारले जिउँछन् र अझै पनि तिनीहरू आफूलाई महान् हुन् र तिनीहरू असल मानिसहरू हुन् भनी सोच्छन्। तापनि, के तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुन्छ? सबैभन्दा पहिले, यी विषयहरूका प्रकृतिहरूको दृष्टिकोणबाट भन्नुपर्दा, के यस तरिकाले काम गर्ने मानिसहरूले आफूलाई उचित लागेअनुसार कार्य गर्दैनन् र? के तिनीहरूले परमेश्‍वरको परिवारको बारेमा विचार गर्छन्? तिनीहरू परमेश्‍वरको परिवारले भोग्न पर्ने हानिको कुनै परवाह नगरी आफ्नै भावनाहरूको बारेमा मात्र सोच्छन् र केवल आफ्ना लक्ष्यहरू हासिल गर्न चाहन्छन्। यस्ता मानिसहरू अहङ्कारी र आफैलाई सोझो ठान्ने मात्र हुँदैनन्, तिनीहरू स्वार्थी र घृणित पनि हुन्छन्; तिनीहरू परमेश्‍वरको अभिप्रायलाई पटक्कै ध्यान नदिने हुन्छन्, र निस्सन्देह, यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैनन्। यसैकारण, कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी तिनीहरू आफूले जे चाहन्छन् त्यही गर्छन् र कुनै कारणविना लापरवाही काम गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्ता मानिसहरूले कस्ता-कस्ता नतिजाहरू भोग्छन्? तिनीहरू समस्यामा हुनेछन्, हैन? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत ख्याति र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र विश्‍वासघाती हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, मुख्य समस्या के हो भने, त्यस्ता मानिसहरूको हृदय अलिकति पनि परमेश्‍वरको भय मान्ने हुँदैन। तिनीहरू परमेश्‍वरको भय मान्दैनन्, तिनीहरू आफैलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक पक्षलाई परमेश्‍वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्‍वर सबैभन्दा कम उल्लेखयोग्य र अति नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै हैसियत नै हुँदैन। जुन व्यक्तिहरूको हृदयमा परमेश्‍वरका निम्ति कुनै स्थान हुँदैन, र जसमा परमेश्‍वरप्रति कुनै आदर हुँदैन, के तिनीहरूले सत्यतामा प्रवेश प्राप्त गरेका हुन्छन्? (हुँदैनन्।) त्यसैले, जब तिनीहरू विशेष रूपले खुसी हुँदै यताउता गएर आफूलाई व्यस्त राख्छन् र धेरै ऊर्जा खर्च गर्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्‍वरको निम्ति अर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यहरूका अभिप्राय, सिद्धान्त र उद्देश्य आफ्नै फाइदाका लागि हुन्छन्; तिनीहरूले केवल आफ्नै व्यक्तिगत हितको रक्षा गर्ने कोसिस मात्रै गरिरहेका हुन्छन्। के तिमीहरू यस किसिमको मानिस डरलाग्दो हुन्छ भनी भन्छौ, कि भन्दैनौ? परमेश्‍वरलाई आदर नगर्ने मानिस कस्तो किसिमको व्यक्ति हो? के तिनीहरू अहङ्कारी होइनन्? के तिनीहरू शैतान होइनन्? कस्ता-कस्ता कुराहरूले परमेश्‍वरलाई आदर गर्दैन? जनावरहरू बाहेक, परमेश्‍वरलाई आदर नगर्नेहरूमा सबै भूतात्माहरू, शैतान, प्रधान स्वर्गदूत र परमेश्‍वरसँग झगडा गर्नेहरू पर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। “मानिसको भ्रष्‍ट स्वभाव उसलाई शैतानद्वारा दूषित बनाइएको र कुल्चीमिल्ची गरिएको कुराबाट, शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्दृष्टि र चेतनामा चोट पुर्‍याएको असाधारण हानिबाट उत्पन्‍न हुन्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण यस्तो भएको हो, र तिनीहरू परमेश्‍वरले तिनीहरूलाई मौलिक रूपमा सृष्‍टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै छैनन्, त्यसैले मानिसले परमेश्‍वरको विरोध गर्छ र सत्यता बुझ्दैन” (वचन देहमा देखा पर्नुहुन्छको “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो”)।

परमेश्‍वरका वचनहरूबाट एकदमै दुःखी र निरुत्साहित भएकी थिएँ। के उहाँले मेरो अवस्थालाई ठ्याक्कै खुलासा गरिदिनुभएको होइन र? जब अगुवाले सिस्टर ली लाई अगाडि बढाउन खोज्दा म ईर्ष्यालु र पूर्वाग्रही भएँ र मैले उनलाई घृणित शैलीमा अवमूल्यन र मूल्याङ्कन गरेँ। त्यो कर्तव्य उनलाई प्राप्‍त नहोस् भनेर मैले गर्नसक्ने सबैकुरा सोचेँ यसमा मण्डलीको हितको बारेमा अलिकति पनि विचार गरिनँ। मलाई चाहिएको कुरा पाउनका लागि मलाई जे गर्न मन लागेको थियो मैले त्यही गरेँ। म घमण्डी, स्वेच्छारी थिए, र परमेश्‍वरका प्रति कुनै आदर थिएन। अझ धेरै मानिसहरू परमेश्‍वरको इच्छाको बारेमा विचार गर्नेछन् र आफ्ना कर्तव्यको पालना गर्नेछन् भनेर परमेश्‍वरले आशा गर्नुभएको छ। सिस्टर ली सँग राम्रो क्षमता थियो र सत्यको अनुसरण गर्नमा केन्द्रित थिइन् भनेर मलाई राम्ररी थाहा थियो, त्यसैले थप तालीमका अवसरले, उनको जीवन प्रवेश र सीपमा प्रगति हुनेछ, र त्यसले मण्डलीको कामलाई फाइदा पुर्‍याउनेछ। तर त्यो कर्तव्यमा उनको नियुक्तिलाई रोक्नका लागि कपटी माध्यमको पनि प्रयोग गर्दै, मेरो आफ्नै प्रतिष्ठा र हैसियतको रक्षाका लागि मैले उनलाई रोकेँ। मैले थाहा पाउनुअघि नै, म शैतानको नोकर भएसकेकी थिएँ र मण्डलीको काममा बाधा पनि पारिरहेकी थिएँ। मैले आफूलाई वास्तवमा दोषी ठहर्‍याएँ। ईर्ष्या परमेश्‍वरको इच्छाविरुद्ध छ भनेर मैले थाहा पाएकी थिएँ, तर यसले मलाई त्यस्तो अमानवीय काम गर्नका लागि डोहोर्‍याउँछ कि म मण्डलीको काममा बाधा पुर्‍याउँछु, दुष्‍ट काम गर्छु, र परमेश्‍वरको विरोध गर्छु भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ। मैले परमेश्‍वरका वचनहरू याद गरे: “मानिसको भ्रष्‍ट स्वभाव उसलाई शैतानद्वारा दूषित बनाइएको र कुल्चीमिल्ची गरिएको कुराबाट।” मैले म सधैँ कसरी ईर्ष्यालु थिए र कोही पनि मभन्दा अब्बल भएको देख्न सक्दिनथेँ भनेर सोचेँ किनभने मेरो सोचाइ र विचार शैतानको विषबाट विकृत भएको थियो, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भने जस्तै। “समस्त ब्रह्माण्डमा, सर्वोच्‍च शासन गर्ने म मात्र हुँ,” र “महापुरुष एक जना मात्रै हुन सक्छ।” यी विषहरूको साथ जिउँदा, म अरुभन्दा माथि हुनुपर्छ भनेर सोच्दै, म कुनै पनि समूहमा आफ्नो बाटो बनाउनका लागि सङ्घर्ष गर्न चाहन्थेँ, र यदि कोही मभन्दा बढी क्षमतावान् नै छ भनेर मैले सोचे पनि म कसैलाई पनि न्यायोचित रूपमा व्यवहार गर्न सक्दिनथें। म ईर्ष्यालु र विभेदक थिएँ, उनीहरूलाई मेरो बाटोको काँडा सम्झिन्थें। म सत्यताको खोजी गर्ने मेरो वरिपरिका मानिसहरूप्रति ईर्ष्यालु, बहिष्कार गर्ने, र प्रतिरोधी थिएँ, उनीहरूको ढाड पछाडि उनीहरूको अवमूल्यन् पनि गर्थेँ। मभित्र मानवता पूर्ण रूपमा अनुपस्थित थियो! म सधैँ आफूलाई विकास गर्न र अरुलाई तल झार्न, लडन, जित्न चाहन्थेँ, र म कसैलाई पनि जित्न दिन्न थिएँ। मलाई सधैँ शान देखाउनु पर्थ्यो। के म जिउँदो शैतान थिइनँ र? त्यसपछि मात्रै मैले देखेँ कि, ती शैतानी विष र जीवनका नियमहरू मेरो निहित प्रकृति भएका थिए। झनभन्दा झन् स्वार्थी, घमण्डी, र दुष्‍ट बन्दै, मैले मेरो जीवन तिनै कुराहरूमा आधारित बनाएकी थिए। यदि मैले परमेश्‍वरसँग आत्मग्लानी गर्न इन्कार गरिरहेकी भए, मलाई थाहा थियो म उहाँबाट घृणित र हटाइने थिएँ। मैले यो सबैकुरा बुझेपछि मलाई साँच्चै डर लाग्यो। म पश्चात्ताप गर्न चाहन्छु, अबदेखि म सत्यताको अभ्यास गर्न प्रयास गर्छु र ती शैतानी विषअनुसार जिउन बन्द गर्छु भनेर उहाँलाई बताउँदै मैले हतार-हतार परमेश्‍वरको प्रार्थना गरेँ।

केही दिनपछि मैले अगुवाको पत्र पाएँ जसमा समग्रमा, सिस्टर ली अर्को मण्डलीमा काम गर्न योग्य छिन् भन्ने लेखिएको थियो। यो पढ्दा मभित्र केही हलचल भएको जस्तो महसुस गरेँ, तर यो मेरो ईर्ष्याले मलाई फेरि प्रभावित पार्न खोजिरहेको छ भनेर मैले तत्कालै बुझेँ। मैले तत्कालै परमेश्‍वरको प्रार्थन गरेँ र आफूलाई त्याग्न इच्छुक भएँ। मेरो प्रार्थनापछि मैले परमेश्‍वरका वचनहरूको थप दुई अनुच्छेदहरू पढेँ। परमेश्‍वर भन्नुहुन्छ, “जब तैँले आफैलाई स्वार्थी र नीच व्यक्तिको रूपमा प्रकट गर्छस्, र यो कुरा थाहा पाएको हुन्छस्, तब तैँले सत्यताको खोजी गर्नुपर्छ: परमेश्‍वरको इच्छा अनुरूप हुनका निम्ति मैले के गर्नुपर्छ? सबैलाई फाइदा हुने तरिकाले मैले कसरी काम गर्नुपर्छ? अर्थात्, तैँले आफ्नै हितका कुराहरू पन्साएर सुरु गर्नुपर्छ, अनि तेरो हैसियतअनुसार अलिअलि गर्दै बिस्तारै तिनलाई तैँले त्याग्नुपर्छ। तैँले एक-दुई पटक यो अनुभव गरेपछि, तैँले ती कुराहरूलाई पूर्ण रूपमा पर पन्साएको हुन्छस्, र तैँले त्यसो गरेपछि त झन्-झन् बढी स्थिर भएको महसुस गर्नेछस्। तैँले आफ्ना रुचिहरूलाई जति धेरै पन्साउँछस्, एक मानिसको रूपमा तँसित विवेक र तर्कशक्ति हुनुपर्छ भनी तैँले त्यति नै बढी महसुस गर्नेछस्। तैँले कुनै स्वार्थी अभिप्रायहरूविना तँ निष्कपट, सोझो व्यक्ति बनिरहेको हुन्छस् भन्‍ने महसुस गर्नेछस्, र तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न सम्पूर्ण कामहरू गरिरहेको हुन्छस्। त्यस्तो व्यवहारले तँलाई ‘मानव’ कहलिने योग्यको बनाउँछ, र पृथ्वीमा यस प्रकारले जिएर, तँ खुला र इमानदार भइरहेको छस्, तँ एक सच्‍चा व्यक्ति होस्, तेरो विवेक शुद्ध छ, र तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूका निम्ति योग्य छस् भन्‍ने तैँले महसुस गर्नेछस्। तँ जति धेरै यस प्रकारले जिउँछस्, तैँले त्यत्ति नै बढी स्थिर र उज्ज्वल महसुस गर्नेछस्। के यसरी तैँले सही मार्गमा पाइला टेकेको हुँदैनस् र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। “यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले असल व्यक्तिको पक्षमा वकालत गर्छस् र त्यस व्यक्तिलाई मलजल वा जगेर्ना गरी सक्षम तुल्याउँछस र परमेश्‍वरको घरमा प्रतिभा भएको अर्को व्यक्ति थपिँदा, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले अभ्यासको मार्गको स्पष्‍ट रूपरेखा देखाएको छन्। मैले आफ्नो हितलाई त्याग्नुपर्छ र परमेश्‍वरको घरको हितका बारेमा सोच्नुपर्छ। कुनै निश्चित क्षेत्रमा मभन्दा क्षमतावान् व्यक्तिको पक्षमा मैले सिफारिस गर्नुपर्छ ताकि प्रत्येक प्रतिभावान् व्यक्तिले आफ्नो क्षमतालाई परमेश्‍वरको घरमा लगाउन सकुन् र राज्यको सुसमाचारलाई फैलाउन उनीहरूले आफ्नो भूमिका निभाउँन सकुन्। त्यस्तो मानिससँग मात्रै मानवता हुन्छ, र ऊ मात्रै परमेश्‍वरको इच्छाप्रति विचारशील हुन्छ र परमेश्‍वरको घरको हितलाई कायम राख्नसक्छ। उनीहरूले परमेश्‍वरको अनुमति पाउँछन् र त्यो असल कार्य हो। म त्यहीँ साँझ सिस्टर लिलाई भेट्न गए र उनी आफ्नो कामलाई छोडेर अर्को काममा जान इच्छुक छिन् कि भनेर सोधेँ। उनले आफू इच्छुक रहेको कुरा बताइन्, तर विश्‍वासको मार्गमा आफू नयाँ भएको र उनको कद सानो भएकाले राम्रो गर्न नसक्ने पो हो कि भनेर चिन्ता व्यक्त गरिन्। उनको कुरा सुनेपछि, उनलाई झुक्न र परमेश्‍वरलाई आदर गर्न र आफ्नो कर्तव्यमा सत्यका सिद्धान्तहरू खोज्न केन्द्रि रहन प्रोत्साहित गर्दै, मैले परमेश्‍वरको इच्छाका बारेमा उनीसँग सङ्गति गरेँ। केही दिनपछि उनी आफ्नो नयाँ कर्तव्यका लागि बाटो लागिन्। म एकदमै खुशी भएँ, र मैले सत्यताको अभ्यास गर्न सक्षम भएकी महसुस गरेँ र मेरो प्रतिष्ठा र हैसियतका लागि न जिउनु इमानदारी र मर्यादासहित जिउने एक मात्र मार्ग हो। म मेरो हृदयभित्र पूर्ण रूपमा शान्त थिए।

जब म पछाडि फर्केर हेर्छु जब म भ्रष्‍ट स्वाभावअनुसार जिउँदै थिए, सधैँ ख्याति र हैसियतका लागि ईर्ष्यालु थिए र लड्दै थिए, शैतानबाट भ्रष्‍ट बनाइएको र चालिएको थिए, त्यो पीडादायी तरिकाले जिउने तरिका हो भन्ने म देख्छु। मलाई खुलासा गर्न, मुक्ति दिलाउन, परमेश्‍वरले विभिन्न प्रकारका मानिस, कुरा, घटना, र वातावरणको व्यवस्था मिलाउनुभयो। मलाई खुलासा र न्याय गर्न, र पानी दिन र दिगो बनाउन, उहाँले आफ्ना वचनहरूको पनि प्रयोग गर्नुभयो, तबसम्म जबसम्म मसँग अन्ततः मेरो शैतानी प्रकृतिको बारेमा ज्ञान आएन, र ख्याति र प्राप्तिका लागि ईर्ष्या गर्दा र लड्दाका प्रकृति र परिणाम मैले देखिनँ। त्यसपछि मात्रै मैलै अलिकति सत्यको अभ्यास गर्न सकेँ र अलिकति समझ र कारण प्राप्‍त गरेँ। परमेश्‍वरलाई धन्यवाद होस्!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीनईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको...

आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ

सियुआन, फ्रान्सकेही वर्ष पहिले मैले एउटा मण्डली अगुवाको कर्तव्य पूरा गरिरहेकी थिएँ। मण्डलीमा चेन नाम गरेका एकजना ब्रदर थिए, जो राम्रो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्