किन म आफ्नो दृष्टिकोण राख्‍न आँट गर्दिनँ

25 अप्रिल 2023

गत वर्षको मार्चमा, मण्डलीले मलाई मण्डलीको सुपरभाइजर नियुक्त गर्‍यो। म निकै उत्साहित थिएँ किनभने सुपरभाइजरको रूपमा छनौट हुनुको अर्थ पक्‍कै पनि ती टोलीहरूमा अरूभन्दा म अघि छु र अरूभन्दा माथि छु भन्‍ने लाग्यो। मैले म पदको लागि योग्य छु भनेर ब्रदर-सिस्टरहरूलाई देखाउन आउने दिनमा कठिन परिश्रम गर्नेछु भनेर पनि मनमनै सङ्कल्‍प गरेँ।

सुपरभाइजर भएपछिको पहिलो दिनमा, मेरा सहकर्मी चेन मिङले मलाई भने, “केही टोलीहरूले राम्रो परिणाम ल्याइरहेका छैनन्। हामीले भोलि नै तिनीहरूसँग भेला भएर सङ्गति गर्नुपर्छ।” तिनले यसो भनेको सुन्दा म अलिक अत्तालिएँ, किनभने मलाई हरेक टोलीको कामको स्थितिबारे अझै राम्ररी थाहा थिएन र हरेकका कठिनाइ र समस्याहरूबारे म स्पष्ट थिइनँ। यदि मेरो सङ्गतिले तिनीहरूको स्थिति सम्‍बोधन गरेर तिनीहरूको समस्या सुल्झाउन सकेन भने, मलाई तिनीहरूले के सोच्लान्? कतै तिनीहरूले म व्यवहारिक समस्या सुल्झाउन सक्दिनँ र सुपरभाइजर बन्‍न योग्य छैन भनेर सोच्‍नेहुन् कि? मैले सोचेँ, चेन मिङलाई केही दिनको लागि भेला रोक्‍न अनुरोध गर्नुपर्ला। तर कैयौँ टोलीको कार्य प्रस्तुतिमा समस्या भइरहेको थियो र ती समस्यालाई थाती राख्‍नु हुँदैनथ्यो। त्यसकारण, मैले के गर्ने? के निर्णय गर्ने भनेर म आत्तिरहेको बेला, चेन मिङले मलाई हरेक टोलीको वर्तमान प्रगति विवरणको रिपोर्ट पठाए। मैले हतारहतार रिपोर्ट पढेँ र भोलिको भेलाको लागि तयारी गरेँ।

भोलिपल्‍ट भेलामा एक ब्रदरले आफूले सुसमाचार सुनाउन भर्खरै तालिम लिन थालेको र विभिन्‍न धार्मिक धारणाहरूलाई स्पष्ट रूपमा खण्डन गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे आफू निश्‍चित नरहेको कुरा बताए, अनि आफ्‍नो बुझाइको बारेमा छलफल गर्दै तिनले आफ्नो सोचाइमा कुनै गल्‍तीहरू भए औँल्याइदिनुहोस् भनेर अनुरोध गरे। मैले मनमनै सोचेँ, “मैले यस कुरालाई मिहिन रूपमा केलाउनुपर्छ र ब्रदर-सिस्टरहरूलाई यो सुपरभाइजरसँग नोट गर्न लायक केही विचारहरू रहेछन् भनी देखाउनुपर्छ।” त्यसैले मैले तिनको सङ्गतिलाई ध्यान दिएर सुनेँ र यसबारेमा राम्ररी विचार गरेपछि, मैले भनेँ, “मलाई लाग्छ तपाईंको सङ्गति ठीकै छ र यसले समस्या समाधान गर्न सक्छ।” तर मैले त्यसो भन्‍नेबित्तिकै, चेन मिङले भने: “तपाईंले यो धारणा सम्‍बोधन गर्न प्रयोग गर्नुभएको मुख्य बुँदाको स्पष्ट व्याख्या गर्नुभएन। यो अलिक अस्पष्ट थियो र मानिसहरूलाई यो बुझ्‍न त्यति सजिलो हुनेछैन।” त्यसपछि, तिनले त्यस समस्याबारे आफ्नो बुझाइका केही उत्कृष्ट बुँदाहरू सङ्गति गरे। चेन मिङको सङ्गति कति व्यावहारिक र स्पष्ट थियो, र अरू सबैले कसरी सहमतिमा शिर हल्‍लाए भन्‍ने देख्दा, मेरो अनुहार तुरुन्तै रातो भयो। मैले सोचेँ, “यी ब्रदर-सिस्टरहरूले मलाई के सोच्लान्? मैले यति स्पष्ट देखिने समस्यासमेत पत्ता लगाउन नसकेको कारण कतै भर्खरै बढुवा पाएको सुपरभाइजर त्यति राम्रो छैन भनेर भन्‍नेहुन् कि?” ममा यी विचारहरू आउनेबित्तिकै, मलाई के भन्‍ने थाहै भएन र निकै लाज लाग्यो। मैले कसैसँग आँखा जुधाउने आँट गरिनँ र आफ्नो आँखा कम्प्युटरमा केन्द्रित गरिरहेँ। मलाई समय पनि बिस्तारै चलिरहेजस्तो लाग्यो। त्यसपछि तुरुन्तै, ब्रदर-सिस्टरहरूले अर्को विषयमा छलफल गर्न थाले। म झनै नर्भस भएँ र मेरो विचार फेरि गलत भयो भने तिनीहरूले के सोच्‍ने होलान् भन्‍ने चिन्ता लाग्यो। कतै म समस्याहरू विश्‍लेषण गर्न दक्ष छुइनँ भन्‍ने सोच्दै, सुपरभाइजरको रूपमा काम गर्ने मेरो क्षमतामाथि प्रश्‍न गर्नेहुन् कि? मैले यो सोच्‍नेबित्तिकै, मैले थप विचार व्यक्त गर्ने आँट गरिनँ। मैले मनमनै सोचेँ, “म सुरुमा चेन मिङलाई बोल्‍न दिनेछु अनि तिनले जे भन्छन् त्यसको सार बताउनेछु। त्यसरी, कम्तीमा पनि मैले कुनै गलत कुरा बोल्‍नेछैन र कसैले मलाई हेयको दृष्टिले हेर्नेछैन।” तर अचम्‍मको कुरो, मैले सुक्ष्म जाँच छल्ने जति प्रयास गरेँ, त्यति नै बढी मेरो खुलासा भयो। त्यही बेला, एक सिस्टरले मलाई सोधिन्, “के यो सङ्गतिले समस्या हल गर्न सक्छ?” मैले सक्छ भनेर भनेँ, तर मैले त्यसो भन्‍नेबित्तिकै, चेन मिङले यसो भने, “तपाईंको सङ्गति अलिक बढी नै सरल भयो। तपाईंले यो धार्मिक धारणालाई पर्याप्त र स्पष्ट रूपमा खण्डन गर्नुभएन र केही पक्षहरूलाई अझै सम्‍बोधन गर्नुपर्छ।” तिनले आफ्नो विचार व्यक्त गरेपछि, मैले मनमनै सोचेँ, “चेन मिङले ती समस्याहरूबारे ठीक भने। यसले फेरि पनि मेरो दृष्टिकोण गलत भएको खुलासा गरेको छ।” मलाई सबैको सामु थप्‍पड हानिएको जस्तो महसुस भयो र साह्रै नरमाइलो लाग्यो। मैले लगातार दुइटा गलत विचार बोलेकी थिएँ। अब फेरि ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्‍छन् होला? मसँग सुसमाचार सुनाउनेबारेमा ज्ञान छैन भन्‍ने देखेर कतै तिनीहरूले मेरो प्रस्तुति पर्याप्त छैन, र मलाई कसरी सुपरभाइजर छानियो भनी प्रश्‍न गर्नेहुन् कि? मैले यसबारे जति विचार गरेँ त्यति नै नरमाइलो लाग्यो—यो साह्रै लाजमर्दो अवस्था थियो र मलाई कता भागूँ कता लुकूँ जस्तो लाग्यो। पछि, कामसम्‍बन्धी अरू समस्याहरू छलफल गर्दा, मलाई त्यति सोचविचार गर्न मन लाग्दैनथ्यो, त्यसकारण चेन मिङले आफ्‍नो विचार राखेपछि म केही देखावटी टिप्पणीहरू गर्थेँ। कहिलेकहीँ, म केही पनि बोल्दिनथेँ। त्यसरी, पूरै दिन बित्थ्यो र मलाई खोक्रोपन र ग्लानि अनुभूति हुन्थ्यो। यो समूहले आफ्‍नो काममा परिणामहरू ल्याइरहेको छैन भन्‍ने मलाई राम्ररी थाहा थियो। ब्रदर-सिस्टरहरूले आफ्‍ना कर्तव्यमा समस्याहरू सामना गरिरहेका थिए र मैले तिनीहरूका समस्या हल गर्न सबैसँग मिलेर सत्यता खोजी गर्नुपर्थ्यो। तर मैले राखेका विचारहरू आधारहीन भएका हुनाले, मैले थप केही बोल्‍ने आँट गरिनँ। म आफ्‍नो कर्तव्यबाट भागिरहेकी थिएँ! त्यसैले मैले परमेश्‍वरसँग प्रार्थना र खोजी गरेँ, र आफ्‍नो समस्या सुल्झाउन मैले प्रवेश गर्नुपर्ने सत्यता कुन हो भनेर उहाँलाई सोधेँ।

भोलिपल्‍ट, मेरो भक्तिको समयमा, मैले परमेश्‍वरको वचनको एउटा खण्ड भेटेँ, जसले मलाई आफ्‍नो स्थिति बुझ्‍न मदत गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरू आफै सृष्टिका थोकहरू हुन्। के सृष्टिका थोकहरूले सर्वशक्तिसम्पन्नता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा देख्‍न, र सबै कुराको लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र भ्रष्ट स्वभावहरू र घातक कमजोरी हुन्छन्। तिनीहरूले कुनै सीप वा पेसा सिक्ने बित्तिकै तिनीहरूले आफू सक्षम छन्, तिनीहरू हैसियत र महत्त्व भएका मानिसहरू हुन्, र तिनीहरू पेसेवारहरू हुन् भन्ने विचार गर्छन्। तिनीहरूले जति नै ‘साधारण’ भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा उच्‍च व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, आफूलाई सानोतिनो सेलिब्रेटी नै बनाउन चाहन्छन्, र मानिसहरूको नजरमा एउटै पनि खोट नभएको सिद्ध र दोषरहित देखिन चाहन्छन्; तिनीहरू प्रसिद्ध, शक्तिशाली, महान् व्यक्ति, र जुनसुकै कार्य गर्न सक्षम र गर्न नसक्‍ने कुनै कुरा नभएको पराक्रमी व्यक्ति बन्‍न चाहन्छन्। यदि तिनीहरूले अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र महत्त्वहीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्‍ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ अगाडि रहन चाहन्छन्। … यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरू अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै विवेक गुमाइसकेका हुन्छन्! तिनीहरूलाई जोकोहीजस्तो बन्‍न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिसहरू बन्‍न चाहँदैनन्, बरु महामानव, उच्‍च व्यक्ति, वा उस्ताद बन्‍न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि आफैलाई लुकाइरहने गर्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वको वचनले मेरो वर्तमान स्थिति स्पष्टै खुलासा गर्दियो। सुपरभाइजरको रूपमा, मैले हरेक समस्या बुझ्‍नुपर्छ, र मेरा सबै विचारहरूले बहुमूल्य योगदान दिनुपर्छ भन्‍ने सोच्थेँ त्यसकारण मैले ब्रदर-सिस्टरहरूबाट आदर पाउनका लागि, सबै कुरा बुझेकी छु र कामको सबै पक्ष जान्दछु भनेर बहाना बनाएँ। भेलाहरूमा, मलाई सधैँ समस्याहरू समाधान गर्न सक्दिनँ होला र सबैले म मेरो पदको योग्य छैन भनी सोच्लान् भनेर चिन्ता गर्थेँ। त्यसपछि, जब म गलत बोल्थेँ, तब मलाई अरूले हेयको दृष्टिले हेर्लान् भनेर झन् बढी चिन्ता हुन्थ्यो। सुपरभाइजरको रूपमा आफ्‍नो छवि र हैसियत रक्षा गर्नका लागि, म देखावटी रूप धारण गर्थेँ र झट्टै आफ्नो दृष्टिकोण बताउँदिनथेँ। सहकर्मीले बोलेपछि म आफ्‍नो कुरालाई सारको रूपमा प्रस्तुत गर्नेछु भनेर म धूर्त रूपमा योजनासमेत बनाउँथेँ, ताकि मैले अरूबाट आफ्‍ना अपर्याप्तताहरू लुकाउन सकूँ। जब ब्रदर-सिस्टरहरूले आफ्‍नो कामका समस्याहरू छलफल गरिरहेका हुन्थे, तब मलाई थप सङ्गति गर्न मन लाग्दैनथ्यो र म आफ्‍नै हैसियत र प्रतिष्ठाको बारेमा मात्रै विचार गरिरहन्थेँ। मैले आफ्‍नो कर्तव्य र जिम्‍मेवारीहरू थोरै पनि पूरा गरिरहेकी थिइनँ। वास्तवमा, म त सृष्टि गरिएको साधारण व्यक्ति मात्रै थिएँ, विविध विषयको ज्ञाता वा सबै कुरा जान्‍ने व्यक्ति थिइनँ। मैले नबुझेका सत्यता धेरै थिए, दिमागमा नघुसेका समस्याहरू कैयौँ थिए र मेरा विचारहरू प्राय गलत हुन्थे। तर यो सब सामान्य कुरा थियो। ममा आफ्‍ना अपर्याप्तताहरूप्रति सही मनोवृत्ति हुनुपर्थ्यो; आफ्‍ना विचलनहरू भेट्टाउँदा, मैले तिनलाई पहिचान गरेर सुधार गर्नुपर्थ्यो। मेरा विचार र दृष्टिकोणहरू सही भए नि गलत भए नि, मैले आफूलाई काममा समर्पित गरेर आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्नुपर्थ्यो। आफ्‍नो मानसिकता सुधारेपछि, मैले आफ्‍नो भ्रष्टता र अपर्यप्तताहरूबारे सचेत भई खुलेर बताउन थालेँ र सबै ब्रदर-सिस्टरहरूलाई मेरो वास्तविकता देखाउन थालेँ। समस्याहरू छलफल गर्दा, म थाहा भएको कुरा मात्रै बोल्थेँ र बाध्य पारिएजस्तो अनुभव गर्दिनथेँ।

तर पछि एउटा घटना घट्यो जुन घटनाले मलाई फेरि मेरो पहिलेकै स्थितिमा फर्काइलग्यो। एकपटक, हामी अर्को टोलीको भेलामा सहभागी भयौँ। एक सिस्टर खराब स्थितिमा थिइन्—बर्खास्त भएपछि, उनी प्रतिरक्षा र गलतबुझाइमा डुबेकी थिइन्। म उनीसँग परमेश्‍वरको इच्‍छाबारे छलफल गर्न चाहन्थेँ, तर मसँग यी विषयहरूका बारेमा कुनै अनुभव छैन भन्‍ने याद आयो र मैले व्यावहारिक रूपमा सङ्गति गरिनँ भने, ब्रदर-सिस्टरहरूले मलाई मैले धर्मसिद्धान्तको ज्ञान मात्रै बताइरहेकी छु र मसँग सत्यताको कुनै वास्तविकता छैन भन्लान् भन्‍ने चिन्ता लाग्यो। तर सङ्गति दिनु मेरो जिम्‍मेवारी हो भन्‍ने थाहा भएकोले, मैले उनीसँग आफूलाई थाहा भएको विषयमा छलफल गरेँ। तर सङ्गति गरेपछि पनि ती सिस्टर अझै निराश देखिन्थिन्। त्यही बेला, चेन मिङ बोल्न सुरु गरे र आफू बर्खास्त हुँदा, तिनले परमेश्‍वरको वचनबाट कसरी आफ्‍नो भ्रष्ट स्वभावको बारेमा मनन गरेका थिए, र तिनले कसरी आफूलाई बुझ्‍न र घृणा गर्न, अभ्यासको मार्ग खोज्न, र पश्‍चात्ताप गरी बदलिन सके भनेर बताउन थाले। यसबाट, तिनले असफलता र बर्खास्त सबै परमेश्‍वरको मुक्ति र प्रेमका रूप हुन् भनेर सिकेका थिए। तिनले यो कुरा बताउँदा ती सिस्टरले सहमतिमा शिर हल्‍लाइन् र भनिन्, “अहिले म त्यस्तै स्थितिमा छु। तपाईंको सङ्गतिले मलाई अघि बढ्ने बाटो दिएको छ।” यो सुनेर, मलाई उनले परमेश्‍वरको इच्‍छा बुझिन् भन्‍नेमा खुशी लाग्यो, तर अलिक खिन्‍न पनि लाग्यो किनभने मैले धर्मसिद्धान्तको ज्ञान मात्रै बताएँ र म सुपरभाइजर हुन लायक छैन भनेर अरूले सोच्लान् भन्‍ने अनुमान गरेँ। त्यसपछिका केही दिनसम्‍म, चाहे कामसम्बन्धी हुन् वा ब्रदर-सिस्टरहरूको स्थितिका समस्याहरू हुन्, ती हल गर्नेबारेमा मेरो सङ्गतिले काम गर्दैन भन्‍ने चिन्ता लागिरह्यो, त्यसैले म अलिक बढी नै चुपचाप बसेँ। आफ्‍ना विचारहरू बाँड्दा पनि, मैले यसबारेमा कैयौँपटक विचार गर्नुपर्थ्यो र कहिलेकहीँ सुरुमा चेन मिङलाई सोध्थेँ, र तिनी मेरो विचारमा सहमत भए मात्रै त्यो कुरा बताउँथेँ। वास्तवमा, विभिन्‍न समस्याहरूबारे ममा राम्रो सुझबुझ थियो र मेरा आफ्‍नै दृष्टिकोण र विचारहरू थिए, तर मैले गलत बोलेँ भने मेरा कमीकमजोरी खुलासा हुन्छन् भन्‍ने चिन्ताले, मैले केही बोल्‍ने आँट गरिनँ। पछि, म प्रार्थनामा परमेश्‍वरको अघि आएँ र भनेँ, “प्रिय परमेश्‍वर! आजभोलि कर्तव्यमा मलाई हैसियत र प्रतिष्ठाले बाँधेको महसुस हुन्छ। मैले राम्ररी सङ्गति गरिनँ भने, समस्याहरू सुल्झाउन सक्दिनँ भन्‍ने चिन्ता लाग्छ, अनि मलाई सङ्गति गर्ने आँटै आउँदैन। मैले आफ्नो जिम्‍मेवारी पूरा गरिरहेकी छैनँ र मलाई साँच्‍चै ग्‍लानि भइरहेको छ। बिन्ती छ मलाई अन्तर्दृष्टि दिनुहोस् र मनन गरेर आफूलाई चिन्‍न अगुवाइ गर्नुहोस्, ताकि म यो वर्तमान स्थितिबाट मुक्त हुन सकूँ।” प्रार्थनापछि, मैले परमेश्‍वरको वचनका दुई वटा खण्डहरू भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “कतिपय मानिसहरूले तुलनात्मक रूपमा जिम्‍मेवार भएर आफ्‍नो कर्तव्य पूरा गर्छन् र परमेश्‍वरका चुनिएकाहरूले तिनीहरूलाई अनुमोदन गर्छन्, त्यसकारण मण्डलीले तिनीहरूलाई अगुवा वा सेवकहरू बन्‍नका लागि जगेर्ना गर्छ। हैसियत पाएपछि, तिनीहरूले आफू भीडभन्दा माथि छु भन्‍ने अनुभव गर्न थाल्छन् र सोच्छन्, ‘किन परमेश्‍वरको घरले मलाई छनौट गर्‍यो? के म तिमीहरू सबैभन्दा राम्रो भएर होइन र?’ के यो बच्‍चाले बोलेजस्तो सुनिँदैन र? यो अपरिपक्‍व, हास्यास्पद, र अज्ञानी कुरा हो। वास्तवमा, तँ अरू मानिसहरूभन्दा अलिकति पनि राम्रो छैनस्। यति मात्र हो कि, तैँले परमेश्‍वरको घरले जगेर्ना गर्न चाहिने मापदण्डहरू पूरा गरेको छस्। तैँले यो जिम्‍मेवारीको बोझ लिन, यो कर्तव्य राम्ररी निभाउन वा सुम्पिएको यो काम पूरा गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा फरक विषय यो। जब दाजुभाइ र दिदीबहिनीहरूले कसैलाई अगुवा चुन्छन् वा निजलाई परमेश्‍वरको घरद्वारा कुनै एक निश्‍चित काम गर्न वा एक निश्‍चित कर्तव्य गर्नका लागि प्रोत्साहन र पदोन्‍नति गरिन्छ, तब यसको अर्थ उनीहरूको विशेष प्रतिष्ठा वा पहिचान छ, वा उनीहरूले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका भन्दा धेरै गहिरो र धेरै सङ्ख्यामा छन् भन्‍ने होइन—उक्त व्यक्तिले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिंदैन भन्‍ने त कुरै छोडौं। स्वाभाविक रूपमै, यसको अर्थ उनीहरूले परमेश्‍वरलाई चिन्छन्, र उनीहरू परमेश्‍वरको डर मान्‍ने मानिसहरू हुन् भन्‍ने पनि होइन। वास्तवमा, तिनीहरूले यी कुनै पनि कुरा हासिल गरेका हुँदैनन्; प्रोत्साहन र जगेर्ना त सीधा अर्थमा प्रोत्साहन र जगेर्ना मात्रै हो, र यो तिनीहरूलाई परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको र मान्यता दिनुभएको सरह होइन। उनीहरूको प्रोत्साहन र जगेर्नाको सामान्य अर्थ उनीहरूलाई पदोन्‍नति गरिएको छ, र उनीहरू आफ्नो जगेर्ना हुने प्रतीक्षामा छन् भन्‍ने मात्र हो। अनि यो जगेर्नाको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। … त्यसो भए, कसैलाई प्रोत्साहन र जगेर्ना गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि त्यस्तो व्यक्तिलाई सत्यका सिद्धान्तहरू बुझाउन, विभिन्‍न कार्यहरू गर्ने सिद्धान्तहरू अनि विभिन्‍न समस्याहरू सुल्झाउन सिद्धान्त, साधन र तरिकाहरू बुझाउन, साथै उनीहरूले विभिन्‍न प्रकारका वातावरण र मानिसहरूको समना गर्दा, तिनीहरूलाई परमेश्‍वरको इच्छाअनुसार र कुनै न कुनै तवरमा परमेश्‍वरको घरको हितको रक्षा हुने गरी कसरी सम्हाल्ने र मिलाउने सो सिकाउनको लागि एक व्यक्तिको रूपमा तालिम र विशेष सिञ्‍चन र प्रशिक्षण दिनका निम्ति प्रोत्साहन र पदोन्‍नति गरिएको छ भन्‍ने हो। के यसले परमेश्‍वरको घरद्वारा प्रोत्साहन र जगेर्ना गरिएको प्रतिभा प्रोत्साहन र जगेर्ना गरिएको अवधिमा वा प्रोत्साहन र जगेर्ना गरिनुअघि राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम भएको संकेत गर्छ? निश्‍चय पनि गर्दैन। यसैले जगेर्ना र विकासको अवधिमा यी मानिसहरूले निराकरण, छाँटकाँट, न्याय र दण्ड, खुलासा र प्रतिस्थापन समेत भोग्‍नु अपरिहार्य छ; यो सामान्य कुरा हो, र तालिम र जगेर्नाको अर्थ नै यही हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “सत्यताको अघि सबै जना समान छन्। बढुवा र वृद्धि-विकास गरिएका मानिसहरू अरूभन्दा धेरै उत्तम हुन्छन् भन्‍ने छैन। हरेकले परमेश्‍वरको कामलाई उति नै समय अनुभव गरेका हुन्छन्। बढुवा वा वृद्धि-विकास नगरिएका मानिसहरूले पनि आफ्‍नो कर्तव्य निर्वाह गर्दा सत्यताको खोजी गर्नुपर्छ। कसैले पनि अरूलाई सत्यताको खोजी गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरू सत्यताको खोजीमा निकै उत्सुक हुन्छन् र तिनीहरूमा केही क्षमता हुन्छ, त्यसकारण तिनीहरूलाई बढुवा र वृद्धि-विकास गरिन्छ। यो परमेश्‍वरको घरको कामका आवश्यकताहरूको कारण गरिन्छ। त्यसो भए, किन परमेश्‍वरको घरमा मानिसहरूलाई बढुवा र प्रयोग गर्ने सिद्धान्तहरू हुन्छन्? किनभने मानिसहरूको क्षमता र व्यक्तित्वमा भिन्‍नता हुन्छ, र हरेकले फरकफरक मार्ग अपनाएका हुन्छन्, जसले गर्दा परमेश्‍वरप्रतिको मानिसहरूको विश्‍वासमा फरकफरक परिणाम आउँछ। सत्यताको खोजी गर्नेहरूले मुक्ति पाउँछन् र तिनीहरू उहाँको राज्यका मानिसहरू बन्छन्, जबकि सत्यतालाई पटक्‍कै स्वीकार नगर्ने र आफ्‍नो कर्तव्यप्रति समर्पित नहुने मानिसहरू निष्कासनमा पर्छन्। मानिसहरूले सत्यताको खोजी गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरू आफ्‍नो कर्तव्यमा समर्पित छन् कि छैनन् भन्‍ने आधारमा परमेश्‍वरको घरले मानिसहरूको वृद्धिविकास र प्रयोग गर्छ। परमेश्‍वरको घरमा काम गर्ने विभिन्‍न मानिसहरूको कुनै तहगत भिन्‍नता हुन्छ? अहिलेको लागि, विभिन्‍न मानिसहरूको हैसियत, स्थान, योग्यता, वा पदमा कुनै तहगत भिन्‍नता छैन। कम्तीमा पनि, मानिसहरूलाई मुक्ति दिन र अगुवाइ गर्नको लागि परमेश्‍वरले काम गर्नुहुने अवधिमा, विभिन्‍न मानिसहरूको ओहदा, स्थान, योग्यता, वा हैसियतमा कुनै भिन्‍नता हुँदैन। एउटै मात्रै भिन्‍नता भनेको व्यक्तिले गर्ने काम र कर्तव्यको विभाजन मात्रै हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरूबाट थाहा भयो कि मैले आफूलाई सुपरभाइजरको रूपमा उच्‍च स्थानमा राखेको कारणले म निष्क्रिय, नकारात्मक र सङ्गति गर्न डराउने भएकी रहेछु। सुपरभाइजरको पदमा मलाई बढुवा गरिनुको अर्थ म अरूभन्दा उत्तम र मसँग राम्रो ज्ञान हुनुपर्छ, मैले समस्याहरूलाई पृथक रूपमा बुझ्‍नुपर्छ, र मेरो कामगराइ अरूको भन्दा राम्रो हुनुपर्छ भन्‍ने मैले सोचेकी थिएँ। त्यसकारण, सुपरभाइजरको पद लिएपछि, म सबैलाई म हरेक किसिमले कसरी अघि छु र म यो काम गर्न पूर्ण सक्षम छु भनेर देखाउन चाहिरन्थेँ। म हरेकको आदर र अनुमोदन पाउन चाहन्थेँ। भेलामा आफूले राखेका दृष्टिकोणहरू अमिल्दा हुँदा र मानिसहरूको समस्या नसुल्झाउँदा, मलाई सबैले सुपरभाइजर हुन लायक छैन भनेर भन्लान् भन्‍ने चिन्ता लाग्यो त्यसकारण मैले नाटक गर्न थालेँ; म मौन हुन्थेँ र मलाई बोल्‍न डर लाग्थ्यो। अरूका समस्याहरू स्पष्ट रूपमा देख्दा पनि म सङ्गति गर्नबाट पछि हट्थेँ। बोल्दासमेत, म सुरुमा लामो समय र गहन रूपमा विचार गर्थेँ वा सहकर्मीको अनुमोदन लिन खोज्थेँ; नत्र, म स्वेच्छाले आफ्‍नो विचार बताउने वा अग्रसरता जनाउने गर्दिनथेँ। म आफ्‍नो कर्तव्यमा निकै निष्क्रिय भएकी थिएँ। मैले परमेश्‍वरबाट पद पाएको छु, जिम्‍मेवारी वा कर्तव्य होइन भन्‍ने लाग्थ्यो। म हैसियतको पूर्ण फन्दा र नियन्त्रणमा परेकी थिएँ। वास्तवमा, म अरूभन्दा असल वा अरूभन्दा धेरै बुझ्‍ने भएर मलाई सुपरभाइजर छनौट गरिएको थिएन, र म त्यो पदको औधी योग्य थिएँ भन्‍ने पनि थिएन। मण्डलीले मेरो क्षमता र प्रतिभाको आधारमा मलाई जगेर्ना गरिरहेको थियो, सत्यताद्वारा समस्या सुल्झाउन र सिद्धान्तअनुसार मामला सम्‍हाल्‍न तालिम दिँदै, मेरा अपर्याप्तताहरू सम्बोधन गरिरहेको थियो, ताकि मैले सत्यता बुझेर सक्दो चाँडो वास्तविकतामा प्रवेश गर्न सकूँ। तर मैले राम्ररी कर्तव्य निभाउन र जिम्‍मेवारीहरू पूरा गर्न सक्छु भन्‍ने कुनै ग्यारेन्टी थिएन। मुख्य कुरा, म सत्यता खोजी गर्ने मार्गमा हिँडेर परमेश्‍वरका सर्तहरूअनुसार आफ्‍नो कर्तव्य निभाउन सक्छु कि सक्दिनँ भन्‍ने थियो। तर गलत रूपमा मैले मलाई सुपरभाइजर बनाइएकोले म अरूभन्दा माथि छु, र मेरो हैसियत अरूको भन्दा उच्‍च छ भन्‍ने सोच्‍न पुगेँ। मलाई आफ्‍नो बारेमा कुनै चेतना थिएन, र मेरा विचारहरू हास्यास्पद थिए!

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड भेटेँ, जसले मलाई एकदमै गहन प्रभाव पार्‍यो: “ख्रीष्टविरोधीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरू कुरा गर्न र आफ्नो हृदय अरूसित खोल्‍न सधैँ सौखिन भए भने, सबैले तिनीहरूको भित्री रूप देख्‍नेछन् र तिनीहरूमा गहनता नभएको र तिनीहरू सामान्य मानिसहरू भएको ठान्‍नेछन् र तिनीहरूलाई अबदेखि सम्मान गर्नेछैनन्। अरूले तिनीहरूलाई विश्‍वास गर्दैनन् भन्‍नुको अर्थ के हो? यसको अर्थ यो हो कि तिनीहरूले अबदेखि अरूको हृदयमा उच्‍च स्थान पाउँदैनन् र तिनीहरू धेरै सामान्य, धेरै अनजान र धेरै साधारण लाग्छन्। ख्रीष्टविरोधीहरू यही कुरा देख्‍न चाहँदैनन्। यसैले, जब तिनीहरूले मण्डलीमा सधैँ आफूलाई उदाङ्‍गो पार्ने र आफू परमेश्‍वरप्रति नकारात्मक र विद्रोही भएको कुरा गर्ने, आफूबाट हिजो जुन कुरामा गल्ती भयो सो कुरा गर्ने, र आज तिनीहरू इमानदार व्यक्ति नभएको कारण कष्ट भोगिरहेको कुरा गर्ने अरूलाई देख्छन्, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई मूर्ख र अज्ञानी ठान्छन्; तिनीहरूले यस्ता कुराहरू कहिले पनि भन्दैनन्, तर ती कुराहरूलाई आफूभित्रै लुकाइराख्छन्। थोरै बोल्‍ने केही मानिसहरू छन् जो कमजोर क्षमता र साधारण दिमाग भएका र धेरै सोचहरू नभएका छन्। ख्रीष्टविरोधीहरूजस्ता मानिसहरू पनि थोरै बोल्छन्, तर उस्तै स्थिति भने होइन—यो तिनीहरूको स्वभावमा भएको समस्या हो। तिनीहरूले अरूलाई देख्दा थोरै बोल्छन् र जब अरूले कुनै विषयमा कुरा गर्छन्, तिनीहरूले हल्कासित कुनै राय दिँदैनन्। तिनीहरूले किन आफ्ना रायहरू दिँदैनन् त? सर्वप्रथम, निश्‍चय नै तिनीहरूसँग सत्यता हुँदैन र कुनै पनि विषयको केन्द्रलाई देख्‍न सक्दैनन्; तिनीहरूले बोल्‍नेबित्तिकै गल्ती गर्छन् र अरूले तिनीहरूलाई को हुन् भनेर चिन्‍नेछन्। अरू मानिसहरूले तिनीहरूलाई नीच नजरले हेर्नेछन् भन्‍ने तिनीहरूलाई डर हुन्छ, त्यसकारण तिनीहरूले मौनता र गहनताको भेष धारण गर्छन्, जसले गर्दा अरूले तिनीहरूलाई सही तरिकाले मापन गर्न सक्दैनन्, र उनीहरूलाई तिनीहरू बुद्धिमान् र असाधरण छन् भन्‍ने लाग्छ। यस प्रकारले कसैले पनि तिनीहरूलाई महत्त्वहीन सोच्‍नेछैन। यसको साथै, तिनीहरूको शान्त र धैर्यपूर्ण आचरण देखेर, मानिसहरूले तिनीहरूको बारेमा धेरै सोच्छन् र तिनीहरूलाई कम सोच्‍ने हिम्मत गर्नेछैनन्। यो ख्रीष्टविरोधीहरूको धूर्तता र दुष्टता हो। … तिनीहरू आफ्नो वास्तविकता अरूले देखुन् भन्‍ने चाहँदैनन्। तिनीहरूलाई आफ्नो कद थाहा हुन्छ, तर तिनीहरूले मानिसहरूलाई आफ्नो आदर गर्न लाउने घृणित अभिप्राय पालेका हुन्छन्। के योभन्दा घृणित कुरा अरू कुनै छ र?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्‍वरको वचनले ख्रीष्टविरोधीहरूले खुलेर आफ्नो दृष्टिकोण राख्दैनन् भन्‍ने तथ्य खुलासा गरिदियो। आफ्नो दृष्टिकोण राख्‍नेबित्तिकै, सबैले आफ्नो वास्तविकता देख्‍नेछन्, र मानिसहरूको नजरमा आफ्‍नो हैसियत र छवि गुम्नेछ भन्‍ने तिनीहरूलाई डर हुन्छ। त्यसकारण, तिनीहरू जोगिएर बस्छन् ताकि कसैले तिनीहरूको वास्तविकता नदेखून्। यो ख्रीष्टविरोधीको दुष्ट स्वभाव हो। त्यो अवधिमा मैले पनि त्यस्तै व्यवहार गरिरहेकी छु भन्‍ने महसुस भयो। समस्याहरू पत्ता लगाउँदा मलाई आफ्नो दृष्टिकोण राख्ने इच्‍छा हुँदैनथ्यो किनभने मेरो मनमा वास्तवमै घृणित उद्देश्य हुन्थ्यो: म आफ्‍ना कमीकमजोरी लुकाएर आफूलाई सत्यता बुझ्‍ने प्रशंसायोग्य व्यक्तिको रूपमा चिनाउन चाहन्थेँ। म ब्रदर-सिस्टरहरूको आदर र प्रशंसा बटुल्न चाहन्थेँ। मैले धेरै बोलेँ भने गल्ती गर्छु, र सबैले मेरो साँचो रङ्ग देख्छन्, मलाई आदर गर्न छोड्छन् र म सुपरभाइजर हुन योग्य नभएको ठान्छन् भनेर मलाई सधैँ चिन्ता हुन्थ्यो। आफ्‍नो हैसियत र प्रतिष्ठा कायम राख्‍न अनि आफ्‍ना अपर्याप्तताहरू लुकाउन र अरूलाई मेरो वास्तविकता नदेखाउनका लागि म ब्रदर-सिस्टरहरूले कर्तव्यमा समस्याहरू सामना गर्दा, अत्यन्तै थोरै कुरा भन्थेँ वा सङ्गति गर्दै गर्दिनथेँ। यो साँच्‍चै नै छली स्वभाव थियो। मण्डलीले मलाई सुपरभाइजरको रूपमा सेवा गर्ने जिम्‍मा दियो, ताकि मैले व्यावहारिक समस्याहरू सुल्झाउन सत्यता खोजी गर्न सकूँ, र कर्तव्य पूरा गर्न ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्न सकूँ। तर आफ्‍नो हैसियत र प्रतिष्ठा कायम राख्‍नका लागि, र अरूबाट मेरा अपर्याप्तताहरू लुकाउनका लागि, मैले आफ्‍नो कर्तव्य र जिम्‍मेवारी निभाउने कार्यमा हेलचेक्र्याइँ गरेँ, र अरूले मेरो आदर र उपासना गरून् भनेर आफ्नो सामर्थ्य मात्रै प्रदर्शन गर्ने प्रयास गरेँ। म परमेश्‍वरलाई विरोध गर्ने ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ! त्यो बेला, मलाई अलिक डर लाग्यो, त्यसैले प्रार्थनामा परमेश्‍वरको अघि आएँ र उहाँलाई अभ्यासको मार्ग खोज्‍न मलाई डोर्‍याउन अनुरोध गरेँ।

पछि, मैले परमेश्‍वरको वचनका अरू दुई खण्डहरू भेटेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “मण्डलीले कतिपय मानिसहरूलाई पदोन्नति र वृद्धि-विकास गर्छ, र यो राम्रो कुरा हो, र यो प्रशिक्षित हुने राम्रो अवसर हो। यो भन्न सकिन्छ कि उनीहरूलाई परमेश्‍वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसो भए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो। जब तिनीहरूले सत्यतालाई बुझ्दैनन्, तिनीहरूले सत्यताको खोजी गर्नैपर्छ, र यदि खोजी गरेर पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले सङ्गति र खोजी गर्न सत्यता बुझ्‍ने व्यक्तिलाई खोज्‍नुपर्छ, र यसरी समस्यालाई शीघ्र र समयमै समाधान गर्न सकिन्छ। यदि तैँले सत्यताको बुझाइ हासिल गर्न र समस्या समाधान गर्नको लागि एक्लै परमेश्‍वरका वचनहरू पढ्नमा र यी वचनहरू मनन गर्नमा धेरै समय दिन मात्रै ध्यान दिन्छस् भने, यो अत्यन्तै ढिलो हुन्छ; र यो ‘टाढाको खोलाले तिर्खा मर्दैन’ भनेजस्तै हुन्छ। यदि सत्यताको हकमा तैँले चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सहकार्य गर्न, अनि अझै बढी प्रश्‍नहरू गर्न, र अझै धेरै खोजी गर्न सिक्‍नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन अझै शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले कुनै ढिलाइ नगरी समस्याहरू तुरुन्तै समाधान गर्न सक्‍नेछस्। तँलाई भर्खरै बढुवा गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको हुनाले, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेकोले वा तँमा सत्यताको वास्तविकता नभएकोले—तँमा अझै पनि यो कदको कमी भएकोले—तँलाई बढुवा गर्नुको अर्थ तँमा सत्यताको वास्तविकता छ भन्‍ने नसोच्; यस्तो हुँदैन। कामप्रति तँमा बोझको बोध रहेकोले र तँमा अगुवाको क्षमता भएकोले मात्रै बढुवा र वृद्धि-विकासको लागि तँलाई छनौट गरिएको हो। तँमा यो कुराको समझ हुनुपर्छ। यदि तँलाई बढुवा गरी प्रयोग गरिएपछि, तँ अगुवा वा सेवकको स्थानमा बस्छस् र आफूमा सत्यताको वास्तविकता छ, र आफू सत्यताको खोजी गर्ने व्यक्ति हुँ भन्‍ने विश्‍वास गर्छस् भने—र दाजुभाइहरूको समस्या जे-जस्तो भए पनि, यदि तैँले ती समस्या बुझेको, र आफू आत्मिक व्यक्ति भएको बहाना बनाउँछस् भने—यो मूर्खता हो, र यो ढोँगी फरिसीहरूकै शैली हो। तैँले सत्यतामा आधारित भएर बोल्‍ने र काम गर्ने गर्नुपर्छ। जब तैँले कुरा बुझ्दैनस्, तैँले अरूलाई सोध्‍न वा माथिबाट उत्तरहरू खोज्‍न र सङ्गति गर्न सक्छस्—यसो गर्नु कुनै लाजमर्दो कुरा होइन। तैँले सोधिनस् भने पनि, माथिकालाई तेरो साँचो कदको ज्ञान हुन्छ, र तँमा सत्यताको वास्तविकता छैन भन्‍ने थाहा हुन्छ। तैँले गर्नुपर्ने काम भनेको खोजी र सङ्गति गर्नु हो; यो सामान्य मानवतामा हुनुपर्ने समझ हो, र अगुवा र सेवकहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। यो लाज मान्‍नुपर्ने कुरा होइन। यदि तँलाई अगुवा भएपछि सधैँ अरूसँग प्रश्‍न गर्नु वा माथि सोध्‍नु, वा सिद्धान्तहरू नबुझ्‍नु लाजमर्दो कुरा हो भन्‍ने लाग्छ भने, र यसको फलस्वरूप, तँ बहाना बनाउँदै, बुझेको छु, थाहा छ, काम गर्न सक्छु, मण्डलीको कुनै पनि काम गर्न सक्छु, र तँलाई कसैले सम्झाउनु वा सङ्गति गर्नु पर्दैन, वा तँलाई कसैको सहयोग वा साथ चाहिँदैन भनी नाटक गर्छस् भने, यो खतरनाक कुरा हो, र यो अत्यन्तै अहङ्कारी र आत्मधर्मी कार्य हो, समझशक्तिको एकदमै कमी भएको अवस्था हो। तँलाई आफ्‍नै हदसमेत थाहा छैन—अनि के तँलाई यसले मूर्ख तुल्याउँदैन र? त्यस्ता मानिसहरूले परमेश्‍वरको घरबाट प्रवर्धन र जगेर्ना पाउने मापदण्ड पूरा गर्दैनन्, र ढिलोचाँडो तिनीहरूलाई प्रतिस्थापन गरिन्छ वा हटाइन्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “चाहे तिनीहरूलाई प्रवर्धन वा जगेर्ना गरेर अगुवा वा सेवकहरू बनाइएको भए पनि, वा तिनीहरू विभिन्‍न व्यावसायिक प्रतिभा बोकेका व्यक्तिहरू भए पनि, तिनीहरू सबै साधारण व्यक्तिहरू हुन्, तिनीहरूलाई शैतानले भ्रष्ट तुल्याएको छ र तिनीहरूले सत्यता बुझ्दैनन्। त्यसकारण, कसैले पनि आफूलाई ढाकछोप गर्ने वा देखावटी रूप धारण गर्ने गर्नु हुँदैन, बरु खुलस्त रूपमा कसरी सङ्गति गर्ने त्यो सिक्‍नुपर्छ। यदि तँ बुझ्दैनस् भने, बुझेको बहाना नगर्। यदि कुनै काम गर्न सक्दैनस् भने, गर्न सक्दिनँ भन्। तँसँग जुनसुकै समस्या वा कठिनाइ भए पनि, तैँले सबैसँग सङ्गति गरेर समाधान पत्ता लाउन सत्यता खोजी गर्नुपर्छ। सत्यताको अगाडि सबै जना बच्‍चाजस्तै हुन्, सबै जना कमजोर र दयनीय, अनि धेरै कुराको कमी भएका मानिसहरू हुन्। मानिसहरूले गर्नुपर्ने भनेकै सत्यताको अगाडि आज्ञापालन गर्नु एवं नम्र र तृषित हृदय धारण गर्नु हो। तिनीहरूले सत्यता अभ्यास गर्नु र परमेश्‍वरमा समर्पित हुनुभन्दा पहिले सत्यता खोज्‍नु र स्विकार्नुपर्छ। कर्तव्य निभाउँदा र वास्तविक दैनिक जीवनमा यसो गरेमा, मानिसहरू परमेश्‍वरका वचनहरूको सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले अभ्यासको मार्ग भेट्टाएँ। मैले आफूले बुझेको कुरा छलफल गर्नुपर्थ्यो र आफ्‍ना कमीकमजोरीबारे सही मनोवृत्ति राख्‍नुपर्थ्यो, र आफ्‍नो वास्तविकता लुकाउने र बुझेको बहाना गर्ने कार्यबाट पछि हट्नुपर्थ्यो। कुनै कुरा नबुझ्दा, मैले अरूसँग खोजी र सङ्गति गर्नुपर्थ्यो। सँगै मिलेर काम गर्दा मात्रै हामीले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्थ्यौँ। म सधैँ आफ्‍ना अपर्याप्तताहरू लुकाउने प्रयास गर्थेँ र ममा समस्या छ भन्‍ने तथ्यलाई सामना गर्न सक्दिनथेँ, न त म आफ्‍नो समस्या सुल्झाउन सत्यता नै खोजी गर्थेँ। म यसरी कहिल्यै सुध्रिने वा आफ्‍नो कर्तव्यमा प्रभावकारी हुने थिइनँ। त्यो बेला मैले केही बाधा र असफलताहरू भोगेँ जसले मेरा अपर्यप्तताहरू खुलासा गरे, तर यसले मलाई आफ्नो कदबारे पनि सचेत तुल्यायो, यसरी भविष्यमा मैले व्यावहारिक रूपमा कार्य र व्यवहार गर्न, अनि अरूसँग सहकार्य गर्न, सत्यता खोजी गर्न र सिद्धान्तअनुसार मामलाहरू सम्‍हाल्‍न सिक्‍न सक्थेँ। यी सबै राम्रा फाइदाहरू हुने थिए। त्यसपछि, म सबै टोलीहरूसँगका भेलाहरूमा म निकै खुलस्त हुन सक्‍ने भएँ।

एउटा भेलामा, दुई सिस्टरहरू नाम र फाइदाका लागि होड गरिरहेको देखेँ र तिनीहरूसँग सङ्गति गर्न परमेश्‍वरका केही वचनहरू खोज्‍न मन लाग्यो। तर त्यसपछि मैले सोचेँ, “यस विषयमा मलाई केही अनुभव छ, तर मैले यसबारेमा गहन रूपमा बुझेकी छैनँ। मेरो सङ्गति अत्यन्तै सतही भयो भने कहीँ तिनीहरूले मलाई हेयको दृष्टीले हर्दै म सुपरभाइजर हुन लायक छैन भनी भन्‍नेहुन् कि? सायद मैले तिनीहरूसँग सङ्गति गर्नु हुँदैन।” त्यही बेला, मैले फेरि पनि आफ्‍नो झूटो आवरण धारण गरिरहेको महसुस भयो। अनि, मैले केही दिनअघि पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद गरेँ: “परमेश्‍वरमा विश्‍वास गर्ने सबैले उहाँको इच्छालाई बुझ्नुपर्छ। जस-जसले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्छन् उनीहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्, र उहाँले उनीहरूलाई सुम्पनुभएको काम पूरा गरेर मात्र व्यक्तिले आफ्‍नो कर्तव्य सन्तोषजनक रूपले पूरा गर्न सक्छ। … त्यसो भए, परमेश्‍वरको आज्ञा पूरा गर्न, र आफ्नो कर्तव्य वफादारीसाथ र राम्रोसँग सम्पन्न गर्नका लागि कुन मापदण्ड पूरा गर्नुपर्दछ? त्यो भनेको तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा मनले र तेरो सारा शक्तिले तेरो कर्तव्य गर्नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?)। यो कर्तव्य स्विकारेकी हुनाले, मैले यसलाई मेरो क्षमताअनुसार सक्दो राम्ररी गर्नुपर्थ्यो। यी सिस्टरहरू खराब स्थितिमा छन् भन्‍ने मैले देखेकी थिएँ, त्यसैले सत्यता सङ्गति गरेर तिनीहरूलाई सहयोग गर्न मैले सक्दो गर्नुपर्थ्यो, यसरी तिनीहरूलाई आफ्‍नो भ्रष्ट स्वभावको बारेमा थाहा हुने थियो, र तिनीहरूले नाम र फाइदाको लागि होड गर्न छोडी सामान्य रूपमा कर्तव्य निभाउन सक्‍ने थिए। यसो गर्दा मात्रै मैले आफ्‍नो कर्तव्य पूरा गरेको हुन्थ्यो। मलाई के महसुस भयो भने, समस्या समाधान गर्न सत्यता सङ्गति गर्नु राम्रो कुरा हो—यो परमेश्‍वरको गवाही दिनु हो र यसले मान्छेलाई उहाँको अघि ल्याउँछ—तर मैले यसलाई आदर पाउने माध्यमको रूपमा हेरिरहेकी थिएँ। म यति तुच्‍छ बनेकी थिएँ र मलाई आफैप्रति घृणा जाग्यो। म यसरी अघि बढिरहन चाहन्‍नथेँ। म आफ्‍नो कर्तव्य र जिम्‍मेवारीहरू पूरा गर्न र ती सिस्टरहरूलाई केही व्यावहारिक सहयोग गर्न आफूले देखेका र बुझेका सबै कुराबारे सङ्गति गर्न मात्रै चाहन्थेँ। यस्तो मन बनाएपछि, मैले तिनीहरूलाई सङ्गति दिन परमेश्‍वरको वचनका एकदुई खण्डहरू खोजेँ। गज्‍जबको कुरो, सङ्गति सुनेपछि ती सिस्टरहरू आफ्‍नो स्थितिबारे केही सचेत भए। तिनीहरू आत्मसचेतना प्राप्त गरी पश्‍चात्ताप गर्न तयार भएको देख्दा, मैले परमेश्‍वरलाई धन्यवाद दिएँ। त्यसपछि, हामीले तिनीहरूले काममा सामना गरिरहेका केही अन्य समस्याहरू छलफल गर्‍यौँ र मैले त्यस विषयमा आफ्‍नो विचार प्रस्तुत गरेँ। अरू टोली अगुवाहरूले पनि आफ्‍ना दृष्टिकोणहरू व्यक्त गरे। सङ्गति गरेपछि, सबैले स्पष्‍ट र सटीक रूपमा कुरा बुझे र विचलनका कुराहरू सीमित भए। यसरी अभ्यास गर्दा एकदम राम्रो लाग्यो र मलाई अझै सहज र स्वन्त्रत महसुस भयो। त्यहाँदेखि, त्यसपछिका भेलाहरूमा मेरो मानसिकता निकै सुधार भयो: मैले सुपरभाइजरको रूपमा आफूलाई उच्‍च स्थानमा राख्‍न छोडेँ र देखावटी व्यवहार गर्न बन्द गरेँ। म आफूले बुझे जति मात्र छलफल गर्थेँ र आफूलाई लागेको कुरा भन्थेँ। यसबाट एकदमै स्वतन्त्र भएको अनुभूति भयो। मैले के पनि महसुस गरेँ भने जब मैले सही मानसिकता अपनाउँदै, अरूले मेरो बारे के सोच्लान् भनेर चिन्ता गर्न छोडेँ, र समस्याहरूबारे मनन गर्न मनलाई शान्त पारेँ, तब मैले समस्याहरूलाई झन् गहन रूपमा बुझेँ र झन् स्पष्‍ट रूपमा सङ्गति गर्न थालेँ। कतिपय अवस्थाहरूमा, केही निश्‍चित सङ्गतिहरू पहिले नसोची आफै आउँथे। यो पवित्र आत्‍माको अन्तर्दृष्टि र अगुवाइ हो भन्‍ने मलाई थाहा थियो। मेरा विचारहरू सधैँ सही नै नभए पनि, मलाई बाँधिएजस्तो अनुभव हुँदैनथ्यो र मेरो गल्ती देखिँदा सुधार गरिहाल्थेँ। परमेश्‍वरको वचनद्वारा मात्रै मैले यो परिवर्तन हासिल गर्न सकेकी हुँ। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो आफ्‍नै बुबाको “कैदमा”

सन् २०२० को ग्रीष्म महिनामा। त्यो बेला, मेरी बहिनी एल्बिना र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको भिडियो सपनाबाट बिउँझँदा भेट्टायौँ।...

लापरवाहीपन पछाडिको सत्यता

गत अक्टोबर हामीले एउटा भिडियो बनाउने काम सक्यौँ। हामीले यसमा धेरै मेहनत लगाएका, र धेरै समय र शक्ति खर्च गरेका थियौँ, तर अचम्‍मको कुरो,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्