सत्यताबारे सङ्गति खुला हृदयले गर्नुपर्छ

7 जुन 2025

जुलिया, पोल्याण्ड

सन् २०२१ को सुरुमा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। मैले सक्रिय भएर भेलाहरूमा सहभागिता जनाउन र परमेश्‍वरको वचन पढ्न थालेँ, र दुई महिनाभन्दा बढी बितेपछि, मलाई मलजल गर्ने डिकन चयन गरियो। हामी हरेक सप्ताहन्तमा डिकन बैठक गर्थ्यौँ, र आफ्‍नो कर्तव्यमा सामना गरेका समस्या र कठिनाइहरूका बारेमा छलफल गर्थ्यौँ र हामीले के सिक्यौँ, कस्तो भ्रष्टता प्रकट गर्‍यौँ, र त्यसबारे परमेश्‍वरको वचनमार्फत कसरी मनन गर्‍यौँ र के बुझ्यौँ भनेर सङ्गति गर्थ्यौँ। हरेक बैठकपहिले, म निकै नर्भस हुन्थेँ र लामो समयसम्‍म सोचविचार गर्थेँ, किनभने मलाई बैठकमा के भन्‍ने भनेर थाहा हुँदैनथ्यो। मलाई आफ्‍नो भ्रष्टता र कमीकमजोरीहरूका बारेमा बोल्‍नुपर्ने चिन्ता लाग्थ्यो, किनकि मलाई मण्डली अगुवा र अन्य डिकनहरूले मलाई नराम्रो सोच्लान् भन्‍ने डर लाग्थ्यो। उदाहरणको लागि: मैले भर्खरै नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सुरु गरेकी थिएँ। मलाई धेरै कुरा थाहा थिएन, र ममा अनुभवको कमी थियो। मलाई नयाँ विश्‍वासीहरूले मन नपराउलान् र म तिनीहरूलाई राम्ररी मलजल गर्न सक्दिनँ भन्‍ने सोच्लान् भन्‍ने चिन्ता लाग्थ्यो, त्यसैले मलाई यो कर्तव्य पूरा गर्न मन लाग्‍न छोडेको थियो। तर म डिकन बैठकमा मेरो स्थितिको बारेमा मन खोलेर बताउन चाहन्‍नथेँ, किनभने मैले यस्तो कुरा गरेँ भने, मेरा ब्रदर-सिस्टरहरूले ममा नयाँ विश्‍वासीहरूसँग सङ्गति गर्ने क्षमता छैन भनेर सोच्‍लान् भन्‍ने चिन्ता थियो। यसको साथै, म कतिपय नयाँ विश्‍वासीहरूप्रति धैर्य हुन सकेकी थिइनँ, तर म यो कुरा भन्‍न चाहँदिनथेँ, किनभने यदि मैले बैठकमा यो कुरा उठाएँ भने, तिनीहरूले ममा खराब मानवता छ भन्‍ने सोच्‍लान् भन्‍ने चिन्ता थियो। तर यदि मैले केही पनि भनिनँ भने, तिनीहरूले अवश्य नै मलाई म अरूजतिको सक्षम छैन भनेर सोच्थे होलान्। म आफूलाई लाजमा पार्न वा तिनीहरूबाट हेपिन चाहँदिनथेँ। यसबारेमा विचार गरेपछि, मैले अन्त्यमा तिनीहरूलाई केही महत्त्वहीन कुरा मात्र बताउने तर धेरै लाजमर्दो कुरा नबताउने निर्णय गरेँ, जस्तै म अल्छी छु, जुन धेरैजसो मानिसहरूमा हुने समस्या हो। त्यसरी, म अरूभन्दा कम क्षमताकी देखिनेथिनँ।

अनि, बैठकमा एकजना मण्डली अगुवाले मलाई यस अवधिमा आफूले प्राप्त गरेका अनुभवहरूको बारेमा, र मैले आफ्नो भ्रष्ट स्वभावको के ज्ञान प्राप्त गरेँ भनेर बताउन अनुरोध गरे, र मैले योजना गरेअनुसार नै सङ्गति गरेँ। मेरो कुरा सकिएपछि, मैले राहतको सास फेरेँ, तर मलाई अप्ठ्यारो लाग्यो किनकि मैले सत्य कुरा बताएकी छैन, र मैले जे गरेँ त्यो परमेश्‍वरका अभिप्रायहरूविपरीत छ भन्‍ने मलाई थाहा थियो। मलाई प्रभु येशूका यी वचनहरू याद आए: “तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)। “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरू परिवर्तन भएर साना बालबालिकाहरूजस्तै भएनौ भने, तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ” (मत्ती १८:३)। परमेश्‍वरले भन्‍नुभएको कुराबारे सोच्दा, मलाई निकै ग्‍लानि भयो। झूट शैतानबाट आउँछ, र त्यो दुष्टता हो। परमेश्‍वरले इमानदार मानिसहरू मन पराउनुहुन्छ, र इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्। ढँटुवा र ढोङ्गीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्दैनन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, र अन्त्यमा तिनीहरू अवश्य नै परमेश्‍वरद्वारा हटाइनेछन्। मलाई निकै बेचैन भयो, र मलाई परमेश्‍वरद्वारा तिरस्कृत हुन्छु भन्‍ने डर थियो। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ र मलाई इमानदार व्यक्ति बन्‍न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ। मैले अर्को बैठकमा साँचो कुरा बताउने र आफ्नो भ्रष्टताको प्रकटीकरणका बारेमा मन खोलेर कुरा गर्ने निर्णय गरेँ। तर जब त्यो समय आयो, अझै पनि मसँग त्यो कुरा बताउने साहस थिएन। यदि मैले मेरो भ्रष्टता र कमीकमजोरीहरूको बारेमा बताएँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई म तिनीहरूभन्दा बढी भ्रष्ट छु भन्‍ने सोच्लान् भन्‍ने डर भयो। तिनीहरूलाई सत्य बताउन निकै गाह्रो लाग्यो, र सोही कारण मलाई डिकन बैठकहरूमा सहभागी हुन छोड्न पनि मन लाग्यो। तर मेरा ब्रदर-सिस्टरहरूले मलाई म किन आइनँ भनेर सोध्लान्, र मलाई के भन्‍ने भनेरै थाहा छैन भन्‍ने चिन्ता भयो। मैले यसबारेमा जति विचार गरेँ, त्यति नै मनभित्र अन्तर्द्वन्द्व चल्यो र मलाई दयनीय महसुस भयो। के गर्ने, कसो गर्ने मलाई थाहै थिएन। एउटा भेलामा, ब्रदर-सिस्टरहरूले सधैँझैँ आफ्नो अनुभवात्मक ज्ञानका बारेमा सङ्गति गरे, र आफूलाई चाहिँ के भन्‍ने भनेरै थाहा नभएकोले, मैले केवल चुपचाप सुनिरहेँ। म आफैप्रति खिन्‍न थिएँ, म सधैँ छद्म भेष धारण गर्थेँ र सत्यता अभ्यास गर्न बारम्‍बार असफल हुन्थेँ। म इमानदार शब्दसमेत बोल्‍न सक्दिनथेँ। म निकै व्याकुल भएँ, त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई यो परिस्थितिबाट मुक्त गर्न अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ।

पछि, मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ: “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्‍वरले देख्‍ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्‍वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्‍वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्‍वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने हामीले हाम्रा भ्रष्ट स्थितिहरूलाई कहिल्यै पनि ढाकछोप गर्नु हुँदैन। हामीले ती कुरालाई परमेश्‍वरको अघि ल्याएर प्रार्थना गर्नुपर्छ, चिन्तन गर्नुपर्छ, र आफूलाई बुझ्‍ने प्रयास गर्नुपर्छ, साथै सत्यताको खोजी गर्नको लागि हाम्रो हृदय खोलेर ब्रदर-सिस्टरहरूको अगाडि हाम्रो भ्रष्टता खुलासा गर्नुपर्छ। यसले हामीलाई आफ्‍नो बारेमा अझै राम्ररी बुझ्‍न र हाम्रा भ्रष्ट स्वभावहरू समाधान गर्न मदत गर्नेछ। तर, आफ्‍नो इज्‍जतलाई कायम राख्‍न, म आफ्‍नो भ्रष्टता र कठिनाइहरूको बारेमा मन खोलेर बताउन अनिच्छुक भएँ, र मैले मेरा ब्रदर-सिस्टरहरूसँग सत्यता खोज्‍न पनि चाहिनँ। मैले सधैँ मेरो हृदयलाई बन्द गरेर राखेँ ताकि कसैले पनि मेरो वास्तविक रूप देख्‍न नसकून्, र यसरी अन्धकारमा जिउँदा मलाई कुनै उन्मुक्तिको अनुभूति भएन। मलाई म अब यसरी जिउनु हुँदैन, र मैले परमेश्‍वरको वचन अभ्यास गर्नुपर्छ, मेरो स्थितिको बारेमा मेरा ब्रदर-सिस्टरहरूलाई खुलेर बताउनुपर्छ, र तिनीहरूबाट मदत लिन खोज्नुपर्छ भन्‍ने महसुस भयो। बैठक समाप्त हुनेबित्तिकै, एक जना सिस्टर आफ्‍नो हालैको अनुभव बताउन मकहाँ आइन्। मलाई यो उनीसित खुल्ने र सत्यता खोजी गर्ने राम्रो मौका हो भन्‍ने लाग्यो, तर मलाई अझै पनि अलिक लाज लागेको थियो, किनभने उनले मलाई के सोच्लिन् भन्‍ने थाहा थिएन। उनले मलाई अत्यन्तै बेइमान व्यक्ति भनेर भन्लिन् कि भन्‍ने चिन्ता लाग्यो। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अबदेखि आफूलाई ढाकछोप गर्न चाहन्‍नँ। म अबदेखि मेरो साँचो विचार लुकाउन चाहन्‍नँ। म धेरै थाकिसकेँ। हे परमेश्‍वर, म इमानदार व्यक्ति बन्‍न चाहन्छु, बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले बैठकमा खुलेर बताउने आँट नगरेका सबै कुराहरू मेरी सिस्टरलाई बताएँ। आफूले बोलिसकेपछि, मलाई निकै राहत महसुस भयो। ती सिस्टरले मसित उनको बुझाइबारे कुरा गरिन्, र मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्: “छली व्यक्तिको मुख्य विशेषता के हो भने, ऊ कसैसित सङ्गति गर्न कहिल्यै आफ्‍नो हृदय खोल्दैन, र आफ्‍नो सबैभन्दा नजिकको मित्रलाई समेत आफ्‍नो हृदयको कुरा सुनाउँदैन। यस्तो व्यक्ति असाधारण रूपमा कुटिल र रहस्यमयी हुन्छ। वास्तवमा, यस्तो व्यक्ति वृद्ध नै हुन्छ, वा उसले धेरै संसार देखेको हुन्छ भन्‍ने हुँदैन, र ऊसँग अनुभवसमेत थोरै मात्रै हुन सक्छ, तैपनि ऊ अत्यन्तै कुटिल र रहस्यमयी हुन्छ। ऊ उमेरको हिसाबले निकै धूर्त हुन्छ। के यस्तो व्यक्ति प्रकृतिले नै छली हुँदैन र? उसले आफूलाई यति गहन रूपमा लुकाएको हुन्छ कि कसैले उसको वास्तविकता देख्‍न सक्दैन। उसले जति नै धेरै शब्‍दहरू बोले पनि, कुन साँचो र कुन झूटो हो भन्न गाह्रो हुन्छ, र उसले कुन बेला साँचो र कुन बेला झूट बोलिरहेको हुन्छ भनी कसैलाई थाहा हुँदैन। यसको साथै, ऊ भेष बदल्न र कुतर्क गर्न निकै सिपालु हुन्छ। ऊ प्रायः मानिसहरूमा गलत छाप छोड्ने र सत्यता लुकाउने गर्छ, जसले गर्दा मानिसहरूले उसको झूटो रूप मात्र देख्छन्। उसले आफू उच्‍च, असल, चरित्रवान्, र निष्कपट व्यक्ति भएको, र सबैले मन पराउने र अनुमोदन गर्ने व्यक्ति भएको भेष धारण गर्छ, र अन्त्यमा, सबैले उसलाई आराधना र सम्‍मान गर्छन्। त्यस्तो व्यक्तिसँग तैँले जति लामो समय बिताए पनि, उसले के विचार गरिरहेको छ भन्‍ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। सबै प्रकारका मानिस, घटना, र कामकुराहरूप्रतिको उसको दृष्टिकोण र मनोवृत्तिहरू उसको हृदयभित्र लुकेका हुन्छन्। उसले कसैलाई यी कुराहरू कहिल्यै बताउँदैन। उसले आफ्‍नो सबैभन्दा निकटको विश्‍वासपात्रसँग समेत यी कुराहरूबारे कहिल्यै सङ्गति गर्दैन। परमेश्‍वरलाई प्रार्थना गर्दासमेत, उसले आफ्‍नो हृदयको कुरा वा आफूबारेको सत्यता व्यक्त नगर्न सक्छ। यति मात्र होइन, उसले आफूलाई असल मानवता भएको व्यक्ति, अत्यन्तै आत्मिक र सत्यताको पछ्याइमा समर्पित व्यक्तिको भेष धारण गर्ने प्रयास गर्छ। उसमा कस्तो स्वभाव छ र ऊ कस्तो व्यक्ति हो भनेर कसैले पनि बुझ्न सक्दैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक))। परमेश्‍वरको वचनबाट, मैले के बुझेँ भने छली मानिसहरूले अरूसँग मनदेखि बोल्दैनन्, न त तिनीहरूले आफ्‍नो साँचो स्थितिको बारेमा अरूसँग खुलेर कुरा नै गर्छन्। बरु, तिनीहरूले प्रायजसो आफूलाई लुकाउने र छद्म भेष धारण गर्ने गर्छन्। म त परमेश्‍वरले खुलासा गर्नुभएको जस्तै रहेछु भन्‍ने मलाई थाहा भयो। मलजल गर्ने डिकन भएपछि, मैले आफूमा धेरै कमीकमजोरीहरू छन्, र ममा धेरै भ्रष्ट स्वभावहरू पनि प्रकट हुन्छन्, र नयाँ विश्‍वासीहरूप्रति ममा कुनै प्रेम र धैर्यता छैन भन्‍ने थाहा पाएँ। मैले आफ्‍नो हृदय खोलेर मेरा ब्रदर-सिस्टरहरूसँग यी समस्याहरूको समाधान खोज्‍नु जरुरी थियो। तर मैले साँचो कुरा बताएँ भने, तिनीहरूले मलाई हेप्लान् र मलाई कमसल ठान्लान् भन्‍ने चिन्ता लाग्यो, त्यसकारण मलाई आफ्‍नो वास्तविक स्थितिको बारेमा तिनीहरूलाई बताउन मन लागेन। म महत्त्वपूर्ण कुराहरू भन्दिनथेँ र महत्त्व नभएका कुराहरू वा मलाई धेरै मानिसहरूमा हुन्छन् भन्‍ने लागेका कुराहरू मात्रै बताउँथेँ। म मेरो कालो पक्ष र भित्री विचारहरू लुकाउन यसो गर्थेँ। अरूले मलाई राम्रो ठानून् भनेर, म छद्म रूप धारण गर्थेँ र देखावटी भेष धारण गर्थेँ। मैले मेरा ब्रदर-सिस्टरहरूलाई धोका दिइरहेकी थिएँ। म अत्यन्तै छली र ढोङ्गी थिएँ।

पछि, मेरी सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको अर्को खण्ड पठाइन्: “वास्तवमा, मानिसहरू सबैलाई आफूले किन झूट बोल्छु भनेर थाहा हुन्छ। तिनीहरू व्यक्तिगत लाभका खातिर, आडम्बर र अभिमानका खातिर, अनि ख्याति र हैसियतकै लागि अरूसित प्रतिस्पर्धा गर्न खोज्छन्, र आफूलाई आफू हुँदै नभएको कुराका रूपमा प्रस्तुत गर्छन्। तर तिनीहरूका झूटहरूलाई अन्त्यमा अरूले प्रकट र खुलासा गरिदिन्छन्, अनि तिनीहरूले आफ्नो इज्‍जतका साथै आफ्नो सम्मान र निष्ठा पनि गुमाउँछन्। यो सबै झूटको अत्यधिक मात्राले गराएको हो। तेरा झूटहरू अनगिन्ती छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र झूटो छ, र तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्‍न सकिँदैन। तँलाई आफूले झूट बोल्दा इज्‍जत गुमाउनबाट जोगिएको अनुभूति हुने भए पनि, भित्रभित्रै, तँ आफू अपमानित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई धिक्कार्छ, र तँ भित्री रूपमा आफूप्रति तिरस्कार र अवहेलना महसुस गर्छस्, र यस्तो सोच्छस्, ‘म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्‍नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?’ तैँले यस्तो थकाइलाग्दो जीवन जिउनै पर्दैन। यदि तँ इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो अभिमान र आडम्बर कायम राख्ने मार्ग रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्। त्यो सब तँ आफैले आफैमाथि निम्त्याएको होस्। व्यक्तिले झूट बोलेर घमण्ड महसुस गर्न सक्छ, तर त्यो घमण्डको अनुभूति भनेको के हो? त्यो बस एक खोक्रो कुरा हो, र त्यो पूर्णतया व्यर्थ कुरा हो। झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्‍नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्‍वरलाई तँप्रति अप्रसन्‍न बनाउनेछ र उहाँले यसलाई घृणा गर्नुहुनेछ। के यो सार्थक छ त? छैन। … यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नका निम्ति विभिन्‍न कष्ट सहन सक्नेछस्। त्यसको अर्थ आफ्नो प्रतिष्ठा र हैसियत गुमाउनुपर्‍यो अनि अरूबाट अपमान र गिल्ला सहनुपर्‍यो भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्, अनि तैँले के सोच्नेछस् भने जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यता अभ्यास गर्न र इमानदार मानिस हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्‍वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? तिनीहरूले आफ्नो प्रतिष्ठा, हैसियत, मर्यादा र निष्ठाको खोल कायम राख्‍न झुटहरू प्रयोग गर्न रोज्छन्। यसका लागि बरु तिनीहरू सत्यता अभ्यास गर्नुभन्दा छली मानिस हुन्छन् अनि परमेश्‍वरद्वारा घृणा र इन्कार गरिन्छन्। त्यस्ता मानिसहरू सत्यताप्रति वितृष्णा राख्ने र परमेश्‍वरलाई इन्कार गर्नेहरू हुन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली मानिस बन्‍न चाहन्छन्। तिनीहरू परमेश्‍वर खुसी बन्‍नुहुन्छ कि हुन्‍न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्‍न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्‍वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्‍चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि छल गरेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो सफाइ दिन दिमाग खियाउने पीडादायी दिनहरू मात्र बिताउन सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राख्‍न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो मर्यादा र निष्ठा कायम राख्‍न नसक्‍ने मात्र होइन, त्योभन्‍दा पनि खराब कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्‍ने मौका पनि गुमाउँछस्। तैँले त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राख्न सके पनि, तैँले सत्यता त्यागेको र परमेश्‍वरलाई धोका दिएको हुन्छस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुन्छस्, जुन सबैभन्दा ठूलो क्षति र अनन्त पछुतो हो। छलीहरूले यो कहिल्यै छर्लङ्ग देख्नेछैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ)। परमेश्‍वरको वचन पढेपछि, मैले आफ्‍नै बारेमा चिन्तन गरेँ। आफ्‍नो इज्‍जत र हैसियतलाई कायम राख्‍न र अरूले नहेपून् भनेर, हरेक भेलाभन्दा पहिले, म भेलाको बेला कसरी सङ्गति गर्ने भनेर सोच्‍न दिमाग खियाउँथेँ। यदि मैले मेरो वास्तविक स्थितिको बारेमा मन खोलेर बताएँ भने, ब्रदर-सिस्टरहरूले मलाई नराम्रो सोच्लान् भन्‍ने मलाई डर लाग्थ्यो। तर मैले केही पनि भनिनँ भने पनि, मेरा ब्रदर-सिस्टरहरूले मलाई म खराब छु भनेर सोच्लान् र मलाई हेप्लान् भन्‍ने चिन्ता लाग्थ्यो। हताश भएर, म यो परिस्थितिबाट उम्‍कन चाहन्थेँ। मैले के देखेँ भने, आफ्‍नो इज्‍जत र हैसियत कायम राख्‍नको लागि, मैले आफ्‍नो दिमाग खियाइरहेकी हुन्थेँ र मन खोलेर कुरा गर्नु, इमानदार व्यक्ति बन्‍नु, र ब्रदर-सिस्टरहरूलाई मेरो वास्तविक स्थिति र कठिनाइहरूको बारेमा बताउनुको साटो मैले आफैलाई दयनीय तुल्याउन चाहेँ। म वास्तवमै अत्यन्तै छली रहेछु! मैले मानिसहरूका मनमा केही समयसम्‍म आफ्नो छविलाई कायम राखेकी भए पनि, मैले मेरो गरिमा, इमानदार व्यक्ति बन्‍ने मौका, र सत्यता खोजी गर्ने मौका गुमाएकी थिएँ। हरेक भेलामा मलाई अत्यन्तै थकान महसुस हुन्थ्यो, र कुनै उन्मुक्तिको अनुभूति हुँदैनथ्यो। म पूर्ण रूपमा मेरो भ्रष्ट स्वभावको बन्धनमा थिएँ। ब्रदर-सिस्टरहरूले भेलाहरूमा परमेश्‍वरको वचन खानु र पिउनु, र परमेश्‍वरको वचनसम्‍बन्धी आफ्‍नो अनुभवात्मक ज्ञानबारे सङ्गति गर्नुपर्ने हो। यदि हामीसँग कुनै समस्या वा कठिनाइहरू छन् भने, हामीले छलफल गर्दै एकजुट भएर तिनलाई समाधान गर्न सक्छौँ र हामीले एकअर्काको सबल पक्षबाट पनि सिक्‍न सक्छौँ। यस तरिकाले, पवित्र आत्‍माको काम प्राप्त गर्न र सत्यता बुझ्‍न सहज हुन्छ। तर भेलाहरूमा, म सधैँ अरूद्वारा नहेपिनको लागि के बोल्‍नुपर्ला भनेर मात्रै सधैँ विचार गरिरहेकी हुन्थेँ, ताकि अरूले मलाई राम्रो ठानून्। मेरा सबै विचारहरू यसैमा केन्द्रित हुन्थे। यसरी जिउनु अत्यन्तै कठिन र थकाइलाग्दो थियो।

पछि, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “के तिमीहरू अरूसँग सङ्गति गर्दा खुलस्त भई साँच्‍चिकै आफ्नो हृदयमा भएको कुरा बताउन सक्छौ? यदि कसैले आफ्‍नो हृदयमा भएको कुरा सधैँ साँचो रूपमा बताउँछ, ऊ सधैँ इमानदारीसाथ र स्पष्ट रूपमा बोल्छ, निष्कपट हुन्छ भने, आफ्नो कर्तव्य निर्वाह गर्दा कदापि झारा टार्दैन, र आफूले बुझेका सत्यताहरू अभ्यास गर्न सक्छ भने, यस व्यक्तिसँग सत्यता प्राप्त गर्ने आशा हुन्छ। यदि कुनै व्यक्तिले आफूलाई कसैले पनि बुझ्न नसकोस् भनेर सधैँ आफ्नो हृदयलाई ढाकछोप गर्छ, र अरूलाई छल गर्न झूटो छाप छोड्छ भने, ऊ गम्भीर खतरामा हुन्छ, ऊ ठूलो समस्यामा हुन्छ, र उसलाई सत्यता प्राप्त गर्न अत्यन्तै गाह्रो हुन्छ। व्यक्तिको दैनिक जीवन र उसको बोलीवचन र व्यवहारबाट तैँले उसको सम्‍भावना के छ भन्‍ने कुरा स्पष्ट देख्‍न सक्छस्। यदि यो व्यक्तिले सधैँ बहाना बनाइरहेको, सधैँ फाइँफुट्टी लगाइरहेको हुन्छ भने, ऊ सत्यता स्वीकार गर्ने व्यक्ति होइन, र ढिलोचाँडो उसलाई खुलासा गरी हटाइनेछ। … कहिल्यै हृदय खुलस्त नबनाउने, कुरा ढाकछोप गर्ने र लुकाउन खोज्ने, अनि आफू आदरणीय भएको ढोँग गर्ने, र सधैँ अरूलाई आफ्ना बारेमा उच्च सोच्न लगाउने, अरूलाई आफ्नो प्रकृति पूर्ण रूपमा थाहा पाउन नदिने र अरूलाई आफ्‍नो आदर गर्न लगाउने मानिसहरू—के यी मानिसहरू मूर्ख हुँदैनन् र? यी मानिसहरू सबैभन्दा मूर्ख हुन्छन्, किनभने व्यक्तिको वास्तविकता ढिलोचाँडो खुलासा हुनेछ। तिनीहरू यसरी आफूलाई आचरणमा ढालेर कुन मार्गमा हिँड्छन्? यो फरिसीहरूको मार्ग हो। के ढोँगीहरू खतरामा हुँदैनन् र? यिनीहरू परमेश्‍वरले सबैभन्दा बढी तिरस्कार गर्ने मानिसहरू हुन्, त्यसैले तिमी तिनीहरू खतरामा छन् कि छैनन् भन्ने सोच्छौ? जो फरिसीहरू हुन् तिनीहरू सबै विनाशको बाटो हिँड्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने परमेश्‍वर हामी इमानदार मानिसहरू बनेको, सरल र खुलस्त रूपमा बोलेको, झूट नबोलेको वा छल नगरेको चाहनुहुन्छ, र आफूले भ्रष्टता प्रकट गर्दा हामीले मन खोलेर यसबारेमा कुरा गर्न सक्‍नुपर्छ, ताकि अरूले हाम्रो वास्तविक विचारहरू देख्‍न सकून्। यस तरिकाले जिउँदा, हामीले त्यति थकित महसुस गर्नुपर्दैन, र हामीलाई सत्यतामा प्रवेश गर्न र मुक्तिको मार्गमा हिँड्न सजिलो हुन्छ। तर सधैँ छद्मभेष धारण गर्ने, वास्तविक रूप लुकाउने, ढाकछोप गर्ने, र अरूलाई आफ्‍नो स्थिति देख्‍न नदिने व्यक्तिहरूको कुरा गर्दा, तिनीहरू गलत मार्गमा हिँड्छन्। झन्झन् ढोङ्गी मात्र बन्दै जान्छन्, त्यसकारण तिनीहरूले आफ्नो भ्रष्ट स्वभावलाई कहिल्यै समाधान गर्न सक्दैनन्। यो अनन्त विनाशको मार्ग हो। मलाई दुई हजार वर्ष पहिलेका फरिसीहरूको याद आयो। तिनीहरू बाहिरी रूपमा भक्त थिए, र सभाघरहरूमा आउनेहरूलाई धर्मशास्‍त्रको अर्थ लगाउँदै दिन बिताउँथे। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन् भनेर मानिसहरूले सोचून् भनी तिनीहरू जानीजानी चोकहरूमा उभिएर प्रार्थना पनि गर्थे। तर तिनीहरूले परमेश्‍वरको डर मान्दै मान्दैनथे, र परमेश्‍वरलाई नै महान मानेर सम्मान गर्ने वा परमेश्‍वरका आज्ञाहरू पालना गर्ने गर्दैनथे। जब प्रभु येशूले देखा परेर काम गर्न थाल्‍नुभयो, तब उहाँका वचनहरूमा अख्‍तियार र शक्ति छ, र ती परमेश्‍वरबाट आएका हुन् भन्‍ने तिनीहरूलाई राम्ररी थाहा थियो, तर आफ्‍नो हैसियत र आम्दानी कायम राखिराख्‍न, तिनीहरूले उन्माद रूपमा परमेश्‍वरको विरोध र निन्दा गरे र अन्त्यमा प्रभु येशूलाई क्रूसमा टाँगे। फरिसीहरू हेर्दा मात्र भक्त देखिन्थे, तर सारगत रूपमा धूर्त र चतुर थिए भन्‍ने मैले थाहा पाएँ। तिनीहरू छद्म भेष धारण गर्न र छल गर्न सिपालु थिए। तिनीहरूले गर्ने हरेक कुरा मानिसहरूलाई भ्रममा पार्न र नियन्त्रण गर्न, अनि मानिसहरूबाट तिनीहरूको आदर र आराधना चोरी लिनको लागि हुन्थे। तिनीहरूले परमेश्‍वरलाई विरोध गर्ने मार्ग अपनाएका थिए। अन्त्यमा, तिनीहरू परमेश्‍वरद्वारा श्रापित र दण्डित भए। मैले आफ्‍नै बारेमा चिन्तन गरेँ। अरूको मनमा राम्रो छवि बनाउन, मैले आफ्‍नो भ्रष्टतालाई लुकाउथेँ र ममा प्रकट भएको आम भ्रष्टताबारे मात्रै कुरा गर्थेँ। यसले मेरो छविलाई मात्रै रक्षा गर्दैनथ्यो, अरूलाई समेत म सरल र खुलेर बोल्ने व्यक्ति हुँ भनेर देख्‍ने तुल्याउँथ्यो। के म फरिसीहरू जतिकै छली थिइनँ र? यो कुराले मलाई निकै डर लाग्यो। मैले त्यसउप्रान्त यसो गर्नु हुँदैनथ्यो। म परमेश्‍वरका मापदण्डहरूअनुसार इमानदार व्यक्ति बन्‍नुपर्थ्यो।

त्यसपछि, मेरी सिस्टरले मलाई परमेश्‍वरको वचनको अर्को खण्ड पठाइन्: “आफूमाथि परिस्थितिहरू आइपर्दा सत्यताको खोजी गर्नमा ध्यान केन्द्रित गर्ने र सत्यताको खोजी गर्न सक्‍ने मानिसहरू अहिले धेरै छन्। यदि तँ आफूभित्रका गलत मनसाय र अस्वाभाविक स्थितिहरूलाई समाधान गर्न चाहन्छस् भने, त्यसो गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ। सुरुमा, तैँले सङ्गतिमा परमेश्‍वरका वचनहरूको आधारमा आफ्‍नो बारेमा खुलस्त बताउन सिक्‍नुपर्छ। अवश्य नै, खुलस्त रूपमा सङ्गति गर्नको लागि तैँले सही व्यक्तिको छनौट गर्नुपर्छ—कम्तीमा पनि, तैँले सत्यतालाई प्रेम र स्वीकार गर्ने, तुलनात्मक रूपमा असल मानवता भएको, तुलनात्मक रूपमा इमानदार र सीधा व्यक्तिलाई छनौट गर्नुपर्छ। तैँले सत्यता बुझ्‍न सक्‍ने व्यक्तिलाई छनौट गर्न सकिस्, र उसको सङ्गतिबाट सहयोग प्राप्त गर्न सम्भव भयो भने झनै राम्रो। सङ्गतिमा मन खोलेर कुरा गर्न र आफ्‍ना कठिनाइहरू समाधान गर्न यस्तो व्यक्ति भेट्न सकेमा त्यो प्रभावकारी हुन सक्छ। यदि तैँले गलत व्यक्ति, अर्थात् सत्यतालाई प्रेम नगर्ने, तर वरदान वा प्रतिभा मात्रै भएको व्यक्तिलाई छनौट गरिस् भने, त्यो व्यक्तिले तँलाई गिल्‍ला र घृणा गर्नेछ, अनि त्यसले तँलाई पतित पार्नेछ। यो तेरो लागि फाइदाजनक हुँदैन। एक हिसाबले, परमेश्‍वरको अघि आएर उहाँलाई प्रार्थना गर्ने क्रममा व्यक्तिले गर्नुपर्ने काम भनेको मन खोल्नु र आफूलाई उदाङ्गो पार्नु हो; व्यक्तिले अरूसँग सत्यताको बारेमा सङ्गति गर्दा पनि यसै गर्नुपर्छ। कुराहरू लुकाएर नराख्, र ‘मेरा अभिप्राय र कठिनाइहरू छन्। मेरो भित्री स्थिति राम्रो छैन—यो नकारात्मक छ। म कसैलाई भन्दिनँ। म यसलाई लुकाएर राख्छु’ भनेर नसोच्। यदि तैँले यस्ता कुराहरूलाई समाधान नगरी सधैँ लुकाएर राख्छस् भने, तँ झन्झन् बढी नकारात्मक हुँदै जान्छस्, र तेरो स्थिति झन्झन् खराब हुँदै जान्छ। तँलाई परमेश्‍वरसँग प्रार्थना गर्न मन लाग्दैन। यो उल्ट्याउन कठिन हुने कुरा हो। त्यसैले, तेरो स्थिति जस्तोसुकै भए पनि—तँ नकारात्मक भए पनि, वा तँलाई कठिनाइहरू भए पनि—तेरा जे-जस्ता व्यक्तिगत अभिप्रायहरू वा योजनाहरू भए पनि, अनि तैँले जाँचमार्फत जेसुकै जानेको वा बुझेको भए पनि, तैँले खुलस्त हुन र सङ्गति गर्न सिक्नैपर्छ, अनि तैँले सङ्गति गर्ने क्रममा पवित्र आत्माले काम गर्नुहुन्छ। अनि, पवित्र आत्मा कसरी काम गर्नुहुन्छ? उहाँ तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, समस्याको गम्भीरता स्पष्ट रूपमा देख्न र त्यसको जड र सार जान्न सक्षम पार्नुहुन्छ; त्यसपछि, उहाँ तँलाई अलिअलि गर्दै सत्यता र उहाँका अभिप्राय बुझ्न, अभ्यासको मार्ग देख्‍न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम बनाउनुहुन्छ। व्यक्तिले खुलस्त हुन र सङ्गति गर्न सक्छ भने, यसको अर्थ ऊसँग सत्यताप्रति इमानदार मनोवृत्ति छ भन्‍ने हुन्छ। व्यक्तिको हृदय वास्तवमा इमानदार छ कि छैन भन्‍ने कुरा सत्यताप्रतिको उसको मनोवृत्तिका आधारमा नै निर्धारण गरिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचन पढिसकेपछि, मेरी सिस्टरले यसो भन्दै सङ्गति गरिन्: “हामी इमानदार व्यक्ति बन्‍नको लागि, सबभन्दा पहिले हामीले खोजी र सङ्गति गर्दा हृदय खोलेर बोल्‍न सिक्‍नुपर्छ। यदि हामीले हाम्रो भ्रष्ट स्थितिलाई सधैँ लुकाउँछौँ र ढाकछोप गर्छौँ, र प्रार्थना गर्न र अरूसितको सङ्गतिमा मन खोल्‍न चाहँदैनौँ भने, हाम्रा समस्याहरू समाधान गर्न एकदमै गाह्रो हुन्छ। उदाहरणको लागि, यदि कुनै व्यक्ति बिरामी छ भने, उसले डाक्टरलाई खोज्छ वा अनुभवी मान्छेलाई सोध्छ। त्यस तरिकाले, उसले आफ्‍नो स्थिति बुझ्न, सही औषधि लिन, र समयमै रोगलाई नियन्त्रणमा राख्‍न सक्छ। तर कतिपय मानिसहरूले आफ्‍नो रोग लुकाउँछन, र समयमै उपचार नगरिएको कारण त्यो रोग अझ बढ्न वा ज्यान लिने गरी गम्भीर बन्‍नसमेत सक्छ। यदि हामी हाम्रो गलत स्थिति र कठिनाइहरूलाई सुधार गर्न चाहन्छौँ भने, हामीले खुलस्त भई सङ्गति गर्नुपर्छ र इमानदार व्यक्ति बन्‍नुपर्छ। अभ्यास गर्ने सही तरिका यही हो।” इमानदार व्यक्ति बन्‍नु र मन खोलेर कुरा गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो भनेर मलाई थाहा भयो। मैले परमेश्‍वरमा विश्‍वास गरेको लामो समय भएको थिएन र मैले सत्यता बुझेकी थिइनँ। मैले भ्रष्ट स्वभाव प्रकट गरेकी छु भन्‍ने मलाई थाहा भएको भए पनि, मैले यसलाई समाधान गर्न सकेकी थिइनँ। मैले इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नुपर्थ्यो, मेरो स्थितिको बारेमा खुलस्त हुनुपर्थ्यो, र सत्यताको खोजी गर्नुपर्थ्यो। यस तरिकाले मात्रै मैले परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्थेँ, र यसले मेरो भ्रष्ट स्वभावलाई समाधान गर्न पनि सहयोग गर्नेथ्यो। मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम भर्खरै सुरु गरेकी थिएँ, त्यसकारण मैले धेरै कुराहरू नबुझ्‍नु स्वाभाविकै थियो। आफूले नबुझेको बेला, मैले मेरा ब्रदर-सिस्टरहरूसँग सोधखोज गर्नुपर्थ्यो। त्यसरी, म आफ्‍नो कर्तव्यका सिद्धान्तहरूमा अलिअलि गर्दै दक्ष हुन र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने हुन सक्थेँ। त्यसपछि, यो अवधिमा मेरो स्थिति कस्तो थियो र मेरो कर्तव्यमा के-कस्ता कठिनाइहरू आए भनेर मैले अर्की सिस्टरलाई खुलेर बताएँ। उनले मलाई नीच नजरले हेरिनन्, र मलाई सहयोग गर्न परमेश्‍वरको वचन पठाइन् र आफ्‍नो अनुभवबारे सङ्गति गरिन्। यसले मलाई मेरो स्थिति र मैले प्रकट गरेको भ्रष्टताका बारेमा केही ज्ञान प्राप्त गर्न मदत गर्‍यो, र यसबाट मलाई अभ्यासको मार्ग पनि मिल्यो। मलाई खुसी र उन्मुक्तिको ठूलो अनुभूति भयो। त्यसपछिदेखि, मैले सचेत भई इमानदार व्यक्ति बन्‍ने र आफ्‍नो स्थितिको बारेमा खुलस्त भई कुरा गर्ने अभ्यास गर्न थालेँ।

एक रात, मैले एउटा समूह भेला सञ्‍चालन गरेँ। मण्डली अगुवाले एक जना समूह अगुवालाई मसँगै भेला सञ्‍चालन गर्ने बन्दोबस्त गरेका थिए। यी सिस्टरले मैलेभन्दा राम्ररी सत्यता बुझेकी थिइन्। भेलाको बेला, उनले सङ्गति गर्दै अरूका समस्याहरू एकदमै प्रभावकारी रूपमा समाधान गरिन्, र मलाई अलिक डाहा लाग्यो। मलाई अरूले उनीभन्दा कम क्षमतावान् सोच्लान् भन्‍ने चिन्ता लाग्यो। भेलापछि, मण्डली अगुवाले मलाई कुनै विचार बाँड्न चाहनुहुन्छ कि भनेर सोधे। म इमानदार व्यक्ति बन्‍नुपर्छ, मेरो भ्रष्टताको बारेमा खुलेर बताउनुपर्छ, र समाधानको खोजी गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यसकारण, मैले उनलाई आफ्‍नो हृदयमा जे प्रकट भयो त्यही बताएँ, र उनले मलाई परमेश्‍वरको वचन पठाइन् र आफ्‍नो अनुभवको बारेमा बताइन्। मैले हैसियतलाई महत्त्व दिने गरेको, ममा अहङ्कारी स्वभाव भएको, र मैले आदर पाउने चाहना गर्ने गरेको कारण मलाई मेरी सिस्टरप्रति डाहा लागेको रहेछ भन्‍ने मलाई थाहा भयो। मैले के पनि महसुस गरेँ भने, मेरो डाहालाई हटाउनको लागि, मैले अझै बढी परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, डाहाको प्रकृति र परिणाम छर्लङ्ग बुझ्नुपर्छ, मण्डलीको काम र आफ्नो कर्तव्यलाई ख्याल गर्नुपर्छ, र मण्डलीका हितहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ। यो परमेश्‍वरको अभिप्रायअनुरूप हुन्छ। यसको साथै, मैले मेरा कमीकमजोरी र अपर्याप्तताहरूलाई उचित रूपमा सम्हाल्‍नुपर्थ्यो र मेरा कमीकमजोरीहरूलाई परिपूर्ति गर्न अरूका सबलताहरूबाट अझै बढी सिक्‍नु पनि आवश्यक थियो। त्यसरी, मैले अझै बढी सत्यता बुझ्‍न सक्थेँ। यो कुरा महसुस गर्दा मलाई निकै खुसी लाग्यो। मैले ब्रदर-सिस्टरहरूसँग खुलस्त भई कुरा गर्दा, तिनीहरूले मलाई हेप्‍ने नभई, सबैले मलाई धेरै सहयोग गर्ने रहेछन् भन्‍ने कुरा साँच्चिकै अनुभव गरेँ।

यो कुराको अनुभव गरेपछि, मलाई इमानदार व्यक्ति बन्‍नु कति महत्त्वपूर्ण छ भन्‍ने कुरा थाहा भयो। इमानदार र खुलस्त बनेर मात्रै हामीले पवित्र आत्‍माको कार्य प्राप्त गर्न र सत्यतालाई बुझ्‍न सक्छौँ। मैले यो पनि महसुस गरेँ कि इमानदार व्यक्ति बन्नाले हामीलाई मुक्ति र स्वतन्त्रता दिलाउन, र मानवझैँ जिउन दिन सक्छ। परमेश्‍वरलाई धन्यवाद होस्!

सम्बन्धित विषयवस्तु

बुझेकोझैँ नाटक गर्नुका परिणामहरू

सु यु, चीनम मण्डलीमा भिडियोहरू बनाउँछु। सुरुमा तालिम लिँदा, मैले केही नबुझ्दा मानिसहरूबाट मदत माग्थेँ। पछि, मैले बिस्तारै केही सिद्धान्तहरू...

इमानदार रूप हासिल गर्ने मार्ग

डेजी, दक्षिण कोरियासन् २०२१ को सुरुमा, म समूह अगुवाको रूपमा चुनिएकी थिएँ, र म धेरै समूहको मलजल कार्यको निम्ति जिम्‍मेवार थिएँ। त्यो बेला...

छद्म भेष धारण गर्दाको पीडा

सन् २०१८ को एक दिन, मेरो अगुवाले मलाई भर्खरै स्थापना भएको मण्डलीलाई सघाउने काममा नियुक्त गरे। यो खबर सुन्दा, मलाई अचम्‍म पनि लाग्यो र अलिक...

व्यस्त देखिनुको पछाडि के लुकेको छ

डेजी, संयुक्त राज्य अमेरिकासन् २०२३ को डिसेम्बरमा, कर्तव्य निर्वाह गर्दा गैरजिम्मेवार भएको कारणले मैले काटछाँटको सामना गरेँ। चिन्तन गरेपछि,...

Leave a Reply