मैले किन खुलस्त हुने आँट गरिनँ

7 जुन 2025

२०२१ को मेको मध्यतिर, हाम्रा अगुवा जेनले लाउराको मूल्याङ्कन लेख्‍न लगाइन्। उनले लाउरा अहङ्कारी र आत्म-धर्मी छिन्, अनि सधैँ अगुवा र सेवकहरूको आलोचना गरिरहन्छिन् भनेर भनिन्। तिनी ठिक व्यक्ति होइनन् भनेर उनले भनिन्। लाउराबारे जेनले गरेको मूल्याङ्कन मेरोभन्दा फरक थियो। विगतमा मैले लाउरासँग अन्तरक्रिया गर्दा, उनी जेनले भनेकी जस्तो थिइनन्। तर मैले साँचो कुरा भनेँ भने, जेनले ममा समझशक्तिको कमी रहेछ भन्‍नेछिन् र मलाई खराब सोच्‍नेछिन् भन्‍ने मलाई चिन्ता लाग्यो। त्यसपछि उनले मलाई भविष्यमा महत्त्वपूर्ण कामहरू नदिन सक्थिन्। त्यसकारण मैले जेनको इच्‍छा मान्दै उनको मूल्याङ्कनमा सहमति जनाएँ, र लाउराले अरूलाई मनमानी ढङ्गले आलोचना गरिरहेकी छिन् भनेर भनेँ। केही समयपछि नै, लाउरालाई प्रतिस्थापित गरियो। पछि मलाई के थाहा भयो भने, जेनले व्यावहारिक काम नगरेकोमा र झूटो अगुवा भएकोमा लाउराले उनीबारे रिपोर्ट गरेकी थिइन्, जसले गर्दा जेनले लाउरा अगुवा र सेवकहरूलाई आलोचना गर्छिन् भन्‍ने दाबी गर्दै तिनलाई दमन गरिन् र दण्ड दिइन्। अन्तिममा जेनलाई झूटो अगुवाको रूपमा खुलासा गरेर प्रतिस्थापित गरियो। यो सुनेपछि, मैले मूल्याङ्कन लेखेको आफ्नो व्यवहारबारे सोचेँ र मलाई पछुतो भयो। मैले परमेश्‍वरको वचन पढेर अनि आत्मचिन्तन गरेर के थाहा पाएँ भने म अगुवाको मनमा राम्रो छाप पार्नका लागि झूट बोल्‍न र उनको कुरामा सही थाप्दै लाउरालाई दोष दिन तयार भएकी रहेछु। ममा साँच्‍चै मानवताको कमी थियो। मैले जति मनन गरेँ, मलाई आफूप्रति त्यति नै तिरस्कार र घृणा जाग्यो। मैले यो असफलताबारे निबन्ध लेखेर ब्रदर-सिस्टरहरूलाई चेतावनीको रूपमा दिनेबारे सोचेँ। तर मसँग चिन्ताहरू थिए। मैले सोचेँ, “यदि मैले मूल्याङ्कनको बेलाका मेरा सबै भ्रष्टता र गलत मनसायहरूबारे लेखेँ भने, ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्‍नेछन्? यदि तिनीहरूले मलाई तुच्छ ठाने र तिरस्कार गरे भने, मेरो प्रतिष्ठा धूलोमा मिल्नेछ, र म लाजले फेरि तिनीहरूलाई आफ्‍नो अनुहार देखाउन सक्‍नेछैनँ।” मलाई के पनि याद आयो भने, लाउरा मसँग निकै नजिक थिइन्, र समस्याहरू पर्दा प्रायजसो मलाई कुरा पोख्थिन्। मैले गरेको मूल्याङ्कन भ्रष्ट स्वभावअनुसार गरिएको थियो भनेर उनले थाहा पाइन् भने के सोच्‍नेछिन्? के उनी मदेखि दुःखी भएर मसँग सम्पर्क तोड्नेछिन्? यदि माथिल्‍लो तहका अगुवावर्गले थाहा पाए भने, के तिनीहरूले ममा खराब चरित्र रहेछ भनेर मलाई फरक कर्तव्यमा खटाउनेछन्? यो सब कुरा सोच्दा, मलाई नरमाइलो लाग्यो। मैले साह्रै लाजमर्दो काम गरेकी थिएँ र यसबारे कुरा गर्न गाह्रो भएको थियो। म आफूले गरेको कामको सामना गर्न चाहन्‍नथेँ; म केवल अघि बढ्न चाहन्थेँ। म यसबारे लेख्‍न चाहन्‍नथेँ।

पछि, मैले यस विषयमा विचार गर्न थालेँ। म किन यो असफलताबारे बताउन इच्छुक भइरहेकी थिइनँ? म किन खुलस्त कुरा गरेर आफूलाई उदाङ्गो पार्न इच्छुक भइरहेकी थिइनँ? कस्तो भ्रष्ट स्वभावले मलाई रोकिरहेको थियो? एक दिन, मैले एउटा गवाही भिडियो हेरिरहेको बेला परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ: “सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्‍वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, उसको हृदयको गहिराइमा, के साँच्चै उसले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छ? के उसले साँच्‍चै ऊ कमजोरी, नकारात्मकता वा भ्रष्टताको प्रकटीकरणरहित छ भनी विश्‍वास गर्छ? बिलकुलै गर्दैन। ऊ अभिनय गर्न सिपालु हुन्छ, चीजहरू लुकाउन बाठो हुन्छ। ऊ मानिसहरूलाई आफ्नो सबल र सानदार पक्ष देखाउन मन पराउँछ; ऊ आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैन। उसको उद्देश्य स्पष्ट छ, सरल रूपमा भन्नुपर्दा, यो आफ्नो आडम्बर र गौरवलाई बचाइराख्नु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। उसले आफ्नो नकारात्मकता र कमजोरीहरूबारे र आफ्नो विद्रोही र भ्रष्ट पक्षबारे खुलेर कुरा गऱ्यो भने, यसले उसको हैसियत र प्रतिष्ठालाई गम्भीर रूपमा क्षति गर्नेछ, र यो फाइदाभन्दा बेफाइदा बढी हुनेछ भन्ने सोच्छ। त्यसैले ऊ कहिलेकाहीँ आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छ। यदि सबैले उसको कमजोर र विद्रोही पक्ष देख्ने, तिनीहरूले ऊ भ्रष्ट भएको र अलिकति पनि नबदलिएको देख्ने त्यस्तो कुनै दिन आयो भने पनि, उसले अझै पनि नाटक गर्न जारी राख्‍नेछ। उसले सोच्छ कि यदि उसले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण, नगण्य व्यक्ति भएको स्वीकार गरेमा, मानिसहरूका हृदयमा आफ्नो स्थान गुम्नेछ, सबैको आराधना र श्रद्धा गुम्नेछ, र यसरी पूर्ण रूपमा असफल हुनेछ। त्यसैले, जे भए पनि, ऊ मानिसहरूसामु निष्कपट रूपमा खुलस्त हुनेछैन; चाहे जे भए पनि, उसले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिनेछैन; बरु, उसले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्नेछ, र कहिल्यै हार मान्नेछैन” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। मैले परमेश्‍वरका वचनहरूबाट के सिकेँ भने ख्रीष्टविरोधीहरू नाटक गर्न सिपालु हुन्छन्। तिनीहरू कसैले तिनीहरूको खराब पक्ष देखेको चाहँदैनन्, र तिनीहरू आफ्‍नो भ्रष्टता र विद्रोहीपनबारे खुलस्त बताउँदैनन्। तिनीहरू आफ्‍नो असफलता र गल्तीहरूबारे कुरा गर्नबाट पनि सधैँ जोगिन्छन्, यसको साटो मानिसहरूको आदर जित्न र तिनीहरूको हृदयमा स्थान पाउन सकारात्मक, दृढ र प्रभावशाली रूप देखाउँछन्। मैले गरेको काम र प्रकट गरेको कुरा ख्रीष्टविरोधीको भन्दा फरक रहेनछ भन्‍ने थाहा पाएँ। लाउरालाई दोष दिने क्रममा झूटो अगुवासँगै लाग्‍नु पछाडिको मेरो भ्रष्ट स्वभावलाई मैले पहिचान गरेकी थिएँ, तर म सबैको अघि खुलस्त हुन तयार थिइनँ, किनभने यो असफलता थियो। यदि मैले त्यस बेला आफ्नो मनसाय र भ्रष्टतालाई सार्वजनिक गरेकी भए, सबैले ममा समझको कमी रहेको र मैले सजिलै कुरा मानेकी देख्‍नेथिए। सबैले मलाई तुच्छ ठान्नेछन् र तिरस्कार गर्नेछन्, र मैले आफ्‍नो कर्तव्यसमेत गुमाउन सक्छु भन्‍ने डर लाग्यो। म सत्यता अभ्यास गर्नु र इमानदार बन्‍नुभन्दा प्रतिष्ठा र हैसियतलाई बढी बहुमूल्य ठान्छु भन्‍ने कुरा मैले देखेँ। म सत्यता वा सकारात्मक कुरालाई पटक्‍कै प्रेम गर्दिनथेँ। बरु, म प्रतिष्ठा र हैसियतलाई प्रेम गर्थेँ, र ख्रीष्टविरोधीजस्तै नाटक गर्न सिपालु थिएँ। म छली व्यक्ति थिएँ।

पछि, मैले परमेश्‍वरका वचनहरूका थप दुईवटा खण्ड भेट्टाएँ: “सबैले गल्ती गर्छन्। सबैमा कमीकमजोरी र खोटहरू हुन्छन्। अनि सबैमा उस्तै भ्रष्ट स्वभावहरू हुन्छन्। आफूलाई अरूभन्दा कुलीन, सिद्ध, र दयालु नठान्; त्यसरी सोच्नु अत्यन्तै समझविहीन हुनु हो! जब तैँले मानिसहरूका भ्रष्ट स्वभावहरू र तिनीहरूको भ्रष्ट सारको साँचो मुहार स्पष्ट रूपमा देख्न सक्छस्, र तैँले आफ्नै गल्तीहरू ढाकछोप गर्न खोज्दैनस्, अरू मानिसहरूका गल्तीहरूलाई तिनीहरूको विरुद्धमा प्रयोग गर्दैनस्, र दुवैलाई सही तरिकाले लिन सक्छस्, तब मात्रै तैँले कामकुरालाई गहिराइमा देख्नेछस् र मूर्खतापूर्ण कामहरू गर्नेछैनस्, र तँ एक बुद्धिमान् व्यक्ति बन्नेछस्। जो समझविहीन छन् ती सबै बुद्धिमान् मानिस होइनन्, तिनीहरू मूर्ख मानिस हुन्। जब-जब तिनीहरूले गल्ती गर्छन् वा केही असङ्गत काम गर्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू त्यसमा अल्झिन्छन्, र सधैँ आफूलाई सही साबित गर्न र आफ्नो बचाउ गर्न खोज्छन्, र पर्दापछाडि लुकिछिपी हिँड्छन्। यो देख्दा पनि घिन लाग्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। “कतिपय मानिस सधैँ आफ्नो साँचो रूप ढाकछोप गर्ने प्रयास गर्छन्, सधैँ आफूलाई लिपपोत गर्छन्, अरूले तिनीहरूलाई उच्च मानून्, र तिनीहरूका दोष वा कमजोरीहरू देख्न नसकून् भनी सधैँ भेष बदल्छन्, र सधैँ आफ्नो सबैभन्दा राम्रो पक्ष अरूसामु प्रस्तुत गर्ने चाहना राख्छन्—त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कार, आडम्बर, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। यो त शैतानी शासनका सदस्यहरूले गोप्य रूपमा जति नै लडाइँ, झगडा, वा काटमार गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न नदिइने कुरा जस्तै हो। तिनीहरू मानिसहरूले तिनीहरूको पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई लिपपोत गर्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र अचूक छन् भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर सधैँभरि शासन गर्ने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्‍ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र मनमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्‍ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने सिद्ध कोही छैन; हामी सबैमा कमीकमजोरी हुन्छन्, हामी सबैले गल्ती गर्न, र आफ्‍नो भ्रष्ट स्वभाव प्रकट गर्न सक्छौँ। साँचो मानवता र विवेक भएका मानिसहरू आफ्‍ना कमीकमजोरी र समस्याहरूलाई उचितरूपमा सामना गर्न सक्छन्। तिनीहरू गल्ती गरेपछि आफ्‍ना गल्ती सामना गर्न र आफ्‍नो भ्रष्टता हटाउन सत्यता खोजी गर्न सक्छन्। गल्ती गरेपछि वा भ्रष्टता प्रकट गरेपछि आफ्‍ना समस्याहरू सामना गर्न वा आफ्‍ना त्रुटिहरू स्विकार्न नसक्‍ने, आफ्‍नो साँचो रूपलाई ढाकछोप गर्न सधैँ नाटक गर्ने, अनि आफ्‍नो चरित्र निष्खोट देखाउनेहरू कपटी र छली हुन्। मलाई शैतानले गहनरूपमा भ्रष्ट तुल्याएको थियो र म सबै किसिमका भ्रष्ट स्वभावले ग्रस्त थिएँ। विचलन र भ्रष्टता अनुभव गर्नु सामान्य कुरा हो। यदि म खुलस्त नभएकी भए पनि, ती भ्रष्ट स्वभावहरू मभित्र लुकेका हुनेथिए, त्यसकारण के म अझै पनि भ्रष्ट व्यक्ति नै हुनेथिइनँ र? मैले लाउराको मूल्याङ्कन गर्दा, अगुवाको नजरमा आफ्‍नो छवि कायम राख्न ती झूटो अगुवाको पछि लागेर लाउराको आलोचना र निन्दा गरेँ; यसलाई इन्कार गर्न सकिँदैनथियो। यदि म मानवता र विवेक भएको व्यक्ति भएकी भए, यो समस्या सामना गर्नेथिएँ, आफूले कसरी भ्रष्टता देखाएँ, कसरी मलाई परमेश्‍वरका वचनहरूद्वारा खुलासा र न्याय गरियो, र मैले आफ्‍नो भ्रष्ट स्वभावबाट के सिकेँ भनेर अरूलाई खुलासा गर्नेथिएँ, ताकि सबैले मेरो वास्तविकता देख्‍न सकून्। तर म भ्रष्टता प्रकट गरेपछि अरूको मनमा रहेको मेरो प्रतिष्ठा र छविलाई जोगाउने आशामा सधैँ झूटो रूप धारण गर्थेँ। म कति लाज पचेको र घृणास्पद रहेछु! म सधैँ के सोच्थेँ भने यदि मैले प्रकट गरेको भ्रष्टता सानो समस्या मात्रै हो भने—धेरै मानिसहरूमा हुने स्पष्ट देखिने भ्रष्ट स्वभाव—मैले खुलस्त बताएँ भने पनि, यसले मेरो प्रतिष्ठामा त्यति हानि गर्नेछैन, त्यसकारण म आफूलाई मानिसहरूसामु उदाङ्गो पार्न सक्छु। तर यसपटक, म कसैलाई दोष दिन झूटो अगुवाको पछि लागेकी थिएँ। यो गम्‍भीर अपराध थियो—यो कुरा उठाउन सजिलो थिएन। यसले मानिसहरूलाई ममा खराब चरित्र रहेछ र म अमर्यादित छु भन्‍ने देखाउनेथियो, र मेरो प्रतिष्ठामा गम्भीर हानि हुनेथियो। त्यसकारण म खुलस्त हुन इच्छुक भइनँ। बरु, मैले यसबारे चुप लागेर अरूको मन जित्न चाल चलेँ—म साँच्‍चै छली रहेछु! त्यसपछि मात्रै मलाई के महसुस भयो भने, मैले आफ्‍नो भ्रष्टताबारे खुलस्त बताउन इच्‍छा नगर्नु त मेरो अहम्‌ता र घमण्डको सङ्केत मात्रै थिएन, तर यसले मेरो लुकेको छली र दुष्ट शैतानी स्वभावलाई पनि प्रकट गरेको थियो।

पछि, मैले यो समस्याबारे मनन गरिरहेँ र परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “केही आइपर्दा, तिनीहरूले केही नबोल्न सक्छन् वा हल्का रूपमा कुनै विचार व्यक्त नगर्न सक्छन्, बरु सधैँ मौन रहिरहन्छन्। यसको मतलब तिनीहरू उचित छन् भन्‍ने होइन; बरु, यसले त के देखाउँछ भने, तिनीहरूले राम्ररी नै भेष बदलेका छन्, तिनीहरूले कुरा लुकाएका छन्, र तिनीहरू साह्रै धूर्त छन्। अनि, यदि तँ अरू कसैसामु खुलस्त हुँदैनस् भने, के तँ परमेश्‍वरसामु खुलस्त हुन सक्छस् त? यदि तँ सच्चा छैनस्, परमेश्‍वरसित समेत सच्चा छैनस्, र उहाँसामु खुलस्त हुन सक्दैनस् भने, के तँ उहाँलाई आफ्नो हृदय सुम्पन सक्छस् त? पक्कै सक्दैनस्। तँ परमेश्‍वरसँग एकै हृदयको हुन सक्दैनस्, बरु तैँले आफ्नो हृदय उहाँको हृदयबाट अलग राख्दै छस्! के तिमीहरू अरूसँग सङ्गति गर्दा खुलस्त भई साँच्‍चिकै आफ्नो हृदयमा भएको कुरा बताउन सक्छौ? यदि कसैले आफ्‍नो हृदयमा भएको कुरा सधैँ साँचो रूपमा बताउँछ, ऊ सधैँ इमानदारीसाथ र स्पष्ट रूपमा बोल्छ, निष्कपट हुन्छ भने, आफ्नो कर्तव्य निर्वाह गर्दा कदापि झारा टार्दैन, र आफूले बुझेका सत्यताहरू अभ्यास गर्न सक्छ भने, यस व्यक्तिसँग सत्यता प्राप्त गर्ने आशा हुन्छ। यदि कुनै व्यक्तिले आफूलाई कसैले पनि बुझ्न नसकोस् भनेर सधैँ आफ्नो हृदयलाई ढाकछोप गर्छ, र अरूलाई छल गर्न झूटो छाप छोड्छ भने, ऊ गम्भीर खतरामा हुन्छ, ऊ ठूलो समस्यामा हुन्छ, र उसलाई सत्यता प्राप्त गर्न अत्यन्तै गाह्रो हुन्छ। व्यक्तिको दैनिक जीवन र उसको बोलीवचन र व्यवहारबाट तैँले उसको सम्‍भावना के छ भन्‍ने कुरा स्पष्ट देख्‍न सक्छस्। यदि यो व्यक्तिले सधैँ बहाना बनाइरहेको, सधैँ फाइँफुट्टी लगाइरहेको हुन्छ भने, ऊ सत्यता स्वीकार गर्ने व्यक्ति होइन, र ढिलोचाँडो उसलाई खुलासा गरी हटाइनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। झूटो रूप धारण गर्नेहरूले आफ्‍ना समस्याहरू सामना गर्न सक्दैनन्, गल्तीहरू गर्दा खुलस्त बताउँदैनन्, र अरूलाई छल गरेर सधैँ आफूलाई ढाकछोप गर्छन् भनेर परमेश्‍वरले प्रकट गर्नुभएको छ। तिनीहरूको हृदयको ढोका बन्द हुन्छ। त्यस्ता मानिसहरू विशेषरूपमा दुष्ट हुन्छन्—तिनीहरू अत्यन्तै छली हुन्छन्। परमेश्‍वर इमानदार मानिसहरू मन पराउनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। छली मानिसहरूलाई अन्त्यमा खुलासा गरेर हटाइनेछ। म के सोच्ने गर्थेँ भने झूटो रूप धारण गर्नु भनेको प्रतिष्ठा र हैसियतको लोभ गरेको सङ्केत मात्रै हो, तर यसको अर्थ व्यक्ति दुष्ट काम गर्ने, मण्डलीको काममा बाधा दिने र अरूलाई हानि गर्ने दुष्कर्मी वा ख्रीष्ट-विरोधी हो भन्‍ने होइन। यसले गर्दा हटाइने अवस्थामा पुगिन्छ भन्‍ने मलाई लाग्दैनथियो। तर परमेश्‍वरका वचनहरूबाट मलाई के थाहा भयो भने यी त मेरा धारणा र कल्‍पना मात्रै हुन् र कामकुरालाई हेर्ने मेरो दृष्टिकोण विकृत छ। झूटो अगुवाको पछि लागेर लाउरालाई दोष दिने क्रममा मैले आफ्‍नो विवेकलाई बेवास्ता गरेँ, यसरी दुष्कर्मीलाई साथ दिएँ। परमेश्‍वरलाई मेरो अपराधबारे थाहा भइसकेको थियो, तर मैले पछि यसलाई प्रस्तुत गर्न इच्‍छा गरिनँ, तर अरूको आदर पाउन बहाना गरिरहने प्रयास गरेँ। यसले म सत्यतालाई प्रेम गर्दिनँ र मैले साँचो पश्‍चात्ताप गरेकी छैनँ भन्‍ने कुरा प्रकट गर्‍यो। मैले सत्यता अभ्यास गरिनँ अनि धोका र छललाई समेत प्रयोग गरेँ: मलाई तिरस्कार गर्न परमेश्‍वरलाई केले रोक्‍नेथियो र? यदि मैले यस्तै गरिरहेकी भए, मलाई पक्‍कै पनि खुलासा गरेर हटाइनेथियो। मैले मनन गरेर, इमानदार हुन र खुलस्त हुन नसक्दा परिणाम गम्‍भीर हुन्छ भन्‍ने देखेँ। मलाई निकै डर लाग्यो, त्यसकारण मैले तुरुन्तै यो कुरालाई परिवर्तन गर्न चाहेँ।

पछि, मैले परमेश्‍वरका अझ धेरै वचनहरू भेट्टाएँ: “तैँले आत्म-चिन्तन गर्न र आफूलाई चिन्‍न सक्नैपर्छ। तँसँग दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिमा खुल्ने र आफूलाई उदाङ्गो पार्ने अनि आफ्‍नो साँचो स्थितिबारे सङ्गति गर्ने साहस हुनैपर्छ। यदि तँ आफ्‍नो भ्रष्ट स्वभाव उदाङ्गो पार्ने वा चिरफार गर्ने साहस गर्दैनस् भने; यदि तँ आफ्‍ना गल्तीहरू मान्ने साहस गर्दैनस् भने, तँ सत्यता पछ्याउने कार्यमा लागेको छैनस्, तँ आफूलाई चिन्‍ने व्यक्ति हुनु त परको कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “मानिसहरूले जुनै कर्तव्य निर्वाह गरे पनि वा जे काम गरे पनि, कुन बढी महत्त्वपूर्ण छ—तिनीहरूको अभिमान र घमण्ड कि परमेश्‍वरको महिमा? मानिसहरूले कुन चुन्‍नुपर्छ? (परमेश्‍वरको महिमा।) कुनचाहिँ बढी महत्त्वपूर्ण छन्—तेरा जिम्‍मेवारीहरू कि तेरा आफ्‍नै रुचिहरू? तेरा जिम्‍मेवारीहरू नै सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र ती पूरा गर्नु नै तेरो कर्तव्य हो। … जब तैँले सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्छस्, तब सकारात्मक असर देखा पर्नेछ, र तैँले परमेश्‍वरको गवाही दिनेछस्, जुन शैतानलाई लज्जित तुल्याउने र परमेश्‍वरको गवाही दिने एउटा उपाय हो। परमेश्‍वरको गवाही दिन विभिन्न विधिहरू प्रयोग गर्नु र शैतानलाई त्यस विरुद्ध विद्रोह गर्ने र त्यसलाई अस्वीकार गर्ने तेरो दृढता देखाउनु: यो शैतानलाई लज्जित तुल्याउनु र परमेश्‍वरको गवाही दिनु हो—यो सकारात्मक र परमेश्‍वरका अभिप्रायहरूसँग मिल्ने कुरा हो” (परमेश्‍वरको सङ्गति)। मैले परमेश्‍वरका वचनहरूबाट अभ्यासको मार्ग भेट्टाएँ। हामीले जस्तोसुकै भ्रष्टता प्रकट गरे पनि वा जेजस्तो गल्ती गरे पनि, यी कुरा स्वीकार गर्न, खुलस्त कुरा गर्न, र अरूसँगको सङ्गतिमा आफ्नो भ्रष्ट स्वभावको विश्‍लेषण गर्न हामी एकदमै साहसी हुनुपर्छ। शैतानसँग सम्‍बन्ध तोड्ने, शैतानलाई लाजमा पार्न वास्तविक कार्य गर्ने, र परमेश्‍वरको लागि गवाही दिने तरिका यही हो। यसले साँचो पश्‍चात्ताप गरेको देखाउँछ। हामीले खुलस्त कुरा गरेपछि हाम्रो अहम्, घमण्ड, प्रतिष्ठा र हैसियतमा धक्‍का पुगे पनि या नपुगे पनि, सत्यता अभ्यास गर्न आफूलाई त्याग्‍नुपर्छ र परमेश्‍वरका लागि गवाही दिने कार्यलाई प्राथमिकता दिनुपर्छ। मैले लाउराबारे दिएको मूल्याङ्कनमा, म तथ्यहरूविरुद्ध गएर उनलाई दोष दिन झूटो अगुवाको पछि लागेकी थिएँ। यस अनुभवबाट, मैले आफ्‍नो भ्रष्ट स्वभावलाई केही मात्रामा बुझेँ। मैले ब्रदर-सिस्टरहरूको अघि खुलस्त भएर आफूलाई उदाङ्गो पार्नुपर्छ भन्‍ने मलाई थाहा थियो। मैले त्यसै गर्नुपर्थ्यो। यदि म आफ्‍नो अहम्‌ र प्रतिष्ठा जोगाउन सबैको अघि खुलस्त हुन सकिनँ, अनि परमेश्‍वरको वचन पढेर सिकेका पाठहरूको गवाही दिन सकिनँ भने, म शैतानको षड्यन्त्रमा परिरहेकी हुनेथिएँ र मैले आफ्‍नो गवाही गुमाउनेथिएँ। साथै, यसअघि ममा आफ्‍नो असफलताबारे कुरा गर्नु लाजमर्दो कुरा हो र यो कुनै गवाही होइन भन्ने हास्यास्पद धारणा थियो। पछि, मैले यदि म आफ्‍नो अहम्‌ र घमण्डलाई त्याग्‍न सक्छु, म आफ्‍नो भ्रष्ट स्वभावको बसमा पर्दिनँ, आफ्‍नो असफलताबारे खुलस्त सङ्गति गरेर साँचो पश्‍चात्ताप गर्छु भने, यो वास्तवमा एक प्रकारको गवाही हो भन्ने बुझेँ। यो कुरा बुझेपछि, मेरो सबै चिन्ता हटे।

त्यसपछि, मैले आफ्‍नो अनुभवबारे सङ्गतिमा सबैलाई खुलस्त बताएँ र अचम्‍मको कुरो, ब्रदर-सिस्टरहरूले भने: “तपाईंको अनुभव निकै उपयोगी लाग्यो। हामी पनि प्रायजसो यस्तै भ्रष्ट स्वभाव प्रकट गर्छौँ, तर हामी त्यसलाई तुरुन्तै याद गर्दैनौँ र त्यसमा कसैको ध्यान जाँदैन। तपाईंले परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशद्वारा कसरी आफ्‍नो भ्रष्टता चिन्‍नुभयो र यसको सारलाई बुझ्‍नुभयो भन्‍ने तपाईंको सङ्गतिले हामीलाई धेरै ज्ञान दिएको छ।” पछि, ब्रदर-सिस्टरहरूले मलाई परमेश्‍वरका वचनहरूका दुइटा खण्डबारे सङ्गति दिए। तिनीहरूले मलाई मैले मानिसहरूलाई निष्‍पक्षरूपमा मूल्याङ्कन नगर्नुको सार र परिणामहरू अझ गहिरोसित बुझ्‍न सहयोग गरे। मानिसहरूलाई निष्पक्षरूपमा मूल्याङ्कन गर्न नसक्‍नु भनेको तिनीहरूलाई झूटो दोष वा झूटो आरोप लगाउनुसरह हो; यो एक प्रकारको बहिष्कार र दमन हो। यदि मैले मनमानी ढङ्गले कसैलाई दोष दिएँ र यसले गर्दा त्यो व्यक्ति निरुत्साहित भयो, वा यदि त्यो दोषारोपणलाई प्रयोग गरेर झूटो अगुवाले उसलाई दण्ड दियो, आफ्‍नो कर्तव्य जारी राख्‍नबाट रोक्यो, र उसको जीवन प्रवेशमा हानि गर्‍यो भने, मैले दुष्कर्म गरेको हुन्छ। मानिसहरूलाई मूल्याङ्कन गर्दा कुन सिद्धान्तहरू अभ्यास गर्नैपर्छ त्यसबारे पनि मैले अझ स्पष्टसित बुझेँ। पछि, लाउराले यो सब कुरा थाहा पाउँदा, मलाई नराम्रो सोचिनन्; म उनलाई प्रश्‍नहरू सोध्‍न गएँ भने, उनी पहिलेजस्तै इमानदारीसाथ उत्तर दिन्थिन्। मण्डलीले मलाई न त अर्को काममा खटायो न त बर्खास्त नै गर्‍यो। यी परिणामहरूले मेरा पहिलेका धारणा र कल्‍पनाहरूलाई पूर्णरूपमा उल्ट्याइदिए। मलाई अत्यन्तै लाज लाग्यो। यो सबले गर्दा मलाई परमेश्‍वरको विश्‍वासिलोपन र धार्मिकताबारे अझै धेरै थाहा भयो। हामीले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्‍यौँ भने, मार्ग भेट्टाउनेछौँ। परमेश्‍वरलाई धन्यवाद होस्!

सम्बन्धित विषयवस्तु

देखावटीपन बारे चिन्तन

सु काई, चीन२०२३ मार्च ६ मा, अगुवाले हामी केही सहकर्मीसँग भेलाको समय तय गर्नुभयो। म सामान्यतया त्यस्ता भेलाहरू उत्सुकतापूर्वक पर्खेर बस्थेँ,...

बुझेकोझैँ नाटक गर्नुका परिणामहरू

सु यु, चीनम मण्डलीमा भिडियोहरू बनाउँछु। सुरुमा तालिम लिँदा, मैले केही नबुझ्दा मानिसहरूबाट मदत माग्थेँ। पछि, मैले बिस्तारै केही सिद्धान्तहरू...

ती सब कष्ट-भोग केका लागि?

एन्जेला, इटालीविश्‍वासी बनेपछि, धेरै अगुवा र सेवकहरूले वास्तवमै धेरै कठिनाइ भोग्‍न सक्छन् भन्‍ने देखेँ। तिनीहरूले झरी बतासमा पनि काम...

Leave a Reply