एक ढोङ्गीको पश्‍चात्ताप

17 अक्टोबर 2021

क्षिनरुइ, दक्षिण कोरिया

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्” (वचन देहमा देखा पर्नुहुन्छको “धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ”)। परमेश्‍वरका वचनहरूको यो खण्डले मलाई ढोङ्गी फरिसीहरू र पादरी र हैसियत भनेपछि मरिहत्ते गर्ने ती सबै दुष्ट ख्रीष्ट-विरोधीहरूको बारेमा याद दिलाउँछ। परमेश्‍वरले तिनीहरूको बारेमा नै कुरा गरिरहनुभएको छ भन्‍ने मलाई लाग्थ्यो। परमेश्‍वरले सिद्धान्तमा हामी सबैमा भएको कुरालाई प्रकट गरिरहनुभएको छ, र मसँग पनि त्यस किसिमको भ्रष्ट स्वभाव छ भन्‍ने मलाई थाहा थियो। तर ममा आफ्‍नो बारेमा सच्‍चा बुझाइ थिएन, त्यसकारण कहिलेकहीँ फरिसीहरू, ख्रीष्ट-विरोधीहरू, र छलीहरू साँच्‍चै मभन्दा टाढाका कुरा हुन् भन्‍ने लाग्थ्यो। म त्यस्तो थिइनँ, र म कहिल्यै पनि त्यो बिन्दुमा पुगेकी थिइनँ। म विश्‍वासी भएको धेरै वर्ष भयो, मैले असल कुराहरू गरेकी छु, र मेरो कर्तव्यमा म मूल्य चुकाउँथें। मण्डलीले मलाई जे कर्तव्य सुम्पे पनि, मैले यसको पालन गरेर अघि बढाउँथें। यसको साथै म अगुवा बन्‍ने प्रयासमा लागिपरेकी थिइनँ, र मसँग कुनै हैसियत होस् वा नहोस् म मेरो कर्तव्य पूरा गरिछाड्थेँ। म कसरी ख्रीष्ट-विरोधी, छलीमा परिवर्तन हुन सक्थेँ र? तर वास्तवमा, म पूर्ण रूपमा मेरा धारणा र कल्‍पनाहरूमा जिइरहेकी थिएँ, र पछि तथ्यहरूको सामना गर्दा, मेरा यी धारणाहरू स्पष्ट रूपमा प्रकट भए।

म सहरभन्दा बाहिरको एउटा मण्डलीको सुसमाचार कार्यको जिम्‍मेवारी लिनको लागि घरबाट गएँ। चाँडै नै तिनीहरूको कामको त्यो भाग अर्थात् सुसमाचारको काम चाँडै नै अघि बढ्न थाल्यो र अगुवाहरूले मलाई साँच्‍चै नै कदर गरे। कहिलेकहीँ तिनीहरूले आफ्‍नो कामका अन्य पक्षहरूको बारेमा छलफल गर्न, मसँग सल्‍लाह लिनको लागि मकहाँ आउँथे। त्यति मात्र होइन, म पुरानो विश्‍वासी थिएँ र मैले आफ्‍नो कर्तव्यको लागि कठिनाइ भोग्‍न सक्थेँ, त्यसकारण दाजुभाइ-दिदीबहिनीहरूले मलाई आदर नै गर्थे। मैले पनि आफूलाई निकै उच्‍च व्यक्ति नै ठान्थें। मैले यतिका वर्षदेखि विश्‍वास गरेकी थिएँ र म इन्‍चार्ज थिएँ, त्यसकारण म अरू जस्तो हुनु हुँदैन, म अरूभन्दा असल देखिनुपर्छ भन्‍ने मलाई लाग्थ्यो। मैले तिनीहरूले प्रकट गर्नेभन्दा कुनै पनि खराब भ्रष्टतालाई प्रकट गर्नु हुँदैन, मैले तिनीहरूले जस्तो कमजोरी वा नकारात्मकता प्रकट गर्नु हुँदैन भन्‍ने मलाई लाग्थ्यो। नत्र भने, तिनीहरूले मेरो बारेमा के सोच्‍नेछन्? के तिनीहरूले मेरो यतिका वर्षको विश्‍वासपछि पनि मेरो कद कति सानो रहेछ भनेर भन्दै मलाई नीच नजरले हेर्नेछैनन् र? पछि मैले मेरो कर्तव्यमा सिद्धान्तहरू उल्‍लङ्घन गरेको कारण एक जना अगुवाले मेरो निराकरण गरे। उनले मलाई यतिका वर्ष विश्‍वास गरेर पनि ममा कुराहरू सम्‍बन्धी अन्तर्ज्ञानको कमी छ र ममा सत्यता वास्तविकताको कमी छ भनेर भनिन्। म अत्यन्तै लज्‍जित र अपमानित भएँ, तर मैले मेरो आफ्‍नै भ्रष्टता र कमजोरीहरूलाई मनन गर्ने वा मेरा कमीकमजोरीहरूलाई पूर्ति गर्नको लागि सत्यताको खोजी गर्ने काम गरिनँ। बरु ममा सत्यता वास्तविकताको कमी छ भन्‍ने कुरालाई ढाकछोप गर्न, आफूलाई चिनेको बहाना गर्दै, आत्मिक व्यक्ति भएको नाटक गर्दै, मैले केही खोक्रा शब्‍दहरू र धर्मसिद्धान्तहरूको कुरा गरेँ।

मलाई याद छ, एक पटक प्रभुमा विश्‍वास गर्ने एक जना सहकर्मीले साँचो मार्गको अनुसन्धान गर्न चाहन्छु भनी भनेका थिए। अगुवाले मलाई परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा गवाही दिन तुरुन्तै गइहाल्‍न भनेकी थिइन्। मैले म जान्छु भनी भनेँ, तर ऊसँग समाधान गर्न कठिन रहेका धेरै धारणाहरू छन् भन्‍ने मैले पत्ता लगाएँ। त्यो बेला म अत्यन्तै व्यस्त हुन पुगेँ, त्यसकारण मैले त्यो काम केही समयको लागि थाती राखेँ। केही हप्तापछि अगुवाले मलाई सोधिन्, “यति समय बितिसक्दा पनि तपाईंले किन उहाँसँग गवाही बाँड्नुभएको छैन? उहाँले साँचो मार्गको बारेमा खोजी-निधो गर्न चाहनुहुन्छ र उहाँले धेरै विश्‍वासीहरूको अगुवाइ गर्नुहुन्छ, जो सबैले प्रभुको पुनरागमनको लागि तृष्णा गरिरहेका छन्। तपाईंले किन अहिलेसम्‍म परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिनुभएको छैन?” अलिक ग्‍लानि भएकोले, मैले हतार-हतार यसो भन्दै स्पष्टीकरण दिएँ, “अरू कुराहरू आइपरेको हुनाले म जान सकिनँ।” यो कुरा सुनेपछि ती अगुवा क्रोधित भइन्, र म मेरो कर्तव्यमा गैरजिम्‍मेवार र लापरवाही भएकी छु, मैले अल्याङ्टल्याङ काम गरिरहेकी छु, अनि मैले हाम्रो सुसमाचारको काममा गम्‍भीर बाधा पुर्‍याएकी छु भनेर उनले भनिन्। उनले मलाई अत्यन्तै कडा रूपमा हप्काइन्। त्यो बेला त्यहाँ धेरै जना दाजुभाइ-दिदीबहिनीहरू थिए र मैले मेरो अनुहार रातोपिरो भइरहेको अनुभव गर्न सक्थेँ। मैले सोचेँ, “के तिमी मेरो अलिकति इज्‍जत गरेर मसँग यति कठोर व्यवहार नगर्न सक्दैनथियौ? मैले गल्ती गरेँ भन्‍ने मलाई थाहा छ, के म अहिले उसलाई सुसमाचार सुनाउन जान सक्दिनँ र? मलाई यति कठोर रूपमा निराकरण गर्नुपर्ने आवश्यकता छैन।” मैले आफै पनि यस कुरालाई स्वभाविकै हो भनेर भनिरहेकी थिएँ, र मैले म त्यतिकै बसिरहेकी थिइनँ, मेरा दिनहरू बिहानदेखि बेलुकासम्‍मै सुसमाचार प्रचार गर्ने कार्यले भरिएका थिए भन्‍ने सोचेँ। तैपनि उनले म अल्याङटल्याङ गरिरहेकी छु र गैरजिम्‍मेवार भइरहेकी छु भनेर भनिन्। मबाट योभन्दा बढी कसले माग्‍न सक्थ्यो र? मलाई मेरो कर्तव्य अत्यन्तै कठिन छ जस्तो लाग्यो। त्यो भेलापछि म ढोका थुनेर कोठामा बसी धेरै रोएँ। मलाई अन्याय भएको छ भन्‍ने लाग्यो र म नकरात्मक बनेँ, र परमेश्‍वर सम्‍बन्धी धेरै भ्रमहरूले भरिएँ। मभित्र विश्‍वासघातको भावना जाग्यो। मैले सोचेँ, अगुवाले मसँग अत्यन्तै कठोर व्यवहार गरेको हुनाले, परमेश्‍वरले अवश्य नै मलाई तिरस्कार गर्नुहुन्छ, त्यसकारण मैले कसरी त्यो कर्तव्य पूरा गरिरहन सक्छु? सायद मैले दोष स्वीकार गरेर, यसलाई बिर्सिदिनुपर्छ अनि काम छोडिदिनुपर्छ ताकि परमेश्‍वरको घरको काममा बाधा पुग्‍नेछैन र मैले धन्यवाद विहीन काम गरिरहेको हुनेछैन। धर-धर आँसु बगाउँदै, मलाई म सही स्थितिमा छैन भन्‍ने अनुभूति भयो। म धेरै वर्षको विश्‍वासी थिएँ, र मलाई अलिक कठोर निराकरण गरिएको क्षणदेखि नै, मैले यसलाई सहन सकिनँ। मैले परमेश्‍वरसँग तर्क गरेँ र होड गरेँ, र मलाई हार मान्‍न समेत मन लागेको थियो। मसँग कुनै पनि साँचो कद थिएन। मलाई आकाशै खसे पनि हामी हाम्रो कर्तव्यमा सत्य रहनुपर्छ भन्‍ने परमेश्‍वरका वचनहरू याद आयो। यो वास्तविकताको बारेमा विचार गर्दा यसले मलाई प्रोत्साहन दियो। परमेश्‍वरले वा अगुवाले मेरो बारेमा जे विचार गरे पनि, म पतन हुनु हुँदैनथियो, र मेरो कर्तव्य जति नै कठिन भए पनि म चुनौतीमा खडा हुनुपर्थ्यो। मैले यसको बारेमा यसरी विचार गर्दा मलाई त्यति धेरै व्याकुलताको महसुस भएन। मैले तुरुन्तै आँसु पुछेँ र दाजुभाइ-दिदीबहिनीहरूसँग छलफल गर्न गएँ। केही दिनपछि नै, मैले त्यस सहकर्मीलाई समूहमा ल्याएँ। तर त्यसपछि, मैले तत्परताको साथ सत्यताको खोजी गर्ने र मेरा समस्याहरूको बारेमा मनन गर्ने गरिनँ। तर, मैले मेरो आफ्‍नै विवेक र इच्‍छाको आधारमा मेरो कर्तव्य पूरा गर्ने कार्यलाई जोड दिएँ। मैले मसँग केही कद र केही व्यवहारिकता छ भन्‍ने ठानेकी थिएँ।

वास्तवमा, अगुवाले मलाई गैरजिम्‍मेवार भएकोमा, सजिलो बाटो पछ्याएकोमा, र व्यवहारिक काम नगरेकोमा निराकरण गरिन्। यी साँच्‍चै नै गम्‍भीर समस्याहरू थिए। मैले हाम्रो सुसमाचारको कामको नेतृत्व गरिरहेकी थिएँ, र जब मैले धेरै धारणाहरू भएको कसैलाई देख्थेँ, म मेरो सङ्गतिमा आफूलाई समर्पित भएर गवाही दिन इच्‍छुक हुँदिनथिएँ। म लापरवाही रूपमा त्यो कामलाई पन्छ्याउँथेँ र आधा महिना त्यतिकै जान दिन्थेँ। त्यो साँचो मार्गको खोजी गर्ने र प्रभुको पुनरागमनको स्वागत गर्ने धेरैभन्दा धेरै मानिसहरूको निम्ति ढिलाइ गर्नु थियो! मेरो कर्तव्यमा त्यति लापरवाही बन्‍नु परमेश्‍वरको विरोध गर्नु र उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नु थियो। म कहिल्यै पनि फोकटमा बसेको हुन्थिनँ र मैले मेरो कर्तव्यमा मूल्य चुकाउन सक्थेँ, तर जब-जब म चुनौतीको सामना गर्थेँ, म समस्याको समाधान गर्न सत्यताको खोजी गर्ने र मेरो कर्तव्य राम्ररी पूरा गर्ने काममा ध्यान केन्द्रित गर्दिनथिएँ। बरु म पछि हट्थें र परमेश्‍वरको आज्ञालाई उदासीन भई पन्छ्याएर आफूलाई जे मन लाग्यो त्यही गर्थेँ। त्यो कसरी कुनै पनि प्रकारको भक्ति भयो र? अगुवाले मेरो कर्तव्यमा मैले देखाएको मेरो लापरवाही, गैरजिम्‍मेवार आचरणको बारेमा, मेरो छली शैतानी स्वभावको बारेमा बताइन्, र यो मैले त्यस्तो काम गरेको पहिलो पटक थिएन। अगुवाले मेरो लागि यसको बारेमा समालोचना गरिदिइन्, ताकि मैले आफूलाई चिन्‍न, पश्‍चात्ताप गर्न, र परिवर्तन हुन सकूँ, तर मैले आफ्‍नो बारेमा साँचो रूपमा मनन गर्ने वा मेरा समस्याहरूको जड कहाँ छ भनेर हेर्ने गरिनँ। मैले काट-छाँट र निराकरणलाई स्वीकार गरेकी छु जस्तै अभिनय गरेँ, तर मसँग आफ्‍नो बारेमा कुनै साँचो बुझाइ थिएन। त्यही कारणले गर्दा भेलामा मैले खोक्रा कुराहरू र धर्मसिद्धान्तहरूको बारेमा बताउँथें, त्यसपछि मैले आत्म-चेतना प्राप्त गरेकी छु भन्‍ने बहाना गर्थेँ। मैले म मेरो कर्तव्यमा गैरजिम्‍मेवार छु र मैले परमेश्‍वरको घरको कामलाई पछि पारिरहेकी छु, यसलाई गम्‍भीर रूपमा क्षति गरिरहेकी छु, अगुवाले मलाई हप्काउनु अत्यन्तै उचित कुरा हो र मैले आफूले गरेका कुराको सही र गलत विश्लेषण गर्न सकौं भनेर उनले मेरो प्रकृति, मेरो शैतानी स्वभावमा भएका कुराहरूलाई उठाइरहेकी हुन् ठानेर पनि बताएँ। तर मैले कहाँ गल्ती गर्न पुगेँ त्यसको बारेमा, मेरा कार्यहरूको प्रकृति र परिणामहरूको बारेमा मेरो कर्तव्यप्रतिको मेरो लापरवाही आचरणमा मैले कस्तो प्रकारको भ्रष्ट स्वभाव प्रकट गरेँ, र ममा कस्तो प्रकारको मूर्ख सोचाइ र धारणाहरू छन् त्यसको बारेमा कहिल्यै सङ्गति गरिनँ। मैले यसका यी अझै विस्तृत विवरणहरूलाई कुनै ध्यान दिइनँ। यसको साटो मैले केको बारेमा कुरा गरेँ? मैले कसरी परमेश्‍वरमा भरोसा गरेकी थिएँ र सकारात्मकताबाट कसरी प्रवेश गरेकी थिएँ। मैले यस्ता सकारात्मक बुझाइहरूको बारेमा बारम्‍बार कुरा गरिरहन्थें। मलाई निराकरण गरिँदा मलाई नकरात्मक अनुभूति भयो भनेर मैले भनेँ र गुनासो गरेँ र म हरेस खान चाहन्थेँ, तर परमेश्‍वरका वचनहरूको बारेमा विचार गर्दा यसले मलाई साँच्‍चै उत्प्रेरित गर्‍यो र म टुक्रिनु हुँदैन भन्‍ने मलाई लाग्यो। परमेश्‍वरले ममा धेरै काम गर्नुभएको थियो र उहाँले मलाई धेरै कुरा दिनुभएको थियो, त्यसकारण ममा विवेक हुनुपर्थ्यो र मैले परमेश्‍वरलाई निराश तुल्याउनु हुँदैनथियो। त्यसकारण मैले के विचार गरेँ भने मलाई जसरी काट-छाँट र निराकरण गरिए पनि, मेरो कर्तव्य जति नै कठिन भए पनि, मैले यो काम राम्ररी गर्नुपर्छ, र अगुवाले मलाई गरेको निराकरण मलाई आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न लगाउन, पश्‍चात्ताप गरेर परिवर्तन गराउनको लागि थियो। जब अरूले यो कुरा सुने, तिनीहरूलाई मेरा समस्याहरू र भ्रष्टताको बारेमा केही पनि थाहा रहेनछ र मैले परमेश्‍वरको घरको काममा ठूलो हानि गरेकी छु भन्‍ने तिनीहरूलाई लागेन। बरु, तिनीहरूलाई के लाग्यो भने अगुवाले मसँग अत्यन्तै कठोर व्यवहार गरेकी छिन्, काममा सानो अनजान गल्ती गरेको कारण मलाई काट-छाँट र निराकरण गरिएको छ। तिनीहरू अत्यन्तै सहानुभूतिशील र समझदार भए। र मलाई त्यति कठोर निराकरण गरिएपछि पनि म नकरात्मक बनेकी छैन, तर मैले मेरो कर्तव्यको बोझ उठाइरहन सकेकी छु भन्‍ने देखेर, मैले साँच्‍चै नै सत्यतालाई बुझेकी छु र ममा कद छ भन्‍ने तिनीहरूलाई लाग्यो। तिनीहरूले साँच्‍चै नै मलाई आदरको साथ हेर्थे र मेरो चापलुसी गर्थे। त्यो बेला एक-दुई जनाले मलाई त्यति गम्‍भीर रूपमा निराकरण गरिँदा पनि दह्रिलो भएर मैले मेरो कर्तव्य पूरा गर्न जारी राखेको कुरा साँच्‍चै सराहना योग्य छ भनी बताए। र कतिले मेरो कर्तव्य सजिलो छैन, मैले मेरो सबै ऊर्जा लगाएकी मात्र छैन, तर अनजानमा गल्ती हुँदा समेत मलाई हप्काइयो भनेर भने। मैले मेरो आँसु पुछेर मेरो कर्तव्यमा फर्केको तिनीहरूले देखेका थिए र तिनीहरू धेरै पहिले नै ढल्‍नेथिए र तिनीहरूसँग त्यो कद छैन भनेर भने। तिनीहरूले मेरो सङ्गति सुनेका थिए र निराकरण र काट-छाँटलाई स्वीकार गर्ने अभ्यासको मार्ग, वा काट-छाँट र निराकरण परमेश्‍वरको प्रेम र मुक्ति हो भन्‍ने तिनीहरूले बुझेका थिएनन्। बरु, तिनीहरूले परमेश्‍वरलाई गलत रूपमा बुझे, रक्षात्‍मक बने, र आफैलाई परमेश्‍वरबाट टाढा लगे, तर मेरो नजिक आए। त्यसपछि मलाई एक-दुई पटक निराकरण गरियो, र हरेक पटक अवस्था उस्तै हुन्थ्यो। म आफूमा कद र व्यावहारिकता छ भन्‍ने बहाना बनाउँदै सधैँ शाब्दिक धर्मसिद्धान्तको कुरा गर्ने, आत्मिकता र आत्मज्ञानको नाटक गर्ने गर्थेँ, र मैले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख तुल्याएकी थिएँ। थिएन। म पूर्ण रूपमा अनभिज्ञ, पूर्ण रूपमा अचेत थिएँ, र यसको बीचमा आफू खडा हुन सकेकोमा मलाई अत्यन्तै गर्व लागेको थियो। म आफैलाई बधाई दिने व्यक्ति थिएँ र मलाई मसँग कद छ र सत्यताको वास्तविकता छ भन्‍ने लागेको थियो। म झन्-झन् अहङ्कारी र आफैप्रति ढुक्‍क हुँदै गएँ।

एक पटक, एक जना ब्रदरले मेरो कर्तव्यमा भएका केही समस्याहरूलाई औंल्याए। उनले समस्याहरू खोजिरहेका छन्, उनले गल्ती खोतल्‍ने काम गरिरहेका छन् भनेर गुनासो गर्दै मैले यो कुरा स्वीकार गर्न मानिनँ। मलाई तिनीप्रति साँच्‍चै झर्को लाग्यो। तर यतिका वर्षसम्‍म विश्‍वासी भएर पनि म कति अहङ्कारी रहेछु भनेर कसैले थाहा पाउनेछ र मलाई नीच ठान्‍नेछ भनेर म डराएकी थिएँ। अगुवाले यसको बारेमा थाहा पाउनेछिन् र मैले सत्यतालाई स्वीकार गर्न सकिनँ भनेर भन्नेछिन् भन्‍ने पनि मलाई डर थियो, त्यसकारण मैले नाटक गरेँ र यसको बारेमा गुनासो नगर्न आफूलाई बाध्य गरेँ। शान्त व्यवहार गर्दै, मैले उनलाई भनेँ, “ब्रदर, तपाईंले यहाँ देख्‍नुभएका सबै समस्याहरूको बारेमा मलाई बताउनुहोस् र हामी तिनको बारेमा एक-एक गरी कुरा गर्नेछौं। यदि हामीले तिनको समाधान गर्न सकेनौं भने, हामी एक जना अगुवासँग कुरा गर्न सक्छौँ।” अनि उनले एक-एक गरी समस्याहरू सूचीकृत गरे, र मैले ती प्रत्येकको बारेमा मेरो खण्डन व्याख्या गरेँ। अन्तिममा, उनले उठाएका धेरैजसो समस्याहरूलाई मैले व्याख्या गरेर नै टारिदिएँ। मैले समस्यालाई समाधान भइसकेको रूपमा हेरेँ र मलाई निकै खुशी लाग्यो। तर उनलाई यसको बारेमा अप्ठ्यारो लाग्यो, त्यसकारण तिनी अगुवासँग यसको बारेमा छलफल गर्न गए। उनले उठाएका कतिपय मामलाहरू साँच्‍चै नै समस्याहरू थिए, र अगुवाले थाहा पाएपछि, उनले मलाई सबैको अघि निराकरण र काट-छाँट गरिन्। उनले मलाई म अहङ्कारी छु र म कसैको सुझाव स्वीकार गर्दिनँ, मेरो कर्तव्यमा म सिद्धान्त-केन्द्रित छैन, र यति धेरै वर्ष विश्‍वास गरेको भए पनि ममा सत्यता वास्तविकताको पूर्ण कमी छ भनेर भनिन्। उनले मलाई मैले कुनै पनि व्यवहारिक समस्याहरूको समाधान गर्न सकिन, म अन्धाधुन्ध अहङ्कार गर्छु र म पूर्ण रूपमा अनुचित छु भनेर भनिन्। मलाई यो सुन्‍न कठिन भएको थियो, तर म पूर्ण रूपमा विश्‍वस्त थिइनँ। मैले सोचेँ, “म अहङ्कारी छु र कहिलेकहीँ आफूप्रति ढुक्‍क नै हुन्छु, तर म केही सुझावहरू लिन सक्छु। म त्यति धेरै अहङ्कारी पनि छैन।”

फेरि पनि, त्यसको केही समयपछि कामको बैठकमा मलाई खुलासा गरियो। म जुन कामको इन्‍चार्ज थिएँ मैले त्यो काममा आलटाल गरिरहेकी थिएँ भन्‍ने अगुवाले थाहा पाइन्, र मलाई सोधिन्, “तपाईंले किन यसमा यति अप्रभावकारी रूपमा काम गरिरहनुभएको छ? समस्या के हो? तपाईंले योभन्दा राम्रो काम गर्न सक्‍नुहुन्छ?” मेरो प्रतिक्रिया यस्तो थियो, “अहँ, सक्दिनँ।” मलाई अगुवाले हाम्रो वास्तविक परिस्थिति बुझेकी छैनन्, उनले धेरै नै अपेक्षा गरिरहेकी छिन् भन्‍ने लाग्यो। त्यसपछि उनले हाम्रो लागि परमेश्‍वरका केही वचनहरू पढिन् र सुसमाचार फैलाउनुको महत्त्वको बारेमा सङ्गति गरिन्। उनले समय थोरै छ र हामीले हाम्रो प्रभावकारितालाई सुधार गर्नुपर्छ भनेर पनि भनिन्। उनले भनेको कुरालाई मैले त्यति मनमा लिइनँ। म मेरा आफ्‍नै धारणा र मेरो आफ्‍नै अनुभवमा अल्झिएकी थिएँ, र सोच्थें, “म हाम्रो प्रभावकारितालाई साँच्‍चै बढाउन सक्दिनँ।” मैले मेरो छेउका दाजुभाइ-दिदीबहिनीहरूलाई अरूले नसुन्‍ने गरी सोधेँ, “के हामीले यसो गर्न सक्छौँ त?” मैले तिनीहरूलाई यसरी सोध्‍नुको अभिप्राय भनेको तिनीहरूलाई मेरो पक्षमा ल्याउनु, उनीहरूलाई पनि मैले भनेजस्तै भन्‍न लगाउनु, अगुवाको विरुद्धमा इन्कार गर्नु र गतिलाई ढिलो बनाउनु थियो। यो पूर्ण रूपमा स्पष्ट थियो, तर म पूर्ण रूपमा अनभिज्ञ थिएँ। मेरो बारेमा तिनीहरूसँग कुनै पनि भेदशक्ति थिएन। भन्‍न सकिन्छ, कि तिनीहरूले कुनै भेदशक्तिको प्रयोग गरेनन्। तिनीहरू सबैले मेरो पक्ष लिए र मेरै तालमा अघि बढे।

पछि, म मेरो कर्तव्यमा अहङ्कारी र अप्रभावकारी भएको, र मैले समूहको कामलाई राम्ररी व्यवस्थापन नगरेको मात्र होइन, बरू मैले यसमा बाधा पुर्‍याएको हुनाले, मलाई मेरो कर्तव्यबाट निकालियो। तर जब फेरि समूह अगुवाहरूको चयन गर्ने समय भयो, तब दाजुभाइ-दिदीबहिनीहरूले मलाई फेरि निर्वाचित मात्र गरेनन्, तर यो सर्वसम्मत भएको थियो भन्‍ने देख्दा म छक्‍क परेँ। मैले तिनीहरूमध्ये कतिले के भनेको सुनेँ भने, यदि मलाई निकालियो भने, सम्पूर्ण समूह नै भताभुङ्ग हुन्छ, र अरू कसले समूह संचालन गर्न सक्छ र? त्यही बेला मलाई ममा गम्‍भीर समस्या छ, मैले जसरी काम गरे पनि सबैले मेरो कुरा सुन्छन् र मेरो समर्थन गर्छन् भन्‍ने लाग्यो। अगुवाले मलाई निकालेको भए पनि सबैले मलाई निर्वाचित गरे, र मलाई उचित व्यवहार गरिनुपर्छ भनेर मेरो लागि लडे पनि। मैले साँच्‍चै नै दाजुभाइ-दिदीबहिनीहरूलाई गलत बाटोमा डोर्‍याएकी थिएँ।

मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “तिमीहरू सबैको हकमा भन्दा, यदि तिमीहरूलाई कुनै एउटा क्षेत्रका मण्डलीहरू हस्तान्तरण गरियो र छ महिनासम्म तिमीहरूको देखरेख गर्ने कोही भएन भने, तिमीहरू बरालिन हुन थाल्नेछौ। यदि एक वर्षसम्म कसैले तिमीहरूलाई देखरेख गरेन भने, तँ तिनीहरूलाई टाढा लैजान्छस् र बराल्छस्। यदि दुई वर्ष बितिसक्दा पनि तिमीहरूको देखरेख गर्ने अझै कोही भएन भने, तैँले तिनीहरूलाई तेरो अगाडि ल्याउँछस्। यस्तो किन हुन्छ? के तिमीहरूले यो प्रश्नको बारेमा पहिले कहिल्यै विचार गरेका थियौ? के तिमीहरू यस्तो हुन सक्छौ? तिमीहरूको ज्ञानले मानिसहरूलाई केही समयको लागि मात्रै भरणपोषण प्रदान गर्न सक्छ। समय बित्दै जाँदा, यदि तैँले उही कुराहरू बताइरहन्छस् भने, कतिपय मानिसहरूले त्यो कुरा पत्ता लगाउनेछन्; तिनीहरूले तँ अत्यन्तै सतही छस्, तँमा गहनताको धेरै कमी छ भनेर भन्‍नेछन्। धर्मसिद्धान्तहरूको विषयमा प्रचार गर्ने प्रयास गरेर मानिसहरूलाई धोका दिनेबाहेक तँसँग कुनै विकल्‍प हुनेछैन। यदि तँ सधैँ यसरी अघि बढ्छस् भने, तेरो मातहतमा हुनेहरूले तेरा तौर-तरिकाहरू, कदमहरू, र विश्‍वास र अनुभवको नमुनालाई पछ्याउनेछन् र ती वचन र धर्मसिद्धान्तहरूलाई अभ्यास गर्नेछन्। तैँले प्रचारपछि प्रचार गरिरहने क्रममा, अन्त्यमा, तिनीहरूले तँलाई उदाहरणको रूपमा प्रयोग गर्नेछन्। अरूलाई नेतृत्व गर्दा तैँले धर्मसिद्धान्तहरूको बारेमा कुरा गर्ने हुनाले, तँभन्दा मुनिका मानिसहरूले तँबाट धर्मसिद्धान्तहरू सिक्‍नेछन्, र यही परिस्थिति अघि बढ्दै जाने क्रममा तैँले गलत बाटो लिइसकेको हुनेछस्। तेरो मातहतका मानिसहरूले तैँले लिएकै बाटो लिनेछन्; तिनीहरू सबैले तँबाटै सिक्‍नेछन् र तँलाई पछ्याउनेछन्, त्यसकारण तँलाई यस्तो लाग्‍नेछ: ‘अब म शक्तिशाली भएँ; कति धेरै मानिसहरूले मेरो कुरा सुन्छन्, र मण्डली मेरो इसारा र हुकुममा चल्छ।’ मानिसभित्र रहेको यो धोकाको प्रकृतिले तँलाई अवचेतन रूपमा परमेश्‍वरलाई कल्पित आकृतिमा परिणत गर्ने तुल्याउँछ, र तँ आफैले कुनै प्रकारको सम्प्रदाय निर्माण गर्नेछस्। विभिन्‍न सम्प्रदायहरूको उदय कसरी हुन्छन् त? तिनीहरूको उदय यसरी नै हुन्छ। हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन र उनीहरूलाई छल्नको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाममात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, ‘हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।’ परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको माध्यम एउटा मानव हो; के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावल जस्तै हुन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु हो”)। मैले परमेश्‍वरका वचनहरूबाट म उहाँले खुलासा गर्नुभएको फरिसी जस्तै छु, र ममा यो छली, दुष्ट शैतानी स्वभाव मात्रै छैन, तर मेरो व्यवहार यति हदसम्‍म पुगेको छ कि मैले अरूलाई बहकाउमा पार्ने र नियन्त्रण गर्ने, अनि परमेश्‍वरलाई पन्छ्याउने कामसम्‍म गरिरहेकी छु भन्‍ने देख्‍न सकेँ। मैले ती ढोङ्गी फरिसीहरू र पादरी सदस्यहरूको बारेमा विचार गरेँ जसले सिद्धान्तको बारेमा मात्रै कुरा गर्छन् र मानिसहरूलाई भ्रममा पार्नको लागि कठिन परिश्रम गर्छन्। तिनीहरूले आफू परमेश्‍वरप्रति ऋणी छौं भनी भन्छन् र तिनीहरू साँच्‍चै नै नम्र र सचेत देखिन्छन्, तर तिनीहरूले सधैँ प्रभुको लागि तिनीहरूले कति धेरै त्यागेका छन्, तिनीहरूले कति धेरै कष्ट भोगेका छन् र तिनीहरूले कति धेरै काम गरेका छन् भनेर प्रदर्शन गरिरहेका हुन्छन्। परिणाम स्वरूप, विश्‍वासीहरूले तिनीहरूको आराधना गरिरहेका हुन्छन् र तिनीहरूले भन्‍ने सबै कुरा प्रभुको इच्‍छा अनुरूप छन् भन्‍ने ठान्छन्। विश्‍वासीहरूलाई तिनीहरूको बारेमा केही थाहा हुँदैन। विश्‍वासीहरूले त तिनीहरूको आज्ञापालन गर्नु भनेको प्रभुको आज्ञापालन गर्नु नै हो भन्‍ने समेत ठान्छन्। त्यो त प्रभुलाई नामले मात्र विश्‍वास गर्नु हो, तर वास्तविकतामा यो त पादरीलाई पछ्याउनु हो। मैले हिँडिरहेको मार्ग कसरी फरिसीहरू र पादरीहरूको मार्गभन्दा फरक भयो र? म धर्मसिद्धान्त र सतही बलिदानहरूमा पनि केन्द्रित थिएँ ताकि दाजुभाइ-दिदीबहिनीहरूले मलाई म आफ्नो कर्तव्यमा अत्यन्तै समर्पित छु भन्‍ने ठानून्। जब मेरो निराकरण भयो, मैले सत्यताको खोजी गर्ने वा आफ्‍नो बारेमा साँचो मनन गर्ने गरिनँ। मैले सबैलाई बहकाउनको लागि सही देखिने कुरा मात्रै भन्थें ताकि तिनीहरूले म यसमा समर्पित भइरहेकी छु, मसँग कद छ भन्‍ने ठानून्, त्यसपछि तिनीहरूले मलाई प्रिय ठानून् र मेरो कुरा सुनून्। मैले तिनीहरूलाई मसँगै परमेश्‍वरका मापदण्डहरूको विरुद्धमा जान पनि लगाएकी थिएँ। शक्तिमा हुने त वास्तवमा म नै थिएँ। यो कसरी ख्रीष्ट-विरोधीभन्दा फरक थियो र? म अगुवा थिइनँ र मसँग कुनै प्रकारको उत्कृष्ट पद थिएन। मैले त अगुवाको रेखदेखमा रही अरू दुई जना सिस्टरहरूसँग मिलेर केही कामको जिम्‍मेवारी पूरा गर्थेँ, तर पनि, मेरो समस्या खराब भएको थियो। यदि म कुनै कुराको लागि एकलौटी रूपमा जिम्‍मेवार रहने उच्‍च पदमा पुगेँ भने, मैले कस्तो प्रकारको ठूलो दुष्ट काम गर्नेथिएँ त्यसको बारेमा मलाई कल्‍पना गर्न मन छैन। म धेरै पुरानो विश्‍वासी भएकी हुनाले र मैले जस्तोसुकै कठिनाइ वा परीक्षाहरूको सामना गरे पनि मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेकी हुनाले, ममा राम्रै मानवता भएकोले, र मैले अगुवा बन्‍नको लागि कहिल्यै संघर्ष नगरेको हुनाले, म कहिल्यै पनि फरिसी वा ख्रीष्ट-विरोधी बन्‍नेछैन भन्‍ने मलाई लाग्थ्यो। तर तथ्यहरूको सामना गर्दा, म हक्‍क न बक्‍क भएँ र मसँग भन्‍ने कुरा केही थिएन। मेरा धारणाहरू कति हास्यास्पद र हानिकारक रहेछन्, र मेरो स्वभाव कति दुष्ट, डरलाग्दो रहेछ भन्‍ने मैले बल्‍ल देखेँ। विश्‍वासी भएर, मैले सत्यताको खोजी गर्दिनथिएँ, र परमेश्‍वरको न्याय, सजाय, निराकरण, वा काट-छाँटलाई स्वीकार गर्ने वा त्यसमा समर्पित हुने गर्दिनथिएँ। मैले परमेश्‍वरका वचनहरूको ज्योतिमा आफ्‍नो बारेमा मनन गर्ने र आफ्‍नो शैतानी प्रकृतिलाई चिन्‍ने गरिनँ। सतही रूपमा आज्ञापालन गर्न र मौखिक रूपमा स्वीकार गर्नमा नै सन्तुष्ट थिएँ। तर म जति असल वा नियम पालन गर्ने किसिमको देखिए पनि, अवसर पाउने बित्तिकै, परमेश्‍वरलाई धोका दिने मेरो शैतानी प्रकृति प्रकट हुन्थ्यो, र मैले मलाई समेत थाहा नभएको दुष्ट कर्म गर्न पुग्थें। यो परमेश्‍वरले भन्‍नुभएको जस्तै थियो: “तिमीहरूले मलाई विश्‍वासघात गर्ने शत प्रतिशत सम्भावना छ।

मलाई शैतानले कति गहन रूपमा भ्रष्ट तुल्याएको छ, म कति अचेत र जिद्दी छु भन्‍ने परमेश्‍वरलाई थाहा थियो। मैले आफूलाई थोरै चिनेर मात्रै परिवर्तन हासिल गर्न सक्दिनथिएँ। त्यसकारण, पछि मलाई दाजुभाइ-दिदीबहिनीहरूले खुलासा र निराकरण गरे। शब्दहरू नचपाइकन एक जना सिस्टरले एक पटक मलाई यसो भनेको याद छ, “अब तपाईं कस्तो हुनुहुन्छ भन्‍ने कुरा मैले केही हदसम्‍म थाहा पाएकी छु। तपाईंले आफ्‍नो अन्तस्करणका विचारहरूको बारेमा सङ्गति गर्ने वा तपाईंको आफ्‍नै भ्रष्टतालाई प्रकट गर्ने कार्य बिरलै गर्नुहुन्छ। तपाईंले आफ्ना केही सकरात्मक प्रवेश र बुझाइहरूको बारेमा मात्रै कुरा गर्नुहुन्छ, मानौं तपाईंको भ्रष्टता पूर्ण रूपमा समाधान भएका छन्, मानौं तपाईं यसबाट मुक्त हुनुहुन्छ।” उनले मलाई प्रिय ठान्‍ने गरेकी, म सत्यता बुझ्‍ने स्थिर विश्‍वासी हुँ भन्‍ठान्‍ने गरेकी, मलाई विभिन्‍न कुरामा कसरी अनुभव गर्ने सो थाहा छ र मैले मेरो कर्तव्यमा कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छु, र निश्‍चित रूपमा म गम्‍भीर निराकरण र काट-छाँटलाई स्वीकार गर्न सक्छु भन्‍ठान्‍ने गरेकी थिएँ पनि भनेर भनिन्। त्यही कारणले उनले मलाई आदरका साथ हेर्थिन्। उनले मैले भन्‍ने सबै कुरा सही छ भन्‍ने ठान्थिन् र उनले सधैँ मेरो कुरा सुन्थिन्, यसरी उनले आफ्‍नो हृदयको परमेश्‍वरको स्थान मलाई दिएकी थिइन्। उनले निश्‍चित रूपमा मलाई परमेश्‍वर जस्तै ठान्‍ने गरेकी थिइन् भनेर सुन्दा मलाई चट्याङले जस्तै प्रहार गर्‍यो। मलाई साँच्‍चै नै डर लाग्यो र मैले यसको साँच्‍चै नै प्रतिरोध गरेँ। मैले सोचेँ, “यदि त्यो साँचो कुरा हो भने, के म ख्रीष्ट-विरोधी बनेकी छैन र? तिमी कसरी यति मूर्ख, अबुझ हुन सक्यौ? म शैतानद्वारा पनि भ्रष्ट तुल्याइएकी छु। तिमीले कसरी मलाई त्यस तरिकाले हेर्न सक्यौ?” म धेरै दिनसम्‍म स्तब्ध भएँ। उनले भनेको कुरा सम्झिँदा म हरेक पटक अत्यन्तै दुःखित हुन्थेँ, र ममा कुनै भयङ्कर आउन लागेको छ भन्‍ने यस्तो आतङ्कको अनौठो अनुभूति थियो। मलाई थाहा थियो, यो मप्रतिको परमेश्‍वरको क्रोध हो, उहाँको धर्मी स्वभाव ममाथि आउँदैनथियो भन्‍ने मलाई थाहा थियो र मैले त्यस प्रकारको दुष्टता गरेका परिणामहरू स्वीकार गर्नु पर्नेथियो। मलाई परमेश्‍वरको स्वभावले कुनै पनि उल्‍लङ्घन सहँदैन भन्‍ने थाहा थियो र मलाई परमेश्‍वरले पहिले नै दोषी ठहराइसक्‍नुभएको छ भन्‍ने मलाई लाग्यो, त्यसकारण मेरो विश्‍वासको मार्ग अन्त्यमा आइपुगेको छ भन्‍ने मैले सोचेँ। यो विचार गर्दा मैले मेरो आँशु रोक्‍नै सकिनँ। ठूलो दुष्ट काम गर्न वा वास्तवमै खराब काम गर्न नसक्‍ने जस्तो देखिने म यति भयानक स्थितिमा आइपुग्‍न सक्छु भनेर मैले कहिल्यै कल्‍पना गरेकी थिइन। मैले मानिसहरूलाई धर्मसिद्धान्तहरूद्वारा भ्रममा मात्रै पारिनँ, तर मैले तिनीहरूलाई मेरो आराधना गर्न लगाएँ, मानौं म परमेश्‍वर नै हुँ। त्यो त परमेश्‍वरलाई नाम मात्रको परमेश्‍वरमा परिवर्तन गर्नु हो, र यसले परमेश्‍वरको स्वभावलाई गम्‍भीर रूपमा उल्‍लङ्घन गर्‍यो। मलाई साँच्‍चै नै नकरात्मक अनुभूति भइरहेको थियो, र मेरा अपराधहरू र दुष्कर्महरूले मेरो हृदय पोले झैँ लाग्यो। मलाई म त फरिसी, ख्रीष्ट-विरोधी जस्तै हुँ, म शैतानको हुँ, सेवाकर्ता हुँ जसलाई हटाइनुपर्छ भन्‍ने लाग्यो। मैले आफैलाई कसरी यस स्थितिमा ल्याइ पुर्‍याएकी थिएँ सो मैले बुझ्‍न सकिनँ। पछुतो गर्दै, म परमेश्‍वरको अघि आएँ र यसो भन्दै पश्‍चात्ताप गरेँ, “हे परमेश्‍वर, मैले ठूलो दुष्कर्म गरेकी छु। मैले तपाईंको स्वभाव उल्‍लङ्घन गरेकी छु र म श्रापित र दण्डित हुनुपर्छ! मैले तपाईंको क्षमादान मागिरहेकी छैन, मलाई अन्तर्दृष्टि दिनुहोस् भनेर मात्रै म तपाईंलाई अनुरोध गर्छु, ताकि मैले मेरो शैतानी प्रकृतिलाई बुझ्‍न र शैतानले मलाई गरेको भ्रष्टताको सत्यतालाई देख्‍न सकूँ। हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न, इमानदार र सीधा मानिस बन्‍न चाहन्छु।”

त्यसपछिका दिनहरूमा, मैले म किन यस्तो भयानक स्थानमा पुगेँ, र समस्याको जड कहाँ छ भनेर मनन गर्न थालेँ। एक पटक मेरो भक्तिको समयमा यो पढेँ: “त्यसो भए, ख्रीष्ट-विरोधीहरूले आफूमा कस्तो व्यक्तित्व धारण गरेका हुन्छन् त? तिनीहरूले आफू को भएको बहाना गर्छन् त? तिनीहरूले गरेको अरूको नक्कल वास्तवमा हैसियत र प्रतिष्ठाको लागि हो। यो कुरा ती कुराहरूबाट अलग भएको हुन सक्दैन, नत्र त तिनीहरूले त्यस्तो बहाना नै गर्नेथिएनन्—तिनीहरूले कुनै पनि हालतमा त्यस्तो मूर्ख काम गर्दैनन्। त्यस्तो बानीबेहोरालाई भर्त्सनायोग्य, तिरस्कारयोग्य, र घिनलाग्दो मानिन्छ भनेर जान्दा-जान्दै पनि तिनीहरूले किन अझै त्यसै गर्छन् त? तिनीहरूसँग अवश्य नै तिनीहरूका आफ्‍नै लक्ष्य र उत्प्रेरणाहरू हुन्छन्—त्यसमा अभिप्राय र उत्प्रेरणाहरू लुकेका हुन्छन्। यदि ख्रीष्ट-विरोधीहरूले मानिसहरूको मनमा हैसियत प्राप्त गर्नु छ भने, तिनीहरूले यी मानिसहरूलाई तिनीहरूको इज्‍जत गर्ने बनाउनुपर्छ। अनि मानिसहरूलाई के कुराले त्यसो गर्ने बनाउँछ त? मानिसहरूका धारणामा असल ठानिने केही बानीबेहोरा र अभिव्यक्तिहरूलाई नक्कल गर्नेबाहेक, एउटा अर्को पक्ष के हो भने, ख्रीष्ट-विरोधीहरूले अरूलाई तिनीहरूको इज्‍जत गर्ने बनाउनको लागि मानिसहरूले महान् र भव्य ठानेका निश्‍चित बानीबेहोरा र छविहरूलाई पनि नक्कल गर्छन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस)”)। “परिवेश जे-जस्तो भए पनि, वा तिनीहरूले आफ्‍नो कर्तव्य जहाँ पूरा गरिरहेको भए पनि, ख्रीष्ट-विरोधीहरूले सत्यता र परमेश्‍वरको बारेमा तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा लुकाएर राखेको वास्तविक मनोवृत्ति र वास्तविक दृष्टिकोणलाई अरूबाट लुकाउँदै, आफू कमजोर नभएको, परमेश्‍वरप्रति उत्कृष्ट प्रेम भएको, परमेश्‍वरमाथिको विश्‍वासले भरिएको, कहिल्यै पनि नकरात्मक नभएको देखावटी व्यवहार गर्छन्। वास्तविकतामा, आफ्नो हृदयको गहिराइमा, के तिनीहरूले आफूलाई साँच्‍चै नै महाशक्तिशाली ठान्छन् त? के तिनीहरूले साँच्‍चै आफूसँग कुनै कमजोरी छैन भन्‍ने ठान्छन् त? ठान्दैनन्। तिनीहरूसँग कमजोरी, विद्रोहीपन, र भ्रष्ट स्वभाव छ भन्‍ने थाहा हुँदा-हुँदै, किन तिनीहरूले अरूको छेउमा त्यसरी बोल्‍ने र व्यवहार गर्ने गर्छन् त? तिनीहरूको उद्देश्य स्पष्ट छ: यो अरूका बीचमा र अरूका सामुन्ने तिनीहरूको हैसियतलाई रक्षा गर्नु नै हो। यदि अरूको अघि हुँदा, तिनीहरू खुलस्त रूपमा नकारात्मक बने, कमजोर कुराहरू खुलस्तरूपमा बताए, विद्रोहीपन प्रकट गरे, र आफैलाई चिन्‍ने बारेमा कुरा गरे भने, यो तिनीहरूको हैसियत र मर्यादालाई हानि गर्ने कुरा हो, यो घाटाको कुरा हो भन्‍ने तिनीहरूलाई लाग्छ। त्यसकारण, तिनीहरूले आफूलाई कमजोर र नकारात्मक छु, र आफू सिद्ध होइन, सर्वसाधारण व्यक्ति मात्रै हुँ भनेर भन्‍नुभन्दा त बरु तिनीहरू मर्छन्। यदि तिनीहरूले तिनीहरूसँग भ्रष्ट स्वभाव छ, तिनीहरू साधारण व्यक्ति हुन्, सानो र महत्त्वहीन प्राणी हुन् भनी स्वीकार गरे भने, तिनीहरूले मानिसहरूको मनमा तिनीहरूको हैसियत गुमाउँछन् भन्‍ने तिनीहरूलाई लाग्छ। त्यसकारण, जे-सुकै भए पनि, तिनीहरूले यो हैसियतलाई त्याग्‍न सक्दैनन्, बरु यसलाई रक्षा गर्न सक्दो गर्छन्। हरेकपटक तिनीहरूले समस्याको सामना गर्दा, तिनीहरू अघि सर्छन्—तर तिनीहरूको खुलासा हुन सक्छ, मानिसहरूले तिनीहरूको वास्तविकतालाई देख्‍न सक्छन् भन्‍ने थाहा पाएपछि, तिनीहरू तुरुन्तै लुकिहाल्छन्। यदि चलखेल गर्ने कुनै ठाउँ छ भने, यदि तिनीहरूले आफैलाई प्रस्तुत गर्ने, तिनीहरू विशेषज्ञ हुन्, तिनीहरूलाई यसको बारेमा थाहा छ, र तिनीहरूले यसलाई बुझेका छन्, र तिनीहरूले यो समस्यालाई समाधान गर्न सक्छन् भनेर बहाना गर्ने ठाउँ छ भने, तिनीहरूले अरूको तारिफ प्राप्त गर्न, तिनीहरू यस क्षेत्रमा सिपालु छन् भनेर अरूलाई देखाउने मौकाको फाइदा उठाउन हतार-हतार अघि बढ्छन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस)”)। “यी ख्रीष्ट-विरोधीहरूले आत्मिक मानिसहरूको भूमिका निर्वाह गर्न चाहन्छन्, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूका बीचमा श्रेष्ठ बन्‍न, सत्यता भएका मानिसहरू बन्‍न, र सत्यतालाई बुझ्‍ने, र कमजोर र अपरिपक्‍वहरूलाई सहयोग गर्न सक्‍ने मानिसहरू बन्‍न चाहन्छन्। अनि यो भूमिका खेल्‍ने क्रममा तिनीहरूको उद्देश्य के हुन्छ त? पहिलो कुरा, तिनीहरूले आफूलाई देहलाई नाघिसकेका, सांसारिक चिन्ताहरूलाई जितिसकेका, सामान्य मानवताका कमजोरीहरूलाई त्यागिसकेका, र सामान्य मानवताका देहगत खाँचोहरूमाथि विजय प्राप्त गरिसकेका मानिसहरू ठान्छन्; तिनीहरूले आफूलाई परमेश्‍वरको घरमा महत्त्वपूर्ण कामहरू गर्न सक्‍ने, परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सक्‍ने, परमेश्‍वरका वचनहरूले भरिएको मनमस्तिष्क भएका मानिसहरू ठान्छन्। तिनीहरूले परमेश्‍वरका मापदण्डहरूलाई पूरा गरिसकेका र परमेश्‍वरलाई खुसी पारिसकेका, अनि परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सक्‍ने, र परमेश्‍वरको आफ्‍नै मुखले प्रतिज्ञा गर्नुभएको सुन्दर गन्तव्य प्राप्त गर्न सक्‍ने मानिसहरूको जस्तो हाउभाउ प्रस्तुत गर्छन्। त्यसकारण, तिनीहरूले प्रायजसो आफैप्रति गर्व गर्छन्, र आफैलाई अरूभन्दा पृथक ठान्छन्। तिनीहरूले स्मरण गर्न सक्ने र आफ्‍नो मस्तिष्कले बुझ्‍न सक्‍ने शब्‍द र वाक्यांशहरूको प्रयोग गर्दै, अरूलाई चेतावनी दिने, दोषी ठहर्‍याउने, र तिनीहरूको बारेमा निष्कर्षहरू निकाल्‍ने गर्छन्; त्यसरी नै तिनीहरूले प्रायजसो अरूको बारेमा निष्कर्षहरू निकाल्‍न र तिनीहरूलाई प्रशिक्षित गर्न आफ्‍नै धारणाका कल्‍पनाहरूबाट पैदा भएका अभ्यास र भनाइहरूको प्रयोग पनि गर्ने गर्छन्, अरूलाई यी अभ्यास र भनाइहरू पालन गर्नलगाउँछन् र यसरी दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तिनीहरूले इच्‍छा गरेको हैसियत हासिल गर्छन्। तिनीहरूले के विचार गर्छन् भने तिनीहरूले जबसम्‍म ठीक शब्‍द र वाक्यांशहरू, र ठीक धर्मसिद्धान्तहरूको प्रयोग गर्न, केही नाराहरू उच्‍च सोरमा बताउन, परमेश्‍वरको घरमा सानातिना जिम्‍मेवारी लिन, केही महत्त्वपूर्ण कार्य लिन, नेतृत्वदायी भूमिका निर्वाह गर्न इच्‍छुक हुन, र मानिसहरूको बीचमा सामान्य सुव्यवस्था कायम गर्न सक्छन्, तबसम्‍म त्यसको अर्थ तिनीहरू आत्मिक छन्, र तिनीहरूको स्थान सुरक्षित छ भन्ने हुन्छ। त्यसकारण, आत्मिक व्यक्ति भएको बहाना गर्ने, र आफ्‍नो आत्मिकताको बारेमा धाक लगाउने क्रममा, तिनीहरूले महाशक्तिशाली र सबै कुरा गर्न सक्‍ने, सिद्ध व्यक्ति भएको बहाना पनि गर्छन्, र तिनीहरूले आफूलाई जे पनि गर्न सक्षम, र सबै कुरामा सिपालु ठान्छन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दस)”)।

परमेश्‍वरका वचनहरूले मलाई म किन सधैँ यति ढोङ्गी थिएँ र मैले सङ्गतिमा किन मेरो असल पक्ष मात्रै देखाउँथें जब कि कसैले यसलाई देख्‍न नसकून् भनेर मेरो कुरूप पक्ष, दुष्ट पक्षलाई लुकाउनको लागि धेरै प्रयास गर्थेँ त्यसको बारेमा देखाए। यो मानिसहरूको हृदयमा भएको मेरो स्थानलाई रक्षा गर्न, मानिसहरूमा पुरानो विश्‍वासीको रूपमा भएको मेरो छविलाई कायम गर्नको लागि थियो। त्यसपछि तिनीहरूले मलाई धेरै वर्षको विश्‍वासीको रूपमा विशेष छु, अरू दाजुभाइ-दिदीबहिनीहरूभन्दा फरक छु, मैले सत्यता बुझेको छु र मसँग कद छ भनेर ठान्थे, यसरी तिनीहरूले मलाई आदरको साथ हेर्थे, मलाई प्रिय ठान्थे। मैले म अत्यन्तै अहङ्कारी, दुष्ट, र छली छु भन्‍ने पत्ता लगाएँ! मैले म पुरानो विश्‍वासी हुँ र मैले केही धर्मसिद्धान्तहरूलाई बुझेकी छु भन्‍ने सोचेकी थिएँ, त्यसकारण मैले आफैलाई उच्‍च स्थानमा राखेर आत्मिक व्यक्ति भएको बहाना गर्न थालेँ। ममा सत्यता वास्तविकताको कमी थियो र मैले सत्यताको खोजी र पछि लाग्‍ने कार्यमा ध्यान केन्द्रित गरिनँ। मसँग सत्यता वास्तविकताको कमी छ भन्‍ने कुरूप वास्तविकतालाई ढाकछोप गर्नको लागि मैले धर्मसिद्धान्त, असल व्यवहार, र केही बाहिरी बलिदानहरूको प्रयोग गरेँ। मलाई काट-छाँट र निराकरण गरिँदा मैले आफूमा मनन गरेर आफैलाई चिन्ने कार्य गरिनँ, मैले मेरा समस्याहरू र भ्रष्टतालाई समालोचना गरिनँ। मैले मेरा कुरूप मनसाय र भ्रष्ट स्वभावलाई लुकाएँ ताकि कसैले पनि तिनको बारेमा पत्ता नलगाऊन्, र मैले आफ्नो पद र छविलाई रक्षा गर्न सकूँ। कसरी यी ढोङ्गी प्रदर्शनहरू प्रभु येशूको विरोध गर्ने फरिसीहरूको भन्दा फरक थियो र? प्रभु येशूले फरिसीहरूलाई यसो भनेर हप्काउनुभयो: “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरू त सेता कब्र-स्थानहरू जस्तै छौ, जो बाहिरी रूपमा वास्तवमै सुन्दर देखिन्छन्, तर भित्र भने मरेका मानिसहरूका हाडहरू, र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। त्यसरी नै तिमीहरू पनि बाहिरी रूपमा मानिसहरूका अघि धर्मी देखिन्छौ, तर भित्री रूपमा तिमीहरू ढोङ्गीपन र अधर्मले भरिएका छौ” (मत्ती २३:२७-२८)। “तिमीहरू दृष्टिविहिन अगुवा हौ, जसले भुसुना छान्छन् र उँटलाईचाहिँ निल्छन्” (मत्ती २३:२४)। के म पनि उस्तै थिइनँ र? मैले मेरो आफ्‍नै अनुभवको बारेमा सङ्गति गर्छु जस्तो देखिन्थ्यो, तर मैले सबैले देख्‍न सक्‍ने कुराहरूको बारेमा, खोक्रा धर्मसिद्धान्तहरूका बारेमा मात्रै बताउँथें, तर मेरा विचारहरू, र मभित्रका ती भ्रष्ट, दुष्ट कुराहरूलाई लुकाउँदै कहिल्यै पनि उल्‍लेख गर्दिनथिएँ। त्यसरी मानिसहरूले मसँग भ्रष्टता र विद्रोहीपन भए पनि, म अरूभन्दा निकै असल छु भनेर विचार गर्नेथिए। मैले ऊँट निल्‍ने तर भुसुना छान्‍ने काम गरिरहेकी थिएँ। बाहिरबाट हेर्दा म नम्र देखिन्थेँ, तर भित्री रूपमा, मैले आफ्‍नै नाम र हैसियतको रक्षा गरिरहेकी थिएँ, मेरो बारेमा अरूमा भएको छविलाई रक्षा गरिरहेकी थिएँ। म अत्यन्तै ढोङ्गी, अत्यन्तै अस्थिर र छली थिएँ। मैले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख बनाएकी थिएँ। म असल, सोझो व्यक्ति बनिरहेकी थिइनँ वा सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्नो स्थानमा बसेकी थिइनँ, र मैले शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएको व्यक्तिको दृष्टिकोणबाट परमेश्‍वरको काम अनुभव गरिरहेकी थिइनँ, मेरो भ्रष्टताबाट मुक्त हुनको लागि परमेश्‍वरको दण्ड, सजाय, काट-छाँट, र निराकरण स्वीकार गरिरहेकी थिइनँ। बरु, मैले परमेश्‍वरसँग उहाँका मानिसहरूको निम्ति होड गर्दै आफ्‍नो प्रदर्शन गर्न, आफैलाई स्थापित गर्न, र अरूलाई बहकाउन मेरो कर्तव्यको प्रयोग गरिरहेकी थिएँ। के त्यो मार्ग परमेश्‍वरको विरोध गर्ने, ख्रीष्ट-विरोधी बन्‍ने मार्ग थिएन र? यो परमेश्‍वरले दोषी ठहर्‍याउनुभएको मार्ग थियो। जहाँसम्‍म मेरो कुरा छ, मेरो लामो समयको विश्‍वास बाहेक, म क्षमता वा सत्यताको खोजीको हकमा म अरूको तुलना योग्य थिइनँ। त्यति लामो समयपछि पनि मसँग सत्यता वास्तविकता थिएन, र मेरो जीवन स्वभाव परिवर्तन भएको थिएन। म शैतानको जस्तै अहङ्कारी, अहमी थिएँ र मेरो कर्तव्यमा म सिद्धान्त-केन्द्रित थिइनँ। म परमेश्‍वरको इच्‍छाको वास्ता गरेर परमेश्‍वरलाई उचाल्‍न असफल मात्रै भएकी थिइनँ, मैले त हाम्रो सुसमाचार कार्यलाई बाधा पनि दिएकी थिएँ। विश्‍वासीको रूपमा मैले बिताएका यतिका वर्षलाई विचार गर्दा, त्यो अत्यन्तै लाजमर्दो कुरा थियो। तर मैले त्यो आफूलाई उचाल्‍न र मानिसहरूलाई मेरो आदर गर्न लगाउनको लागि आफूले प्रयोग गर्न सक्‍ने पूँजी हो भन्‍ने सोचेकी थिएँ। म अत्यन्तै अनुचित, लाज विहीन थिएछु!

मैले मेरो भक्तिको समयमा, परमेश्‍वरका वचनहरूमा यो पढेँ: “यदि व्यक्ति सत्यताको पछि लाग्दैन भने, उसले यसलाई कहिल्यै पनि बुझ्न सक्‍नेछैन। तैँले अक्षर र धर्म-सिद्धान्तहरू दस हजार पटक भन्न सक्लास्, तर ती केवल अक्षरहरू र धर्म-सिद्धान्तहरू मात्र हुनेछन्। कतिपय मानिसहरूले यति मात्र भन्छन्, ‘ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ।’ यदि तैंले यी शब्दहरूलाई दस हजार पटक दोहोऱ्याइस् भने पनि, त्यो व्यर्थ हुनेछ; तैंले त्यसको अर्थ बुझेको हुँदैनस्। ख्रीष्ट सत्य, बाटो र जीवन हुनुहुन्छ भनेर किन भनिन्छ? के तैंले यस विषयमा अनुभवबाट प्राप्त गरेको ज्ञानलाई बताउन सक्छस्? के तँ सत्य, बाटो र जीवनको वास्तविकतामा प्रवेश गरेको छस्? परमेश्‍वरले आफ्‍ना वचनहरू यसकारण बोल्‍नुभएको छ ता कि तिमीहरूले तिनको बारेमा अनुभव र ज्ञान प्राप्त गर्न सक; अक्षरहरू र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्नु व्यर्थ हो। तैंले परमेश्‍वारका वचनहरू बुझेर तँ त्यसमा प्रवेश गरिस् भने मात्र तैँले आफैलाई जान्न सक्छस्। यदि तैँले परमेश्‍वरका वचनहरूलाई बुझ्दैनस् भने, तैँले आफैलाई चिन्न सक्दैनस्। तँसँग सत्यता छ भने मात्र तैँले बुझ्न सक्छस्; सत्यताविना, तैँले बुझ्न सक्दैनस्। तँसँग सत्यता छ भने मात्र, तैँले कुनै कुरालाई पूर्ण रूपमा बुझ्न सक्नेछस्; सत्यताविना तैँले कुनै विषयलाई बुझ्न सक्दैनस्। तँसँग सत्यता छ भने मात्र तैँले आफैलाई चिन्न सक्छस्; सत्यताविना, तैँले आफूलाई चिन्न सक्दैनस्। तँसँग सत्यता छ भने मात्र तेरो स्वभाव परिवर्तन हुन सक्छ, सत्यताविना तेरो स्वभाव परिवर्तन हुन सक्दैन। तँसँग सत्यता छ भने मात्र तैँले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्छस्; सत्यताविना, तैँले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस्। तैँले सत्यता प्राप्त गरिसकेपछि मात्रै तैँले परमेश्‍वरको आराधना गर्न सक्छस्; सत्यविना, तेरो आराधना धार्मिक संस्कारहरूभन्दा बढी अरू केही पनि हुनेछैन। यी सबै थोक परमेश्‍वरका वचनहरूबाट सत्यता प्राप्त गर्ने कुरामा निर्भर हुन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। यो पढेपछि यसले मलाई मैले किन फरिसीले जस्तो परमेश्‍वरको विरोध गर्ने गलत मार्ग लिएकी थिएँ त्यो बुझ्‍न सहायता गर्‍यो। यसको कारण के थियो भने मैले वर्षौंको अवधिमा कहिल्यै सत्यताको खोजी र यसलाई अभ्यास गरेकी थिइनँ, र परमेश्‍वरका वचनहरू पढ्दा, मैले शाब्दिक अर्थमा मात्रै ध्यान दिन्थेँ। म उहाँका वचनहरूमा प्रवेश गरिरहेकी वा तिनलाई अभ्यास गरिरहेकी हुन्थिनँ, र मसँग सत्यताको कुनै पनि वास्तविक बुझाइ थिएनँ। त्यसकारण प्राकृतिक रूपमै, मैले शाब्दिक धर्मसिद्धान्तहरूको बारेमा मात्रै व्याख्या गर्न सक्थेँ। मेरो विश्‍वासमा मैले, मैले सत्यतालाई प्रेम गर्ने वा परमेश्‍वरका वचनहरूको तृष्णा गर्ने गर्दिनथिएँ, र परमेश्‍वरका वचनहरूको बारेमा मनन गर्नको लागि उहाँको सामने बिरलै शान्त हुन्थेँ, जस्तै कुनै खण्डले सत्यताको कुन पक्षलाई प्रकट गरेको छ, मैले कति बुझेँ, अभ्यास गरेँ, र प्रवेश गरेँ, परमेश्‍वरको इच्‍छा के थियो, वा उहाँको वचनहरू ममा कति हासिल भएको थियो। जब कुनै कुरा आइपर्थ्यो, परमेश्‍वरका वचनहरूको आधारमा मेरो आफ्‍नै स्थितिको बारेमा विचार गर्ने, मेरा आफ्‍नै व्यक्तिगत समस्याहरूको बारेमा मनन गर्ने प्रयास गर्दिनथिएँ र मैले कस्तो प्रकारको भ्रष्टता प्रकट गरिरहेकी छु र कस्तो प्रकारका गलत धारणाहरू मसँग छन् भनेर जाँच गर्ने प्रयास गर्दिनथिएँ। म सधैँ मेरो कामको बारेमा कष्ट भोग्‍ने र मेरा आफ्‍नै अभिलाषाहरू पूरा गर्ने बारेमा विचार गर्दै पावलजस्तै व्यस्त हुन्थेँ। आखिरी दिनहरूका देहधारी परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ र उहाँले सत्यताका सबै प्रकारका पक्षहरूको बारेमा अत्यन्तै विस्तृत रूपमा सङ्गति गर्नुभएको छ। ताकि हामी सबैले सत्यतालाई बुझ्‍न सकौँ, शैतानले हामीलाई गरेको भ्रष्टताको सत्यतालाई बुझ्‍न सकौँ, र पश्‍चात्ताप गरेर परिवर्तन हुन सकौँ। तर मैले परमेश्‍वरका वचनहरूलाई अत्यन्तै कुण्ठित रूपमा लिएँ। मैले तिनको बारेमा मनन गर्ने वा खोजी गर्ने गरिनँ, र तिनलाई अभ्यास गर्ने वा तिनमा प्रवेश गर्ने बारेमा मैले कुनै ध्यान दिइनँ। के यो मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको इच्‍छाको पूर्ण विपरीत थिएन र? के यो पूर्ण रूपमा फरिसीहरू र धर्मका पाष्टरहरूले लिने मार्ग जस्तै थिएन र? फरिसीहरूले प्रचार गर्ने, आफ्‍नो काममा कष्ट भोग्‍ने, र आफ्‍नो पदको रक्षा गर्ने बारेमा मात्रै चासो दिन्थे। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरका वचनहरू अभ्यास गर्दैनथिए र तिनीहरूसँग परमेश्‍वरका वचनहरू सम्‍बन्धी तिनीहरूका आफ्‍नै अनुभव र बुझाइ हुँदैनथियो। तिनीहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउँदैनथिए, तर तिनीहरूले शाब्दिक पवित्र-शास्त्र, ज्ञान, र धर्मसिद्धान्तहरूद्वारा मानिसहरूलाई बहकाउन मात्रै सक्थे। त्यसले तिनीहरूलाई परमेश्‍वरको विरोध गर्ने मानिसहरू बनायो। मैले पनि मेरो विश्‍वासमा सत्यताको अभ्यास गर्ने प्रयास गर्दिनथिएँ, तर केही नियमहरू मात्रै पालन गर्थेँ। मैले ठूला दुष्ट काम वा ठूला गल्तीहरू गरिरहेकी थिइनँ, मैले राम्रो व्यवहार गरेकी जस्तो देखिन्थ्यो, र मैले भेलाहरूमा सही देखिन कुराहरू नै बाँड्थें, त्यसकारण मैले मेरो विश्‍वासमा सही काम गरिरहेकी छु भन्‍ने मलाई लाग्थ्यो। तर मैले के महसुस गरेँ भने, के म ढोङ्गी बनिरहेकी थिइनँ र? त्यो कसरी परमेश्‍वरमाथिको साँचो विश्‍वास भयो र? यदि मैले सत्यताको कुनै वास्तविकताविना, मेरो भ्रष्ट स्वभावमा कुनै परिवर्तन नल्याई त्यही किसिमको विश्‍वासलाई जारी राखिरहेकी भए, के म हटाइने थिइनँ र? म ग्‍लानिले भरिएकी थिएँ र मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “म अबउप्रान्त ढोङ्गी हुन चाहँदिनँ। म सत्यताको खोजी गर्न, तपाईंको न्याय र सजायलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन, अनि आफूलाई परिवर्तन गर्न चाहन्छु।”

त्यसपछि, मैले मेरो भक्तिको समयमा परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “उदाहरणको लागि, तँसँग हैसियत भएपछि, तैँले अख्तियारपूर्ण हाउभाउ प्रस्तुत गर्नुपर्छ, र निश्‍चित तरिकाले बोल्‍नुपर्छ भन्‍ने तँलाई लाग्छ। यो गलत सोचाइ हो भन्‍ने थाहा पाएपछि, तैँले यसलाई त्याग्‍नुपर्छ; तँ त्यो मार्गमा हिँड्नु हुँदैन। जब तँसँग यस्ता विचारहरू हुन्छन्, तँ त्यो स्थितिबाट बाहिर निस्कनैपर्छ, र आफूलाई यसमा अल्झाउनु हुँदैन। तँ यसमा अल्झिएपछि, र ती विचार र दृष्टिकोणहरूले तँभित्र आकार लिएपछि, तैँले यसरी भेस बदल्‍नेछस्, आफैलाई यस्तो आवरणले ढाक्‍नेछस् कि कसैले पनि तेरो वास्तविकतालाई देख्‍न वा तेरो मन र मस्तिष्कलाई बुझ्न सक्दैनन्। तँ अरूसँग मकुन्डो लगाएझैँ बोलिरहेको हुनेछस्। तिनीहरूले तेरो हृदयको कुरा देख्‍न सक्‍नेछैनन्। तैँले अरूलाई तेरो हृदयको कुरा देखाउन सिक्‍नुपर्छ; तैँले तिनीहरूको निम्ति हृदय खोल्‍न र तिनीहरूको नजिक आउन सिक्‍नुपर्छ—तैँले ठ्याक्कै उल्टो तरिका अपनाउनुपर्छ। सिद्धान्त यही हो नि, होइन र? अभ्यासको मार्ग यही होइन र? आफ्‍नै विचार र चेतनाबाट सुरु गर्: जब तँलाई बाहिरी आवरणले आफूलाई सुसज्जित गर्न मन लाग्छ, तैँले यसो भन्दै प्रार्थना गर्नुपर्छ: ‘हे परमेश्‍वर! म फेरि पनि आफूमा देखावटी आवरण लगाउन चाहन्छु, र म फेरि पनि युक्ति र छलमा संलग्‍न हुन लागेको छु। म कस्तो दियाबलस रहेछु! मैले तपाईंसामु आफूलाई यसरी घृणित तुल्याएको छु! मलाई अहिले आफैप्रति अत्यन्तै घृणा जागेको छ। बिन्ती छ, मलाई अनुशासनमा राख्‍नुहोस्, धिक्कार्नुहोस्, र दण्ड दिनुहोस्।’ तैँले प्रार्थना गर्नुपर्छ, र तेरो मनोवृत्ति उजागर गर्नुपर्छ। यसमा तैँले अभ्यास कसरी गर्छस् भन्‍ने कुरा समावेश हुन्छ। यो अभ्यास मानवताको कुन पक्षमा लक्षित छ? यो कुनै पनि विषयको सन्दर्भमा मानिसहरूले प्रकट गरेका विचार, सोचाइ, र अभिप्रायहरूका साथै तिनीहरूले हिँड्ने मार्ग र तिनीहरूले हिँड्ने दिशाप्रति लक्षित छ। अर्थात्, तँमा त्यस्ता विचारहरू आएर तैँले तिनलाई व्यवहारमा उतार्न लाग्दा, तुरुन्तै तिनलाई दबाउनुपर्छ, र तिनलाई विश्‍लेषण गर्नुपर्छ। तैँले तेरा विचारहरूलाई दबाउने र विश्‍लेषण गर्नेबित्तिकै, के तैँले ती विचारहरूलाई निकै कम रूपमा व्यक्त गर्न र कम रूपमा लागू गर्नेछैनस् र? अनि त्यसपछि तेरो भित्री भ्रष्ट स्वभावमा धक्का लाग्नेछैन र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग देखाए। मेरो ढोङ्ग र मेरो छलीपन, दुष्ट शैतानी स्वभावलाई समाधान गर्नको लागि, मैले सत्यताको अभ्यास गर्नुपर्थ्यो र इमानदार व्यक्ति बन्‍नुपर्थ्यो, परमेश्‍वरको निम्ति मन खोल्‍न र अरूसँग हार्दिक सङ्गति बाँड्न सिक्‍नुपर्थ्यो, र समस्याहरूको सामना गर्दा, मेरो साँचो दृष्टिकोण र विचारहरू बाँड्नुपर्थ्यो। जब म फेरि धूर्त हुन चाहन्थेँ, मैले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्थ्यो, आफैलाई त्याग्‍नुपर्थ्यो, र ठीक विपरीत काम गर्नुपर्थ्यो। मैले मन खोलेर, मेरो भ्रष्टतालाई प्रकट र विश्‍लेषण गर्नुपर्थ्यो, र मेरो शैतानी स्वभावलाई हाबी हुन दिनु हुँदैनथियो। मलाई परमेश्‍वरका वचनहरूको बारेमा स्मरण गराइयो: “यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। त्यसपछि मैले इमानदार व्यक्ति बन्‍नु कति महत्त्वपूर्ण छ भन्‍ने कुरालाई चाल पाएँ। मेरो विश्‍वासका सारा वर्षहरूमा, मैले त्यस कुरालाई अभ्यास गरेकी वा त्यसमा प्रवेश गरेकी थिइनँ, चाहे सत्यता जति नै सरल नै किन नहोस्। यो दयनीय कुरा थियो! त्यसकारण पश्‍चात्ताप गर्न, सत्यताको अभ्यास गर्न, र इमानदार व्यक्ति बन्‍न तयार हुँदै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ।

त्यहाँदेखि, जब-जब कसैले मलाई म सत्यतालाई बुझ्छु र मसँग कद छ भनी भनेको सुन्थेँ, मलाई साँच्‍चै नै असहज र लज्‍जित महसुस हुन्थ्यो। म पहिलेजस्तो यस्तो कुरा मन पराउँदिनथिएँ। एक पटक मैले एक जना सिस्टरलाई भेटेँ जसले मैले विश्‍वास गरेको धेरै भयो र मैले मेरो कर्तव्यमा कष्ट भोग्‍न सक्छु भन्‍ने सुनेकी थिइन्, र उनले साँच्‍चै मेरो प्रशंसा गरिन्। उनले मेरै अघि यसो भनिन्, “सिस्टर, मलाई थाहा छ तपाईंले विश्‍वास गर्नुभएको धेरै भयो, तपाईंले धेरै प्रवचनहरू सुन्‍नुभएको छ र धेरै सत्यता बुझ्‍नुहुन्छ। म तपाईंको साँच्‍चै सराहना गर्छु।” उनले यसो भनेको सुन्दा म त्रासित भएँ र मेरो अङ्ग जिरिङ्ग भयो। मैले तुरुन्तै यसो भनेर सत्य कुरा व्याख्या गरिदिएँ, “सिस्टर, त्यो साँचो होइन। बाहिरी रूपलाई मात्रै नहेर्नुहोस्। मैले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भयो, तर ममा क्षमताको कमी छ, र म सत्यतालाई प्रेम गर्ने वा यसको खोजी गर्ने गर्दिनँ। मैले मेरो विश्‍वासका यतिका वर्षहरूमा केही सतही बलिदानहरू मात्रै गरेकी छु। मैले केही असल काम गर्न र मूल्य चुकाउन सक्छु, तर म मेरो कर्तव्यमा सिद्धान्त-केन्द्रित भएकी छैन र मैले मेरो जीवन स्वभावलाई त्यति धेरै परिवर्तन गरेकी छैन। परमेश्‍वरले मलाई आज्ञा गर्नुभएका कर्तव्यहरूलाई मैले पूरा गर्न सकेकी छैन। म परमेश्‍वरको इच्‍छालाई बुझ्दिनँ वा उहाँलाई उचाल्दिनँ, बरु म परमेश्‍वरको विरोध गर्छु र उहाँलाई लाजमा पार्छु।” पछि मैले उनीसँग सङ्गतिमा यो कुरा बाँडे: “तपाईंको दृष्टिकोण सत्यता अनुरूप छैन। अन्धाधुन्ध मानिसहरूको तारिफ नगर्नुहोस्, तर परमेश्‍वरका वचनहरूका सत्यताको आधारमा मानिसहरू र कुराहरूलाई हेर्नुहोस्। परमेश्‍वरले मानिसहरूलाई कसरी हेर्नुहुन्छ? उहाँले तिनीहरूले कति वर्ष विश्‍वास गरेका छन्, तिनीहरूले कति धेरै कष्ट भोगेका छन् र कम्‍मर कसेर लागिपरेका छन्, वा तिनीहरूले कति धेरै प्रचार गर्न सक्छन् त्यसलाई वास्ता गर्नुहुन्‍न। तिनीहरूले सत्यताको खोजी गर्छन् कि गर्दैनन्, तिनीहरूको स्वभाव परिवर्तन भएको छ कि छैन, तिनीहरूले आफ्‍नो कर्तव्यमा गवाही दिन सक्छन् कि सक्दैनन् भन्‍ने कुरालाई उहाँले वास्ता गर्नुहुन्छ।” “विश्‍वासमा नयाँ रहेका कतिपय मानिसहरूले सत्यताको खोजी गर्न सक्छन् र तिनीहरूले अभ्यास र प्रवेशमा ध्यान केन्द्रित गर्न सक्छन्। तिनीहरू चाँडो अघि बढ्न सक्छन्। तिनीहरू मभन्दा निकै असल छन्। तपाईंले सत्यताको खोजी गर्ने तिनीहरूको तत्परता र प्रयासको लागि तिनीहरूको तारिफ गर्नुपर्छ, पुरानो विश्‍वासी भएकोमा वा कष्ट भोगेकोमा मेरो तारिफ गर्नु हुँदैन। विश्‍वासमा कसैले बिताउने समय परमेश्‍वरले तय गर्नुभएको समय हो। यसको बारेमा तारिफ गर्नुपर्ने केही पनि छैन। यदि लामो समयदेखि विश्‍वास गरेको व्यक्तिले सत्यताको खोजी गर्दैन र तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छैन, तर तिनीहरूले केही सतही असल कार्य गर्छन् भने, तिनीहरू अझै पनि अरूलाई बहकाउने फरिसी हुन्। त्यही कारणले त सत्यताको खोजी गर्नु र स्वभाव परिवर्तन गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्।” त्यो सङ्गति बाँडिसकेपछि मलाई निकै सहजताको अनुभूति भयो। त्यसपछि मैले भेलाहरूमा धर्मसिद्धान्तहरूको बारेमा कुरा गर्ने र घमण्ड गर्ने काम छोडिदिएँ, र परमेश्‍वरका वचनहरूको आधारमा आफ्‍नै बारेमा रहेको मेरो बुझाइ मात्रै बाँडे। मैले यो पनि घोषणा गरेँ: “मैले केही ज्ञान मात्रै प्राप्त गरेकी छु। म अझै पनि परिवर्तन भएकी छैन, र मैले यसलाई अझै अभ्यास गरेकी वा यसमा प्रवेश गरेकी छैन।” मेरो सङ्गति त्यति गहन थिएन, तर मलाई निकै सहजता भयो।

मेरो अनुभवद्वारा, मैले अवश्य एउटा कुरा देखेकी छु र मैले गहन रूपमा यसको अनुभव गरेकी छु। कसैले विश्‍वास गरेको जति नै लामो समय भए पनि, तिनीहरू जति नै राम्रो देखिए पनि, तिनीहरूले जति राम्रो व्यवहार गरे पनि, तिनीहरूले जति कष्ट भोगेको र काम गरेको भए पनि, यदि तिनिहरूले सत्यताको खोजी गर्दैनन्, तिनीहरूले यसलाई स्वीकार गर्ने र परमेश्‍वरले तिनीहरूलाई न्याय गर्नुहुँदा, सजाय दिनुहुँदा, काटछाँट, र निराकरण गर्नुहुँदा तिनीहरू समर्पित हुँदैनन् भने, यदि समस्याहरू आइपर्दा तिनीहरूले आफूलाई चिन्‍ने र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्ने प्रयास गर्दैनन् भने, यदि तिनीहरूको शैतानी स्वभाव परिवर्तन भएको छैन भने, तिनीहरू फरिसीहरू र ख्रीष्ट-विरोधीहरूको मार्गमा हुन्छन्। ठीक परिस्थितिहरू देखा पर्ने बित्तिकै, तिनीहरू ख्रीष्ट-विरोधी, धोकेबाजमा परिवर्तन हुन्छन्। यसमा कुनै शङ्‍का छैन। यो अपरिहार्य नतिजा हो। मानिसहरूले मुक्ति पाउन र आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि परमेश्‍वरको न्याय, सजाय, र निराकरणलाई स्वीकार गर्नु र त्यसमा समर्पित हुनु कति महत्त्वपूर्ण रहेछ त्यो मैले देखेकी छु। परमेश्‍वरलाई धन्यवाद!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्