आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

11 अक्टोबर 2021

चेन युआन, चीन

सेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै उत्तम भएकोले यस्तो भएको हुनसक्छ र मैले सत्यतालाई पछ्याउनुपर्छ र मेरा कर्तव्यहरू पूरा गर्नुपर्छ भन्‍ने मलाई लाग्यो। मानिसहरूले मेरो नेतृत्व केवल प्रतीक मात्र हो भनी सोचेको म चाहँदिनँथिएँ। एकदिन म समूहको बैठकमा गएँ। कामको बारेमा छलफल हुँदा, केही दाजुभाइ र दिदीबहिनीहरूले विशेषज्ञ सीपहरूको बारेमा कुरा गरे। म अलि अलमल्लमा परेँ। मलाई त्यसको बारेमा लगभग केही थाहा थिएन। तिनीहरूले मलाई प्रश्नहरू सोधे र मैले भन्न सकिनँ भने के गर्ने? के तिनीहरूले मलाई नीच नजरले हेरेर मैले बुझ्दिन भने मैले कसरी नेतृत्व गर्न सक्छु भनी अचम्म मान्छन् कि? म केही नभनिकन बस्‍न सक्थेँ, तर त्यस कुराले मलाई बेकामको अगुवा बनाउनेथिएन र? मैले के गर्न सक्नेथिएँ र? म त्यहाँ तातो जस्ताको छानोमा बसेको एउटा बिरालो जस्तै ठूलो सुर्ता लिएर बसिरहेँ। सबै जना केको बारेमा कुरा गरिरहेका छन् भनी मैले बुझ्नै सकिनँ। जब तिनीहरूले कुरा गरी सिध्याए, तब मैले तुरुन्तै भनेँ, “यदि अरू केही प्रश्नहरू छैनन् भने बैठकलाई यहीँ नै टुङग्याऔँ।” बैठकलाई नछोडुञ्जेल मैले चैन अनुभव गर्नै सकिनँ। मैले सोचेँ, “यो समूहलाई प्रशस्त व्यवसायिक ज्ञानको आवश्यकता पर्दछ र मलाई यसको बारेमा केही थाहा छैन, त्यसैले म धेरै बैठकहरूमा नजानु नै सर्वोत्तम हुन्छ। यदि व्यवसायिक कुराहरूको बारेमा मलाई केही थाहा छैन भनी अरूले पत्ता लगाए भने तिनीहरूले निश्चय नै मलाई होच्याउनेछन्। त्यसपछि, कसले मलाई गम्भीरतापूर्वक लिनेछन् र?”

अर्को एक-दुई हप्तासम्म म हरेक दिन अन्य समूहहरूसित भेट्न गएँ अनि तिनीहरूका समस्याहरू र कठिनाइहरूलाई हल गर्न सहायता गरेँ। हाम्रो मण्डलीको जीवन सुधार भयो। सबैले मलाई समर्थन गरे, र म साँच्चै नै यी समूहहरूसित भेट्न चाहन्थेँ। तर जब मैले विशेषज्ञताको ज्ञान आवश्यक परेको समूहको बारेमा सोच्थेँ, तब म विचलित हुन्थेँ। तिनीहरूले केको बारेमा कुरा गरिरहेका छन् भनी मैले थाहा नपाउँला भनी म डराएकी थिएँ, त्यसैले म बहानाहरू बनाउँथेँ र विरलै जान्थेँ। एक रात, मसँगै काम गरिरहेकी सिस्टरले यो समूहमा केही समस्याहरू छन् भनी बताइन्, त्यसैले तिनले मलाई बैठकमा जानुपर्छ भनी आग्रह गरिन्। मैले अनिच्छापूर्वक सहमति जनाएँ तर म व्याकुल थिएँ। मैले साचेँ, “यदि मैले समस्या हल गर्न सकिनँ भने अरूले मलाई असक्षम अगुवा भन्नेछन् कि?” म विचलित भएँ। अर्को दिन, हामीले परमेश्‍वरको वचनमा सङ्गति गरिसकेपछि, अरूले व्यवसायिक ज्ञानको बारेमा प्रश्न सोध्लान् अनि मैले त्यसको उत्तर दिन नसकेर म बेवकुफ देखा परूँला भनेर म डराएलौ थिएँ। त्यसैले, मैले आफैलाई सम्हालेँ र टालटुल गर्दै कुरा गर्न जारी राखेँ, तर मलाई असहज भयो। मैले तिनीहरूलाई सोधेँ, “अरू कुन समस्याहरू हल गर्न अझै बाँकी छन्?” समूहका अगुवाले तिनीहरूका समस्या र समाधानहरूको बारेमा कुरा गरे। जब उनले व्यवसायिक भाषा प्रयोग गरेर कुरा गरे, तब म अलमल्लमा परेँ। समस्याहरू पूरै हल भएको हो वा होइन भनी म निश्चित थिइनँ। यदि तिनीहरूले हल भेट्टाएनन् भने त्यसले तिनीहरूको प्रगतिलाई असर पार्नेथियो। तर, यदि मैले विस्तृत रूपमा प्रश्नहरू सोधेमा तिनीहरूले निश्चय नै मेरा राय सुन्न चाहनेथिए। तर मैले केही बुझिनँ अनि यो लज्जाजनक हुनेथियो। धेरै सोचविचारपछि मैले केही भनिनँ। तब, एउटा सिस्टरले आफूले सामना गरिरहेकी केही कठिनाइहरूको बारेमा कुरा गरिन्, जुन व्यवसायिक विषयहरूसित सम्बन्धित थियो। म झन् बढी अलमल्लमा परेँ। तिनको आशय के हो भनी मैले सोध्ने साहस गर्नै सकिनँ। यदि मैले तिनको समस्या हल गर्न नसकेमा तिनले म असल अगुवा होइन भनी सोच्नेछिन् भनेर मलाई डर लागेको थियो। मैलै अलिकति कुरा गरेँ र त्यस विषयलाई यसो भन्दै पन्साएँ, “म यस विषयलाई पछि विचार गर्नेछु।” बैठकपछि म पूरै लखतरान भएँ। मैले रित्तो अनुभव गरेँ। यस बैठकको अवधिमा केही पनि हल भएको थिएन। कतै मैले मेरो काममा आलटाल मात्र गरिरहेकी त छैनँ? यस समूहका दाजुभाइ र दिदीबहिनीहरूले खासै केही उपलब्धि हासिल गर्न सकेका थिएनन् भन्ने कुरा पनि मलाई थाहा थियो। तिनीहरूको कामले प्रगति गरेको थिएन अनि यसको बारेमा मलाई नरमाइलो लाग्यो। मलाई मैले यो कामलाई बुझेको छैनँ भनी तिनीहरूले भन्लान् अनि मलाई होच्याउलान् भन्‍ने डर थियो। मैले हरेक बैठकमा झारा टार्ने काम मात्र गरेँ। मैले साँच्चै नै कामको परिस्थितिलाई कहिल्यै बुझिनँ र कुनै वास्तविक समस्याहरू हल गरिनँ। मैले कुनै वास्तविक काम गरिरहेकी थिइनँ। के मैले परमेश्‍वरलाई धोका दिइरहेकी र मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई बेवकुफ बनाइरहेकी थिइनँ र? मैले असहज अनुभव गरेँ र आफैलाई दोषी ठहर्याएँ। मैले आत्म-समीक्षा गर्न र आफैलाई चिन्न कोशिश गर्नका निम्ति सहायता गर्न परमेश्‍वरसित प्रार्थना गरेँ।

एक दिन, उपासनाको समयमा मैले परमेश्‍वरका वचनहरूबाट एउटा खण्ड पढेँ: “सबै भ्रष्ट मानिसहरूले यस्तो समस्या प्रकट गर्छन्: जब तिनीहरू हैसियतविनाका साधारण दाजुभाइ र दिदीबहिनीहरू हुन्छन्, तिनीहरूले कसैसँग अन्तरक्रिया गर्दा वा बोल्दा आफूलाई उच्‍च देखाउने गर्दैनन्, न त तिनीहरूले आफ्‍नो बोलीवचनमा निश्‍चित शैली वा भाव नै अपनाउँछन्; तिनीहरू पूर्ण रूपमा सर्वसाधारण र सामान्य हुन्छन्, र तिनीहरूले आफैलाई बाहिरी आवरणले ढाक्‍न आवश्यक हुँदैन। तिनीहरूले कुनै मनोवैज्ञानिक दबाबको महसुस गर्दैनन्, र तिनीहरूले खुला रूपमा र हृदयबाट नै सङ्गति गर्न सक्छन्। तिनीहरू मित्रवत् र अन्तरक्रिया गर्न सहज किसिमका हुन्छन्; अरूलाई तिनीहरू अत्यन्तै असल मानिसहरू हुन् भन्‍ने लाग्छ। तर, हैसियत प्राप्त गर्नेबित्तिकै, तिनीहरू उच्‍च र शक्तिशाली बन्छन्, मानौं तिनीहरूकहाँ कोही पनि जान सक्दैनन्; तिनीहरूले आफू आदर पाउन योग्य छू, र आफू सर्वसाधारण मानिसहरूभन्दा फरक वर्गको हुँ भन्‍ने अनुभूति गर्छन्। तिनीहरूले सर्वसाधारण मानिसहरूलाई नीच नजरले हेर्छन् र अरूसँग खुला रूपमा सङ्गति गर्न छोड्छन्। किन तिनीहरूले त्यसउप्रान्त खुला रूपमा सङ्गति गर्न छोड्छन्? तिनीहरूलाई आफूसँग अब हैसियत छ, र आफू अगुवा हुँ भन्‍ने लाग्छ। तिनीहरूले के विचार गर्छन् भने, अगुवाको निश्‍चित छवि हुनुपर्छ, तिनीहरू सर्वसाधारण मानिसहरूभन्दा अलिक उच्‍च हुनुपर्छ, र तिनीहरूसँग अझै ठूलो कद हुनुपर्छ र तिनीहरूले अझै बढी जिम्‍मेवारी लिन सक्‍नुपर्छ; तिनीहरूले के विश्‍वास गर्छन् भने, सर्वसाधारण मानिसहरूको तुलनामा, अगुवाहरूसँग अझै बढी धैर्यता हुनुपर्छ, तिनीहरूले अझै बढी कष्ट भोग्‍न र समर्पित हुन, अनि कुनै पनि परीक्षामा दह्रिलो भई खडा हुन सक्‍नुपर्छ। तिनीहरूले के समेत विश्‍वास गर्छन् भने, अगुवाहरूको परिवारका जति सदस्यहरू मरे पनि तिनीहरू रुनु हुँदैन, र यदि तिनीहरू रुनु नै छ भने पनि, तिनीहरू घरभित्र कसैले नदेख्ने गरी रुनुपर्छ, ताकि कसैले पनि तिनीहरूका कमजोरी, खराबी, वा दुर्बलतालाई देख्‍न नसकून्। तिनीहरूलाई अगुवाहरू नकारात्मक भए भने, तिनीहरूले त्यस्तो कुरा कसैलाई पनि थाहा दिनु हुँदैन; बरु, यस्ता सबै कुरा लुकाउनुपर्छ भन्‍ने समेत लाग्छ। तिनीहरूले हैसियत भएको व्यक्तिले यसरी नै व्यवहार गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ”)। परमेश्‍वरका वचनहरूले मेरो साँचो अवस्था प्रकट गरिदियो। म अगुवा हुनअघि, मैले केही कुरा नबुझेमा म कसैलाई सोध्थेँ। मसित कुनै समस्या वा कठिनाइहरू भएमा म अरूसित खुलेर सङ्गति गर्थें। म अगुवा भएपछि म अरूभन्दा उत्तम हुनुपर्छ भन्‍ने मलाई लागेको थियो। म मेरा दाजुभाइ र दिदीबहिनीहरूद्वारा नै चुनिएकोले मैले अगुवाको भूमिका खेल्नुपर्छ भन्‍ने मलाई लागेको थियो। म तिनीहरूभन्दा उत्तम हुन आवश्यक थियो, मैले हरेक कुरालाई बुझ्न र हल गर्न सक्षम हुनुपर्थ्यो। त्यसैले, जब म समूहको बैठकहरूमा जान्थेँ, म आफैलाई भिन्दै प्रकारले प्रस्तुत गर्थें। तर, मैले नबुझेका केही कुराहरू पनि भएकाले अरूले मलाई होच्याउलान् भनेर म डराउथेँ। मैले झूटो व्यवहार गर्न र बहाना गर्न थालेँ, अनि मैले आफ्नो काममा ठग्थेँ। म अत्यन्त सजिलो कामहरू लिएर समूहकहाँ जान्थेँ जहाँ मैले आफ्नो खूबी देखाउन सक्थेँ, अनि कठिन कामहरूको सामना गरिरहेका वा मैले नबुझेका क्षेत्रहरू संलग्न भएको समूहहरूमा जाँदिनथिएँ ताकि मैले नराम्रो काम गरेको खण्डमा मैले बेइज्ज्ती अनुभव गर्न नपरोस्। यदि म गए पनि, मैले केही निरर्थक शब्दहरू मात्र बोल्थेँ र झारा टार्ने काम मात्र गर्थेँ। मैले यी समूहहरूमा भएका वास्तविक समस्याहरू सामना गर्न सक्दिनथिएँ। मैले आफ्नो इज्‍जतमा र अगुवा हुनुमा धेरै लगानी गरेको थिएँ। अगुवाहरू हरेक कार्यमा गहिरो प्रकारले डुब्नु, सत्यता बताउनु र हाम्रा दाजुभाइ र दिदीबहिनीहरूले सामना गर्ने मुद्दाहरूलाई हल गर्नु परमेश्‍वरको घरको मापदण्ड हो, ताकि तिनीहरूले सत्यताका सिद्धान्तहरूअनुसार आफ्‍ना कामहरू गर्न सकून्। यसको अर्थ, वास्तविक काम गर्नु र परमेश्‍वरको इच्छलाई वास्ता गर्नु हो। त्यस समूहका दाजुभाइ र दिदीबहिनीहरूले कठिनाइहरू सामना गरेका कुरा मलाई थाहा थियो, तर म तिनीहरूका समस्याहरू सामना गर्न र त्यसको हल गर्नको निम्ति सत्यताको खोजी गर्न इच्छुक थिइनँ। म आफ्नै इज्‍जतप्रति लिप्त थिएँ, काममा लापर्बाह थिएँ, अनि म मेरो प्रतिष्ठाको लागि मात्रै जिएँ। मैले परमेश्‍वरको घरको कामको बारेमा सबै कुरा बिर्सें। परिणामस्वरूप, यस समूहमा भएका समस्याहरू हल भएका थिएनन् र प्रगतिमा ढिलाइ भएको थियो। के म वास्तविक काम नगरिकनै नेतृत्वको पदमा आनन्दित भइरहेको एउटा झूटो अगुवा थिइनँ र? हैसियतको पछि लाग्‍नु थकित तुल्याउने कुरा हो र यसले मलाई आफ्नो हृदयमा असजिलो अनुभव गराउँछ। यसले परमेश्‍वरको घरको काममा पनि अवरोध ल्याउँछ, यो एउटा प्रतिकूल परिस्थिति हो। यदि मैले पश्चाताप नगरेको भए, मैले खराबी गर्दै र परमेश्‍वरलाई विरोध गरिरहेको हुन्थेँ, जसले गर्दा परमेश्‍वरले मलाई त्याग्नुहुनेथियो। मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ र अभ्यासको बाटो खोजेँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूबाट अर्को खण्ड पढेँ। “जब तँसँग कुनै हैसियत हुँदैन, तैँले आफूलाई प्रायजसो विश्‍लेषण गरेर आफैलाई चिन्‍न सक्छस्। अरूले यसबाट लाभ प्राप्त गर्न सक्छन्। जब तँसँग हैसियत हुन्छ, तैँले अझै पनि आफूलाई विश्‍लेषण गरेर आफूलाई चिन्‍न सक्छस्, र यसरी तेरा अनुभवहरूबाट अरूले सत्यता वास्तविकतालाई बुझ्‍न र परमेश्‍वरको इच्‍छालाई जान्‍न सक्छन्। यसबाट पनि मानिसहरूले लाभ प्राप्त गर्न सक्छन्, होइन र? यदि तैँले त्यसरी अभ्यास गरिस् भने, तँसँग हैसियत होस्, नहोस्, अरूले यसबाट उस्तै प्रकारले लाभ प्राप्त गर्नेछन्। त्यसकारण, तेरो लागि हैसियतको अर्थ के हो त? यो वास्तवमा अतिरिक्त, थप कुरा, कपडाको टुक्रा वा टोपी जस्तै हो; जबसम्‍म तैँले यसलाई त्यति ठूलो कुरा मान्दैनस, यसले तँलाई बन्धनमा पार्न सक्दैन। यदि तैँले हैसियतलाई मन पराउँछस् र यसमा विशेष जोड दिन्छस्, सधैँ यसलाई महत्त्वपूर्ण कुराको रूपमा लिन्छस् भने, त्यसले तँलाई आफ्‍नो वशमा राख्‍नेछ; त्यसपछि, तैँले अब फेरि आफूलाई चिन्‍ने चाहना गर्नेछैनस्, न त तँ आफ्‍नो मनको कुरा खोलेर आफूलाई उदाङ्गो पार्न, वा आफ्‍नो नेतृत्वको पदलाई पन्छाउन र अरूसँग अन्तरक्रिया गरेर आफ्‍नो कर्तव्य पूरा गर्न नै इच्‍छुक हुन्छस्। यो कस्तो प्रकारको समस्या हो? के तैँले आफ्नै लागि यो हैसियत ग्रहण गरेको छैनस् र? के तैँले त्यो पदलाई ओगटिरहेको र त्यसलाई त्याग्‍न अनिच्‍छुक भएको, र आफ्‍नो हैसियतलाई रक्षा गर्नको लागि अरूसँग होडसमेत गरेको छैनस् र? के तैँले आफैलाई कष्ट दिइरहेको छैनस् र? यदि तैँले आफूलाई कष्ट दिएर मार्छस् भने, तैँले कसलाई दोष दिनेछस्? यदि तँसँग हैसियत हुँदा, तँ यसलाई अरूमाथि हुकुम लाद्‍ने कार्यबाट टाढा बस्छस्, बरु आफूले गर्नुपर्ने सबै कुरा गर्दै र आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्दै आफ्‍नो कर्तव्यलाई कसरी राम्ररी पूरा गर्ने त्यसमा ध्यान केन्द्रित गर्छस् भने, र यदि तैँले आफूलाई साधारण दाजुभाइ वा दिदीबहिनीको रूपमा हेर्छस् भने, के तैँले हैसियतको बन्धनलाई पन्छाएको हुनेछैनस् र?” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि, व्यक्तिसँग अभ्यासको निश्‍चित मार्ग हुनुपर्छ”)। परमेश्‍वरका वचनहरू पढिसकेपछि मैले के बुझेँ भने परमेश्‍वरले मलाई अगुवाको रूपमा काम गर्न उत्थान गर्नुभएको थियो, उहाँले मलाई हैसियत होइन एउटा आज्ञा, एउटा जिम्मेवारी दिइरहनुभएको थियो। समस्याहरू जतिसुकै कठिन भए पनि त्यसलाई हल गर्न म पूर्ण रूपले समर्पित हुनु आवश्यक थियो। दाजुभाइ र दिदीबहिनीहरूसित अन्तरक्रिया गर्दा, म आफ्नो नेतृत्वको हैसियतमा भर पर्नु हुँदैनथियो। जब-जब म भ्रष्ट स्वभावलाई प्रकट गर्छु वा कठिनाइहरू वा कमीकमजोरीहरू उत्पन्न हुन्छन्, तब मैले खुलेर कुराकानी गर्नुपर्छ र सच्चा हुनुपर्छ अनि अरूलाई मेरो भ्रष्टता र कमीकमजोरीहरूलाई देखाउनु र म वास्तवमा को हुँ भनी जान्न दिनुपर्छ। कुनै झूट प्रस्तुत गर्ने वा बहाना गर्ने गर्नु हुँदैन। म केवल स्वयं आफै हुनुपर्छ र मैले बुझ्ने कुराको बारेमा मात्रै सङ्गति दिनुपर्छ। जब म बुझ्दिनँ, तब मैले सत्यतालाई खोजी गर्नुपर्छ र सम्भव भएसम्म सँगै सर्वोत्तम काम गर्न मैले दाजुभाइ र दिदीबहिनीहरूसित सङ्गति गर्नुपर्छ। पछि, म त्यस समूहका भेलाहरूमा गएँ। जब मैले यस दक्षतासित सम्बन्धित समस्याहरूको सामना गरेँ, तब मैले सचेत रूपले नै आफ्नो अहम्लाई त्यागिदिएँ। मैले नबुझेका कुराहरूको बारेमा अरूसित सक्रिय रूपले सोधेँ अनि व्याख्या गरिदिन तिनीहरूसित आग्रह गरेँ। तिनीहरूले मलाई कम महत्वको ठानेनन्। तिनीहरूले पनि आफ्नो काममा भएका समस्या र कठिनाइहरूको बारेमा खुलेर बोले। जब तिनीहरूले बोले, तब मैले होशियारीपूर्वक सुनेँ र बुझ्न कोशिश गरेँ। त्यही बेला मैले तिनीहरूको समस्याहरूको बारेमा अन्तर्दृष्टि प्राप्त गरेँ र सत्यताको सिद्धान्तहरू प्रयोग गरेर तिनीहरूसित सङ्गति गरेँ। मैले आफ्नै समय लिएर दक्षताको यस क्षेत्रको बारेमा अध्ययन गरेँ। कठिनाइहरूको सामना गर्दा, म तिनीहरूसित उत्तरहरू खोज्थेँ। सँगै मिलेर काम गर्दा हामीले एक-अर्कालाई परिपूर्ण बनाउन सक्यौँ। हामीले हाम्रो काममा भएका थुप्रै समस्याहरूलाई हल गर्न थाल्यौँ र हाम्रो काममा उत्तम परिणामहरू हासिल गर्यौँ। मैले झन् धेरै आराम र चैनको अनुभूति गरेँ।

केही महिनापछि, मण्डलीले मेरो कामको क्षेत्रलाई विस्तार गरिदियो। मैले धेरै कुरा सिक्नुछ भन्‍ने मलाई थाहा थियो। जब म कठिनाइहरूको सामना गर्थें, म प्रायः परमेश्‍वरसित प्रार्थना गर्थें, अनि परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्थें, अनि मैले केही व्यवहारिक समस्याहरूलाई हल गरेँ। दाजुभाइ र दिदीबहिनीहरूले मलाई अनुमोदन गर्न र प्रशंसा गर्न थाले, अनि म त्यस अनुभूतिमा मग्न हुन थालेँ। थाहै नपाई मैले फेरि हैसियतमा ध्यान केन्द्रित गर्न थालेको रहेछु। एक दिन सहकर्मीहरूको बैठकको समयमा, हाम्रो अगुवाले एउटा मण्डलीको निश्चित बैठकहरू धेरै प्रभावकारी भएका छैनन् भनी भन्नुभयो। म त्यस मण्डलीमा गएर समस्या हल गर्न मेरा सहकर्मीहरूले मलाई सिफारिश गरे। मैले मनमनै सोचेँ, “यस्तो लाग्छ, मसित सत्यताको केही वास्तविकता छ र मैले समस्याहरू हल गर्न सहायता गर्न सक्छु। म सहकर्मीहरूको माझमा सर्वश्रेष्ठ हुनुपर्छ। मैले धेरै परिश्रम गर्नुपर्छ र मैले के गर्नसक्छु भनी तिनीहरूलाई देखाइदिनुपर्छ।” मेरा गलत अभिप्रायहरूको परिणामस्वरूप मेरो निराकरण गर्न परमेश्‍वरले एउटा परिस्थितिको बन्दोबस्त गर्नुभयो। एकदिन, एउटा समूहको अगुवा, सिस्टर लीसित केही समस्याहरू थिए र उनले अलि नकारात्मक अनुभव गरिरहेकी थिइन्। मैले तुरुन्तै परमेश्‍वरका वचनहरूबाट दुई वटा खण्डहरू भेट्टाएँ र तिनीसित सङ्गति गर्न मेरो अनुभवको प्रयोग गरेँ। यो आधा घण्टासम्म चल्यो तर यसले तिनीमाथि कुनै प्रभाव पारेको देखिएन। मलाई पनि मेरो सङ्गति दिक्कलाग्दो भएको र यसले केही हल नगरेको महसुस भयो। तब, सिस्टर एनले परमेश्‍वरका वचनहरूबाट एउटा खण्ड निकाल्नुभयो, अनि सिष्टर लीले मुण्टो हल्लाउन र मुस्काउन थाल्नुभयो। त्यस समयमा, मलाई अलिकति लाज लाग्यो। सिस्टर एनले उल्लेख गरेकी खण्ड बढी उपयुक्त थियो। सिस्टर लीले मेरो बारेमा के सोच्नेछिन् भनी मैले जान्न चाहेँ। के तिनले म सिस्टर एनले जतिको राम्रोसित परमेश्‍वरका वचनहरूको खण्ड उद्धृत गर्न नसक्ने वा समस्याहरूलाई हल गर्न नसक्ने असक्षम अगुवा रहेछन् भनी सोच्नेछिन् कि? म निराश भएँ र अब उप्रान्त कुनै सङ्गति गर्न चाहिनँ। केही दिनपछि, ब्रदर झ्याङ नराम्रो अवस्थामा थिए। मैले पहिलेबाटै केही सम्बन्धित खण्डहरू खोजेँ र सोचेँ, “सिस्टर एनको सामु लाज बचाउन यो सङ्गति राम्रोसित गर्नु आवश्यक छ। नत्रभने, म कसरी यो काम गर्नसक्छु?” जब मैले ब्रदर झ्याङलाई देखेँ, म ज्यादै जोशिलो र अग्रसक्रिय भएँ। मैले जानेको सबै कुरा बताउन मैले कोशिश गरेँ। आशाविपरीत, ब्रदर झ्याङले अधीरतापूर्वक मलाई भने, “सिस्टर, तपाईंले जे भनिरहनुभएको छ, म बुझ्छु, तर मेरो अवस्था सुधार भइरहेको छैन। यसको बारेमा मलाई अझ बढी सोच्न दिनुहोस्।” उनका शब्‍दहरूले मलाई स्तब्ध बनायो। म अक्क न बक्क भएर बसिरहेँ। मलाई चट्टानमुनि गएर लुक्न मन लाग्यो। म साह्रै विचलित भएँ र सोचेँ, “मलाई के भएको होला? अरू दाजुभाइ र दिदीबहिनीहरूसित कुरा गर्दा त यस्तो हुँदैनथियो। किन म गल्ती गरिरहन्छु? यस कुराले गर्दा तिनीहरूले मलाई होच्याउनेछन्। के तिनीहरूले म त केवल गफ मात्र हाँक्ने रहेछु अनि वास्तविक समस्याहरूलाई हल गर्न नसक्ने रहेछु भनी भन्नेछन्?” बैठक कसरी टुङ्गियो भनी मैले बिर्सें।

त्यसपछि, जब-जब मैले सिस्टर एनसित समय बिताउथेँ, तब-तब म धेरै होशियार हुन्थेँ। कहिलेकाहीँ तिनले मलाई हेर्ने र बोल्ने तरिका अलि कडा हुन्थ्यो। म सोच्थेँ, “के तिनले मलाई मन पराउँदिनन्? के तिनले मलाई स्वीकार गर्दिनन्?” मलाई मैले भविष्यमा दूरी बनाउनुपर्छ ताकि उप्रान्त मेरा कमीकमजोरीहरू प्रकट नहोऊन् भन्‍ने लाग्यो। अरू दाजुभाइ र दिदीबहिनीहरूको अगाडि, मैले होशियारीपूर्वक आफ्नो बाहिरी स्वरूपलाई ठीकमा राखेँ। मैले जानीजानी आफैलाई टाढा राख्थेँ अनि तिनीहरूसित विरलै मात्र बोल्थेँ वा तिनका समस्याहरूमा सहायता गर्थेँ। मैले जिम्मेवारीपूर्वक आफ्नो काम गर्न छोडेँ। बिस्तारै, मेरो हृदयमा अन्धकार प्रबल हुँदै गएको मैले अनुभव गरेँ। म अरूका समस्याहरूलाई बुझ्न वा हल गर्न नसक्ने भएँ। कहिलेकाहीँ म तिनीहरूसित भेट्न पनि डराउँथेँ। मैले हरेक दिन झारा टार्ने काम मात्र गर्थेँ अनि परमेश्‍वरले मलाई त्याग्नुभएको छ जस्तो मलाई लाग्यो। त्यहीबेला, मैले परमेश्‍वरसित अन्त्यमा प्रार्थना गरेँ: “परमेश्‍वर, मैले सधैँ आफ्नो प्रतिष्ठा कायम राख्न खोजिरहेकी छु र म सधैँ बहाना गरिरहेकी छु। म आफ्नो काममा जिम्मेवार हुन छोडेको छु। तपाईंले मदेखि आफ्नो मुहार लुकाउनुभएको छ र यो तपाईंको धार्मिकता हो तर म तपाईंतर्फ फर्कन र आफैलाई चिन्तन गर्न इच्छुक छु।” त्यसपछि, मैले परमेश्‍वरका वचनहरू पढेँः “मानिसहरू आफै सृष्टिका थोकहरू हुन्। के सृष्टिका थोकहरूले सर्वशक्तिसम्पन्नता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, र सबै कुरा पूरा गर्न सक्छन्? तिनीहरूले सक्दैनन्। तापनि, मानिसहरूभित्र एउटा कमजोरी छ। तिनीहरूले कुनै सीप वा पेसा सिक्ने बित्तिकै तिनीहरूले आफू सक्षम छन्, तिनीहरू हैसियत र महत्त्व भएका मानिसहरू हुन्, र तिनीहरू पेसेवारहरू हुन् भन्ने विचार गर्छन्। तिनीहरूले आफैलाई जति नै ‘सक्षम’ ठाने पनि, तिनीहरू सबै आफूलाई राम्ररी प्रस्तुत गर्न चाहन्छन्, आफूलाई महत्त्वपूर्ण उच्च व्यक्तिहरूको भेषमा लुकाउन चाहन्छन्, अनि सिद्ध र एउटै पनि खोट नभएको दोषरहित देखिन्छन्; अरूको नजरमा, तिनीहरू महान्, शक्तिशाली, पूर्ण सक्षम, र जे पनि गर्न सक्ने व्यक्ति ठानिन चाहन्छन्। यदि तिनीहरूले कुनै कुरामा अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र महत्त्वहीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्‍ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ अगाडि रहन चाहन्छन्। … यो कस्तो प्रकारको स्वभाव हो? त्यस्ता मानिसहरू यति घमण्डी हुन्छन् कि, तिनीहरूले सबै विवेक हराएका हुन्छन्!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। “केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको आराधना गरेको, र तिनीहरूका वरिपरि घुमेको तिनीहरू मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको मनमा आफ्नो हैसियत बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई विश्‍लेषण गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै नै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही कुरा काफी छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको मनमा आफ्नो हैसियत राख्न चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने म परमेश्‍वरको सृष्टि मात्र हुँ। मैले सबै कुरा बुझ्‍नु र सबै कुरामा निपुणता प्राप्त गर्नु असम्भव छ। चाहे सत्यतासित सम्बन्धित होस् वा विशिष्ट ज्ञानसित, मैले बुझ्न सक्ने र जान्‍न सक्ने कुरा अत्यन्तै सीमित हुन्छ। कामकुरालाई बेवास्ता गर्नु वा गल्तीहरू गर्नु सामान्य कुरा हो, तर मैले साँच्चै नै आफैलाई चिन्न सकिनँ अनि मैले आफ्ना कमीकमजोरीहरूलाई मानिलिन चाहिनँ। म सिद्ध, उच्च र शक्तिशाली हुन चाहन्थेँ, अनि मैले आफू अरू नै कोही भएको बहाना मात्रै गर्थेँ अनि अरूले मेरो बारेमा के सोच्छन् भनेर धेरै ध्यान दिन्थेँ। जब मेरा सहकर्मीहरूले त्यस मण्डलीमा गएर समस्याहरूलाई हल गर्न सिफारिश गरे, मैले आफूसित सत्यताको वास्तविकता छ र तिनीहरूभन्दा उत्तम छु भन्‍ने ठानेँ, त्यसैले मैले आफ्ना खूबीहरू देखाउन र आफैलाई प्रमाणित गर्न चाहेँ। सिस्टर एनसित तुलना गर्दा, म आफू अगुवा हुँ र समस्याहरूलाई हल गर्नको निम्ति छु, त्यसैले म सबै कुरामा तिनीभन्दा उत्तम हुनुपर्छ भन्‍ने महसुस गरेँ। जब सिस्टर एनले कसरी अरूका समस्याहरूलाई हल गरिन् अनि मैले चाहिँ गल्ती गरिरहेको मैले देखेँ, तब मलाई मैले आफ्नो नाक काटेकी छु भन्‍ने लाग्यो र म भाग्न चाहेँ, त्यसैले मैले आफूलाई जानीजानी अरूबाट टाढा राखेँ र मेरो कामबाट भाग्न थालेँ। मण्डलीको जीवनमा अझै समस्याहरू थिए, अनि यसले दाजुभाइ र दिदीबहिनीहरूलाई जीवन प्रवेश प्राप्त गर्न रोकेको थियो। मैले सधैँ झूटको साहरा लिइरहनुको कारण भनेको म, “मानिसहरूले सधैं आफ्ना समकक्षीहरूभन्दा उत्तम हुने प्रयास गर्नुपर्छ,” “रुखको बोक्रा भनेझैं मानिसको अनुहार,” र “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ,” जस्ता शैतानका विषहरूले भ्रष्ट थिएँ। म जुनसुकै समूहमा भए पनि, मैले झूटको साहरा लिने र आफ्नो कमीकमजोरीहरू लुकाउन खोजेँ। म मानिसहरूलाई मेरा असल पक्षहरू मात्रै देखाउन अनि उनीहरूलाई राम्रो छाप मात्र छोड्न चाहन्थेँ। यसले मेरो जीवनलाई मूल्य र इज्‍जत दिन्छ भनी मैले सोच्थेँ, तर जब त्यो भावनाले छोड्यो, तब मैले पीडा र उदासी अनुभव गरेँ। म सजग र सचेत रहेँ अनि अरूको बारेमा शंकालु भएँ। यो थकानपूर्ण थियो। परमेश्‍वरले मलाई उहाँलाई उच्च पार्न र उहाँको गवाही दिन, व्यवहारिक समस्याहरूलाई हल गर्नको निम्ति सत्यतासित सङ्गति गर्न अनि दाजुभाइ र दिदीबहिनीहरूलाई परमेश्‍वरकहाँ ल्याउन एउटा अगुवाको रूपमा आफ्नो काम गराउनको लागि उचाल्नुभयो। तर, मैले परमेश्‍वरको घरको कामलाई सम्हाल्न मैले आफूले सक्दो गरिनँ। बरु, मैले यसलाई आफूलाई देखाउने र प्रशंसित हुने अवसरको रूपमा लिएँ। जब मैले चाहेको कुरा मैले पाइनँ, तब मैले मेरो कामलाई बेवास्ता गरेँ। मैले केवल मेरो प्रतिष्ठा र ओहोदाको उदय र पतनको बारेमा मात्रै सोचेँ अनि मैले सत्यतालाई पछ्याइनँ वा आफ्ना जिम्मेवारीहरू पूरा गरिनँ। परिणामस्वरूप, परमेश्‍वरले मलाई घृणा गर्नुभयो अनि मेरो आत्माले अन्धकारमा वास गर्‍यो। मैले वास्तविक समस्याहरूलाई मात्रै हल गर्न नसकेको होइन, तर मैले सुरुमा गर्न सकेको कुराहरू पनि गर्न सकिनँ। मैले परमेश्‍वरको धार्मिकता र पवित्रतालाई देखेँ। पावलको स्वभाव अहङ्कारी र प्रतिस्पर्धी थियो। उनले अन्धाधुन्ध हैसियतलाई पछ्याए अनि प्रशंसित हुन चाहे। उनले मानिसहरूलाई आफ्नैकहाँ ल्याए र परमेश्‍वरलाई विरोध गर्ने बाटोमा अघि बढे। मैले सत्यतालाई नपछ्याई अन्धाधुन्ध हैसियतलाई पछ्याएँ। अरूले मेरो बारेमा के सोच्छन् भनी मैले बढी चासो राखेँ र तिनीहरूलाई मनाउन र छल्न चाहेँ। पावल जस्तै म परमेश्‍वरलाई विरोध गर्ने बाटोमा गएँ! जब मैले यो महसुस गरेँ, तब मैले हतारका साथ परमेश्‍वरलाई प्रार्थना गरेँ र पश्चाताप गरेँ। मैले उप्रान्त बहाना गर्न र आफ्नो ओहोदालाई बचाउन चाहिनँ। मैले सत्यतालाई अभ्यास गर्न र इमान्दार व्यक्ति हुन चाहेँ।

जब मैले अर्को पल्ट दाजुभाइ र दिदीबहिनीहरूसित भेटेँ, तब मैले तिनीहरूलाई म जुन कुराबाट गुज्रिरहेको छु, सो बताउन र आफ्नै भ्रष्टताको खुलासा गर्न चाहेँ तर मेरा शब्दहरू नै बाहिर निस्केनन्। म मण्डलीको अगुवा थिएँ र मैले त्यसको कामको निगरानी गर्नुपर्थ्यो। यदि मैले सबै कुरा, म जस्तो छु, सबै बताएँ भने के तिनीहरूले म सत्यतालाई पछ्याउने व्यक्ति होइन अनि म अगुवा हुन योग्य छैन भनी सोच्नेछन् कि? यसले मेरो मनलाई उथलपुथल गराइरह्यो। त्यसबेला, मैले फेरि बहाना गर्न र आफ्नो प्रतिष्ठा कायम गर्न कोशिश गर्दैछु भन्‍ने महसुस गरेँ। मैले कसरी घरिघरि हैसियतलाई महत्व दिइरहेको छु भन्ने बारेमा मैले विचार गरेँ, जसले परमेश्‍वरको घरको कामलाई बाधा दिएको थियो र मलाई गलत बाटोमा राखेको थियो। मेरो हृदय डरले भरियो। मैले परमेश्‍वरका वचनहरू सम्झेँ। “तैँले आफ्‍नै प्रतिष्ठा, आत्मम्‍मान, र हैसियतको लागि कुनै कुरा लुकाउने, कुनै हेरफेर गर्ने, वा कुनै पनि चलाकीहरूको प्रयोग गर्ने गर्नु पर्दैन, र तैँले गरेका जुनसुकै गल्तीहरूमा पनि यही कुरा लागू हुन्छ; त्यस्तो व्यर्थको कार्य अनावश्यक छ। यदि तैँले त्यसो गर्दैनस् भने, तँ सहज र अथक रूपमा, अनि पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। त्यस्ता मानिसहरूले मात्रै परमेश्‍वरको स्याबासी पाउन सक्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। परमेश्‍वरका वचनहरूले मेरो हृदयलाई उज्यालो बनायो र मलाई उत्प्रेरणा दियो। यस्तो वातावरणमा हुनु सत्यतालाई अभ्यास गर्ने अवसर हो भनी मैले महसुस गरेँ। मैले उप्रान्त मेरो साँचो व्यक्तित्वलाई लुकाउन र हैसियतलाई रक्षा गर्न हुँदैनथियो, त्यसैले, मैले आफ्नो सारा भ्रष्टता र मैले सिकेका पाठहरू मेरा दाजुभाइ र दिदीबहिनीहरूसित बाँडे। हामी सबैले यस सङ्गतिबाट केही कुरा पायौँ अनि एक-अर्काको नजिक भयौँ। हामीले कामको समस्याहरूको बारेमा पनि कुरा गर्यौँ अनि एक-अर्काको सबल पक्षहरूबाट प्राप्त गरेर हामीले हाम्रो काममा भएका गल्तीहरू सुधार्न सक्यौँ। केही समयपछि, यस मण्डलीका समस्याहरू हल भयो। दाजुभाइ र दिदीबहिनीहरूको अवस्थाहरू पनि सुधार भयो अनि तिनीहरूले सक्रियतापूर्वक आफ्नो काम गर्न थाले। त्यसपछि, मैले आफ्नो काम गरेँ, मलाई कहिलेकाहीँ हैसियतका विचारहरूले बन्दी बनाएको जस्तो महसुस हुने भए तापनि मैले सचेत रूपले परमेश्‍वरसित प्रार्थना गर्न, सत्यतालाई अभ्यास गर्न र इमान्दार हुन सकेँ अनि भ्रष्टताको बारेमा खुल्न सकेँ। बिस्तारै, मैले मेरो हैसियतलाई धेरै ध्यान दिन छोडेँ। त्यस बेलादेखि, म बहाना नगरीकन खुलेर दाजुभाइ र दिदीबहिनीहरूसित मिलेर रहन सकेको छु। झूटको कुनै सहारा नलिइकन, मैले सत्यतालाई पछ्याउन र सन्तुलित प्रकारले आफ्नो काम गर्न सक्छु। यो नै परमेश्‍वरको वचनहरूको न्याय र सजायको परिणाम हो! परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

मकुन्डो हटाउने मार्ग

तोङशिन्, दक्षिण कोरिया यो वर्ष म मलजल गर्ने समूह अगुवाको रूपमा चुनिएकी थिएँ, र म धेरै वटा समूहको मलजल कार्यको निम्ति जिम्‍मेवार थिएँ।...

ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्