मैले अब मेरो कर्तव्यलाई बेवास्ता गर्न छोडेको छु

25 फेब्रुअरी 2023

गत वर्षको अगष्ट महिनाको मध्यतिर, एक जना अगुवाले मलाई धेरै वटा मण्डलीको कामको जिम्‍मेवारी लिन अनुरोध गरे र म प्रयास गर्न तयार छु कि छैन भनि सोधे। यो सुनेपछि मेरो हृदयमा हलचल मच्‍चियो। मण्डलीहरूको कामको जिम्‍मा लिनु भनेको ब्रदर-सिस्टरहरूको जीवन प्रवेश सम्‍बन्धी विभिन्‍न समस्या र कठिनाइलाई समाधान गर्नु मात्रै होइन तर तिनीहरूलाई काम गर्न अगुवाइ र सहयोग गर्नु पनि हो। त्यो ठूलो जिम्‍मेवारी हो। यदि त्यो कर्तव्य नराम्ररी पूरा गरियो र काममा ढिलाइ भयो, वा यसले बाधाहरू ल्यायो र साँच्‍चै नै मण्डलीका हितहरूलाई हानि गर्‍यो भने, मलाई निराकरण मात्रै गरिनेथिएन, तर म बर्खास्त वा निष्कासित हुन सक्थेँ। त्यसपछि मैले मेरो नतिजा र गन्तव्य गुमाउनेथिएँ। मलाई त्यो पदमा रहेका विगतका दुई जना मानिसहरूको बारेमा याद आयो, जसलाई बर्खास्त गरिएको थियो। मलाई कामको बारेमा थाहा थिएन र मेरो क्षमता तिनीहरूको क्षमतासँग मिल्दैनथियो, त्यसकारण मैले यो पद लिएँ भने धेरै वटा समस्याहरू आउनेछन् भन्‍ने मलाई लाग्यो। म यसको सट्टा एउटै मात्र कर्तव्य पूरा गर्न चाहन्थेँ ताकि मैले त्यस्तो ठूलो जिम्‍मेवारीको बोझ लिन नपरोस्। म यसलाई इन्कार गर्न चाहन्थेँ, तर यो अनुचित हुनेछ, म यसमा समर्पित हुनुपर्छ भन्‍ने पनि लागेको थियो, त्यसकारण मैले मन नलागी-नलागी यसलाई स्वीकार गरेँ। निदाउन नसकेर, म रातभरि यता-उता पल्टिरहेँ। मलाई अत्यन्तै तनाव भयो। मण्डलीको कामको जिम्‍मेवार भएपछि मैले अझै धेरै अगुवाइ र सहयोग लिनुपर्छ, अझै धेरै सत्यता सिक्‍नुपर्छ, र अझै छिटो जीवनमा प्रवेश गर्नुपर्छ भनेर मैले बारम्‍बार सोचिरहेको थिएँ। तर त्यो कर्तव्य निकै ठूलो जिम्‍मेवारी थियो। यदि मैले राम्रो काम गरिनँ भने मलाई खुलासा गरेर छिटै निष्कासन पनि गरिनेथियो। मलाई यो कर्तव्य नलिनु नै सुरक्षित कार्य हो जस्तो लाग्यो। त्यसकारण मैले निर्णय गरेँ, र भोलिपल्ट अगुवालाई फोन गरेर भनेँ, “मेरो कद सानो छ, त्यसकारण म काम गर्न लायक छैनँ। मलाई काममा ढिलाइ गर्छु भन्‍ने डर लाग्छ, त्यसकारण तपाईंले अरू कसैलाई खोज्‍नुपर्छ जस्तो लाग्छ।” अगुवाले मलाई अझै थप खोजी गर्न र त्यो कर्तव्यबाट पछि हट्नुका मेरा मनसायहरूको बारेमा मनन गर्न अनुरोध गरे। फोन राखेपछि, मैले घुँडा टेकेँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई धेरै वटा मण्डलीहरूको कामको जिम्‍मेवारी लिन डर लाग्छ। मैले राम्रो काम गरिनँ भने मलाई हटाइनेछ भन्‍ने मलाई डर लागेको छ, त्यसकारण म सतर्कता र गलत बुझाइको स्थितिमा छु। बिन्ती छ मलाई तपाईंको इच्‍छा बुझ्‍न अगुवाइ गर्नुहोस्।” त्यसपछि मैले परमेश्‍वरका केही वचनहरू पढेँ। “आफ्‍नो कर्तव्य निभाउने क्रममा कतिपय मानिसहरू प्रायजसो नकारात्मकता र निष्क्रियता, वा प्रतिरोध र गलतबुझाइको स्थितिमा हुन्छन्। तिनीहरूलाई खुलासा गरिनेछ र हटाइनेछ भनेर तिनीहरू सधैँ डराएका हुन्छन्, र तिनीहरूको भविष्य र गन्तव्यको बन्धनमा हुन्छन्। के यो केटाकेटीको जस्तो कदको प्रकटीकरण होइन र? (हो।) कतिपय मानिसहरू सधैँ आफ्‍नो कर्तव्य राम्ररी निभाउन नसकुँला कि भनेर डर लाग्छ भनी भन्छन्, र विस्तृतमा विश्‍लेषण नगरी हेर्दा, तिनीहरू निकै निष्ठावान रहेछन् भन्‍ने सोच आउँछ। तर तिनीहरूले आफ्‍नो हृदयमा वास्तवमा केको चिन्ता गर्छन्? राम्रोसित कर्तव्य ननिभाए, आफूलाई हटाइनेछ र आफ्नो अन्तिम गन्तव्य हुनेछैन भन्‍ने चिन्ता तिनीहरूलाई हुन्छ। कतिपय मानिसहरूले आफूलाई सेवाकर्ता भइएला भन्‍ने चिन्ता लाग्छ भनेर भन्छन्। अरूले त्यो कुरा सुन्दा, ती मानिसहरू सेवाकर्ता बन्‍न चाहँदैनन्, केवल परमेश्‍वरका मानिसहरू भएर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छन् भन्‍ने सोच्छन्। मानिसहरूले तिनीहरूसँग सङ्कल्प छ भन्‍ने सोच्छन्। वास्तवमा, सेवाकर्ता बनिएला भन्‍ने डर हृदयमा हुने ती मानिसहरूले यस्तो सोच्छन्, ‘यदि म सेवाकर्ता बनेँ भने, अन्त्यमा म नष्ट हुनेछु र मेरो कुनै अन्तिम गन्तव्य हुनेछैन, र मैले स्वर्गको राज्यको हक पाउँदिनँ।’ तिनीहरूका शब्‍दहरूको आशय यही हुन्छ; तिनीहरूलाई अझै पनि आफ्‍नो परिणाम र अन्तिम गन्तव्यको चिन्ता हुन्छ। यदि परमेश्‍वरले तिनीहरू सेवाकर्ता हुन् भनी भन्‍नुभयो भने, तिनीहरूले आफ्‍नो कर्तव्यमा कम प्रयास लगाउनेछन्। यदि परमेश्‍वरले तिनीहरू उहाँका मानिसहरू हुन् र तिनीहरूलाई परमेश्‍वरले स्याबासी दिनुहुन्छ भनेर भन्‍नुभयो भने, तिनीहरूले आफ्‍नो कर्तव्यमा धेरै प्रयास लगाउनेछन्। यहाँ, समस्या के हो त? परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य निभाउने क्रममा, तिनीहरूले सत्यताको सिद्धान्तअनुसार व्यवहार गर्दैनन्, समस्या यही हो। तिनीहरूले सधैँ आफ्‍नै सम्‍भाव्यता र गन्तव्यको बारेमा विचार गर्छन्, र ‘सेवाकर्ता’ भन्‍ने नाम-पद्‌वीको बन्धन महसुस गर्छन्। फलस्वरूप, तिनीहरूले राम्रोसित आफ्‍नो कर्तव्य निभाउन सक्दैनन्, र तिनीहरूसँग सत्यताको अभ्यास गर्ने कुनै सामर्थ्य हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गरेर र परमेश्‍वरको आज्ञापालन गरेर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ)। “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्‍न कुराहरू त्याग्छन् र आफैलाई परमेश्‍वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति बफादार हुन्छन्, यो इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्‍वरको घरमा तिनीहरू आशिष्‌हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको हरेक वचन मलाई अत्यन्तै मर्मस्पर्शी लाग्यो—यसले मेरै स्थितिलाई खुलासा गरेको थियो। कर्तव्य लिनुपर्दा, मैले मेरो कद सानो छ भनेर भनेँ अनि मलाई राम्ररी काम गर्दिनँ र काम रोक्छु भन्‍ने डर लागेको थियो, तर यथार्थमा मैले आफ्‍नै व्यक्तिगत हितहरूको बारेमा विचार गरिरहेकी थिएँ। यो कर्तव्य पूरा गर्दा अरू बर्खास्त भएर निकालिएको देख्दा, मलाई यो कर्तव्य लिनुमा ठूलो जोखिम छ जस्तो लाग्यो। मैले काम राम्ररी नगरेर कामहरूमा बाधा दिएँ र मण्डलीको काममा ढिलाइ गराएँ भने, त्यो अपराध मात्रै हुनेथिएन र मलाई बर्खास्त मात्रै गरिनेथिएन, तर अवस्था गम्‍भीर थियो भने मलाई हटाइने समेत थियो। त्यसपछि उप्रान्त मसँग कुनै परिणाम वा गन्तव्य हुनेथिएन। त्यसकारण, मैले आफ्‍नो भविष्य र गन्तव्यको रक्षा गर्न त्यस कर्तव्यलाई इन्कार गर्न बहाना खोजेँ, र मलाई मण्डलीको काममा ढिलाइ गराउँछु भन्‍ने डर छ भनी आदर्श सुनिने कुरा गरेँ। म अझै कम जिम्‍मेवारी सहितको कर्तव्य मात्रै चाहन्थेँ किनभने यसरी मैले कर्तव्य पूरा गर्न मात्रै पाउँदिनथिएँ, तर अन्त्यमा असल गन्तव्य पनि पाउनेथिएँ। त्यस स्थितिमा जिउँदा म पूर्ण रूपमा शैतानका यस्ता विषहरूमा परेकी थिएँ “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” र “ठूलो फाइदा खोज्‍नुको सट्टा, गल्तीहरू गर्नबाट मात्रै जोगिनु पर्छ।” सबै कुरामा मेरो सुरुवाती बिन्दु आत्म-चासो र आफ्‍नै सोच् मात्र हुन्थ्यो। म आफूलाई फाइदा पुग्‍ने कर्तव्य पूरा गर्थेँ, तर फाइदा नपुग्‍ने कर्तव्य पूरा गर्दिनथिएँ, किनभने म सानो मूल्य चुकाएर त्यसबाट परमेश्‍वरको आशिष पाउन चाहन्थेँ। त्यो त परमेश्‍वरसँग लेनदेन गर्नु हो, र यो अत्यन्तै स्वार्थी र घृणित कार्य हो।

पछि मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ। “अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्वीकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने)। परमेश्‍वरका वचनहरू मनन गरेर आफ्‍नै बारेमा विचार गरेपछि, मलाई मेरो प्रकृति अत्यन्तै धूर्त र दुष्ट रहेछु भन्‍ने थाहा भयो। मलाई धेरै जिम्‍मेवारी सहितको महत्त्वपूर्ण कर्तव्यमा अझै ठूलो जोखिम हुन्छ, त्यसकारण मैले सानो गल्ती गरेँ भने पनि मलाई खुलासा गरेर निकालिन्छ, र हटाइन्छ भन्‍ने समेत लागेको थियो। मैले परमेश्‍वरको घरलाई संसार सरह, र परमेश्‍वरलाई सांसारिक राजा जस्तो ठानिरहेकी थिएँ। मलाई त्यसरी कर्तव्य पूरा गर्नु भनेको खुकुरीको धारमा हिँड्नु हो, सानो गल्ती गर्दा पनि म लड्न सक्छु भन्‍ने लागेको थियो। यस्तो लागेको थियो मानौँ परमेश्‍वरले मानिसहरूसँग जथाभाबी रूपमा खेलबाड गर्नुहुन्छ, तिनीहरूलाई भताभुङ्ग पार्नुहुन्छ, र मलाई महत्त्वपूर्ण कर्तव्य पूरा गर्न लगाउनु भनेको मलाई खुलासा गर्नु र हटाउनु हो, मलाई भीरको टुप्‍पातिर ठेल्‍नु हो भन्‍ने लागेको थियो। मैले परमेश्‍वरको धार्मिकतामा विश्‍वास गरिनँ, तर उहाँको विश्‍वासमा सतर्क भएर उहाँलाई गलत रूपमा बुझेँ। त्यो परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दा गर्नु थियो। वास्तवमा, परमेश्‍वरको घरले मानिसहरूलाई सिद्धान्तको आधारमा व्यवहार गर्छ। मैले मण्डली अगुवा सिस्टर चेनलाई चिनेकी थिएँ, जसले विश्‍वास गरेको धेरै वर्ष भएको थियो, र उनको क्षमतामा केही कमी भए तापनि, उनी आफ्‍नो कर्तव्यमा जिम्‍मेवार थिइन्। उनलाई काट-छाँट र निराकरण गरिँदा, उनले यसलाई स्वीकार गरेर यसमा समर्पित हुन, र परिवर्तन खोजी गर्न सक्थिन्। मण्डलीले उनलाई महत्त्वपूर्ण कामको लागि जिम्‍मेवारी दिएको थियो। एक पटक, उनले एक जना व्यक्तिलाई समूह अगुवाको रूपमा बढुवा दिइन्, त्यसपछि त्यो व्यक्ति वास्तवमा नै धूर्त रहेछ र व्यवहारिक काम नगर्ने रहेछ, र यसले मण्डलीको काममा साँच्‍चै नै बाधा पुर्‍याएको थियो। पत्ता लगाएपछि, उनको अगुवाले उनलाई सिद्धान्तहरूविना नै त्यस व्यक्तिलाई नियुक्ति गरेर तिनको कामको निगरानी नगरेकोमा गम्‍भीर रूपमा निराकरण गरिन्। झूटा अगुवाले त्यस्तै काम गर्छ। तर अगुवाले उनलाई त्यसो गरेकोमा बहिष्कार गरिनन्। बरु, उनले सत्यताका सम्‍बन्धित सिद्धान्तहरूको प्रयोग गरी तिनीसँग धैर्यताको साथ सङ्गति गरिन्, र तिनलाई उनका गल्ती र कमीकमजोरी देख्‍न सहयोग गरिन्। र एक जना नवनिर्वाचित सिस्टर वाङ्गसँग त्यति धेरै अनुभव थिएन, तर उनमा असल क्षमता र विशुद्ध बुझाइ थियो, र आफ्‍नो कर्तव्यमा उनले केही काम पूरा गर्न सक्थिन्। तर अगुवाको रूपमा काम गर्दा उनले सिद्धान्तहरू बुझेकी थिइनन् र अरूको वास्तविकतालाई पत्ता लगाउन सक्दिन थिइन्, त्यसकारण उनले गम्‍भीर रूपमा अहङ्कारी मात्रै रहेको व्यक्तिलाई झण्डै ख्रीष्ट-विरोधीको रूपमा हटाइन्। उनको अगुवाले यो कुरा थाहा पाएपछि, तिनले उनलाई बर्खास्त गरिनन्, तर उनलाई खुलासा र निराकरण गरिन्, उनलाई समस्याको गम्‍भीरता महसुस गर्न लगाइन्, सत्यताका सम्‍बन्धित सिद्धान्तहरूमा सङ्गति गरेर सिस्टर वाङ्गलाई समझशक्तिको बारेमा सिक्‍न सहयोग गरिन्। मण्डलीमा रहेका अगुवाहरूले भ्रष्टता प्रकट गरेको वा आफ्‍नो काममा गल्तीहरू गरेको भेट्टाइएमा तिनीहरूलाई बर्खास्त गर्ने र हटाउने काम गरिँदैन भन्‍ने मलाई थाहा भयो। बरु, तिनीहरूलाई सहयोग र सङ्गति दिइन्छ, वा निराकरण गरिन्छ, ताकि तिनीहरूले सत्यतालाई बुझ्‍न सकून् र सिद्धान्तहरू बुझून्। तिनीहरूसँग क्षमता छ, तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन्, र आफ्‍नो कर्तव्यमा बोझ लिन सक्छन् भने, असफलता र अपराधहरू नै देखिए पनि, मण्डलीले तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिन्छ, र तिनीहरूलाई एउटा गल्तीको कारण मात्रै हटाइँदैन। तिनीहरूलाई वृद्धि-विकास गर्ने कार्यलाई जारी राखिन्छ ताकि तिनीहरूको कर्तव्यमा तिनीहरूले तालिम पाउन सकून्। कतिपय मानिसहरू कामको लागि दक्ष हुँदैनन् किनभने तिनीहरूमा क्षमताको कमी हुन्छ, तर मण्डलीले तिनीहरूलाई हटाउँदैन। तिनीहरूको क्षमता र कद अनुसार तिनीहरूलाई उचित कर्तव्यमा स्थानान्तर गरिन्छ। तर आफ्‍नो कर्तव्यमा कपटी काम गर्ने, सत्यताको खोजी नगर्ने मानिसहरूका हकमा भने, तिनीहरूको कर्तव्य महत्त्वपूर्ण नै भए पनि, तिनीहरू खुलासा भएर हटाइनेछन्। र बर्खास्त भएपछि कतिपय मानिसहरूले पश्‍चात्ताप नै गर्दैनन्, तर गुनासो गर्छन् र आलोचना गर्छन्, यसरी धारणाहरू फैलाएर मण्डलीमा बाधा दिन्छन्। त्यस्ता मानिसहरूलाई सफाइ गरिन्छ र बहिष्कार गरिन्छ। मैले परमेश्‍वरको स्वभाव धर्मी छ र परमेश्‍वरको घरले मानिसहरूलाई सिद्धान्त अनुसार व्यवहार गर्छ भन्‍ने कुरा देखेँ। यी सबै कुरामा परमेश्‍वरको प्रेम र मुक्ति लुकेको हुन्छ। मैले परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गरेकी थिएँ, र उहाँको बारेमा अनुमानहरू गर्दै हिँड्थेँ। मलाई सुपरभाइजर हुन दिनु मलाई खुलासा र निष्कासन गर्नलाई हो भन्‍ने लागेको थियो। मेरो बुझाइ कति उदेकलाग्दो थिएछ, र यो परमेश्‍वरको इच्‍छालाई पूर्ण रूपमा बङ्ग्याउने काम थिएछ। त्यो परमेश्‍वरको बारेमा भ्रम बोक्‍नु हो, र त्यो उहाँको धार्मिकतालाई इन्कार गर्नु हो। परमेश्‍वरका वचनको न्यायविना, मैले त्यो कति गम्‍भीर समस्या हो भन्‍ने कुरा देख्‍ने थिइनँ, तर परमेश्‍वरको विरोध गर्ने स्थितिमा रहेर जिइरहेकी हुनेथिएँ।

त्यसपछि एक दिन, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्‍वरका वचनहरू मनन गरेर मैले के चाल पाएँ भने कुनै व्यक्तिले कुन कर्तव्य पूरा गर्छ त्यससँग आशिष पाउने वा विपत्तिमा पर्ने कुरा सम्‍बन्धित हुँदै हुँदैन। कर्तव्य भनेको परमेश्‍वरको आज्ञा हो, र मानिसहरूले यो पूरा गर्न सही र स्वाभाविक कुरा हो। कुनै व्यक्तिलाई बर्खास्त गरिनु र हटाइनुको मुख्य कारण तिनीहरूले आफ्‍नो विश्‍वासमा सत्यताको खोजी नगर्नु वा परमेश्‍वरमा समर्पित नहुनु, र आफ्‍नो कर्तव्यमा जथाभाबी काम गर्नु, दुष्कर्म गर्नु र परमेश्‍वरको विरोध गर्नु नै हो। पहिले बर्खास्त भएका दुई जना इन्‍चार्जमा रहेका मानिसहरू त्यस्तै थिए। तिनीहरूमध्ये एक जनालाई मुख्य रूपमा राम्रो मानवता नभएको र सत्यतालाई अलिकति पनि स्वीकार नगरेकोमा बर्खास्त गरिएको थियो। तिनले द्वन्द्व निम्त्याउने, गुटबन्दी गर्ने, र अरूलाई समस्यामा पार्ने काम पनि गर्थे, यसरी मण्डलीको काममा गम्‍भीर रूपमा बाधा दिएका थिए। तिनको प्रकृति र सार, अनि तिनको दुष्कर्मका तथ्यहरूका आधारमा मण्डलीले यस समस्यालाई सम्‍हाल्यो। अर्को व्यक्तिमा अत्यन्तै अहङ्कारी स्वभाव थियो र उनले सधैँ आफैलाई उचालिरहेकी र धाक लगाइरहेकी हुन्थिन्। उनी हैसियतका लाभहरूमा पनि मस्त हुन्थिन् र व्यवहारिक काम गर्दिनथिइन्। यसले गम्भीर रूपमा मण्डलीको काममा ढिलाइ गर्‍यो, त्यसकारण उनलाई बर्खास्त गरियो। तिनीहरू त्यो अवस्थामा आइपुग्‍नुको कारण तिनीहरूको कर्तव्यले तिनीहरूलाई हानि गरेको कारण होइन। तिनीहरूले व्यवहारिक काम नगरेको र तिनीहरू गलत मार्गमा रहेको कारणले नै यो सबै भएको थियो। मैले तिनीहरू बर्खास्त हुनुको कारण र पृष्ठभूमिलाई हेरिनँ वा तथ्यहरूलाई बुझिनँ। तिनीहरूको कर्तव्य अत्यन्तै कठिन भएको हुनाले तिनीहरूलाई खुलासा र निष्कासन गरिएको हो भनेर मैले कल्‍पना मात्रै गरेँ, र मेरो क्षमता तिनीहरूको जत्तिको राम्रो नभएको हुनाले, मैले त्यो महत्त्वपूर्ण कर्तव्य लिएँ भने मलाई अझै चाँडै हटाइनेछ भन्‍ने पक्‍का छ भन्‍ने गलत सोच समेत राखेँ। कस्तो उदेकलाग्दो दृष्टिकोण!

त्यसपछि, मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ। “तिमीहरू हरेकले आफ्नो कर्तव्य आफ्नो क्षमताले भ्याएसम्म खुला र इमान्दार हृदयसहित गर्नुपर्छ र जस्तोसुकै मूल्य पनि चुकाउनुपर्छ। जसरी तिमीहरूले भनेका छौ, जब त्यो दिन आउँछ, उहाँको निम्ति कष्ट भोग्ने र मूल्य चुकाउने कसैलाई पनि परमेश्‍वरले बेवास्ता गर्नुहुन्न। यस्तो प्रकारको दृढ निश्‍चयता पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरा सही छ। यसरी मात्रै म तिमीहरूको निम्ति मेरो मनलाई सहजता दिन सक्छु। नत्रभने, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसको बारेमा मेरो मन निश्चिन्त रहन सक्दैन अनि तिमीहरू मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरो कामको निम्ति केही प्रयास बाँकी नराखी अनि मेरो सुसमाचारको निम्ति जीवनभरिको शक्ति अर्पण गरेर मेरो निम्ति आफ्नो सबै दिन सक्छौ भने के मेरो हृदय तिमीहरूको पक्षमा खुशीले उफ्रिने छैन र? यसद्वारा म मेरो मनलाई तिमीहरूको सम्बन्धमा पूर्ण रूपले निश्चिन्त तुल्याउन सक्छु, सक्नेछैन र? यो लाजलाग्दो कुरा हो कि तिमीहरूले गर्नसक्ने कुरा भनेको मैले आशा गरेको कुराको ज्यादै सानो भाग मात्र हो। यसो भएको हुनाले तिमीहरूले आशा गरेको कुराको निम्ति मबाट खोजी गर्ने आँट कसरी तिमीहरू गर्नसक्छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा)। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने उहाँले मानिसहरूलाई तिनीहरूको कर्तव्यद्वारा सिद्ध तुल्याउनुहुन्छ, र कर्तव्य महत्त्वपूर्ण भए पनि नभए पनि, यसको लागि जिम्‍मेवारी र जोखिम लिनु परे पनि नपरे पनि, हामी यसमा समर्पित भएर यसलाई राम्ररी पूरा गर्न हाम्रो सर्वस्व सुम्पनुपर्छ। कुनै कर्तव्यबाट जति धेरै समस्याहरू खुलासा हुन्छन्, यो आत्म-चिन्तन गर्न र आफ्‍नै भ्रष्टता र कमीकमजोरीहरूलाई देख्‍नको लागि हामीलाई उति नै फाइदाजनक हुन्छ। त्यसपछि हामीले सत्यताको खोजी गर्न, सिद्धान्तहरू सिक्‍न, र सत्यताको वास्तविकतामा क्रमिक रूपमा प्रवेश गर्न त्यसलाई प्रयोग गर्न सक्छौँ। यो सबै कुरा कर्तव्यद्वारा हासिल हुन्छ। यदि हामीले जिम्‍मेवारी लिने डरले कर्तव्य पूरा गर्दैनौँ वा कर्तव्य लिन इन्कार गर्छौँ भने, हाम्रो भ्रष्ट स्वभाव र कमीकमजोरीहरू प्रकाशमा आउनेछैनन्। हाम्रो गलत दृष्टिकोण र शैतानी प्रकृतिको बारेमा धेरै बुझाइ प्राप्त गर्न सम्‍भव हुनेछैन, सत्यताको खोजी गरेर तिनलाई समाधान गर्ने कुरा त परै जाओस्। त्यसपछि हामीले अन्त्यसम्‍मै विश्‍वास गर्न सक्छौँ, तर कहिल्यै पनि सत्यता प्राप्त गर्न र स्वभावमा परिवर्तन हासिल गर्न सक्‍नेछैनौँ, र विशेष गरी हामीले मुक्ति र सिद्धता पाउनेछैनौँ। मलाई धेरै वटा मण्डलीको कामको जिम्‍मेवारी लिने त्यो महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने मौका दिइनु भनेको मलाई तालिम लिने मौका दिइनु थियो। मैले आफ्‍नो कर्तव्यमा गल्तीहरू गरे पनि वा मलाई काट-छाँट र निराकरण गरिए पनि, यो सबै आफूलाई चिन्‍ने र सत्यताको वास्तविकतामा प्रवेश गर्ने राम्रो मौका थियो। यो सबै कुरा महसुस गरेपछि मलाई निकै ढुक्‍क भयो, त्यसकारण मैले अगुवालाई त्यो कर्तव्य लिन म तयार छु भनेर भनेँ। त्यसपछिको मेरो कर्तव्यमा, अगुवा धेरै पटक मेरो काम जाँच्‍न आउँथिन्, र उनको अगुवाइ र सहयोगद्वारा, मैले क्रमिक रूपमा सिद्धान्तहरू र केही सत्यताहरू सिक्दै गएँ र मेरा कमीकमजोरीहरूका बारेमा अझै धेरै स्पष्टता प्राप्त गरेँ। एक पटक मैले एउटा काम गरिरहेको बेला, मैले राम्ररी सङ्गति वा निरीक्षण गरिनँ, जसले गर्दा काममा समस्याहरू आए र केही क्षति भयो। मैले अगुवालाई यसको बारेमा बताएँ भने मलाई निराकरण गरिनेछ वा मलाई जिम्‍मेवार तुल्याउनेछ भन्‍ने डर लाग्यो, तर मैले तथ्यहरूलाई लुकाउन सक्दिनँ भन्‍ने कुरा मलाई स्पष्ट रूपमा थाहा थियो। मैले इमानदारी हृदयले समस्याको बारेमा सटीक रूपमा रिपोर्ट गर्नुपर्थ्यो, र मण्डलीले मलाई जसरी कारबाही गरे पनि त्यसलाई स्वीकार गर्नुपर्थ्यो। मेरो कुरा सुनेपछि अगुवाले मलाई निराकरण गरिनन्, तर सत्यताका केही सिद्धान्तहरूको विषयमा मलाई सङ्गति दिइन्, ताकि मैले कहाँ गल्ती गरेँ भन्‍ने कुरा देख्‍न र त्यो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने भन्‍ने बारेमा केही सिद्धान्तहरू र विवरणहरू बुझ्‍न सकूँ। त्यसपछि मेरो काममा केही गल्ती र समस्याहरू आएका, र कहिलेकहीँ मलाई नेतृत्ववर्गले गम्‍भीर रूपमा काट-छाँट र निराकरण गरेका भए पनि, मैले कल्‍पना गरेजस्तो केही गल्तीहरू गरेको कारण मलाई बर्खास्त गरिएन र हटाइएन। त्यो कर्तव्य पूरा गर्दा त्यसले मेरा त्रुटिहरूलाई सुधार गर्न अनुभव गर्‍यो, र त्यो मप्रतिको परमेश्‍वरको प्रेम हो भन्‍ने साँचो रूपमा अनुभव गरेँ।

केही समयपछि नै मैले नयाँ जाँचको सामना गरेँ। एक दिन, अगुवाले मलाई एउटा काम सुम्पिइन् जुन काम भेटीहरू कसरी खर्च गरिन्छ भन्‍ने विषयसँग सम्‍बन्धित थियो। यसको बारेमा सुनेपछि मलाई निकै तनाव भयो र परमेश्‍वरको भेटीहरूमा गम्‍भीर घाटा ल्याउने किसिमको कुनै गल्ती भयो भने, त्यो त आधारभूत रूपमा नरकको ढोका खोलिनु जत्तिकै हुनेछ, र म खतम हुनेछु भन्‍ने मलाई लाग्यो! हुँदैन, मैले अगुवालाई यो काम लिन सक्दिनँ भनेर भन्‍नुपर्छ भन्‍ने मलाई लाग्यो। तर त्यो कामको लागि सबैभन्दा उपयुक्त व्यक्ति म नै थिएँ, त्यसैले मैले यसमा अल्याङटल्याङ गर्दा त्यसले मण्डलीको काममा ढिलाइ गराउने थियो। के गर्ने मलाई थाहा थिएन। मलाई अत्यन्तै दोधार भइरहेको थियो। मलाई यो काम नगर्ने बहाना बनाउन मन लागेको थियो, तर मलाई अलिक ग्‍लानि भयो। मैले फेरि पनि आफ्‍नै भविष्य र भाग्यको बारेमा विचार गर्न थालेकी छु भन्‍ने मलाई महसुस भयो, त्यसकारण मैले तुरुन्तै यसो भनेर प्रार्थना गरिहालेँ: “हे परमेश्‍वर, मलाई फेरि जिम्‍मेवारी लिन डर लागेको छ र म यो कर्तव्यबाट पछि हट्न चाहन्छु। हे परमेश्‍वर, मैले यति स्वार्थी भएर आफ्‍नै हितहरूको बारेमा मात्रै विचार गर्नु हुँदैन। बिन्ती छ मलाई समर्पित हुन अगुवाइ गर्नुहोस्।” त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेका थप मागहरू होइनन् तर मानिसको कर्तव्य हो र सबै मानिसहरूले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्यलाई पूरा गर्न वा यसलाई राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? कसरी तिमीहरूले अझै पनि भविष्य र आशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्‍वरको कार्य मानवजातिको खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यासलाई खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्‍नो बफादारीता दिनुपर्छ र विभिन्‍न धारणाहरूमा लुप्त हुने वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नुहुँदैन। परमेश्‍वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्‍नुहुन्छ, तब मानिसले किन परमेश्‍वरलाई आफ्‍नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्‍वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्‍वरको व्यवस्थापनको खातिर आफ्‍ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्‍वरको काम यति हदसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले पहिले नै आफ्‍नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्‍नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्‍वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्‍वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्‍वरका मागहरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। यो पढेपछि, मैले के बुझेँ भने यो परमेश्‍वरले मलाई दिनुभएको मापदण्ड हो र मैले यो कर्तव्य पूरा गर्नुपर्छ। मैले यो कर्तव्य पूरा गर्नु मेरो दायित्व थियो। यदि मैले आफ्‍नो भविष्य र गन्तव्यको रक्षा गर्न म पछि हटेँ र यो कर्तव्य लिन इन्कार गरेँ भने, त्यो सृष्टि गरिएको प्राणीको रूपमा रहेको जीवनको मूल्यलाई गुमाउनु हुनेथियो र त्यस्तो विश्‍वासले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। हामीले मण्डलीमा कर्तव्य निभाउन सक्‍नु परेमेश्‍वरले हामीलाई उत्थान गर्नुभएको कुरा थियो, तर मैले परमेश्‍वरको इच्‍छाको बारेमा विचार नै गरिनँ, र मेरो विवेकको विरुद्धमा गएर त्यो कर्तव्यलाई इन्कार गर्न चाहन्थेँ। यो लाजमर्दो कुरा थियो, र म परमेश्‍वरको अघि जिउन योग्यको थिइनँ। यस कुरालाई त्यसरी विचार गर्दा मलाई वास्तवमै पछुतो भयो र म आफ्‍ना हितहरूलाई त्यागेर यो कर्तव्य लिन तयार भएँ। यसमा काम गर्न थालेपछि सुरु-सुरुमा निकै कठिन लागेको थियो। कसैले पनि राम्रो शैली भेट्टाएका थिएनन्, र लामो समयसम्‍म पनि काममा कुनै प्रगति भएको थिएन। मैले पनि कुनै राम्रो समाधान भेटेकी थिइनँ, र मलाई निकै चिन्ता लागिरहेको थियो, त्यसकारण मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, र ब्रदर-सिस्टरहरूसँग सङ्गति र खोजी गरेँ। सबै जनाको मैत्रीपूर्ण सहकार्यद्वारा र परमेश्‍वरको अगुवाइद्वारा, हामीले चाँडै नै एउटा बाटो भेट्टायौँ, र काममा केही प्रगति गर्‍यौँ। यो देख्दा, मैले परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिइरहेँ।

यो अनुभवले परमेश्‍वरमाथिको मेरो विश्‍वास झन् बलियो बनायो र मैले जुन कर्तव्य पूरा गरे पनि, त्यो मैले लिनुपर्ने जिम्‍मेवारी र दायित्व हो भन्‍ने देखेँ। जबाफदेहीताको डरले मैले यसलाई इन्कार गर्नु हुँदैन। त्यसो गर्नु भनेको मानवतामा कमी हुनु हो। हामीले हाम्रो कर्तव्य निभाउन सक्‍नु भनेको उहाँको आशिष हो भन्‍ने पनि मैले अनुभव गरेँ, र हाम्रो मनसाय सही छ, हामीले बोझ लिन्छौँ, अनि हामीले सत्यताको खोजी र सिद्धान्तहरूलाई पछ्याउने काममा ध्यान दिन्छौँ भने, हामीले पवित्र आत्‍माको अझै धेरै काम प्राप्त गर्नेछौँ र अझै राम्ररी आफ्‍नो कर्तव्य पूरा गर्नेछौँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

काटछाँट र निराकरणलाई कसरी लिने

—भक्ति डायरी बुधवार, अगस्ट १७, २०२२, सफा आकाश आज मैले नयाँ कर्तव्य सुरु गरेकी छु। म लेखन काम गर्दै छु। अप्रत्याशित भए पनि, यो कर्तव्य पूरा...

इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्