प्रतिष्ठा श्राप हो

25 फेब्रुअरी 2023

केही समय पहिले, मण्डलीको इन्चार्ज रहेका एक जना सुपरभाइजरलाई कामको आवश्यकताको कारण स्थानान्तर गरियो र नयाँ सुपरभाइजर छनौट गर्नु आवश्यक पर्‍यो। मैले सोचेँ, “मण्डलीमा धेरैजसो नयाँ विश्‍वासीहरू नै छन्, र मलजल काम गर्ने व्यक्ति म मात्रै हुँ। सायद अर्को मण्डलीबाट अर्का सुपरभाइजरलाई स्थानान्तर गरिनेछ।” केही दिनपछि, अगुवाहरूले सिस्टर याङ्गलाई सुपरभाइजरको रूपमा बढुवा गरिनुपर्छ भनी भने। यो कुरा सुनेपछि, म छक्‍क परेँ, र सोचेँ, “सिस्टर याङ्गले भेलाहरूमा त्यति धेरै सङ्गति गर्दिनन्। कसरी तिनलाई छनौट गर्न सकिन्छ? यसको साथै, सामान्य परिस्‍थितिहरूमा, सुपरभाइजरलाई मलजल गर्ने व्यक्तिहरू मध्येबाट नै छनौट गरिन्छ। यदि अगुवाहरूले मलाई छनौट गर्नुको सट्टा सिस्टर याङ्गलाई छनौट गर्छन् भने, तिनीहरूको नजरमा म सिस्टर याङ्गभन्दा कम स्तरकी छु। के म सिस्टर याङ्गभन्दा पनि खराब छु? किन तिनीहरूलाई मलाई छनौट गर्नुको सट्टा उनलाई छनौट गरे?” म अत्यन्तै व्याकुल थिएँ। मलाई मेरो सट्टा सिस्टर याङ्गलाई सुपरभाइजरको रूपमा छनौट गर्नु अपमान जनक छ भन्‍ने लाग्यो। यो एउटा लाजमर्दो कुरा थियो, र यसले मलाई ठूलो प्रहार गर्‍यो, त्यसकारण मैले अगुवाहरूप्रति नराम्रो सोच राख्‍न थालेँ, र तिनीहरूले मलाई नीच ठान्दा रहेछन् भन्‍ने सोचेँ। आफ्‍नो कर्तव्यमा सिस्टर याङ्गसँग सहकार्य गर्दा, ममा निकै द्वन्द्व पनि हुन्थ्यो।

एक पटक, सिस्टर याङ्ग नयाँ विश्‍वासीहरूसँग भेला हुन चाहन्थिन् त्यसकारण उनले मलाई तिनीहरूका स्थिति अनुसार परमेश्‍वरका केही वचनहरू तयार गर्नू भनी भनिन्, र उनलाई सङ्गतिमा सहयोग गर्नू भनेर भनिन्। मलाई त्यो काम गर्न मन नै थिएन, र सोचेँ, “यो तिम्रो काम हो। यदि मैले परमेश्‍वरको वचन खोजेर तिमीलाई सङ्गति गर्न सहयोग गरेको चाहन्छौ भने, तिमी सुपरभाइजर भएको के अर्थ भयो र?” तर उनको स्वाभिमानमा चोट नपुगोस् भनेर, मैले यो कुरा भनिनँ। मैले मन नभई-नभई सहमति जनाउन मात्र सकेँ। त्यसपछि, दोस्रो पटक, उनले मलाई परमेश्‍वरको वचन खोज्‍न र नयाँ विश्‍वासीहरूसँगको उनको सङ्गतिमा सहयोग गर्न अनुरोध गरिन्। मैले विशेष रूपमा यसको विरोध गरेँ, र सोचेँ, “म सुपरभाइजर होइन, त्यसकारण म यो काम गर्न चाहन्‍नँ। गएर तिमी आफै गर, त्यसपछि सुपरभाइजर हुन सजिलो छैन भन्‍ने तिमीले थाहा पाउनेछौ!” त्यसकारण, मैले परमेश्‍वरको वचनका खण्डहरू खोजेर, उनलाई भनेँ, “तपाईं गएर आफै सङ्गति गर्नुहोस्।” उनले मलाई ती नयाँ विश्‍वासीहरूको स्थिति र कठिनाइहरूको बारेमा मैले अलिक राम्ररी बुझेकी छु, र परमेश्‍वरको वचन खोज्‍ने म नै हुँ, त्यसकारण हामीले सँगै सङ्गति गर्‍यौँ भने अझै राम्रा परिणामहरू प्राप्त गर्न सक्छौँ, र भेला अझै प्रभावकारी हुनेछ भनेर भनिन्। उनले भनेको कुरा सही हो भन्‍ने मलाई थाहा थियो, तर मलाई उनीसँग सहकार्य गर्ने मन थिएन। मैले सोचेँ, “अहिले इन्‍चार्ज तिमी नै हौ, त्यसकारण भेला प्रभावकारी भएन भने पनि त्यो तिम्रै मामला हो। अगुवाहरूले यो कुरा जति चाँडै पत्ता लगाउँछन्, त्यति राम्रो हुन्छ। त्यसरी, तिनीहरूले तिम्रो ‘वास्तविक प्रतिभा’ लाई देख्‍नेछन्, र तिनीहरूले मलाई छनौट गर्नुको सट्टा तिमीलाई छनौट गर्नुका परिणामहरू बुझ्‍नेछन्।” त्यसकारण, मैले अर्को भेलामा जानुछ र म जान सक्दिनँ भन्दै बहाना बनाएँ। उनले यो भेला अझै महत्त्वपूर्ण छ भनेर भनिन्, अनि मैले अर्को भेलाको लागि समय हेरफेर गर्न सक्छु कि भनेर सोधिन्, तर मैले तोकिएको समय परिवर्तन गर्न सक्दिनँ भन्दै इन्कार गरेँ। त्यसपछि उनले मलाई मेरो भेला सकेपछि जति सक्दो चाँडो उनको भेलामा आउन अनुरोध गरिन्। मलाई जाने मन थिएन, त्यसकारण मैले झारा टार्दै भनेँ, “प्रयास गर्छु।” उनको कुरा इन्कार गरेपछि, मलाई अलिक असहज लाग्यो। मैले मण्डलीको काममा साथ दिइरहेकी छैन भन्‍ने मलाई थाहा थियो, तर त्यसपछि मैले आफ्‍नो बारेमा मनन गरिनँ, र आफ्‍नै भेलामा सहभागी हुने निर्णय गरेँ। तैपनि, ब्रदर-सिस्टरहरू भेला समाप्त हुनुभन्दा अगाडि नै गए। पछि, मलाई के थाहा भयो भने, सिस्टर याङ्गलाई यी नयाँ विश्‍वासीहरूका बारेमा त्यति धेरै थाहा थिएन, र उनको सङ्गति तिनीहरूको स्थितिप्रति केन्द्रित थिएन, त्यसकारण भेला प्रभावकारी भएन। मैले उनीसँग सहकार्य नगरेकी हुनाले, केही समय बितेपछि पनि, मण्डली जीवनमा राम्रा परिणामहरू देखिएन। नयाँ विश्‍वासीहरूका समस्याहरू र कठिनाइहरू समयमा समाधान भएनन्, तिनीहरूलाई भेलाहरूमा आउने चाहना गर्न छोडे, र सामान्यतया सक्रिय रहने एक जना समूह अगुवा समेत भेलाहरूमा आउन छोडिन्। मण्डली जीवनको अप्रभावकारीतामा मेरै जिम्‍मेवारी थियो भन्‍ने कुरा मलाई राम्ररी थाहा थियो। त्यसपछि मात्रै म आफ्‍नो बारेमा मनन गर्न परमेश्‍वरको अघि आएँ।

मैले ख्रीष्ट-विरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। “ख्रीष्ट विरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अरू सबै कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। यी मानिसहरू कुटिल, चतुर र दुष्ट मात्र हुँदैनन्, अत्यन्तै दुराशयी पनि हुन्छन्। तिनीहरूका हैसियत जोखिममा परेको देख्दा वा तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो स्थान गुमाइसकेको अवस्थामा, तिनीहरूले यी मानिसहरूको समर्थन र स्नेह गुमाउँदा, मानिसहरूले उनीहरूलाई आदर नगर्दा र उनीहरूलाई उच्‍च नठान्दा, र तिनीहरू बेइज्जतीमा परेको बेला, तिनीहरूले के गर्छन्? तिनीहरू अचानक परिवर्तन हुन्छन्। आफ्नो हैसियत गुमाउनेबित्तिकै, तिनीहरू कुनै पनि कर्तव्य निर्वाह गर्न अनिच्छुक बन्छन्, तिनीहरूले गर्ने सबै कुरा घटिया हुन्छन्, र तिनीहरूलाई कुनै पनि काम गर्ने रुचि हुँदैन। तर यो सबैभन्दा खराब प्रकटीकरण होइन। सबैभन्दा खराब प्रकटीकरण के हो? यी मानिसहरूले आफ्नो हैसियत गुमाउनेबित्तिकै र कसैले पनि तिनीहरूलाई उच्‍च नठानेपछि, र तिनीहरूद्वारा कोही नफुस्लिएपछि, तिनीहरूबाट घृणा, ईर्ष्या र बदला बाहिर निस्कन्छ। तिनीहरूमा परमेश्‍वरको डर नहुने मात्र नभई रत्तीभर आज्ञाकारिता पनि हुँदैन। यसअलावा, तिनीहरूले आफ्नो हृदयभित्र परमेश्‍वरको घर, मण्डली, अनि अगुवा र सेवकहरूलाई घृणा गर्ने सम्‍भावना हुन्छ; तिनीहरू मण्डलीको काममा समस्याहरू आऊन् वा ठप्प होस् भन्ने चाहन्छन्; तिनीहरू मण्डलीलाई हेरेर र दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर हाँस्न चाहन्छन्। तिनीहरूले सत्यताको पछि लाग्ने र परमेश्‍वरको डर मान्‍ने जो-कसैलाई घृणा पनि गर्छन्। तिनीहरूले आफ्नो कर्तव्यमा विश्‍वासयोग्य हुन र मूल्य चुकाउन इच्छुक जो-कोहीलाई आक्रमण गर्छन् र गिल्ला गर्छन्। यो ख्रीष्ट विरोधीको स्वभाव हो—र के यो दुष्ट छैन र?(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग दुई)”)। परमेश्‍वरको वचन पढ्ने क्रममा, मलाई परमेश्‍वरले आमने-सामने आएर खुलासा गरिरहनुभएको छ जस्तो लाग्यो। यतिका समय, म प्रतिष्ठा र हैसियतको लागि जिइरहेकी थिएँ। अगुवाहरूले मेरो सट्टा सिस्टर याङ्गलाई सुपरभाइजरको रूपमा बढुवा गरेको देख्दा, मैले मेरा समस्याहरूका बारेमा मनन गरिनँ, तर असन्तुष्ट बनेँ, मलाई अगुवाहरूले कम सम्झे भन्दै गुनासो गरेँ, र आफ्‍नो कर्तव्य पूरा गर्न अनिच्‍छुक भएँ। नयाँ विश्‍वासीहरूसँग सङ्गति गर्न उनीसँग सहकार्य गर्न सिस्टर याङ्गले मलाई अनुरोध गर्दा, मैले त्यसो गर्न चाहिनँ। मलाई उनको भेला अप्रभावकारी होस् भन्‍ने समेत कामना गरेँ, किनभने त्यसपछि तिनी लाजमा पर्नेथिइन् र अपमानित हुनेथिइन्, अनि म उनीभन्दा उच्‍च देखिन सक्थेँ, जसले गर्दा अगुवाहरूले मलाई सुरुमा छनौट नगरेर गल्ती गरे भन्‍ने कुरा देख्‍न सक्थे। म अत्यन्तै घृणित र आक्रमक व्यक्ति थिएँ! मण्डलीको काममा अवरोध खडा गरेर समेत, म आफ्‍नो छवि र हैसियतको रक्षा गर्न चाहन्थेँ। के यसमा मैले मेरो क्रूरता देखाइरहेकी थिइनँ र? परमेश्‍वरले यस्ता कुराहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ। यो कुरा महसुस गरिसकेपछि, मलाई पछुतो र ग्‍लानि भयो, र परमेश्‍वरप्रति म कति ऋणी छु भन्‍ने महसुस गरेँ, त्यसकारण मैले यसो भनेर प्रार्थना गरेँ, “हे परमेश्‍वर! मैले आफ्‍नो कर्तव्यमा तपाईंको इच्‍छालाई कसरी ध्यान दिने त्यसको बारेमा विचार गरिनँ, म कठोर भएँ, मैले अनुचित व्यवहार गरेँ, र मेरी सिस्टरसँग सहकार्य गरिनँ, र मैले मण्डलीको कामको बारेमा विचार गरिनँ। ममा कुनै मानवता छैन! हे परमेश्‍वर! म तपाईंका वचनहरूको न्याय र सजाय स्वीकार गरेर आफ्‍नो बारेमा गम्‍भीर रूपमा मनन गर्न चाहन्छु।”

त्यसपछि, मैले एक जना सिस्टरलाई मेरो स्थितिको बारेमा बताएँ, र उनले मलाई परमेश्‍वरका वचनहरूको दुई वटा खण्ड पठाइन्। “ख्रीष्टविरोधीहरूको लागि, उनीहरूको प्रतिष्ठा वा हैसियतलाई आक्रमण गर्नु वा खोसी लैजानु उनीहरूको ज्यान लिने प्रयास गर्नुभन्दा पनि गम्भीर कुरा हुन्छ। उनीहरूले जति उपदेशहरू सुने पनि वा परमेश्‍वरका वचनहरू जति धेरै पढे पनि, आफूले सत्यको कहिल्यै अभ्यास नगरेकोमा र ख्रीष्टविरोधीका बाटो लिएकोमा, अनि ख्रीष्टविरोधीका प्रकृति र सार धारण गरेकोमा दुःख वा पछुतो महसुस गर्नेछैनन्। यसको सट्टा, उनीहरू सधैं आफ्नो हैसियत प्राप्त गर्ने र आफ्नो इज्‍जत बढाउने उपायहरूका निम्ति आफ्नो दिमाग खियाइरहेका हुन्छन्। यो भन्‍न सकिन्छ कि यस प्रकारको व्यक्तिले जे गर्छ त्यो अरूको अगाडि गर्छ र परमेश्‍वरको अगाडि गर्दैन। म किन यसो भन्छु त? किनकि त्यस्ता मानिसहरू हैसियतलाई यति धेरै प्रेम गर्छन् कि उनीहरू त्यसलाई आफ्नो जीवन, र आफ्नो जीवनभरिको लक्ष्यको रूपमा लिन्छन्। यसबाहेक, उनीहरूले हैसियतलाई धेरै प्रेम गर्ने भएकाले उनीहरू सत्यको अस्तित्वमा कहिल्यै पनि विश्‍वास गर्दैनन्, र उनीहरू परमेश्‍वरको अस्तित्वमा पटक्‍कै विश्‍वास गर्दैनन् भनेर पनि भन्‍न सकिन्छ। यसैले, उनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न जे-जसरी हिसाबकिताब गरे पनि र मानिसहरू र परमेश्‍वरलाई झुक्याउन उनीहरूले जे-जसरी झुटा रूपरङ्गहरू प्रयोग गर्ने कोसिस गरे पनि, उनीहरूको हृदयको गहिराइमा कुनै चेतना वा ग्लानि हुँदैन, उनीहरूमा कुनै चिन्ता हुन्छ भनेर त नसोचे कै बेस(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन)”)। “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको प्रतिष्ठा हासिल गर्नु, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरको आज्ञापालन गर्न वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा प्रतिष्ठा र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। मण्डलीको काम गर्ने झन्डा फहराएर पनि आफ्नो व्यक्तिगत प्रतिष्ठा र हैसियतको पछि लाग्‍ने, आफ्नो कार्यप्रणाली चलाउने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने—के यस किसिमको व्यक्तिले आफ्नो कर्तव्य पूरा गरिरहेको हुन्छ? उनीहरूले गर्ने सबै कामहरूले अनिवार्य रूपमा बाधा पुर्‍याउँछ, अस्तव्यस्तता निम्त्याउँछ र मण्डलीको कामलाई हानि गर्छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग एक)”)। परमेश्‍वरको वचनले प्रकट गरेको कुराबाट, मैले के महसुस गरेँ भने मैले सिस्टर याङ्गको काममा सहकार्य गर्न नमान्‍नु, मैले गाह्रो व्यवहार गर्नु, र मेरो अनुचित बानीबेहोराको कारण त मैले प्रतिष्ठा र हैसियतलाई अत्यन्तै बहुमूल्य ठान्‍ने गरेकीले रहेछ। म अरूभन्दा सानो हुन वा अरूको हुकुममा बस्‍न चाहँदिनथिएँ, र मैले मेरो प्रतिष्ठा र हैसियतलाई अरू सबै कुराभन्दा माथि राख्थेँ, मानौँ यही नै मेरो जीवन हो। सिस्टर याङ्ग बढुवा भएको देख्दा, मलाई ईर्ष्या लाग्यो र म असन्तुष्ट भएँ। म उनीप्रति अत्यन्तै अटेरी पनि भएँ, र उनीसँग मेरो कर्तव्य पूरा गर्न चाहँदिनथिएँ। म छली पनि भएँ र उनलाई लाजमा पार्न जानी-जानी उनीसँग सहकार्य गरिनँ। मैले मण्डली जीवनमा साथ दिइरहेकी छैन, र यस कुरालाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍न भन्‍ने मलाई महसुस भएको भए पनि, म छवि र प्रतिष्ठाप्रति यति तल्लीन थिएँ कि मैले मण्डलीका हितहरूलाई एकातिर पन्छ्याएँ। मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेकी थिएँ भनेर कसरी भन्‍न सकिन्छ? स्पष्ट रूपमा नै, मैले त मण्डलीको काममा बाधा र व्यवधान ल्याइरहेकी थिएँ! पावलले सधैँ हैसियतको लागि लडाइ गरिरहेका हुन्थे र तिनी सधैँ आदर र सम्‍मान पाउन चाहन्थे। मण्डलीमा पत्रुसको प्रतिष्ठालाई देख्दा, तिनलाई डाहा भयो र तिनी असन्तुष्ट भए, त्यसकारण तिनले पत्रुसलाई होच्याए र आफैलाई उचाले। मैले गरेको काम पावलले गरेको कामभन्दा फरक थिएन। मैले सत्यताको खोजी गर्न परिश्रम गरिरहेकी थिइनँ, र मेरा ब्रदर-सिस्टरहरूसँग कसरी सहकार्य गर्ने र कर्तव्यमा विश्‍वासयोग्य बन्‍ने भन्‍ने बारेमा सोच्दिनथिएँ। बरु, हैसियत प्राप्त गरेर मानिसहरूलाई मेरो आदर गर्न लगाउन, मैले मण्डलीको काममा बाधा दिएँ। म शैतानको नोकर बाहेक केही पनि थिइनँ। प्रतिष्ठा र हैसियतले मलाई अत्यन्तै गहिरो चोट पुर्‍याएको थियो। म उप्रान्त हैसियतको पछि लाग्‍न चाहन्‍नथिएँ। म मेरो भ्रष्ट स्वभावलाई समाधान गर्न जतिसक्दो चाँडो सत्यताको खोजी गर्न चाहन्थेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ। “परमेश्‍वरले हैसियतको पछि लाग्‍ने मानिसहरूलाई जत्तिको अरू कसैलाई घृणा गर्नुहुन्‍न, किनभने हैसियतको पछि लाग्‍नु शैतानी स्वभाव हो, यो गलत बाटो हो, यो शैतानको भ्रष्टताबाट आउने कुरा हो, यो परमेश्‍वरले निन्दा गर्नुहुने कुरा हो, र परमेश्‍वरले न्याय गर्नुहुने र शुद्ध पार्नुहुने कुरा नै यही हो। परमेश्‍वरले हैसियतको पछि लाग्‍ने मानिसहरूलाई जत्तिको अरू कसैलाई घिनाउनुहुन्‍न, तैपनि तँ जिद्दी भई हैसियतको लागि होड गर्छस्, र सधैँ यसलाई आफ्‍नो बनाउने प्रयास गर्दै सदासर्वदा यसैलाई प्यार र रक्षा गर्छस्। अनि, प्रकृतिको हिसाबमा, के यो सब परमेश्‍वरविरोधी हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्‍वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई परमेश्‍वरको स्वीकार्य सृष्टि अर्थात् परमेश्‍वरका साना र महत्त्वहीन सृष्टि बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्‍मान गर्ने व्यक्ति बनाउनुहुन्‍न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्‍नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्‍ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्‍वरले यसलाई स्याबासी दिनुहुन्‍न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले दिनुहुन्‍न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र यो गन्तव्यहीन मार्ग हो। तँ यो कुरा बुझ्छस्, होइन त?(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन)”)। परमेश्‍वरको वचनमा, मैले मानिसहरूप्रति परमेश्‍वरले दिनुभएको अर्ती र चेतावनी देखेँ, र परमेश्‍वरले हैसियतको खोजीलाई घृणा र तिरस्कार गर्नुहुन्छ भन्‍ने थाहा पाएँ। यदि मैले पश्‍चात्ताप गरिनँ भने, म अन्त्यमा गन्तव्य नभएको बाटोमा पुग्‍नेथिएँ। परमेश्‍वरले यति धेरै सत्यता व्यक्त गर्नुभएको छ, र मलाई आफ्‍नो कर्तव्य पूरा गर्ने मौका दिनुभएको छ, ताकि आफ्‍नो कर्तव्यमा मैले सत्यताको खोजी गर्न सकूँ, सत्यतालाई चिनेर यसका वास्तविकताहरूमा प्रवेश गर्न सकूँ, तर म त अन्धाधुन्ध प्रतिष्ठा र हैसियतको पछि लागेँ। के यो परमेश्‍वरका मापदण्डहरूको विरुद्धमा जानु होइन र? गहन रूपमा भ्रष्ट भएको मानवलाई मुक्ति दिन, परमेश्‍वर व्यक्तिगत रूपमा देह बनेर पृथ्वीमा आउनुभयो, परमेश्‍वर सर्वोच्‍च र महान् हुनुहुन्छ, तैपनि उहाँले कहिल्यै पनि धाक लगाउनुहुन्‍न। उहाँले गुप्तमा सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई मुक्ति दिने काम गर्नुहुन्छ। परमेश्‍वर अत्यन्तै नम्र र प्रेमले भरपूर हुनुहुन्छ! म फोहोर र भ्रष्टताले भरिएकी एक सृष्टि हुँ, तैपनि म सधैँ मानिसहरूको हृदयमा स्थान लिन र मानिसहरूलाई मेरो आदर गर्ने तुल्याउन चाहन्थेँ। यो अत्यन्तै अहङ्कारी र लाजमर्दो काम थियो! मैले परमेश्‍वरको घरबाट निष्कासित भएका ख्रीष्टविरोधीहरूको बारेमा पनि सोचेँ। हैसियतको लागि प्रतिस्पर्धा गर्न, तिनीहरूले जहाँ पनि तिनीहरूलाई औँल्याउनेहरूलाई आक्रमण गर्थे र बन्चित गर्थे, र मण्डलीका हितहरूमा हानि गर्न वा मण्डलीको काममा गम्‍भीर बाधा दिन कहिल्यै हिचकिचाउँदैनथिए, अन्त्यमा, तिनीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याए त्यसपछि खुलासामा परेर निष्कासित भए। यो अवधिमा, मैले सकारात्मक भूमिका निर्वाह गरिनँ, र प्रतिष्ठा र हैसियतको पछि लाग्‍न मण्डलीको काममा बाधा दिएँ। तर परमेश्‍वरका वचनहरूले मलाई आफैलाई चिन्‍न र परमेश्‍वरको इच्छा बुझ्न मदत गरे। यो कुरा महसुस गरिसकेपछि, मैले म उचित रूपमा पश्‍चात्ताप गर्छु र गलत मार्गमा हिँड्न छोड्छु भनेर मनमनै सङ्कल्‍प गरेँ।

मेरो स्थिति अलिक परिवर्तन भएपछि, सिस्टर याङ्गप्रतिको मेरो दृष्टिकोण पनि परिवर्तन भयो। मैले उनले आफ्‍नो कर्तव्यमा बोझ लिन्छिन्, र उनको कामका सबै पक्षहरू राम्ररी गरिने गरिएका छन् भन्‍ने देखेँ। कतिपय कामहरू उनले पहिले कहिल्यै नगरेकी भए पनि, उनले नम्र भई अरूबाट खोजी गर्न सक्थिन् र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न अरूसँग सहकार्य गर्न सक्थिन्। उनी आफ्‍नो कर्तव्यमा जिम्‍मेवार थिइन्, उनले सत्यताको खोजी गर्थिन्, र उनलाई वृद्धि-विकास गर्न सकिन्थ्यो। तैपनि, म अल्छी थिएँ र आफ्‍नो कर्तव्यमा कुनै वास्तविक बोझ लिँदिनथिएँ र कुनै जिम्‍मेवारीको बोध गरेकी थिइनँ, ममा हैसियतप्रति ठूलो इच्‍छा थियो, र म सुपरभाइजर हुन योग्य थिइनँ। मेरा ब्रदर-सिस्टरहरूले मलाई छनौट गरेनन्। तिनीहरूसँग समझशक्ति थियो र सिद्धान्तहरू नै तिनीहरूले यो काम गरेका थिए। मैले उनीसँग संघर्ष गर्नु हुँदैन। मैले उनका सबल पक्षहरूबाट सिकेर मण्डलीको काम राम्ररी गर्न उनीसँग मिलेर काम गर्नुपर्छ।

पछि, एक पटक, सिस्टर याङ्गले एक जना नयाँ विश्‍वासीमा केही समस्याहरू छन् भनी उल्‍लेख गरिन्, र मलाई कुनै राम्रा समाधानहरू छन् कि भनेर सोधिन्। मैले सोचेँ, “यदि मैले उनलाई मेरा विचारहरू बताएँ, र उनले समस्या समाधान गरिन् भने, नयाँ विश्‍वासीहरूले मलाई होइन, उनलाई उच्‍च नजरले हेर्नेछन्।” यो सोच्दा, मैले मेरो आफ्‍नै छवि र हैसियतको बारेमा फेरि विचार गरिरहेकी रहेछु भन्‍ने मलाई महसुस भयो, त्यसकारण मैले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गरेँ। यस बेला, मलाई परमेश्‍वरका यी वचनहरू याद आयो, “तैँले यी कुराहरूलाई छोडिदिन र पन्छाउन, अन्य व्यक्तिहरूलाई सिफारिस गर्न, अनि तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा गौरव प्राप्त गर्ने अवसर भेटाएको बेलामा फाइदा लिनको लागि संघर्ष वा हतार गर्ने नगर्। तैँले यी कुराहरूलाई पन्छ्याउन सक्‍नुपर्छ, तर आफ्नो कर्तव्य निर्वाह गर्न भने ढिलाइ गर्नु हुँदैन। यस्तो व्यक्ति बन्नू जो चुपचाप गुमनाम रहेर काम गर्छ, र जसले बफादारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहँदा अन्य व्यक्तिहरूलाई धाक देखाउँदै हिँड्दैन। तैँले आफ्नो प्रतिष्ठा र हैसियतलाई जति धेरै छाडिदिन्छस्, र तैँले आफ्ना चासोहरूलाई जति धेरै छाडिदिन्छस्, तँ त्यति नै धेरै शान्त हुनेछस् र तेरो हृदयभित्र त्यति नै धेरै ज्योति हुनेछ अनि तेरो अवस्था त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ यो कुरालाई विश्‍वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यस प्रकारको भ्रष्ट अवस्थालाई बदल्न चाहन्छस्, र यी कुराहरूबाट नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सत्यता खोजी गर्नुपर्छ, र यी कुराहरूको सार स्पष्टसित बुझ्नुपर्छ, र त्यसपछि तिनलाई पन्छाउनु र परित्याग गर्नुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरको वचनले मेरो लागि अभ्यासको मार्ग देखायो। जब मेरो आफ्‍नै छवि र हैसियतको कुरा आउँछ, मैले यसलाई त्याग्‍न, पन्छ्याउन सिक्‍नुपर्छ, र अरूलाई नै सिफारिस गर्नुपर्छ, परमेश्‍वरको अघि आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ, अनि परमेश्‍वरको छानबिनलाई स्वीकार गर्नुपर्छ। सही खोजी यही नै हो, र यो परमेश्‍वरको इच्‍छा अनुरूप छ। अहिले, मेरी सिस्टर समस्याको समाधान गर्ने उपायहरूको बारेमा छलफल गर्न मकहाँ आएकी थिइन्, र यसलाई जसले समाधान गरेको देखिए पनि, नयाँ विश्‍वासीहरूका समस्याहरूलाई समाधान गर्न सक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। यो परमेश्‍वरले मलाई सत्यता अभ्यास गर्नको लागि दिनुभएको मौका पनि थियो। यसको बारेमा विचार गरेपछि, मैले मेरी सिस्टरलाई आफूले बुझेको सबै कुरा बताएँ। यसरी अभ्यास गर्न थालेपछि, मलाई निकै सुरक्षित र ढुक्‍क महसुस हुन थाल्यो। त्यसपछि, जब मेरी सिस्टरले मलाई नयाँ विश्‍वासीहरूका समस्याहरू कसरी समाधान गर्ने भनी सोध्दा, मैले उनलाई मेरा सोचाइ र विचारहरू बताउँथेँ, र उनले मलाई जुन काम गर्न दिए पनि, म यसलाई सही रूपमा लिन सक्थेँ। मलाई यो मेरो कर्तव्य हो भन्‍ने थाहा हुन्थ्यो, र म सहर्ष मेरो योगदान दिन्थेँ। यसरी, उनीसँगको मेरो सहकार्य सामान्य बन्यो, र मण्डली जीवन अझै प्रभावकारी हुँदै गयो।

यस अनुभवबाट मैले प्रतिष्ठा र हैसियतको पछि लाग्‍ने मेरो गलत मार्गको बारेमा केही ज्ञान प्राप्त गरेँ। प्रतिष्ठा र हैसियत सम्‍बन्धी मेरो खोजीमा, मैले मण्डलीका हितहरूमा हानि गर्न सक्‍ने कुराहरू गर्न सक्छु, र मण्डलीको काममा बाधा र व्यवधानहरू ल्याउन सक्छु भन्‍ने मलाई थाहा भयो। प्रतिष्ठा र हैसियतको पछि लाग्‍नु सही मार्ग होइन भन्‍ने कुरा मैले गहन रूपमा अनुभव गरेँ। यसले मानिसहरूलाई झन्-झन् बढी परमेश्‍वरको विरोध गर्ने तुल्याउन सक्छ, र अन्त्यमा तिनीहरू परमेश्‍वरद्वारा इन्कारिनु पर्ने हुन्छ। यसको साथै, मैले के पनि बुझेँ भने परमेश्‍वरले आफ्‍नो कर्तव्यमा सत्यता र स्वभाव परिवर्तनको खोजी गर्नमा ध्यान केन्द्रित गर्न सक्‍ने मानिसहरूलाई मन पराउनुहुन्छ। सृष्टि गरिएको प्राणीको कर्तव्यलाई वास्तविक रूपमा पूरा गरेर मात्रै हामी परमेश्‍वरको इच्‍छा अनुरूप हुन सक्छौँ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

गलत व्यक्तिलाई प्रयोग गरेपछि मनन

सन् २०२० को ग्रीष्मकालमा, म मण्डलीको लेख-रचनासम्‍बन्धी कामको इन्‍चार्ज थिएँ। एक दिन, मैले याङ कान शब्‍दहरू प्रयोग गर्न सिपालु छिन् र निकै...

आफ्नो कर्तव्यमा लागिरहनु

याङ्ग्मु, दक्षिण कोरियाम ब्रदर-सिष्टरहरूले प्रदर्शन गरेको, परमेश्‍वरको प्रशंसा गर्दै गीत गाएको देख्दा म डाह गर्थें। म एक दिन मञ्चमा गएर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्