म अब उमेरका कारण व्याकुल वा चिन्तित हुन्नँ

7 अक्टोबर 2025

नाश, कम्बोडिया

सन् १९९५ मा, मेरी श्रीमती र मैले प्रभु येशूमा विश्‍वास गर्न थाल्यौँ, र त्यसको दुई वर्षपछि, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गर्‍यौँ। मैले आफ्नो जीवनकालमा प्रभुलाई स्वागत गर्न सक्छु भनेर कहिल्यै सोचेको थिइनँ। मलाई धेरै खुसी लाग्यो। त्यसपछि, मैले सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। जतिसुकै व्यस्त भए पनि, मैले कहिल्यै ढिलाइ गरिनँ। म त्यतिबेला एकदमै उत्साहित थिएँ। मेरा गैरविश्‍वासी परिवारका सदस्यहरूले मलाई विरोध गरेर अडचन ल्याए पनि, मैले दुःख भोगिरहेको महसुस गरिनँ।

समय बित्दै गयो र वर्षहरू बिते, आँखा झिम्म गर्दै सत्ताईस वर्ष बितिसकेछ, र म साठी वर्ष पुगिसकेको थिएँ। मेरो शरीर पहिलेको जस्तो राम्रो छैन भन्‍ने मलाई स्पष्ट थियो, र मेरो स्मरणशक्ति धेरै कमजोर भएको थियो। म अहिले कुरा गऱ्यो अहिल्यै बिर्सन्थेँ, र कहिलकाहीँ भुलक्कड हुन्थेँ। मैले आँखाको दुइटा शल्यक्रिया गराएको थिएँ, र कम्प्युटरमा लामो समय हेरेपछि, मेरा आँखा दुख्थे र आँसु आउन थाल्थ्यो, अनि साँझसम्ममा, मेरो दृष्टि धमिलो हुन्थ्यो। कहिलेकाहीँ, हिँड्दा मेरो शरीर थाहै नपाई दाहिनेतिर मोडिएको म थाहा पाउँथेँ। म सिधा हिँड्न खोज्थेँ, तर म दाहिनेतिर नढल्की रहन सक्दैनथेँ। कतै मलाई आंशिक पक्षघात हुने हो कि भनेर म चिन्तित थिएँ। पछि, मैले आफ्नो आरामको समय उचित रूपले मिलाएँ, हरेक दिन व्यायाम गरेँ, र एक जना ब्रदरले मलाई फिजियोथेरापीमा मद्दत गरे। केही समयपछि, मेरो स्वास्थ्यमा सुधार आयो, तर अझै पनि कर्तव्य निर्वाह गर्ने आफ्नो चाहनालाई शक्तिले साथ नदिएको मलाई महसुस हुन्थ्यो। म जवान मानिसहरूले आफ्नो मुख्य काम राम्ररी गरिरहेका र अरू कर्तव्यहरू पनि जिम्मा लिइरहेका देख्थेँ। तिनीहरूको तुलनामा, मेरो कामको बोझ गह्रौँ थिएन, तर मलाई त्यो धेरै बोझिलो लाग्थ्यो। तब मात्र मैले आफू साँच्चै बूढो हुँदै गएको महसुस गरेँ। मलाई म राम्ररी श्रम पनि गर्न नसक्ने, धर्तीको बोझ भएको छु, र मैले आफ्नो कर्तव्य निर्वाह गर्ने मौका नै पो गुमाउँछु कि जस्तो लाग्यो। म मेरा आँखा झन् बिग्रिए भने, परमेश्‍वरका वचनहरू पढ्नसमेत नसकूँला कि भनेर पनि चिन्तित थिएँ। के त्यतिबेला पनि मैले मुक्ति पाउने मौका पाउँथेँ होला त? यी कुराहरू सोच्दा, मलाई मनमा अलि दुःख लाग्यो। मैले आफ्नो कर्तव्य गरिरहेको भए पनि, सत्य कुरा त, म नकारात्मक र निष्क्रिय स्थितिमा परेको थिएँ। म रोबोटले जस्तै यान्त्रिक रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको थिएँ, र कहिलेकाहीँ त, कम्प्युटरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेला, म निदाइदिन्थेँ। यसरी, म केवल झारा टार्दै दिन काटिरहेको थिएँ। कहिलेकाहीँ, म यस्तो सोच्दै परमेश्‍वरलाई गलतसमेत बुझ्थेँ, “सुसमाचार यति धेरै फैलिरहेकै बेला म चाहिँ किन बेकामको हुनुपर्‍यो? यदि म केही दशकपछि मात्र जन्मेको भए हुन्थ्यो! यस्तो लाग्छ, म परमेश्‍वरले मुक्ति दिनलागेको व्यक्ति होइन, म त केवल सेवाकर्ता हुँ।” कर्तव्य गर्नु; जति धेरै म यसबारे सोच्थेँ, त्यति नै म दिक्दार हुन्थेँ, र आफ्नो कर्तव्य गर्ने प्रेरणा गुमाउँथेँ। कोही ब्रदर-सिस्टरले मलाई देख्दा सोध्थे, “के भयो? तपाईँ त फरक देखिनुहुन्छ। कर्तव्यप्रतिको तपाईँको त्यो मनोवेग कता गयो?” म असहाय हुँदै जवाफ दिन्थेँ, “म अब बूढो भएँ, पहिलेको जस्तो छैनँ।” त्यस दौरान, म सधैँ नकारात्मकतामा बाँचिरहेको थिएँ, तर मैले त्यसको कारण पत्ता लगाउन सकिनँ।

म असाध्यै पीडामा हुँदा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सुनेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्‍ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्‍ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘मेरो स्वास्थ्य स्थिति त्यति राम्रो छैन र मैले कुन कर्तव्य निभाउन सक्‍छु भन्‍नेबारेमा पनि सीमितता आएको छ। यदि मैले यो सानो कर्तव्य मात्रै पूरा गरेँ भने, के परमेश्‍वरले मलाई सम्झनुहोला त? कहिलेकहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। मलाई हेरचाह गर्ने कोही नहुँदा, मैले आफ्‍नो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्‍वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्‍न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र मसँग अरूलाई बताउनलायक कुनै अनुभव छैन। म वृद्ध भइसकेँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र म पहिलेजस्तो दह्रिलो पनि छैनँ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्‍नो कर्तव्य पूरा गर्न नसक्‍ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। म मुक्ति प्राप्त गर्न र सत्यता पछ्याउन चाहन्छु तर साह्रै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ तिनीहरूले यी कुराहरू सोच्दा, तिनीहरू फिक्री गर्न थाल्छन् र यस्तो सोच्छन्, ‘मैले कसरी यो उमेरमा मात्रै परमेश्‍वरमा विश्‍वास गर्न थालेँ? म किन २० र ३० वर्षतिरका मानिसहरूजस्तो, वा ४० वा ५० वर्षतिरका मानिसहरूजस्तो समेत छैनँ? मैले कसरी बुढो भएपछि मात्रै परमेश्‍वरको कामबारे थाहा पाएँ? मेरो भाग्य खराब पनि होइन; कम्तीमा पनि अहिले मैले परमेश्‍वरको कामबारे थाहा पाएँ। मेरो भाग्य राम्रो छ, र परमेश्‍वर मसँग दयालु हुनुभएको छ! मलाई एउटै कुरामा मात्रै खुसी लागेको छैन, र त्यो के हो भने म साह्रै बुढो भइसकेको छु। मेरो स्मरण शक्ति राम्रो छैन, र मेरो स्वास्थ्य स्थिति पनि राम्रो छैन, तर मेरो हृदय दह्रिलो छ। यति मात्र हो मेरो शरीरले मैले भनेको मान्दैन, र भेलाहरूमा केही समय सुनेपछि मलाई निद्रा लाग्छ। कहिलेकहीँ म प्रार्थना गर्न आँखा बन्द गर्छु र निदाउन पुग्छु, र परमेश्‍वरका वचनहरू पढ्दा मेरो मन घुम्छ। थोरै पढेपछि पनि, मलाई निद्रा लाग्छ र म झुल्छु, र उहाँका वचनहरू बुझ्दिनँ। मैले के गर्न सक्छु? यस्ता व्यावहारिक कठिनाइहरू भए पनि, के मैले अझै सत्यता पछ्याउन र बुझ्‍न सक्छु? यदि मैले सकिनँ भने, र यदि म सत्यता सिद्धान्तहरू अभ्यास गर्न असक्षम भएँ भने, के मेरो सबै विश्‍वास व्यर्थ हुँदैन र? के म मुक्ति प्राप्त गर्न असफल हुँदिनँ र? मैले के गर्न सक्छु? मलाई साह्रै चिन्ता लाग्छ! …’ … यी पाका मानिसहरू आफ्‍नो उमेरको कारण हैरानी, बेचैनी र चिन्ताको गहिराइमा डुब्छन्। कुनै मुस्किल, बाधा, कठिनाइ, वा अवरोध सामना गर्दा, हरेक-पटक नै तिनीहरूले आफ्‍नो उमेरलाई दोष दिन्छन्, र आफूलाई घृणासमेत गर्छन् र आफूलाई मन पराउँदैनन्। तर जे भए पनि, यसको कुनै सीप लाग्दैन, कुनै हल हुँदैन, र तिनीहरूसँग अघि बढ्ने कुनै बाटो हुँदैन। के साँच्‍चै तिनीहरूसँग अघि बढ्ने कुनै बाटो नहुने हो त? के यसको कुनै हल छ? (पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ।) पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ, त्यो स्वीकार्य छ, होइन र? के पाकाहरू तिनीहरूको उमेरको कारण सत्यता पछ्याउन नसक्‍ने हुन्छ र? के तिनीहरू सत्यता बुझ्‍न सक्‍ने हुँदैनन् र? (बुझ्‍न सक्‍ने हुन्छन्।) के पाकाहरूले सत्यता बुझ्‍न सक्छन्? तिनीहरूले केही सत्यता बुझ्‍न सक्छन्, र भक्खरकाहरूले पनि सबै त बुझ्‍न सक्दैनन्। पाकाहरूमा सधैँ भ्रम हुन्छ, र तिनीहरूलाई आफू अन्योलमा परेको छु, आफ्नो स्मरण शक्ति खराब छ, त्यसकारण आफूले सत्यता बुझ्‍न सक्‍दिनँ भन्‍ने लाग्छ। के तिनीहरूको यो कुरा सही हो त? (होइन।) भक्खरकाहरूसँग पाकाहरूमा भन्दा निकै बढी ऊर्जा हुने, र तिनीहरू शारीरिक रूपमा दह्रिला हुने भए पनि, तिनीहरूको बुझ्‍ने, जान्‍ने, र चिन्‍ने क्षमता पाकाहरूको जति नै हुन्छ। के पाकाहरू पनि कुनै बेला जवान नै थिएनन् र? तिनीहरू बुढो भएर जन्‍मेका थिएनन्, र भक्खरकाहरू पनि एक दिन वृद्ध हुनेछन्। पाकाहरूले सधैँ आफू वृद्ध, शारीरिक रूपमा कमजोर, बिसन्चो, र स्मरण शक्ति कमजोर भएको कारण, भक्खरकाहरूभन्दा फरक छु भनेर सोच्‍नु हुँदैन। वास्तवमा, यहाँ कुनै भिन्‍नता हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरू सुनेपछि, मैले व्यक्ति युवास्थाबाट वृद्धावस्थामा जानु एक सामान्य प्रक्रिया हो। हरेक व्यक्ति युवास्था र वृद्धावस्था दुवैबाट गुज्रन्छ, तर परमेश्‍वरको नजरमा, जवान र वृद्ध मानिसहरू एकै हुन्। खालि जवान मानिसहरूमा वृद्ध मानिसहरूमाभन्दा बढी ऊर्जा र शारीरिक शक्ति हुन्छ। तर, मानिसहरूको बुझ्ने र बोध गर्ने क्षमता एउटै हुन्छ। परमेश्‍वरले जवान मानिसहरूलाई काखी च्याप्नुहुन्न, न त वृद्धहरूलाई तिरस्कार नै गर्नुहुन्छ। तैपनि म परमेश्‍वरको अभिप्रायबारे स्पष्ट भएको थिइनँ र उहाँलाई गलतसमेत बुझेको थिएँ। मैले आफू बूढो, कमजोर स्वास्थ्यको र कमजोर दृष्टिको भएकाले, जवानीमा जस्तो जोसका साथ आफ्नो कर्तव्य गर्न सक्दिनँ, र त्यसैले म मुक्ति पाउन सक्दिनँ भनेर सोचेको थिएँ। मैले सुसमाचार फैलिरहेको यस चरणअघि नै मलाई बूढो हुन दिनुभएकामा परमेश्‍वरलाई गुनासोसमेत गरेँ। म साँच्चै असमझदार भएको रहेछु! यी विकृत सोचहरूले मलाई बाधा दिएका थिए, जसले मलाई नकारात्मक हुन, सत्यता पछ्याइ रोक्न, र झारा टार्दै दिन काट्न लगाए। म आफूले गर्नुपर्ने आधारभूत कुराहरू वा आफूले गर्न सक्ने कुराहरू समेत गरिरहेको थिइनँ। परमेश्‍वरले के भन्नुभयो भने वृद्ध मानिसहरूले आफूले सकेसम्म आफ्नो कर्तव्य गर्न सक्छन्। वास्तवमा, वृद्ध मानिसहरूका लागि, ब्रदर-सिस्टरहरूको अतिथिसेवा गर्ने, सुसमाचार प्रचार गर्ने, नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने, र प्रवचनहरू लेख्ने जस्ता उपयुक्त धेरै कर्तव्यहरू छन्। कुनै व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न तत्पर रहेसम्म, उसले निर्वाह गर्नुपर्ने धेरै कर्तव्यहरू हुन्छन्। म बूढो भए तापनि, मण्डलीले मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने मौका दिएकै थियो। म अनलाइन सुसमाचार प्रचार गर्न सक्थेँ र त्यसो गर्न नयाँ आगन्तुकहरूलाई संवर्धन गर्न सक्थेँ। मैले निर्वाह गर्न सक्ने धेरै कर्तव्यहरू थिए, तर मैले आफूलाई जवान मानिसहरूसँग तुलना गरिरहेकाले, आफ्नो वर्तमान कर्तव्य राम्ररी गर्न आफ्नो मनलाई शान्त पार्न सकिनँ। जब मैले यसबारे सोचेँ, तब मैले आफ्ना समस्या र कठिनाइहरू समाधान गर्न सकिने रहेछ भन्‍ने बुझेँ। मेरो स्मरणशक्ति कमजोर हुनाले, म टिपोट लिन सक्थेँ, र कम्प्युटर लामो समय प्रयोग गर्नाले आँखा असहज हुँदा, म उपयुक्त आराम लिन र आँखाको व्यायाम गर्न सक्थेँ। म आँखाको थकान हटाउन तातो पट्टी पनि प्रयोग गर्न सक्थेँ। यी कुरा बुझेपछि, मलाई अब आफ्नो उमेरले असर गरेको महसुस भएन, र म सक्दो आफ्नो कर्तव्य राम्ररी गर्न इच्छुक भएँ।

त्यसपछि, मैले सोचेँ, “किन होला, म जवान हुँदा, आफ्नो कर्तव्य जतिसुकै कठिन वा थकाइलाग्दो भए पनि, ममा सधैँ ऊर्जा हुन्थ्यो, तर अब म बूढो छु र मेरो स्वास्थ्य राम्रो छैन, आफूले धेरै गर्न सक्दिनँ भन्‍ने सोच्दा मलाई निष्क्रिय र नकारात्मक महसुस हुन्छ?” त्यसपछि मैले पहिले पढेका परमेश्‍वरका वचनका दुइटा खण्ड सम्झेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम पाउने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने दरार मात्रै हुन्छ। यी कुराहरू यो अवस्थासम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्‍बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्‍न सक्‍ने मानिसहरू कति छन्? मलाई विश्‍वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्‍वरसँगको त्यस्तो सम्‍बन्ध कति लाजमर्दो र कुरूप हुन्छ, त्यसको बारेमा कसैले पनि कल्‍पना गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ)। “मानिसहरूले आशिष्, इनाम, र मुकुट पाउन परमेश्‍वरमा विश्‍वास गर्छन्। के हरेकको हृदयमा यही कुरा हुँदैन र? हुन्छ, र यही तथ्य हो। मानिसहरूले यसबारेमा त्यति कुरा नगरे पनि, र तिनीहरूले आशिष्‌हरू पाउने आफ्‍नो मनसाय र इच्छालाई प्रायजसो लुकाउने भए पनि, मानिसहरूको हृदयभित्र हुने यो इच्छा र मनसाय सधैँ नै अटल रूपमा रही आएको छ। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य पूरा गरे पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आफ्‍नो हृदयमा लुकेको आशिष्‌ पाउने मनसाय कहिल्यै त्याग्न सक्दैनन्, र सधैँ चुपचाप यसको सेवामा दुःख गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष्‌ प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य गर्नेथियौ र परमेश्‍वरलाई पछ्याउनेथियौ? यदि यो आशिष्‌ प्राप्त गर्ने प्रेरणालाई मनबाट निकालेर फाल्न सके मानिसहरू कस्ता हुनेथिए? सायद धेरै मानिसहरू नकारात्मक हुनेथिए, र उनीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यमा प्रेरणारहित बन्‍नेथिए। उनीहरूले आफ्नो हंस हराएझैँ परमेश्‍वरमाथिको विश्‍वासमा आफ्नो रुचि गुमाउने थिए। उनीहरू हृदय थुतिएका प्राणीजस्तै देखिने थिए। त्यसैले त म भन्छु, आशिष्‌ पाउने मनसाय भनेको मानिसहरूको हृदयको गहिराइभित्र लुकेको कुरा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्‍वरका खुलासाका वचनहरू पढेपछि, मलाई भित्रैदेखि लाज लाग्यो। मैले त केवल परमेश्‍वरका आशिषहरू कमाउनका लागि पो उहाँमाथि विश्‍वास गरेको अनि त्याग गरेको रहेछु। मैले जवान हुँदा, उत्सुकतापूर्वक सुसमाचार प्रचार गर्न सकेको थिएँ र परमेश्‍वरका लागि आफूलाई समर्पित गर्न इच्छुक भएको थिएँ, र जतिसुकै पीडा वा थकान भए पनि, मैले कहिल्यै गुनासो गरिनँ किनभने धेरै काम गरेँ र असल कार्यहरू तयार पार्न धेरै सुसमाचार प्रचार गरेँ भने, परमेश्‍वरले मलाई मुक्ति दिनुहुनेछ र म उहाँका आशिषहरू पाउनेछु भन्‍ने सोचेको थिएँ। आँखा झिमिक्क गर्दा, बीस वर्षभन्दा बढी समय बितिसकेछ, र अब, मेरो वृद्धावस्था र कमजोर स्वास्थ्यमा, मैले गर्न सक्ने कर्तव्यहरूको दायरा सीमित भएको थियो, त्यसैले मैले अब आशिष्‌हरू पाउन वा मुक्ति पाउन सक्दिनँ भन्‍ने सोचेँ। आशिष्‌ पाउने आफ्नो इच्छा चकनाचुर भएको देख्दा, म निराश भएँ र आफैँमा हरेस खाएँ। मैले आफूले गर्नुपर्ने र गर्न सक्ने कामसमेत गर्न चाहिनँ। मेरो पहिलेको तथाकथित आस्था र प्रेम सबै हरायो। मलाई अब परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन भन्‍नेसमेत लाग्यो। मेरो हृदय परमेश्‍वरप्रति गलतफहमी र गुनासोले भरिएको थियो। मैले परमेश्‍वरमाथिको मेरो विश्‍वास त केवल आशिष्‌का लागि, र आफूले चुकाएको मूल्य त परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास पो रहेछ भन्‍ने बुझेँ। मैले आफू वरपरका धेरै वृद्ध ब्रदर-सिस्टरहरूलाई सम्झेँ, कोही त मभन्दा पनि पाका थिए, र उनीहरू सबै कसरी चुपचाप आफूले सकेजति आफ्नो कर्तव्य गरिरहेका छन् भनेर सोचेँ। मैले किन त्यस्तै गर्न सकिनँ? म निरन्तर चिन्तामा जिइरहेको थिएँ, र मैले मेरा लागि उपलब्ध कुनै पनि सत्यता खोजी गरिनँ। के म विनाश पर्खेर निष्क्रिय बसिरहेको थिइनँ र? शैतानले मलाई परमेश्‍वरमाथिको आस्था गुमाउन र सत्यता पछ्याउने मेरो मौका त्याग्न लगाउने आशामा, मेरो वृद्धावस्था, कमजोर स्वास्थ्य, कमजोर स्मरणशक्ति, र धमिलो दृष्टि जस्ता मेरा विभिन्न कठिनाइहरू प्रयोग गरेर मलाई बाधा दिइरहेको थियो। म अबदेखि शैतानको चालमा फस्नु हुँदैनथ्यो। मैले परमेश्‍वरको प्रेमको ऋण चुकाउन आफ्नो कर्तव्य राम्ररी गर्नुपर्थ्यो।

पछि, मैले परमेश्‍वरका केही वचन पढेँ: “मैले तिमीहरू पिछडिएका वा कम क्षमताका छौ भनेर भने पनि नभने पनि—यी सब तथ्य हुन्। मैले त्यसो भनेको कुराले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा हराएको छु र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्‍ने प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एकै जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्‍ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथि-सत्कार प्रदान गर्न सक्छस् भने, तँसँग मेरा मागहरू त्यस क्षमताअनुसार हुनेछन्; यदि तँ अतिथि-सत्कार गर्न सक्दिनँ, निश्‍चित कामहरू मात्र गर्न सक्छु भन्छस् भने, जस्तै सुसमाचार फैलाउने वा मण्डलीको रेखदेख गर्ने वा अन्य सामान्य कुराहरूमा सहभागी हुने, मैले तँलाई सिद्ध बनाउने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्‍वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्। अन्त्यमा, मानिसले यी तीन कुराहरू हासिल गर्नु आवश्यक हुन्छ र यदि उसले ती प्राप्त गर्न सक्छ भने, उसलाई सिद्ध बनाइनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। “हरेक व्यक्तिको हकमा भन्दा, उसको क्षमता, उसको उमेर, वा उसले परमेश्‍वरमा विश्‍वास गरेको अवधि जे-जति भए पनि, तैँले सत्यता पछ्याउने मार्गमा प्रयास लगाउनुपर्छ। तैँले कुनै पनि वस्तुगत बहानालाई जोड दिनु हुँदैन; तैँले सर्तरहित रूपमा सत्यता पछ्याउनुपर्छ। झारा टार्दै नबस्। मानौँ तैँले सत्यता पछ्याइलाई आफ्नो जीवनको सबैभन्दा ठूलो कुराको रूपमा लिन्छस्, र यसमा लागिपर्छस् र मेहनत गर्छस्, र सायद तैँले तेरो खोजीमा प्राप्त गरेको र भेट्न सकेको सत्यता तैँले इच्छा गरेको जस्तो नहुन सक्छ, तर यदि परमेश्‍वरले सत्यताको तेरो पछ्याइमा तैँले देखाएको मनोवृत्ति र तेरो इमानदारीको आधारमा तँलाई उचित गन्तव्य दिन्छु भनी भन्‍नुभयो भने—त्यो कति राम्रो हुनेछ! अहिलेका लागि तेरो गन्तव्य वा परिणाम कस्तो हुनेछ अनि के हुनेछ र भविष्य कस्तो हुन्छ, वा तँ विपत्तिबाट जोगिन सक्‍नेछस् कि मर्नेछस्—यी कुराहरूका बारेमा सोच्‍ने वा यी कुराहरूका बारेमा अनुरोधहरू गर्ने नगर्। परमेश्‍वरका वचन र उहाँका मागहरूमा मात्रै ध्यान दे, र सत्यता पछ्याउन, आफ्‍नो कर्तव्य राम्ररी निभाउन, परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट गर्न थाल्, र परमेश्‍वरको छ हजार वर्षको प्रतीक्षा, उहाँको छ हजार वर्षको अपेक्षालाई खिन्‍न तुल्याउने कार्यबाट बच्। परमेश्‍वरलाई केही आराम दे; तँमा केही आशा छ भन्‍ने उहाँलाई देखा, र तँमा उहाँको कामना साकार हुन दे। मलाई भन्, यदि तैँले त्यसो गरिस् भने के परमेश्‍वरले तँलाई अन्यायी व्यवहार गर्नुहुनेछ? अवश्यै गर्नुहुनेछैन! अनि यदि अन्तिम परिणाम मानिसहरूले कामना गरेजस्तो नभएमा, सृष्टि गरिएका प्राणीहरूका रूपमा त्यो तथ्यलाई कसरी लिनुपर्छ? कुनै व्यक्तिगत योजनाहरू नराखी सबै कुरामा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। के सृष्टि गरिएको प्राणीले लिनुपर्ने दृष्टिकोण यही होइन र? (हो।) यस्तो मानसिकता राख्‍नु सही हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। परमेश्‍वरका मर्मस्पर्शी वचनहरूले मेरो हृदयलाई न्यानो बनाए र गहन रूपमा छोए। मलाई त यो एउटी आमाले आफ्नो बच्चालाई आफ्नो हृदय पोखाइरहेकी झैँ लाग्यो। यसले मलाई के बुझ्न मद्दत गर्‍यो भने परमेश्‍वरको आजका काम र वचनहरू मानिसहरूलाई मुक्ति दिन र सिद्ध पार्नका लागि हो। उमेर, क्षमता, वा शैक्षिक स्तर जस्तोसुकै भए पनि, मानिसहरू जुनसुकै उमेरका वा जुनसुकै पारिवारिक पृष्ठभूमिका भए पनि, परमेश्‍वर सबैलाई सिद्ध पारिने मौका दिनुहुन्छ। परमेश्‍वर कसैप्रति पक्षपात गर्नुहुन्न। परमेश्‍वर प्रत्येक व्यक्तिको क्षमताका आधारमा माग गर्नुहुन्छ र उनीहरूका लागि उपयुक्त कर्तव्यहरू बन्दोबस्त गर्नुहुन्छ। यदि मानिसहरूले आ-आफ्नो भूमिकामा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन् र बफादारी र समर्पणता हासिल गर्न सक्छन् भने, यो परमेश्‍वरले हेर्न चाहने कुरा हो। परमेश्‍वरका वचनहरूले उहाँप्रतिको मेरो गलतफहमी हटाइदिए र मलाई अभ्यासको मार्ग देखाए, जसले गर्दा मलाई ठूलो राहत अनुभूति भयो। अब म आफ्नो उमेर, कमजोर स्वास्थ्य, वा घट्दो स्मरणशक्तिबारे चिन्ता गर्दिनँ। राम्रो परिणाम वा गन्तव्य पाउँछु कि पाउँदिनँ भनेर पनि अब सोचेर बस्दिनँ। बरु, म आफ्नो क्षमताले भ्याएसम्म आफ्नो वर्तमान कर्तव्य राम्ररी निर्वाह गर्नमा, र आफ्नो कर्तव्यमा आफूले बुझेका सत्यताहरू अभ्यास गर्नमा ध्यान केन्द्रित गर्छु। यी उपलब्धिहरूका लागि म परमेश्‍वरप्रति साँच्चै आभारी छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

रेखदेखप्रतिको प्रतिरोधबारे मनन

२०२१ मा, म मण्डलीमा मलजल कामको इन्‍चार्ज थिएँ। त्यो अवधिमा, अगुवाले हाम्रो कामको रेखदेख र जानकारी राख्‍न प्रायजसो हाम्रो कामको प्रगतिबारे...

मलाई कुन कुराले परमेश्‍वरलाई पछ्याउन रोकिरहेको छ?

चेन मिङ, चीन २०११ को डिसेम्बर महिना थियो अनि हाम्रो मण्डलीका दुईजना अगुवाहरू पक्राउ परेका थिए। यो खबर सुनेपछि, मेरा दाजुभाइ र दिदीबहिनीहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्