परमेश्वर अत्यन्तै धर्मी हुनुहुन्छ
झाङ्ग लिन, जापान सेप्टेम्बर २०१२ मा, म मण्डलीको कामको मुख्य व्यक्ति थिएँ जुन बेला मैले मेरो अगुवा यान झुओलाई भेटेँ। उनले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०२० को ग्रीष्ममा, सिस्टर अड्रिया र म मण्डलीमा भिडियोहरू बनाउने काम गरिरहेका थियौँ। त्यो बेला, काम बाँडफाँट गर्ने जिम्मेवार व्यक्ति म थिएँ। मैले अड्रियालाई सरल कामहरू गर्न लगाएँ, जबकि मचाहिँ महत्त्वपूर्ण कामहरूको इन्चार्ज थिएँ। मलाई ती सबै आफै गर्न सक्छु भन्ने लागेको थियो किनभने विगतमा मैले मुख्य कामहरू आफै पूरा गरेकी थिएँ। मैले अड्रियाले भन्दा बढी अभ्यास गरेकी थिएँ, त्यसकारण उनी ती कामहरूमा संलग्न हुनुपर्दैन भन्ने लाग्यो। यसबाहेक, यदि मैले यो काम एक्लै गरेँ भने, श्रेय मैले नै पाउँथेँ, र यसले मेरो क्षमतालाई विशेष देखाउँदै मेरा ब्रदर-सिस्टरहरूलाई मेरो आदर गर्ने बनाउनेथ्यो। पछि, मेरो कामको बोझ अत्यन्तै धेरै बढ्यो, त्यसैले म हरेक दिन ओभरटाइम काम गर्थेँ। कहिलेकहीँ, अड्रिया चाँडै सुत्थिन्, तर मैले भने आधा रातसम्म काम गर्नुपर्थ्यो, अनि बिहान म उनीभन्दा चाँडै उठ्थेँ, र मलाई निकै थकाइ लागेको हुन्थ्यो। तर मलाई उनीसँग आफ्नो बोझ बाँड्न मन लागेन। मैले सधैँ आफ्नो काम एक्लै पूरा गरेकी थिएँ, त्यसैले यदि उनले मेरो कामको भारमा मदत गरिन् भने, ब्रदर-सिस्टरहरूले पक्कै पनि मेरो काम गर्ने क्षमता कमजोर छ भनेर सोच्नेछन्, जुन लाजमर्दो कुरा हुनेछ। कहिलेकहीँ म सोच्थेँ, यदि मैले अड्रियालाई सहयोग मागेँ भने, काम छिटो हुनेछ, म त्यति व्यस्त हुनेछैन, र नतिजाहरू पनि म एक्लैले गरेको भन्दा राम्रा आउनेछन्। तर उनीसँग श्रेय बाँड्नेबारेमा सोच्दाचाहिँ मलाई चित्त बुझेन। त्यसकारण, यसरी नै मैले अड्रियालाई मेरो काममा कहिल्यै संलग्न गराइनँ। त्यो बेला, मैले आफ्नो बारेमा मनन गरिनँ, तर त्यसपछि एक दिन, एक सिस्टरले मलाई अड्रियाले आफ्नो कर्तव्यमा बोझ लिँदिनन् भनेर भनिन्, र मलाई उनीसँग सङ्गति गर्न अनुरोध गरिन्। अनि मैले सोचेँ, “के अड्रियाले बोझ नबोक्नुमा मेरो कुनै सम्बन्ध छ? म हरेक दिन अत्यन्तै व्यस्त हुन्छु, र उनीसँग समय छ भन्ने मलाई थाहा छ, तर मैले उनलाई नयाँ काम दिइनँ, जसले गर्दा उनीसँग गर्नको लागि केही कामै हुँदैन।” यसो गर्नु सही होइन, र यदि मैले त्यो काम एक्लै गरेँ भने, यसले अन्त्यमा मण्डलीको काममा ढिलाइ गर्नेछ भन्ने मैले कताकता सोचेँ। तर त्यसपछि मैले अलि बढी मेहनत गरेँ भने त म आफै पूरा गर्न सकिहाल्छु भन्ने सोचेँ, त्यसकारण मैले अवस्था जस्तो थियो त्यस्तै छोडिदिएँ। मेरो अभिप्राय गलत छ भन्ने मलाई थाहा भएको भए पनि, मैले अझै पनि आफ्नो कुरा त्याग्न सकिनँ, जुन मेरो लागि पीडादायी थियो, त्यसकारण मैले परमेश्वरसँग प्रार्थना गरेँ, र मेरा गलत अभिप्रायहरू त्याग्न अगुवाइ गर्नुहोस् भनेर अनुरोध गरेँ।
मेरो भक्तिको समयमा, मैले परमेश्वरको वचनको यो खण्ड पढेँ: “अगुवा र कामदारहरू, अनि कुनै पनि कर्तव्य गर्ने सबै व्यक्तिसँग सहकर्मीहरू हुने भए पनि, ख्रीष्टविरोधीहरूले आफूमा राम्रो क्षमता रहेको र आफू साधारण मानिसहरूभन्दा असल रहेको, त्यसकारण साधारण मानिसहरू आफ्ना सहकर्मी हुन योग्य नभएको, र तिनीहरू सबै आफूभन्दा तल्लो स्तरका भएको विश्वास गर्छन्। त्यसैले ख्रीष्टविरोधीहरू अन्तिम निर्णय आफै गर्न मन पराउँछन् र अरू कसैसँग पनि छलफल गर्न चाहँदैनन्। तिनीहरूलाई त्यसो गर्नाले आफूलाई केही नकामको अयोग्य भए जस्तो देखाउँछ भन्ने लाग्छ। यो कस्तो प्रकारको दृष्टिकोण हो? यो कस्तो प्रकारको स्वभाव हो? के यो अहङ्कारी स्वभाव हो? तिनीहरूले अरूसँग सहकार्य गर्नु र विभिन्न विषयमा छलफल गर्नु, तिनीहरूलाई सोधपुछ गर्नु र तिनीहरूबाट खोजी गर्नु अशोभनीय र अपमानजनक, र आत्मसम्मानमा ठेस लगाउने कुरा हो भन्ने ठान्छन्। त्यसकारण, आफ्नो आत्मसम्मानको रक्षा गर्न, तिनीहरूले आफूले गर्ने कुनै कुरामा पारदर्शिता देखाउँदैनन्, न त तिनीहरूले यसबारेमा अरूलाई नै बताउँछन्, अरूसँग यसबारेमा छलफल गर्नु त परै जाओस्। तिनीहरूलाई के लाग्छ भने, अरूसँग छलफल गर्नु भनेको आफूलाई असक्षम देखाउनु हो; सधैँ अरूका विचार माग्नु भनेको आफू मूर्ख र आफै विचार गर्न नसक्ने छु भनी देखाउनु हो; कुनै काम पूरा गर्न वा केही समस्या समाधान गर्न अरूसँग सहकार्य गर्दा त्यसले आफूलाई निकम्मा देखाउँछ। के यो तिनीहरूको अहङ्कारी र बेतुके मानसिकता होइन र? के यो तिनीहरूको भ्रष्ट स्वभाव होइन र? तिनीहरूभित्रको अहङ्कार र आत्मधार्मिकता एकदमै प्रस्ट देखिन्छ; तिनीहरूले सामान्य मानव समझ पूरै गुमाएका हुन्छन्, र तिनीहरूको दिमाग ठेगानमा हुँदैन। तिनीहरूले सधैँ आफूसित क्षमता छ, आफै कामकुरा फत्ते गर्न सक्छन् र अरूसित सहकार्य गर्नु आवश्यक छैन भन्ने सोच्छन्। तिनीहरूसँग यस्ता भ्रष्ट स्वभाव भएका हुनाले, तिनीहरूले सौहार्दपूर्ण सहकार्य हासिल गर्न सक्दैनन्। तिनीहरूले अरूसँग सहकार्य गर्नु भनेको आफ्नो शक्तिलाई फितलो बनाउनु र टुक्र्याउनु हो, अरूसँग काम बाँड्दा, आफ्नै शक्ति कम हुन्छ भन्ने विश्वास गर्छन् र तिनीहरूले आफ्नो लागि सबै कुराको निर्णय गर्न सक्दैनन्, अर्थात् तिनीहरूमा साँचो शक्तिको कमी हुन्छ, जुन तिनीहरूको लागि ठूलो घाटा हो। त्यसकारण, तिनीहरूलाई जेसुकै आइपरे पनि, यदि तिनीहरूलाई आफूले यो कुरा बुझेको र त्यसलाई सम्हाल्ने उचित तरिका जानेको भन्ने लाग्छ भने, तिनीहरूले यसबारे अरू कसैसँग छलफल गर्नेछैनन्, र तिनीहरूले सारा आदेशहरू दिनेछन्। अरूलाई थाहा दिनुभन्दा गल्ती गर्न रुचाउँछन्, अरूसँग शक्ति बाँड्नुभन्दा गलत नै हुन रुचाउँछन्, र आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न दिनुभन्दा बर्खास्त हुन रुचाउँछन्। यस्तो व्यक्ति ख्रीष्टविरोधी हो। तिनीहरूले आफ्नो शक्ति अरू कसैसँग बाँड्नुभन्दा, परमेश्वरको घरका हितहरूमा हानि पुर्याउन, परमेश्वरको घरका हितहरूलाई दाउमा राख्न चाहन्छन्। तिनीहरूलाई के लाग्छ भने, आफूले कुनै काम गर्दा वा कुनै मामला सम्हाल्दा, यो कर्तव्यपालन होइन, बरु आफ्नो प्रदर्शन गर्ने र अरूभन्दा विशिष्ट बन्ने, अनि शक्ति प्रयोग गर्ने मौका हो। त्यसकारण, तिनीहरूले आफूले अरूसित मिलेर सहकार्य गर्ने र मामलाहरू आइपर्दा त्यसबारे अरूसित छलफल गर्ने भनेर भन्ने गरे पनि, सत्य कुरा के हो भने, तिनीहरू हृदयमा, आफ्नो शक्ति वा हैसियत त्याग्न अनिच्छुक छन्। तिनीहरू सोच्छन् कि यदि तिनीहरूले केही धर्मसिद्धान्त बुझेका छन् र त्यो काम आफै गर्न सक्छन् भने, तिनीहरूले अरू कसैसँग सहकार्य गर्नु पर्दैन; तिनीहरूले सोच्छन्, यो काम आफै अघि बढाउनुपर्छ र आफै पूरा गर्नुपर्छ, र त्यसरी मात्रै यसले तिनीहरूलाई दक्ष बनाउन सक्छ। के यो दृष्टिकोण ठीक छ? तिनीहरूबाट सिद्धान्तहरू उल्लङ्घन भएमा, तिनीहरूले कर्तव्य पूरा गरिरहेका हुँदैनन्, तिनीहरू परमेश्वरको आज्ञा पूरा गर्न सक्षम हुँदैनन्, र तिनीहरूले श्रम मात्र गरिरहेका हुन्छन् भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। कर्तव्यपालनको दौरान सत्यता सिद्धान्तहरू खोजी गर्नुको सट्टा, तिनीहरूले आफ्ना विचार र मनसायहरू अनुसार शक्ति प्रयोग गर्छन्, धाक लगाउँछन्, र आफ्नै प्रदर्शन गर्छन्। तिनीहरूको साझेदार सहकर्मी जो भए पनि वा तिनीहरूले जे काम गरे पनि, तिनीहरूले कामकुराबारे छलफल गर्न कहिल्यै चाहँदैनन्, तिनीहरू सधैँ आफै काम गर्न चाहन्छन्, र सधैँ आफै अन्तिम निर्णय लिन चाहन्छन्। तिनीहरूले कामकुरा पूरा गर्न स्पष्टतः शक्तिसँग खेलिरहेका र शक्ति प्रयोग गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू सबैले शक्तिलाई प्रेम गर्छन्, र जब तिनीहरूसँग हैसियत हुन्छ, तिनीहरू अझै बढी शक्ति चाहन्छन्। अनि, जब ख्रीष्टविरोधीहरूसँग शक्ति हुन्छ, तिनीहरूले आफ्नो हैसियत प्रयोग गरेर प्रदर्शन गर्ने र आफ्नो सान देखाउने गर्छन्, ताकि अरूले तिनीहरूलाई सम्मान गरून् र अरूभन्दा फरक देखिने आफ्नो लक्ष्य हासिल गर्न सकून्। यसरी ख्रीष्टविरोधीहरू शक्ति र हैसियतमा लीन हुन्छन्, र आफ्नो शक्ति कहिल्यै परित्याग गर्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरूबाट मैले ख्रीष्टविरोधीहरूसँग अत्यन्तै अहङ्कारी स्वभाव हुन्छ र तिनीहरूले कसैसँग पनि सहकार्य गर्दैनन् भन्ने थाहा पाएँ। तिनीहरू अरूसँग काम बाँडेमा आफू अयोग्य देखिनेछु, शक्तिको बाँडफाँट हुनेछ, र आफूलाई अरूले आदर गर्दैनन् भन्ने सोच्छन्। त्यसकारण, तिनीहरूले अरूसँग बाँडेर काम गर्नुभन्दा मण्डलीको काम प्रभावित हुन दिन्छन्। मैले चिन्तन गरेँ र म पनि त्यस्तै छु भन्ने महसुस गरेँ। मैले अड्रियालाई मेरो काममा लगाउन चाहिनँ किनभने उनको सहभागिताले मलाई अयोग्य देखाउनेछ र मेरो छवि बिगार्नेछ भन्ने मलाई डर लागेको थियो, त्यसकारण मैले एकलै काम गरेँ। फलस्वरूप, म अत्यन्तै थकित हुन्थेँ, र काममा पनि ढिलाइ भयो। म साँच्चै नै अत्यन्तै अहङ्कारी र अविवेकी थिएँ। मण्डलीमा जुन काम भए पनि, कसैले यो एक्लै गर्न सक्दैन। सबैलाई साझेदार सहकर्मी र सहयोग चाहिन्छ, र काम पूरा गर्नको लागि ब्रदर-सिस्टरहरूले एउटै मनको भएर काम गर्नुपर्छ, किनभने कोही पनि सिद्ध छैन। तिनीहरूको क्षमता जति नै उच्च भए पनि, वा तिनीहरूको वरदान र प्रतिभा जे-जस्तो भए पनि, सबैको कमजोरी र त्रुटिहरू हुन्छ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नको लागि हामीले आफैलाई मात्रै अङ्गाल्न छोडेर हाम्रा सहकर्मीहरूसँग सहकार्य गर्न पनि सिक्नुपर्छ। तर ममा अहङ्कारी स्वभाव थियो। आफ्नो कर्तव्यमा म अत्यन्तै महत्त्वाकाङ्क्षी थिएँ, म सबै श्रेय पाउन चाहन्थेँ, र अरूले मेरो आदर गरून् भन्ने चाहन्थेँ। मेरो काममा मानिसहरूलाई सहभागी गराउनु वा हात हाल्न दिनुभन्दा म मण्डलीको काममा ढिलाइ गराउन तयार थिएँ। त्यस तरिकाले आफ्नो कर्तव्य पूरा गरेर, मैले असल कार्य होइन, दुष्कर्म गरिरहेकी थिएँ! यो महसुस गरेपछि, मलाई निकै दुःख लाग्यो, त्यसकारण मैले परमेश्वरको अघि आएर प्रार्थना गरेँ, “हे परमेश्वर, म अत्यन्तै अहङ्कारी छु, र ममा मानवता र समझको पूरै कमी छ। म पश्चात्ताप गर्न चाहन्छु। बिन्ती छ आफूलाई चिन्न मलाई अगुवाइ गर्नुहोस्।”
एक दिन मैले आफ्नो स्थितिसँग मिल्ने परमेश्वरको वचनका खण्डहरू खोजिरहेकी थिएँ, र मैले यो खण्ड भेट्टाएँ: “व्यक्तिले आफ्नो कर्तव्य राम्रोसित निभाउनका लागि के गर्नुपर्छ? उसले आफ्नो सारा हृदय र सारा शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। आफ्नो सारा हृदय र शक्ति प्रयोग गर्नु भनेको आफ्नो कर्तव्य निर्वाह गर्नमा मनमस्तिष्क लगाउनु हो र अरू कुरालाई दिमागमा बस्न नदिनु हो, र त्यसपछि आफूसँग भएको ऊर्जा लगाउनु, आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु, र आफ्नो क्षमता, वरदान, शक्ति, र आफूले बुझेको कुरालाई काममा लगाउनु हो। यदि तँमा बोध गर्ने र बुझ्ने क्षमता छ र तँसँग राम्रो विचार छ भने, तैँले यसबारे अरूसँग कुराकानी गर्नुपर्छ। सद्भावपूर्ण सहकार्य गर्नु भनेको यही हो। यसरी तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछस्, र यसरी तैँले सन्तोषजनक कर्तव्यपालन हासिल गर्नेछस्। यदि तँ सधैँ सबै कुरा आफै लिन चाहन्छस्, सधैँ एक्लै महान् कामहरू गर्न चाहन्छस्, सधैँ ध्यान अरूमा होइन तँमा परेको चाहन्छस् भने, के तैँले आफ्नो कर्तव्य निभाइरहेको हुन्छस् त? तैँले जे गरिरहेको छस् त्यसलाई एकतन्त्री काम भनिन्छ; यो त नौटङ्की प्रदर्शन हो। यो शैतानी व्यवहार हो, कर्तव्यपालन होइन। व्यक्तिको सबलता, वरदान, वा विशेष प्रतिभा जे-जस्तो भए पनि, उसले कुनै पनि पूरा काम आफै वहन गर्न सक्दैन; मण्डलीको काम राम्ररी गर्नु छ भने उसले सद्भावपूर्ण सहकार्य गर्न सिक्नुपर्छ। यही कारणले गर्दा, सद्भावपूर्ण सहकार्य आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त हो। जबसम्म तैँले त्यसमा आफ्नो सारा हृदय, सारा मेहनत, अनि आफ्नो अर्पण लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्। यदि तँसँग कुनै विचार वा उपाय छ भने, यो कुरा अरूलाई बता; यो कुरालाई रोक्ने वा लुकाउने काम नगर्। यदि तँसँग सल्लाह-सुझाव छन् भने, ती दे; जसको विचार सत्यताअनुरूप छ त्यो स्वीकार र पालना गर्नुपर्छ। यसो गरिस् भने, तैँले सद्भावपूर्ण सहकार्य हासिल गर्नेछस्। अर्पणका साथ आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको यही हो। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सबै कुरा आफै लिनुपर्दैन, अनि तैँले मरेतुल्य हुने गरी काम गर्ने, वा ‘फुलेको एउटै फूल’ हुन वा अरूभन्दा फरक देखिन खोज्ने पनि गर्नु पर्दैन; बरु, तैँले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न सिक्नु, र आफूले सक्ने सबै गर्नु, आफ्ना जिम्मेवारीहरू पूरा गर्नु, र त्यसमा आफ्नो सारा मेहनत लगाउनु आवश्यक हुन्छ। यो नै कर्तव्य निर्वाह गर्नुको अर्थ हो। आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको आफूमा भएको शक्ति र ज्योतिको अंश बाहिर निकाल्नु र नतिजाहरू हासिल गर्नु हो। यति नै पर्याप्त छ। सधैँ देखावा गर्ने, सधैँ ठूला कुरा गर्ने, एक्लै कामकुरा गर्ने प्रयास नगर्। तैँले अरूसँग सहकार्य गर्ने तरिका सिक्नुपर्छ, र तैँले अरूको सुझाव सुन्नमा र तिनीहरूका सबल पक्षहरू पत्ता लगाउनमा अझ बढी ध्यान दिनुपर्छ। यसरी, सद्भावपूर्ण सहकार्य गर्न सहज हुन्छ। यदि तँ सधैँ देखावा गर्ने र अन्तिम निर्णय गर्ने प्रयास गर्छस् भने, तैँले सद्भावपूर्ण सहकार्य गरिरहेको हुँदैनस्। तैँले के गरिरहेको हुन्छस्? तैँले बाधा उत्पन्न गरिरहेको र अरूलाई अन्तर्घात गरिरहेको हुन्छस्। बाधा उत्पन्न गर्नु र अरूलाई अन्तर्घात गर्नु भनेको शैतानको भूमिका निर्वाह गर्नु हो; यो आफ्नो कर्तव्य निर्वाह गर्नु होइन। यदि तँ सधैँ बाधा उत्पन्न गर्ने र अरूलाई अन्तर्घात गर्ने काम गर्छस् भने, तैँले जति धेरै प्रयास लगाए पनि वा जति नै ध्यान दिए पनि, परमेश्वरले त्यो कुरा स्मरण गर्नुहुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्वरको वचन मनन गर्दा, मलाई लाज लाग्यो। परमेश्वरको वचनले मेरो स्थिति खुलासा गरिदियो। धाक लगाउन र आफूलाई स्थापित गर्न, अनि आदर पाउन, मैले अड्रियालाई सहभागी नगराई एक्लै भिडियोको काम गर्न चाहेँ। यदि अड्रिया सहभागी भइन् भने मेरो श्रेय खोसिनेछ भन्ने लाग्यो। त्यसरी त मसँग देखाउने पूँजी पनि हुँदैनथ्यो, र मैले अरूको आदर प्राप्त गर्ने पनि कुनै उपाय हुँदैनथ्यो। त्यसरी त म पछि पर्नेछु भन्ने लाग्यो। कामको बोझ धेरै हुन्छ, एक्लै गरेँ भने काममा ढिलाइ हुनेछ, र अड्रिया संलग्न भइन् भने, काम छिटो पूरा हुनेछ र नतिजा पनि राम्रा हुनेछन् भन्ने मलाई थाहा थियो। समूहको धेरैजसो काम पनि मेरै हातमा थियो, र उनीसँग काम नभएको र उनले प्रायजसो काम नगरी बस्नुपरेको, र उनको स्थितिमा असर परेको कुरा मलाई थाहा थियो, तर पनि मैले उनीसँग अझै मेरो बोझ बाँडिन। मैले सबै श्रेय आफै लिन र मसँग राम्रो प्राविधिक र व्यावसायिक सीप छ भनेर प्रमाणित गर्नको लागि म सबै काम आफै गर्न चाहन्थेँ। मैले पूरै समय आफ्नै हैसियत र इज्जतको बारेमा मात्रै विचार गरिरहेकी थिएँ। म मण्डलीको कामको बारेमा फिटिक्कै विचार गर्दिनथेँ, र मैले उनको भावनाको बारेमा पनि ध्यानै दिइनँ। ममा विवेक वा मानवता थोपै थिएन! बाहिरी रूपमा हेर्दा, म हरेक दिन एकाबिहानै उठेर मेहनतसाथ काम गर्थेँ, र मैले बोझ लिन, कष्ट भोग्न, र मूल्य चुकाउन सकेको जस्तो देखिन्थ्यो, तर वास्तवमा, म व्यक्तिगत उद्यममा लागेकी थिएँ र आफ्नै महत्वाकांक्षा र इच्छाहरू सन्तुष्ट पारिरहेकी थिएँ। मैले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पटक्कै पूरा गरिरहेकी थिइनँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्ने नाममा मण्डलीको काममा बाधा दिइरहेकी र दुष्कर्म गरिरहेकी थिएँ। म त ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ।
पछि, मैले परमेश्वरको वचनको थप दुई वटा खण्ड भेटेँ: “जब परमेश्वर मानिसहरूले आफ्नो कर्तव्य पूरा गरून् भन्ने माग गर्नुहुन्छ, तब उहाँले तिनीहरूलाई निश्चित सङ्ख्यामा कार्यहरू सम्पन्न गर्नू वा कुनै अभूतपूर्व उपलब्धि हासिल गर्नू भनेर भन्नुहुन्न, न त उहाँले तिनीहरूलाई कुनै ठूला कामकुरा पूरा गर्नु भनेर नै भन्नुहुन्छ। परमेश्वरको चाहना यही हो, मानिसहरूले सक्ने सबै कुरा व्यावहारिक तवरमा गर्न र उहाँका वचनअनुसार जिउन सकून्। परमेश्वर तँ महान् वा कुलीन बनेको वा तैँले कुनै चमत्कार गरेको माग गर्नुहुन्न, न त उहाँले तँमा कुनै सुखद आश्चर्यहरू नै हेर्न चाहनुहुन्छ। उहाँलाई यस्ता कुराहरूको आवश्यकता छैन। परमेश्वरको आवश्यकता के मात्र हो भने, तैँले व्यावहारिक रूपमा उहाँका वचनअनुसार अभ्यास गर्नुपर्छ। परमेश्वरका वचनहरू बुझेपछि, तिनलाई व्यवहारमा लागू गर् र तिनलाई पूरा गर्, वा परमेश्वरका वचनहरू सुनेपछि, ती राम्रोसँग याद गर्, अनि, अभ्यास गर्ने समय आएपछि, परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्। तिनलाई तेरो जीवन, तेरो वास्तविकता, र आफू जिउने कुरा बना। यसरी, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। तँ सधैँ महानता, कुलीनता र हैसियत पछ्याउँछस्; तँ सधैँ अरूभन्दा श्रेष्ठ हुन खोज्छस्। यस्तो देख्दा परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ? उहाँ यसलाई घृणा गर्नुहुन्छ र उहाँ आफूलाई तँबाट टाढा राख्नुहुन्छ। तँ जति धेरै महानता र नैतिक श्रेष्ठता पछ्याउँछस्, र अरूभन्दा अब्बल हुन, भिडभन्दा माथि उठ्न, असाधारण बन्न, र उल्लेखनीय बन्न खोज्छस्, परमेश्वरलाई तँप्रति त्यति नै धेरै वितृष्णा हुन्छ। यदि तँ आत्मचिन्तन र पश्चात्ताप गर्दैनस् भने, परमेश्वरले तँलाई घृणा र अस्वीकार गर्नुहुनेछ। तँ परमेश्वरले वितृष्णा गर्ने व्यक्ति कदापि बन्नु हुँदैन; तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति बन्नैपर्छ। त्यसोभए, तँ परमेश्वरले प्रेम गर्ने व्यक्ति कसरी बन्न सक्छस्? आज्ञाकारी भई सत्यता स्वीकार गर्, एक सृजित प्राणीका रूपमा आफ्नो उचित स्थानमा बस्, धरातलमा टेकेर परमेश्वरका वचनहरूका आधारमा काम गर्, आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्, एक इमानदार व्यक्ति बन्, र मानव रूपमा जि। यति नै पर्याप्त छ, र यसले परमेश्वरलाई सन्तुष्ट पार्नेछ। मानिसहरूले महत्त्वाकाङ्क्षाहरू वा व्यर्थका सपनाहरू कदापि पाल्नु हुँदैन, तिनीहरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउनु हुँदैन, वा भिडभन्दा माथि उठ्न खोज्नु हुँदैन। त्योभन्दा पनि बढी, तिनीहरूले अतिमानव वा महान् व्यक्तित्व बन्न, अरूभन्दा अब्बल हुन, र अरूलाई तिनीहरूको मूर्तिपूजा गर्न लगाउन खोज्नु हुँदैन। भ्रष्ट मानिसहरूले लालसा गर्ने कुरा यही हो, र यो शैतानको मार्ग हो; परमेश्वर त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्न। यदि मानिसहरूले निरन्तर ख्याति, प्राप्ति, र हैसियत पछ्याउँछन् र हठी भई पश्चात्ताप गर्न इन्कार गर्छन् भने, तिनीहरूले छुटकारा पाउन सक्दैनन्, र तिनीहरूका लागि एउटा मात्र परिणाम हुन्छ: हटाइ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। “कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्वरले कसरी लिनुहुन्छ? परमेश्वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको गवाही दिँदैनन्, न त ती कुराहरूले शैतानलाई अपमानित र पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँलाई लज्जित पार्छन्, र ती उहाँको बेइज्जतीका दागहरूले नै भरिएका हुन्छन्। तैँले परमेश्वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्वरप्रति समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैँले परमेश्वरका खातिर आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो ‘तेरो आफ्नै लागि’ भन्ने वाक्यांशको अर्थ के हो? ठ्याक्कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्वरको नजरमा, तेरा कार्यहरू असल कार्य हुनेछैनन्, तिनलाई दुष्ट कार्य मानिनेछ। तिनलाई परमेश्वरद्वारा अनुमोदन नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्वरमाथिको त्यस्तो विश्वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्वास अन्तिममा शून्य हुनेछैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट, मैले परमेश्वरको इच्छा बुझेँ। वास्तवमा, परमेश्वरले मानिसलाई दिनुहुने मापदण्डहरू सरल छन्। परमेश्वरले मानिसहरूले महान् काम गरून् वा पृथ्वी हल्लाउने धेरै काम गरून् भन्ने चाहनुहुन्न, र उहाँले हामीलाई असाधारण वा महान् मानव बन भनी भन्नुहुन्न। परमेश्वर त केवल हामी सृष्टि गरिएको प्राणीको स्थानमा खडा भएको, वास्तविक धरातलमा रही सत्यताको खोजी गरेको, हाम्रो क्षमताले भ्याउञ्जेल सक्दो आफ्नो कर्तव्य निर्वाह गरेको, र परमेश्वरको वचनअनुसार जिएको चाहनुहुन्छ। हामी हाम्रो कर्तव्य निर्वाह गर्न योग्य छौँ कि छैनौँ भन्ने कुरालाई परमेश्वरले हामी कति धेरै हासिल गर्न सक्छौँ वा हाम्रो योगदान कति ठूलो छ भन्ने आधारमा नभई, हाम्रो मनसाय परमेश्वरको इच्छालाई ध्यान दिनु हो कि होइन, र हामीले सक्दो प्रयास गर्छौँ कि गर्दैनौँ भन्ने कुराको आधारमा मूल्याङ्कन गर्नुहुन्छ। हामीसँग सही मनसाय छ र हामीले सही मार्ग लिन सक्छौँ भने मात्रै हाम्रो कर्तव्यमा हामीसँग गवाही हुनेछ। यदि मानिसहरूले आफ्नै महत्त्वाकाङ्क्षा र इच्छाहरूलाई सन्तुष्ट पार्नको लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्छन् भने, तिनीहरूले जति नै धेरै प्रयास गरे पनि वा जति नै धेरै योगदान दिए पनि, अन्त्यमा परमेश्वरले तिनीहरूलाई घृणा गर्नुहुनेछ र हटाउनुहुनेछ। मलाई महसुस भयो—म आफ्नो कर्तव्यमा सधैँ सबै श्रेय आफै पाउन चाहन्थेँ। मेरो अहङ्कारी स्वभावले गर्दा मलाई सबै काम आफै गर्ने र मेरी साझेदार सहकर्मीसँग सहकार्य नगर्ने मन भयो। मलाई अरूले उच्च नजरले हेरून् भनेर म धेरै परिश्रम गर्थेँ र आफैलाई थकित तुल्याउथेँ। मेरो कुनै पनि प्रयास परमेश्वरलाई सन्तुष्ट पार्नको लागि हुँदैनथ्यो, बरु मेरा आफ्नै व्यक्तिगत इच्छा र महत्त्वाकाङक्षाहरू सन्तुष्ट पार्नको लागि मात्रै हुन्थ्यो। मैले केही कुराहरू हासिल गरेको, र अरूबाट केही आदर र अनुमोदन प्राप्त गरेको नै भए पनि, त्यसको के अर्थ थियो र? यीमध्ये कुनैले पनि मैले आफ्नो कर्तव्य योग्य तरिकाले पूरा गरेँ भन्ने अर्थ दिँदैनथ्यो। बरु यसको विपरीत, यो मैले आफ्नो शैतानी स्वभावअनुसार काम गरेको, काम आफू एक्लैले जिम्मा लिएको, भिडियोको कामको प्रगतिमा ढिलाइ गराएको र मण्डलीको काममा बाधा दिएको अवस्था थियो। अन्त्यमा मलाई परमेश्वरले इन्कार गरी निष्कासन गर्नुहुनेथ्यो। वास्तवमा, अड्रियासँग सहकार्य गर्दा, मेरो कर्तव्यमा देखा परेका मेरा कमीकमजोरीहरू परिपूर्ति हुन सक्थ्यो। उनी सिकाइमा ध्यान दिन्थिन्, अध्ययन गर्न तयार हुन्थिन्, र उनको सीप शीघ्र रूपमा विकास भएको थियो, तर म सीप सिक्नमा ध्यान दिँदिनथेँ, र म प्रायजसो आफ्नै अनुभवमा भर पर्थेँ। मैले यो कर्तव्य निर्वाह गरेको लामो समय भएको भए पनि, मेरो सीपमा खासै सुधार आएको थिएन। त्यसबाहेक, व्यक्तिको विचार एकपक्षीय हुन्छ। आत्मसचेतना भएका मानिसहरूले आफ्नो कर्तव्यमा आफ्नो मात्रै कुरा ठीक हो भनेर भन्दैनन्, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न अरूसँग सहकार्य गर्न तयार हुन्छन्। हामीमा हुनुपर्ने समझ र हामीले अभ्यास गर्नुपर्ने तरिका यही हो। तर म अहङ्कारी र आत्मधर्मी थिएँ, र हैसियतको चाहना गर्थेँ। म आफ्ना हितहरूलाई त्यागेर मेरी सिस्टरसँग सहकार्य गर्न चाहँदिनथेँ। यी कुराहरूले कामको प्रगति र नतिजाहरूमा असर गरे। यदि मैले उनीसँग पहिलेदेखि नै सहकार्य गरेकी, र हामीले एकअर्कालाई सहयोग गरेका भए, कामका नतिजा र प्रगति अहिलेको भन्दा निकै राम्रो हुनेथ्यो। मैले यसबारेमा जति मनन गरेँ, त्यति नै मलाई आफू अत्यन्तै अहङ्कारी भएको र आफूमा कुनै मानवता नभएको महसुस भयो, र मैले आफैलाई घृणा गरेँ र मेरो व्यवहारप्रति पछुतो लाग्यो। मलाई यी अभिप्रायहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न मन लागेन। अनि, परमेश्वरको अघि आएर मैले प्रार्थना गरेँ, “हे परमेश्वर, म सधैँ महत्त्वाकाङक्षा लिएर आफ्नो कर्तव्य निभाउँछु, र व्यक्तिगत ख्याति र हैसियतको लागि काम गर्छु। म अबदेखि यसरी खोजी गर्न चाहन्नँ। म पश्चात्ताप गर्न चाहन्छु, आफ्ना गलत मनसायहरू त्यागेर आफ्नो कर्तव्य राम्ररी निभाउन मेरी सिस्टरसँग मिलेर काम गर्न चाहन्छु।”
भोलि बिहानको मेरो भक्तिको समयमा, मैले परमेश्वरका यी वचनहरू पढे: “सत्यता अभ्यास गर्न सक्नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्वरको छानबिन स्विकार्न सक्छन्। जब तँ परमेश्वरको छानबिन स्विकार्छस्, तब तेरो हृदय सच्चिनेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदैन। सधैँ आफ्नै खातिर काम गर्ने र निरन्तर आफ्नै हितहरूको ख्याल गर्ने नगर्; आफ्नो घमण्ड, ख्याति, र हैसियतको बारेमा सोच्दै नसोच्, र आफ्ना व्यक्तिगत हितहरूको ख्याल नगर्। तैँले सबैभन्दा माथि परमेश्वरको घरका हितहरूको ख्याल गर्नुपर्छ, र तिनलाई आफ्नो प्राथमिकता बनाउनुपर्छ। तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र सबैभन्दा माथि तैँले आफ्नो कर्तव्य निर्वाहमा अशुद्धताहरू थिए कि थिएनन्, तँ अर्पित थिइस् कि थिइनस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिस् कि गरिनस्, र तैँले आफ्नो सर्वस्व दिइस् कि दिइनस् भनेर मनन गर्नुपर्छ, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका बारेमा पूर्ण हृदयले सोच्दै आएको छस् कि छैनस् भनी मनन गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। एउटै मात्र अपवाद भनेको, यदि तेरो क्षमता कमजोर छ, वा तेरो अनुभव कम छ, वा तँ आफ्नो व्यावसायिक काममा पर्याप्त रूपमा निपुण छैनस्, र यसले गर्दा तेरो काममा केही गल्ती वा कमीकमजोरीहरू उत्पन्न हुन्छन्, र राम्रा नतिजाहरू हासिल हुँदैनन्, तर तँ आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेकै छस् भन्ने हो। तँ आफ्नै स्वार्थी चाहना वा प्राथमिकताहरू पूरा गर्नका लागि काम गरिरहेको छैनस्। बरु, हरेक पक्षमा तँ मण्डलीको काम र परमेश्वरको घरका हितहरूलाई ख्याल गरिरहेको छस्। तैँले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू हासिल गरिरहेको नहुन सक्छस्, तर तेरो हृदय सच्चिएको छ; यसमाथि, यदि तँ आफ्नो कर्तव्यमा रहेका समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्षम छस् भने, तँ आफ्नो कर्तव्य निर्वाहमा मानकअनुरूप हुनेछस्, र साथसाथै, तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। त्यसपछि, तँसँग गवाही हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरू मनन गरेपछि, मैले अभ्यासको मार्ग भेट्टाएँ। आफ्नो कर्तव्य निर्वाह गर्न, आफ्ना हितहरूलाई त्यागेर मण्डलीका हितहरूलाई विचार गर्नुपर्छ। आफ्नो इज्जत वा हैसियतमा समस्या आइपरे पनि नपरे पनि, मण्डलीको कामको रक्षा गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु नै महत्त्वपूर्ण हुन्छ। परमेश्वरको इच्छालाई बुझेपछि, त्यसउप्रान्त मैले अरूले मलाई के सोच्छन् भनेर चिन्ता गरिनँ। मैले आफ्नो कर्तव्य कसरी पूरा गर्ने र परमेश्वरलाई कसरी सन्तुष्ट तुल्याउने भन्ने मात्रै विचार गरेँ। त्यसैले, मैले अड्रियालाई मेरा केही कामहरू दिएँ, र उनले तुरुन्तै सहमति जनाइन्। चाँडै नै, अड्रियाको स्थितिमा सुधार आयो, उनी पहिलेजस्तो काम नगरी बस्न छोडिन्, र हामीले सफलतापूर्वक बाँकी रहेको काम पूरा गर्यौँ। यसपछि, मलाई निकै ढुक्क लाग्यो। मैले आफ्नो कर्तव्यमा सत्यता अभ्यास गर्नु र मैत्रीपूर्ण रूपमा सहकार्य गर्नु कति राम्रो हुँदो रहेछ भनेर पनि साँचो रूपमा महसुस गरेँ।
केही समयपछि, हामीलाई नयाँ काम आयो। मैले अचेतन रूपमै सोचेँ, “यदि मैले यो काम एक्लैले जिम्मा लिएँ भने, मैले श्रेय बाँड्नु पर्दैन। मेरो क्षमताअनुसार त, म यो काम आफै गर्न सक्छु। मैले अड्रियालाई संलग्न गर्नु पर्दैन। यदि यो काममा उनी पनि सहभागी भइन् भने म अयोग्य देखिनेछु। मेरा सबै ब्रदर-सिस्टरहरू मदेखि हाँस्नेछन्।” त्यो सोचेपछि, मलाई त्यो काम आफै गर्न मन लाग्यो। त्यति बेला, मैले मेरो अभिप्राय गलत छ भन्ने महसुस गरेँ। मैले अझै पनि आफ्नै व्यक्तिगत हितहरू पूरा गर्न काम गरिरहेकी थिएँ। अनि, मैले परमेश्वरका यी वचनहरू याद गरेँ: “यदि तँ आफ्नो हृदयमा अझै प्रतिष्ठा र हैसियतमै केन्द्रित छस् भने, र अझै देखावा गर्न र मानिसहरूलाई आफ्नो मान गर्न लगाउनमै तल्लिन छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, अनि तँ गलत मार्ग हिँडिरहेको छस्। तैँले पछ्याउने कुरा सत्यता होइन, न त त्यो जीवन नै हो, बरु त्यो तँलाई मनपर्ने कुरा हो, त्यो ख्याति, प्राप्ति, र हैसियत हो—र त्यो अवस्थामा, तैँले गर्ने कुनै पनि कुरा सत्यतासँग सम्बन्धित हुँदैन, त्यो सबै दुष्कर्म र श्रम हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। असल व्यवहार गर्यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन)। परमेश्वरको वचनले मलाई ब्यूँझायो। म सधैँ अचेतन रूपमा स्वार्थी काम गरिरहेकी हुन्छु। म साँच्चै नै नीच र स्वार्थी व्यक्ति हुँ। अत्यन्तै भ्रष्ट भएकोमा मलाई आफैप्रति घृणा जाग्यो, र मैले मेरा गलत अभिप्रायहरू त्यागेर सत्यता अभ्यास गर्ने चाहना गरेँ। त्यसकारण, मैले अड्रियालाई मसँगै त्यो नयाँ काममा सहभागी हुन अनुरोध गरेँ। त्यसपछिदेखि, जबजब काम बाँडफाँट गर्ने समय हुन्छ, मैले सधैँ अड्रियासँग सल्लाह लिने र उनको विचार बुझ्ने गरेकी छु, र मलाई पूरै श्रेय लिन सबै काम गर्न मन लाग्यो भने, म सचेत भई आफैलाई त्याग्ने, र कर्तव्यको आवश्यकताअनुसार अड्रियालाई कामहरू दिने गर्छु। यसरी अभ्यास गर्दा, मलाई शान्ति र सहज महसुस हुन्छ।
यो अनुभवमार्फत गुज्रेकोले अहिले मलाई आफ्नो शैतानी स्वभावको बारेमा केही बुझाइ हासिल भएको छ। आफ्नो कर्तव्य राम्ररी पूरा गर्नको लागि चाहिने मुख्य कुरा मैत्रीपूर्ण सहकार्य हो भन्ने पनि महसुस भएको छ। आफ्नो कर्तव्य आफै राम्रोसँग पुरा गर्नु असम्भव हुन्छ। मैत्रीपूर्ण रूपमा सहकार्य गरेर मात्रै हामीले पवित्र आत्माको अगुवाइ प्राप्त गर्न सक्छौँ।
झाङ्ग लिन, जापान सेप्टेम्बर २०१२ मा, म मण्डलीको कामको मुख्य व्यक्ति थिएँ जुन बेला मैले मेरो अगुवा यान झुओलाई भेटेँ। उनले...
मेरा सबै अनुभवहरूमध्ये, एउटा अनुभवले मलाई गहन प्रभाव पारेको छ। एक साल, माथिल्लो स्तरका अगुवा ली जुवान हाम्रो कामको रेखदेख गर्न हाम्रो...
मूल लेखिका: केके, चीनसानैदेखि, म एकदमै अन्तर्मुखी स्वभावकी छु। मलाई बोल्न र अरूलाई अभिवादन गर्न मन पर्दैनथ्यो। जब म बाहिर जान खोज्थेँ र...
सेप्टेम्बर २०२१ मा, मैले मण्डलीमा सुसमाचार सुनाउने काम गरिरहेको थिएँ। केही समयपछि, मैले सुसमाचार सुपरभाइजरले आफ्नो कर्तव्यमा कुनै बोझ...