अत्यधिक भावनात्मक लगावका परिणामहरू

16 डिसेम्बर 2024

शु सिङ, चीन

एक साल, म डिकनको रूपमा कार्यरत रहेको अवधिमा, परमेश्‍वरको घरले मण्डली शुद्धीकरण गर्नको निम्ति अविश्‍वासी, दुष्कर्मी र ख्रीष्टविरोधीहरू सबैलाई हाम्रा सदस्यहरूको पङ्क्तिबाट हटाउन आदेश दियो। त्यस्तो शुद्धीकरणको कामद्वारा मात्रै परमेश्‍वरका चुनिएकाहरूको सामान्य मण्डली जीवन सुनिश्‍चित गर्न सकिन्थ्यो। चाँडै नै, हाम्रो मण्डलीले यी तीन प्रकारका मानिसहरूको बारेमा अनुसन्धान सुरु गर्‍यो।

एक दिन, मण्डली अगुवा ब्रदर वाङ झिचेङले मलाई भेटेर भनेः “तपाईंकी पत्‍नीले प्रायः सत्यता बङग्याउँछिन्, र भेलाहरूमा अगुवा र सेवकहरूको आलोचना गर्छिन्। दुई जना डिकनहरूले यो समस्यालाई औँल्याउँदा पनि, तिनले स्वीकार गर्नु त कता हो कता, उल्टै तिनीहरूविरुद्ध द्वेष पालिन्, र पिठ्यूँपछाडि तिनीहरूको निन्दा पनि गर्न थालिन्। यसले गर्दा हाम्रा केही ब्रदर र सिस्टरहरूमा अगुवा र सेवकहरूप्रति निश्‍चित पूर्वाग्रहहरू देखा परे, र मण्डली जीवन गम्भीर रूपले प्रभावित भयो। हामीले तिनीसित सङ्गति र सहयोग गर्‍यौँ, तिनलाई निराकरण र छाँटकाँट गर्‍यौँ, तैपनि तिनले आफ्ना मार्गका गल्तीहरू देखिनन्, अनि पश्‍चात्ताप गर्न र रूपान्तरित हुन असफल भइन्।” झिचेङले आम रूपमा तिनको व्यवहार कस्तो छ भनेर पनि अझै जान्‍न चाहे, त्यसैले तिनलाई हटाइनुपर्छ कि पर्दैन भनी निर्णय गर्न जानकारी उपलब्ध गराउन उनले मलाई एउटा मूल्याङ्कन लेख्‍न आग्रह गरे। त्यस समयमा, मैले अलि खिन्‍न महसुस गरेँ। झिचेङले सत्य बोलिरहेका थिए—मेरी श्रीमतीले वास्तवमै अगुवा र सेवकहरू अनुत्तरदायी छन् र तिनीहरूले व्यवहारिक काम गरेनन् भन्दै प्रायः तिनीहरूको टीकाटिप्पणी गर्ने गर्थिन्। वास्तवमा, अगुवाहरूले आफ्नो काममा केही परिणामहरू हासिल गरेका थिए, र तिनीहरू केही व्यवहारिक मुद्दाहरू हल गर्न सक्षम थिए, तर मेरी श्रीमतीले सानोभन्दा सानो मामिलाको विषयमा पनि आलोचना गर्थिन्, र अगुवाहरूले गरेका हरेक काममा गल्ती भेट्टाउँथिन्। यस मामिलामा मैले तिनीसित यसअघि नै सङ्गति गरेको थिएँ, तर तिनले आफ्ना चालचलनहरू परिवर्तन गरिनन्, र भेला समूहहरूमा अगुवाहरूको बारेमा निरन्तर आलोचनाका आवाजहरू उठाइ नै रहिन्। जब तिनको समूह अगुवा ब्रदर वाङ यान्यीले तिनलाई भेलाहरूमा अगुवा र सेवकहरूको आलोचना गर्नु हुँदैन, यस्तो कुराले मण्डलीको जीवनलाई बिथोल्छ भनी बताए, तब तिनले उनको निन्दा गर्दै उनले केवल शब्द र धर्मसिद्धान्तहरू भट्याउँछन् तर उनीसित सत्यता वास्तविकताको कुनै ज्ञान छैन भनेर भनिन्। यहाँसम्मक कि तिनले यान्यीले भेलामा ब्रदर र सिस्टरहरूको समय मात्र खेर फालिरहेका छन् भनेरसमेत भनिन्, जबकि वास्तवमा, उनको सङ्गति धेरै व्यवहारिक हुन्थ्यो। मेरी श्रीमतीको व्यवहारले मण्डली जीवन बिथोलिरहेको थियो, र मण्डलीको अनुसन्धानको क्रममा यदि तिनी दुष्ट काम गर्ने व्यक्ति हुन् भनी निर्धारण गरिन्थ्यो भने तिनी मण्डलीबाट निकालिइनेथिन्। त्यस समयमा, मैले मनमनै सोचेँः “यदि तिनी निकालिइन् भने के त्यसको अर्थ तिनले मुक्ति हासिल गर्न सक्‍नेछैनन् भन्‍ने हुँदैन र?” यो महसुस गरेर, मैले अगुवालाई भनेँः “मेरी श्रीमतीले यी बाधा र व्यवधानहरू पैदा गर्नुको कारण तिनले दुई वर्षअघि मात्रै आखिरी दिनहरूका परमेश्‍वरको कामलाई स्वीकार गर्नु हो। म घर फर्केपछि, निश्‍चय नै तिनीसित सङ्गति गर्नेछु र हेरौँ, तिनलाई पश्‍चात्ताप गर्ने तुल्याउन सकिन्छ कि। मूल्याङ्कनको सम्बन्धमा चाहिँ, के अहिलेको लागि हामी त्यसलाई स्थगित गर्न सक्छौँ?” झिचेङले मसित सङ्गति गर्दै, मण्डलीको काम बिथोल्ने दुष्कर्मी र अविश्‍वासीहरूलाई सामान्य मण्डली जीवन प्रभावित गर्नदेखि रोक्‍न तिनीहरूलाई निकालिनुपर्छ भनी परमेश्‍वरको घरले सधैँ जोड दिएको छ भनेर भने। अनि, उहाँले मलाई चाँडो भन्दा चाँडो मेरो मूल्याङ्कन पूरा गर्न आग्रह गरे र मण्डलीले तिनको समग्र व्यवहारको आधारमा सिद्धान्तअनुसार तिनको बारेमा उचित निर्णय गर्नेछ भनी मलाई आश्‍वस्त तुल्याए। झिचेङ सही थिए भन्‍ने कुरा मलाई थाहा थियो तर जब मेरी श्रीमतीको मूल्याङ्कन लेख्‍ने कुरा आयो, तब मलाई एकदमै नमीठो महसुस भयो। मेरी श्रीमतीले र मैले विश्‍वासमा प्रवेश गरेदेखि नै धेरै कष्ट भोगेका थियौँ। हाम्रा सबै छिमेकीहरूले हाम्रो हाँसो उडाउँदा र हामीलाई तिरष्कार गर्दा नै, यो पर्याप्त रूपमा नराम्रो भइसकेको थियो, त्यसमाथि हाम्रा घनिष्ठ इष्टमित्र र सबै परिवारले पनि हामीलाई त्यागेका थिए—हामीले सँगसँगै केही अत्यन्त कठिन समयहरूबाट गुज्रँदै यहाँसम्म आएका थियौँ। यदि मैले तिनका सबै दुष्ट व्यवहारहरू लेखेँ, र तिनी अन्ततः बहिष्कृत भइन् भने, के तिनका सबै कष्टहरू व्यर्थ हुँदैनन् र? अझ, यदि तिनका सबै दुष्कर्महरू खुलासा गर्ने मूल्याङ्कन मेरो नै हो भनेर तिनले थाहा पाइन् भने, के मैले हाम्रो वैवाहिक बन्धनलाई बेवास्ता गरेको र म तिनीप्रति निष्ठुर भएको छु भनेर तिनले भन्दिननन् र? मैले मनमनै सोचेँः “यसलाई बिर्सिदे, मैले यो लेख्‍नु हुँदैन।” त्यसपछि, मैले पुनर्विचार गर्दै सोचेँ, “मलाई स्पष्टै थाहा छ, मेरी श्रीमतीले मण्डली जीवन बिथोल्दै आइरहेकी छे। यदि मैले मेरी श्रीमतीका व्यवहारहरूको बारेमा मण्डलीलाई शीघ्र जानकारी दिइनँ भने के मैले सत्यता लुकाइरहेको र तिनको गल्ती ढाकछोप गरिरहेको हुनेछैन र? त्यो परमेश्‍वरलाई दुःखी तुल्याउने कुरा हुनेछ!” यो सबै महसुस हुँदा, म मर्माहत र खिन्‍न भएँ। मैले आफ्नी श्रीमतीप्रतिको मेरो भावनात्मक लगाव छोड्न सकिनँ, र मलाई अघि बढ्ने सर्वोत्तम तरिका के हो भनी थाहा भएन। आगामी केही दिनहरूसम्म, म घर पुगेपछि आफ्नी श्रीमतीसित सङ्गति गर्थेँ, र तिनलाई पश्‍चात्ताप गर्न प्रोत्साहित गर्थें। तिनले झारातिरुवा शैलीमा सहमति जनाउँथिन् तर मैले तिनलाई ज्यादा दवाब दिँदा, तिनी चित्त दुःखाउँथिन् र मेरो सङ्गति स्वीकार गर्न इन्कार गर्थिन्। तिनमा अलिकति पनि सुधार नआएकोले, म यति पीडित भएँ कि म मुस्किलैले मात्र खान वा राति राम्रोसित निदाउन सक्थेँ।

पछि, सहकर्मीहरूको भेलामा, एक अगुवाले कसरी म आफ्ना भावनात्मक लगावहरूद्वारा नियन्त्रित भइरहेको छु, र मैले अझै आफ्नो मूल्याङ्कन लेखेको छैनँ भनी याद दिलाए, र त्यसैले उनले मसित यसो भन्दै सङ्गति गरे “परमेश्‍वरको घरमा सत्यताले राज्य गर्छ। कुनै दुष्कर्म गर्ने व्यक्तिलाई बाँकी राखिँदैन, र कुनै पनि असल व्यक्तिलाई गलत प्रकारले दोषी ठहर्‍याइनेछैन। यस मण्डली डिकनको हैसियतले, तपाईंले मण्डलीको कामलाई जोगाउन सत्यता अभ्यास गर्ने बाटो अगुवाइ गर्नुपर्छ।” अगुवाको सङ्गति सुनिसकेपछि म अलि लज्‍जित भएँ। वास्तवमा, मण्डली डिकनको हैसियतले, यदि मण्डलीले मेरी श्रीमतीको अवस्थाको बारेमा जान्‍न चाहन्थ्यो भने, मैले सक्रिय भएर सहकार्य गर्नुपर्थ्यो। त्यसको साटो, मैले मूल्याङ्कन लेख्‍न ढिलाइ गरिरहेँ, र त्यसो गरेर मण्डलीको कामलाई जोगाउन असफल भएँ। वास्तवमा, यो मेरी श्रीमतीको लागि एउटा सचेतनाको घण्टी र आफूमा केही समस्याहरू छन् भनी महसुस गर्ने एउटा अवसर थियो। यदि तिनले सत्यतालाई स्विकारी पश्‍चात्ताप गरेमा, र समयमै रूपान्तरण हासिल गरेमा, त्य सकारात्मक परिणाम आउन सक्थ्यो। घर फर्केपछि, जसै म मेरो मूल्याङ्कन लेख्‍न गइरहेको थिएँ, मैले मेरी श्रीमती कर्तव्यनिष्ठासहित घरको काममा व्यस्त भइरहेकी देखेँ र म हिच्किचाउन थालेँ। मैले आफ्ना दैहिक भावनाहरूलाई छोड्न र मण्डलीको कामलाई जोगाउनको निम्ति सत्यता अभ्यास गर्न मलाई मार्गदर्शन गर्नुहोस् भन्दै हतारहतार परमेश्‍वरसित प्रार्थना गरेँ। प्रार्थना सकिसकेपछि, परमेश्‍वरका यी वचनहरू मेरो मनमा आएः “सारमा, भावनाहरू के हुन्? ती एकप्रकारका भ्रष्ट स्वभाव हुन्। भावनाहरूको प्रकटीकरणलाई कैयौँ शब्‍दहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, भौतिक सम्‍बन्धहरूको परिपालन, र पक्षपात; भावनाहरू भनेका यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “भावनाहरूसँग के-कस्ता समस्याहरू सम्बन्धित हुन्छन्? नम्बर एक, तैँले आफ्नो परिवारलाई कसरी मूल्याङ्कन गर्छस्, तिनीहरूले गर्ने कामहरूप्रति कस्तो प्रतिक्रिया दिन्छस्। ‘तिनीहरूले गर्ने कामहरू’ मा तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्याउने, पिठिउँपछाडि मानिसहरूको आलोचना गर्ने, अविश्‍वासीहरूले गर्ने कामहरू गर्ने, आदि-इत्यादि कुराहरू पर्छन्। के तँ आफ्नो परिवारले गर्ने कुराहरूप्रति निष्पक्ष हुन सक्छस्? यदि तँलाई लिखित रूपमा आफ्नो परिवारको मूल्याङ्कन गर्न भनियो भने, के तैँले आफ्ना भावनाहरू पन्साएर वस्तुनिष्ठ र निष्पक्ष रूपमा त्यो काम गर्छस्? यो कुरा तैँले आफ्नो परिवारका सदस्यहरूको सामना कसरी गर्नुपर्छ भन्‍ने कुरासँग सम्बन्धित छ। अनि जोसँग तेरो सुमधुर सम्बन्ध छ वा जसले तँलाई पहिले सहयोग गरेका छन्, के तँ ती व्यक्तिहरूप्रति भावुक हुन्छस्? के तँ तिनीहरूका कार्य र व्यवहारको बारेमा वस्तुनिष्ठ, निष्पक्ष, र सटीक हुन्छस्? तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्याएको थाहा पाइस् भने, के तैँले त्यसबारेमा तत्कालै रिपोर्ट वा खुलासा गर्छस्? यसबाहेक, के तँ आफ्नो नजिकका र तेराजस्तै रुचि भएका मानिसहरूप्रति भावुक हुन्छस्? के तिनीहरूको कार्य र व्यवहारप्रतिको तेरो मूल्याङ्कन, परिभाषा, र प्रतिक्रिया निष्पक्ष र वस्तुनिष्ठ हुन्छ? अनि यदि तँसित भावनात्मक सम्बन्ध भएको कुनै व्यक्तिको विरुद्ध मण्डलीले कारबाही गर्नुपर्छ भनी सिद्धान्तले भन्यो भने, र त्यस्तो कारबाही तेरा आफ्नै धारणाहरूसँग बाझिन्छ भने, तैँले कस्तो प्रतिक्रिया दिन्छस्? के तँ आज्ञापालन गर्छस्? के तँ गोप्य रूपमा तिनीहरूसँग सम्पर्कमा रहिरहनेछस्, के अझै पनि तिनीहरूको छललाई सत्य मानिरहनेछस्, के तँ तिनीहरूद्वारा तिनीहरूकै निम्ति बहाना बनाउन, तिनीहरूलाई उचित ठहराउन र तिनीहरूको बचाउ गर्न प्रेरित हुनेछस्? के तँ तिनीहरूको दोष आफ्नो टाउकोमा लिन्छस् र सत्यता सिद्धान्तहरूलाई बिर्सेर परमेश्‍वरको घरका हितहरूमा बेवास्ता गरी, के तँ आफूप्रति दयालु हुनेहरूलाई सहायता गर्न अघि आउँछस्? यी सबैमा भावनाहरूसँग सम्बन्धित धेरै विषयहरू सम्मिलित छन्, छैनन् र?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू (२))। परमेश्‍वरका वचनहरूले यो खुलासा गरे कि प्रबल भावनात्मक लगावहरू भएकाहरूले सिद्धान्तअनुसार व्यवहार गर्न सक्दैनन्, तिनीहरूले न्यायोचित ढङ्गले व्यवहार गर्न सक्‍नु त परको कुरा हो। बरु, तिनीहरूले कृपावाद देखाउँछन्, र मण्डलीको हितलाई अलिकति पनि विचार नगरीकन दैहिक सम्बन्धहरूलाई जोगाएर राख्छन्। परमेश्‍वरका वचनहरूसित आफैलाई तुलना गर्दा, मैले आफूसित अत्यधिक भावनात्मक लगाव भएको पाएँ। जुन हदसम्म मेरी श्रीमतीले तथ्यहरू बङग्याउँथिन्, अगुवा र सेवकहरूको आलोचना गर्थिन् र मण्डली जीवन बिथोल्थिन्, त्यो हदसम्म मैले सत्यता अभ्यास गर्दै तिनका दुष्ट व्यवहारहरूको खुलासा गर्नुपर्छ भनेर मलाई पूर्ण रूपले थाहा थियो। त्यसो गर्दा मात्रै, मैले परमेश्‍वरको इच्छालाई ध्यान दिइरहेको र मण्डलीको कामलाई जोगाइरहेको हुन्थेँ। तैपनि, मैले पारिवारिक बन्धनलाई परित्याग गर्न नसकेकोले, मेरी श्रीमतीले मुक्ति हासिल गर्ने अवसर गुमाउँलिन् भन्‍ने डरले, र तिनले मसित द्वेष राख्लिन् भन्‍ने चिन्ताले म तिनको पक्षमा रहेँ, तिनको गल्ती ढाकछोप गरेँ, तिनको मूल्याङ्कन लेख्‍नमा ढिलाइ गरेँ र तिनलाई निरन्तर मण्डली बिथोल्न दिएँ। तिनको गल्ती ढाकछोप गर्दा मैले मण्डलीको कामलाई अलिकति पनि विचार गरिनँ, न त यसले मेरा ब्रदर र सिस्टरहरूको जीवनमा कसरी हानि गरिरहेको होला भनेर नै सोचेँ। म साँच्‍चै नै घिनलाग्दो थिएँ! यो सबै महसुस गरेर, मैले सोचेँः “म आफ्नो विवेकविरुद्ध जान सक्तिनँ, र परमेश्‍वरलाई अबउप्रान्त दुःखी तुल्याउन सक्तिनँ। मैले सत्यता अभ्यास गर्नुपर्छ, मेरा दैहिक भावनाहरू परित्याग गर्नुपर्छ र तिनका दुष्ट व्यवहारहरूलाई खुलासा गरिदिनुपर्छ।” त्यस्तो सोचेर, मैले आफ्नो कलम उठाएँ, र मेरी श्रीमतीमा मैले देखेका हरेक दुष्ट व्यवहार लेख्‍न थालेँ। केही दिनपछि, अगुवा र सेवकहरूले सिद्धान्तमा आधारित भएर मेरी श्रीमतीमा दरिद्र मानवता छ, तिनले थुप्रैपल्ट मण्डलीको जीवन बिथोलेकी छिन् र तिनलाई निष्कासन गरिनुपर्छ, तर तिनले थोरै समयदेखि मात्रै आखिरी दिनहरूका परमेश्‍वरको कामलाई स्वीकार गरेकीले, तिनलाई एकपल्ट फेरि पश्‍चात्ताप गर्ने अवसर दिइनेछ भन्‍ने निर्णय गरे। तिनलाई काँटछाँट र निराकरण गरेर चेतावनी दिनुपर्नेथ्यो, तर यदि तिनी अझै पश्‍चात्ताप गर्न असफल भएमा तिनलाई निष्कासन गरिनेथ्यो। तिनले अझै परिवर्तन हुने एउटा मौका पाउँनेछिन् भन्‍ने सुनेर म निश्‍चिन्त भएँ। मैले कम्मर कसेर मेरी श्रीमतीलाई साँच्‍चै नै तिनका दुष्ट व्यवहारहरू चिन्‍न र परमेश्‍वरसामु पश्‍चात्ताप गर्न सहयोग गर्ने अठोट गरेँ। यदि तिनले पश्‍चात्ताप र रूपान्तरण हासिल गरेमा, तिनी हटाइनेथिनन्। यदि त्यसो हो भने, तिनले मुक्ति पाउन सक्‍ने अझै आशा हुन्थ्यो। घर पुगेर मैले मेरी श्रीमतीलाई उनका सबै समस्याहरू औँल्याइदिएँ, र पश्‍चात्ताप गर्नका निम्ति यो अवसर प्रयोग गर्न आग्रह गरेँ। त्यस समय, तिनले मेरो अनुरोध मानिन्। त्यसपछि, तिनले भेलाहरूमा आफ्ना ब्रदर र सिस्टरहरूसित वादविवाद, र अगुवा र सेवकहरूको आलोचना गरिनन्। मण्डलीले अह्राउँदा तिनले ब्रदर-सिस्टरहरूलाई पाहुना राख्‍ने कर्तव्य स्वेच्छाले स्विकारिन् र तिनले कम्तीमा बाह्य रूपमा आफैलाई अलि बढी नियन्त्रण गरिरहेजस्तो लाग्थ्यो। म तिनको लागि धेरै खुशी भएँ, तर समय बित्दै जाँदा तिनको साँचो स्वभावले एकपल्ट फेरि शिर उठायो।

एकपल्ट, एउटा भेलामा, समूह अगुवा सिस्टर लियू यीले कसरी व्यक्तिले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने सत्यता व्यवहारमा उतार्ने र यसभित्र प्रवेश गर्ने गर्नुपर्छ भनेर सोधिन्। यो सुनेर मेरी श्रीमतीले लियू यीलाई निन्दा गर्दै भनिन्ः “मैले अगुवा र सेवकहरूको आलोचना गरेँ, र दुष्टता गरेँ भनेर तपाईंले मेरो खुलासा गर्नुभयो तर तपाईं परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुरालाई पनि बुझ्नुहुन्‍न! तपाईं किन यस समूहको अगुवा हुनुभएको? मेरो आलोचना गर्न कुन कुराले तपाईंलाई योग्य बनाउँछ?” तिनले लियू यीविरुद्ध आक्षेपका यी बोली ओकल्दै गइन्, र अरूले तिनलाई यो कुरा नगर्नुहोस् भनेर भन्दा पनि रोकिन इन्कार गरिन्। अन्ततः तिनले यति ठूलो हल्ला मच्‍चाइन् कि एक छिमेकी आएर के भइरहेको छ भनी सोधे, र सुरक्षालाई ध्यानमा राखेर भेला समाप्त गर्नुपर्‍यो। के भएको थियो भन्‍ने कुरा थाहा पाएपछि, मैले तिनको निराकरण गरेँ, र तिनको आक्षेपपूर्ण बोलीले मण्डली जीवनमा बाधा र व्यवधान पैदा गरेको कुरा बताएँ, तर तिनले त्यसलाई स्विकार्न मानिनन्, र आफ्नै प्रतिरक्षा गर्नसमेत खोजिन्। त्यसपछि, तिनी मसित रिसाइन् र मलाई बेवास्ता गरिन्। तिनले मप्रति त्यस्तो मनोवृत्ति अपनाएको देख्‍नु साँच्‍चै नै हतोत्साहित तुल्याउने कुरा थियो। त्यसपछि, म मेरो गृहनगरमा विश्‍वासीहरूको माझमा म केही हदसम्म सुपरिचित भएकोले र मैले सुसमाचार फैलाएको बारेमा एउटा दुष्टले उजुरी गरिदिएकोले मेरी श्रीमती र म भागेर गई घरबाट टाढाको एउटा मण्डलीमा आफ्ना कर्तव्यहरू निर्वाह गर्न बाध्य भयौँ। एकपल्ट, एउटा भेलामा, परमेश्‍वरका वचनहरूको एउटा खण्डको बारेमा मेरी श्रीमतीको बुझाइ अलि ठीक थिएन, र अरू ब्रदर र सिस्टरहरूले त्यो परमेश्‍वरको वचनहरूको सही व्याख्या होइन भनेर तिनको गल्ती औँल्याइदिए। तथापि, मेरी श्रीमती त्यसलाई मान्‍न इच्छुक थिइनन्, र तिनले यति हदसम्म अडान लिइरहिन् कि यसले भेलाको पूरै प्रवाह बिथोलिदियो। अर्कोपटक, तिनी एउटा दुष्कर्मी व्यक्तिको बचाउ गर्न आइन् जसलाई मण्डलीले निष्कासन गर्न तयार गरिरहेको थियो, र तिनले मण्डलीको कामलाई नराम्रोसित बिथोलिदिइन्। यसबारेमा थाहा पाएपछि, मैले तिनको निराकरण र खुलासा गरेँ, तर तिनले मेरो कुरा मानिनन्, र आफू नै ठीक छु भनेरसमेत सोचिन्। अर्कोचोटि, मेरी श्रीमतीले कतैबाट मण्डली अगुवा खतरामा रहेको सुनिन्, अनि अगुवाले अरू सहभागीहरूलाई जोखिममा पार्नेछन् भन्दै तिनले उनलाई भेलामा सहभागी हुनबाट रोकिन्। तिनी यति हदसम्म गइन् कि तिनले मण्डलीको काम जोगाउन नै सहयोग गरिरहेकी छिन् भनेर भनिन् र ब्रदर र सिस्टरहरूलाई अगुवासित सम्मिलित नहुन सल्लाह दिँदै तिनीहरूभित्र डर रोपिदिइन्। तिनले के कुरा गरिरहेकी थिइन् तिनलाई साँच्‍चै थाहा थिएन, र तिनले हरप्रकारका हास्यास्पद अभिव्यक्ति र व्यवहारहरू प्रकट गरिरहेकी थिइन् जसले प्रत्यक्ष रूपले मण्डली जीवन बिथोलिरहेको थियो। जे भएको थियो, त्यसबारेमा सुनेपछि, म रिसाएँ र खिन्‍न भएँ, अनि मैले तिनीसित यसो भन्दै सङ्गति गरेँः “तिमीले अगुवालाई सभामा सहभागी हुनदेखि रोक्यौ, ब्रदर र सिस्टरहरूमाझ डर रोप्यौ, मानिसहरूलाई अगुवाको सम्पर्कमा आउनदेखि रोक्यौ, र अगुवाको कर्तव्य पालन गर्ने क्षमतामा बाधा दियौ। के तिमीले दुष्टता गरिरहेकी र मण्डलीको जीवनलाई बिथोलिरहेकी थिइनौ र? विगतमा, तिमीले त्यो सबै दुष्टता गर्दा पनि मण्डलीले तिमीलाई निष्कासन गरेन किनभने तिमी थोरै समयदेखिको विश्‍वासी थियौ। तिनीहरूले तिमीलाई पश्‍चात्ताप गर्ने अवसर दिए, तर तिमीले फिटिक्‍कै पश्‍चात्ताप गरैनौ, बरु निरन्तर दुष्टता गरि नै रह्यौ। यदि तिमी यसरी नै निरन्तर लागिरह्यौ भने तिमी निश्‍चय नै निष्कासन गरिनेछौ। तब तिमीले कसरी मुक्ति हासिल गर्नेछौ?” तिनले आफ्नो शिर झुकाइन् र कुनै उत्तर दिइनन्। तिनीसित कुनै आत्मसचेतना थिएन, र तिनी पछि आफ्नो व्यवहार सच्याउन असफल भइन्। मैले तिनलाई गम्भीरतापूर्वक निराकरण र खुलासा गर्दा, मैले तिनलाई भनेका कुराहरू तिनले ग्रहण गरिनन्, र तिनीसित पश्‍चात्ताप गर्ने अलिकति पनि मनसाय थिएन। मेरी श्रीमतीका कार्यहरूको सम्बन्धमा, मैले परमेश्‍वरका वचनहरूमा एउटा खण्ड भेट्टाएँ जसले भन्छः “दाजुभाइ-दिदीबहिनीहरूमाझ सधैँ आफ्नो नकारात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यदि ती मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्‍वरमा समर्पित हुने हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई प्रतिरोध गर्नेहरू बन्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति समर्पित नहुनु वा उहाँको डर नमान्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्‍वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र गैरविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमाझ गुट पैदा गर्छन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू खाँटी दियाबलस र शैतान हुन्। तिनीहरूको व्यवहारले परमेश्‍वरको काममा अवरोध र बाधा पुऱ्याउँछ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई बाधा दिन्छ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो-चाँडो, भेडाहरूको खाल ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर मनोवृत्ति, तिरस्कार गर्ने मनोवृत्ति अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। मेरी श्रीमतीका कार्यहरू परमेश्‍वरले बयान गर्नुभएको जस्तै थिए। विगतमा, तिनले प्रायः सत्यता बङग्याइन्, र अगुवा र सेवकहरूको आलोचना गरिन्, अनि ब्रदर र सिस्टरहरू तथा अगुवा र सेवकहरूबीच द्वन्द्व मच्‍चाइदिइन्। अहिले, तिनी फेरि अन्धाधुन्ध काम गर्दै, अगुवालाई आफ्नो कर्तव्य पालन गर्नदेखि रोक्दै र मण्डलीको काममा गम्भीरतापूर्वक प्रभाव पार्दै उही पुरानै चालहरू चाल्दै थिइन्। पहिलेको मण्डलीमा हाम्रा अगुवाले उनका दुष्ट व्यवहारहरूको चिरफार गरेका थिए, तैपनि अझै तिनीसित आत्मसचेतना थिएन, र तिनले पश्‍चात्ताप गर्दिनथिन्। तिनलाई सहयोग गर्न खोज्नेहरूप्रति समेत तिनले द्वेष राखिन्, र पहिलो भेटमै तिनीहरूलाई झम्टिन्। यो स्पष्ट थियो कि तिनले सत्यता बिलकुलै स्वीकार गर्दिनथिन्, र सत्यतालाई घृणा गर्ने र तुच्छ ठान्‍नेसमेत गर्थिन्। यी व्यवहारहरू भ्रष्टता वा एकपल्टको अपराधहरूको केवल सामान्य प्रकटीकरणहरू थिएनन्, यी व्यवहारहरूले त बाधआ र व्यवधानको एक ढाँचा नै बनाइरहेका थिए, र तिनलाई दिइएको कुनै पनि सल्लाह वा सम्झाइबुझाइले तिनका चालचलनहरू परिवर्तन गरेको थिएन। यो दुर्भावपूर्ण प्रकृतिको प्रकटीकरण थियो! दुष्कर्म गर्नेहरूको सार भनेकै सत्यतालाई घृणा गर्नु र तुच्छ ठान्‍नु हो, र वर्षौंको विश्‍वासपछि पनि तिनीहरू साँचो रूपमा पश्‍चात्ताप गर्न असफल हुन्छन्। परमेश्‍वरका वचनहरूको प्रकाशमाथि मनन गर्दा, मेरी श्रीमती दुष्कर्मी हुन् भनी मैले महसुस गरेँ, र ढिलो वा चाँडो, तिनी मण्डलीबाट बहिष्कृत हुनेवाला थिइन्। तर, विश्‍वासमा रहेको यतिका वर्षपछि तिनी निष्कासित भएको देख्‍न मलाई गाह्रो थियो—यस्तो विचार आउँदासमेत, यसले मलाई अन्त्यहीन यातना दियो। मैले तिनको अवश्यम्भावी निष्कासन तिनको आफ्नै दुष्टताको परिणाम हो र तिनले आफ्नो खाडल आफै खनेकी हो भन्‍ने जाने तापनि, म यो घटना घटेको देख्‍न सक्दिनथेँ, र म तिनलाई बचाउन चाहन्थेँ। त्यसै समयमा, मण्डली अगुवाले मलाई मेरी श्रीमतीको मूल्याङ्कन लेख्‍न आग्रह गरे। त्यस समय, मैले सोचेँः “सायद मैले केवल यस मण्डलीका ब्रदर र सिस्टरहरूलाई थाहा भइसकेका दुष्कर्महरूको बारेमा मात्र लेखेर पहिलेको मण्डलीमा तिनी संलग्‍न भएका तर यहाँका मानिसहरूलाई थाहा नभएका घटनाहरूलाई चाहिँ छोड्न सक्छु।” त्यसैले, मैले तिनका हालका केही दुष्कर्महरूको मात्र झारा टाटर्ने सारांश लेखेँ, र त्यसलाई बुझाइदिएँ। केही दिनपछि, एउटा अगुवाले मलाई भनेः “तपाईंले लेख्‍नुभएको त्यो त एकदम आधारभूत मूल्याङ्कन हो। के तपाईंले आफ्नी श्रीमतीका सबै दुष्कर्महरू लेख्‍नुभयो? स्व-व्यवहार अँगाल्‍ने क्रममा, हामीले परमेश्‍वरको सूक्ष्म छानबीन स्वीकार गर्नुपर्छ। हामीले हाम्रो व्यक्तिगत भावनात्मक लगावहरूको कारण तथ्यहरू र वास्तविकतालाई लुकाउनुहुँदैन।” अगुवाका वचनहरूले मेरो मनमा द्वन्द्व उत्पन्‍न भयो। वास्तवमा, मैले मेरी श्रीमतीका सबै दुष्कर्महरूको बारेमा लेखेको थिइनँ किनभने यदि मैले त्यसो गरेँ भने तिनका व्यवहारहरूको समग्र नमूनाअनुसार तिनी दुष्कर्मी निर्धारित भई तुरुन्तै निष्कासित हुनेथिन्। तिनी कति प्रतिरोधी थिइन् भन्‍ने कुरालाई ध्यानमा राखेर यदि तिनी साँच्‍चै नै निष्कासित भएमा मैले प्रमाण जुटाएको हो भनी थहा भयो भने तिनी अन्त्यहीन रूपमा मसित विवाद गरिरहनेथिन्। अझ, यदि जे भएको थियो, त्यो मेरा छोराछोरीहरूले थाहा पाए भने, के मैले मेरी आफ्नै श्रीमतीलाई बाहिरी मान्छेजस्तै व्यवहार गरेँ भनेर भन्‍नेथेनन् र? तर फेरि, यदि मैले मेरो आफ्नो मूल्याङ्कनमा तथ्यपूर्ण विवरण प्रस्तुत गरिनँ भने, मैले तथ्यहरूलाई लुकाइरहेको हुन्थेँ र दुष्कर्मीलाई ढाकछोप गरिरहेको हुन्थेँ, र यस क्रममा मैले तिनलाई निरन्तर दुष्कर्म गर्न र मण्डलीको काम बिथोल्न लगाइरहन्थेँ। म अति व्यथित भएँ र मैले केही कुराको निर्णय गर्न नसक्‍ने गरी मेरो मनमा संघर्ष मच्‍चिन थाल्यो।

घर फर्किसकेपछि, मैले परमेश्‍वरका वचनहरूको निम्‍न खण्डहरू फेला पारेँः “तैँले जतिसक्दो चाँडो तेरा सबै भावनाहरूलाई त्याग्नुपर्छ; म भावनामा काम गर्दिनँ, बरु धार्मिकताको अभ्यास गर्छु। यदि तेरा आमाबुबाले मण्डलीलाई लाभ पुग्ने गरी केही गर्दैनन् भने, तिनीहरू उम्किन सक्दैनन्। मेरा अभिप्रायहरू तेरो सामु प्रकट भएका छन्, र तैँले तिनीहरूलाई उपेक्षा गर्न सक्दैनस्। बरु, तैँले तेरो सम्पूर्ण ध्यान तिनीहरूमा केन्द्रित गर्नुपर्छ, र पूर्ण हृदयले तिनलाई पछ्याउन सबै कुरालाई पाखा लगाउनुपर्छ। तँलाई म सधैँ मेरा हातहरूमा राख्नेछु। सधैँ कायर बनेर तेरो श्रीमान् वा श्रीमतीको बन्धनमा बस्‍ने नगर्; तैँले मेरो इच्छालाई लागू गर्न दिनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ९)। “यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्‍वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्‍वरमा विश्‍वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिस विनाशका पात्र हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूको न्याय र प्रकाश हृदयविदारक थियो। मेरी श्रीमतीसित दुष्कर्मीको सार थियो र तिनलाई निष्कासन गरिनुपर्छ भनी म राम्रोसित जान्दथेँ तर तिनीसित मेरो भावनात्मक लगाव भएको कारण तिनलाई निष्कासन गरिएको र तिनले मुक्तिको अवसर गुमाएको देख्‍न मलाई गाह्रो थियो। मैले मूल्याङ्कन पेश गरेको मेरी श्रीमती र छोराछोरीहरूले पत्ता लगाएमा तिनीहरूले म निष्ठुर र परिवारप्रति विश्‍वासहीन छु भन्लान् भनेर पनि म चिन्तित भएँ। मैले तथ्यहरूलाई ढाकछोप गरेँ, अनि परमेश्‍वर एवं मेरा ब्रदर र सिस्टरहरूलाई झुक्याउन र धोका दिने प्रयासमा मेरी श्रीमतीका व्यवहारहरूको केवल छोटो, कामचलाउ चित्रण मात्र तयार गरेँ। यदि मेरी श्रीमती मण्डलीमा रहिन् भने तिनले मण्डलीको जीवनलाई निरन्तर बिथोल्नेछिन् भनी मलाई राम्रोसित थाहा थियो तर म अझै पनि आफ्नै बारेमा मात्र प्रतिबद्ध भएँ, र यस कुराले मण्डलीको काममा कति हानि पुर्‍याउला भनी अलिकति पनि विचार नगरीकन तिनका दुष्कर्महरू ढाकछोप गरेँ। के मैले दुष्कर्मीको निम्ति ढाकछोप गरिरहेको, परमेश्‍वरलाई विरोध गरिरहेको र मण्डली तथा ब्रदर र सिस्टरहरूलाई हानि पुर्‍यायाइरहेको थिइनँ र? मैले असल र खराबबीचको भिन्‍नता छुट्टयाउन सकिनँ, र यस दुष्कर्मीसितको मेरो भावुकतापूर्ण, प्रेमिलो लगावमुनि म दबिएँ। म कति बेबकुफ थिएँ! मैले मसित भएको तर्कले कसरी सत्यताको अभ्यासमाथि मेरो भावनात्मक लगावलाई निरन्तर प्रोत्साहित गरेको थियो भन्‍नेबारेमा मनन गरेँ, र यस्तो किन भयो भने “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” अनि “पुरुष र स्‍त्री एकपल्ट विवाह गरेपछि तिनीहरूको प्रेमको बन्धन गाढा हुँदै जान्छ” जस्ता शैतानी विषहरूले मलाई मेरा भावनात्मक बन्धनहरूमाथि धेरै महत्व दिन र जीवनमा व्यक्ति स्‍नेही र विश्‍वासयोग्य हुनुपर्छ भन्‍ने सोच्न लगाएको थियो। मैले यी शैतानी दर्शनहरूलाई सकारात्मक कुराहरूजस्तै सोचेको थिएँ, र परिणामस्वरूप म असल र खराब, र ठीक र बेठीकबीचको भिन्‍नता छुट्टयाउन असक्षम भएँ, मेरो चालचलनमा सिद्धान्तको कमी भयो, मैले दुष्कर्मीसित भावनात्मक सम्बन्ध कायम राखेँ, र मैले दुष्कर्मीलाई ढाकछोप गर्दै मण्डली जीवन बिथोल्न र मण्डलीको काममा अवरोध गर्न दिइरहेँ। के म दुष्कर्मीका दुष्कर्महरूमा स्वेच्छिक सहभागी थिइनँ र? मण्डली सदस्यको हैसियतले, मैले दुष्कर्मीलाई खुलासा नगरेको र मण्डलीको कामलाई नजोगाएको मात्र होइन, वास्तवमा तिनका दुष्कर्महरूलाई ढाकछोपसमेत गरेको थिएँ। मैले जानीजानी परमेश्‍वरको विरोध गरेको र उहाँको स्वभावलाई चोट पुर्‍याएको थिएँ; यदि मैले पश्‍चात्ताप नगरेको भए म निश्‍चय नै बाहिर फ्याँकिनेवाला थिएँ! म यस अनुभूतिद्वारा अलि त्रसित भएँ, र मलाई गहन रूपमा लाज र अफसोस भयो। मेरा ब्रदर र सिस्टरहरूले तिनलाई राम्ररी चिनून् र तिनलाई शीघ्र मण्डलीबाट निष्कासन गरुन् भनेर भनेर यदि मैले सत्यता अभ्यास गर्दै मेरी श्रीमतीका दुष्कर्महरू खुलासा गरिदिएको भए, मण्डली जीवनलाई बिथोल्ने कुराहरू रोक्‍न सकिन्थ्यो। मैले मेरी श्रीमतीका सबै खराब व्यवहारहरूको बारेमा मनन गरेँ—तिनीसित केही जोस थियो होला तर तिनले सत्यतालाई बिलकुलै स्वीकार गरिनन् र केवल मण्डलीलाई वाधा दिने काम मात्र गरिन्। मण्डलीले तिनलाई पश्‍चात्ताप गर्न थुप्रै अवसरहरू दिएका थिए र मेरा ब्रदर र सिष्टरहरूले थुप्रैपल्ट तिनीसँग सङ्गति गरेका थिए र थुप्रै चेतावनीहरू दिएर तिनलाई निराकरण र काँटछाँट पनि गरेका थिए तर तिनले सत्यतालाई बिलकुलै स्वीकार गरिनन्, पश्‍चात्ताप गरिनन्। त्यसको विपरीत, तिनले हाम्रा ब्रदर र सिस्टरहरूको आलोचना र आक्रमण गर्थिन्। मलाई महसुस भयो, तिनले सत्यतालाई तुच्छ ठान्थिन् र घृणा गर्थिन् र तिनी आखिरी दिनहरूको परमेश्‍वरको काममा परमेश्‍वरद्वारा खुलासा गरिएको झारजस्तै थिइन्। मैले प्रकाशको पुस्तकमा भएको एउटा खण्डको बारेमा सोचेँ जसले भन्छः “अन्यायी, अझै अन्यायी नै रहिरहोस्: अनि फोहोरी, अझै फोहोरी नै रहिरहोस्: र धर्मी, अझै धर्मी नै रहिरहोस्: अनि पवित्र, अझै पवित्र नै रहिरहोस्(प्रकाश २२:११)। वास्तवमा, एकचोटिको दुष्कर्मी सधैँको दुष्कर्मी हुन्छ। तिनी जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै परिवर्तन हुनेथिनन्।

पछि, मैले परमेश्‍वरको अर्को खण्ड फेला पारेँः “हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। … अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै खराब हुन् र बाँच्नेहरू धर्मी हुन्—यद्यपि खराबहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका आमाबुबाले दुष्ट काम गरे पनि। विश्वासी पति र गैरविश्वासी पत्‍नी बीच कुनै सम्बन्ध हुँदैन र विश्‍वास गर्ने छोराछोरीहरू र गैरविश्वासी आमाबुबा बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्नु अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैनन्। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दा किसिमका सृष्टि गरिएका प्राणी हुन्। आफ्नाकर्तव्य पूरा गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। … अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्‍वासी र गैरविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नेछन्, र परमेश्‍वरको अधीनमा रहनेछन्, जबकि परमेश्‍वरविरुद्ध विद्रोह गर्नेहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्‍वास र अविश्‍वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूमार्फत परमेश्‍वरले मानिसहरूका परिणामहरू तिनीहरूको सारअनुसार निर्धारण गर्नुहुन्छ भनी जानेँ। परमेश्‍वरले दुष्कर्म गर्नेहरूलाई मुक्ति दिनुहुन्‍न, उहाँले सत्यता स्वीकार गर्न र साँच्‍चै नै पश्‍चात्ताप गर्न सक्‍नेहरूलाई मुक्ति दिनुहुन्छ, जबकि सत्यता स्वीकार गर्न नसक्‍ने र सत्यतालाई घृणा गर्ने र तुच्छसमेत ठान्‍नेहरूलाई बाहिर फ्याँकिदिनुहुन्छ। मेरी श्रीमती सारमा दुष्कर्मी थिइन् र तिनी परमेश्‍वरमार्फत मुक्ति पाउन सक्दैनथिन्। यदि तिनी मण्डलीमा रहिरहेकी भए पनि, तिनी अन्ततः बाहिर फ्याँकिनेवाला नै थिइन् र तिनका निरन्तरका दुष्कर्महरूको निम्ति तिनले धेरै गम्भीर दण्डहरू मात्रै भोग्‍नेथिन्। मैले परमेश्‍वरको धर्मी स्वभावको बारेमा सोचेको थिइनँ, सत्यता अभ्यास नगरी र मेरी श्रीमतीका दुष्कर्महरूलाई मैले लुकाउञ्‍जेलसम्म तिनी मण्डलीमा रहन सक्छिन् र जेनतेन परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने बाटो भेट्टाउनेछिन् भन्‍ने विश्‍वास गरी, केवल कसरी मेरा दैहिक भावनात्मक बन्धनहरूलाई जोगाउने भन्‍नेबारेमा सोचिरहेको थिएँ। मैले कति हास्यास्पद धारणाहरू मनमा राखिरहेको थिएँ! आखिरी दिनहरूमा, परमेश्‍वरले “हरेकलाई आफ्नो प्रकारअनुसार वर्गीकरण” गर्ने काम गर्नुहुन्छ। उहाँले हरेकको कार्य र प्रकृति सारअनुसार तिनीहरूको गन्तव्य र परिणाम निर्धारण गर्नुहुन्छ। असल असलसितै र खराब खराबैसित वर्गीकृत हुनेछन्। मेरी श्रीमतीले आफ्ना दुष्कर्महरूका परिणामहरूलाई स्वीकार गर्नुपर्नेछ किनभने यसले नै परमेश्‍वरको धर्मी स्वभावलाई निर्धारित गर्छ। मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पनि फेला पारेँ जसले भन्छः “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। परमेश्‍वरका वचनहरूले मलाई झनै बढी पछुतो र सरममा पारे। मैले मेरा भावनात्मक लगावहरूलाई मेरा कार्यहरू नियन्त्रित गर्न, परमेश्‍वरलाई झुक्याउन र धोका दिन, मेरा ब्रदर र सिस्टरहरूलाई हानि पुर्‍याउन, र शुद्धीकरणको कामको सामान्य प्रगतिलाई रोक्‍न दिइरहेको थिएँ। म अबउप्रान्त भावनाहरूअनुसार चल्न सक्तिनथेँ, मैले परमेश्‍वरको इच्छाप्रति विचारशील हुनुपर्थ्यो, सिद्धान्तअनुसार आफैलाई चलाउनुपर्थ्यो, मेरी श्रीमतीका सबै दुष्कर्महरूलाई खुलासा गरिदिनुपर्थ्यो, र तिनलाई मण्डलीको काम बिथोल्न दिन बन्द गर्नुपर्थ्यो। मैले मेरी श्रीमतीमा हामीले मण्डलीमा बिताएका सारा समयभरि देखेका सबै दुष्कर्महरू र व्यवहारको समग्र ढाँचाको बारेमा लेखेँ, र अगुवालाई मेरो मूल्याङ्कन बुझाइदिएँ। त्यसको लगत्तै, मण्डलीका अगुवा र सेवकहरूले मेरी श्रीमतीको समग्र आचरणलाई आधार मानेर तिनी दुष्कर्मी हुन् भनेर निर्धारण गरे, र मण्डलीभरिको भोटद्वारा तिनलाई निष्कासन गर्ने निर्णय गरियो। तिनको निष्कासनपछि, मण्डली जीवन सामान्य अवस्थामा फर्कियो। म साँच्‍चै नै परमेश्‍वरको धार्मिकताको साक्षी भएको थिएँ, र मलाई मिठो अनुभूति पनि भयो किनकि मैले दुष्कर्मीलाई खुलासा गरेर मण्डलीबाट निष्कासन गर्नमा आफ्नो भूमिका खेलेको थिएँ। मैले अझ धेरै शान्ति अनुभूति गरेँ र यसको परिणामस्वरूप म अझ समझदार भएँ। यो सबै परमेश्‍वरका वचनहरूको पठनमार्फत नै भएको थियो, र यसैमार्फत मैले भावनात्मक लगावका बाधाहरूको प्रतिरोध गर्न, मेरी श्रीमतीका खराब व्यव्र्यवहारहरू खुलासा गर्न र मण्डलीको कामलाई जोगाउनमा आफ्नो भूमिका खेल्न सकेँ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

काटछाँट र निराकरण गरिएर फसल कटनी

योउक्षिन, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका...

मानिसहरूलाई हेपेर हप्काउँदा मेरो कुरूपताको खुलासा भयो

गत वर्षको अक्टोबरमा, मैले मण्डलीको सुसमाचार कार्यको रेखदेख गरिरहेको थिएँ। मण्डलीका केही सदस्यहरूले भर्खर आफ्‍नो कर्तव्य पूरा गर्न थालेका...

इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्