म बल्ल हीनताको छायाबाट बाहिर निस्किएँ

19 फेब्रुअरी 2026

सिमाई, चीन

सानैदेखि, मेरो प्रतिक्रिया जनाउने र बुझ्ने क्षमता निकै सुस्त थियो। स्कुले समयमा, शिक्षकहरूले केही जटिल प्रश्नहरू सोध्नुहुँदा, म तुरुन्तै प्रतिक्रिया जनाउन सक्दिनथेँ र अक्सर गलत जवाफ दिन्थेँ। त्यसैले, मेरा सहपाठीहरू अक्सर मलाई हाँसोमा उडाउँथे र मेरा शिक्षकहरूले मलाई मूर्ख भन्नुहुन्थ्यो। त्यस बेलादेखि, मलाई आफू आफ्ना उमेरकामध्ये सबैभन्दा कम बुद्धिमान् छु जस्तो लाग्थ्यो। शिक्षकहरूले के पनि भन्नुहुन्थ्यो भने मजस्ता पढाइमा कमजोर विद्यार्थीले ठूलो भएपछि अरूको काम गर्ने वा किसान बन्ने मात्रै हो, अनि पढाइमा राम्रो गर्नेहरू चाहिँ नेतृत्वकर्ता वा म्यानेजर बन्न सक्छन्। यी शब्दहरूले मलाई धेरै चोट पुऱ्याए। म झन्-झन् अन्तर्मुखी भएँ, बोल्न मन नपराउने र अरूसँग अन्तरक्रिया गर्न डराउने भएँ।

सन् २००६ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। सुरुमा भेलामा उपस्थित हुँदा, अरूले हाँसोमा उडाउलान् भन्ने डरले म सङ्गति गर्न आँट गर्दिनथेँ। धेरैजसो समय, म सबैभन्दा अन्तिममा बोल्ने गर्थेँ। तर, मैले मेरा ब्रदर-सिस्टरहरूले मलाई हेला नगरेको, बरु मलाई अझ धेरै सङ्गति गर्न प्रोत्साहन गरेको पाएँ, त्यसैले मेरो हृदयमा भएको बन्धन हट्यो। पछि, मैले आफ्ना कर्तव्य निर्वाह गर्ने मौका पाएँ। तर, मेरो सुस्त प्रतिक्रिया र कमजोर क्षमताका कारण म निरन्तर हीनता महसुस गर्थेँ, र आफ्नो कर्तव्य निर्वाह गर्दा मेरो अवस्था अक्सर प्रभावित हुन्थ्यो। सुरुमा, मैले चित्रसम्बन्धी कर्तव्य निर्वाह गरिरहेकी थिएँ। मैले सहकार्य गर्ने सिस्टरहरूसँग चित्रहरूबारे छलफल गर्दा, उनीहरूले चित्रमा भएका समस्याहरू तुरुन्तै पत्ता लगाउँथे र परिवर्तनका लागि सुझाव दिन सक्थे। तर, मेरो प्रतिक्रिया धेरै सुस्त थियो र समस्याहरू पत्ता लगाउन मैले धेरै पटक हेर्नुपर्थ्यो। कहिलेकाहीँ, चित्र बनाउने विचारहरूबारे खोज गर्दा, म आफ्ना दृष्टिकोण र विचारहरू राख्न चाहन्थेँ, तर मलाई आफ्नो क्षमता कमजोर छ र मुख्य समस्याहरू पत्ता लगाउन सक्दिनँ, त्यसैले मैले केही भने पनि खासै काम लाग्दैन, र यदि मैले केही गलत भनेँ भने झन् बेइज्जत हुन्छ भन्ने लाग्थ्यो। त्यसैले, म विरलै आफ्ना रायहरू व्यक्त गर्थेँ।

एक पटक, मसँग सहकार्य गर्ने एउटी सिस्टरले मलाई एउटा चित्र फेरि बनाउन आवश्यक छ कि छैन भनी मूल्याङ्कन गर्न भनिन्। त्यो हेरेपछि, मलाई चित्रको भिजुअल इफेक्ट राम्रै छ, र यसलाई फेरि बनाउनु आवश्यक छैन जस्तो लाग्यो। तर, फेरि मैले आफ्नो क्षमता कमजोर छ र समस्याहरू सही तरिकाले पत्ता लगाउन सक्दिनँ कि भन्ने सोचेँ, त्यसैले मैले टोली अगुवालाई हेर्न लगाएँ। अन्त्यमा, टोली अगुवाको राय मेरोभन्दा फरक भयो र उहाँले चित्रको कन्सेप्टमा केही गडबड छ र यसलाई फेरि बनाउनुपर्छ भनी सोच्नुभयो। म आफ्नो राय व्यक्त गर्न चाहन्थेँ, तर मैले सोचेँ, “टोली अगुवाको क्षमता राम्रो छ, उहाँ धेरै सिद्धान्तहरूमा निपुण हुनुहुन्छ, र उहाँको व्यावसायिक सीप पनि मेरोभन्दा राम्रो छ। म त सानैदेखि मूर्ख छु, र मेरो बुझ्ने शक्ति पनि राम्रो छैन। सायद मैले नै चित्रको गलत मूल्याङ्कन गरेँ होला। म हठ गर्नेछैनँ। मेरो क्षमता त कमजोर छँदै छ। त्यसमाथि पनि मैले अरूको सुझाव स्वीकार गरिनँ भने, त्यो झनै लाजमर्दो हुनेछ। आ छाडौँ, टोली अगुवाको सुझावअनुसारै चित्र फेरि बनाऔँ।” नसोचेको कुरा, भोलिपल्ट सुपरिवेक्षकले चित्रको कन्सेप्ट उपयुक्त छ र फेरि बनाउनु आवश्यक छैन भन्नुभयो। उहाँले सान्दर्भिक सिद्धान्तहरू पनि पत्ता लगाउनुभयो र हाम्रा विचलनहरू औँल्याइदिनुभयो। मैले मनमनै सोचेँ, त्यसबेला मैले पनि सुपरिवेक्षकले पत्ता लगाउनुभएका सिद्धान्तहरूबारे सोचेकी थिएँ। यदि मैले जोड गरेकी भए, राम्रो हुने थियो। मेरी सहकर्मीले त्यो चित्र सम्पादन गर्न लामो समय खर्चिन्, तर अन्त्यमा यो सबै बेकारको मेहनत भयो, र यसले अरू काममा समेत ढिलाइ गर्‍यो। मलाई अलिक असहज र आत्म-ग्लानि महसुस भयो, तर मैले पछि आत्मचिन्तन गरिनँ। अर्को पटक, म एउटा चित्र समीक्षा गर्दै थिएँ, मैले त्यसलाई धेरै पटक हेरेँ र मलाई त्यसको भिजुअल इफेक्ट उपयुक्त लाग्यो, र यसमा सामान्य सुधार मात्र गरे पुग्थ्यो। तर, केही सिस्टरहरूले त्यो चित्र हेर्नुभयो र त्यसले व्यक्त गरेको थीम अस्पष्ट छ र त्यसको कुनै मूल्य छैन भन्नुभयो। मेरो हृदयमा, म उहाँहरूको दृष्टिकोणसँग सहमत थिइनँ, र आफ्नै राय बताउन चाहन्थेँ। तर, फेरि मैले सोचेँ, “उहाँहरूको क्षमता राम्रो छ, सिद्धान्तहरूबारे मेरोभन्दा राम्रो ज्ञान छ, र मभन्दा गहिरो स्तरमा समस्याहरू देख्नुहुन्छ। म त सानैदेखि मूर्ख छु र मेरो क्षमता कमजोर छ, त्यसैले पक्कै मैले नै गलत हेरेँ होला।” मैले अलिक नकारात्मक पनि महसुस गरेँ, “अरू सबैले समस्या र कमीकमजोरी पत्ता लगाउन सक्छन्, तर मैले यसलाई धेरै पटक हेर्दा पनि समस्या देखिनँ। मेरो क्षमता त साह्रै कमजोर रहेछ। लाग्छ म साँच्चै यो कर्तव्य निर्वाह गर्न उपयुक्त छैन।” नसोचेको कुरा, सुपरिवेक्षकले त्यो चित्र हेर्नुभयो र सामान्य सुधार गरेपछि प्रयोग गर्न सकिन्छ भन्नुभयो। त्यसपछि मलाई त्यतिबेला जोड नगरेकोमा पछुतो लाग्यो। पछि, सुपरिवेक्षकले मलाई सोध्नुभयो, “तपाईँ किन आफ्नो दृष्टिकोणमा अडिग रहनुभएन? एउटा मूल्यवान चित्र झण्डै खेर गयो! यदि तपाईँलाई आफ्नो दृष्टिकोण सही लाग्छ भने, आफ्नो राय राख्नुहोस् र सबैसँग छलफल गर्नुहोस्। तपाईँ केही गलत भनिहाल्नुभयो भने पनि, पछि सच्याउँदा भइहाल्छ।” सुपरिवेक्षकको कुरा सुनेर, मलाई निकै असहज महसुस भयो। तर, म आफ्नो भ्रष्ट स्वभावले नराम्ररी बाँधिएकी थिएँ, र पछि विभिन्न अवस्थाहरूको सामना गर्दा, मैले अझै पनि आफ्नो दृष्टिकोणमा अडिग रहने आँट गरिनँ। म निरन्तर नकारात्मक स्थिति जिइरहेकी थिएँ, र आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै आफ्ना रायहरू व्यक्त गर्न तयार थिइनँ, त्यसैले लामो समयसम्म मैले कुनै प्रगति गरिनँ र अन्ततः मलाई बर्खास्त गरियो। तर, मैले आत्मचिन्तन गरिनँ; बरु, यसले मलाई आफ्नो क्षमता कमजोर नै रहेछ भन्ने कुरामा झनै पक्का बनायो।

सन् २०२२ को जुलाईमा, मण्डलीले मलाई सामान्य मामिलाको कर्तव्य निर्वाह गर्न खटायो। मैले के देखेँ भने मसँग सहकार्य गर्ने सिस्टर धेरै पढेलेखेकी नभए पनि, उनको प्रतिक्रिया छिटो थियो र उनी कामकुरा छिट्टै सिक्थिन्। उनी आफ्नो कर्तव्य निर्वाह गर्नमा मभन्दा धेरै कुशल थिइन्। उनीसँग सहकार्य गर्दा पनि मैले सक्रिय रूपमा आफ्ना रायहरू व्यक्त गर्ने आँट गरिनँ। कहिलेकाहीँ, म हिचकिचाउँदै केही शब्द बोल्थेँ, तर मेरी सिस्टरले फरक दृष्टिकोण अघि सारिन् भने, म बिनासोचविचार आफ्नै विचारलाई त्याग्थेँ। म मेरी सिस्टरको अगाडि सधैँ काँतर र सङ्कोची थिएँ, उनले मलाई केही नबुझिकन पनि बकवास गर्ने र कामकुरा बिगार्ने भन्लिन् कि भन्ने डर लाग्थ्यो, त्यसैले म आफ्नो कर्तव्यमा निकै निष्क्रिय रहेँ।

म अक्सर सोच्थेँ, “म किन यस्तो दयनीय र थकाऊ जीवन जिउँछु?” सन् २०२२ को नोभेम्बरमा, जब मैले हीनताबोधको समाधान गर्नेबारे परमेश्‍वरको सङ्गति पढेँ, तब मात्रै मैले आफ्नो स्थिति बुझ्न थालेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “यसो हेर्दा, हीनताबोध मानिसहरूमा प्रकट हुने संवेग हो; तर वास्तवमा, यसको मूल कारण शैतानको भ्रष्टता, मानिसहरू जिउने वातावरण, र मानिसहरूका आफ्नै वस्तुगत कारणहरू हुन्। सारा मानवजाति दुष्टको शक्तिको अधीनमा छ, शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएको छ, र कसैले पनि आफ्ना छोराछोरीलाई सत्यता र परमेश्‍वरका वचनहरूअनुसार शिक्षा दिँदैन; बरु, तिनीहरू शैतानबाट आउने कुराहरूअनुसार त्यसो गर्छन्। त्यसकारण, शैतानका कुराहरू प्रयोग गरेर अर्को पुस्ता र सारा मानवजातिलाई सिकाउनुको परिणाम के हुन्छ भने यसले मानिसहरूको स्वभाव र सारलाई भ्रष्ट तुल्याउनेबाहेक मानिसहरूमा नकारात्मक संवेगहरू उत्पन्न गराउँछ। … मानौँ तेरा आमाबुबा, शिक्षक, तेरा अग्रज, र तँ वरपरका अरू सबैले तेरो क्षमता, मानवता, र चरित्रको अवास्तविक मूल्याङ्कन गर्छन्, र अन्ततः यसले तँलाई गर्ने भनेकै तँलाई आक्रमण गर्नु, दमन गर्नु, तेरो दम घोट्नु, तँलाई साङ्लाले बाँध्नु, र बन्धनमा पार्नु हो। अन्ततः, जब तँसँग प्रतिरोध गर्ने कुनै क्षमता हुँदैन, तब तँसँग चुपचाप आफ्ना गुनासाहरू निल्ने जीवन रोज्नु, र यस प्रकारको अन्यायपूर्ण र अनुचित वास्तविकतालाई अनिच्छापूर्वक स्विकार्ने र चुपचाप सहने छनौट गर्नुको कुनै विकल्प हुँदैन। जब तँ यो वास्तविकता स्वीकार गर्छस्, तब अन्ततः तँमा उत्पन्न हुने संवेग खुसी, सन्तुष्टि, वा सकारात्मक वा उत्थानदायी कुरा हुँदैन; तँ अझ बढी उत्प्रेरणा र दिशाको अझ ठूलो बोधका साथ जिउँदैनस्, झन् मानव जीवनका लागि सही र सटीक लक्ष्यहरू पछ्याउनु त परै जाओस्, बरु तँमा हीनताबोधको गहिरो संवेग उत्पन्न हुन्छ। जब यो संवेग तँमा उत्पन्न हुन्छ, तब तँलाई असहाय महसुस हुन्छ। जब तँ तैँले कुनै दृष्टिकोण व्यक्त गर्नुपर्ने समस्या सामना गर्छस्, तब तैँले आफूले भन्न चाहेको कुरा र आफ्नो भित्री हृदयमा व्यक्त गर्न चाहेको दृष्टिकोणलाई कतिपटक विचार गर्नेछस् भन्‍ने कसलाई के थाहा हुन्छ र, तैपनि तँ अझै पनि त्यसलाई ठूलो स्वरमा बोल्ने हिम्मत गर्नेछैनस्। जब कसैले तैँले राखेको जस्तै दृष्टिकोण व्यक्त गर्छ, तब तँलाई आफ्नो हृदयमा केवल एउटा पुष्टि—तँ अरू मानिसहरूभन्दा खराब छैनस् भन्‍ने पुष्टि महसुस हुन्छ। तर जब उही अवस्था फेरि आउँछ, तब तँ अझै मनमनै यसो भन्छस्, ‘मैले लापरबाही रूपले बोल्ने, अलग देखिने, वा आफूलाई हाँसोको पात्र बनाउने गर्नु हुँदैन। म राम्रो छैनँ, म मूर्ख छु, म बेबकुफ छु, म उल्लु हुँ। मैले लुक्न सिक्नुपर्छ; मैले केवल सुन्नुपर्छ र बोल्नु हुँदैन।’ यसबाट हामी के देख्न सक्छौँ भने, हीनताबोधको संवेग उत्पन्न हुने क्षणदेखि लिएर यो व्यक्तिको भित्री हृदयमा गहिरिएर स्थापित हुने अवस्थासम्म पुग्दा, ऊ आफ्नो स्वतन्त्र इच्छा र परमेश्‍वरले उललाई दिएका वैध अधिकारहरूबाट वञ्चित हुन्छ, होइन र? (हो।) यसरी ऊ यी कुराहरूबाट वञ्चित हुन्छ। वास्तवमा कसले उसलाई यी कुराहरूबाट वञ्‍चित गरेको हुन्छ? तैँले निश्‍चित रूपमा भन्‍न सक्दैनस्, होइन त? तिमीहरू कसैले पनि निश्‍चित रूपमा भन्‍न सक्दैनौ। किनभने, यो सम्पूर्ण प्रक्रियामा, तँ पीडित मात्रै हुँदैनस्, तर पीडक पनि हुन्छस्—तँ अरू मानिसहरूद्वारा पीडित हुन्छस्, र आफूद्वारा पनि पीडित हुन्छस्। किन त्यस्तो भएको? मैले भर्खरै भनिसकेँ, तँमा पैदा हुने हीनताबोधको एउटा कारण तेरा आफ्‍नै वस्तुगत कारणहरू हुन्। तँमा स्वतन्त्र चेतना हुन थालेपछि, परिस्थितिहरूलाई मूल्याङ्कन गर्ने तेरो आधार शैतानको भ्रष्टताबाट आएको हुन्छ, र तँमा कामकुराहरूबारे तेरा दृष्टिकोणहरू समाज र मानवजातिले हालिदिन्छन् र ती कुरा तँलाई परमेश्‍वरद्वारा सिकाइँदैनन्। त्यसकारण, तेरो हीनताबोधको संवेग जहिले वा जुनै प्रसङ्गमा पैदा भएको भए पनि, र तेरो हीनताबोधको संवेग जुनै हदसम्‍म विकास भइसकेको भए पनि, तँ थाहै नपाई यस संवेगद्वारा बाँधिएको र नियन्त्रित हुन्छस्, र मानिस, घटना, र कामकुराहरू सम्हाल्ने पद्धति अपनाउँदा तँ शैतानले तँभित्र हालिदिएका यी तरिकाहरू नै प्रयोग गर्छस्। जब हीनताबोधको संवेगले तेरो हृदयको गहिराइमा गहिरो जरा गाड्छ, तब त्यसले तँमा गहन प्रभाव पार्ने मात्रै होइन, तर त्यो मानिसहरू र कामकुराहरूबारे तेरो दृष्टिकोण, अनि तेरो आत्म-आचरण र कार्यमाथि पनि हाबी हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरले मानिसहरूको स्थिति साँच्चिकै बुझ्नुहुन्छ। मेरो व्यवहार ठ्याक्कै यस्तै थियो। बच्चादेखि वयस्क हुँदासम्म, मलाई आफू प्रतिक्रिया जनाउन सुस्त, मूर्ख, र कमजोर क्षमताको हुँ भन्ने लागेको थियो, त्यसैले मैले राय व्यक्त गर्न आँट गरिनँ, सधैँ पछि हटेँ, र गल्ती गर्छु कि भनी सधैँ डराएँ। स्कुलमा हुँदा, मेरो बुझ्ने शक्ति कमजोर र प्रतिक्रिया सुस्त भएकाले, र मैले आफ्ना चलाख सहपाठीहरूले जस्तै तुरुन्तै कुराहरू बुझ्न नसकेकाले, शिक्षकहरूको मूल्याङ्कनमा म मूर्ख र बेबकुफ थिएँ। शिक्षकहरूको व्यङ्ग्य र मेरा सहपाठीहरूको गिल्लाले मलाई निकै हीनताबोध गरायो। परमेश्‍वरमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न थालेपछि, जब-जब म तेजबुद्धिका ब्रदर-सिस्टरहरूको सम्पर्कमा आउँथेँ, तब मलाई यस्ता व्यक्तिको क्षमता राम्रो हुन्छ र परमेश्‍वरले पनि उनीहरूलाई पक्कै मन पराउनुहुनेछ भन्ने लाग्थ्यो। यसको विपरीत, आफू मन्दबुद्धिको भएकाले मेरो क्षमता कमजोर छ भन्ने लाग्थ्यो। म नकारात्मक स्थितिमा जिइरहेँ, र आफ्नो कर्तव्य निर्वाहमा निकै निष्क्रिय थिएँ। धेरैजसो समय मैले आफ्नो दृष्टिकोण व्यक्त गर्ने आँट गरिनँ, र कहिलेकाहीँ व्यक्त गरिहालेँ र कसैले आपत्ति जनायो भने, म उनीहरूसँग पूर्ण रूपमा सहमत नभए पनि, हीनताबोधका कारण आफ्ना विचारहरूबारे छलफल गर्ने आँट गर्दिनथेँ। मलाई लाग्थ्यो, अरू सिस्टरहरू चलाख छन् र उनीहरूको क्षमता राम्रो छ, त्यसैले उनीहरूले पक्कै पनि मभन्दा सही तरिकाले कुराहरू देख्नेछन्, र मैले आफ्ना सबै विचारलाई अस्वीकार गर्थेँ। यो नकारात्मक भावना एउटा अदृश्य डोरी जस्तै थियो, जसले मलाई बलियोसँग बाँधेको थियो र आफूसँग भएका रायहरू व्यक्त गर्न आँट दिँदैनथ्यो। म स्वेच्छाले आफ्नो हीनताबोधद्वारा नियन्त्रित भइरहेकी थिएँ, र एकदमै दयनीय जीवन जिइरहेकी थिएँ, र आफू समर्थ रहेका कुराहरू पनि गर्न सक्दिनथेँ। अन्ततः मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकिनँ र म बर्खास्त भएँ। यो नकारात्मक भावनाले मलाई निकै ठूलो हानि पुऱ्याएको थियो!

मैले परमेश्‍वरका वचनहरू पढ्न जारी राखेँ: “चाहे यो हीनताबोध होस् वा अर्को नकारात्मक संवेग, तँसँग यो संवेग उत्पन्न गराउने टिप्पणीहरूबारे सही बुझाइ हुनुपर्छ। प्रथमतः तैँले ती टिप्पणीहरू बेठिक छन् भनेर बुझ्‍नुपर्छ, र चाहे त्यो तेरो क्षमता, तेरो प्रतिभा, वा तेरो चरित्रसँग सम्‍बन्धित होस्, तिनीहरूले तेरा बारेमा गर्ने मूल्याङ्कन र निष्कर्षहरू सबै बेठिक हुन्छन्। त्यसोभए, तैँले आफूलाई सठिक रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्‍न सक्छस्, र तँ कसरी हीनताबोधको संवेगबाट मुक्त हुन सक्छस्? तैँले परमेश्‍वरका वचनहरूलाई आफूलाई चिन्ने—तेरो मानवता कस्तो छ, तेरो क्षमता र प्रतिभा वास्तवमा कस्ता छन्, अनि तँमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउने आधारका रूपमा लिनुपर्छ। उदाहरणका लागि, मानौँ तँलाई गीत गाउन मन पर्थ्यो र तँ राम्ररी गाउँथिस्, तर कतिपय मानिसहरूले तेरो आलोचना गरिरहे र तँलाई होच्याइरहे, तँलाई सुर चिन्‍न आउँदैन र तैँले बेसुरे गाउँछस् भनी भनिरहे, त्यसकारण तँलाई तँ राम्ररी गाउन सक्दैनस् भन्‍ने लाग्छ र तैँले अरूको अगाडि गाउने आँट गर्न छोडेको छस्। ती सांसारिक मानिसहरू, ती भ्रमित र औसत मानिसहरूले तेरा बारेमा बेठिक मूल्याङ्कन गरे र तँलाई गलत ठहऱ्याए, तेरो मानवताले पाउनुपर्ने अधिकारहरू सीमित पारे, र तेरो प्रतिभालाई दबाए। परिणामस्वरूप, तँ गीत गाउनेसमेत आँट गर्दैनस्, र तँ आफू एकलै हुँदा मात्रै ठूलो स्वरले गाउने र खुलेर व्यक्त गर्ने आँट गर्छस्। साधारणतया तँलाई चरम दमन गरिएको महसुस भएकै कारण, तँ आफू एकलै नहुँदा गीत गाउने आँटै गर्दैनस्; एकलै हुँदा मात्रै तँलाई गीत गाउने आँट आउँछ, तँ ठूलो स्वरमा र स्पष्टसित गीत गाउँदा रमाउँछस्—त्यो कति सुन्दर, स्वतन्त्र, मुक्त समय हुन्छ! यस्तै हुन्छ नि, होइन र? मानिसहरूले तँलाई गरेको हानिको कारण, तैँले वास्तवमा के गर्न सक्छस्, तँ के कुरामा सिपालु छस्, र तँ के कुरामा सिपालु छैनस् भन्‍ने कुरा तँ जान्दैनस् वा स्पष्ट रूपमा देख्‍न सक्दैनस्। यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ, अनि आफूले गर्न सक्‍ने जुनसुकै कुरा गर्नुपर्छ; तैँले गर्न नसक्‍ने कुराहरू, तेरा कमजोरी र अपर्याप्तहरूका हकमा भन्दा, तैँले चिन्तन गरेर तिनलाई चिन्‍नुपर्छ, र तँसँग तेरो क्षमता कस्तो छ, त्यो असल छ कि खराब छ भन्नेबारे सठिक मूल्याङ्कन र ज्ञान हुनुपर्छ। यदि तँ आफ्‍ना समस्याहरू बुझ्‍न सक्दैनस् वा तीबारे तँसँग स्पष्ट ज्ञान छैन भने, समझ भएका र आफू वरपरका मानिसहरूलाई तेरा बारेमा मूल्याङ्कन गर्न अनुरोध गर्। तिनीहरूले भन्ने कुरा सठिक भए पनि नभए पनि, कम्तीमा पनि यसले तँलाई सन्दर्भका लागि कुनै कुरा दिनेछ अनि आफूबारे आधारभूत मूल्याङ्कन वा चित्रण राख्न सक्षम बनाउनेछ। त्यसपछि तँ यस नकारात्मक संवेग—तेरो हीनताबोधको संवेग—को मूल समस्या समाधान गर्न, र त्यसबाट क्रमिक रूपमा निस्कन सक्छस्। यदि व्यक्तिले हीनताबोधको संवेगलाई खुट्ट्याउन, त्यसबाट ब्युँझन, र सत्यता खोजी गर्न सक्छ भने, त्यो संवेग समाधान गर्न सजिलो हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने स्कुलमा मेरा शिक्षकहरूले मबारे गरेको मूल्याङ्कन सही थिएन, र मेरो आफ्नै स्वमूल्याङ्कन पनि वस्तुनिष्ठ थिएन। मेरो हीनताबोध समाधान गर्नका लागि, मैले सही आत्ममूल्याङ्कन गर्नुपर्थ्यो, परमेश्‍वरका वचनहरूअनुसार आफूलाई मापन गर्नुपर्थ्यो, र मेरा वरपरका ब्रदर-सिस्टरहरूले मबारे राख्ने मूल्याङ्कन र रायहरू सुन्नुपर्थ्यो। यसरी अभ्यास गर्नु मात्रै सही हुनेथ्यो। त्यसैले, मैले मसँग सहकार्य गर्ने सिस्टरलाई मेरो मूल्याङ्कन गर्न भनेँ। उनले भनिन्, “वास्तवमा, तपाईँ आफूले भनेजस्तो खराब हुनुहुन्न। तपाईँ पनि केही समस्याहरू बुझ्न सक्नुहुन्छ र तपाईँका केही दृष्टिकोण र सुझावहरू उपयोगी खालका छन्। कहिलेकाहीँ जब म तपाईँलाई यो दृष्टिकोण किन राख्नुभयो भनेर सोध्छु, त्यसको मतलब तपाईँ गलत हुनुहुन्छ भन्ने होइन। मैले केवल तपाईँ कुन सिद्धान्तअनुसार यसो भन्दै हुनुहुन्छ भन्ने जान्न चाहेको हो। तर, तपाईँ हरेक पटक आफैलाई अस्वीकार गर्नुहुन्छ। भविष्यमा, यदि तपाईँलाई आफ्नो दृष्टिकोण सिद्धान्तसँग मिल्छ जस्तो लाग्छ भने, तपाईँले बोल्नुपर्छ, र सबैसँग सङ्गति र छलफल गर्नुपर्छ। यो पनि आफ्नो कर्तव्यप्रति जिम्मेवार हुनु हो।” पछि, मैले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्ना रायहरू व्यक्त गर्ने अभ्यास गरेँ। मैले दिएका धेरैजसो सुझावहरू मेरी सहकर्मीले स्वीकार गर्न सकिन्। मेरी सिस्टर सामान्य मामिलाको काम गर्नमा मभन्दा छिटो थिइन्, तर हाम्रा ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्न पत्रहरू लेख्नुपर्ने मामिलाहरू आउँदा, उनले आफू त्यसमा सिपालु नभएको बताइन्, र मलाई त्यो काम अलि धेरै गर्न भनिन्। परमेश्‍वरलाई प्रार्थना गरेर र सान्दर्भिक सत्यताहरू खोजेर र तिनमा मनन गरेर, मैले पनि मेरा ब्रदर-सिस्टरहरूलाई केही समस्याहरू समाधान गर्न मद्दत गर्न सकेँ। त्यस क्षण, मलाई आफू पूर्ण रूपमा बेकामे छैन भन्ने लाग्यो: म सत्यता बुझ्न सक्छु; मेरो प्रतिक्रिया अरूको भन्दा सुस्त भए पनि, बिस्तारै मनन गरेर म पनि केही सिद्धान्तहरू बुझ्न र अभ्यासका केही मार्गहरू पत्ता लगाउन सक्छु। त्यसपछि जब मैले कर्तव्यहरू निर्वाह गरेँ, मेरो हृदय पहिलेको जस्तो दमित थिएन।

सन् २०२३ को मेमा, अगुवाहरूले मलाई कला समूहको सुपरिवेक्षक बन्न भन्नुभयो। म निकै आत्तिएँ—मेरो कमजोर क्षमतालाई हेर्दा, के म साँच्चै सुपरिवेक्षकको कर्तव्य पूरा गर्न सक्छु र? मैले अस्वीकार गर्न चाहेँ, तर फेरि सोचेँ, मैले यो कर्तव्य निर्वाह गर्नुमा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू छन्, त्यसैले मैले स्वीकार गरेँ। केही समयको प्रशिक्षणपछि, मैले के देखेँ भने मसँग सहकार्य गर्ने दुई जना सिस्टर तेजबुद्धि र राम्रो क्षमताका मात्र छैनन्, उनीहरूसँग बलियो कार्य सामर्थ्य पनि छ। मलाई चिन्ता लाग्न थाल्यो, कतै मेरा सिस्टरहरूले मेरो सुस्त प्रतिक्रियाको कारणले मलाई हेप्ने हुन् कि। मलाई सुपरिवेक्षकको भूमिका निर्वाह गर्न सक्दिनँ, र आफ्नो काममा मात्रै ध्यान दिएर टोली सदस्य बन्नु नै राम्रो होला भन्ने लाग्यो। त्यसरी, म त्यति खराब देखिने थिइनँ। मैले यसबारे जति सोचेँ, त्यति नै नकारात्मक भएँ। म आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा पनि निकै निष्क्रिय थिएँ। मैले निरन्तर आफू त्यति सिपालु छैन र कमजोर क्षमताको छु भनिरहेँ, र अगुवाहरूले मेरो ठाउँमा राम्रो क्षमताको व्यक्ति खटाउनुहुनेछ भन्ने आशा गरेँ। यो नकारात्मक र निष्क्रिय स्थितिमा जिउँदा मेरो हृदयले निकै असहज महसुस गर्‍यो। मैले सोचेँ, काम यति व्यस्त छ, तर म अझै पनि निष्क्रिय छु र सुधार गर्ने प्रयास गरिरहेकी छैन। यो त परमेश्‍वरको घरको कामको सुरक्षा गर्नु होइन! मैले तुरुन्तै यो नकारात्मक र निष्क्रिय स्थितिलाई बदल्नुपर्छ।

पछि, मैले मनन गरेँ। बच्चादेखि वयस्क हुँदासम्म, मैले सधैँ मेरो सुस्त प्रतिक्रियाको अर्थ मेरो क्षमता कमजोर हुनु हो भन्ने ठानेकी थिएँ, जसले गर्दा म आफ्नो कर्तव्य निर्वाहमा सधैँ निष्क्रिय र नकारात्मक भएँ। के यसरी कुराहरूलाई मापन गर्नु सत्यताअनुसार छ त? मैले परमेश्‍वरका वचनहरू पढेँ: “कुनै व्यक्तिको क्षमता कसरी मापन गरिनुपर्छ? यो गर्ने एउटै मात्र उपयुक्त तरिका भनेको सत्यताप्रतिको उसको मनोवृत्ति र ऊ सत्यता बुझ्न सक्छ कि सक्दैन भनी हेर्नु हो। कतिपय मानिसले प्राविधिक सीपहरू धेरै चाँडै सिक्न सक्छन्, तर सत्यता सुन्नेबित्तिकै, तिनीहरू अलमल्ल पर्छन् र झुल्न थाल्छन्। तिनीहरूको मन अन्योलमा पर्छ, र तिनीहरू न त सत्यता लिन सक्छन् न त त्यो बुझ्न नै सक्छन्। कमजोर क्षमता हुनुको अर्थ यही हो। जब तँ कतिपय मानिसलाई तिनीहरूको क्षमता कमजोर छ भनी भन्छस्, तब तिनीहरू त्यो कुरा स्वीकार गर्न मान्दैनन्। तिनीहरू उच्च स्तरको शिक्षा हासिल गर्नुको अर्थ तिनीहरूको क्षमता राम्रो छ भन्‍ने हुन्छ भन्ने सोच्छन्। के कसैले उच्च स्तरको शिक्षा हासिल गर्नुको अर्थ साँच्चै उसको क्षमता राम्रो छ भन्‍ने हुन्छ र? हुँदैन। कुनै व्यक्तिको क्षमता कसरी मापन गरिनुपर्छ? यो उसले परमेश्‍वरका वचनहरू र सत्यता कुन हदसम्म बुझ्छ भन्‍ने आधारमा मापन गरिनुपर्छ। यो सबैभन्दा सही तरिका हो। कतिपय मानिस वाक्पटु, तीक्ष्ण-दिमागका, र मानिसहरूसँग व्यवहार गर्नमा विशेष गरी सिपालु हुन्छन्। तर जब तिनीहरू प्रवचनहरू सुन्छन्, तब तिनीहरूले जतिसुकै प्रयास गरे पनि कहिल्यै त्यो बुझ्न सक्दैनन्, र जब तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरू ती बुझ्न सक्दैनन्। जब तिनीहरू आफ्नो अनुभवात्मक गवाही बाँड्छन्, तब त्यो सधैँ शब्द र धर्मसिद्धान्तहरू मात्रै हुन्छ; तिनीहरू केवल अनाडी जस्ता देखिन्छन्, र अरूलाई तिनीहरूसँग कुनै आत्मिक बुझाइ छैन भन्‍ने महसुस हुन्छ। यी कमजोर क्षमताका मानिसहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य पूरा गर्नका लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। शिक्षित, तेजबुद्धिको र वाक्पटु हुनुको अर्थ कुनै व्यक्तिसँग राम्रो क्षमता छ भन्ने हुँदैन रहेछ। परमेश्‍वरले मानिसहरूको क्षमताको मापन उनीहरूको शिक्षाको स्तर वा उनीहरूको बुद्धि कति छिटो चल्छ भन्ने हेरेर गर्नुहुन्न, बरु मुख्य गरी उनीहरूले सत्यतालाई कुन हदसम्म बुझ्छन् र स्विकार्छन् भन्ने हेरेर गर्नुहुन्छ। राम्रो क्षमता भएका मानिसहरूसँग परमेश्‍वरका वचनहरूको शुद्ध बोध र बुझाइ हुन्छ। उनीहरूले आफ्नै भ्रष्ट प्रकृतिहरूमाथि चिन्तन गर्न र तिनलाई बुझ्न सक्छन्, र जब उनीहरूमाथि समस्या वा कठिनाइहरू आउँछन्, तब उनीहरूले परमेश्‍वरका वचनहरूमा अभ्यासका सही सिद्धान्तहरू पत्ता लगाउन सक्छन्। कमजोर क्षमता भएका मानिसहरूले सत्यता बुझ्न सक्दैनन्, र परमेश्‍वरका वचनहरूसँग आफूलाई तुलना गर्न वा आफूलाई चिन्न सक्दैनन्। जब उनीहरूमाथि परिस्थितिहरू आइपर्छन्, उनीहरूले अभ्यासका सिद्धान्तहरू पत्ता लगाउन सक्दैनन्, बरु केवल धर्मसिद्धान्त फलाक्न र प्रावधानहरू पालन गर्न मात्र सक्छन्। जब मैले आफूलाई यससँग तुलना गरेँ, मैले के देखेँ भने धेरैजसो समय परमेश्‍वरका वचनहरूप्रतिको मेरो बोध विकृत हुँदैन; कुरा यत्ति हो कि केही विषयहरूमा मेरो बुझाइ अलि सतही हुन्छ, र म राम्रो क्षमता भएका मानिसहरूले जस्तो छिट्टै कुराहरू बोध गर्दिनँ वा गहिरो रूपमा बुझ्दिनँ। तर, ब्रदर-सिस्टरहरूले मसँग ती कुराहरूबारे सङ्गति गर्दा भने म बुझ्न सक्छु। मेरो क्षमता यति पनि कमजोर छैन कि मैले सत्यता नै बुझ्न नसकूँ, र यसलाई औसत मान्न सकिन्छ। अहिले म सुपरिवेक्षकको कर्तव्य निर्वाह गरिरहेकी थिएँ, र मैले केही सिद्धान्त राम्ररी नबुझे पनि र ममा केही कमीकमजोरी भए पनि, मसँग सहकार्य गर्ने सिस्टरहरूको क्षमता राम्रो थियो, र उनीहरूसँग काम गरेर, मअझै पनि केही कर्तव्य निर्वाह गर्न सक्थेँ। विगतमा, मैले व्यक्तिको क्षमता मापन गर्ने सिद्धान्तहरू बुझेकी थिइनँ, र आफ्नो प्रतिक्रिया सुस्त देखेर आफूलाई कमजोर क्षमताको भनी फैसला गरेकी थिएँ। म नकारात्मक स्थितिमा जिएँ र माथि उठ्ने प्रयास गर्न चाहिनँ। मैले परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ प्राप्त गर्न नसकेको मात्र होइन, मैले कामलाई पनि ढिलाइ गराएँ। यस सम्बन्धमा सत्यता बुझेपछि, मैले आफ्नो क्षमतालाई सही रूपमा हेर्न र आफ्ना कमीकमजोरीलाई समझदार तरिकाले सामना गर्न सकेँ।

त्यसपछि, मैले यो पनि मनन गरेँ, “मलाई सानैदेखि यति धेरै हीनताबोध भएको छ। कामकुराप्रतिका केही भ्रमपूर्ण दृष्टिकोणहरूबाहेक, ममा अरू कस्ता भ्रष्ट स्वभावहरू छन्?” मैले परमेश्‍वरका वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको वातावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ भन्‍ने कुराको पर्याप्त प्रमाण हो—र यसैकारण तिनीहरू कुराहरूलाई यसरी विचार गर्छन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वर खुलासा गर्नुहुन्छ, ख्रीष्टविरोधीहरूले आफ्नो जीवनको लक्ष्यका रूपमा प्रतिष्ठा र हैसियतको पछि लाग्छन्। सबै अवस्थामा, उनीहरूले सोच्ने एउटै कुरा आफ्नै प्रतिष्ठा र हैसियत हो। आफ्नो व्यवहार हेर्दा, मैले यो ख्रीष्टविरोधीको जस्तै रहेको देखेँ। मैले विशेष गरी आफ्नो प्रतिष्ठा र हैसियतलाई अनमोल ठानेँ। सानैदेखि, म प्रतिक्रिया जनाउनमा सुस्त रहँदै आएकी छु, र मेरो बुझ्ने शक्ति कमजोर छ। यसै कारणले, मैले गलत उत्तरहरू दिएँ र मेरा सहपाठीहरूले मेरो खिसी गरे। त्यसपछि मलाई प्रश्नहरूको उत्तर दिन मन लाग्न छाड्यो, र कतै मैले अरू केही गलत भनेँ भने, मलाई हेपिन्छ कि भन्ने डर लाग्थ्यो। परमेश्‍वरमा विश्वास गर्न र कर्तव्यहरू निर्वाह गर्न थालेपछि पनि, म उस्तै थिएँ। जब मेरो कर्तव्यमा केही विचलनहरू देखिन्थे र अरूले औँल्याइदिन्थे, मलाई आफ्नो क्षमता कमजोर छ भन्ने लाग्थ्यो, र फेरि कर्तव्य निर्वाह गर्दा म आफ्ना रायहरू व्यक्त गर्न इच्छुक हुन्नथेँ, र आफ्नो कर्तव्यबाट भाग्नसमेत चाहन्थेँ। जब मैले सुपरिवेक्षकका रूपमा आफ्नो कर्तव्य निर्वाह गरेँ, र मेरो प्रतिक्रिया र कार्य सामर्थ्य मसँग सहकार्य गर्ने सिस्टरहरूको जस्तो राम्रो छैन भन्ने देखेँ, तब मैले अगुवाहरूबाट आफूलाई बर्खास्त गराउन चाहेँ। वास्तवमा, म आफ्नै अभिमानको रक्षा गरिरहेकी थिएँ, कतै अगुवाहरूले कामको नतिजाबाट मेरो वास्तविकता देख्नुहुन्छ र मेरा सिस्टरहरू जस्तो सबै सन्दर्भमा म राम्रो छैन भन्ने थाहा पाउनुहुन्छ कि भनेर चिन्तित थिएँ। मैले के महसुस गरेँ भने मैले दिनहुँ सोच्ने भनेको प्रतिष्ठा र हैसियत मात्र रहेछ। जब मैले गरिरहेको कर्तव्यले मेरो प्रतिष्ठा र हैसियतलाई छुन्थ्यो, म कि त नकारात्मक हुन्थेँ र ढिलासुस्ती गर्थेँ, कि त भाग्ने र विश्वासघात गर्ने कुरा सोच्थेँ। यसले मण्डलीको काममा गतिरोध ल्याए पनि, मलाई वास्ता थिएन। म त ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेकी थिएँ!

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूबाट अभ्यासको एउटा मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, सत्यता पछ्याउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ मानवताका खराबी र कमीहरूबाट जोगिन सक्छस्, तर तँ सत्यता पछ्याउने मार्गलाई कहिल्यै छल्न सक्दैनस्। तेरो मानवता जति नै सिद्ध वा भद्र भए पनि, वा तँसँग अरू मानिसहरूभन्दा कम कमीकमजोरीहरू र खराबीहरू भए पनि, र तँसँग अझै धेरै सबल पक्षहरू भए पनि, यसले तैँले सत्यता बुझ्छस् भन्‍ने सङ्केत गर्दैन, न त यसले सत्यताको तेरो पछ्याइलाई नै प्रतिस्थापन गर्न सक्छ। यसविपरीत, यदि तँ सत्यता पछ्याउँछस्, धेरै सत्यता बुझ्छस्, र तँसँग यसबारे पर्याप्त रूपमा गहन र व्यावहारिक बुझाइ छ भने, यसले तेरो मानवताका धेरै खराबी र समस्याहरूको पूर्ति गर्नेछ(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वर भन्नुहुन्छ, सत्यता पछ्याउनाले मानिसका धेरै कमीकमजोरी परिपूर्ति गर्न सकिन्छ। उदाहरणका लागि, मेरो क्षमता त्यति राम्रो छैन, र मलाई परिस्थितिहरू आइपर्दा म अरूभन्दा ढिलो प्रतिक्रिया जनाउँछु। यी जन्मजात कमजोरी हुन् र यिनलाई परिवर्तन गर्न सकिँदैन। तर, मेरो कामको नतिजा राम्रो नहुनुको कारण, मेरो मानवतामा भएका कमजोरीहरूका साथै, मुख्य रूपमा मैले सत्यता नबुझेको र सिद्धान्तहरूको बोध नभएकाले गर्दा थियो। यदि मैले नबुझेका समस्याहरूमा सत्यता सिद्धान्तको धेरै खोजी गर्न सकेकी भए, र आफ्नो अभिमान त्यागेर, मेरा ब्रदर-सिस्टरहरूसँग तिनका बारेमा सङ्गति र छलफल गर्न सकेकी भए, मैले पनि धेरै सत्यता बुझ्न सक्ने थिएँ। यो मेरो कर्तव्यका लागि पनि फाइदाजनक हुने थियो। जब मैले यो कुरा बुझेँ, तब सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्नबाट पन्छिने प्रयास गर्न छाडेँ, र त्यसपछि म सक्रिय रूपमा काम गर्न पनि सक्षम भएँ।

एक पटक, हामीले चित्र बनाउने नवीनतम सिद्धान्तहरूबारे सङ्गति गर्दै थियौँ, र हामीले तिनलाई छलफल र कार्यान्वयन गर्न हाम्रा ब्रदर-सिस्टरहरूलाई एउटा पत्र लेख्नुपरेको थियो। मैले सोचेँ, “सुपरिवेक्षक बनेदेखि यस्तो महत्त्वपूर्ण पत्र लेख्नुपरेको यो पहिलो पटक हो। यदि मैले राम्ररी लेखिनँ र त्यहाँ विचलनहरू भए भने के गर्ने?” म निकै आत्तिएँ। मैले के महसुस गरेँ भने म फेरि हीनताबोधका बीच जिइरहेकी रहेछु, त्यसैले मैले आफ्नो मानसिकता मिलाउन परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले त्यति विस्तृत रूपमा लेख्न नसकुँला, तर मैले पहिले अग्रसर भएर काम गर्नुपर्छ, र कुनै पनि कमीकमजोरी भए त्यसपछि सिस्टरहरूले सुधार गर्न सक्नुहुन्छ। पछि, म शान्त भएँ र सोच्दै लेख्न थालेँ। लेख्ने क्रममा, मैले परमेश्‍वरको मार्गदर्शन महसुस गर्न सकेँ र केही सिद्धान्तहरू त मेरा लागि हामीले सङ्गति गरेको बेलामा भन्दा अझ स्पष्ट भए। मैले के अनुभव गरेँ भने, जब आफ्नो कर्तव्यमा हृदय समर्पित गरिन्छ, तब परमेश्‍वरले अन्तर्दृष्टि दिनुहुनेछ र अगुवाइ गर्नुहुनेछ।

अहिले, मैले सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्न थालेको एक वर्षभन्दा बढी भयो। पहिले मेरी सहकर्मी हुनुभएकी सिस्टरका कर्तव्य फेरबदल गरिए, त्यसैले सिस्टर ली युए मसँग सहकार्य गर्न आइन्। ली युए पहिले मैले चित्रसम्बन्धी कर्तव्य निर्वाह गर्दा मेरो टोली अगुवा रहेकी थिइन्। मैले म पहिले कति कमजोर रहेकी थिएँ र ली युएले मलाई कसरी बुझ्थिन् भन्ने सम्झेँ। यस पटक सँगै काम गर्दा उनले मेरो बारेमा के सोच्लिन्? मलाई के महसुस भयो भने मैले आफ्नो अभिमानको ख्याल गर्नुहुँदैन। पहिले ममा जे-जस्ता कमीकमजोरी भए पनि, वा अहिले सँगै काम गर्ने क्रममा जे-जस्ता त्रुटिहरू प्रकट भए पनि, मैले तिनलाई शान्त भएर सामना गर्नुपर्छ। त्यसपछि, मैले अग्रसर भएर ली युएलाई कामको प्रवाहबारे बताएँ, र कामबारे छलफल गर्दा, मैले अग्रसर भएर आफ्ना रायहरू पनि व्यक्त गरेँ। यस अवधिमा, जब ली युए र म असहमत हुन्थ्यौँ, म केवल आफ्ना विचारहरू व्यक्त गर्थेँ। मेरा केही रायहरू स्वीकार गरिए, र केही उपयुक्त थिएनन्। ती स्वीकार गरिए पनि वा नगरिए पनि, सङ्गतिद्वारा मैले केही सिद्धान्तहरू बुझ्न सकेँ। एक दिन, ली युएले भनिन्, “पहिले हामी सँगै काम गर्दा, तपाईँ कुनै रायहरू व्यक्त गर्नुहुन्नथ्यो, र आफ्नो काम मात्रै गर्नुहुन्थ्यो। तर यस पटक तपाईँसँग सहकार्य गर्दा, तपाईँमा धेरै परिवर्तन देखेँ।” उनले यसो भन्दा, मेरो मन निकै छोयो। परमेश्‍वरका वचनहरूको अगुवाइविना, म कहिल्यै हीनताबोधको यातनालाई फाल्न सक्ने थिइनँ, र अहिले गरेजस्तै सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न कहिल्यै सक्ने थिइनँ। यी सबै परमेश्‍वरका वचनहरूद्वारा प्राप्त नतिजाहरू हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कमजोर आत्मबलबाट म कसरी मुक्त भएँ

मी जीङ्ग, चीनसानो छँदा, म मान्छेहरूसँग बातचित र घुलमिल नगर्ने भएकाले, मेरा बुवाआमाले आफ्ना नातेदार र साथीसङ्गीलाई, “यो बच्चीमा केही समस्या...

हीनताको अन्धकारलाई जित्नु

क्रिस्टिना, अमेरिकाम सानो हुँदा निकै लजालु थिएँ, र जब-जब पाहुनाहरू आउँथे, तब-तब म मेरा आमाबुबाको पछाडि लुक्थेँ, र जब मेरा आमाबुबाले मलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्