कर्तव्यमार्फत समर्पित हुन सिक्दा

23 जनवरी 2022

नोभो, फिलिपिन्स

सन् २०१२ मा, ताइवानमा कार्यरत छँदा मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। पछि, मैले थाहा पाएँ कि म फिलिपिन्सबाट यसलाई स्विकार्ने पहिलो व्यक्तिहरूमध्येको एक हुँ। म एकदमै धेरै उत्साहित थिएँ र मैले आशिषित महसुस गरेँ। सन् २०१४ मा फिलिपिन्स फर्केपछि, मैले आफ्नो देशमा सर्वशक्तिमान् परमेश्‍वरको राज्य सुसमाचार प्रचार गर्न थालेँ। चाँडै नै, धेरै फिलिपिनीहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरे। म रोमाञ्‍चित थिएँ र सुसमाचार प्रचार गर्न सकेकोमा मलाई गर्व लाग्यो। मैले त्यति महत्वपूर्ण कर्तव्य निर्वाह गरेकोमा र म फिलिपिन्सबाट परमेश्‍वरको काम स्विकार्ने पहिलो व्यक्तिहरूमध्येको एक भएकोमा दाजुभाइ र दिदीबहिनीहरू मेरो ईर्ष्या गर्थे। म एकदमै भाग्यमानी हुँ भनेर तिनीहरू भन्थे। तिनीहरूले मेरो ईर्ष्या र मान गरेको देख्दा, म आफूलाई सधैँ श्रेष्ठ सम्झन्थेँ, र त्यस्तो महत्वपूर्ण कर्तव्यको लागि म योग्य छु भन्‍ने लाग्थ्यो।

एक दिन, मण्डली अगुवाले मलाई मण्डलीको सामान्य कामकाज देखरेख गर्ने ब्रदरले कुनै अर्को कुरा गर्नुपर्ने भएकोले केही समयसम्म ती ब्रदरको कर्तव्य सम्हाल्न आग्रह गरे। म अलिक दुःख लाग्यो, र सोचेँ, “किन मेरा अगुवा मलाई अचानक सामान्य कामकाजमा लगाउन चाहँदै छन्? यदि मेरा दाजुभाइ र दिदीबहिनीहरूले यो कुरा थाहा पाए भने, तिनीहरूले मलाई के सोच्छन्?” मेरो विचारमा, सुसमाचार प्रचार गर्नु र परमेश्‍वरको गवाही दिनु मात्र महत्वपूर्ण कर्तव्य थियो, त्यसले मात्र परमेश्‍वर देखा पर्नुभएको तृष्णा गर्ने धेरै मानिसहरूलाई उहाँसामु ल्याउन सक्थ्यो। सामान्य कामकाज वास्तवमा पट्यारलाग्दो दैनिक काम थियो जसले परमेश्‍वरको गवाही दिन वा अरूलाई मेरो मान गर्न लगाउन पटक्‍कै सक्दैनथ्यो। मलाई एकदमै निराशा लाग्यो। ममाथि यो कसरी भइरहेको छ भनेर मैले बुझ्नै सकिनँ, मेरा अगुवाले मलाई यसैमा राखिराख्‍ने पो हुन् कि भन्‍ने चिन्ता लाग्यो। ममा धेरै नकारात्मक सोचाइहरू आए, मैले यसम समर्पित सकिनँ, र मेरो कर्तव्य परिवर्तन भएको कुरा दाजुभाइ र दिदीबहिनीहरूलाई थाहा भएको समेत म चाहन्‍नथेँ।

भोलिपल्ट, केही दाजुभाइ र दिदीबहिनीहरूले तपाईं अहिले मण्डलीको सामान्य कामकाज सम्हाल्दै हुनुहुन्छ भन्‍ने हामीले सुन्यौँ नि भनेर भने। तिनीहरूले यसो भनेको सुनेर म एकदमै लज्‍जित र निराश भएँ। मलाई यो काम गर्न पटक्‍कै मन लागेन। म दुःखी र अनाज्ञाकारी भएँ, नकारात्मक सोचमा डुबेँ, तर बाहिरचाहिँ मन नदुःखेको जस्तो बहाना गरेँ। तिनीहरूले मेरो कमजोरी देखेको र मलाई तुच्छ नजरले हेरेको म चाहँदिनथेँ, त्यसैले मैले यसो भन्दै जवाफ दिएँ, “यी त परमेश्‍वरका प्रबन्ध हुन् र यसको लागि म उहाँप्रति कृतज्ञ छु।” मैले त्यसो भनेपछि मात्र महसुस गरेँ कि “सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ,” भन्‍ने वाक्यांश मलाई थाहा भए पनि, वास्तविक परिस्थिति आइपर्दा, मैले आफ्नो हृदयमा उहाँको सार्वभौमिकता स्वीकार गरिनँ। मेरो बोली मैले भित्र जस्तो महसुस गरिरहेको थिएँ त्योसित मेल खाएन। बाहिर म आज्ञाकारी देखिन्थेँ, तर वास्तवमा चाहिँ म यो कुरा कदापि स्वीकार्न चाहँदिनथेँ। मैले एउटै कुरा सोचिरहेँ, “के अगुवाले मलाई सामान्य कामकाज गर्न लगाएर गल्ती गरेका हुन्? यो काम मलाई पटक्‍कै सुहाउँदैन। मैले त सुसमाचार प्रचार गरिरहेको हुनुपर्थ्यो, कसरी म यो कर्तव्य निभाउन सक्छु र?” म झन्झन् नकारात्मक भएँ। पक्‍कै पनि सुसमाचार प्रचार गर्न म अयोग्य छु भन्‍ने लागेर उनले मलाई यो कर्तव्य निभाउन लगाएका हुन् भन्‍ने ठानेँ। सामान्य कामकाज सम्हाल्नको लागि जीवन प्रवेश वा सत्यता सिद्धान्तहरू खोजी गर्नु आवश्यक छैन, र यो शारीरिक श्रम मात्र हो भन्‍ने मलाई लागेको थियो, त्यसैले मैले आफूलाई अह्राइएको कामकाज मात्र गरेँ। केही समय बितेपछि, मैले जीवन प्रवेश प्राप्त गरिनँ र म यसप्रति दिक्‍क भएँ, र अन्त्यमा अबउप्रान्त यो कामगर्न नचाहने अवस्थामा पुगेँ।

एक दिन, पहिला मसँगै सुसमाचार प्रचार गर्ने एक ब्रदरले मलाई फोन गरेर सोधे, “ब्रदर, हामी केही ठाउँमा जान चाहन्छौँ, के हामीलाई लैजान सक्‍नुहुन्छ?” त्यो कुरा सुनेर म दुःखी र लज्‍जित भएँ। मैले सोचेँ, “यी ब्रदरले त म सामान्य कामकाज सम्हाल्ने, पट्यारलाग्दो काम गर्ने र यताउता गरिरहनुपर्ने व्यक्ति मात्र हुँ, र मेरो कुनै हैसियत छैन भन्‍ने मात्र सोच्छन् होला। तिनले अवश्य मलाई तुच्छ नै ठान्छन् होला।” म वास्तवमै दुःखी र नकारात्मक भएँ र मेरो कर्तव्यमा म झनै प्रेरणारहित बनेँ। त्यो समयमा मैले कर्तव्य निर्वाह गरिरहेको देखिए पनि, भित्रचाहिँ म पूर्णतया अस्तव्यस्त थिएँ, र अक्सर दाजुभाइ र दिदीबहिनीहरूले मलाई के सोच्छन् होला भनेर सोच्थेँ। मलाई परमेश्‍वरका वचनहरू पढ्न वा भेलाहरूमा जानसमेत मन लाग्दैनथ्यो। जेसुकै होस्, मैले सृष्टि गरिएको प्राणीको रूपमा आफ्ना कर्तव्य पूरा गर्नुपर्छ भनेर मलाई सैद्धान्तिक तवरमा थाहा थियो, तर म आफ्नो नकारात्मक र निष्क्रिय स्थितिबाट उम्कन सकिनँ। अन्त्यमा, मलाई पवित्र आत्माको काम महसुस भएन र आफ्नो कर्तव्य सांसारिक जागिरजस्तो लाग्यो। हरदिन म यताउता गरिरहन्थेँ, र कहिले दिन बित्छ भनेर कुरेर बस्‍ने मात्र गर्थेँ। मेरो हृदय अन्धकार र दुःखले भरियो, भेलाहरूमा मसित पवित्र आत्माको अन्तर्दृष्टि हुँदैनथ्यो र मलाई सधैँ ख्रोक्रो महसुस हुन्थ्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो स्थिति गलत हो भनेर मलाई थाहा छ, तर म अझै पनि दाजुभाइ र दिदीबहिनीहरूले मलाई के सोच्लान् भन्‍ने ख्याल गर्छु। कृपया मलाई अन्तर्दृष्टी प्रदान गर्नुहोस् र डोऱ्याउनुहोस् ताकि मैले मेरो भ्रष्टताबारे मनन गर्न र यो कर्तव्य स्विकार्न सकूँ।”

पछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा, तिनीहरूमा कुनै अत्यधिक चाहनाहरू छन् कि छैनन् वा परमेश्‍वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् भन्‍ने प्रमाणित गर्दछ। तँलाई जे भए पनि, यदि तँ त्यो कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस्, सधैँ आफूलाई सही ठान्छस्, र तँ परमेश्‍वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भनेर शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि तँ परमेश्‍वरसँग माग गर्छस् भने, यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्दैछस्, आफ्नै इच्छा रोज्दैछस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। यसरी तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्, र तँमा समर्पणता हुँदैन। … यदि मानिसमा साँचो आस्था र बलियो विश्‍वास छैन भने, उसले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्‍वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धेरै साँचो विश्‍वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ पनि तुलनात्मक रूपमा सामान्य हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। परमेश्‍वरको वचनले मेरो हृदयको भ्रष्टता खुलासा गऱ्यो। मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्दा कसरी परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भनेको थिएँ भनेर स्मरण गरेँ, “परमेश्‍वरले जस्तोसुकै वातावरण प्रबन्ध गरून्, वा मैले चाहे कठिनाइहरू भोग्‍नुपरोस् वा ठूला परीक्षा अनुभव गर्नुपरोस्, म त्यो स्वीकार र पालन गर्नेछु। जेसुकै होस्, म परमेश्‍वरलाई पछ्याउनेछु।” अहिले मलाई वास्तविक वातावरणमा राखिएको थियो तर मैले त्यसलाई स्वीकार गर्न सकिनँ। परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धप्रति मेरो आज्ञाकारिता त केवल ओँठे सेवा रहेछ भन्‍ने अचानक महसुस भयो। मण्डलीले मलाई सुसमाचार प्रचार गर्न खटाएको बेला, त्यो महत्त्वपूर्ण कर्तव्य हो भनेर विश्‍वास गर्थेँ, र दाजुभाइ र दिदीबहिनीहरूले पनि मलाई प्रशंसा र मान गर्थे, त्यसैले मलाई त्यो कर्तव्य साह्रै मन पर्थ्यो, र मैले त्यो कर्तव्यमा अत्यन्तै लगाव देखाएँ र कडा मेहनत गरेँ। तर अगुवाले मलाई सामान्य कामकाज गर्ने बन्दोबस्त गर्दा, म सबैले सम्मान गर्ने उच्‍च ओहोदाबाट तुरुन्तै खसेर कसैले वास्ता नगर्ने शारीरिक कामदार भएँ र यो असाध्यै लाजमर्दो कुरा हो भन्‍ने मलाई लाग्यो। मलाई अब मलाई दाजुभाइ र दिदीबहिनीहरूले पहिलाको जस्तो मान गर्नेछैनन् भन्‍ने लाग्यो। त्यसैले, मैले यो कर्तव्यलाई भित्र हृदयबाट स्वीकार गर्न सकिनँ, र मेरा अगुवाले गरेको प्रबन्ध नै गलत छ भनेर समेत सोचेँ। मैले मेरो मर्यादा र हैसियतलाई एकदमै धेरै गम्भीरतापूर्वक लिएँ, र म कर्तव्यहरूको सवालमा एकदमै स्वार्थी र नाटीकुटी गर्ने खालको थिएँ। म नदेखिने खालको कर्तव्य होइन, आफ्नो प्रदर्शन गर्नलाई ठाउँ दिने र अरूको आदर कमाउन सक्‍ने खालको कर्तव्य चाहेको थिएँ। आफ्नो प्रदर्शन गर्नलाई ठाउँ नदिने वा अरूको आदर कमाउन नसक्‍ने खालको कर्तव्यमा मलाई खटाइँदा, मेरो हृदय प्रतिरोध र गुनासोले भरियो, र मैले कहिल्यै पनि त्यसलाई पालन गर्न सकिनँ, जसले गर्दा मैले पवित्र आत्माको काम गुमाएँ र अन्धकारमा जिएँ। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने, यदि म परमेश्‍वरप्रति निष्कपट भई आज्ञाकारी हुन चाहन्छु भने मैले आफूअनुकूल वातावरण हुँदा मात्र उहाँका प्रबन्धहरू पालन गर्नुपर्ने नभई, अझ महत्वपूर्ण रूपमा, आफूअनुकूल नभएका वातावरण हुँदा पनि मैले ती प्रबन्धहरू पालन गर्नुपर्छ। मैले आफ्नो इज्‍जत गुमाउँदा वा दाजुभाइ र दिदीबहिनीहरूले मान नगर्दासमेत, प्रबन्धहरूलाई स्वीकार र पालन गर्नुपर्छ।

पछि, एउटा भेलामा मैले आफ्नो स्थितिबारे खुलस्तसित सङ्गति गरेँ, अनि मेरा दाजुभाइ र दिदीबहिनीहरूले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाए: “शैतानले मानिसलाई दह्रिलो गरी आफ्नो नियन्त्रणमा राख्‍नको लागि के प्रयोग गर्छ? (ख्याति र प्राप्ति।) हो, शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने लाग्छ। तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्‍न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्‍ने लाग्छ। तर बिस्तारै एक दिन तिमीहरूले ख्याति र प्राप्ति मानिसलाई बाँध्‍नको लागि शैतानले प्रयोग गर्ने राक्षसी बन्धनहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा विरोध गर्नेछस् र तँलाई बाँध्‍न शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्ण रूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्‍न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र मानवजातिसँग परमेश्‍वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरको वचनलाई मनन गरेपछि मैले के बुझेँ भने, सामान्य कामकाज सम्हाल्नु महत्त्वहीन कुरा हो, र यसले मेरो इज्‍जत गुम्यो र मेरो छविमा हानि पुग्यो भनेर मैले निरन्तर सोच्नु र मैले आफूलाई आज्ञापालन गराउन नसक्‍नुको कारण त शैतानले मलाई पुऱ्याएको हानिले गर्दा पो रहेछ। शैतानले मानिसहरूको हृदयलाई नियन्त्रण गर्न प्रसिद्धि र लाभ प्रयोग गर्छ, र मानिसहरूलाई प्रसिद्धि र लाभका लागि सङ्घर्ष गर्न र सबै कुरा त्याग्‍न लगाउँछ। म पनि जीवनमा अचेतन रूपमै शैतानद्वारा छलिएँ र भ्रष्ट पारिएँ। म सानो छँदा मेरा आमाबाबुले कसरी मलाई अरूबाट आदर र प्रशंसा कमाउनुपर्छ भनेर सिकाएको कुरा सम्झेँ। त्यसैले, सानै हुँदादेखि, म अरूभन्दा माथि र उत्कृष्ट हुनुपर्छ भन्‍ने विश्‍वास गर्थेँ। यसअलावा, समाज र मिडियाले पनि यी दृष्टिकोणलाई बढावा दिन्छन्, र मैले केही प्रसिद्ध, धनी र उच्‍च हैसियतका मानिसहरूलाई सामान्य मानिसलाई भन्दा राम्रो व्यवहार गरिएको देखेँ, त्यसैले म अरूभन्दा अगाडि हुन र सबैबाट प्रशंसा पाउन कटिबद्ध भएँ। आखिरी दिनहरूको परमेश्‍वरको कामलाई स्वीकार गरेपछि पनि म यही दृष्टिकोणअनुसार जिएँ, र मैले सुसमाचारको काम महत्वपूर्ण हुन्छ, र यसबाट अरूको प्रशंसा र आदर कमाउन सकिन्छ तर दैनिक कामकाजको जिम्मा लिँदा कसैले पनि आदर गर्दैन भन्‍ने गलत विश्‍वास राखेँ। म कुनै कर्तव्य अलि राम्रा र कुनै कर्तव्य अलि नराम्रा हुन्छन् भनेर सोच्थेँ, र आफूलाई विशिष्ट बनाउने कर्तव्य निर्वाह गर्न चाहन्थेँ। मेरा अगुवाले मलाई हाम्रो कामको आवश्यकताअनुसार सामान्य कामकाज सम्हाल्न लगाउँदा, मैले सोचेको सबै कुरा भनेको मेरो प्रतिष्ठा र हैसियत मात्र थियो, र मैले भित्र हृदयबाट त्यसलाई स्वीकार वा पालन गर्न सकिनँ। मैले परमेश्‍वरको इच्छाको खोजी गर्दै गरिनँ, न त मण्डलीको कामका आवश्यकताहरूलाई विचार नै गरेँ। म साह्रै स्वार्थी र घृणित थिएँ! ठीक यही बेला नै मैले निरन्तर सुसमाचार प्रचार गर्न चाहनु वास्तवमा परमेश्‍वरको इच्छाको ख्याल गर्नु थिएन भन्‍ने महसुस गरेँ। म त बस कर्तव्यलाई सबैबाट प्रशंसा कमाउने साधनको रूपमा लिन चाहन्थेँ। म आफ्नो कर्तव्यलाई आफ्नो प्रदर्शन गर्न र अरूलाई मेरो मान गर्न लगाउन प्रयोग गर्न चाहन्थेँ ताकि मैले प्रसिद्धि र लाभ हासिल गर्न सकूँ। अगुवाले मलाई सामान्य कामकाज सम्हाल्ने बन्दोबस्त गर्दा, उच्‍च सम्मान कमाउने मेरो महत्त्वाकाङ्क्षा चकनाचूर भयो, त्यसैले म निष्क्रिय भई पछि हटेँ र मसित आफ्नो कर्तव्य निभाउने शक्तिको समेत कमी भयो। मैले सांसारिक हैसियत र प्रतिष्ठा भएका केही दाजुभाइ र दिदीबहिनीहरूले कसरी आफ्नो प्रतिष्ठा र हैसियतलाई त्याग्‍न सकेका थिएँ भनेर सोचेँ, र तिनीहरूको लागि मण्डलीले जे-जस्तो कर्तव्य प्रबन्ध गरे पनि, तिनीहरूको कर्तव्य मामुली नै भए पनि, तिनीहरूले त्यसलाई स्विकार्न र पालन गर्न सकेका थिए। आफूलाई तिनीहरूसँग दाँज्दा म लज्‍जित भएँ। मेरो हृदयमा परमेश्‍वरको लागि स्थान वा परमेश्‍वरप्रति हुनुपर्ने सबैभन्दा आधारभूत आज्ञाकारितासमेत थिएन। प्रसिद्धि, लाभ र हैसियतको पछि लाग्‍नु कत्ति विवेकहीन कुरा रहेछ भनेर बल्ल बुझेँ। यदि म यसरी नै पछि लागिरहेको भए, मैले सत्यता कहिल्यै बुझ्ने वा प्राप्त गर्नेथिनँ, र ढिलो वा चाँडो मलाई हटाइनेथ्यो। त्यसपछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “यदि तैँले हरेक दिन खाली समयमा सोच्ने सबथोक आफ्नो भ्रष्ट स्वभाव कसरी सुल्झाउने, कसरी सत्यता अभ्यास गर्ने, अनि कसरी सत्यता सिद्धान्तहरू बुझ्ने भन्‍नेसँग सम्बन्धित छ भने, तैँले परमेश्‍वरका वचनहरूअनुसार आफ्ना समस्याहरू सुल्झाउन सत्यता प्रयोग गर्न सिक्नेछस्। यसरी तैँले स्वतन्त्र रूपले जिउने क्षमता प्राप्त गर्नेछस्, तँमा जीवन प्रवेश हुनेछ, तैँले परमेश्‍वरलाई पछ्याउनमा ठूला कठिनाइहरू सामना गर्नेछैनस्, अनि तँ क्रमिक रूपमा सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। यदि तँ आफ्नो हृदयमा अझै प्रतिष्ठा र हैसियतमै केन्द्रित छस् भने, र अझै देखावा गर्न र मानिसहरूलाई आफ्नो मान गर्न लगाउनमै तल्लिन छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, अनि तँ गलत मार्ग हिँडिरहेको छस्। तैँले पछ्याउने कुरा सत्यता होइन, न त त्यो जीवन नै हो, बरु त्यो तँलाई मनपर्ने कुरा हो, त्यो ख्याति, प्राप्ति, र हैसियत हो—र त्यो अवस्थामा, तैँले गर्ने कुनै पनि कुरा सत्यतासँग सम्बन्धित हुँदैन, त्यो सबै दुष्कर्म र श्रम हो। यदि तँ आफ्नो हृदयमा सत्यतालाई प्रेम गर्छस्, अनि सधैँ सत्यताको लागि लागिपर्छस् भने, यदि तँ स्वभाव परिवर्तन पछ्याउँछस्, र परमेश्‍वरप्रतिको साँचो समर्पण हासिल गर्न, र परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्छस् भने, अनि यदि तँ आफूले गर्ने हरेक कुरामा संयमित छस्, र परमेश्‍वरको छानबीन स्विकार्न सक्छस् भने, तेरो स्थितिमा सुधार आइरहनेछ, अनि तँ परमेश्‍वरसामु जिउने व्यक्ति बन्‍नेछस्। … सत्यतालाई प्रेम गर्ने मानिसहरूले सबै कुरामा सत्यता खोज्छन्, तिनीहरूले आत्मचिन्तन गर्छन् र आफूलाई चिन्‍ने प्रयास गर्छन्, तिनीहरू सत्यता अभ्यास गर्नमा ध्यान दिन्छन्, र तिनीहरूसँग परमेश्‍वरप्रति समर्पित हुने हृदय हुन्छ। तिनीहरूमा परमेश्‍वरबारे कुनै धारणा वा गलत बुझाइहरू उत्पन्‍न भए, तिनीहरूले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गर्छन् र तिनलाई समाधान गर्न सत्यता खोजी गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा ध्यान लगाउँछन् ताकि परमेश्‍वरका अभिप्रायहरू पूरा होऊन्; र तिनीहरू सत्यताप्रति लागिपर्छन् र परमेश्‍वरको ज्ञानको पछि लाग्छन्, र परमेश्‍वरको भय मान्ने हृदय धारण गर्छन् र सबै दुष्कर्मबाट अलग बस्छन्। यिनीहरू सधैँ परमेश्‍वरसामु जिउने मानिसहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। असल व्यवहार गर्‍यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने हुँदैन)। परमेश्‍वरको वचन पढेपछि मैले बुझेँ—यदि म परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा पाइला चाल्न, सत्यता पछ्याउन र आफ्नो स्वभाव परिवर्तवन गर्न चाहन्छु भने, मैले खोजीप्रतिको मेरो गलत दृष्टिकोण परिवर्तन गर्नुपर्छ। मैले मेरो कर्तव्यमा आफूलाई प्रदर्शन गर्न सकूँ या नसकूँ वा अरूबाट प्रशंसा पाउन सकूँ या नसकूँ, मैले आफ्नो कर्तव्यलाई स्वीकार गरी बफादारीपूर्वक निर्वाह गर्नुपर्छ। आफ्नो कर्तव्यप्रति मैले अपनाउनुपर्ने मनोवृत्ति र सृष्टि गरिएको प्राणीमा हुनुपर्ने तर्कसङ्गतता यही हो। यदि मैले सत्यता नपछ्याई आफ्नो कर्तव्य निर्वाह गरेँ, र परमेश्‍वरको आज्ञापालन गर्न सकिनँ भने, र यदि मैले प्रसिद्धि र हैसियतको खोजी गर्न र दाजुभाइ र दिदीबहिनीहरूबाट आदर कमाउन मात्र त्यसो गरेँ भने, त्यसको अर्थ मैले परमेश्‍वरको विरोध गर्ने बाटो हिँडिरहेको छु भन्‍ने हुनेछ। यदि मैले मेरा तौरतरिकाहरू बदलिनँ भने, अन्त्यमा मलाई केवल अस्वीकार गरिनेछ र हटाइनेछ। परमेश्‍वरमा विश्‍वास गर्न र आफ्ना कर्तव्यहरू पूरा गर्नको लागि मैले आफ्ना मनसायहरूलाई सोझ्याउनु, सत्यताको खोजी र अभ्यास गर्नमा ध्यान केन्द्रित गर्नु, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्‍नु, र परमेश्‍वरका मापडण्डहरूअनुसार काम गर्नु आवश्यक छ। अनि मात्र म परमेश्‍वरप्रति आज्ञाकारी हुन सक्छु, र यसरी मात्र मैले आफ्ना भ्रष्ट स्वभावहरू परिवर्तन गर्न सक्छु। मैले यो कुरा बुझेपछि, मैले दिशा भेटाएँ, र भित्र अन्तस्करणबाट म मेरो कर्तव्य स्वीकार गर्न इच्छुक भएँ। मानिसहरूले मेरो मान गरून् या नगरून्, मैले सकेसम्म सर्वोत्तम शैलीमा आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको दुई वटा खण्डहरू पढेँ: “चाहे तिमीहरूको कर्तव्य ठूलो होस् वा सानो, भौतिक होस् वा मानसिक, बाह्य मामलाहरू सम्हाल्ने कुरा होस् वा भित्री काम, तिमीहरूले आज परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निभाउन सक्छौ, र कसैले पनि आफ्नो कर्तव्य संयोगवश निभाइरहेको छैन। यो तेरो रोजाइ कसरी हुन सक्छ? यो सबैको अगुवाइ परमेश्‍वरले नै गर्नुहुन्छ। परमेश्‍वरले तँलाई आज्ञा दिनुभएको कारण मात्र तँ यसरी उत्प्रेरित भएको छस्, तँमा मिसन र जिम्मेवारीको यो समझ छ, र तँ यो कर्तव्य निभाउन सक्छस्। गैरविश्‍वासीहरूमध्ये कति धेरै जनामा सुन्दर रूप, ज्ञान वा प्रतिभा हुन्छ, तर के परमेश्‍वरले तिनीहरूलाई रुचाउनुहुन्छ त? अहँ, रुचाउनुहुन्‍न। परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएन, र उहाँ तिमीहरूलाई मात्र रुचाउनुहुन्छ। उहाँले आफ्नो व्यवस्थापन योजनामा तिमीहरू सबैलाई हरेक प्रकारको भूमिका निर्वाह गर्न, हरेक प्रकारको कर्तव्य निर्वाह गर्न, र विभिन्‍न प्रकारका जिम्मेवारी वहन गर्न लगाउनुभएको छ। जब अन्ततः परमेश्‍वरको व्यवस्थापन योजना सक्किन्छ र हासिल हुन्छ, यो कत्रो महिमा र गौरवको कुरा हुनेछ! त्यसैले, मानिसहरूले आज आफ्नो कर्तव्य निभाउने क्रममा अलिकति कठिनाइ भोग्दा; केही कुराहरू त्याग गर्नुपर्दा, आफूलाई अलिकति समर्पित गर्दा, र निश्चित मूल्य चुकाउँदा; संसारमा आफ्नो हैसियत अनि प्रसिद्धि र प्राप्ति गुमाउँदा; र यी सबै कुराहरू बिलाउँदा, परमेश्‍वरले तिनीहरूबाट यी सबै कुराहरू लैजानुभए जस्तै देखिन्छ, तर तिनीहरूले अझ बढी बहुमूल्य र मूल्यवान् कुरा प्राप्त गरेका छन्। मानिसहरूले परमेश्‍वरबाट के प्राप्त गरेका छन्? तिनीहरूले आफ्नो कर्तव्य निभाएर सत्यता र जीवन प्राप्त गरेका छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गरिसकेपछि मात्रै परमेश्‍वरको आज्ञा पूरा गरेको हुन्छस्, तँ आफ्नो पूरै जीवन आफ्नो मिसन र परमेश्‍वरले तँलाई दिनुभएको आज्ञाका निम्ति जिउँछस्, तँसँग सुन्दर गवाही हुन्छ, र तँ मूल्यवान् जीवन जिउँछस्—तब मात्र तँ वास्तविक व्यक्ति बन्छस्! अनि म किन तँलाई वास्तविक व्यक्ति भन्छु? किनभने परमेश्‍वरले तँलाई चुन्नुभएको छ र उहाँको व्यवस्थापनअन्तर्गत तँलाई सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निभाउने तुल्याउनुभएको छ। यो तेरो जीवनको सबैभन्दा ठूलो मूल्य र अर्थ हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “यदि तँ परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सबथोकमा आफ्नो पूरै बफादारिता अर्पण गर्न चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य निभाएर त्यसो गर्न सक्दैनस्; तैँले परमेश्‍वरले तँलाई दिनुहुने कुनै पनि आज्ञालाई स्वीकार गर्नुपर्छ। चाहे त्यो तेरा चाखअनुसार होस् वा नहोस् अनि तेरा रुचिहरूसित मेल खाओस् वा नखाओस्, वा त्यो तँलाई गर्न आनन्द नलाग्ने वा तैँले अघि कहिल्यै नगरेको कुरा होस् वा गाह्रो कुरा होस्, तैँले अझै पनि त्यसलाई स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। तैँले त्यसलाई केवल स्वीकार गर्ने मात्रै होइन, बरु त्यसलाई अनुभव गर्दै गर्दा र त्यसमा प्रवेश गर्दै गर्दा तैँले सक्रिय रूपमा सहकार्य पनि गर्नुपर्छ, र त्यसबारेमा सिक्‍नुपर्छ। तैँले कष्ट भोग्‍नुपरे पनि, तँ थकित, अपहेलित, वा बहिस्कृत भए पनि, तैँले अझै पनि त्यसमा आफ्‍नो पूरै बफादारिताभाव लगाउनुपर्छ। यसरी अभ्यास गरेर मात्रै तैँले सबथोकमा पूरै बफादारिताभाव लगाउन अनि परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सक्नेछस्। तैँले यसलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य मान्‍नुपर्छ, व्यक्तिगत व्यवसायजस्तो ठान्‍नु हुँदैन। तैँले कर्तव्यहरूलाई कसरी बुझ्नुपर्छ त? सृष्टिकर्ता परमेश्‍वरले कसैलाई दिनुभएको कामको रूपमा हेर्नुपर्छ; मानिसहरूले पाउने कर्तव्य यसरी नै आउँछ। परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो, र तैँले परमेश्‍वरले मापदण्ड दिनुभएअनुसार आफ्‍नो कर्तव्य निभाउनु पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो। यदि तँ यो कर्तव्य परमेश्‍वरको आज्ञा हो, र यो तँमाथि आइरहेको परमेश्‍वरको प्रेम र आशिष् हो भनी स्पष्टसँग देख्‍न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रेम गर्ने हृदयले आफ्‍नो कर्तव्य स्वीकार गर्न र आफ्‍नो कर्तव्य निभाउँदा तैँले परमेश्‍वरका अभिप्रायहरूलाई वास्ता गर्न सक्‍नेछस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न तैँले सबै कठिनाइहरू पार गर्न सक्‍नेछस्। परमेश्‍वरको लागि साँचो रूपमा आफैलाई समर्पित गर्नेहरूले कहिल्यै पनि परमेश्‍वरको आज्ञालाई इन्कार गर्न सक्दैनन्; तिनीहरूले कहिल्यै पनि कुनै कर्तव्य इन्कार गर्न सक्दैनन्। परमेश्‍वरले तँलाई जे-जस्तो कर्तव्य सुम्पनुभए पनि, यसमा जति नै कठिनाइ आइपर्ने भए पनि, तैँले यसलाई इन्कार गर्नु हुँदैन बरु स्वीकार गर्नुपर्छ। अभ्यासको मार्ग यही हो, र यही नै परमेश्‍वरलाई सन्तुष्ट पार्न सबै कुरामा सत्यताको अभ्यास गर्नु र आफ्नो पूरै बफादारिताभाव लगाउनु हो। यहाँ मुख्य कुरा के हो? ‘सबै कुरा’ भन्‍ने शब्द हो। ‘सबै कुरा’ ले तँलाई मन पर्ने वा तँ सिपालु रहेको कुरालाई जनाउँछ भन्‍ने छैन, तँ परिचित रहेका कुराहरूलाई जनाउनु त परको कुरा हो। कहिलेकहीँ, केही कुराहरू हुन्छन् जसमा तँ सिपालु हुँदैनस्, जुन तैँले सिक्‍नुपर्ने हुन्छ, जुन कठिन हुन्छन् र जसमा तैँले पीडा भोग्नुपर्ने हुन्छ। तैपनि, चाहे कुरा जेसुकै नै होस्, यदि परमेश्‍वरले तँलाई त्यो सुम्पनुभएको छ भने, तैँले त्यो उहाँबाट आएको भनी यसलाई स्विकार्नुपर्छ; तैँले यसलाई स्वीकार गर्नुपर्छ र राम्रोसित निर्वाह गर्नुपर्छ, र आफ्नो पूरै बफादारिता दिनुपर्छ र परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्नुपर्छ। अभ्यासको मार्ग भनेको यही हो। जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यताको खोजी गर्नुपर्छ र कस्तो अभ्यास परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन्छ भन्‍ने पत्ता लगाएपछि, तैँले त्यसरी नै अभ्यास गर्नुपर्छ। यसो गरेर मात्रै तँ सत्यता अभ्यास गरिरहेको हुन्छस्, र यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचन पढेपछि मैले के महसुस गरेँ भने, व्यक्तिकहाँ कुनै पनि कर्तव्य संयोगले आउँदैन। यो त परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तबाट आउँछ। त्यसैले म आफ्नो रोजाइअनुसार चल्न सक्दिनथेँ, मैले आज्ञाकारी भई सारा हृदय र सारा शक्तिले मेरो कर्तव्य राम्रोसित निभाउनुपर्थ्यो। यसरी जिउनु मात्र अर्थपूर्ण छ र यो व्यर्थ होइन। पहिला, म प्रसिद्धि र लाभको मोहमा परेको थिएँ, मैले परमेश्‍वरको सार्वभौमिकतालाई बुझिनँ, त्यसैले मैले आफ्नो कर्तव्यलाई ठीकसित लिन सकिनँ र मैले कुनै कर्तव्य अलि असल कुनै अलि खराब हुन्छ भन्‍ने सोचेँ। अब मैले बुझिसकेको थिएँ, मण्डलीमा कुनै पनि कर्तव्य अर्को कर्तव्यभन्दा असल वा खराब हुँदैन, हामी केवल बेग्लाबेग्लै कार्यहरू मात्र गर्छौं। चाहे सुसमाचार प्रचार गर्ने कार्य होस् र सामान्य कामकाज सम्हाल्ने कार्य होस्, मैले यो कर्तव्य स्विकार्नुपर्छ। हामीले परमेश्‍वरको घरमा जुनै कर्तव्य निर्वाह गरे पनि, हामीले सत्यता पछ्याएको र जीवन प्रवेशलाई महत्त्व दिएको परमेश्‍वर चाहनुहुन्छ। यदि मैले प्रशंसा, प्रतिष्ठा र हैसियत पाउनका लागि मात्र आफ्नो कर्तव्य गरेँ भने, मैले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गरिरहेको हुँदिनँ, मैले आफ्नै उद्देश्यको लागि योजना बुनिँरहेको हुन्छु। यदि यस्तो अवस्था भएको भए, अरूले मेरो प्रशंसा गरे पनि, परमेश्‍वरले अनुमोदन गर्नुहुन्‍नथ्यो, अनि त्यो काम गर्नुको के अर्थ हुन्थ्यो र? मलाई सामान्य कामकाज सम्हाल्नु त्यति महत्त्वपूर्ण कुरा होजस्तो लाग्दैनथ्यो, तैपनि यस वातावरणले मलाई आत्मचिन्तन गर्न आफैलाई चिन्‍न, सत्यता पछ्याउन, पाठहरू सिक्‍न, र अन्त्यमा प्रतिष्ठा र हैसियतको चाहना त्याग्‍न लगायो, र मलाई अज्ञाकारी हुन सिकायो। यो मेरो लागि परमेश्‍वरको मुक्ति थियो। वास्तवमा, मैले मण्डलीको सामान्य कामकाज सम्हाल्दा, मण्डलीका हितलाई विचार गर्नुपर्ने विभिन्‍न कुराहरू सामना गरेँ, र त्यो समयमा मैले सत्यता खोज्नुपर्थ्यो र सिद्धान्तअनुसार काम गर्नुपर्थ्यो। के यो मेरो लागि सत्यता अभ्यास गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्न कर्तव्य पूरा गर्ने ठूलो मौका थिएन र? मैले यो कुरा बुझेपछि, परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अबउप्रान्त तपाईंविरुद्ध विद्रोह गर्न चाहन्‍नँ। म तपाईंका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छ।” प्रार्थना गरिसकेपछि, मलाई हलुका महसुस भयो र मैले आफ्नो कर्तव्य उचित तरिकाले पूरा गर्न आत्मविशवास पाएँ।

एकपटक, मैले एउटा काम पूरा गर्न दाजुभाइ-दिदीबहिनीहरूसँगै काम गरिरहेको थिएँ। मैले तिनीहरूलाई हेरेँ, तिनीहरूले एकदमै होसियारीपूर्वक कर्तव्य निभाइरहेका थिए, र मण्डलीको हितमा कुनै हानि नपुगोस् भनेर आफ्नो कामको हरेक सानोभन्दा सानो विवरणलाई निष्ठापूर्वक विचार गरिरहेका र जाँचिरहेका थिए। मैले सामान्य कामकाज सम्हाल्न थालेदेखि नै कसरी आफ्नो कर्तव्यप्रति गलत मनोवृत्ति राखेको थिएँ भनेर सोचेँ। मैले अगुवाद्वारा बन्दोबस्त गरिएका काम मात्र गरेँ, तर कसरी कर्तव्य राम्ररी पूरा गर्ने भनेर कहिल्यै विचार गरिनँ। यसरी मैले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरलाई चोट पुग्यो, र उहाँलाई मप्रति घिन लाग्यो। पछि, म आफूलाई अरूले मान गर्छन् कि गर्दैनन् भन्‍नेबारे चिन्तित हुन छाडेँ। त्यसको सट्टा, मैले आफ्नो मण्डलीका हितबारे गम्भीरतापूर्वक सोच्न थालेँ, र आफ्ना कार्यहरूमा म होसियार र समझदार पनि भएँ। त्यसरी आफ्ना कर्तव्य निर्वाह गर्दा, मलाई शान्ति महसुस भयो र त्यसउप्रान्त थकित पनि भइनँ। मैले आफ्नो अनुभवबाट धेरै कुरा प्राप्त गरेँ, परमेश्‍वरले मलाई आत्मसमीक्षा गराउन अनि प्रतिष्ठा र हैसियतको पछि लाग्‍नु गलत हो भनेर महसुस गराउन र मलाई प्रतिष्ठा र हैसियतको बन्धन र नियन्त्रणबाट मुक्त गर्न मलाई मननपर्ने कर्तव्य दिनुभएको रहेछ भनेर बुझेँ। उहाँले मलाई सत्यताको पछि लाग्‍ने मार्गमा डोऱ्याइरहनुभएको थियो। यो सबै मेरो लागि परमेश्‍वरको प्रेम थियो। मैले परमेश्‍वरका असल अभिप्रायहरू बुझेँ, र ममाथि जे कुरा आइपरे पनि, चाहे यो मेरो धारणासित मेल नखाने कुनै कुरा वा कुनै कर्तव्य भए पनि, यो कुरा मेरो जीवनको लागि लाभदायी नै हुन्छ भनेर थाहा पाएँ। त्यसउप्रान्त, म परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्दिनथेँ। मैले परमेश्‍वरप्रति आज्ञाकारी बन्‍नुपर्थ्यो र समझदारीसाथ कर्तव्य निभाउनुपर्थ्यो।

त्यसपछि चाँडै नै, सामान्य कामकाज सम्हाल्ने ब्रदरले काममा फर्किए। अगुवाले मलाई फेरि पनि ती ब्रदरसँगै सामान्य कामकाजको जिम्मेवारी सम्हाल्न खटाए। यो कुरा सुनेर मैले सोचेँ, “यसपटक, म आफ्नो रोजाइअनुसार कर्तव्यलाई लिन सक्दिनँ। मैले परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूलाई स्विकार्नु र पालन गर्नुपर्छ।” मलाई थाहा थियो, यो परमेश्‍वरले मलाई प्रदान गर्नुभएको अनुग्रह, अनि आफैलाई प्रशिक्षित तुल्याउन र उहाँका वचनहरूभित्र प्रवेश गर्न दिनुभएको अर्को मौका थियो। मेरो पहिलाको अनुभवलाई विचार गर्दा, अहिले मसित आफ्नो कर्तव्यप्रति नकारात्मक सोचाइहरू थिएनन्, मैले त्यसउप्रान्त आफ्नो कर्तव्यलाई तुच्छ ठानिनँ र अरूको प्रशंसा नपाउँदा दुःखी भइनँ। त्यसको सट्टा, मैले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गरेँ र परमेश्‍वरको इच्छा पूरा गर्ने प्रयास गरेँ। अनि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “आफ्‍नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्‍ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्‍ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्‍नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्‍ने तैँले महसुस गर्नेछस्। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनले मेरो हृदय उज्यालो बनायो। हामीले आफ्नो कर्तव्य पूरा गर्दा, परमेश्‍वरको अवलोकन स्विकार्नुपर्छ, र आफ्ना चाहना, अभिप्राय र उत्प्रेरणाहरू त्याग्‍नुपर्छ। हामीले आफ्नो इमानदार हृदय चढाउनुपर्छ, मण्डलीको फाइदाका लागि काम गर्नुपर्छ र आफूले गर्नुपर्ने सबै कुरा सक्दो राम्रो गर्ने प्रयास गर्नुपर्छ। यसरी मात्र हामीले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न, सोझो ढङ्गमा जिउन र मानिसहरूमा हुनुपर्ने मानवता र समझ धारण गर्न सक्छौँ। मैले यसरी अभ्यास गर्दा, मलाई मनको शान्ति मिल्यो र सहज महसुस भयो।

अहिले म आफ्नो कर्तव्यमा एकदमै खुसी छु र मैले धेरै कुरा प्राप्त गरेको छु। मलाई थाहा छ, तथ्यहरूद्वारा मेरो खुलासा नभएको भए र परमेश्‍वरको वचनको न्याय नपाएको भए, मैले आफ्नै भ्रष्टता चिन्‍नेथिनँ, न त म सत्यता पछ्याउने मार्गको महत्त्व बुझ्न नै सक्षम हुनेथेँ। यो अनुभवपछि, मैले के पनि बुझेँ भने, मैले निर्वाह गर्ने कर्तव्य परमेश्‍वरको प्रबन्ध हो, र यो जीवन प्रवेशसित सम्बन्धित मेरा आवश्याकताहरूमा आधारित छ, त्यसैले मैले त्यो स्वीकार र पालन गर्नुपर्छ, सत्यता पछ्याउनुपर्छ, आफ्ना कर्तव्य सारा मन र मस्तिष्कले निर्वाह गर्नुपर्छ, र परमेश्‍वरको आज्ञा पालन गर्ने र उहाँको स्वीकृति प्राप्त गर्ने व्यक्ति बन्‍नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्य करियर होइन

काइली, फ्रान्सगत वर्ष म दुईटा मण्डलीहरूको कामको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, अर्को ठाउँमा कर्तव्य निर्वाह गर्नको लागि हाम्रा...

झूट बोल्‍नुको पीडा

अक्टोबर २०१९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेँ। भेलाहरूमा म ब्रदर-सिस्टरहरूले आफ्‍नो अनुभव र बुझाइको बारेमा...

निर्णायक मोड

मेरो सुखी परिवार थियो र मेरा श्रीमान मप्रति वास्तवमै असल थिए। हामीले पारिवारिक रेस्टुरेन्ट खोल्यौं जुन निकै राम्ररी चल्थ्यो। साथीसँगी र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्