ख्याति र सम्पत्तिबाट मुक्ति

11 अक्टोबर 2021

जियाओ मिन, चीन

विश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी हुन्थेँ। म तिनीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै तिनीहरूसित नदाँजी सक्दिनँ थिएँ। त्यसरी जिउनु पीडादायी र थकाइलाग्दो भएको महसुस गरेँ तर मलाई यस्तो पनि लाग्यो, जीवनमा पछि लाग्नुपर्ने कुरा प्रसिद्धि र धनदौलत नै होइनन् र? त्यसपछि मैले परमेश्‍वरका आखिरी दिनहरूको कार्यलाई स्वीकार गरेँ अनि परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर अन्त्यमा म प्रसिद्धि र धनदौलतको बन्धनबाट उम्कन र अलिकति मानव जस्तो भएर जिउन सक्षम भएँ।

म एक वर्ष पहिले एउटा मण्डली अगुवा बन्नको लागि चुनिएको थिएँ। मलाई थाहा थियो यो परमेश्‍वरको अनुग्रह र पदोन्नति हो। मैले चुपचाप सत्यतालाई सच्चा मनले अनुसरण गर्ने र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने सङ्कल्प गरें। त्यसपछि, म मण्डलीको काममा व्यस्त हुन थालें, र जब म कठिनाइहरूको सामना गर्थें, म परमेश्‍वरमा भरोसा गर्थें र उहाँलाई भरोसा गर्थेँ। यसबारे मैले सहकर्मीहरूसँग पनि छलफल गर्थें र हल गर्नको लागि सत्यताको खोजी गर्थें। केही समयपछि, मण्डलीको कामको हरेक पक्ष अगाडि बढ्न थाल्यो, र मैले परमेश्‍वरलाई उहाँको मार्गदर्शनको लागि धन्यवाद दिएँ। केही समय लगत्तै, मण्डलीको अर्को अगुवाको लागि चुनाव भयो, र म आश्चर्यमा परेँ किनभने, सिस्टर जियालाई चुनियो, जसले केही वर्ष पहिले मसँगै कर्तव्य निर्वाह गरेकी थिइन्। सिस्टर जियाले परमेश्‍वरमा विश्वास राख्न थालेको धेरै भएको थिएन र उनको जीवनको अनुभव केही सतही थियो। जब हामी पहिले सँगै काम गर्थ्यौ, उनले सामना गरेका केही कठिनाइ र मामिलाहरू हल गर्न मैले उनलाई मद्दत गर्नुपर्थ्यो। मलाई लाग्यो यो पटक हाम्रो सँगैको काममा, म निश्चित रूपमा उनीभन्दा धेरै सक्षम हुनेछु।

एक पटक, म घर फर्कंदा सिस्टर जियाले मेरो लागि छोडेको सन्देश पाएँ, त्यहाँ के भनिएको थियो भने, चेंग्शी मण्डलीमा एक जना समूह अगुवा छन् जसले व्यवहारिक काम गर्दैनन् र उनलाई बदल्नुपर्ने छ, र त्यहाँ केही अन्य व्यवहारिक मामिलाहरू पनि छन् जुन तत्काल हल गर्न जरुरी छ। म त्यहाँ गएर मद्दत गरूँ भन्‍ने उनी चाहन्थिन्। यसमाथि विचार गर्दा, मलाई के लाग्यो भने उनले पक्कै पनि म उनीभन्दा ज्यादा सक्षम छु सोचेको हुनुपर्छ, र उनले मलाई धेरै आदर गर्ने भएकोले मैले एउटा राम्रो काम गर्नुपर्थ्यो र आफैलाई लज्जित पार्नु हुँदैनथियो! मैले यसको बारेमा जति धेरै सोचेँ, मलाई त्यति धेरै खुशी लाग्यो। जब म सभामा आइपुगेँ, मैले के थाहा पाएँ भने सिस्टर जियाले कामको बारेमा विस्तृत रूपमा बुझेकी रहेछिन्, र सत्यता सम्‍बन्धी उनको सङ्गति स्तरीय र व्यवहारिक थियो। म विगत केही वर्षमा उनले धेरै प्रगति गरेकी रहेछिन् भन्‍ने देखेर म छक्‍क परेँ। मम उनीभन्दा धेरै सक्षम छु र कामको कुरामा मैले उनलाई धेरै मार्गदर्शन दिनुपर्नेछ भन्‍ने मलाई लागेको थियो, तर यस्तो देखिन्थ्यो उनी मभन्दा कम छैनन्! म धेरै असन्तुष्ट भएँ र मलाई यस्तो लाग्यो कि उनले नै अगुवाइ गर्न गइरहेकी छिन्, त्यसैले म कुन चीजले बनेको हुँ भनेर सबैलाई देखाउनु पर्छ भन्ने मलाई लाग्यो! मैले अलिकति पनि ढिलाइ गर्ने हिम्मत गरिनँ, बरु मैले आफ्नो सङ्गति उनको भन्दा राम्रो कसरी बनाउन सक्छु भन्ने सोच्न मेरो दिमागलाई खियाएँ। परिणामस्वरूप, मेरो सङ्गति खाल्डोको पानी जस्तै फिका हुन पुग्यो, र मलाई पनि यसबाट कुनै आनन्द प्राप्त भएन। मलाई मैले मेरो इज्‍जत गुमाएँ भन्‍ने लाग्यो र साँच्‍चै निराश भएँ।

त्यस बेलादेखि, मैले सिस्टर जियासँग प्रतिस्पर्धा गर्नबाट आफूलाई रोक्न सकिनँ। एक पटक एउटा सभामा जब उनले दाजुभाइ र दिदीबहिनीहरूको अवस्थाको बारेमा थाहा पाइन्, उनले परमेश्‍वरको सान्दर्भिक वचनहरू पत्ता लगाइन्, अनि त्यसलाई आफ्नो सङ्गतिमा आफ्नो वास्तविक अनुभवमा समावेश गरिन्, र सबैले सुन्दै टाउको हल्लाउँदै गरेको मैले देखेँ। केहीले नोट लेखिरहेका थिए, र केहीले भने, “अब हामीसँग हिँड्ने एउटा मार्ग छ।” मैले यसमा प्रशंसा र ईर्ष्या दुवै महसुस गरें, र त्यसोभए मैले के सोचिरहेको थिएँ? “अब मैले छिटो गरेर केही सङ्गति बाँड्नु पर्छ। जेसुकै होस्, म उनी बराबर छैन भन्ने देखिनु हुँदैन।” तर मैले जति धेरै त्यो सोचेँ, सङ्गति गर्ने कुनै कुराको बारेमा म त्यति नै कम सोच्न सक्थें। मैले सिस्टर जियाप्रति पूर्वाग्रह राख्न थालें, सोच्न थालें, “के तिमीले यति धेरै सङ्गति गर्नुपर्छ? तिमीले भन्नुपर्ने सबै कुरा पहिल्यै भनिसक्यौ। म यहाँ केवल सुने पनि नसुने जस्तै गरेर बसिरहेकी छु—म सजावट बाहेक केही होइन जस्तो गरेर बसिरहेकी छु। यसरी चल्दैन, मैले आफ्नो केही इज्‍जत फिर्ता पाउनको लागि केही सङ्गति गर्नुपर्छ।” उनी पानी पिउनको लागि रोकिने बित्तिकै, मैले आफ्नो स्टुललाई अगाडि ल्याएँ र सङ्गति गर्न थालें। म केही राम्रो कुरा बाँड्न चाहन्थें, तर मैले यसो गर्न सकिनँ। मेरो सङ्गति भद्रगोल थियो। जब दाजुभाइ र दिदीबहिनीहरूले मलाई हास्यास्पद तरिकाले हेरेको देखेँ, म पूर्ण रूपमा विषयवस्तुबाट बाहिर गएको थिएँ भन्ने मलाई महसुस भयो। मलाई अति नै असहज महसुस भयो, र लुक्नको लागि एउटा प्वाल खोज्न मन लाग्यो। मैले आफैलाई मूर्ख बनाएको थिएँ। मैले त केवल आफूलाई राम्रो देखाउन चाहेको थिएँ, तर म हास्यास्पद देखिन पुगेँ! मैले आफूलाई मञ्‍चमा राखेँ, र सबैले मलाई असफल भएको देखे। मेरो हृदयमा, मैले सिस्टरलाई अन्तर्ज्ञान दिएको तर मलाई नदिएको भन्दै परमेश्‍वरलाई दोष दिन सुरु गरें, त्यस बेलादेखि अन्य दाजुभाइ र दिदीबहिनीले मलाई कसरी हेर्नेछन् होला भन्ने बारेमा म चिन्तित भएँ। यस बारेमा म जति धेरै सोच्थें, उति धेरै दुःखी हुने गर्थें। म यो स्थितिबाट भाग्न चाहन्थें र उनीसँग अब मलाई काम गर्ने मन थिएन। मलाई याद छ, एक पटक एउटा सभामा केही सिस्टरहरू त्यति धेरै राम्रो स्थितिमा थिएनन्, र सिस्टर जियाको सङ्गतिपछि पनि कुनै सुधार भएको थिएन। तर मैले सङ्गतिमा कुनै मद्दत गरिन, यति मात्र होइन मैले के पनि सोचेँ भने, “उनले समस्या हल गर्न सक्दिनन् भने अब सबैले देख्नेछन्, अनि उनीहरूले मलाई निम्न दृष्टिले हेर्दा उनलाई पनि सम्मानले हेर्नेछैनन्।” त्यो समयमा, मैले सिस्टर जियासँग प्रतिस्पर्धा गर्ने निरन्तर कोसिस गरिरहेँ, र मेरो आत्मिक स्थिति झन् अँध्यारो हुँदै गयो। जब म सङ्गति गरिरहेको हुन्थें तब मभित्र कुनै पनि प्रकाश हुँदैनथ्यो, र जब मैले दाजुभाइ र दिदीबहिनीहरूले कठिनाइ वा समस्याहरूको सामना गरिरहेको देख्थें, ती समस्याको हल कसरी गर्ने मलाई थाहा हुँदैनथियो! म हरेक रात धेरै छिटो निदाउन थालें, र मैले आफ्नो कर्तव्य गर्न आफूलाई जबरजस्ती गर्नुपर्थ्यो। मेरो कष्ट बढ्दै नै गइरहेको थियो। मैले परमेश्‍वरलाई प्रार्थना गर्ने र मलाई मुक्ति दिनुहोस् भनेर उहाँसँग अनुरोध गर्नु बाहेक केही गर्न सक्दिनथिएँ।

मैले एक दिन आफ्नो भक्तिपूर्ण सेवामा परमेश्‍वरको वचनहरूको यो खण्ड पढेँ: “यसमा ओहदा, मुहार, वा प्रतिष्ठाको कुरा उठ्नेबित्तिकै, हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक सधैँ अरूभन्दा माथि हुन, प्रसिद्ध हुन र सम्मानित हुन चाहन्छौं। परमेश्‍वरको घरमा प्रतिस्पर्धा गर्नु लाजमर्दो कुरो भए पनि र त्यहाँ प्रतिस्पर्धा गर्न अनुमति नदिइएको भए पनि, हरेक व्यक्ति सधैँ प्रतिस्पर्धा गर्ने चाहना गर्दै समर्पित हुन अनिच्‍छुक हुन्छ। तथापि, प्रतिस्पर्धा नगरिकन तिमीहरू सन्तुष्ट हुँदैनौ। जब तिमीहरूले कसैलाई माथि उठेको देख्छौ, तब तिमीहरू ईर्ष्या, घृणाको महसुस गर्छौ, अनि अन्याय भयो भन्ने ठान्छौ। ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ त्यो व्यक्ति मात्र माथि उठ्छ, अनि मेरो पालोचाहिँ कहिल्यै आउँदैन?’ अनि तिमीहरूले केही असन्तोष महसुस गर्छौ। तिमीहरूले यसलाई दबाउन कोसिस त गर्छौ तर सक्दैनौ। तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्नेबित्तिकै तिमीहरूले यसलाई काबूमा राख्न सक्दैनौं। के यसले अपरिपक्‍व कद प्रदर्शन गर्दैन र? के व्यक्ति त्यस्तो अवस्थामा जानु भनेको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका वचनहरूले मेरो स्थितिलाई पूर्ण रूपमा खुलासा गरिदियो र यी वचन सोझै मेरो हृदयमा पुगे! म यति कठिन, थकित तरिकाले किन जिइरहेको छु भनी मैले सोच्न थालें! यसको मूल जरो ख्याति र हैसियतको मेरो चाहना थियो, र मेरो स्वभाव अति धेरै अहङ्कारी थियो। मैले फर्केर त्यो समयको बारेमा सोचेँ जति बेला मैले भर्खर यो कर्तव्य गर्न सुरु गरेको थिएँ। जब मैले आफ्नो काममा अलिकति सफलता पाएँ र दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई सम्मानको नजरले हेर्न थाले, मैले आफैलाई धेरै प्रशंसा गरें र आफू प्रतिभाशाली रहेको ठानेँ। सिस्टर जियासँग काम गर्दा र उनले मभन्दा राम्रो गरेको देख्दा, म ईर्ष्यालु, असहनीय बनेँ र उनीसँग लगातार प्रतिस्पर्धा गरिरहेँ। जब म उनीभन्दा अगाडि बढ्न सकिन, म नकारात्मक बनेँ र गुनासो गरेँ, र मेरो भावनालाई मेरो कर्तव्यमा उतार्ने समेत गर्थें। जब उनले ती दिदीबहिनीको स्थिति हल गर्न नसकेको देखेँ, मैले सङ्गतिले मद्दत नगरेको मात्र होइन, मैले एउटा औंला उठाउन पनि इन्कार गरें, र उनको असफलतामा म खुशी भएँ। मैले उनी लज्जित भएको हेर्न दृढ थिएँ। त्यो कसरी मैले आफ्नो कर्तव्य गरेको भयो र? मण्डलीको एक अगुवाको रूपमा, म पूर्ण रूपमा गैरजिम्मेवार थिएँ र मैले मण्डलीको कामको बारेमा एक रत्ति पनि सोचिनँ वा दाजुभाइ र दिदीबहिनीहरूको समस्या हल भयो कि भएन भन्ने बारेमा पनि ध्यान दिइनँ। म त केवल उनीभन्दा माथि म कसरी हुन सक्छु भन्ने बारेमा सोचिरहेको हुन्थें! म अत्यन्तै स्वार्थी र नीच थिएँ, र अत्यन्तै धूर्त पनि। नाम र हैसियतले मेरो दिमाग हल्लाएको थियो। मैले मेरो इज्‍जत र हैसियतको रक्षा गर्न सक्छु भने, दाजुभाइ र दिदीबहिनीहरूको समस्या हल नहोस्, मण्डलीको काममा अवरोध होस् भनेर हेर्न म तयार थिएँ। के मैले मलाई जुन हातले खुवाउथ्यो त्यही हातलाई टोकिरहेको थिइनँ र? म यस्तो महत्वपूर्ण कर्तव्यको योग्य नै थिइनँ। यो परमेश्‍वरको निम्ति धेरै नराम्रो, धेरै घृणा लाग्ने खालको कुरा थियो! यो सोच आउने बित्तिकै, मैले समय खेर नफाली म प्रार्थना र पश्‍चाताप गर्न परमेश्‍वरको अगाडि आएँ, परमेश्‍वरलाई ख्यातिको हतकडी निकालेर फाल्न मद्दत गर्नको लागि बिन्ती गरें।

मैले पछि परमेश्‍वरका वचनहरूको यो अंश पढेँ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; तेरो आफ्नो कद, इज्जत वा प्रतिष्ठालाई मात्र विचार नगर्। साथै मानिसहरूको चासोमा पनि ध्यान नदे। तैंले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तैंले बफादार हुने सक्दो कोसिस गरेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गर्न सक्दो प्रयास गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैंले परमेश्‍वरको घरप्रतिको आफ्नो कर्तव्य र कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैंले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका यी वचनहरू पढेर मेरो हृदय तुरुन्तै उज्यालो भयो, र त्यसपछि मसँग एउटा मार्ग भयो। यदि मैले नाम र हैसियतको बन्धनबाट मुक्त हुन चाहन्थेँ भने, पहिले मैले आफ्नो हृदय ठीक गर्नु पर्थ्यो। मैले मेरो मनलाई परमेश्‍वरको आदेशमा ध्यान केन्द्रित गर्नुपर्थ्यो र परमेश्‍वरको इच्छाको ख्याल गर्नुपर्थ्यो, र मैले आफ्नो कर्तव्यलाई राम्रोसँग कसरी पूरा गर्न सक्छु भन्ने पनि सोच्नुपर्थ्यो। मेरो हृदयमा धेरै सकारात्मक कुराहरू भरिएपछि, नाम, हैसियत, घमण्ड र प्रतिष्ठा जस्ता नकारात्मक कुराहरूलाई छोड्न सजिलो भयो। मलाई के महसुस भयो भने अरूले मलाई म केही हुँ भन्ने सोचे पनि यसको अर्थ परमेश्‍वरले मलाई मन पराउनुहुन्छ भन्ने हुँदैन, र अरूले मलाई म केही होइन भन्ने सोचे भने पनि यसको अर्थ परमेश्‍वरले मलाई मुक्ति दिनुहुन्न भन्ने हुँदैन। महत्वपूर्ण कुरा भनेको परमेश्‍वरप्रति मेरो दृष्टिकोण, र मैले सत्यको अभ्यास र आफ्नो कर्तव्य राम्रोसँग गर्न सक्छु वा सक्दिन भन्ने नै हो। मैले परमेश्‍वरको अन्तर्दृष्टिको लागि धन्यवाद दिएँ जसले मलाई मेरो गलत कार्यहरूको बाटोबाट फर्कायो। म अब सिस्टर जियासँग प्रतिस्पर्धा गर्न चाहन्नथिएँ, बरु केवल परमेश्‍वरलाई सन्तुष्ट गर्नको लागि एउटा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न चाहन्थें। त्यो बेलादेखि, मैले सचेत मनले परमेश्‍वरलाई प्रार्थना गरें र मेरो हृदय आफ्नो कर्तव्यमा लगाएँ, र मण्डलीको सभाहरूमा, मैले दाजुभाइ र दिदीबहिनीहरूको सङ्गतिलाई ध्यानपूर्वक सुनें। जब मैले केही समस्याहरू पत्ता लगाउथें, तिनीहरूमाथि गम्भीरतापूर्वक विचार गर्थें, अनि परमेश्‍वरको सान्दर्भिक वचनहरू खोज्थें र सङ्गतिको लागि मेरो आफ्नै अनुभवहरूसँग तिनलाई जोड्थें। मेरो आफ्नो कमजोरीलाई परिपूरण गर्न सिस्टर जियाको बलियो पक्षबाट पनि मैले धेरै कुरा सिकेँ। यो तरिकाले अभ्यास गर्दा मलाई धेरै शान्त र सहज महसुस गरायो, र मेरो स्थितिमा धेरै सुधार आयो। मैले परमेश्‍वरप्रति धेरै आभार महसुस गरें। तर नाम र हैसियतको चाहनाले मभित्र यति धेरै गहिरो जरा गाडेको थियो कि जति बेला अनुकूल परिस्थिति उत्पन्न हुन्थ्यो, मेरो यो शैतानी प्रकृति एक पटक फेरि देखा पर्थ्यो।

मलाई याद छ, एक पटक म एउटा समूहमा केही समस्या हल गर्नको लागि जान लागेको थिएँ, र जब म हिँड्नै लागेको थिएँ, तब सिस्टर जियाले भनिन् कि त्यो समूहमा रहेको मामिलाहरू एक प्रकारले जटिल छन्, र उनी पनि मसँग जान चाहन्छिन्। उनको यो कुरा सुनेर ममा छाएको खुशीको बहार धूलो-पीठो भयो। मैले सोचेँ, “ए, तिमी मात्र कुराहरू ठीक गर्न सक्छौ? तिमीले केवल प्रभाव जमाउन खोज्दैछौ? हाम्रो सुपेरियरको सामुन्ने यो भन्नुको पछाडि तिम्रो आशय के हो? के तिमीले जानी-जानी मलाई खराब देखाउने कोसिस त गरिरहेकी छैनौ?” म त्यो समय साँच्चिकै रिसाएकी थिएँ। म अन्तमा एक्लै जान पुगेँ, तर म यति धेरै रिसाएकी थिएँ कि, म त्यसबाट बाहिर आउन सकिनँ। म पूरै बाटोभरि सिस्टर जियाको बारेमा यति धेरै गनगनाइरहेको थिएँ कि मैले सभास्थल पनि भेट्न सकिनँ र फर्किनु पर्यो। मैले निकै निराश महसुस गरिरहेको थिएँ। मैले सोचेँ, “के म साँच्चै नै यति बेकार छु? मैले सभास्थल पनि भेट्न सकिनँ। हाम्रो सुपेरियरले मेरो बारेमा के सोच्छन् होला? यो पटक मैले साँच्चै नै आफैलाई लाजमा पारेँ!” जब म फर्केँ र अरू सिस्टरहरूलाई देखेँ, मलाई उनीहरूसँग कुरा गर्न मन लागेन।

भोलिपल्ट, सिस्टर जिया र म केही कामहरू छुट्टाछुट्टै कार्यान्वयन गर्न मण्डली गयौं, र म एक पटक फेरि भावनात्मक उथलपुथलमा परेँ। मैले सोचिरहेको थिएँ, “तिमी आफू केले बनेकी छौ भन्नेमा तिमीले जे सोचे पनि मलाई मतलब छैन, हेरौं कसले सबभन्दा राम्रो गर्दो रहेछ!” म पूरै जोश-जाँगर बोकेर मण्डली आइपुगेँ र सीधै कार्यहरू कार्यान्वयन गर्नतिर लागेँ, तत्कालै सङ्गति र कार्यहरू हस्तान्तरण गर्न थालें। मैले सोचेँ, “यो पटक मैले साँच्चै नै धेरै नै जोर लगाएको छु। यसले निश्चित रूपमा फल दिनेछ, र फेरि म सिस्टर जियाभन्दा अगाडि आउनेछु।” पछि सहकर्मीहरूको एउटा बैठकमा, मैले थाहा पाएँ कि मैले आफ्नो कर्तव्यमा सबभन्दा कम उपलब्धि हासिल गरेको रहेछु। यस्तो हुन सक्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। मैले त्यो क्षण सबै आशा गुमाएँ र महसुस गरें कि मैले जतिसुकै मेहनत गरे पनि, म कहिल्यै सिस्टर जियाभन्दा अगाडि बढ्न सक्नेछैन। त्यो समयमा, जिया ढिलो आउँदा पनि हाम्रो सुपेरियरले उनीप्रति वास्ता गरेको देख्दा, मलाई बाहिर चिसोमा छोडिएको जस्तो अनुभव हुन्थ्यो। मलाई उनीसँग साँच्चै नै डाह भइरहेको थियो। जब उनले हरेक कुरामा म भन्दा राम्रो गरेको र हाम्रो सुपेरियरले उनलाई उच्च महत्त्व दिएको म देख्थें, मलाई यस्तो लाग्थ्यो मैले कहिल्यै फेरि घमाइलो दिन प्राप्त गर्न सक्दिन। एउटा समूह अगुवा हुनु मण्डली अगुवा हुनुभन्दा धेरै राम्रो हो भन्‍ने मलाई लाग्यो। कम्तीमा पनि दाजुभाइ-दिदीबहिनीले मलाई सम्मानको दृष्टिले त हेर्नेछन् र मलाई साथ दिनेछन्। मलाई लाग्यो ठूलो पोखरीको सानो माछो हुनुभन्दा म बरु सानो पोखरीको ठूलो माछो भएको भए हुन्थ्यो। मेरो गुनासो यसरी नै बर्सिरह्यो। म वास्तवमा त्यो वातावरणमा रहेकोले प्रतिरोध गर्दैथिएँ र जति सक्दो छिटो त्यहाँबाट बाहिर निक्लिन चाहन्थें। मेरो अवस्था झन् खराब हुँदै गइरहेको थियो। मलाई सिस्टर जियाप्रति ईर्ष्या र रिस थियो, र उनको कारणले मैले अलग्गै पहिचान बनाउन सक्दिन भन्ने मलाई लाग्यो। मैले यो पनि सोचेँ, “यदि उनले आफ्नो कर्तव्यमा कुनै प्रकारको गल्ती गरिन् र उनलाई निकालियो भने त्यो धेरै राम्रो हुनेछ।”

किनकि प्रतिष्ठा र व्यक्तिगत स्वार्थको लागि संघर्ष गरिरहेको यो स्थितिमा म लगातार जिइरहेको थिएँ, आफूलाई नियाल्ने काम बिलकुलै नगरेको हुनाले, चाँडै नै परमेश्‍वरको अनुशासन ममाथि आयो। एक पटक, मैले अरू केही अगुवाहरूसँग एउटा सभाको आयोजना गरें। नत्यस सभामा कोही पनि नआएका मात्र होइनन्, बरु फर्किँदा मेरो टायर पन्चर भयो, र छिट्टै, मेरो ढाड भयानक रूपमा दुख्‍न थाल्यो। दुखाइ र सुनिएको, त्यो दुखाइ सहन निकै मुस्किल थियो। यो यस्तो अवस्थासम्म पुग्यो कि मैले आफ्नो कर्तव्य पनि पूरा गर्न सकिनँ। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरूको बारेमा सोचेँ: “मिलेर सँगै काम गर्नको लागि तिमीहरूबाट आज गरिएको माग यहोवाले इस्राएलीहरूबाट माग गर्नुभएको सेवा समान छ: नत्रभने, सेवा गर्न बन्द गरिहाल” (वचन देहमा देखा पर्नुहुन्छको “इस्राएलीहरूले जस्तै सेवा गर्”)। यसले मलाई भयभीत तुल्यायो। के परमेश्‍वरले नै मलाई मेरो कर्तव्य गर्ने अवसर खोस्न चाहनु भएको हो त? मैले पछि परमेश्‍वरका वचनहरूको एउटा अर्को खण्ड पढेँ: “तैँले जति धेरै संघर्ष गर्छस्, तँलाई त्यति नै धेरै अँध्यारोले घेर्नेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि तेरो पाउने चाहना झन्-झन् प्रबल बन्दै जानेछ। तेरो पाउने चाहना जति प्रबल हुन्छ, तँ त्यसो गर्न त्यति नै कम सक्षम हुनेछस्, अनि तैँले अझ कम मात्र प्राप्त गरेपछि तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति धेरै अँध्यारो हुन्छस् तैँले त्यति नै कमजोर रूपले कर्तव्य निर्वाह गर्नेछस्; तैँले जति कमजोर रूपले कर्तव्य निर्वाह गर्छस्, तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्‍बन्धित, दुष्चक्र हो। यदि तैँले कहिल्यै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका कठोर वचनहरू पढेर म डरले थरथर काँपेँ। मैले परमेश्‍वरको धर्मी स्वभावलाई महसुस गर्न सकेँ, जसले कुनै पनि उल्लङ्घन सहन गर्दैन। खासगरी जब मैले परमेश्‍वरको वचनहरूबाट यो पढेँ, “यदि तैँले कहिल्यै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ,” मलाई वास्तवमा नै लाग्यो कि म निकट खतरामा छु। त्यसपछि तुरुन्तै, मैले सिस्टर जियाले यसो भन्दै गरेको सुनें, “मण्डलीको काम वास्तवमा नै हरेक तरिकाबाट खस्किरहेको छ…।” उनी यति चिन्तित थिइन् कि रुन थालिन्। त्यो बेला हामी सँगसँगै राम्रोसँग मिलेर काम गर्न नसक्‍नुको सारको बारेमा हाम्रो सुपेरियरले छानबिन गर्दै गरेको मलाई स्मरण भयो, उहाँले भन्दै हुनुहुन्थ्यो, यसले परमेश्‍वरको घरको कामलाई बिगारिरहेको र तहसनहस पारिरहेको छ। मैले यस बारेमा निरन्तर सोचिरहन सकिनँ, बरु हतार-हतार म प्रार्थना र खोजी गर्न परमेश्‍वरको सामुन्ने गएँ। मलाई राम्रोसँग थाहा थियो कि नाम र हैसियत खोज्नु र अरूको ईर्ष्या गर्नु परमेश्‍वरको इच्छा अनुरूप छैन, अनि मैले ती खराब कुराहरूको पछि लाग्नबाट आफूलाई किन रोक्न सकिनँ?

अनि मैले पछि परमेश्‍वरको वचनहरूको एउटा अर्को खण्ड पढेँ। “जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्। यही ख्याति र प्राप्तिको खातिर नै, मानिसहरूले परमेश्‍वरलाई त्याग्छन् र उहाँलाई धोका दिन्छन्, अनि झन्-झन् बढी दुष्ट बन्दै जान्छन्। त्यसकारण, यसरी शैतानको ख्याति र प्राप्तिको बीचमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने तिमीहरूलाई लाग्छ। यदि मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अगाडिको बाटो उप्रान्त देख्‍न सक्दैनन्, उप्रान्त तिनीहरूको लक्ष्यहरूलाई देख्‍न सक्दैनन्, त्यसैले तिनीहरूको भविष्य कालो, मधुरो र मलिन देखिन्छ भन्‍ने तिमीहरूलाई लाग्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। मैले परमेश्‍वरका वचनहरूको प्रकाशमा समस्याको जरा खोज्न सकेँ। मैले इज्‍जत र हैसियतको पछि लाग्‍नबाट आफूलाई कहिल्यै रोक्न सकिनँ किनकि म सानैदेखि स्कूलमा शिक्षित भएकी थिएँ र समाजबाट प्रभावित थिएँ। मेरो हृदयभित्र शैतानी तत्वज्ञान र भ्रमहरू गहिरोसँग रोपिएको थियो, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” “महापुरुष एक जना मात्रै हुन सक्छ,” “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ।” मैले ती चीजहरूलाई जिउने वचनहरूको रूपमा लिएको थिएँ र तिनीहरूलाई अगाडि बढाउने जीवन लक्ष्यहरूको रूपमा स्थापित गरेको थिएँ। चाहे बाहिर संसारमा होस् वा परमेश्‍वरको घरमा होस्, मैले केवल अरूबाट उच्च सम्मान खोज्थे। म जहाँ भए पनि अरूभन्दा अगाडि र सबैको केन्द्रमा हुन चाहन्थें, सबैले मतिर हेरोस् भन्ने चाहन्थें। मलाई लाग्थ्यो जीवन जिउने एक मात्र सार्थक तरिका त्यही मात्रै हो। मेरो क्षमता कहिल्यै पनि यति महान थिएन, र म कुनै पनि कुरामा विशेष निपुण पनि थिइनँ, तर म कसैको अधीनमा रहेर बस्न पनि सक्दिनथिएँ। जब कुनै व्यक्ति मभन्दा राम्रो हुन्थ्यो, मलाई धेरै नै रीस उठ्थ्यो, र मैले आफूलाई उनीहरूसँग लड्न र प्रतिस्पर्धा गर्नबाट रोक्न सक्दिनथिएँ। अगाडि पुग्नको लागि म जेपनि सोच्ने कोसिस गर्थें। यदि मैले त्यसो गर्न सकिनँ भने, मलाई उनीहरूसँग ईर्ष्या र घृणा हुने गर्थ्यो, र आफूलाई बाहेक अरू सबैलाई दोष दिन्थें। त्यो जिउने एउटा भयानक तरिका थियो। मैले अन्ततः के देखेँ भने, नाम र हैसियतको पछि लाग्‍नु बिलकुलै सही बाटो होइन, र मैले जति धेरै त्यसो गर्थेँ, म त्यति नै धेरै घमण्डी र तुच्छ सोचको हुन पुग्थें। म झन् बढी स्वार्थी र निच हुन्थें, ममा कुनै पनि प्रकारको मानवीय गुण हुँदैनथ्यो। त्यसपछि मैले सिस्टर जियालाई हेरें: उनले आफ्नो कर्तव्य निष्ठा र गम्भीरतापूर्वक गर्थिन्, र उनको सङ्गतिमा प्रकाश थियो। उनले दाजुभाइ र दिदीबहिनीहरूको व्यवहारिक कठिनाइहरू पनि हल गर्न सक्थिन्। त्यो अरूको लागि र मण्डलीको कामको लागि फाइदाजनक थियो। यो एउटा अद्भुत कुरा थियो र परमेश्‍वरलाई सहजता प्रदान गर्न सक्‍ने कुरा थियो। अर्कोतिर म तुच्छ र ईर्ष्यालु थिएँ, उनले मबाट प्रसिद्धि चोरिरहेकी छिन् भनेर मैले सधैँ सोचिरहेको हुन्थें, त्यसैले म उनको विरुद्ध पूर्वाग्रही भएँ। उनी असफल होस् र उनलाई निकालियोस् भन्ने मेरो ठूलो चाहना थियो। म भित्रैदेखि कति दुर्भावनापूर्ण रहेछु भन्ने मैले देखेँ! परमेश्‍वरले धेरै मानिसले सत्यको अनुसरण गरुन् र उहाँको इच्छाको कदर गरुन्, र, उहाँलाई सन्तुष्ट गर्न आफ्नो कर्तव्य पूरा गर्न सकून् भन्‍ने चाहनुहुन्छ। तर मेरो आफ्नै प्रतिष्ठा र पदको रक्षा गर्ने मेरो प्रयासमा, त्यसो गर्ने दाजुभाइ-दिदीबहिनीलाई मैले सहन सकिनँ। म उनीहरूप्रति ईर्ष्यालु र असहिष्णु थिएँ। के त्यो परमेश्‍वरको विरुद्धमा जानु र उहाँको विरोध गर्नु होइन र? के त्यसले परमेश्‍वरको घरको कार्यमा बाधा उत्पन्न गरिरहेको थिएन र? म दुष्ट शैतानभन्दा कसरी फरक थिएँ र? साथै कम्युनिस्ट पार्टीका ती सबै त्यस्ता अधिकारीहरू छन्, जसले गुट बनाउँछन् र प्रतिष्ठा र पदको लागि तुच्छ संघर्षमा संलग्न हुन्छन्, र विरोधीलाई लडाउन, शत्रुलाई मेटाउन र जनतालाई थिचोमिचो गर्न कुनै कसर बाँकी राख्दैनन्। उनीहरूले कति धेरै दुष्ट कार्य गरेका र गराएका छन्, कति धेरै मानिस मारेका छन् भन्ने कुनै लेखाजोखा छैन! अन्तमा, उनीहरूले आफैमा विनाश ल्याउँछन्, र जब उनीहरू मर्छन्, तिनीहरूले नर्कमा दण्ड भोग्छन्। त्यसोभए किन उनीहरू यस्तो अवस्थामा पुग्छन्? उनीहरूले प्रतिष्ठा र पदलाई हरेक कुराभन्दा माथि राख्ने भएकोले गर्दा यसो भएको होइन र? अनि मेरो आफ्नै व्यवहार उनीहरूको जत्तिको खराब नभए पनि, यसलाई हेर्दा, यो मूलभूत रूपमा उस्तै नै थियो। म शैतानी दर्शन र नियमहरू अनुसार जिइरहेको थिएँ, र मैले प्रकट गरेको स्वभाव घमण्डी, धूर्त र दुष्ट थियो। म जसरी जिएको थिएँ त्यो शैतानी थियो, त्यसमा कुनै मानवीय गुण थिएन। अनि यो कसरी परमेश्‍वरको लागि घृणित र मन नपर्ने हुन सक्दैनथियो र? त्यो तरिकाले अनुशासित गराइनु ममाथि परमेश्‍वरको धर्मी स्वभाव आउनु थियो, र अझ बढी, यो उहाँले मलाई दिनुभएको मुक्ति थियो। यी सबै महसुस गरेर, म तुरुन्तै परमेश्‍वरको सामुन्ने प्रार्थनामा आएँ। मैले भनें, “हे परमेश्‍वर, मैले सत्यताको अनुसरण गरिरहेकी छैन। म त केवल नाम र हैसियतको पछाडि दौडिरहेको छु। मलाई शैतानले भ्रष्ट बनाएको छ, एउटा मानव जस्तो बिलकुलै छैन। जब मैले मेरो प्रतिष्ठा र हैसियत गुमाएँ, मलाई मेरो कर्तव्य गर्न नै मन लागेन र तपाईंलाई धोका दिने अवस्थासम्म पुग्‍न लागेको थिएँ। परमेश्‍वर, म तपाईंसमक्ष पश्चात्ताप गर्न चाहन्छु। म सत्य अनुसरण गर्न तत्पर छु, मेरो सिस्टरसँग सहकार्य गर्न तत्पर छु, र तपाईंलाई सन्तुष्ट तुल्याउन मेरो कर्तव्यमा समर्पण हुन तत्पर छु।”

त्यसपछि, सिस्टर जियासँग म खुलेर कुरा गर्न थालें। नाम र प्रतिष्ठाको लागि उनीसँग मैले प्रतिस्पर्धा गरिरहेको मार्गहरूलाई मैले छाडिदिएँ। मैले उनलाई ममाथि नजर राख्न र मेरो मद्दत गर्न पनि अनुरोध गरें। त्यसपछि, हामीले हाम्रो कर्तव्यमा अझ राम्रोसँग सहकार्य गर्न सफल भयौं। तैपनि कहिलेकाहीँ म अझै पनि नाम र प्राप्तिको चाहना देखाउँछु, अनि म छिट्टै यो मेरो शैतानी स्वभाव आफै प्रकट भइरहेको छ भन्ने देख्न सक्छु, त्यसरी निरन्तरता दिनुको प्रकृति र परिणामहरूको बारेमा सोच्छु, त्यसपछि म तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्छु र ध्यानपूर्वक आफ्नो विचारहरूलाई मनन गर्छु। म गएर मेरो सिस्टरको सङ्गति तनमनले र सुन्छु र उनको सबल पक्षहरूबाट सिक्छु। जब उनले आफ्नो सङ्गतिमा केही छुटाएको म देख्छु, म तत्काल त्यसलाई सुधार गरेर लागिपर्छु। ती समयमा, सबैले फाइदा लिन सक्ने गरी सत्यताको बारेमा कसरी स्पष्ट रूपमा सङ्गति गर्ने भन्ने बारेमा म विचार गर्छु। यस प्रकारको सभाहरू वास्तवमा नै सुधार गर्ने खालका हुन्छन् भन्ने सबैलाई लाग्छ र म पनि तिनीहरूबाट केही पाउँछु। मेरो हृदयभित्र म स्वतन्त्र र सहज महसुस गर्छु। यो त परमेश्‍वरको वचनहरूले भनेको जस्तै हो: “यदि तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्छस्, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउँछस्, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउँछस्, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउँछस्, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्छस् भने, र परमेश्‍वर र उहाँको घरको हितलाई सबैभन्दा अगाडि राख्छस् भने, तैँले केही समय यसलाई अनुभव गरिसकेपछि यो जीवन जिउने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र संकीर्ण सोच राख्नु वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मान पूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ। … त्यसरी जिउनुमा अर्थ र भरणपोषण छ भनी तैँले महसुस गर्नेछस्। तेरो आत्मा दह्रिलो हुनेछ, शान्ति र सन्तुष्टिमा हुनेछ। तैँले आफ्ना अभिप्रायहरू, रुचिहरू र आफ्ना चाहनाहरू छोडिदिएको फलस्वरूप तेरो अवस्था यस्तो हुनेछ। तैँले त्यो कमाएको हुनेछस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरको वचनहरूअनुसार जिउनु कति सुन्दर कुरा रहेछ भन्ने कुरालाई मैले पूर्ण रूपमा बुझेँ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ

सियुआन, फ्रान्सकेही वर्ष पहिले मैले एउटा मण्डली अगुवाको कर्तव्य पूरा गरिरहेकी थिएँ। मण्डलीमा चेन नाम गरेका एकजना ब्रदर थिए, जो राम्रो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्