हैसियत त्यागेर म स्वतन्त्र भएको छु

20 जनवरी 2022

हाओ लि, चीन

मैले सन् २०१९ को अगस्तमा मण्डली अगुवाको पद सम्हालेँ। एक पटक मैले भेलामा सङ्गति गरिसक्‍ने बित्तिकै सिस्टर हीले भनेकी यो कुरा मलाई याद आयो, “तपाईंको सङ्गति एकदमै अन्तर्दृष्टिपूर्ण छ र यसले मेरो समस्यामा धेरै मदत गर्न सक्छ।” सिस्टर ली पनि तालमा ताल मिलाउँदै उनीसित सहमत भइन्। उनीहरूको आँखामा आदर र प्रशंसाको झलक देख्दा म रोमाञ्चित भएँ र सोचेँ, “पक्कै अरू दाजुभाइ-दिदीबहिनीहरूभन्दा म असल भएकी हुनाले गर्दा नै अरू थुप्रै मण्डली सदस्यहरूमध्ये म अगुवा चयन भएकी हुनुपर्छ। नत्र, किन उनीहरूले मलाई चयन गर्नेथिए र?” त्यसैकारण, मैले सभाहरूमा केही समस्याहरू सफलतापूर्वक समाधान गरेको हुनाले, अरूलाई मेरो नजिक आउन मन पर्छ, र समस्याहरू आइपर्दा उनीहरू मेरो सङ्गति खोज्छन्। म अगुवा हुन एकदमै योग्य छु भन्ने मलाई लाग्थ्यो। मैले आफूलाई अलिक उच्च र शक्तिशाली नठानी सक्दै सकिनँ, र अरूले मान र प्रशंसा गरेको अनुभूति गर्न मलाई मन पर्थ्यो।

एक दिन, म सदाझैँ डिकनहरूको भेलामा जाँदा, सिस्टर वुले अहिले तिनी अहङ्कारी स्वभाव लिएर जिइरहेकी र आफूसँग काम गर्नेहरूमाझ आफै अन्तिम निर्णय गर्न इच्‍छा हुन्छ भन्‍ने कुरा बताइन्। त्यसो गर्नु सही होइन भनेर तिनलाई थाहा थियो, तर तिनले त्यसलाई रोक्नै सकिनन् जस्तो देखिन्थ्यो। तिनले मदतका लागि केही सङ्गति गर्न हामीलाई आग्रह गरिन्। मैले सुरु गर्नै लाग्दा, हाम्रा सुसमाचार डिकन सिस्टर ह्यान मच्चिएर आइन् र बोल्न थालिन्, अनि परमेश्‍वरका वचनहरूसित सम्बन्धित उनका केही अनुभव बताइन्। सिस्टर वुले ध्यान दिएर सुनिरहेकी मैले याद गरेँ, र मुस्कुराउँदै र मुन्टो हल्लाउँदै समेत सुनिरहेकी थिइन्। यो देख्दा मलाई असाध्यै असहज भयो, र सोचें, “यहाँको अगुवा म हुँ र यो काम त मैले सम्हाल्नुपर्छ। किन तिमी यसलाई मेरो हातबाट खोसिरहेकी छौ? के यसो गर्दा मैले त्यसलाई सम्हाल्न सक्दिनँ भन्ने जस्तो देखिँदैन र? अहिले तिमी आफूलाई मेरो ठाउँमा आकर्षणको केन्द्र बनाउँछौ। अहँ, म तिमीलाई मेरो शान खोस्न दिँदिनँ, नत्र त सबैले मलाई अगुवा भएर पनि डिकन बराबर छैन भनेर सोच्नेछन्। मैले तुरुन्तै विषय बदल्नुपर्छ।” त्यसैले, सिस्टर वुको समस्या सन्तोषजनक ढङ्गमा समाधान भयो कि भएन भनेर एक पल पनि नसोची, सिस्टर ह्यानको कुरा काट्दै म अघि बोल्न थालेँ: “अहिले परमेश्‍वरका घरको मुख्य काम सुसमाचार सुनाउनु र परमेश्‍वरका निम्ति गवाही दिनु हो। हामी हाम्रो सुसमाचारको कामबारे छलफल गरौं। अब हामी सुसमाचार सुनाउनुको महत्त्व र यस सन्दर्भमा उठाउनुपर्ने भारबारे सबैलाई बुझाउन ध्यान दिनेछौं …” मैले बोल्दै गर्दा, सिस्टर वुको हाउभाउलाई याद गरें, र तिनले मलाई ध्यान दिएर सुनेको नदेखेसम्म मलाई चैन भएन। तर अचम्मको कुरा, मेरो कुरा सकिन साथ, सिस्टर ह्यानले सुसमाचार प्रचार गर्ने केही तरिकाहरू बताउन थालिन्। वास्तवमा, तिनले भनिरहेको कुरा स्पष्ट थियो र त्यो मलाई थाहा नभएको कुरा थियो। तर तिनले भनिरहेको कुरामा दाजुभाइ-दिदीबहिनीहरू मग्न भएर सुनिरहेका र मुन्टो हल्लाइरहेका देख्दा, मलाई निकै रिस उठ्यो र आफ्नो अपमान भएको जस्तो लाग्यो। म रुष्ट भएँ र सोचेँ, “म अगुवा हुँ र तिमी डिकन हौ। यसरी तिमीले मेरो काममा नियन्त्रण जमाएपछि मैले कसरी आफ्नो काम गर्ने? यदि सबैले तिम्रो मान गर्न थाले भने, मलाई कसले याद गर्छ र?” यस्तो सोचेर मैले तिनलाई कडाइका साथ रोकेँ, र मैले आफ्नै सङ्गति गर्न थालेँ। त्यो एकदमै अनौठो क्षण थियो। त्यो अपराह्ण, सिस्टर वुले पानी हाल्ने काममा मानिसहरूको कमी छ भनेर बताइन्। मैले जवाफ दिनै लागेकी थिएँ तर बोल्न नपाउँदै, सिस्टर ह्यानले मानिसहरूको कमी हुँदा समस्यालाई समाधान गरेको आफ्नो अनुभव सुनाउन थालिन् र केही तरिकाहरू अपनाउन सुझाव दिइन्। त्यति बेला, सिस्टर वुले घरीघरी मुन्टो हलाएकी मैले फेरि देखेँ र मलाई असाध्यै ईर्ष्या लाग्यो। मैले सोचेँ, “म अगुवा हुँ। सङ्गति र यस कामको प्रबन्ध त मैले गर्नुपर्छ। तिमीले त्यो गर्नु आवश्यक छैन। के तिमी मैले उनीसित सङ्गति गर्न जान्दिनँ भन्ने सोच्छौ? तिमीले आफूलाई निकै योग्य ठान्छौ जस्तो छ र तिमीले अन्धाधुन्ध आडम्बर गरिरहेकी छौ।” सिस्टर ह्यानसित मलाई असाध्यै रीस उठ्यो र सोचेँ, “मैले तिनको काममा खोट देखाउनुपर्छ ताकि तिनले आफू त्यस्तो महान् होइनन् भनेर बुझ्न सकून्। त्यसपछि, तिनले त्यति साह्रो आफूलाई प्रदर्शन गर्नेछैनन्।” त्यसैले, त्यसपछि मैले तिनलाई सोधेँ, “सिस्टर ह्यान, तपाईंले सम्हालिरहनुभएको समूहको सुसमाचार काम त्यति फलदायी भएको छैन। के तपाईंले त्यसमा मन लगाउनुभएको छैन?” त्यो प्रश्न सुनेर सिस्टर ह्यान अलिक अप्ठ्यारोमा परेको देखियो, त्यसपछि तिनले जवाफ दिइन्, “सिस्टर, त्यो म स्वीकार गर्छु। म यसलाई ध्यान दिनेछु र किन त्यति सफल नभएको रहेछ भनेर निष्कर्ष निकाल्नेछु, र म आत्म-समीक्षा गर्नेछु।” तिनलाई असहज स्थितिमा देखेर, मलाई मनमनै निकै खुसी लाग्यो, र मैले तुरुन्तै यसो भनेँ, “हुन्छ, त्यसोभए हाम्रो सङ्गतिपछि यो किन राम्रो भइरहेको छैन भनेर सारांश तयार पार्नुहोस् र केही परिवर्तनहरू गर्नुहोस्। सहकर्मीको हैसियतमा तपाईंले राम्रो उदाहरण बसाल्नुपर्छ र सक्रियतापूर्वक सहयोग गर्नुपर्छ। नत्र, दाजुभाइ-दिदीबहिनीहरू कसरी उत्प्रेरित हुनेछन् र?” प्रत्युत्तरमा, सिस्टर ह्यानले अलिकति मुन्टो हल्लाइन्। तिनले चुपचाप मुन्टो हल्लाएको देखेर मलाई आत्म-सन्तुष्टि भयो र सोचेँ, “म त तिम्रो बराबरी छैनँ जस्तो गरी कसरी भर्खर तिमीले आफूलाई भयङ्कर देखाइरहेकी थियौ? अब तिमी महान् देखिँदैनौ। ठिक्क पऱ्यो हैन त?” त्यसरी, मैले फेरि आफूलाई महत्त्वपूर्ण ठानेँ, फेर एक पटक अख्तियार जमाएर बोलेँ र अन्य कामका लागि प्रबन्धहरू मिलाएँ। यो कुरा भइञ्जेल, अँध्यारो भइसकेको थियो, र त्यो साँझ सिस्टर वु र मैले अन्य कामकुराबारे छलफल गर्नुपर्थ्यो। पहिला त, म सिस्टर ह्यान बसेर हाम्रो छलफल सुनेको चाहन्थेँ, तर त्यसपछि, फेरि तिनले मलाई ओझेलमा पार्छिन् भन्ने चिन्ता लाग्यो। के त्यसले मलाई अयोग्य ठहराउँदैन र? तिनलाई घर जान लगाउँछु भन्ने मलाई लाग्यो। मैले सिस्टर ह्यानलाई चाँडै घर जान सक्नुहुन्छ भनेर भनेँ, तिनले मन नलागी-नलागी मुन्टो हल्लाइन् र त्यसपछि आफ्नो सर-सामान लिएर बाटो लागिन्। तिनी अँध्यारो मुख लगाएर गएको देख्दा मलाई अलिक दोषी महसुस भयो। भोली बिहान, भेलामा जाँदै गर्दा, मैले विगत केही दिनदेखिको मेरो स्थितिबारे चिन्तन गरेँ। अघिल्लो दिन सिस्टर ह्यानप्रति मेरो आचरण अलिक अव्यावहारिक भएको मलाई महसुस भयो। सत्यतामाथि तिनको सङ्गति निकै राम्रो थियो। तिनी आकर्षणको केन्द्र हुँदा म रुष्ट भएँ त्यसैले, मैले तिनलाई रोक्न सक्ने जति सबै कुरा गरेँ। मलाई लाग्यो, तिनी खिन्न भएर गइन् किनभने मैले विवश बनाएको तिनलाई महसुस भइरहेको थियो। तर त्यति बेला मैले त्यसबारे एकछिन झट्ट मात्र सोचेँ र थप चिन्तन गरिनँ। त्यसलाई त्यतिकै टारेँ।

केही दिन बितेपछि, मैले सिस्टर ह्यानप्रति गरेको व्यवहारबारे मसँगै काम गर्ने सिस्टर लीलाई बताएँ। तिनले मलाई निराकरण गर्दै यसो भनिन्, “यो त ख्रीष्टविरोधी स्वभाव हो र तपाईंले यसलाई हटाउन परमेश्‍वरका वचनहरू खोजी गर्नुपर्छ। एक जना अगुवा भएर तपाईंले आफूलाई उछिन्ने कसैलाई पनि निचोर्नु र दबाउनु अस्वीकार्य काम हो! परमेश्‍वरका घरका धेरै सदस्यहरू के तपाईंसँगै शीर्ष स्थानमा छैनन् र?” यो कुरा सुनेर मलाई ठूलो प्रभाव पऱ्यो, अनि त्यसपछि मात्र त्यो समस्याको गम्भीरतालाई बुझेँ। घर फर्कँदै गर्दा, मैले सिस्टर लीले भनेकी कुरा बारम्बार विचार गरेँ, अनि सिस्टर ह्यानसित गरेको कुराकानी र मैले प्रकट गरेको कुराबारे फर्केर सोचेँ। तिनले मलाई नउछिनून् भनी मैले तिनलाई बहिष्कार गरेँ। के मैले तिनलाई रोकिरहेकी थिइनँ र? त्यो त दुष्ट कार्य थियो! मैले आफ्नो व्यवहारबारे जति धेरै सोचेँ, मलाई उति नै धेरै डर लाग्यो, र तुरुन्तै परमेश्‍वरसामु आएर प्रार्थना गरेँ: “हे परमेश्‍वर! सिस्टर लिले मेरो निराकरण गरेपछि, मैले के बुझेकी छु भने, सिस्टर ह्यानलाई दबाएर र बहिष्कार गरेर मैले ख्रीष्टविरोधी स्वभाव प्रकट गरिरहेकी रहेछु! यस्तो महत्त्वपूर्ण कर्तव्य हातमा लिएर यदि मैले यो स्वभावलाई त्यागिनँ भने, कत्ति धेरै दुष्टता गर्ने हो कसलाई थाहा! हे परमेश्‍वर, यो त अति डरलाग्दो स्वभाव हो। म परिवर्तन हुन चाहन्छु—कृपया मलाई अगुवाइ गर्नुहोस्।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू आफ्नै तानाशाह चलाइराखेको तानाशाहीजस्तै हुन्छन्; तिनीहरूले अरू कसैको कुरा सुन्दैनन्, तिनीहरूले हरेक व्यक्तिलाई नीच ठान्छन्, र अरू कसैले भनेको कुरा, गरेको काम, अरूसँग भएका अन्तर्दृष्टिहरू, अरूका दृष्टिकोणहरू र अरूका सबल पक्षहरू—तिनीहरूका नजरमा ती सबै तिनीहरूभन्दा तल्लो स्तरका हुन्छन्। तिनीहरूलाई यस्तो लाग्छ कि तिनीहरूले जे गर्न चाहन्छन् त्यसमा सहभागी हुन कोही पनि लायक छैन, न त तिनीहरू परामर्श गर्नको लागि, न त सल्लाह-सुझाव दिनको लागि नै लायक छन्—ख्रीष्टविरोधीको स्वभाव यस्तै हुन्छ। कतिपय मानिसहरू यसलाई कमजोर मानवता हुनु भनी भन्छन्—कसरी यो साधारण कमजोर मानवता मात्र हुन सक्छ र? यो त सम्पूर्ण रूपमा सैतानी स्वभाव हो; यस प्रकारको स्वभाव अत्यन्तै उग्र हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै उग्र हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले मण्डलीका हितहरूलगायत परमेश्‍वरको घरको कामलाई आफ्नै ठान्छन्, कसैको हस्तक्षेपविना, सम्पूर्ण रूपमा आफैले व्यवस्थापन गर्नुपर्ने आफ्नै व्यक्तिगत सम्पत्ति सोच्छन्। अनि यही कारणले गर्दा, परमेश्‍वरको घरको काम गर्दा तिनीहरूले सोच्ने कुराहरू भनेका तिनीहरूका आफ्नै हितहरू, तिनीहरूका आफ्नै हैसियत र प्रतिष्ठा मात्र हुन्। तिनीहरूको नजरमा तिनीहरूको आफ्नो हैसियत, मान-प्रतिष्ठाको लागि खतरा बन्‍ने जोकोहीलाई तिनीहरूले अस्वीकार गर्छन्; तिनीहरूले त्यस्ता मानिसहरूलाई दबाउँछन् र बहिस्कार गर्छन्। तिनीहरूले केही निश्चित विशेष कर्तव्यहरू निर्वाह गर्नको उपयोगी र सुहाउँदा मानिसहरूलाई समेत बहिस्कार गर्छन् र दबाउँछन्। तिनीहरूले परमेश्‍वरको घरको कामलाई अलिकति पनि सोचविचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा नै कुनै सोचविचार गर्छन्। यदि कोही तिनीहरूको हैसियतको लागि खतरा हुन्छ भने, उक्त व्यक्ति तिनीहरूमा समर्पित हुँदैन भने, उक्त व्यक्तिले तिनीहरूलाई कुनै वास्ता गर्दैन भने, तिनीहरूले त्यस्ता व्यक्तिहरूलाई बहिस्कार र दमन गर्छन्, अनि टाढै राख्छन्। तिनीहरूले उनीहरूलाई आफ्नो साझेदार हुन दिँदैनन्, र तिनीहरूको अधिकारको दायराभित्र कुनै पनि महत्त्वपूर्ण पद, कुनै महत्त्वपूर्ण भूमिका लिने कहिल्यै अनुमति दिँदैनन्। यी मानिसहरूले जस्तो-सुकै असल कामहरू गरे पनि—परमेश्‍वरको घरलाई फाइदा हुने कामहरू गरे पनि—ख्रीष्ट विरोधीहरूले यी कार्यहरूलाई ढाक्ने सक्दो कोसिस गर्नेछन्। असल कुराको श्रेय लिनका लागि तिनीहरू कुरा बङ्ग्याउँछन् र गलत कामहरू अरूको थाप्लोमा हाल्छन्; तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अरू मानिसहरूको सामर्थ्य र गुणहरू देख्न दिँदैनन्, यी मानिसहरूलाई दाजुभाइ-दिदीबहिनीहरूबाट प्रशंसा र समर्थन पाउन दिँदैनन्, अनि यसरी आफ्‍नो पदलाई खतरामा पार्नबाट रोक्छन्। त्यसबाहेक, ख्रीष्ट विरोधीहरूले झूटा कुराहरू बनाउँछन् र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तथ्यलाई बढाइचढाइ गर्छन्, मानिसहरूलाई खसाल्न तिनीहरूको बारेमा नराम्रो कुरा गर्छन्, ती मानिसहरूले जुनै काम गरे पनि तिनीहरूलाई बहिष्कार र दमन गर्ने बहानाहरू खोज्छन्; यसरी तिनीहरूले उनीहरूलाई दोष लाउँछन्, अनि उनीहरू अहङ्कारी र स्व-धर्मी छन्, उनीहरू देखावटी गर्न मन पराउँछन्, उनीहरूले महत्वाकांक्षा राख्छन् भनी भन्छन्। वास्तवमा, यी सबै मानिसहरूसँग सबल पक्षहरू हुन्छन्, तिनीहरू सबै सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्छन्, जो भरणपोषण गर्न लायकका हुन्छन्। तिनीहरूमा केवल साना गल्तीहरू मात्र भेटिन्छन्, कहिलेकहीँ मात्र भ्रष्ट स्वभाव प्रकट हुन्छ; तुलनात्मक रूपमा तिनीहरू सबैमा असल मानवता हुन्छ। समग्रमा, यिनीहरू कर्तव्यहरू निर्वाह गर्नको लागि उपयुक्त हुन्छन्, यिनीहरू कर्तव्य निर्वाह गर्नेहरूको लागि दिइएका सिद्धान्तहरूसँग मेल खाने हुन्छन्। तर ख्रीष्टविरोधीहरूको नजरमा, तिनीहरूलाई लाग्छ, ‘मैले कुनै हालतमा यो कुरा सहन गर्नेवाला छैन। तँ मेरो क्षेत्रभित्र आफ्नो भूमिका खोज्दैछस्, मसँग प्रतिस्पर्धा गर्दैछस्। त्यो सम्भव छँदै छैन, त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा सक्षम छस्, मभन्दा राम्रोसँग अभिव्यक्ति दिन सक्छस्, मभन्दा शिक्षित छस्, र मभन्दा प्रसिद्ध छस्। तैँले मेरो गर्जन चोरिस् भने मैले के गर्ने? तँ मलाई आफूसँग काम गर्न लगाउन चाहन्छस्? त्यसको बारेमा त सोच्दै नसोच!’ के तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा सोचिरहेका हुन्छन् त? हुँदैनन्। तिनीहरूले कसरी आफ्नो हैसियत जोगाउने भन्‍ने बारेमा मात्रै विचार गरिरहेका हुन्छन्, ताकि तिनीहरूले यी मानिसहरूलाई प्रयोग गर्नुको साटो परमेश्‍वरको घरको हितलाई हानि पुर्‍याउन सकून्। यो बहिस्कार हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक)”)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने, ख्रीष्टविरोधीको मुख्य चिह्न भनेको शक्तिलाई आफ्नो जीवन ठान्नु, सधैँ आफ्नो कर्तव्यमा एकाधिकार जमाउन खोज्नु र कामकुराको वागडोर हातमा लिन चाहनु हो। कसैले हाम्रो हैसियत र शक्तिलाई खतरामा पार्दा वा हामीलाई उछिन्दा, परमेश्‍वरको घरको काममा सम्झौता गर्न हामी हिचकिचाउँदैनौं, तिनीहरूलाई बहिष्कार गर्छौं र रोक्छौँ। अगुवाको कर्तव्य निर्वाह गरेदेखि मैले आत्मसमीक्षा गर्दा, मैले मेरो कर्तव्यमा आफ्ना जिम्मेवारीहरू के हुन् र कसरी व्यावहारिक काम गर्नुपर्छ भनेर ध्यान दिएकी थिइनँ, तर प्रतिष्ठा र हैसियतले मलाई खिँच्यो। मलाई कसैले पनि उछिनेको मैले चाहिनँ। सत्यतामाथि सिस्टर ह्यानले गरेकी सङ्गतिले सिस्टर वुको समस्या समाधान भयो। तिनले बोझ लिएकी थिइन् भनेर त्यसले देखाउँछ र त्यो सकारात्मक कुरा हो, तर सिस्टर वुको स्थिति सुध्रेकोमा म खुसी थिइनँ। त्यसको सट्टा, सिस्टर ह्यान मभन्दा राम्रो देखिएला, अनि अरूको हृदयमा मेरो स्थान गुम्ला र तिनीहरूले उप्रान्त मलाई मान नगर्लान् भनेर म डराएँ। मैले सिस्टर ह्यानलाई होच्याउन सबै प्रयास गरेँ, अरूले तिनको सङ्गतिको तारिफ गर्दा मैले जानाजानी विषय बद्लेँ, र तिनको काममा खोट देखाउन मैले आफ्नो हैसियत र अख्तियारको दुरुपयोग गरेँ। मैले जानीबूझी तिनका लागि कामकुरा कठिन पारिदिएँ र तिनलाई नराम्रो देखाएँ अनि अरूले तिनलाई मान गर्न नछोडेसम्म चैनको सास फेरिनँ। मैले आफ्नो ओहोदालाई बलियो बनाउन, सत्यताको पछि लाग्नेलाई दमन र प्रहार गरेँ। के यस्तो दुष्ट र घृणित चाल प्रयोग गरेर मैले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरिरहेकी थिइनँ र? त्यसपछि, केही दिनअघि मात्र मण्डलीबाट निकालिएको एक जना ख्रीष्टविरोधीबारे सोचेँ। उसले बेग्लै धारणाहरू व्यक्त गर्ने वा केही कुरामा उत्तम भएकाहरूलाई निरन्तर दमन गरिरहेको र हप्काइरहेको, परमेश्‍वरको घरको कामबारे नसोचेको कुरा प्रकट भएका थिए। सबै प्रकारका खराब काम गरेकोले गर्दा उसलाई अन्त्यमा निष्कासित गरियो। मैले सिस्टर ह्यानलाई गरेको सबै कुराबारे चिन्तन गर्दा, के म त्यो ख्रीष्टविरोधीकै जस्तो मार्गमा हिँडिरहेकी थिइनँ र? भनेर महसुस गरेँ। त्यसपछि मैले अन्त्यमा मेरो ख्रीष्टविरोधी स्वभाव कत्ति दुष्ट रहेछ भनेर बुझेँ।

पछि मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सहायता गर्ने, तँलाई दिशा देखाउने, सल्लाह दिने, र ती कार्यमा तँलाई मदत गर्ने मानिसहरू हुनुपर्छ। यस तरिकाले तैँले आफ्‍ना कामहरू अझ सही प्रकारले गर्नेछस्, गल्तीहरू गर्न मुश्किल हुनेछ, र तँ भड्केर जाने सम्भावना कम हुन्छ—जुन सबै राम्रोका लागि हो। विशेष गरी आज, परमेश्‍वरको सेवा गर्नु कुनै सानो कुरा होइन। तैँले आफ्नो भ्रष्ट स्वभावको समाधान नगर्दा त्यसले तँलाई खतरामा पार्न सक्छ! ख्रीष्ट विरोधीहरू मूर्ख हुन्छन्, तिनीहरूले यो बुझ्दैनन्, तिनीहरू सोच्छन्, ‘मलाई आफ्नै अख्तियार प्राप्त गर्नका निम्ति धेरै समस्या भएको थियो, म किन यो अरूसँग बाँडूँ? यो अरूलाई दिनुको अर्थ म आफैसँग केही नहुनु हो, होइन र? मसँग अख्तियार छैन भने म कसरी खडा हुन सक्छु र?’ तिनीहरूले के बुझ्दैनन् भने, परमेश्‍वरले जे दिनुहुन्छ त्यो कर्तव्य हो; उहाँले मानिसहरूलाई अख्तियार प्रदान गर्नुहुन्न। कर्तव्यलाई अख्तियार ठान्नु धेरै खतरनाक कुरा हो। आज, तँ परमेश्‍वरको सेवा गर्छस्, र तँ परमेश्‍वरको घरमा काम गर्छस्—यसको अर्थ के हो? यसको अर्थ तैँले कुनै मानिसको सेवा गर्दैनस् भन्‍ने हुन्छ। यदि तैँले मानिसहरूका लागि काम गर्थिस् भने, तैँले तलब पाउनेथिइस्, तैँले तलबको चेक पाउनेथिइस्। तर परमेश्‍वरको घरको लागि काम गर्दा के हुन्छ? निश्चय, तैँले परमेश्‍वरका लागि काम गरिरहेको छस् भन्नु अलिक गलत हुन्छ; त्यसो भन्नु अति नै हुन्छ, केही बढाइचढाइ गरेको जस्तो हुन्छ। परमेश्‍वरको घरमा काम गर्नुको अर्थ एउटा आदेश स्वीकार गर्नु, एउटा पवित्र जिम्मेवारी स्वीकार गर्नु हो—त्यस्तो जिम्मेवारी जुन ठूलो वा सानो जे भए पनि गम्भीर हुन्छ। यो कति गम्भीर हुन्छ? सामान्य हिसाबमा भन्नुपर्दा, यो कुरा तैँले आफ्नो जीवनकालमा सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस्, र तैँले गरेको कार्यको आधारमा परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ भन्ने कुरासित सम्बन्धित हुन्छ। मुख्य हिसाबमा भन्नुपर्दा, यो अर्को जीवनको तेरो भाग्य र गन्तव्यसित सम्बन्धित हुन्छ; तैँले यो जीवनकालमा गर्ने सबै कुराहरू परमेश्‍वरद्वारा जम्मा गरिएको हुन्छ, जसले तेरो जीवनकालको सुरुदेखि अन्त्यसम्म कुन कुरा प्रदर्शित भएको छ त्यसको आधारमा—तेरो मूल्याङ्कन गरेर तँलाई अङ्क दिनुहुन्छ, परमेश्‍वरले आखिरमा तेरो अन्त्यको निर्णय गर्नुहुन्छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक)”)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने, मैले दाजुभाइ-दिदीबहिनीहरूसित मिलेर आपसी सहयोग गर्नुपर्छ अनि परमेश्‍वरको इच्छा पूरा गर्न उनीहरूका विचारहरू सुन्नुपर्छ। तब म सायद तर्केर जानेथिइनँ। परमेश्‍वरले सबैलाई बेग्लाबेग्लै क्षमता दिनुहुन्छ र प्रत्येक व्यक्तिसित आ-आफ्नै बुझाइ हुन्छ। एक जना व्यक्तिसित सीमित अनुभव हुन्छ र कामकुरालाई एउटै दृष्टिकोणले मात्र हेर्न सक्छ। हाम्रो कर्तव्यमा राम्रा परिणाम हासिल गर्न, सबैको सहयोग चाहिन्छ र हामी सबैले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति बाँड्नुपर्छ। त्यसरी हामी एकअर्काको कमीलाई पूर्ति गर्न सक्छौं। सिस्टर ह्यानले मसित नभएको कुरालाई पूर्ति गर्ने केही असल तरिकाहरू सुझाव दिएकी थिइन्। त्यो त असल कुरा हो! मलाई त अरू कुनै कुराभन्दा धेरै मेरो हैसियत महत्त्वपूर्ण थियो, त्यसैले, म केवल आडम्बर गर्न र अरूलाई मेरो मान गर्न र प्रशंसा गर्न लगाउन चाहन्थेँ। कसैले बेग्लै धारणा व्यक्त गरेको वा मलाई उछिनेको देख्दा, मैले तिनीहरूलाई मेरो अख्तियारमुनि नदबिएसम्म हटाउने र रोक्ने मात्र काम गरेँ। मैले के बुझेँ भने, यस प्रकारको व्यवहार प्रकट गरेर, म शैतानका “समस्त ब्रह्माण्डमा, सर्वोच्‍च शासन गर्ने म मात्र हुँ” र “महापुरुष एक जना मात्रै हुन सक्छ” भन्ने जस्ता विषहरूअनुसार जिइरहेकी थिएँ। मैले हाम्रो भेला राम्रो भएको छ कि छैन वा दाजुभाइ-दिदीबहिनीहरूको समस्या समाधान हुन सक्यो कि सकेन, त्यसलाई ख्याल गरिनँ। यहाँसम्म कि परमेश्‍वरको घरको काममा कतै कुनै हानि पुग्न सक्छ कि सक्दैन, वा कतै सिस्टर ह्यानलाई विवश पारिएको महसुस भयो वा चोट पुग्यो कि भनेर विचार गरिनँ। म यी शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ र त्यो कस्तो दुष्ट र घृणित कुरा हो भनेर मैले बुझेँ। मैले मण्डली अगुवाको रूपमा सेवा गरिरहेकी थिएँ तर दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरसामु ल्याउन विफल भएकी थिएँ, तिनीहरूलाई परमेश्‍वरबारे अझ गहिरोसित बुझ्न मदत गरिनँ। त्यसको सट्टा, मैले तिनीहरूमाथि नियन्त्रण जमाउन आफ्नो कर्तव्यको फाइदा उठाउन चाहेँ। के त्यो परमेश्‍वरका मानिसहरूलाई उहाँबाट खोस्न खोजेको भएन र? परमेश्‍वरको स्वभावले उल्‍लङ्घन सहनेछैन। यदि म ख्रीष्टविरोधीको मार्गमा हिंडिरहेँ र पश्चात्ताप गरिनँ भने, अन्त्यमा परमेश्‍वरको स्वभावलाई चिढ्याउनेछु र म हटाइनेछु भनेर मलाई थाहा थियो। सिस्टर ह्यानलाई मैले कसरी व्यवहार गरेकी थिएँ भनेर फेरि एक पटक फर्केर सोच्दा, मैले कत्ति लज्जास्पद ढङ्गमा व्यवहार गरेकी थिएँ भनेर बुझेँ। मेरो स्वभाव कत्ति द्वेषपूर्ण थियो र म साह्रै मानवताहीन थिएँ भनेर मैले बुझेँ। त्यस मोडमा, मभित्र घृणा उत्पन्न भयो र मैले आफूलाई घृणा गरेँ। म चाँडोभन्दा चाँडो आफ्नो शैतानी स्वभाव हटाउन अभ्यासको मार्ग खोज्न चाहन्थेँ।

पछि मैले परमेश्‍वरका वचनहरू वाचन गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरका कार्यहरूको एउटा सिद्धान्त छ। उहाँले मानिसहरूको सुरक्षा गर्नुहुन्छ, तिनीहरूको वास्ता गर्नुहुन्छ, उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्छ, र तिनीहरूका लागि सर्वोत्तम कामना गर्नुहुन्छ; परमेश्‍वरले गर्नुहुने सबै कुराको पछाडिको स्रोत र मुख्य उद्देश्य यही नै हो। जबकि, शैतानले आफ्नै प्रशंसा गर्छ, त्यसले मानिसहरूमाथि काम-कुराहरू लाद्छ, त्यसपछि तिनीहरूलाई त्यसको पूजा गर्न लगाउँछ, त्यसद्वारा मानिसहरू छलिन्छन् र अपमानित हुन्छन्, र अलिअलि गर्दै तिनीहरू जिउँदो शैतान बन्छन्। शैतानले मानिसहरूको भलाइ होस् भनी चाहँदैन, तिनीहरू जिऊन् वा मरून् त्यसको वास्ता गर्दैन, त्यसले आफ्नै बारेमा, आफ्नै फाइदा र सन्तुष्टिको बारेमा मात्र सोच्दछ, त्यससँग न त प्रेम हुन्छ, न दया हुन्छ, सहनशीलता वा समझ हुने कुरा त परै जाओस्। केवल परमेश्‍वरसित मात्र यी कुराहरू छन्। परमेश्‍वरले मानिसमा यति धेरै काम गर्नुभएको छ—तर के उहाँले कहिल्यै यसको बारेमा कुरा गर्नुभएको छ, के उहाँले आफैलाई व्याख्या गर्ने, आफैलाई प्रमाणित गर्ने कोसिस गर्नुभएको छ? छैन। … परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ, तर शैतानले तडकभडक देखाउँछ। यसमा कुनै भिन्‍नता छ? के शैतानलाई नम्र भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) यसको दुष्ट प्रकृति र सारको आधारमा हेर्दा, यो काम नलाग्ने फोहोरको टुक्रा हो; शैतानले आफ्‍नो धाक नलगाउनु त असाधारण कुरो हुनेथियो। शैतानलाई कसरी ‘नम्र’ भनेर भन्‍न सकिन्छ? ‘नम्र’ भनेर परमेश्‍वरलाई भनिन्छ। परमेश्‍वरको पहिचान, सार, र स्वभाव उच्‍च र आदरणीय छन्, तर उहाँले कहिल्यै पनि त्यसको धाक लगाउनुहुन्‍न। परमेश्‍वर नम्र र गुप्त हुनुहुन्छ, उहाँले जे गर्नुभएको छ सो उहाँले मानिसहरूलाई देखाइरहनुहुन्‍न, तर उहाँले त्यसरी गुमनाम रूपमा काम गर्ने क्रममा पनि मानवजातिले अटुट रूपमा आपूर्ति, भरणपोषण र अगुवाइ पाउँछ—र यो सबै परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हुन्छ। के परमेश्‍वरले यी कुराहरू कहिल्यै पनि प्रकट नगर्नु, तिनको बारेमा कहिल्यै उल्‍लेख नगर्नु गुप्तता र नम्रता होइन र? परमेश्‍वरले यी कुराहरू गर्न सक्‍नुहुन्छ तर उहाँले कहिल्यै पनि तिनलाई उल्‍लेख वा प्रकट गर्ने गर्नुहुन्‍न, तिनको बारेमा मानिसहरूसँग छलफल गर्ने गर्नुहुन्‍न, ठीक त्यही कारणले परमेश्‍वर नम्र हुनुहुन्छ। तैँले यस्ता कुराहरू गर्न सक्दैनस् भने तँलाई नम्रताको बारेमा बोल्‍ने कुन अधिकार हुन्छ? तैँले यीमध्ये कुनै पनि कुरा गरिनस्, तैपनि तँ तिनको बारेमा श्रेय लिने जिद्दी गर्छस्—लाज पचाउनु भनेको यही हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू दुष्ट, धूर्त, र छली हुन्छन् (भाग दुई)”)। परमेश्‍वरका वचनहरूको यस खण्डले परमेश्‍वर कत्ति विनम्र र गोप्य हुनुहुन्छ भनेर देखायो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँले आफ्नो काम निरन्तर गर्नुहुन्छ, मानिसजातिलाई मार्गदर्शन गर्नुहुन्छ र हामीलाई जिउनका लागि चाहिने सबै कुरा प्रदान गर्नुहुन्छ, तर उहाँले आफूलाई कहिल्यै परमेश्‍वरको रूपमा राख्नुहुन्न वा आफूलाई प्रदर्शन गर्नुहुन्न। विशेषगरी, सबैले उहाँको मान र प्रशंसा गर्नुपर्छ भनेर उहाँ माग गर्नुहुन्न। उहाँ चुपचाप, विवेकपूर्ण ढङ्गमा सत्यता व्यक्त गर्नुहुन्छ, मानिसजातिलाई मुक्ति दिन काम गर्नुहुन्छ। परमेश्‍वरको सार अत्यन्त प्रेममय छ, अति असल छ! तर म चाहिँ जहाँ गए पनि आफ्नो प्रदर्शन गर्न चाहन्थेँ। एक पटक मैले अगुवाको कर्तव्य पाएपछि, मैले आफूलाई यस्तो आसनमा राखेँ कि त्यसपछि त्यसलाई छोड्नै चाहिनँ। मैले अरूको विचार सुनिनँ व कसैलाई मभन्दा अगाडि जान दिइनँ। म एकदमै अहङ्कारी थिएँ! म एक जना अगुवा थिएँ, तर मैले अरूलाई तिनीहरूको समस्यामा मदत गरिरहेकी थिइनँ, त्यसको सट्टा, सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र दमन गरिरहेँ। मैले तिनीहरूबाट प्रशंसा मात्र खोजिनँ, तर तिनीहरूलाई कुनै पनि सुधार वा लाभबाट पूर्ण रूपमा वञ्चित गरेँ। मैले बुझेँ, मलाई अलिकति पनि लाज थिएन, मसित विवेक र तर्कको कमी थियो र मेरो आचरण घृणित थियो। यो कुरा बुझेपछि, हतार-हतार म प्रार्थना गर्न परमेश्‍वरसामु आएँ: “हे परमेश्‍वर! समयमै मेरो ख्रीष्टविरोधी स्वभाव खुलासा गर्ने वातावरण सृजना गरिदिनुभएकोमा तपाईंलाई धन्यवाद छ ताकि मैले आफूलाई चिन्न, वास्तवमा म को हुँ भनेर र म हिँडिरहेकी गलत मार्गलाई बुझ्न सकूँ। हे परमेश्‍वर, मैले आफ्नो सही स्थान लिन र गर्नुपर्ने आफ्नो कर्तव्य निर्वाह गर्न म तपाईंमा पश्चात्ताप गर्न चाहन्छु, मेरो भ्रष्ट स्वभावको यस पक्षलाई हटाउन सक्नका लागि म तपाईंबाट धेरै न्याय र सजायको आशा गर्छु।” त्यसपछि, म सिस्टर ह्यानका तरिकाहरू एक-एक व्यक्तिलाई बताउन सबै समूहहरूमा गएँ र भेट गरेँ, अनि त्यसपछि मैले तिनीसित आफ्नो हैसियतको लागि सङ्घर्ष गर्दा व्यक्त गरेको भ्रष्टता र मेरो ख्रीष्टविरोधी स्वभावबारे खुलस्तसित बताएँ र पर्दाफास गरेँ। यस कुरालाई अभ्यास गर्दा मलाई एकदमै हलुका र शान्ति महसुस भयो।

तुरुन्तै, परमेश्‍वरले मलाई जाँच गर्न अर्को वातावरण सृजना गर्नुभयो। एक दिन म केही समूह अगुवाहरूसित सभामा थिएँ, जसमा सिस्टर याङ पनि हुनुहुन्थ्यो जो निकै मिलनसार थिइन्। तिनी सुरुदेखि नै निकै उत्साहित देखिन्थिन् र अरूका प्रश्नहरूको सक्रिय रूपमा जवाफ दिइरहेकी थिइन्। तिनी पुरै समय आकर्षणको केन्द्र थिइन्। नयाँ विश्‍वासीहरूका लागि कसरी भेलाहरू छुट्याउने भन्नेबारे म र सिस्टर लिऊ कुरा गरिरहेको बेला, मैले बोलिसक्‍न साथ सिस्टर याङले बेग्लै सुझाव दिइन्। त्यति बेला तिनले भनेको कुरा सही हो भन्ने मलाई लागे तापनि, सबै दाजुभाइ-दिदीबहिनीहरू तिनीसित सहमत भएको देख्दा र सबैको दृष्टि तिनीतिर फर्कंदा, मलाई मेरो इज्जत गुमेको जस्तो लाग्यो। मैले सोचेँ, “यो भेलाको अवधिभरि तिनी निकै जोशिलो भएकी छिन्, सबैको प्रश्नहरूमा सक्रियतापूर्वक संलग्न भइरहेकी छिन्, अगाडि र केन्द्रबिन्दु भएकी छिन्। मैले सहयोगीको भूमिका निर्वाह गरिरहेकी छु। म अगुवा हुँ, तर के म केवल देखावटी सामान जस्तो भएकी छैन र?” मलाई यस्तो लाग्नसाथ, मैले फेरि हैसियतको लागि प्रतिस्पर्धा गरिरहेकी रहेछु, आकर्षणको केन्द्र बन्न लडाइँ गरिरहेकी रहेछु भनेर बुझेँ। तुरुन्तै म परमेश्‍वरसामु आएँ र उहाँलाई मनमनै प्रार्थना गरेँ: “हे परमेश्‍वर, तपाईंले नै आज यो परिस्थितिको प्रबन्ध गर्नुभएको हो भनेर म बुझ्न सक्छु। म आफूलाई पन्छाउन र सिस्टर याङसित राम्ररी काम गर्न इच्छुक छु। यो मेरो गलत स्थितिलाई सुधार्न मलाई मार्गदर्शन गर्नुहोस्।” ठीक त्यसपछि, परमेश्‍वरका वचनहरूको एउटा खण्ड मेरो मनमा आयो: “अरूभन्दा धर्मी छु भन्ने दम्भलाई त्याग् र तेरो उपाधिलाई एकातिर पन्सा। यी कुराहरूलाई ध्यान नदे, त्यसलाई केही जस्तो होइन जस्तै गरी व्यवहार गर् अनि त्यसलाई हैसियतको चिन्‍ह, ख्यातिको रूपमा नहेर्। आफू र अरू बराबर हौँ भनी तेरो हृदयमा विश्‍वास गर्; आफैलाई अरूसित समान स्तरमा राख्न सिक् अनि अरूको राय माग्नको निम्ति निहुरिन पनि सिक्। अरूले जे भन्छन्, यसलाई गम्भीरतापूर्वक, होशियारीपूर्वक र ध्यानपूर्वक सिक्। यस प्रकारले तैँले आफू र अरूबीच शान्तिपूर्ण सहकार्य उत्पन्न गर्नेछस्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक)”)। यस खण्डले मलाई अभ्यासको मार्ग प्रदान गऱ्यो। मैले के सोचेँ भने, म आफ्नो प्रतिष्ठा र हैसियतको लागि चिन्ता गरिरहन वा इज्जतको लागि अरूसित झगडा गरिरहन सक्दिनँ। सिस्टर याङले सही कुरा भनिन्, त्यसैले मैले तिनको सुझाव स्वीकार्नुपर्छ। त्यो, परमेश्‍वरको घरको कामको लागि सबैभन्दा राम्रो हुन्छ। तिनको कुरा सकेपछि, मैले सहमति जनाएँ र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई तिनको सुझावअनुसार गर्न भनेँ। मैले तिनीप्रतिको आक्रोशलाई हटाएँ। त्यस भेलामा, सबैले खुलस्तसित आ-आफ्ना धारणाहरू बताए र त्यो वास्तवमै फलदायी सभा थियो। यो देखेर मलाई एकदमै खुसी लाग्यो अनि परमेश्‍वरको मार्गदर्शनको लागि अति कृतज्ञ भएँ। मैले के बुझेँ भने, हैसियत पाउने बाध्यताको नियन्त्रणमा नपरी अरूसित राम्ररी सहकार्य गर्दा, एकदमै स्वतन्त्र महसुस हुन्छ।

त्यसपछि, मैले आफ्नो हैसियतलाई बलियो पार्न कसरी मानिसहरूलाई बहिष्कार र दमन गरिरहेकी थिएँ र ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ भनेर मैले बुझेँ। मैले कसरी म शैतानको स्वभावद्वारा नियन्त्रित भएर जिइरहेकी थिएँ र भड्किएर जान सक्थेँ, दुष्ट काम गरिरहेकी थिएँ र कुनै पनि बेला परमेश्‍वरको विरोध गरिरहेकी थिएँ सो बुझेँ। सत्यताको पछि नलाग्नु एकदमै खतरनाक कुरा हो! परमेश्‍वरका वचनहरूको न्याय र तथ्यहरूको प्रकटीकरणद्वारा मैले स्पष्टसित के देखेँ भने, म गलत मार्गमा थिएँ र म अलिकति परिवर्तन हुन सक्षम थिएँ। कसरी परमेश्‍वर साँच्चै हाम्रो साथमा हुनुहुन्छ भनेर पनि मैले प्रामाणिक रूपमा अनुभव गरेँ, अनि सारा हृदयले सत्यताको पछि लाग्यौं र हाम्रा भ्रष्ट स्वभावहरू हटाउन काम गऱ्यौँ भने, परमेश्‍वरले डोऱ्याउनुहुनेछ। धन्यवाद सर्वशक्तिमान् परमेश्‍वर!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

एउटा गलत रिपोर्ट

एक वर्षभन्दा बढी समयसम्‍म, परमेश्‍वरले झूटा अगुवाहरूलाई चिन्‍नेसम्‍बन्धी सत्यताहरूमा सङ्गति गर्नुभएको छ। भेलाहरूमा, म प्रायजसो आफ्‍नै बुझाइ...

“असल अगुवा” को चिन्तन-मनन

म सानै हुँदादेखि, मेरा आमाबुबाले मलाई मानिसहरूसँग मिलनसार हुन अनि मिलनसार र बुझकी व्यक्ति बन्‍न सिकाउनुभयो। मेरो चिनेजानेका मानिसहरूसँग...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्