प्रतिष्ठा श्राप हो
केही समय पहिले, मण्डलीको इन्चार्ज रहेका एक जना सुपरभाइजरलाई कामको आवश्यकताको कारण स्थानान्तर गरियो र नयाँ सुपरभाइजर छनौट गर्नु आवश्यक...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मैले सन् २०१९ को अगस्टमा मण्डली अगुवाको पद सम्हालेँ। एकपटक मैले भेलामा सङ्गति सक्नेबित्तिकै एक जना सिस्टरले मलाई भनिन्, “सिस्टर हाओ ली, तपाईंको आजको सङ्गति एकदमै अन्तर्दृष्टिपूर्ण थियो। यो सङ्गति सुनेपछि मेरो समस्या समाधान भयो।” अर्की सिस्टरले पनि स्वरमा स्वर मिलाउँदै उनीसित सहमत भइन्। उनीहरूको आँखामा आदर र प्रशंसाको भाव देख्दा म रोमाञ्चित भएँ र मनमा स्वसन्तुष्टिको भावना छायो, “म पक्कै पनि अन्य दाजुभाइ-दिदीबहिनीहरूभन्दा उत्तम हुनुपर्छ। नत्र, किन उनीहरूले मलाई चयन गर्थे र?” मैले भेलाहरूमा केही समस्याहरू सफलतापूर्वक समाधान गरेको हुनाले अरूलाई मेरो नजिक आउन मन पर्थ्यो, र समस्या वा कठिनाइ आइपर्दा उनीहरू मेरो सङ्गति खोज्थे। म अगुवा हुन एकदमै योग्य छु भन्ने मलाई लाग्थ्यो। मलाई आफू अलिक उच्च र शक्तिशाली रहेको लाग्यो, र अरूले मान र प्रशंसा गरेको अनुभूति गर्न मलाई मन पर्थ्यो।
एक दिन, म सदाझैँ डिकनहरूको भेलामा जाँदा सिस्टर वु झिगिङ्गले अहिले आफू अहङ्कारी स्वभाव लिएर जिइरहेकी र आफूसँग काम गर्नेहरूमाझ अन्तिम निर्णय गर्ने इच्छा हुने गरेको कुरा बताइन्। त्यसो गर्नु सही होइन भनेर तिनलाई थाहा थियो, तर तिनले आफूलाई त्याग्न सक्दैनथिन्। तिनले मदतका लागि केही सङ्गति गर्न हामीलाई आग्रह गरिन्। मैले सुरु गर्नै लाग्दा हाम्रा सुसमाचार डिकन सिस्टर हान जिङ्ग्यी बोल्न थालिन्, र परमेश्वरका केही सान्दर्भिक वचन र उनका आफ्नै केही अनुभवहरू सुनाइन्। झिगिङ्गले ध्यान दिएर सुनिरहेको मैले याद गरेँ, तिनी मुस्कुराउँदै ध्यानपूर्वक र मुन्टो हल्लाउँदै सुनिरहेकी थिइन्। यो देख्दा मलाई असाध्यै असहज भयो, र सोचें, “यहाँको अगुवा म हुँ र यो समस्या त मैले सम्हाल्नुपर्ने हो। किन तिमी यसलाई मेरो हातबाट खोसिरहेकी छौ? तिमीले त यसलाई मैले सम्हाल्न सक्दिनँ जस्तो देखाइदियौ। अहँ, म तिमीलाई मेरो शान खोस्न दिन्नँ, नत्र सबैले मलाई अगुवा भएर पनि डिकन बराबर छैन भनेर सोच्नेछन्। मैले तुरुन्तै विषय बदल्नुपर्छ।” त्यसैले, यसबाट झिगिङ्गको समस्या सन्तोषजनक ढङ्गमा समाधान भयो कि भएन भनेर अलिकति पनि नसोची जिङ्ग्यीको कुरा सकिनेबित्तिकै म बोल्न थालिहालेँ: “अहिले परमेश्वरको मुख्य अभिप्राय भनेको राज्यको सुसमाचार फैलाउनु र यसको गवाही दिनु, र धेरैभन्दा धेरै मानिसहरूलाई उहाँको आवाज सुन्ने र सकेसम्म चाँडो उहाँसामु आउने मौका दिनु हो।” मैले सङ्गति गर्दैगर्दा, झिगिङ्गको हाउभाउ नियालिरहेँ, र तिनले मलाई ध्यान दिएर सुनेको नदेखेसम्म मलाई चैन भएन। मेरो कुरा सकिनासाथ जिङ्ग्यीले सुसमाचार प्रचार गर्दा अपनाउनुपर्ने केही सान्दर्भिक र राम्रा तरिकाहरू बताउन थालिन्। वास्तवमा, तिनले जे भनिरहेकी थिइन् त्यो कुरा स्पष्ट थियो र तिनले भनिरहेको कुरालाई झिगिङ्गले ध्यानपूर्वक र मुन्टो हल्लाउँदै सुनिरहेको मैले देखेँ। मलाई निकै रिस उठ्यो, आफ्नो अपमान भएजस्तो लाग्यो। मैले सोचेँ, “म अगुवा हुँ र तिमी डिकन हौ। यसरी तिमीले मेरो काममा नियन्त्रण जमाएपछि मैले कसरी आफ्नो काम गर्ने? यदि सबैले तिम्रो मान गर्न थाले भने मलाई कसले याद गर्छ र?” यस्तो सोचेर मैले कठोर हुँदै जिङ्ग्यीलाई रोकेँ र आफ्नै सङ्गति दिन थालेँ। त्यो एकदमै अनौठो क्षण थियो। त्यो अपरान्ह, झिगिङ्गले मलजलको काममा मानिसहरूको कमी भएको र आफूलाई त्यो समस्या कसरी हल गर्ने भनेर थाहा नभएको बताइन्। जिङ्ग्यीले आफ्नो अनुभवहरू जोड्दै केही व्यावहारिक तरिकाहरूको बारेमा सङ्गति गर्न थालिन्। त्यति नै बेला, मैले फेरि झिगिङ्गलाई घरीघरी मुन्टो हल्लाउँदै गरेको देखेँ र मलाई असाध्यै ईर्ष्या लाग्यो। मैले सोचेँ, “म अगुवा हुँ। के तिमी मैले उनीसित सङ्गति गर्न जान्दिनँ भन्ने सोच्छौ? तिमीले आफूलाई निकै योग्य ठान्छौ जस्तो छ, तर तिमीले अन्धाधुन्ध आडम्बर मात्र गरिरहेकी छौ।” जिङ्ग्यीसित मलाई असाध्यै रीस उठ्यो र मलाई लाग्यो कि मैले तिनको कामको गहिरो जाँच गर्नुपर्छ र तिनलाई ठीक ठाउँमा ल्याउनुपर्छ ताकि तिनले अन्धाधुन्ध रूपमा आफूलाई प्रदर्शन नगरून्। यस्तो सोचेर मैले तिनलाई सोधेँ, “जिङ्ग्यी, तपाईंले सम्हालिरहनुभएको समूहको सुसमाचार कार्य त्यति फलदायी भएको छैन। के तपाईंले त्यसमा मन लगाउनुभएको छैन?” यो प्रश्न सुनेर जिङ्ग्यी अलिक अप्ठ्यारोमा परेजस्तो देखिइन्, र भनिन्, “सिस्टर, त्यो म स्वीकार गर्छु। म फर्केपछि किन यो त्यति सफल नभएको रहेछ भनेर निचोड निकाल्नेछु, र म आत्मसमीक्षा गर्नेछु।” त्यसपछि मैले तुरुन्तै भनेँ, “त्यसोभए तपाईं फर्केपछि, तुरन्तै निचोड निकाल्नुहोस् र विचलनलाई ठीक गर्नुहोस्। सुसमाचार डिकनको हैसियतमा तपाईंले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। नत्र, दाजुभाइ-दिदीबहिनीहरू सुसमाचार प्रचार गर्न कसरी उत्प्रेरित हुनेछन् र?” प्रत्युत्तरमा, जिङ्ग्यीले अलिकति मुन्टो हल्लाइन्। तिनले चुपचाप शिर लत्र्याएको देखेर मलाई अलि पछुतो भयो, तर म स्वसन्तुष्ट पनि थिएँ र सोचेँ, “म त तिम्रो बराबरी नै छैनँ जस्तो गरी भर्खर तिमीले आफूलाई ठालू देखाइरहेकी थियौ, हैन? मैले तिम्रो कामको बारेमा सोधपुछ गरेपछि त तिमी महान् देखिएकी छैनौ। अब त स्वसन्तुष्ट छैनौ होला नि, छौ त?” त्यसरी, मैले फेरि आफ्नो उपस्थिति दह्रिलो बनाएँ, फेरि एकपटक अख्तियार जमाएर बोलेँ र अन्य कामका प्रबन्धहरू मिलाएँ। यो कुरा हुँदासम्ममा अँध्यारो भइसकेको थियो, र त्यो साँझ झिगिङ्ग र मैले अन्य कामबारे छलफल गर्नु थियो। पहिला त म जिङ्ग्यी बसेर हामीसँग छलफल गरेको चाहन्थेँ, तर त्यसपछि तिनले फेरि मलाई ओझेलमा पार्छिन् भन्ने चिन्ता लाग्यो। के त्यसले मलाई अयोग्य ठहराउँदैनथ्यो र? तिनलाई घर पठाउनु राम्रो हो भन्ने मैले सोचेँ। जब मैले तिनलाई अँध्यारो मुख लगाएर गएको देखेँ, मलाई अलि दोषी महसुस भयो, र कहीँ तिनले मद्वारा नियन्त्रित भएको महसुस पो गरिन् कि भन्ने पनि लाग्यो। तर त्यति बेला मैले त्यसबारे एकछिन झट्ट मात्र सोचेँ र थप चिन्तन गरिनँ। त्यसलाई त्यतिकै टारेँ।
केही दिन बितेपछि, मैले जिङ्ग्यीप्रति गरेको व्यवहारबारे मसँगै काम गर्ने सिस्टर लि सिक्सिङ्गलाई बताएँ। तिनले मलाई निराकरण गर्दै यसो भनिन्, “यो त ख्रीष्टविरोधी स्वभाव हो। एक जना अगुवा भएर पनि जब तपाईंले आफूलाई उछिन्ने कसैलाई बहिस्कार र दमन गर्ने गर्नुहुन्छ, त्यो एकदमै गम्भीर प्रकृतिको समस्या हो! के तपाईं मुख्य जिम्मेवार हुँदा मण्डलीका धेरै प्रतिभावान् सदस्यहरू नासिनेछैनन् र?” यो कुरा सुन्दा एकदमै दुःख लाग्यो र एकदमै असहज भयो। त्यसपछि मात्र मैले त्यो समस्याको गम्भीरता बुझेँ। मैले जिङ्ग्यीसित गरेको कुराकानीको बारेमा सोचेँ। तिनले मलाई नउछिनून् भनी मैले तिनलाई बहिष्कार गर्न तिनका कमीकमजोरीहरू प्रयोग गरेँ। के मैले तिनलाई दमन गरिरहेकी थिइनँ र? त्यो त दुष्ट कार्य थियो! मैले आफ्नो व्यवहारबारे जति धेरै सोचेँ, मलाई उति नै धेरै डर लाग्यो, र मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ: “हे परमेश्वर! सिक्सिङ्गले आज मेरो निराकरण गरेपछि, मैले के बुझेकी छु भने, जिङ्ग्यीलाई दमन र बहिष्कार गरेर मैले ख्रीष्टविरोधी स्वभाव प्रकट गरिरहेकी रहेछु! यस्तो महत्त्वपूर्ण काम हातमा लिएर, यदि मैले यो स्वभावलाई त्यागिनँ भने, के थाहा मैले कत्ति धेरै दुष्टता गर्ने हुँला! हे परमेश्वर, म परिवर्तन हुन चाहन्छु—कृपया मलाई अगुवाइ गर्नुहोस्।”
त्यसपछि मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको सब थोक र मण्डलीको सम्पत्ति लिएर आफैसँग राख्छन्, र ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूको नियन्त्रणमा हुनुपर्छ, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्नो अनुभवात्मक गवाही सुनाउन सक्ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरू अनुभवात्मक गवाहीबारे बोल्न सक्ने, र सत्यता सङ्गति गर्न र परमेश्वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्न सक्नेहरूलाई प्रतिस्पर्धीहरू ठानी दबाउने र बहिष्कार गर्ने कोसिस गर्छन्, र तिनीहरू ती मानिसहरूलाई अरू सबैबाट पूर्ण रूपमा अलग्याउने, तिनीहरूको नाममाथि पूरै हिलो छ्याप्ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। यदि यी मानिसहरू कहिल्यै नकारात्मक बन्दैनन् र आफ्नो कर्तव्य पूरा गरिरहन, आफ्नो गवाहीबारे बोलिरहन, र अरूलाई साथ दिइरहन सक्षम हुन्छन् भने, ख्रीष्टविरोधीहरू आफ्नो अन्तिम उपायतिर लाग्नेछन्, त्यो हो तिनीहरूको गल्ती कोट्याउनु र तिनीहरूलाई निन्दा गर्नु, वा फसाउनु र तिनीहरूलाई सास्ती दिन झूटा कारणहरू बनाउनु, र अन्त्यमा तिनीहरूलाई मण्डलीबाट निकाल्नु। त्यसपछि मात्र ख्रीष्टविरोधीहरूलाई पूर्ण आराम मिल्छ। ख्रीष्टविरोधीहरूको सबैभन्दा अन्तर्घाती र दुर्भावपूर्ण कुरा यही हो। तिनीहरूलाई सबभन्दा बढी डर र चिन्ता सत्यता पछ्याउने र साँचो अनुभवात्मक गवाही भएका मानिसहरूको हुन्छ, किनभने यस्तो गवाही भएका मानिसहरूलाई नै परमेश्वरका चुनिएका मानिसहरूले सबभन्दा बढी अनुमोदन र समर्थन गर्छन्, न कि शब्द र धर्मसिद्धान्तहरूबारे खोक्रो बकबक गर्नेहरूलाई। ख्रीष्टविरोधीहरूमा साँचो अनुभवात्मक गवाही हुँदैन, न त तिनीहरू सत्यता अभ्यास गर्न नै सक्छन्; बढीमा, तिनीहरू मानिसहरूको चापलुसी गर्नका लागि केही असल कुरा गर्न सक्षम हुन्छन्। तर तिनीहरूले जति नै असल कुरा गरे पनि वा जति नै मिठा कुरा गरे पनि, यी कुरा असल अनुभवात्मक गवाहीले मानिसलाई दिन सक्ने लाभ र फाइदाको दाँजोमा आउँदैनन्। परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्नेहरूले प्रदान गरेको भरणपोषण र मलजलका प्रभावहरूको विकल्प कुनै कुरा हुन सक्दैन। त्यसैले, जब ख्रीष्टविरोधीहरू कसैले आफ्नो अनुभवात्मक गवाहीबारे बोलेको देख्छन्, तब तिनीहरू आँखा तरेर हेर्छन्। तिनीहरूको हृदयमा आक्रोशको ज्वाला बल्छ, घृणा पैदा हुन्छ, र तिनीहरू वक्तालाई चुप पार्न र थप केही बोल्न नदिन व्यग्र हुन्छन्। यदि उसले बोल्न जारी राखेमा, ख्रीष्टविरोधीहरूको प्रतिष्ठा पूर्ण रूपमा बरबाद हुनेछ, तिनीहरूको कुरूप अनुहार पूर्ण रूपमा सबैले देख्ने गरी खुलासा हुनेछ, त्यसैले ख्रीष्टविरोधीहरू गवाही दिइरहेको व्यक्तिलाई बाधा दिने र दबाउने निहुँ खोज्छन्। ख्रीष्टविरोधीहरू आफूलाई मात्र शब्द र धर्मसिद्धान्तद्वारा मानिसलाई भ्रममा पार्न अनुमति दिन्छन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाही दिएर परमेश्वरको महिमा गाउन दिँदैनन्, यसले ख्रीष्टविरोधीहरू सबभन्दा बढी कस्ता मानिसलाई घृणा गर्छन् र कस्ता मानिसदेखि डराउँछन् भन्ने कुरा देखाउँछ। जब कसैले अगाडि आएर थोरै काम गर्छ, वा जब कसैले साँचो अनुभवात्मक गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाह र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्छन् र दबाउँछन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्नो हैसियतमा चुनौती दिनबाट रोक्नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। सत्यता वास्तविकता भएका मानिसहरू ख्रीष्टविरोधीहरूकै अगाडि ख्रीष्टविरोधीहरूको दरिद्रता, दुर्दशा, कुरूपता, र दुष्टतालाई जोड दिने र प्रकाश पार्ने गर्छन्, त्यसैले ख्रीष्टविरोधीहरूले सहकर्मी वा कामको साथी रोज्दा, सत्यता वास्तविकता भएको, आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने र इमानदार वा सत्यता अभ्यास गर्न सक्ने मानिसलाई कहिल्यै रोज्दैनन्। यिनीहरू ख्रीष्टविरोधीहरूले सबभन्दा बढी डाहा र घृणा गर्ने मानिस हुन्, अनि तिनीहरू ख्रीष्टविरोधीहरूका आँखाका कसिङ्गर हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने ख्रीष्टविरोधीको मुख्य चिह्न भनेको शक्तिलाई आफ्नो जीवन ठान्नु, सधैँ आफ्नो कर्तव्यमा एकाधिकार जमाउन खोज्नु र कामको वागडोर आफ्नो हातमा लिन चाहनु हो। कसैले आफूलाई उछिन्दा, र आफ्नो हैसियत र शक्तिलाई खतरामा पार्दा, उत्तिखेरै ती ख्रीष्टविरोधीहरूले तिनीहरूलाई बहिष्कार र दमन गर्छन्, यहाँसम्म कि तिनीहरू नैतिकहीन रूपमा मण्डलीको काममा हानि गर्नसमेत पछि पर्दैनन्। अगुवा पद सम्हाल्न थालेपछिको म आफूलाई समीक्षा गर्दा मैले मेरो हैसियतले मलाई दिलाएको प्रतिष्ठाबारे मात्र ध्यान दिएकी थिएँ, मेरो कर्तव्यमा मेरा जिम्मेवारीहरू के-के हुन् र मैले कसरी व्यावहारिक काम गर्नुपर्छ भनेर ध्यान दिएकी थिइनँ। मेरो हैसियतलाई जोगाउनको लागि मैले कसैलाई पनि मलाई उछिन्न दिइनँ। जिङ्ग्यीको सत्यतासम्बन्धी सङ्गतिले झिगिङ्गको समस्या समाधान भयो। तिनले बोझ लिएकी थिइन् भनेर त्यसले देखाउँथ्यो र त्यो सकारात्मक कुरा थियो, तर झिगिङ्गको स्थिति सुध्रिएकोमा म खुसी थिइनँ। बरु, जिङ्ग्यी मभन्दा राम्रो देखिएलिन्, र अरूको हृदयमा मेरो स्थान गुम्ला र तिनीहरूले अबउप्रान्त मलाई मान नगर्लान् भनेर म चिन्तिति भएँ। मैले जिङ्ग्यीलाई बोल्ने मौका नदिनको लागि जानाजानी विषय बद्लेँ। तिनले आफ्नो सङ्गतिबाट अरूको प्रशंसा जितेको देख्दा मैले तिनको कामको बारेमा प्रश्न गरेर जानीबुझी तिनका लागि परिस्थिति कठिन पारिदिएँ। अरूको अघि मैले तिनलाई नराम्रो देखाएँ र अरूले तिनलाई मान गर्न नछोडेसम्म चैनको सास फेरिनँ। आफ्नो ओहोदालाई बलियो बनाउनको लागि वास्तवमा मैले सत्यता सङ्गति गर्न सक्नेलाई दमन र बहिष्कार गर्न यस्तो दुष्ट र घृणित चाल चालेकी थिएँ। मेरो प्रकृति साँच्चै नै दुष्ट थियो! के मैले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरेकी थिइनँ र? त्यसपछि, केही दिनअघि मात्र मण्डलीबाट निकालिएको एक ख्रीष्टविरोधीबारे सोचेँ। उसले बेग्लै धारणाहरू व्यक्त गर्ने वा केही कुरामा आफूभन्दा उत्तम रहेका दाजुभाइ-दिदीबहिनीहरूलाई निरन्तर दमन र बहिष्कार गरिरहेको थियो, तर मण्डलीको कामबारे केही पनि सोचविचार गरेको थिएन। हरप्रकारका दुष्कर्म गरेको कारण उसलाई अन्त्यमा निष्कासित गरियो। मैले जिङ्ग्यीलाई गरेको सबै कुरालाई हेर्दा त्यो ख्रीष्टविरोधी र ममा के फरक थियो र? म त ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ?
पछि मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सधैँ सहायता गर्ने, मार्गदर्शन र सल्लाह दिने, वा तँसँग सहकार्य गर्ने कोही चाहिनेछ। यो तैँले अझै सही रूपमा काम गर्ने, थोरै गल्तीहरू गर्ने र तँ बरालिने सम्भावना कम हुने कुरा सुनिश्चित गर्ने एउटै तरिका हो—र यो राम्रो कुरा हो। विशेष गरी, परमेश्वरको सेवा गर्नु सानोतिनो कुरा होइन, र तैँले आफ्नो भ्रष्ट स्वभावको समाधान नगर्दा त्यसले तँलाई खतरामा पार्न सक्छ! मानिसहरूमा शैतानी स्वभावहरू हुन्छन्, र तिनीहरूले कुनै पनि बेला र कुनै पनि स्थानमा परमेश्वरको विरुद्ध विद्रोह र विरोध गर्न सक्छन्। शैतानी स्वभावअनुसार जिउने मानिसहरूले परमेश्वरलाई कुनै पनि बेला इन्कार गर्न, विरोध गर्न, र विश्वासघात गर्न सक्छन्। ख्रीष्टविरोधीहरू अत्यन्तै मूर्ख हुन्छन्, तिनीहरूले यो बुझ्दैनन्, तिनीहरू सोच्छन्, ‘मलाई शक्ति प्राप्त गर्नका निम्ति धेरै समस्या भएको थियो, म किन यो अरूसँग बाँडूँ? यो अरूलाई दिनुको अर्थ म आफैसँग केही नहुनु हो, होइन र? मैले शक्तिविना कसरी मेरा प्रतिभा र क्षमताहरू प्रदर्शन गर्न सक्छु?’ परमेश्वरले मानिसहरूलाई सुम्पनुभएको कुरा शक्ति वा हैसियत होइन, कर्तव्य हो भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। ख्रीष्टविरोधीहरू शक्ति र हैसियतलाई मात्र स्विकार्छन्, आफ्नो कर्तव्यलाई पन्छ्याउँछन्, अनि तिनीहरूले वास्तविक काम गर्दैनन्। यसको साटो, तिनीहरू ख्याति, प्राप्ति र हैसियत मात्र पछ्याउँछन्, अनि शक्तिमा रहन, परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, र हैसियतका लाभहरूमा लिप्त हुन मात्र चाहन्छन्। यसरी काम गर्नु धेरै खतरनाक हुन्छ—यो परमेश्वरको विरोध गर्नु हो! आफ्नो कर्तव्य उपयुक्त तरिकाले पूरा गर्नुको सट्टा, ख्याति, प्राप्ति र हैसियत मात्रै पछ्याउने कुनै पनि व्यक्तिले आगोसँग खेलिरहेको र आफ्नो जीवनसँग खेलिरहेको हुन्छ। अनि, आगोसँग र आफ्नै जीवनसँग खेलिरहेका व्यक्तिहरूले कुनै पनि बेला आफ्नो जीवन आफै बरबाद गर्न सक्छन्। आज, अगुवा वा कामदारको रूपमा, तैँले परमेश्वरको सेवा गरिरहेको छस्, जुन साधारण कुरा होइन। तैँले कुनै व्यक्तिका लागि काम गरिरहेको छैनस्, त्यो त परै जाओस्, बिल तिर्न र हातमुख जोड्नको लागि पनि काम गरिरहेको छैनस्। बरु, तैँले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। विशेष गरी परमेश्वरको आज्ञाबाट नै यो कर्तव्य आयो। त्यसैले यसलाई निर्वाह गर्नुको तात्पर्य के हो? यो हो कि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरे पनि नगरे पनि, तँ त्यसका लागि परमेश्वरप्रति जवाफदेही हुनुपर्नेछ; अन्त्यमा, परमेश्वरलाई एउटा लेखा दिनैपर्छ, एउटा परिणाम निक्लिनैपर्छ। किनभने तैँले जे स्वीकार गरेको छस् त्यो परमेश्वरको आज्ञा हो, एउटा पवित्र जिम्मेवारी हो, र त्यसकारण यो जिम्मेवारी जति नै महत्त्वपूर्ण वा सानो भए पनि, यो गम्भीर कुरा हो। यो कति गम्भीर हुन्छ? यसले सानो परिमाणमा तैँले यो जीवनकालमा सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र परमेश्वर तँलाई कुन दृष्टिले हेर्नुहुन्छ भन्ने कुरा समेट्छ। ठूलो परिमाणमा, यो प्रत्यक्ष रूपमा तेरा सम्भावनाहरू र भवितव्यसँग, र तेरो परिणामसँग सम्बन्धित हुन्छ; यदि तैँले दुष्टता गरिस् र परमेश्वरको विरोध गरिस् भने, तँलाई दोषी ठहराएर दण्डित गरिनेछ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा गर्ने सबै कुराको बारेमा परमेश्वरले लेखा राख्नुभएको हुन्छ, र यसलाई कसरी अङ्क दिने र मूल्याङ्कन गर्ने भन्नेबारेमा उहाँका आफ्नै सिद्धान्त र मापदण्डहरू हुन्छन्; परमेश्वर तेरो कर्तव्य निर्वाहको सम्पूर्णताका आधारमा तेरो परिणाम निर्धारित गर्नुहुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरूबाट मैले अगुवा वा सेवक हुनु महत्त्वपूर्ण काम हो र यसलाई हल्कासित लिनु हुँदैन भनेर सिकेँ। हामी अहङ्कारी र स्वेच्छाचारी बन्नु हुँदैन। यसको लागि परमेश्वरको भय मान्ने हृदय हुनुपर्छ अनि अरू दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सहकार्य गर्नुपर्छ। अझ धेरै सत्यता खोज्नुपर्छ र अरूका सुझावहरू सुन्नुपर्छ ताकि गलत मार्गमा गइने सम्भावना नहोस्। परमेश्वरले सबैलाई बेग्लाबेग्लै क्षमता दिनुहुन्छ र प्रत्येक व्यक्तिसित आ-आफ्नै बुझाइ हुन्छ। एक जनासित सीमित अनुभव मात्र हुन्छ र उसले कामकुरालाई एउटै दृष्टिकोणले मात्र हेर्न सक्छ। हाम्रो कर्तव्यमा राम्रा परिणाम हासिल गर्नको लागि हामी सबैको सहकार्य चाहिन्छ र हामी सबैले एकअर्काको कमीलाई पूर्ति गर्नुपर्छ। जिङ्ग्यीले अभ्यास गर्नको लागि केही असल तरिकाहरू सुझाव दिएकी थिइन् र यसले मेरो सङ्गतिमा रहेका कमीहरूलाई पूर्ति गर्यो। त्यो त असल कुरा थियो! तर मलाई त अरू कुनै पनि कुराभन्दा मेरो हैसियत धेरै महत्त्वपूर्ण थियो, त्यसैले म केवल आफ्नो प्रदर्शन गर्न र अरूलाई मेरो मान र आराधना गर्न लगाउन चाहन्थेँ। मैले जिङ्ग्यीले राम्रोसित सङ्गति गरेको र मलाई ओझेलमा परेको देखेपछि तिनलाई बहिष्कार र दमन गरेँ। के म “समस्त ब्रह्माण्डमा, सर्वोच्च शासन गर्ने म मात्र हुँ” र “महापुरुष एक जना मात्रै हुन सक्छ” भन्नेजस्ता शैतानका विषहरूअनुसार जिइरहेकी थिइनँ र? मैले हाम्रा भेलाहरू फलदायी भएका छन् कि छैनन् वा दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो स्थितिसम्बन्धी समस्या समाधान गर्न सके कि सकेनन् भन्नेबारेमा ख्याल गरिनँ। मैले त कतै जिङ्ग्यीलाई विवश पारिएको महसुस भयो कि वा चोट पुग्यो कि भनेर पनि विचार गरिनँ। म नितान्त रूपमा आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू सन्तुष्ट पार्न खोजी गरिरहेकी थिएँ। म कति घृणित थिएँ! मैले मण्डली अगुवाको रूपमा सेवा गरिरहेकी थिएँ तर दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्वरसामु ल्याउन विफल भइरहेकी थिएँ। मैले अरूलाई परमेश्वरको ज्ञान प्राप्त गर्न मदत गरिरहेकी थिइनँ, बरु म तिनीहरूलाई आफ्नै पडकमा नियन्त्रण गरी राख्न, र तिनीहरूलाई मेरो आदर गर्न र मेरो वरिपरि घुम्न लगाउन चाहन्थेँ। त्यो परमेश्वरको विरुद्धमा जानु, ख्रीष्टविरोधीको मार्गमा हिँड्नु थियो। यदि मैले पश्चात्ताप गर्दिनथेँ भने, मैले परमेश्वरको स्वभावलाई चिढ्याउने थिएँ र मलाई हटाइने थियो।
जिङ्ग्यीलाई मैले कसरी व्यवहार गरेकी थिएँ भनेर सोचेर हेर्दा, मेरो स्वभाव कत्ति द्वेषपूर्ण थियो र म कति मानवताहीन थिएँ भनेर मैले बुझेँ। मलाई दिगदिग लाग्यो र मैले आफूलाई घृणा गरेँ। म चाँडोभन्दा चाँडो आफ्नो शैतानी स्वभाव हटाउन अभ्यासको मार्ग खोज्न चाहन्थेँ। पछि मैले परमेश्वरका वचनहरू वाचन गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरका कार्यहरूमा सिद्धान्तहरू हुन्छन्। मानवजातिप्रतिको उहाँको शैली कदर गर्ने, वास्ता गर्ने, र प्रेम गर्ने किसिमको छ। परमेश्वर मानिसहरूका लागि जे हितमा हुन्छ त्यही चाहनुहुन्छ—परमेश्वरका सबै कार्यको स्रोत र मूल अभिप्राय यही हो। अर्कोतर्फ, शैतान आफूलाई प्रदर्शन गर्छ, मानिसहरूमा कुराहरू लाद्छ, तिनीहरूलाई यसको आराधना गर्न लगाउँछ र बहकाउँछ, र तिनीहरूलाई भ्रष्ट तुल्याउँछ, जसले गर्दा तिनीहरू क्रमिक रूपमा जीवित दियाबलस बन्छन् र विनाशको बाटोमा हिँड्छन्। तर जब तँ परमेश्वरमा विश्वास गर्छस्, तब यदि तैँले सत्यता बुझेको छस् र प्राप्त गरेको छस् भने, तँ शैतानको प्रभावबाट उम्कन सक्छस् र तैँले मुक्ति प्राप्त गर्न सक्छस्—तैँले नष्ट हुने परिणाम सामना गर्नेछैनस्। शैतानले मानिसहरू राम्ररी अघि बढिरहेको हेर्न सक्दैन, र मानिसहरू बाँच्छन् कि मर्छन् भन्ने कुरालाई यसले वास्ता गर्दैन; यसले आफूलाई, आफ्नो फाइदा, र आफ्नो खुसी बारे मात्रै वास्ता गर्छ, र यसमा प्रेम, कृपा, सहनशीलता, र क्षमादानको कमी हुन्छ। शैतानमा यी गुणहरू हुँदैनन्; परमेश्वरमा मात्रै यी सकारात्मक कुराहरू हुन्छन्। परमेश्वरले मानिसहरूमा धेरै काम गर्नुभएको छ, तर के उहाँले यसबारे कहिल्यै बोल्नुभएको छ? के उहाँले कहिल्यै यसको व्याख्या गर्नुभएको छ? के उहाँले कहिल्यै यो कुराको घोषणा गर्नुभएको छ? अहँ, उहाँले त्यसो गर्नुभएको छैन। मानिसहरूले परमेश्वरलाई जसरी गलत बुझे पनि, उहाँ व्याख्या गर्नुहुन्न। … परमेश्वर नम्र र गुप्त हुनुहुन्छ, र शैतानले आफ्नो धाक लगाउँछ। के भिन्नता छ? देखावा गर्नु र नम्रता अनि गुप्तपन: सकारात्मक कुराहरू केके हुन्? (नम्रता र गुप्तपन।) के शैतानलाई नम्र भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) किन? यसको दुष्ट प्रकृति सारका आधारमा हेर्दा, यो बेकामको कसिङ्गर टुक्रा हो भन्ने देखिन्छ; शैतानले आफ्नो धाक नलगाउनु त असामान्य हुन्छ। शैतानलाई कसरी ‘नम्र’ भनेर भन्न सकिन्छ? ‘नम्रता’ त परमेश्वरका सन्दर्भमा मात्रै भन्न सकिन्छ। परमेश्वरको पहिचान, सार, र स्वभाव उच्च र आदरणीय छन्, तर उहाँ कहिल्यै पनि देखावा गर्नुहुन्न। परमेश्वर नम्र र गुप्त हुनुहुन्छ, त्यसकारण मानिसहरूले उहाँले के गर्नुभएको छ भन्ने देख्दैनन्, तर उहाँले यस्तो अज्ञात रूपमा काम गर्नुहुने हुनाले, मानवजातिलाई निरन्तर भरणपोषण, पालनपोषण गरिन्छ र मार्गदर्शन दिइन्छ—र यो सबै परमेश्वरले नै मिलाउनुभएको हो। के परमेश्वर यी कुराहरू कहिल्यै घोषणा गर्नुहुन्न, कहिल्यै उल्लेख गर्नुहुन्न भन्ने कुरा गुप्तपन र नम्रता होइन र? परमेश्वरले यी कुराहरू गर्न सक्नुहुन्छ तर उहाँ कहिल्यै तीबारे उल्लेख गर्नुहुन्न वा घोषणा गर्नुहुन्न, र तीबारे मानिसहरूसँग तर्क गर्नुहुन्न, त्यसैले त उहाँ नम्र हुनुहुन्छ। तँ त्यस्ता कुराहरू गर्न सक्दैनस् भने तँसँग नम्रताबारे कुरा गर्ने के अधिकार हुन्छ र? तैँले तीमध्ये कुनै पनि काम गरिनस्, तैपनि त्यसका लागि श्रेय लिने जिद्दी गर्छस्—लाजमर्दो व्यवहार गर्नु भनेको यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्वरका वचनहरूको यस खण्डले परमेश्वर कत्ति विनम्र र गोप्य हुनुहुन्छ भनेर देखाए। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँले आफ्नो काम निरन्तर गर्नुहुन्छ, मानवजातिलाई मार्गदर्शन गर्नुहुन्छ र हामीलाई जिउनका लागि चाहिने सबै कुरा प्रदान गर्नुहुन्छ, तर उहाँले आफूलाई कहिल्यै प्रदर्शन गर्नुहुन्न। उहाँ चुपचाप सत्यता व्यक्त गर्नुहुन्छ, र मानवजातिलाई मुक्ति दिन काम गर्नुहुन्छ। परमेश्वरको सार अत्यन्त प्रेममय, अत्यन्त असल छ! तर मचाहिँ जहाँ गए पनि आफ्नो प्रदर्शन गर्न चाहन्थेँ। एकपटक मैले अगुवा पद सम्हालेकी थिएँ, र त्यो बेला मैले आफूलाई यस्तो आसनमा राख्थेँ कि त्यसबाट उत्रने नामै लिन्नथेँ। मेरी सिस्टरले अभ्यास गर्नुपर्ने असल विधिहरूको बारेमा सङ्गति दिँदा, मैले खुला मनले सत्यताको खोजी गरिनँ। म कसैलाई पनि मभन्दा उत्तम हुन दिन्नथेँ। म एकदमै अहङ्कारी थिएँ! म एक जना अगुवा थिएँ, तर मैले सत्यताको पछि लाग्नेहरूलाई जगेर्ना वा सिफारिस गर्ने गरिनँ, बरु तिनीहरूलाई बहिष्कार र दमन गरिरहेँ। मैले कसरी आफ्नो हैसियत जोगाउने, र कसरी अरूलाई मेरो मान गर्न र मलाई उच्च ठान्न लगाउने भनेर मात्र सोचेँ। ममा अलिकति पनि लाज थिएन, र मेरो चरित्र घृणित थियो। हतारहतार म प्रार्थना गर्न परमेश्वरसामु आएँ: “हे परमेश्वर! मेरो ख्रीष्टविरोधी स्वभाव अत्यन्तै गम्भीर छ। म समझदार भई आफ्नो सही स्थान लिन र आफ्नो कर्तव्य निभाउन तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु।” त्यसपछि, म सुसमाचार प्रचार गर्ने जिङ्ग्यीका तरिकाहरूको बारेमा हरेक व्यक्तिसित सङ्गति गर्नलाई सबै समूहहरूलाई भेट्न गएँ। अनि त्यसपछि मैले तिनीसित आफ्नो हैसियतको लागि सङ्घर्ष गर्दा प्रकट गरेको भ्रष्टताका साथै मेरो ख्रीष्टविरोधी स्वभावबारे खुलस्तसित कुराकानी र चिरफार गरेँ। यस कुरालाई अभ्यास गर्दा मलाई एकदमै हलुका र शान्ति महसुस भयो।
त्यसपछि, मैले आफूलाई अरूसित हैसियतको लागि प्रतिस्पर्धा गरेको स्थितिमा पाउँदा, म सचेत भई सत्यताको अभ्यास गर्थेँ। एक दिन म केही समूह अगुवाहरूसित भेलामा थिएँ, र त्यहाँ सिस्टर याङ गुवाङ निकै नै घुलमिल हुने खालकी थिइन्। तिनी सुरुदेखि नै निकै उत्साहित देखिन्थिन् र अरूका प्रश्नहरूको सक्रिय रूपमा जवाफ दिइरहेकी थिइन्। तिनी पुरै समय आकर्षणको केन्द्र थिइन्। नयाँ विश्वासीहरूका लागि कसरी भेलाहरू छुट्याउने भन्नेबारे हामी कुरा गरिरहेको बेला, मैले बोलिसक्नासाथ याङ गुवाङ्ले बेग्लै सुझाव दिइन्। त्यति बेला तिनले भनेको कुरा सही हो भन्ने मलाई लागे तापनि, सबै दाजुभाइ-दिदीबहिनीहरू तिनीसित सहमत भएको र सबैको दृष्टि तिनीतिर फर्केको देख्दा, मलाई मेरो इज्जत गुमेजस्तो लाग्यो। मैले सोचेँ, “याङ गुवाङ भेलाको केन्द्रबिन्दु भएकी छिन्, र मैले सहयोगीको भूमिका खेलिरहेकी छु। म त अगुवा हुँ, तर के म केवल सहयोगी सामग्रीजस्तो भएकी छैन र?” मलाई यस्तो लाग्नासाथ, मैले फेरि हैसियतको लागि प्रतिस्पर्धा गरिरहेकी छु, आकर्षणको केन्द्र बन्न लडाइँ गरिरहेकी छु भनेर बुझेँ। मैले परमेश्वरलाई मनमनै प्रार्थना गरेँ, र म आफूलाई पन्छाउन र याङ गुवाङसित राम्ररी काम गर्न इच्छुक छु र यो मेरो गलत स्थितिलाई सुधार्न मलाई मार्गदर्शन गर्नुहोस् भनेर भनेँ। अनि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड सम्झिएँ: “तैँले अगुवाइका पदवीहरू त्याग्नैपर्छ, हैसियतको फोहोरी हावालाई त्याग्नैपर्छ, आफूलाई एक साधारण व्यक्तिका रूपमा व्यवहार गर्नैपर्छ, आफूलाई अरूको बराबर राख्नैपर्छ, र आफ्नो कर्तव्यका सन्दर्भमा एक जिम्मेवार मानसिकता राख्नैपर्छ। कार्य गर्ने सही तरिका यही हो। यदि तैँले आफ्नो कर्तव्यलाई सधैँ आधिकारिक उपाधि र हैसियत, वा एक प्रकारको कीर्ति ठान्छस्, र अरू मानिसहरूको काम तेरो पदका निम्ति काम र सेवा गर्नु हो भन्ने कल्पना गर्छस् भने, यो समस्याजनक कुरा हो, अनि परमेश्वरले तँलाई तिरस्कार गर्नुहुनेछ र उहाँ तँदेखि विरक्तिनुहुनेछ। यदि तैँले आफू अरूसमान नै हुँ, आफूलाई परमेश्वरबाट थोरै बढी आज्ञा र जिम्मेवारी प्राप्त भएको मात्र हो भन्ने विश्वास गर्छस् भने, यदि तैँले आफूलाई तिनीहरूसँगको समान स्थानमा राख्न सिक्न सक्छस्, र अरू मानिसले के सोच्छन् भनेर सोध्नलाई झुक्नसमेत सक्छस् भने, र यदि तैँले तिनीहरूको कुरा गम्भीरतापूर्वक, ध्यानपूर्वक, र एकाग्रतापूर्वक सुन्न सक्छस् भने, तैँले अरूसित सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्न सक्नेछस्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वरका वचनहरूको यस खण्डले मलाई अभ्यासको मार्ग प्रदान गऱ्यो। मण्डलीले मलाई अगुवाको रूपमा सेवा गर्ने मौका प्रदान गरेको थियो, र त्यो मलाई हैसियत प्रदान गर्नको लागि नभई सबैसित सामञ्जस्य रूपले काम गर्न र कर्तव्य उचित रूपले निर्वाह गर्न मलाई सक्षम पार्नको लागि थियो। मैले आफ्नो प्रतिष्ठा र हैसियतको लागि चिन्ता गरिरहन वा इज्जतको लागि अरूसित झगडा गरिरहन सक्दिनथेँ। याङ गुवाङका सुझावहरू सही थिए, त्यसैले मैले ती सुझाव स्वीकार्नुपर्थ्यो। त्यो नै मण्डलीको कामको लागि सबैभन्दा राम्रो हुन्थ्यो। तिनले आफ्नो कुरा सकेपछि, मैले सहमति जनाएँ र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई तिनको सुझावअनुसार गर्न भनेँ। मैले त्यसउप्रान्त आफ्नो हृदयभित्र तिनीसित प्रतिस्पर्धा गरिरहेकी थिइनँ। त्यस भेलामा, सबैले खुलस्तसित आ-आफ्ना धारणाहरू बताए र त्यो वास्तवमै फलदायी भेला थियो। यो देखेर मलाई एकदमै खुसी लाग्यो र परमेश्वरको मार्गदर्शनको लागि वास्तवमै कृतज्ञ भएँ। मैले के बुझेँ भने, हैसियत खोज्ने बाध्यताको नियन्त्रणमा नपरी अरूसित राम्ररी सहकार्य गर्दा, एकदमै स्वतन्त्र महसुस हुन्छ।
त्यो अनुभवपछि नै मैले आफ्नो हैसियतलाई बलियो पार्न कसरी मानिसहरूलाई बहिष्कार र दमन गरिरहेकी थिएँ र ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ भनेर बुझेँ। मैले कसरी म शैतानको स्वभावद्वारा जिइरहेकी थिएँ र कुनै पनि समय दुष्ट काम र परमेश्वरको विरोध गर्न सक्ने भएकी थिएँ भनेर बुझेँ। सत्यताको पछि नलाग्नु एकदमै खतरनाक कुरा हो! परमेश्वरका वचनहरूको खुलासा, र तथ्यहरूको प्रकाशले मलाई म गलत मार्गमा थिएँ भनी देखाए र मलाई अलिअलि परिवर्तन हुन सक्षम पारे। साँचो रूपमा मैले के पनि अनुभव गरेँ भने, हामी सारा हृदयले सत्यताको पछि लाग्यौं र हाम्रा भ्रष्ट स्वभावहरू हटाउन काम गऱ्यौँ भने, परमेश्वरले बाटो देखाउनुहुनेछ। धन्यवाद सर्वशक्तिमान् परमेश्वर!
केही समय पहिले, मण्डलीको इन्चार्ज रहेका एक जना सुपरभाइजरलाई कामको आवश्यकताको कारण स्थानान्तर गरियो र नयाँ सुपरभाइजर छनौट गर्नु आवश्यक...
रीज, अमेरिका२०२१ को सुरुतिर, धेरै नयाँ मण्डलीहरू स्थापना भएकाले, अगुवाले मेरा सहकर्मीहरू र मबीच मण्डलीहरू पुनः बाँडफाँड गर्ने निर्णय गरिन्।...
पार्फे, बेनिनमैले मण्डलीमा एक वर्षभन्दा बढी समयदेखि नयाँ व्यक्तिहरूलाई मलजल गर्दै आएको थिएँ। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मैले...
सु यान, चीनसन् २०२३ को नोभेम्बरमा, मैले प्रवचनहरूको मूल्याङ्कन र छनौट गर्ने कर्तव्य सुरु गरेँ। पहिले अगुवा हुँदा मेरो क्षमता कमजोर भएकोले र...